Tuesday, September 6, 2016

अजब–गजब छ बा ! सुदर्शन सिंह


Hello  बानी परेका सकेकालाई हैन, एउटा बिदेशी रिंग रोडमा डुब्यो भनेर खबर सुन्या थिए, तै भएर उद्धार गर्न आएको कतै देख्नु भएको छ कि !


२०७३ भाद्र १९ गते आईतबार

खेलकुदमा जनकपुर ‘हिरोबाट जिरो’

जिल्ला खेलकुद विकास समिति धनुषाको कार्यालय तथा कभर्ड हल
अजय अनुरागी
जनकपुरधाम............
कुनै बेला खेलकुदको हरेक विधामा हिरो रहेको जनकपुर अहिले जिरो बनेको छ । फुटबल, क्रिकेट, कराँते, कबड्डी, तेक्वान्दो लगायतका खेलको विधाहरुमा पञ्चायत कालमा तहलका मच्चाउँदै आएको जनकपुर अहिले गणतन्त्रमा खेलकुदको भुगोलबाट नै बाहिरिएको छ । एउटा सानो उपाधिका लागि पनि ठुलो संघर्ष गरिरहनु परेको अवस्था छ ।
खेलाडीलाई प्रशिक्षित गर्नका लागि धनुषामा प्रशिक्षक नै नभएको होइन । अधिकृत स्तरका प्रशिक्षकहरुले २४ हजार २ सय र सुब्बा स्तरका प्रशिक्षकहरुले १८ हजार रुपैयाँ प्रति महिना गत आर्थिक बर्षसम्म तलब भत्ता खाएका छन् । यस आर्थिक बर्षमा उनीहरुको तलब करिब २५ प्रतिशतको दरले बढ्ेको छ । कराँतेका लागि जिल्ला खेलकुद विकास समिति धनुषामा रामचन्द्र ठाकुर, अखिलेश कर्ण, पाल्साङ योन्जन, रामबाबु साह र जिवछ भगत गरि कुल ५ जना प्रशिक्षक नियूक्त छन् । क्रिकेटमा नविन सिंह, ताइक्वान्दोमा परमेन्द्र बछार, भलिवलमा भरत यादव, टेबुल टेनिसमा अनिल घिमिरे, भारोत्तोलनमा अनिल मिश्र, बक्सिङमा मनोज प्रसाद साह, कुस्तिमा राजविर यादव, हक्कीमा रविन्द्र सिंह प्रशिक्षकको रुपमा लामो समय देखि कार्यरत छन् । २०५२ साल देखि नै नेपाल सरकारको स्थायी कर्मचारीको रुपमा रहेका ती प्रशिक्षकहरु मध्ये अनिल घिमिरे, अनिल मिश्र, मनोज प्रसाद साह अधिकृत स्तरका प्रशिक्षक हुन । बाँकी सुब्बा स्तरका प्रशिक्षक हुन । यसका अतिरिक्त विभिन्न खेलका लागि ‘भोलन्टियर’ प्रशिक्षकहरु पनि कार्यरत छन् ।
कार्यालय प्रमुख विनोद कुमार सिंह ।
जिल्ला खेलकुद विकास समिति धनुषाका कार्यालय प्रमुख विनोद कुमार सिंहका अनुसार ती प्रशिक्षकहरु रहेको खेल विधाका अतिरिक्त कवडी, फुटबल, हेण्डबल, खोखो, एथलेटिक्स आदि विधामा पनि जिल्ला स्तरीय टिम बनेको छ । खेलकुद विकास समितिमा ती प्रशिक्षकहरु सँगै अन्य ४ जना प्रशासनिक कर्मचारीहरु गरी कुल १७ जना कर्मचारी बापत नेपाल सरकारले २ लाख ८५ हजार रुपैयाँ मासिक तलब बापत खर्च गर्ने गरेको छ । तर, जिल्लाको खेलकुद विकासका लागि स्थापना गरिएको उक्त समितिले दशकौं देखि कुनै पनि खेल विधामा राष्टिूय उपाधि जित्न सकेको छैन । यो लाजमर्दो अवस्था किन पनि हो भने पञ्चायत कालमा खेलकुदको हरेक विधामा जनकपुरको बर्चस्व मात्र थिएन, क्षेत्रिय देखि राष्टिूय उपाधि जित्नुका साथ साथै अन्तर्राष्टिूय स्तरका प्रतियोगिताहरुमा जनकपुरका खेलाडीहरुले सहभागिता जनाउनुका साथ साथै मेडल समेत हात पारेको गौरवपुर्ण इतिहास छ ।
अहिले कुरा गर्ने हो भने जिल्ला खेलकुद विकास समिति धनुषाले हात पारेको मेडल भनेको राष्टूपति रनिङ्ग सिल्ड हो । २०७३ जेष्ठ १६ देखि १७ गतेसम्म विरगञ्जमा सम्पन्न क्षेत्रिय राष्टूपति रनिङ्ग सिल्ड प्रतियोगितामा एथेलेटिक्स तर्फ दोस्रो भई उपाधि जितेको थियो । हुन त धनुषाबाट भलिबल, कवड्डी, एथेलेटिक्स, सितोरियो कराँते र तेक्वान्दो तर्फ कुल ६४ जना खेलाडीहरु सहभागी भएका थिए । तर, महिला एथेलेटिक्स तर्फ सहभागी भएका सिता साह, अर्पणा कुमारी महतो, राधा कुमारी मुखिया, श्रीया श्रेष्ठ, पुजा कुमारी सिंह, विना मण्डल, बन्दना भुजेल, गंगा देवकोटा, पञ्छी घिसिङ र अस्मिता कुमारी सिंह गरी कुल १० वटा महिला खेलाडीहरुले उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । मध्यमाञ्चल विकास क्षेत्र अन्तरगत भएको उक्त प्रतियोगितामा कक्षा १० सम्मका १९ जिल्लाका खेलाडीहरु सहभागी भएको उक्त प्रतियोगितामा धनुषा प्रथम स्थान हासिल गर्न सफल भएनन् । २०७१ सालमा अर्पणा महतो ५ हजार मिटर दौडमा तेस्रो स्थान हासिल गरेको थियो । खेलकुद विकास समितिको लामो समय पश्चातको उपलब्धी भनेको त्यति मात्र हो ।
एक समय थियो जब कबड्डीको राष्टिूय टिम छनौट हुँदा धनुषाबाटै ६ देखि ७ जना खेलाडीसम्म चयन हुने गर्थे । संजय श्रेष्ठ, सरोज सिंह, केवल राउत, नवल राउत, प्रल्हाद गिरी लगायतका खेलाडीहरु राष्टिूय टिममा पर्थे । यहाँ सम्म की जनकपुरका संजय श्रेष्ठ राष्टिूय कबड्डी टिमका कप्तान नै थिए । संजय श्रेष्ठ अहिले भारतमा जारी आईपिएल कबड्डी प्रतियोगितामा व्याङलोर बुल्सका तर्फबाट खेलिरहेका छन् ।
महिला खोखोको कुरा गर्ने हो भने जनकपुरकी अर्चना मुखिया भारतको असममा सम्पन्न भएको साफ गेममा तेस्रो स्थान प्राप्त गरी कास्य पदक जितेका थिए । राष्टूपति विद्या देवी भण्डारीले उनलाई सम्मान पनि गरेको छ ।
नेपालकै क्रिकेटको विकासमा जनकपुरको योगदान
नेपालको क्रिकेटको कुरा गर्ने हो भने पहिलो पटक अन्तर्राष्टिूय प्रतिस्पर्धाका लागि गठित राष्टिूय टोलीको कप्तानी नै जनकपुरका उत्तम कुमार कर्माचार्यले गरेको पाइन्छ । जनकपुर क्रिकेटको क्रेज यतिसम्म थियो कि जनकपुरका उत्तम कर्माचार्यसँग सँगै दिपक कोइराला, दामोदर गौतम, प्रदिप शर्मा, रितेश बराल, प्रकाश शर्मा, दिपक श्रेष्ठ, अनिल मण्डल, समिर नेपाल, हरिशंकर साह जस्ता खेलाडीहरु राष्टिूय टिमको सदस्य भई अन्तर्राष्टिूय प्रतियोगिताहरुमा सहभागिता जनाईसकेका छन् । अनिल मण्डल अहिले पनि राष्टिूय क्रिकेट टोलीको सदस्य भई अन्तर्राष्टिूय खेलहरुमा सहभागिता जनाईरहेका छन् भने उनी भन्दा जुनियर समिर नेपाल र हरिशंकर साह ओझेल भईसकेका छन् ।
नेपालको क्रिकेट एशोसिएट मेम्बर बन्नु भन्दा अघि थाइलेन्डको बंैक्कमा सम्पन्न सिक्स ए साइड प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्ने क्रिकेट टोलीमा जनकपुरका उत्तम कर्माचार्य, दिपक कोइराला, दामोदर गौतम र प्रकाश शर्मा गरी कुल ५ खेलाडीहरु सहभागी भएका थिए । त्यसैगरी २०४५ सालमा बंगलादेशमा सम्पन्न क्रिकेट प्रतियोगितामा जनकपुरका ती खेलाडीहरु सँगसँगै प्रदिप शर्मा पनि सहभागी भएका थिए । नेपाल एशोसिएट मेम्बर भईसकेपछि २०५२ सालमा मलेशियामा सम्पन्न प्रथम एसिया कपमा नेपालको क्रिकेट टोलीको अगुवाई नै जनकपुरका उत्तम कुमार कर्माचार्यले गरेका थिए । उक्त टोलीमा रितेश बरालसँगै जनकपुरका ४ जना खेलाडीहरु सहभागी भएका थिए । जनकपुरले २०४५ सालमा राष्टिूय क्रिकेट खेलमा विजयी भएर नेपालमा छाप छोड्न सफल भएको थियो ।
जनकपुरमा पहिले क्रिकेटमा क्लब म्याच, डोमेस्टिक म्याच, जिल्ला स्तरीय, क्षेत्र स्तरिय र राष्टिूय प्रतियोगिताहरु बढी हुन्थ्यो । जनकपुरमा मात्रै कुरा गर्ने हो भने ५ वटा क्रिकेट क्लवहरु संचालित थिए । जनकपुर क्रिकेट क्लब, जानकी क्रिकेट क्लव, भानु क्रिकेट क्लव, स्पोर्टस क्रिकेट क्लव, स्टेशन एरिया क्लव संचालित थिए । २०३७ साल देखि २०५५ सालसम्म संचालित उक्त क्लवका साथ साथै जनकपुरमा मात्रै सरोज टूफी, जानकी रनिङ्ग सिल्ड, मिथिला टूफी जस्ता टुर्नामेन्टहरु प्रत्येक बर्ष आयोजन हुने गथर््यो । तर, अहिले न त कुनै टूफी संचालन भईरहेको छ न त कुनै प्रतिस्पर्धा छ । केही बर्ष अघि दिपक गुप्ता मेमोरियल क्रिकेट टुर्नामेन्ट जनकपुरमा सुरुवात गरिएपनि दुई पटक मात्र उक्त टुर्नामेन्ट भई बन्द भईसकेको छ । विगतमा नेपालकै क्रिकेटमा जनकपुरको त्यत्रो बर्चस्व हुँदा हुँदै अहिलेको अवस्थामा आएर जनकपुर क्रिकेट टिम झन पछाडी आउनुको कारणहरु मध्ये क्रिकेट मैदानको अभाव सबैभन्दा ठुलो समस्याको रुपमा प्रशिक्षक नविन सिंह आंैल्याउँछन् । कुनै खेलाडी रातारात राष्टिूय टिममा पर्न सक्दैनन् । त्यसको लागि बर्षौंको नियमित अभ्यास चाहिन्छ । तर, अहिलेका खेलाडीहरु केही समय पछि पलायन हुने गरेका छन् । प्रशिक्षक सिंहका अनुसार अहिलेका खेलाडीहरु खेलकुदमा आफ्नो भविष्य नदेखेपछि अन्य क्षेत्र तर्फ लाग्नु, लामो समय क्रिकेटमा टिक्न नसक्नु, नम्बर अफ म्याचेज नहुनु पनि जनकपुरको क्रिकेटको अवनतिको  प्रमुख कारण हो । हुन त अहिले पनि करिब ४० जना खेलाडीहरु मुजेलियाको कभर्ड हलमा अभ्यास त गरिरहेका छन्, तर खेलको संख्या नै नभएपछि ती खेलाडीहरुले खेल्न पाईरहेका छैनन् ।
केही बर्ष अघिसम्म जनकपुरका खेलाडीहरु क्षेत्र नं. २ (विरगंज) बाट राष्टिूयस्त्तरको प्रतियोगिता खेल्ने गर्दथ्यो । विनोद दासको कप्तानीमा क्षेत्र नम्बर २ बाट जनकपुरका खेलाडीहरु सहभागी भएको टोलीले राष्टिूय उपाधि पनि जितेको छ । तर, जनकपुरका खेलाडीहरु संग विरगंजमा बारम्बार हुने पक्षपात बाट पिडित भई जनकपुरको सिनियर खेलाडीहरुको प्रयासमा जनकपलरलाई एउटा अलग क्षेत्र कायम गरियो । आज जनकपुरको क्रिकेट क्षेत्र नं. ७ बाट चिनिने गरिन्छ । जनकपुर अन्तर्गत धनुषा, महोत्तरी सर्लाही, सिरहा, तथा सिन्धुली पर्दछन् । तर पनि जनकपरको क्रिकेटको स्तर विगतको तुलनामा माथि उक्लिनुका साटो खराव हँुदै गएको पाइन्छ ।
ताइक्वान्दोमा खस्किएको स्तर
जनकपुरका तर्फबाट ताइक्वान्दो खेलाडी सविता राज भण्डारीले हंगकंगमा सम्पन्न एसियाडमा नेपाली टोलीको सदस्य भएर सहभागिता मात्र जनाएनन्, दोस्रो स्थान प्राप्त गर्दै मेडल समेत हात पारेका थिए । जनकपुरका ताइक्वान्दो खेलाडीहरु परमिन्दर बछार, राजकुमार बछार, तिलक लामा, किशोर थापा, भरतराज भण्डारी, निरज राज भण्डारी, सिता सिंह डंगोल लगायतले नेपालको राष्टिूय टोलीको सदस्य भईसकेका छन् । २०४८ सालमा धनगढीमा सम्पन्न दोस्रो राष्टिूय प्रतियोगितामा जनकपुरका सुदर्शन बहादुर केसीले राष्टिूय उपाधि हात पारेका थिए । त्यस यता राष्टिूय उपाधिको जनकपुरमा खडेरी नै परेको छ । २०६८ सालमा राष्टिूय टिममा संजय चौधरी सहभागी भएका थिए । अहिले उनी बैदेशिक रोजगारीका लागि मलेशियामा कार्यरत छन् । अवस्था यहाँसम्म आईसकेको छ कि ताइक्वान्दोको नेश्नल टिममा जनकपुरबाट एक जना पनि अहिले सदस्य छैनन् । धनुषाको ताइक्वान्दो प्रशिक्षक परमेन्द्र बछारका अनुसार खेलकुद सामग्रीहरु जस्तै चेष्ट कभर, स्पाइनिङ्ग फाइब, म्याप आदिको अभाव हुनु, खेलाडीहरुको खेल प्रतिको अभिरुची कम हुँदै जानु, खेलकुदमा बजेटको अभाव हुनु आदि प्रमुख कारण हुन । अहिले ५४ बर्ष, ५८ बर्ष, ६३ बर्ष र ६८ बर्ष तौल समुहका लागि खेलाडीहरुलाई प्रशिक्षण दिइने गरिएको छ । प्रशिक्षक बछारका अनुसार जनकपुरमा ७४, ८०, ८७ र सो तौल भन्दा माथि समुहका खेलाडीहरु छैनन् । खास गरेर क्याम्पस पढ्ने विद्यार्थीहरुलाई अहिले प्रशिक्षण दिने गरिएको छ । बछारका अनुसार अहिले तत्कालै उपलब्धि नदेखिएपनि २÷३ बर्षपछि जनकपुरको ताइक्वान्दोको स्तर माथि उक्लिने छ ।
भलिबलमा गुमेको पहिचान
जनकपुरका सुनिल मानन्धर, भरत यादव, विनय यादव, राणा शंकर चौधरी जस्ता भलिवलका खेलाडीहरु नेपालको राष्टिूय भलिवल टिमका सदस्य भई अन्तर्राष्टिूय प्रतियोगिताहरुमा समेत सहभागिता जनाईसकेको बैभवपुर्ण इतिहास छ । सुनिल मानन्धर, भरत यादव र विनय यादवले साफमा समेत सहभागिता जनाईसकेका छन् । २०४८ सालमा श्रीलंकामा भएको पाँचौ साफ गेममा भरत यादव, सुनिल मानन्धर र २०५६ सालमा काठमाण्डौमा सम्पन्न आठौं साफमा विनय यादव, पाकिस्तानमा सम्पन्न नबौं साफ र बंगलादेशमा सम्पन्न दशौं साफमा राणा शंकर चौधरीले नेपालको तर्फबाट प्रतिनिधित्व गरिसकेको जनकपुरका भलिवल खेलाडी हुन ।
२०४८ सालमा जनकपुर चुरोट कारखानाको मैदानमा सम्पन्न पुरुष भलिबल राष्टिूय भलिबल प्रतियोगितामा सुनिल मानन्धरको अगुवाईमा जनकपुरको भलिबल टिमले तेस्रो स्थान हात पारेको थियो ।  २०५२ साल तिर विकास क्षेत्रमा परिणत भएपछि पनि मध्यमाञ्चल विकास क्षेत्रमा धनुषा ३÷४ पटक विजेता नै भएको थियो । मध्यमाञ्चल विकास क्षेत्रको लागि चयन हुने टिममा जनकपुरका भरत यादव, विनय यादव, राणाशंकर चौधरी, श्याम प्रकाश ठाकुर, सुदिप यादव पर्ने गर्थे । ६ जनाको सेटमा ५ जना खेलाडीहरु जनकपुरकै पर्ने गर्थे । यसले पनि के देखाउँछ भने विगतमा क्षेत्र स्तरीय टिममा जनकपुरकै दवदवा थियो । २०६५ सालमा काठमाण्डौमा गणतान्त्रिक खेलकुद प्रतियोगिता आयोजना हुँदा जनकपुरका भरत यादवको अगुवाईमा खेलिएको भलिबल टिमले उपाधि जितेको थियो । तर, अहिलेको अवस्था हेर्ने हो भने भलिबलको राष्टिूय टिममा जनकपुरबाट कुनै पनि खेलाडीहरु पर्न सकेका छैनन् । धनुषाको भलिबलका प्रशिक्षक भरत यादवका अनुसार जनकपुरमा भलिबलको अवस्था खस्किनुको प्रमुख कारण मैदानको अभाव हो । जनकपुरको बाह्रविघा मैदानमा करिब १४ जना पुरुषहरु र ८ जना महिला खेलाडीहरुलाई अभ्यास त गराइन्छ तर पर्याप्त खेल सामग्रीको अभावको कारण खेलको स्तर खस्दै गएको छ ।
कराँतेको केन्द्र रहेको जनकपुरलाई अब अस्तित्वकै संकट
राजेश थापा, दिनेश श्रेष्ठ, सवाना बानो, शैलेन्द्र यादव, अर्जुन चौधरी, किशन कर्ण, राम श्रेष्ठ पाण्डे, दिपेन्द्र ठाकुर, रविन पोखरेल लगायतका जनकपुरका कराँतेका खेलाडीहरुले अन्तर्राष्टिूय स्तरमा मेडल जितेर जनकपुरको मात्र नभएर देशकै नाम रोशन गरेका छन् । २०५२ देखि २०६५ सालसम्म कराँतेमा जनकपुरको ठुलो बर्चस्व थियो । राष्टिूय तथा अन्तर्राष्टिूय प्रतिस्पर्धाहरुमा गोल्ड मेडल नजितेको कुनै बर्ष नै हुँदैन्थ्यो । राम श्रेष्ठ पाण्डे त्यस्ता खेलाडी थिए जसले नेपालैभरी तहलका मच्चाएको थियो । उनको जलबा यति सम्म थियो कि उनलाई नेपाली बु्रसली भनेर उपनाम नै दिएको थियो । त्यसैगरी जनकपुरकै राजेश थापालाई काले बु्रसली भनेर भनिन्थ्यो । खेलकुद विकास समितिले कराँतेमा पाँच जना प्रशिक्षक नै नियुक्त गरेका छन् । यसका अतिरिक्त पाँच जना जति स्वयम सेवक प्रशिक्षकहरु पनि छन् । तर, बर्तमानको अवस्था हेर्ने हो भने कराँतेमा जनकपुरको कहिँ कतै नाम पाइँदैन । राष्टिूय टोलीमा समेत जनकपुर पर्न सकिरहेको छैन । कराँतेका प्रशिक्षक रामचन्द्र ठाकुरका अनुसार अहिले ८ देखि १४ बर्षसम्मका खेलाडीहरुलाई प्रशिक्षण दिइँदैछ, १÷२ बर्षपछि फेरी जनकपुरमा कराँतेको पहिचान प्राप्त हुनेछ ।
फुटबलको पावर हाउस जनकपुर
 भनिन्छ फुटबल विश्वकै सर्वाधिक लोकप्रिय खेल हो । जनकपुरमा पनि फुटबलको एक जमानामा धेरै ठुलो क्रेज थियो । २००४ सालमा काठमाण्डौको टुडिखेलमा तत्कालिन राजा त्रिभुवनले आयोजना गर्न लगाएको पहिलो त्रिभुवन च्यालेन्ज रनिङ्ग सिल्डमा जनकपुर र जलेश्वर समेतको सहभागितामा जलेश्वर ११ बाट तत्कालिन महोत्तरी र हालको धनुषा र महोत्तरीबाट खेलाडीहरु सहभागी भएका थिए । जनकपुरका विश्वनाथ गुप्ताको अगुवाईमा जनकपुर, खजुरी, जलेश्वरबाट जलेश्वर ११ का खेलाडीहरु ४÷५ दिन हिँडेर खेल्न पुगेका थिए । उक्त प्रतियोगितामा जलेश्वर ११ प्रथम भएको थियो । जलेश्वर ११ ले उक्त म्याचमा जित हात पारेपछि तत्कालिन राजा त्रिभुवनले उक्त टिमका कप्तान विश्वनाथ गुप्तालाई पुरस्कार स्वरुप के चाहियो भनेर सोधेपछि अफ्सेट प्रेस संचालन गर्न इजाजत दिनु पर्यो भनेर गुप्ताले भनेका थिए । राजाले उनको आग्रहलाई स्वीकार गर्दै उनलाई प्रेस संचालन गर्न इजाजत दिएको बताइन्छ । त्यसपछि गुप्ताले २००८ सालमा अम्बिका अफसेट प्रेस दर्ता गराई संचालन गरेका थिए । त्यतिबेला निजी क्षेत्रमा अफसेट प्रेस संचालन गर्न दिइएको त्यो नै नेपालमा पहिलो प्रेस भएको बताइन्छ । निरन्तर हुने उक्त प्रतियोगितामा जनकपुरका खेलाडीहरुले राम्रो प्रदर्शन गरेपछि फुटबल टिमका कप्तान गुप्तालाई विडी कारखाना संचालन गर्न अनुमति दिइएको थियो । उनले जानकी विडी कारखाना संचालन गरेका थिए । सोही टिमका सदस्य रहेका जनकपुरका फुटबल खेलाडी लोटे बहादुर सिंहलाई नेपालको पेले भनेर भनिन्थ्यो ।
 जनकपुर चुरोट कारखानाले संचालन गरेको फुटबल टिमका ८ जना खेलाडीहरु चन्दु मण्डल, सुनिती गिरी, राजेश थापा, पारस चौधरी, पुष्प केसी, अनिल रुपा खेती, ललित थापा, गणेश पाण्डे राष्टिूय खेलाडी थिए । नेपालको फुटबलका स्टार खेलाडी भनेर नाम कमाएरका राजु शाक्य र गणेश थापा पनि जनकपुरबाटै फुटबलको करियर सुरुवात गरेका थिए । राजु शाक्य अहिले फुटबलको  राष्टिूय टिमको प्रशिक्षक छन् भने गणेश थापा एन्फाका निवर्तमान अध्यक्ष हुन । जचुकालीका टिमले राष्टिूय स्तरमा मात्र नभएर सिक्किम, भुटान, बंगलादेश जस्ता मुलुकहरुमा गएर प्रतिस्पर्धा जितेको गौरवशाली इतिहास रहेको छ । जनकपुरको फुटबल टिमको यति सम्म क्रेज थियो कि देशमा वा भारतमा फुटबल प्रतियोगिता हुँदा जनकपुर टिम सहभागी नभएको टुर्नामेन्टमा भिड नै जुट्दैन्थ्यो । नेपालको कुनै पनि फुटबल टोली भारतमा खेल्न जाँदा आफुलाई जनकपुरको टोली हो भनेर भन्ने गथर््यो । जनकपुर फुटबलको लागि पावर हाउस नै थियो । तर, अहिले भन्ने हो भने फुटबलमा हिरो रहेको जनकपुर जिरो भएको छ । पछि आएर विभेद पनि हुँदै गएको छ । जस्तै २०५० सालमा राष्टिूय टिम चयनका लागि भएको क्लोज क्याम्पका कप्तान थिए धनुषा खजुरीका अमरकान्त झा । तर, टिम छनौट हुँदा अन्तिम छनौटमा उनी परेनन् ।  त्यसैगरी यदुकुहाका राजदेव प्रसाद साह टप स्कोरर हुन्थे । काठमाण्डौमा भएको प्रतियोगितामा काठमाण्डौका मणि शाहले ५ गोल गरेका थिए भने राजदेव साहले ८ गोल गरेका थिए । तर पनि राजदेव साहको नाउँ राष्टिूय टोलीमा पर्न सकेन ।
फाफेन बहुदल र गणतन्त्र
पञ्चायतकालमा खेलकुद विकास समितिको अध्यक्ष अञ्चलाधिश हुने गर्थे । विरेन्द्र सिल्ड प्रतियोगिताका लागि अञ्चलाधिशको आदेशमा जिल्ला शिक्षा कार्यालयले गर्ने परिपत्रमा उक्त शिल्डमा अनिवार्य रुपमा खेलाडीलाई सहभागी गराउन विद्यालयहरुलाई निर्देशन हुन्थ्यो । जसकारण प्रत्येक विद्यालयहरुमा खेलकुदका गतिविधिहरु अनिवार्य हुन्थ्यो । तर, प्रजातन्त्र आएसँगै खेलकुद विकास समितिको अध्यक्षमा राजनीति नियूक्त हुन लाग्यो ।
२०४६ सालमा बहुदल आए पश्चात नेपाली कांग्रेसका बजरंग प्रसाद साह, एमालेका गंगाराम यादव, राजकिशोर यादव, विश्वनाथ यादव, तमलोपाका धिरेन्द्र बहादुर सिंह, माओवादीका मनिष जर्घा मगर र एमालेका कमल किशोर चौधरी खेलकुद विकास समितिका अध्यक्ष भईसकेका छन् । तर, ती अध्यक्षहरुको निर्देशनलाई शिक्षा अधिकारीहरुले वास्ता गर्दैनन् । परिणाम स्वरुप विगतको विरेन्द्र शिल्ड हालको राष्टूपति रनिङ सिल्डमा विद्यालयहरुको उपस्थिति उत्साह जनक हुँदैनन् । जिल्ला खेलकुद विकास समिति धनुषाका कार्यालय प्रमुख विनोद कुमार सिंहका अनुसार अहिले एउटा निर्वाचन क्षेत्रमा कम्तिमा पनि १० वटा माध्यमिक विद्यालयहरु पर्छन । तर, राष्टूपति रनिङ सिल्डमा मुस्किलले ४÷५ वटा विद्यालयहरु सहभागी हुने गरेका छन् । राजनीतिक दलका नेताहरुलाई खेलको विकास सँग कुनै मतलब हुँदैन । स्थानीय निकायको रुपमा रहने गरेका गाउँ विकास समिति, नगरपालिका, उपमहानगरपालिका र जिल्ला विकास समितिले पनि खेलकुदको विकासका लागि कहिल्यै बजेट विनियोजन गरेको पाइँदैन । सिंहका अनुसार गत आर्थिक बर्ष २०७२÷२०७३ मा खेलकुदको विकासका लागि नेपाल सरकारले धनुषामा एक रुपैयाँ पनि बजेट प्रदान गरेन ।
यस बर्ष ४ लाख रुपैयाँ विनियोजन गरेको बताइएको छ । शरत सिंह भण्डारी, विमलेन्द्र निधि र गणेश तिवारी नेपाली यस क्षेत्रका नेता भएर खेलकुद मन्त्री भईसकेका छन् । तर, कसैले पनि खेलकुदको विकासका लागि आवश्यक पर्ने खेलकुद मैदान तथा रंगशाला बनाउने तर्फ ध्यान दिएनन् । खेलकुदको लागि पुर्वाधार महत्वपुर्ण कुरा हो । तर, धनुषामा त्यस्तो पुर्वाधार नै छैन । विमलेन्द्र निधि भौतिक पुर्वाधार तथा यातायात मन्त्री समेत भईसकेका छन् । खेलकुदको पुर्वाधार पनि विकासको पुर्वाधार मध्येकै एक हो । तर त्यस तर्फ कसैको ध्यान जान सकेको छैन ।
जचुकाली बन्द हुनु खेलकुदको लागि दुर्भाग्य
जचुकालीका टिमले जितेका उपाधिहरु अहिले पनि बन्द रहेको जनकपुर चुरोट कारखानाको
 कार्यालयमा सजाएर राखिएको छ ।
जनकपुर चुरोट कारखाना बन्द भएपछि जनकपुरको खेलकुदको विकास पनि ठप्प भएको छ । जचुकालिले खेलकुदलाई प्रवद्र्धन गर्नका लागि खेलका विभिन्न विधाहरुको टिम नै खडा गरेको थियो । टिममा खेल्ने खेलाडीहरुलाई जचुकालिले जागिर नै दिएको थियो । खेलाडीहरुको काम भनेको निर्धक्क साथ खेल्ने र उपाधिहरु जित्नु हुन्थ्यो । जचुकालिमा आएर काम गर्नु पर्दैन्थ्यो । तर, अहिले खेलाडीहरुको हौसला बढाउन तथा तिनीहरुको जिविको पार्जन सुनिश्चित गर्न जचुकालि जस्तो अन्य कुनै कारखाना वा कर्पोरेट नहुँदा खेलाडीहरु खेलमा आफ्नो भविष्य नदेखेपछि खेलबाट पलायन हुनु परेको छ ।
प्रजातन्त्र आएको केही वर्षसम्म पनि राम्ररी सञ्चालन भएको जचुकालिले आफ्नो प्रभाव हरेक क्षेत्रमा पारेको थियो । खेलकूदको क्षेत्रमा जचुकालिको फुटबल टिम विरेन्द्र कप फुटबल प्रतियोगिताको उपाधि समेत चुमेका छन् भने जचुकालिकै क्रिकेट टिमका कैयौं खिलाडीहरु राष्टिूय टिमका सदस्यहरु बन्न सफल भएका छन् । जचुकालिले विभिन्न खेल विधाका खेलाडीहरुलाई जागिर दिएर खेलकुदको प्रवद्र्धन गर्नमा ठुलो योगदान मात्र पु¥याएको थिएन, खेलकुदको क्षेत्रमा नेपालमै जनकपुरको अब्बल स्थान थियो ।
जचुकालिको फुटबल टिममा राजु शाक्य (जो अहिले राष्टिूय प्रशिक्षक छन्), अन्तराष्टिूय स्तरका खेलाडीहरु सुरेश वस्नेत, विरु राय, चन्देश्वर मण्डल, गणेश पाण्डे, मदन कुमार नेवार, विश्वामित्र राय, दिपक खाती, जिवन बल लामा, पुष्प केशी, पुनम थापा, ललित थापा, राजेश थापा (थापा तीन दाजु भाई), सुनिल गिरी, शम्भु वास्तोला, कुमार सुब्बा, नरसिंह प्रसाद दास लगायतका खेलाडीहरु जचुकालिका खेलाडी थिए । उनीहरुले भुटानको जिग्मेदोर्जे, वाङ चुक च्यालेन्ज गोल्ड कपको उपाधि तीन पटक जितेका थिए । त्यसैगरी २०५२ सालमा सुन्सरीको लुन करण दास गोल्ड कप, सिक्किम फुटबल एशोशिएशन गर्भनरस कप जितेका थिए । यति मात्र होइन नेपाल बंैक लिमिटेडद्वारा आयोजना गरिने अन्तर संस्थान फुटबल प्रतियोगिताको तीन पटक उपाधि जितेर जचुकालिका फुटबल खेलाडीहरुले ह्याटिूक जितेका थिए । त्यसैगरी २०४८ सालमा झापाको भद्रपुरमा आयोजित मेची अञ्चल खेलकुद प्रतियोगिता, २०४४ सालमा विराटनगरमा आयोजित श्री ५ महेन्द्र गोल्डकपको उपाधि जितेका थिए ।
त्यसैगरी कारखानाले क्रिकेटको खेललाई समेत प्रवद्र्धन गर्न क्रिकेट खेलाडीहरुलाई समेत जागिर दिएर क्रिकेट टिम बनाएका थिए । उत्तम कर्माचार्य (जो अहिले क्रिकेट एशोसिएशन अफ नेपालका सचिव हुन, जो नेपालको राष्टिूय क्रिकेट टिमको पहिलो कप्तान समेत बनेका थिए ।), दिपक गुप्ता (जसको स्मृतिमा जनकपुरमा अहिले टी(ट्वेन्टी मेमोरियल क्रिकेट प्रतियोगिता विगत दुई वर्ष देखि संचालित छन् ।), प्रकाश प्रसाद शर्मा, प्रदीप शर्मा, हिरा भगत, मन्जुर आलम, संजय ठाकुर, राजकुमार दाहाल, दिपक कोइराला लगायतका क्रिकेट टिम कारखानाको थियो । उक्त क्रिकेट टिमले काठमाण्डौ खेल मण्डलद्वारा आयोजित केकेएम रनिङ्ग सिल्ड क्रिकेट टुर्नामेन्टको उपाधि तीन पटक जितेको थियो । त्यसैगरी ह्यान्डबल तर्फ पवन कुमार लाल कर्ण, व्याडमिन्टन तर्फ सुनिल शाक्य, नरेन्द्र सत्याल र हक्की तर्फ श्याम कुमार मगर लगायतले कारखानामा जागिर पाएका थिए ।
तर, कारखाना बन्द भएपछि जनकपुरमा खेलाडीहरुले आर्थिक जिविकोपार्जन गर्ने अवसर नपाएपछि यस क्षेत्रको खेलकुद पनि ओरालो लाग्दै गएको छ ।
क्योकोशिन बुदोकाई कराँतेमा जनकपुर अहिले पनि सर्बश्रेष्ठ
कराँते खेल अन्तरगतकै एउटा विधा नेपाल क्योकोशिन बुदोकाई कराँतेमा जनकपुर अहिले पनि सर्बश्रेष्ठ मानिन्छ । २०७३ बैशाखमा भारतको कोलकत्तामा सम्पन्न इन्डो नेपाल क्योशिन बुदोकाई कराँते प्रतियोगितामा जनकपुरबाट सहभागी भएका ५५ किलो तौल समुहका अशोक मोक्तानले गोल्ड मेडल जितेका थिए भने ४५ किलोको तौल समुहमा राजा राम यादव तेस्रो भई कास्य पदक जितेका थिए ।  त्यसैगरी २०७१ सालमा भारतको मुम्बईमा सम्पन्न एसियन गेम अन्तरगत जनकपुरबाट सहभागी भएका ७ जना खेलाडीहरु मध्ये ६ जनाले गोल्ड मेडल जितेका थिए भने एक जनाले कास्य पदक जितेका थिए । ४० किलो तौल समुहमा साहिल अहम्द, ५० किलो तौल समुहमा राहुल देव साह, ६० किलोको तौल समुहमा अर्जुन यादव, ३५ किलोको तौल समुहमा सेबेन्द्र यादव र ६५ किलोको तौल समुहमा लव यादवले स्वर्ण पदक जितेका थिए भने ४५ किलोको तौल समुहमा साहिल नदाफले कास्य पदक जितेका थिए । उक्त एसियन गेममा पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका र माल्दिभ्सका खेलाडीहरु सहभागी भएका थिए ।
२०७३ सालमै काठमाण्डौमा सम्पन्न भएको प्रथम राष्टिूय प्रतियोगितामा जनकपुरका १६ बर्षिय राजु कुमार यादवले स्वर्ण पदक जितेको थियो । अहिले राजुलाई त्रिभुवन आर्मि क्लवले अनुबन्ध गरेको छ । तर, उनको उमेर नपुगेका कारण आर्मीको दर्जा त दिइएको छैन तै पनि उनलाई आर्मी क्लवले प्रशिक्षण दिईरहेको छ । त्यसैगरी नेपालकै रुकुममा सम्पन्न इन्डो नेपाल प्रतियोगितामा ५५ किलो तौल भन्दा मुनिको समुहमा धर्मेन्द्र यादव र ४५ किलो तौल समुहको तल मुनिमा राजु कुमार यादव दोस्रो भएका थिए । सन् २००५ मा श्रीलंकाको गालेमा सम्पन्न साफ प्रतियोगितामा जनकपुरका मोहम्मद असगर खानले नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै दोस्रो भएको थियो ।
मुख्य कुरा के हो भने यो खेल विधाका लागि राज्यले कुनै पनि लगानी गरेको छैन । न त राज्यले प्रशिक्षण कै व्यवस्था गरेको छ । तर पनि उक्त खेलमा जनकपुरले राष्टिूय संगसँगै अन्तर्राष्टिूय स्तरका प्रतियोगिताहरुमा गोल्ड मेडल निरन्तर जितिरहेको छ । निशुल्क रुपमा प्रशिक्षण दिँदै आएका नेपाल क्योकोशिन बुदोकाई कराँते संघ धनुषाका मुख्य प्रशिक्षक असगर खानका अनुसार जिल्ला खेलकुद विकास समिति धनुषाले गरेको योगदान के हो भने राष्टिूय प्रतियोगिताहरुका लागि जनकपुरबाट सहभागी हुने खेलाडीहरुलाई टूेक सुटको व्यवस्था भने गरिदिन्छ । र, प्रशिक्षणका लागि कभर्ड हलको मैदान उपलब्ध गराईरहेको छ । ११ भदौ २०७३ मा जनकपुरका जुनियर खेलाडीहरुको बेल्ट टेस्ट गरिएको छ । जसमा ४० जना खेलाडीहरु सहभागी भएका थिए ।


२०७३ भाद्र १९ गते आईतबार

प्रसुति महिला चन्द्रकलाहरुले कहिलेसम्म ज्यान गुमाउने ?

जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको लापरवाहीका
कारण ज्यान गुमाएकी प्रसुति महिला चन्द्रकला पासमानको शव ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर अञ्चल अस्पतालमा कार्यरत स्त्री रोग विशेषज्ञ डा.विजय सिंह र डा.सुशिला सिंहको लापरवाहीका कारण एक जना सुत्केरी र बच्चाको मृत्यु भएको छ । ती डाक्टरहरुले पेटको शल्याक्रिया गरेर बच्चा निकाल्नु पर्नेमा पाठेघर नै निकालेपछि महोत्तरी भरतपुर ४ की २६ वर्षकी चन्द्रकला पासवानको मृत्यु भएको परिवाजनले जनाएका छन् । चन्द्रकलालाई व्यथा लागेपछि गएको सोमबार राति ८ बजे जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । समय पुग्दा पनि २४ घण्टासम्म समान्य रुपमा बच्चा जन्मन नसके पछि मंगलबार राति साढे ८ बजे शल्यक्रिया गरी बच्चा निकाल्न अपरेशन कक्षमा लगिएको थियो ।

आफन्त अनिल पासवानका अनुसार प्रसुति रोग विशेषज्ञ डा.शिला सिंहले चन्द्रकलालाई शल्यक्रिया गरी बच्चाको स्थानमा पाठेघर नै झिके पश्चात रक्तश्राव शुरु भएको थियो । त्यसपछि डा.सिंहले. बच्चा पेटबाट निकाल्दा बच्चाको मृत्यु भइसकेको थियो । रक्तस्रावको कारण चन्द्रकलालाई ७ पोका रगत चढाईएको उनका काका अनिल पासवाले बताए । डा.सिंहले पाठेघर झिकेकाले अत्यधिक रक्तश्राव भई बुधबार विहान चन्द्रकला गम्भीर भएपछि उनलाई यहाँ उपचार सम्भाव नहुने भन्दै अञ्चल अस्पतालले जानकी मेडिकल कलेज रमदैयाद्वारा जनकपुरमा सञ्चालित सिटी होस्पिटल जनकपुरमा विहान १० बजे रेफर गरिएको थियो ।
सिटी होस्पिटलमा उचारको लागि लग्ने क्रममै चन्द्रकलाको मृत्यु भएको परिवारजनले जनाएको छ । चन्द्रकलाको दुई छोरी रहेको छ । अञ्चल अस्पताल र डाक्टरको चरम लापरबाहीले चन्द्रकलाको ज्यान गएको परिवारजनाले आरोप लगाउदै दोषी डाक्टरलाई कारबाही र क्षतिपुर्तिको माग गर्दै विरोध प्रदर्शन गरेको थियो । पछि अञ्चल अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट र पीडित पक्ष बीच ३ बुँदे सहमति भएको थियो । उपचारमा संलग्न दोषी चिकित्सकलाई कारवाही गर्ने, पीडित परिवारलाई राहत स्वरुप क्षतिपुर्ती र परिवारका सदस्यलाई रोजगारी दिइने सवालमा स्वास्थ्य मन्त्रालयमा सिफारिस गरिने अस्पताल प्रशासनले लिखित प्रतिबद्धता जनाएपछि पीडित परिवारजनले लाश बुझेका थिए ।

जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरीडेन्टेन्ट डा.गौराग मिश्राले चन्द्रकालको समान्य रुपमा बच्चा नजन्मेपछि डा.सुशिला सिंहले शल्यक्रिया गर्न लागेको थियो । उनका अनुसार पेट खोलेपछि पाठेघर फाटेको थियो । पाठेघर फाटेको अवस्थामा हटाउनु पर्ने हुँदा अर्का प्रशुति रोग विशेषज्ञ डा.विजय सिंहलाई बोलाएर दुवै जनाले तीन घण्टा लगाएर शल्यक्रिया सफल गरिएको थियो । शल्यक्रिया पश्चात चन्द्रकलाको अवस्था ठीक भएको र रगत अभावको कारणले उनको ज्यान गएको मेसु मिश्रले बताए । यस विषयमा शल्यक्रिया गर्ने डाक्टरहरुसँग स्पष्टिकरण मागिएको र गलत गरेको ठहरे कारबाही गर्ने मिश्रले बताए ।

अञ्चल अस्पतालका निमित मेडिकल सुप्रिटेन्डेन्ट डा. गौरांग मिश्रका अनुसार कारवाहीका लागि प्रक्रिया थालिसकिएको छ । द एक्सक्लुसिभसँगको कुराकानीमा डा. मिश्रले घटनाको बेलि विस्तार यसरी सुनाए ।
 प्यासेन्टको शल्यक्रिया हुनुभन्दा एक दिन अगाडी नै जनकपुर अञ्चल अस्पतालमा भर्ना भएका थिए । तर, उनको डेलेभरी हुनका लागि हुनुपर्ने लेवर पेन नभएपछि भोली पल्ट अस्पतालको ओपिडीमा चेक जाँच गराएका थिए । २ बजे तिर उनको लेवर पेन सुरु भएको थियो । साढे २ बजे उनलाई भर्ना गरिएको थियो । राति ९ बजे शल्यक्रिया गरिएको थियो । यूटेरस रप्चर भएका कारण शल्यक्रिया हुँदा अत्यधिक रक्तस्राप भएको थियो । गर्भाशयलाई बचाउन पुरा प्रयास गरिएपनि गर्भाशयलाई झिकेर हटाउनु पर्यो । गर्भमा रहेको शिशुको गर्भमै मृत्यु भईसकेको थियो । लगभग प्यासेन्टको अवस्था सुधार भईसकेको थियो । तर, ५ बजे तिर अचानक अवस्था विग्रियो । रगतको व्यवस्थ ागर्न भनिएको थियो । तर, रगतको उपाय हुन सकिरहेको थिएन । नेपाल रेडक्रसको ब्लड बैंकबाट ४ पोका रगत ल्याइएको पनि थियो । तर, त्यो पर्याप्त हुन सकेन । थप रगत रेडक्रसमा पनि थिएन । मैले आफै आफ्नो कम्पाउण्डरलाई रेडक्रसमा पठाएँ । तर, दुर्भाग्य त्यहाँ प्यासेन्टलाई चाहिने ए पोजेटिभ ग्रुपको रगत थिएन । अनि रगत पाउन सकिन्छ कि भनेर अस्पतालले उक्त प्यासेन्टलाई सिटी अस्पतालमा रेफर गरिएको थियो ।

कारवाही प्रक्रिया अगाडी वढाइएको छ । जब प्यासेन्ट ठीक भईसकेको अवस्थामा आएर पछि सिरियस भयो त्यति बेला नै मैले विभागाध्यक्ष, स्टाफ नर्स, मेटूोन र ओटी डाक्टरहरुलाई बोलाएर प्यासेन्ट किन सिरियस भएको हो भन्दै ४८ घण्टा भित्र प्रतिवेदन पेश गर्न भनेको छु । स्त्री तथा प्रसुति रोगको विभाग प्रमुख डा. कल्पना बछार विदामा रहेकाले कार्य बाहक विभागाध्यक्ष डा.रामनरेश पंडित, मेटूोन रंजु यादव, ओटी एनेस्थेसियाका विनित कर्ण, उपचारमा संलग्न चिकित्सकहरु डा.विजय कुमार सिंह र डा.सुशिला सिंहलाई प्रतिवेदन बुझाउन भनेको छु । उनको प्रतिवेदनको जवाफ आएपछि प्रतिवेदनमा देखिए अनुसार आफुलाई चित्त नबुझे कारवाही गर्नेछु । हुन त शवको पोस्टमार्टम रिपोर्ट पनि आईसकेको छ । त्यो रिपोर्ट मैले जिल्ला प्रहरी कार्यालयलाई पनि बुझाईसकेको छु । पोस्टमार्टमको रिपोर्ट मैले सार्वजनिक गर्न मिल्दैन । तर, पनि म के भन्न सक्छु भने केही न केही कमजोरी चिकित्सकहरुबाट भएको छ । त्यसकारण ती दोषी पाइने चिकित्सकलाई कारवाही स्वरुप हुन सक्छ त्यो अस्पतालबाट बर्खास्त गर्न सकिन्छ ।

कहिलेसम्म प्रसुति महिला चन्द्रकलाहरुले अस्पताल प्रशासन र चिकित्सकको लापरवाहीका कारण ज्यान गुमाउनु पर्ने हो भन्ने सवालमा डा. मिश्र भन्छन,“ प्रसुतिको मृत्युदर भनेको जनकपुर अञ्चल अस्पतालमा ०.०५ प्रतिशत मात्र छ । प्रसुति गृह काठमाण्डौ भन्दा पनि राम्रो तथ्याङ्क हो यो । रह्यो कुरा भरोसा र विश्वासको भने ३ महिना अघिसम्म प्रति दिन १० देखि १५ जना प्रसुतिहरुको उपचार यस अस्पतालमा भईरहेको थियो भने अहिले आएर उक्त संख्या ३५ देखि ५५ सम्म पुगेको छ । विरामी संख्या बढ्नुले पनि अस्पतालको भरोसामा आँच आएको देखिँदैन ।”

स्थानीयबासीहरुका अनुसार पछिल्लो समय जनकपुर अंचल अस्पतालमा अस्पताल प्रशासन, चिकित्सक, नर्स तथा कर्मचारीहरुको चरम रुपमा लापरबाही बढ्दै गएको छ । जसकारण समयमा उपचार नपाउँदा विरामीहरुको मृत्यु हुने गरेको छ । उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना हुने विरामीहरु समयमा उपचार नपाएपछि अन्य निजी क्लिनिक र नर्सिंगहोममा गएर उपचार गराउने गरेका छन् । डाक्टर र नर्सहरु अस्पतालको डिउटीको समयमा बढी समय निजी क्लिनिक र प्राइभेट होस्पिटलहरुमा दिन थालेका छन् । यसकारणले दिनदिनै जनकपुर अञ्चल अस्पतालको अवस्था धारासायी बन्दै गएको छ । अस्पतालका चिकित्सक र कर्मचारीहरु नै बाहिर खोलिएका निजी अस्पताल तथा क्लिनिकहरुको लागि दलाली गर्दै आएका छन ।

२०७३ भाद्र १९ गते आईतबार