Thursday, December 31, 2015

काठमाडौंलाई तेस्रो पटक ‘सरप्राइज’ दिने मधेसको तयारी

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
यसपटक मधेस भ्रमणका क्रममा वीरगञ्ज, सिमरा, लालबन्दी, बर्दिवास, जनकपुर र राजविराजमा केही दिन बिताइयो, जहाँ केही सरप्राइज दिनेखालका गतिविधि देख्न पाइयो ।
शान्त वीरगञ्जमा ब्याण्ड बाजाको धून !
वीरगञ्ज योभन्दा पहिला पनि गएको थिएँ, त्यसबेला ‘ब्याटल जोन’ जस्तो देखिन्थ्यो । एउटा पनि गाडी चलेको थिएन । चारैतिर आर्मी, पुलिस, मानिसहरु, सबै सटरहरु बन्द । यसपल्ट पनि मेरो त त्यस्तै होला भन्ने ‘माइण्ड मेकअप’ थियो । विमानस्थलमा ओर्लिएपछि कसरी जाने भन्ने थियो । तर, ट्याक्सी पाएँ । त्यो ट्याक्सीले वीरगञ्जको घण्टाघरसम्म लैजाँदो रहेछ । वीरगञ्ज पुग्दासमेत आन्दोलन देखिएन । कुनै पनि सटरहरु बन्द थिएनन् । साना गाडीहरु चलिरहेका थिए । सबै नर्मलजस्तै देखियो । मैले सोधेँ, के हो त वीरगञ्ज केन्द्रित आन्दोलन भन्छन्, सबैथोक खुलेको छ भन्दा आन्दोलनकारीहरुले हैन, मानिसहरु थाकेका छन, यो बिहेको सिजन हो भने । मैले पनि गाउँ(गाउँमा ब्याण्ड बाजा बजाएको सुनेँ ।  त्यसोभए आन्दोलन छ कहाँ ? म नाकामा गएँ । त्यहाँ राजनीतिक दलका मानिसहरु बसिरहेका रहेछन् । एकजना महिलाले ब्याण्डेज गरिएको हात देखाउँदै भनिन्( मलाई गुण्डाले आएर कुटे भनिन् । वीरगञ्जमा आन्दोलन कहाँ छ भन्दा नाकामा रहेछ । त्यहाँ धेरै ठूलो संख्या पनि थिएन, १५र२० जनामात्र भेटेँ । मानिसहरुले मितेरी पुलको तलबाट सामानहरु ल्याइरहेका थिए । माथि बाँस लगाइएको थियो, त्यहाँसम्म टेम्पो, ई(रिक्सा, टाँगा गइरहेका थिए । मानिसहरु त्यहाँसम्म जाने र पुलमुनिबाट पारि गएर सामान लिएर आउने र फेरि सवारी साधन चढेर जाने गरेका रहेछन् ।
मैले सोधेँ कि यहाँ १५र२० जना मात्रै देखिन्छ, यतिले मात्र हो त आन्दोलन भएको ? के रहेछ भने त्यो २० जना २० औं हजारका प्रतिनिधि रहेछन् । केही दिनअघि पारिबाट आएकाहरुले जब कुटे, लाखौं मानिस जम्मा भइहाले । माइकमा एकपटक आह्वान गरेपछि वारि(पारि सबैतिरबाट मानिसहरु आउने रहेछन् । काठमाडौं, बालुवाटार वा कसैको त्यहाँ २० जना मात्र छन् भन्ने बुझाइ छ भने त्यो आत्मघाती हुन सक्छ । २० जनासँग लाखौंको मनोविज्ञान जोडिएको छ । यो ‘सरप्राइजिङ’ लाग्यो ।
मैले त्यहाँ नेताहरुसँग कुरा गरें । फोरमका विजय यादव हुनुहुन्छ, उहाँसँग लामै कुरा भयो । उहाँले के भन्नु भो भने नेताहरु दिल्ली गएर आएपछि दिल्लीले निर्देशन दियो होला र अब नाका खुल्ने होला भन्ने सन्देश गयो र मानिसहरु ‘कन्फ्यूज्ड’ भएका छन् । नेताहरु दिल्लीबाट काठमाडौं गए, यहाँ आएनन् । आन्दोलनमा सिथिलता देखिनुको कारण यो हो भन्नु भो उहाँले । अर्को महत्वपूर्ण पक्ष भनेको उहाँ (विजय यादव )ले के भन्नु भो भने हामीले स्कुल बिहान खोल्न दिने भन्यौं । तर, चिसोका कारण बच्चाहरु जान सकेनन् र, हामीले जिल्लास्तरबाटै निर्णय गरेर दिउँसो नै स्कुल खोलेका छौं । जुन सकारात्मक थियो । वीरगञ्जमा व्यवसायीहरुको पनि आफ्नै गुनासो पाएँ । अन्त कतै आन्दोलन छैन, अरु नाका खुलेका छन् । हामीले मात्रै आर्थिक क्षति सहनुपर्ने ? अरुले आन्दोलन गर्नु नपर्ने ?  म जब वीरगञ्ज छाडेर सिमरा कटेँ, आन्दोलन देखिएन । सबै नियमित छ, गाडीहरु पनि चलेका छन् । अर्को पक्ष भनेको प्रत्येक साना नाकाहरुबाट रातभर ग्यासका सिलिण्डर र इन्धनका ग्यालिनहरु आउँदारहेछन् । रात्रीबसहरुमा मानिस कम, ग्यालिन बढी हुँदोरहेछ । मानिसहरु भन्छन, काठमाडौंमा त कुनै अभाव नै छैन, किनभने यत्रो गएको छ । बढी पैसा परेको होला तर, अभाव छैन । त्यो अभाव तराईमा छ, हामीले त छोइनसक्नु मूल्य छ ।
‘चुरे एरिया’ मा रोमाञ्चक अनुभव
म त्यहाँ अवरोधविना प्राइभेट गाडीमा गएको थिएँ । के रहेछ भने आजभोलि विवाहको सिजन भएकाले गाडी नरोकिने रहेछ । विवाहको कार्ड दिन आउने बेला पोष्टर पनि दिनुस् भनेर लिँदा रहेछन् र गाडीको अगाडि र पछाडि शुभ(विवाहको पोष्टर टाँसेपछि कुनै अवरोध नहुने रहेछ । म पनि दुलाहा(दुलहीवाला त्यस्तै गाडीमा गएँ । लालबन्दीमा आइपुग्दा भोक लाग्यो र समोसा खान खोजेँ । मसँगै स्थानीय नेताजी हुनुहुन्थ्यो र कुर्ता लगाउनुभएको थियो । त्यहाँ भएकाहरुले उहाँलाई नओर्लनुस, तिमीहरु नै हो बन्द गर्ने भन्छन् भने । मनोवैज्ञानिक डर रहेछ । म जान्छु भन्दा डूाइभरले जान दिएनन् । हामी राति बर्दिबासमा बस्यौं । उहाँहरुले चुरे एरियामा बस्नुहुन्छ र ? भन्नुभो । मैले मधेसी अनुहार हुँदैमा चुरे एरियाको होटलमा बस्नुहुन्न र भनेँ । बस्छु, जे होला होला भनेर बसेँ ।
महोत्तरीमा देखिएको जागरण र दुई प्रश्नको सामना
भोलिपल्ट महोत्तरी गएँ । मेरो आफ्नो जिल्ला पनि हो । पत्रकार महासंघको भवनमा छलफल भयो । जलेश्वर आन्दोलनका क्रममा बडो क्रुरतापूर्वक प्रहरी दमन भएको ठाउँमध्ये एक हो । त्यहाँ के ‘सरप्राइज’ पाएँ भने पहिला जाँदा मानिसहरुलाई राजनीतिबारे खासै चासो हुँदैनथ्यो । योपटकको आन्दोलनले फरक भएछ । ८० वर्षका बुढाबाहरुले पनि राजनीतिमा चासो राख्नुभएको पाएँ । त्यहाँ मैले सबैभन्दा बढी दुईवटा प्रश्नहरुको सामना गर्नुर्पयो । एउटा यतिसम्म कि मधेस प्रदेशको धेरै माग र्गयौं, यिनीहरुले दिँदैनन् जस्तो छ, अब देशको कुरा किा नगर्ने ? मैले भनेँ( देश भनेको के हो ? आफुनो संसद, आफ्नो कार्यपालिका र आफ्नो न्यायपालिका । संघीयताले अहिले तीनवटै कुरा दिएको छ, प्रदेश सभा, उच्च अदालत र सबै मन्त्रालय बनाउन सक्नुहुन्छ । आफ्नो प्रदेशमा पुलिस प्रशासन बनाउन सक्नुहुन्छ । संविधानको अनुसूची हेर्नुस् भनें ।
अब यो दुई नम्बर प्रदेशलाई यूपीजस्तो बनाउनुस्, जहाँ यूपीमा नजितेसम्म भारतको प्रधानमन्त्री हुन सक्दैन । मैले दुई नम्बर प्रदेशको जनसंख्या हेर्न भनें । अलिकति मात्रै तन्कियो भने ८० प्रतिशत बिजनेश यो प्रदेशमा हुन्छ । किनभने सुनसरीको करिडोर समेट्ना साथ सबै यहाँ हुन्छ । वीरगञ्ज बन्द हुँदा नेपालको सबै प्रदेशको लाइफ लाइन बन्द हुँदोरहेछ भन्ने त प्रमाणित भइसक्यो । अब यहाँको मुख्यमन्त्री नै भोलिको प्रधानमन्त्री हुन सक्छ । स्वराज, स्वशासन र स्वायत्तता नै हो तपाईले खोजेको । सिंगो देशलाई नै यो प्रदेशमा निर्भर हुने बनाउनुस् न भनेर मैले भनेँ । मैले श्रीलंकाको उदाहरण दिएँ । ३० वर्ष युद्ध भयो, हजारौंले ज्यान गुमाए । तर, अन्ततः आन्दोलन कहाँ गयो ? समाप्त भयो । त्यसैले यो बाटो गलत छ, हामीले समाउनुहुँदैन भनेर मैले बडो प्रष्टसँग भनेको छु ।
दोस्रो प्रश्न, हिंसाको बाटो थियो । केही युवाहरुले अब हतियार उठाउनुपर्छ भने । मैले भनेँ कि हतियारको राजनीतिले कहीँ र्पुयाउँदैन । तिब्बतमा दलाई लामाको आन्दोलन अहिंसात्मक भएकाले त्यसलाई संसारले ‘लेजिटिमेसी’ दिएको छ । यो संविधानमा हाम्रा कुरा नसमेटिएकाले आन्दोलन हुँदा भारतले संविधानको स्वागत गरेन । शान्तिपूर्ण आन्दोलन भएकाले अमेरिका, बेलायत, इयू र राष्टूसंघ सबैको सहानुभूति छ । तपाईले बन्दूक उठाउने कुरा गरेको भए कसैले सहानुभूति जनाउने थिएन ।  अर्को कुरा तपाईले ४ सय बन्दुक लिएर सशस्त्र बाटो लिनुभयो भने राज्यसँग ४ लाख बन्दुक छ अहिले केही गाह्रो होला तर, उसका लागि यो ‘इजी’ छ । तपाईले सशस्त्र बाटो लिनुभयो भने इन्काउन्टर सुरु हुन्छ । यो त तराईको विगतको सशस्त्र समूहलाई हेरे हुन्छ । त्यसैले हामीले शान्तिपूर्ण बाटो लिनुपर्छ ।
जनकपुरले सेनालाई जवाफ दियो
म जनकपुर पुग्दा राष्टूपतिको आगमनको तयारी भइरहेको थियो । सबैको भनाइ थियो कि राष्टूपति निहुँ खोज्न आउँदै हुनुहुन्छ । अहिलेको समयमा उहाँको आगमनले आगोमा घ्यू थप्ने मात्र हो । म पुग्दा आर्मीले घरहरुको फोटो खिचिरहेको थियो । मानिसहरु आक्रोशित थिए । कहिल्यै नदेखेको सुरक्षा उपस्थिति थियो । जब मानिसलाई ‘पावर लेसनेस’ भएको अनुभूति हुन्छ, उसले विद्रोह गर्छ । जुन बुधबार प्रमाणित भयो कि जतिसुकै सुरक्षा परिचालन गरे पनि समाधान होइन, प्रत्युत्पादक हुनेछ ।
मूलतः जनकपुर राष्टूपतिको भ्रमणको बहसमा केन्द्रित थियो । राष्टूपतिको भ्रमणले आन्दोलन भड्कायो । मधेसमा कुनै एक ठाउँमा घटना भयो भने अन्य ठाउँमा पनि इलेक्टिूसिटीको जस्तै प्रवाह हुन्छ । जनकपुरको घटनापछि भारदहलगायतका स्थानमा प्रदर्शन भयो । मधेसको एउटा चरित्र के छ भने ब्लड देखेपछि मानिसहरु ‘इरिटेट’ हुन्छन् । त्यसमाथि पहाडी राज्यसत्ताले हिर्कायो भन्ने सेन्स एकदमै छिटो फैलिन्छ । मलाई लाग्छ, अहिलेको अवस्थामा राष्टूपति जनकपुर नजानुभएको भए पनि हुन्थ्यो ।
जनकपुरमा आन्दोलनकारी र प्रहरीबीचको झडपका क्रममा भारतीय नागरिकहरु पनि घाइते भएका छन् । उनीहरु जानकी मन्दिरमा पूजाका लागि हिँडेरै आएका थिए । जनकपुरमा विगतमा त्यसदिन १० करोडको कारोबार हुन्थ्यो । यो एक पटकको अर्थतन्त्रले ६ महिनासम्म धान्थ्यो । तर, योपटक तीर्थालुहरुले यस्तो देखे कि अर्कोपटक उनीहरु नआउन पनि सक्छन् । मानिसहरु मनोवैज्ञानिकरुपमा पनि डराए । यसले आक्रोश बढ्यो ।
सिरहामा प्रहरीको असन्तुष्टि
सिराहामा म केही समय बसेँ । विगतको मधेस आन्दोलन लहान केन्द्रित हुन्थ्यो । तर, योपटक ठिकठिकै मात्र रहृयो । तर, नौलो कुरा के भने जहाँ मधेसीको कमाण्डमा सुरक्षा निकाय खटिएका छन्, त्यहाँ काठमाडौंबाट अर्को व्यक्ति पठाइएको छ । विश्वास नगरेकोजस्तो देखियो । जस्तै(लाहनको डीएसपी मधेसी हो भने त्यही पदको पहाडी मूलको डीएसपी पठाइएको छ र उसैले लिड गर्ने गरेको छ भन्ने गुनासो देखियो । मेसमा पनि पहिले खाइदिन्छ, हामी पछाडि पर्छौं, बोल्यो भने कुट्छ भन्ने केहीले गुनासो गरे । साथै प्रहरीमै रहेका मधेसीहरु चाँहि आन्दोलनप्रति केही ‘पोजेटिभ’ देखिन्थे ।
कार्यक्रम पर्खेर बसेको छ राजविराज
त्यसपछि म सप्तरी राजविराज पुगेँ । त्यहाँ मोर्चाका नेताहरुसँग छलफल गरें । सद्भावनाका दीपेन्द्र चौधरीजी हुनुहुन्छ, फोर फ्रन्टमा हुनुहुन्छ । उहाँले पनि नेताहरुको दिल्ली भ्रमणपछि मानिसहरुमा कन्फ्यूजन देखिएको बताउनुभयो । उहाँले भनेको नयाँ के हो भने जनता आन्दोलनको नयाँ कार्यक्रम कुरेर बसेका छन् । मलाई लाग्छ कि केन्द्रीय नेताहरुको बाध्यता कुरा मिल्छ अनि किन आन्दोलन घोषणा गर्नु भन्ने होला । तर, फिल्डमा कार्यक्रम आएन भन्ने देखियो ।
फोरम नेपालका सर्वेन्द्र साहलाई पनि भेटेँ । उहाँको पनि कुरा सुन्दा तीनरचारवटा तथ्य पाएँ । एउटा, जिल्लाका नेता र केन्द्रीय नेताहरुसँग त्यति धेरै कम्युनिकेशन भएको देखिएन । त्यसले अन्योलमा छन् नेताहरु । कम्युनिकेशन भएको भए दिल्लीमा यो भयो, यो भएन, तिमीहरुले यो डिफेन्स गर भन्ने हुन्थ्यो । त्यो नहुँदा जनताले गरेको प्रश्नको जवाफ पनि दिन सक्ने अवस्था छैन । अर्को, आर्थिक हिसावले उहाँले एउटा ‘टर्म’ प्रयोग गर्नु भएको थियो(‘भगवान भरोसामा चलिरहेको छ आन्दोलन ।’ आफ्नै स्थानीय स्रोतबाट चलेको छ । नेताहरु पनि बाध्य छन् कि आन्दोलन नगरौं, अस्तित्वमा नहुने खतरा । गरौं, स्रोत छैन । तेस्रो, नयाँ कार्यक्रम घोषणाको प्रतिक्षामा छन् उनीहरु । र, चौथो कति लामो आन्दोलन गर्ने ? चिसो छ, विवाहको समय पनि हो । त्यसकारण सिलिथ भएको हो भन्ने कुरा गर्नु भो सर्वेन्द्रजीले ।
स्थानीय रेडियोमा बहस
स्थानीय रेडियोमार्फत स्थानीयसँग पनि मेरो कुराकानी भयो । उहाँहरुको कुरा यो आन्दोलनको सेफल्याण्डिङ हुनुपर्छ । तर, फेससेभ पनि हुनुपर्छ भन्ने छ । राज्यले दमन र्गयो भन्ने गुनासो छ । सुर्खेत र बाग्लुङलाई सम्बोधन गर्न प्रक्रिया नचाहिने, मधेसका लागि सबै प्रक्रिया पुरा गर्नु पर्ने ? र, त्यहाँ पनि अर्को देश र हिंसाको कुरा उठ्यो । कति प्रदेशको लागि लड्ने, वार(पार लड्नुपर्छ भन्ने कुरा आउँदा मैले तर्कपूर्ण रुपमा यो बाटो जानुहुँदैन भनेर भनेको छु ।
शहीद परिवारसँग भावुक क्षण
महोत्तरीमा सहिद रामआधार यादवको परिवारसँग भेट भएको थियो । १६र१७ वर्षको उमेरमा विवाह भएको छ । अहिले भर्खर छोरा जन्मिएको छ । यो कस्तो संयोग भनौं कि के भनौं, आन्दोलनमा ज्यान गुमाएका धेरैका पत्नी भर्खरका छन् । २० वर्षभन्दा कम उमेरका छन् । र, केही भर्खर छोरा जन्मिएका छन् । र, कोहीका साना छोरा छन् । राजविराजमा आन्दोलनका क्रममा ज्यान गुमाएका वीरेन्द्र रामको परिवारलाई भेटें । शिवशंकर दासको घर गएँ, आमा स्ट्याचु (मूर्ति) जस्तै भएर बस्नुभएको छ । आँसु बगिरहेको छ, केही खानुभएको छैन । छोरा बितेदेखि उहाँको अवस्था त्यस्तै छ । कान्छो छोरो, विदेश जान पासपोर्ट बनिसकेको थियो । केका लागि ? ज्यान गुमायो ? संविधान नै पढेको छैन भने कुन धाराका लागि ? शहीद दिलिप साहको परिवारकहाँ गएँ । उहाँकी पत्नी पसलमा बसिरहनुभएको थियो । परिचय दिनासाथ रुन थाल्नुभो । उहाँको प्रश्न छ कि मेरो श्रीमानको के गल्ती थियो ? उहाँ घरको छतमा छोरीसँग खेलिरहनुभएको थियो । त्यसरी ताकेर गोली चलाइयो । उहाँ जुन छोरीलाई तान्न जानुभएको थियो, उसको मानसपटलमा के असर परेको होला ?
दिदीले भन्नुभो( घर जलाएर आगो ताप्दैछौं, कहिलेसम्म ?
समग्रमा भन्दा आज मधेस आन्दोलनको १२१ दिन बढी भइसक्यो । र, काठमाडौंले सम्बोधन गर्न ढीलो गरिरहँदा के भइरहेको छ भन्ने यसले देखाउँछ । महोत्तरीमा दिदीले भन्नुभएको थियो कि आफ्नै घर जलाएर हामी आगो ताप्दैछौं । कति दिनसम्म ? हामी सबै आफ्नो काम बन्द गरेर आन्दोलन गरिरहेका छौं, गरीब भएका छौं । त्यसैले अब यो अलग देश र हिंसाको दुबै प्रश्नलाई चिर्नका लागि ‘सेन्स अफ विन’ र ‘वनरसिप’ दिन जरुरी छ । कांग्रेसले लोभ नगरे हुन्छ, यो देशको कुरा हो । भोलि गरे हुन्छ, भोटको राजनीति ।
अब मधेस आन्दोलन देश र हिंसाको बाटोमा जान लाग्यो भन्नेहरुसँग म सहमत छैन । एकान दुकान तिकान यो प्रश्न उठ्न थालेको छ । अहिले पनि बहुसंख्यक मधेसी समाज यदि देशभित्रै समानता, आफ्नो पहिचान र भविश्य खोज्ने पक्षमा छन् । महोत्तरीमा केही मानिसले अर्को देशको कुरा गर्दा मेरी दिदीले भन्नु भो, कहाँ अरुको देशभन्दा त हाम्रो नेपाल नै ठीक छ । तर, धेरै लामोसमयसम्म ‘स्टेलमेन्ट’ रहृयो, ‘सेन्स अफ लुजर’को सन्देश गयो र अन्तरिम संविधानमा उनीहरुले पाएको अधिकारलाई पनि सुनिश्चित गरिएन भने ‘लङ टर्म’मा यो गलत बाटोमा जान सक्छ कि भन्ने हो । मेरो कामना छ, अर्को पटक मधेस जाँदा यी दुई प्रश्न (देश वा हिंसा) को मैले सामना गर्नु नपरोस् ।
र, काठमाडौं तेस्रोपटक भ्रममा नपरोस
काठमाडौंले मधेसको आन्दोलन सुसुप्त भो भन्ने भ्रम नपाले हुन्छ । तुँवालो लागेपछि त्यहाँभित्रको आगो नदेखिन सक्छ, जुन जनकपुरले सन्देश दिएको छ । मधेसी समाजको एउटा चरित्र के छ भने उसले जहिले पनि काठमाडौंको दृष्टिकोणलाई गलत सावित गर्ने र ‘सरप्राइज’ दिने गरेको छ । फेरि पनि काठमाडौंले त्यो भ्रम राख्यो भने मधेसले गलत सावित गरिदिन्छ ।
संविधान जारी गर्दै गर्दा मधेसमा कहाँ आन्दोलन उठ्छ र भन्ने थियो । तर, १२० दिनसम्म त आन्दोलन भयो र काठमाडौं गलत सावित भइसक्यो । शायद यस्तो हुन्छ भन्ने आंकलन भएको भए त्यतिबेलै संविधानमा सम्बोधनको प्रयास हुन्थ्यो होला । त्यस्तै संघीयताविनै अन्तरिम संविधान आउँदा पनि त्यस्तो आन्दोलन हुन्छ भन्ने गिरिजाप्रसाद कोइरालाले कल्पना गर्नुभएको थिएन । तर, भयो । त्यसैले मेरो कामना छ, काठमाडौंले अब तेस्रो भ्रम नराखोस् । र्‘यासनल’, ‘लजिकल’ र ‘एकोमोडेट’ गरेर जाने हो भने मधेसभित्र भएका तुषहरुलाई विस्तारै कम गर्नुपर्छ र मूल प्रवाहमा ल्याउनुपर्छ ।
(कानुन व्यवसायी तथा मानव अधिकारकर्मी दिपेन्द्र झासँगको कुराकानीमा आधारित । सौजन्य अनलाइनखबर डट कम)


२०७२ पौष ०५ गते आईतबार

मधेसहरणका लागि राष्ट्रपतिलाई मारिचलाई जस्तै दुरुपयोग ः अनुज मिश्र

राजनीतिको एउटा धेरै पुरानो नीति छ ‘साम, दाम, दण्ड, भेद ।’ साम अर्थात् सम्मान दिएरर सम्झाएरस दाम अर्थात् किनेररमूल्य तिरेरस दण्ड अर्थात सजाय दिएर र भेद अर्थात कमजोर पारेरर तोडेररफूट हालेर । कसैसँग आफ्नो कुरा मनाउने चाणक्यका यी ४ तरिका अपनाउन सकिन्छ राजनीतिमा । यो चाणक्य नीति राज्यको सामरिक विकास बिस्तारको निम्ति थियो । आज यसको मूल भावना हराएर यो राजनीति र राजनीतिज्ञहरुको पहिलो पसन्द बनेको छ । यसै क्रममा ‘साम’ नीतिबाहेक अरु तीनवटै नीतिको प्रयोग गरिएको छ। जबकि साम नै हरेक नीतिको सार नीति मानिन्छ ! अंग्रेजहरुले भेद नीतिको अत्यधिक दुरुपयोग गरेको मानिन्छ । ओली नीतिले भने दण्ड र भेदको उपयोग गरिरहेको छ । जबकि अहिले दाम काम नलाग्ने भइसकेको छ । मधेस ४ महिनादेखि अशान्त छ । अधिकार प्राप्तिको अनवरत संघर्षले दम तोड्ने नाम लिरहेको छैन । तैपनि पटक(पटक मधेस जन(आन्दोलनलाई विभिन्न तरिकाले दबाउन खोजिएको छ ।
सुरुवातमै सडकको आन्दोलनकारीलाई पाखा लगाउन सरकारले ‘मतादेश हामीसँग भएको’ रटान लगायो । तर त्यसले आन्दोलनमा जन(सहभागिता बढाइदियो । विशाल सहभागितालाई ५० लाख रुपैयाँको लोभमा उत्रेका माखे भनियो । तर त्यसले आन्दोलनलाई नयाँ उद्देश्य थपिदियो । अत्यधिक बलप्रयोग गर्दै ठेकान लगाउन खोजियो । तर त्यसले आन्दोलनलाई उग्र बनाइदियो । टाउको र आँखामा गोली हान्न लगाएर आन्दोलनकारीमा दहशतरडर पैदा गर्न खोजियो। तर आफन्तको वीभत्स हत्याले आन्दोलनकारीमा थप हिम्मत जगाइदियो ।  जुनसुकै हालमा आन्दोलनकारीलाई घुँडा टेकाउने ओली मनोविज्ञानले राष्टूपतिलाई जनकपुर भ्रमण रद्द गर्न दिएन । आज राष्टूपति भण्डारी रावणको मामा मारिचझैँ ओलीको नीतिमा प्रयोग गरिएकी एक पात्र भएकी छन् । अरु उपाय सम्भव नभएपछि आन्दोलनलाई जमिन्दार वर्गको हो भनियो र नयाँ जुक्ति पनि निकालियो( आन्दोलनको कुनै माग नै छैन भनेर । तर सोही कुरा बुझ्न बुझाउन समेत सत्ताधारी पार्टीका कुनै मधेसी नेता मधेस झर्न मानेनन । संविधान बनाइएपछि संविधानलाई विश्वकै उत्कृष्ट भन्न थालियो । त्यस्तै संविधानका भाग, धारा, खण्ड, उपखण्डका उत्कृष्टता औंलामा गनियो । यी सबै काम नलागेपछि अन्ततस् पुनः सेना परिचालनको नयाँ भय पैदा गर्नमै राज्य व्यस्त रह्यो । यसबीचमा भारतीय सीमानाका बन्द रहे पनि चाइनारबंगलादेश नाका खुल्दैछ भन्ने ध्वाँस दिन पनि लागि रह्यो सरकार। पछिल्लो समयमा कथित राष्टिूय मिडियाहरुको मिलिमतोमा कतिचोटि ‘नाकाबाट आन्दोलनकारी पछि हट्यो, नाका सुचारु भयो’ भन्दै समाचार सम्प्रेषण समेत गरियो । तर त्यसले आन्दोलनकारीमा ‘क्रस चेक’ गर्ने प्रवृत्तिको विकास गराइदियो । स्वयं मिडियाले पनि आन्दोलनकारी पद्धतिको विकास समेत गरायो । राष्टिूय पत्रिका नपढेर खबरभित्रको खबर वा यथार्थ बुझ्न सामाजिक संजाल र स्थानीय पत्रिकाको प्रयोग आन्दोलनकारीहरुले आजकल तीव्र रुपले गर्न थालेका छन् ।
मधेसको ४ महिनादेखिको असहज वातावरण अगाडि पहाडको २ महिने असह्जतालाई ‘मानवीय संकट’ भन्दै प्रचारबाजी गरियो । भारत पुगेर ४ बुँदे सम्झौता गर्दै फर्केपछि मधेसी आन्दोलनकारीहरु अब आन्दोलनरविरोध नगर्ने प्रचारबाजी गर्दै २र३ दिनभित्रै नाका खुल्दैछ भन्ने हल्ला पनि फिँजाइयो । तर सो पनि सम्भव भएन । अनि मधेसीहरु भारतसँग सम्झौता गर्न गएका रहेछन् भन्ने नयाँ बहसमा मधेसलाई र्डोयाइयो । यसकै एक कडी हो राष्टूपतिको जनकपुर भ्रमणका कारण भएको वितण्डा ।
मधेसमा भएको राष्टूपति प्रकरणले राज्यको मधेसविरोधी छवि नै देखिएको छ । दण्ड र भेदको माध्यमबाट मात्रै राज्य चल्दैन । संघीय लोकतान्त्रिक गणतन्त्र त झनै सम्भव छैन । राष्टूपति भए पनि ओलीको नजिकका पात्र मानिएकी विद्यादेवी भण्डारीलाई राष्टूपति बनाइएकै दिन मधेसले पुत्ला दहन कार्यक्रम गरेको थियो । विवाहपंचमीको दिन आउने समाचार प्रेषित हुँदा कुण्ठित भएका आन्दोलनकारीहरुले राष्टूपतिको विरोधमा एकदिन अगावै विरोध कार्यक्रम सार्वजनिक गरेका थिए ।
त्यसो त हिन्दु धर्मको आस्थाको केन्द्र रहेको जानकी मन्दिरमा सो दिन हजारौं भक्तजन राम र सीताको विवाहमा हेर्न हरेक वर्ष बहिरबाट एकत्रित हुने गर्छन् । अयोध्याबाट हरेक वर्ष जन्ती आउने गर्छ । यस वर्ष आन्दोलनले गर्दा भीड अलिक कम थियो । यसरी उर्लिने भीड, हुने विरोध र त्यसको संवेदनशीलतालाई बेवास्ता गरी जनकपुर भ्रमण तय गरियो । राष्टूपतिजस्तो गरिमामय पदमा आसीन व्यक्तिले यस्ता अवस्थाबारे मनन नगर्दा उक्त घटना भएको देखिन्छ । जन्ती आएका एक बाबाले त्यसलाई हिन्दु धर्ममाथिको हमला समेत नभनेको होइन । आज आउने बेलासमेत भारतीय राजदूतको नाउँ भ्रमणटोलीमा नजोडिएको होइन ।
बनवासको समयमा रावणले माता सीताको हरणको षडयन्त्र रचेका थिए । त्यो कार्य असम्भव भएको देख्दा उनले मामा मारिचलाई सघाउन भनेका थिए। त्यही मारिच थिए जसले एउटा हरिणको रुप धारण गरेर राम र लक्ष्मणलाई कुटी त्याग्न मजबुर गरे । अतस् जब कुटी छाडेर रामजीलाई खोज्न जाने बेला लक्ष्मणले कुटीअगाडि एउटा रेखा कोरीदिए । त्यो अहिले पनि रामायणमा लक्ष्मणरेखाको नाउँले प्रसिद्ध छ। त्यही मौका छोपी रावणले एउटा ऋषिको रुपधारण गरी माता जानकीलाई रेखा नाघ्न लगाई उनको हरण गरेका थिए । यसपालि भने मधेस हरण गर्न खोजियो ।
अहिलेसम्मको मधेस परिदृश्यलाई आधार मान्ने हो भने जुनसुकै हालमा आन्दोलनकारीलाई घुँडा टेकाउने ओली मनोविज्ञानले राष्टूपतिलाई जनकपुर भ्रमण रद्द गर्न दिएन । आज राष्टूपति भण्डारी रावणको मामा मारिचझैँ ओलीको नीतिमा प्रयोग गरिएकी एक पात्र भएकी छन् । सीता दर्शनको माध्यमबाट ओलीदम्भको जित र आन्दोलनकारी मनोबलको हारसँगै मधेसहरण गर्नु यस पछाडिको मूल तात्पर्य थियो जुन विफल रह्यो ।
मधेस आन्दोलनको भावनाविरोधी क्रियाकलाप गरेर मधेसी र थारुलगायतका उत्पीडितहरुलाई चोट र्पुयाउने कार्य राज्यले सुरुदेखि नै गर्दै आइरहेको छ । संविधान मधेसविरोधी भएको आवाज सुनिएको दिनदेखि नै बलप्रयोगसँगै नाना जुक्ति अपनाइएको छ नै । साम नीतिबाहेक ४ महिनामा मधेस कब्जाको तिनै नीति ल्याइएको छ जुन तत्काल पूर्ण रुपमा विफल भएको देखिन्छ । मिथकमा विवाह पन्चमीको वितण्डा स्वयम रामले देख्नुभएको थियो । यथार्थमा भने सीता विवाहको माध्यमबाट राज्य र त्यसका सञ्चालकहरुको मधेसविरोधी छवि देखिएको छ । मधेसमा भएको राष्टूपति प्रकरणले राज्यको मधेसविरोधी छवि नै देखिएको छ । दण्ड र भेदको माध्यमबाट मात्रै राज्य चल्दैन । संघीय लोकतान्त्रिक गणतन्त्र त झनै सम्भव छैन । जबकि आन्दोलनरत मधेसको वर्तमान समस्याको हल भनेको ‘साम’ नीतिमा अन्तर्नि्हित छ ।




२०७२ पौष ०५ गते आईतबार

मधेस आन्दोलनको समर्थनमा भारतका पुर्व मन्त्रीको जनजागरण अभियान

२ पौषमा महोत्तरीको सिमावर्ती क्षेत्र भारतको भिठ्ठामोडमा आयोजित गोष्ठीमा बायाँबाट दोस्रो भारत सरकारका 
पुर्व केन्द्रिय मन्त्री हरिबंश प्रसाद सिंह र तेस्रो विहार 
सितामढीका विधायक सुनिल कुमार कुशवाहा ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मधेस आन्दोलनलाई मजबुति प्रदान गर्न र भारत सरकारलाई समेत जनदवाव सिर्जना गर्ने उद्देश्यले भारत सरकारका पुर्व मन्त्री डा.रघुबंश प्रसाद सिंहले नेपाल भारतको सिमाबर्ती क्षेत्रमा जनजागरण अभियान संचालन गरिरहेका छन् । भारतको विहारमा भर्खरै सम्पन्न विधानसभाको चुनावमा ठुलो दल बनेर सत्ता संचालन गरिरहेको प्रमुख घटक राष्टिूय जनता दलका राष्टिूय उपाध्यक्ष समेत रहेका डा.सिंहले नेपाल भारतको करिब १८ सय किलोमिटर सिमावर्ती क्षेत्रमा बैठक, गोष्ठि र अन्तरक्रिया गर्दै मधेस आन्दोलन प्रति नैतिक समर्थन जनाईरहेका छन् । भारत नेपाल मैत्री यात्राको नाउँले उनले भारतको नेपालको सिमानासँग जोडिएको राज्यहरु विहार, उत्तर प्रदेश, पश्चिम बंगाल, सिक्किम र उत्तराञ्चलमा उक्त जनजागरण अभियान संचालन गरेका छन् । डा. सिंहको नेतृत्वमा रहेको उक्त टिमले नागरिक स्तरबाट अभियान संचालन गरेको बताएका छन् । अहिलेसम्म बैरगनिया, रक्सौल, मोतिहारी, कठबेनमा, गोरखपुर, सितामढी, मुझफ्फरपुर, पटना, गोरखपुर, जयनगर, मधुवनी, भिठ्ठामोड, सोनबर्षा लगायत १७ वटा स्थानहरुमा कार्यक्रम गरिसकेको उनले जनाएका छन् । त्यसैगरी सुपौल, अररिया, फारविसगञ्ज, सिलिगुडी, जलपाईगुडी, बस्ती, बहराइच, पिलिभितसम्मको कार्यक्रमहरु तय गरिएको उनले बताएका छन् । सोही क्रममा १ पौषमा भारत विहारको परिहार नौचामा, २ पौषमा सुरसन्डको भिठ्ठामोडमा र ३ पौषमा सोनबर्षामा गोष्ठी सम्पन्न गरेका छन् ।
२ पौषमा सिमाबर्ती भारतको भिठ्ठामोडमा आयोजित कार्यक्रमलाई उनले सम्बोधन गरेका पुर्णपाठ ः
नेपाल र भारत बीच रहेको करिब १८ सय किलोमिटर लम्बाई रहेको सिमा क्षेत्रमा भारत विहारको ७ सय ९ किलोमिटर र उत्तर प्रदेशको करिब ८ सय किलोमिटर र ३ सय किलोमिटरमा पश्चिम बंगाल, सिक्किम र उत्तराखण्डको भुभाग पर्दछ । भारत र नेपाल बीचको सम्बन्ध विश्वको अन्य मुलुकहरु भन्दा फरक किसिमको सम्बन्ध रहेको छ । विश्वमा थुप्रै देशहरु छन् । करिब २ सय ६ वटा देशहरु छन् । सबै देशहरुको एक आपसमा सम्बन्ध रहन्छ । ती देशहरुका बीचमा कुटनीतिक सम्बन्ध रहन्छ । कतिपय देशहरुका बीच कुटनीतिक सम्बन्ध पनि रहँदैन । तर, भारत र नेपाल बीचको सम्बन्ध भनेको हाम्रो शरिरको हड्डी र मासुको टुक्रा हो । बैवाहिक सम्बन्ध छ । सांस्कृतिक सम्बन्ध छ । आज आएर त्यो सम्बन्ध बनेको होइन, धेरै पुरानै जमाना देखि राम जानकीको जमाना देखि वा भनौं त्यो भन्दा पनि पुरानो राजा जनकको जमाना देखि नेपाल र भारत बीच गहिरो सम्बन्ध रहँदै आएको छ । तर, अहिले आएर त्यो सम्बन्धमा खतरा उत्पन्न भएको छ । मैले त्यो देखिरहेको छु । त्यो सम्बन्ध विगार्ने बातावरण बनाइँदैछ । उक्त सम्बन्धलाई न त म टुट्न दिन्छु, न कमजोर हुन दिन्छु । त्यही उद्देश्यका साथ नेपाल भारत मैत्री यात्रा मैले चलाएको छु । जब लोकतन्त्रमा खतरा हुन्छ, जनतन्त्रमा खतरा हुन्छ, बराबरीमा खतरा उत्पन्न हुन्छ, अधिकारमा खतरा हुन्छ तब तब ठुलो आन्दोलन हुन्छ । नेपालमा अहिले त्यही भएको छ ।
    मधेसीसँग भेदभाव भएको छ । विवाह पञ्चमीका दिन जनकपुर मेला र उत्सव हेर्न गएका हाम्रा देशका श्रद्धालु भक्तजनहरु माथि लाठी प्रहार गरियो । भारतका हजारौं श्रद्धालु तिर्थयात्रीहरु राम जानकी दर्शन नगरिकनै फर्किनु पर्यो । धेरै भारतीयहरु घाइते भए । अझै पनि अस्पतालमा भर्ना भएका छन् । जनकपुरमा कोलाहल मच्चाइएको छ । नेपालमा अशान्ति मचेको छ । मधेसीहरु भुखमरीको अवस्थामा आईपुगेका छन् । मान्छे भोकभोकै मर्न सक्ने अवस्था छ । को हो त्यसको लागि जिम्मेवार ? को हो कसुरवार ? कसुरवार नेपाल सरकार हो । आन्दोलनको १ सय ३२ दिन नाघिसक्दा पनि नेपाल सरकारले आन्दोलनरत मधेसीहरुको मागलाई किन स्वीकार गरिरहेको छैन । जब कि मधेसमा पहिले पनि कतिपय आन्दोलनहरु विगतमा भईसकेका छन् । यति मात्र होइन राज्यले सम्झौता समेत गरेको पाइन्छ । तर, त्यो सम्झौता कहिल्यै लागु भएन । यो अन्याय हो कि होइन ? अन्धैर्य हो कि होइन ? त्यसैले मधेसीहरुले गरेको आन्दोलन अन्यायको विरुद्धको आन्दोलन हो । त्यो प्रमाणित पनि भईसकेको छ । अब कहिले समाधान गर्ने हो । धेरै ढिलो भईसक्यो । मधेसीहरुलाई धेरै पीडा छ । कतिसम्म कि बर्णन गर्न सकिन्न । मलाई धेरै मानिसहरुले कुटनीति सिकाउन आउछ । अन्तर्राष्टिूय सम्झौता र मापदण्डको कुरा गर्छ । म त्यो सबै केही जान्दैन । के मात्र जान्दछु भने गाउँमा मेरो घरको छिमेकमा बसेका बासिन्दाहरुले आफ्नो घरका महिलालाई दुवर््यवहार गर्दा वा आक्रमण गर्न खोज्दा वा हिंसा गर्दा वा घरमा आगो लाग्दा वा छिमेकीको घरमा डाकु आउँदा वा कोई बदमास आउँदा वा हल्ला उठ्दा म आफुलाई यो भनेर कसरी बस्न सक्छु कि त्यो मेरो घरको मामिला होइन, छिमेकीको हो । मानवता र व्यवहारले के भन्छ ? केही पनि कोलाहल हुँदा म दौडेर पुग्नु पर्छ । र, अहिले जसरी मधेसमा अन्याय भएको छ त्यो कुरा पटना सम्म पनि पुगेको छैन ।
    धेरै मानिसले अहिले के भनिरहेका छन् भने नेपालमा भारतले हस्तक्षेप गर्यो । तपाईहरु नै भन्नुस नेपालमा अहिले भईरहेको मधेस आन्दोलन विश्व मै कहिँ भएको छ । जसरी नेपाल सरकारले त्यहाँ दमनकारी नीति अपनाएको छ कुनै सरकारले अपनाउछ । सर्लाहीको नवलपुरको सभामा त्यहाँको सरकारले अख्तियार गरेको दमनकारी नीति हाम्रो देशमा व्रिटिश शासकले जलियाबाला बागमा जसरी दमन गरेको थियो, ठिक त्यस्तै झझ्ल्को दिन्छ । त्यहाँ सभामै मानिसहरुलाई पुलिसले गोली चलाएको थियो । मलाई फोटोहरु देखाएको थियो । एक जना महिला मरेका थिए र १७ जना घाइते भएका थिए । हामै्र सितामढीमा उनीहरुको उपचार भईरहेको छ । तर, तिनीहरुको हौसला त हेर्नुस के भनिरहेका छन् भने कति चाँडो ठिक हुन सकिन्थ्यो र फेरी पनि आन्दोलनमा सहभागी हुन सकिन्थ्यो । मलाई तपाईकै मधेसी नेताहरु राजेन्द्र महत्तो, महेन्द्र यादव, जंगीलाल यादव लगायत करिब ८÷१० जना नेताहरुले भेट गर्नुभएको थियो ।
मैले के बुझेको छु भने मधेसमा भईरहेको अहिलेको यो आन्दोलन स्वाधिनता, स्वतन्त्रतता र स्वाभिमानका साथ बराबरीको लागि आन्दोलन भएको हो । मधेसीहरुको जनसंख्या ५१ प्रतिशत रहेको छ । तर, संसदमा ६५ वटा सिट मात्र दिइएको छ । तर, बाँकी रहेको ४८.५ प्रतिशत जनसंख्यालाई १ सय सिट । कहाँ गयो बरावरीको सिद्धान्त । त्यसैले यो संविधानमा कति बदमासी गरिएको छ भन्ने पुष्टि हुन्छ । त्यसैगरी राज्यसभामा पनि बराबरकै आधारमा सिटको वितरण गरिनुपर्दछ । यति मात्र होइन संघीयताका लागि प्रान्तको विभाजन गर्दा उत्तर र दक्षिण गरी प्रान्त बनाइएको छ । अरे भाई मधेसको भुगोल पुर्व देखि पश्चिम हो न कि उत्तर देखि दक्षिण । त्यसैले पहिले अन्तरिम संविधानमा दिइएको दुई प्रदेशको मान्यताका आधारमा प्रान्त निर्धारण गरिनुपर्दछ । अहिलेको संविधान प्रतिगामी संविधान बनेको छ । अन्तरिम संविधान भन्दा पनि पछि हटेको छ । तपाईहरुले जुन भन्नु हुन्छ खस बर्ग त्यसैको संविधान बनेको छ । कहाँ गए प्रचण्ड ? के माकर््सवाद यही हो ? माकर््सवादले त दुनियाँका मजदुरहरु एक हौं भन्छन । तर, यहाँ संविधानमा खोई त बराबरी ?
    त्यसैले मैले अहिले नेपाल सरकारको तीन वटा कसुर देखिरहेको छु । पहिलो, जारी मधेस आन्दोलनमा दमनकारी कारवाही, दोस्रो नेपाल सरकारले माग सम्बोधन नगरी आन्दोलनलाई लामो धकेलेको छ । र, तेस्रो भनेको तस्करी हो । तस्करी कसले बन्द गराउने ? सरकारले होइन । त्यसैगरी भारत सरकारको पनि दुई वटा कसुर मैले देखेको छु । भारत सरकार पनि कम बदमास होइन । नेपाल सरकारले गलत संविधान बनायो र भारत सरकार बेखवर रह्यो , मधेसी नागरिकहरु मारिए भारत सरकार उदाशिन रहे । दोस्रो भनेको नेपाल सरकार र भारत सरकार दुवै देशको शासन प्रशासनको मिलेमतोमा तस्करीलाई बढावा दिएका छन् । त्यसको उद्देश्य के मात्र हो भने मधेस आन्दोलनलाई कमजोर बनाउन सकियोस । २० अगस्तमा नेपालमा गलत संविधान जारी हुन्छ । तर, १८ तारिकमा भारत सरकारले आफ्नो विदेश सचिव एस जयशंकरलाई प्रधानमन्त्री मोदीको दुत बनाएर पठाउँछ । यति ढिलो किन ? पठाए पनि त्यो दुतले के संविधानलाई ब्रेक गर्न सक्यो र ? कहाँ गयो तपाईको रिसर्च एण्ड एनालेसिस विङ्ग (रअ) ? कहाँ गयो तपाईको डिप्लोमेसी ? कहाँ गयो खुफिया तन्त्र ?
 त्यसैले जब जनताको अधिकारको हरण हुन्छ तब शुकरात, प्रल्हाद, ध्रुव जस्ता आन्दोलन हुन्छ । जयप्रकाश नारायण, मार्टिन लुथर किंग, नेल्सन मन्डेला जस्ता नेताले गरेको आन्दोल नझैं अहिलेको मधेस आन्दोलन अधिकार प्राप्तिका लागि आन्दोलन हो । त्यसैले यो कुरा मैले दुवै देशमा बुझाउनु छ । खास गरेर भारतमा बढी बुझाउनु छ । त्यसैले मैले यो बोर्डरको १८ सय किलोमिटर भुभागमा गएर हल्ला उठाएपछि मेरो देशै भरीको मान्छेले जान्न सक्छ भनेर जनजागरण अभियान थालेको हो । त्यो जनजागरण अभियानका कारण मेरो देशको १ सय २५ करोड जनसंख्या भएको मानिसले पनि थाहा पाउन सक्नेछ । त्यसैले म के भन्न चाहन्छु भने मधेसी भाईहरु तपाईहरुको आन्दोलनमा हामी १ सय २५ करोड भारतीय नागरिक पनि साथ छौं । तपाईहरुको आन्दोलन सम्बोधन हुनमा अवस्य नै केही वढी समय लागिरहेको छ । १ सय ३२ दिनको आन्दोल नभईसकेका छन् । ५४ जना जति निर्दोष मधेसी नागरिकहरुले सहादत दिईसकेका छन् । तपाईहरुले लगाउनु भएको नाकाबन्दी ८२ दिन भन्दा वढीको भईसकेको छ । तपाईहरु अत्यन्तै कष्ठमा हुनुहुन्छ । त्यसको लागि कसुरवार त नेपाल सरकार हो । किनभने उसले सम्बोधन नै गरेन । त्यसको कारण के भयो भने हाम्रो ध्यान पनि त्यता जान सकेन । किनभने हामी पनि आन्तरिक चुनावमा व्यस्त थियौं । तपाईहरुलाई थाहै छ विहारमा विधानसभाको चुनाव भएको थियो । बल्ल आएर ४ तारिकमा फ्रि भएको छु । जब कि चुनावकै क्रममा दुई दिन सितामढी र मुझफ्फरपुरमा मैले हल्ला उठाएकै हुँ । तर तपाई सोच्न सक्नु हुन्छ कि हाम्रो चुनावको लडाई साधारण लडाई थिएन । नरेन्द्र मोदी कुदी कुदी ४० वटा सभाहरुमा भाषण गरेका थिए । के बिजुली पाउनु भयो भनेर प्रश्न गर्थे ? मिलेन । पाउनु भएन । उनको प्रस्तुतीलाई लिएर आम जनताले पनि के गुनासो गर्यो भने देशको प्रधानमन्त्री जस्तो व्यक्तिले कसरी बोलेको होला । हाम्रै देशको प्रधानमन्त्री जवाहरलाल नेहरु देखि लाल बहादुर शास्त्री हुँदै डा.मनमोहन सिंह सम्मका प्रधानमन्त्रीहरु दुई चार वटा सभामा आएर उच्च स्तरिय भाषण गरेर जाने गर्थे । तर, मोदी त गाली गलौजमा ओर्लिए । त्यसैले हामीलाई धेरै ठुलो चुनौती थियो । हामी त्यसमा व्यस्त थियौं । त्यसैले तपाईहरुलाई धेरै लामो आन्दोलन तान्नु पर्यो । तर पनि बीच बीचमा म छटपटाई रहेको थिएँ । मान्छेलाई म भन्ने गर्थें कि नेपालमा मधेसी सँग अन्याय भईरहेको छ । अब बिहारमा सरकार बनिसकेको छ । उत्तर प्रदेशको गोरखपुरमा पनि मलाई ढिलाई गरेर जानु पर्यो । किनभने त्यहाँ पनि बाध्यता थियो । त्यहाँ पञ्चायतको चुनाव चलिरहेको थियो । १० तारिकमा चुनाव थियो र १३ तारिकमा त्यहाँ गणना थियो । गणनाकै दिन म त्यहाँ पुगेको थिएँ । अब त्यहाँ पनि चुनाव छैन र विहारमा पनि चुनाव सकिएको छ । अब हामीलाई सहज भएको छ । यो खरमास (पुष महिना) भन्दा बढी नाघ्दैन तपाईहरुको आन्दोलन । गत महिना मंसिरमा विहेको लगन पनि धेरै तेज भईसकेको थियो । तर, अब तपाईहरुको लडाई बढी जाँदैन । त्यसैले अब अलि अरु बल लगाउनु छ लडाईमा । एक दिनमा  जब मेरो यो १८ सय किलोमिटर दुरीको यात्रा पुरा हुन्छ तब एक दिन तपाईहरुलाई सत्याग्रही बनाउँदै काठमाण्डौ सम्मको यात्रा तय गर्नेछु । त्यसैको तयारी हो यो नेपाल भारत मैत्री यात्रा । दुवै देशका बीचमा जुन खटास उत्पन्न भएको छ, त्यसलाई अन्त्य गर्न पनि यो यात्रा गरिएको हो । मैले देखिरहेको छु चीनले पनि षड्यन्त्र गरिरहेको छ । जब एक समयमा चीनले तिब्बतलाई हत्याउन लागेको थियो तब भारतकै कारण विफल भएको थियो । त्यहाँ भारत चुकेको कारण चीनले तिब्बतमाथि कब्जा जमाउन सक्यो ।
    त्यसैले भारतले त्यस्तो चुक फेरी नगरोस, यही सभाका माध्यमले भारत सरकारलाई सावधान गराउन चाहन्छु । कुन खुफिया तन्त्रका मानिसहरु छन् यहाँ तिनीहरुले लेखापढी गरेर भारत सरकारलाई भने हुन्छ । गएर भन कि भारत सरकारले चुक नगरोस । डा. राममनोहर लोहिया साहवले गर्नुभएको थियो हिमालय बचाऊ आन्दोलन । सन् १९६२ मा एउटा नेपाली कविले कविता लेखेका थिए । शंकरपुरीमा चीनको आक्रमण भयो, ४४ करोडलाई हिमालयले पुकारेको छ । त्यतिबेला हाम्रो जनसंख्या ४४ करोडकै थियो । अहिले त १ सय २७ करोडमा पुग्दैछौं । यदि चीनले नेपालमा उत्पात सुरु गर्छ भने १ सय २७ करोडलाई हिमालयले पुकारेको छ भन्ने मौका नआवोस भन्दै भारत सरकारलाई पहिले नै म सचेत गराउन चाहन्छु कि नेपाललाई बचाउनु छ । त्यो नेपाल जो हाम्रो नातेदार पनि हो । यो देश स्वतन्त्र रहोस । लोकतन्त्र झन् बलियो होस । स्थायित्व होस । समानता सहितको अधिकार हरेक नागरिकलाई प्राप्त होस । जनसंख्याको अनुपातमा निर्वाचन क्षेत्र निर्धारण होस । राज्यको पुर्नसंरचना गर्दा मधेसीको अधिकार सहितको पहिचान सहितको प्रान्त बनोस । मधेसी आन्दोलन मलाई जायज लाग्दछ । त्यसैले हिन्दुस्तानको मिडियाको पनि अहम भुमिकाको आवश्यकता छ । किनभने त्यहाँको मिडिया राज्यको पक्षमा छ । त्यसकारण सिंगो भारतलाई जानकारी गराउन पनि भारतको मिडियाको ठुलो भुमिकाको खाँचो छ । मधेसीहरु माथि जति जोर जुलुम भईरहेको छ त्यो कुरा हिन्दुस्तानका मानिसहरुलाई अहिलेसम्म थाहा नै भएको छैन । अत्याचार भएको छ । गोली चलेको छ । मान्छे मारेका छन् । यत्रो ठुलो आन्दोलन भईरहेको छ । यी सबै कुराहरु भारतमा थाहा नै हुन सकेको छैन । त्यसैले यो यात्रामा मिडिया फर बोर्डर हार्मनी पनि आवद्ध छ । मैले धेरै ठाउँमा बैठक गरिसकेको छु । मैले ती पाँच वटै प्रदेशका मुख्य मन्त्रीहरुको पनि बैठक गरिसकेको छु ।
    ती मुख्य मन्त्रीहरुले पनि भारत सरकारलाई लेखापढी गरोस । यहाँको सबै पार्टीहरुलाई मैले अनुरोध गरिसकेको छु । जुन छिमेकीको दुखबाट हामी दुःखी हुन्छौं र खुशीबाट खुशी हुन्छौं, त्यहाँ अहिले पनि भुकम्पको पीडा कम हुन सकेको छैन । त्यहीबेला यो मधेसीहरु माथि धेरै ठुलो पीडा आएको छ । ती सबै पीडाहरु अन्त्य हुन सकोस । हाम्रो लक्ष्य हो । अहिलेसम्म तपाईहरुको आन्दोलनमा नैतिक समर्थन मात्र रहेको छ । र, अब आवश्यक पर्यो भने सक्रिय सहभागी पनि हुन सक्छौं । त्यसैले अन्तिम विजयी मधेसीको हुन्छ नै । किनभने जनताको आवाजलाई कसैले दवाउन सक्दैन । खाली के ध्यान दिनुस भने तपाईको लडाई हिंसक नहोस । किनभने त्यसको परिणाम राम्रो हुँदैन । महाभारतको लडाई त भएको थियो । मारकाटको लडाई भएको थियो ।
    तर त्यसको परिणाम राम्रो भएको थिएन । धेरै मानिसहरु मारिएका थिए । त्यसैले म के भन्छु भने महात्मा गान्धीको बाटो अपनाउनुस । भारतीय नागरिक आशिषरामको पनि सहादत भएको छ मधेस आन्दोलनमा । मैले भारत सरकार र विहार सरकारलाई त्यस बारेमा लेखिसकेको छु ।  ती सबै सहिदहरुको सहादत बेकार जाने छैन । मधेसको अधिकार प्राप्ति गराई छाड्छु यही मेरो संकल्प पनि हो । मधेसको जित सुनिश्चित छ । अन्तिम धक्का दिनुस ।

२ पौषमा महोत्तरीको सिमावर्ती क्षेत्र भारतको भिठ्ठामोडमा
 आयोजित गोष्ठीमा बायाँबाट दोस्रो भारत सरकारका 
पुर्व केन्द्रिय मन्त्री हरिबंश प्रसाद सिंह र तेस्रो विहार 
सितामढीका विधायक सुनिल कुमार कुशवाहा ।


२०७२ पौष ०५ गते आईतबार

माफ गर्नुहोला राष्ट्रपतिज्यू, बिनानिम्तो आउँदा स्वागत हुँदैन : रोशन झा

सुस्ताएको मधेस आन्दोलनलाई पुनः प्राणवायु दिएकोमा धन्यवाद छ, प्रथम महिला राष्टूपति एवं गणतान्त्रिक नेपालका द्वितीय राष्टूपति विद्यादेवी भण्डारीलाई । नेताहरूको दिल्ली दौडाहापछि शिथिलतातिर गएझैँ देखिएको मधेस आन्दोलनलाई पुनः गतिशील बनाउन उनले शान्त पोखरीमा ढुंगा फालेकी छिन् । अहिले त उनी स्वतन्त्र छिन् र हुनुपर्छ पनि । तर, हिजो उनी एमाले नेतृ थिइन् ।
आज जसरी मधेस आन्दोलनमा छ, यो एकैपटक सतहमा देखिएको आन्दोलन होइन । यो सतहमा आउनुमा ठूला पार्टीहरु र सत्ताधारी पार्टीको भूमिका छ नै । वास्तवमा मधेस आन्दोलन आज जुन उचाइमा पुगेको छ, यसमा उपेन्द्र, महन्थ वा राजेन्द्रको राजनीतिभन्दा एमालेका शीर्षस्थ नेता केपी ओली, माधव नेपाल, झलनाथ खनालहरुको बोलीले बढी काम गरेको देखिन्छ । त्यस्तै, मधेस आन्दोलन यो उचाइमा पुग्नुमा सबैभन्दा ठूलो पार्टी कांग्रेसका नेता सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरु पनि जिम्मेवार हुने नै भए । र, एमाओवादी नेता प्रचण्ड, नारायणकाजी श्रेष्ठको भूमिका छ नै ।
परापूर्व कालमा हिमालय ऋषिकी छोरी तथा महादेवकी पहिलो पत्नी सती बिनानिम्तो उनको बाबाले आयोजना गरेको यज्ञमा गएको र त्यो यज्ञ विध्वंश भएको इतिहास छ । त्यही इतिहासलाई दोहोर्याउँदै मधेसी जनताले राष्टूपतिको रुपमा ‘नचिनेको’ तथा बिनानिम्तो आएकी भूतपूर्व क. विद्यादेवी भण्डारीले राम जानकी विवाह महायज्ञलाई ध्वंश गरेकी छन् । देशको नागरिक देशभरि घुम्नु, तीर्थ जानु, मन्दिर, मस्जिद, चर्च लगायतमा जानु सामान्य हो । तर, देशको उच्च पदमा आसिन व्यक्तित्व बिनानिम्तो कुनै पनि समारोहमा जानु हुँदैन, गए सम्मान पाइँदैन । यो कुरा देशको सर्वोच्च पदमा आसीन व्यक्तिले बुझ्नुपर्ने हो । उनलाई सल्लाह दिने सल्लाहकारले पनि उनलाई सम्झाउनुपर्ने हो । तर, न त राष्टूपति र उनका सल्लाहकारहरूले नै उचित निर्णय गरेको देखिन्छ ।
सैन्य बलको भरमा जानकी मन्दिरलाई छाउनीमा परिणत गरी भण्डारीले जुन ताण्डव प्रस्तुत गरिन्, त्यसलाई जनकपुरले वर्षौं स्मरण गरिरहनेछ । विवाह पञ्चमीको इतिहासमा पहिलोपटक श्रद्धालुले प्रहरीको लाठी खाएका छन् । राम जानकीको डोली नगर परिक्रमा गरेको छैन । उत्सव कर्मकाण्डीय हिसाबमा मात्र मनाइएको छ, त्यो पनि अन्तिम समयमा युवा क्लबहरूको अगुवाइमा, जसले जनकपुरको अस्मिताप्रति चिन्ता गर्छ र त्यसको रक्षाका लागि सधैंभरि प्रयत्नशील रहन्छ ।
भूतपूर्व कमरेड भण्डारीलाई विवाह महोत्सवको मूल आयोजक जानकी मन्दिरले आमन्त्रण गरेको होइन । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास चिच्याइचिच्याई कसैलाई पनि निम्तो नगरेको बताउने गरेका छन् । उनी निर्वा्चित हुँदै गर्दा ब्लाक आउट गरेका मधेसी जनताले उनलाई ‘राष्टूपति’को रुपमा चिन्दैनन् । उनलाई थाहा हुनुपर्ने हो, अब उनी एमालेको कार्यकर्ताभन्दा पनि देशको राष्टूपति हुन् । उनका व्यवहार, विचार, बोलाई तथा गराईले बृहत राष्टिूय एकतालाई परिलक्षित गर्नुपर्छ । तर उनी मधेसी जनताको व्यापक विरोधका बाबजुद हठजोडले जनकपुर आइन् । उनले पूर्वराष्टूपति डा. रामवरण यादवबाट केही सिक्न सकिनन् । प्रथम तथा द्वितीय मधेस आन्दोलनलाई व्यापक विरोध गरेका यादव राष्टूपतिको रुपमा सधैं सन्तुलित भाषा प्रयोग गरे र सन्तुलित व्यवहार प्रदर्शन गरे, विद्वताको महत्त्व यहाँनेर झल्किन्छ ।
हुन त राष्टूपति भएपछि भण्डारी स्वतन्त्र भएकी छिन्, हुनु पनि पर्छ । कम्युनिस्टहरू भगवानलाई मान्दैनन् । उनीहरू भौतिकवादमा विश्वास गर्छन् । अझ अहिले गणतन्त्रमा गइसकेको जुन अवस्था छ, जीवनका सम्पूर्ण समय कम्युनिस्ट आन्दोलनमा बिताएकी, कम्युनिस्ट विचार र व्यवहारबाट दीक्षित उनीमा जानकी माताको दर्शनको उत्कट लालसा कसरी जागृत भयो ? के नेपालका कम्युनिस्ट ढोंगी हुन्छन् ? होइन भने उनी एमालेको एजेन्ट भएर आन्दोलनको पारो नाप्न उत्रेकी हुन् त ? यस्ता प्रश्नलाई पनि नकार्न सकिँदैन ।
जानकी मन्दिरभित्र चप्पलजुत्ता लगाएर जानु निषेध छ । तर, उनको सुरक्षामा खटिएका सेना जुत्ता लगाएर मन्दिरको गर्भ गृहभित्र पनि प्रवेश गरे । मूल्य(मान्यताका दृष्टिले अपवित्र मानिने कुकुरसमेत जानकी मन्दिरको छतहरूमा देखियो । झाँकी प्रदर्शनका क्रममा राम जानकीको प्रतीक बनेकाहरूलाई उठाएर भण्डारी उनीहरूको आसनमा बसिन् । राष्टूपतिजस्तो व्यक्तिमा यतिको समान्य शिष्टाचार त हुनुपर्ने हो । के उनी कुमारीलाई हटाएर उनको आसनमा बस्न सक्छिन् ? उनको कुकृत्यबाट जानकी मन्दिर स्तब्ध छ, जनकपुरवासी स्तब्ध छ । त्यसैले उनीहरू जानकी मन्दिरलाई चोख्याउन पूरै मन्दिरलाई सफा गरेका छन् । गंगाजल छर्केका छन् र क्षमापूजा पनि गरेका छन् । राष्टूपतिको आगमनले विवाहोत्सव बिथोलिएकाले जनकपुरवासीले जानकी मातासँग क्षमा मागेका छन् ।
त्यसैले यो पंक्तिकार अनुरोध गर्न चाहन्छ । राष्टूपतिज्यू, तपाईंलाई मिथिलाको त्यत्तिको परवाह छ भने, यहाँको जनताको भावनालाई सम्मान गर्नुपथ्र्यो । विगत चार महिनामा चार बुलेट ग्यास आएको छैन । जनता त्राहिमाममा छन, दानापानीको अभाव भएको छ । बैंकहरू खुलेका छैनन, कठ्याङ्ग्रिदो जाडोमा सानासाना बालबालिका बिहानबिहानै स्कुल जान बाध्य छन् । काठमाडौंमा आपूर्ति सहज गर्न दिल्ली तथा बेइजिङ धाउने सरकारलाई जनकपुर त्राहिमाममा छ भनेर भन्दिनुस् न । तपाईंकै पूर्वपार्टीको सरकार छ, तपाईंले भनेको कसो नसुन्ला र ? तर, परिस्थितिले यस्तो देखाउँछ( तपाईंलाई त शक्ति परीक्षण गर्नु थियो, गर्नुभयो र जनकपुरका जनताबाट लखेटिनुभयो । राष्टूपतिज्यू, जनताको तागत अगाडि कसैको तागत चल्दैन, तपाईंको सुरक्षामा खटिएका सेनाले जनआक्रोशलाई थाम्न सकेन । कालो झन्डाले स्वागत गरेका जनकपुरवासीले तपाईंलाई ढुंगा हान्दै बिदाइ गरे ।
तर, यसबाट मधेस आन्दोलनलाई बल पुगेको देखिन्छ । धान भित्र्याउन गाउँ पसेका आन्दोलनकारी यसै मेसोमा सदरमुकाम फर्केका छन् । आन्दोलनको स्वरुप फेर्न बल गर्न थालेका व्यापारी बन्दलाई अझ कडा बनाउन उद्घोष गर्न थालेका छन् । पठनपाठनमा सक्रिय हुन थालेका विद्यार्थी पढाइ र आन्दोलनलाई सँगै लैजाने ‘मुड’ बनाउन थालेको देखिन्छ । महिलाहरू झाडु लिएर र युवाहरू लाठी लिएर आन्दोलनमा होमिएका छन् । आन्दोलन फेरि उत्कर्षमा पुग्ने वातावरण बनिसकेको छ ।
तर, तपाईंहरूको जठजोड र शक्ति परीक्षणले घाइते भएका दर्जनौँ दर्शनार्थीलाई उनको घाउको हिसाब चाहिन्छ । अंगभंग भएका मानव पिण्डले आफ्नो हरेक रगतको कतराको हिसाब माग्दै छ । निर्दोष दर्शनार्थीले पक्कै पनि तपाईंलाई श्राप दिएका होलान् । जानकीले हिसाब माग्नेछिन, जनकले हिसाब माग्नेछ, भनिन्छ कि अन्यत्र गरेको पापबाट जनकपुरधाममा मुक्ति पाइन्छ, तर जनकपुरमा गरेको पापबाट मुक्ति पाउने स्थान अन्यत्र कहीँ छैन ।


२०७२ पौष ०५ गते आईतबार

मधेसी मोर्चाद्वारा आन्दोलन घोषणा, मधेसमा मात्रै वार्ता गर्ने

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ११ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । साथै उसले अब मधेसमा मात्रै वार्ता गर्ने बताएको छ । राजधानीमा दुई दिनसम्म चलेको मधेसी मोर्चाको बैठकले पुस ५ देखि १५ गतेसम्म आन्दोलनका कार्यक्रम तय जसेको छ । जसमा संविधान संशोधन विधेयक जलाउनेदेखि मन्त्रीदेखि सांसदलाई जिल्ला प्रवेशमा रोक लगाउनेसम्म छ । मधेसी मोर्चाले ५ गते जिल्ला सदरमुकाममा र ७ गते नगरपालिका र गाविसमा संविधान संशोधनको विधेयकको प्रति जलाउने घोषणा गरेको छ । यसैगरी पु्स ९ गते मसाल जुलुस निकाल्ने, ११ गते जिल्ला सदरमुकामहरुमा प्रदर्शन र सभा गर्ने र १५ गते सरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने मधेसी मोर्चाको कार्यक्रम छ ।
मधेसमा मात्रै वार्ता गर्ने
मधेसी मोर्चाले सरकार वार्ताप्रति गम्भीर नभएको आरोप लगाएको छ । मधेसी, दलित, जनजाति लगायतको मुद्धा सम्बोधनप्रति सरकारको प्रष्ट दृष्टिकोण नभएको भन्दै उनले सरकारको हचुवापनाले वार्ता औचित्यहीन बन्न पुगेको बताएको छ । बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले सरकारले बलपूवर्क संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै विरोध गरे । उनले अघि भने(हाम्रा धेरै साथीहरु काठमाडौं छाडेर जिल्ला जिल्ला गइसकेका छन् । र, हामी पनि जिल्लातिर जाने हो । यदि सरकारलाई वार्ता गर्ने इच्छा छ भने मधेसमा नै आउनुपर्छ ।’
शिर्ष नेता मधेसमै खटिने
जारी मधेश आन्दोलन फेरी चर्काउने उदघोष गरेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आफनो शिर्ष नेताहरु लाई मधेश भरी नै खटाउने तयारी गरेका छन । खास गरी पछिल्लो समयमा अली फितलो हुदै गएको आन्दोलनलाई थप सश्क्क्त बनाउन लागेको भन्दै नया कार्यक्रमहरु सार्वजनिक गरेको मोर्चाले  स्थानिय आन्दोलनकारीहरुमा अन्योल वढन  थालेकाले शिर्ष नेताहरुलाई मधेशमै बस्ने रणनिती बनाएका छन । जस अनुसार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पुर्व क्षेत्रको कमाण्ड गर्दै विराटनगर केन्द्र बनाएर आन्दोलनमा खटिने छन भने तमलोपा अध्यक्ष महन्थ ठाकुर पश्चिममा खटिने छन । यस अघि देखि नै सदभावना अध्यक्ष विरगंजमा बस्दै आइरहेका छन । त्यसैले महतो विरगंज मै बसेर मध्यको आन्दोलनलाई नेतृत्व गर्ने छन । त्यसैगरी तमसपाका अध्यक्ष महेन्द्र यादव सर्लाहीमा बस्ने योजना छ । यसरी मोर्चामा आबद्ध शिर्ष नेताहरु आफै मधेशका विभिन्न भागमा बसेर आन्दोलनको नेतृत्व गर्ने जनाइएको छ । मोर्चामा आबद्ध सवै तहका नेताहरुलाई काठमाडौ छाडेर मधेशमा आ आफना क्षेत्रमा पुगेर आन्दोलनमा सहभागीता तथा त्यहा सक्रियता जनाउन मोर्चाले आन्तरिक रुपमा भनिसकेका छन । खासगरी  दुई हप्ता अघि मोर्चाका शिर्ष नेताहरु दिल्ली भ्रमण गए पछि जिल्लाहरुमा रहेका मधेशी सवै केन्द्रिय नेताहरु मधेश छाडेर काठमाडौ आएका थिए । जसका कारण स्थानिय स्तरमा आन्दोलनकारीहरु विचको सम्वन्यमा ठुलो समस्या देखिन   थालिएको थियो ।
हिजो र आज गरी दुई दिने मोर्चाको औपचारिक बैठकले गरेको निर्णयहरु आज काठमाडौमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ । मोर्चाले सार्वजनिक गरेको नया आन्दोलनको कार्यक्रमहरु आउदो १५ गते सम्मका लागी छन । सार्वजनिक गरिएको कार्यक्रमहरु अनुसार संसदमा प्रस्तुत गरिएको संशोधन विद्येयक जलाउने देखि लाठी जुलुस सहित ठुला ठुला सभाहरुको आयोजनहरु छन ।
वार्ता काठमाडौमा नगर्ने ठाकुरको भनाई
जारी मधेश आन्दोलनको सुरु देखि नै वार्तामा नेतृत्व गरीरहेको मोर्चाका एक घटक तमलोपा अध्यष महन्थ ठाकुरले अव सरकार संगको वार्ता काठमाडौमा नहने उदघोष गरेका छन । मोर्चाको नयां कार्यक्रमहरु सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा ठाकुरले भने, हामीले लचीलो भएर सुरु देखि नै अहिले सम्म १५ पटक वार्तामा बसी सक्यौ तर सरकार पक्षमा यस प्रति गम्भिर भएन, वरु आजको मिती सम्म आन्दोलनलाई खिल्ली उडाउने काम भएको छ । मोर्चाको वैठकले प्रमुख दलहरु संग वार्ताको औचित्य समाप्त भइसकेको बताउदै ठाकुरले भने, यदी सरकार पक्षले कुरा गर्न खोज्यौ भने अव मधेशमै आउनु पर्ने हुन्छ ।
केहि हप्ता अघि मात्रै सरकार परराष्टमन्त्री कमल थापाले दिल्ली साक्षीमा अघि सारेको ४ बुदे रोडम्याप आफुहरुले स्विकार गर्ने ठाकुरले बताए । उनले भने, हामीले दिल्ली जादा पनि आफनो कुरा राखेर आएका छौ, त्यो रोडम्याप अनुसार हामी सहमती गर्न सक्दैनौ । ठाकुरले जारी गरिएको नयां संविद्यानमा अत्यद्यिक त्रुटि रहेको भन्दै यसको पुर्नलेखन मार्फत मधेशको मुद्धा सम्बोधन हुनु पर्छ भन्ने आफुहरुको मान्यता रहेको स्पष्ट पारे । संघियताको सिमाकंनलाई आफनो वटम लाईन बनाएको मोर्चाले मधेशमा दुई प्रदेश हुनु पर्ने अडानमा छन । एक अर्को प्रसंगमा तमलोपा अध्यक्ष ठाकुरले पछिल्लो समयमा दिल्लीले ४ बुदे रोडम्याप मार्फत मधेशी मोर्चालाई अघि वढन दबाब दिइरहेको सन्दर्भमा आएको कुरालाइ अस्विकार गरे । ठाकुरले भने, अहिले सम्म हामीलाई त्यस्तो कुनै दबाब आएको छैन । जारी मधेश आन्दोलनमा भारत सहित अन्य सवै विदेशी मुलुकहरुमो समर्थन रहेको ठाकुरको भनाई छ । खासगरी पछिल्लो समयमा दिल्लीले जारी मधेश आन्दोलनको सुरुमा देखाएको समर्थन पछिल्लो समयमा वदलिएको भन्नेर आईरहेको समाचारहरुलाई ठाकुरले निराधार बताए । उनले भने, नेपालमा भएको हरेक लोकतान्त्रिक अधिकारको लडाइमा भारतको समर्थन थियो र अहिले पनि मधेशीहरुले आफनो अधिकार प्राप्तिको लागी गरिरहेको आन्दोलनमा भारतको नैतिक समर्थन रहेको छ ।
राजनीतिक संकट चाँडै टुङ्गयाएर अघि बढ्न कांग्रेस र मधेसी मोर्चा सहमत
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तराई(मधेस आन्दोलन र संविधान संशोधनको विषयमा केन्द्रित भएर छलफल भएको छ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको महाराजगञ्जस्थित निवासमा आज बिहान भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक संकट यथाशक्य छिटो टुङ्ग्याएर अगाडि बढ्ने सहमति भएको थियो ।
सो अवसरमा नेपाली कांग्रेसले व्यवस्थापिका(संसदमा पेस भएको संविधान संशोधनसम्बन्धी विधेयकबाट आन्दोलनका मुद्दालाई सम्बोधन गरेर अघि बढ्ने सन्दर्भमा आधार तयार गर्ने भएकाले त्यसमा सहयोग गर्न मोर्चालाई आग्रह गरेको थियो । संशोधन विधेयकमा राज्यका प्रमुख अंगहरुमा समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात् गर्ने र हालको जिल्लाको इकाइलाई कम्तीमा पनि एक निर्वाचन क्षेत्र कायम गरी जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रावधान राखिएको छ ।
कांग्रेसले मोर्चालाई संशोधन विधेयकलाई थप परिमार्जन गर्न सकिने विभिन्न पक्षहरुका बारेमा जानकारी गराउँदै त्यसमा मोर्चासँग आवद्ध दलहरुको सहमति लिएर आउन आग्रह गरेको थियो । मोर्चाले भने संसदमा पेस भएको संशोधन विधेयकले आन्दोलनका मागहरु सम्बोधन गर्न नसक्ने भएकाले प्रमुख मुद्दाका रुपमा रहेको प्रदेशको सीमासम्बन्धी विषयमा कांग्रेसको स्पष्ट जवाफ माग गरेको थियो । यद्यपि, कांग्रेसको उक्त प्रस्तावलाई मोर्चाले सकारात्मक लिँदै त्यसबारे आवश्यक छलफल गरेर आउने जवाफ दिएको थियो । नेपाली कांग्रेसका प्रवक्ता दीलेन्द्रप्रसाद बडूले मधेसी मोर्चाका मागलाई सम्बोधन गर्न के(कस्ता विषयलाई कसरी समेट्न सकिन्छ भन्नेबारे छलफल भएको जानकारी दिए  ।
‘संसदमा पेस भएको संविधान संशोधन विधेयकमार्फत मोर्चाले उठाएका मागलाई कहाँ, कसरी समेट्न सकिन्छ, नमिलेको विषय के हो र कसरी मिलाउन सकिन्छ तपाईँहरुको स्पष्ट धारणा ल्याउनुस् भनेका छौँ, उहाँहरुले सरसल्लाह गरेर आउछौँ, भन्नुभएको छ,’ प्रवक्ता बडूले भने । नेपाली कांग्रेसले वार्ता, संवाद र सहमतिबाटै अहिलेको समस्या हल गर्न सकिने भएकाले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न मोर्चालाई आग्रह गरेको थियो । मोर्चाको एक घटक तराई(मधेस लोकतान्त्रिक पार्टीका प्रवक्ता सर्वेन्द्रनाथ शुक्लाले मोर्चाका नेताहरु काठमाडौँमै रहेको र उनीहरुले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग संविधान परिमार्जन सम्बन्धमा कुराकानी भएको जानकारी दिए ।
छलफलमा कांग्रेसका तर्फबाट पार्टी सभापतिसहित अन्य पदाधिकारी र मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

२०७२ पौष ०५ गते आईतबार