Sunday, March 5, 2017

अजब–गजब छ बा ! सुदर्शन सिंह

ए साथीहरु हो, आत्तिनुपर्दैन । जबसम्म नरकपुर रहिरहन्छ र गुणस्तरहिन विकास भईरहन्छ, हामी विस्थापित हुनुपर्दैन ।
२०७३ फाल्गुन २२ गते आईतबार

मधेसमा एमाले र मोर्चा बीच ‘मुठभेडको सम्भावना’

जनकपुरमा एमाले नेता बामदेव गौतम आएपछि
मधेसी मोर्चाका कार्यकर्ताहरुले गरेको विरोध प्रदर्शन ।
अजय अनुरागी
जनकपुरधाम............
पार्टी कामको सिलसिलामा जनकपुर पुगेका एमाले उपाध्यक्ष वामदेव गौतम ११ फागुनमा जनकपुर स्थित रघुबिर महासेठको घरमा बसेका थिए । मधेशी मोर्चाले उक्त दिन मधेश बन्दको आह्वान गरेको थियो । संविधान संशोधन नगरी चुनाव घोषणा भएपछिको उत्पन्न परिस्थितिले पनि मोर्चा आन्दोलित भएका हुन । त्यसमा पनि एमालेले संशोधनलाई राष्टूघाती र औचित्यहिन बताईरहेको बेला बामदेव गौतम जनकपुर आएपछि उनलाई मोर्चाका कार्यकर्ताहरुले घर घेरेर ढुङ्गामुढा गर्दै कालोझण्डा देखाइएको थियो । उक्त क्रममा एमाले र मोर्चाका कार्यकर्ता बीच दोहोरो झड्प समेत भएको थियो ।
त्यसैगरी १६ फागुनमा एमालेका नेता तथा पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल आफ्नै गृहजिल्ला रौतहटको सदरमुकाम गौरमा जाँदा मधेसी मोर्चाका स्थानीय नेता तथा कार्यकर्ताहरुले चर्को विरोध गरेका थिए । उक्त कार्यक्रममा भएको झड्पमा परेर पत्रकार सहित प्रदर्शनकारीहरु घाईते भएका थिए । माथिको दुईवटा घटनाले मात्रै के संकेत गरेको छ भने, मधेसमा एमाले र मधेसी मोर्चा आमने सामने भिड्दै छन् ।
जनकपुर घटनालाई लिएर एमालेले संसदमा समेत कुरा उठाइसकेको छ । जनकपुरमात्रै होइन, मोर्चाका कार्यकर्ताले यसअघि पनि एमालेको कार्यक्रम र नेताहरुको घर तोडफोड गरेको थियो । विगतका यस्ता घट्नाबाट के पुष्टि हुन्छ भने आगामी दिनमा मधशी मोर्चा र एमालेबीचको सम्बन्ध सहज हुने छैन । एमालेले पनि फागुन २१ गतेदखि तराई मधेश अभियायनलाई थप शसक्त पार्दै  सञ्चालन गर्दैछ । जसले गर्दा यी दुई शक्ति आमने(सामने हुने लगभग पक्का छ । २० फागुनमा सप्तरीको राजविराजमा मधेसी मोर्चाका कार्यकर्ताहरुले एमालेका एक जना जिल्ला स्तरीय नेतालाई कालोमोसो दलेर एमालेको अभियानको  विरोध गरेको छ ।
एमाले कार्यकर्तालाई कालोमोसो
२० फागुनमा राजविराजमा एमालेको एक जना
जिल्ला स्तरीय नेतालाई मोर्चाले कालोमोसो दलेपछि ।
नेकपा एमालेको मेची(महाकाली अभियानलाई सफल बनाउन क्रियाशील एमाले र त्यसबिरुद्धआन्दोलन घोषणा गरेको मधेसी मोर्चा सप्तरीमा आमने सामने भएका छन् । एमालेले सप्तरीमा आमसभा गरिछाड्ने र मोर्चाले हुन नदिने अडान लिएपछि दुबै पक्षबीच तनाव बढेको छ । अभियानलाई सफल पार्न सकृय रहेका एमाले कार्यकर्ताबिरुद्व मोर्चा कार्यकर्ता खनिएका छन् । शुक्रबार मोर्चा कार्यकर्ताले एमालेका जिल्ला सदस्य प्रतापनारायण चौधरीलाई राजविराजमा कालोमोसो दलेका छन् । राजविराज १ हटियास्थित माछा हटियामा अभियानलाई सफल पार्न पर्चा बितरण गरिरहेको समयमा मोर्चा कार्यकर्ताले चौधरीलाई कालोमोसो दलेका हुन् । चौधरीलाई मालोमोसो दल्न शुरु गरेपछि त्यहाँ उपस्थित एमालेका जिल्ला सचिव शम्भु यादवसहितका एमाले नेताहरु भागेका थिए ।
मोर्चाका जिल्ला संयोजक दिनेश यादवले एमालेबिरुद्व मधेसी जनता आक्रोशित रहेको बेला पनि आफ्नो गतिविधी गर्न खोजेपछि जनता थप आक्रोशित भएको बताएका छन् । उनले जनताले नै कालोमासो दलेको दाबी गरे । यसअघि बिहीबार एमालेका कार्यकर्ता र मोर्चा कार्यकर्ताबीच राजविराजमा झडप भएको थियो । अभियानको बारेमा एमाले कार्यकर्ताहरुले पर्चा बितरण गरिरहेको समयमा शुक्रबार साँझ मोर्चा र एमाले कार्यकर्ताबीच झडप भएको थियो । समयमै प्रहरी पुगेका कारण कुनै अप्रिय घटना भएन ।
एमाले सांसद ठाकुर सवार गाडीमा ढुंगा प्रहार
गौरमा एमाले नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल जाँदा मधेसी मोर्चाका कार्यकर्ताहरुले गरेको विरोध प्रदर्शन ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद चढेको एक गाडीमा शुक्रबार ढुंगा प्रहार भएको छ । एमाले सांसद तथा व्यवस्थापिका संसद अन्तर्गतको महिला, बालबालिका, ज्येष्ठ नागरिक एवं समाज कल्याण समितिकी सभापति रञ्जु ठाकुर सवार गाडीमा मधेसी मोर्चाका कार्यकर्ताले राजविराजमा ढुंगा प्रहार गरेका हुन् ।
काठमाडौंबाट राजविराज आएर जिल्ला पार्टी कार्यालयतर्फ गइरहेको बेला गाडीमा ढुंगामुढा भएको सांसद ठाकुरले बताएकी छन् । ‘पार्टी कार्यालयतर्फ गइरहँदा पानी ट्यांकी चोकमा उभिरहेका केही युवाले कालो झण्डा देखाउन थाले,’ सांसद ठाकुरले भनिन, ‘आफूले चालकलाई अलि तीव्र बनाउन भनेपछि पछाडिबाट ढुंगा प्रहार गरे ।’ ढुंगा प्रहारबाट ठाकुर सवार बा १ झ ८४८९ नम्बरको गाडीमा कुनै क्षति भएको छैन । गाडी तीव्र गतिमा गुडेका कारण कुनै क्षति नभएको सांसद ठाकुरले बताइन् । यद्यपि मोर्चाका जिल्ला संयोजक दिनेश यादवले एमालेसँग जनता रिसाएको र जनता स्वयं एमालेबिरुद्व उत्रेको प्रतिकृया दिएका छन् ।
मधेसी मोर्चालाई ओलीको प्रश्नः राजनीति गर्ने कि गुण्डागर्दी ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसी मोर्चालाई राजनीति गर्न खोजेको कि कि गुण्डागर्दी भनेर प्रश्न गरेका छन् । सप्तरीमा एमाले कार्यकर्तालाई कालो मोसो दल्नुका साथै एमाले सांसद रञ्जु ठाकुरको गाडीमा ढुंगागुढा भएपछि ओली मोर्चाप्रति आक्रमक भएका हुन् । बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘यो राजनीति होइन, गुण्डागर्दी हो । यदि गुण्डागर्दी गर्न खोजेको हो भने एमाले पिछ्यू फर्किएर भाग्दैन ।’
एमाले नेतृ रञ्जु ठाकुर चढेको गाडीमा
मोर्चाका कार्यकर्ताले ढुङ्गामुढा गरेको थियो ।
राजविराजमा एमाले कार्यकर्तामाथि आक्रमणका साथै लुटपाट भएको भन्दै उनले राजनीति गर्न खोजेको कि गुण्डागर्दी प्रष्ट पार्न मधेसी मार्चालाई आग्रह गरे । उनले अघि भने, ‘मधेसी मोर्चाले राजनीति गर्ने हो भने राजनीतिक रुपमा बैचारिक प्रतिवाद गर्छौं ।’ एमालेले सिंगो मधेसमा ४० सिट जितेको भन्दै उनले मधेसको पार्टी एमाले कि मधेसी मोर्चा भनेर प्रश्न गरे ।
मेची महाकाली अभियानबाट पनि मधेसमा एमाले के हो भनेर देखाउने भन्दै उनले यसबाट आत्तिएर उनीहरु आपराधिक गतिविधिमा लागेको आरोप लगाए । फागुन २३ गते राजविराजमा आसमभा गर्ने आफूहरुको पूर्व निर्धा्रित कार्यक्रम भएको भन्दै ओलीले त्यही दिन बन्द गर्ने राजनीतिक कार्यक्रम हुन नसक्ने बताए । सुरक्षा दिने काम सरकारको भएको भन्दै  आमसभा गरिछाड्ने बताए ।
अभियान बारे मोर्चाको धारणा
एमालेको मेची महाकाली अभियानको बारेमा मोर्चाको भने फरक धारणा छ । एमालेको यो अभियान मधेशी जनतालाई जिस्काउन भएको मोर्चाका कतिपय नेताहरुको आरोप छ । मधेशी मोर्चाका एकघटक सद्भावना पार्टीका महासचिव मनिष सुमन भन्छन् ‘हामी एमालेका साथिहरुसँग विनम्र पूर्वक अनुरोध गछौ कि मधेशमा उहाँहरु नजाँदा राम्रो, किन कि मधेशी जनता एमालेप्रति आक्रोश छन् ।’ एमालेको अभियान धेरै पहिला घोषणा भएको हो । तर, मोर्चा सरकारले निर्वाचनको मिति घोषणा गरेपछि आन्दोलित भएको हो । मोर्चाले मेची महाकाली अभियानमा अवरोध गरे एमालेले प्रतिरोध गर्ने चेतावनी दिइसकेको छ । यद्यपी एमालेले आफ्नो यो अभियान कुनै राजनीतिक दलकाविरुद्ध नभएको दावी गर्दै आएको छ । एमालेका नेता ठाकुर गैरे भन्छन् ‘एमालेको यो अभियान कुनै पार्टीको विरुद्ध होइन । यो त मधेश तराई हिमाल पहाडका बीच सद्भाव फैलाउने कार्यक्रम हो । यसलाई मोर्चाले पनि स्वागत गर्नु पर्छ ।’
 तर, सद्भावना पार्टीका महासचिव सुमन एमालेले मधेशी जनतासँग माफि नमागेसम्म एमालेलाई मधेशमा कार्यक्रम गर्न नदिने बताउँछन् । उनले भने, ‘अहिले नै हामीले एमालेका साथिहरुसँग बिनम्र अनुरोध गर्छौ मधेशमा कार्यक्रम नगर्नुहोस् भनेर । मानेनन् भने कालो झण्डा देखाउँछौ । कार्यक्रम असफल बनाउँछौ ।’ गैरेको भनाइ छ,(‘ बहुदलीय राजनीतिमा कसैले कसैलाई यो अभियान चला(नचला भन्नु आवाश्यक छैन । राजनीतिक दलहरुले आफ्ना कार्यक्रम लिएर जनतामा जानसक्छन् । मधेशमा जान कुनै मधेशी दल अथवा मधेशी मोर्चालाई सोध्नुपर्दैन ।’ यता मधेशी मोर्चाका नेता तथा तमलोपाका उपाध्यक्ष ह्रदयश त्रिपाठीले आफूहरुले कसैको अभियानमा अवरोध नगर्ने बताए । कुनै पनि दलको अभियान अवरोध गर्ने मोर्चाको निर्णय नभएको उनले बताए ।
 
काँकडभिठ्ठाबाट अभियानको सुरुवात गरी विर्तामोड र दमकमा जनसभा ।
एमाले नेता कृष्णगोपाल श्रेष्ठले यदि मोर्चाले एमालेलाई चलाउने दुस्साहस ग¥यो भने त्यसको मूल्य मोर्चाले चुकाउनु पर्ने चेतावनी दिए । उनले भने, ‘वामदेवमाथि भएको आक्रमण मोर्चाको कायरता हो ।’ संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको पनि श्रेष्ठको जस्तै भनाई छ । मोर्चा आन्दोलनमा गएपनि एमालेको अभियान अगाडि बढ्न दिनपर्ने उनको भनाई छ । यदि मोर्चा एमाले दुवैले एक अर्काको अस्तित्व मधेशमा स्वीकार्न सकेनन् भने २१ गतेबाट सुरु हुने एमालेको मेची महाकाली अभियान विना अवरोध पुरा हुने संकेत देखिदैन । त्यसकारण अभियान पूर्व नै एमाले र मोर्चाबीच छलफल हुनु आवश्यक छ । होइन, भने राजनीतिक प्रतिरोधको संस्कार सतहमा आउने र यसको सिकार सर्वसाधारण जनता हुने पक्का छ ।
अभियान सफल पार्न एमालेद्वारा केन्द्रिय कमिटि विस्तार
एमालेको केन्द्रिय कमिटिमा २० जना मधेसी र थारुलाई थपेर २ सय ७ सदस्यीय केन्द्रिय कमिटिमा मधेसी र थारुको संख्या ३७ पुर्याएर नेकपा एमालेले २१ फागुन देखि मेची महाकाली अभियान सुरु गरेका छन् । नेकपा एमालेले अकस्मात केन्द्रीय कमिटीको संख्या विस्तार गरेको छ । झापाको बिर्तामोडमा २० फागुनको राति बसेको स्थायी कमिटीको बैठकले एकैपटक २० जना मधेसी र थारु नेताहरुलाई केन्द्रीय कमिटीमा सामुहिक प्रवेश गराएको छ । एमालेको केन्द्रीय कमिटी हाल वैकल्पिक सहित १८५ सदस्यीय थियो । २० जना थपिएपछि अब केन्द्रीय कमिटी २०५ सदस्यीय बन्न पुगेको छ । यसअघि केन्द्रीय कमिटीमा मधेसी र थारुको प्रतिनिधित्व १७ जना मात्रै रहेकोमा अब ३७ पुगेको छ ।
मेची(महाकाली अभियान सुरु गर्नुअघि एमालेले एकैचोटि २० जना मधेसी र थारु नेतालाई केन्द्रीय सदस्यमा थपेको हो । बिर्तामोडमा बसेको एमालेको स्थायी कमिटी बैठकले १२ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । त्यसरी केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा रघुबीर महासेठ, धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव र रामदयाल मण्डल, रामचन्द्र साह तेली, रवीन्द्र बैठा, हरीनारायण महतो, रत्नेश्वर गोइत, लालबाबु यादव र यदुवंश झा छन् । यीमध्ये महासेठ, झा, गोइत र महतो धनुषा जिल्लाका हुन् । धर्मनाथ साह, धर्मनाथ यादव , रामचन्द्र यादव र गंगा यादव सिरहाका हुन् । त्यस्तै रामदयाल मण्डल महोत्तरीका हुन् भने  तेली पर्सा र बैठा सर्लाहीका हुन् ।
त्यसैगरी बैठकले ८ जनालाई बैकल्पिक केन्द्रीय सदस्यमा मनोनय गरिएको छ । वैकल्पिक केन्द्रीय सदस्य हुनेमा नारदमणि राना थारु, जुली महतो, मञ्जु चौधरी, शान्ता चौधरी, हरी राजबंशी, सरोज यादव र सुधीर साह, सरला यादव र महम्मद हारून रहेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए । साथै बैठकले कैलालीका हनुमान चौधरी र मायाराम चौधरीलाई  केन्द्रीय सल्लाहकार परिषदमा मनोनयन गरेको छ ।
केन्द्रीय सदस्यमा मनोनित भएका रघुवीर महासेठ गत महाधिवेशनमा पार्टीको सचिवमा उठेर पराजित भएका नेता हुन् । गत संविधानसभामा उनी धनुषा क्षेत्र नम्बर ५ बाट पूर्वराष्टूपति रामवरण यादवका छोरा चन्द्रमोहन यादवसँग थोरै मतले पराजित भएका थिए । महाधिवेशनमा हारेका कारण केन्द्रीय कमिटीमा छुटेका महासेठ मनोनयनमा परेका हुन् । महासेठकी पत्नी जुली महतो पनि बैकल्पिक केन्द्रीय सदस्य बनेकी छिन् । उनी गत संविधानसभा चुनावमा धनुषा क्षेत्र नं ३ मा विमलेन्द्र निधीकी निकटतम प्रतिद्वन्द्वी हुन् । त्यसैगरी केन्द्रीय सदस्यमा मनोनित भएका सिरहाका धर्मनाथ साथ पनि गत महाधिवेशनमा पराजीत भएका थिए । महाधिवशेनमा साह उपाध्यक्षमा उठेर पराजीत भएका थिए ।
त्यस्तै केन्द्रीय सदस्यमा मनोनित रत्नेश्वर गोइतको कथा पनि रोचक छ । उनी एमालेका पुराना नेता हुन् । तर, उनी एमाले छाडेर केही समय मधेसी जनअधिकार फोरममा  लागेका थिए । दोस्रो संविधानसभा अघि उनी एमालेमा फर्किए । दोस्रो संविधानसभामा रत्नेश्वर गोइत सूर्य ध्वजा लिएर धनुषा १ मा चुनाव लडेका थिए, जहाँ उनले ४१७५ मतका साथ चौथो स्थान हासिल गरे । त्यसैगरी बैकल्पिक केन्द्रीय सदस्यमा परेका मध्ये शान्ता चौधरी पूर्व सांसद एवं कमैया आन्दोलनको चर्चित नाम हो । त्यस्तै सरोज यादव अखिलको सचिव भइसकेका युवा नेता हुन् भने सुधीर साह अखिलका पूर्वउपाध्यक्ष हुन् ।
मेची महाकाली अभियानको कार्यसूचि
एमालेले झापाबाट शुरु गरेको अभियान अन्तिम दिन सुर्खेतमा जनसभा गरेर टुंगाउने कार्यतालिका बनाइएको छ । १५ दिने अभियानमा तराईका २२ जिल्लालाई समेटने गरी ३५ स्थानमा आमसभा आयोजना गरिने एमालेले जनाएको छ । एमालेलाई मधेश विरोधी पार्टीका रुपमा प्रचार गरिएको र यसलाई चिर्न अभियान थालिएको एमालेको भनाई छ । तराईको पूर्व(पश्चिम राजमार्गकेन्द्रित अभियानमा ३३ स्थानमा आमसभा, ¥याली र सांस्कृतिक कार्यक्रम गर्ने एमालेको तयारी छ । ¥याली र सभामा ५० लाख तराईवासीबीच पुग्ने गरी १५ लाखसम्मको जनपरिचालन गर्ने एमालेले दाबी गर्दै आएको छ ।
पहिलो दिन फागुन २१ गते काँकडभिठ्ठाबाट अभियानको सुरुवात गरी विर्तामोड र दमकमा जनसभा गर्ने, दोस्रो दिन फागुन २२ गते मोरंगको विराटनगरको विराट चौक र इटहरीमा जनसभा गर्ने, तेस्रो दिन फागुन २३ गते सुन्सरीको इनरुवा, सप्तरीको राजविराज र कञ्चनपुरमा जनसभा गर्ने, चौथो दिन फागुन २४ गते सिरहाको गोलबजारमा जनसभा गर्ने, पाँचौ दिन फागुन २५ गते जनकपुरमा जनसभा र विविध कार्यक्रम गर्ने र बर्दिवासमा जनसभा गर्ने, छैठौं दिन फागुन २६ गते सर्लाहीको हरिपुरमा, रौतहटको गरुडा र चन्द्रनिगाहपुरमा जनसभा गर्ने, सातौं दिन फागुन २७ गते जितपुर र हेटौडामा जनसभा गर्ने, आठौं दिन फागुन २८ गते भरतपुर र कावासोतीमा जनसभा गर्ने, नबौं दिन फागुन २९ गते भुमही, भैरहवा र बुटबलमा जनसभा गर्ने, दसौं दिन फागुन ३० गते जितपुर र चन्दरौटामा सभा गर्ने कार्यसूचि बनाएको छ ।
अभियान सन्दर्भमा एमालेको निर्णय
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको फागुन ४ र ५ दुई दिने पोलिट व्यूरो बैठकबाट फागुन २१ गतेदेखि सुरु हुने मेची(महाकाली राष्टिूय अभियानलाई अभूतपूर्व रुपमा सफल बनाउन पार्टीका सम्पूर्ण तहगत कमिटी, जनसंगठनहरु र आमजनसमुदायलाई हार्दिक अपिल गर्दै १२ बुँदे समसामयिक प्रस्तावहरु समेत पारित गरेको थियो ।
वर्तमान सरकारले निर्वाचनको तयारीमा देखाइरहेको उदासीनताप्रति नेकपा (एमाले) गंभीर र सशङ्कित भएको छ । २०७४ माघभित्र तीन तहको निर्वाचन हुन नसके गंभीर संवैधानिक सङ्कट उत्पन्न हुने र प्राप्त उपलब्धि समेत जोखिममा पर्ने कुराप्रति संवेदनशील हुँदै २०७४ बैशाखभित्रै स्थानीय तहको निर्वाचन हुने कुरा सुनिश्चित गर्दै अविलम्ब तीनै तहको निर्वाचनको मिति घोषणा गर्न, निर्वाचनका लागि आवश्यक पर्ने कानुनहरु तत्काल निर्माण गर्न, स्थानीय तहको सीमा र सङ्ख्या निर्धारण आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न र निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्ब गठन गर्न सरकारसँग माग गरेको थियो ।     सरकारबाट अगाडि बढाइएको  संविधान संशोधन प्रस्तावप्रति पार्टीका दृष्टिकोण यस अघि नै पटक(पटक सार्वजनिक भइसकेको छ भन्दै प्रस्तावित विधेयक राष्टिूय हित र जनभावना विपरित रहेको र यसका कतिपय प्रावधान संविधानको अक्षर र भावना विपरित समेत रहेकोले पारित हुन नसक्ने कुरामा पुनः जोड दिंदै बैठक उक्त संशोधन फिर्ता लिई मुलुकलाई निर्वाचनको दिशामा अग्रसर गराउन सरकारसँग माग गरेको थियो ।
सङ्क्रमणकालीन अवस्थाको अनुचित लाभ उठाउँदै राष्टिूयता, राष्टिूय अखण्डता र सामाजिक सद्भाव खल्बल्याउने गरी भइरहेका कतिपय गतिविधिप्रति पार्टी गंभीर भएको छ भन्दै शान्ति सुरक्षामा खलल उत्पन्न गराउने र समाजमा हिंसा, अराजकता र अन्यौल सिर्जना गर्ने गरी भइरहेका यस्ता विखण्डनकारी क्रियाकलापलाई एमालेले निन्दा र भत्र्सना गरेको थियो । यस्ता क्रियाकलापलाई तत्काल नियन्त्रण गरी राष्टिूय स्वाधीनता, अखण्डता, सामाजिक सद्भाव, शान्ति र स्थायित्वको रक्षा गर्न सरकारसँग माग गरेको थियो ।
नेपालको संविधानद्वारा निर्देशित स्वतन्त्र परराष्टू नीति, राष्टिूय सुरक्षा र हितमा आघात पुग्ने गरी केही समययता यस सरकारद्वारा भइरहेका गतिविधिप्रति पार्टीको गंभीर ध्यानाकर्षण भएको छ भन्दै अन्तर्राष्टिूय विमानस्थलमा विदेशी सुरक्षाकर्मीहरुलाई हातहतियारहरुसहित आउन छुट दिने, सार्कको भूमिकालाई कमजोर गर्ने र विगतमा छिमेकी मुलुकहरुसँग भएका सम्झौता र सहमतिको कार्यान्वयनमा ढिलासुस्ती र बहानाबाजी गर्ने सरकारको व्यवहारको एमालेको बैठकबाट आलोचना गरिएको थियो । उक्त बैठकले राष्टू संवेदनशील अवस्थामा रहेको यस घडीमा संविधान निर्माणमा निर्णायक भूमिका खेल्ने दलहरुबीचको आपसी एकतामा विशेष जोड दिन्छ भन्दै संविधानप्रति असन्तुष्ट रहेका कतिपय दल तथा नेताहरुलाई राष्टिूय हित, सामाजिक सद्भाव तथा संविधानमा संस्थागत गरिएका महत्वपूर्ण उपलव्धिहरुको रक्षाका लागि जिम्मेवारीपूर्ण भूमिका निर्वाहा गर्न आग्रह गरेको थियो ।
उक्त बैठकले यही २०७३ फागुन २१ बाट सुरु हुन लागेको ‘मेची(महाकाली राष्टिूय अभियान’ मा सक्रिय रुपमा सहभागी भएर भव्यरुपमा सफल पार्न पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तक लगायत आम जनसमुदायलाई आह्वान गरेको थियो ।  वर्तमान सरकारबाट स्वतन्त्र न्यायपालिका, सुरक्षा क्षेत्र, पुनर्निर्माण प्राधीकरण लगायत राज्यका विभिन्न अङ्गमा भइरहेको हस्तक्षेपप्रति बैठकबाट खेद व्यक्त गरेको थियो  ।
पछिल्लो समय देशका विभिन्न भागमा भइरहेका महिला विरुद्धका हिंसात्मक घटना र विशेष गरी हालै कपिलबस्तुमा भएका बालिका तथा किशोरीको सामूहिक बलात्कार र जघन्य हत्याको घोर निन्दा र भ्रत्र्सना गर्दै अपराधीहरुलाई गिरफ्तार गरी तत्काल कठोर कानुनी कार्बाही गर्न माग गर्दछ । त्यसै गरी देशका विभिन्न भागमा दलित समुदायमाथि मन्दिर प्रवेशमा रोक लगाउने लगायतका विभेदजन्य तथा हिंसात्मक घटनाको बैठकबाट निन्दा गरिएको थियो ।
स्थानीय निकायका कर्मचारीहरुको आन्दोलनका कारण ती निकायबाट हुने सेवा प्रवाह ठप्प भई सेवाग्राहीहरुलाई गंभीर मर्का परेको कुराप्रति पार्टीको गंभीर ध्यानाकर्षण भएको छ भन्दै कर्मचारीहरुका जायज मागहरु पूरा गरी स्थानीय निकायहरुको काम सुचारु गर्न र सेवाग्राहीहरुलाई परेको मर्का तत्काल अन्त्य गर्न सरकारसँग माग गरिएको थियो ।
नेकपा (एमाले) पर्यावरणीय सन्तुलनप्रति अत्यन्त संवेदनशील छ । नेपालको पर्यावरणीय सन्तुलनका लागि संवेदनशील क्षेत्रको रुपमा रहेको र तराई(मधेसको भविष्यसँग जोडिएको चुरे क्षेत्र उत्खननका लागि छुट दिने गरी सरकारले गर्न लागेको निर्णयप्रति पार्टीको गंभीर ध्यानाकर्षण भएको छ । चुरे उत्खनन र गिटी बालुवा निकासी गर्ने उद्देश्यले भइरहेका चलखेलको विरोध गर्दै बैठकबाट यस्तो गलत र हानीकारक निर्णय नगर्न सरकारसँग माग गरेको थियो ।
पार्टी केन्द्रीय सदस्य राधाकृष्ण मैनालीका नाममा हालै प्रकाशित र प्रसारित कतिपय लिखत र अभिव्यक्तिहरुमा आएका भ्रामक र गलत सूचनाको बैठकद्वारा खण्डन गरिएको थियो ।
८ बर्षपछि हुन लागिरहेको स्ववियु निर्वाचनलाई निर्धारित समयमै र शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढङ्गले सम्पन्न गर्नका लागि आवश्यक प्रबन्ध गर्न सरकार र विश्वविद्यालय प्रशासनको गंभीर ध्यानाकर्षण गरेको भन्दै पार्टीका केन्द्रिय प्रचार विभाग प्रमुख तथा एमालेका सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको थियो ।
अभियानको सम्बन्धि एमालेको तयारी
एमालेका महासचिव इश्वर पोखरेलको अध्यक्षतामा १४ फागुन २०७३ मा बसेको एमालेको केन्द्रिय सचिवालयको बैठकबाट मेची महाकाली अभियानको विषयमा छलफल गरिएको थियो । बैठकमा  फागुन २१ गतेदेखि हुने मेची(महाकाली राष्टिूय अभियानको तयारीका सन्दर्भमा भइरहेका कामको समीक्षा गरिएको थियो ।
अभियानको सिलसिलामा सातवटै प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी र अन्य मातहतका कमिटीसहित जनसंगठनहरुका तहगत बैठकहरु सम्पन्न भएका छन् भनेर बैठकमा रिपोर्टिङ्ग गरिएको थियो । सबै जिल्लामा अभियानका टोलीहरु निर्माण गरी घरदैलो कार्यक्रम, पर्चा तथा अपिल वितरण, स्वयम्सेवकको तयारी र प्रचार टिमको निर्माण, खाना तथा आवासको तयारीका कामहरु तीव्र गतिमा भइरहेको रिर्पोटिङ प्राप्त भएको थियो । अभियानमा पार्टी अध्यक्ष, बरिष्ठ नेताहरु, केन्द्रीय नेताहरु, सासंदहरु सहितको एक हजार जनालाई अघि कामस जिल्लामा पार्टीका शुभचिन्तका घर(घरमा आवासको ब्यवस्था मिलाउनका लागि तयारी भइरहेको बताइएको थियो । स्थायी टीममा स्वयमसेवक, स्वथ्यकर्मी, कलाकारहरु, सञ्चार टिम पनि स्थायी रुपमा रहने, सुरक्षा र अन्य कामका लागि केन्द्रदेखि स्थानीय स्तरसम्म स्वयम्सेवको व्यवस्था गरिनेछ, यो अभियानमा देशभर १० हजार स्वयम्सेवकहरुलाई आवश्यक तालिम र प्रशिक्षणसहित परिचालित गरिनेछ, सुरक्षा र प्रशासनिक निकायहरुसँग केन्द्र र स्थानीय तहबाट समन्वय गरिनेछ, यसका लागि जिम्मेवारी समेत तोकिएको छ भन्दै पार्टीद्वारा प्रेस विज्ञप्ती जारी गरी बताइएको थियो ।
यो अभियान राष्टिूय एकता तथा सामाजिक सद्भावलाई अझ सुदृढ बनाउने उद्देश्यले सञ्चालित गरिएको हुनाले साथै संविधान कार्यन्वयन, सबै तहको निर्वाचनको सुनिश्चितता गर्दै मुलुकको समृद्धिको दिशामा ठोस योगदानसमेत गर्ने भएकाले मेची(महाकाली राष्टिूय अभियानमा सबै राजनीतिक दलहरु, संघ सस्थाहरु, नागरिक समाज साथै आमजनसमुदायबाट सकारात्मक सहयोगको अपेक्षा गरिन्छ भन्दै विज्ञप्ती जारी गरिएको थियो ।
बैठकले यही फागुन १२ गते जनकपुरमा नेकपा (एमाले) धनुषा क्षेत्र नं. ५ का अध्यक्ष तथा पत्रकार महासंघका पूर्व केन्द्रीय कोषाध्यक्ष शीतल शाहमाथि भएको सांघातिक आक्रमणको निन्दा र भत्र्सना गर्दै घटनामा संलग्न अपराधीहरुलाई तत्काल गिरफ्तार गरी कारवाही गर्न सरकारको ध्यानाकर्षण पार्टीका केन्द्रिय प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्ती मार्फत गरिएको थियो ।
गृहमन्त्री निधि प्रति एमालेको प्रहार
गृहमन्त्री विमलेन्द्र निधीले नेकपा (एमाले) ले यही फागुन २१ गतेदेखि आयोजना गर्न लागेको मेची(महाकाली राष्टिूय अभियान विथोल्न आह्वान गर्दै १६ फागुनमा दिएको उत्तेजक अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ भन्दै एमाले केन्द्रिय कार्यालयले १७ फागुनमा प्रेस विज्ञप्ती जारी गरेको थियो ।
राष्टिूय एकता, स्वाभिमान, सद्भाव र संविधान कार्यान्वयनका लागि प्रमुख प्रतिपक्षी दलले आयोजना गर्न लागेको कार्यक्रम विथोल्नका लागि गृहमन्त्रीबाटै अभिव्यक्ति आउनु अत्यन्त खेदजनक र निन्दनीय छ भन्दै सरकारले घोषणा गरेको स्थानीय निर्वाचन सफल पार्न वातावरणसमेत तयार गर्ने मेची(महाकाली राष्टिूय अभियान भाँड्नका लागि मुलुकको शान्ति(सुरक्षाको नेतृत्व गरिरहेको जिम्मेवार व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ, एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
हामीले हाम्रो अभियानलाई व्यवस्थित, अनुशासित र मर्यादित रुपमा सञ्चालन गर्ने गरी तयारी गरिरहेको बेला गृहमन्त्रीबाटै गैरजिम्मेवार र आपत्तिजजनक अभिव्यक्ति सार्वजनिक भएको छ, कार्यक्रममा कुनै अवाञ्छित गतिविधि भएमा त्यसको सम्पूर्ण जिम्मेवारी गृहमन्त्री निधी र सरकारले लिनुपर्ने स्वतः स्पष्ट छ, भट्टराईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
हाम्रो पार्टीले तराई(मधेसमा समेत निरन्तर रुपमा हासिल गरिरहेको लोकप्रियता र सफलताबाट अत्तालिएर त्यसरी अभिव्यक्ति नदिन, राजनीतिक कार्यक्रमको राजनीतिक रुपमा प्रतिस्पर्धा गर्न र स्थितिलाई भड्काउने खालका कुनै पनि हर्कत नगर्नका लागि नेकपा (एमाले) आह्वान गर्दछ,  साथै, त्यस्ता सद्भाव, एकता र लोकतन्त्रविरोधी तत्वहरुसँग सजग रहन हाम्रो पार्टी आमकार्यकर्ता र जनसमुदायलाई अपिल गर्दछ भनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गृहमन्त्री निधि र एमाले अध्यक्ष ओली बीच भेटबार्ता
 उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । निधिले एमालेको सभा विथोल्न भनेको दाबी गर्दै एमाले नेताहरु उनीविरुद्ध खनिँदै आएका छन् । ओली स्वयंमले पनि निधिको नाम नै लिएर चेतावनी दिएपछि निधि उनलाई भेट्न बालकोट पुगेका थिए । भेटमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले कुनै दलको सभा बिथोल्ने अभिव्यक्ति आफूले नदिएको प्रष्ट पारेका छन् ।
जवाफमा एमाले अध्यक्ष ओलीले पनि ‘मेची(महाकाली अभियानबारे तपाईँले त्यस्तो शब्द प्रयोग गरेको भनेर साथीहरुले भनेका छन’ भन्दै त्यस्तो शब्द प्रयोग गरेको विश्वास नलागेको बताएका छन् । एमालेले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री निधिले एमाले कार्यकर्तालाई मेची( महाकाली अभियानमा लखेट्ने अभिव्यक्ति दिएको आरोप लगाएको थियो । लहानमा नेपाल महिला संघद्धारा आयोजित कार्यक्रममा निधिले एमालेले संविधान संशोधनमा अबरोध गरेको भन्दै भण्डाफोर गर्नुपर्ने बताएका थिए ।
एमाले अध्यक्ष ओलीसँगको भेटमा गृहमन्त्री निधिले संबिधान संशोधनलाई राष्टूघाती भनेकोमा आपत्ति जनाए । निधिले हिजोका दिनमा प्रदेशको सीमांकन हेरफेर सम्बन्धी तपाईले नै हस्ताक्षर गरेको दस्ताबेजलाई सरकारले अघि सार्दा कसरी राष्टूघाती हुन्छ भन्नेप्रश्न गरेको उनको निजी सचिवालयले जनाउको छ । जवाफमा ओलीले संशोधन देशको हितमा नभएको भन्र्द पार्टीको आधिकारिक दस्ताबेजमा राष्टूघाती शब्द उल्लेख नगरिएको बताए । बालकोटमा भएको भेटमा उपप्रधान तथा गृहमन्त्री निधिले एमालेको मेची(महाकाली अभियानका क्रममा सुरक्षाको व्यबस्था गर्न आफूले सुरक्षा निकायलाई निर्देशन दिएको जानकारी गराएका छन् । 
मधेसी मोर्चाको निर्णय
११ फागुन २०७३ मा संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको केन्द्रिय सचिवालयको तर्फबाट मनिष कुमार सुमनले प्रेस विज्ञप्ती जारी गरेका थिए । संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकार बीच २०७३ श्रावण १९ गते गरिएको ३ बुँदे सम्झौतामा उल्लेख भए बमोजिम मधेस र थरुहट आन्दोलनको क्रममा आन्दोलनकारीहरु माथि लगाइएका झुठा मुद्दा फिर्ता, आन्दोलनका क्रममा सहादत प्राप्त गरेकाहरु मध्ये बाँकी रहेकाहरुलाई सहिद घोषणा लगायत सरकार आफैद्वारा मंसिर १४ गते संसदमा दर्ता गराइएको संविधान संशोधन विधेयकलाई टुङ्गो नलगाई प्रस्तावित गरिएको स्थानीय निर्वाचन मिति सम्बन्धि मन्त्रिपरिषदको निर्णयले हामीलाई आन्दोलन गर्न बाध्य बनाएको छ, सुमनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । मोर्चाको आह्वानमा सम्पन्न मधेस बन्द पुर्ण रुपमा बन्द भएको भन्दै जनसमुदायमा मोर्चाले धन्यवाद व्यक्त गरेको थियो ।
शान्तिपुर्ण मधेस बन्दको क्रममा एमाले उपाध्यक्ष बामदेव गौतमको भ्रमण बाहानामा स्थानीय एमाले कार्यकर्ताद्वारा जनकपुरमा सदभावना पार्टीका नेता राजकुमार साह, विद्यार्थी मञ्चका नेता कुलदिप साह लगायतलाई गम्भीर घाईते बनाएको घटनालाई मोर्चाले निन्दा गर्दछ, सुमनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
संविधानको धारा ५६(५) विपरित स्थानीय तह पुनरसंरचना आयोगको अवैज्ञानिक, अधुरो र अपुरो प्रतिवेदनको आधारमा मोर्चाद्वारा सरकारलाई बारम्बार गर्दै आएको आग्रहलाई बेवास्ता गर्दै तथा नेपालको संविधान २०७२ लाई सर्वस्वीकार्य हुन नदिने मनसायका साथ सरकारद्वारा जवर्जस्ती स्थानीय निर्वाचनको मिति तोक्नु दुर्भाग्यपुर्ण कार्य हो । अतः सरकारद्वारा संसदमा दर्ता गराइएको संविधान संशोधन विधेयकलाई आपसी सहमतिको आधारमा परिमार्जन सहित पारित नभएसम्म र आफ्ना मुद्दाहरुको सम्बोधन नभएसम्म मधेस संघर्षरत रहन बाध्य छ । मोर्चाद्वारा मधेसभरी फागुन १२ देखि आगामी १५ दिनसम्म गाउँ, नगर तथा सदरमुकामहरुमा भण्डाफोर कार्यक्रम गरिनेछ, सुमनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यस अघि ९ फागुनमा मोर्चाको बैठकले फागुन १० गते मधेसभरी मसाल जुलुस प्रदर्शन गर्ने, फागुन ११ गते मधेस बन्द र फागुन १२ गते देखि १५ गतेसम्म भण्डाफोर कार्यक्रम गरिने भनि निर्णय गरेको थियो ।
संघीय गठबन्धनको निर्णय
संघीय गठनबन्धनका संयोजक उपेन्द्र यादवको अध्यक्षतामा १३ फागुन २०७३  मा बसेको संघीय गठबन्धन केन्द्रिय आन्दोलन मुल परिचालन समितिको बैठकले ४ बुँदे निर्णय गर्यो । संघीय गठबन्धनले सरकारलाई बुझाएको २६ बुँदे माग अहिलेसम्म पनि कार्यान्वयन नभएको र गाउँपालिका, नगरपालिका, विशेषक्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण आयोगले अहिलेसम्म पनि विशेषक्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण नगरेको अवस्थामा घोषित निर्वाचनको मिति आफैमा असंवैधानिक छ, तसर्थ बर्तमान सरकार आफैले संसदमा दर्ता गरेको संशोधन विधेयक परिमार्जन सहित पारित नगरी २०७४ बैशाख ३१ गतेका लागि निर्वाचन घोषणा गरेकोले स्थानीय तहको निर्वाचन हामीलाई मान्य छैन र त्यसकारण यसका विरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरियो, संघीय गठबन्धनका प्रवक्ता डा.ओम गुरुङ्गद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
आन्दोलनका भावी कार्यक्रम तय गर्नका लागि संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरियो । उक्त कार्यदलको सदस्यहरुमा बृषेशचन्द्र लाल, केशव झा, रामनरेश राय, डा.ओम गुरुङ्ग, डा.विजय सैजु, दुर्गा राई, दलमर्दन कामी र प्रेम बहादुर खाँती रहेका थिए । कार्यदलले एक हप्ता भित्रमा कार्यक्रमहरु बनाई संघीय गठबन्धनको बैठकमा प्रस्तुत गर्नेछ भनेर निर्णय गरिएको थियो ।
त्यसैगरी उक्त कार्यदलले भावी आन्दोलनका कार्यक्रम तय गर्ने, आन्दोलनलाई समर्थन र सहयोग गर्ने राजनीतिक दल, नागरिक समाज, विभिन्न सामाजिक संघ संस्थासँग छलफल तथा समन्वय गरी उनीहरुलाई आन्दोलनमा समर्थन गर्न र सहभागी हुन आह्वान गर्ने निर्णय गरियो ।
त्यसैगरी संघीय गठबन्धनले सरकारलाई दिएको समर्थन फिर्ता बारे संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा सहित गठबन्धनमा आवद्ध संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरी अर्को बैठकमा निर्णय लिने निर्णय गरियो ।

२०७३ फाल्गुन २२ गते आईतबार