Sunday, December 29, 2013

बढ्दो चिसोले जनकपुरको जनजीवन प्रभावित


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

चिसोका कारण धनुषाको तापक्रम लगातार घट्दै गएको छ । शुक्रबार धनुषा जिल्लाको अधिकतम तापक्रम १५.४ डिग्रि सेल्सियस मापन गरिएको छ । बिहीबारको तुलनामा शुक्रबार एक डिग्री तापक्रम घटेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जनकपुरले जनाएको छ । मौसम विभागका अनुसार बिहीबार अधिकतम तापक्रम १६.४ डिग्री तापक्रम रेकर्ड गरिएको थियो । गएको मंगलबारदेखि धनुषा जिल्लामा मौसमको पारो घट्दै गएको छ । न्युनतम तापक्रममा भने कमी नआएको जल तथा मौसम विज्ञान विभाग जनकपुरका राजेन्द्र राउतले जनाए । राउतका अनुसार शुक्रबार पनि न्युनतम तापक्रम १०।० मापन गरिएको छ । बिहीबार पनि यत्तिकै मापन गरिएको थियो । न्युनतम तापक्रममा कमी नआएपनि अधिकतम घटेका कारण बिहीबारको तुलनामा शुक्रबार केही बढी चिसो महसुस गरिएको छ ।
चिसोका कारण शैक्षिक संघसंस्था, कलकारखानाका कामकाज समेत प्रभावित भएको छ भने सरकारी कार्यालयहरुमा पनि सेवाग्राहीको संख्यामा कमी आएको छ । पश्चिमबाट परेको चिसो हवाले धनुषासहित तराईका जिल्लाहरुमा चिसो ह्वातै बढेको छ । जसका कारण मानिसहरुलाई दैनिक कामकाज गर्न समेत कठिनाइ भएको छ ।  शुक्रबार बिहान परेको शीतलहरका कारण धनुषासहित तराईको जनजीवन कष्टकर बन्दै गएको छ । गएको केही दिन यता धनुषासहित तराईका जिल्लाहरुमा सुरु भएको शितलहरका कारण जनजीवन कष्टकर बनेको हो । शितलहरका कारण मानिसको दैनिक कार्य प्रभावित भएको छ । शितलहरका कारण शुक्रबार धनुषा जिल्लामा थप चिसो महसुस गरिएको छ । यता, लगातार दोश्रो दिन जनकपुरको हवाइ सेवा प्रभावित भएको छ । जनकपुर आउने बुद्ध र यती एअरलाइन्सको उडान लगातार दोश्रो दिन रद्ध गरिएको छ । मौसममा सुधार नआएपछि लगातार दोश्रो दिन जनकपुर आउने तीन वटै उडान रद्ध गरिएको जनकपुर नागरिक उड्डयन कार्यालयले जनाएको छ । यसका साथै चालु सप्ताहमा तीन दिन हवाई सेवा प्रभावित भइसकेको छ । बिहीबार र मंगलबार पनि जनकपुरबाट हुने उडान रद्ध गरिएको थियो । हुस्सुका कारण भिजिविलिटी घट्दै गएपछि शुक्रबार दिउसोको बुद्ध एअरको उडान समेत रद्ध गरिएको थियो । यसअघि शुक्रबार बिहान हुस्सुका कारण अधिकतम भिजिविलिटी ५ सय मीटरसम्म पनि नदेखिएकोले बिहानको सेवा रद्ध गर्नुपरेको थियो । यस्तै, दुई दिनदेखि चलेको शीतलहरसगै बढेको कठयांग्रिने जाडोले महोत्तरीको जनजीवन प्रभावित भएको छ । यसै क्रममा जाडोबाट कठयांग्रिएर शुक्रवार महोतरीको मटिहानी ६ का ५५ वषर््ािय राम नारायण खत्वेको मृत्यु भएको छ । दिशा गर्न  शुक्रबार विहान घर बाहिर निस्किदा जाडोले कठयांग्रिएर बाटोमै खत्वेको मृत्यु भएको प्रहरीले जनाएको छ । दिनभरि नै आकासमा लाग्ने बाक्लो हुस्सुसगै चल्ने शीतलहरका कारण बढेको जाडोले विद्यालयका छात्रछात्रा, दैनिक मजदुरी गर्ने मजदुर र वृद्धवृद्धाहरुलाई बढी असर पुरुयाएको छ । जाडो बढेसगै जिल्ला अस्पताल जलेश्वर तथा अन्य स्वास्थ्य संस्थामा निमोनिया, श्वासप्रश्वास, टाइफाइड रुघाखोकी र कोल्ड डाइरेरियाका बिरामीको चाप बढ्न थालको छ  भने जिल्ला प्रशासन कार्यालयले चिसोबाट नागरिकलाई जोगाउन आवश्यक गृहकार्य थालेको छ । जाडोबाट बालबालिका र वृद्ध  बढी प्रभावित भएका छन् । जाडो बढन थालेपछि बजारमा न्यानो लुगाफाटोको बिक्री बढ्नुका साथै माछा, मासु, अन्डाको बिक्री  बढ्को छ ।  चिसोले  सवारीसाधनको चाप कम देखिएको छ । चिसोबाट जोगिन आगो ताप्नका लागि दाउराको आभाव देखिएपछि थप सास्ती खेप्नु परेको सर्वसाधारणले गुनासो गरेका छन । जाडो बढेपछि स्थानीय बजारमा सर्वसाधारणको आवागमनसमेत पातलिएको छ । अत्याधिक चिसोका कारण अत्यावश्यक कामबाहेक मानिसहरु घरबाहिर निस्केको पाइँदैन भने कार्यालयहरुमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ । गत वर्ष जाडो र शितलहरका कारण जिल्लामा २० जनाको मृत्यु भएको थियो । मृत्यु भएकाहरुलाई हाल सम्म कुनै पनि प्रकारको राहत हाल सम्म स्थानिय प्रशासनले उपलब्द्ध गराएको छैन भने यस वर्ष मृत्यु भएकाहरुले राहत पाउनेमा आंशका देखिएको स्थानिय वुद्धजिवीहरुको भनाइ रहेको छ ।  बाक्लो हुस्सु   तुसारो र घाम नलागेकोले महोत्तरीको न्युन्तम तापक्रम १० डिग्री सेल्सियस सम्म झरेको छ ।  एक्कासी चिसो बढदा विद्यालयहरुमा पठन पाठनमा प्रतिकुल असर परेको छ भने बालबालिकाको स्वास्थ्य समेत प्रभावित हुन थाले पछि उनीहरु विद्यालय आउन छाडेका छन । 



मिति ः २०७०÷०९÷१४

धनुषामा ३ सय ३४ मध्ये २७ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाए


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............


संविधान सभाको निर्वाचन सम्पन्न भएको ३५ दिन भन्दा बढी समय बितिसक्दा पनि धनुषाका सम्पुर्ण उम्मेदवारहरुले चुनावी खर्च विवरण अहिले सम्म पनि जिल्ला निर्वाचन कार्यालयमा बुझाउन सकेका छैन्न । जिल्लाका ७ वटै निर्वाचन क्षेत्रमा  स्वतन्त्र सहित ३ सय ३४ जनाले पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तरगत उम्मेदवारी दिएका थिए । ती मध्ये अहिले सम्म ५ जना स्वतन्त्र सहित २७ जना उम्मेदवारहरुले मात्र चुनावी खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय धनुषाले जनाएको छ । निर्वाचन क्षेत्र नम्बर(१ मा चुनावी खर्च विवरण  बुझाउनेहरुमा एकिकृत नेकपा माओवादीका मधेश व्यूरो इन्र्चाज रामचन्द्र झाले रु.८ लाख ४ हजार ४ सय ५०, काँग्रेसका दिनेश प्रसाद प्रसैलाले रु.८ लाख ४५ हजार,स्वतन्त्र उम्मेदवार सुषमा देवि झाले रु.५४ हजार ६सय खर्च भएको प्रतिवेदन निर्वाचन कार्यालयमा बुझाएका छन् । अहिले सम्म खर्च विवरण बुझाएकाहरु मध्ये नेपाल परिवार दल क्षेत्र नम्बर ४ का उम्मेदवार पवन साहले सब भन्दा बढी रु.९ लाख ९३ हजार रकम खर्च भएको विवरण बुझाएका छन् । त्यस्तै, सब भन्दा कम रकम क्षेत्र नम्बर(३ का स्वतन्त्र उम्मेदवार कुलानन्द झाले रु. २ सय मात्र खर्च भएको विवरण बुझाएको निर्वाचन कार्यालयको प्रतिवेदनमा उल्लेख छ । झाले सधारण कापी कलममा सो रकम खर्च भएको जनाएको छ । क्षेत्र नम्बर(३ का मधेशी जन अधिकार फोरम नेपाल लोकतान्त्रिक पार्टीका उम्मेदवार अव्दुल हलिमले रु. ९लाख २४ हजार,राष्टिूय मधेश समाजवादी पार्टीका उम्मेदवार राजु चौधरीले रु. ९ लाख, क्षेत्र नम्बर(४ का उम्मेदवार संघिय सदभावना पार्टीका उम्मेदवार दिपक झाले रु.७ लाख ६१ हजार ४ सय, मधेशी जन अधिकार फोरम मधेशका उम्मेदवार अरुण नायकले रु. २ लाख ८५ हजार,नेकपा मालेका उम्मेदवार दुखी मण्डलले रु. १लाख ४० हजार चुनावमा खर्च भएको विवरण बुझाएका छन् । त्यस्तै, काँग्रेसका विजयी उम्मेदवार रामकृष्ण यादव, प्रेम किशोर साह,दिनेश प्रसाद प्रसैलाले चुनावी खर्च विवरण बुझाएको नासु खेमराज पौडेलले जानकारी दिए । उम्मेदवारहरुले खास गरि सवारी, इन्धन र पर्चापम्पलेटमा बढी खर्च भएको बुझाइएको खर्च विवरणमा उल्लेख छ । चुनाव सम्पन्न भएको ३५ दिन भित्र उम्मेदवारहरुले चुनावी खर्च विवरण बुझाउने प्रावधान भएपनि समयमा खर्च विवरण नबुझाएनिर्वाचान आचारसंहिता विपरित रहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख जानकी शरण लाल कर्णले बताए । खर्च विवरण नबुझाउनेहरुको सम्बन्धमा निर्वाचन आयोगबाट अहिले सम्म नयाँ आदेश नआएको उल्लेख गर्दै उनले निर्वाचन खर्च नबुझाएको खण्डमा उम्मेदवारको सदस्यता पद पनि खारेज गर्न सक्ने प्रावधान रहेको बताए । 




मिति ः २०७०÷०९÷१४

परिवार नियोजन गराउन महिलाहरुको घुइंचो



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

    
जनकपुरमा जति जति जाडो वढ्न लागेको छ, परिवार नियोजन गराउन आउने महिलाहरुको संख्या पनि सोही अनुपातमा वढन लागेको छ । गर्मी महिनामा अपरेशन गराउँदा घाउ पाक्ने र जाडो महिनामा अपरेशन गराउँदा घाउ नपाक्ने मान्यता बोकेका कारण पुष महिना देखि परिवार नियोजन संघ, जनकपुर अञ्चल अस्पताल र मेरी स्टोप्स सेन्टरमा महिलाहरुको अहिले घुइँचो बढेको हो । तर, चिकित्सकहरुका अनुसार जुन सुकै महिनामा अपरेशन गराउँदा पनि केही हुँदैन, यो अवधारणा अन्धविश्वासका कारणले वढेको हो ।
     ९ पौष २०७० मा परिवार नियोजन संघ, जनकपुरको कार्यालयमा बच्चा बोकेका आइमाईहरु आफ्न्त संगै परिवार नियोजनका लागि विभिन्न गाउँबाट आइपुगेका थिए । रमदैया(२ की ४० वर्षिय मञ्जु देवी महरा दुई छोरा र दुई छोरी गरी ४ सन्तान कि आमा हुन । दुई वटा  जेठी छोरी भएपनि छोराको आशमा उनले दुई छोरालाई जन्माईन । छोरा जन्मेपछि मात्र उनी परिवार नियोजन गराउन आइपुगेकी हुन । त्यसैगरी रमदैया(२ कै ४० वर्षिय बबिता देवी यादव पनि एउटा छोरी पछि २ वटा छोरा जन्मेपछि मात्र परिवार नियोजन गराउन आएकी थिईन । यी त उदाहरण मात्र हो । जब सम्म छोरा हुँदैन, परिवार नियोजन गराउने कुरै आउँदैन । परिवार नियोजन गराउन आउँने अधिकांश महिलाहरुमा छोराको चाहना पुर्ति भएपछि मात्र उक्त निर्णयमा पुग्ने गर्छन । दुई वटा छोरी भयो र छोरा नभएपनि परिवार नियोजन गराउने कुनै पनि महिला भेटिएनन ।
    २४ मंसिर देखि सुरु भएको निशुल्क परिवार नियोजनको शिविर माघ मसान्तसम्म चल्ने परिवार नियोजन संघका वरिष्ठ शाखा प्रवन्धक राम बहादुर कार्कीले बताएका छन । प्रति महिला रु. १ सय २५ र निशुल्क औषधि समेत दिने गरिएको उनले बताए । परिवार नियोजनका लागि गाउँ गाउँ गएर मान्छेलाई जनचेतना दिने गरिएको उनले बताए । हालसपप्म्म धनुषाको झटियाही, विरेन्द्र बजार, फुलगामा, बहेडाबेला, झोझिकटैया, खजुरी, बसविट्टी, भुचक्रपुर, रमदैया भवाडी, तारापट्टी सिरसिया, सोनिगामा र रुपैठा गाउँका मानिसहरुलाई परिवार नियोजनका लागि मान्छेहरु आएको कार्कीले बताए ।  परिवार नियोजन संघमा डा. दिपेन्द्र यादव, जनकपुर अञ्चल अस्पतालमा डा. विजय सिंह र डा. धिरेन्द्र साह र मेरी स्टोप्स सेन्टरमा डा. दिपेन्द्र कुमार गोहिवारले अप्रेशन गर्छन । क्लयान्टले सहयोग गरेको खण्डमा एउटा अप्रेशनमा १० मिनेट जति लाग्ने गरेको  चिकित्सकहरु बताउँछन । एक दिनमा ४० देखि ५० वटा सम्म एउटा चिकित्सकले अप्रेशन गर्ने गरेका छन ।
    ९ पुषसम्म परिवार नियोजन संघमा ७ सय ११ जना महिलाले मिनी ल्याप गराएकी थिईन । गत वर्ष सन् २०१२ मा उक्त संस्थामा ३ सय ५१ जना महिलाले मिनी ल्याप गराएकी थिईन । ९ पुषसम्म  जनकपुर अञ्चल अस्पताल, नेपाल परिवार नियोजन संस्थागत कार्यालयमा २ सय ३१ जना महिला र मेरी स्टोप्स सेन्टरमा ४ सय जना महिलाले मिनी ल्याप गराएकी छन । सन् २०१२ मा जनकपुर अञ्चल अस्पतालमा १ हजार ५० र मेरी स्टोप्स सेन्टरमा ६ सय १४ जना महिलाले मिनी ल्याप गराएकी थिईन । परिवार नियोजनका लागि गर्भ रोक्ने स्थायी उपायहरु मध्ये महिलाको दुवै तिरको डिम्ब बाहिनी नली काटेर बाँधने प्रक्रियालाई मिनी ल्याप भनिन्छ । विगतमा मेसिनद्वारा महिलाको डिम्ब बाहिनी नली नकाटेरै बाँधने प्रक्रिया (ल्याप्रोस्केपी) असफल हुन थालेपछि मिनी ल्याप अहिले प्रयोगमा वढी आएको हो ।
घट्यो पुरुष बन्धयाकरण
पुरुषको शुक्रकिट बाहिनी नली लाई दुई टुक्रा पारी बाँधेर गरिने नियोजन प्रक्रियालाई भ्यासेक्टोमी भनिन्छ । गत वर्ष सन् २०१२ मा जनकपुर अञ्चल अस्पतालमा ७ जना, मेरी स्टोप्स सेन्टरमा ५ जना  गरी कुल १२ जना पुरुषहरुले भ्यासेक्टोमी अर्थात पुरुष बन्धयाकरण गराएका थिए । परिवार नियोजन संघमा उक्त संख्या शुन्य रहेको थियो । तर यस वर्ष जनकपुर अञ्चल अस्पतालमा हालसम्म कुनै पनि पुरुषले उक्त सेवा लिएका छैनन भने मेरी स्टोप्स सेन्टरमा १० जना पुरुषले भ्यासेक्टोमी गराएका छन । बन्ध्याकरण गराउने परुषहरुमा अधिकांश पहाडीमुलका रहेका मेरी स्टोप्स सेन्टरका फिल्ड सुपरभाइजर सिता शरण प्रसाद साहले बताएका छन । सन्तानको रहर पुरा भइसकेका पुरुषहरुले बन्ध्याकरणका  लागि खास गरी सेना, प्रहरी त्यो पनि अन्य जिल्लाको रहने गरेको साहले बताए । महिलाले बन्ध्याकरण गराउन इच्छुक नभएपछि बन्ध्याकरण गराउन पुरुषहरु अग्रसर भएको  हुनसक्ने साहको  अनुमान छ ।  तर ग्रामीण क्षेत्रमा अहिलेपनि पुरुषले बन्ध्याकरण गरायो भने शारीरीक रुपले उ कमजोर हुने र  गाह्रो काम गर्न अक्षम हुने अन्धविश्वास रहेको छ । उक्त अन्धविश्वासलाई हटाउन समेत सरोकारबाला निकायहरुले ग्रामीण स्तरमा जनचेतना बढाउने कार्यक्रमहरु गर्नु आवश्यक देखिन्छ ।
वढदो जनसंख्या नियन्त्रणका लागि परिवार नियोजन आवश्यक
राष्टिूय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ । जसमध्ये पुरुष ४८.५० प्रतिशत अर्थात १ करोड २८ लाख ४९ हजार ४१ र महिला ५१.५० प्रतिशत अर्थात १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ रहेका छन् । यस अनुसार लैङिगक अनुपात १ सय महिलामा पुरुषहरुको संख्या ९४.१६ रहेको छ । गत २०५८ सालमा कुल जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ र लैङिगक अनुपात ९९.८० थियो । सालाखाला बार्षिक वृद्धि दर १.३५ रहेको छ जुन २०५८ सालको जनगणना अनुसार बार्षिक जनसंख्या वृद्धिदर २.२५ प्रतिशत रहेको थियो ।
    २०६८ को जनगणना अनुसार धनुषामा २ लाख ८९ हजार ४६ पुरुष र २ लाख ९० हजार ९ सय ५२ महिला गरी कुल ५ लाख ७९ हजार ९ सय ९८ जनसंख्या रहेको छ । जस मध्ये १ लाख १७ हजार ५ सय २३ पुरुष र ७७ हजार ३ सय ८७ महिला गरी कुल १ लाख ९४ हजार ९ सय १० जना अविवाहित छन । त्यसैगरी १ लाख ६० हजार ५ सय १० पुरुष र १ लाख ९९ हजार ५ सय ६१ महिला गरी कुल ३ लाख ६० हजार ७१ जनाले  एक पटक विवाह गरेका छन । त्यसैगरी ४ हजार ३ सय पुरुष र १ हजार २ सय ३९ जना महिला गरी कुल ५ हजार ६ सय १० जनाले बहुविवाह गरेका छन । त्यसैगरी २ हजार २ सय ५३ पुरुष र ९ सय ४० महिलाले गरी कुल ३ हजार १ सय ९३ जनाले दोस्रो पटक विवाह गरेका छन । त्यसैगरी ४ हजार ७९ पुरुष विदुर र ११ हजार ५ सय ७ जना विधवा छन । १ सय ८ जना पुरुष र ९५ जना महिलाले सम्बन्ध विच्छेद गराएका छन भने २ सय २ पुरुष र २सय २३ जना महिला अलग भएर बसेका छन ।
    नेपाली समाज परम्परागत मान्यताले बाधिएको छ । छोरालाई वृद्धावस्थाको सुरक्षाको रुपमा लिने परिपाटी विद्यमान छ । छोरा नभएमा पुण्य प्राप्ति हुँदैन भन्ने भावनाले गर्दा छोरा नजन्मेसम्म सन्तान जन्माईरहन्छ । धेरै जसो परिवारमा छोरा पाउनको लागि र सन्तान जन्माउनको लागि पनि बहुविवाह गर्ने चलन छ । आफ्नो सम्पति रक्षा गर्नको लागि, छोराले मर्दा काजक्रिया गराउँदा मात्र पितृकार्य शुभ हुने आदी यस्ता भावनाहरुले प्रेरित भएर पनि वढी सन्तान जन्माउने पाइन्छ ।
    बर्तमान समयमा परिवार नियोजन जनसंख्या वृद्धिको रोक लगाउनमा निकै प्रभावपुर्ण उपाय सिद्ध भएको छ । जनसंख्या वृद्धिलाई रोक लगाउन परिवार नियोजनका दुई प्रभावकारी उपाय छन, स्थायी र अस्थायी । गाउँघरका कतिपय दम्पति जन्म अन्तर बढाउन इच्छुक हुँदा हुँदै पनि परिवार नियोजनका साधनको अभावले त्यसो गर्न सक्दैनन् । अतः परिवार नियोजनका सुविधाहरु गाउँ स्तरसम्म पु¥याउनु पर्दछ । नियोजित परिवारलाई विभिन्न सुविधा समेत दिनु अनिवार्य छ । अस्थायी साधनको वितरण तथा स्थायी उपायहरुलाई ग्रामीण क्षेत्रहरुसम्म विस्तार गर्नु आवश्यक छ ।
    महिलाहरुको स्थिति नउठाएसम्म प्रजनन घटाउने उपायहरु हुन सक्दैनन् । विवाह ढिलो गर्ने र प्रजनन घटाउनका लागि नारीहरुको उपस्थितिहरुले अनुकुल परिस्थिति सृजना गर्दछ । तर बाहिर रोजगारीका अवसर प्राप्त भएमा महिलाहरु आत्म निर्भर हुन्छन । अतः उनीहरु पति रोज्न र विवाहका समय तोक्न ढिला गर्न सक्षम हुन्छन ।



मिति ः २०७०÷०९÷१४

म टुट्न सक्छु तर झुक्न सक्दिनँ – जयप्रकाश गुप्ता


म टुट्न सक्छु तर झुक्न सक्दिनँ – जयप्रकाश गुप्ता

पुष ७ र ८ गते तराई मधेस राष्ट्रिय अभियानले जनकपुरमा आयोजना गरेको दुई दिने चिन्तन शिविरमा अभियानका केन्द्रिय संयोजक जय प्रकाश प्रसाद गुप्ता सँग द एक्सक्लुसिभ साप्ताहिकका सम्पादक अजय अनुरागीले मधेसको वर्तमान अवस्था, अवको बाटो, संविधानसभामा सहभागी भएका राजनीतिक दलहरु र मधेसलाई केन्द्रित गरी भुमिगत राजनीति गरिरहेका सशस्त्र समुह लगायत अब बन्ने संविधानको मुद्दामा गरिएको वार्तालापको सम्पादित अंश प्रस्तुत छ ।

तराई मधेस राष्टिूय अभियानले जनकपुरमा गरेको दुई दिने चिन्तन शिविरमा कुन कुन मुद्दा माथि चिन्तन गरेको हो ?
चिन्तन शिविर एउटा नयाँ प्रकारको कार्यक्रम हो । मधेसको राजनीतिमा प्रष्टतः दुईवटा धार देखा परिरहेका छन । संविधानसभाको निर्वाचन भयो । एकथरीका साथीहरु राम्रो वा नराम्रो जे परिणाम आयो, वहाँहरु संविधानसभा तिर लाग्नु भएको छ । तराई मधेस राष्टिूय अभियानले प्रारम्भ देखि नै भन्दै आएको छ कि यस पटकको संविधानसभाले राज्यको रुपान्तरण र मुलुकको शासन व्यवस्थामा आमुल परिवर्तनको लागि उपयोगी माध्यम हुने छैनन् । अपितु राज्यको रुपान्तरणका मुद्दाहरु, आधारभुत मुद्दाहरुलाई न्यूनीकरण गर्ने, मुद्दाहरुलाई ‘डाइल्यूट’ गरिदिने, धुलिकरण गरिदिने प्रयोजनबाट नै यो संविधानसभाको गठन हुँदैछ । तसर्थ ५÷१० जना प्रतिनिधि कम भएपनि वा वढेपनि संविधानसभामा भाग लिएका मधेसी पार्टीहरु र निर्वाचन पछि त्यहाँ पुगेका पार्टीहरु मधेसको हक हितको लागि कुनै सारभुत काम गर्न सक्ने मैले देखेको छैन ।
    यसको उदाहरण यस कुराबाट पनि लिन सकिन्छ कि हारेका पार्टीका अध्यक्षहरु अहिले खिलराज रेग्मी, सुशिल कोइराला, माधव नेपालका अगाडी लम्पसार परेर २६ जनामा नाम समाविष्ट गरेर संविधानसभामा पुग्न पाउँ भन्ने विन्ती पत्र हाल्दै छन् । उपेन्द्र यादव ज्यूहरु निर्वाचनमा धाँधली भयो भन्दै एमाओवादीको पछि पछि लाग्नु भएको छ । विजय गच्छेदारजी पच्चासै जना भएपनि एउटा मोर्चा बनाएर कसरी सत्तामा आफ्नो हिस्सेदारीलाई निरन्तरता दिन सकिन्छ भन्ने तिर लाग्नु भएको छ । तसर्थ संविधानसभामा गएका यी मित्रहरुबाट मधेसको लागि कुनैपनि परिवर्तन मुखि काम हुन सक्ने हामीले विश्वास लिएका छैनौं । अब यस्तो स्थितिमा हामी जो हिजो निर्वाचनमा भाग लिएका थिएनौं, आजको मितिमा संघर्षको मैदानमा छौं । अब कुन बाटो अख्तियार गर्ने, कस्तो दिशा लिने र कस्तो प्रकारको संगठनको निर्माण गर्ने यस विषयमा मैले अभियानको संयोजकको नाताले कुनै विचार थोपार्नु भन्दा पनि मधेसका लगभग हरेक जिल्लाबाट सिमित र विचार दिन सक्ने साथीहरुलाई सहभागी गराएर यो चिन्तन शिविरको आयोजन गरेका छौं ।
हिजो २०६४ सालको संविधानसभाको चुनावबाट निर्वाचित हुँदै सत्तासम्म पुग्नुभएको तपाई भ्रष्टाचारको मुद्दामा जेल परेपछि तपाईले आफैले भनेको मेरो अब राजनीति करियर सक्यो । अर्को तर्फ सजाय काटेका हुनाले चुनावमा तपाई जाने कुरै भएन, यसर्थ तपाईले चुनावलाई वहिष्कार गर्नुभयो तर अर्को तर्फ तपाईकै अभियानका सर्वदेव ओझा, आत्माराम लगायतका व्यक्ति चुनावमा लड्नु भयो र पराजित पनि हुनु भयो । यो कस्तो ‘डवल स्ट्यान्डर्ड’ हो, तपाईंको ? किन यति द्विविधा ?
हेर्नुस् म मा कुनै द्विविधा छैन । म माथि भ्रष्टाचारको मुद्दा लगायो, त्यसबारेमा मैले धेरै कुरा बोलिसकेको छु । अब म सदैव त्यो मुद्दामा चर्चा गरिरहने स्थितिमा छैन । र, मेरो राजनीतिक धार परिवर्तन भइसक्यो । म जेलबाट रिहा हुने वित्तिकै मैले सार्वजनिक रुपमा मधेसी जनता माझ प्रतिज्ञा गरिसकेको छु कि म निर्वाचनको राजनीति पनि गर्दिनँ । र, जिवनमा कहिल्यै सत्ताको राजनीति गर्दिनँ । तसर्थ मेरो बाटो स्पष्ट छ र, त्यो बाटो संघर्ष र शान्तिपुर्ण आन्दोलनको माध्यमद्वारा मधेसले हासिल गरेको उपलब्धीलाई बचाउँदै थप उपलब्धीको लागि संघर्ष गर्ने । तराई मधेस राष्टिूय अभियान मैले गठन गरेपछि म संग रहेका थुप्रै साथीहरु क्रमिक रुपले कोई निर्वाचनमा गएर, कोई अर्को पार्टी कांग्रेस र एमाओवादीमा  जानु भयो । त्यसका बाबजुद पनि मधेसी जनताको आन्दोलनको मार्ग अवरुद्ध भएको छैन ।
    अभियानले विराटनगरको राष्टिूय परिषदबाट निर्वाचन फलदायी हुँदैन । त्यसकारण हामी निर्वाचनमा वहिष्कार भन्दा पनि हाम्रो असहभागिता रहने निर्णय गरेको हो । आत्मारामजी, सर्वदेव ओझाजीले हाम्रो त्यो निर्णयलाई नमानेर निर्वाचनमा भाग लिनु भयो । र, हाम्रो पुरै संगठनको पंक्तिले यो कुरालाई महसुस गरेको छ कि उहाँहरुले गल्ती गर्नुभयो । यो चिन्तन शिविरमा पनि उहाँहरुको भुमिकाको आलोचना भएको छ । उहाँहरुले पनि त्यो गल्तीलाई महसुस गर्नुभएको छ । निर्वाचनको परिणामले पनि उहाँहरुलाई साथ दिएन । विचको अवधिमा जले जे गरेपनि अब अगाडीको बाटो भनेको आन्दोलनकै बाटो हो ।
तपाईको यो अभियान त निर्वाचन आयोगमा राजनीतिक दलको रुपमा दर्ता नभएको हुनाले यसलाई कुन संगठन भन्ने ? यसको भविष्य के हो ? यसरी नै सडकमा मात्र बस्ने हो, अभियान ?
यो मुलतः एउटा राजनीतिक संगठन हो । जहाँ जयप्रकाश गुप्ता हुन्छ, जहाँ विहान देखि बेलुकी सम्म होल टाइम राजनीति गर्ने साथीहरु हुन्छ, त्यो गैरसरकारी संस्था कहलाउँदैन । खाली फरक के हो भने निर्वाचन प्रयोजनको लागि हामीले दल दर्ता गरेनौं । आज हामीले यसलाई एउटा ‘क्याम्पेन’ को स्वरुप दिएका छौं । राजनीतिक सोच विचारको आधारमा हामीले हाम्रा ध्येयसँग सम्बन्धित मान्छेहरुलाई यसमा सहभागी गराउँदै जाने हो । त्यसकारण भोली यो पार्टीको रुपमा दर्ता होला नहोला आफ्नो ठाउँमा छ । एउटा सशक्त राजनीतिक संगठनको रुपमा यसले आफ्नो पहिचान बनाएको छ । र भोलीको दिनमा पनि एउटा जुझारु आन्दोलनकारी राजनीतिक शक्तिकै रुपमा हामी रहन्छौं । मुलुकको जनसंख्याको यत्रो ठुलो भाग रहेको मधेसी जनताहरुको राजनीतिक आकांक्षालाई यदी हामीले इमान्दारी पुर्वक ग्रहण गरिरहयौं भने यसको भविष्य उज्जवल छ ।
मधेस केन्द्रित राजनीति गर्ने दलहरु पनि अब सडक संघर्ष गर्ने बताइरहेको बेला के तपाई उनीहरुसँग सडकमा सहकार्य गर्नु हुन्छ ?
म द्विविधा ग्रस्त कुराहरु गर्न चाहन्न । महन्थ ठाकुर, विजय गच्छेदार, राजेन्द्र महत्तो, शरत सिंह भण्डारी, उपेन्द्र यादव ज्यूहरु सत्ता समर्पण र मुद्दा विसर्जनको बाटोमा लागि सक्नुभयो । उहाँहरु संविधानसभामा के के गर्नु हुनेछ त्यसको बारेमा आज मैले धेरै फोरकास्ट गरिराख्नुपर्ने जरुरी छैन्,समयले नै बताउँला । तर, म के ठोकुवा गर्न चाहन्छु भने परिवर्तनलाई उहाँहरुले नेतृत्व दिन सक्नु हुन्न । आउने दिनमा उहाँहरु प्रतिगमन अथवा मधेसको अधिकारलाई तिलाञ्जली दिएको, तिरस्कृत गरिएको संविधान निर्माणको प्रक्रियामा उहाँहरु रहनु हुने छ । तसर्थ हाम्रो बाटो र उहाँहरुको बाटो अलग छ । संविधानसभामा भएका पार्टीहरु मिलुन, एकता गरुन र एकता गरेर मिलेर खाउँ भन्ने मेरो चाहना होइन । तसर्थ हाम्रो र उनीहरुको धार अलग भइसकेको छ । यदि उनीहरु संसदीय अभ्यास (अहिलेको संविधानसभा) बाट निराश भएर आन्दोलनको बाटोमा आउनु हुन्छ भने, आन्दोलन कसैको एकाधिकार पनि होइन ।
    जतिखेर मधेसी जनता आन्दोलित हुन्छन्, उनीहरु पनि आए त्यसको लागि बाटो खुला रहन सक्छ, संवाद  पनि हुन सक्छ । त्यस प्रयोजनका लागि हामी संगै जान पनि सक्छौं ।
पछिल्ला दिनहरुमा भुमिगत रहेका शसस्त्र समुहहरुसँग खास गरी जयकृष्ण गोइत सँग पनि तपाईले भेट गर्नुभएको थियो । उनीहरुको मागलाई कसरी सम्बोधन गर्न सकिन्छ ? के तपाई पनि भुमिगत हुने हो ?
म भुमिगत हुन्न् । आजको मितिमा भुमिगत हुनुपर्ने कुनै अवस्था पनि म देख्दिन । शान्तिपुर्ण आन्दोलनको धारमा रहन्छु तर आत्म समर्पणको धारमा पनि जान्न् । मेरो राजनीतिसँग राज्य असहिष्णु भएर मलाई फेरी पनि प्रताड्ति गर्न सक्छ त्यो राज्यको कुरा हो । मलाई जेल हाल्न सक्छ, म माथि झुठो मुद्दा लगाउन सक्छ त्यसमा म धेरै प्रतिक्रिया दिन चाहन्न् । जयकृष्ण गोइतजी हरुको बाटो गलत छ  । तराइमा सशस्त्र संघर्ष गर्ने साथीले उपयुक्त बाटो समात्नु भएको छैन । र उहाँहरुको आन्दोलन अहिलेको स्थितिमा कुनै परिणाम पनि दिन सक्ने अवस्था छैन । तसर्थ मैले उहाँ हरुलाई बारम्बार भेटेर भनेको छु कि तपाईहरु यो बाटो छोड्नुस् । शान्तिपुर्णबाटोमा आउनुस् । सशस्त्र आन्दोलनको लागि जुन अन्तराष्टिूय परिस्थिति छ, देशभित्रको परिस्थिति जस्तो चाहिने हो, ति परिस्थितिहरु अहिले विद्यमान छैनन् । तसर्थ त्यो आन्दोलन औचित्य पुर्ण छैन् । मैले बारम्बार यो कुरा भन्दा केही मान्छेहरु, होइन जयप्रकाश सशस्त्र समुह तिरै लाग्छन भनेर वढी मनोगत कुरा गरिरहेका छन र सायद केहीले सोचेका होलान् , जयप्रकाश सिमापारी गयो भने आखिर यसको दसा पनि के हुन्छन्, लुुकिछिपी बस्ने भुमिगत ग्रुप जस्तै होला । नेपालमा जयप्रकाश गुप्ता बस्दाखेरी जे प्रभाव र भुमिका निर्वाह गर्न सक्छ त्यो भुमिका निर्वाह नगरुन भन्ने पनि चिताएका हुन सक्छन । तर मेरो त्यस्तो न स्कुलिङ छ ,न म त्यस्तो मान्छे हो, न कहिल्यै हतियारको राजनीति गरेको छु र भविष्यमा पनि गर्ने बाला छैन ।
तपाई सडकबाट निकास खोजी रहनु भएको छ तर वास्तविक निकास भनेको सडक त होइन, संविधानसभा न हो । यदि संविधानसभाबाट एक थान नयाँ संविधान सहमतिका साथ दिइयो भने तपाईलाई आपत्ति हुन्छ र ?
सबाल के हो भने कसको बिचमा सहमति । तपाईले उल्लेख गरेको सहमति मधेसीसँग, दलितसँग, जनजातिसँग, संघीयतावादीसँग सहमति गरेर हिडौं भन्ने खालको होइन । उनीहरु के भन्दैछन भने कांग्रेस र एमाले सहमत भएर अगाडी वढुन् । दुइ्टैका मुद्दाहरु लगभग एकै प्रकारका छन । यिनीहरुको मुद्दालाई हामीले गहिरीएर हेर्ने हो भने हाम्रा राजनीतिक अभियानलाई, मागहरुलाई समाप्त पार्ने विषयमा उनीहरु सहमत हुन सक्छन । कांग्रेस र एमाले पुरै र एमाओवादी पनि धेरै हदसम्म मधेसको मुद्दाको खिलाफमा छ । तसर्थ मधेसका मुद्दा विरोधीहरुको विचमा सहमतिको अभ्यास गर्ने र संघीयता विरोधी संविधान बनाउने उनीहरुको सोचाई हो । तसर्थ उनीहरुले हाम्रा मुद्दालाई समाप्त गर्ने गरी सहमत भएमा एक थान होस कि दुई थान संविधान, त्यो हाम्रो लागि मान्य हुदैन । दोस्रो कुरा निर्वाचित निकाय समस्या समाधानको एउटा उचित थलो हो । निर्वाचित निकायले यी निर्णय गर्न सक्नु पर्दछ ।  पञ्चायती निर्वाचनले समस्या समाधान दिन नचाहेकैले कांग्रेस र एमालेहरु ३२ वर्षसम्म भाग लिएनन् । संसारमा हरेक निर्वाचन परिणाम मुखि हुन्छ वा परिवर्तनको उद्देश्यबाट ओतप्रोत हुन्छ भन्ने होइन । अहिलेको संविधानसभाको निर्वाचनबारेमा पढेलेखेका मान्छेदेखि गाउँका एउटा साधारण मान्छेले पनि एक महिना वित्दैमा यो धारणा बनाइसकेका छन कि यो निर्वाचनबाट संविधान बन्दैन । बनेपनि राज्यको रुपान्तरण र परिवर्तन मुखि संविधान बन्दैन । ‘डाउन टूोजन पिपुल’ अर्थात भुईमा थचारिएका मानिसहरु जबसम्म आन्दोलनका लागि अगाडी आउँदैन मलाई लाग्छ हामी हाम्रो लक्ष्य हासिल गर्न सक्दैनौं ।
मधेसका दलहरुले कुन कुन एजेण्डा छाड्े र तपाईले अहिले बोक्नुभएको हो ?
पहिलो कुरा मधेसवादीहरुले संघीयताको मुद्दा छोडेर सत्ताको बाटोमा लागे । मधेस प्रदेशको मुद्दा छोडे । मधेसका भाषाहरुलाई औपचारिक मान्यता दिलाउने मुद्दा उनीहरुले छोडे । मधेसी जनताको जनसंख्याको आधारमा प्रतिनिधित्वको विषयलाई उनीहरुले छोडे । मधेसलाई अधिकार सम्पन्न गराउने जति पनि मुद्दाहरु उठेको थियो, यी सबै विषयहरुलाई उनीहरुले परित्याग गरे । र उनीहरु सत्ताकी देवीको पाउमा आफ्नो शिर निहुराई ‘त्वमेव माताऽ च पिता त्वमेव, त्वमेव बन्धुऽ च सखा त्वमेव’ मा लागे । त्यो प्रवृति सँग ‘इन्टायरली’ म पुर्ण रुपमा असंतुष्ट छु । उनीहरुले छोडेका एजेण्डा मैले समातेको होइन परिवर्तका लागि म समेत मिलेर बनाएको एजेण्डाहरुमा म पहिले पनि प्रतिवद्ध थिए । आज पनि छु खाली फरक के हो भने उनीहरु सत्ता तिर लागे म संघर्ष तिर छु ।
एकला चलो रे भन्दै संघर्षले पनि परिणाम त दिने होइन नि ?
तपाई यो चिन्तन शिविरमा मधेस भरीकै मुर्धन्य कार्यकर्ताहरु हेर्नुभयो । यो एकला चलो होइन । एकला चलो भएपनि अब हामी आन्दोलनकारी साथीहरुको श्रृङ्खला बनाउँदै छौं । आउने दिनमा यो अझ बलियो हुँदै जाने छ । म एकलै भएपनि जयप्रकाश गुप्ता टुटन सक्छ तर झुक्न सक्दैन ।
यतिको चेत त तपाईलाई जेल जानु अगाडी नै सत्तामा बसेको बेला पनि आउनु पथर््यो नि ?
मेरो चेत त्यति खेर पनि खुलेकै हो । जेल जानुभन्दा पहिले सत्ताको बारेमा, माओवादीको बारेमा, स्वयम मधेसी दलहरुको बारेमा मेरा दृष्टिकोणहरु जुन सार्वजनिक भएको छ त्यसलाई तपाईले ध्यानमा राख्नुभयो भने सायद यो प्रश्नलाई अलिकति अलग किसिमले गर्न सकिन्थ्यो । म मन्त्रि हुँदै खेरी राज्य मधेसका मुद्दाहरु प्रति निरपेक्ष हुँदै गएको छ, राज्य सत्ता मुद्दाहरुलाई स्वीकार गर्न चाहेको छैन । माओवादी र मधेसी बीच सहकार्य भएपनि माओवादीले मधेसीलाई धोका दिएका छन । मधेसीको बुई चढेर माओवादीले सत्ताको रसस्वादन गर्न मात्र खोजेका छन, मधेसी पार्टीहरु अब निर्जिव र लाचार छाया हँुँदैछ, सडकमा जानुपर्छ, मधेससँग काठमाण्डौको सम्बन्ध टुटनै लागेको छ  भनेर भनेकै हो नि ।
त्यो त तपाई जेल जाने लगभग तय हुने भएपछि त्यस्तो कुरा गर्न लाग्नु भएको थियो नि, हैन ?
जेल जानु न जानु विभिन्न कुराले निर्धारित गर्ने हो । तपाईले भने अनुसार नै यदि म जेल जाने निश्चित नै भएको थियो भने मैले त जेल जान बाट बच्ने उपायको पो खोजी गर्थें । तपाई हेरी रहनु भएको छ, अहिले पनि कतिपय नेताहरुलाई मुद्दा लागेको छ , तिनीहरु अख्तियार देखि विभिन्न शक्ति केन्द्र धाउँदै छन । म पनि यिनीहरु जस्तै राष्टूपतिको पाउँमा गएर शिर निहुराएर विन्ती गरेको भए भइहाल्थ्यो नि ।
राप्रपा नेपाल अहिले चौथो शक्ति बनेको छ । यसलाई तपाईले कसरी लिनु भएको छ ?
राप्रपा नेपालका नेताहरुको जुन मण्डले चरित्र जुन इतिहासमा रहेको थियो त्यसलाई अलिकति धोइपखालेर, मोडेरेट गरेर अलिकति लोकतान्त्रिक धार देखाउन खोजेर हिन्दुत्वको मुद्दामा मत पाएका हुन । अब उनले २४ जनाको सभासदको नामावली पठाउँदा तिनीहरुको चरित्र तपाई हेर्नुस(पञ्चायत समयमा कुख्यात अनुदार प्रजातन्त्र विरोधी चरित्रका मण्डलेहरु नै पाउनु हुनेछ । जनताको मत लिएर गएका राप्रपा नेपालले जनताको आकांक्षा माथि तुषारापात गर्ने छ ।
के तपाई अब कांग्रेसमा फर्कने हो ?
म कांग्रेसमा फर्कनु भनेको आफ्नो चिहानमा जिउँदै गएर सुत्नु हो । असम्भवको दोस्रो नाउँ हो त्यो मेरो लागि र तिनीहरुसँग कुनै किसिमको सम्झौता गर्नुपनि असम्भव नै हो ।

मिति ः २०७०÷०९÷१४

ब्रोडगेज विस्तारमा रेल्वे कर्मचारीकै अड्चन




द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम..........


धनुषाको आर्थिक विकासका निम्ति वहुप्रतिक्षित रेल सेवाको ब्रोडगेज विस्तार कार्यक्रम सुरु हुन नलाग्दै रेल्वेका कर्मचारीहरुले आफ्ना माग तेसर््याई विरोध गर्ने बताएपछि अन्यौल बढेको छ । कर्मचारीहरुले नै माग गर्दै आएको ब्रोडगेज सेवा विस्तार हुनै लाग्दा कर्मचारीहरु आफ्नो जागिर धरापमा पर्ने आशंकाबाटा ग्रस्त भएपछि विकासको कार्यमा अवरोध पैदा गर्ने दिएको चेतावनीले जनकपुरबासी आश्चर्यमा परेका छन । अस्थायी कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका रेल्वे कर्मचारीले मागप्रति तत्काल सुनवाई नभए रेल विस्तारको कार्यमा अवरोध गर्ने चेतावनी दिएका छन् ।
     गत शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरुले अन्तिम अवस्थामा पुगेको रेल्वे विस्तार कार्यमा अवरोध गर्नेसम्मको निर्णय सार्वजनिक गरेका छन । २२ वर्षदेखि निरन्तर काम गरिरहेका कर्मचारीसमेत अहिलेसम्म स्थायित्व पाउन नसकेको भन्दै आन्दोलनमा उत्रेका छन । छ वर्षदेखि आन्दोलन गरिरहे पनि कुनै वास्ता नभएपछि अहिले बाध्य भएर रेल ब्रोडगेज सेवाको काम रोक्न लागेको रेल्वे कर्मचारी स्थायी संघर्ष समितिको अध्यक्ष कपिलदेव रायले बताए ।
 रेल्वे कम्पनीमा ४९ स्थायी, १ सय ७ अस्थायी, दुई ज्यालादारी र १ करार गरी कुल १ सय ५९ जना कर्मचारीहरु हाल कार्यरत छन् । उक्त कर्मचारीहरुको तलब बापत रु २१ लाख मासिक खर्च हुने गरेको छ । १७ जना कर्मचारीहरुको टोली गत असोजमा रेल्वे विभाग र मन्त्रालयमा आफ्नो माग सुनुवाईका निम्ति डेलीगेसन गएका थिए । त्यहाँ तत्कालिन निर्देशक योगेन्द्र कुमार रायले ब्रोडगेज निर्माणका क्रममा रेल संचालन केही दिनका लागि ठप्प हुने र अस्थायी कर्मचारीहरुलाई बसाएर तलब खुवाउन नमिल्ने भन्दै अस्थायी कर्मचारीहरुलाई नियमानुसार सुविधा दिएर विदावारी गर्ने बताएपछि कर्मचारीहरु सशंकित भएको उक्त डेलीगेसनमा सहभागी भएका कर्मचारी श्रीकृष्ण मण्डलले बताए । उक्त डेलीगेसन मन्त्रालयमा जाँदा सचिव तुल्सी प्रसाद सिटौलाले पनि अस्थायी कर्मचारीलाई हटाउने हटाउनका लागि दिइनुपर्ने रकम नियम विनियम अनुसार दिन सकिने बताएपछि अस्थायी कर्मचारीहरु एक पटकको लागि समायोजन गरी आन्तरिक प्रक्रिया पु¥याई स्थायी गरिनुपर्ने रेल्वे कर्मचारी स्थायी संघर्ष समितिको अध्यक्ष कपिलदेव रायले बताए ।
मधेस आन्दोलन पश्चात जनकपुर रेल्वे स्टेशनमा जय मधेश र मधेश सरकार लेखियो ।
    यस अघि मन्त्रि हृदयेष त्रिपाठी सँगको डेलीगेसनमा उमेर हद नाघीसकेकालाई केही गर्न नसकिने तर उमेर बाँकी रहेकालाई निरन्तरतता प्रदान गरिने आश्वासन दिइएको रायले जनाए । रेल्वे कम्पनीको नियम विनियम हालसम्म नबनेका कारण कर्मचारीहरुको भविष्य अन्धयारोमा परेको छ । रेल्वे कम्पनीका प्रशासकिय अधिकृत तुला डाँगीका अनुसार रेल्वे कम्पनीको नियम विनियम बनाउन संचालक समिति हुँदै मन्त्रालय मार्फत अर्थमन्त्रालयमा सहमतिको लागि पठाइएपनि उक्त फाइल हालसम्म पेन्डिङमा परेको कारण अन्यौल भएको हो । नेपालको कुनै पनि कम्पनीमा ९० प्रतिशत भन्दा वढी संख्यामा मधेसी मुलको कर्मचारी नरहेको तर नेपाल रेल्वेमा रहेको हुनाले नियत वस राज्यले आफुहरुलाई जागिरबाट अवकाश दिन षडयन्त्र गरिएको कर्मचारीहरु बताउँछन ।
ब्रोडगेज निर्माण सुरु गर्ने तयारी
लामो समयदेखि जीर्ण अवस्थामा रहेको जनकपुर रेल विस्तारको तयारी अन्तिम अवस्थामा पुगेको नेपाल रेल विभागले बताएको छ । सात दशकदेखि नेरोगेजमा सञ्चालित रेललाई ब्रोडगेजमा विस्तार गर्ने कार्य पुष महिनाभित्रै सुरु हुँदै छ । भारतीय सरकारको सहयोगमा विस्तार हुन लागको रेलसेवालाई जयनगर(जनकपुरबाट बर्दिवाससम्म सञ्चालन गर्ने गरी रुट निर्माणको काम औपचारिक रुपमा सुरु हुन लागेको नेपाल रेल विभागका साइट प्रमुख टेकबहादुर बोहराले जानकारी दिए । माटो पुर्ने र पुल निर्माण गर्ने कार्यका लागि ठेक्का प्रक्रिया सम्पन्न भएलगत्तै कामको औपचारिक सुरुवात हुन लागेको उनले बताए । बोहराका अनुसार धनुषाको इनर्वादेखि जनकपुर महुवासम्म रेल लिकमा माटो पुर्ने र पुल निर्माण गर्ने कामका लागि भारत गुवाहाटीको निर्माण कम्पनी नायक इन्फ्रास्टूक्चर कन्स्टूक्सनले ठेक्का पाएको छ । निर्माणका लागि आवश्यक उपकरण र औजारयूक्त मेसिनरी गाडी ल्याउन नेपालको अर्थ मन्त्रालयसँग स्वीकृति प्राप्त गरिसकेको बताउँदै बोहराले भने,‘अबको एक हप्ताभित्र उपकरण आइसकेपछि लगत्तै काम सुरु हुन्छ ।’ भारतीय सहर जयनगरदेखि इनर्वासम्मको यस्तो काम भने भारतीय सरकारले यसअघि नै पुरा गरिसकेको छ । एउटा ठेकेदार कम्पनीले माटोपुर्ने तथा पुल निर्माण सुरु गरिसकेपछि लगत्तै अर्को टेन्डर आह्वान गरी रेल्वे स्टेशन र कर्मचारीका लागि भवन निर्माणको प्रक्रिया पनि सुरु गर्ने योजना रहेको उनले जनाएका छन । बोहराका अनुसार काम सुरु भएको २४ महिनाभित्र माटो पुर्ने र पुल निर्माण गर्ने कार्य सक्ने गरी ठेकेदारलाई जिम्मा लगाइएको छ । सोही अवधिभित्र भवन निर्माणको कार्य पनि सकिने उनले योजना सुनाए । माटो र पुलको काम सकेलगत्तै ब्रोडगेजको रेल्वे लिक ओछयाउने काम पनि सुरु हुनेगरी तयारी भइरहेको भारतीय सरकारको रेल विभागले जनाएको छ । बोहराका अनुसार छेउछाउमा माटो भरुनजेल रेल्वे सेवा ठप्प हुँदैन र पुरानो टूयाक हटाउने बेलामा रेल सेवा पुर्णतः ठप्प गरिनेछ ।
जग्गा अधिग्रहणको काम लगभग पुरा
 अहिलेसम्म जग्गा अधिग्रहणको काम समेत पुरा हुन नसकेको महोत्तरीमा धनुषाको काम सुरु गरि सकेपछि हात लगाउने बोहराले बताए । महोत्तरीको सीतापुरदेखि बर्दिवाससम्म १७ किलोमिटर लिकका लागि सर्भेको काम पुरा हुन नसकेको जग्गा अधिग्रहणमा ढिलाई भइरहेको उनले बताए । अहिलेसम्म महोत्तरीमा सर्भे भएकोमध्ये ७० प्रतिशत र धनुषाको ९० प्रतिशतभन्दा बढी जग्गा अधिग्रहण गरिसकेको बोहराले जानकारी दिए । धनुषामा कानुनी प्रक्रिया पुग्न नसकेकोबाहेक आवश्यक सबै जग्गा अधिग्रहण गरिसकेको बताउँदै उनले भने,( काम सुरु भइसकेपछि बाँकी काम गर्न दबाब पनि हुन्छ र धेरैजसो स्थानीय विवाद आफै निराकरण पनि हुँदै जान्छ ।’ अहिलेसम्म विभागले ९१ विघा जग्गा अधिग्रहण गर्न दुई करोड रुपैयाँ स्थानिय जग्गाधनीलाई बाँडिसकेको छ । नेपालको एक मात्र रेल्वे अत्यन्त जीर्ण अवस्थामा रहेको र पटक पटक बन्द हुने कारण यस भेगका जनता हैरान छन । १९९४ साल मंसिर १६ देखि भारतीय भुमि जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सञ्चालन गरिएको थियो । तर, एक दशकअघि मरहा नदीको पुल भत्केपछि यो सेवा जनकपुरसम्म सिमित भएको हो । सुरुमा महोत्तरीको बनबाट काठ निकासीका लागि तत्कालिन व्रिटिस शासकले सञ्चालन गरेको रेलसेवा पछि यात्रु ओसार्ने माध्यमका रुपमा प्रयोग हुन थालेको थियो ।
कर्मचारीहरुले गरेको आन्दोलनका सन्दर्भमा बोहराले भने, ‘उक्त समस्या सम्बोधन गर्ने दायित्व मन्त्रालय र विभागको हो । हामीलाई सोध्यो भने सल्लाह दिने मात्र हो तर सम्बन्धित निकायले हामीलाई सोधेको पनि छैन ।’ कर्मचारीहरुले गरेको आन्दोलन र तीनको मागको सम्बोधन गर्नुपर्ने बोहराको समेत धारणा छ ।
नेपाल रेल्वेका निमित इन्जिनियर रामचन्द्र साहका अनुसार सबैभन्दा कम २ फिट ६ इन्च चौडाई भएको टूयाकलाई न्यारोगेज, १ मिटर चौडाईलाई मिटर गेज र  ५ फिट ६ इन्च चौडा भएको टूयाकलाई ब्रोडगेज भनिन्छ । साहका अनुसार टूयाकको चौडाई जति वढी भयो त्यति नै स्पीड र व्यालेन्समा राम्रो हुन्छ । व्रिटिस सरकारले स्थापना गरे देखि नै जनकपुर रेल्वे न्यारोगेज टूयाकमा चल्ने गरेको हो ।
नेपाल रेल्वेको इतिहास
१९९४ सालमा तत्कालीन ब्रिटिस शासकले महोत्तरी जंगलबाट साँखुको गोलिया काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किलोमिटर सम्म सञ्चालनमा रहेको थियो । तर २०५९ मा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएयता रेल सेवा जनकपुरदेखि जयनगर २९ किलोमिटर मा सीमित हुन पुगेको छ । जनकपुर(जयनगरका लागि दैनिक तीन सेवा सञ्चालन गर्दै आएको रेल्वे औपचारिक रूपमा अचेल एक सेवामा सीमित भएको छ । त्यो पनि नियमित भने छैन । सुरुमा इन्धनको रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेल २०१८ देखि यात्रु ओसारपसार कार्यको थालनी गरेको थियो । २०२१ सालसम्म नेपाल यातायात संस्थानको एउटा शाखाको रुपमा थियो, जनकपुर रेल्वे । पछि २०५१ सालमा भारत सरकारको सहयोगमा १८ बोगीसहित चारवटा डिजेल पावर इन्जिन प्राप्त भएपछि आधुनिक रेल सेवा सञ्चालन भएको हो । रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ मा यसलाई नेपाल यातायात संस्थान अन्तर्गत राखियो । पछि २०२५ मा सरकारले यसको नाम  जनकपुर(जयनगर रेल्वे राख्यो । रेल्वेको पहिलो प्रबन्धकको रूपमा टेकजंग थापा नियुक्त भएका थिए ।२०५८ मंसिर मसान्तमा यातायात संस्थान विघटन भयो र १८ जेष्ठ २०६१ मा रेल्वे सेवालाई नेपाल रेल कम्पनीको रूपमा कम्पनी रजिस्टूारको कार्यालयमा दर्ता गरिएपछि जनकपुर(जयनगर रेल्वे नेपाल रेल्वेको रूपमा हालसम्म चिनिएको छ । श्रम तथा यतायात व्यवस्था मन्त्रालयअन्तर्गत रहेको रेल्वे सेवालाई  भौतिक योजना निर्माण तथा यतायात मन्त्रालयअन्तर्गत रेल विभाग गठन भएपछि त्यसले हेर्दै आएको छ ।
जनकपुर रेल्वे व्यवस्थापनले २०६० भदौमा जनकपुर रेल्वे वर्तमान अवस्था र सुधार हुनुपर्ने कुराहरू शीर्षकमा सरकारलाई रिपोर्ट बुझाएको थियो । जसमा ७५ प्रतिशत रेल्वे स्लिपर जीर्ण भइसकेको, सिग्नल र टेलिकम्युनिकेसनको व्यवस्था नभएकाले सूचना आदान प्रदान गर्न कठिनाई हुने गरेको, इन्जिन र यात्रुवाहक कोचको मर्मत गर्नुपर्नेलगायत विषयप्रति ध्यानाकर्षण गराइएको थियो । समयमै मर्मत सम्भार नगरिए यात्रु तथा मालसामान ढुवानी निषेध गर्नुपर्ने राय पनि उक्त प्रतिवेदनमा दिइएको थियो । रेल्वे व्यवस्थापनले सरकारलाई लिखित रूपमा बुझाएका यी सुझाव सरकारले  थन्क्याएर राखेको छ । हालसम्म सुधारको कुनै चासो देखाएको छैन् ।
     यात्रुहरू जोखिमपूर्ण यात्रा तथा माल सामान ढुवानी गर्न बाध्य छन् । सरकारी पक्षको उदासीनता तथा अध्यक्ष एवं महाप्रबन्धक चयनमा हुने चरम राजनीतिकरणका कारण जनकपुर रेल्वेको अवस्था निरन्तर खस्कँदै गएको बुझाई स्थानीयवासीको छ । रेल्वे जस्तो प्राविधिक निकायमा विषयवस्तु बुझ्ने प्राविधिकलाई नियुक्ति गर्नुपर्नेमा राजनितिक दलका कार्यक्रता भर्तीहुनु नै वर्तमान समस्याको जडो भएको जानकारहरु बताउँछन् । भारतले जयनगरदेखि बर्दीवाससम्म ६९ किलोमिटरमा ब्रोडगेज निर्माण गर्न आर्थिक सहयोग गर्ने नीतिगत सहमति गरिसकेको छ । यो टूयाक र विराटनगर(जोगबनीको २२ किलोमिटर ब्रोडगेज निर्माण गर्न भारत सरकारले झन्डै ११ अर्ब रुपैयाँ सहयोग गर्ने योजना छ । सहमति अनुसार नेपालले जग्गा उपलब्ध गराउने तथा भारतले रेल टूयाक, पुल लगायत अन्य पूर्वाधार निर्माण गर्ने छ तर उक्त निर्माण कार्य हालसम्म सुरु हुन सकेको छैन ।
        सरकारको त्यो योजनामा कुल ६९ किलोमिटर रेल टूयाकमध्ये ३ किलोमिटर भारतीय भूमिमा पर्छ । जहाँ जग्गा अधिग्रहणसँगै माटो सम्याउनेलगायत कार्य भइसकेको छ ।


मिति ः २०७०÷०९÷१४

बालविकास कक्षाको कार्यक्रम झोलामै सीमित


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

धनुषा जिल्लामा झोले विद्यालयका शिक्षकमाथि भएको कारबाही सेलाउन नपाउँदै, बालविकास कक्षाको कार्यक्रम पनि झोलामै सीमित रहेको भेटिएको छ । प्रारम्भिक बालविकासको कक्षा सञ्चालनका लागि सामुदायिक संघसस्ंथा र जिल्ला शिक्षा कार्यालयका कर्मचारीको मिलोमतोमा शैक्षिक गतिविधि सञ्चालन नै नगरी मासिक १५ लाख रुपैयाँ  अनियमितता हुँदा पनि कारबाही गर्ने निकाय मौन बसेको छ । 
जिल्ला शिक्षा कार्यालय धनुषामा जनकपुर नगरपालिका वडा नम्बर १२ र १५ मा पर्ने कुवारामपुरका १० स्थानमा प्रारम्भिक बालविकास कक्षा सञ्चालन भएको कागजी रेकर्ड छ ।  २०६५ सालदेखि नै शिक्षकको तलब र अन्य सहयोग स्वरुप मासिक ४० हजार रुपैयाँ निकासा भइरहे पनि ती १० स्थानमा बालविकास  कक्षा सञ्चालन भएका छैनन् । जनकपुर(१२ का स्थानियवासी अनरुद यादव भन्छन,“जिल्लामा झोले विद्यालयहरुको विगविगी छँदै थियो । मेरै वडामा पनि कागजमा बालविकास कक्षा संचालन भएको भनेर मैले पनि सुनेको हो तर व्यवहारमा कक्षा खोज्दा कहिपनि पाइन्न ।” 
एक सय एक गाविस र एउटा नगरपालिका रहेको धनुषामा पाँच सय ९९ वटा बालविकास कक्षाका लागि जिल्ला शिक्षा कार्यालयबाट चौमासिक ७१ लाख रुपैयाँ भन्दा बढी निकासा भइरहेको छ । सामुदायिक विद्यालयमा रहेका एक सयवटा बालविकास कक्षा चाहिँ जसोतसो सञ्चालनमा रहेपनि सामाजिक संघसस्ंथाले जिम्मा लिएका चार सय ९९ वटा प्रारम्भिक बालविकासका कक्षा झोलामै राखिएका छन् । शिक्षा कार्यालयका कर्मचारीले अतिरिक्त आम्दानी लिएर रकम निकासा दिदै आए पनि त्यस्ता सञ्चालक र कर्मचारीमाथि अहिलेसम्म कारबाही भएको छैन् । जिल्ला शिक्षा समिति धनुषाका अध्यक्ष समेत रहेका स्थानिय विकास अधिकारी गुरुप्रसाद सुवेदी भन्छन,“बालविकास कक्षा संचालन नगरिकनै बजेट हजम भइरहेको गुनासो म कहाँ पनि आएको छ । शिक्षा अधिकारी उपेन्द्र मण्डल काठमाण्डौबाट फर्के लगत्तै शिक्षा अधिकारीको नेतृत्वमा अनुगमन कमिटी बनाई अनुगमन गर्ने छौं । अनुगमनबाट जे अवस्था आउँ गुनासो म कहाँ पनि आएको छ । शिक्षा अधिकारी उपेन्द्र मण्डल काठमाण्डौबाट फर्के लगत्तै शिक्षा अधिकारीको नेतृत्वमा अनुगमन कमिटी बनाई अनुगमन गर्ने छौं । अनुगमनबाट जे अवस्था आउँछ, कक्षा संचालन नगर्नेहरुलाई खारेज गरिनेछ ।” स्थानिय विकास अधिकारी सुवेदीका अनुसार शिक्षा कार्यालयका स्रोत व्यक्तिहरुले पनि संस्था दर्ता गराई बालविकास कक्षा संचालनका नाउँमा रकमको दुरुपयोग गरेको अवस्था रहेकाले तिनीहरुलाई पनि कारवाहीको दायरामा ल्याइनेछ । सुवेदीका अनुसार जिल्लामा संचालित झोले विद्यालयलाई पनि यही सातामा खारेजी गरिनेछ ।

पढ्न पाउने बालबालिकाहरुको नैसर्गिक अधिकारलाई आत्मसात गरी बालबालिकाका लागि निकासा भएको रकम  दुरुपयोग गर्ने संघसस्ंथाका पदाधिकारी र त्यसमा संलग्न जिल्ला शिक्षा कार्यालय धनुषाका कर्मचारीलाई तत्काल कानुनी दायरामा ल्याउन आवश्यक देखिन्छ  ।
धनुषाको साक्षरताको अवस्था
राष्टिूय जनगणना २०६८ अनुसार देशको ५ वर्ष वा सो भन्दा माथिल्लो उमेरका कुल २ करोड २९ लाख २६ हजार ५ सय ४१ जनसंख्यामा ६५.९ प्रतिशत व्यक्तिहरु साक्षर रहेको देखाएको छ । पुरुषहरुको साक्षरता दर ७५.१ प्रतिशत छ भने महिलाको साक्षरता दर ५७.४ प्रतिशत रहेको छ । सबैभन्दा वढी साक्षरता दर काठमाण्डौ जिल्लामा ८६.३ प्रतिशत र सबैभन्दा कम हुम्ला जिल्लामा ४७.८ प्रतिशत रहेको छ ।
त्यसैगरी धनुषा जिल्लामा ५ वर्षभन्दा माथिल्लो उमेरका  २ लाख ८ हजार ५ सय १० पुरुष र १ लाख ३८ हजार ४ सय ७४ गरी ३ लाख ४६ हजार ९ सय ८४ जना साक्षर छन । त्यसैगरी धनुषामा ४ हजार ५ सय ६८ पुरुष र ३ हजार ३ सय ६७महिला गरी कुल ७ हजार ९ सय ३५ जनाले शिक्षा प्रारम्भ गरेका छन । धनुषामा ७६ हजार ६ सय ८ पुरुष र ६२ हजार ९ सय ९८ महिला गरी कुल १ लाख ३९ हजार ६ सय ६ प्राथमिक तह उत्तिर्ण, ४१ हजार २ सय ४० पुरुष र २९ हजार ४ सय २२ महिला गरी कुल ७० हजार ६ सय ६२ जना निम्न माध्यमिक तह उत्तिर्ण, १२ हजार १ सय ९६ महिला र २४ हजार १ सय ८८ गरी कुल ३६ हजार ३ सय ८४ एसएलसी वा सो सरह उत्तिर्ण, १५ हजार ४ सय १३ पुरुष र ७ हजार १ सय ४१ महिला गरी कुल २२ हजार ५ सय ५४ जना इन्टरमेडिएट वा सो सरह उत्तिर्ण रहेका छन । त्यसैगरी धनुषामा ९ हजार ३ सय २० पुरुष र २ हजार ६ सय ९ महिला गरी ११ हजार ९ सय २९ स्नात्तक वा सो सरह उत्तिर्ण, २ हजार ४ सय ४८ पुरुष र ४ सय ९० महिला गरी कुल २ हजार ९ सय ३८ जना स्नातकोत्तर तह वा सो सरह उत्तिर्ण रहेका छन । त्यसैगरी धनुषामा ४ हजार ८५ पुरुष र ३ हजार ४ सय १९ महिला गरी कुल ७ हजार ५ सय ४ जनाले अनौपचारिक शिक्षा हासिल गरेका छन । त्यसैगरी धनुषामा ५ वर्ष माथिल्लो उमेर समुहमा ३ लाख ४० हजार ३ सय पुरुष र ३ लाख ३९ हजार १ सय ४५ महिला गरी कुल ६ लाख ७९ हजार ४ सय ४५ जनसंख्यामा २ लाख ६ हजार २ सय ५० पुरुष र १ लाख ३६ हजार ४ सय ४४ महिला गरी कुल ३ लाख ४२ हजार ६ सय ९४ जनाले पढन र लेख्न दुवै सक्ने, १० हजार ९ सय ७३ पुरुष र ११ हजार ८ सय १६ महिला गरी कुल २२ हजार ७ सय ८९ जनाले पढन मात्र सक्ने र १ लाख २१ हजार ९ सय ९२ पुरुष र १ लाख ८९ हजार ३ सय ५१ महिला गरी कुल ३ लाख ११ हजार ३ सय ४३ जनाले पढन र लेख्न दुवै नसक्ने रहेको राष्ट्रिय जनगणना २०६८को प्रतिवेदनले देखाएको छ ।
२०५८ सालको जनगणनामा ६ वर्ष वा सो भन्दा माथिल्लो उमेरका व्यक्तिहरुको कुल साक्षरता दर ५४.१, पुरुषको साक्षरता दर ६५.५ र महिलाको साक्षरता दर ४२.८ प्रतिशत थियो । ५ वर्ष वा सो भन्दा माथिल्लो उमेरका साक्षर जनसंख्याको सबैभन्दा ठुलो हिस्सा अर्थात ३९ प्रतिशत व्यक्तिहरुले प्राथमिक तह उत्तिर्ण गरेको पाइएको छ भने निम्नमाध्यमिक तह उत्तिर्ण गर्नेहरु २०.३ प्रतिशत र एसएलसी वा सो सरह उत्तिर्ण गर्नेहरु कुल संख्याको १०.२ प्रतिशत छन । जम्मा जमी ४.२ प्रतिशत व्यक्तिहरुले अनौपचारिक शिक्षा हासिल गरेका छन ।


मिति ः २०७०÷०९÷१४

बढ्दैछ ‘हिन्दूत्वको इसाईकरण’



अजय अनुरागी
जनकपुरधाम............
    धनुषा सोनिगामा(१ का ४२ वर्षिय विनोद कुमार अधिकारी (मण्डल), तीन वर्ष अगाडी हिन्दू धर्म परित्याग गरी इसाई धर्मलाई अपनाएका थिए । हिन्दूधर्ममा जातपातको विभेद, छुवाछुत, धनी गरिब लगायतको विभिन्न विभेदका कारण बाल्यकाल देखि नै हिन्दू धर्मप्रति खिन्नता बोध भएको थियो, मण्डल भन्छन,“सत्यको खोजीमा बाइबल अध्ययन गर्दै जादाँ समाजमा फैलिएका अन्धविश्वासहरुबाट सुरक्षित हुन र विभिन्न जालझेलबाट उन्मुक्ति पाउन तथा मोक्ष प्राप्तिको सिधा बाटो इसाई धर्म नै रहेको हुनाले वर्षौ देखि अपनाएको हिन्दू धर्म परित्याग गरी इसाई धर्मलाई ग्रहण गरें ।”
    धनुषा विन्धी(५ का ३२ वर्षिय शम्भु कुमार चौधरी (भुमिहार) १० वर्षअघि हिन्दू धर्म त्याग गरी क्रिश्चियन भए । शम्भुका अनुसार जातिय विभेदका कारण हिन्दू धर्म प्रतिको आस्था समाजमा दिन प्रति दिन घट्दै गएको छ । क्रिश्चियन धर्ममा कुनै पनि किसिमको जातिय विभेद नरहेका कारण उक्त धर्म अपनाएको शम्भु बताउँछन् ।
    धनुषा विन्धी कै ६३ वर्षिय अवकाश प्राप्त शिक्षक लक्ष्मी साह पनि ५ वर्ष देखि इसाई बनेका छन । क्रिश्चियन धर्म मान्ने श्रीमति र आफु हिन्दू धर्म मान्ने भएपनि धर्म कै कारण श्रीमान र श्रीमति बिच पटक पटक कलह हुने गथर््यो र घरमा सधै जसो अशान्ति हुन्थ्यो भन्दै साह भन्छन,“ अब हामी दुवै जना क्रिश्चियन भएपछि घरमा सुख शान्ति आएको छ ।” जनकपुर(१३ का २५ वर्षिय टुमेश्वर प्रसाद साह मुजेलियाका सुरेन्द्र रवि दास इसाई बनेपछि, उनैको संगतमा परेर तीन वर्ष अघि आफुपनि इसाई भएको बताउँछन् । यी त प्रतिनिधी उदाहरण मात्र हुन । विभिन्न कारणहरु देखाउँदै यस्ता सयौं व्यक्तिहरु दिनन्दिन धर्म परिवर्तन गरी इसाई बनिरहेका छन् ।
    यसरी मन्दिरै मन्दिरको शहरको रुपमा तथा विश्वका करोडौ हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेको जनकपुरधाममा चर्चहरु पनि धमाधम बन्न लागेका छन् । जनकपुर देखि धनुषाका ग्रामीण क्षेत्रहरुमा पनि इसाईहरुले आफ्नो धर्म प्रचार तथा हिन्दूहरुको इसाईकरण अभियानलाई तिब्रता दिएको देखिन्छ । केही वर्ष अघिसम्म धनुषामा औलामा गन्न सक्निे इसाईहरु अहिले सय होइन हजारौको संख्यामा खुलेरै देखा पर्न थालेका छन् । १० पौष २०७० बुधबारका दिन इसाई धर्मका प्रभु येशू मसिहको जन्मजयन्तिको अवसरमा जनकपुरका र जिल्लाका कतिपय चर्चहरुमा हजारौ क्रिश्चियनहरु जम्मा भई भजन गाउँदै, शुभकामना आदानप्रदान गर्दै, एक अर्कोलाई उपहार आदान प्रदान गर्दै तथा नाचगान गर्दै र पार्टी मनाउँदै क्रिशमश मनाउँदै देखिएका थिए । गौ संरक्षण मञ्चका केन्द्रिय अध्यक्ष जगदीश महासेठ भन्छन,“हिन्दू धर्म मान्ने गरिब व्यक्तिहरुलाई विदेशमा पठाइदिने, तिनका छोरा छोरीहरुलाई विदेशमा उच्च शिक्षा पढन आर्थिक मद्दत गरिदिने, एनजिओ, आइएनजिओमा जागिर लगाइदिने, विरामीहरुलाई उपचार गराईदिने र गरिबी हटाउन आर्थिक सहयोग पनि जुटाइदिने लगायतका प्रलोभन दिएर इसाइकरण गरिदैछ ।” २०५० सालमा झोझिकटैया(८ का राजकुमार यादव हिन्दू धर्म परिवर्तन गरी इसाई भए । यादव एमाले धनुषाका भातृ संगठन यूवा संघका जिल्ला अध्यक्ष पनि हुन । उनी अहिले जनकपुरको एमसिएफ चर्चका धर्म गुरु ‘पास्टर’ समेत बनेका ’ छन । पास्टर यादव भन्छन,“हामी कसैलाई प्रलोभन दिएर धर्म परिवर्तन गर्न भन्दैनौं । एक इश्वरवादी विचारलाई हामी मान्दछौं र मुर्ति पुजा गर्नेहरुले हामीलाई विभिन्न प्रकारका आक्षेप लगाउनु अस्वभाविक होइन ।”
मेरी क्रिशमसका अवसरमा गित गाउँदै जनकपुरका इसाई धर्माबलम्बी ।

    हामी क्रिश्चियनमा आफुले आर्जन गरेको आयको दशांस गरिव तथा विपन्नहरुको सेवामा खर्च गर्छाैं भन्दै यादव भन्छन,“ संसारकै धनी चर्च कोरिया, भारतको चेन्नई तथा अन्य चर्चहरुबाट लाखौं अनुयायीहरुबाट आर्थिक सहयोग जुटाई नेपाल सरकारको मार्फत गरिबहरुलाई मद्दत गर्छौं ।” धनै बाँड्ने कुरा हो भने नेपालका कतिपय पास्टरका छोरा छोरीहरु समेत राम्रो विद्यालयमा पढन पाइरहेका छैनन् भन्दै यादव भन्छन,“कतिपय व्यक्तिहरु लोभ राखेर इसाई बन्ने गरेका छन, तर त्यो लोभ पुरा नभएपछि पुनः हिन्दू धर्ममा फिर्ता हुनेहरुको संख्या पनि उल्लेख्य छ ।”
    धनुषामा हिन्दू धर्म परित्याग गरी क्रिश्चियन धर्म अपनाउँने हरुको संख्या दिनन्दिन वढदै गएको छ । किन हिन्दू धर्म परित्याग गरी क्रिश्चियन धर्म अपनाउँने हरुको संख्या वढ्दै गएको हो भन्ने सबालमा जनकपुर(१४ का इसाई धर्म प्रचारक ‘पास्टर’ इन्द्र नेपाली भन्छन,“कतिपय मान्छेहरु इसाई धर्म अपनाउँदा रोग निको भएको, कतिपयको शरीरबाट भुत आत्मा भागेको तथा कतिपय मान्छेहरु जातिय छुवाछुत तथा मानव मानव बीचको भेदभावबाट ग्रस्त भएर अन्य धर्म त्यागेर इसाई बनिरहेका छन ।” जनकपुरको रत्न सागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णव पनि भन्छन,“ हिन्दू धर्ममा जातिय भेदभाव र छुवाछुत देखिएकै कारण तिरस्कृत र अपहेलित हुनु भन्दा हिन्दू धर्मावलम्बीहरुको धर्म परित्याग गर्ने प्रवृति वढदै गएको छ । यद्यपि इसाई धर्म प्रचारकहरु आर्थिक रुपले पनि सबल भएका हुनाले धर्म परिवर्तन गर्न विभिन्न आर्थिक प्रलोभन तथा अन्य प्रलोभन दिने गरेको छ ।”
जनकपुर–४ स्थित मिथिला शान्ति ए.जी. चर्चमा क्रिशमस दिवस मनाउँदै ।

    जानकी मन्दिरका सहायक महन्थ रोशन दास वैष्णव भन्छन,“सनातन धर्म रहेको हिन्दू धर्ममा कुनै पनि प्रकारको भेदभाव छैन । यदि भेदभाव रहेको भए प्रभु रामले सवरीको जुठो वैर कसरी खानु भयो ? केवट सँग कसरी गला मिल्नु भयो ? भील राजासँग कसरी मित्रता गास्नु भयो ?” उनी भन्छन,“ पैसाको प्रलोभन दिएर गरिब तथा विपन्न व्यक्तिहरुलाई चुनी चुनी धर्म परिवर्तन गराईएको छ ।”
    हिन्दूधर्म मान्नेहरुका अनुसार धर्म परिवर्तन गरेुुर इसाई भएकाहरुको जीवन स्तर र रहनसहनमा अप्रत्यासित परिवर्तन पनि नभएको होइन । हिजोसम्म खान लाउने धौ धौ पर्नेहरु इसाई भएपछि कतिपय मानिसहरु धनी भएका छन ।कतिपयले एनजीओ खोलेका छन भने कतिपयले विद्यालय, स्वास्थ्य संस्था चलाई जिविकोपार्जन गरिरहेका छन् ।
गत बुधबार जनकपुरको एमसिएफ चर्चमा क्रिसमश दिवस मनाउँदै सयौं इसाईहरु ।
    नेपालमा हिन्दू धर्म मात्र होइन अन्य धर्महरु पनि परित्याग गरी क्रिश्चियन धर्म अपनाउने हरु छन तर हिन्दूको तुलनामा अन्य धर्म परित्याग गर्ने संख्या न्यून देखिन्छ । पास्टर इन्द्र नेपाली भन्छन,“पैसा दिएर हामी कसैलाई धर्म परिवर्तन गर्न भन्दैनौं, उनीहरु स्वेक्षा पुर्वक स्वतन्त्र भएर इसाई धर्म प्रति आस्था र विश्वास गरेर धर्म परिवर्तन गरिरहेका छन् । इसाई धर्म मान्नेहरु पनि गरिब छन् ।” जनगणना २०६८ अनुसार धनुषामा ६ सय ५२ जना इसाई मात्र रहेको उल्लेख गरिए पनि धनुषामा मात्रै कम्तिमा ६ हजार भन्दा वढी संख्यामा इसाई धर्मावलम्बीहरु रहेको दावी गर्दै पास्टर नेपाली भन्छन,“ जनगणना हुँदा कतिपय व्यक्ति उपस्थित नहुन पनि सक्छ ।” इसाई धर्मावलम्वीहरुका अनुसार जनकपुरमा मात्रै ५ वटा चर्च र विभिन्न गाउँहरुमा २० गरी धनुषामा कुल २५ वटा चर्चहरु रहेका छन । धनुषामा पनि विगतका समय देखि नै इसाईहरु रहेपनि नेपाल धर्म निरपेक्ष राष्टूको रुपमा संविधानमा उल्लेख गरिए पछि खुलेरै मान्छेहरु धर्म परिवर्तन गरिरहेको दावी गर्दै पास्टर नेपाली भन्छन,“समाजमा धर्म परिवर्तन गर्नेहरुलाई समाजले नराम्रो काम गरेको भनेपनि क्रिश्चियनहरु त्यसको परवाह गर्दैनन् । नेपालको अन्तरिम संविधान २०६३ मा मौलिक हकको धर्म सम्बन्धि हकमा प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवम सांस्कृतिक परम्पराको मर्यादा राखि परापुर्वकाल देखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक हुने छ भनेर उल्लेख छ । तर कसैले कसैको धर्म परिवर्तन गराउन पाउने छैन र एक अर्कोको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न पाइने छैन भन्ने पनि उल्लेख गरिएको छ ।
अन्य धर्मको संख्या घट्दो, इसाईको संख्या वढ्दो
राष्टिूय जनगणना २०५८ अनुसार नेपालमा  कुल जनसंख्याको १ करोड ८३ लाख ३० हजार १ सय २१ जना अर्थात ८०.६२ प्रतिशत हिन्दू धर्म, २४ लाख ४२ हजार ५ सय २० जना अर्थात १०.७४ प्रतिशत बौद्ध धर्म, ९ लाख ५४ हजार २३ जना अर्थात ४.२० प्रतिशत इस्लाम, ८ लाख १८ हजार १ सय ६ जना अर्थात ३.६ प्रतिशत किराँत, ४ हजार १ सय ८ जना अर्थात ०.०८ प्रतिशत जैन, १ लाख १ हजार ९ सय ७६ जना अर्थात ०.४५ प्रतिशत क्रिश्चियन, ५ हजार ८ सय ९० जना अर्थात ०.०३ प्रतिशत सिख र ८ हजार १ सय ९० जना अर्थात ०.३५ प्रतिशत अन्य धर्म मान्ने व्यक्तिहरु रहेका थिए । त्यसैगरी  धनुषामा कुल जनसंख्याको ६ लाख ४ हजार ७ सय ६३ जना अर्थात ९०.०८ प्रतिशत हिन्दू धर्म, ९ हजार ६ सय ९६ जना अर्थात १.४४ प्रतिशत बौद्ध धर्म, ५६ हजार १ सय २४ जना अर्थात ८.३६ प्रतिशत इस्लाम, २५ जना अर्थात ०.००४ प्रतिशत किराँत, २३ जना अर्थात ०.००३ प्रतिशत जैन, २ सय ३० जना अर्थात ०.०३ प्रतिशत क्रिश्चियन, १७  जना अर्थात ०.००३ प्रतिशत सिख र ४ सय ८६ जना अर्थात ०.०७२ प्रतिशत अन्य धर्म मान्ने व्यक्तिहरु रहेका थिए ।
    राष्टिूय जनगणना २०६८ अनुसार नेपालमा  कुल जनसंख्याको ८१.३ अर्थात २ करोड १५ लाख ५१ हजार ४ सय ९२ जना हिन्दू धर्म, २३ लाख ९६ हजार ९९ जना अर्थात ९ प्रतिशत बौद्ध धर्म, ११ लाख ६२ हजार ३ सय ७० जना अर्थात ४.४ प्रतिशत इस्लाम, ८ लाख ७ हजार १ सय ६९ जना अर्थात ३.१ प्रतिशत किराँत, ३ लाख ७५ हजार ६ सय ९९ अर्थात १.४ प्रतिशत क्रिश्चियन, ३ हजार २ सय १४ जना जैन धर्म मान्ने व्यक्तिहरु रहेका छन ।
    त्यसैगरी राष्टिूय जनगणना २०६८ अनुसार धनुषामा ३ लाख ७८ हजार ५ सय ३८ पुरुष र ३ लाख ७६ हजार २ सय ३९ महिला गरी कुल ७ लाख ५४ हजार ७ सय ७७ कुल जनसंख्या रहेका छन । जसमध्ये ३ लाख ३९ हजार १ सय ७९ जना पुरुष र ३ लाख ३५ हजार १ सय ८८ महिला गरी कुल ६ लाख ७४ हजार ३ सय ६७ जना हिन्दू धर्मावलम्वी रहेका छन । त्यसैगरी ५ हजार ५ सय १ पुरुष र ५ हजार ७ सय १९ महिला गरी कुल ११ हजार २ सय २० जना बुद्ध धर्मावलम्बी, ३० हजार ७ सय २४ पुरुष र ३२ हजार ३ सय ७५ महिला गरी कुल ६३ हजार ९९ जना इस्लाम, ७७ जना पुरुष र ८८ जना महिला गरी कुल १ सय ६५ जना किराँत, ३ सय २३ जना पुरुष र ३ सय २९ जना महिला गरी कुल ६ सय ५२ क्रिश्चियन, २ सय ८३ जना पुरुष र २ सय ८५ जना महिला गरी कुल ५ सय ६८ जना प्रकृति, ५ जना पुरुष र ४ महिला गरी कुल ९ जना जैन, ६ जना पुरुष र ५ जना महिला गरी कुल ११ जना सिख, २ जना पुरुष र २ जना महिला गरी कुल ४ जना बहाई धर्म मान्ने व्यक्तिहरु रहेका छन । उक्त जनगणना अनुसार धनुषामा २ हजार ४ सय ३८ पुरुष र २ हजार २ सय ४४ महिला गरी कुल ४ हजार ६ सय ८२ जनाको धर्म खुल्न सकेको छैन । उक्त जनगणना अनुसार नेपालको शहरी क्षेत्रमा भन्दा ग्रामिण क्षेत्रमा इसाई धर्मावलम्वीहरुको संख्या वढी छ । सहरमा ४० हजार २ सय ४३ पुरुष र ४५ हजार ५ सय ८० महिला गरी कुल ८५ हजार ८ सय २३ जना क्रिश्चियन रहेका छन । त्यसैगरी ग्रामिण क्षेत्रहरुमा १ लाख ३५ हजार २ सय २७ पुरुष र १ लाख ५४ हजार ६ सय ४९ महिला गरी कुल २ लाख ८९ हजार ८ सय ७६ जना क्रिश्चियन रहेका छन । त्यसैगरी नेपालको भौगोलिक क्षेत्रको आधारमा हिमालमा सबैभन्दा कम ८ हजार ७ सय ७१ पुरुष र ९ हजार ६ सय १६ गरी कुल १८ हजार ३ सय ८७ क्रिश्चियन छन भने पहाडमा सबैभन्दा वढी १ लाख २ हजार ७ सय ७४ पुरुष र १ लाख १६ हजार ८ सय १५ महिला गरी कुल २ लाख १९ हजार ५ सय ८९ क्रिश्चियन छन । तराईमा पुरुषको तुलनामा महिलाहरु वढी क्रिश्चियन छन । तराईमा ६३ हजार ९ सय २५ पुरुष र ७३ हजार ७ सय ९८ महिला गरी कुल १ लाख ३७ हजार ७ सय २३ क्रिश्चियन रहेका छन ।
    त्यसैगरी विकास क्षेत्रको आधारमा मध्यमाञ्चल विकास क्षेत्रमा सबैभन्दा वढी र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रमा सबैभन्दा कम क्रिश्चियन रहेका छन । पुर्वाञ्चल विकास क्षेत्रमा ३६ हजार ७ सय ५५ पुरुष र ४१ हजार ९ सय ९ महिला गरी कुल ७८ हजार ६ सय ६४, मध्यमाञ्चल विकास क्षेत्रमा ७८ हजार २ सय ८० पुरुष र ८७ हजार २ सय ८९ महिला गरी कुल १ लाख ६५ हजार ५ सय ६९, पश्चिमाञ्चल विकास क्षेत्रमा २४ हजार ४ सय ७२ पुरुष र २९ हजार २ सय ७५ महिला गरी कुल ५३ हजार ७ सय ४७, मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा २३ हजार १ सय पुरुष र२६ हजार ८ सय १३ महिला गरी कुल ४९ हजार ९ सय १३ र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रमा १२ हजार ८ सय ६३ पुरुष र १४ हजार ९ सय ४३ महिला गरी कुल २७ हजार ८ सय ६ क्रिश्चियन रहेका छन ।
    जिल्लाका आधारमा तराईका जिल्लाहरु मध्ये सप्तरीमा  ३ सय, सिरहामा ३ सय ५३, धनुषामा ६ सय ५२, महोत्तरीमा ८ सय ७८, सर्लाहीमा १ हजार ७ सय ५२ रौतहटमा १ हजार ४९, बारामा १ हजार ६ सय २१, पर्सामा ७ सय ५३, चितवन १९ हजार ६ सय ८२, नबल परासीमा ११ हजार १ सय ८०, रुपनदेहीमा ५ हजारा ८ सय २४, कपिलवस्तुमा १ हजार १ सय १५, दांगमा ७ हजार ४ सय ३१, बाँकेमा ६ हजार ४ सय ६६, वर्दियामा ९ हजार २ सय ४१ क्रिश्चियन रहेका छन ।

मिति ः २०७०÷०९÷१४

Sunday, December 22, 2013

जानकी मेडिकल कलेजमा अख्तियारद्वारा छानविन


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपालका बिभिन्न मेडिकल कलेजहरुले आर्थिक अनियमितता, विद्यार्थी ठगी, पूर्वाधारको कमीलगायतका समस्याहरु देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । त्यसै समस्या देखिएको जनकपुरको जानकी मेडिकल कलेजमा पनि अख्तियारले छानबिन सुरु गरेको छ । अख्तियारका विभूति कोइरालाको नेतृत्वमा पाँच सदस्यीय टोली छानविनमा संलग्न रहेको छ । टोलीमा आन्तरिक राजस्व कार्यालय जनकपुरका कर अधिकृत, ल्याब र फार्मेर्सी प्राविधिक र एकजना चिकित्सक रहेका छन । चिकित्सक काठमाडौँबाट आएपनि फार्मेर्सी हेर्न वीरगन्जबाट र ल्याब हेर्न जनकपुरबाट विज्ञको रुपमा लिएको बताइएको छ ।
कोइरालाका अनुसार केही कागजपत्रहरु नियन्त्रणमा लिई अनुसन्धानको क्रम जारी छ, सबै तिरबाट अध्ययन गरिएपछि वास्तविकता थाहा हुनेछ । विद्यार्थीलाई परीक्षामा अमर्यादित क्रियाकलापका लागि विशेष व्यवस्था गरिएको, कापी बाहिर लेखाएर दिने गरिएकोलगायतका आरोप कलेज सञ्चालकमाथि लगाइएको छ ।
त्यस्तै, अध्यापन र प्रयोगात्मक व्यवस्था ठीक नरहेको आरोप लगाउँदै विद्यार्थीहरुले पटकपटक कलेज बन्द र हडताल गर्दै आएका छन । सोका कारण कलेज रहेको धनुषा जिल्लाको रमदैया भवाडी गाविसमा अवस्थित अस्पतालमा दैनिक दस जना रोगीपनि जाने नगरेको पाइएको छ ।
‘अनुसन्धान सुरु भएकोछ’ कोइरालाले भने(केहि कागजपत्रहरु नियन्त्रणमा लिएका छौ । अनुसन्धानको क्रम जारी छ उनले भने(सबै तिरबाट अध्ययन गरिएपछि वास्तविकता थाहा हुनेछ । विद्यार्थीलाई चिट चोराउन विशेष व्यवस्था गरिएको, कापी बाहिर लेखाएर दिने गरिएको लगायत थुप्रै आरोप कलेज सञ्चालकमाथि लगाइएकोछ । चरम आर्थकि संकटबाट गुज्रिरहेकोछ । कलेज सञ्चालनको जिम्मेबारी लिएको सगरमाथा कन्सलटेन्टले दुई महिनापनि सञ्चालननगरि करार तोडेको बताइएकोछ ।एक सय विद्यार्थी भर्ना स्विकृति पाएको जानकी मेडिकल कलेजमा आवश्यक भौतिक पूर्बाधार, प्राध्यापक चिकित्सकको अभाव, रोगीको कमि जस्ता समस्या समान्य बनेकोछ ।
अध्यापन र प्रयोगात्मक व्यवस्था ठिक नरहेको आरोप लगाउँर्दै विद्यार्थीहरुले पटकपटक कलेज बन्द,हडतालगर्दै आएकाछन । ‘कलेजको अस्पतालमा दक्ष चिकित्सकको व्यवस्था नभएको कारण रोगीहरु जादैनन’ एक जना विद्यार्थीले पहिचान नखुलाउने शर्तमा भने(कलेजको भौतिक र शैक्षिक अवस्था नाजुक छ । अनुगमनमा आएका त्रिविका निरीक्षकहरुलाई समेत सबै ब्यहोरा जानकारी गराएको उनले बताए । तर मेडिकल काउन्सिलले गरेको अनुगमनमा कलेजको अवस्था ठिक नदेखिएकोले स्विकृतिमा ढिलाई गरिएको बताइन्छ । हाल सञ्चालनमा रहेको ८० जना विद्यार्थीको कोटालाई त्रिविविले स्विकृत गरेको कलेज प्रशासनले जनाएकोछ । कलेज रहेको धनुषा जिल्लाको रमदैया भवाडी गाविसमा अवस्थित अस्पतालमा दैनिक दस जना रोगीपनि जाने नगरेको विद्यार्थीहरुले बताए
    उनीहरुका अनुसार निरीक्षणको क्रममा भाडामा रमदैया, सपहीबाट मानिस ल्याएर बेडमा राख्ने गरिन्छ । एक दिन बेडमा रोगी बनाएर राख्दा प्रति व्यक्ति पाँच सय नगद र खाना दिने गरिन्छ । नक्कली रोगीहरु सबैलाई निरीक्षणको बेला स्लाइन पानी चढाइएको देखाउने गरिएको र निरीक्षक कलेज परिसरबाट निस्कने बितिकै सबै बेड खाली हुने गरेकोछ । कलेजले सात सय सैययाको आफ्नो अस्पताल सञ्चालनगरि विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने प्रावधान छन । तर सञ्चालकहरुले निरीक्षणको बेला मात्र भाडामा चिकित्सक लगेर देखाउने गरेको आरोप विद्यार्थीहरुको छ । वर्षमा ४ महिनापनि नियमित रुपमा कलेज सञ्चालन नहुने गरेको उनीहरु बताउँछन । कलेजको लागि चाहिने भौतिक पूर्बाधार समेत रहेको छैन । कलेजको ओपीडी सेवा सञ्चालनमा छैन । कुनै रोगको विशेषज्ञहरुको सेवा समेत उपलब्ध छैन । मेडिकल कलेजको अस्पतालमा स्थानीय नर्सिङ होम, सरकारी अस्पताल, स्वास्थ्य चौकीहरुबाट रोगी रेफर (पठाइनुपर्ने) गर्नुपर्नेमा कतैबाट रोगी रेफर हुने गरेको छैन । पायक पर्ने सिन्धुली, सिराहा, सर्लाही, महोत्तरी जिल्ला अस्पताल लगायत जनकपुर अञ्चल अस्पतालले समेत रोगी मेडिकल कलेजलाई रेफर गर्दैन ।
स्रोतहरुका अनुसार कलेजले नेपाली विद्यार्थीहरुबाट ३६ लाख डोनेशन र भारतीय विद्यार्थीहरुबाट २४ लाख भारतीय मुद्रा९नेपाली ३८ लाख४००हजार मात्र लिनुपर्नेमा नेपाली विद्यार्थीहरुबाट ४० लाख र भारतीय विद्यार्थीहरुबाट ३५देखि ४० लाख भारतीय मुद्रा लिने गरिन्छ ।


मिति ः २०७०÷९÷७

संघर्षबाट स्थापित दलहरुको बोल्ती बन्द ! –धर्मेन्द्र कुमार झा


धर्मेन्द्र कुमार झा

    विश्व टूेन्डमा संघर्षबाट कतिपय समुह दलको रुप लियो कतिले दलको रुप लिनु भन्दा पहिल्यै समाप्त भयो । तर दलको प्रतिस्वरुप पाएका दलहरु प्रायः सफल नै भयो । उदाहरणको लागि असफल समुह मध्ये श्रीलंकाका ‘तामिल’ र सफल समुह मध्ये साउथ अफ्रिकाका ‘मन्डेला समुह’ अर्थात ‘निग्रो’ सफलता र असफलता समुहको नेतृत्वमा भर पर्छ । नेतृत्वकर्ताको भुमिका कस्तो छ, कतिको दुरदर्शी छ, कतिको साहासी, इमान्दार, र त्यागी छ ? यही साता भौतिक शरीर त्याग गरेका नेलसन मण्डेलाको जीवन संघर्षले विश्वकै राजनीतिक वृतमा ठुलो योगदान र मार्गदर्शन दिएको छ । त्यागको राजनीति गर्ने व्यक्ति वा समुह जहिले पनि सफल हुने गर्छ । या त्यो माहात्मा गान्धी होस या नेलसन मण्डेला, या अहिलेको जल्दा(बल्दा अनुहार अरबीन्द केजरीवाल । माहात्मा गान्धीले जीवनमा कहिल्यै कुनै पद लिएन र क्षमादानको भुर्तिकै रुपमा चिनियो । उनले यति सम्म भनेका थिए कि “मलाई कसैले हत्या गरेपनि उसलाई क्षमा गर्नु ।” त्यसैगरी मण्डेलाले एक पल्ट मात्र पदभार लिए र अर्को पल्ट अरुलाई नै राष्टूपति बनाए । आफु राष्टूपति भएको बेला आफ्ना विरोधी गोरा पुर्व राष्टूपतिलाई उपराष्टूपति र सशस्त्र संघर्षमा लागेका व्यक्तिलाई गृहमन्त्रि बनाए । यसले वहाँको दुरगामी दृष्टीको साथै त्याग इमान्दारीतालाई पुष्टि गर्छ । उनी चाहेको भए आजिवन पदमा रहन सक्थे होला तर उनले यस्तो गरेन । बरु प्रतिद्वन्दी लगायत सबैलाई समेटेर दुनियाकै मुटुमा  राज गरे ।
    भन्नुको तात्पर्य नेपालका संघर्षरत दल लगायत अन्य दलहरु पनि मण्डेला र गान्धी जस्ता महापुरुषहरुको मार्गदर्शनमा चल्नुपर्ने अवस्था छ । तर विड्म्बना अहिलेको वर्तमान चुनावको परिणामले नै नेपालको अस्थिरता झल्काई रहेको छ । एक पल्ट चुनावलाई नियाल्दा, विभिन्न वाधा अड्चनका बीच दोस्रो संविधानसभाको चुनाव ऐतिहासिक रुपमै सफल भयो । र चुनावको परिणामले नेपाली कांग्रेसलाई प्रथम स्थान, नेकपा एमालेलाई दोस्रो स्थान, एकिकृत माओवादीलाई तेस्रो स्थान, तथा मधेसवादीलाई चौथो स्थान दिए । जसले देशको राजनीति वृतमा ठुलो चहलपहल मच्चाएको छ । संविधानसभाको चुनाव, संघियता तथा गणतन्त्रको मुद्दालाई केन्द्रित गरी स्थापित भएका राजनीतिक दल ए.माओवादी र मधेसवादी पछाडि परेकाछन तर त्यस मुद्दालाई समयको माग संगै समर्थन गरेका दलहरु प्रथम र द्धितिय भएका छन । त्यसैले यो चुनावको परिणाम कांगे्रस र एमालेका लागि अग्निपरीक्षा भएको छ । किनभने यी दुवै दललाई मधेस, पहाड र हिमाल सबै क्षेत्रबाट त्यतिकै सहयोग मिलेको छ । त्यहि संघीय गणतन्त्रात्मक संविधानको आशमा । अब उनीहरु कतिको खडा उत्रन सक्छ त्यो हेर्न बाँकी छ । सबैलाई समेटन सके भने अग्निपरीक्षा पास हुन्छ सकेन भने त्यही अग्निमा स्वाहा हुने सम्भावना त्यतिकै छ । त्यसैगरी ए.माओवादी लगायत सम्पुर्ण मधेसवादी तथा संघीयता पक्षधरवादीलाई नेपाली जनताले वनवास दिएका छन । जसका विभिन्न कारणहरु छन जो हामी पछि चर्चा गर्छौं । यी दलहरुलाई जनताले सन्यम र इमान्दार हुन बन पठाएका छन । कि त्यहाँबाट हाम्रो मुद्धालाई मात्रै अर्जुन दृष्टिले हेरेर सहयोग गरोस न कि साना(तिना कुरामा अल्झोस ।
    प्रत्येक तर्फ २४० सिटका लागि भएको चुनावी प्रतिस्पर्धामा कांग्रेस १०५, नेकपा एमाले ९१, एकिकृत माओवादी २६, मधेसवादी १२, राप्रपा ३,, स्वतन्त्र २ र नेमकिपा १ प्राप्त गरेका छन । जुन परिणामलाई विभिन्न अडकल बाजीका आधारमा विश्लेषण गरिदैछ । माओवादी लगायत केही मधेसवादी दलले भन्छ चुनावको मतगणना परिक्रियामा धाँधली भयो, कांग्रेस र एमालेले भन्छन जनताले देश जोगाउने अभिारा हामीलाई दियो, राप्रपाले भन्छ जनताले राजसंस्था सहितको हिन्दु राज्य चाहेको छ । यस्ता विभिन्न दलगत दलिल हुँदा हुँदै विद्धानहरुका वहस फेरी अल्लगै छ । केही कलम विलासी विद्धानहरुको तर्कमा पहिलो संविधानसभाको चुनावमा माओवादी डर(त्रास देखाएर र मधेसवादी मधेस आन्दोलनका नाममा वढी सिट जितेका थिए । तर तिनीहरु जनभावना अनुसार काम गर्न सकेन । जनतालाई स्थायी शान्ति दिन सकेन र नयाँ संविधान पनि दिएन । बरु विभिन्न साना तिना विवादमा मुद्धी रहे । त्यसैगरी मधेसवादी दलहरु सत्ता लिप्सामा लागेर पार्टी फोडा(फोर कार्यक्रम गर्दै रहे अन्ततः मुद्धा भन्दा मुद्धाका लागि विभिन्न विवादमा पर्दै रहे र एक अर्काका अस्तित्व र आदर सम्मान विर्सिदै गए । जसका परिणाम स्वरुप यी दुवै शक्तिको दुर्दसा भयो । विश्व इतिहासमै लामो समय दुवै शक्तिको दुर्दशा भयो । विश्व इतिहासमै लामो समय सम्म पदमा वस्नेलाई जनताले याद राख्दैन बरु त्याग गर्नेलाई राख्छ । राख्छ । यो कुरालाई नेपाली नेताहरुले हेक्का राख्छु पर्ने छ ।
सुक्ष्म विश्लेषण गर्दा माओवादी र मधेसवादीको शक्ति क्षयमा विदेशी कुटनितिज्ञहरुको पनि सहयोग छ । मित्र राष्टूहरुले पुनः पुरानै शक्तिहरुलाई स्थापित गर्न चाहेको कुरा विगतका केही घटना परिघटना लगायत चुनाव दरबीयानका भुमिकाले प्रस्ट गर्छ । निर्वाचन आयोगले ५७ वटा गैर सरकारी संस्थालाई चुनाव पर्यवेक्षणको जिम्मेवारी दिए पनि दातृ संस्थाहरुले धेरै जसो संस्थालाई आर्थिक सहयोग गरेन । जसले गर्दा धेरै संस्थाहरु प्रभावकारी पर्यवेक्षण गर्न सकेन र कतिपय संस्था त असमर्थ नै भए । त्यो कुराले शंका उब्जाएको छ कि कहिँ ती दातृराष्टू तथा संस्थाको मनसाय गलत त थिएन । तर जे होस यो चुनाव देखावटी रुपमा ऐतिहासिक नै भएको हो । यस चुनावको परिणामबाट कति व्यक्ति, समुदाय र पार्टी भयभित भएका छन कि कहीं संविधानसभाका मुल मर्म अपहरित त हुने होइन ! विना स्क्लेटनको संविधान त आउने होइन । किनभने संविधान सभाको मुद्धा उढाउने दलहरु यसपाली बनवास पठाइएको छ । जहाँबाट उनीहरु बोल्न त सक्छ तर गर्न केही सक्दैन ।
ए.माओवादीको वर्तमान अवस्थाका प्रमुख कारक तत्वहरु उनका आफ्नै पार्टीभित्रका अन्तरकलह, कार्यकर्ताहरुको गैरजिम्मेवारीपना, पहिलो संविधान सभाको असफलता र सत्तामा बस्दै आएको व्यक्तिहरुसँगका मिल्दा जुल्दा समुहको इष्र्या र विरोध ए.माओवादीबाट अलग भएका नेकपा माओवादी( वैद्य समुह)को असहयोग नीतिले गर्दा ठुलो घाटा भयो । वैद्य समुहका कार्यकर्ताहरुले चुनावलाई बहिष्कार मात्रै गरेन बरु ए.माओवादीका प्रमुख प्रतिद्वन्दीहरुलाई सहयोग पनि गरे । साथै उनका आफ्ना कार्यकर्ताहरु समाजमा आफ्नो पहिचान राम्रो बनाउन सकेन । सत्तामा भएका बेला व्यक्तिवादी भई काम गरे जसले गर्दा आम जनताको विश्वास र आस्था अझ टुट्यो । किनभने आम जनताको अपेक्षा ए.माओवादी माथि वढी थियो । त्यो पनि अरु दल झै भए । त्यसैगरी पहिलो संविधान सभामा जनताले माओवादीलाई पहिलो दल बनायो । तर माओवादीले जनतालाई नयाँ संविधान दिन सकेन भन्ने धारणा आम जनताको हुन गयो । र जनता दुःखी भए । अर्को मुख्य कारण माओवादीले सबै पछाडी पारिएका समुदायलाई समेटन खोज्यो जसले गर्दा सत्ताधारी समुदायका व्यक्तिहरु माओवादीका घोर विरोधी भए । विशेषगरी मधेसवादीसँगको सहकार्यता उनका लागि घातक भए किनभने मधेस आफैमा एउटा ठुलो शक्ति हो । जसलाई छायोमा पारेर सत्ताधारीहरु हुकुमत चलाई रहेका छन । तर माओवादीले मधेसवादीलाई प्रकाश दिन खोजे जसका कारण मधेस विरोधी समुदाय उनका असहयोगी भए र मधेसका विरोधमा आवाज उठाउनेहरुलाई साथ दिए ।
 वास्तवमा, दोस्रो संविधानसभाको चुनावमा जो(जो मधेसका पक्षमा वढी वकालत गर्यो त्यसलाई यस पालीको जनमतले मुख बन्द गरिदियो । समग्रमा भन्दा मधेसको पक्षमा बोल्ने बोल्ती बन्द भयो । यस्तो किनभने यो एउटा अनुसन्धानको विषय हुन सक्छ । राष्टिूय तथा अन्तराष्टिूय सौंयको तहद मधेसलाई कमजोर बनाइदै छ । चुनावमा कांग्रेस(एमालेले पनि मधेशी नेतालाई प्रतिद्वन्दी बनाई मधेसवादी नेताहरुलाई परास्त गरे । ती नेताहरु मधेसमा घोषणापत्रको म्यान्डेड भन्दा जनताले चाहेको विकास र संविधानका कुराहरुको परिकल्पना रुपी महल बाँडेर आएका छन । अब हेर्नु छ उनीहरु आफ्ना पार्टीभित्र कतिको सामना गर्छ । तर मधेसवादीका दुरदशाका प्रमुख कारणहरु दलको फुट, एक अर्काको विरोध र निषेध, जातिय राजनीति, सत्तामोह, नातावाद, कृपावाद संगै लुटतन्त्रमा लाग्नु, पहिलो संविधानसभामा प्रभावकारी भुमिका खेल्न नसक्नु, स्थानिय स्तरमा विकास गर्न नसक्नु लगायतका विभिन्न कमी(कमजोरीलाई लिन सकिन्छ । कतिपय नेता तथा दलले जनताको पक्षमा काम गरे पनि जनतालाई बुझाउन नसक्नु पनि एउटा कमजोरी बन्यो । जस्तो की रामसपाका अध्यक्ष शरत सिंह भण्डारीले मधेसी यूवालाई नेपाली सैनिकमा विशेष अधिकार दिई प्रवेश गराउनुपर्छ भन्ने विचारकै कारण रक्षामन्त्रि जस्तो पद त्याग्नु पर्यो तर दुर्भाग्य कहिले नहार्ने नेता यस पाली दुई(दुई ठाउँबाट नराम्ररी हारे । यसले के अर्थ दिन्छ भने जसले मधेसको पक्षमा बोल्छ त्यसलाई मधेशले लखेटछ । जसरी वेदानन्द झा र गजेन्द्र सिंहलाई लखेटे । त्यसैगरी यस पटक संघर्षबाट स्थापित दलको बोल्ती बन्द भएको छ ।
     दोस्रो संविधानसभाको चुनाव संविधानका मुद्दा भन्दा विकासका मुद्दाका आधारमा भयो । तर वास्तवमा चुनाव संविधानको लागि भएको हो । तसर्थ सहमतिको राजनीतिको आधारमा सर्वसहमतिबाट सारा नेपालीले स्वीकार्ने र मनपराउने संविधान जारी हुनुपर्छ । जसको प्रमुख जिम्मेवारी कांग्रेस र एमालेलाई जनमतले दिएको छ । कांग्रेस र नेकपा एमालेले माओवादी र मधेसवादीको मुद्दालाई समेटेर संविधान जारी गरे भने उनीहरु नेपालको राजनीति वृतमा नायव हुन्छ । नत्र भन्न सकिदैन । त्यसैगरी नेकपा एमाओवादी र मधेसवादीहरु मतगणना परिक्रियाको विरोध भन्दा जनमतलाई सम्मान गर्दै जनभावना अनुसारको संविधान बनाउनमा रचनात्मक भुमिका खेल्नुपर्छ । धैर्यता तथा सन्यमताका साथ पछाडि पारिएका वर्गका लागि आवाज उठाउनु पर्छ । संघीय गणतन्त्रात्मक र समावेशी राज्य बनाउन सत्ताधारी चुके भने त्यस्तो ठाउँमा अडान लिनुपर्छ र जनतामा जानुपर्छ । अनि मात्र १० वर्ष जनयूद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन, थारु आन्दोलन लगायतका आन्दोलनको सम्मान हुन्छ । हजारौं शहिदहरुको सम्मानका लागि सबै सार्थक संघीयता पक्षधरहरु एकजुट हुनुपर्छ । यस पालीको चुनावले पछाडि पारिएका वर्ग, समुह र समुदायहरुको पक्षमा परिणाम दिनसकेको छैन । यस कुरालाई राप्रपाको वढ्दो सिटले पुष्टि गरिसकेको छ । तसर्थ साँच्चिकै जनभावनाको कदर गर्ने दल तथा नेताहरु साना तिना लोभ र मुद्दामा नअल्झेर दिगो, विश्वासिलो र समावेशी संविधान बनाउनमा सहयोग गर्नुपर्ने छ ।


मिति ः २०७०/९/७

पुनर्जीवनको पर्खाइमा जिर्ण ‘सार्वजनिक पुस्तकालय’


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............


कुनै पनि समाजको वौद्धिक स्तर कस्तो छ , चेतनाको स्तर कति माथि उठेको छ भन्ने जान्नको लागि सबै भन्दा ठुलो मापदण्ड के हो भने त्यहाँको सार्वजनिक पुस्तकालयमा कति मानिस आइरहेका छन, या पुस्तकहरुप्रति मानिसको कतिको लगाव रहेको छ भन्ने प्रश्नको उत्तरबाट खोज्न सकिन्छ । यदि पुस्तकालय प्रति मानिसहरुको लगाव तथा अभिरुचि वढीरहेको पाइन्छ भने त्यहाँको समाजको चेतनाको स्तर पनि स्वभाविक रुपमा माथि उठेको बुझ्न सकिन्छ तर यदि त्यहाँको समाज पुस्तकालय प्रति उदासिन छ र उपेक्षाको भाव राख्दछ भने उक्त समाजले आफुलाई चाहे जति सुकै बौद्धिक रहेको दावी किन नगरोस् त्यहाँ आम मानिसको चेतनाको स्तर उठेको मानिदैन भन्ने प्रष्ट बुझ्न सकिन्छ । यद्यपि केही बुद्धिजीवीको त्यसलाई एउटा क्लास भन्न सकिन्छ । जनकपुरका वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमलले द एक्सक्लुसिभसँगको कुराकानीमा उक्त अभिव्यक्ति दिएका हुन । निश्चय पनि समाजमा चेतनाको स्तर माथि उठाउन त्यहाँका सार्वजनिक पुस्तकालयको अति नै महत्वपुर्ण योगदान रहन्छ । तर २०१२ सालमा स्थापित जनकपुरको सबैभन्दा पुरानो सार्वजनिक पुस्तकालय सम्बन्धित निकायको उपेक्षाका कारण दिन प्रतिदिन जिर्ण बन्दैगएको छ । यति सम्म कि उक्त पुस्तकालयको संचालन र संरक्षण गर्ने जिम्मेवारी लिएको जनकपुर नगरपालिकाको कार्यालयले समेत चासो राख्न छोडेपछि गत ५ वर्ष देखि बन्द रहेको थियो ।
तत्कालिन यूवाहरु कुशेश्वर लाभ, यूगेश्वर लाभ, धु्रवनारायण लाल र गौरीनारायण मल्लिक लगायतको एक जागरुक समुहले जनकपुरको बौद्धिक विकास र चेतनाको स्तर अभिवृद्धिका लागि भनेर आफ्नो नीजि लगानीमा केही पुस्तकहरु किनेर विक्रम सम्बत २०१२ सालमा सार्वजनिक पुस्तकालयको स्थापना गरेका थिए । नेपालको १ सय ४ वर्षे जहानियाँ राणा शाषणको विरुद्धमा सक्रिय रहेका तत्कालिन टंकप्रसाद आचार्य नेतृत्व रहेको प्रजापरिषदका समेत सदस्य रहेका कुशेश्वर लाभ लगायतको एक समुह जनकपुरमा पनि सक्रिय थिए । इङलेन्डको व्रिटिस काउन्सिलबाट प्रकाशित हुने अखबार ‘लण्डन प्रेस सर्भिस’ जनकपुरमा आउँदा उक्त पत्रिकाको अन्तिम पृष्ठको खाली भागमा लेथो मेसिनले राणा शाषणको विरुद्ध प्रचार लेखेर पत्रिका वितरण गर्दथ्यो उक्त समुहले । २००७ सालमा नेपालमा प्रजातन्त्रको वहाली भएपछि जनकपुरका नागरिकको चेतनाको स्तर अगाडी बढाउने उद्देश्यले ती जागरुक यूवाहरुको समुहले २०१२ सालमा सार्वजनिक पुस्तकालयको स्थापना गरेका थिए ।
पञ्चायतकालमा जनकपुरमा अहिलेको जस्तो त्यति ठुलो संख्यामा पत्र(पत्रिकाको प्रकाशन वा वितरण हुँदैनथ्यो । पुस्तकहरुपनि सहज रुपमा उपलब्ध हुँदैनथ्यो । विगत ३० वर्ष देखि उक्त पुस्तकालयमा काम गर्दै आएका कर्मचारी चन्द्रकिशोर लाभ भन्छन,“ पुस्तकालयमा देश विदेशबाट प्रकाशित हुने पुस्तक र पत्रिकाहरु पढन नियमित रुपमा मानिसहरु आउँथे । पुस्तकालयको सदस्यता वापत १० रुपैयाँ धरौटी लिइन्थ्यो । २ रुपैयाँ मासिक शुल्क तिरेर पाठकहरु नियमित सदस्य बनेका थिए ।”त्यस समयमा जनकपुरका ५० देखि १०० सम्मको संख्यामा जागरुक यूवाहरुको समुह नियमित पुस्तकहरु पढन आउँथे । तर अहिले उक्त संख्या १० देखि २० मा झरेको छ । विगतको भन्दा अब पुस्तकालय प्रति मान्छेको रुचि घटदै गएको छ । २०३३ साल देखि उक्त पुस्तकालयको पाठक रहेका जनकपुर(१०का निवासी विजय किशोर लाभ भन्छन,“त्यसबेला सार्वजनिक पुस्तकालयमा सोभियत भुमि, सोभियत संघ र रुसि पत्रिकाहरु पनि आउँने गथ्र्यो । विभिन्न किसिमका उपन्यासहरु, धार्मिक , साहित्यीक र राजनीतिक पुस्तकहरु थियो । अझ भारतीय राजदुतावासले भारतमा प्रकाशित भएका धार्मिक, साहित्यीक र ऐतिहासिक पुस्तकहरु दिने गथ्र्यो ।” ४ हजार भन्दा वढीको संख्यामा पुस्तकहरु रहेको उक्त पुस्तकालयमा अहिले २ सय पनि किताव नहुँदा अत्यन्तै पिडा बोध गर्दै लाभ भन्छन,“ पुस्तकालयको महत्वलाई जनकपुर नगरपालिकाले प्राथमिकतामा नराख्नु आउँदो पुस्ताको लागि दुर्भाग्यपुर्ण अवस्था हो ।”         त्यतिबेला कुनै सभा वा वैठक गर्नका लागि पनि पर्याप्त ठाउँहरु नभएको बेला पुस्तकालयलाई प्रयोग गरिन्थ्यो । उक्त पुस्तकालयमा पञ्चायत कालमा महिला दिवस मनाइरहेका स्थानियवासीहरु महाविर सिंह, ललन राय, मदन थापा, सितानन्दन राय, रामअषिश महासेठ र रामनगिना सिंहलाई तत्कालिन प्रशासनले गिरफ्तार नै गरेको लाइव्रेरियन लाभ सम्झनछन । क्रान्तिकारी विचार बोक्ने परिवर्तनकारी युवाहरु  नियमित रुपमा पुस्तकालयमा जाने ग¥थे । तर आज उक्त पुस्तकालय प्रति स्थानिय वासीको समेत उपेक्षा रहेको देखिन्छ । जनकपुरका अर्थशास्त्र विषयका प्राध्यापक डा. सुरेन्द्र लाभ भन्छन,“ जनकपुरको सार्वजनिक पुस्तकालयसँग मेरो भावनात्मक लगाव पनि छ । आफ्नै पिताले पुस्तकहरु किनेर स्थापना गर्नुभएको पुस्तकालयको दुरावस्था हेर्दा मन खिन्न भएको छ ।”
    पछिल्लो ५ वर्ष देखि बन्द रहेको उक्त पुस्तकालय पुनः संचालन गर्नका लागि २१ फागुन २०६९ मा एउटा संचालक समिति गठन गरियो । उक्त समितिको अध्यक्षमा विपति मण्डल, उपाध्यक्षमा विजय यादव, महासचिवमा डा. संजय गुप्ता, कोषाध्यक्षमा बलराम मण्डल, सदस्यहरुमा युवराज खाँति, ललन चौधरी, शंकर राय, अजय सिंह र रामपुकार राय चयन गरियो । लागु औषध सेवन गर्नेहरुको र दिसापिसाव गर्नेहरुको अखाडा बनि सकेको उक्त पुस्तकालयलाई उक्त समितिले आफ्नो प्रयासबाट पुनः संचालनमा ल्याए । अहिले उक्त पुस्तकालयमा केही राष्टिूय अखबार र स्थानिय अखबार मात्र आउने गरेको छ । पुस्तकालयमा पुस्तकहरु छैनन । गंगासागर र धनुषसागरलाई सौन्दर्यीकरण गर्न घाट निर्माण गर्न वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले पुस्तकालयलाई नै गोदामको रुपमा प्रयोग गरेपछि भएका पुस्तकहरुपनि गायव भयो । पुस्तकालय परिसरमा संचालक समितिले सरसफाई तथा फुलहरु रोपे पनि बाटोमा (पोखरीको डिलमा) स्थानियवासीहरुले गर्ने दिसा पिसावका कारण उक्त क्षेत्र नै सार्वजनिक पुस्तकालयको सट्टा खुल्ला सार्वजनिक शौचालयको रुपमा प्रयोग भइरहेको छ । संचालक समितिका अध्यक्ष विपति मण्डल भन्छन,“आफ्नो नीजि लगानीमा हामीले पुस्तकालयलाई बासले घेरा लगाएका छौं । वृक्षारोपण गरेका छौ । अब नगरपालिकाले पुस्तकको संख्या बढाउन र पुस्तकालयलाई थप उपयोगी वनाउन ध्यान दिनुपर्छ ।”
    हुन त जनकपुर नगरपालिकाका इन्जिनियर विरेन्द्र यादवले पुस्तकालय प्रति गम्भीर ध्यान दिने प्रतिवद्धता गरेको भएपनि कुनै कार्य नगरेको मण्डलले गुनासो व्यक्त गरे । सन् १९४७ अघि भारतमा पुस्तकालय स्थापनाको लागि आन्दोलन नै भएको थियो । जनतामा जागरुकता नभएसम्म लोकतन्त्र पनि सफल हुन सक्दैन ।  रुसेको पुस्तकमा उल्लेख भएको ुम्झयअचबअथ ष्क तजभ mयकत उभचाभअत कथकतझ या नयखभचलmभलत दगत ष्त ष्क लयत mभबलक ायच जगmबल दभष्लनकस ष्त ष्क mभबलक ायच नयमक।ु अभिव्यक्ति दोहो¥याउँदै डा. विमल भन्छन,“परम चेतना भएमात्र देशमा लोकतन्त्र सफल हुन्छ र त्यसो नभएको अवस्थामा अर्थात जनताको चेतनाको स्तर अगाडी नवढेको अवस्थामा साम्यवाद वा लोकतन्त्र धरापमा पर्छ र एउटा ‘डिक्टेटरसिप’,‘फासिस्ट’ को जन्म हुन्छ ।” त्यसकारण समाजमा स्वाधिनता भनेको के हो, सामाजिक कुरुति, राजनीतिक विकृति वा तमाम विसंगतिका अन्य आयामहरु हटाउनका लागि समाजमा ज्ञान र बौद्धिकता प्रसार हुनु आवश्यक हुन्छ भन्दै डा. विमल भन्छन,“भारतीय मिसनले निर्माण गराएको उक्त भवन निर्माणका क्रममा मैले पनि इट्टा बोकेको छु । मकेश्वर बाबु (मकेश्वर प्रसाद सिंह) ले मलाई पनि इट्टा बोकाउनु भयो । अझ मैले कक्षा ८ का लागि लेखेको पुस्तक पनि उक्त पुस्तकालयमा राखिएको थियो ।” आफ्नो बुवाले एउटा अभियान तहत स्थापना गर्नू भएको उक्त पुस्तकालयको दुरावस्था देख्दा वा सम्बन्धित निकायको निरासा देख्दा धेरै चिन्ता भएको भन्दै विमल भन्छन,“ भारतमा पुस्तकालय स्थापनाका लागि गरिएको आन्दोलन झैं अब देशैभरी फेरी आन्दोलन वा अभियान पुस्तकालयको पुनःस्थापनाका लागि चलाउनु पर्छ र त्यसको नेतृत्व अहिलेको पुस्ताले लिनु पर्छ ।” प्राज्ञ रामभरोस कापडी भन्छन,“पुस्तक लेखकका लागि वा सन्दर्भ ग्रन्थका लागि पनि पुस्तकालयको अत्यन्त महत्व हुन्छ तर जनकपुरमा पुस्तकालयको दुरावस्था देख्दा यहाँका बौद्धिक समाज कत्तातिर गइरहेको छ भन्ने चिन्ता भएको छ ।” जिर्ण बन्दै गइरहेको पुस्तकालयलाई पुनर्जिवन प्रदान गर्नू अत्यन्त आवश्यक रहेको भन्दै बुद्धिजीवी डा. सुरेन्द्र लाभ भन्छन,“अहिले नयाँ कन्सेप्ट अनुसार ‘इ(लाइव्रेरि’ स्थापना गर्न जनकपुर नगरपालिका अग्रसर हुनुपर्छ ।”

मिति ः २०७०÷९÷७

अव्यवस्थित र कुरुप शहर ‘जनकपुर ’




अजय अनुरागी
जनकपुरधाम............

विगतका दशकहरुमा नेपालका कतिपय शहरहरुले विकास र समृद्धिको बाटोमा फडको हानिरहेको भएपनि नेपालकै प्राचीन शहरहरु मध्येका एक ‘जनकपुरधाम’ दिन प्रतिदिन अव्यवस्थित, कुरुप र फोहर शहरको रुपमा परिचय बनाइरहेको छ । विक्रम सम्बत २०१६ सालमा स्थापना भएको जनकपुर नगरपालिकाको धार्मिक, ऐतिहासिक र राजनीतिक इतिहास भएपनि विकासको नाउँमा उक्त शहर झन झन पछि परिरहेको छ । ११ सय ८० वर्ग किलोमिटर क्षेत्रफल रहेको धनुषा जिल्लाको एक मात्र शहरको रुपमा रहेको जनकपुर नगरपालिकाको हाल बेहाल भएको छ ।
कुनै पनि क्षेत्र शहर हुनका लागि न्यूनतम भौतिक, सामाजिक, प्रशासनिक र जनसांख्यिक पुर्वाधारहरु पुरा भएको हुनुपर्दछ । यातायात, विद्युत, खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारी, शान्ति सुरक्षा, फोहर व्यवस्थापन, व्यवस्थित आवास प्रणाली, ढल निकास, खाद्य सुरक्षा, उपभोक्ता अधिकार आदि कुराहरुको सुनिश्चितता व्यवस्थित शहरको पहिचान हो । यस अर्थमा शहरी सेवाको व्यवस्थापन भनेको शहरका न्युनतम सेवा तथा सुविधाहरुको मान्य गुणस्तरमा व्यवस्था, प्रवाह, नियमन र अनुगमन तथा मुल्याङकन द्वारा शहरी नागरिकमा संतुष्टि प्रदान गर्ने प्रक्रिया हो । शहरी सेवाको व्यवस्थापनमा विभिन्न पात्रहरु संलग्न रहन्छन । उच्च राजनीतिक एवम प्रशासनिक नेतृत्व नीति निर्माताको रुपमा शहरी सेवा व्यवस्थापनमा हुन्छ भने आम नागरिक सेवाको मागकर्ता र उपभोक्ताको रुपमा संलग्न हुन्छन । व्यवस्थित शहरी विकासको अभावमा अव्यवस्थित र असुरक्षित आवास, सांघुरा सडक र ढल व्यवस्थापनमा समस्या देखिएको छ । दीर्घकालिन योजनाको कमिले गर्दा खानेपानी आपुर्ति र फोहर व्यवस्थापनको समस्या कहाली लाग्दो छ । विद्युत आपुर्तिमा देखिएको समस्याले उत्पादन, रोजगारी, आम्दानी, सेवा प्रवाह, उद्योगधन्दा र पेसा व्यवसाय सवै क्षेत्र घरासायी बन्दै गएका छन । सडकहरुको विस्तार हुन नसक्दा टूाफिक व्यवस्थापन दिनानुदिन जटिल बन्दै गइरहेको छ । सडकहरुको मरम्मत सम्हार नहुँदा सडक दुर्घटना वढेका छन । वातावरण प्रदुषन रोक्न कुनै प्रयास भएको देखिँदैन । खेल मैदान, पार्क, खुल्ला स्थान, सार्वजनिक शौचालय, विश्राम स्थल, अनाथालय, वृद्धाश्रम, सभाहल, सार्वजनिक भवन आदिको यथेष्ट व्यवस्था हुन सकेको छैन । पुरातात्विक, सांस्कृतिक, धार्मिक, एवम ऐतिहासिक धरोहरहरुको रुपमा रहेको यहाँका मठ(मन्दिर, पोखरी, सरोवरहरुको संरक्षणका सट्टा विनास हुने क्रम तिव्र छ । सार्वजनिक सेवाका लागि सरकारी निकायहरुमा नागरिकहरुले सुशासनको प्रत्याभुति गर्न सकिरहेका छैनन । कालोबजारी र कृत्रिम अभावबाट उपभोक्ताहरु प्रताडित छन । खाद्य सुरक्षा र ठगी नियन्त्रणको अभाव छ । स्वास्थ्य, शिक्षा जस्ता नागरिकका मौलिक हकका रुपमा स्वीकारिएका आधारभुत सामाजिक सेवाहरुको व्यापारिकरण हुँदा तिनमा सर्वसाधारणको पहुँच स्थापित हुन सकेको छैन । बाटोमा हिडदा कहि कतै खानेपानीको व्यवस्था हुँदैन भने शौचालयको नितान्त अभाव देखिन्छ । फोहरै फोहर रहेको शहरमा हिडदा धुलाम्य सडकका कारण मान्छे दिन प्रति दिन विरामी परिरहेका छन । सवारी साधन लिएर बाटोमा हिडदा छाडा चौपाया र जिर्ण सडकका कारण दिन प्रति दिन सवारी दुर्घटना हुने खतरा देखिन्छ । वर्षातको मौसममा ढल व्यवस्थापनको अभावमा सडक जलमग्न र हिलाम्य रहन्छ । घरमा जाँदा लामखुट्टेले नागरिकलाई बस्नका लागि दिनमा पनि मच्छर जाल लगाउनु पर्ने बाध्यता छ । घर बनाउँदा सार्वजनिक बाटो च्यापने, घर भन्दा सडकको स्तर माथि हुनु, नाला निर्माण पहिले नगरी सडकमा माटो ग्राभल भर्ने तथा घरको पानी सडकमा खन्याउने, घर निर्माण गर्दा घरको उचाई उछिन्ने प्रवृति, यी सव अवस्थाहरुले जनकपुरमा शहरी सेवा व्यवस्थापन अत्यन्तै अव्यवस्थित र कमसल भएको सावित गर्दछन । जनकपुर नगरपालिकाका पुर्व कार्यकारी अधिकृत राजकिशोर साह भन्छन,“ जनकपुर शहरको दुरदशाका कारण नागरिक जनकपुर छोडेर पलायन हुने क्रम तिब्र भएको छ । शिक्षित वर्गहरु शहरमा पाउने सेवा र सुविधा नपाएपछि अन्य शहर तिर सिफ्ट हुन थालेका छन ।”
जनकपुर नगरपालिकाको सवारी साधनको दुरुपयोग ः १३ मंसिर २०७०, साँझ ५ः३० को समयमा जनकपुर–४ स्थित कृषि बजारबाट नारिवल र अन्य सामग्रीहरु ढुवानी गर्दै नगरपालिको ना.अ.प. ७५८ नम्बरको टिपरमा नगरपालिकाका चालक (बायाँ) । नीजिलाभका लागि यसरी नै नगरपालिकाका अन्य सर–सफाइका सवारी साधनहरुको चालकले दुरुपयोग गरी भाडामा लगाउने गरेका छन ।

करिब दुई दशक देखि स्थानिय निकाय जनप्रतिनीधि विहिन भएका कारण कर्मचारीहरुमा कामै नगरी विकासका लागि आएको रकम भ्रष्टाचार गर्ने प्रवृतिका कारण शहरको विकास हुन नसकेको हो । पुर्वकार्यकारी अधिकृत साहको बुझाईमा यहाँका जनप्रतिनिधिहरु एक त बजेट नै तान्न नसक्ने, बजेट ल्याएपनि माटो, ग्राभल, खानेपानी, दलान इत्यादीको नाउँमा दुरुपयोग गर्ने प्रवृति पनि जनकपुर विकासको वाधक रहेको हो । राजनीतिक दल, स्थानियवासी र कर्मचारी लगायतका सरोकारबाला निकायहरुको इच्छा र रुचि नै नदेखिएपछि भ्रष्टाचारले चरम सिमा नाघिसकेको छ । जनशक्तिको नाउँमा जनकपुर नगरपालिकामा कुल स्वीकृत दरबन्दी संख्या १ सय ८३ रहेको छ तर साह भन्छन,“ नगरपालिकामा रहेका अधिकांश जनशक्तिहरु सिपविहिन र अदक्ष तथा आउट डेटेड छन । काम नलाग्ने पुराना कर्मचारीहरुलाई विदा वारी गरेर नयाँ भ्याकेन्सी आह्वान गरेर दक्ष तथा उर्जावान जनशक्ति ल्याएर विकास निर्माणका लागि अगाडि बढनु पर्छ । अन्यथा नगरपालिकाको हाल झन वेहाल हुने
२६ डिग्री ४४ मिनेट उत्तरी अक्षांस र ८५ डिग्री ५६ मिनेट पुर्वी देशान्तरमा समुद्री सतह देखि ९० मिटर उचाईमा रहेको ऐतिहासिक शहर जनकपुरको हाल बेहाल बन्दै गएको छ । राजा जनकको कर्मभूमी तथा जगत जननी जानकी माताको जन्म स्थलको रुपमा रहेको जनकपुरधामको बारेमा रामायण, वेद, पुराण, उपनिषद र मिथिला महात्मयमा धार्मिक महत्व दर्शाएको पवित्र धार्मिक तिर्थ स्थलको रुपमा व्याख्या गरिएको पाइन्छ । ऐतिहासिक, धार्मिक महत्व र आस्था बोकेको थुप्रै मठ मन्दिर र सरोबर एवम पोखरीहरु भएको कारणले प्राचिन मिथिला नगरीको राजधानीको रुपमा जनकपुरधाम देश विदेशका हिन्दु एवम श्रद्धालु भक्त जनको लागि पवित्र तिर्थस्थल रहेको छ । जानकी मन्दिर, राम मन्दिर, राजा जनकको मन्दिर, मणि(मण्डप, मठ(मन्दिर तथा कुट्टीहरु, धनुष सागर, गंगासागर, महराज सागर, अंगराजसर लगायतका दर्जनौ सरोवरहरु पनि जनकपुर नगरपालिका भित्र पर्दछ । विवाह पञ्चमी, राम नवमी, जानकी नवमी, झुला, अन्तःगृह परिक्रमा, छठपर्व तथा प्रत्येक महिना लाग्ने पुर्णिमा मेलामा यहाँ देश विदेशका हजारौ श्रद्धालु भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ । राष्टिूय जनगणना २०६८ अनुसार जनकपुर नगरपालिकामा कुल १७ हजार २ सय १० घर संख्या अन्तरगत कुल २२ हजार ६ सय ७९ परिवार संख्या रहेका छन । त्यसैगरी ४६ हजार ९ सय ७८ महिला र ५६ हजार १ सय ५ पुरुष गरी कुल १ लाख ३ हजार ८३ जनसंख्या रहेको जनकपुर नगरपालिकाको जनघनत्व पनि दिन प्रति दिन वढदै गएको छ । सबैभन्दा वढी १६ हजार ८८ जनसंख्या वडा नं. ४ मा छन भने १० हजार ६ सय ९६ जनसंख्या वडा नं. १ मा पर्छन भने सबै भन्दा कम जनसंख्या १ हजार ८ सय ९९ वडा नं. ३ मा छन । घर तथा भवनहरुको तथ्याङक हेर्दा सबैभन्दा वढी वडा नं. ४ मा २ हजार ८ सय ५१ र सबैभन्दा कम ३ सय ४७ वडा नंं. ३ मा पर्छ ।
सडकको हाल बेहाल

जनकपुर नगरपालिकाले उपलब्ध गराएको तथ्याङक अनुसार जनकपुर नगरपालिका क्षेत्रमा ४.६ किलोमिटर राजमार्ग, ५.५ किलोमिटर परिक्रमा सडक, २०.५ किलोमिटर मुख्य सडक र ९१.४ किलोमिटर भित्री गरी १ सय २२ किलोमिटर सडक सञ्जाल रहेको छ । जसमा ३५ किलोमिटर सडक मात्र कालोपत्रे गरिएको छ । जसमध्ये ३५ प्रतिशत कालोपत्रे, १२ प्रतिशत पि.सि.सि. तथा पक्की, ५० प्रतिशत ग्राभेल र ७५ प्रतिशत धुले सडक रहेको छ । कालोपत्रे गरिएको सडकको कालोपत्रे भाग ठाउँ(ठाउँमा जिर्ण भएपनि मरम्मत तथा सम्भार गर्ने गरिएको देखिदैन । सबैभन्दा टाउको दुखाईको रुपमा रहेको जनकपुर नगरपालिकाको ढल तथा नालाको समस्या समाधान गर्ने तर्फ जनकपुर नगरपालिका कार्यालय उदासिन देखिन्छ । यस जनकपुर नगरपालिका भित्र २.६ किलोमिटर पक्की ढल (बन्द), १२.९ किलोमिटर पक्की ढल (खुल्ला) र २ किलोमिटर कच्ची ढल गरी १७.५ किलोमिटर ढल रहेको नगरपालिकाले जानकारी दिएको छ ।
विद्युत आपुर्ति
नगरपालिका अन्तरगतका ग्रामिण क्षेत्रमा तथा जनकपुर नगरपालिकाको सम्पुर्ण वडाहरुमा विजुलीको सुविधा पुगेको जनकपुर नगरपालिकाले दावी गरेको देखिन्छ । राष्टिूय ग्रीडबाट उपलब्ध भईरहेको विजुलीका ग्राहक २४ हजार ३ सय रहेको छ भने २ हजार ५ सय सडक बत्ती जडान गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले गरेको गरिवी सम्बन्धी सर्वेक्षण अनुसार विजुलीको सुविधा प्राप्त गर्ने परिवारको संख्या ८० प्रतिशत रहेको छ भने विजुली नहुने परिवारको संख्या १८ प्रतिशत रहेको छ ।
खानेपानीको माग अनुसार आपुर्ति भएन
जनकपुर नगरपालिकाको विवरण अनुसार यस क्षेत्रमा दैनिक ३२ लाख लिटर खानेपानी माग रहेको भएपनि १८ लाख लिटर खानेपानी मात्र खानेपानी संस्थानले वितरण गरिरहेको छ । २ हजार ९ सय १८ धारा जडान गरिएको छ भने ४२ वटा सार्वजनिक धारा रहेको मध्ये हाल २ हजार ६ सय ९५ धारा मात्र संचालनमा छन भने २ सय ३३ वटा धारा कट्टा गरिएको छ । कुल घरपरिवार मध्ये २५ प्रतिशत घरपरिवारले मात्र धाराको प्रयोग गरेको र बाँकी परिवारले आफ्नै प्रयासमा खानेपानीको प्रयोग गरेको देखिन्छ । यस नगरमा खानेपानी कार्यालयले वितरण गरेको धारा नभएका अधिकांश क्षेत्रमा चापाकलको प्रयोग मार्फत पानी सुविधा प्राप्त गर्दैछ ।
फोहरमैला व्यवस्थापन
५९ जना कुल स्वीपर रहेको नगरपालिकाको वडा कार्यालयमा १८ जना र जिल्ला प्रसाशन कार्यालयमा १ जना स्वीपर खटेका छन । सर(सफाईका निम्ति भनेर ९ वटा टिपर र १० वटा टूयाक्टरको प्रयोग गरिन्छ । नगरपालिकाका अनुसार प्रति दिन १७ टन फोहर उत्पादन हुने गरेको छ । जसमध्ये कुहिने ६२.५ प्रतिशत, प्लास्टिक ८ प्रतिशत, कागज ४.५ प्रतिशत, ग्लास ४.३ प्रतिशत, मेटल ०.७ प्रतिशत, कपडा २ प्रतिशत र अन्य १८ प्रतिशत फोहर प्रतिदिन उत्पादन हुने गरेको नगरपालिकाले जनाएको छ । नगरपालिका भित्रको सरसफाईका लागि ७ वटा रुट निर्धारण गरिएको तथा दैनिक रुपमा सहरमा दुई पटक सर(सफाई हुने गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार नगरभित्र २२ वटा सार्वजनिक शौचालय रहेका छन । तर अधिकांश शौचालय प्रयोगमा नरहेको देखिन्छ ।
    शहरमा पर्याप्त हुने सुविधाको आकर्षण, शहरमा प्राप्त हुने रोजगारीका अवसरहरु, शहरमा केन्द्रित भएका स्वास्थ्य, सरकारी कार्यालय तथा ठुला ठुला व्यापारी केन्द्रहरु, सरकारका शहरमुखी नीतिका कारण अव्यवस्थित शहर वढदै गएको छ । नेपालमा शहरीकरणको मौजुदा स्थितिलाई हेर्ने हो भने नेपालमा ७० को दशक देखि शहरी जनसंख्या वृद्धि हुन थालेको हो । जहाँ अहिले शहरी क्षेत्रले ४६ प्रतिशत सक्रिय जनसंख्यालाई खपत गर्दछ । नेपालमा शहरीकरणको दर ६.६५ प्रतिशत रहेको र २०६८ को जनगणना अनुसार ४५ लाख २५ हजार अर्थात कुल जनसंख्याको  १७ प्रतिशत शहरमा वसोवास गर्दछन् ।नेपाल संसारको न्युन सहरीकरण भएको देश जहाँ २३ प्रतिशत शहरी जनसंख्या गरिवीको रेखा मुनि रहेपनि देशको आर्थिक विकासको मेरुदण्ड र परिवर्तनको संवाहकको रुपमा भुमिका खेलेको छ । घडेरी जग्गा किनवेच घटेपनि  आवास क्षेत्रमा लगानीको मात्रा वढेको वढयै छ । २०६० साल यता आवास निर्माण व्यापक परिवर्तन देखा परको छ । नेपालको शहरी जनसंख्या करिव १७.०७ प्रतिशत रहेको छ । १० वर्ष अघि २०५८ मा १४.२ प्रतिशत रहेको थियो । यस पटकको जनगणना अनुसार सबैभन्दा धेरै जनसंख्या काठमाण्डौ जिल्लामा १७ लाख ४४ हजार २ सय ४० देखिएको छ जुन १० वर्ष अघि १० लाख ८१ हजार ८ सय ४५ रहेको थियो । काठमाण्डौको जनसंख्या १० वर्षमा ६१.२३ प्रतिशतले वृद्धि भएको छ । र, सालाखाला वार्षिक वृद्धिदर ४.७८ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार देशमा अनुपस्थित जनसंख्या १९ लाख २१ हजार ४ सय ९४ जना रहेको देखिन्छ भने १० वर्ष अघि २०५८ मा अनुपस्थितको संख्या ७ लाख ६२ हजार १ सय ८१ थियो । महिला परिवार मुली रहेको परिवार गत २०५८ मा १४.८७ प्रतिशत रहेकोमा करिव ११ प्रतिशतले वृद्धिभई २०६८ मा २५.७३ प्रतिशत वढेको छ ।
तराईमा शहरी आवासको स्थिति दयनिय
नेपालको जीवन स्तर सर्वेक्षण २०६०÷०६१ अनुसार शहरी क्षेत्रमा आवासको स्थिति ग्रामिण क्षेत्रको तुलनामा राम्रो देखिन्छ । शहरी क्षेत्रमा करिब ७२ प्रतिशत परिवार आफ्नै घरमा, २३.५ प्रतिशत वहालमा रहेको देखिन्छ । उक्त सर्वेक्षण अनुसार तराई क्षेत्रमा आवासको स्थिति दयनिय देखिन्छ । तराईमा घरको पर्खाल ढुङगा माटोको जोडाई २१ प्रतिशत, काठ, बाँस र अन्य अस्थायी किसिमको ६२ प्रतिशत र सिमेन्टको जोडाईको केवल १७ प्रतिशत निर्माण भएको देखिन्छ । अर्थात धेरै आवास भवनहरु अस्थायी प्रकृतिको छ । यस्तै छानाको हकमा पराल खरले छाएको ३० प्रतिशत, जस्ता पाता १६ प्रतिशत, कंक्रिट १५ प्रतिशत तथा अन्य बाँकीमा टायल आदिको प्रयोग भएको देखिन्छ । घरको भुईको हकमा ८० प्रतिशत भन्दा पनि माटोको भएको पाइएको पाइन्छ । त्यसरी नै घडेरीको क्षेत्रफल १५ सय वर्गफिटको र आवास एकाईको क्षेत्रफल ५ सय वर्ग फिटको देखिन्छ । पिउने पानीको हकमा केवल २ प्रतिशत भन्दा कमले धाराबाट, ७८ प्रतिशतले इनारबाट वा कुवाबाट तथा बाँकी १० प्रतिशतले खानेपानीको व्यवस्था आफैले अन्य स्रोतबाट गरेको देखिन्छ । विद्युतको सुविधाको हकमा करिव ३० प्रतिशत परिवारले उपभोग गरेको र टेलिफोन २ प्रतिशत भन्दा कमले, तथा शौचालयको व्यवस्था २५ प्रतिशतले उपभोग गरेको देखिन्छ ।

मिति ः २०७०÷९÷७
निश्चित छ ।”

Monday, December 16, 2013

क्रिकेट खेलाडी अनिल मण्डललाई सम्मान


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

नेपालको टिमले क्रिकेट विश्वकप खेल्न सक्छ भन्ने कुरा नेपाली क्रिकेट प्रेमीहरुको लागि एउटा सपना नै थियो । त्यसमा पनि विश्वकप छनौट हुने र उक्त छनौटमा जनकपुरका क्रिकेटरको पनि महत्वपुर्ण योगदान हुन सक्ने जनकपुरबासीले यस अघि कहिल्यै नसोचेको भएपनि जनकपुरका क्रिकेटर अनिल मण्डलले जनकपुरबासीको उक्त सपना पुरा गरिदिएका छन ।
    विश्वमा क्रिकेट अत्यन्त लोकप्रिय खेल बन्दै गएको अवस्थामा जनकपुरका मण्डल विश्वकप खेल्ने भएका छन । टी(ट्वान्टी विश्वकप छनौट खेलका लागि जनकपुरका मण्डलले क्रिकेट मैदानमा अह्म योगदान निर्वाह गरेका छन । त्यसैले जनकपुरको गौरवका रुपमा रहेका इतिहास रच्ने नेपाली क्रिकेट टोलीको अहंम सदस्य धनुषाका अनिल मण्डललाई २६ मंसिर बुधबार जनकपुरमा जनकपुरवासीले भव्य स्वागत गरेको छ ।
    महाबीर युवा कमिटी जनकपुरले खेलाडी मण्डललाई विशेष कार्यक्रम आयोजनगरि भव्य स्वागत र सम्मान गरेको हो । विश्व कप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा सहभागि हुने महत्वपूर्ण अवसर प्राप्त गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडीहरु मध्ये मण्डल चर्चति नाम नाम हो । प्रशिक्षणको क्रममा रहेका खेलाडी मण्डल दुई दिने विदाको क्रममा मातापिता भेटन पैतृक गाउँ धनुषाको मिथिलेश्वर मौवाही आएका थिए । कुनै बेला क्रिकेट टोली बनाएर प्रतियोगिताहरुमा सहभागिता जनाउने महाबीर युवा कमिटीले युवा क्रिकेटर मण्डललाई सम्मान गरेकोछ ।कमिटीका अध्यक्ष विश्वनाथ साहको अध्यक्षतामा भएको सम्मान समारोहमा बिभिन्न खेलका प्रशिक्षक, खेलाडी, क्लवका वर्तमान,पूर्ब पदाधिकारीहरुको सहभागिता थियो ।
    कार्यक्रममा जनकपुर क्रिकेट एशोसिएशनका अध्यक्ष हिरा भगतले ११ हजार नगद र क्षेत्रिय क्रिकेट समिति क्षेत्र नम्बर ७ ले २१ हजार नगद दिने घोषणा गरे । खेलाडी मण्डललाई नगर परिक्रमापनि गराइएको थियो ।नेपाली क्रिकेट क्षेत्रमा जनकपुरको नाम अग्रस्थानमा रहँदै आएकोछ । जनकपुरका उत्तम कर्माचार्यदेखि अनिल मण्डल सम्मले यस भेगको गौरवपूर्ण प्रदर्शन गरेकाछन । राष्टिूय क्रिकेट टोलीमा जनकपुरका कयौं खेलाडीहरु परेका थिए ।तर राज्य पक्षबाट खेलाडीहरुलाई गर्नुपर्ने भरणपोषण हुन नसक्दा अत्यन्त क्षमतावान खेलाडीहरु विस्थापित भएका छन् ।

    युएइमा १५ वर्ष मुनि उमेर समुहको एलाइट कप प्रतियागितामा नेपालको तर्फवाट सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि उचालेका जनकपुरका क्रिकेटर मण्डलले अन्तराष्टिूय क्रिकेटको पिचमा मण्डलले शतक समेत लगाइसकेका बल्लेबाज हुन । डिभिजन थ्रीमा अनिल मण्डलको शतकको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनाएको थियो । म्यान अफ दि म्याच मण्डलले १ सय ३४ बलमा ४ छक्का र ८ चौकाको मदतले १ सय १३ रन बनाए ।  काठमाण्डौमा सम्पन्न डिभिजन(५ को प्रतियोगिताका लागि नेपाली टोलीमा उनी छनौट त गरिए तर प्रतियोगिताको अन्तिम खेलमा अमेरिका विरुद्ध खेल्ने मौका मात्र पाए । उक्त प्रतियोगितामा पनि मण्डलले ३२ रनको  योगदान गरेका थिए । प्रतिभा हृुदाँ हुदै सेलेक्सन कमिटीको विभेद, प्रशिक्षक, कप्तानको विभेदपुर्ण सोचका शिकार बन्न पुगेका मण्डलले डेढ वर्ष अघि भारतको मुम्बईमा खेलिएको अभ्यास म्याचमा शतक लगाएर प्रशिक्षक पुबुदु दासनायकेको विश्वास जित्न सफल भएका थिए ।
    टी–टवेन्टी क्वालिफायर खेलमा सुरुको खेलमा उनले ब्रेक पाएन तर अफगानिस्तान बिरुद्ध उनलाई टीममा खेल्ने मौका प्रदान गरेपछि उनले अर्धशतक लगाएर टीमको विश्वास जीतेका थिए । नेपालको तर्फबाट आक्रामक बल्लेवाजको रुपमा खेल्ने गरेका मण्डललाई, उनीसँगै खेल्ने जनकपुरका क्रिकेटरहरु त्यारले अनिल मेण्डुलकर भन्ने गर्छन । क्रिकेटकै दुनियामा महान भारतीय खेलाडी सचिन तेन्दुलकरले मैदानमा लगाउने शटहरु जस्तै मण्डलको सट्स हुन्छन, उनी जस्तै कुल टेम्परामेन्ट हुनु, अनुशासित खेलाडी भएका कारण पनि उनलाई सवैले मेण्डुलकर भन्ने गर्छन् । मेण्डुलकरले आगामी दिनमा यसरी शतक, अर्धशतक लगाई नेपाली टोलीलाई डिभिजन(३,–२ हुदै विश्वकप सम्मको यात्रा पुरा गराउन सफल रहोस भनेर जनकपुरवासी शुभकामना समेत दिन चाहन्छन् ।
नेपालको क्रिकेट र क्रिकेटरको योगदान
नेपालले अहिले २(३ वर्ष देखि क्रिकेटमा पाएको उपलब्धीहरु हेर्दा शायद हरेक नेपालीलाई गर्व लाग्छ होला । नेपालको घरेलु क्रिकेट तर्फ हेर्दा त यि उपलब्धीहरु निकै नै रोचक हुन जान्छ । जुन देशमा क्रिकेटको लागि एउटा अन्तराष्टिूय स्तरको मैदान छैन, खेलाडीलाई सुविधा छैन, खेलाडी पढांै कि खेलौं भन्ने दोधारमा छन र माथि क्रिकेट संघसँग जोडिएका पदाधिकारीहरुको क्रिकेट विकासको सोच छैन त्यहाँका खेलाडीहरु दिन रात एक गरेर प्रशिक्षन गरी नेपालीलाई विश्वमा चिनाउनु निकै अविश्मरणिय छ । नेपाली खेलाडी आफ्ना परिश्रमले आज नेपालीलाई ट्वान्टी(ट्वान्टी विश्वकप प्रतियोगितामा पु¥याएको छ भने एक दिवसिय विश्वकप प्रतियोगिताबाट मात्र एक पाइला पछाडी छ ।
नेपालको क्रिकेटको विकास कसरी हुन्छ  त ? यो कुरा अहिलेको मुख्य विषय हो । नेपाल क्रिकेट संघले सकारात्मक सोचका मानिसहरु खोजेर यसमा पहल गर्नु पर्ने हुन्छ । जनकपुरका पुर्व कप्तान कुमार प्रसुन भन्छन,“नेपाली खेलाडीलाई ‘नगद’ भन्दा ‘प्रोफेस्नालिज्म’ को खाँचो छ । हाम्रो संघले ठुला ठुला संस्था, बैंकहरुमा गएर  हरेक संस्थामा खेलाडीको स्थायी जागिरका लागि पहल गर्नुपर्यो । एउटा संस्थाले कम्तीमा दुई वटा राष्टिूय खेलाडीलाई जागिर दिएर  रोजगारी सुनिश्चत ग¥यो भने हाम्रा राष्टिूय खेलाडीहरु प्रोफेस्नली स्टूोङ्ग भएर अझै परिश्रम गर्न सक्छन । ”
    घरेलु क्रिकेटको कुरा गर्दा हरेक क्षेत्रमा एउटा एउटा मैदान बनाउनु पर्यो । हरेक जिल्लामा प्रत्येक वर्ष एक महिना वा पन्द्र दिने प्रशिक्षन कार्यक्रम राख्नुपर्यो । हरेक क्षेत्रिय टोलीहरुलाई भारतमा अभ्यास म्याचहरुको व्यवस्था मिलाउनु पर्यो । नेपालमा हुने राष्टिूय प्रतियोगिताको नम्बर अफ म्याचेज बढाउनु पर्यो । पुर्व कप्तान प्रसुन भन्छन,“ एउटा टिमले ३ वटा म्याच खेल्ने गर्छ त्यसमा एउटा खेल पानीले खान्छ भने अर्को खेलमा राष्टिूय टोलीले सुसज्जित शसस्त्र प्रहरीबलको टोलीसंग भेटनु पर्छ भने बाँकी रहेको तेस्रोमा खेलाडीको किस्मत । कम से कम हामीले एउटा क्षेत्रलाई १० देखि १२ वटा म्याच दिनु पर्छ  अनि गएर खेलाडीको सहि क्वालिटी थाहा पाउन सकिन्छ ।
    जनकपुरका अनिल मण्डलको क्रिकेट करियर सुनिश्चित हुँदै गएपछि अब जनकपुरका जुनियर खेलाडीहरुपनि क्रिकेट प्रति सचेत भएका छन । क्षेत्र नं.७ जनकपुरका जुनियर क्रिकेटर कैलाश मण्डल भन्छन,“हिजो क्रिकेट खेल्न जाँदा घरमा अभिभावकहरुले कुट्नु हुन्थ्यो तर आज अब क्रिकेट खेलेर पनि नेपालमा स्थापित हुन सकिन्छ र त्यो काम जनकपुरका अनिल दाईले बखुवि देखाइसकेपछि मेरो आमा बुबा पनि मलाई नेपालको क्रिकेटर भएको सपना मात्र हेर्न लागेका छैनन, क्रिकेटका लागि सहयोग पनि गरिराखेका छन ।”
    अनिल मण्डलका प्रशिक्षक नविन सिंह भन्छन,“ नविन आज विश्वकप टिमका सदस्य त्यसै भएका होइनन । १५, १७, १९ वर्ष मुनिको उमेर समुहका प्रतियोगिताहरु खेल्दै राष्टिूय टिममा छनौट भएको हो । त्यसकोलागि उसले कडा मिहिनेत गरेका छन ।”
जनकपुरका क्रिकेटरहरुको पलायन
जनकपुरका विगतका स्टार क्रिकेटरहरु क्रिकेटमा आफ्नो भविष्य सुनिश्चित नदेखेपछि खेल क्षेत्रबाट पलायन भएर जीविकोपार्जनका लागि अन्य क्षेत्र रोज्न बाध्य पनि नभएका होईन । जनकपुरका राष्टिूय खेलाडीहरु सँजय लामा जिविकोपार्जनको लागि बुद्ध एयरमा धाएका छन भने विकास कर्ण र विमल भट्टराई काठमाडौँमा अन्य पेशामा काम गरिरहेका छन् । रितेश बराल क्रिकेट त्यागेर विराटनगरमा हार्डवेयर पसल सञ्चालन गरिरहेका छन् । डिजर्भ गर्ने खेलाडीले समयमा अवसर नपाउँदा क्रिकेटमा आर्य(आर्जन गर्न नसकिने भएकाले गार्जीयनहरुबाट दबाब पर्न थालेपछि अन्य पेशा रोज्न बाध्य भएको जनकपुरका सिनियर राष्टिूय क्रिकेटर राज मोहम्दको भनाई छ । यसअघि नेपालका प्रभावशाली तिब्र गतिका गेन्दवाजका रुपमा ख्याति कमाएका संजोग कर्ण बैदेशिक रोजगारीमा केही वर्ष कतारमा काम गरेर फर्केपछि फेरी पनि कमव्याक गरेर क्यानको ध्यान आकर्षण गर्न सफल भएका छन ।
    विगतमा जनकपुर चुरोट कारखानाले इनडोर, आउटडोर, फुटबल, क्रिकेट, हकी, टेबल टेनिस, ब्याडमिन्टन सहितका खेलाडीहरुलाई जागिर प्रदान गरेर भविष्य सुनिश्चित गरेकै कारण राष्टिूय तथा अन्तराष्टिूय खेलकुदमा जनकपुरको अब्बल स्थान थियो ।  तर मुलुकमा बहुदल आएपश्चात वि.स. २०५२ पछि कारखाना पनि घाटामा जान लागेपछि करार भएपछि पदमा कार्यरत खेलाडी कर्मचारीहरुलाई हटाउन थालेपछि जनकपुरमा खेलकुदको विकास हुन नसकेको सिनियर क्रिकेटर प्रदिप शर्माको तर्क छ ।
वि.स. २०५३ मा जचुकालिबाट राजिनामा गरेर जिल्ला खेलकुद विकास समिति धनुषामा सचिव पदमा कार्यरत शर्मा भन्छन, “पहिले पहिले हामी विहान ४ बजे जनकपुरको बाह्रविग्हा मैदानमा फिल्ड पै्रक्टीस, फिटनेश प्रैक्टीश गथर््यौ, १० बजे कारखाना पुगेर हाजिरी बनाएर फेरी मध्यान्ह १ बजे ग्राउण्ड फर्किएर खेलको अभ्यासमा लाग्थ्यौँ । खेल सामग्रीको पनि कुनै अभाव हूँदैनथ्यो, नेपाल भरि मध्ये सबैभन्दा आधुनिक सामग्रीहरु कारखानाले प्रदान गर्दथ्यो ।” तर अहिले क्रिकेट खेल्नका लागि मैदानको अभाव, आवश्यक इक्विपेन्ट कैचिङ्ग ब्याट, रयाकेट , बल, कोन, नेट सहितका अभ्यास सामग्रीको अभाव रहेको प्रशिक्षक नविन सिंहको भनाई छ ।
जनकपुरमा क्रिकेट क्रेज
करिब एक दशक अन्तराल पछि गत वर्ष जनकपुरमा पुर्व दिवङगत क्रिकेटर दिपक गुप्ताको स्मरणमा  भएको राष्टिूय स्तरको क्रिकेटको टुर्नामेन्ट आयोजनामा स्थानिय क्रिकेटप्रेमीहरुको उल्लेखीय सहभागीताले पनि जनकपुरमा क्रिकेटको क्रेज कुन हद सम्मको  छ, सावित गरिसकेको छ । पहिलो र दोस्रो दिनको खेलमा तिन देखि चार हजार सम्मको संख्यामा दर्शकको उपस्थितिले जनकपुरवासीको क्रिकेट प्रति क्रेजलाई सहजै दर्शाउँछ । क्रिकेट म्याच चलिरहेको बेला प्रति चौक्का, प्रति छक्का, अर्धशतक, शतक , ह्याटिूक सबैमा व्यक्ति व्यक्तिले उपहारको घोषणा गर्नुले पनि क्रिकेट प्रतिको स्थानिय वासीको लगावलाई थप पुष्टि गर्छ ।
     प्रतियोगिताको विजेता टिमको लागि चौधरीको कन्स्टूक्सनका दिपेन्द्र ठाकुरद्धारा ४१ हजार नगद र ५ हजारको टूफी , उपविजेता टिमको लागि २१ हजार नगद र तिन हजारको टूफी जिल्ला क्रिकेट संघका धनुषाका उपाध्यक्ष राजु चौधरीद्धारा प्रायोजन गर्नु , म्यान अफ दि सिरिजका लागि ५ हजार १ सय नगद र ७ म्याचका म्यान अफ दि म्याचका लागि १ हजार १ रुपैयाँ नगद नेपाल बंग्लादेश बैकले प्रायोजन गर्नुले जनकपुरमा क्रिकेट टुर्नामेन्टका लागि प्रायोजकको अभाव नरहेको पुष्टि हुन्छ ।
     क्रिकेटको विकासको लागि प्रतियोगिता हुनु सवैभन्दा वढी आवश्यक हुन्छ । र त्यसका लागि हुने पर्ने तत्व मध्ये खेलाडी र मैदान हुनु आवश्यक छ । प्रशिक्षक नविन सिंह भन्छन, अब अण्डर –१५, अण्डर–१९ टीमलाई स्टूोन्ग बनाउँदै सिनियर टीम पनि स्टूङ बनाउन लाग्नु पर्छ । त्यसको लागि जनकपुरमा मैदानको अभाव छ । मैदान अभावमा क्रिकेटरलाई अभ्यास गराउन पनि गाह्रो भइरहेको छ ।”

मिति ः २०७०÷८÷३०