Wednesday, February 18, 2015

गुठी संस्थान र झुला घरमा रहेको विद्यालय बीच टकराव

राजर्षी जनक बाल राप्रावि झुला घर जनकपुरको 
 कक्षा ३ मा २५ जना विद्यार्थीहरु नामांकन गराएको 
अभिलेख रहेपनि द एक्सक्लुसिभ पुग्दा ४ छात्राहरु 
र १ छात्र गरी ५ जना विद्यार्थीहरुलाई पढाउँदै शिक्षक ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

गुठी संस्थान शाखा कार्यालय जनकपुर र राजर्षी जनक वाल राष्टिूय प्राथमिक विद्यालय जनकपुर बीच अहिले टकराव उत्पन्न भएको छ । गुठी संस्थानको मातहतमा रहेको जग्गामा निर्मित उक्त विद्यालयलाई खाली गर्न गुठी संस्थानले विद्यालयको नाउँमा पत्राचार गरेको छ भने अर्को तर्फ विद्यालय भवन खाली नगर्ने विद्यालयले अडान लिएपछि ती दुवै संस्था बीच अहिले टकरावको स्थिति पैदा भएको हो ।
११ माघमा गुठी संस्थानले औपचारिक रुपमै झुला घर खाली गर्न भनेर विद्यालयलाई पत्राचार गरिसकेको छ । राम मन्दिरको बार्षिक रुपमा सम्पन्न गर्नुपर्ने विभिन्न धार्मिक कृत्यहरु मध्ये भगवानको झुला कार्य समेत त्यही झुला घरबाट सम्पन्न गर्नुपर्ने तर, उक्त झुला घरमा श्रीराजर्षी जनक वाल राष्टिूय प्राथमिक विद्यालय संचालन भएकोले र धार्मिक कार्यमा व्यवधान रहेको भन्ने राम मन्दिरका महन्थ तथा अन्य भक्तजनले समेत पटक पटक गुनासो गरेको हुँदा उक्त विद्यालयलाई अन्यत्र सारी धार्मिक कृत्य हुने झुला घर खाली गरिदिन भन्ने व्यहोराका साथ विद्यालयलाई पत्राचार गरिएको छ । गुठी संस्थानका कार्यालय प्रमुख राजबाबु पाण्डेद्वारा हस्ताक्षरित उक्त पत्रको व्यहोरा जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला शिक्षा कार्यालय धनुषा र गुठी संस्थान प्रधान कार्यालय त्रिपुरेश्वर काठमाण्डौलाई समेत बोदार्थ गरिएको छ ।
गुठीका प्रमुख राजबाबु पाण्डेले द एक्सक्लुसिभ सँग कुराकानी गर्दै उक्त विद्यालयमा २५(३० जना विद्यार्थी र १८ जना शिक्षक कार्यरत रहेको हुनाले त्यहाँ पढाई लेखाई पनि नहुने र झुला कार्य समेत प्रभावित हुने गरेकोले जन गुनासो आएपछि विद्यालय अन्यत्र सार्न पत्राचार गरेको  यति दिन वितिसक्दा पनि खाली भएको छैन, कानुनी सल्लाह अनुसार हामी अन्य विकल्पको बाटोमा अघि वढ्ने जानकारी दिएका छन् ।
यता उक्त विद्यालयका प्रधानअध्यापक योगनारायण झाले द एक्सक्लुसिभ सँग कुराकानी गर्दै कुनै पनि हालतमा अहिले विद्यालय खाली नगर्ने बताएका छन् । गरिबका विद्यार्थीहरु यहाँ पढिरहेका छन् र आफुले विभिन्न सहयोग मार्फत यस विद्यालयको भवन निर्माण गरेको हुनाले विद्यालय नसार्ने र कानुनी सल्लाह समेत लिई रहेको बताएका छन् । ७ माघ २०५५ सालमा विद्यालयले भवन मर्मत सम्हारका लागि गुठी संस्थानबाट अनुमति लिएका थिए । झुला घर निर्माण एवम मर्मत सम्हार गर्दा पुरातात्विक महत्वको विषय र बनोटलाई यथावत राखि प्रतिकुल असर नपर्ने गरी विद्यालयको नाउँमा मर्मत सम्हार गर्नको लागि गुठीले विद्यालयलाई अनुमति दिएको थियो । २०२९ साल देखि उक्त विद्यालय त्यहाँ संचालित रहेको अवस्थामा २०५५ सालमा अमेरिकाका नागरिक विल सेन सोनपिस कार्प भोलेन्टियर नामक संस्थाले ७ लाख ३८ हजार रुपैयाँ भवन निर्माणमा सहयोग गरेको थियो । त्यसैगरी जिल्ला शिक्षा कार्यालय धनुषाले रु. ५० हजार, तत्कालिन सांसद कृष्ण प्रताम मल्लले रु. २५ हजार, सर्लाही धनकौल २ का सियाराम रायले रु. १५ हजार, जिल्ला विकास समिति धनुषाले रु. १४ हजार, जनकपुर ११ का लक्ष्मण साह सोनारले रु. १३ हजार, महोत्तरी एकडरा ४ का राजनारायण पाठकले रु. ११ हजार १ सय ११ लगायत २३ जनाले आर्थिक सहयोग प्रदान गरेको थियो । १६ धुर जग्गामा ८ कोठा सहित निर्मित भवनमा ११ लाख ३८ हजार रुपैयाँ खर्च भएको प्रअ झा बताउँछन् । २० माघ २०५६ मा अमेरिकी राजदुत राफ फ्रेन्कले उक्त विद्यालय भवनको उदघाटन गरेका थिए ।
विद्यालयको वर्तमान अवस्था
२०४५ साल देखि उक्त विद्यालयका प्रअ. रहेका योग्यनारायण झा लगायत ७ जना शिक्षकहरु दरबन्दीमा ४ जना शिक्षकहरु राहतमा, १ जना शिक्षक पिसिएफ र १ जना शिक्षक बालविकासका रहेका छन् । अन्जु तिवारी, रामकरण दास, रेणु देवी पाठक, दिनवन्धु झा, केवल कुमार राय, अनिता ठाकुर दरबन्दीका शिक्षक छन् भने नवनिता मण्डल, अन्त कुमार झा, कल्पना देवी झा, श्रवण माझी राहत कोटामा कार्यरत छन् । बमबम पाठक पिसिएफ कोटामा शिक्षक छन् भने सविता सिंह बालविकास कोटाबाट शिक्षिका छन् । पाँच कक्षासम्म पढाई हुने उक्त विद्यालयमा १३ जना शिक्षक शिक्षिकाहरु कार्यरत छन् । र एक जना शिक्षिका शिला कुमारी यादव मावि महुलियाबाट काजमा खटेकी छिन । कुल १५ जना शिक्षकहरुको मासिक तलब २ लाख ८२ हजार ५ सय २० रुपैयाँ खर्च हुने गरेको छ । विगत ४ वर्ष देखि उक्त विद्यालयमा व्यवस्थापन समिति गठन हुन सकेको छैन ।
कक्षा १ मा २७ जना, कक्षा २ मा ३२ जना, कक्षा ३ मा, २५ जना, कक्षा ४ मा ३० जना, र कक्षा ५ मा २८ जना र बाल विकास कक्षामा २६ जना गरी कुल १ सय ४२ जना विद्यार्थीहरु भर्ना भएको हाजिरी पुस्तिकामा अभिलेख पाइयो ।  त्यसैगरी कक्षा १ मा १५ जना, कक्षा २ मा ७ जना, कक्षा ३ मा १२ जना, कक्षा ४ मा १० जना, कक्षा ५ मा १२ जना दलित विद्यार्थीहरु गरी कुल ५६ जना दलित विद्यार्थीहरुलाई ४ सयका दरले कुल २२ हजार ४ सय रुपैयाँ दलित छात्रवृति रकम प्रदान गरिएको छ । त्यसैगरी कक्षा १ मा ५ जना, कक्षा २ मा १५ जना, कक्षा ३ मा ६ जना, कक्षा ४ मा १० जना, कक्षा ५ मा ७ जना गरी कुल ४३ जना छात्राहरुलाई ४ सय रुपैयाँका दरले १७ हजार २ सय रुपैयाँ छात्रालाई छात्रवृति प्रदान गरिन्छ । द एक्सक्लुसिभले उक्त विद्यालयमा स्थलगत रिपोर्टिङ गर्न जाँदा प्रअ झाले छात्रवृति रकम प्रदान गर्न चाँजोपाँजो मिलाई रहेको पाइयो । त्यसैगरी विद्यालयमा विद्यार्थीहरुको उपस्थिति न्युन पाइयो । पुरुष शिक्षकको तुलनामा महिला शिक्षिकाहरुको संख्या अत्यधिक पाइयो ।
अब विद्यालयले भवन खाली नगर्ने अडान राखिरहेको बेला गुठी संस्थानले कस्तो पाइला चाल्ने हो र विद्यालयले कस्तो रणनीति अख्तियार गर्ने हो त्यो हेर्न भने बाँकी छ ।  श्रावण महिनामा दुतिया देखि पुर्णिमा सम्म १३ दिन त्यहाँ राम मन्दिरबाट र जानकी मन्दिरबाट भगवानको मुर्ति निकाली झुला झुलाइने गरिन्छ । उक्त झुला हेर्न दिनहुँ हजारौंको संख्यामा भक्तजनहरु त्यहाँ पुग्ने गर्छन । उक्त झुला यस क्षेत्रको प्रसिद्ध सांस्कृतिक पर्व मध्ये एक मानिन्छ ।

२०७१ फाल्गुन ०३ गते आईतबार

अजब–गजब छ बा ! सुदर्शन सिंह


खुब फुर्ती लगाउथ्यो बज्या, आब हाम्रो पनि ताल पर्या छ, हाम्रा पनि साहुले कामै नगराईकन महिनौ महिनासम्म लुकाएर आराम दे को छ !


२०७१ फाल्गुन ०३ गते आईतबार

धनुषाको राजनीतिमा यादव समुदायको आधिपत्य

नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालयमा सुरक्षा दिँदै नेपाल प्रहरीका जवान ।
 माघ ५ गते देखि सत्ता साझेदार दलहरुको 
पार्टी कार्यालयमा सुरक्षाकर्मीले 
२४ सै घण्टा सुरक्षा प्रदान गरिरहेका छन् ।
अजय अनुरागी
जनकपुरधाम............

धनुषामा राजनीति गर्ने प्रायः जसो दलहरुको नेतृत्व यादव समुदायले गरेको पाइन्छ । जनकपुर सहर भित्र साह समुदायको वाहुल्य रहेको भएपनि जिल्ला स्तरिय राजनीतिको नेतृत्व यादव समुदायकै नेताहरुले गरेको पाइन्छ । नेपाली कांग्रेसको नेतृत्व रामसरोज यादव, एमालेको नेतृत्व योगनारायण यादव, एमाओवादीको नेतृत्व झल्खु यादव, फोरम नेपालको नेतृत्व शेषनारायण यादव, फोरम लोकतान्त्रिकको नेतृत्व उमाशंकर अरगरिया यादव, फोरम गणतान्त्रिकको नेतृत्व प्रमोद यादव, संघीय समाजवादी पार्टीको नेतृत्व रामरत्न यादव, नेकपा(माओवादीको नेतृत्व श्याम यादव, मातृका समुहको माओवादीको नेतृत्व गुलाब यादव, राप्रपाको नेतृत्व रामचन्द्र यादवले गरेका छन् । यसरी हेर्ने हो भने धनुषाको ९ वटा राजनीतिक दलहरुको अगुवाई यादव समुदायले नै गरेको तथ्य देखिन्छ । त्यसैगरी तराई मधेस लोकतान्त्रिक पार्टीको नेतृत्वमा परमेश्वर साह, सदभावनामा संजय सिंह, संघीय सदभावनामा रमन सिंह, राष्टिूय मधेस समाजवादी पार्टीमा देव कृष्ण मण्डल, तराई मधेस सदभावना पार्टीमा रुपनारायण मण्डल, नेकपा मालेमा संतोष साह, माले समाजवादीमा कौशलेन्द्र झा, दलित जनजाति पार्टीमा रामेश्वर महरा, परिवार दलमा अब्दुल कैयुम साह, नेकपा संयुक्तमा श्रीलाल महासेठ, राप्रपा नेपालमा रितेश सिंह र नेपाल मजदुर किसान पार्टीमा राजेश्वर साहले नेतृत्व गरेको देखिन्छ । यसरी हेर्ने हो भने राजपुत समुदायबाट तीन वटा पार्टी, मण्डल समुदायबाट २ वटा पार्टी, साह समुदायबाट ४ वटा पार्टीले नेतृत्व गरेको पाइन्छ । मुस्लिम, दलित र ब्राह्मण समुदायबाट एउटा एउटा पार्टीको नेतृत्व गरेको पाइन्छ ।
कुन दल कति समावेशी ?
२०६२÷०६३ को मधेस जनविद्रोहले समावेशी, समानुपातिक र संघीयताको मुद्दालाई प्रमुखतः अगाडी सारेर यो मुलुकको राजनीतिलाई अग्रगमन तर्फ डो¥याउन बाध्य मात्र गरेन, अन्तरिम संविधानमै ती कुराहरुलाई समावेश गराई सदियौं देखि पिछडिएका समुदायहरुलाई पहुँच र अवसर दिलाउनेमा जनता सुनिश्चित भएका थिए । त्यसै सेरोफेरोमा रहेर मधेसका राजनीतिक दलहरुको सांगठनिक अवस्था, समावेशी स्वरुप, आम्दानीको स्रोत, खर्चको विवरण, कार्यसंचालन पद्धति लगायतको विषयमा द एक्सक्लुसिभ साप्ताहिकले गरेको अनुसन्धानबाट अहिले पनि पार्टी कार्यालयहरु व्यवस्थित ढंगले संचालन भएको पाइएन ।
नेपाली कांग्रेस
नेपाली कांग्रेस धनुषाको सबैभन्दा पुरानो पार्टी रहेको छ । रामसरोज यादवको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ । उपसभापति विजय कुमार साह, सचिवमा कोमल कान्त झा र  संतोष यादव, सह सचिवमा राजकुमार मण्डल र कोषाध्यक्षमा हरिनारायण साह रहेका छन् । ५० जना सदस्यहरुमा २४ जना सदस्यहरु यादव समुदायबाटै प्रतिनिधित्व गरेका छन् । ९ जना साह समुदायबाट प्रतिनिधित्व गरेका छन् भने मुस्लिम समुदायबाट १ जना मात्र मोहोम्द साहजाद लहेरीले प्रतिनिधित्व गरेको पाइन्छ । दलित तर्फ रामदेव महरा गरी १ जना मात्र दलित समुदायबाट प्रतिनिधित्व गराइएको छ । महिला तर्फ निलम साह, सुनिता सिंह, उर्मिला यादव, अनिता श्रीवास्तव, प्रर्मिला यादव, द्रोपति देवी यादव, दिलकुमारी सिवाली गरी ७ जनाको प्रतिनिधित्व भएको देखिन्छ । त्यसैगरी छेदी राउत, मदनदिप लामा, लक्ष्मीनारायण मण्डल, राजकुमार मण्डल गरी ४ जना जनजाति र ब्राह्मण तर्फ प्रेम चन्द्र झा, अर्जुन चौधरी, कोमलकान्त झा, गणेश झा र भोगेन्द्र मिश्र गरी ५ जना रहेका छन् । पार्टीको जिल्ला कमिटीमा प्रत्येक निर्वाचन क्षेत्रबाट १ महिला सहित ५ जना सदस्य र सभापतिले मनोनित गर्ने प्रत्येक निर्वाचन क्षेत्रबाट वढीमा दुई जना गरी १४ जना सदस्यहरु मनोनित हुने गर्छन जसमध्ये दलित, जनजाति, मधेसी, पिछडावर्गबाट समावेश गरिनुपर्ने कांग्रेसको विधानमा व्यवस्था छ । त्यसैगरी महाधिवेशन प्रतिनिधिमा दुई जना महिला, १ जना दलित, १ जना जनजाति , १ जना मुस्लिम गरी ११ जना गरी ७ वटै निर्वाचन क्षेत्रबाट कुल ७७ जना चुनिएको छ ।
नेपाली कांग्रेसको पार्टी कार्यालय शहिद स्मृति भवनमा संचालित छन् । गुठी संस्थानबाट मनखपमा भोगचलन गर्ने गरी ६ कठ्ठा १० धुर जग्गामा ४ वटा रुम, शौचालय, कम्पाउण्ड वाल बनाएका छन् ।
विगतमा विभिन्न ठाउँमा भाडाको कोठामा संचालित रहेको उक्त कार्यालय अहिले आफ्नै भवनमा संचालनमा रहेको छ । विगतको संविधानसभामा चुनिएका सभाषदहरु रामसरोज यादव, विमलेन्द्र निधि, महेन्द्र यादव, रामकृष्ण यादव, मिनाक्षी झा, सरस्वती चौधरी, कृष्णा ठाकुर लगायतले संसदीय विकास कोषका लागि आएको बजेटबाट भवन निर्माणमा कुल १९ लाख सहयोग गरेका थिए । दोस्रो संविधानसभामा समेत सभाषद बनेका मिनाक्षी झाले ५ लाख र महेन्द्र यादवले १ लाख रुपैयाँ भवन निर्माणमा सहयोग गरेको हो । यसरी हेर्ने हो भने पार्टी कार्यालयको भवन निर्माण सम्ममा कुल ४० लाख ६० हजार ४ सय ३ रुपैयाँ जति खर्च भएपनि अन्य सामग्रीहरु चन्दा सहयोगबाट उपलब्ध भएको भवन निर्माण समितिका संयोजक राजकुमार साहको भनाई छ । पार्टी कार्यालयको सम्पतिमा दुई वटा कम्प्युटर, टेलिफोन, फ्याक्स, इन्र्भटर, दराज आदि रहेका छन् ।
पार्टीको आम्दानीको स्रोत
नेपाली कांग्रेसका सचिव कोमलकान्त झाका अनुसार धनुषामा धेरै लामो समय देखि १० हजार २ सय ७१ जना क्रियाशिल सदस्य रहेका छन् । अहिले हुने महाधिवेशनलाई केन्द्रित गरेर ५० प्रतिशत थप हुने सम्भावना रहेको उनी बताउँछन् । पार्टीको आय स्रोत भनेको क्रियाशिल सदस्यहरुबाट नविकरण शुल्क वापत रु. १ सय लिने गरिएको छ । जसमध्ये २० प्रतिशत गाउँ इकाई कमिटिले, ४० प्रतिशत जिल्ला कमिटिले, २० प्रतिशत क्षेत्रिय कमिटिले र २० प्रतिशत केन्द्रिय कमिटिले लिने गरेको छ । यसका अतिरिक्त पछिल्लो संविधानसभाको चुनावबाट चुनिएका सभासदहरुले ३ हजार रुपैयाँ मासिक दिने गरेको भएपनि दोस्रो संविधानसभाबाट कुनै सभाषदले दिएको छैन । आय अन्तरगत विभिन्न सुभेक्षुकहरुबाट चन्दा समेत रहेको सचिव झाको भनाई छ । पार्टी कार्यालय संचालन गर्नका लागि एक जना कार्यालय सचिवको रुपमा मिथिला प्रसाद ठाकुरलाई मासिक ३ हजार रुपैयाँ र कार्यालय सहयोग मनोज मेस्तरलाई रु. २ हजार मासिक दिने गरिएको छ । यसका अतिरिक्त टेलिफोन, विजुली बिल लगायत गरी कुल १५ हजार रुपैयाँ जति मासिक खर्च हुने गरेको छ ।
नेकपा एमाले
नेकपा एमाले धनुषाको पार्टी कार्यालय आफ्नै नीजि भवन मिथिला भवनमा संचालित रहेको पाइन्छ । २०५४ सालमा मन्त्रीपरिषदको निर्णयबाट  गुठी संस्थानको ६ कठ्ठा जग्गा एमालेको पार्टी कार्यालयको नाउँमा पास भएको थियो । एमाले नेता रत्नेश्वर गोइतका अनुसार उक्त जग्गाका लागि ४ लाख ४० हजार रुपैयाँ गुठी संस्थानलाई दिइएको थियो । त्यसैगरी २०५९ सालमा ५ कोठा सहित एकतल्ले भवन करिब ९ लाखमा निर्माण भई उद्घाटन भएको थियो ।
योगनारायण यादव संयोजक रहेको एमालेको जिल्ला कमिटि अहिले १ सय १ सदस्यीय भएको छ । सह संयोजकमा राजकिशोर यादव र हरिनारायण महत्तो रहेपनि अन्य पदाधिकारीहरु रिक्त रहेका छन् । मुल निर्णय गर्नका लागि बनाइएको सचिवालयमा माथिका ३ जना पदाधिकारीसँगै जिवछ महत्तो, लक्ष्मीनारायण यादव, पल्टु पण्डित, राजकिशोर चौधरी, सिताशरण यादव, रामचन्द्र मण्डल र हरिशचन्द्र कामत गरी ९ सदस्यीय रहेका छन् । यसका अतिरिक्त पार्टीको सम्पतिको रुपमा यदुकोहा, कचुरी र औरहीमा समेत पार्टीको नाउँमा जग्गा रहेको छ । एउटा कम्प्युटर, टेलिफोन, कुर्सी टेबुल दराज आदि सम्पतिको रुपमा रहेको छ । एक वर्षमा ५ लाख रुपैयाँसम्म खर्च हुने गरेको तथा कुनै विशेष कार्यक्रम वा सभा सम्मेलन गर्नुपरे बढ्ने गरेको सचिवालय सदस्य लक्ष्मीनारायण यादवको भनाई छ । एमाले धनुषामा संगठित सदस्य २ हजार ६ सय रहेका छन् । लामो समय देखि संगठित सदस्यता वितरण हुन सकेको छैन । प्रत्येक सदस्यबाट १५ रुपैयाँ प्रति महिना सदस्यता शुल्क बापत लिने गरिएको छ । जसमध्ये २० प्रतिशत क्षेत्रले, २० प्रतिशत अञ्चल कमिटिले, २० प्रतिशत केन्द्रिय कमिटिले लिने गरेको हुनाले ४० प्रतिशत रकम मात्र जिल्ला कार्यसमितिमा आउने गरेको यादव बताउँछन् । पहिलो संविधान सभाको चुनावबाट सभाषद बनेका रामचन्द्र झा, रघुविर महासेठ, शत्रुधन महत्तोबाट रु. २ हजार र समानुपातिक तर्फका सभाषदहरु जुली महत्तो, उर्मिला साह र शारदा झाबाट रु. ३ हजार मासिक लेबी जिल्ला कमिटिले लिने गरेको थियो । तर, दोस्रो चुनावमा सभाषदहरु अहिले दिईरहेका छैनन् । सचिवालय सदस्य लक्ष्मीनारायण यादवका अनुसार पार्टीमा हरेक तहमा दलितलाई समावेशी गर्दै महिलालाई अनिवार्य रुपमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गरी पार्टीलाई पुर्णतः समावेशी बनाइएको छ । पार्टी कार्यालय प्रत्येक दिन खुल्ने गर्छ र कार्यालय संचालन कार्यालय सचिवको रुपमा समेत सह संयोजक राजकिशोर यादवले नै गर्ने गरेको छ । उक्त कार्य बापत उनले कुनै ज्याला लिदैनन् । यसका अतिरिक्त आवश्यक खर्च जुटाउन उक्त पार्टी पनि चन्दामै भर पर्नुपर्छ । यहि आउँदो २३ देखि २५ फागुनमा एमाले धनुषाको जिल्ला अधिवेशनको लागि मिति तोकिएको छ ।
एकिकृत नेकपा माओवादी
एकिकृत नेकपा माओवादी धनुषामा पनि तेस्रो ठुलो दलको रुपमा स्थापित भएको देखिन्छ । रामचन्द्र मण्डल केन्द्रिय सदस्यमा चयन भएपछि दोहोरो भुमिकामा रहन नपाउने व्यवस्थाका कारण उनी धनुषाको अध्यक्ष पदबाट राजीनामा दिनु परेको हो । उक्त पार्टीको बागडोर अहिले झल्खु यादवको नेतृत्वमा रहेको छ । उनी कार्यवाहक अध्यक्षको भुमिका निर्वाह गरिरहेका छन् । त्यसैगरी सचिवमा गोपाल मुखिया र सह सचिवमा रोशन यादव रहेपनि कोषाध्यक्ष तारा महत्तो अहिले कारवाहीमा परेका छन् । ५१ सदस्यीय जिल्ला कार्य समिति रहेको एमाओवादीमा ४ हजार जतिको संख्यामा क्रियाशिल सदस्य रहेको बताईन्छ । दोस्रो संविधानसभाको निर्वाचन अघि भएको सदस्यता नविकरणमा त्यति संख्या रहेको यादव बताउँछन् । पार्टी भित्र दलित, महिला, मुस्लिम लगायत अन्य पिछडा वर्गहरुलाई समेत समावेश गरी पार्टीलाई समावेशी वनाइएको कार्यवाहक अध्यक्ष यादवको दावी छ । कांग्रेस र एमालेले धनुषामा आफ्नै जग्गामा भवन बनाइसकेको जस्तै एमाओवादी पनि धनुषामा गुठी संस्थानबाट जनकपुरको स्वर्गद्वारी पछाडी ३ कठ्ठा जग्गा ३ लाख रुपैयाँमा लिजमा लिएको यादव बताउँछन् । उक्त जग्गामा भवन निर्माणको लागि केन्द्रिय सदस्य रामचन्द्र मण्डलको अध्यक्षतामा भवन निर्माण समिति समेत बनाइएको छ । एमाओवादीका केन्द्रिय अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले भवन निर्माणका लागि शिलान्यास समेत गरिसकेका छन् । पार्टी कार्यालय  अहिले भाडाकै घरमा संचालन भईरहेको छ । यादवका अनुसार महिनामा १० हजार रुपैयाँ जति पार्टी कार्यालय संचालनमा खर्च हुने गरेको छ । क्रियाशिल सदस्यता शुल्क बापत १५ रुपैयाँ प्रति महिना लिइन्छ । त्यो नै पार्टीको लागि आय स्रोत रहेको र अन्य आवश्यक रकमहरु सुभेक्छुकहरुबाट सहयोगबाट पुरा हुने गरेको उनी बताउँछन् ।
तमलोपा
२०६३ को दोस्रो मधेस आन्दोलन हुनु अघि तराई मधेस लोकतान्त्रिक पार्टीको गठन भएको थियो । मधेसी जनअधिकार फोरम नेपाल, सदभावना पार्टी र तमलोपा सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको दोस्रो मधेस आन्दोलन पछि २०६४ साल फागुन १६ गते राज्यले गरेको ८ बुँदे सम्झौता पश्चात भएको सविधान सभा निर्वाचनमा तमलोपा चौथो ठुलो शक्तिको रुपमा उदय भएको थियो । तमलोपा धनुषामा अहिले परमेश्वर साहको अध्यक्षतामा ३१ सदस्यीय कार्य समिति गठन गरिएको छ । उपाध्यक्षमा कृष्ण कुमार मरवैता, सचिवमा धिरेन्द्र बहादुर सिंह, सह सचिवमा रेणु झा र कोषाध्यक्षमा रामविनोद चौधरी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा रिता झा, इन्द्रनारायण मण्डल, संजय कुमार साह, जयनाथ नायक, राजकुमार मण्डल, महेन्द्र यादव, बज्रकिशोर सिंह, धिरेन्द्र मिश्रा, रामजी राय, उमेश कुमार मण्डल, विभाष कुमार लाभ, पुनम झा, चन्द्रनारायण मण्डल, दिलिप कुमार मिश्र, अवधेष ठाकुर, सुधा झा, वसन्त ठाकुर, जयकृष्ण मिश्रा, मकेश्वर यादव, चन्द्रमोहन यादव, रामेश्वर पुर्वे, रविशंकर कुमार कर्ण, रामपदारथ गुप्ता, विकाउ प्रसाद साह र हुकुम सिंह दनुवार रहेका छन् । केन्द्रिय कार्य समिति देखिनै उच्च जात भनिने कथित फोरवार्ड जातिहरुको पार्टी तमलोपा रहेको आरोप लाग्ने गरेको छ । धनुषाको कार्य समितिमा अन्य पार्टीहरु झै यादव समुदायको बाहुल्य देखिँदैन । ३१ सदस्यीय कार्य समिति रहेको उक्त पार्टीमा ५ जना मात्र यादव समुदायबाट प्रतिनिधित्व गर्छन भने ४ जना महिला त्यो पनि ब्राह्मण समुदायबाट मात्र प्रतिनिधित्व गरेको पाइन्छ । साह समुदायबाट ४ जना, राजपुतबाट २ जना, क्यास्थबाट २ जना प्रतिनिधित्व गरेका छन् । भुमिहार, मण्डल, दनुवार लगायतको समुदायबाट प्रतिनिधित्व रहेपनि मुस्लिम र दलित समुदायबाट उक्त पार्टीमा प्रतिनिधित्व रहेको देखिँदैन ।
तमलोपा धनुषाका सचिव धिरेन्द्र बहादुर सिंहका अनुसार उक्त पार्टीमा ५ हजार ७ सय जना क्रियाशिल सदस्य रहेका छन् । प्रत्येक सदस्यहरुलाई सदस्यता नविकरण गर्नका लागि १ सय रुपैयाँ प्रतिवर्ष लाग्ने गर्छ । यसका अतिरिक्त जिल्ला कार्य समिति सदस्यहरुबाट १ सय रुपैयाँ, केन्द्रिय सदस्यहरुबाट ५ सय देखि १ हजार रुपैयाँसम्म, सभाषदहरुबाट ३ हजार रुपैयाँ र जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय कार्यसम्पादन समितिबाट रु.२(२ हजार रुपैयाँ प्रति महिना जिल्लाले आर्थिक सहयोग लिने गरेको छ । यसका अतिरिक्त साधारण सदस्यता शुल्क बापत रु. १० लिने गरेको छ ।
सचिव सिंहका अनुसार पहिले पिडरिया माई स्थान निर रहेको पार्टी कार्यालयको भाडा १५ हजार रुपैयाँ प्रति महिना लाग्ने गथर््यो जुन रकम तत्कालिन सभाषद कविन्द्र नाथ ठाकुरले तिर्ने गर्थे । पछि आएर डा.विजय सिंहले तिर्ने गरेको भाडा अहिले नयाँ कार्यालयमा समेत ७ हजार ५ सय रुपैयाँ प्रति महिना सभाषद डा.विजय सिंहले नै तिर्ने गरेका छन् । उनका अनुसार पार्टी कार्यालय संचालन गर्न १ वर्षमा ७ देखि ८ लाख रुपैयाँ सम्म खर्च हुने गरेको छ ।
सदभावना
धनुषामा क्षेत्र नं. ४ बाट संजय कुमार साह निर्वाचित भएपछि सदभावना पार्टीले एउटा ठुलो हैसियत पाएको देखिन्छ । तर, साह अहिले जेलमा रहेको कारण पार्टीको क्रियाशिलतामा कमि आएपनि विपक्षमा रहेका ३० दलिय गठबन्धनको विभिन्न विरोध तथा संघर्षका कार्यक्रमहरुको धनुषामा सदभावनाले नै संयोजकको भुमिका पाएपछि, सदभावना अहिले वढी क्रियाशिल रहेको देखिन्छ । संजय सिंहको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ । बरिष्ठ उपाध्यक्षमा जगदीश महासेठ, उपाध्यक्षमा डा.रामचन्द्र चौधरी, सचिवमा लट्टु भनिने नरेश यादव, सह सचिवमा अभिनन्दन ठाकुर र बविता पुर्वे, प्रचार सचिवमा जगदीश महरा र कोषाध्यक्षमा रामचन्द्र साह रहेका छन् । तुलनात्मक रुपले उक्त पार्टी अलि समावेशी देखिने गरेको भएपनि पार्टी भित्र साह समुदाय हावी रहेको देखिन्छ भने फोरवार्ड भनिने जातिहरुको प्रतिनिधित्व न्यून देखिन्छ । १ हजार जति सक्रिय सदस्य रहेको उक्त पार्टीमा ३ सय जना महाधिवेशन प्रतिनिधि रहेका छन् । उक्त पार्टीको आफ्नो जग्गा तथा भवन नरहेका कारण भाडामै संचालित छन् । कार्यालय सचिव देखि कार्यालय सहयोगी सम्मको काम पदाधिकारीहरु आफैले गर्ने गरेको भएपनि कार्यालय संचालन बापत मासिक ११ हजार रुपैयाँ खर्च हुने गरेको अध्यक्ष सिंहको भनाई छ । आय स्रोत अन्तरगत साधारण सदस्यता शुल्क बापत ५ रुपैयाँ बार्षिक र सदस्यता नविकरण वापत ५१ रुपैयाँ लिइने गरिन्छ । जसमध्ये २५ प्रतिशत केन्द्रलाई जाने गर्दछ भने ७५ प्रतिशत जिल्लामा रहने गरेको छ । अन्य आवश्यक रकम सुभेक्छुकहरुबाट सहयोग बापत लिइने गरिएको उनी बताउँछन् । दुई वर्ष अघिसम्म केन्द्रले नै घर भाडा तिर्ने गरेको थियो भने अव आएर जिल्लाले नै भाडा तिर्ने गरेको उनी बताउँछन् ।
फोरम नेपाल
मधेस आन्दोलन पछि मधेसी जनअधिकार फोरम नेपाल ठुलो हैसियतका साथ धनुषामा देखापरेको थियो । पहिलो संविधानसभाको निर्वाचनमा धनुषा क्षेत्र नं. ४बाट एउटा सिट पनि जित्न सफल भएको थियो । तर, दोस्रो निर्वाचन सम्म आईपुग्दा फोरम धनुषामा अत्यन्तै कमजोर अवस्थामा देखा परेको छ । शेषनारायण यादवको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ । उपाध्यक्षमा चन्देश्वर महत्तो, सचिवमा पशुपति यादव, सह सचिवमा विजय कुमार मण्डल, कोषाध्यक्षमा लालजी शरण यादव रहेको छ । केन्द्र देखि जिल्ला सम्म पार्टी समावेशी चरित्रको नरहेको आरोप लाग्ने गरेको छ । खास गरी यादव समुदायकै बाहुल्यता रहेको उक्त पार्टीमा अन्य समुदायबाट नाम मात्रको समावेशी गरिएको देखिन्छ । समावेशीको नारा लगाउने उक्त पार्टी समावेशी हुन नसक्दा जिल्ला र गाउँ समेतमा वढी प्रभावकारी देखिएको छैन । ३ सय ५० जना क्रियाशिल सदस्य रहेको उक्त पार्टीमा महिनामा करिब १० हजार रुपैयाँ खर्च हुने गरेको फोरमका कोषाध्यक्ष लालजी शरण यादव बताउँछन् । भाडाको घरमा कार्यालय संचालनमा रहेको छ । ४ हजार रुपैयाँ मासिक भाडा तिर्नु परेको यादव बताउँछन् । आय स्रोत तर्फ साधारण सदस्यता शुल्क बापत ५ रुपैयाँ र सदस्यता नविकरण वापत ५० रुपैयाँ लिने गरिएको तथा अन्य स्वेच्छाले सहयोग समेत लिने गरिएको यादव बताउँछन् । यसका अतिरिक्त धनुषामा केही कार्यालयहरु संचालनमा रहेपनि धेरै पार्टीका कार्यालयहरु अध्यक्षको झोलामै सिमित रहेको पनि पाइन्छ ।

जनादेशको आधारमा कुन दलको हैसियत कति ?
२०७० सालमा सम्पन्न संविधान सभाको निर्वाचनमा आएको मत परिणामको आधारमा भन्ने हो भने निर्वाचनमा सहभागी भएका कुल १ सय ८ वटा राजनीतिक दलहरु मध्ये ५ वटा सिटमाथि नेपाली कांग्रेसले कब्जा जमाएर पहिलो ठुलो दलको रुपमा धनुषामा फेरी उदय भयो । एउटा सिटमा सदभावना र एउटा सिटमा नेकपा एमालेले जित हात पारेको देखिन्छ । धनुषाको ७ वटै निर्वाचन क्षेत्रहरुको मत परिणाम अनुसार निर्वाचनमा खसेको कुल सदर मत २ लाख ४७ हजार ५ सय ८१ मत मध्ये नेपाली कांग्रेसले नै सर्वाधिक ७२ हजार ५ सय ८४ मत हासिल गरेर पहिलो स्थान ओगटन सफल भएको हो । ५१ हजार ३ सय ५७ मत प्राप्त गरी एमाले दोस्रो र २८ हजार ३ सय ७ मत हासिल गरी एकिकृत नेकपा माओवादी तेस्रो ठुलो द लबनेको भएपनि प्रत्यक्ष तर्फ कुनै पनि सिट हासिल गर्न सकेन ।  १५ हजार ५ सय २१ मतका साथ सदभावना चौथो ठुलो दलको रुपमा उदाएको देखिन्छ । त्यसैगरी १३ हजार ९ सय ८३ मत पाएर तराई मधेस लोकतान्त्रिक पार्टी पाँचौं, १० हजार ७ सय ८२ मत प्राप्त गरी राष्टिूय प्रजातन्त्र पार्टी नेपाल छैठौं स्थानमा आएको हो । पहिलो संविधान सभाको चुनावमा धनुषामा एउटा सिट समेत जित्न सफल भएको मधेसी जनअधिकार फोरम नेपालको कुल ५ हजार ६ सय १४ मत मात्र हुनुले पनि फोरमको धनुषामा अस्तित्व संकटमा परेको प्रष्ट देखिन्छ । फोरमलाई त फोरम लोकतान्त्रिकले ८ हजार ४ सय ५१ मत ल्याएर उछिनेको हो । समानुपातिक तर्फको धनुषामा मत परिणाम हेर्ने हो भने २ लाख ६९ हजार १ सय ३७ मत खसेकोमा ९ हजार २ सय ४४ मत बदर भएपछि कुल २ लाख ५९ हजार ८ सय ९३ मत सदर भएको हो । जसमध्ये २३.७१ मत प्रतिशतका साथ कुल ६१ हजार ६ सय २० मत ल्याएर समानुपातिक तर्फ पनि नेपाली कांग्रेस नै अग्रस्थानमा रहेको पाइन्छ । १८.११ प्रतिशतका साथ ४७ हजार ५५ मत ल्याएर एमाले दोस्रो, १०.३३ प्रतिशतका साथ २६ हजार ८ सय ४२ मतका साथ एमाओवादी तेस्रो, ६.१४ मत प्रतिशतका साथ १५ हजार ९ सय ४६ मत ल्याएर तमलोपा चौथो, ५.३३ प्रतिशतका साथ १३ हजार ८ सय ५१ मत ल्याएर सदभावना पाँचौं र ४.४१ प्रतिशतका साथ ११ हजार ४ सय ६५ मत ल्याएर फोरम नेपाल छैठौं स्थान ल्याएको पाइन्छ । बरु समानुपातिक तर्फ जातिको आधारमा मलाह (माझी) समुदायहरुले गठन गरेको मधेस समता पार्टी नेपालले समानुपातिक तर्फ २.१६ मत प्रतिशतका साथ ५ हजार ६ सय १४ मत ल्याएर दशौं स्थान हासिल गरेकोले पनि जातिय हिसावमा  समेत पार्टीले आफ्नो स्थान तथा हैसियत बनाउन सक्छ भन्ने समेत पुष्टि भएको देखिन्छ ।


२०७१ फाल्गुन ०३ गते आईतबार