Monday, September 15, 2014

सामाजिक कार्यमा राम यूवा कमिटीको योगदान

प्रमोद चौधरी
२०४६ सालको जनआन्दोलन पश्चात नेपालमा निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य भएर प्रजातन्त्रको वहाली भयो । प्रजातन्त्र प्रति आस्था राख्ने यूवाहरु संगठित हुन नपाइरहेको, पञ्चायतकालमा कुनै पनि संघ संस्था दर्ता गर्नु परे त्यो संस्था राजावादी हुनु पथर््यो । राजाको जन्म दिन मनाउनु पर्ने, मरन दिन मनाउनु पर्ने, तत्कालिन व्यवस्था विरुद्ध जान नसक्ने स्थितिका कारण प्रजातन्त्र माथि विश्वास गर्ने संगठन तथा संस्थाहरु प्रतिवन्धित थिए । प्रजातन्त्रको पुनर्वहाली भए पश्चात कानुन विधि व्यवस्था तथा प्रहरी प्रशासनको शुन्यता स्थिति भयो । पनि कसैले नमान्ने, भए त्रासको निर्माण भयो । प्रहरी प्रशासन मौन बसेपछि कहिं आतङ्क त सिर्जना हुँदैन । र हरेक समयमा के देखिन्छ भने पराजित भएका शक्ति विभिन्न उपद्रवहरु गर्ने गर्थे । दरवार पक्षले नै प्रेरी खुकुरी दल वा कुनै दल गठन गर्ने हो कि, जनधन को रक्षा हुुन पाउँछ की पाउँदैन, त्यो परिस्थितिबाट समाजलाई कसरी जोगाउने भनेर यूवाहरुको चिन्ताले जनकपुरका केही यूवाहरु संगठित भए । त्यो बेला धेरै यूवाहरु संगठित भई राति राति पहरेदारी दिने काम सुरु भयो । पहरेदारीको क्रम सुरु भए सँगै रामचौकका यूवाहरुले चिन्तन मन्न गरेर श्री राम यूवा कमिटिको नाउँमा यूवाहरुलाई संगठित गर्ने काम सुरु भयो । रामबाबु साहको अध्यक्षतामा २०४७ साल भाद्र १८ गते श्री राम यूवा कमिटिको स्थापना भयो । कमिटिको स्थापना भए लगत्तै असोज कार्तिकमा विजयादशमीको बन्दोवस्ती कसरी गर्ने भन्ने प्रथम प्राथमिक विषय बन्यो । महापर्वको रुपमा मनाइने गरेको पर्व विजयादशमी तथा राजदेवी मन्दिरमा हुने पूजा आजा तथा बोकाको बली कार्यलाई कसरी सरह तथा सरल ठेगले व्यवस्थापन गर्न सकिन्छ भन्ने सवालमा उक्त कमिटिले प्रस्ताव अगाडी ल्यायो । हजारौं भक्तजन आउँदा भीड अनियमितता हुन गए प्रहरी प्रशासनले सुरक्षा प्रदान गर्न नसके एउटा ठुलो दुर्घटना पनि हुन सक्ने सम्भावना थियो । दशमीको कार्यक्रम संचालन गर्नु भन्दा पहिले प्रशासनिक निकाय र राजनीतिक दलका मान्छहरुलाई बोलाई गुठी संस्थानले वैठक डाक्ने परम्परा भयो । चिन्तन मनन गरी विजयादशमी मनाउने कार्ययोजना बनाउने गुठी संस्थानको परम्परा रहि आएको छ । सोही बेला राम यूवा कमिटिका पदाधिकारीले गुठी संस्थानमा गएर दुई दिन पछि डाकिने उक्त वैठकमा आफुहरुलाई पनि सहभागी गराउनु पर्छ । भनेर भन्दा गुठी संस्थानमा कार्यरत पञ्चायतकालिन मानसिकता बोकेका कर्मचारीहरुले मानेनन । यूवाहरुलाई किन सोहनु पर्छ । यो त प्रशासनिक निकाय र गुठी संस्थानका कर्मचारीहरुले गर्ने काम हो भनेर रामयूवा कमिटिको प्रस्तावलाई अस्वीकार गर्यौ । त्यसपछि यूवाहरुले बल प्रयोग गरी हामीलाई चिठी काट्नै पर्छ भनेर धम्की दिदा बीच वचाव गर्न गुठीका सहायक कर्मचारी नारायण प्रसाद भट्टराईले रामयूवा कमिटि र महावीर यूवा कमिटीलाईू आउन एउटा औपचारिक पत्र लेखे । त्यसपछि गुठीका प्रमुखले यूवाहरुले हामीलाई धम्काउन आयो, धम्काएर जवरजस्ती चिठी लिएर यो वैठकमा आयो भनेर उजुरी नै दाले । संयोगवश डिएसपी कार्यालयका प्रमुख तत्कालिन डिएसपी रोहित बहादुर थापाले सकारात्मक रुपमा लिई युवा क्लबका साथीहरु दशैंको कार्यमा योगदान गर्न चाहन्छन भने तिमीहरुलाई पनि मौका प्रदान गरिनु पर्छ भनेर समर्थन गरेपछि यूवाहरु झन हौसिए । त्यसपछि कसरी काम गर्ने, व्यवस्थापन गर्ने योजना ल्याउन भनियो ।
रामचौकमा राम यूवा कमिटीद्वारा निर्माणाधिन श्रीराम टावर ।
पञ्चायतकालमा ५ सय, ६ सय बोका काटन साँझ ५ बजे देखि विहान २÷३ बजे सम्म काटिने गरिन्थ्यो । त्यो अनियन्यित र अव्यवस्थित देखिए पछि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने यूवाहरुले विचार गरे, तर्कहरु राखे । प्रशासनिक निकास र गुठी संस्थानका कर्मचारीहरुले बोकाको कानमा स्टीच लगाईदिनुपर्छ त कसैले खुट्टामा चिनो लगाउनु पर्छ भनै आफै तर्क राख्ने र आफैले राखेको तर्कलाई राख्न पनि गरिरहेका थिए । तर, यूवाले १ देखि १ सय सम्मको रसिद वालालाई गेटसम्म आउन दिने प्रस्ताव राख्दा यदि ९ सय रसिद संख्या भएको पहिलो आइदिने र १ सय नम्बर भित्रको बोका गंगासागरको डिलमा राखेको अवस्थामा त्यसलाई कसरी ल्याउने भनेपछि त्यो कुरा पनि असफल भयो । अन्तिममा यूवाहरुले पहिले देखि नै गृहकार्य गरी ल्याएको योजना प्रस्तुत गर्दा तत्कालिन डिएसपी थापा दङ्ग परी अब हाम्रो कामै छैन, हामीले यूवाहरुको योजना अनुसार प्रहरीले व्याक सपोर्ट मात्र गरे पुग्छ भनी समर्थन गरे । पुलिसले दिमाग लगाउनै पर्दैन, यूवाक्लबहरुको नक्सा एक दम सराहनिय छ, हामीले सहयोग गरे व्यवस्थित हुन्छ भन्दै डिएसपीले थपे । अनि तत्कालिन इन्सपेक्टर मुरली मनोहर पाण्डेको कमाण्डमा यूवा क्लबका योजना अनुसार व्याक सपोर्ट गर्न भन्यो । त्यो बेला खाका अहिले सम्म चलिरहेकोछ । २५ वर्ष अघिको प्लान, कहाँबाट बोकाको लाइन लगाउने, कति बोका कसरी कहाँ छोड्ने भनी २५जना यो चौरमा, २५ जना अर्को चौरमा राख्ने, प्राङ्गणमा २५ जना जान दिने परम्परा त्यतिबेला जसरी ती दुवै यूवा क्लबले बसाले, त्यसबाट एक इन्च पनि हालसम्म परिवर्तन भएको छैन । त्यो बेला ती दुवै क्लबले के विवेक पु¥याएको थियो भने, जनकपुरमा जति पनि व्यानरका यूवा क्लबहरु छन् ती सबैको सम्मान हुनु पर्छ, एकै दुई जना भएपनि सांकेतिक रुपमा भए पनि सहभागी गराउनु पर्छ भनेर निर्णय गरियो । राजदेवी मन्दिरको कार्यक्रममा हाम्रो पनि स्वामित्व र सहभागी छ भनेर सबे क्लबहरुको आत्म सम्मान हुने फाइदा थियो भने अर्को तर्फ कुनै पनि एरियाबाट यदि त्यसबेला प्रहार गरियो वा बलि प्रथालाई विथोल्ने काम भयो भने ती एरियाका मान्छेलाई विश्वासमा लिएर समाधान गर्न सकिने दुईवटा उद्देश्य थियो । त्यही परम्परा अहिले पनि कायमै छ । अष्टमीको दिन एउटा संयूक्त यूवा क्लबको व्यानर राखिएको हुन्छ भने त्यसको आयोजकमा राम र महावीर यूवा कमिटी हुन्छ । नवमीका दिन महावीर यूवा कमिटीको व्यानर राखिन्छ । त्यो कसरी भयो भने पहिला राम यूवा कमिटीले हेथर््यो तर राजदेवी अमरखाना वौधी मन्दिर गरी ३ वटा मन्दिरको व्यवस्थापन राम यूवा कमिटीले नै गथर््यो । मान्छेको चाप वढ्दै गएपछि ती दुवै क्लबबीच सहमति गरी वाँडफाँड गरियो । वाँडफाँडमा महावीरले राजदेवी मन्दिरको पूजा पाठ देखि सबै कार्यक्रम हेर्ने, अनि रामयूवाले अमरखाना अन्नपुर्णाको सबै काम हेर्ने तर अष्टमीको चाँही सम्पुर्ण जिम्मेवारी रामयूवा कमिटीको काँधमा हुने पहिले मिथिला माध्यमिकी परिक्रमा हुँदा यूवाहरुको कुनै पनि योगदान रहँदैन्थ्यो । वरु हामीले के सुनेका थियौं भने ग्रामिण क्षेत्रका मानिसहरुले परिक्रमा यात्रुहरुको बस्ने ठाउँमा ओछयान  विछयाई सुत्ने र महिलाहरुसँग अभद्र व्यवहार गर्ने गथर््यो भनेर हामीले सुनेका थियौं । हामीले जनकपुरमा यूवाहरुले व्याच लगाएर जुन दशैमा सेवा प्रदान गरिरहेका थियौं  र त्यसको प्रचार प्रसार र गाउँ गाउँबाट आउने यूवाहरु समेत प्रभावित र उत्प्रेरित भई उनीहरुलाई पनि हामीले केही गर्नुपर्छ भन्ने अवस्था जाग्यो । अनि अहिले १५ दिने परिक्रमामा गाउँ गाउँमा यूवाहरु परिचालित भई व्याच लगाई वा कुनै समितिको नाउँ दिएर परिक्रमा यात्रुहरुलाई विजुली बत्तीको प्रवन्ध मिलाईदिने, निर्वाह गरिदिने व्यवस्था देख्यौं । पटना पछि जनकपुरकै छठ राम्रो र मनोरम मानिन्छ । त्यसमा पनि हाम्रो नै भुमिका महत्वपुर्ण छ । लाखौं रुपैयाँ हामी खर्च गछौं । छठको बेलामा जसरी पोखरी र घाटको सौन्दर्यीकरण गर्न थाल्यौं, त्यसको देखासिकी गरेर प्रत्येक गाउँमा टेन्ट लगाउने राति पोखरीको घाटमै वस्ने कार्य सुरु भएको छ । यूवाहरुकै डिएटूक्टिभ माइन्डलाई कन्भर्ट गरी कन्स्टूक्टीभ वनाउन यसले ठुलो सन्देश दियो । यूवाहरु धार्मिक आस्था प्रति ओत प्रोत भए । सामाजिक क्षेत्रमा सघाए ।
 यूवा क्लबहरु जनकपुरको मामिलामा धेरै सकारात्मक काम गरेको पाइएको छ । मठ मन्दिरका वावाजीहरुले गर्नुपर्ने काम यूवाहरुले नै गर्ने, प्रशासनले, राजनीतिकर्मीले गर्नुपर्ने काम यूवा क्लबहरुले नै गर्ने गरेको छ । अझ  त विकास निर्माणको काम पनि यूवाहरुले आफ्नै सक्रियता र लगानीमा गर्नु परिरहेको अवस्था छ । उदाहरणको लागि जनकपुरको रामचौकमा रामयूवा कमिटीले करिब ३० लाख रुपैयाँको लागतमा श्रीराम टावर बनाइराखेको छ । यो रामयूवा कमिटीको काम होइन । जनकपुर नगरपालिकाको कार्यालय नगर विकास कोष, जिल्ला विकास समिति, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद जस्तो सरकारी निकायहरुले गर्नु पर्ने काम हो । तर ती निकायहरु मौन वसेका छन् । यो त धन्यवाद दिनु पर्छ यूवा क्लबहरुलाई कि धार्मिक, सांस्कृतिक पहिचान र धरोहरुलाई विरासतहरुलाई जोगाएर राखेको छ । परिवर्तनशील यूग छ । स्वाभाविक रुपले यूवाहरुको काँधमा जिम्मेवारी पनि थपिदै जाने हो ।
श्रीराम यूवा कमिटीको कार्यालय ।
धेरै ठुलो समस्याको रुपमा देखा परेको छ भने अहिले यत्ताको पनि यूवाहरुमा हतियार बोक्ने कुसंस्कार वढेर गएको छ । यो दुर्भाग्यपुर्ण अवस्था हो । लागु औषधको सेवन गर्ने । एउटाको देखासिकी गरेर अरु यूवाहरु पनि क्रमशः कुलतमा फस्दै जाने । लागुऔषधको र्दुव्यसनी वढ्नुमा पनि स्थानीय प्रशासनको धेरै ठुलो हात छ । मलाई के लागिरहेको छ भने एउटा वर्ग जसरी यो समाजवाट विस्थापन भयो, त्यसको आक्रोश हो । मेरो वर्गलाई तिमीहरुले यहाँबाट भगाईदियौं र हामीले पनि तिम्रो सन्ततिलाई किन हेर्ने, वरवाद भइमाओस, शिक्षामा ध्यान नपुगोस, हतियार बोकोस, अपराधि बनोस, लागु औषध खाउ, त्यो हाम्रो सरोकारको विषय होइन, हामी हेर्दैनौं भनेर प्रशासन पनि जानी जानी त्यसलाई वढावा दिइरहेको अनुभुति हुन्छ । नत्र भने नाकाहरुमा यूवाहरु राती १० बजे ११ बजे सम्म डूग्स बोकेर आउँछन् । प्रशासनले हेर्दैन त्यो कुरा ? चौकीहरु के को लागि ? खाली चिनी, नुन, तेल, चामल लगायतका खाद्य बस्तुहरु कसले लिएर आइरहेको छ, अनि पैसा तान्ने कामका लागि मात्र त बोर्डरमा चौकी निर्माण भएको होइन । क कसले डूग्स खाइरहेको छ, यसलाई कसरी निरुत्साहित गर्ने भन्ने तर्फ पनि प्रहरी प्रशासनको ध्यान जानु पर्छ । हामी यूवा क्लबहरुको पनि त्रुटी छ, यसमा । हामी पनि सचेत भई यसका विरुद्ध लागि परेका छैनौं । हामी पनि नियन्त्रण गर्नु पर्छ । यूवाहरु क्लबहरु आर्थिक क्षमताको अभावले पनि समाजमा गर्न चाहेर पनि गर्न सक्दैन ।
दुर्गापूजामा कुनै पनि सरकारी निकायको सहयोग हुँदैन । यति सम्मकी पूजाभरी बालेको विजुलीवत्तीको विद्युत प्राधिकरणले महसुल लिने गरेको छ । जवकी पहाड तर्फ सबै विकास निर्माण तथा सेवा आपुर्ति गर्ने सरकारी निकायहरु एक ठाउँमा जम्मा भएर मेलामा आउने व्यक्तिहरुका लागि सरकार तर्फबाट लगानी गरिएको हुन्छ । हामीसँग हुने भेदभाव कति पुर्वाग्रही मानसिकता लादिएको छ, त्यसको उदाहरण विद्युत प्राधिकरण हो । राजदेवी मन्दिरमा १० दिन विजुली बाल्दा प्राधिकरणले आएर मिटर लगाईदिन्छ । यही मानसिकता स्पष्ट हुन्छ की कुन मानसिकताले प्रशासन चलिरहेको छ । यो त उसको दायित्व हो । हाम्रो दायित्व हुँदै होइन । हामी त भोलन्टीयर हौं । पैसा कहाँबाट हामीले तिरिदिने ? अनि हामीले चन्दा उठाउनु पर्छ । चन्दाबाट असुलेका पैसाबाट भुक्तानी गर्छौं ।
बोकावली चढाउन मान्छेहरु धेरै गरिव हुन्थे । चुरा, नुन बोकेर आउथे । भोकभोकै बसेर पनि भाकल गरिएको बोकाको बलि प्रदान गराई घर फर्किने प्रतिक्षामा बस्नु पथर््यो । त्यसपछि हामीलाई दया लाग्यो । अनि हामीले एकजना दाता विश्वनाथ साहलाई आग्रह गर्यौैं, आएका मान्छेलाई खुवाउन सहयोग गर्नुस । अनि वहाँले भन्नु भयो, ठीक छ कति जना मान्छेको लागि खानाको व्यवस्था गर्नुपर्छ ? अनि हामीले भन्यौं कम से कम ५ हजार मानिसको खानाको व्यवस्था गरिदिनुस । पुरी, बुनियाँ र तरकारी निःशुल्क भोजन, अष्टमीको दिन राम यूवा कमिटीको प्राङ्गणमा बोका सँगै आएका सबै मनिसहरुलाई गराउने गर्छाैं । एउटा बोका बरावर एक व्यक्ति नभएर, बोका बोकेर आउने सबै मानिसहरुलाई उक्त दिन निःशुल्क भोजन गराउँछौं । गुठीमा तिनीहरुलाई कुपन दिएका हुन्छौं र उनीहरुले भोजन गर्छन ।
हामीले अर्को महत्वपुर्ण निर्णयहरु पनि गरायौं । बोकाको टाऊको हामीले नराख्ने भन्यौं तर गुठीका कर्मचारीहरुले इन्कार गरिरहेका थिए । त्यतिबेला टाउको प्रशासनिक निकायमा बाँडने गरिन्थ्यो । तर, हाम्रो भनाई के थियो भने कुनै मानिसले ३÷४ किलोग्राम तौल भएको बोका लिएको हुन्छ र ५० देखि १ सय जना सम्मलाई प्रसाद ग्रहण गर्न आमन्त्रण गरेको हुन्छ । त्यति मात्र मासुमा व्यवस्थापन गर्न उनीहरुलाई गाह्रो भइरहेको हुन्छ । फेरी यहाँ राजदेवी मन्दिरमा बोकाको् मार हान्ने मान्छेले घाँटी समेतलाई मार हानिदिने खुट्टा समेत निकालिदिने गरे पछि बलि चढाउन आउने मान्छेले एक दमै कम मासु लिएर घर फर्किनु पथर््यो । मतलब अवस्था यस्तो थियो कि मासु लुटालुट हुन्थ्यो । अनि हामीले त्यसबेला ७ रुपैयाँ शुल्क निर्धारण ग¥यौं र टाउको पनि फिर्ता गर्ने निर्णय ग¥यौं । त्यही बेला देखि हामीले टाउको फिर्ता गर्न थाल्यौं । सौभाग्यवस ४ जना बालकले पनि बोकाको बलि प्रदान गराउन भ्याए । पहिले बोका भित्र छिराउन पहलवानहरु जाने गथर््यो । तर, उक्त व्यवस्था गरेपछि एक जना ९ वर्षको बालकले पनि बोकाको बली प्रदान गराउन सक्षम भए ।  २०४७ सालमा लगभग १२ सय बोकाको बली चढाइएको थियो । साँझ साढे ५ बजे सुरु गरेर साढे ८ बजेसम्म सकिएको थियो । पञ्चायत कालमा ३ सय ४सय बोका काट्न करिब १२ घण्टासम्म लाग्ने गथर््यो । हुन त त्यति सजिलो पनि थिएन । त्यसपछि बोकाको संख्या वढ्दै जाँदा दुई वटा ठेहाको व्यवस्था गर्नु प¥यो । किनभने बली प्रदान अष्टमी मै सम्पन्न गर्नुपर्ने बाध्यता थियो । हुन त बीचमा ३ वटा ठेहा पनि व्यवस्था गरिएको थियो तर, दुर्भाग्यवस एउटा के दुर्घटना भयो भने एक जना स्वयमसेवकको औंला नै काटियो । त्यसपछि हामीलाई लाग्यो कि हामीबाट केही गल्ती भयो । त्यसपछि फेरी दुई वटा ठेहा हालसम्म पनि रहेको छ । हामीलाई पनि थुप्रै अप्ठयाराहरुको सामना गर्नुपरेको थियो । लाईन लगाउँदा लाईन तोडेर घुसपैठ गर्ने गथर््यो अनि हामीले घुसपैठ गर्नेहरुलाई लाईनबाट हटाएर सबैभन्दा पछाडी लाईन लगाईदिन्थ्यौं । यसरी दुई तीन वर्ष सम्म हामीले रोलेक्सहरु बाँधेर लाईनको व्यवस्थापन ग¥यौं । लक्ष्मी साह अध्यक्ष भएपछि टेन्टहरुको बन्दोवस्ती र सौन्दर्यीकरणको कार्य पनि थालनी भयो । आज आएर यस्तो पहिचान बनिसकेको छ कि नेपालमै विजयादशमी यतिको भव्यताका साथ कहि पनि मनाईदैन । देशका विभिन्न ठाउँहरुबाट दशंै हेर्न जनकपुर पर्यटकहरु आउने गर्छन । जनकपुरबाट सरुवा भएर जाने कर्मचारीहरुले समेत जनकपुरको दशैंको प्रचार प्रसार गर्न थालेपछि पर्यटकहरु झन झन आकर्षित हुँदै गएका छन् ।

(रामयूवा कमिटीका संस्थापक महासचिव तथा पुर्व अध्यक्ष प्रमोद चौधरीसँग द एक्सक्लु्सिभले गरेको कुराकानीमा आधारित ।)

२०७१ भदौ २९ गते आईतबार