Wednesday, July 9, 2014

जाग्यो जनकपुर

अजय अनुरागी
जनकपुरधाम............
जनकपुरजनकपुर नगरपालिका भित्रका धार्मिक, ऐतिहासिक, पुरातात्विक दृष्टिले महत्वपुर्ण मानिएको पोखरी, पोखरीको डिल अतिक्रमण गरी बनाइएका घर, टहरा हटाई अतिक्रमण मुक्त बनाउने अभियानको थालनी भएको छ । प्राचिन जनकपुरका सार्वजनिक सम्पदाहरुलाई जोगाउन त्यसको संरक्षण र सम्बद्र्धन गर्दै आधुनिक र अध्यात्मिक जनकपुर निर्माण गर्न जनकपुरबासी एकवद्ध भई अगाडी वढेका छन् । जनकपुरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सम्बन्धित निकायहरु एकमत भई २०८० सालसम्मको गुरु योजना निर्माण गरिरहेका छन् । गुरुयोजना निर्माणका लागि टेन्डर गरी सम्झौता समेत गरिसकिएको छ । यस्तो लागिरहेको छ कि वर्षौ देखि कुम्भकरणको निन्द्रामा सुतिरहेको जनकपुरबासी जनकपुरको पुनर्निर्माणका लागि जागेको छ । सबैले भन्न थालेका छन्, जानकी माता पनि जागेकी छन् र पो जनकपुरबासी जागेको हो । राजनीतिक विश्लेषक सिकेलालले एउटा अखबारमा रहर गुमेको सहरको रुपमा सम्म जनकपुरलाई व्याख्या गरेका थिए । जो कोही आएपनि जनकपुर अब मुर्दा सहरको रुपमा भइसकेको निष्कर्ष निकाल्थे । यहाँ सडक छैन, ढल नाला छैन, लामखुट्टेको आतंक छ । फोहरै फोहर छ भनेर बाहिरबाट जनकपुर आउने व्यक्तिहरुले आलोचना गर्ने गर्थे । तर केही वर्षपछि अब जनकपुरको रुपान्तरण हुने निश्चित छ । संघीय प्रान्तको जनकपुर राजधानी हुने निश्चित जस्तै भइसकेकाले अब जनकपुरको कायापलट हुने सम्भावनाहरु देखा पर्न थालेका छन् । जनकपुरबासीले सुखद र समृद्ध भविष्यको सपनालाई साकार पार्न पाइलाहरु अगाडी वढाईसकेका छन् । अब मात्र आवश्यकता के को हो भने राज्यको लगानीको । निरंकुश राजतन्त्रको विरुद्ध आन्दोलन चर्किरहेको बेला तत्कालिन राजा महेन्द्रलाई लक्षित गरी दुर्गानन्द झाले उनको सवारीमा बम प्रहार गरेपछि राजतन्त्रका पक्ष पोषक राज्यले जनकपुरसँग प्रतिसोधका लागि लगानी गरेनन् । जनकपुर अन्य सहरको तुलनामा विकासकोलागि व्याक गियरमा चल्न थाल्यो भने अन्य सहरहरु तिव्र गतिका साथ अगाडी वढन थाले । देशमा प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि जनकपुरको विकासका लागि राज्य उदार हुन सकेको छैन । पछिल्लो केही दशकमा जनकपुरको शान्तिसुरक्षा अत्यन्तै खस्किसकेको अवस्था थियो । मान्छेको अपहरण, हत्या, हिंसा, बम विस्फोट र चन्दा आतंकबाट जनकपुरबासी भयभित थिए । उक्त भयको त्रासबाट निकाल्न तथा जनतालाई जानमालको सुरक्षाको प्रत्याभुति दिलाउन गतवर्ष साउनमा धनुषामा प्रहरी प्रमुखको भुमिका निर्वाह गर्न आएका धनुषाका प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले अपराधिहरुलाई पक्राउ गर्न अभियान नै चलाए । परिणाम स्वरुप सशस्त्र समुहका नाइकेहरु एक पछि अर्को गरी कानुनको गिरफ्तमा आएपछि जनकपुरबासी शान्ति सुरक्षाको अवस्थामा धेरै हदसम्म सुधार आएको अनुभुति गर्न थालेका छन् ।
    त्यसैगरी विकास निर्माणका लागि आउने सम्पुर्ण रकमहरु कामै नगरी भ्रष्टाचार हुने गरेको जिल्ला विकास समिति धनुषामा स्थानीय विकास अधिकारी गुरु प्रसाद सुवेदी आएपछि भ्रष्टाचार नियन्त्रण गर्न तथा कार्यालयलाई व्यवस्थि तगर्न महत्वपुर्ण योगदान निर्वाह गरिरहेका छन् । यस आर्थिक वर्षमा उनले कुनै पनि योजनामा पुर्व भुक्तानी नगरेर काम भइसकेपछि मात्र भुक्तानी दिने परम्परा बसाएका छन् ।
   
जनकपुरको गंगासागरमा गंगा आरती गर्दै जनकपुरका महिलाहरु ।
यसका अतिरिक्त धनुषा जिल्लालाई खुल्ला दिसा पिसाव मुक्त जिल्लाको रुपमा घोषणा गराउन उनले अभियान नै थालेका छन् । जनकपुर उद्योग बाणिज्य संघ श्याम कुमार साहको अगुवाईमा जनकपुर नगरलाई सफा राख्न प्लास्टिक निषेधित सहरको रुपमा चिनाउन अभियानको थालनी गरेका छन् । नेपाल पत्रकार महासंघ धनुषाका निवर्तमान अध्यक्ष रामअशिष यादवको अगुवाईमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनकपुर नागरिक समाज, यूवाहरु र विभिन्न व्यवसायी तथा पेशागत व्यक्तिहरुको समुहले जनकपुरको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पोखरी गंगासागर सरसफाई अभियान चलाए । उक्त अभियान गंगासागर हुँदै महराज सागर, अंगराजसर लगायत विभिन्न पोखरीहरु हुँदै सरसफाई अभियान जारी छ । उक्त अभियानीहरुको प्रयासकै परिणाम हो, जनकपुरको गंगासागरमा प्रत्येक दिन साँझ गंगा आरती हुनु । गंगा आरती जनकपुरको एउटा अलगै पहिचानको रुपमा स्थापित हुँदै गइरहेको छ ।
यसरी पोखरीहरुको सरसफाई अभियान जारी रहेकै बेला बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्माले सार्वजनिक पोखरीहरुलाई अतिक्रमण मुक्त बनाउने अभियानको थालनी गरेका छन् ।
     बृहत्तर जनकपुर क्षेत्र विकास परिषद, गुठी संस्थान शाखा कार्यालय जनकपुर, जनकपुर नगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले एकतावद्ध भई जनकपुरका अतिक्रमित पोखरीहरुलाई अतिक्रमण मुक्त बनाउने अभियानको थालनी गरेका हुन । बृहत्तरको नेतृत्वमा पहिलो चरणमा ३० जेष्ठ २०७० देखि कुल १० वटा सार्वजनिक पोखरीहरुलाई अतिक्रमण मुक्त बनाउने क्रममा जम्मा २७१ घर टहरा भत्काएका छन् । महराज सागरमा १५ घर, कपाल मोचनीसरमा १४ घर, पादप्रक्षालनसरमा ४१ घर, तैलघृतसर (तेलहा) मा ३८ घर, मण्डनसर (मरहा)मा २८ घर, लक्ष्मणसर (लक्ष्मण अखाडा) मा १४ घर, दिर्घिकासरमा ४१ घर, रामसागरमा २७ घर, देवान पोखरीमा २६ घर, अरगजा पोखरी (अंगराजसर)मा २७ घर गरी कुल २ सय ७१ वटा घरहरु भत्काई अतिक्रमण मुक्त पोखरी बनाइएको छ । दोस्रो चरणमा बाँकी रहेका नगरक्षेत्र भित्रका सार्वजनिक पोखरी र पोखरीको डिल अतिक्रमण मुक्त अभियान, विलुप्त भएका पोखरीको खोजी गरी उत्खनन् संरक्षण गर्ने काम गरिने अभियानको नेतृत्व गरेका वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्माले जनाएका छन् ।
    त्यस्तै प्रमुख मठ मन्दिर प्राङगणमा अव्यवस्थित मन्दिरको संरचना छेकिने गरी निर्माण गरिएका घर, पसल तथा टहरा हटाउने एवं व्यवस्थित गरिने अभियान संचालन गरिने भन्दै शर्मा भन्छन,“तेस्रो चरणमा गुठीको जग्गा संरक्षण सम्बद्र्धनका लागि अभियान थालिने छ । अतिक्रमण मुक्त गरिने अभियानले तत्काल विस्थापित हुनुपरेको सर्वसाधारणलाई दुखको अनुभुति हुनु स्वभाविक हो तर, अवैध रुपमा बनाइएको घर, टहरा भत्काउनु हाम्रो कर्तव्य र जिम्मेवारी पनि हो । हामीलाई कसैसँग रिस, राग, द्वैष भएर होइन आधुनिक जनकपुर निर्माणको प्रतिफल अनुभुति, पुर्वाधार विकास, पर्यटन विकास र हिन्दूधर्मको आस्थाका केन्द्र ऐतिहासिक जनकपुरको विकास निर्माण जस्ता महत्वपुर्ण उद्देश्य पुरा गर्न अभियान चलाइएको हो ।”
पुर्वतयारी
पोखरी र पोखरीको डिल अतिक्रमण मुक्त गराउन २६ साउन २०६२ मा तत्कालिन श्री ५ को सरकारको मन्त्रिपरिषदको निर्णयानुसार वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका तत्कालिन अध्यक्ष भोजराज घिमिरेको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०६२ लाई सार्वजनिक गरी प्रतिवेदनमा उल्लेखित विषयहरु कार्यान्वयन गराउने निर्णय ३ चैत्र २०६२ मा भएको थियो । तत्कालिन श्री ५ को सरकारको मुख्य सचिव लोकमान सिंह कार्कीले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइएअनुरुप बृहत्तरले उसको कार्यक्षेत्र भित्र पर्ने पोखरी र पोखरीको डिल अतिक्रमण मुक्त पार्ने अभियानलाई पहिलो प्राथमिकतामा राखि जनकपुर नगरपालिका कार्यालय, गुठी संस्थान शाखा कार्यालयको समन्वय र कार्यगत एकता कायम गरी २७ चैत्र २०७० मा संयुक्त बैठक बसेको थियो । बृहत्तरका अध्यक्ष शर्माको अध्यक्षतामा बसेको उक्त बैठकमा सर्वपक्षिय र सर्वदलिय बैठक बोलाई ५ बैशाख २०७१ मा पहिलो चरणमा अतिक्रमण हटाउने पोखरीको पहिचान सहित उच्चस्तरीय कार्यदलको प्रतिवेदनमा उल्लेखित सिफारिस र सुझाव कार्यान्वयन गर्ने गराउने सर्वसम्मत निर्णय भएको थियो । जसमा २०४२÷०४४ सालको सर्बेनापीलाई आधार बनाउने र अनुगमनका लागि परिषदका कार्यकारी निर्देशक उमेश कुमार यादवको संयोजकत्वमा अनुगमन समिति गठन गरियो । गुठी संस्थान शाखा कार्यालय जनकपुरले सार्वजनिक रुपमा अतिक्रमण गरी बनाइएको घर, टहरा हटाउन गोरखापत्रमा ३५ दिने सूचना प्रकाशन गरेको थियो । उक्त सुचनालाई आधार बनाई ३५ दिने समय सिमा समाप्ती पश्चात स्थानीय पत्रिकामा समेत सूचना गरिएको अतिक्रमण मुक्त गर्ने क्षेत्रमा २४ घण्टै खुल्ला रुपमा म्याकिङ गरी घर टहरा हटाउन सूचना गरिएको थियो । अतिक्रमित पोखरी, पोखरीको डिल नाप जाँच गर्न नापी शाखा, गुठी संस्थान र जनकपुर नगरपालिकाको अमिन एवं संयुक्त अभियानमा लागेका तिनै कार्यालयका कर्मचारी खटाई पठाई सिमाङ्कन, नक्साङ्कन एवम चिनो लगाउने कार्य गरिएको थियो । चिनो लगाउँदा सम्बन्धित घर धनीको रोहबरमा नाप जाँच गरिएको, सरोकारबाला, नागरिक समाजको उपस्थितिमा अतिक्रमण मुक्त अभियान चलाइएको छ ।
    तत्काल अतिक्रमण मुक्त गरिएका क्षेत्रको सरसफाई व्यवस्थापन गर्नु अति जरुरी रहेको महसुस गरी पहिले तिनका व्यवस्थापन गरी दोस्रो र तेस्रो चरणको अभियान थालिने जानकारी गराउँदै बृहत्तरका अध्यक्ष शर्मा भन्छन,“ अभियान स्थगित नभई कृयाशिल रहने छ । अतिक्रमित पोखरी, पोखरीको डिलमा नक्साङ्कन, सिमाङ्कनको कार्य जारी रहने छ ।” अतिक्रमण मुक्त गर्दा विस्थापित हुनुपरेको संघ संस्था, कार्यालयको लगत लिने कार्यभएको हुँदा तिनीहरुको क्षतिपुर्ति भर्न नसकेतापनि सहरी विकास योजना लागु गरी विस्थापितहरुलाई प्राथमिकता दिन सक्ने सिफारिस गरिने शर्माले बताएका छन् ।
    जनकपुरका मठ मन्दिरहरु, पोखरीहरु र गुठीको सम्पति समेतलाई सुरक्ष ागर्न तथा व्यवस्थित रुपले संचालन गर्न पशुपति विकास कोष र लुम्वनी विकास कोष झै जनकपुरलाई जानकी विकास कोष वा जनकपुर विकास कोषको रुपमा स्थापित गर्न ११ सदस्यीय टोली काठमाण्डौ पुगी विभिन्न राजनीतिक दल र नेपाल सरकारलाई गुहारीरहेका छन् । वर्षौ देखि एउटा व्यक्तिको गोजीमा गइरहेको गोपाल धर्मशालाको आम्दानीलाई रोक्न तथा त्यसलाई व्यवस्थित ढंगले संचालन गर्न बृहत्तरले आफ्नो नियन्त्रण्मा लिएका छन् । यसरी हेर्ने हो भने जनकपुरको मुहार फेर्न जनकपुरबासी लागिपरेका छन् ।


२०७१ अषाढ २२ गते आईतबार

माधव नेपाल नेतृत्वको सरकारले जनकपुरका मठ मन्दिर व्यवस्थापन सम्बन्धि गरेका निर्णय


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............


    १९ माघ २०६७ मा तत्कालिन प्रधानमन्त्रि माधव कुमार नेपालको समुपस्थितिमा जनकपुर लगायत मुलुकको विभिन्न भागमा छरिएर रहेका गुठी जग्गाहरुको अतिक्रमण हटाउने र संरक्षण गर्ने विषयको उच्चस्तरीय सर्वपक्षिय वैठकमा धनुषा र महोत्तरी स्थित जानकी मन्दिर, मटिहानी मठ स्थान र रत्नसागर मठको वैकल्पिक व्यवस्था मिलाई अधिकार दुरुपयोग गर्ने महन्तहरुको अधिकार गुठी संस्थानले तत्काल समाप्त गर्ने निर्णय भएको थियो ।
    त्यसैगरी गुठी संस्थान र मठ मन्दिरका सम्पतिहरुलाई टूष्टमा लैजान भुमिसुधार तथा व्यवस्था मन्त्रालयले तत्काल कार्य सुरु गर्ने निर्णय गरिएको थियो । त्यसै गरी गुठीको जग्गामा नक्सा पास नगरी घर पर्खाल लगायतका संरचना निर्माण गर्ने कार्यलाई स्थानिय विकास मन्त्रालय मार्फत जनकपुर नगरपालिका र स्थानीय निकायहरुले तत्काल रोक्ने र गैरकानुनी रुपमा निर्माण भएका घरको लगत कायम गर्ने कार्य पनि तत्काल रोक्ने निर्णय गरिएको थियो ।
    जानकी मन्दिर, मटिहानी मठ विरख कुटी, रत्न सागर वरिपरिको जग्गा पहिलो प्राथमिकतामा राखी गुठी संस्थान र स्थानीय प्रशासनले तत्काल अतिक्रमण हटाउने निर्णय गरिएको थियो । उपयूक्त कार्य सम्पन्न भए लगत्तै मठ मन्दिर, पोखरी, पोखरीको डिल, बगैचा आदि गुठी तैनाथी जग्गामा अनधिकृत रुपमा बनाएका घर टहरा तथा संरचनाहरु गृह मन्त्रालय र स्थानीय प्रशासनले तत्काल भत्काउने निर्णय गरिएको थियो । उक्त कार्यमा सबै राजनीतिक दलहरुलाई सहयोग गर्न आह्वान गरिएको र सहयोग नगर्ने राजनीतिक दलहरुको नाम सार्वजनिक गर्ने जिम्मेवारी भुमिसुधार तथा व्यवस्था मन्त्रालयलाई दिइएको थियो ।
    त्यसैगरी महन्तहरुले गरी दिएको कागजको आधारमा गठी जग्गामा कसैको हक स्थापित नहुने हुँदा यस प्रकारबाट खरिद नगर्न सर्वसाधारण सबैलाई भुमिसुधार तथा व्यवस्था मन्त्रालयले तत्काल जानकारी गराउने निर्णय गरिएको थियो । साथै अनधिकृत रुपमा गुठीका जग्गा दिने महन्थ पुजारीलाई गृह मन्त्रालयको सहयोगमा गुठी संस्थानले तत्काल पुजारी पदबाट हटाई कानुनी कारवाही गर्ने निर्णय भएको थियो ।उपयूक्त कार्य गर्न गुठी संस्थान र धनुषा जिल्ला गुठी संचालन सहयोग समितिलाई स्थानिय प्रशासनले तत्काल र निरन्तर सुरक्षा दिने, चालु आर्थिक वर्षमा गुठी संस्थानले जनकपुरका धार्मिक, सांस्कृतिक महत्वका पोखरीहरु तथा स्थलहरु पुनः पुर्ववत अवस्थामा ल्याउन योजना बनाई कार्य अगाडी बढाउने, गुठीका सबै सम्पति तथा जग्गाको रेखाङ्कन, नापनक्सा गरी लगत अध्यावधिक गर्ने र अतिक्रमण रोकी सम्पतिको निरन्तर संरक्षण गुठी संस्थानले गर्ने, जनकपुर गुठीको पोखरी, मठ मन्दिर र कुटी लगायतका महत्वपुर्ण स्थल कुनै पनि रुपमा कानुनी प्रक्रिया मिलाई हक हस्तान्तरण गरेको भए तापनि छानविन गरी पुर्ववत रुपमा कायम गर्न भुमिसुधार तथा व्यवस्था मन्त्रालयले तुरुन्त प्रक्रिया अगाडी बढाउने निर्णय गरिएको थियो ।
उच्चस्तरीय उक्त सर्वपक्षिय वैठकमा प्रधानमन्त्री माधव कुमार नेपाल, भुमिसुधार तथा व्यवस्था मन्त्री डम्बर श्रेष्ठ, गृहमन्त्री भीम बहादुर रावल, मुख्य सचिव माधव प्रसाद धिमिरे, गृह सचिव डा.गोविन्द कुसुम,   प्रहरी महानिरीक्षक रमेश चन्द, सशस्त्र प्रहरी महानिरीक्षक सन्त कुमार बस्नेत, मुख्य अनुसन्धान निर्देशक अशोक देव भट्ट, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण बहादुर विष्ट, गृह मन्त्रालयका सह(सचिव भोला प्रसाद शिवाकोटी,  प्रधानमन्त्री कार्यालय तथा मन्त्री परिषद कार्यालयका सचिव लिलामणी पौड्याल, गुठी संस्थानका प्रशासक विरेन्द्र थपलिया, उप प्रशासक सरोज थपलिया, भुमिसुधार तथा व्यवस्था मन्त्रालयका   सह सचिव लालमणि जोशी, उप सचिव हरि वरवती, गुठी संस्थान जनकपुरका     कार्यालय प्रमुख राजबाबु पाण्डे, धनुषाका सभासदहरु संजय कुमार साह, यदुवंश झा, कृष्ण ठाकुर,    सरस्वती चौधरी, महेन्द्र यादव, शारदा झा, महोत्तरीका सभासद कौशल कुमार राय, राप्रपाका      महामन्त्री परशुराम खापुङ लगायतका उपस्थिति रहेको थियो ।



२०७१ अषाढ २२ गते आईतबार

दशरथ साह अदालतको ढोकामा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सुखसागर लज तथा रघुपति मिस्ठान भण्डारका संचालक दशरथ साह अतिक्रमण मुक्त गर्ने अभियानमा  आफ्नो घर नभत्काउन तथा सम्पतिका सुरक्षाका लागि पुनरावेदन अदालत जनकपुरमा निषेधाज्ञा मुद्दा दर्ता गराएका छन् । अतिक्रमण मुक्त अभियानका दौरान निषेधाज्ञा मुद्दा दर्ता गराउनेहरुको संख्या ६ पुगेको छ । १० अषाढ २०७१ मा जनकपुर १० का दशरथ साह र अनिल कुमार साहको हकमा जनकपुर ५ का सुनिल कुमार साह, निलम कुमारी, १२ अषाढमा जनकपुर ४ का दिनानाथ साह, १५ अषाढमा जनकपुर ३ का सुमित्रा देवी तेलिन र १६ अषाढमा जनकपुर २ का रामनारायण शर्मा ठाकुर लोहार गरी ६ जनाले निषेधाज्ञा दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषा, सोको प्रमुख, जिल्ला प्रहरी कार्यालय धनुषा, सोको प्रमुख, गुठी संस्थान शाखा कार्यालय जनकपुर, सोको प्रमुख, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद, परिषदका अध्यक्ष रामकुमार शर्मा, जनकपुर नगरपालिका र सोको कार्यकारी अधिकृत गरी कुल १० जनालाई विपक्षी बनाइएको छ ।
मण्डनसरको डिलमा दशरथ साहले डिल अतिक्रमण गरी बनाएको घरमा उनले माथि सुखसागर लज र तल रघुपति मिष्ठान भण्डार चलाईरहेका छन् । अतिक्रमित जग्गामा रहेको उक्त भवनको अधिकांश भाग भत्काईएको छ ।
दशरथ साहको निवेदनको व्यहोरा
दशरथ साहले निवेदन दिँदा निजको भोग दर्ता स्वामित्वको जनकपुर १० सिटनम्बर १३५५(२४, कित्ता नम्बर ६, ७ धुर २ कनमा क्षेत्रफल रहेको जग्गामा २८ अषाढ २०४८ मा नक्सा पास दरखास्त दिई दुई तल्ले घरको नाप नक्सा पास गरी सो घरमा सुखसागर होटल एण्ड लज र तल तल्लामा रघुपति मिस्ठान भन्डार खोली होटल तथा मिठाईको व्यापार समेत गरिआएको छु ।
वर्षौ देखि भोगचलन गरि आएको जग्गा, व्यवसायमा कुनै प्रकारको कुनै व्यक्ति निकायबाट कुनै किसिमको भोगचलन गर्न बाधा अवरोध र कुनै प्रकारको मुद्दा मामला समेत नभई निर्विवाद भोगचलनमा कुनै विवाद छैन । विगत एक सप्ताह देखि विपक्षीहरु सम्पुर्ण मिलि सार्वजनिक सम्पति अतिक्रमण गरी बस्नेहरुको घर टहरा हटाउने भत्काउने अभियान संचालन भई आएको छ । सो राम्रो कुरा पनि हो । तर, सार्वजनिक जग्गाको अतिक्रमण हटाउने बहानामा म प्रति पुर्वाग्रही भई विपक्षीहरुले एकै गठमोल भई मेरो नम्बरी नाउँमा दर्ता तिरो रही नगरपालिकाबाट नक्सा पास भई बनाएको घर भत्काउन भनी मौखिक रुपमा अषाढ ९ गते सूचना दिएकोमा मैले लिखित सूचना दिन भन्दा मिल्दैन भनेको विपक्षीहरुको जवाफ थियो । सम्पति भोग गर्ने अधिकार ऐन कानुन बमोजिम बाहेक सम्पति अनअतिक्रमणय रहेको कुरा नागरिक अधिकार ऐन २०६२ को दफा ६ को देहाय ६ र ९ ले प्रस्ट पारेको छ । विपक्षीले मेरो घर जग्गा अधिग्रहण गरेको पनि छैन । अहिले हुलतन्त्रको अगाडी मैले शान्ति सुरक्षा माग्न जाँदा प्रशासन प्रमुखले भेट्नसम्म नचाहेको अवस्था छ । राज्य संयन्त्रबाटै जवरजस्ती व्यक्तिको सम्पति गैरकानुनी तरिकाबाट अपहरित हुन गैरहेको छ । विपक्षीले जुनसुकै बखत मेरो जग्गामा प्रवेश गरी घर भत्काई दिने आशंका प्रवल छ । त्यसैले मेरो सम्पति रक्षाको लागि, पक्की घर नभत्काउन, नतोड्न, कुनै प्रकारको हस्तक्षेप विपक्षीहरुलाई गर्न नदिन निषेधाज्ञा पाऊँ भनी १० अषाढ २०७१ मा ६० वर्षिय दशरथ साहको वारेस पौडेश्वर ९का विन्देश्वर झाले निषेधाज्ञा मुद्दा पुनरावेदन अदालत जनकपुरमा दर्ता गराएका छन् ।
अदालतको आदेश
पुनरावेदन अदालत जनकपुरका न्यायाधिशद्वय तेजबहादुर केसी र इश्वरी प्रसाद घिमिरेको संयुक्त इजलासले १६ अषाढ २०७१ मा अन्तरिम आदेशको छलफलको लागि विभिन्न कागजात सहित २४ अषाढमा उपस्थित हुन आदेश गरेको छ । उक्त आदेशमा निवेदक दशरथ साहले जानकी मन्दिर जिर्णोद्धार समितिबाट सट्टा भर्ना पाएको जग्गाको कित्ता नं. ३ को साविक देखिको स्रोत खोलाई क्षेत्रफल र सोको नक्सा टूेस उतार सहितको निर्णय एवं कागजातहरुको प्रमाणित प्रति गुठी संस्थानबाट ३ दिन भित्र दाखिल गराउन आदेश गरिएको छ । त्यसैगरी दशरथ साहको कित्ता नम्बर ६ को कति क्षेत्रफलको जग्गाको साविकको श्रोत र वेहोरा के थियो ? के कस्तो कानुनी प्रक्रियाबाट उक्त कित्ता नम्बरको जग्गा साविक देखि हालसम्म के कति क्षेत्रफलको जग्गा निवेदकको नाउँमा दर्ता हुन गएको हो ? र दर्ता र मोठ श्रेष्ता कायम छ ? गुठी र माललाई एक साथ अलग अलग पत्र पठाई ३ दिन भित्र जवाफ र नापीबाट उक्त जग्गाको फिल्ड बुक समेत मगाउनु भनी आदेश गरिएको छ ।
         त्यसैगरी निवेदकको कित्ता नम्बर ६ को प्रारम्भ देखि नै कानुनले मान्यता प्राप्त गरेको जग्गाको चार किल्ला क्षेत्रफल, पुर्व, पश्चिम, उत्तर, दक्षिणको लम्बाई चौडाई र सोमा  रहेको घर एवं भौतिक अवस्थिति समेत खुलाई अ.ब.१७१ नं. को रित पु¥याई गुठी, माल र नापीको प्रतिनिधि( पत्र लेखि झिकाई) समेत अनिवार्य रुपले रोहवरमा राखि नाप नक्सा गरी सोमा निवेदक, माल, गुठी र नापीको जिरह समेत भए सो समेत उल्लेख गरी २२ अषाढ २०७१ मा डोर खटि उपरोत्तानुसार कार्यसम्पन्न गरी छलफलको लागि २४ अषाढमा पेशीको जानकारी दिई नियमानुसार पेश गर्नु भनी आदेश गरिएको छ ।


२०७१ अषाढ २२ गते आईतबार

राम कुमार शर्माको लोकप्रियता जनकपुरमा बढ्दै


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जनकपुरको सार्वजनिक पोखरीहरुलाई अतिक्रमण मुक्त गराउने अभियानको थालनी गरेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्माको चर्चा अहिले जनकपुरमा सबैले गरिरहेका छन् । कतिपयले जनकपुरको सुखद भविष्य निर्माणको थालनी गरेको भनेर शर्माको प्रशंसा गरिरहेका छन् भने कतिपयले राज्य संयन्त्रको बलप्रयोग गरी जवरजस्ती समेत गरेको भन्दै उनको आलोचना गरिरहेका छन् । अतिक्रमण गरेर पोखरी र पोखरीको डिलमा बर्षौ देखि महल बनाई डेरा जमाएकाहरु शर्माको आलोचना मात्र गरिरहेका छैनन्, उनी विरुद्ध अदालतसम्म जान भ्याएका छन् । तर, त्यस्ता व्यक्तिहरुको संख्या अत्यन्त न्युन छ भने उनलाई साथ दिने जनमत अत्यधिक पाइन्छ । जनकपुरका नागरिक समाज, बुद्धिजिवी, संचारकर्मी, राजनीतिक दल र अन्य पेशागत संघसंस्थाले पनि शर्माले अतिक्रमण विरुद्ध चलाएको अभियानको प्रशंसा गर्दै साथ पनि दिएका छन् । जनकपुरको समाज दुई ध्रुवमा विभाजित भएको स्वीकारदै शर्मा भन्छन्,“जनकपुरका ९९ प्रतिशत जनता अतिक्रमण मुक्त अभियानको पक्षमा छन् भने अतिक्रमण गर्नेहरु एक प्रतिशत अभियानको विपक्षमा छन् ।”
सार्वजनिक पोखरीहरुलाई अतिक्रमण मुक्त गराउने अभियानका क्रममा डोजरमा रामकुमार शर्मा ।
हुन त शर्मा राजनीतिक व्यक्ति हुन । एमाओवादीको केन्द्रिय सदस्य समेत रहेका शर्मा जनकपुरमा यस अघि लोकप्रिय थिएनन् । किनभने उनको  राजनीतिक कार्यक्षेत्र महोत्तरी हो । जनकपुरमा मधेस आन्दोलनका क्रममा उनी देखापरेका थिए । त्यसपछि उनी जनकपुरमा बढी देखा परेनन् । तर, बृहत्तरको अध्यक्ष पदमा एक वर्ष अघि मनोनित भएपछि उनी जनकपुरमा सक्रिय भए । अहिले पछिल्लो दुई साता देखि जनकपुरमा सबैभन्दा वढी चर्चा कमाएका व्यक्ति बनेका छन् ।
को हुन शर्मा ?
मधेस आन्दोलनका दौरान जनकपुरको भानुचौकमा निकालिएको प्रदर्शनमा रामकुमार शर्मा ।
निम्न मध्यम परिवारमा १५ अषाढ २०२८ मा बुबा तिलकेश्वर राय र आमा रामरेखी देवीको कोखबाट जन्मिएका रामकुमार शर्माको वाल्यकालमा नै धेरै दुःख भोग्नु परेको थियो । उनी जन्मिएको एक महिना नवित्दै उनको बुवाको मृत्यु भयो । अत्यन्त सामान्य बाल्यकाल देखि नै संघर्ष गर्दै सामान्य प्रकारको पढाई उनले जसो तसो गरे । उच्च शिक्षाको समेत अध्ययन गर्न नपाएका उनी वन विज्ञान संस्थान हेटौडाबाट आइएससी फरेस्टूी मात्र गर्न भ्याए । फरेस्टूी उत्तीर्ण गरी लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी दश वर्ष सम्म उनी वन कार्यालयको रेन्जर भई सरकारी जागिर समेत गरे ।
आर्थिक अवस्था अत्यन्तै खराव भएको भएपनि राजनीति जीवन प्रति उनको धेरै रुचि थियो । त्यसैले जागिरमा हुँदा पनि उनी पेशागत राजनीतिमा सक्रिय भए । २०४५ सालमै वन विज्ञान संस्थानमा उनी कर्मचारीहरुको मानन्धर समुहमा  सचिव सम्म बने । उनी भन्छन,“ आर्थिक अभावकै कारण परिवार पाल्न जागिरमा जानु बाध्यता थियो ।” तर २०५८ साल पछि उनी प्रत्यक्ष रुपले नै राजनीतिमा होमिए । जव माओवादीले देशमा जनयूद्ध सुरु ग¥यो, नेपालको अन्य परम्परावादी कम्युनिष्ट पार्टीको तुलनामा २०५७ सालमा जनयूद्ध संगै, वर्ग संघर्ष  र जातिय मुक्तिको नेपालमा माओवादीले जुन नीति लियो त्यो नीतिबाट उनी प्रभावित हुँदै गए । रुसमा लेनिनले, चीनमा माओले र डा. राममनोहर लोहियाले भारतमा सुरुमा कम्युनिष्ट हुँदै पछि सोसलिष्ट भएका थिए । शर्मा भन्छन,“ भारतीय समाजलाई फेर्नुछ भने क्लास स्टूगल भन्दा कास्ट स्टूगल वढी जरुरी छ । जातीय विभेद र अन्तरविरोधलाई सोसलिष्ट प्रकारले लोहियाले हल गर्न चाहनु हुन्थ्यो । मलाई लाग्छ यी विषयहरुलाई नियाल्दै नेपालको मौलिकतालाई हेरेर प्रचण्डजीले जातीय मुक्ति आन्दोलन र वर्ग संघर्षलाई जोडेर हेर्नुभयो ।” म एउटा यूवा थिएँ , मलाई लाग्यो, वास्तवमा मधेसको एउटा क्षेत्रीय पार्टीमा बसेर काम गर्नू भन्दा एउटा राष्टिूय पार्टीमा जसको एउटा सिद्धान्त छ, नीति छ, नेतृत्व छ र तमाम क्षेत्रीय मुद्दालाई पनि सम्बोधन गर्दैछ भने किन न जाने सोच प्रति आकर्षित भएर मधेसको आजादीको लागि, नेपालमा पनि एउटा क्रान्ति हुन्छ भन्ने सोचका साथ मैले आफ्नो नीजि जिन्दगीबाट राजीनामा दिई जनयूद्धमा हाम फालेको शर्मा बताउँछन्  । इन्दु थापा क्षेत्रीसँग विवाह गरेको भर्खर ५ वर्ष भएको थियो । बच्चाहरु सानो थियो । त्यो अवस्थामा उनले आफ्नो सारा निजी जीवन, स्वार्थ, अवसर सुख सयललाई छोडेर जनयुद्धमा गएका थिए । उनीसँगै उनको सालो श्यामेन्द्र पनि जनयूद्धमा सामिल भएका थिए, जो की महोत्तरीको हलखोरीमा शहीद भए । उनी पनि कैयौं पटक मृत्युको मुखबाट भाग्यले बचे । सुरुमा एसिएम, डिसिएम, एसिएस, महोत्तरी, सर्लाही दुई जिल्लाको ज्वाइन्ट सेक्रेटरियर मेम्बर हुँदै मोटामोटी ४÷५ वर्ष पछि माओवादीमा उनी नेताको रुपमा स्थापित हुँदै गईरहेका थिए ।
त्यतिबेला माओवादी र मधेसी जनअधिकार फोरमसँग सहकार्य हुन थाल्यो । २०६० सालमा विराटनगरमा सम्पन्न भएको फोरमको केन्द्रिय अधिवेशनबाट उनी केन्द्रिय सचिव बने । एकातिर माओवादीको जनयूद्धमा र अर्कोतिर उपेन्द्र यादवको फोरममा उनी दोहोरो भुमिका निर्वाह गर्दै गए । यसरी काम गर्दै जाँदा उनले माओवादी भित्रका केही समस्याहरु नियाले । मुख्य गरी मधेसी समुदायका व्यक्ति नेतृत्व स्तरमा नहुनु, सेना निर्माणको सवालमा मधेससँग पार्टीले भेदभाव गर्नु, जुन रेन्जमा सेनामा मधेसबाट प्रतिनिधत्व गराउनु पर्ने थियो त्यो नभई थोरै मात्रामा गराइनु, धेरै संख्यामा पहाडका साथीहरु मात्र राखिनु जस्ता समस्याहरु उनले औंल्याए । विशेष गरी स्वायत्त मधेस प्रदेशको सवालमा त्यतिवेला माओवादी वढी प्रष्ट थिएन । यिनै प्रश्नहरु लिएर उनी विद्रोह गरी फोरमतिरै सक्रिय भए । फोरममा केन्द्रिय सचिवबाट उनी महासचिव सम्म भए । २०६२÷०६३ मा मधेस विद्रोह हुँदा फोरमका अध्यक्ष अनुगमन कर्ता थिए भने शर्मा संयोजक थिए । शर्मा भन्छन,“धेरै मान्छेलाई यो कुरा थाहा छैन । आन्दोलन हाँक्ने उपेन्द्रजीलाई त आँट नै भइरहेको थिएन । वहाँ अनुगमनकर्ता मात्र थिए । मधेस आन्दोलनको म नै संयोजक थिएँ । मेरै नेतृत्वमा सात सदस्यीय आन्दोलन समिति बनेको थियो । जसमा सितानन्दन राय, माग्यनाथ प्रसाद गुप्ता, जितेन्द्र सोनल, विपी यादव, अमर यादव लगायतका व्यक्तिहरु थिए । ” त्यही समितिको अगुवाईमा नेपालको अन्तरिम संविधानको जगमा भएको ऐतिहासिक मधेस विद्रोहमा दशौं लाख जनता प्रत्येक दिन सामिल भए । त्यो बेला  प्रधानमन्त्रि गिरिजाप्रसाद कोइरालाले ३ पटकसम्म सम्बोधन गर्नूभयो । २२ बुँदे सम्झौताका क्रममा उपेन्द्रजीले महत्वपुर्ण विषयहरु जस्तै शहादत दिएका बीर सपुतहरुलाई राष्टिूय शहीद घोषणा गर्नुपर्ने , समानुपातिक निर्वाचन प्रणालीको विषयहरु छोड्नु भयो । शर्मा भन्छन,“उपेन्द्रजीलाई लाग्यो, यो विद्रोह अब भयो, अब एउटा राजनीतिक पार्टी पनि बन्यो । वढी माँग छोडेर राजनीति गर्ने तर्फ वढी चिन्तित हुनुभयो ।”त्यसपछि सात मध्ये ४ जना सचिवालय सदस्यहरु भाग्यनाथ गुप्ता, जितेन्द्र सोनल र उनी लगायतले मधेसी जनअधिकार फोरमबाट विद्रोह गरी तराई मधेस लोकतान्त्रिक पार्टीमा सामिल भए । तमलोपालाई नै मधेसको एउटा क्रान्तिकारी पार्टी बनाउने भनेर उनी लागे । कांग्रेस, एमाले, राप्रपा लगायतका पार्टीहरुबाट मधेस आन्दोलनमा लागेका थुप्रै ठाउँका मान्छेहरु भेला भई तमलोपा गठन गरे । महन्थ ठाकुरको नेतृत्वमा गठित तमलोपामा उनी संस्थापक केन्द्रिय सदस्य हुँदै सहमहामन्त्रि समेत भए । संविधानसभाको पहिलो निर्वाचनमा उनी महोत्तरी क्षेत्र नं. ४ बाट तमलोपाको टिकट पाएर निर्वाचित भए । तमलोपा संविधानसभामा दोस्रो ठुलो मधेसी पार्टी बन्यो । राजनीति अगाडी वढ्दै थियो । संविधानसभा भित्र संघर्ष वढ्दै थियो । तर उनी त्यहाँ पनि सन्तुष्ट हुन सकेनन् । पार्टी भित्र आन्तरिक लोकतन्त्र नरहेको, रिभोलुसनरी विंगको अभाव, पार्टीको हिसाव किताव पारदर्शी नहुनु, यूवाहरुको मूल्याङ्कन पार्टी भित्र नहुनु, जोस जाँगर नभएका बुढा पाकाहरु अनुभव र उमेरको नाउँमा नेतृत्वमा बस्ने प्रवृति देखे पछि मधेसको क्षेत्रीय पार्टीहरुबाट उनी विरक्त भए । जसरी एकात्मक व्यवस्थाले मधेसलाई आन्तरिक औपनिवेशको शिकार बनायो, आम नागरिकले मधेसको आजादीको प्रश्न खोजे, मधेसको पार्टीबाट सम्भव नरहेको निष्कर्षमा उनी पुगे । उनलाई तमलोपाले मन्त्रि नवनाए पछि नेपालकै इतिहासमा पहिलो पटक कुनै एकजना निर्वाचित सभाषदले सो  पदबाट उनले राजीनामा गरेर जनताको मुक्तिको लागि भन्दै फेरी माओवादी ज्वाइन गरे ।
न्याय, समानता र मधेसको आजादीको लागि विद्रोह गर्ने आफ्नो सदैव चरित्र नै रहेको भन्दै उनी भन्छन,“ जागिरबाट विद्रोह गरेर जनयूद्धामा लाग्नु, जागिरमा हुँदा व्यवस्थित तरिकाले आफ्नोे जिन्दगी चलिरहेकै थियो , म पछि मेरो श्रीमतिले पेन्सन पाउँथ्यो, त्यत्रो सेटल लाइफ छोडेर जनयूद्धमा लागेर के पो पाउनु थियो र ? या त मृत्यु हुन्थ्यो वा मुक्ति हुन्थ्यो । फेरी विद्रोह गरेर फोरममै आएँ । उपेन्द्रजीको पार्टीमा पनि म ठुलै नेता थिएँ, उपेन्द्रजी स्थापित हुनु भयो म नहुने कुरै थिएन । त्यहाँ पनि विद्रोह गरी सडकमा आएर तमलोपा निर्माण गरें । फेरी त्यहाँ पनि विद्रोह गरे । अहिलेको परिप्रेक्ष्यमा तुलनात्मक रुपमा माओवादी नै सही पार्टी छ भनेर लागेको हो ।”
    संविधानसभाको चुनाव भन्दा केही महिना अगाडी माओवादीले उनलाई बृहत्तरको अध्यक्षमा सिफारिस ग¥यो र मन्त्रिपरिषदले स्वीकृती ग¥यो । स्रोतका अनुसार उनलाई अध्यक्ष बनाउने भुमिकामा माओवादी नेता रामचन्द्र झाको ठुलै योगदान थियो । उनको ठाउँमा उनको श्रीमति इन्दु शर्मालाई महोत्तरीबाट संविधानसभा चुनावमा उठाइयो । इन्दु शर्मा पराजित भए । यता शर्मा भन्छन,“ महेन्द्र नारायण निधि, लिला कोइराला, भोजराज घिमिरे, रामचन्द्र झा लगायतका शिर्षस्थ नेताहरुले बृहत्तरको अध्यक्षको जिम्मेवारी निर्वाह गरेको ठाउँमा आफुपनि अवसर पाएपछि केही जनकपुरको लागि गरौं भन्ने चाहना थियो ।” अध्यक्ष बनेपछि शर्माले भ्रष्टाचार लगायत ३० बुँदे अवधारणा ल्याई जनकपुरमा एउटा आन्दोलनको विगुल फुक्ने तयारी गर्दै थिए । सोही क्रममा बृहत्तरकै कार्यक्षेत्र भित्र पर्ने जनकपुरको सार्वजनिक पोखरीहरुलाई अतिक्रमणबाट मुक्त बनाउने र लोप भइसकेका पोखरीहरुलाई उत्खनन गरी पुनः अस्तित्वमा ल्याउने कार्य योजना बनाई जनकपुर नगरपालिका, गुठी संस्थान र स्थानीय प्रशासन सँग समन्वय गरी अभियानको थालनी गरे । उनी भन्छन,“जनकपुरलाई अध्यात्मिक र आधुनिक जनकपुर बनाउन पोखरी, मठ मन्दिर र गुठीको सम्पति सुरक्षा गरी पर्यटकीय स्थल बनाउन ३ वटा विग अपरेशन चलाउन आवश्यक छ । पोखरीमा थालिएको अभियान एउटा टेलर मात्र हो पुरा सिनेमा अहिले बाँकी नै छ ।”



२०७१ अषाढ २२ गते आईतबार

उपेक्षाको शिकार ‘दशगजा क्षेत्र’- मुरली मनोहर मिश्र

मुरली मनोहर मिश्र
    नेपाल भारत सम्प्रभुतासम्पन्न दुई राष्टू भएतापनि यसका विभाजन रेखा जसलाई दसगजा अर्थात ल्य mबलक ीबलम पनि भनिन्छ, यसले नेपाल भारत नागरिकहरुको भाईचारा वा भ्रातृत्वलाई विभाजित गर्न सक्दैन । किनभने नेपाल भारतका नागरिकहरुको प्राकृतिक, सांस्कृतिक तथा सामाजिक लगायत अनयेन्याश्रित सम्बन्ध र सन्दर्भ यी दुई राष्टूहरुको राजनीतिक परिधि भन्दा निकै माथि छ । हाम्रो भ्रातृत्व एवं मैत्री सम्बन्ध राजशक्ति र राज्यसत्ताको मोहताज छैन । हाम्रो भ्रातृत्व एवं मैत्री सम्बन्ध कुनै पनि सरकारको पहुँच भन्दा माथि र कुनै पनि अन्य संघ संस्थाहरुको पकड भन्दा धेरै अगाडी रहेको छ । हाम्रो बीच रहेको भ्रातृत्व एवं मैत्रीपुर्ण सम्बन्ध र सन्दर्भहरुको बारेमा केही पनि उल्लेख गर्नुपर्दैन, किनभने नेपाल भारतका प्रत्येक नागरिक आफ्नो आफ्नो ह्दयभित्र सहजै अनुभुति गर्दछन ।
    कुनै पनि अस्तित्व वातावरणमा आधारित हुन्छ र नेपाल भारतको अस्तित्व पनि यसका सीमाक्षेत्रको वातावरण माथि आधारित रहेको छ । र यस वातावरणको निर्माणमा नयाँ दिल्ली स्थित भारत सरकार तथा काठमाण्डौं स्थित नेपाल सरकारको अत्यन्तै महत्वपुर्ण भुमिका रहन्छ । नयाँ दिल्ली र काठमाण्डौंका सरकारले नै नेपाल भारत सीमावर्ती क्षेत्रको लागि कानुन एवं व्यवस्थाको निर्माण गर्ने गर्दछ जसको पालना गर्नु र यसको प्रभावलाई झेल्नुलाई नेपाल भारत दुवै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने एउटै परिवारका सदस्य विवश हुन्छन । नेपाल भारतको विषयमा मुख्य निर्णय निर्माताहरु हवाई यात्रा गरी दिल्लीबाट काठमाण्डौं र काठमाण्डौंबाट दिल्ली आवत जावत गर्ने गर्छन । तर जसकोे सन्दर्भ एवं सम्बन्धमा निर्णय लिन्छन अथवा उनीहरुको निर्णय जसलाई प्रभावित गर्दछ, तीनका यथार्थ स्थिति एवं परिस्थितिलाई देख्ने र बुझ्ने कष्ट तिनीहरु कहिल्यै पनि गर्दैनन् । चाहे दिल्ली र काठमाण्डौमा कुनै पनि सरकार होस नेपाल भारत सीमाको दुवै तर्फ बसोबास गर्ने आम नागरिकहरुको जीवन सामान्यतया सहज एवं सरल तबमात्रै रहन सक्छ जब यो सिमावर्ती क्षेत्र शान्त, निरापद एवं दृढ भ्रातृत्व तथा मैत्रीपुर्ण रहन्छ । हामी एक अर्का देशमा बसोबास गर्नेहरु भाई मित्रहरुको आपसी सहयोग, सहकार्य,समन्वय, सहभागिता तथा एैक्यवद्धता नै दिल्ली सरकार तथा काठमाण्डौ सरकारको हाम्रो सिमावर्ती क्षेत्रको सहि स्थितिको जानकारी गराई उचित एवं सुलभ व्यवस्था स्थापित गराउन सकिन्छ । अतः नेपाल भारत सीमावर्ती क्षेत्रमा दुवै तर्फ बसोबास गर्ने आम नागरिकहरुको आज यही नै आवश्यकता प्राथमिकता तथा अनिवार्यता रहेको यस पंक्तिकारको अनुभुति छ । आफ्नो उक्त अनुभुतिलाई यस लेखामार्फत नेपाल भारत सरकारलाई प्रत्याभुति दिलाउन प्रयासरत छ ।
    प्रकृतिद्वारा नेपाल भारत बीचको सीमाक्षेत्रको व्यवस्थापनको दिशामा अहिलेसम्म स्तम्भ गाड्ने कार्यमात्र गरिएको छ । सीमा छुट्याउने भु भाग जसलाई दशगजा अर्थात ल्य mबलभक ीबलम पनि भनिन्छ । उक्तस्थान त्यक्तिकै खाली छ । उक्त स्थानमा कही नदी, जंगल छ भने अधिकांश हिस्सामा समतल जोडिएको भु भाग छ । उक्त समतल स्थल सिमाको दुवै तर्फ सडक निर्माण पश्चातको जोड्ने सम्पर्क विन्दु भएको छ । उक्त दशजगा क्षेत्रमा परम्परा देखिनै केवल खाली स्थान छ र आवागमनको कारण खाल्डो बनेको छ । अहिले दुवै तर्फ सीमावर्ती क्षेत्रमा विकास क्रम शुरु भएकोले सडकहरु धमाधम निर्माण हुन लागेको छ, तर दशगजा भु भागमा सडक निर्माण गरिएको छैन । दुवै देश केवल आ(आप्mनो भु(भागमा सडक निर्माण गर्दछ । तर, सीमावर्ती क्षेत्रको नागरिकसँग सरोकार रहेको सम्पर्क मार्ग जोड्ने दशगजा क्षेत्रलाई किन उपेक्षित, अपहेलित र वेवास्ता गरिदै छ त ?
    पुर्वदेखि पश्चिमसम्म दसगजा क्षेत्रको सम्पर्क मार्गहरु जीर्ण भइसकेको कारण बर्षातमा मात्र नभई जाडोमासमा समेत आवागमन असहज हुन्छ । दशगजा क्षेत्रका सम्पर्क मार्गहरु तीन प्रकारको समस्या देखिएको छ, पहिलो सीमावर्ती क्षेत्रको दुवै तर्फ सडक भएपश्चात पनि दशगजा रहेको क्षेत्रमा मात्र जीर्ण रहेको अवस्था छ । दोस्रो समस्याको रुपमा उल्लेख गर्नुपर्दा उक्त दशगजा क्षेत्रमा नदी रहेको कारण उक्त दशगजा क्षेत्र देखि अलि पर रहेको कुनै नदि वा डबराको कारण सीमावर्ती क्षेत्रमा बसोबास गर्ने आम नागरिकहरुलाई आवागमनमा कठिनाईको सामना गर्नु पर्दछ । सो ठाउँमा सानो पुलको आवश्यकता छ । दशगजा वारिपारीको जीवन एक अर्कासँग जुटेको छ र एक आपसमा निर्भरता पनि छ । सीमावर्ती क्षेत्रमा दिनचर्यासँगै जोडिएर आउने सरोकारको लागि ओहर दोहर गर्नुपर्छ । त्यसको लागि दशगजा क्षेत्रमा रहेको सडक मार्ग व्यवस्थित भै दिएको खण्डमा त्यसबाट सीमावर्ती नागरिकहरुको दैनिक जीवन अत्यन्तै सहज एवं सुगम हुन सक्थ्यो । किनभने सीमावर्ती क्षेत्रमा बसोबास गर्ने आम नागरिकको लागि दशगजा    सडक नभई जीवन बनेको छ ।
दशगजा क्षेत्रको व्यवस्थापन तथा नेपाली सीमाक्षेत्रमा आन्तरिक आवागमनको व्यवस्थापन जस्ता सवालहरुको महत्व आफ्नो स्थानमा छदैछ । त्यसको लागि आवश्यक गृहकार्य अनिवार्य अछि भारतीय सीमावर्ती क्षेत्रमा “फोरलेन” राजमार्ग तथा “ब्रोडगेज” रेलमार्गको सञ्जाल सीमाक्षेत्रको समानान्तरमा त्यस्तो मार्ग छैन । हुलाकी सडकको परिकल्पना एवं परिचर्चा प्रशस्त गरिएको भएतापनि अहिले पनि यो एकादेशको कथा बनेको छ । नेपाल भारत सीमावर्ती क्षेत्रको बासिन्दाहरुको दिनचर्यालाई सहज एवं सुविधायुक्त बनाउन सीमा क्षेत्रमा खटिएकका दुवै तर्फको सुरक्षातन्त्रमा विशेष प्रशिक्षणको आवश्यकता छ, किनभने यसले दुवैतर्फका मैत्री एवं भ्रातृत्व सम्बन्धलाई आत्मसात गर्ने कार्यमा सहायक सिद्ध हुन्छ । सिमाञ्चलको पत्रपत्रिका वा एफएम द्वारा ओहर दोहर कार्यमा भोग्नुपर्ने समस्या एवं कठिनाईहरुको सबाल उठान गर्दा गर्दै पनि सीमावर्ती आम नागरिकहरुको व्यथा एवं पीडा झंझटहरुको अन्त्य हुन सकेको छैन । हेर्नमा सामान्य लाग्ने यी पीडादायी कुराले नेपाल भारतको मित्रताको भव्य महलमा असन्तुष्टी एवं आक्रोशका छेद गर्न लागेको छ ।
    नेपाल भारत सम्बन्धको आधारशिला भनेको सीमावर्ती क्षेत्रका आम जनसमुदायहरुको बृहत्तर स्वार्थ हो । जसको दैनिक जीवनको कटु यथार्थलाई उपेक्षा वा अनादर गर्न सकिदैन । सीमावर्ती क्षेत्रका आम नागरिकको स्वभाविक स्वार्थ एवं सन्दर्भलाई संरक्षण तथा सम्मान गर्नु आजको अपरिहार्यता हो । प्रकृतिद्वारा नेपाल भारतलाई एक आपसमा प्रगाढ सम्बन्ध स्थापित गराइएको छ । सिमाना अर्थात द्ययचमभच मा रोक टोक वा छेकवार नरहेको एउटा सुन्दर एवं प्रभावकारी उदाहरण हो नेपाल भारत बीचको दशगजा क्षेत्र । समान्यतया हेर्दा खुला सिमाना हुँदा पनि निर्वाध रुपमा आवागमन भैइरहेको बुझ्न सकिन्छ । तर, नेपाल भारत सीमावर्ती क्षेत्रका आम नागरिकहरुलाई यदि प्रश्न गरियो भने जवाफ फरक भेटिन्छ । सीमावर्ती क्षेत्रका आम जनसमुदायको भनाई अनुसार सीमा खुला छ तर पैदल मार्ग सहज छैन, त्यसैगरी दुवै तर्फका सुरक्षा निकायद्वारा गरिने व्यवहारमा भ्रातृत्व एवं मैत्रीपुर्ण छैन भन्ने जवाफ पाइन्छ । सीमावर्ती जनता अब सहजै प्रश्न गर्न थालेका छन् ।


२०७१ अषाढ २२ गते आईतबार

हिन्दूहरुको ‘अध्यात्मिक केन्द्र’ जनकपुरधाम

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सृष्टिको अस्तित्वमा रहेका जीवन र जगतको विकासको दर्शनका दुई मार्ग छन(आध्यात्मिकमार्ग एवं भौतिकमार्ग । आाध्यात्मिकमार्गले सृष्टिकर्ताको शक्तिलाई प्रधानता दिन्छ र विकासको क्रमलाई अवतारको (योनि) शृङखलामा राख्दछ भने भौतिक मार्गले जीवमा निहित अन्तरशक्तिको क्रमिक विकासलाई प्रधानता दिई जीव र जगतको विकास भएको ठान्दछ । जनकपुरको जीवन र जगतको विकासको क्रम पनि यी मान्यताबाट अलग रहन सक्दैन । यी दुई मार्गको परिवर्तनका असर एकै पुस्ताले अनुभव गर्न सत्तैन । आध्यात्मिक आधार श्रुति, स्मृति, पुराण हुन्छन भने भौतिक आधार अवशेषहरुको क्रमिक अध्ययन हुन्छन् । दुवै दृष्टिले महत्व भएका प्राचिन सभ्यताका भण्डारको रुपमा रहेको जनकपुरधामको भौतिक विश्लेषण गर्न आजसम्म अन्वेषण, उत्खनन आदि कार्य हुन नसकेकोेले पौराणिक रुपमा पुस्ट्याइँ पु¥याउने स्थिति छैन भने आध्यात्मवादको पुस्टयाइँ गर्ने श्रुति, स्मृति, पुराण आदि शास्त्रीय ग्रन्थले पनि यथार्थताको क्रमिकता समेटन सकेको छैन । त्यो क्रमवद्धताको अभाव नै भावी पुस्ताको लागि सोचिएको अनुसन्धानात्मक पक्ष हुनेछ ।
    ती शास्त्रीय ग्रन्थलाई आधार मानेर सार खिच्दा जनकपुर नगरी तथा मिथिला नगरी जगतजननी सीताको जन्मभूमि, याज्ञवल्क्य, मैत्रेयी जस्ता विद्धान(विदुषीहरुको ज्ञान भुमि, राजा निमिले घोर तपस्या गरेको तपोवन ठुलो जङ्गल भएकोले “वृहखारण्य” सुनखानी भएकाले “सुवर्ण का बन” अर्थात “काञ्चन बन” राजा निमिको देह मन्थन गरी बालक उत्पन्न गराएकोले “मिथिला” माता(पिता विना उत्पन्न बालक भएकोले “जनक” अचेतन (देह नभएको शरीर मथेर बालक उत्पन्न गराएको हुँदा “विदेह” आदि पर्यायी आवरणले युक्त भएको नगरी बुझिन्छ । परिदृश्यले जनकपुरको आदिम सभ्यता र विकासको स्पष्ट झलक दिन   खोजिएको आभास हुन्छ ।
त्रेता युगका राम, सीता, जनक याज्ञवल्वय,मैत्रेयीजस्ता पौराणिक व्यक्तित्वकोे राज्य राजधानी तथा नगरको युगान्तरमा खोजी गरिने क्रम शुरु भयो । पौराणिक कालको वर्णनको आधारमा कोशी, पश्चिम, गण्डकी पुर्व, गंगा उत्तर हिमालय दक्षिणको यो भागलाई मिथिला भुमि भनिएको छ । यसको राजधानीको हकमा कमला नदी पश्चिम, जलेश्वरनाथ महादेव पुर्व, गिरिजा भवानी मन्दिर उत्तर, धनुषाधाम दक्षिण, यति किल्ला उल्लेख भएको हुँदा यही परिधिभित्र प्राचिन जनकपुर रहेको विश्वास गरी  जनकपुरको खोजी गर्दै आएका चतुर्भुज गिरीले आफ्नो आध्यात्मिक साधनाद्धारा उत्खनन् गर्दा राम पञ्चायतनको मूर्ति भेटिएको र सो मुर्ति विश्वकर्माले स्वहस्तवाट निर्माण गर्दा राजा जनकलाई दिएको भन्ने जनश्रुति छ । सोही मुर्ति भेटिएको स्थानमा हालको राम मन्दिर अवस्थित छ । मुर्ति भेटिएका स्थानमा वरको रुख (कल्पवृक्ष) रहेको छ । त्यस्तै केही कालपछि सन्त सुरकिशोर दासले जानकीजीको जन्मभुमि पनि आध्यात्मिक शक्तिबाट पत्ता लगाउनु भएको र सोही स्थानमा जानकी मन्दिरको स्थापना भएपछि जनकपुरको पुनःउत्थान ९च्भबउउभबचबलअभ० शुरु भएको भन्ने मैथिली साहित्यहरुमा उल्लेख भएको छ ।
    यसरी प्राप्त मुर्तिलाई सामान्य मन्दिर बनाई पुजा(आजा हुँदै जाँदा तत्कालीन मकवानी राजा माणिकसेन, इन्दुविधाता र हेमकर्ण सेनले राममन्दिर र जनक मन्दिरको नित्य नैमितिक पूजा(पर्व(जात्रा तथा सन्तहरुको भण्डारा (भोजन) का लागि जग्गा गुठीको रुपमा (कुश विरता) प्रदान गरेका र त्यसपछि तत्कालिन प्रधान सेनापति अमरसिंह थापा र राणा प्रधानमन्त्री जनकपुर आई राममन्दिर र जनक मन्दिर निर्माण गराएको भनी उल्लेख भएको अस्पष्ट शिला लेख राम मन्दिरमा सुरक्षित छ । त्यस्तै मकवानी सेनराजाको पालामा बनेको सानो जानकी मण्डपलाई गर्भगृहमा राखी हिन्दु(मुस्लिम स्थापनाकालको सम्मिश्रण गरेर वि.सं. भारत, टीकमगढकी महरानी वृषभानु कुँवरले जानकी मन्दिर निर्माण गरी दिएकोले सो मन्दिरको भव्यताले जनकपुरको    विशेष मूल्य बढाएको छ ।
    सत्रहौं शताव्दीमा (लगभग ५ सय वर्ष अघि) सन्त सुरकिशोर दासले पत्ता लगाउनु भएको जानकीजीको अष्टधातुको मुर्ति रहेकै स्थानमा जानकी मन्दिर निर्माण भएको छ । जनकपुरको सर्वाधिक महत्वपुर्ण र नगरको शोभाको रुपमा रहेको यो मन्दिर भारतको ओरछा नरेश टिकमगढका महाराज प्रताप सिंहकी पत्नी रानी वृष भानु कुँवरद्वारा सन् १८९४ (वि.सं.१९५२) मा शिलान्यास गरेर सन् १९११(वि.सं. १९६६) मा प्रतिष्ठापित गरिएको थियो । वि.सं. २०५१ बैशाखमा यस मन्दिरको शतवर्षिकी मनाइएको थियो । यस मन्दिरको क्षेत्रफल ४९,५५५ वर्गफिट अर्थात २६५८१८७ फिट रहेको छ । ६० कोठाहरु रहेको यस मन्दिरमा शिश महल, गर्भगृह, जानकी संग्रहालय महत्वपुर्ण छन् । मुगल र हिन्दु वास्तुशैलीको अनुपम नमुना रहेको यो मन्दिर जनकपुरको शोभा हो ।
राजगुठी आधिनस्थ रहेको जानकी मन्दिर हालसम्म पनि छुट गुठी अन्तरगत संचालित हुँदै आएको छ । आर्थिक रुपले अत्यन्त सम्पन्न यस मन्दिरको सर्वेसर्वा महन्थ नै हुन्छन् । २७ साउन २०५३ देखि हालसम्म यस मन्दिरको महन्थक रुपमा रामतपेश्वर दास वैष्णव नियुक्त छन् । जानकी मन्दिरको लाल मोहर तथा वैष्णव सम्प्रदायको नीति अनुसार मटिहानी स्थानका मान महन्थ कौशल किशोर दासले रामतपेश्वर दासलाई चादर पगडी लगाएका थिए । यस मन्दिरमा गुरुशिष्यको प्राचिन परम्परा अन्तरगत महन्थले आफ्नो विश्वासी र प्रिय शिष्यलाई नै आफ्नो अत्तराधिकारी नियूक्त गर्ने प्रचलन रहेको छ । महन्थको मृत्यु पश्चात उत्तराधिकारी महन्थ बन्ने गरेको प्रचलन देखिन्छ । हालसम्म जानकी मन्दिरको महन्तमा सन्त सुर किशोर दास, सन्त प्रयाग दास, सन्त जनक विदेही दास, सन्त राम दास, सन्त राम गुलेला दास, सन्त वलराम दास, सन्त सुरविन दास, सन्त हरिनारायण दास, सन्त हरि भजन दास, सन्त विश्वम्भर दास, सन्त नरहरि दास, सन्त अभिराम दास, सन्त किशोर दास, सन्त राम कृष्ण दास, सन्त नबल किशोर दास, सन्त राम शरण दास र सन्त राम तपेश्वर दास रहेको छ ।
     मन्दिर बनाई दिने, पुजा(आजा तथा भण्डाराको लागि जग्गा दिने क्रम वढदै जाँदा राम जानकी, हनुमान, लक्ष्मण आदिका थुप्रै स(साना मन्दिर, सन्त महन्तको लागि कुटी तथा आश्रम र धेरै पोखरी निर्माण भएको तथा ती मन्दिर सञ्चालनार्थ दाताहरुले थुप्रै जग्गा प्रदान गरेका अभिलेखबाट देखिन्छ । पोखरीको हकमा भने कसले कहिले खनाएका हुन कुनै भरपर्दो अभिलेखबाट खुलेको छैन । धेरै पोखरीहरु गुठीसँग आवद्ध देखिन्छन र तिनीहरुको परिसरमा हुने कुटी, आश्रम तथा कुञ्जहरुले पोखरीको संरक्षण तथा सदुपयोग हुँदै आएको पाइएको छ । यी मन्दिरहरुका लागि प्राप्त जग्गाको अभिलेख अनुसार गुठी संस्थानको जनकपुर शाखा अन्तर्गत मात्र पनि २३ गुठी सञ्चालन भई झण्डै ६ हजार विगाहा जग्गा गुठीको रुपमा भएको साविक लगतमा देखिन आएको छ । मिथिला महात्म्य लगायतका साहित्य एवं कृतिहरुमा मिथिला क्षेत्रको महिमा वर्णन गर्दा ७२ तलाब, १५ कुप, १५ शिवालय, २४ देवीका प्रसिद्ध पीठ, ५ उपवन, २६ ऋषि आश्रम, ५ पर्वत र सुप्रसिद्ध १५ नदीहरु भएको क्षेत्रको रुपमा वर्णन गरिएको छ । यी प्राचिन सम्पदाहरु युगान्तकारी परिवर्तनमा केही लोप भएका, केही विद्यमान रहेका, केही उत्खननबाट मात्र प्राप्त गर्न सकिने अवस्थामा रहेका छन । प्रमाणिक आधारमा राजा जनकको राजधानी किल्ला पनि यकीन हुन बाँकी नै देखिन्छ ।
    जगतजननी माता जानकीको जन्मभुमि, प्राचिन विदेह जनकको राजधानी, आधुनिक जनकपुर हिन्दु सभ्यताको उषाकालदेखि नै हिन्दु सामाजिक सिद्धान्त र दर्शनलाई समस्त आर्यावर्तमा व्यवस्थित र विकसित गर्न योगदान पु¥याउने राजर्षि जनक, याज्ञवल्क्य , गार्गी र मैत्रेयी आदिको कर्मभुमि र अध्यात्म चिन्तनको केन्द्र रहेको छ । प्राचिनकालदेखि नै ऋषि(मुनि र विशेष गरेर वैष्णव सन्तहरुको लागि आकर्षणका केन्द्र रहेको यस स्थानमा मठ(मन्दिर र कुटीहरुका एवम् सांस्कृतिक परम्पराले गर्दा नेपालका अन्य स्थानभन्दा वढी महत्वपुर्ण यो ठाउँ धार्मिक एवम सांस्कृतिक पर्यटकीय गन्तव्य स्थलको रुपमा प्रसिद्ध छ ।
    उपनिषदको जटिल बौद्धिक सिद्धान्त, इस्लामी आक्रमण, स्वतन्त्र उपासना पद्धतिमा अवरोध बौद्ध र जैनका कठिन आत्मसंयमको पृष्ठभुमिमा भक्ति मार्ग विकसित भई वैष्णव शैव, शाक्त संप्रदायका अनुयायीहरुसँग सम्वन्धित अनेकौ उपसंप्रदायहरु उत्पन्न र विकसित भए । यी संप्रदायका अनुयायीहरुले आ(आफ्ना देवी देवतासँग सम्वन्धित साहित्यहरुको रचना गर्नुका साथै ती देवी देवताहरुसँग सम्वन्धित पवित्र स्थलहरुको महत्व बुझि भ्रमण अर्थात तीर्थाटन गर्ने व्यवस्था गरे ।
    वैष्णव धर्ममा राम र कृष्ण सर्वाधिक लोकप्रिय भए । सर्वप्रथम वाल्मिकिले रामको महत्व र गरिमालाई केन्द्रबिन्दु बनाएर रामायणको रचना गरेका थिए । रामको देवत्व र परमपुरुषत्वको वर्णन गर्दै अध्यात्म रामायणको रचना भयो । स्वामी रामानन्दले राम र सीताको उपासना प्रारम्भ गरे । यो उपासना पद्धति एउटा क्रान्तिकारी धार्मिक परम्परा थियो । किनभने यस उपासना पद्धतिमा जात(पात र उच(नीचजस्ता कुनै व्यवस्था थिएनन् । यसमा मात्र रामानन्दले राम सम्वन्धि समस्त स्थलहरुको भ्रमण गरे । उनलाई धर्म र समाज दुवैको चिन्ता थियो । स्वामी रामानन्द हतास, श्रीमान एवम् विखण्डित हिन्दु धर्मलाई मानवतावादी धार्मिक भावनाद्धारा एकीकृत गर्न थाहन्थे । उनी हिन्दुहरुमा बिरता, त्याग र कष्ट सहने प्रवृति विकास भएको देख्न चाहन्थे । यसका लागि उनले भगवान रामलाई केन्द्रविन्दु बनाए । हाल तीनै रामानन्दको नाममा रामानन्दद्धार बनाई उनको शालिक माथिल्लो भागमा राखिएको छ । आदर्श चरित्र एवम सर्वंगुण सम्पन्न श्री रामको सम्पुर्ण व्यक्तित्वलाई उदघाटित गर्नमा जनभाषामा रामचरितमानसको रचना गरेर तुलसीदासले महत्वपुर्ण योगदान पु¥याएको प्रशंग पनि स्मरणयोग्य छ ।
    माता जानकीको अभिभावभुमि मिथिला (जनकपुर) नगरीको चर्चा विभिन्न हिन्दु, जैन एवम बौद्ध वाङ्मयहरुमा विस्तृतरुपमा भएको पाईन्छ । पौराणिककालका विदेह राजा सिरध्वज जनकको दरवार दार्शनिक चिन्तनको केन्द्रको रुपमा  प्रसिद्ध भएको र राम सीताको विवाहका उपलक्ष्यमा विभिन्न देवी, देवता, ऋषिमुनिहरुको आगमनद्धारा पवित्र भएको यो स्थल धार्मिक गृहस्थ तथा संतहरु समेतका लागि प्राचिनकालदेखि नै आकर्षक रहेको छ । सीता स्वयम्बरको समयमा रामद्धारा भाँचिएको शिव धनुषको एउटा टुक्रा धनुषाधाममा रहेको जनविश्वास छ ।
    यस पौराणिक स्थल र यस वरिपरिका अन्य धार्मिक स्थलहरुलाई पुनः प्रकाशमा ल्याउने काम महात्मा चतुर्भुज गिरि र सुर किशोर दासले गरेका थिए । यी दुवै सन्तहरुलाई विर्ताको रुपमा जग्गा प्रदान गरेपछि यो स्थान महत्वपुर्ण वैष्णव हिन्दु तीर्थस्थलको रुपमा विकसित हुँदै गयो । तीर्थाटन गर्ने क्रममा वैष्णव सम्प्रदायका अनेकौ साधु सन्तहरुले यस पवित्र स्थलको भ्रमण  गरे । जसले गर्दा उनीहरुकै सत्प्रयासले यहाँ अनेकौ कुटी मठ(मन्दिर र पोखरीहरुको निर्माण भयो । माध्यमिकी र लघु परिक्रमा जस्तो महत्वपुर्ण धार्मिक परम्पराको विकास भयो । यस परिक्रमा पथभित्र राम र सीतासँग सम्वन्धित अनेकाँै मठमन्दिरहरुको स्थापना भयो । पछि यहाँ विभिन्न जातिहरुका कुटीहरु स्थापना भए जुन जातिय एकताको अनुपम उदाहरण हो ।
    यी नै केही तथ्य, केही श्रुति र केही रहस्यलाई सके यथार्थ र परमार्जित रुपमा नसके यथास्थितिमा भावी पुस्तालाई हस्तान्तरण हुन सक्ने वातावरणको सृजना वर्तमानको कर्तव्य बनेर आएको छ । यथास्थितिमा राख्न मात्र पनि ठुलो चुनौति समाजले नै महसुस गरेको छ । सम्पदाको रुपमा रहेका पोखरी तथा पोखरीका डिलहरु अतिक्रमित एव लोप हुँदै गएका दाताले दिएका जग्गाहरु हिनामिना मात्र होइन अभिलेखको अभावमा यकिन सम्म पनि हुन नसकेका कुटी, आश्रम, कुप आदि लोप हुँदै गएका, मठ मन्दिरको सम्पति दुरुपयोग एवं पुजा(आजामा सनातनता हुन छाडेपछि यथास्थितिमा अरु गुम्ने खतराप्रति नागरिक समाजको चासो बढनु आबश्यक छ । 


२०७१ अषाढ २२ गते आईतबार

उपेन्द्रलाई सलामी ठोकेर फोरम ज्वाइन गरेको थिईनँ– भरत विमल यादव

लामो समय सम्म गजेन्द्र नारायण सिंहको स्कुलिङमा रहि दोस्रो जनआन्दोलन २०६२÷०६३ मा सात दलिय प्रतिनिधिमा सक्रिय भुमिका निर्वाह गरेका व्यक्ति हुन भरत विमल यादव । लामो निष्कृयता पछि फोरममा प्रवेश गरेका यादव सामुहिक नेतृत्वको आवाज उठाउँदै उपेन्द्र यादवको कार्यशैलीको विरोधमा विद्रोह गर्दै पार्टी समेत परित्याग गरिसकेका छन् । यादवसँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको वार्तालापको सम्पादीत अंश प्रस्तुत छ ः

अहिले तपाई प्रत्यक्ष राजनीतिमा सक्रिय देखिनुहुन्न नि, किन ?
 हुन त राजनीतिमै छु तर, वर्तमानमा ‘वेट एण्ड सि’ कोअवस्थामा छु । विगतमा म संलग्न रहेको पार्टी मधेसी जनअधिकार फोरम नेपालको खास गरी पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टीमा चलाएको निरंकुशता विरुद्ध हामीले आवाज उठाएका थियौं । खास गरी ‘कलेक्टीभ लिडरसिप’ को लागि हामीले जोर सोरले आवाज उठायौं । उपेन्द्रको हैकमवादी र तानाशाहीको विरुद्धमा हामीले आवाज उठाएका थियौं । अहिले सोही क्रममा मैले विद्रोह गरी उक्त पार्टी समेत परित्याग गरिसकेको छु ।
तपाईले पार्टी परित्याग गर्नुभएको हो, वा उपेन्द्र यादवजीले तपाई लगायत अरु नेताहरुलाई अनुशासनको कारवाही चलाएर निष्काशन गरेको हो ?
खैर निष्काशन त उपेन्द्रले मलाई मात्र होइन कसैलाई पनि गरेको छैन । पार्टी परित्याग गर्ने पनि म मात्र हो । पार्टीका पाँच जना टपमस्ट साथीहरुले कलेक्टीभ लिडरसिपका लागि उपेन्द्रजी तयार हुनुहुन्छ भने केन्द्रीय कमिटिको वैठकमा जान सकिने हामीले प्रस्ताव राखेका थियौं । म, रामचन्द्र राय, अभिषेक प्रताप साह, अमरेश नारायण झा र अर्जुन थापा कार्यसमितिको वैठकमा भाग लिएनौं । उपेन्द्रजीले एकजना मेशेन्जर श्रीनारायण यादवलाई हामी कहाँ पठाउनुभएको थियो । एकातिर मेशेन्जर पनि पठाउने अर्को तिर आफ्नो गतिविधि पनि नसुधार्ने प्रवृति यथावत रहयो । अन्तमा उपेन्द्रले भ्रष्टाचार र नैतिकहीनताको पराकाष्ठा नाघेपछि त्यहाँ बस्न आफ्नो नैतिकताले पनि जवाफ नदिएपछि पार्टी परित्याग गरेको हो ।
तपाईलाई समानुपातिक सभाषद वा मन्त्रिपरिषदबाट २६ मा पारिदिएको भए वा पदाधिकारीमा राखिदिएको भए उपेन्द्रजी इमान्दार हुने र त्यसो नगरेपछि उनी भ्रष्ट र नैतिकहीन हुने ? उनी त वास्तवमा मधेस आन्दोलनका नाईके न हुन ।
उपेन्द्र मधेस आन्दोलनको मसिहा होइन कि वास्तवमा आन्दोलनका दौरान एक्सिडेन्टल नेता बनेका हुन । उपेन्द्र यादवले वा पार्टीले समानुपातिकको लागि जुन लिष्ट पठाएको थियो त्यसमा यादवले नै मेरो सबैभन्दा पहिलो प्राथमिकतामा राखि पठाएको थियो । मैले आफै पठाएको पनि होइन । त्यसैले उसँग अलिकतिपनि पोलिटिकल सेन्स भएको भए पार्टीको कोटामा एउटा सिट परेको अवस्था आएको हुने थियो भने पनि मेरो नाउँ राख्नुपथर््यो । फेरी पार्टीमा म बरिष्ठ नेता थिएँ । उपेन्द्रको पनि सिनियर लिडर थिएँ । तर, उले गलत आचरण देखाउँदै भ्रष्ट व्यक्तिहरुलाई पठायो । पुष १८ गते उसले नामावली पठाएकै बेला म पार्टी परित्याग गरिदिन्थे । तर जेष्ठ ७ गते कार्यसमितिको वैठक बोलाउनु भन्दा पाँच छ दिन अगाडी कार्यसमितिमा तपाईलाई पनि राखिएको छ भनेर म्यासेज पठायो । मैले भने, के उपेन्द्रले मलाई निगाह गर्ने हो । म पार्टीको सिनियर लिडर हो । मलाई नसोधिकन जलाई मनलाग्यो त्यसलाई राखेर पार्टीको केन्द्रिय कमिटिको पुनर्गठन गर्ने हो । जलाई मनलाग्यो हटाईदिने र राखिदिने तानासाही व्यवस्था चल्दैन भनेर विद्रोह गरेको हो ।
उपेन्द्रजीले तपाईलाई किन माइनस गर्न थाल्नुभयो त ? उपेन्द्रजी तपाईबाट डराउनुभयो कि वा तपाई कै कुनै गतिविधिमा उहाँले खोट देख्नुभयो ?
म पार्टीको कुनै पदाधिकारी थिइन मात्र बरिष्ठ नेता थिएँ । पार्टीको कार्यसमितिले मेरो विगतको इतिहास र योगदानलाई कदर गर्दै मलाई सम्मान दिएर वरिष्ठ नेता बनाएको हो । म पदाधिकारी पनि थिईन जसकारण मेरा साथीहरु मबाट छुव्ध हुनुपर्ने थियो । पार्टीमा कलेक्टीभ लिडरसिप हुुनुपर्छ भन्ने पार्टीको माग स्वीकार गरेको भए उपेन्द्रको हैकमवादी त चल्दैन्थ्यो । पैसा लिएर सभाषद बेच विखन गर्न त सक्दैन नि ।
यसरी विना आधार सभाषद खरिदविक्रीको आरोप तपाई जस्तो नेताहरुले लगाउन मिल्छ ? उपेन्द्र यादवले रुपैयाँ लिएर समानुपातिक सभाषद बनाएको तपाईसँग प्रमाण छ ?
प्रमाण दुई किसिमको हुन्छ । एउटा दृष्य प्रमाण हुन्छ अर्को परिस्थिति जन्य प्रमाण हुन्छ । होइन भने एक नम्बरमा मेरो नाम सिफारिस थियो । मलाई माइनस गरेर श्रवण अग्रवाल, विरेन्द्र महत्तो, शिवजी यादव र लालबाबुलाई कुन आधारमा समानुपातिक सभाषद बनायो ? उनीहरुको पार्टीमा मैले गरेको मधेसमा योगदानको तुलनामा के वढी छ ? कुन आधारमा तिनीहरु प्राथमिकतामा परे ? आधार त देखाउनु प¥यो नि ।
 तपाई विगतमा सदभावनाको न नेता हुनुहुन्थ्यो । फोरममा तपाईको के योगदान छ ? फोरममा तपाईलाई वरिष्ठ नेता बनाएर सम्मान गरेकै हो नि । फोरमले धनुषा महोत्तरी एउटा पनि सिट जितेन । तपाईलाई किन पार्टीले सभाषद बनाउनु प¥यो ?
फोरमले राजनीति मधेस र मधेसीको लागि गरेको छ । सदभावनामा म हुँदा जुन आधार तयार भएको थियो सोही आधारलाई टेकेर न आज फोरम, तमलोपा लगायतका मधेस केन्द्रित दलहरु गठन भएका हुन ।
त्यसोभए सदभावनामा न तपाईले ब्याज खोज्नुपर्ने हो ? कि फोरममा ? फोरममा पसिना बगाएका, संगठन विस्तार गरेका, मधेस आन्दोलनमा सहादत दिनेहरुको परिवार, घाइतेभएकाहरुले न ब्याज खाने हो ।
समानुपातिक सभाषद नभएकै कारण मैले पार्टी परित्याग गरेको होइन नि । तपाईले कहाँबाट यो ट्विस्ट जोडि दिनुभयो । पार्टी चलाउने उपेन्द्रको तानाशाही प्रवृतिको कारण मैले पार्टी परित्याग गरेको हो ।
समानुपातिक सभाषद चुन्न उपेन्द्र यादवलाई पार्टीले एकल जिम्मा दिएको होइन र ?
त्यो त पार्टीको संसदीय कार्यसमितिमा ल्याएर टुङ्गो लगाउने कुरा थियो । संसदीय समितिको राय परामर्शमा अध्यक्षले चयन गर्ने कुरा थियो । तर, उपेन्द्रले राय नै लिएन । एकल निर्णय ग¥यो । अब उपेन्द्रको बारेमा मैले किन कुनै टिप्पणी गर्नुप¥यो । उ अलग पार्टीमा छ र म अलग धारमा छु ।
उपेन्द्रलाई नेता मानेर नै फोरममा प्रवेश गर्नुभएको हो नि, होइन ?
उपेन्द्रलाई मैले नेता मानेर प्रवेश गरेको हो ? कि उपेन्द्रले मलाई नेता मान्यो । उपेन्द्रले मलाई नेता मानेर, मलाई सम्मान गरेर वरिष्ठ नेता मानेर मलाई फोरममा लगेको हो । तपाई आइदिनुस, तपाई ठुलो नेता हो भनेर भनेपछि गएको हो । उपेन्द्रलाई नेता मानेर मैले फोरम ज्वाइन गरेको होइन ।
त्यसो भए तपाईले किन फोरम ज्वाइन गर्नुभयो ?
उपेन्द्रलाई मेरो छहारी चाहिएको थियो । किनभने उपेन्द्रले दोस्रो जनआन्दोलनमा मेरो भुमिका र योगदान बुझेको थियो ।
तपाईको छहारी भएर पनि फोरम संविधानसभाको दोस्रो चुनावबाट मधेसको ठुलो पार्टी बन्न सकेन नि ? बरु पहिलो चुनावमै मधेसको ठुलो  र देशको चौथो शक्ति बनेको थियो ।
त्यो त अध्यक्षले जिम्मेवारी लिने हो । मैले होइन । पदिय दायित्व त उपेन्द्रको न हो ।
पदाधिकारीमा पनि जाने तपाईको इच्छा थियो ?
म उपेन्द्रको मुनि पदाधिकारीमा जाने । कस्तो कुरा गर्नुहुन्छ तपाई ? म उपाध्यक्ष वा सह(अध्यक्ष बन्ने । जुनबेलामा उ जिल्ला स्तरीय नेता थियो त्यो बेला पनि म राष्टिूय नेता थिएँ ।
त्यो हिजोको दिन थियो तर अहिले उपेन्द्र यादव देशको उपप्रधानमन्त्रि, परराष्टू मन्त्रि भएको मधेस आन्दोलनको नेतृत्वकर्ता रहेको, फोरमको अध्यक्ष हुन । यस्तो अवस्थामा उनी शक्तिशाली त हुन नि, होइन र ?
सबै थोक मन्त्रि नै भएपछि हुन्छ भन्ने होइन । आज भारतमा नरेन्द्र मोदीको मुनि भारतीय जनतादलका अध्यक्ष राजनाथ सिंह आएका छन् नि, कि छैन ।
होइन उपेन्द्रजीको मातहत तपाई आइदिएकै भए के आकाश खस्थ्यो र ?
उपेन्द्रको तल म किन जाने ?
तपाईलाई कुनै भुमिका दिइएको थिएन र ? विभिन्न उच्च स्तरीय वैठकहरुमा र कार्यदलहरुमा तपाईलाई उपेन्द्रजीले पार्टीको प्रतिनिधित्व गर्न पठाएकै हो । अरु के चाहिएको थियो तपाईलाई ?
अब यो विषयमा धेरै कुरा नगरौं ।
मधेसका पार्टीहरु बीच किन एकिकरण भईरहेको छैन ?
पार्टी एकिकरण हुनुपर्छ भनेर मैले जोडदार माग गरेको हो । सबै पार्टीहरुका नेताहरु बीच नेतृत्वको विषय र पदिय भागबन्डा नमिलेर पार्टी एकिकरण भईरहेको छैन । सबैलाई अध्यक्ष नै चाहियो । त्यसोमा कसरी हुन्छ एकिकरण ?
तपाईको बिचारमा कसको नेतृत्वमा पार्टी एकिकरण हुनुपर्ने हो ?
त्यो त तीन पार्टीका तीन जना नेताहरुले निर्णय गर्ने हो । जो सुकै भएपनि मलाई के मतलब । अब म फोरममा पनि छैन । मेरो के सरोकार ?
मधेसको मुद्दाका लागि मधेस केन्द्रित दलहरु संविधानसभामा अड्लान ?
त्यो त उनीहरुलाई नै सोध्नुस ।
दोस्रो आन्दोलनपछि धेरै लामो समय तपाई निष्कृय वस्नुभयो । फेरी दोस्रो चुनावको मुखैमा किन फोरममा प्रवेश गर्नुभयो ?
चुनावको मुखैमा होइन एक वर्ष अघि मैले फोरममा प्रवेश गरेको हो । फेरी तपाईलाई धोका नहोस कि मैले उपेन्द्रलाई सलामी ठोकेर फोरममा प्रवेश गरेको थिएँ ।
उपेन्द्रलाई तपाईले राजनीतिक रुपमा के फाइदा पु¥याउनुभयो ?
म कार्यकारी पदमा नभएपनि मैले आफ्नो ठाउँबाट जे गर्नुपर्ने थियो त्यो गरे । हाईलेवेल मिटिङहरुमा गएकै हो ।
त्यसो भए तपाईलाई सोकेशका लागि मात्र उपेन्द्रजीले लग्नुभएको थियो ?
त्यसैकारण त चुनावमा यो परिणाम आयो । उसले मलाई चुनावमा उपयोग नै गरेन । कुनै नेतालाई प्रोजेक्ट नै हुन दिएन । चुनावको वातावरण बनाउन ठाउँ ठाउँमा आम सभा आयोजन गर्ने, नेताहरुलाई प्रोजेक्ट गर्ने काम उनले गर्दै गरेनन् ।
विगतमा विभिन्न नेताहरुलाई उनले प्रोजेक्ट गरे । विजय गच्छदार, सरत सिंह भण्डारी, जयप्रकाश गुप्ता लगायतका नेताहरुलाई ठुलै भुमिका दिए । तर, तिनै नेताहरु उपेन्द्रजीलाई छोडेर अलग अलग पार्टी गठन गरी आ(आफ्नो बाटो लागे । यस्तो अवस्थामा त्यही डरले नेताहरुलाई प्रोजेक्ट नगरेको पनि हुन सक्छ नि ?
त्यो त उपेन्द्रलाई सोध्नुस । मेरो तुलना तपाई विजय गच्छदार, जयप्रकाश गुप्ता र शरत सिंह भण्डारी सँग गर्न मिल्छ । तपाई कस्तो कुरा गर्नू हुन्छ । मैले मधेस र मधेसी जनताको लागि गरेको योगदानसँग उहाँहरुको तुलना पनि छैन । मैले त गजेन्द्र नारायण सिंह, रामजनम तिवारी लगायतका नेतालाई असिस्ट गरेको हो । यी नेताहरुसँग मेरो तुलना नगर्नुस । उपेन्द्र पार्टीमा अरु कुनै नेता स्थापित नहोस र आफ्नो हैकमवादी सदा चलिरहोस भन्ने चाहन्छन् ।
अब तपाईलाई आफ्नो पार्टीमा ल्याउन क–कसले सम्पर्क गरेका छन् ?
थुप्रै नेताहरुले सम्पर्क गरी रहेका छन् तर म चाहीँ वेट एण्ड सीको अवस्थामा छु ।
तर पनि गणतव्य चाहिँ कता हो तपाईको ?
 प्रष्ट भन्नु हुन्छ भने अहिले मलाई बर्तमान अवस्थामा कुनै पनि राजनीतिक पार्टीहरुसँग चित्त बुझिरहेको छैन । हुन सक्छ म आफै नेतृत्वमा भोलीको दिनमा कुनै नयाँ पार्टी पनि संचालन गर्न सक्छु ।
 
२०७१ अषाढ २२ गते आईतबार

सामाजिक सुरक्षा भत्ता पनि करारे-धर्मेन्द्र कुमार झा

धर्मेन्द्र कुमार झा
“सरोकारबाला व्यक्तिहरु बिर्सिरहेका छन् की असहायका आँसु लाग्छ भनेर...”
केही वर्षदेखि नेपाल सरकारले समाजका वृद्ध, अपाङ्ग, एकल महिला लगायतका असहाय व्यक्तिहरुलाई एउटा मापदण्डका आधारमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । जुन सामाजिक भत्ता धेरै असहायका लागि साहारा बनेको छ र गरिव परिवारका वृद्ध तथा असहायहरुको आँसु पुच्छने काम गरेको छ । नेपाल सरकारको यो योजना एकदम सराहनीय भए पनि कार्यन्वयन पक्ष त्रुटीपुर्ण रहेको छ । सरकारलाई सामाजिक सुरक्षा भत्ताको रकम जुटाउन न कि विदेशको मुख ताक्नु पर्छ न की नेपाल सरकारले थप बजेटको रुपमा ल्याउनुपर्छ यो रकम त नेपाल सरकारलाई सेवा पु¥याउँदै आइरहेका आम नेपालीका तलब सुविधाबाट काटिएको एक प्रतिशत रकमका समग्र भाग हो । जुन रकम प्रत्येक महिना समयमै सम्बन्धित व्यक्तिहरुको हातमा पु¥याउँदा कुनै समस्या हुँदैन । तर यो रकम पनि माघ करारे भएको छ । अर्थात सामाजिक सुरक्षा भत्ता जस्ता सम्बेदनशिल सहयोगका रकम पनि चार महिना, ६ महिना, आठ महिना र कति गा.वि.स.मा त दश÷एघार महिनासम्म नपाएको अवस्था छ । साँच्चिकै सामाजिक सुरक्षा भत्ता पनि माघ करारे नै भएको छ । धेरै पहिले देखि गाउँ घरमा भारतबाट सिन्दुर, हिंग जस्ता कुराहरु बेच्न आउने व्यापारीहरु हिंग र सिन्दुर ‘माघ करारे’ भनेर बेचेको पाइन्छ । पुष माघमा बेच्न आउने र अर्को पुष माघमा फेरी असुल्न आउने त्यस्तै सामाजिक सुरक्षा भत्ताको रकमलाई पनि यहाँका गाविस सचिवहरुले बनाई दिएको छ । र, ती सचिवहरु त्यसको प्रभावलाई राम्ररी विचार गरेका छैनन् ।
स्तम्भकार स्वमं महोत्तरीका सुन्दरपुर गाविसमा एउटा अनुसन्धानका क्रममा जाँदा सामाजिक सुरक्षा भत्ताको नजिकबाट नियाल्न बाध्य भयो र त्यो समस्या सबभन्दा ठुलो समस्याका रुपमा मनलाई नै झक्क झक्कायो । आर्थिक वर्ष २०७०÷०७१ मा जम्मा चार महिनाको रकम पाएका बृद्ध र असहायहरु दश महिना देखि सुरक्षा भत्ताका लागि एउटी प्रियसीले प्रेमीको बाटो कुरे झैं सँधै आज आउँछ, भोली आउँछ भनेर बाटो कुरीरहेका छन् । निराशाको आँसु बगाउनु सँगै आँखामा आशाको झलक पनि राखिरहेका छन् । आफु भन्दा अलि बढी बुझ्ने वा पहुँच भएका व्यक्ति जस्तो लाग्ने जो सुकैलाई तिनीहरु आफ्ना पीडा सुनाउन थाल्छन् । कतिले सराप्दै बोल्छन् त कतिले रुदै आफुहरुलाई भत्ता दिलाई सहयोग गरिदिन अनुरोध गर्छन । पत्र पत्रिकामा सुनेअनुसार केही गाविसका सामाजिक सुरक्षा भत्ताका लागि अनशन र डेलिगेशन जस्ता गतिविधि भएकै हो । तर, पनि सम्बन्धित निकायका व्यक्तिहरु किन सम्बेदनशिल भइरहेको छैन । हुन सक्छ ति असहायहरुले पाउने सुरक्षा भत्ता बराबरको रकम सरोकारबाला व्यक्तिहरुको लागि एक साँझको रक्सी र मासु वा चिया, नास्ताको पनि खर्च न होला । तर, त्यही पाँच सय रुपैयाँ ती असहायहरुका लागि जीवनको साहारा बनेको छ । त्यही भएर होला कति पय बृद्ध बृद्धााहरुले सरकारलाई छोराको दर्जा दिएको छ जसले उनीहरुलाई मासिक केही रुपैयाँ उपलब्ध गराई रहेको छ । एक जना बृद्धा आमाले भनिन,“ बौवा कि कहियो इ सचिव आ गाउँके नेतबासब त हमरा सबके तलबे खागेल । सरकार महिने महिने दईछल जइसे दम्माके दबाई खाइछेली । आब कथिसे किनु केऊ देबेबाला नाइ है ।” यसरी हेर्दा सामाजिक सुरक्षा भत्तालाई कसैले तलब भन्दा रहेछ त कसैले छोराको रुपमा साहारा बुझ्दा  रहेछ । एक जना सन्तान नभएका आमाले सुनाइन,“बाबु पहिले बड चिन्ता होइछल जे बुढारीमे के दु(चार ढउवा देत जे कुछो करब । बादमे ओ चिन्ता हटगेल कइलाकी सरकार पाँच सयके रुपैयाँ देबेलागल लेकिन कि कहियो ई एघारह महिनासे देबेनै करैहे । जाइछी माँगे त उन्टे झपाइड देइय । तु सब कुछो कदा बाबु जे सचिबा हमरा सबके पैसा द देई ”
दशौं महिना देखि सामाजिक सुरक्षा भत्ता वितरण नभएको कारण कतिपय असहाय वृद्ध वृद्धा, अपाङ्ग, विधुवाहरुको औषधि खान छुटेको छ, कसैको दुध, कसैको पौष्टिक आहार त कसैको पेटभर खाना त कसैको खुशी हराएको छ । त्यो आफैमा अपुग र थोरै पैसा भए पनि तिनीहरुको लागि ठुलो साहारा बनेको छ । यसै सिलसिलामा म सम्बन्धित निकायहरुसँग सम्पर्क गर्दा कसैले जिम्मेवारपुर्ण जवाफ दिएन पहल गर्ने कुरा त टाढै जाओस । सचिवलाई ठुलो ठुलो बजेट चलाउनबाट फुर्सद छैन त त्यो सानो बजेट विना कमिशनको बाँडेर झंझिटिलो काममा किन अल्झिराख्ने जस्तो भएको छ । स्थानीय नेता वा दलहरुलाई उपभोक्ता समिति बनाउँदै पैसा खाँदै फुर्सद छैन किन सुन्नुपर्यो ती असहायका रुदन गाउँका टाठा बाठालाई दलालीबाट फुर्सद छैन । त्यर्थमा किन समय खर्चिनुपर्यो ति अस्ताइरहेको घामको लागि । फेरी सामान्य व्यक्तिले अनुरोध गरेको कुरा सरकारी कर्मचारीहरुको कानसम्म पुग्ने कुरै भएन । ठुला वडा नेताज्यूहरुलाई भोट दिलाइदिने एजेन्टहरुसँग मतलब हुन्छ त्यो भोटदिने सोझा साझासँग मतलब राख्ने कुनै अर्थै भएन । विभिन्न गैर सरकारी संघ संस्थाहरुलाई दातृ निकायले सहयोग गर्ने समस्या खोज्नबाट फुर्सद छैन । विना रसको रसहीन समस्यासँग के सरोकार । यस्तै परिवेशको ओझेलमा उल्झिरहेका छन ति असहायका समस्याहरु । यसै समस्याका बारेमा जिविसका एक अधिकारिक व्यक्तिलाई सोध्दा, जुन गाविस सचिवले भरपाईको कागजपत्र बुझाउँदैन त्यसलाई कसरी अगाडीको भुत्तानी गर्ने भन्ने भन्छन । त्यो कुरा सहि हो तर समयमै भुत्तानीको कागजपत्र नबुझाउने सचिवलाई कारवाही कसले गर्ने त ? के त्यसलाई ती असहाय व्यक्तिहरुले गर्ने की जिम्मेवार निकायले नै गर्ने । नियमानुसार जसले सुरक्षा भत्ता पाउँछ त्यो स्वयम उपस्थित भएर रकम बुझ्नुपर्छ । केही हदसम्म त्यो ठिक पनि हो । तर नेपाल सरकारले सामान्य अवस्थाका वृद्ध वृद्धालाई ७० वर्ष पश्चात सुरक्षा भत्ता उपलब्ध गराउँदै आइरहेको छ । के त्यो पाकेका आँपहरुलाई महिने पिच्छे ३(४ किलोमिटर हिडेर गाविसमा गई बुझ्दा कतिको व्यवहारिक छ फेरी त्यसमा आठ(दश महिनाको अन्तरालमा दियो भने के त्यो अस्ताउन लागेको वृद्ध(वृद्धाहरु रकम बुझ्नलाई जिउँदै रहन्छ भने त्यसको ग्यारेन्टी छ । छैन भने यो व्यवस्थामै सुधार ल्याउनु आवश्यक देखिन्छ । सबैको लागि खाता भुत्तानीको व्यवस्था हुनु आवश्यक छ । जसले धेरै कुरालाई सजिलो र नियन्त्रण गर्न सक्छ ।
खाता भुत्तानीले प्रत्येक महिना सम्बन्धित व्यक्तिको हातमा उसले पाउनुपर्ने रकम जान्छ । र, मरिसकेका व्यक्तिहरुको नाममा भुत्तानी गराई नक्कली भरपाईबाट सचिवले खाने पैसा जोगाउन सकिन्छ । साथै समयमै पैसा गयो भने जिवित अवस्थासम्म असहाय व्यक्तिहरुले आफ्नो रकम पाउनसक्छ । माघ करारेको भरमा पैसा कुर्दा कुर्दै यो संसारबाट विदा हुने अवस्था आउँदैन । बढी महिनाको अन्तरालमा सुरक्षा भत्ता वितरण भयो भने कतिपय लाभान्वित व्यक्ति रकम नपाई मर्न सक्छ । यो रकम उसको परिवारले पाउन सक्दैन र पाए पनि कुनै फाइदा हुनसक्दैन । यदि मरे पछि पाउने व्यवस्था छैन भने जिवित अवस्था सम्म नियमित मासिक रुपमा पाउने व्यवस्था सम्बन्धित निकायले गर्नुपर्ने आवश्यकता छ ।

२०७१ अषाढ २२ गते आईतबार