Saturday, December 7, 2013

दाजुभाई र दिदीबहिनी बिच प्रेम प्रतिकको रुप ‘सामाचकेवा’



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

मिथिलाका विभिन्न सास्ंकृतिक एवं धार्मीक पर्व मध्येका एक दाजुभाई र दिदीबहिनी बिच प्रेम प्रतिकको रुपमा रहेका सामाचकेवा पर्ब मनाइदै छ । छठ पर्बको पुर्ब संध्यामा मनाईने खरनाको प्रसाद ग्रहण गरेपछि मिथिलानीहरु आ(आफनो घरबाट लोक गित गाउदै एक ठाउमा भेला भई सामाचकेवा पर्ब मनाईने गरेका छन । यस पर्बमा माटोकोे कलात्मक मुर्ति बनाएर दिदी बहिनीहरु दाजु भाईको दिर्घायुको कामना  गर्नुका साथै एक अर्का संग हाँसोठटा गर्दै मनोरञ्जन समेत गर्ने चलन रहेको छ । कार्तिक पुर्णीमाको दिन समापन्न हुने यस पर्वमा मिथिलाकि नारिले सामा, चकेवा, वृन्दावन, चुगला, सतभैया लगायतका माटोको कलात्मक मुर्ति बनाएर यो पर्व मनाउने गर्छन् । सामाचकेवा पर्ब मनाएपछि दाजुभाई दिर्घायु हुने सामाले बताएपछि यो पर्व पौराणीक काल देखिनै शुरु भएको जनविस्वासको आधारमा  मिथिलाका प्रत्येक जात जातिमा यो पर्व मानाउने परम्परा रहेको छ । द्वापर युगमा कृष्णका छोरी सामाले आफ्नो भाई सम्बाको दिर्घायुको कामना गर्दै सामा चकेबा पर्ब मनाएको बिभिन्न धर्म ग्रन्थमा उल्लेख रहेको छ ।
दिदी(बहिनीले दाजु(भाईको दीर्घायूको कामना गर्दै मनाइउने सामाचखेवा पर्व हर्षोउल्लासका साथ मनाईदै छ । साँझ पर्नेबित्तिक घर(घरबाट सुरिलो भाकामा गुञ्जिने सामाका गीतले अहिले जिल्लाबासीमा उल्लास छाएको छ ।
धान,धान, धान, भइया कोठी धान, चुगला कोठी भुस्सा
भइया मुख पान, चुगला मुख कोइला, चाउर(चाउर–चाउर,
(दाजुको भकारीमा धान छ भने चुगलाको भकारीा भुस भरिएको छ । दाजुको मुखमा पान छ भने चुगलाको मुखमा कोइला । दाजुको कोठीमा चामल भरेको छ तर चुगलाको कोठीमा खरानी छ ।)
सामा(चकेवा खेल्दा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरु मनोरञ्जन गर्छन् । सामाचाखेवालाई फेरी, अर्को वर्ष आउन निमन्त्रण पनि दिइन्छ ।
सामचको, सामचको अविहहे, अविह हे । कुड खेतमे बैसिह हे बैसिह हे ।
सामाचखेवाका यी गीतले अहिले घर–घरमा बेग्लै अलगै उत्साह थपेका छन । कात्तिक पञ्चमी देखि सामाचखेवा पुर्णिमासम्म मनाइन्छ । पुर्णिमाका दिन दिदी(बहिनीहरु आफ्ना दाजु(भाईलाई निमन्त्रण गर्छन । भाईले घँुडामा राखेर सबै मुर्ति तोड्छन र ती मुर्ति जोतेको खेतमा विसर्जन गरिन्छ । दिदी(बहिनीहरु दाजु(भाईलाई चिउरा, दही, मिष्ठान, सख्खरको भोजन गराउँछन भने दाजु(भाई दिदी(बहिनीलाई यथासक्य दक्षिणा दिन्छन । स्थानीय भाषामा यसलाई फाँरभरी भनिन्छ । सामाचखेवाका मुर्ति माटाका हुने भएकोले यसलाई मैथिल महिलाको मुर्तिकलाप्रतिको कौशल प्रदर्शन गर्ने माध्यम पनि भन्ने गरिन्छ । दशै तिहार र छठपछि तराईमा यो अन्तिम पर्वका रुपमा मनाइन्छ । साझपँख सामाचखेवाका लागि महिलाले निकै उत्साहका गीत गाउने गर्छन । सामाचखेवा पर्व सुरु भएपछि यहाँका दिदी(बहिनीले समुदायमा रहेका फटाहा र कुरौटे प्रवृत्तिका मानिसको प्रतिक चुगला र कुचोको मसाल बनाई टोल घुमाउँदै सार्वजनिकस्थलमा लान्छन । त्यहाँ पुगेका दिदी(बहिनी आफ्ना दाजु भाईको दीर्घायूको कामना गर्दै चुगलाको जुँगामा आगो लगाई रमाइलो गर्छन ।
पद्म पुराणका अनुसार श्यामा र बृन्दावनका एक कुमार चारुबक्य मायाको बन्धनमा बाँधिएका हुन्छन । राज्यका महासामन्त चुडक पनि श्यामालाई प्रेम गर्छन । तर, श्यामाले अस्वीकार गरिदिँदा चुडकले कृष्णलाई श्यामाको विरह व्यथाले महादेवको तपस्या गरेर चखेवा बन्न पुग्छ र दुवै प्रेमी चकेवा(चकेवीका रुपमा बृन्दावनमा बस्न थाल्छन । सामाचखेवा पर्वमा श्यामा र चारुबक्यको चरा रुपमै पूजा गर्ने गरिन्छ । भाईले सामा फुटाउनुको अर्थ चराको जुनीबाट मुक्ति दिलाउनु हो भनिन्छ । श्यामा र चारुबक्य शब्दको पछि अपभ्रंश भई सामा र चखेवा नाम प्रचलित हुन गएको हो । यो पर्व रमाइलो गरी मनाइने हुँदा यसलाई सामा खेल पनि भनिन्छ । कहीँकही साथीसङ्गी र नन्द भाउजुबीच कोसेलीका रुपमा पनि सामा पठाउने गरिन्छ । कात्तिक शुक्ल पुर्णिमाका दिन सामा पर्वको विधिवत् समापन गरिन्छ । सामा खेल ग्रामीण महिलाहरुको अभिनयजस्तै लागे पनि यसको सम्बन्ध पुराणसँग भएकाले यसलाई धार्मिक पर्व पनि मान्न सकिन्छ । पद्मपुराणमा सामान्य चर्चा र स्कन्धपुराणमा सामाचखेवाबारेमा विस्तारमा उल्लेख छ ।



मिति ः २०७०÷८÷०२

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete