Saturday, May 18, 2013

अवैध निकासि कर उठाउनेलाई जिविस र प्रशासनको संरक्षण

एस. कुशवाहा

महोत्तरीको जिम्मेबार निकायको संरक्षण पाएर राजमार्गमा अवैध रुपमा जिल्ला निकासी कर संकलन भइरहेको रहस्य खुलेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरी, जिल्ल विकास समति र जिल्ला प्रहरी कार्यालयको संरक्षण पाएर पुर्व(पश्चिम राजमार्ग अन्र्तगत महोत्तरीको टुटेश्वर मिमन जेनरल सप्लायर्सले दोहरो र ठेक्का नै नलगेको खाद्यान्न कर संकलन गरिरहेको छ । कर संकलन रोकेर संकलन गरिएको रकम फिर्ता गर्न पत्र पाए पछि कर्मचारीको इसारामा थप कडाइ गरेर टुटेश्वरमा कर उठाउन अपराधि परिचालन गरिएको छ । चौतर्फि दवाव पछि पनि दोहरो र खद्यान्न कार बन्द नहुनुले ठेकेदारलाई प्रशासनको संरक्षण रहेको पुष्टि भएको छ ।
अवैध कर संकलन गरेको बापत इलाका प्रहरी कार्यालय बर्दिबासलाई मासिक २० हजार, जिल्ला प्रशासनलाई मासिक ५० हजार, जिल्ला प्रहरीलाई मासिक ५० हजार र जिल्ला विकास समितिका ४/५ जना कर्मचारीलाई छुट्टा छुट्टै हजारौ रकम सप्लायर्सले बुझाउदै आएको प्रहरी श्रोतले जनाएको छ । जिल्ला प्रशासन र जिल्ला विकासमा कर रोक्न उजुरी परे पछि विभागबाट इलाका प्रहरी बर्दिबासमा पत्र आउदा तत्कालिन प्रहरी निरीक्षक बाबुराज खडकाले २० हजार मासिक रकम अतिरिक्त सदा पोसाकमा असइ भिम सुवेदिलाई पठाएर ६५ हजार रुपैया सप्लायर्सबाट ल्याएका थिए । पैसा लिएर खद्यान्नको कर संकलन बन्द गरिएको उनले जिल्ला र विभागमा जानकारी गराएका थिए । सप्लायर्सबाट रकम लिने जिल्ला प्रशासन र जिविसमा आन्तरिक गिरोह रहेको महोत्तरीमा लामो समय देखि कार्यरत एक अधिकृको बताए । महोत्तरीमा आउने कार्यालय प्रमुखलाई कुनै जानकारी हुदैन, अधिकृतले भने ‘स्थानिय र पुराना कर्मचारीले नै प्रखुलाई याहा कमाउने टूयाक सिकाउछन् । टुटेश्वरमा संकलन गरिने जिल्ला निकासी कर र ढुङ्गा(गिटि भारत निकासी  विषयमा जिल्ला विकास र जिविसमा व्यापक आर्थिक चलखेल हुने गरेको छ । पटक पटक उजुरी परेको र कर संकलन सम्बन्धमा पटक पटक  समाचर आए पनि समस्या ज्युका त्यु रहनुमा कर्मचारीको संलग्नता प्रष्ट भएको नेपाली कांग्रेसका नेता बजरंग नेपाललीले बताए । राजमार्गमा संकलन गरिने कर सम्बन्धमा पिडित पक्ष विरोध गर्न नसक्दा समस्या जटिल बन्दै गएको छ, नेपालीले भने,‘स्थानिय प्रहरी र जिल्लाका कार्यालय प्रमुखको संलग्नता बिना अबैध काम बैध हुन सक्दैन ।ु जिविस मार्फत गरिने अनुगमनको क्रममा इलाका प्रहरी र छिन्नमस्त सशस्त्र प्रहरी बल लगायत जिवसको कर्मचारी बिचको सहमतिमा मोटर साइकलमा अपराधि खटाएर कर संलन गर्ने गरेको पाइएको नेता नेपालीले बताए । जिल्लामा अबैध आम्दनिका लागि सक्रिय नेटवर्कले अबैध कर संकलन गर्नेलाई संरक्षण गरेको सामुदायिक विकास तथा पैरवि मञ्च बर्दिबासका नागदेव यादवले बताए । मिमन जेनरल सप्लायर्सले आ.व २०६९/७० का लागि जडिबुटी र माल समान जिल्ला निकासी २१ लखमा ठेक्का लिएको स्थानिय विकास अधिकारी तिर्थराज भट्टराईले बताए । ठेक्काको पैसाबाट कर्मचारीको तलव आउने भएकोले जिविसले जिल्ला निकासी कर संकलन गर्न बाध्य छ, उनले भने ‘खद्यान्नमा कर छुट गरिएको छ । टुटेश्वरमा जवर्जस्ती र दोहरो कर संकलन भएको कुनै उजुरी आएको छैन ।ु प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले जिल्लामा नयाा रहेको बन्दै आफुलाई कुनै जानकारी नरहेको बताए । सहायक प्रमुख जिल्ला अधिकारी विष्णु थापाले दुई महिना देखि खद्यान्न र दोहरो कर रोकिएको बताए । नरोकिएको भए उजुरी आउथे, उनले भने ।  यता प्रहरी उपरीक्षक पवन प्रसाद खरेलले जिल्ला प्रहरी र ठेक्केदार संग कुनै आर्थिक कारोबार नभएको बताउदै स्थानिय विकास अधिकारी र जिविस नै अवैध कर असुलि विषयमा मौन रहेको बताए । अनुगमन र कारवाहि गर्ने अधिकार जिविसलाई रहेको उनले भने । प्रहरीले सुरक्षाका लागि जिविस संग सहकार्य गर्न सकिन्छ, उनले भने(‘जिविसको नामबाट रसिद काटेको हुनाले जिविस नै अगाडि बढनु पर्छ । मंगलबार बिहान ढल्केबर बाट खरबुजा लिएर लालबन्दी आउदै गरेको ज १ च ८९७ नम्बरको टूकलाई कर काटन खटेका युवाहरुले पुन: पुर्व नै फर्काका छन् । कर दिन नमाने पछि टूक फर्काइएको जानकारी पाए पछि बर्दिबासबाट प्रहरी खटाएको प्रहरी उपरीक्षक खरेलले बताए । फर्केको टूक इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी गरेको छ । वर्षको २१ लाखमा ठेक्का लिएको सप्लायर्सले दैनिक ४५ हजार देखि ७० हजार सम्म रकम संकलन गरेर मासिक १५ लाख भन्दा बढी कर संकलन गर्ने गरेको जनाइएको छ ।  संकलन गरीएको १५ लाख कर मध्य करिब पााच लाख रुपैया कर्मचारी र प्रहरीलाई बााडने गरेको श्रोतले जनाएको छ । तरकारी, कुखुरा, चामल, धान, इटा, बालुवा र अन्य समान ढुवानि गर्दा पनि यहाा कर तिर्नै पर्ने बाध्यता रहेको छ । अपराधि शैलिमा युवा परिचालन गरेको हुनाले कर बुझाउन महोत्तरीमा सर्वसधारण बाध्य भएका छन् । सप्लायर्सले महोत्तरीमा जडि बुटी तथा माल समान जिल्ला निकासी कर संकलनको मात्र ठेक्का लिएको जिविसले जनाएको छ । महोत्तरीमा खाद्यान्न निकासी ठेक्का नलागेको जिविसले जनाइएको छ । तर टटेुश्वर चौकमा सप्लायर्सले अपराधि शैलिमा सिरहाबाट ल्याउने खाद्यान्नमा दोहरो तथा महोत्तरीमा खरिद गरिएको खाद्यान्नमा गैरकानुनि रुपमा प्रति टूक एक हजार चार सय सम्म कर संकलन गरेको भुदेव खाद्य उद्योग प्राली लालबन्दी सर्लाहीले जनाएको छ ।
गैर कानुनि कर संकलन गरेको भन्दै भुवदेवले जिविस महोत्तरी र जिल्ला प्रशासन कार्यालय महोत्तरीमा पटक पटक उजुरी दिए पनि बन्द नभएको भुवदेवका प्रमुख मोतिलाल ताातीले बताए । उजुरी पछि जिविसले सप्लायर्सबाट संकलन गरेको रकम फिर्ता गरि खाद्यान्नबाट कर संकलन नगर्न गत माघ २१ गते र जिल्ला प्रशासन कार्यालयले माघ २८ गते पत्रचार गरेको थियो । तर सप्लायर्सले पत्रलाई अटेर गरि धम्किपुर्ण शैलिमा कर संकलन जारी राखेको ताातीले बताए । भुवदेव बाट माघ ९ गते देखि फागुन ६ गते सम्म धान ढुवानि गर्ने १ सय ८८ सवारीबाट गैर कानुनि रुपमा १ लाख ७६ हजार ८ सय रुपैया गैरकानुनि रुपमा सप्लार्यसले लिएको जनाइएको छ । उद्योगले पहिलो पटक गत माघ १२ गते जिविस र जिल्ला प्रशसनमा एकै पटक उजुरी दिएका दिए । तर सप्लायर्सले थप धांधलि पुर्ण शैलिमा प्रस्तुत भए पछि क्रमश: माघ १९ गते, २६ गते र फागुन ६ गते जिविस र जिल्ला प्रशासनलाई पत्र लेखेको छ । तर हाल सम्म गैर कानुनि कर संकलन नरोकिएको ताातीले भने । उद्योग संग संकलन गरिएको रकम फिर्ता गर्न माघ २१ ग्ते पत्रचार गरे पनि चैत १ गते सिरहाबाट धान ल्याउदै गरेको २०७६ नम्बरको टूकबाट दोहरोकर बापत एक हजार दुइ सय लिएको छ ।

शिक्षक सेवा आयोगका प्रतिस्पर्धीमा भएका मनोवैज्ञानिक त्राश र त्यसबाट उत्पन्न प्रभावको व्यवस्थापन

उमेशलाल कण

वर्तमान तीब्र रुपले परिवर्तित युगमा कुनै राष्टूमा भएका विकासका कार्यक्रमहरुको सञ्चालनमा शिक्षाले कुन स्थान पाएको छ ? परिवर्तित संसारिक आवश्यकतामा त्यााहाका शिक्षा प्रणालीले कतिसम्म योगदान गर्न सफल भएको छ ? शिक्षाकर्मीहरुमा कतिसम्म पेशागत गुणहरुको विकास भएको छ ? विद्यालय शिक्षाको व्यापकता, गुणवत्ता, व्यवहारिकता, सान्दर्भिकता, जीवनोपयोगीताको अवस्था कस्तो रहेको छ ? यी र यस्ता अन्य सन्दर्भहरुको प्रयोग गरी राष्टूको विकासात्मक अवस्थालाई आाकलन गर्ने परम्परा रहेको छ । नेपालको शिक्षा प्रणालीको प्रभावको लेखाजोखा गर्दा शिक्षाका विविध पक्षहरु मध्ये शिक्षक र पाठ्यक्रमको स्थान महत्वपूर्ण हुन्छ । पाठ्यक्रमलाई योग्यताको आधारमा बुझी सम्झी कक्षाकोठामा आधुनिक प्रविधिहरुको प्रयोग गरेर शिक्षाका वास्तविक कार्यक्षेत्रमा गई प्रत्यक्ष सरोकारवालाहरुको आवश्यकतालाई ख्याल गरी आफ्नो जिम्मामा रहेका कार्यहरु सम्पादन गर्न शिक्षकको व्यवस्था गरिएको छ । शिक्षकलाई निष्पक्ष छनौट नगरी प्रभावकारी शिक्षा प्रणालीको विकास सम्भव हुन सक्दैन । नेपालमा शिक्षक छनौट प्रक्रिया दशकौं देखि लम्बित भएको अवस्थाले शिक्षाका कार्यहरुमा प्रभावकारिता आउन नसकेको वास्तविकता हाम्रा सामु छन् । विद्यालय प्रति विद्यार्थी आकर्षित भएका छैनन् । अभिभावक पनि विद्यालयमा भएका कार्यकलापहरुमा स्वस्फूर्त किशिमले सहभागी भई रहेका छैनन् । यस्ता नकारात्मक अवस्थालाई बुझ्दा कर्मठ, योग्य, दक्ष, सक्षम शिक्षकको आवश्यकतालाई मनन् गरी राष्टूले महत्वपूर्ण कार्यलाई अगाडी सारेको छ ।
शिक्षक छनौट प्रक्रियामा शुद्धता, निष्पक्षता ल्याउन संसारमा भएका असल अभ्यासहरुको अनुकरण भएको छ, जस अन्तर्गत दाहोरो छनौटका प्रक्रियालाई अगाडी ल्याई पहिलो छनौटमा अध्यापन अनुमति पत्रको परीक्षा र दोस्रो चरणको छनौटमा मुख्य प्रतिस्पर्धा गराईन्छ । दोस्रो चरणको प्रतिस्पर्धात्मक छनौट कार्यमा लिखित, अन्तर्वार्ता एवम् प्रयोगात्मक ( आवश्यक भए ) परीक्षाको प्रावधान रहेको छ । उक्त शिक्षक छनौटका लागि निर्धारण भएका परीक्षा प्रणालीमा सबै भन्दा वढी भार ओगटेका लिखित परीक्षा आगामी ९, १० र ११ जेठमा परीक्षाको कार्यक्रम शिक्षक सेवा आयोगले निर्धारण गरी सूचना सार्वजनिक गरि सकेको छ । यस प्रकारको कार्य प्रणालीको सुनिश्चितता हुनु आफैमा एउटा विश्वसनिय आधार तयार गरेको छ । यसमा अधिकांश नवयुवा पुस्ताहरु होमिएका छन् । यस प्रकारका तयारीे अभ्यासमा रहेका प्रतिस्पर्धीहरमा विभिन्न भ्रमात्मक विचारहरु ( अविश्वसनिय तथ्यहरु ) आई सकेर प्रतिस्पर्धीहरुको मनोवललाई उचाल्नुको सट्टा उनीहरुमा अधिकाधिक मनोवैज्ञानिक त्राशहरु वढाएको छ । यसलाई बढी भन्दा बढी समाधान गर्न प्रतिस्पर्धी आफै संलग्न हुनु पर्ने आवश्यकता रहेको छ । परीक्षार्थीको रुपमा आफुमा रहेका अनुभव ज्ञान तथा व्यवहारहरुलाई उच्चतम प्रदर्शन गर्नका लागि आवश्यक सघन अध्ययनको आवश्यकता सबै प्रतिस्पर्धीले बुझ्नु अनिवार्य रहेको छ । लिखित परीक्षामा क्रमैसित वस्तुगत बहुबैकल्पिक प्रश्न, छोटो उत्तरात्मक प्रश्नहरु, लामो उत्तरात्मक प्रश्न तथा समस्या समाधानमूलक प्रश्नहरुको तयारीलाई निम्न ढााचामा राखेर अध्ययन भण्डारण गर्न सक्ने प्रतिस्पर्धी आफुलाई सफलताको सूचीमा राख्न सफल हुन सक्दछन् । लिखित परीक्षामा रहेका प्रश्नहरुको आफ्नै विशेषताहरु रहेका छन्, जस्तै: बहुबैकल्पिक प्रश्नको भार सबै भन्दा कम भएर पनि यसले विस्तृत विषयवस्तुका क्षेत्रलाई ओग्टेको हुन्छ । यसमा भएका विश्वसनीयता रहेको आधारमा सघन गहिराई क्षेत्रका विषयवस्तुहरुको अध्ययन अनिवार्य रहेको छ । यसलाई कुशल समाधान गर्न प्रतिस्पर्धीहरुले हालसम्म अध्ययन अभ्यास गरेका महत्वपूर्ण तथ्यहरुलाई पटक पटक स्मरण गरी एउटा संगठित संरचनामा राख्नु अनिवार्य भएको छ, यस्ता प्रश्न विगार्दा मूल्याङ्कनकर्ताको दृष्टिकोण नकारात्मक हुने प्रबल सम्भावन रहन्छ । बस्तुगत बहुबैकल्पिक प्रश्नलाई ठीक हिसाबमा मिलाउन निम्न आधारलाई एउटा प्रतिस्पर्धीले बुझ्नु आवश्यक छ ।
निर्मित प्रश्न, सोधी सकेका प्रश्नहरु पढनु भन्दा सम्बन्धित विषयवस्तुका विश्वसनीय प्रकाशनबाट  प्रकाशित पुस्तक ( मूल पुस्तक ) मा भएका विषयवस्तुहरुको शुद्धता परीक्षण गरेको आधारमा अध्ययन भण्डारण गर्न सक्ने सक्षमता भएका प्रतिस्पर्धीको रुपमा आफुलाई स्थापित गर्न सक्नु पर्दछ । प्रश्न  पढनु भन्दा विषयवस्तुको गहनतम अध्ययन गरेको आधारमा आफै प्रश्न वनाएर त्यसको अधिकतम अभ्यास गरेको आधारमा विषयवस्तुमा आफ्नो दक्षता अभिवृद्धि गर्नु पर्ने अनिवार्य भएको छ । वस्तुगत प्रश्नको समाधान गर्न सक्नुको अर्थ विषयवस्तुको बहुआयामिक पक्षहरुको वारेमा स्पष्ट हुनु बुझाउाछ । विषयगत छोटो र लामो प्रश्नहरुको उत्तरमा आवश्यक पक्षहरुलाई समावेश गरी समुचित उत्तर लेख्ने अभ्यास भएमा यसलाई उच्चाङ्कका लागि उपयुक्त बनाउन सकिन्छ । विषयगत प्रश्नको उत्तरमा प्रश्नले मागेका सन्दर्भलाई नछुटाइकन लेख्ने अभ्यास गर्नु पर्ने अनिवार्य अवस्था रहेको छ । विषयगत प्रश्नको उत्तर लेख्दा सर्बप्रथम प्रश्नले उजागर गरेको पक्षलाई परिचयात्मक खण्डमा लेखेर उत्तर लेख्न प्रारम्भ गर्नु पर्ने हुन्छ । कुनै प्रश्नमा भएका पक्षहरुको उत्तरको वारेमा केही थाहा नभएको अवस्थामा त्यस्ता प्रश्न लेख्नु भन्दा नलेखनु नै ठीक हुृन्छ । अनावश्यक लम्बेतान गर्नु भन्दा थाहा भएका प्रश्नहरुको उत्तर लेख्ने तिर ध्यानलाई केन्द्रित गर्नु प्रभावकारी हुन सक्छ । विषयगत प्रश्नको उत्तरलाई प्रश्नमा भएका अंक विभाजनलाई पनि ख्याल गर्नु अत्यन्तै बुद्धिमानी भएको देखिन्छ । विषयगत प्रश्नलाई कम महत्व दिई सन्दर्भ भन्दा बाहिर गई लेख्दा पनि ठीक हुन्छ भन्ने धारणा भएका प्रतिस्पर्धीहरुको मूल्याङ्कन कम हुने सम्भावना उच्च हुन्छ । आजको सन्दर्भमा विभिन्न व्यावसायीक प्रबन्धको आधारमा सस्तो सहयोगी केन्द्रको रुपमा स्थापित भएका ( कोचिङ्ग कक्षा ) केन्द्रहरुमा प्रश्न एवम् त्यसको संवेदनशीलतालाई पटक्कै ख्याल नगरी पाठ्यांश भन्दा बाहिरका सन्दर्भमा गएर जथाभावी प्रश्नको निर्माण गरेर अभ्यास गराउने चलनले गर्दा पनि प्रतिस्पर्धीहरुको धारणात्मक विचलन भई उनीहरुलाई सही मार्गमा डोऱ्याउने अवस्था निश्चित भएको छैन जस्तो अनुभुती हुन्छ । अन्तत: शिक्षक सेवा आयोगको दोस्रो छनौट प्रक्रियामा आफूलाई अब्बल सावित गर्न यसमा संलग्न विभिन्न आधारहरुको वारेमा सुस्पष्ट भई प्रत्येक आधारहरुको वारेमा सघन छलफल एवम् अन्तरक्रियाको आधारमा छानिएका ज्ञान सीपलाई स्पष्ट खाकामा राखी प्रस्तुत गर्ने शैलीको विकास हुनु अनिवार्य भएको छ । प्रतिस्पर्धीहरुमा संकुचित भावले गर्दा पनि एकले अर्कोलाई कुनै विषयवस्तु आदान प्रदान गर्न चााहदैनन् । यस्ता नकारात्मक अभ्यासहरुवाट टाढा राखी आफुमा भएका कमीकमजोरीलाई समयमै सच्चयाउन सकियो भने आफ्नो स्थान सुनिश्चित गर्न सफलता प्राप्त गर्न सकिन्छ ।
प्रतिस्पर्धामा सफलताका बाधकहरु निम्न हुन सक्छन्, जसलाई समयमा नै व्यवस्थापन गर्न सकियो भने सही मार्गमा आफूलाई डोऱ्याउन सफल हुन सहयोगी सद्धि हुन सक्छ । केही सम्भावित बाधक पक्षहरु निम्न हुन सक्छन्, जस्तै: कमजोर स्तरका प्रश्न जसमा मुद्दाहरु उल्लेख भएको हुन्छ जसको उत्तर कुनै एउटा उत्तरलाई संकेत गर्न नसक्ने खालका हुन्छन्, तयारीका लागि कम महत्वका शीर्षकमा वढी समय खपत गर्नु र महत्व भएका सन्दर्भमा पटक्कै अभ्यास नगर्नु, प्रमाणिक पुस्तक लेख तथा रचना भन्दा टाढा गई अनुपयोगी अभ्यासमा आफूलाई केन्द्रित गर्नु, प्रश्न घोक्नु तथा विषयवस्तु बिर्सनु, कम समयमा धेरै सिकाइको अपेक्षा गर्नु, अनावश्यक छलफलमा बढी उर्जा खपत गर्नु र समूहमा आफूलाई बढी जान्ने देखाउन अवावश्यक ढिप्पी कस्नु जस्ता अनावश्यक प्रयाशले सफलता भन्दा पनि अन्य मार्गमा धकेल्ने कार्य निश्चित हुन्छ भन्ने तथ्य बुझ्न आवश्यक छ । यस प्रकार यस्ता बाधक पक्षहरुलाई आफ्नो अनुकुलता प्रतिकुलतालाई निर्धारण गरी समयमा नै सचेत भई तयारीमा पूर्णता ल्याउनु पर्ने आवश्यक भएको छ ।


प्रतिगमन उन्मुख वर्तमान सरकार

   टिकाराम भट्टराई




 ३० फागुनको मध्यरातमा तिन प्रमुख राजनीतिक दल र मधेसी मोर्चा बीच वाधा अडकाउ फुकाउ गर्ने गरी अन्तरिम संविधान गर्न सहमति भयो । चैत्र १ गते राष्टूपति डा. रामवरण यादववाट वाधा अडकाउ फुकाउ जारी भयो । त्यो वाधा अडकाउ फुकाउ जारी भएकै दिन सर्वाेच्च अदालतको प्रधान न्यायाधिश खिलराज रेग्मीले चुनावी मन्त्रिपरिषदको अध्यक्ष (प्रधानमन्त्री) पदको सपथ खानु भयो । नेपाल वार एसोशिएशनले त्यै दिन भएको अन्तरिम संविधानको संशोधन न्यायोचित होइन, संवैधानिक होइन भन्दै विश्लेषण गर्यो ।
बैशाख २६ गते नेपालका कानुन दिवस मनाइयो । कानुन दिवस किन मनायौ भने २००९ साल बैशाखा २६ गते नेपालको न्यायपालिका र कार्यपालिकालाई छुटयाइयो, शक्ति पृथकीकरणको सिद्धान्तलाई व्यवहारिक रुपमा कार्यान्वयन गरेर नेपालमा प्रधानन्यायालय स्थापना भएको दिनलाई हामी वर्षै पिच्छे कानुन दिवस(ीयधम्बथ) को रुपमा मनाउाछौ । तर अहिले आएर कार्यपालिकाको प्रमुख र न्यायपालिकाको प्रमुख एउटै व्यक्तिलार्य वनाएर नेपालमा शक्ति पृथ्कीकरणको सिद्धान्तलाई तिलाञ्जली दिइयो, समाप्त पारियो । त्यसैले नेपाल वार एशोसिएशनले त्यो कदमलाई, त्यो वाधा अडकाउ फुकाउ आदेश र त्यसमा भएका क्रियाकलापलाई प्रतिगमन उन्मुख भनेर विश्लेषण गरेको छ । शक्ति पृथकीकरणको सिद्धान्त यस्तो सिद्धान्त हो, दुनियााको सन्दर्भमा कुरा गर्दा करिव ३ सय वर्ष देखि अवलम्बन गरिएको छ । नेपालको सन्दर्भमा २००८ साल देखि अवलम्बन गरिएको छ तर वर्तमान सरकारको यो सिद्धान्तलाई तिलाञ्जली दिएर न्यायपालिका र कार्यपािलकाको प्रमुख एउटै व्यक्ति बनाइएकोले त्यो दिन नेपाल वार एसोशिएशनले सधै भरि कालो दिवसको रुपमा मनाउने निर्णय गरेर हामी आन्दोलनमा उत्रियो । चैत्र ५ गते हामीले देशव्यापी रुपमा आम सभा गर्यो । हाम्रा विरोधका विविध स्वरुपहरु जारी छन । प्रधान न्यायाधिशको पदवाट खिलराज रेग्मीले अविलम्ब राजीनामा दिनुपर्छ भन्ने माागमा वार अहिले पनि अडिग रहेको छ ।  हामीले प्रधानन्यायाधिश प्रधानमन्त्री हुनु हुादैन भनेर त्यतिखेर सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदन त्यही दिन दिउासो सुनुवाई हुने वाला थियो, त्यै दि विहान ९ वजे उहााले सपथ गर्नु भयो । यो प्रकरणमा सम्मानीय राष्टूपति महोदयले र तत्कालिन प्रधानन्यायाधिश खिलराज रेग्मीले अदालतको आदेशको अवज्ञा गर्नु भयो । स्वतन्त्र न्यायलयको अस्तित्वमा धावा बोल्नु भयो । त्यसैले जारी प्रक्रिया प्रतिगमन उन्मुख गैरसंवैधानिक, अलोकतान्त्रिक पनि हो । र, अदालतलाई प्रभावित पार्ने विषय पनि रहेको हाम्रो ठहर छ । २०५८ साल असोज १८ गते जति वेला शेरवहादुर देउवाको निर्वाचित सरकारलाई तत्कालिन राजाले अपदस्थ गरे असोज १९ गते नेपाल वार एसोशिएशनले त्यतिवेला पनि प्रतिगमन उन्मुख व्यवस्था भनेको थियो ।
    तर माघ १९ गते आयो, सारा संचारमाध्यममा प्रगिबद्ध लगाइयो राजनीतिक दलहरुलाई अधोषित रुपमा प्रतिवन्ध गरियो, तपाई हामी पत्रकार र कानुन व्यवसायीको पेशा स्वतन्त्र पेशामा पनि अनेक खालको बन्देजहरु लगाइयो । संयोगवश म त्यति वेला पनि शम्भु थापाको नेतृत्वको वारको केन्द्रित सदस्यको रुपमा थिएा । तपाई हामी सबैले त्यो राजाको निरंकुशताको विरोध लड्यौ । स्वतन्त्र न्यायालयवाट शाही आयोग खोज भयो । सबै संचारमाध्यम माथि लगाइएका प्रतिवन्धहरु फुकुवा भयो । हजारौ राजबन्दीहरु अदालतको आदेशबाट रिहा भए र, प्रतिगमन विरोधी आन्दोलनले २०६३ साल वैशाख ११ गते आएर सार्थकता प्रदान गर्यो र हामीले लोकतन्त्र प्राप्त गर्यो । तर अहिलेको प्रतिगमनको पनि जारी मात्रा हेर्ने हो भने त्यो इतिहासलाई हेरेर अहिलेको प्रतिगमनको डिभिजन यसरी रचियो कि अव स्वतन्त्र न्यायालयको शिरोच्छेदन नगरी हुादैन भनेर स्वतन्त्र न्यायपालिकाको प्रमुखलाई कार्यपालिकाको पनि प्रमुख बनाएर अगाडी वढेको छ । त्यसर्थ अवको प्रतिगमनसाग लड्नका लागि तपाई हामीले निकै ठुलो संघर्ष गर्नु पर्ने अवस्था देख्दिैछ । र, त्यो प्रतिगमनमा प्रभावहरु राज्यका अन्य अङगहरुमा पनि क्रमश: देखा पर्न थालेका छन । प्रतिगमनको दोस्रो श्रृङ्खलाको रुपमा लोकमान सिंह कार्की प्रकरण आयो । कार्की प्रकरणमा वारले व्यक्तिगत रुपमा असहमति जनाएको होइन । जुन जनआन्दोलनमा तपाई हामी सहयोगी भयो । त्यै जनआन्दोलन दवाउने प्रतिकार समितिको अध्यक्ष र राजाको मन्त्रिपरिषदको मुख्य सचिव लोकमान सिंह कार्की, रायमाझी आयोगको जनको क्षति गर्नु भयो । र, राज्यसत्ताको ढुकुटीको दुरुपयोग गरी १६ करोड रुपैयाा गैरकानुनी ढङगले लिनु भयो । त्यसैले वहाावाट असुल उपर हुनु पर्छ भन्ने कुरा रायमाझी आयोगले ठहर गर्यो । आयोगको त्यो ठहरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भविष्यमा कुनै पनि सरकारी जिम्मेवारी नदिने गरी अविलम्ब अभिलेख राख्न नेपाल सरकारलाई निर्देशन पठायो । नेपाल सरकारको मन्त्रीपरिषदको वैठकले तत्कालिन उप(प्रधान तथा गृह मन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा रायमाझी आयोगको सिफारिस कार्यान्वयन समिति बनेको थियो । ओलीले क्याविनेटमा प्रस्ताव लैजानु भयो र लोकमान सिंह कार्कीलाई भविष्यमा कुनै पनि सरकारी जिम्मेवारी नदिने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णय, नेपाल सरकारले समर्थन गर्ने निर्णय गरेको छ, र अनुमोदन गर्ने भनियो । त्यस कारण कार्की जनआन्दोलनका दोषी हुन भनेर अन्तिम भएर त्यहाा बसेको छ । तर, अहिले तिनै लोकमान सिंह कार्कीलाई जनआन्दोलनले बनाएको राष्टूपतिले (हामी सम्मानीय राष्टूपति ज्युको बारेमा पनि वोल्नु पर्ने अवस्था आएको छ, दु:खका साथ) राष्टूपतिकै वाहु निशानाबाट अख्तियारको प्रमुख आयुक्त वनाइयो । यो विडम्वनापुर्ण अवस्था हो । लोकतन्त्रले हारेको छ, गणतन्त्रले हारेको छ, जनआन्दोलनको शिर निहुारिएको छ, प्रतिगमनकारीहरुको शिर उठेको छ । र, यो क्रममा लोकमान सिंह कार्कीलाई नियुक्ती गर्न हुादैन भनेर सर्वोच्च अदालतका मुद्दा पर्यो, सर्वोच्च अदालतमा गत १६ गते एउटा आदेश भएको छ । त्यो आदेशमा कार्कीलाई नियुक्त गर्ने वाटो खोलेको छैन । सञ्चारमाध्यममा गलत सम्प्रेषण भएका छन । त्यसले के भनेको छ भने लोकमान सिंह कार्कीलाई नियुक्त नगर्न ३ वटा संवैधानिक आधार छन । पहिलो वहाा जनआन्दोलनको दोषी ठहर भएको हुनाले भविष्यमा सरकारी सेवाका निमित अयोग्य घोषित भएको हुनाले त्यो योग्यता वहाामा रहेन । दोस्रो निज प्रतिको जनभावना बुझेर मात्र नियुक्ती गर्नु पर्छ भन्ने व्यवस्थालाई उलंधन गरियो, तेस्रो संविधानले नै अख्तियारको प्रमुख हुने व्यक्ति उच्च नैतिक चरित्र भएको हुनु पर्छ भन्ने संविधानले नै राखेको छ, धारा ११९ मा । वहाा २०४७ सालमा हुकुमा प्रमाङ्गीबाट निजामति सेवामा प्रवेश गर्नु भयो वहाा राजदरवारको भारदारी सभाको सदस्य हुनु हुन्थ्यो सचिव हुनु हुन्थ्यो र २०६४ सालसम्म निजामति सेवामा रहनु  भयो । संविधानको धारा ११९ ले प्रशासन, इन्जिनियरिङग वा निजामति सेवामा निरन्तर २० वर्ष काम गरेको अनुभव र ख्याती प्राप्त व्यक्ति मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख हुन सक्ने छ भनेर व्यवस्था छ । वहााको २० वर्षको निरन्तर अनुभव निजामति सेवामा छैन,  त्यो कारणले पनि वहाा योग्य हुनु हुन्न दु:खका साथ भन्नु पर्छ त्यो योग्यता जााच्ने र संविधान पढ्ने खिलराज रेग्मी र दामोदर शर्मा दुई जना प्रधानन्यायधिश भएको संवैधानिक परिषदले संविधानका यी प्रष्ट व्यवस्थालाई तिलाञ्जली दिएर नियुक्तीको सिफारिस गर्यो । र, सम्मानीय राष्टूपतिले रातारात वहाालाई नियुक्ती गर्नु भयो । त्यसैले अहिले राज्यको कार्यपालिका निरंकुशता तर्फ उन्मुख भएको छ । जवाफदेही विहिन सरकार हामी कहाा छ । न्यायपालिका नागरिक अधिकारहरु खोसिने आशंका वढेका छन । पत्रकारहरुलाई अनावश्यक रुपमा सर्वोच्च अदालतको समाचार सम्प्रेषणमा लगाइएको रोक त्यसको एउटा संकेत मात्रै हो । त्यसै गरी सार्वजनिक सरोकारका विवादहरु अव सर्वोच्च अदालतमा लग्नका लागि यहि वेला कडाई गरिएको छ । यो सबै प्रकरणका हामीले विरोध गरेका हौं । कानुन दिवसमा राष्टूपति महोदय, खिलराज रेग्मीलाई बोलाइएको थियो हामीले वहिष्कार गर्यौ । जुन कानुन दिवस शक्ति पृथ्कीकरण गरिएको दिनलाई ठुलो उत्सवको रुपमा हामीले मनाउाथ्यौ त्यो शक्ति पृथकीकरणको सिद्धान्तलाई समाप्त पार्ने हुनाले वार रेग्मीसाग वसेर उत्सव मनाउन इच्छुक भएन । त्यसैले वाधा अडकाउ फुकाउ सागै मुलुक प्रतिगमन तर्फ उन्मुख भएको छ । त्यो चैत्र १ गते चार राजनीतिक दलले घरसारको लिखतको आधारमा संविधानको संशोधन गरेका छन, त्यो कथित संशोधन समाप्त पार्नु पर्छ, राजनीतिक दलहरुकै नेतृत्वमा सरकार बन्नु पर्छ यो संविधान मिचिएको छ, यो संविधानलाई व्याक गरिनुपर्छ र, चैत्र १ गते अगाडीको अवस्थामा पुर्‍याउनु पर्छ। संविधानको धारा ३८ (१) बमोजिम नयाा प्रधानमन्त्रीको चयन हुनु पर्छ र अविलम्ब चााडो निर्वाचनमा जानु पर्छ । निर्वाचन नै अहिलेका सबै समस्याको समाधान गर्ने एक मात्र लोकतान्त्रिक विधि प्रक्रिया हो । वार एसोशिएसन निर्वाचनको पक्षपाती हो । यी सबै मुद्दालाई जनअदालतमा लिएर जाने कुरामा वार स्वागत गर्दछ । हामी सहयोग गर्न पनि तयार हौ तर रेग्मीले वर्तमान प्रधानन्यायाधिशको पदबाट राजीनामा नदिइकन निर्वाचनको वातावरण बन्दैन । धेरै राजनीतिक शक्तिहरु यै मुद्दालाई प्रमुख मुद्दा बनाएर अहिले पनि निर्वाचनको विपक्षमा छन । सााच्चै खिलराज रेग्मीलाई निर्वाचन गर्ने प्रयोजनका लागि ल्याइएको हो भन्ने चार राजनीतिक दलहरुको दावी हो भने, निर्वाचन सम्पन्न गर्नका लागि पनि रेग्मीले प्रधान न्यायाधिश पदवाट अविलम्ब राजीनामा गर्नुपर्छ । नभए निर्वाचनको वातावरण पनि वन्दैन र, यो सरकारले निर्वाचान पनि गराउन सकेन भने यो सरकारलाई फेरी राजीनामा गराउने वा फिर्ता गराउने  वा महाभियोग लगाउने कुनै पनि संवैधानिक निकास अव छैन । खिलराज रेग्मीजीले आफ्नो प्राकृतिक आयु आफु रहेसम्म म प्रधानमन्त्री भइरहन्छु भन्नु भयो भने कांग्रेस, एमाले, एमाओवादी वा मधेसी मोर्चा साग वहाालाई हटाउने कुनै पनि हतियार छैन । कथित वाधा अडकाउ फुकाउ आदेश जारी भएको गम्भिर समस्या के हो भने अहिलेको संविधानले राजनीतिक दललाई चिन्दैन । यो स्थायी सरकार हो र यो निर्दलिय व्यवस्था हो । गणतन्त्रमा निर्दलिय सरकारले आफैमा गणतन्त्रको उपहास हो । त्यसैले गैर निर्दलिय सरकारले कठपुतली सरकारले प्रतिगमनकारी सरकारले, जवाफदेही विहिन सरकारले गराएको चुनाव स्वच्छ हुन सक्छ भन्ने आश पनि नेपाली जनतालाई छैन । खिलराज रेग्मी सरकारमा गए देख्नि आजसम्मको गतिविधिलाई पनि हेर्नु भयो भने निर्वाचन तर्फ उन्मुख भएका छैनन । वहााले मोहन बैद्य र उपेन्द्र यादव लगायत अन्य असहमत राजनीतिक शक्तिहरुसाग एक दिन होइन एक मिनेट पनि वार्ता गर्नु भएको छैन । निर्वाचन कसरी सम्भव हुन्छ ? प्रधान न्यायाधिश पदवाट वहााको राजीनामा मााग गरेर दलहरु सडक संघर्षमा उत्रेका छन । त्यसैले ती माागलाई सम्बोधन नगरिकन निर्वाचन पनि सम्भव नभएको हुनाले जति सक्दो चुनावमा जानको लागि खिलराज रेग्मीले प्रधान न्यायाधिश पदवाट राजीनामा दिनु पर्छ ।
(नेपाल वार एसोसिएशनका केन्द्रिय उपाध्यक्ष टिका राम भट्टराई र अजय अनुरागी बीच भएको कुराकानीमा आधारित)

मिथिला प्रदेश हाम्रो अजेन्डा नै होइन – राजेन्द्र महत्तो

मिथिलाको कुरा त हाम्रो अजेण्डा होइन नि । मिथिला अलगै प्रदेश हुनु पर्छ भन्ने हाम्रो माागै होइन । कोचिला, मिथिला, अवध, भोजपुरा, थरुहट गरी ५ प्रदेश बनाउनु पर्ने कांग्रेसको मााग हो । मेरो मााग होइन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो र द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीसागको वार्तालापको सम्पादित अंश प्रस्तुत छ ।
 


सदभावना पार्टी पछिल्लो समयमा सरकारमा वसेको वेला कुनै मुद्दामा सिन्को समेत नभााच्ने, अनि अहिले चुनावको मुखमा आएर अनसन गर्नुको के औचित्य छ ?

चुनाव नै अनिश्चित छ, चुनाव भए पो जनताले मूल्याङ्कन गर्ने हो की हामी सरकारमा रहादा के गर्यो, कुन पार्टी, कुन नेताले के गर्यो गरेन, त्यसको मुल्याङकन गरेर जनताले रिवार्ड दिने हो कि ‘पनिस’ गर्ने भन्ने कुरा त चुनावमा नै हुने हो तर सबै जनताको आज एउटै प्रश्न छ कि चुनाव हुन्छ कि हुादैन ? कहिले हुन्छ चुनाव ? त्यसको जवाफ त चााहियो ।
आमरण अनसनबाट सम्झौता गराए पनि के हुने वाला छ र ? यस अघि पनि तपाईहरुले २२ बुादे, ८ बुादे लगायत थुप्रै सम्झौता गरी सरकारमा वसेकै हो ? २२ बुादे सम्भौता हुादा तपाईले नै भन्नु भएको थियो कि मधेशको ९९ प्रतिशत मााग पुरा भैसक्यो । फेरी त्यै मागहरुका लागि किन अनसनमा बस्नु पर्यो र ? जनताले तपाई माथि विश्वास कसरी गर्लान त ?
अएा, कसरी विश्वास गर्छन ? जसरी हुन्छ त्यसरी गर्छन । विश्वास गर्ने के कुरा छ र ? अनशनको मााग छ, एकै पटकमा माग पुरा हुादैन, अधिकारको लागि गरिने संघर्ष एकै पटकमा पुरा हुादैन । पटक पटक संघर्ष गर्नु पर्छ र पटक पटक धोका हुन्छ । यो धोखा मात्र सदभावना पार्टी साग भएको छैन । विश्वमा अधिकारको लागि हुने संधर्ष पटक पटक गर्नु पर्छ ।
आमरण अनसन सबैभन्दा भद्र आन्दोलन गरिन्छ तर पनि राज्यले कुनै वास्ता गरेन ? गैर दलिय व्यक्तिको हातमा सत्ता सुम्पेर तपाईहरुले ठुलै गल्ती गर्नु भयो भनेर लाग्दैन ? चुनाव पनि भैरहेको छैन तपाईहरु पछुताई त रहनु भएको छैन ?
(हाास्दै) पछुताउने समय पनि आउन सक्छ । उद्देश्य अनुसार काम नभए धेरै पछतावा हुन सक्छ । निर्वाचन गराउने एउटै उद्देश्यका साथ सरकार वनाइएको हो । दलिय नेतृत्वमा सरकार यसकारण बनेन, प्रधानमन्त्री पदको स्वार्थका कारण ठुलो–ठुलो पार्टीमा कुरा मिलेन । त्यसै कारण गैरदलिय व्यक्तिको नेतृत्वका मन्त्रीपरिषदको अध्यक्ष बनाई सरकार बनाइयो । अव मुल काम चुनावमा नै प्रश्न उठेको छ, तर सरकारले अन्य कामहरु गरिरहेका छन ।
अचम्म त के छ भने तपाई सम्मिलित ४ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र छ, एका तर्फ संयन्त्रकै गाइडलाइन सरकार हिाडेको छ, अर्को तर्फ तपाईहरु नै आन्दोलन गर्नु हुन्छ, यो के नाटक हो ?
हेर्नुस राजनीतिक दलको संयन्त्र अनुसार सरकारले काम गरेको भए हामीले आन्दोलन गर्ने पर्दैनथ्यो फटाफट चुनावको मिति घोषणा गरेको भए अषाढमै चुनाव सम्पन्न हुन्थ्यो, तर अषाढमा पनि भएन । मंसिरमा चुनाव गराउने कुरा पनि क्लियर नभएको अवस्थामा सम्पुर्ण नेपाली जनताको आवाजको जवाफ खोज्नका लागि सदभावनाका नेता कार्यकर्ताले ज्यानको बाजी लगाएर आमरण अनसनमा बसेका छन ।
तपाईको पार्टीको संगठन त कर्णाली अञ्चल लगायत ६५ जिल्लामा विस्तार भयो भनेर प्रचार गरिएको छ । त्यस्तो हो भने ६५ जिल्लामा नभएर मधेशका जिल्लाहरुमा मात्र किन अनसन ?
मधेसमा मात्र संगठन छ, पहाडमा संगठन वनिसकेको छैन । ६५ जिल्लामा सम्पर्क सुत्र बनेको छ । पार्टीको आन्तरिक कुरा त तपाईले बुझ्नु हुन्न नि । पार्टीको तपाई सदस्य पनि होइन । पार्टीको सदस्यता अभियान चलेको छ, सबै दागमा जिल्ला कार्यसमिति बनिसकेको छैन । कास्की, तनहु, चितवन, जहाा संगठन छ, त्यहाा अनसन भइरहेको छ ।
जनसंख्याको आधारमा निर्वाचन क्षेत्र    कायम गरिनु पर्छ भनेर तपाईहरु भनिरहनु भएको छ तर मधेश आन्दोलनको  प्रमुख मुद्दा जनसंख्याको आधारमा समानुपातिक निर्वाचन प्रणाली कायम गरिनु पर्ने मागलाई लयाएर मिश्रित निर्वाचन प्रणालीमा जानु भयो । फेरी समानुपातिक निर्वाचन क्षेत्रको कुरा उठाउनुको के अर्थ ?
तपाईलाई केही जानकारी त छादैछैन, खाली प्रश्न उल्टा–पुल्टा गर्नु हुन्छ । पत्रकार न हो तपाई, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र त कायम भएकै हो नि । कति मधेसी जनता त्यसका लागि मरे । भयो त्यतिबेला ४८.२ प्रतिशत जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गरियो, फेरी निर्वाचन क्षेत्र वढनु पर्छ । (तर समानुपातिक निर्वाचन प्रणालीवारे केही वोल्नु भएन ।)
तपाईले कान्तिपुर टेलिभिजनको फायरसाइडलाई दिएको अन्तरवार्तामा मधेशमा थारुहरुको आन्दोलन भएको कारण थरुहट प्रदेश दिने भन्नु भयो तर मिथिला आन्दोलन भएको कारण मिथिला प्रदेश पनि दिनु पर्छ भनेर त भन्नु भएन ?
यो मिथिला प्रदेश लगायत ५ वटा प्रदेश बनाउनु पर्छ मधेसमा कांग्रेस र एमालेको अजेण्डा हो । हाम्रो अजेण्डा त मधेशमा एक प्रदेश हुनु पर्छ नै हो । मेची देखि महाकाली सम्म एउटा सम्झौता भयो कि थरुहट प्रदेश बनाउने । थरुहट र मधेश यदि मिलेर बस्यो भने अझै पनि एउटै प्रदेश बनाउन सकिन्छ । नमिलेको अवस्थामा मात्रै मधेशमा दुई वटा प्रदेश वनाउने कुरा गरेको हो ।
मिथिला मिलेन भने ? मिथिला राज्यको मााग गर्दै ५ जनाले शहादत नै दिइसकेको छन ।
मिथिलाको कुरा त हाम्रो अजेण्डा होइन नि । मिथिला अलगै प्रदेश हुनु पर्छ भन्ने हाम्रो माागै होइन । कोचिला, मिथिला, अवध, भोजपुरा, थरुहट गरी ५ प्रदेश बनाउनु पर्ने कांग्रेसको मााग हो । मेरो मााग होइन ।
समग्र मधेश एक प्रदेश एक सुत्रीय माागमा तपाईहरु पनि त आउनु भएन तपाई ने भन्नु हुन्छ कि महन्थ ठाकुर र विजय गच्छदारले मधेशमा प्रदेश हुनु पर्नेमा सहमत भैसकेका थिए , मैले नै रोके, फेरी दुई प्रदेशमा सांकेतिक रुपले सहमति जगाइरहनु भएको छ ।
हाम्रो दृष्टिकोणले एउटै मधेश हो । थरुहट आन्दोलन भएपछि त्यसको पनि प्रदेश हुनु पर्ने सम्झौता भएको छ । थरुहट मिले एउटै नमिले दुईटा प्रदेश हुन्छ । विजय गच्छदार र महन्थ ठाकुरको ५ प्रदेशको अजेण्डा हुन सक्छ, कांग्रेस, एमालेको अजेण्डा हुन सक्छ । सदभावना पार्टीको होइन । संघीयतामा प्रान्तको संख्या, सीमा र नाम जनताको मााग अनुसार परिवर्तन हुन्छ । त्यसमा मिथिला प्रदेशको पनि मााग हुन सक्छ ।
त्यो मिथिला प्रदेशको मााग हुन सक्छ होइन कि भै सकेको छ नि,हैन र ?
भैसकेको छ, तर जनताको द्धारा मााग भयो भने एउटा प्रदेशबाट ५ वटा प्रदेश बन्न सक्छ । संविधानसभाको निर्वाचनबाट संविधानसभाले न वनाउने हो प्रदेश । तपाईलाई थाहा छ, भारतमा १४ वटा प्रदेश थियो, ३० वटा प्रदेश भै सक्यो नि ।
हो त्यो भनेको तपाईले मधेशमा पछि गएर मिथिला दिने नै हो भने अहिलै नै अग्रगमनमा किन नजाने ? त्यसो भए १० वर्षपछि गर्ने कुराको अहिले नै किन छिनोफानो नलगाउने ?
एकैचोटी सबै थोक हुादैन । यसरी पनि कहिा हुन्छ र ? जनताको मााग अनुसार प्रान्तको सीमा संख्या र नाम परिवर्तन हुन्छ । आज नै सबै कुरा गीता, महाभारत, वाइवल, कुरान बनाउने कुरा हुनु भएन । तपाई जो भन्नु हुन्छ कांग्रेसी मानसिकता, ४७ सालमा सबै गीता, वाइवल कुरा बनाउने कुरा गर्यो, सबै भााडभैलो भयो । संविधानै सकियो । आज पनि प्रदेशको स्वालमा हामी एउटै प्रदेश मानिरहे छौ । ५ प्रदेश पनि मधेशमा बन्न सक्छ तर जनताले चाहयो भने । आजको दिनमा महन्थ ठाकुर र विजय गच्छदार ५ प्रदेशका लागि सहमत भएकै हो, सदभावना सहमत भएन । यदि जनताले मधेशमा ५ प्रदेश चाह्यो भने हुन्छ नि ।मैले रोकेर रोकिन्छ । मेरो मान्यता हो मधेशमा एक प्रदेश थरुहट आए पछि दुईटा प्रदेश भयो । त्यसै गरी जनता चाह्यो भने ५ प्रदेश पनि हुन्छ ।
मधेशमा मधेशवादी दलहरुको एक पार्टी, एक झण्डा र एक चुनाव चिन्हको सबैभन्दा विरोधी शक्ति तपाई नै हो भनेर आरोप लागिरहेको छ नि ?
यो त के हो, बहुदलीय व्यवस्थाको विरोधी कुरा हो । मधेशमा एउटै पार्टी रहोस त्यो कहिा हुन्छ ?
मधेशमा वहुपार्टी हुने तर वहु प्रदेश किन नहुने ?
जनताले चाह्यो भने हुन्छ ।
अहिले आमरण अनसनमा जसरी राष्टिूय स्थानीय मुद्दा उठाइएको छ त्यो कुरा तपाई सत्तामा भएको बेला किन उठाउनु भएन ? त्यसबेला त तपाई नीति निर्माता कै तहमा हुन हुन्थ्यो ।
दुनियाामा सबै कुरा एकै पटक उठदैन । तपाई एकै चोटी यति ठुलो हुनु भएको छैन । विस्तारै–विस्तारै ठुलो हुनु भयो । एकैचोटी पत्रकार हुनु भएन, विस्तारै–विस्तारै सिक्नु भयो होला । विस्तारै–विस्तारै हामीले पनि कुरा उठाएको हो ।
मधेशमा मधेसवादी दलहरुबीच मोर्चाबन्दी भएर चुनाव भयो भने त्यो मोर्चाको गठवन्धनमा तपाई बस्नु हुन्छ कि बस्नु हुन्न ?
विभिन्न उद्देश्य लिएर मोर्चाबन्दी त हुन्छ नै । तर स्वार्थ पुर्तीको लागि मात्र हुने मोर्चाबन्दीको पक्षमा मा छैन । तिन पार्टीबाट १३ वटा पार्टी बनाइयो त्यो पनि मन्त्री बन्ने स्वार्थका लागि मात्र । फेरी स्वार्थ पुर्तीकै लागि केही तत्वहरु मोर्चावन्दी गरेर कुर्सी ठग्ने कुरा मात्रै गरिरहेका छन । सिद्धान्तका लागि मोर्चाबन्दी हुन्छ, मुद्दाका लागि हुनु पर्छ । मोर्चाबन्दी त हुन्छ नै ।
निर्वाचन सम्बन्धी थ्रेसहोल्डको कुरामा तपाईको के घारणा छ ?
हेर्नुस, व्यक्तिगत रुपले मलाई राम्रो लाग्छ कि १ (एक) प्रतिशत पनि मत ल्याउन नसक्ने कस्तो पार्टी, सिटौला पार्टी । १ सिट पनि नजित्ने कस्तो पार्टी ? म सहमत छु, थ्रेसहोल्ड चाहियो तर त्यो नया कुरा हो । जसले गर्दा निर्वाचनमा व्यवधान आउने हुनाले त्यो कुरा हुनु भएन ।
रेग्मी सरकार तपाईहरुको दलिय संयन्त्रको कुरा मानिरहेको छ नि छैन ?
विल्कुल मानिरहेको छ, तर निर्वाचनको प्रसङमा जुन कानुन बनार्यौ त्यो अनुसार पनि काम गरिरहेको छैन । निजामती सेवा नियमावली विभेदकारी बनायो, एउटालाई ३५ र अर्कोलाई ४० वर्षको म्याद तोक्यो, नागरिकता सम्बन्धि के कानुन बनार्यौ भने जन्मसिद्धको आधारमा नागरिकता पाउनेको सन्तानलाई वंशजको आधारमा वंशजको नागरिकता दिने भनेर भनियो । तर आमाको आधारमा नागरिकता दिने कुरा त गरेन । कानुन नै त्रुटीपुर्ण वनायो । अव गल्ती गरे पछी त विरोध गर्ने पर्छ ।
तपाईहरुले वाधा अडकाउ फुकाउ मार्फत गराएको संविधान संशोधन नै गलत हो भन्दै नेपाल वार एसोशिएशनले प्रतिगमन उन्मूख भन्दै आन्दोलित भएका छन । अहिलेको कानुन अनुसार नेपालमा अब प्रधानमन्त्री दलका नेता नभएर प्रधानन्यायधिश नै भन्दै आन्दोलित छन । के टिप्पणी गर्नु हुन्छ ?
त्यो वाधा अडकाउ फुकाउ संविधानसभा निर्वाचन सभाका लागि मात्र हो ।
तर, लोकसेवा, अख्तियार दुरुपयोग, लगायत धमाधम सबै संवैधानिक निकायमा नियुक्ती त गरिरहेको छ सरकारले ?
त्यो त ४ पक्षले गरे पछि जस अवजसको भागी ४ पक्षले लिने पर्छ ।
तपाईले जिम्मा लिने कि नलिने ?
त्यसो हो भने तपाई अहिले किन आन्दोलन गर्नु हुन्छ ? आन्दोलनको दमनकर्तालाई नै पुरस्कृत गर्ने हो भने ?
जे निर्णय भएको छ, त्यो भएको छ, चाहे गलत होस वा सही । ४ पक्षले नै सिफारिस गरेको छ । अव गल्ती भएको हो त्यसको जनताले मुल्याङकन गर्ला ।
एका तर्फ तपाई हिमाल पहाडमा आफ्नो संगठन विस्तारै गर्ने तर्फ लाग्नु भएको छ , अर्को तर्फ धनुषाका जिल्ला स्तरका प्रभावशाली नेताहरु वाहिर गइरहेका छन । किन होला ?
यो तपाईलाई गलत जानकारी छ । (हाास्दै) यसो कुनै प्रभावशाली नेता त थिएनन ।
पार्टी प्रवक्ता रमण सिंह सचिव सतिशलाल दास, विद्यार्थी युवा लगायतका वर्गीय संगठनका अध्यक्षहरु अर्कै पार्टीमा गए । ती नेताहरु प्रभावशाली छैनन र ?
(रिसाउादै) तपाई पत्रकारको धर्मवाट वाहिर गइरहनु भएको छ, पत्रकारको धर्ममा बस्नुस, नत्र म पनि....।(जवाफ दिनु भएन) ।

विमलेन्द्र निधिलाई सार्वजनिक खुला पत्र दाजु, राजर्षि जनक विश्वविद्यालयको के भयो ?

रोशनकुमार झा


परमआदरणीय विमलेन्द्र निधिज्यू, सादर अभिनन्दन ।
गरिब नेपाली जनता गरिखान नसकिरहेको भए तापनि तपाई सञ्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु । तपाई मलाई चिन्नु हुन्न, तर म तपाईकै गाउाको भएको कारणले तपाई संग राम्ररी परिचित छु । मैले एकपटक यो परिचयलाई दुईतर्फि बनाउने सम्बन्धमा पनि सोचेको थिएा, तर, गाउाघरमा भनिन्छ नि ! ठुला बडाको छेऊ लाग्नु हुन्न, हो ! त्यसैले मैले मेरो अभिप्रायलाई तत्काललाई समाप्त पारि दिएा ।
तर यो दुनियााको लिला पनि एकदमै गजबको छ । कस्तो संयोग ! एकदमै गजबनै भयो, अस्ति तपाईलेनै समाजिक सञ्जाल फेसबुकमा मित्रताको आग्रह गर्नु भयो । मैले मेरो मनको अन्तरकुन्तरमा कहिाकतै बााकी रहेको मेरो पुरानो अभिप्रायमा सञ्जिवनी पाएा, अभिप्रायले पुनर्जिवन पायो र मैले मेरो मनको उदवेगलाई रोक्नै सकिन । तत्काल तपाईको मित्रताको आग्रह स्वीकार गरो । तर विडम्बना, तपाईले केहि मिनटमै आफ्नो आग्रह फिर्ता लिनु भयो र मैले परिचयलाई दुईतर्फि पार्ने अभिप्रायलाई फेरी पनि घााटि निमोठेरै हत्या गर्नु पर्‍यो । म अहिले पनि आफुलाई कहिले कााहि सोध्छु, किन तपाईले मित्र बनाएर मित्रता तोड्नु भयो ? खैर त्यो ठुलो कुरा होईन । अनलाईनको दुनियाामा यो समान्य कुरा हो ।
    तरपनि फेसबुकमा आज म तपाईको मित्रमण्डलीमा एउटा सदस्य भएको भएा यस पत्रिकाको साहारा लिई रह्नु पर्दैनथ्यो होला ! तर जे हुन्छ राम्रै हुन्छ । फेसबुकको गफ, हाम्रो व्यक्तिगत हुन्थ्यो र यहाा मैले सार्वजनिकरुपमा तपाईसंग पत्राचार गर्दैछु । यो खुला पत्र मार्फत ।
    हुनत मलाई अहिले पनि संसय छ, तपाई जनकपुरमा बस्नु हुन्न, र यो सानो ‘सर्कुलेशन’को पत्रिका तपाईसम्म पहुाच बनाउने हैसियत राख्दैन, तर पनि यो विश्वासले यस पत्रिका मार्फत तपाईलाई लेख्दैछु कि तपाईका सुहृदयी शुभचिन्तकहरुबाट तपाईलाई यो पत्र निश्चयनै प्राप्त हुनेछ ।
आदरनीय दाजु, तपाई विगत १७ वर्ष देखि जनकपुरमा स्थापना गरिने भनिएको राजर्षिजनक विश्वविद्यालय स्थापना समितिको अध्यक्ष हुनुहुन्छ, यतिका समयमा, त्यहि बेला जन्मेका बच्चाहरु हुर्केर बढेर विश्वविद्यालयमा पढ्न लायकका भईसकेका छन, तर खोई त यतिका वर्षमा किन विश्वविद्यालयको स्थापना नभएको ? विगत १७ वर्षमा यहााको सक्रियतामा के कति काम कार्यवाही अगाडी बढेको भन्ने बारे जानकारी पाउने जनकपुरबासीको अधिकार छैन र ?
कुनै पनि समाजको लागि विश्वविद्यालय कति अपरिहार्य हो भन्ने कुरा तपाईलजस्ता विद्वानलाई थाहा भएकै कुरा हो, त्यसमाथि तपाई यो देशको शिक्षा नीति बनाउनेहरुको नेतृत्व पनि गरिसक्नु भएको व्यक्ति । तपाईकै सहपाठीहरुबाट सुन्ने गर्छु, तपाई पढाईमा पहिला पनि अव्वल हुनुहुन्थ्यो, अहिले त झन देश विदेशको अनुभव छ तपाई संग । तर पनि तपाईलाई एक पटक स्मरण गराईदिन केहि भन्ने आाट गर्दैछु । कृपया ‘गुस्ताकी’ माफ गरिदिनु होला ।
    तपाईलाई थाहै छ, कुनै पनि समाजको विकासमा विश्वविद्यालयको महत्व एकदमै कति हुन्छ भनेर । विश्वविद्यालयमा सैद्धान्तिक, शास्त्रीय, शील्पीय ज्ञान दिनुका साथै त्यसको व्यवहारिक प्रयोग पनि गराईन्छ । जनकपुरमा एकटा विश्वविद्यालयको स्थापना भयो भने यहाा पनि अध्ययन अनुसन्धान सुरु हुने छन । मान्छेको बानिनै हो, आफ्नै नजिकका विषयमाथि अध्ययन गर्न उसलाई मन पर्छ । यस्तोमा जनकपुरकै विषयमा सबैभन्दा बढी अध्ययन अनुसन्धान हुने कुरामा तपाईको पनि फरक मत नहोला । अब जनकपुरको बारेमा अध्ययन भयो भने जनकपुरको चर्चा देशविदेशमा हुने थियो । यसबाट जनकपुरको पर्यटकीय विकासमा पनि टेवा पुग्ने थियो, होईन र ?
    यस अतिरिक्त एउटा विश्वविद्यालयले त्यो समाजको समाजिक आर्थिक रुपान्तरणमा पनि रचनात्मक सहयोग गर्ने गर्दछ जुन समाजको त्यो स्थापित हुन्छ । विश्वविद्यालयले समाजको आवश्यकक्ता अनुसार व्यवसायिक जनशक्ति तयार गर्ने गर्दछ । विश्वविद्यालयले सामाजिक, आर्थिक, साास्कृतिक र राजनीतिक परिवर्तनको रेखांकन गर्ने गर्दछ । अब जनकपुरजस्तो ठाउा जहाा अद्यावधि विकास के, कसरी, कहाा, कहिले र कसले गर्ने भन्ने विमर्श भएको छैन, त्यहाा एउटा विश्वविद्यालयको अवश्यक्ता कति होला भन्ने कुरा तपाईलाई थाहा नै छ । सायद यहि सब कुरा बुझेर तपाईले विश्वविद्यालय स्थापना गर्ने जमर्को गर्नु भएको थियो । तर खोई १७ वर्षसम्म पनि तपाईले विश्वविद्यालय स्थापना गराउन सक्नु भएको ?
    विश्वविद्यालय स्थापना गर्न/गराउन रकमको खााचो त पक्के पनि छैन । आखिर कति न कति पैसा तपाईकै नाउामा खोलएको बैंक खातामा जम्मा छ । अहिले पनि सबैले पैसा दिने भन्ने कुरा गरेकै छन । अब के कति जम्मा भएको छ र क–कसले दिने वाचा गरेका छन त्यो तपाई बाहेक अरु कसैलाई थाहा पनि त छैन नि ! कि कसो ?
    तपाईमाथि जनकपुरबासीलाई बडो विश्वास थियो । कतिले अहिले पनि गर्दै होलान । तर तपाईको पटक पटकको असफलताले हामी निराश भएका छौं । विश्वविद्यालय स्थापना गराउन खोलिएको कार्यालय नखुलेको पनि वर्षौ भईसकेको छ । अब त बोर्ड पनि रहेन । तर त्यो कुराहरु ठुलो कुरा होईन । जहाा हातिनै छैन त्यहाा जन्जीर के खोजि राख्नु !
    मलाई खासमा भन्नु केहि छैन । म यतिमात्र भन्न चाहन्छु कि सक्नु हुन्छ भने विश्वविद्यालय स्थापना गरेर देखाउनुस, सक्नु हुन्न भने अरुलाई जिम्मा दिनुस । आफु पनि नगर्ने र अरुलाई पनि गर्न नदिने बानि राम्रो हुादैन । तपाईकै भाषण हेरेर, सुनेर पढेर बुझेको कुरा हो यो । कम्तीमा लोकतन्त्रमा विश्वास गर्ने व्यक्ति र दलबाट यस्तो अपेक्षा गर्न सकिादैन भन्ने कुरा तपाईलेनै पटक पटक दोहोर्‍याउनु हुन्छ ।
    हुनत त्यस्तै पनि तपाईलाई फुर्सत हुादैन । आखिर देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीका प्रभावशाली नेता हुनुहुन्छ । पार्टीको काममा सधैंभरि खटिरह्नु पर्दा अरु काममा त्यति ध्यान जाादैन होला । त्यसैले पनि विश्वविद्यालय स्थापनामा अबेला भएको हुनु पर्छ । तर अहिले पनि केहि बिग्रेको छैन । तपाईले गरेको प्रयासलाई भविष्यले मुल्याङकन गर्नेनै छन । अरु कसैको नेतृत्वमा विश्वविद्यालयको स्थापना भए पनि त्यसले केहि विग्रिदैन होला किनकि तपाईको अभिप्राय तपाईकै नेतृत्वमा विश्वविद्यालय बनोस भन्ने पक्कै पनि छैन होला । तपाई पनि विश्वविद्यालय स्थापना होस भन्ने मात्र अभिप्राय राख्नु भएको होला भन्ने मैले आशा गरेका छु ।
अन्तमा, तपाईले यो पत्र कुनै पनि माध्यमबाट प्राप्त गर्नु भयो भने यस्तै सार्वजनिक पत्रमार्फत उत्तरको अपेक्षा गरेको छु । नत्र भने म फेरी पनि कुनै पत्रिकाको कुनै कुनामा यहि विषयमा तर अर्को शब्दमा पत्राचार गरिनै रह्ने छु ।
तपाईको शुभचिन्तक भाई
रोशनकुमार झा

चेलीबेटी बेच्ने गिरोह सक्रिय

    यदि तपाई (महिला) लाई कसैले जागिर दिलाई दिन्छु भनेर प्रलोभन त दिइरहेको छैन । एनजीओमा काम लगाइदिन्छु भनेर तालिमको नाउामा कतै वाहिर त लगिरहेको छैन । यदि त्यसो हो भने सावधान ! किन भने अहिले धनुषा र महोत्तरीमा जागिर लगाईदिन्छु भन्दै भारतको मुम्बई, दिल्ली जस्तो सहरको कोठाहरुमा लगेर विक्री गरी देह व्यापारमा लगाउने गिरोहहरु सक्रिय भएका छन । चार दिन अघि मात्र धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेपछि उक्त कुरा खुलेको हो । महोत्तरी धिरापुर(३ का १९ वर्षीय राजिव कुमार ठाकुरले तीन जना छात्रालाई भारतमा विक्री गर्नका लागि लग्ने प्रयास गरेका थिए । गरिबी निवारण कोष अन्तरगत एक गैरसरकारी संस्थाको आफुलाई कर्मचारी बताउादै कक्षा आठ देखि दश सम्मका छात्रालाई एनजिओमा महिला कामदारको आवश्यकता भन्दै दुई दिन गाउामा केही छात्रालाई तालिम समेत दिलायो । त्यसपछि राजिवले थप तालिमका लागि भन्दै ती तीन जना छात्रालाई काठमाण्डौ लगेर एउटा होटेलमा राख्दछन । तीन दिन सम्म उक्त होटेलमा न कुनै तालिम गराईन्छ न त कुनै काम नै दिलाइन्छ । शंका लागेपछि ती छात्राहरु आफ्ना आफन्तलाई फोन गरी जानकारी गराउादा राजीवले तिनीहरुलाई जनकपुर फिर्ता ल्याउाछन । पिडित छात्राहरुको आफन्तहरुको सहयोगमा प्रहरीले राजीवलाई पक्राउ गर्न सफल हुन्छन । प्रहरी नायव उपरीक्षक नरेन्द्र प्रसाद उप्रेती भन्छन,“ विगतमा सार्वजनिक अपराधमा समेत पक्राउ परेर छुटेको राजीव साग गरिएको प्रारम्भीक अनुसन्धानवाट भारतमा लगेर प्रति छात्रा ४० हजार रुपैयाा लिने डिल भएको देखिन्छ । अदालतमा अहिले म्याद थप गराई मानव वेचविखन तथा ओसारपोसार मुद्दा चलाएको प्रहरीले यस पछाडी अरु गिरोहमा को को संलग्न छन अनुसन्धान गर्न बााकी छ ।”

देह व्यापार ग्रामिण क्षेत्रको बजार सम्म विस्तार

एस. कुशवाहा
‘सकारात्मक परिवर्तन विकास हो ।ु परिभाषा पाठय पुस्तकमा उल्लेख भएको पाइन्छ । तर धनुषा र महोत्तरीको गाउबाट बजार र बजारबाट शहरमा बिकास भएको व्यापारिक केन्द्रहरुमा सकारात्मक विकास भन्दा पनि बिकृति फैलिदै गएको छ । सहर र सदरमुकाममा हुने देह व्यापार ग्रामिण क्षेत्रको बजार सम्म विस्तार भएको छ । देह व्यापारको आवरणमा अपराधिहरुको नालिबेलि बिस्तार हुन थालेको छ । यस्ता नालिबेलि बुन्ने थालो होटल, लज र रेष्टुरेन्टलाई स्थानिय प्रहरीको संरक्षण छ । हतियार, लागुऔषध, चन्दा, फिरौती र अपहरणका घटनाले गर्दा देह व्यापार हुने क्षेत्रमा नै टेवा पाएको छ । शराव र सवाबमा रुमल्लिनेहरु नै यस्ता अपराधका पिडित र आरोपित हुन । धनुषामा नगरपालिका बन्ने अवस्थामा रहेको महेन्द्र नगर, धनुषा धाम र ढल्केबर महोत्तरी सदरमुकाम जलेश्वर र पछिल्लो समय राजनीति तनातानमा प्रख्यात भएको बर्दिबास, बर्दिबास जलेश्वर सडक खण्डमा पर्ने रामगोपालपुरमा देह व्यापार दिन दुगुना रात चौगुना भएर फस्टाएको छ । १२ वर्ष उमेर नपुग्दै देहव्यापारमा लागेको उदाहरण पात्र रामगोपालपुरमा पाउन सकिन्छ । विभिन्न प्रलोभनमा शहर आएकी गाउकी सोझा अबुझ युवती पेसेवर देहव्यापार गर्न बाध्य भएका छन । मोवाइलमा कैद गरिएको अश्लिल दृश्य बार्गेनिङ्ग र कमाइको श्रोत बन्दै गएको छ । बर्दिबासबाट पश्चिम बााके सम्म राजमार्गको उत्तर दक्षिण यौन व्यवसायिहरु बस्ने गरेको पाइन्छ ।  मोवाइल सम्पर्कमा उनीहरु ग्राहक खोज्ने गरेको छ । राजमार्गमा हुने देह व्यापारमा पहिला महगा र सम्पन्न परिवारका युवती र महिला संलग्न हुने गरेको थियो । तर पछिल्लो समयमा हत्याको घटना बढने थाले पछि बाहिरबाट मोटर साइकलमा आउने जोडि र दैनिक काममा रहने महिला युवती संग सम्पर्कमा बस्नेहरुको यौन इच्छा पुरा गर्ने स्थल राजमार्गको जङ्गल बनेको हो । राजमार्गमा फोन सम्पर्कमा बसेर देह व्यापार तिब्रता पाएको छ । सर्लाहीको व्यापारीक केन्द्र बयलबासमा समेत देह व्यापार फस्टाएको छ । लज र मदिरा पसलको सम्पर्कमा देह व्यापारमा संलग्नहरु बस्ने गरेको छ । फोन एग्रिमेन्टमा यहाा देह व्यापार गरिन्छ ।
महेन्द्र नगरमा देसी र मधेसी यौनकर्मी    
यहााको दुई होटलले हरेक एक वर्षमा नाम फेरेर नयाा नाम राखेर देह व्यापारका लागि युवती राख्दै आएको छ । महेन्द्र नगर चौकमा नै रहेको युनिक रेसुष्टुरेन्ट हाल युनिक टप लाइन होटलमा र महेन्द्र नगर चौक भन्दा दक्षिण अर्जनामा चौरीमा रहेको रेष्टुरेन्ट स्टाप लाइन होटलमा परिणत भएको छ । १०/१० जना युवती काम गर्ने दुवै रेष्टुरेन्टमा हाल युवतीको संख्या घटेको छ । युनिक टपमा एक मधेसी सहित ४ जना र स्टापलाइनमा ७ जना पहाडी मुलकी युवती सञ्चालकले होटेलमा वेटरको रुपमा सहयोग गरेको वापत मासिक रु. तीन हजार सम्म तलव दिने गरेको छ । यस अतिरिक्त उनीहरुले ग्राहकबाट टिप्स लिन्छन । देह व्यापार गरेकोबाट केहि रकम होटेलमा बुझाएर ९० प्रतिशत रकम युवती आफै राख्ने गर्छन । १५ वर्ष देखि २२ वर्ष सम्मको युवती महेन्द्र नगरमा देह व्यापार गर्दै आएको छ । उनीहरुको ग्राहक ढल्केबर भन्दा तलका गाउाहरुका मानिस हुन्छन । महेन्द्र नगरका स्थानिय, इच्छापुर, नक्टाझिज, हरिहरपुर, दिगम्बरपुर, रम्दैया, सपहि र औरहा, पर्वताका युवा बढी ग्राहकको रुपमा आउने गरेको युनिक टपमा कार्यरत कालि उपनामकी यौनकर्मीको दावि छ । ग्राहक अधिकांस वैदेशिक रोजगारमा जानेहरु र फर्केर आएकाहरु नियमित नै आउने गरेको उनले बताए । लामो समय देखि महेन्द्र नगरको विभिन्न रेष्टुरेन्टमा रहेर देह व्यापार गर्दै आएकी पहाडी मुलकी संगिताको उमेर ढल्कदै गए पनि उनको कमाइ बढदै गएको छ । स्थानियमा लोकप्रिय संगिता सहजै होटेल छोडेर बाहिर बस्ने गरी देह व्यापार गर्दे आएकी छिन् । संगिता हाल स्टापलाइन होटलमा छन् ।
बर्दिबास यौन धन्दाका लागि सुरक्षित बन्दै
महोत्तरीको उत्तरी क्षेत्रमा पर्ने बर्दिबास महोत्तरी, सर्लाही र धनुषाका जोडीलाई यौन कार्यका लागि र देहव्यापार गर्नेहरुका लागि आम्दानीका लागि सुरक्षित स्थानमा परिणत भएको छ । सामान्य बजारबाट सहर बन्दै गरेका बर्दिबासमा होटेल व्यवसायि राम्रै फस्टाउदै गएको छ । गेष्टहाउसमा अपराधिको योजना देखि यौन धन्दा तिब्र भएको हो । यहाा कुसल गेष्ट हाउस, अभिषेक गेष्ट हाउस, जानकी लजमा डिमान्ड अनुसार फोन कन्ट्याक्टमा कटारी, झापा र सिन्धुलीबाट केटि बोलाएर देह व्यापार गराइन्छ । गा्रहकबाट रु. चार हजार लिने गेष्टहाउस सञ्चालकले युवतीलाई भाडा खर्च दिएर पााच सय देखि हजार सम्म रुपैया दिने गरेको छ । बर्दिबास चौक भन्दा पुर्वमा रहेको  रोयल गार्डेन र रेड चिल्ली स्टापलाइन होटलमा वेटर भएर काम गर्ने युवती नै देह व्यापारमा सक्रिय छन् । बर्दिबासका यी दुई स्थानमा सााझ साढे आठ बजे सम्म मात्र देह व्यापार हुन्छ । यहाा ग्राहक खोजेर युवती राती गेष्ट हाउस तिर लाग्ने गरेको श्रोतले जनाएको छ । प्रहरीले पटक पटक यहाा छापा समेत मार्ने गरेको छ । बर्दिबासको होटलेमा महोत्तरीकै दक्षिण क्षेत्रका ग्रामिण क्षेत्रबाट युवती र महिला देहव्यापार गर्दै आएका छन । रामगोपालपुरका केहि पुरुष राती घरबाट होटल सम्म लग्ने र बिहान घर सम्म छोडने काममा सक्रिय छन् । व्यापार संघ र स्थानिय राजनीति दलको दवावमा प्रहरी बर्दिबासमा खुलेयाम हुने देहव्यापार अगाडी मुक दर्शक बनेका हुन । यहाा छापा पर्ना साथ राजनीतिक दवाव प्रहरीमाथि बनाउन थाल्छन ।

जनकपुरका लजहरुमा खुल्लम खुल्ला देह व्यापार

अजय अनुरागी


महिला : जाने ?
सम्वाददाता : कहाा ?
महिला  : लौजमा ।
सम्वाददाता : कुन लौजमा ?
महिला : यसमा जाउान (राजकमल लज तर्फ औला देखाउादै) । क१ घण्टा बस्नु होला, राम्ररी गर्नुहोला, जति पटक मन लागे गर्नु होला ।
सम्वाददाता : कति रुपैयाा लाग्छ ?
महिला : साढे दुई सय रुपैयाा १ घण्टाको लजवालाले लिन्छ, उसलाई (महिलालाई) जति इच्छा भए दिनुस । दुई सय रुपैयाा मलाई दिए हुन्छ । (त्यो अर्की महिलाले वोली),१ घण्टा बस्नु होला, राम्ररी बसेर आउनुस, जसरी इच्छा हुन्छ त्यसरी नै गर्न तयार हुन्छन उनी ।
सम्वाददाता : प्रहरीले पक्रदैन र ?
महिला : पक्रदैन । किन पक्रन्छ ? प्रहरीलाई पनि थाहा छ कि पेट कै लागि धन्दा गर्छौ भन्ने कुरा । फेरी म यहाा किन रहन्छु ? तपाई ढुक्क भएर जानुस ।
सम्वाददाता : हैन, मलाई डर लागि रहेको छ । कहिल्यै त्यो गरेको छैन ।
महिला : केही हुादैन, जानुस न । म गंगासागर पोखरीको डिलमा भन्दैछु, तपाई जानुस न । सरासर तपाई त्यो लजमा जानुस, पछि (पछि त्यो महिला जान्छ ।
सम्वाददाता : लजमा प्रहरीले छापामारी गर्दैन र ?
महिला : है, खाली कुरा मात्र गर्नु हुन्छ । लजमा किन प्रहरीले छापामारी गर्छ ? प्रहरीलाई लजवालाले महिनावारी रकम दिने गरेको छ ।
सम्वाददाता : मलाई त्यो आइमाई पसन्द छैन ।
महिला : किन ?
सम्वाददाता : सुन्दर छैन ।
महिला : त्यो महिला मन पर्छ (रिक्साको पछाडी रहेकी अर्को महिला तर्फ हात देखाउादै)
सम्वाददाता : कति लिन्छ त्यसले ?
महिला : दुई सय रुपैया । सुन्दर आइमाईले त ४/५ सय रुपैयाा पनि लिन्छ नि । ऊ सुन्दर नभएकै कारण त दुई सय रुपैयाा मात्र लिरहेको छ नि । हिजो इन्डियाको मधुवनी (विहार) बाट भर्खर त आएकी छिन । ताजा माल हो ।
सम्वाददाता : विमारी(सिमारी (एड्स) भयो भने नि ?
महिला ? छैन, हिजो त भर्खर आएकै हो । आउने वितिकै एड्स हुन्छ र ? ढाल प्रयोग गर्छ नि, एड्स कसरी हुन्छ ?
सम्वाददाता : रातीमा त्यो महिलाले तपाईलाई कति रुपैयाा दिन्छ ?
महिला : दिदैन मलाई, मेरो गाउाकी हो ।
सम्वाददाता : रिक्सा निर भएकी महिलाले कति लिन्छ ?
महिला : त्यसले पनि लिन्छ, तिन सय रुपैयाा । र साढे दुई सय रुपैयाा लज वालाले लिन्छ ।
सम्वाददाता : है के त्यो पटक पटक गरेकी जनकपुरकी महिला साग जानु हुन्छ ? जानुस ताजा माल आएको छ, इन्डियाबाट आएकी हो । वाहिरकी आइमाई साग जानुमा आनन्द आउाछ । जनकपुरकी आइमाई त सधै पाइहाल्नु हुन्छ नि ।
महिला : जानुस न, जानुस ।
सम्वाददाता : अहा जाादिन ।
महिला : हैन, डेढ सय रुपैया  दिनुस र जानुस ।
सम्वाददाता : अहा जाादिन ।

     यसरी द एक्सक्लुसिभ साप्ताहिकका सम्वाददाता , यौन व्यवसायमा संलग्न महिला र बीचकी दलाल (अधवैसे) आइमाई बीच गत मंगलबार विहान १० वजेको समयमा जनकपुरको धार्मिक महत्व बोकेको धनुष सागर पोखरीको डीलमा भएको कुराकानीको अंश हो यो । पत्रकार जनक चौकको आमरण अनसन वारे समाचार सम्प्रेषण गरेर फर्कन लाग्दा दलाल महिलाले पत्रकारलाई ग्राहक सम्झदै इसारा गर्दै रोक्न भने पछि, पत्रकार रुक्यो ।
    त्यो पछि सुरु भयो कुराकानी । उक्त कुराकानीबाट जनकपुरको लजहरु, होटेलहरुमा दिनदहाडै यौन व्यवसाय हुने गरेको फेरी खुलासा भएको छ । यौन व्यवसायमा संलग्नहरु सडकमा हिाडने वटुवालाई यसरी नै इसारा दिई रोक्न लगाउने र ग्राहक खोजी गर्दै देह व्यापार गर्ने गरेको फेरी पनि पृष्टि भएको छ । त्यसमा पनि नयाा कुरा के खुलेको छ भने भारतको विहार, मधुवनीबाट पनि देह व्यापार गर्न आइमाईहरु जनकपुर आउने गरेका मात्र छैनन, प्रहरीले लजहरुबाट मासिक मोटो रकम असुली गरेर प्रहरीकै संरक्षणमा देह व्यापार हुने गरेको उक्त सम्वादबाट नै पुष्टि हुन्छ । अचच्म त के छ  भने देह व्यापारमा संलग्न महिलाहरु, विचको दलाल(महिला)लाई प्रहरीले नचिनेको पनि होइन, प्रहरीले ती सबै कुरा नदेखेको पनि होइन, तर पनि ती अवैध ‘धन्दा’ लाई प्रहरीले रोक्न सकेको छैन । स्थानीय वासीहरुका अनुसार देह व्यापार गर्नेहरु शिव चौक देखि राम चौक, रेल्वे स्टेशन देखि भानु चौक र पुरानो वस पार्क स्थित ग्राहक खोजी लजहरुमा दिन दहाडै लग्ने गरेका छन ।
यौन व्यवसायी नाङिगए पछि प्रहरी पनि लाचार
द एक्सक्लुसिभले रेकर्ड गरेको उक्त सम्वाद धनुषाका प्रहरी उपरीक्षक बसन्त कुमार पन्तलाई सुनाएर जनकपुरमा खुलम खुल्ला दिन दहाडै भइरहेको देह व्यापारलाई नियन्त्रण गरी उक्त धन्दा गर्ने र गराउनेलाई कारवाहीको मााग गर्दा पन्तले प्रहरीको ध्यानाकर्षण गराएकोमा धन्यवाद दिादै यसो बताए,“ देह व्यापारमा संलग्नहरु माथि प्रहरीको निगरानी हुादै छ, विगतमा देह  व्यापार गर्ने फिरन्ते आइमाईलाई पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा चलाएकै हो ।  छुटने वितिकै फेरी ती कामलाई निरन्तरता दिन थाल्छन ।” हामी तुरुन्तै छापामारी त्यस्ता कार्यमा संलग्नलाई पक्राउ गरी कानुनी कारवाही गर्ने छौ, पन्तको जवाफ थियो । नभन्दै विहिबार ३ जेष्ठमा प्रहरीले जनकचौक वाट दुई जना देह व्यापार गर्ने महिलालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्यायो । सार्वजनिक अपराधको मुद्दा चलाएर कारवाही गर्ने तयारी गर्दा प्रहरीलाई नै चुनौती दिादै ती दुई जना आइमाईले जिल्ला प्रहरीको परिसरमा आफ्नो जिउको लुगा खोलेर नाङिगएकी थिइन । यति मात्र होईन परिसरमै उपस्थित दर्जनौ सर्वसाधारणका सामु विभिन्न नाटक गर्दै महिला सेलको टेलिफोन समेत फालेकी थिइन । धनुषाका प्रहरी नायव उपरीक्षक नरेन्द्र प्रसाद उप्रेती भन्छन,“ प्रहरीले देह व्यापार गर्ने महिलालाई समात्दा नाङिगएपछि कारवाही गर्न अपठयारो भयो, त्यस्तो अवस्थामा हामी छोडन विवस भयौ ।” सडकमा जसरी छाडा गाईवस्तुलाई नियन्त्रण गर्नका लागि लाठी लिएर धपाइन्छ त्यसरी नै अव सडकमा ग्राहक खोज्दै हिाडने यौन व्यवसायीलाई पनि सडकवाटै लखेटनु पर्छ भन्दै डिएसपी उप्रेती भन्छन,“ प्रहरीले मात्र चाहेर अवैध यौन व्यवसायी नियन्त्रण गर्न सकिन्न । स्थानीय युवा क्लवहरु, नागरिक समाजले त्यसको विरोधमा आवाज नउठाए गाह्रो छ ।”
प्रहरी निरीक्षक दिपेन्द्र पंजियार भन्छन,“सहर भित्रका सम्पुर्ण लजहरुमा नियमित रुपले छापामारी गर्ने तथा देह व्यापारमा संलग्न भएका जोडीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाउने भनेर माथिबाट सम्पुर्ण मातहतका युनिटमा सधै भइरहने निर्देशन बमोजिम छापामारी त गरिन्छ तर देह व्यापारमा लागेको भनेर जोडी कहिल्यै पक्राउ पर्दैन ।” पंजियारको अनुभवमा कतिपय अवस्थामा होटेल तथा लजहरुमा छापामारी गर्दा सम्बध गाास्ने जोडी आफन्तकै पर्ने, श्रीमान वैदेशिक रोजगारीमा गएको कारण यौन तृष्णा मेटाउन गाउाकै केटाहरुसाग सम्बन्ध गाास्ने, कतिपय अवस्थामा कलेज पढने युवा युवतीहरु व्वाई फ्रेन्ड र गर्ल फ्रैण्ड भएको पाइएको अवस्थामा प्रहरीले कम्प्रमाइज गर्नु वाध्यता बन्छ ।
देह व्यापार सधै चलिरहन्छ
विगतमा जनकपुरमा खुलेका क्याविन रेष्टुरेन्टहरुमा महिला कामदारहरु मार्फत यौन धन्दा चलाउने गरिन्थ्यो । तत्कालिन प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले ती क्याविनहरु भत्काएका थिए । पछि फेरी ती रेष्टुरेन्टहरुमा यौन धन्दा सुरु भएपछि द एक्सक्लुसिभले उक्त धन्दाको खुलासा गर्दै कारवाहीका लागि मााग गरेपछि स्थानीय युवा क्लवहरु आन्दोलित भए । आन्दोलनकै कारण प्रहरीले जनकपुरको जिरो माइल स्थित संचालित रेष्टुरेन्टहरु सदाका लागि बन्द गर्न लगाए ।
धार्मिक, ऐतिहासिक, पौराणिक तथा पर्यटकीय नगरी जनकपुरधाममा आज आएर देह व्यापारको धन्दा फष्टाएको भने होइन । विक्रम सम्बत २०५२ सालमा जनकपुरका पत्रकार रामभरत साहले गतिविधि साप्ताहिकमा, ‘जनकपुरका यी नगरवधुहरु’ भन्ने शिर्षकमा समाचार प्रकाशित गरेका थिए । उक्त समाचारमा जनकपुर नगरका नगरवधुहरुको नाम, ठेगाना ,दर रेट ,दलालको नाम, देह व्यापारका लागि दलाल र ग्राहक बीच वारगेनिङ कसरी हुने गरेको, नगरवधुको वास्तविक नाम र उपनाम सहितको लामो विवरण उल्लेख गरेका थिए । त्यसै गरी जनकपुरको ‘वारहविघा मैदान खुल्ला यौन क्रिडा स्थल’ भन्ने शिर्षकको अर्को समाचार पनि रामरतले लेखेका थिए । उक्त समाचारमा सााझ पर्ने वितिकै जोडीहरु वारहविघा मैदानमा यौन क्रियाकलाप गर्ने १० जोडी भन्दा वढी रहन्थे भन्दै पत्रकार रामभरत साह भन्छन,“ समाचार प्रकाशन भए पछि देह व्यापार गर्नेहरु मलाई आक्रमण गराउला कि भन्ने डर थियो तर तिनीहरुले हाम्रो विज्ञापन गरिदिनु भएको कारण अव ग्राहक खोज्नु पर्दैन तिनीहरु आफै आउने गरेका छन, दलाललाई दिनु पर्ने रकम अव बचत हुने भयो भन्दै शुभकामना नै दिए । ” त्यतिवेला र अहिले गरिने देह व्यापारमा के परिवर्तन भएको छ भन्ने सवालमा पत्रकार साह भन्छन,“ त्यतिवेला नगरमा लजहरु कम संख्यामा थियो, तिनीहरु लुकि छिपी घर वस्ने कोठा, अन्य चौरी वा राजमार्ग तर्फका जंगलमा जाने गर्दथे । तर अहिले त दिन दहाडै शिव चौक, जनक चौक, राम चौक, स्टेशन एरिया, पुरानो वस पार्क तिर समुहमा संगठित भई होटेल र लजहरुमा देह व्यापार भइरहेको छ ।” साह थप्छन,“ पहिले ठुला(वडा, पैसा भएका सम्भ्रान्त र जमिन्दारहरु नगरवधुसाग शारिरीक सम्बन्ध राख्दथे भने अहिले रिक्सावाला, ठेलावालासाग सम्बन्ध राख्ने गरेका छन,” यौन व्यवसायका लागि कस्ता महिलाहरु किन धन्दामा लाग्थे भन्ने सवालमा साह भन्छन,“ त्यतिवेला र अहिले पनि यस धन्दामा लाग्ने महिलाहरुको प्रमुख समस्या ‘आर्थिक संकट’ नै हो । यसका अतिरिक्त त्यतिवेला पनि केही त पेशेवर नै थिए, अहिले पनि छन, श्रीमान मरेको, छोडेर गएको महिलाहरु आफ्नो यौन तृष्णा मेटाउनका निम्ति लुकि छिपि धन्दामा लाग्ने गर्थे ।” अहिले त म के देख्छु भने जानकी चौकमा कतिपय महिलाको श्रीमान भएरै पनि छोरा(छोरीको पेट पाल्न नसक्दा गरिवीकै कारण पनि यस पेशालाई वाध्यात्मक अवस्थामा त अंगालेका छ, तर यो धन्दा नै यस्तो धन्दा हो जहाा एक पटक प्रवेश गरिसके पछि फर्कन धेरै गार्‍हो हुने गरको साह बताउाछन ।
छात्राहरु बन्दैछन ‘कल गर्ल’
देखिएर सडकमा दिनदहाडै ग्राहक खोज्दै कम रुपैयाामा हिडनेहरुमा जनकपुरमा आइमाईहरु छन भने अर्को तर्फ धेरै रकम चार्ज गर्ने र राम्रा राम्रा होटेलहरुमा जाने वर्गमा छात्राहरु कल गर्लको रुपमा काम गरिरहेका छन । उच्च शिक्षा अध्ययनका लागि गाउाघरबाट जनकपुर आउने प्लस टु प्राइभेट क्याम्पसहरुमा स्नातक अध्ययन गर्ने छात्राहरु र नर्सिङ पढ्ने छात्राहरु कल गर्लको रुपमा काम गर्दै आइरहेका छन । गाउामा अभिभावकको आर्थिक अवस्था दयनीय रहेको, अन्य सहरकी साथी (छात्राको) नक्कल गर्न तथा विलासिताका सामग्रीहरु उपभोग गर्नका लागि कलेजमै व्वाई फ्रेन्ड बनाउने, त्यसपछि व्वाई फ्रेन्ड साग शारिरीक सम्बन्ध गाास्ने, पैसा कमाउनका लागि कल गर्लका रुपमा काम गर्ने गरेको कलेज पढने कतिपय छात्रहरु वताउाछन । उनीहरु एक रातको १ हजार देखि ५ हजार रुपैयाा सम्म लिने गरेका छन ।
विद्यार्थी नेता ज्ञानेन्द्र झा ज्ञानु भन्छन,“ जनकपुरको प्राइभेट कलेजहरुमा पढने छात्राहरु वढदो फैशनलाई आत्मसात गर्न तथा रुपैयाा आर्जनका लागि कल गर्ल बन्ने गर्छन । खास गरी ती छात्राहरु जनकपुरमा अभिभावक नरहेको मौकाको पनि दुरुपयोग गर्दै यस पेशालाई अङ्गाल्ने गरेका छन ।”
रेड लाइट एरियाको औचित्य
यौन ब्याबसायको निकै नै पुरानो इतिहास छ्र । महाभारत कालदेखि ,बुद्ध र क्राइस्टको समयमा पनि यौन ब्यबसायको दृष्टान्तहरु पाइन्छन । आधुनिक युगमा संसारका जुनसुकै राष्टूमा पनि यो ब्यबसाय कुनै न कुनै रूपमा रहेको पाइन्छ्र ।
संसारका ठुला ठुला सहरहरुमा यौन ब्यबसाय एक अभिन्न अंगको रूपमा रहेको हुन्छ्र । सहरमा पर्यटकहरुलाई आकर्षित गर्ने बिभिन्न माध्यमहरु हुन्छन, ति मध्ये यौन ब्यबसाय पनि एक प्रमुख आकर्षणको स्रोत बन्ने गर्छन कतिपय सहरहरुमा । देह व्यापारलाई कुनै निश्चित क्षेत्र(रेड लाइट एरिया) छुट्याएर कानुन मै वैधानिकता प्रदान गरिएको हुन्छ । हाम्रो छिमेकी मुलुक भारत र चीनमै पनि देह व्यापारलाई कानुनी रुपमै वैधानिकता प्रदान गरिएको छ । त्यहाा यस ब्यबसायलाइ अत्यन्त ब्यबस्थित गरिएको हुन्छ्र । न्युयोर्क,लन्डन ,पेरिस ,बैंङकक जस्ता विश्वका कतिपय ठुला सहरका लागि यौन ब्यबसाय राम्रो आम्दानीको श्रोत हो ।
अझ सिंगापुर र थाईलेन्ड जस्ता देशले त यस व्यवसायलाई ब्यबस्थित गरि पर्यटनको प्रबद्र्धन मात्र गरेका छैनन् ति देशले यस व्यवसायलाई आम्दानीको एक प्रमुख श्रोतको रूपमा पनि विकास गरेका छन ।
पर्यटन ब्यबसायको अथाह सम्भावना बोकेको हाम्रो राष्टूको लागि यो ब्यबसाय अपरिहार्य जस्तै नै रहेको भन्दै नेपालमा पनि देह व्यापारलाई कानुनी वैधानिकता प्रदान गर्नुपर्ने आवाजहरु उठन थालेका छन । पत्रकार रामभरत साह भन्छन,“ नेपालमा देह व्यापार गर्ने महिलाहरुले उक्त व्यवसायलाई वैधानिकता प्रदान गर्नुपर्ने धेरै पहिले देखि आवाज उठाउादै आइरहेका छन । रेडलाइट एरिया बनाइए आधारभुत आवश्यकता बनेको सेक्स चाहनाको पुर्तीका लागि कुन्ठा हटेर मात्र जादैन, स(साना वालिकामाथि समेत हुने गरेको बलात्कार जस्ता अपराधहरु पनि रोकिन सक्छ ।”