Tuesday, January 24, 2017

प्रजिअ चापागाई र सहायक प्रजिअ गिरी बीच टकराव

धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाई ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीको सुनसरीमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भईसकेपछि प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाई चाँडो भन्दा चाँडो रवाना लिएर जाउन भन्ने एक्शनमा अगाडी वढेका छन् भने अर्को तर्फ यहाँ अर्को सहायक प्रमुख जिल्ला अधिकारी नरहेको र सुनसरीमा पनि सिडिओले चाँडो भन्दा चाँडो आईहाल भनेर नभनेकोले गिरी काठमाण्डौमै गृहमन्त्रालयमा पुगेर भएपनि काज सरुवा थमौटि गर्ने कसरतमा लागेपछि दुवै जनाको टकरावले धनुषाको जिल्ला प्रशासन कार्यालय अस्त व्यस्त बन्ने देखिन्छ ।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीलाई जिल्ला प्रशासन कार्यालय सुनसरीमा नेपाल सरकारले काज सरुवा गरेको छ । ५ माघ २०७३ मा गृहमन्त्रालयका कर्मचारी प्रशासन शाखाको उपसचिव शिवराज जोशीद्वारा गरिएको परिपत्रमा ४ माघ २०७३ को गृहमन्त्रालयको निर्णयानुसार काज खटिएकै कार्यालयबाट तलब भत्ता भुक्तान हुने गरी काज खटाइएको तथा काज खटिएको कार्यालयमा नियमानुसार हाजिर हुन भनि सरुवा गरिएको हो । उनी गृहमन्त्रालयको ३ भदौ २०७३ को निर्णयानुसार धनुषामा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा गृहमन्त्रालयबाट सरुवा भई आएका थिए । गिरी दुतिय श्रेणीका कर्मचारी भई धनुषामा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत छन् । तर, उनले आफ्नो सरुवा नियोजित भएको बताएका छन् । उनी रवाना लिन पनि इन्कार गरिरहेका छन् । उनको सरुवा भएपछि जिल्लामा व्यापक विरोध सुरु भएको छ । खासगरी सामाजिक संजालहरुमा पनि जनकपुरका यूवाहरुले उनको सरुवा प्रति आपत्ति जनाएको पाइन्छ । हुन त गृहमन्त्रालयमा उनी एकलै उपसचिवको सरुवा भएको होइन । २१ जना उपसचिवहरु सरुवा भएका छन् । जसमध्ये ७ जना उपसचिवलाई सिडिओ नै बनाइएको छ ।  जिल्ला प्रशासनमा काम गर्ने कतिपय कर्मचारीहरुका अनुसार गिरीको सरुवा नियमित सरुवा नै रहेको बताइन्छ भने अर्को कतिपय कर्मचारीहरुका अनुसार उनलाई दण्डित गर्नेगरि हटाइएको हो ।सहायक प्रमुख जिल्ला अधिकारी गिरीको के तर्क छ भने आफु यहाँ दुई बर्षका लागि आएको हो, धनुषामा मेरो दरबन्दी नै सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा छ, त्यसमा पनि मलाई सुनसरीमा काज सरुवा गरिएको छ । अर्को तर्फ धनुषामा एउटा पनि सहायक जिल्ला अधिकारी नरहेको अवस्थामा तत्कालै सुनसरी गईहाल्नु भन्दा पनि काठमाण्डौमा गएर गृहमन्त्रालयमा सहसचिव तथा सचिवसँग भेटेर काज सरुवा थमौति गर्ने प्रयास गर्नेछु । बरु बाजुरा, दोलखा, खोटाङ्ग जस्ता जिल्लामा सिडिओको रुपमा सरुवा भए हुन्थ्यो, गिरीको चाहना पनि प्रकट भएको देखिन्छ । उनलाई सुनसरीमा पठाइएपछि त्यहाँ काम गर्न अप्ठयारो हुने बताइन्छ । किनभने सुनसरीमा उनकै व्याचका लोकमान पौडेल सिडिओ छन् ।
अनुगमनबाट चम्केका गिरी
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरी ।
२६ पुष २०७३ का दिन सहायक प्रजिअ गिरीको संयोजकत्वमा गठित संयूक्त अनुगमन समितिले जनकपुर सहर भित्र रहेका स्वास्थ्य क्षेत्रका औषधि पसल, क्लिनिक, ल्याब, अस्पताल लगायतको अनुगमन गर्दा अनुगमनका क्रममा विना दर्ता संचालित रहेका अस्पताल, नर्सिङ होम, क्लिनिक तथा औषधि पसलहरुमा तालाबन्दी गरी कारवाही प्रक्रिया अगाडी वढाएको थियो । अनुगमनको क्रममा केह ीऔषधि पसलहरुमा छापामारी रहँदा सबै औषधि व्यवसायीहरुले धमाधम आफ्नो औषधि पसल बन्द गर्दै भागाभाग भए । त्यसपछि राजेश गिरी मुर्दाबाद, जिल्ला प्रशासन कार्यालय मुर्दाबाद सहितको नाराबाजी पनि भयो । अनुगमनकै क्रममा दर्ता भएको औषधि पसलहरुमा केही त्रुटि देखिएपछि अनुगमन समितिले ४÷५ वटा दर्ता भएका औषधि पसलमा पनि तालाबन्दी गर्यो । अनुगमनमा तालाबन्दी गरिसकेपछि अबैध तरिकाले संचालित व्यवसायीहरुलाई कारवाही गर्ने कुनै पनि हालतमाा पछि नहटने अभिव्यक्ति दिएर जनकपुरबासी सामु गिरी लोकप्रिय बनेका थिए । त्यही इस्यूलाई लिएर औषधि व्यवसायीहरुलाई बदनाम गराउने, आतंकित पार्ने, अनुगमनका क्रममा औषधि व्यवसायीलाई प्रतिनिधित्व नगराएको भन्दै गिरीको निलम्बन सहित औषधि व्यवसायीहरु आन्दोलित भएका थिए । अनुगमन टोलीले कारवाही गर्दा नेपाल औषधि व्यवसायी संघ जनकपुर अञ्चल शाखाले ४ सुत्रिय माग राख्दै २७ गते देखि जनकपुरका सम्पुर्ण औषधि पसलहरु बन्द गरी अनुगमनको विरोध जनाएका थिए ।
सहायक प्रजिअ राजेश गिरीको निलम्बन, ओरिएनटेशन कोर्षको तालिमको पुनःसंचालन, अनुगमनको नाममा गरिएको तालाबन्दीको पुनारावृति नहोस भन्दै औषधि व्यवसायीहरुले औषधि पसलहरु बन्द गरी विरोध जनाईरहेका थिए । औषधि व्यवसायीहरु संघर्षमा ओर्लिएको भोली पल्टै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाई र सहायक प्रमुख जिल्ला अधिकारी पछि हटेका थिए । दर्ता भएको औषधि पसलहरुमा अनुगमन टोलीले लगाएको ताला प्रहरीलाई पठाएर जनकपुर अञ्चल अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा.गौराङ्ग मिश्रको रोहवरमा ताला खोलाइएको थियो । तर, त्यहाँ अनुगमन समितिले थाहा नै नपाउने गरी विना दर्ता अस्पताल रोडमा संचालित रहेका आर्या होस्पिटलमा लगाइएको ताला पनि खोलिएको थियो । अनुगमन टोलीका संयोजक राजेश गिरीका अनुसार अनुगमन टोलीका कुनै पनि सदस्यलाई जानकारी नै नदिई त्यो आर्या हस्पिटल कसरी खोलियो, कसको निर्देशनमा खोलियो भनेर प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईसँग प्रश्न गर्दा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख सच्चिदानन्द देवको आदेशमा खोलिएको कुरा बाहिर आएको थियो । स्वास्थ्य मन्त्रालयले फागुन मसान्तसम्म दर्ता गर्न परिपत्र गरे अनुसार आफुले आर्या होस्पिटल तथा डा.रामनरेश पंडित लगायतको क्लिनिकको ताला खोलाएको देवले अनुगमन समितिको बैठकमा बोलेको गिरीले बताए ।
 ३ दिनसम्म औषधि पसलहरु बन्द रहेपछि प्रशासनले विना कारवाही ५ सुत्रिय सम्झौता गरेपछि औषधि व्यवसायीहरुले औषधि पसल खोलेका थिए । २ माघ २०७३ मा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईको अध्यक्षतामा धनुषाका एसपी लालमनि आचार्य, सहायक प्रजिअ राजेश गिरी, जनकपुर अञ्चल अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा.गौराङ्ग मिश्र, जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका कार्यालय प्रमुख सच्चिदानन्द देव, आन्तरिक राजश्व कार्यालय जनकपुरका सुवर्ण कोइराला, नापतौल कार्यालयका विरेन्द्र उपाध्याय, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, नेपाल खाद्य संस्थानका संजु रानी, उपभोक्ता मञ्चका रेणु झा, नापतौल कार्यालयका मुकुन्द चौधरी, औषधि व्यवसायी धनुषाका अध्यक्ष सत्यनारायण साह, महासचिव प्रमोद अग्रवाल सहित करिब ३० जनाको उपस्थितिमा ५ सुत्रिय सम्झौता भएको थियो ।
सम्झौता पहिलो बुँदामा अनुगमनको क्रममा केह ीऔषधि पसल, क्लिनिक, ल्याब, अस्पताल लगायतका व्यवसायीहरु विधिवत रुपमा दर्ता भएता पनि नविकरण नभएका, सम्बन्धित आधिकारिक व्यक्ति पसलमा नबसेका, खरिद तथा बिल नराखेका जस्ता त्रुटिहरु देखिएकाले सो त्रुटिहरुलाई यथासम्भव छिट्टै कानुनी व्यवस्था अनुसार नेपाल औषधि व्यवसायी संघ धनुषा, औषधि व्यवस्था विभाग शाखा कार्यालय विरगञ्ज तथा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले नियमित गराउने र सो को जानकारी सम्बन्धित निकाय र जिल्ला प्रशासन बजार अनुगमन समितिमा गराउने निर्णय गरियो ।
त्यस्तै दोस्रो बुँदामा औषधि व्यवस्था विभागबाट प्रमाण पत्र नलिई व्यवसाय संचालन गरिरहेका स्वास्थ्य सम्बन्धि व्यवसायीहरुको ओरिएनटेशन तालिमको व्यवस्थाको लागि औषधि व्यवसायी संघको माग अनुसार जिलला प्रशासन कार्यालयले स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरियो । त्यसैगरी तेस्रो बुँदामा अनुगमनको क्रममा रितपुर्वक संचालन नभई बन्द गरिएका तथा आफै बन्द गरेका व्यवसायीका लागि ३ महिनाको अवधि दिई रितपुर्वक संचालनको व्यवस्था औषधि व्यवस्था विभागले गर्ने र त्यसका लागि अञ्चल औषधि व्यवसायी संघको समन्वय र सहकार्यमा जिल्ला जनस्वास्थ्य कार्यालयले गर्ने निर्णय गरियो ।
चौथो बुँदामा औषधि व्यवस्थापन सम्बन्धि काम कारवाही गर्न गराउन औषधि व्यवस्था विभागको शाखा कार्यालय विरगञ्जमा रहि कार्य हुन व्यवसायीहरुलाई असुविधा भएकाले सो निकायलाई कम्तिमा व्यवसाय दर्ता, नविकरण लगायतको कार्य गर्न जनकपुरमा तत्काल घुम्ती शिविरको व्यवस्था मिलाई दिन जिल्ला प्रशासन कार्यालय मार्फत औषधि व्यवस्था विभागमा पत्राचार गर्ने निर्णय गरियो । पाँचौं बुँदामा अनुगमन गर्दा सबै पक्षको मानमर्यादाको सम्मान गर्दै अनुगमन आचारसंहिता बनाई यो अनुगमनको क्रमलाई निरन्तरता दिने निर्णय गरियो ।
सम्झौता भएको केही दिन पछि जनकपुरमा सुनचाँदी व्यवसाय, होटेल व्यवसाय तथा पानीको जार वितरण गर्ने कम्पनी लगायत थुप्रै क्षेत्रमा अनुगमन गर्ने तयारी गरिरहेकै बेल ागिरीको काज सरुवाले जनकपुरवासी पनि आश्चर्य चकित भएका छन् । कतिपय व्यक्तिका अनुसार उनलाई अनुगमनबाट हटाउनका लागि नै काज सरुवा गराइएको भन्ने आशंका पनि रहेको छ । खास गरेर नाम चलेका प्रतिष्ठित डाक्टरहरुको क्लिनिक तथा औषधि पसलहरुमा छापा मारेपछि ठुलै आर्थिक चलखेल गरेर उनलाई हटाइएको हुन सक्ने आशंका पनि गरिएको छ । तर, भित्री कुरो के हो भन्ने कुरा बाहिर आउन सकेको छैन ।
प्रजिअ र सहायक प्रजिअ बीचको टकराव र मनमुटाव
जिल्ला प्रशासन कार्यालय धनुषाको नेतृत्व गरिरहेका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाई र सेकेन्ड मेनका रुपमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरी बीच पछिल्लो समयमा इगोको टकराव उत्पन्न भएको बताइन्छ । खास गरेर प्रजिअ चापागाईले सहायक प्रजिअ गिरीलाई बैठकमै, कर्मचारीहरुको सामुन्ने नै हप्काउने गरेकोले पनि इगो उत्पन्न भएको बताइन्छ । जस्तो अनुगमन पछि भएको अनुगमन समितिको बैठक तथा औषधि व्यवसायी समेत सहभागी रहेको बार्ताका क्रममा औषधि व्यवसायीहरुलाई प्रजिअ चापागाईले ३ महिनाको अवधि दिन लाग्दा गिरी मानिरहेका थिएनन् । गिरीको तर्क के थियो भने यस अघि पनि भदौ महिनामा औषधि पसलहरुमा छापामारी गरी तालाबन्द गरेपछि औषधि व्यवसायी संघका महासचिव प्रमोद अग्रवालले डेढ महिनाको समय लिएर दर्ता प्रक्रिया अगाडी वढाउने लिखित सम्झौता गरेपनि अवस्था त्यस्तै रहेकाले ३ महिनाको समय दिनुहुन्न । बरु एक डेढ महिना थपेपछि हुन्थ्यो वा कारवाही नै गर्नुपर्छ, मुद्दा नै चलाउनु पर्छ भन्ने अडान राखिरहँदा प्रजिअ दिलिप चापागाई गिरी माथि पडकिएका थिए । तपाई तुरुन्त यहाँबाट बाहिर गईहाल्नुस भनेर प्रजिअ चापागाईले सबैको सामु गिरीलाई हप्काएका थिए । जवाफमा गिरीले पनि बरु म गृहमन्त्रालयमै जान्छु, तपाई जस्तो सिडिओ सँग बसेर काम गर्न पनि मन लाग्दैन भनेर जवाफ फर्काएका थिए ।
गाडीलाई लिएर टकराव
प्रमुख जिल्ला अधिकारी चढ्ने गाडीलाई १ नम्बरको गाडी भनिन्छ भने सहायक प्रमुख जिल्ला अधिकारी चढ्ने गाडीलाई २ नम्बर भन्ने गरिन्छ । यस अघिका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने र गिरी दुवै जना दुई नम्बरको गाडी पालैपालो चढ्ने गर्थे । तर, एक दिन गाडीलाई लिएर प्रजिअले गाडीको जथाभावी दुरुपयोग नगर्न भनेर लामिछानेलाई प्रजिअ चापागाईले हप्काएपछि लामिछानेले उक्त गाडी चढ्न इन्कार गरेका थिए । त्यस पछि लामिछाने पुस्कार स्वरुप प्रजिअ भई सरुवा भए । यता उक्त गाडी गिरीले चढ्न थाले ।  त्यो गाडीको दुरुपयोग भईरहेको छ भन्ने कुरा प्रजिअ चापागाईसम्म पुग्यो । गिरीले साइरन भएको उक्त गाडीमा केही आईमाईहरुलाई चढाएर जटही भन्सार हुँदै भारतको जयनगर लगेको कुरा उनी कहाँ पुग्यो । सिडिओको अनुमति लिइएको थिएन । त्यसपछि उक्त गाडीका चालकलाई गाडी जिल्ला प्रशासन कार्यालयमै साँझका साँझ राख्न भनेर निर्देशन दिँदै प्रजिअ चापागाईले चालकलाई हप्काएका थिए । त्यो घटना वितेको केही दिन पछि प्रजिअ चापागाई काठमाण्डौ रहेको बेला प्रजिअको अनुमति बेगर गिरीले दुई नम्बरको गाडी ३ दिनका लागि विराटनगर लगे । विराटनगरबाट धरान जानका लागि भन्दा डूाईभरले नमानेपछि गिरी आफैले हाँकेर उक्त गाडी धरान लगे । पछि चापागाईले डूाईभर सुनिल मिश्रलाई गिरीको सामुन्ने हप्काएका थिए । सिडिओको शंका के हुन्थ्यो भने गिरीले सरकारी गाडीको दुरुपयोग गरेका छन् । अर्को तर्फ कुरा कुरामा सिडिओ र सहायक सिडिओको टकराव हुन्थ्यो । सहायक सिडिओ आफु ६ बिषयमा स्नात्तकोतर रहेको भन्दै जति बेला पनि आत्म प्रशंसा गर्थे ।
बाहिर आफु अत्यन्तै इमान्दार रहेको भनेर भाषणबाजी गर्दै हिड्ने सहायक प्रमुख जिल्ला अधिकारीको प्रशासनिक काम गर्न अधिकृतहरुसँग पनि कुरा मिल्दैन्थ्यो । धनुषामा विपिन ठाकुर, दिपक कर्ण, कन्हैया मिश्र र नवराज दाहाल गरी ४ जना प्रशासकिय अधिकृतहरु छन् । कन्हैया मिश्र भर्खरै आएका छन् । फाँटका कर्मचारीहरुलाई गिरी जतिबेला पनि पासपोर्ट तथा नागरिकताहरुबाट कमिशन उठाएर देउ भनेर भन्ने गरेको स्रोतको दावी छ । यहाँसम्म कि फाँटका खरिदार तथा सुब्बा बाहेक पिउन सम्मलाई फाँटमै आएर तिमीहरु मात्र कमाउने हो, मेरो हिस्सा खोई, प्रति पासपोर्ट २ सय रुपैयाँ बुझाउ भनेर निर्देशन दिने गरेको उक्त स्रोतको भनाई रहेको छ । अर्को तर्फ उक्त आरोप विलकुल निराधार रहेको गिरी बताउँछन् । एक पटक एक जना नायव सुब्बा किशोरी यादवले सेवाग्राहीबाट २ हजार रुपैयाँ घुस मागिरहेको कुरा बाहिर आएपछि उनलाई सिडिओ साहेवकोमा लगेर कान समात्न लगाई दण्डित गरिएको तथा उक्त सेवा ग्राहीको काम गराइएको बताए । यति मात्र होइन बदनाम भएका अर्को नासु रामप्रबोध ठाकुरलाई कारवाही स्वरुप इलाका प्रहरी कार्यालय यदुकुहामा पठाएको हो । आफ्नो इमान्दारिताको सवालमा सुनसरीमा घरेलु तथा साना उद्योग कार्यालयको प्रमुख रहेको बेलामा त्यहाँ पनि अनुगमन गरी बजारमा सुशासन स्थापित गराएकैले तत्कालिन मन्त्री विजय गच्छदारबाट पुरस्कृत भएको उनी बताउँछन् ।
विभिन्न किसिमको आशंका
सहायक प्रमुख जिल्ला अधिकारी गिरीको सरुवालाई लिएर विभिन्न खाले धारणाहरु बाहिर आईरहेका छन् । गृहमन्त्री विमलेन्द्र निधिको गृहजिल्ला धनुषा नै भएकाले गृहमन्त्री आफैले पनि सरुवा गरेको हुन सक्ने आशंका गरिएको छ । अर्को तर्फ प्रमुख जिल्ला अधिकारीसँग टकरावको स्थिति उत्पन्न हुने हुनाले प्रजिअ चापागाईले पनि सरुवा गराएको हुन सक्ने आशंका गरिएको छ । अर्को कुरा के हो भने औषधि व्यवसायीहरुले प्रतिसोध लिन नेपाली कांग्रेसका नेताहरु मार्फत सरुवा गराएको हुन सक्ने आशंका पनि गरिएको छ । 


 २०७३ माघ ०९ गते आईतबार

Monday, January 23, 2017

कार्यालयमा अनुपस्थित रहेका गाविस सचिवहरुलाई स्पष्टिकरण

माचीझिटकैया गाविसमा अनुगमन गर्दै जिविस धनुषाका योजना अधिकृत ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा जिल्लाको गाविसको कार्यालयमा पुगेर काम नगर्ने गाविस सचिवहरुलाई स्थानीय विकास अधिकारीले स्पष्टिकरण सोधी कारवाहीको प्रक्रिया अगाडी वढाएका छन् । स्थानीय विकास अधिकारी सन्त बहादुर सोनारले प्रथम चरणमा स्पष्टिकरण सोधेर ३ दिन भित्र चित्त बुझ्दो जवाफ दिन तथा जवाफ चित्त बुझ्दो नभए कानुन बमोजिम कारवाही गर्ने बताएका छन् ।
जिविस कार्यालयबाट योजना अनुगमन तथा प्रशासकीय अधिकृत समेतको टोलीले गाविसहरुको अनुगमन गर्दा तपाई कार्यरत ठाढीझिझा गाविसमा अनुगमन टोली पुग्दा तपाई गाविसमा नरहेको अवस्था थियो । गाविसको सर्वसाधारण जनताले गाविस सचिव कहिले काँही गाविसको वैठक बस्नुपर्दाको अवस्थामा मात्र गाविसमा आउने भन्ने गुनासो पाइयो । गाविसमा हाजिर किताव नरहेको, दैनिक आम्दानी खाता नरहेको, मालपोत रसिद र अन्य सिफारिस दस्तुरको रसिद सचिवसँगै रहेको भन्ने गुनासो पाइयो । तपाई के कति कारणले गाविसमा उपस्थित नभएको ? गाविसको दैनिक कार्य संचालन गाविसमा बसेर किन नगरेको ? गाविसको हाजिर किताव, दैनिक आम्दानी खाता, मालपोत रसिद तथा अन्य सिफारिस दस्तुरको रसिद तपाई गाविसमा नराखि आफुसँगै के कति कारणले राख्नु भएको हो ? सो को चित्त बुझ्दो जवाफ पत्र पाएको मितीले ३ दिन भित्र यस कार्यालयमा पेश गर्नुहुन व्यहोरा जानकारी गराईन्छ । जवाफ चित्त बुझ्दो नभएमा कानुन बमोजिम भई जाने व्यहोरा सुचित गरिन्छ । यसरी धनुषाका स्थानीय विकास अधिकारी सन्त बहादुर सुनारले धनुषाका ठाढी झिझा गाविसका गाविस सचिव रामनरेश ठाकुरलाई लिखित स्पष्टिकरण पेश गर्न भनि ५ माघ २०७३ मा पत्राचार गरेका छन् । सचिव ठाकुरलाई सोधिए झै जिल्लाका अन्य गाविस सचिवहरुलाई समेत स्पष्टिकरण सोधिएको छ ।
अनुगमनको क्रममा बन्द रहेका बलहासघारा गाविस ।
जिविसका योजना अनुगमन तथा प्रशासकिय अधिकृत रामप्रसाद आचार्यले २२ पुष २०७३ मा धनुषाका केही गाविसको कार्यालयहरुमा पुगेर स्थलगत अनुगमन गरी कारवाहीका लागि स्थानीय विकास अधिकारी समक्ष ५ माघ २०७३ मा प्रतिवेदन पेश गरेपछि कारवाहीको प्रक्रिया अगाडी वढेको हो । योजना अधिकृत आचार्यले प्रस्तुत गरेको प्रतिवेदनमा अधिकांश गाविसका गाविस सचिवहरु कार्यालयमा उपस्थित नरहेकोले अनुपस्थित गाविस सचिवलाई किन र कतिकारणले गाविसमा अनुपस्थित रहेको हो, सो को बारेमा मौखिक स्पष्टिकरण सोधी आवश्यक परेमा थप कारवाहीको प्रक्रिया अगाडी बढाउनुपर्ने सुझाव दिइएको छ । यदि विदामा रहेको भए किन विदा स्वीकृत गरिएन र जिल्ला विकास समितिमा जानकारी गरिएन भन्ने बारेमा स्वयम गाविस सचिवलाई उपस्थित गराई बुझ्नुपर्ने देखिएको उक्त प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनको व्यहोरा
देउरी परवाहा गाविसमा अनुगमन गर्दै
जिविस धनुषाका योजना अधिकृत ।
देउरी परवाहा ः देउरी परवाहा गाविसमा गाविस सचिव शंकरनारायण झा, प्राविधिक सहायक मोहन कुमार मण्डल रहेको तथा गाविस सचिव झालाई सोही गाविससँग बल्हागोठ गाविसको समेत थप जिम्मेवारी दिएको पाइयो । सामाजिक परिचालक भोगेन्द्र ठाकुरले सहयोग नगरेको गाविस सचिव झाको भनाई रहेको, हाजिर किताव नरहेको साथै कार्यालयमा अन्य कुनै प्रकारको कागजात नरहेको पाइएको थियो । चोरी हुन्छ भनि सदरमुकाम जनकपुरमा नै सबै कागजातहरु राख्ने गरेको अवस्था रहेको, आर्थिक बर्षको सामाजिक सुरक्षा भत्ताको पहिलो चौमासिकको रकम भुक्तानी भएको, भौतिक संरचनामा ३ कोठे पक्की भवन रहेको तर कम्प्यूटर, फोटो कपी मेसिन जस्ता सामानहरु नरहेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी उक्त गाविसहरुमा ८ वटा सार्वजनिक पोखरीहरु रहेको भएपनि सबै पोखरीहरु व्यक्तिले प्रयोग गर्दै आएको उल्लेख छ ।
औरही गाविस ः औरही गाविसमा गाविस सचिव गुणनिधि दाहाल, प्राविधिक सहायक कृष्ण देव राय, कार्यालय सहयोगी लाल ठाकुर, सामाजिक परिचालक, पुष्पा कुमारी साह कर्मचारीहरु कार्यरत रहेको छ । गाविस सचिव चैत्र देखि त्यस गाविसमा कार्यरत रहेको र चक्कर गाविसको थप जिम्मेवारी पालो पालो गरी दुई गाविसमा बहन गर्ने गरेको, गाविसमा उपस्थित हुने गरेको गाविस सचिवको भनाई रहेको थियो । सामाजिक सुरक्षाको पहिलो किस्ता वितरण भएको र पुँजीगत पहिलो किस्ता समेत संचालनमा रहेको, सामाजिक परिचालकले बस्ती टोल स्तरबाट योजना तर्जुमा गरी ल्याउने गरेको जानकारी दिएको, गाविसको आफ्नै कार्यालय भवन नरहेको र भवन हाल निर्माणाधिन अवस्थामा रहेको देखियो । त्यसैगरी गाविसको दैनिक आम्दानी खाता राख्ने गरेको भनाई रहेता पनि दैनिक आम्दानी खाता कार्यालयमा नरहेको, हाजिर किताव कार्यालयमा रहेको र कर्मचारीले हाजिरव समेत गरेको पाइयो । कार्यालयबाट संचालन हुने दैनिक कार्यहरुको रेकर्डको लागि आवश्यक दर्ता चलानी किताव कार्यालयमा नभेटिएको र चिठ्ठी पत्रहरुको दर्ता चलानी पानामा टिपी पछि उतार गर्ने गरेको भनाई पाइयो ।
करिब २० बर्ष देखि निर्माणाधिन रहेको गिद्धा गाविसको कार्यालय ।
गिद्धा गाविस ः गिद्धा गाविसमा गाविस सचिव यूवराज मगर, सामाजिक परिचालक मनोज अधिकारी कर्मचारीको रुपमा रहेको जानकारी गराइयो । उक्त गाविसमा प्राविधिक सहायकको नाम रामकिशोर यादव रहेको र प्राविधिक सहायक पनि कार्यालयमा नआउने गरेको पाइयो । गाविस भवन भाडामा रहेको तर गाविस सचिव आउँदाको दिन समेत कार्य सो भाडाको भवनबाट नभई चौरबाट नै हुने गरेको पाइयो । झण्डै २० बर्ष अघि देखि  सुरु भएको गाविस भवनको निर्माण कार्य अझै सम्पन्न नभएको, गाविस सचिव गाविसमा एकदमै न्यून महिनाको एक दुई दिन मात्र आउने गरेको, अन्य समयमा जिल्ला सदरमुकामबाटै काम काज गर्ने गरेको कुरा जानकारी गराइयो । हाजिर रजिष्टर नै नरहेकाले हाजिर गर्न नपाएको सामाजिक परिचालक र कार्यालय सहयोगीको गुनासो रहेको, व्यक्तिगत घटना दर्ता कितावहरु कार्यालय सहयोगीको घरमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
एकराही गाविस ः एकराही गाविसका गाविस सचिव सदरमुकाममै रहने गरेको जानकारी प्राप्त भयो । गाविस कार्यालय बन्द रहेकाले अन्य विवरण प्राप्त गर्न असमर्थ रहेको प्रतिवेदनमा उल्लेख छ ।
माची झिटकैया गाविस ः माचीझिटकैया गाविसका गाविस सचिव रामचन्द्र यादव सुनौलो हजार दिनको कार्यक्रममा भाग लिन जिल्ला सदरमुकाम आएको जानकारी प्राप्त भयो । प्राविधिक सहायक जुगल किशोर यादव र सामाजिक परिचालक कम्ली कुमारी यादव परिषदको काममा कार्यालयमै व्यस्त अवस्थामा रहेको पाइयो । सिफारिस दस्तुर लिने नगरेको, सामाजिक सुरक्षा भत्ताको पहिलो किस्ता वितरण भईसकेको तर भरपाई बुझाउन बाँकी रहेको जानकारी प्राप्त भयो । भौतिक सुविधा अन्तरगत पक्की भवन रहेको र सो भवनको एउटा कोठा टेलिफोन टावरको लागि टेलिकमले भाडामा लिएको, त्यस गाविसमा रहेको हाट बजार रु. ४ लाखमा ठेक्कामा रहेको, दर्ता चलानी चालु हालतमै रहेको तर आम्दानी खाता कार्यालयमा नरहेको, जनकपुरमै रहने गरेको भनाई रहेको, पुँजीगत अनुदान पहिलो किस्ताको काम सुरु भएको जानकारी प्राप्त भयो भनि प्रतिवेदनमा उल्लेख छ ।
बल्हासघारा गाविस ः बल्हासघारा गाविसको कार्यालयमा कोही पनि नभेटिएको । २ बजेको समयमा गाविस भवन बन्द हालतमा रहेको, गाविस सचिव दुई महिना देखि नआएकोेले सामान्य सिफारिसको लागि समेत धेरै कठिनाई भएको भनि स्थानीयबासी आक्रोशित रहेको पाइयो । प्राविधिक सहायक महिनाको २÷३ मात्र बस्ने गरेको जनगुनासो रहेको, ६ महिना देखि मृत्यू दर्ताको सिफारिस समेत नपाएको भनि गुनासो आएको प्रतिवेदनमा उल्लेख छ ।
पतनुका गाविस ः पतनुका गाविसमा अनुगमनको लागि पुग्दै गर्दा गाउँ परिषदको बारेमा छलफल जारी थियो । गाविस सचिव श्रीनारायण साह तथा प्राविधिक सहायक भुवनेश्वर यादव परिषदमै व्यस्त देखिन्थे । प्राविधिक सहायकले भित्र गई अवस्था के छ भनि बुझ्न खोज्दा पहिले आनाकानी गरे तथापी पछि राजी भए । यस गाविसमा गाविस सचिव भन्दा जनताको आक्रोश प्राविधिक सहायक माथि रहेको पाइयो । प्राविधिक सहायकले व्यापक मात्रामा अनियमितता गरेको आरोप स्थानीयको थियो । सिफारिसहरु घरमै बसेर गर्ने र सिफारिस बापतको दस्तुर रसिद नकाटि आफ्नै खल्तीमा राख्ने गरेको र रसिद माग्दा किन चाहियो भनि उल्टै प्रतिप्रश्न गर्ने गरेको भनि जनआक्रोश अत्याधिक रुपमा रहेको पाइयो । गाविसमा हाजिरी किताव नरहेको, दर्ता चलानी, आम्दानी खाता नरहेको पाइयो ।
खजुरी चन्हा गाविस ः खजुरी चन्हाका गाविस सचिव रामनरेश ठाकुर महिनामा ४÷५ दिन मात्र आउने गरेको स्थानीयको भनाई, गाविस कार्यालय करिब पौने ३ बजेको समयमा पुग्दा बन्द अवस्थामा रहेको थियो । कार्यालय सहायक कार्यालयमै बस्ने गरेको, सामाजिक सुरक्षा भत्ता शौचालय निर्माण नगरेको खण्डमा आधा मात्रै दिने गरेको स्थानीय वृद्धवृद्धाको गुनासो रहेको थियो । गाउँपरिषद, गाविस अनुदान के कति केमा खर्च भन्ने विषयमा २÷४ जना व्यक्ति बसेर निर्णय गर्ने गरेको तर, आम नागरिकहरुलाई जानकारी नरहेको भन्ने जस्ता गुनासो पाइयो ।
ठाढीझिझा गाविस ः ठाढीझिझा गाविसमा गाविस सचिव रामनरेश ठाकुर, प्राविधिक सहायक प्रदिप कुमार महरान र कार्यालय सहयोगी सुलिन्दर पासमान रहेको जानकारी पाइयो । गाविस सचिव कहिले काँही बैठक बस्नुपर्दाको अवस्थामा मात्र गाविसमा आउने गरेको पाइयो । गाविसमा हाजिर किताव नरहेको, दैनिक आम्दानी खाता नरहेको, मालपोत रसिद र अन्य सिफारिस दस्तुरको रसिद कार्यालयमा नभेटिएको तथा सचिवसँगै रहेको भनाई पाइयो । यस गाविसमा रहेका ६ वटा पोखरीहरु ठेक्कामा रहेको र त्यसबाट गाविसमा करिब १७÷१८ लाख रुपैयाँ आम्दानी हुने गरेको भनाई पाइयो । सबै कागजपत्रहरु सचिवको डेरामा रहेको, दर्ता चलानी समेत कार्यालयमा नरहेको अवस्था पाइयो । सामाजिक सुरक्षा भत्ता भुक्तानी लिएको तर वितरण नभएको साथै यस आर्थिक बर्षको गाउँ परिषद समेत सम्पन्न नभएको अवस्था पाइयो, योजना अधिकृत आचार्यद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
दिइएको निर्देशन
अनुगमन गरिएका अधिकांश गाविसमा गाविस सचिव अनुपस्थित रहेको पाइयो । कर्मचारी हाजिरी रजिष्टर नरहेको पाइयो । दैनिक आम्दानी किताव कुनै पनि गाविसमा भेटिएन । व्यक्तिगत घटना किताव समेत नरहेको पाइयो । गाविस विकास समिति नै हो वा व्यक्तिको कुनै भाडाको कोठा हो भन्ने जस्तो अवस्था पाइयो । यस्तो अवस्थामा गाउँ विकास समितिका आवश्यक कागजपत्र गाउँ विकास समितिमै राख्न, दैनिक रुपमा हाजिर गर्न, अनिवार्य रुपमा कार्यालयमा उपस्थित हुन, दर्ता चलानी किताव, दैनिक आम्दानी किताव, मालपोत रसिद, सेवा शुल्क, दस्तुर रसिद आदि अनिवार्य रुपमा कार्यालयमै राख्न समेत निर्देशन दिइएको प्रतिवेदनमा उल्लेख छ ।



 २०७३ माघ ०९ गते आईतबार

धनुषामा १३ स्थानीय निकाय प्रस्तावित बालाबाखर टुक्रयाइयो, लगमा नगरपालिका गरिनुपर्ने भन्दै सिमाङ्कनको विरोध

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषामा कुल १३ वटा स्थानीय निकाय प्रस्तावित गरिएको छ । प्रस्ताव गरिएको निकायहरु मध्ये धनुषाको बालाबाखर गाविसलाई टुक्रियाईएको छ । बालाबाखरको वडा नं. १,४,५,६,७ र ८ लाई प्रस्तावित सप्तऋषि नगरपालिका सबैलामा समावेश गरिएको छ भने बालाबाखरको वडा नं. २,३ र ९ लाई सहिदनगर नगरपालिका यदुकुहामा समावेश गरिएको छ ।
मिथिला नगरपालिका ढल्केवर, क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर, गणेशमान चारनाथ नगरपालिका विरेन्द्रबजार, धनुषाधाम नगरपालिका धनुषाधाम, सप्तऋषि नगरपालिका सबैला, सहिदनगर नगरपालिका यदुकुहा र योगीबाबा नगरपालिका ठाढी, नगराईन नगरपालिका नगराईन गरी कुल ८ नगरपालिका र १ जनकपुर उपमहानगरपालिका प्रस्ताव गरिएको छ । त्यसैगरी जमुना गाउँपालिका परवाहा, हंसपुर  गाउँपालिका बेल्ही चौक, मिथिला विहारी गाउँपालिका तारापट्टी, कमला सिद्धीदातृ गाउँपालिका लगमा गरी कुल ४ वटा गाउँपालिका प्रस्ताव गरिएको छ ।
मिथिला नगरपालिका ढल्केवरमा तुल्सी, नक्टाझिज, ढल्केवर, बेंगाडावर, लक्ष्मीनिवास, भुचक्रपुर, बटेश्वर, हरिहरपुर, पुष्पवलपुर गाविसहरुलाई समावेश गरिएको छ । उक्त नगरपालिकामा कुल ६० हजार ७  सय ९ जनसंख्या रहेको छ । त्यसैगरी क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा सिनुरजोडा, सपही, बनिनिया, गोपालपुर, क्षिरेश्वरनाथ नगरपालिका अन्तरगतका रमदैया भवाडी, महेन्द्रनगर र दिगम्बरपुर, शान्तिपुर गाविसलाई समावेश गरिएको छ । उक्त नगरपालिकाको कुल  जनसंख्या ६८ हजार ८ सय ८७ प्रस्ताव गरिएको छ ।
गणेशमान चारनाथ नगरपालिका विरेन्द्रबजारमा भरतपुर, गोदार, लवटोली र बरमझियालाई समावेश गरिएको छ । उक्त नगरपालिकाको कुल जनसंख्या ३४ हजार ८ सय प्रस्ताव गरिएको छ । त्यसैगरी धनुषाधाम नगरपालिका धनुषाधाममा धनुषाधाम गोदार, भुतही पटेर्वा, धनुषाधाम, उमाप्रेमपुर,  यज्ञभुमि, रघुनाथपुर र कजरारमौललाई समावेश गरिएको छ । उक्त नगरपालिकामा  ६० हजार ९ सय ४२ कुल जनसंख्या प्रस्ताव गरिएको छ । त्यसैगरी सप्तऋषि नगरपालिका सवैलामा सबैला नगरपालिका, पटेर्वा, मखनाहा, ठिल्ला यदुवा, बालाबाखर, सतोषर, खरिहानीलाई समावेश गरिएको छ । उक्त नगरपालिकामा बालाबाखरको वडा नं. १,४,५,६,७ र ८ लाई समावेश गरिएको छ । उक्त नगरपालिकामा  ४५ हजार ६ सय ६४ कुल जनसंख्या प्रस्ताव गरिएको छ । त्यसैगरी सहिदनगर नगरपालिका यदुकुहामा ननुपट्टी, यदुकुहा, पचहर्वा, चोराकोयलपुर, बालाबाखरको वडा नं. २,३ र ९, गोठकोयलपुर हठिपुर हरवारा, हरिने विषरभोरा, धबौली, सिंग्याही मडानलाई समावेश गरिएको छ । उक्त नगरपालिकामा कुल ५४ हजार ७ सय ८९ जनसंख्या प्रस्ताव गरिएको छ । त्यसैगरी योगीबाबा नगरपालिका ठाढीमा इटहर्वा, चक्कर, बफई, गिद्धा, दुहवी, एकराही, ठाढीझिजा, खजुरीचन्हा, प्रखे महुवालाई समावेश गरिएको छ । उक्त नगरपालिकामा ४९ हजार ७ सय ३ कुल जनसंख्या प्रस्ताव गरिएको छ । त्यसैगरी नगराईन नगरपालिकामा मुखियापट्टी मुसहरनिया, बहेडाबेला, तुल्सीयाही जब्दी, तुल्सीयाही निकास, नगराईन, फुलगामा, घोडघास, लगमा गाढागुठ्ठी, देवडिहा र बहुअर्वालाई समावेश गरिएको छ । उक्त नगरपालिकामा  ६६ हजार १ सय २३ कुल जनसंख्या प्रस्ताव गरिएको छ । जनकपुर उपमहानगरपालिकामा साविक जनकपुर नगरपालिकाको १ देखि १६ वटा वडासम्म, वडा नं. १७  लोहना, वडा नं. १८ प्रको महुवा, वडा नं. १९ बेंगाशिवपुर, वडा नं. २० देउपुरा रुपैठा, वडा नं. २१ कुर्था, वडा नं. २२ बसपिट्टी, वडा नं. २३ विन्धी, वडा नं. २४ बसहिया, वडा नं. २५ लक्ष्मीपुुर बगेवा र गोपालपुर, वडा नं. २६ ठेडा कचुरी,  वडा नं. २७ कनकपट्टी र मानसिंहपट्टी समावेश गरिएको छ । उक्त उपमहानगरपालिकामा १ लाख ७० हजार ४ सय ९१ जनसंख्या प्रस्ताव गरिएको छ ।
जमुनि गाउँपालिका परवाहामा पौडेश्वर, औरही, देउरी परवाहा, झोझीकटैया, लखौरी, धनौजी गाविसहरुलाई समावेश गरिएको छ । उक्त गाउँपालिकामा कुल ३२ हजार २ सय ९४ जनसंख्या प्रस्ताव गरिएको छ । त्यसैगरी हंसपुर गाउँपालिका बेल्ही चौकमा अन्दुपट्टी, मानसिंहपट्टी, बघचौरा, हंसपुरकठपुल्ला, सुगा निकास, नौवाखोर  पर्साही, सुगा मधुकरही र सोनिगामा गाविसहरुलाई समावेश गरिएको छ । उक्त गाउँपालिकामा कुल ३७ हजार ५ सय ३८ जनसंख्या प्रस्ताव गरिएको छ । मिथिला विहारी गाउँपालिका तारापट्टीमा भुतही पटेर्वा, मिथिलेश्वर निकास, झटियाही, तारापट्टी सिरसिया, मिथिलेश्वर मौवाही, ठेरा कचुरी र कजरा रमौल गाविसहरुलाई समावेश गरिएको छ । उक्त गाउँपालिकामा कुल ३४ हजार १ सय २ जनसंख्या प्रस्ताव गरिएको छ । त्यसैगरी कमला सिद्धीदात्री गाउँपालिका लगमामा दुवरकोट हथलेटवा, माचीझिटकहिया, लक्कर, बलहासघारा, पतनुका, बल्हाकठाल, बल्हा गोठ, इनर्वा गाविसहरुलाई समावेश गरिएको छ । उक्त गाउँपालिकामा कुल ३८ हजार ७ सय ८५ जनसंख्या प्रस्ताव गरिएको छ ।
सिमाङ्कनको विरोध
धनुषा जिल्लाको क्षेत्र नं. १ स्थित पुर्वी क्षेत्रको गाविसका स्थानीयवासीहरुले प्रस्तावित सिमाङ्कनको विरोध गर्दै सिमाङ्कन सच्याउनका लागि संघर्ष समिति नै गठन गरिएको छ । रामचरित्र साहको संयोजकत्वमा गठन गरिएको संघर्ष समितिले प्रस्ताव गरिएको कमला सिद्धीदात्री गाउँपालिका लगमालाई गाउँपालिका गरिएकोमा विरोध जनाउँदै नगरपालिका प्रस्ताव गर्न माग गरेको छ । उक्त क्षेत्रको खजुरी चन्हा र प्रखे महुवालाई योगीबाबा नगरपालिका ठाढीमा राखिएकोले त्यसलाई हटाएर कमला सिद्धीदात्री गाउँपालिकामा राखि जनसंख्याको आधारले पनि नगरपालिका प्रस्ताव गर्न नेपाल सरकारसँग माग गरेको छ । खास गरेर खजुरी चन्हा र प्रखे महुवा गाविसका स्थानीयवासीहरुको आर्थिक, सामाजिक, सांस्कृतिक तथा भौगोलिक मेलमिलाप पुर्वी तथा उत्तरी क्षेत्रसँग मात्र रहेकोले ती दुई गाविसलाई योगीबाबा नगरपालिका ठाढीमा राखिएकोमा विरोध गरिएको हो । विरोध स्वरुप सुरुमा नेपाल सरकारलाई खासगरी प्रधानमन्त्री र स्थानीय विकास मन्त्रीलाई ज्ञापन बुझाइने संघर्ष समितिका संयोजक साहले बताएका छन् ।

 २०७३ माघ ०९ गते आईतबार

Tuesday, January 17, 2017

अजब–गजब छ बा ! सुदर्शन सिंह

हे भगवान यूवा सक्रियताले त तनावमै जीवन वित्ने भो । यही हाल रह्यो भने न घर न घाट पो हुने हो कि !

२०७३  माघ ०२ गते  आईतवार

Tuesday, January 10, 2017

अजब–गजब छ बा ! सुदर्शन सिंह


त्यत्रो बजेट खायौं केही भएन, यो ADB को बजेट नखाएर दुव्लाउछु कि भनेर चिन्ताले मार्यो बा !
बुझ्नु भो डि साव ।


२०७३  पौष २४ गते  आईतवार

डा.रामजी यादवले नक्कली चिकित्सकको आरोपमा नभएर ठगी गरेको आरोपमा मात्र पाए सफाई

नक्कली शैक्षिक योग्यता प्रमाण पत्रको आधारमा
नक्कली चिकित्सक बनेको अभियोगका
अभियूक्त डा.रामजी यादव ।
अजय अनुरागी
जनकपुरधाम............
जनकपुर अञ्चल अस्पतालमा स्त्री रोग विशेषज्ञको रुपमा कार्यरत रहेका डा.रामजी यादवलाई धनुषा जिल्ला अदालतले नक्कली चिकित्सकको आरोपमा सफाई दिएको भनि स्थानीय संचार माध्यमहरु र सामाजिक संजालमा डा. यादवलाई बधाई दिई भएको समाचार सम्प्रेषण झुठो रहेको तथ्य द एक्सक्लुसिभले प्राप्त गरेको छ । हो, डा.रामजी यादवलाई धनुषा जिल्ला अदालतले सफाई त दिएको छ । तर, उनको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली हो वा सक्कली भन्ने विषयमा भने अदालतले सफाई दिएको छैन । किनभने उक्त मुद्दा अहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा चलाएको मुद्दा विचाराधिन नै छ । त्यसको फैसला त्यहाँबाट हुने हो । भ्रष्टाचार निवारण ऐन २०५९ अन्तरगतको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा समेत कारवाही चलाएकोले  विशेष अदालतले त्यो मुद्दामा सफाई दिए मात्र उनी सक्कली चिकित्सक ठहरिने छन् । अहिलेसम्म उनी नक्कली चिकित्सकको रुपमा अभियूक्त छँदैछन् ।
धनुषा जिल्ला अदालतले उनलाई ठगीको मुद्दामा सफाई दिएको हो । जिल्ला न्यायाधीश ऋषिप्रसाद अधिकारीले १३ पुष २०७३ मा गरेको फैसलाबाट उनलाई ठगीको मुद्दामा सफाई दिएको हो । आईएससी तहमा उत्तीर्ण हुँदा उत्तीर्ण नभई नक्कली प्रमाण पत्र पेश गरी एमविविएस तथा पिजी गरी नेपाल मेडिकल काउन्सिलबाट चिकित्सक नम्बर एनएमसी प्राप्त गरी ठगी गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले धनुषा जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गरेको थियो । सोही नक्कली प्रमाण पत्रको आधारमा जनकपुर अञ्चल अस्पतालमा १ फागुन २०७१ देखि हालसम्म चिकित्सकको रुपमा करारमा नियूक्ति भई विरामी जाँच गर्ने काम गरिरहेको र निजले मासिक रु. २७ हजार ३ सय ७० तलब बापत पाउने गरेकोले प्रतिवादी रामजी यादवले रु.७ लाख ६६ हजार ३ सय ७० ठगी गरेकोले विगो रकम नेपाल सरकारको राजश्वमा दाखिला गराई पाऊ भन्दै अभियोग दायर गरेको थियो । हो, रामजी यादव अहिले त्यो ठगी मुद्दामा मात्र सफाई पाएका छन् । त्यो पनि किनभने को कसबाट के कति रकम यी प्रतिवादीले ठगी गरेका हुन भनि अदालतले लेखि पठाएकोमा प्रतिवादी रामजी यादवले कोही कसैलाई ठगी नगरेको बुझिन आएको भनि जिल्ला प्रहरी कार्यालय धनुषाको चलानी नम्बर ३५९८ मिति २०७३÷९÷१२ को पत्र जिल्ला सरकारी वकिल कार्यालय धनुषाको च.नं. ७६३ को पत्रसाथ प्राप्त भइ मुद्दा दायर गर्ने वादी पक्षले नै प्रतिवादीबाट कोही नठगिएको भनिएपछि उनले सफाई पाएका हुन । तसर्थ अहिले उनी नक्कली शैक्षिक प्रमाण पत्रका कारण नक्कली चिकित्सक होइनन् भन्ने कुराको टुङ्गो लागेको छैन । रामजी यादवले जसरी प्रचार गराएका छन् त्यसरी सत्य होइन ।
अभियोग पत्र र सजाय माग दावीको पुर्ण विवरण
डा.रामजी यादव बस्ने क्लिनिक ।
नेपाल मेडिकल काउन्सिलबाट चिकित्सक दर्ता प्रमाण पत्र लिएका विभिन्न ८ सय ९ जनाको शैक्षिक योग्यताको प्रमाण पत्र छानविनको लागि खटिएको संयूक्त टोलीले ८ सय ९ जना व्यक्तिहरु मध्ये १ सय ९ जनाको शैक्षिक प्रमाण पत्रहरु विहार स्कुल एक्जामिनेशन बोर्ड (एसएस) को कम्प्यूटर तथा कागजी अभिलेखमा प्राप्त नभई नक्कली (नट भेरिफाईड) भएको पाइएको भन्ने समेत व्यहोरा उल्लेख भएको प्रतिवेदन र सोही बोर्डमा रहेको अभिलेखको कम्प्यूटर स्क्रीन सर्ट समेतका कागजातहरु यस काउन्सिलमा प्राप्त हुन आएकोले शैक्षिक योग्यताका प्रमाणपत्रहरु नक्कली भएको देखिएका मध्ये रामजी यादव समेतका व्यक्तिहरुले नक्कली शैक्षिक योग्यताको प्रमाण पत्रहरुकै आधारमा यस काउन्सिलबाट चिकित्सक दर्ता प्रमाण पत्र लिई आफुहरुलाई चिकित्सक हुँ भनि नक्कली शैक्षिक योग्यताको प्रमाण पत्रको आधारमा प्राप्त उपाधिको प्रयोग गरी अस्पताल खोल्ने सरकारी तथा गैरसरकारी अस्पतालहरु, मेडिकल हल, नर्सिङ्ग होम र स्वास्थ्य क्लिनिकहरु समेतमा सर्वसाधारणको उपचार गरी मानव स्वास्थ्य जस्तो गम्भीर विषयमा खेलवाड गरी सर्वसाधारण समेतलाई झुक्याई गफलतमा पारी सर्वसाधारण मानिस समेतलाई ठगी कसुर अपराध समेतमा कानुन बमोजिम कारवाही गरी पाऊ भनि ३१ जेष्ठ २०७३ मा नेपाल मेडिकल काउन्सिल बाँसवारी काठमाण्डौले जाहेरी दर्ता गरेको पाईन्छ ।
छानविन टोली खटाउनका लागि भएको निर्णय माइनुट
नेपाल मेडिकल काउन्सिलबाट प्राप्त भएको प्रमाणहरु मध्येका भारत विहार बोर्ड अन्तरगतका प्रमाण पत्रहरुको स्थलगत रुपमा संयूक्त टोली खटिईगई सत्यापन (भेरिफिकेशन) कार्य गर्नका लागि नेपाल मेडिकल काउन्सिलबाट १ जना, उच्चमाध्यमिक शिक्षा परिषद भक्तपुरबाट १ जना र केन्द्रिय अनुसन्धान व्यूरो महाराजगञ्जबाट १ जना सम्मिलित संयूक्त टोली खटाई पठाउने भन्ने नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेतको उपस्थितिमा २६ बैशाख २०७३ मा भएको निर्णय माइनुट ।
छानविन समितिको प्रतिवेदन र संलग्न विवरण
रामजी यादवले सन् १९९८ मा भारत विहारबाट आईएससी पास गरेको भनि नेपाल मेडिकल काउन्सिलमा पेश गरेको रोल कोर्ड ३२०२÷नम्बर १०४२६ कुल प्राप्ताङ्क ५९४ भएको प्रमाण पत्र रहेकोमा विहार स्कुल एक्जामिनेशन बोर्ड एसएसबाट उक्त रोल कोड ३२०२ र नम्बर १०४२६ बोर्डमा नरहेको र उक्त बर्ष १०४२३ नम्बर सम्म मात्रका नम्बरहरु जारी भई १०४२६ नम्बर नै नरहेकोले १०४२६ नम्बरमा कुनै विद्यार्थी नै नभएको भनि रोल कोड ३२०२ र नम्बर १०४२६ ुल्यत खभचषष्भम त्यतब िच्यिि ष्क ज्ञण्द्धद्दघ यलथि ायच तजष्क चयिि अयमभुभन्ने उल्लेख भई निज प्रतिवादीको प्रमाण पत्र नक्कली भएकोले निज रामजी यादवले नेपाल मेडिकल काउन्सिलमा पेश गरेको आईएससीको प्रमाण पत्र नक्कली भएको भन्ने समेत व्यहोराको छानविन टोलीको प्रतिवेदन र संलग्न विवरण ।
प्रहरी प्रतिवेदन
नेपाल मेडिकल काउन्सिलको पत्र जाहेरीले बादी नेपाल सरकार प्रतिवादी रामजी यादव समेत भएको निज प्रतिवादी समेतले जनकपुर अञ्चल अस्पताल र न्यू पूजा हल जनकपुरमा कार्यरत रही सर्वसाधारण व्यक्तिलाई उपचार गरी सो वापत रकम लिई ठगी गरेको मुद्दामा निजहरुलाई खोज तलास गरी दाखिला गराउनु भन्ने आदेशानुसार खटिगई खोजतलास गर्दा रामजी यादवलाई फेला पारी प्रतिवेदन साथ पेश गरेको भन्ने समेत व्यहोराको ४ अषाढ २०७३ को प्रहरी प्रतिवेदन ।
प्रतिवादी रामजी यादवको बयान कागज
मैले भारतको एसआरकेजी कलेज, सितामरहीबाट सन् १९९८ मा आईएससी पास गरेको हुँ । मेरो रोल कोड ३२०२ र रोल नम्बर १०४२६ थियो । मैले चीनबाट सन् २००७ मा एमविविएस पास गरी नेपाल मेडिकल काउन्सिल बाँसवारी काठमाण्डौमा ७२४१ नम्बरको चिकित्सक दर्ता प्रमाण पत्र प्राप्त गरेको छु । मैले हालसम्म जनकपुर अञ्चल अस्पताल र सोही ठाउँमा रहेको न्यू पूजा मेडिकल हलमा मात्र डाक्टरको हैसियतले काम गरेको छु । मासिक २४ हजार तलब पाउने गरी नियूक्ती भई काम गर्दै आएकोमा हालसम्म रु. ३ लाख ३६ हजार पारिश्रमिक पाईसकेको छु । आईएससी तहको सर्टिफिकेट नेपाल मेडिकल काउन्सिल, एमविविएस पढ्दा, पिजी पढदा र जनकपुर अञ्चल अस्पतालमा नियूक्ती हुँदा पेश गरेको छु । मैले नक्कली प्रमाण पत्र बनाएको छैन र कोही कसैलाई ठगी गरेको पनि छैन भन्ने व्यहोराको ७ कार्तिक २०७३ मा प्रतिवादीमा रामजी यादवको बयान कागज ।
जिल्ला प्रहरी कार्यालय धनुषा र जनकपुर अञ्चल अस्पतालको पत्र तथा कागजात
प्रतिवादी रामजी यादव जनकपुर अञ्चल अस्पतालमा १ फागुन २०७१ देखि हालसम्म चिकित्सकको रुपमा करारमा नियूक्ति भई विरामी जाँच गर्ने काम गरिरहेको र निजले मासिक रु. २७ हजार ३ सय ७० तलब बापत पाउने गरेको भन्ने समेत व्यहोराको जिल्ला प्रहरी कार्यालय धनुषाको पत्र संलग्न जनकपुर अञ्चल अस्पतालको पत्र ।
जिल्ला प्रहरी कार्यालय धनुषाको पत्र र पूजा मेडिकल हल जनकपुरको पत्र
प्रतिवादी रामजी यादव पूजा मेडिकल हलमा २७ जेष्ठ २०७२ देखि हालसम्म चिकित्सकको रुपमा प्रसुति सम्बन्धि विरामीहरुको उपचार गर्ने गरेको तथा निजले प्रतिदिन ३÷४ जना विरामीहरुको उपचार गर्ने गरेको, विरामीहरुबाट प्राप्त फिस रकम निज आफैले बुझ्ने गरेको भन्ने समेत व्यहोराको जिल्ला प्रहरी कार्यालय धनुषाको पत्र संलग्न पूजा मेडिकल हल जनकपुरको पत्र ।
प्रतिवादी रामजी यादवले भविष्यमा चिकित्सक बनि ठगी गर्ने मनसाय र बदनियत राखि तत्काल आफुले प्राप्त नै नगरेको आईएससी तहको सर्टिफिकेट किर्ते बनाई सोही किर्ते सर्टिफिकेटको आधारमा चीनबाट एमविविएस अध्ययन गरी नेपाल मेडिकल काउन्सिलबाट चिकित्सक दर्ता प्रमाण पत्र लिने कार्यको लागि उक्त आईएससी तहको शैक्षिक योग्यताको नक्कली सर्टिफिकेट जाल परिपन्च गरी पेश गरी किर्ते काम गरी झुक्याई, धोका दिई नेपाल मेडिकल काउन्सिलबाट एनएमसि नम्बर ७२४१ को चिकित्सक दर्ता प्रमाण पत्र लिई सोही चिकित्सक दर्ता प्रमाण पत्र प्रयोग गरी ढाँटी बेईमानीको नियतसँग धोका दिई आफुलाई फाईदा तथा अरुलाई नोक्सानी हुने काम गरी मुलुकी ऐन ठगीको महल १ र २ नम्बरमा परिभाषित ठगी कसुर अपराध गरेको सप्रमाण पुष्टि हुन आएको हुँदा निज प्रतिवादी रामजी यादवलाई सोही महलको ४ नम्बर बमोजिम सजाय गरी निज प्रतिवादी रामजी यादवले ठगी गरेको भन्ने हालसम्मको अनुसन्धानबाट खुल्न आएको रु ७ लाख ६६ हजार ३ सय ७० विगो रकमको सम्बन्धमा जाहेरवाला नेपाल मेडिकल काउन्सिल समेत कोही कसैबाट दिलाई भराई पाउ भनि दावी पर्न आएको र नेपाल सरकार स्वास्थ्य मन्त्रालयको बार्षिक बिनियोजित बजेटबाट तलब बुझेको देखिँदा उक्त ठगी गरेको नेपाल सरकारको राजश्व खातामा जम्मा गरी पाऊ भन्ने व्यहोराको अभियोग पत्र ।
धनुषा जिल्ला अदालतको ठहर
नियम बमोजिम साप्ताहिक तथा आजको दैनिक पेशी सूचिमा चढी पेश हुन  आएको प्रस्तुत मुद्दामा मेसिल कागजात अध्ययन गरी हेरियो । अभियोग दावी बमोजिम प्रतिवादीले ठगी गरेको हो होइन ? हो भने सजाय हुनुपर्ने हो वा होइन ? र भए के कति हुने हो ? भनि निर्णय दिनुपर्ने देखिन आयो ।
निर्णय तर्फ विचार गर्दा प्रतिवादी रामजी यादव उपर निजले प्राप्त गरेको आईएससी तहको प्रमाण पत्र द्यष्जबच क्अजयय िभ्हबmष्लबतष्यल द्ययबचम ९क्क्० बाट नट भेरिफाईड भएको, निजले चिकित्सक बनि ठगी गर्ने मनसाय र बदनियत राखि एमविविएस अध्ययन गर्नको लागि चाहिने आईएससी उत्तीर्ण हुनुपर्नेमा सो उत्तीर्ण नभई नक्कली प्रमाण पत्र बनाई चीनबाट एमविविएस अध्ययन गरी नेपाल मेडिकल काउन्सिलबाट एनएमसि नम्बर ७२४१ को चिकित्सक दर्ता प्रमाण पत्र लिई सोही आधारमा जनकपुर अञ्चल अस्पताल र सोही ठाउँमा रहेको पूजा मेडिकलमा चिकित्सकको हैसियतले सर्बसाधारण विरामीको उपचार गरी सो बापत शुल्क रकम र नेपाल सरकारबाट तलब समेत लिई ठगी गरेकाले ठगीको रकम नेपाल सरकारको राजश्व खातामा जम्मा गरी ठगीमा सजाय गरी पाउ भन्ने अभियोग दावी देखिन्छ । प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष र यस अदालतमा बयान गर्दा भारतको एसआरकेजी कलेज (गोयंका) सितामरहीबाट सन् १९९८ मा आईएससी पास गरेको हुँ । मेरो रोल कोड ३२०२ र रोल नं. १०४२६ थियो । मैले चीनबाट सन् २००७ मा एमविविएस पास गरी नेपाल मेडिकल काउन्सिलबाट ७२४१ नम्बरको चिकित्सक दर्ता प्रमाण पत्र प्राप्त गरेको छु । आईएससी को सर्टिफिकेट नेपाल मेडिकल काउन्सिल, एमविविएस पढ्दा, पिजी पढ्दा र जनकपुर अञ्चल अस्पतालमा नियूक्ति हुँदा पेश गरेको छु, भनेको पाईन्छ ।
मिसिल संलग्न रहेको प्रतिवादीले प्राप्त गरेको भनेको आईएससीको लव्धाङ्क पत्र विहार स्कुल एक्जामिनेशन काउन्सिलबाट प्राप्त गरेको देखिन्छ । तर, प्रस्तुत मुद्दाको अनुसन्धात तथा छानविनको क्रममा विहार स्कुल एक्जामिनेशन बोर्ड (एसएस) को नट भेरिफाईड भन्ने पत्रबाट मुद्दाको सुरुवात गरेको देखिन्छ । सो बोर्ड र काउन्सिल एउटै हो वा पृथक हो । काउन्सिलले प्रदान गरेको प्रमाण पत्र बोर्डबाट पनि अवलोकन हुने हो होइन ? सो खुलेको पाइँदैन । निजको सो प्रमाण पत्र नेपाल सरकारबाट समकक्षता समर्थन भई चीनमा अध्ययन गर्न गए पठाएकोमा पनि विवाद देखिएन । चीनबाट यी प्रतिवादीले एमविविएस अध्ययन पुरा गरी आएपछि नेपालमा मेडिकल काउन्सिलले पेश भएको प्रमाण पत्रहरुको छानविन गरी उचित ठहर गरी चिकित्सक प्रमाण पत्र प्रदान गरेकोमा पनि अन्यथा छैन । जाहेरी गर्न नेपाल मेडिकल काउन्सिलले आदेशानुसार अदालतमा उपस्थित भई यो यस प्रकारबाट ठगी भनि अभियोग दावीलाई प्रमाणबाट पुष्टि गर्न सकेको पनि पाईँदैन । यस अदालतको आदेशानुसार को कसबाट के कति रकम यी प्रतिवादीले ठगी गरेका हुन भनि लेखि पठाएकोमा प्रतिवादी रामजी यादवले कोही कसैलाई ठगी नगरेको बुझिन आएको भनि जिल्ला प्रहरी कार्यालय धनुषाको चलानी नम्बर ३५९८ मिति २०७३÷९÷१२ को पत्र जिल्ला सरकारी वकिल कार्यालय धनुषाको च.नं. ७६३ को पत्रसाथ प्राप्त भई मिसिल संलग्न रहेको अवस्था छ ।
प्रतिवादी उपर ठगी मुद्दा चलाईएकोमा निजले कोही कसैलाई ठगी गरेको एवम निजबाट कोही नठगिएको स्वयम मुद्दा दायर गर्ने वादी पक्षबाट लेखि आएको अवस्था छ । अर्को तर्फ यी प्रतिवादी उपर भ्रष्टाचार निवारण ऐन २०५९ अन्तरगतको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत कारवाही चलाएको भन्ने अभियोग पत्रमा उल्लेख हुँदा प्रमाण पत्र नक्कली भए नभएको सोही निकायबाट हेरिने नै हुँदा प्रस्तुत ठगी कसुरमा मुद्दा दायर गर्ने वादी पक्षले नै प्रतिवादीबाट कोही नठगिएको बुझिन आएको भनि लेखि आएको हुँदा ठगीको विगो भराई सजाय गरी पाऊ भन्ने वादी नेपाल सरकारको अभियोग दावी पुग्न सक्दैन । प्रतिवादी रामजी यादवले आरोपित कसुरबाट सफाई पाउने ठहर छ ।


२०७३ पौष २४ गते आईतबार


नक्कली चिकित्सक भई ठगी गरेको आरोपमा डा.रविन्द्र पाण्डेको मुद्दा विचाराधिन

प्रतिवादी डा.रविन्द्र कुमार पाण्डे । फाईल तस्वीर ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपाल मेडिकल काउन्सिलबाट चिकित्सक दर्ता प्रमाण पत्र लिएका विभिन्न ८ सय ९ जनाको शैक्षिक योग्यताको प्रमाणपत्र छानविनको लागि खटेको संयूक्त टोलीले छानविन गर्दा डा.रविन्द्र कुमार पाण्डे समेतका व्यक्तिहरुले नक्कली शैक्षिक योग्यताको प्रमाण पत्रहरुकै आधारमा नेपाल मेडिकल काउन्सिलबाट चिकित्सक दर्ता प्रमाण पत्र लिई आफुहरुलाई चिकित्सक हुँ भनि नक्कली शैक्षिक योग्यताको प्रमाण पत्रको आधारमा प्राप्त उपाधिको प्रयोग गरी अस्पताल खोल्ने, सरकारी तथा गैरसरकारी अस्पतालहरु, मेडिकल नर्सिङ होम तथा स्वास्थ्य क्लिनिकहरु समेतमा सर्वसाधारणको उपचार गरी मानव स्वास्थ्य जस्तो गम्भीर विषयमा खेलवाड गरी सर्वसाधारण समेतलाई झुक्याई गफलतमा पारी सर्वसाधारण मानिस समेतलाई ठगी गर्ने कार्यमा संलग्न रहेको देखिएकोले निज रविन्द्र कुमार पाण्डे समेतलाई ठगी कसुर अपराधमा कानुन बमोजिम कारवाही गरी पाउ भन्दै नेपाल मेडिकल काउन्सिल काठमाण्डौले धनुषा जिल्ला अदालतमा ३१ जेष्ठ २०७३ मा मुद्दा दर्ता गरेको थियो ।
रविन्द्र कुमार पाण्डेले सन् १९९० मा भारत विहारबाट आईएससी पास गरेको भनि नेपाल मेडिकल काउन्सिलमा पेश गरेको रोल कोड डिएस र रोल नं. ७१२२ र कुल प्राप्ताङ्क ४९७ भएको प्रमाण पत्र रहेकोमा विहार स्कुल एक्जामिनेशन बोर्ड एसएसमा उक्त रोल कोड डिएस र नम्बर ७१२२ को अभिलेखमा कुल प्राप्ताङ्क ४४७ र बायोलोजी विषय नभएको देखि ‘नट भेरिफाईड बायो ईज नट देयर बायो माकर््स मेन्सन्ड’ उल्लेख भई निजको सर्टिफिकेट नट भेरिफाईड अर्थात नक्कली भएकोले निज रविन्द्र कुमार पाण्डेले नेपाल मेडिकल काउन्सिलमा पेश गरेको आईएससीको प्रमाण पत्र नक्कली भएको उक्त छानविन टोलीले प्रतिवेदन पेश गरेको थियो ।
कोशी अञ्चल अस्पताल र परिवार नियोजन संघ इटहरी सुन्सरीमा कार्यरत रहि सर्वसाधारण व्यक्तिलाई उपचार गरी सो वापत रकम लिई ठगी गरेको मुद्दामा निजहरुलाई खोज तलास गरी दाखिला गराउनु भन्ने आदेशानुसार खटिगई खोजतलास गर्दा पाण्डेलाई ४ अषाढ २०७३ मा इटहरीमा फेला पारेको प्रहरीले प्रतिवेदन पेश गरेको थियो ।
जुद्ध माध्यमिक विद्यालय गौरबाट एसएलसी र भारत विहारको आरके कलेज मधुवनी विहारमा भर्ना भई रोल कोड ७१२२ मा सन् १९९० मा आईएससी पास गरी भारतको विहारबाट विडिएस पास गरेको हुँ । नेपाल मेडिकल काउन्सिलमा चिकित्सक दर्ता प्रमाण पत्र परीक्षामा सहभागी भई एनएमसि नम्बर २९८४ प्राप्त गरेको हुँ । मैले विहार इन्टरमेडिएट एजुकेशन काउन्सिल पटनाबाट पास गरेको छु । विहार स्कुल एक्जामिनेशन बोर्ड एसएस पटना छुट्टै बोर्ड भएकाले यसमा बायोलोजिको लव्धाङ्क पत्र छुटिएकोले भुलचुक भयो, त्यसमा मलाई कुनै जानकारी छैन । हालसम्म धनुषाको जनकपुरमा आफ्नै लगानीमा मिथिलाञ्चल डेन्टल क्लिनिक नामको क्लिनिक खोली सोही क्लिनिकमा काम गर्दा मासिक रु. ११ हजार प्राप्त गर्ने गरेको छु । सो क्लिनिकमा म विगत १८ महिनाको रु. १ लाख ९८ हजार पारिश्रमिक पाएको छु । मैले ठगी गरेको छैन भन्ने व्यहोराको प्रतिवादी रविन्द्र कुमार पाण्डेले बयान कागज गरेका छन् ।
प्रतिवादी पाण्डे केयर मेडिकल सेन्टर जनकपुरमा डाक्टरको रुपमा काम काजगरी विरामीहरुको उपचार समेत गरेको तर क्लिनिकमा १७ जेष्ठ २०६१ मा भएको आगलागीबाट उक्त क्लिनिकमा भएका सबै कागजातहरु जलेर नष्ट भएकोले निजपाण्डेले नियूक्ति पाएको तथा निजले तलब भत्ता लिएको सम्बन्धित कागजातहरु क्लिनिकमा नरहेकोले यकिन गरी खुलाउन नसकिएको भन्दै उक्त सेन्टरका संचालक राहुल सिंघानियाले प्रहरी मार्फत प्रतिवेदन दिएका छन् । त्यसैगरी विगत १ बर्ष देखि क्लिनिकको संचालन भई डाक्टरको रुपमा कामकाज गरी विरामीहरुको उपचार गरिरहेको र निजले मासिक रु. १० हजार प्राप्त गर्ने गरेको भन्दै मिथिलाञ्चल डेन्टल क्लिनिकले पत्र मार्फत प्रतिवेदन दिएका छन् ।
निज पाण्डेले भविष्यमा चिकित्सक बनि ठगी गर्ने मनसाय र बदनियत राखि तत्काल आफुले प्राप्त नै नगरेको आईएससी तहको सर्टिफिकेट किर्ते बनाई सोही किर्ते सर्टिफिकेटको आधारमा भारतबाट विडिएस अध्ययन गरी नेपाल मेडिकल काउन्सिलबाट चिकित्सक दर्ता प्रमाण पत्र लिने कार्यको लागि उक्त आईएससी तहको शैक्षिक योग्यताको नक्कली सर्टिफिकेट जाल परिपन्च गरी पेश गरी किर्ते काम गरी झुक्याई धोका दिई नेपाल मेडिकल काउन्सिलबाट एनएमसी नम्बर २९८४ को चिकित्सक दर्ता प्रमाणपत्र लिई सोही चिकित्सक दर्ता प्रमाण पत्र प्रयोग गरी ढाँटी बेईमानीको नियतसाथ धोका दिई आफुलाई फाईदा तथा अरुलाई नोक्सानी हुने काम गरी ठगी गरेको सप्रमाण पुष्टि भएको तथा हालसम्म कुल १ लाख ९८ हजार ठगी गरेको भन्दै विगो रकम सर्वसाधारण विभिन्न व्यक्तिबाट फि बापत प्राप्त गरेको पारिश्रमिक  देखिँदा नेपाल सरकारको राजश्व खातामा जम्मा गराई पाऊ भन्ने अभियोग दावी साथ मुद्दा दर्ता गरिएको हो ।
उक्त मुद्दामा धनुषा जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायले २० अषाढ २०७३ मा उक्त अभियोग दावीलाई हाल अन्यथा मान्न मिल्ने अवस्था देखिन आएन, अतएव तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी निर्दोष छन् भन्न मिल्ने अवस्था नहुँदा प्रमाण बुझ्दा ठहरे बमोजिम हुने नै मुद्दा निजबाट नगद धरौटी रु. ५० हजार लिई तारेखमा राख्नु भनि आदेश गरिएको छ । तत्काल उनी धरौटी तारेखमा रिहा भएपनि धनुषा जिल्ला अदालतको उक्त आदेश रित पुर्वक नभएको भन्दै वेरितको आदेश बदर गरी पाऊ भन्दै नेपाल मेडिकल काउन्सिलले उच्च अदालत जनकपुरमा मुद्दाको पुनरावेदन समेत गरेको छ । एकातर्फ डा.पाण्डेको ठगी मुद्दाको फैसला नभएकाले उनले ठगी गरेका हुन वा होइनन् भन्ने कुराको हालसम्म निकर््यौल लागेको छैन भने अर्को तर्फ उनको आईएससीको प्रमाण पत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग मार्फत विशेष अदालतमा विचाराधिन रहेकाले उनी नक्कली चिकित्सक हुन वा सक्कली भन्ने कुराको पनि फैसला हुन बाँकी नै छ । पाण्डे महोत्तरी जिल्लाको पिपरा ५ का सिताशरण पाण्डेका छोरा हुन । उनी अहिले नेपाल डेन्टल एशोसिएशन धनुषाका अध्यक्ष पनि हुन ।


२०७३ पौष २४ गते आईतबार


धनुषाको ट्राफिक व्यवस्थापनमा सस्तो लोकप्रियता भन्दा पनि अभियानकै आवश्यकता

ट्राफिक प्रहरी धनुषा ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाको कार्यालय प्रमुखको रुपमा करिब साढे २ बर्ष जति कार्य गरेका प्रहरी निरीक्षक ज्ञानकुमार महतोको १२ पुष २०७३ मा प्रहरी प्रधान कार्यालय काठमाण्डौमा सरुवा भएको छ । २६ अषाढ २०७१ मा धनुषामा टूाफिक प्रमुखको रुपमा कार्यभार सम्हालेका महतोलाई जनकपुरका यूवा क्लवहरुले एक कार्यक्रम आयोजन गरी विदाई गरेका छन् । २० पुष २०७३ मा जनकपुरका यूवा क्लवहरु, नागरिक समाजका अगुवा भनिनेहरु तथा केही समाजसेवीहरुले महतोलाई अत्यन्त राम्रो कार्य गरेको भन्दै भव्य विदाई गरेका छन् भने उनको ठाउँमा १३ पुष २०७३ देखि जिम्मेवारी सम्हालेका नयाँ टूाफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक हरिनन्दन चौधरीलाई समेत    स्वागत गरेका छन् ।
यसो त प्रहरी प्रमुखको रुपमा सर्बेन्द्र खनालको धनुषाबाट सरुवा भएपछि यूवा क्लव, विभिन्न संघ संस्थाका प्रमुख र नागरिक समाजका अगुवा तथा समाजसेवीहरुले भव्य विदाई गर्ने एउटा परम्परा नै बसालेको जस्तो देखिन्छ । धनुषामा कुनै पनि एसपी वा सिडिओ वा टूाफिक प्रमुखको सरुवा भएपछि यहाँका स्थानीयवासीहरुको रुपमा प्रतिनिधित्व गर्ने ती संस्थागत प्रतिनिधित्व गर्ने अगुवाहरुले भव्य विदाई गर्दै आएको प्रचलन स्थापित भएको छ । काम राम्रो गरेको होस वा नहोस जाने बेला विदाई गर्दै आएका छन्, जनकपुरवासीले । हुन त यहाँका यूवा क्लवका प्रतिनिधिहरु र नागरिक समाजका अगुवाहरु जाने बेला मात्र होइन, कार्यभार सम्हालेको अवधिमा पनि प्रहरी प्रमुखहरुलाई आवश्यकता भन्दा वढी नै सम्मान गर्ने गरेका छन् । कुनै पनि कार्यक्रमहरु आयोजन गर्दा यूवा क्लवहरुले प्रहरी प्रशासनका प्रमुखहरुलाई नै प्रमुख अतिथि पनि बनाउने गरेका छन् । प्रहरी प्रमुखहरुसँग राम्रो सम्बन्ध स्थापित गर्न खप्पिस यहाँका यूवाहरुको प्रहरी प्रशासनको मोह त्यति किन बढेको होला भन्ने प्रश्नको उत्तर जो कोहीले पनि सजिलै आँकलन गर्न सक्छन् ।
नेपाल प्रहरीको तुलनामा यहाँका यूवाहरु टूाफिक प्रहरीसँग चाँडै घुलमिल हुने गर्छन् । किनभने विना लाईसेन्स अर्थात सवारी चालक अनुमति पत्र, सवारी धनि प्रमाण पत्र सवारी गुडाउँदा कारवाही गर्ने निकाय भनेको टूाफिक प्रहरी नै हो । त्यसकारण यूवा क्लवको नेतृत्व गर्नेहरुलाई विना लाईसेन्स वा ब्लुबुकको सवारी साधन चलाउने यूवाहरुलाई कारवाही स्वरुप जरिवाना गर्न लाग्दा ती यूवाहरुलाई विना कारवाही मुक्त गराउन टूाफिक प्रहरीसँग राम्रो सम्बन्ध आवश्यक पर्छ । त्यति मात्र होइन लाईसेन्स बनाउनका लागि पनि टूाफिक प्रहरीको सहयोग आवश्यक पर्ने गर्छ । त्यसकारण यहाँका यूवाहरु टूाफिक प्रहरी प्रमुखसँग राम्रो सम्बन्ध बनाईरहेका हुन्छन् ।
कस्तो रह्यो ज्ञान महतोको कार्यकाल
ट्राफिक निरीक्षक ज्ञानकुमार महतोलाई कोशेली 
प्रदान गरेर विदाई गर्दै ट्राफिक प्रमुख हरिनन्दन चौधरी ।
१७ पुष २०७३ मा जनकपुर उपमहानगरपालिका १४ स्थित पिडारी चौकमा राति करिब १ बजेर १५ मिनेटको समयमा जनकपुरबाट ढल्केवर तर्फ जाँदै गरेको ज७प ३४८५ नम्बरको मोटरसाईकल तिब्र गतिमा गुडेको कारण सडकको गोलम्बरमा ठोक्किन जाँदा मोटरसाईकल चालक धनुषाको क्षिरेश्वरनाथ ९ बस्ने ३० बर्षिय जितेन्द्र यादव गम्भीर घाइते भई जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भयो ।
२९ मंसिर २०७३ मा रातको करिब १ बजेको समयमा जनकपुर जटही सडक खण्डमा हनुमान मन्दिर अगाडी कुवाबाट श्याम चौक तर्फ आउँदै गरेको ज१च ८४६ नम्बरको पिकअपले सडकमा हिड्ने पैदल यात्री सोही ठाउँका सरिता खत्वेको ४ बर्षिय छोरा अनिकेत कुमार खत्वेलाई ठक्कर दिँदा गम्भीर घाईते भएपछि उपचारको लागि जनकपुर अञ्चल अस्पताल लग्दै गर्दा उक्त बालकको बाटोमै मृत्यू भएको थियो ।
१३ मंसिर २०७३ मा राति करिब साढे ९ बजेको समयमा धनुषाको मिथिला नगरपालिका ९ स्थित पुर्वपश्चिम राजमार्गको लालगढको पुर्वेली होटेलमा राजविराजबाट काठमाण्डौ आउने क्रममा खाना खुवाउनको लागि पार्किङमा रोकिराखेको बस खाना खाईसकेपश्चात निकाल्ने क्रममा खलासीले चलाउँदा सवारी साधन हुत्तिन गई दुर्घटना भएको थियो । उक्त बस होटेल भित्रै पस्दा सप्तरी हर्दियाका २६ बर्षिय रामकुमार मण्डल र उनको २१ बर्षिय श्रीमति आनन्दी देवी मण्डलको मृत्यु भएको थियो ।
३० असोज २०७३ मा राति ८ बजेको समयमा धनुषाको मिथिला नगरपालिका ५ स्थित जनकपुर ढल्केवर सडक खण्डमा जनकपुर आउँदै गरेको ज५प ३८७७ नम्बरको मोटरसाईलक आफै अनियन्त्रित भई पल्टिन जाँदा  मोटरसाईकल चालक धनुषाको क्षिरेश्वरनाथ ६ बस्ने ३० बर्षिय राजेन्द्र साह तेलीको घटना स्थलमै मृत्यु भयो । मोटरसाईकलमा पछाडीसवार भएकासोही ठाउँका ५० बर्षिय दिपनारायण गुप्ता गम्भीर घाईते भएपछि उपचारको क्रममा उनको पनि मृत्यु भएको थियो ।
यसरी हेर्ने हो भने धनुषामा सवारी दुर्घटनामा परेर मृत्यु हुनेहरुको यो प्रतिनिधि मुलक उदाहरण मात्र हो । चालु आर्थिक बर्षको पुष १५ सम्ममा मात्र हेर्ने हो भने धनुषामा कुल ३० जनाको सवारी दुर्घटनामा परेर ज्यान गईसकेको छ । ३३ वटा जम्मा सवारी दुर्घटना भएको छ भने ४२ वटा सवारी साधनहरु दुर्घटना ग्रस्त भएका छन् । जसमध्ये १७ वटा मोटरसाईकल दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परेर ३० जनाको मृत्यु नै भएको छ भने १० जना गम्भीर घाइते भएर बाँचेका छन् । ६ जना साधारण घाइते भए । चालु आर्थिक बर्षमा मंसिर महिनामा मात्रै सवारी दुर्घटनामा परेर ११ जनाको मृत्यु भईसकेको छ । जसमध्ये ७ जना पुरुष, ३ जना महिला र १ बालकको मृत्यु भएको छ ।
पछिल्लो ३ बर्षको तथ्याङ्कलाई हेर्ने हो भने १ सय २८ जनाको मृत्यु भएको छ भने १ सय ७७ जना गम्भीर घाईते भएका छन् । आर्थिक बर्ष २०७०÷०७१ मा जम्मा ७७ वटा सवारी दुर्घटना भएभने ३० जनाको ज्यान गएको थियो । त्यसैगरी आर्थिक बर्ष २०७१÷०७२ मा जम्मा १ सय २६  वटा सवारी दुर्घटना भएभने ५२ जनाको ज्यान गएको थियो । आर्थिक बर्ष २०७२÷०७३ मा जम्मा १ सय ५ वटा सवारी दुर्घटना भएभने ४६ जनाको ज्यान गएको थियो ।
धनुषाका टूाफिक प्रहरी नायव निरीक्षक राजिव तिवारीका अनुसार सवारी साधनहरु तिब्र गतिमा चलाएको कारण, सडकको अवस्था जिर्ण रहेको कारण र चिसो मौसममा हुस्सु लागेका कारण सवारी दुर्घटनाहरु हुने गरेका छन् ।सवारी साधनहरु मध्ये सबै भन्दा वढी १५० सिसि भन्दा वढीका मोटरसाईकलहरु दुर्घटना ग्रस्त हुने गरेको र दुर्घटनामा परेर ज्यान गुमाउनेहरु मध्ये अधिकांश १७ देखि ३५ बर्षसम्मको उमेरको हुने गरेको छ ।
सवारी साधन कारवाही र राजश्व
चालु आर्थिक बर्षमा मंसिर महिनासम्ममा धनुषा टूाफिक प्रहरीले कुल १३ हजार ३सय ३४ वटा सवारी साधनहरुलाई कारवाही गरेर ८३ लाख ३३ हजार ५सय रुपैयाँ राजश्व असुल गरेको देखिन्छ । आर्थिक बर्ष २०७०÷०७१ मा १९ हजार ८ सय ७ वटा सवारी साधनहरुलाई कारवाही गरी ६७ लाख १९ हजार ९ सय ५० रुपैयाँ राजश्व असुल गरेको थियो । त्यसैगरी आर्थिक बर्ष २०७१÷०७२ मा २९ हजार ७ सय ६९ वटा सवारी साधनहरुलाई कारवाही गरी १ करोड ३० लाख १३ हजार १ सय रुपैयाँ राजश्व असुल गरेको थियो । आर्थिक बर्ष २०७२÷०७३ मा १६ हजार ४ सय १ वटा सवारी साधनहरुलाई कारवाही गरी ८० लाख १७ हजार ९ सय रुपैयाँ राजश्व असुल गरेको थियो ।
मापसे कारवाही
धनुषा टूाफिक प्रहरीले चालु आर्थिक बर्षको पुष १५ सम्ममा कुल ८१ जनालाई मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको भन्दै कारवाही गरी ८१ हजार रुपैयाँ राजश्व असुल गरेको छ । आर्थिक बर्ष २०७१÷०७२ मा ३ सय २८ वटा मापसे कारवाही गरी ३ लाख २८ हजार रुपैयाँ राजश्व असुल गरिएको थियो भने आर्थिक बर्ष २०७२÷०७३ मा १ सय १८ वटा मापसे कारवाही गरी १ लाख १८ हजार रुपैयाँ राजश्व असुल गरिएको थियो ।
ज्ञानकुमार महतोले आफ्नो कार्यकालमा धनुषामा गरेको सबैभन्दा राम्रो काम मध्ये छाडाचौपायाहरुलाई नियन्त्रण गरी कारवाही गर्नु मानिन्छ । उनको कार्यकालमा कुल १ सय ७० वटा ठुलो चौपाया र १५ वटा साना चौपायालाई नियन्त्रण गरी ७७ हजार रुपैयाँ जरिवाना असुल उपर गरी जनकपुर उपमहानगरपालिकाको कार्यालयलाई बुझाइएको छ ।
कतिपय काम चर्चाको लागि मात्र
प्रहरी निरीक्षक महतोले आफ्नो कार्यकालमा गरेका केही कामहरु चर्चाको लागि अर्थात सस्ता लोकप्रियताको लागि मात्र गरेको पाइन्छ । जस्तै उनले छाडा चौपाया नियन्त्रण गर्ने कार्यको लागि थालनी त गरे तर त्यसलाई अभियानको रुपमा निरन्तरता भने दिएनन् । सडक छेउको फुटपाथ अतिक्रमण गरी व्यवसाय गर्ने साना व्यवसायीलाई कहिले काँही झोक चल्दा हटाउने र फेरी विर्सने कार्यले अभियानको रुपमा नलिएपछि फुटपाथ अतिक्रमणको समस्या यथावत छ । जानकी मन्दिर भित्रको पार्किङको व्यवस्थापन गरिएपनि बाहिरको पार्किङ व्यवस्थापन फितलै पाइन्छ । विगतका कार्यकालमा गरिएको पार्किङ तथा नोपार्किङको क्षेत्रलाई विस्तार गरिएन । अर्थात जनकपुरको सडकमा थप पार्किङ नो पार्किङको व्यवस्थापन गरिएन । मधेस आन्दोलनताका जनकपुरको शिव चौक, जनक चौक, भानु चौक आदि ठाउँहरुमा रहेका टूाफिक विटहरुको  आगजनी गरिएपछि त्यसको पुनसर््थापन गरिएन । कहिलेकाँही टिूपर, टयाक्टर, टूली आदि जस्ता सवारी साधनहरुमा रिफ्लेक्टर स्टीकर टाँस्ने काम गरिएपनि त्यसको निरन्तरता हुन सकेन । विद्यालय, कलेजहरुमा समेत टूाफिक शिक्षाबारे गरिने अन्तरक्रिया कार्यक्रम तथा विभिन्न जनचेतना मुलक कार्यक्रमहरुको पनि अभाव नै देखियो । उनको कार्यकालमा रुट कायम भने भयो । कतिपय सदरमुकाम जोड्ने कच्ची सडकहरुमा रुट परमिट कायम नै नभएपनि सार्वजनिक सवारी साधनहरु चल्ने गथर््यो । त्यसका लागि यातायात कार्यालय पनि जिम्मेवार थियो ।
ईरिक्सा चालकहरुले विना लाईसेन्स सवारी साधन चलाईरहेको पाइन्छ । तिनीहरुलाई सवारी अनुमति पत्र लिन पुर्णतः बाध्य गरिएको छैन । हो, एउटा राम्रो काम के भएको छ भने ती सवारी साधनहरुमा नम्बर प्लेट झुन्डयाईएको छ । यस जिल्लामा भारतीय नम्बर प्लेटका सवारी साधनहरु अत्यधिक मात्रामा भन्सार छलेर संचालनमा रहेका छन् । कतिपय सवारी साधनहरु त चोरीका पनि हुन सक्छन् । त्यस्ता अवैध सवारी साधनहरुलाई नियन्त्रण गर्नका निम्ति कुनै पनि प्रक्रिया अगाडी वढाइएन । टूाफिक चिन्ह अंकित होडिङ बोर्डहरु थप ठाउँहरुमा झुन्डयाइएनन् । सहरका कतिपय ठाउँहरु जस्तै अस्पताल रोड, जानकी मन्दिर क्षेत्र, स्टेशन रोड आदिमा टूाफिक जाम हुनेगर्छन । ती टूाफिक जामको व्यवस्थापन गर्न सकिएको छैन । त्यसैगरी कतिपय सरकारी कार्यालयका सवारी साधनहरुको व्यापक दुरुपयोग भईरहेको छ । त्यस्तो दुरुपयोग रोक्नका निम्ति महतोको कार्यकालमा कुनै पनि अग्रसरता देखिएन ।
टूाफिक कार्यालयका लागि आफ्नै जग्गा किन्ने काम महतोको कार्यकालमा भयो । गुठी संस्थानबाट ८ कठ्ठा १५ धुर जग्गा किनेर जिल्ला टूाफिक प्रहरी कार्यालयको आफ्नै भवन निर्माणको प्रक्रिया अगाडी वढ्नु राम्रो कामको रुपमा रहेको छ । त्यसैगरी जटही, धनुषाधाम, र लालगढमा टूाफिक प्रहरीको अस्थायी पोष्ट थपिनु सकारात्मक कार्य हो । अर्को राम्रो काम के हो भने सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि उनले धनुषाको लालगढमा रिफ्रेस सेन्टरको स्थापना गरे । काठमाण्डौबाट आउने रात्रीकालिन बसहरुलाई त्यहाँ रोकेर आराम गरेर मात्र जाने व्यवस्था गरियो । सबैभन्दा नराम्रो कुरा के हो भने उनको कार्यकालमा नै यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमति पत्रमा सर्वाधिक घुस लिएर सवारी चालक अनुमति पत्र दिने काम भयो । तसर्थ टूाफिक व्यवस्थापन, सार्वजनिक सवारी साधनहरुमा कर्मचारीहरुद्वारा यात्रुमैत्री व्यवहार, भारतीय नम्बर प्लेटका अवैधानिक सवारी साधनहरुको नियन्त्रण, सरकारी गाडीको दुरुपयोग नियन्त्रण, जस्ता महत्वपुर्ण कामहरु सम्पन्न गराउने दायित्व नबनियूक्त टूाफिक प्रहरी प्रमुख हरिनन्दन चौधरीको काँधमा रहेको छ । उनको लागि फाईदाको कुरा के हो भने उनी यस अघि पनि धनुषामा नेपाल प्रहरीको प्रहरी निरीक्षक भएर जिल्लाका सम्पुर्ण स्थितिबारे पहिले देखि नै अवगत छन् । त्यसैले उनको कार्यकाल कस्तो हुने हो त्यो भने उनको काम गराईले नै पुष्टि गर्ने छ ।


२०७३ पौष २४ गते आईतबार


Monday, January 2, 2017

अजब–गजब छ बा ! : सुदर्शन सिंह

अब बल्ल ढुक्क भएँ । नरकपुरको निर्माण तिब्र रुपमा भएको देखेर !
यूवाको कामै हो दोष लगाउने ।

२०७३ पौष १७ गते आईतबार

जनकपुरको विकासमा मकेश्वर बाबुको योगदान राजदरबारसँग जोडिएका विभिन्न किस्साहरु

स्वर्गीय मकेश्वर प्रसाद सिंह ।
अजय अनुरागी
जनकपुरधाम............
६ पुष २०६७ मा विकास पुरुष मकेश्वर प्रसाद सिंहको निधन भएको थियो । आम जनले उनलाई सम्मान स्वरुप मकेश्वर बाबु भन्ने गर्दथे । ८४ बर्षको उमेरमा उनको निधन भएको थियो । ९ पुष २०७३ मा विकास पुरुष मकेश्वरबाबु सामाजिक प्रतिष्ठानले छैठौं पुण्य तिथीको अवसरमा श्रद्धाञ्जली सभा आयोजन गरेर उनको सम्झना गरेको थियो । स्वर्गीय मकेश्वर बाबुका नाती रितेश सिंह अध्यक्ष रहेको उक्त प्रतिष्ठानले २०६९ सालमा समाजसेवी अमरचन्द्र अनिल, २०७० सालमा बरिष्ठ पत्रकार राजेश्वर नेपाली, २०७१ सालमा समाजसेवी पवन सिंघानिया, २०७२ सालमा मिथिला नाटयकला परिषद र २०७३ सालमा सत्य आलोकलाई पुरस्कृत गरेको थियो । मकेश्वर बाबुले यो समाजको विकासका लागि गरेको योगदानलाई स्मरण गर्दै अरु मानिसहरु पनि देश र समाजको विकासका लागि प्रेरित हुन सकोस् र मकेश्वर बाबुको स्मरण हुन सकोस् भन्ने उद्देश्यले पारिवारिक प्रतिष्ठानले प्रत्येक बर्ष उनको पुण्य तिथीमा समाजका समाजसेवीलाई पुरस्कार प्रदान गरेर सम्मान गर्ने गरेको प्रतिष्ठानका अध्यक्ष रितेश सिंहले बताएका छन् ।
प्रजातान्त्रिक आन्दोलनमा उनको योगदान
स्वर्गीय मकेश्वर प्रसाद सिंह ।
१९८३ साल गुरु पुर्णिमाको दिन धनुषाको हंसपुर कठपुल्ला ८ स्थित पल्टन सिंह तथा लवकी देवीले आफ्नो सन्तानको रुपमा मकेश्वर प्रसाद सिंहलाई पाएका थिए । पार्टी पौवामा सामान्य लेखपढ गर्न जानेका मकेश्वर १८ बर्षको उमेरमा गाउँबाट सदरमुकाम जनकपुर आएका थिए । जनकपुरको रेल्वे स्टेशन एरियामा उनको पहिले देखि नै घर थियो । त्यही उनी बसोवास गर्न थाले । जनकपुर आईसकेपछि उनको संगत नेपाली कांग्रेसका नेता महेन्द्र नारायण निधिसँग भयो । २००८ साल तिर महेन्द्रनारायण निधिकै सँगतमा परेपछि उनी पनि कांग्रेसको सदस्यता प्राप्त गरेर राजनीति गर्न थाले ।  निधिकै कारण कांग्रेसका संस्थापक नेताहरु सुवर्ण शम्शेर राणा, कृष्ण प्रसाद भट्टराईसँग चिनजान उनको भएको थियो । कांग्रेसमा उनको सक्रियता वढ्दै गएपछि २०१६ सालमा तत्कालिन धनुषा महोत्तरी र सर्लाही सम्मिलित जिल्लाको जिल्ला स्तरीय कोषाध्यक्ष बनाइएका थिए । किनभने उनी सुवर्ण शम्शेरको लविमा थिए । हुन त उनी पञ्चायती व्यवस्था विरुद्ध कांग्रेसले गरेको आन्दोलनमा लागेर पटक पटक जेल परेका थिए । २०१७ सालमा संसद र संसदीय व्यवस्था विघटन भएपछि कांग्रेसका नेताहरु जेल परिरहेको बेला उनी पनि निर्वासित हुनु परेको थियो । २०१७ साल पुष १ मा संसद र संसदीय व्यवस्था विघटन भएपछि कांग्रेसका नेताहरु जेल परेपछि त्यसको तेस्रो दिन उनी भारत निर्वासित हुनुपरेको थियो । २०१८ साल कार्तिक २६ गते महेन्द्रनारायण निधिको नेतृत्वमा कार्तिक २६ गते भएको सत्याग्रहमा स्वदेश फिर्ता भएपछिे करिब २ बर्ष भन्दा वढीको समय जति जलेश्वर कारागारमा बन्दीको रुपमा जीवन विताउनु परेको थियो । त्यो बेला महेन्द्र नारायण निधि, जिल्ला सचिव बलराम नायक, नागेश्वर झा, रामचन्द्र मिश्र लगायत ९ जना मानिसहरु पक्राउ परेका थिए । कांग्रेसका तत्कालिन कार्यबाहक सभापति स्वर्ण शम्शेरको बिचारले २०२१ सालमा जनकपुर नगरपालिका वार्ड नं. १ को निर्विरोध वार्ड सदस्यका रुपमा चुनिएका थिए । २०२१ मंसिर १९ गते जनकपुरको वार्ड नं. १ बाट उनी निर्वाचित भएका थिए । २०२३ सालमा जनकपुर विकास समितिको सचिव भएर जनकपुरको विकासका कार्यहरुमा योगदान पुर्याएका थिए ।
 पञ्चायती व्यवस्थाको विरोध गरिरहेको अवस्थामा मकेश्वर बाबु पनि २०२६ साल फागुन ७ गते जानकी मन्दिरको प्राङ्गनमा रहेको राजा महेन्द्रको प्रतिमामा कालो पोत्ने कार्य गरेका थिए । परिणाम स्वरुप उनलाई पक्राउ गरी कारागार पठाइएको थियो । उनीसँगै सरोज प्रसाद कोइराला र महेन्द्रनारायण निधि पनि पक्राउ परेका थिए । राजकाज ऐन र सुरक्षा ऐनका आधारमा पक्राउ गरिएको थियो । करिब ९ महिना पछि उनी जेलबाट निस्किएका थिए ।
पञ्चायतका कट्टर विरोधी यसरी भए पञ्चायतका कट्टर समर्थक
विकास पुरुष मकेश्वर बाबु सामाजिक प्रतिष्ठानद्वारा९ पुष २०७३ मा छैठौं पुण्य तिथिका अवसरमा समाजसेवी
अनाथ बाल आश्रमका संचालक आलोकलाई सम्मानित गर्दै ।
पञ्चायती व्यवस्थाको विरोध गरिरहेका मकेश्वरबाबुको जिन्दगीमा के त्यस्तो भयो र उनी पछि गएर त्यही राजा महेन्द्र र उनले लागु गरेको पञ्चायती व्यवस्थाका कट्टर समर्थक बने भन्ने प्रश्न अहिले पनि आम जनमा अनुत्तरीत रहेको पाईन्छ । भद्रगोल जेलमा रहेका बेला उनको स्वास्थ्य अवस्था विग्रदै गएको थियो । राजा महेन्द्रका विशेष दुतको रुपमा विष्णु मनि आचार्यलाई जेलमा पठाइएको थियो । विशेष दुत आचार्यसँग मकेश्वर बाबुको पहिले देखि नै चिनजान थियो । विष्णु मनि आचार्यको जनकपुरको रंगभुमि मैदान बारहविघाको सामुन्ने घर छ । त्यसकारण उनको चिनजान थियो । अर्को तर्फ आचार्य राजा महेन्द्रका अत्यन्त नजदिक मानिने विश्वास पात्र मध्ये एक थिए । जेलमा गएर आचार्यले मकेश्वर बाबुलाई के भन्यो भने तपाई स्वास्थ्य स्थितिबाट अत्यन्त लाचार भईसक्नुभएको छ, तपाई विदेशमा गएर आफ्नो इलाज गराउनुस, सम्पुर्ण खर्च दरबारले बेहोर्छ तर सर्त एउटा मात्र के छ भने तपाई पञ्चायती व्यवस्थाको विरोध गर्नुको साटो त्यसको समर्थन गरी पञ्चायतमा आउनुस । जेलबाट मुक्त भएपछि मकेश्वर बाबु उपचार गर्नका लागि भारतको कलकत्ता पुगे । त्यही कांग्रेसका कार्यबाहक सभापति सुवर्ण शम्शेरलाई भेट गरी राजा महेन्द्रले आफ्ना दुत आचार्य मार्फत दिएको प्रस्ताव बारे बृतान्त सुनाए । मकेश्वर बाबुका नाती रितेश सिंहका अनुसार सुवर्ण शम्शेरले मकेश्वर बाबुलाई ग्रिन सिग्नल दिए । सुवर्ण शम्शेरले मकेश्वरबाबुलाई भने, “अब हाम्रो रणनीति नै भनेको के हो भने हाम्रो मान्छेहरु पनि पञ्चायतमा घुसपैठ गर्नुपर्दछ । हाम्रो मान्छे पञ्चायतमा गयो भने त्यहाँ भित्रका कुराहरु पनि हामी कहाँ सूचना प्राप्त हुन सक्छन् । फेरी तपाई जस्तो मान्छे पञ्चायतमा गएर पनि प्रजातन्त्रलाई नै बल पुग्छ । त्यसकारण तपाई पञ्चायतमा छिर्नुस ।” त्यसपछि उनी पञ्चायतमा प्रवेश गरेका थिए । २०२७ सालमा उनी जिल्ला पञ्चायतको सदस्यका रुपमा चुनिएका थिए । त्यसपछि २०२९ सालको विद्यार्थी आन्दोलनमा पुनः तेस्रो पटक गिरफ्तार भई सिन्धुली जेलमा ७ महिना जति बन्दी जीवन विताई रिहा भएका थिए । २०३२ सालमा जानकी मन्दिर जिर्णाेद्धार समितिका सदस्य भई जानकी मन्दिरको भौतिक विकासका लागि योगदान पुर्याएका थिए । २०३५ सालमा राष्टिूय पञ्चायत सदस्यमा उनी निर्वाचित भई २०३६ सालमा किर्ती निधि विष्टको सरकारमा उनलाई सम्भार तथा पर्यटन सहायक मन्त्रि बनाइएको थियो । उक्त सरकारको समयमा सिंहदरबारमा आगो लागेपछि नैतिकताको आधारमा विष्ट सरकारले राजीनामा दिएको थियो । त्यसकारण ४५ दिन मात्र उनी सहायक मन्त्रिको रुपमा रहेका थिए ।तर त्यो ४५ दिनको अवधिमै उनले जनकपुरलाई पर्यटकिय स्थलको रुपमा विकास गर्नका लागि पहिलो पटक पर्यटन कार्यालय पनि जनकपुरमा स्थापित गराएका थिए ।
प्रधानमन्त्री सुर्यबहादुर थापासँगको टकराव
स्वर्गीय मकेश्वर बाबुलाई श्रद्धाञ्जली दिँदै उनका नाती रितेश सिंह ।
 २०३७ सालमा पञ्चायत व्यवस्थालाई नै जनमत संग्रहमा जिताइएपछि सुर्यबहादुर थापाको नेतृत्वमा बनेको सरकारमा मकेश्वर बाबुलाई फेरी बन तथा भुसंरक्षण मन्त्री बनाइएको थियो । त्यो बेला एउटा रोचक घटना भयो र मकेश्वरबाबु र तत्कालिन प्रधानमन्त्री थापाका बीचमा ठुलो टकरावको स्थिति उत्पन्न भयो । त्यो बेलामा एउटा गोल्छा काण्ड भएको थियो । त्यो के भने हुलास चन्द गोल्छाले भारतका एक जना ठेकेदारसँग खैर आपुर्ति गर्ने सम्झौता गरेका थिए । मेची, कोशी, सगरमाथा र जनकपुर गरी ४ अञ्चलको जंगलका खरीको बोट काटेर आपुर्ति गर्ने कामका लागि ठेक्का लिएका थिए, गोल्छाले । बन तथा भुसंरक्षण मन्त्रीका रुपमा रहेका मकेश्वर बाबुलाई कन्भिन्स गर्नका निम्ति गोल्छा मकेश्वर बाबुको मन्त्रालय स्थित क्वार्टरमा पुगेका थिए । १५ लाख रुपैयाँ व्रिफकेशमा लिएरै मकेश्वर बाबुलाई गोल्छाले प्रभावमा लिन खोज्दा मकेश्वर बाबुले त्यो अफर स्वीकार गरेनन् । बरु गार्डलाई लगाएर गोल्छालाई घाँटी समातेर बाहिर निकाल्न लगाए, मकेश्वर बाबुले । गोल्छालाई ठुलो अपमान बोध भयो र जाँदाजाँदै गोल्छाले तपाईको मन्त्री पद नै म खाईदिन्छु, तपाईको सव स्वाभिमान म सिद्धियाईदिन्छु भन्दै चेतावनी दिएर गोल्छा बाहिरिएका थिए ।
त्यो घटनाको ४÷५ दिन पछि गोल्छाले आफ्ना मान्छेलाई मेचीको जंगलमा पठाएर खैरको रुख कटानी गराउन सुरु गरे । मन्त्री मकेश्वर बाबुलाई पनि त्यो कुराको सूचना गयो । सूचना पुग्ने वितिकै तत्कालिन बन अधिकृतलाई टेलिफोन गरी के निर्देशन दिए भने प्रहरी प्रशासनको मद्दत लिई त्यो कटानी रोक्न लगाई कटानीमा संलग्न व्यक्तिहरुलाई गिरफ्तार गर्नुस् । तर, बन मन्त्रीको निर्देशनलाई डिएफओले ठाडै के भनेर अस्विकार गरिदिए भने रुख कटानीको लागि प्रधानमन्त्रीको कार्यालयबाट परिपत्र गरिएको छ । प्रधानमन्त्री सुर्यबहादुर थापाले रुख कटानीको लागि आदेश दिएको थियो । मकेश्वर बाबुले त्यो कुराको बारेमा छानविन गर्दा सुर्य बहादुर थापाले २५ लाख रुपैयाँ गोल्छाबाट लिएर आदेश गरेको बुझियो । आवेशमा आएर साँझको समयमा राजा विरेन्द्रसँग अपरझट दर्शन भेटको माग गरे । दर्शन भेटमा मकेश्वर बाबुले राजा विरेन्द्रलाई के भने भने, अहिले कटान भईरहेको रुख सानै छ, २ हजारको दरले अहिले एउटा रुख विक्री भईरहेको छ केही बर्षमै त्यो रुख ५० हजार रुपैयाँमा पनि बेच्न सकिन्थ्यो ।  

तर, त्यसो नगरी प्रधानमन्त्री सुर्य बहादुर थापाले गोल्छाबाट २५ लाख रुपैयाँ लिएर रुख कटानी गर्न आदेश दिएको छ । जवाफमा राजा विरेन्द्रले के भने भने, म विवश छु । पारिवारिक कारणले । मेरो परिवारको अधिकांश सदस्यले सुर्य बहादुर थापालाई असाध्यै मन पराउँछन् । तत्काल म केही गर्न सक्दिनँ । तिमी केही पनि नगर, चुप लागेर बस । फेरी जवाफमा मकेश्वर बाबुले राजा विरेन्द्रलाई यसो भने,“ सरकार म मन्त्री पदमा रहेर पनि मैले दिएको आदेश डिएफओले मान्दैन भने नैतिकताको आधारमा पनि म अब मन्त्री पदमा बसिरहन सुहाउँदैन । भोली म आफ्नो राजीनामा हजुरकहाँ पठाईदिन्छु, हजुरले स्वीकृत गरिबक्सियोस् ।” राजा विरेन्द्रले भने, प्रधानमन्त्री मार्फत राजीनामा आउनुपर्छ, तिमीले प्रोटोकल तोड्नु भएन । यस्तो सोझो मान्छे पनि रिसाउँछन् त ? न भन्दै भोली पल्ट मकेश्वर बाबुले दरबारमा राजा कहाँ राजीनामा पठाए । अनि दरबारले राजीनामाको कारण सहित स्पष्टिकरण माग्यो । सरकारी काम काजमा प्रधानमन्त्रीको दख्खल अन्दाजी भएकोले मन्त्री पदमा रहिरहन नैतिकताले नसुहाएको मकेश्वर बाबुले जवाफ दिए । तर, दरबारले राजीनामा स्वीकार गरेन । राजीनामा फिर्ता भयो । राजा विरेन्द्रले फेरी मकेश्वर बाबुलाई बोलाएर तिमी राजीनामा नगर, क्षेत्री क्षेत्री बीच किन लडाई गरेको भन्दै सम्झाए । राजीनामा गर्नु नै छ भने प्रधानमन्त्रीको कारण नदेखाई भाषालाई परिवर्तन गरी स्वास्थ्यको कारण देखाउँदै राजीनामा गर भनेर राजा विरेन्द्रले आदेश दिए । यदि त्यसो गरेनौं भने पञ्चायत विरोधीहरुले खेल्ने ठुलो अवसर पाउनेछन् । राजाको आदेश पश्चात मकेश्वर बाबुले राजीनामा पत्रमा भाषालाई परिमार्जन गर्दै स्वास्थ्यको अवस्था देखाई राजीनामा पठाए । राजा विरेन्द्रले त्यसपछि उक्त राजीनामा स्वीकृत गरेको थियो । मकेश्वर बाबुले राजा विरेन्द्रको सम्मानका लागि त्यसो गरेका थिए ।
राजीनामा गरेको २ दिन पछि राजा विरेन्द्रले मकेश्वर बाबुलाई खाना खानका लागि दरबार बोलाए । तिमी जस्तो इमान्दार मान्छेलाई मैले यस घटना क्रममा साथ दिन सकिन, तर यसको क्षतिपुर्ति तिमीले भविष्यमा मबाट पाउने छौ भन्दै राजा विरेन्द्रले सुनाए । अहिले तिमी काठमाण्डौमै घरमै बसेर आराम गर । जवाफमा मकेश्वर बाबुले सरकार, म यहाँ काठमाण्डौमा भाडामा किन बस्नु, मेरो घर आफ्नो छैन, बरु जनकपुरमै गएर आफ्नो घरमा आराम गर्छु भने । त्यो कुरा सुन्ने वितिकै राजा विरेन्द्र आश्चर्य चकित हुँदै तिम्रो काठमाण्डौमा घर पनि छैन भनेर सोधेका थिए । पछि हाँस्दै राजा विरेन्द्रले ल त्यसो भए तिमी जनकपुरमै गएर आराम गर । 
सन्दर्भ ः मकेश्वर बाबुको छैठौं पुण्यतिथी
दुई बर्ष पछि जनताले मत हाल्ने गरी २०३८ सालमा आम चुनावको घोषणा भयो । उक्त निर्वाचनमा मकेश्वर सिंहलाई कुनै पनि हालतमा जित्न नदेऊ, उसको राजनीति नै समाप्त पार्नुपर्छ, उसले मलाई राजाको अगाडीमा नङ्गयाएको छ, भन्दै प्रधानमन्त्री सुर्य बहादुर थापाले खुन्खार एसपी रणबहादुर चन्दलाई जनकपुर पठाए । चुनाव हुनुभन्दा अघिसम्म मकेश्वर बाबु र हेमबहादुर मल्लको जित सुनिश्चित थियो । तर, एसपी रणबहादुर चन्दले मकेश्वर बाबुलाई पराजित गराई हेम बहादुर मल्ल र देवनारायण यादवलाई जिताए । त्यो कुराको पुष्टि पछि गएर कसरी भयो भने जितिसकेपछि हेम बहादुर मल्लले धनुष सागरलाई काठमाण्डौको रानी पोखरी झैं बनाउने भनेर जिर्णोद्धार गर्न लाग्दा धनुष सागरको पानी सुखाइएको थियो । पानी सुखाउने क्रममा धनुषसागरबाट मतदानको बेलामा प्रयोग गरिएका मत पेटिका सहितको बाकसहरु फेला परेको थियो ।
उक्त चुनावको परिणाम पछि मकेश्वर बाबु समाजसेवामा सक्रिय भए । १५ दिन पछि राजा विरेन्द्रले मकेश्वर बाबुलाई दरबार बोलाए । भेटघाटमा मलाई थाहा छ, तिमीले हारेको होइन, सुर्यबहादुरले तिमीलाई हराएको हो । तिमी चिन्ता नगर, १ सय २७ जना सदस्य चुन्ने क्रममा १४ वटै अञ्चलबाट २८ जना मनोनित गर्ने मेरो अधिकार छ । तिमी भोली विहानको ७ बजेको रेडियो नेपालबाट समाचार सुन्नु । तिमी अहिले घर जाउ ।
मकेश्वर बाबु काठमाण्डौमा घरमा फर्किएर भोली पल्ट समाचार सुन्दा उनी पनि मनोनित भएको समाचार प्रकाशित भयो । राष्टिूय पञ्चायतको सदस्यका लागि भएको निर्वाचनमा उनी पराजित भएपनि राजा विरेन्द्रले उनलाई मनोनयन गरेको थियो । राजनीति क्रम अगाडी वढ्दै गयो । राजा विरेन्द्रले राज्य सभा(राजाको सल्लाहकार सभा) पुनर्गठन गर्दा मकेश्वर बाबुलाई आजिवन सदस्यमा मनोनयन गरेका थिए । पञ्चायत सदस्य र राज्य सभा सदस्यको सपथ ग्रहण गरेको ६ महिना पछि मकेश्वर बाबुको स्वास्थ्यमा खरावी देखियो । उनलाई हर्टमा प्रोवलेम देखा पर्यो । जेलमा हुँदा प्रोस्टेट ग्लेन्डमा पहिले देखि नै समस्या थियो । काठमाण्डौको शिक्षण अस्पतालमा उनी भर्ना भए । राजा विरेन्द्रले दरबारका सचिवलाई जिज्ञासा गर्न अस्पताल पठाएर एउटा सन्देश के पठाए भने विदेश गएर इलाज गराउ । राजाले दरबारको उक्त सचिव मार्फत थाईलेन्डमा उपचार गराउन सन्देश पठाएका थिए । जवाफमा मसँग रुपैयाँ छैन, यहाँबाट डिस्चार्ज भएर जनकपुर जान्छु । गाउँको सम्पति बेचेर दिल्लीमा गई उपचार गराउँछु भनेर मकेश्वर बाबुले सचिवलाई सुनाए । सचिवले सोही कुरा राजा विरेन्द्रलाई गएर सुनाए । त्यसपछि फेरी सोही सचिव अस्पतालमा आई के भन्यो भने तपाईको थाईलेन्डमा अहिले सम्पुर्ण उपचार गराईन्छ र त्यसपछि तपाईको मोतियाविन्दको पनि रिपोर्टमा समस्या देखिएकोले आँखाको उपचार गर्नको लागि थाईलेन्डबाटै जापान पठाइने छ । त्यो सम्पुर्ण उपचारको खर्च राजाले आफ्नो व्यक्तिगत कोषबाट तिर्नेछन् । एक हप्ता पछाडी तपाई जाने हो, थाईलेन्डका तत्कालिन राजदुत रामचन्द्र बहादुर सिंहले सबै व्यवस्था मिलाउने छन् । थाईलेन्ड र जापानमा उनको उपचार भयो । साढे ९ लाख रुपैयाँ दरबारले उपचार खर्च बेहोरेको थियो ।
उपचार गराएर स्वदेश फर्किएपछि मकेश्वर बाबु राजा विरेन्द्रलाई धन्यवाद दिन दरबार जाँदा तिमी स्वस्थ्य भयौ, म खुशी छु, मन्त्री मण्डलको पुनर्गठन गर्ने बेलामा तिमीलाई महत्वपुर्ण मन्त्रालय दिनेछु भनेर सोचेको थिएँ, तर, तिम्रो स्वास्थ्य अवस्था राम्रो नभएकाले अब तिमी अब जनकपुर बसेर राजनीति गर भन्दै राजा विरेन्द्रले आदेश दिए । राजाको आदेश पछि उनी जनकपुर फर्किए । आफुलाई आँखाको उपचार दरबारले त गरिदियो तर आम सर्वसाधारण जनताले आँखाको उपचार कसरी गराउँलान भन्ने चिन्ता वढेपछि उनले जनकपुरमै आँखाको अस्पताल हुनुपर्छ भन्ने कुरा सोच्न थाले । त्यतिबेला जनकपुरमा भारतको उत्तर प्रदेशबाट केही डाक्टरहरु आएर शिविर चलाउने गर्थे । नेपाल रेडक्रस मार्फत उनले पहल कदमी गरेर नेपाल रेडक्रस सोसाईटी जानकी आँखा अस्पताल स्थापना गर्न लगाए ।
यता राजनीतिक परिस्थिति परिवर्तन हुँदै थियो । पञ्चायती व्यवस्था विरुद्ध आन्दोलन चर्कदै थियो । २०४६ सालको आन्दोलन हुने बेलामा उनी फेरी कांग्रेसको सदस्यता लिए । महेन्द्रनारायण निधिसँग पारिवारिक दोस्ती समेत रहेका कारण कृष्ण प्रसाद भट्टराईले ४७ सालमा उनलाई फेरी कांग्रेसको सदस्यता जनकपुरमा दिलाए । तर, दुई बर्ष पछि अब कुनै पनि पार्टीमा सदस्य नभई राजनीतिबाटै सन्यास लिने भन्दै २०४९ सालमा उनी राजनीतिबाट सन्यास लिएका थिए । राजनीतिबाट सन्यास लिए पनि उनी समाजसेवामा भने सक्रिय रहँदै गए ।
रंगभुमि मैदानका लागि राजा महेन्द्रसँगको टकराव
२०२७ साल तिर राजा महेन्द्रले दरबारको पारिवारिक खुशियालीमा उत्सव मनाईरहँदा आफ्ना ३ ज्वार्इँलाई १२÷१२ विघा जग्गा उपहार स्वरुप दिने घोषणा गरेका थिए । घोषणा भईसकेपछि तत्कालिन सम्बन्धित भुसंरक्षण विभागबाट जग्गाको खोजी गर्न लगाईयो । विभागले तराईको दुई ठाउँ र काठमाण्डौको १ ठाउँ सिफारिस गर्यो । सिरहाको मिर्चैयामा ६÷६ विघाको दुई टुक्रा, जनकपुर रंगभुमि मैदानको बारहविघा र काठमाण्डौको महाराजगंज स्थित १२ विघाको प्लट दिन मिल्ने भन्दै भुमि सुधार विभागले सिफारिस गर्यो । उक्त सिफारिस अनुसार राजा महेन्द्रले ३ वटै ज्वाईँलाई ति जग्गाहरु उपहार प्रदान गरे । जेठो ज्वाईँले काठमाण्डौमा उद्योग संचालन गर्यो, कान्छो ज्वाईँले मिर्चैयामा चिनी मिल संचालन गरे । र, माईलोले जनकपुरको रंगभुमि मैदानमा वियरको उद्योग संचालन गर्ने सोचका साथ काम अगाडी वढाउन निधो गरे ।
दरबारकै मानिसबाट मकेश्वर बाबुले उक्त कुरा थाहा पाएपछि राजा महेन्द्रका सबैभन्दा नजिकका व्यक्ति मानिने सरदार विष्णु मनि आचार्यसँग भेट गरे । आचार्यको जनकपुरमा रंगभुमि मैदानको ठिक सामुने जनकपुरमा पनि घर थियो । आचार्यले जनकपुरलाई प्रिय ठाउँ मान्थे । आचार्यको दरबारमा यतिसम्म प्रभाव थियो कि तत्कालिन प्रधानमन्त्री तुल्सी गिरी भन्दा पनि उनले भनेको कुरालाई राजा महेन्द्रले इन्कार गर्दैनथे । त्यसैले मकेश्वर बाबुले सरदार आचार्यलाई भेटेर रंगभुमि दिनु भनेको ठुलो पापको काम हुन्छ र त्यसले पछि विद्रोह पनि निम्तिन्छ, राजालाई रोक्नुस्, भनेर भने । राजा महेन्द्र जस्तो मान्छे जसको आफुले एक पटक गरिसकेको निर्णयबाट फिर्ता लिने बानी छैन, यस्तो कुरा भनेर म सजायको भागिदार हुन्न भनेर आचार्यले जवाफ दिए । त्यसो भए मलाई नै राजासँग दर्शन भेट गराईदिनुस् भनेर भनेपछि आचार्यकै पहलमा राजा महेन्द्रसँग मकेश्वर बाबुको दर्शन भेट भयो । दर्शन भेटका क्रममा मकेश्वर बाबुले यसो भने,“सरकार, जनकपुरको यो बारहविघा भनेको धार्मिक ठाउँ हो । त्यो ठाउँमा भगवान राम जानकीको विवाह हुँदा स्वयम्बर भएको ठाउँ हो । त्यो ठाउँमा ज्वाईँ साहवले कारोवार गर्ने भएपनि फलिफाप हुँदैन । र, यसले जनमानसमा पनि ठुलो विद्रोह निम्तियाउँछ ।” यति सुन्ने वित्तिकै राजा महेन्द्र रिसाए । मैले छोरा सरह ज्वाईँलाई दिईसकेको बक्सिस मैले फिर्ता लिन्न । विद्रोहको नामले मलाई तिमीले डराउन खोज्ने ? ९÷९ बर्ष जेल बसेर तिमीलाई पुगेन । सरदार बाजेको नजिकको मान्छे तिमी नभईदिएको भए अहिले तिमीलाई फेरी जेल हाल्थें । खुरुक्क यहाँबाट गईहाल भन्दै राजा महेन्द्रले आक्रोश पोखे ।
तर, राति राजाको मनमा के भयो, भोली विहान फेरी राजाले मकेश्वर बाबुलाई दरबारमा बोलाए । तिमीले भनेको कुरामा म अनावश्यक रिसाएँ । साँच्चिकै त्यो त आध्यात्मिक इतिहास बोकेको ठाउँ हो । मैले के गर्ने, भुमि सुधारमा बस्ने गोरुहरुको कारण उनीहरुले सिफारिस गरेको हो । तिमी नै भन, ज्वार्ईँलाई दिईसकेको कुरा तिमीले नै कसरी फिर्ता माग्थ्यौ, राजा महेन्द्रले भने । सरकारको आदेश भयो भने ज्वाईँ साहवलाई म कन्भिन्स गर्छु भन्दै मकेश्वर बाबुले सरदार आचार्यलाई लिएर ज्वाईँ साहवको दरबारमा पुग्नु भयो । त्यो जग्गाको ऐतिहासिक तथा धार्मिक पृष्ठभुमिबारे बताउँदा ज्वाईँ साहव त राजा भन्दा पनि बढी आक्रोशित हुनु भयो । तुरुन्त मेरो घरबाट बाहिर जानुस भनेर ज्वाईँ साहवले मकेश्वर बाबुलाई आदेश गरे । तर, ज्वाईँ साहवसँगै एक जना उनको आफन्त बुढो मान्छे पनि सँगै बसेका थिए । उनले त्यो कुराको गाम्भीर्यता र सम्वेदनशिलतालाई बुझ्दै के भने मकेश्वर सिंह बाहिर जाँदैन, बरु तिमीले पुनर्बिचार गर्नुपर्छ । धार्मिक जग्गामा गरिने कारोवारले तिमीलाई पनि फलिफाप गर्दैन । तर, त्यो बुढो आफन्तको कुरालाई पनि ज्वाईँ साहेवले मानेनन् । त्यसपछि १२ विघाको ठाउँमा जनकपुरमै अर्को ठाउँमा २४ विघा जग्गा छ, बरु त्यो जग्गा लिनुस भनेर मकेश्वर बाबुले प्रस्ताव गरेपछि ज्वाईँ साहेव तयार भए । अनि रत्न सागर स्थित जनकपुरको १२ विघा र कभर्ड हल नजिकको अर्को १२ विघाको प्लट दिलाइयो । यसरी अत्यन्तै बहुमुल्य सम्पदाको रुपमा रहेको रंगभुमि मैदान जोगाउन मकेश्वर बाबुको ठुलो प्रयत्न रहेको थियो । पछि गएर मकेश्वर बाबुले रंगभुमि मैदान नीजि मान्छेहरुले पनि कब्जा गर्लान कि भन्ने डरले सताएपछि त्यसको संरक्षणका लागि प्रयत्न गरे । राजा महेन्द्रलाई उनले भने,“ जनकपुर चुरोट कारखानाको लागि कलकताबाट ठुलो ठुलो मेसिन आएको छ । गेट बनाउनका लागि आएको वेलिडङ मेसिनबाट १२ विघा घेर्नका लागि ग्रिल बनाउन हजुरले आदेश दिबक्सियोस् ।” राजाले आदेश दिए । ग्रिल बन्यो । उनले आफ्नै दाई तपेश्वर सिंहलाई कन्भिन्स गरी ५ हजार इटा बराबरको मुल्य लिई, स्थानीय स्तरमा सिमेन्ट आदि सामग्रीहरु जुटाई १२ विघा मैदानको कम्पाउन्ड वाल निर्माण गर्नुका साथै त्यसमा ग्रिल लगाएका थिए ।
यति भईसकेपछि राजा महेन्द्रले मकेश्वर बाबुलाई दरबारमा बोलाउनु भयो । म राजा महेन्द्र जो कुनै निर्णय गर्दा कहिल्यै पनि गलत निर्णय नगरेको व्यक्तिबाट भएको गलत निर्णयलाई तिमीले समयमै सचेत गरायौ, तिम्रो आँट, साहस र बुद्धिमताको म प्रशंसा गर्छु । मैले पुर्व पश्चिम राजमार्ग पनि बनाएँ । कम्यूनिष्ट जस्तो देश रहेको सोभियत संघबाट विभिन्न पुलहरु निर्माण गर्न लगाएको छु । जग्गा सम्बन्धि यो कुरा बाहिर पब्लिकमा गयो भने नराम्रो हुन्छ । यो कुरा बाहिर सार्वजनिक नगर्नु भनेर राजा महेन्द्रले मकेश्वर बाबुसँग बाचा गराए । त्यति खेरै दरबार हुँदै गईरहेका यूवराज विरेन्द्रलाई राजा महेन्द्रले बोलाएर भने,“ छोरा, म त मुटु रोगी भएँ, म अब कति दिन छु छैन, म पश्चात तिमीले नै देश चलाउनु पर्छ । राजापाठ चलाउनु पर्छ । यो व्यक्ति मकेश्वर सिंह हो । यसलाई चिन । यी जस्ता व्यक्तिलाई कहिल्यै पनि साथ नछोड्नु । राजा जस्तो व्यक्तिलाई पनि यीनले गल्ती औंल्याए ।” त्यहाँबाट राजा महेन्द्रले चिनजान गराएको समय देखि राजा विरेन्द्रले पञ्चायती व्यवस्था रहुनजेल सम्म कुनै न कुनै पदमा राखेको थियो । राजा विरेन्द्रले उनलाई सम्मान स्वरुप राज्यसभा सदस्य, पञ्चायत सदस्य, पञ्चायत नीति तथा जाँचबुझ समिति सदस्य जस्ता पदहरुमा मनोनित गरेका थिए । राजा विरेन्द्रले मकेश्वर बाबुलाई ३ किसिमको तगमा पनि प्रदान गरेका थिए । प्रवल गोर्खा दक्षिण बाहु, शुभराज्याभिषेक पदक तथा भुकम्प पीडित पदक उनलाई नारायणहिटी राजदरबारबाट प्रदान गरिएको थियो ।
राजा ज्ञानेन्द्रको प्रस्ताव अस्वीकार
पछि राजा ज्ञानेन्द्रको शासनकालमा पनि राजा ज्ञानेन्द्रले उनलाई राजनीतिमा सक्रिय हुन भनेका थिए । जनकपुर भ्रमणमा आएको बेला राजा ज्ञानेन्द्रसँग मकेश्वर बाबुले दर्शन भेट गरेका थिए । उक्त समयमा तिमी जस्तो विकास प्रेमी मान्छे किन यति चाँडै राजनीतिबाट निस्क्रिय भएको, राजनीति गर । धार्मिक नगरी जनकपुर जस्तो ठाउँको विकास गर्न तिमी सक्रिय हुनुपर्छ भनेर भन्दा मकेश्वर बाबुले जवाफ दिए,“ सरकार म भन्दा पहिले नै मेरो एकलो छोरा र बुहारी दुवैको मृत्यु भईसकेको छ । म अब आफ्नो जिवनको सम्पुर्ण समय आफ्ना दुई नातीहरु रितेश र रुपेशलाई दिन चाहन्छु । भित्रैबाट म अब टुटिसकेको छु । अब राजनीति गर्दिन ।”
जानकी मन्दिरको ५२ विघा जग्गा बचाउन मकेश्वर बाबुको संघर्ष
 जानकी मन्दिरको ५२ विघा जग्गा यहाँका केही नेता र प्रशासनले आफ्नो नाउँमा नामसारी गराउन लागेका थिए । यो कुरा बाहिर सार्वजनिक भएपछि मकेश्वर बाबु बेंगा शिवपुरका स्थानीयवासीहरुलाई जम्मा गरी संघर्ष गर्न उक्साएका थिए । स्थानीयवासीहरुलाई घरेलु हतियार सहित प्रदर्शन गर्न लगाएका थिए । पछि नामसारी गर्न खोजेका जनकपुरका एक जना नेताले उनलाई टेलिफोन गरी तिमी पछाडी हट नत्र तिम्रो घरमै बम विस्फोट गराईदिन्छु भनेर धम्की समेत दिएका थिए । पछि दरबारलाई जानकारी गराई उनले त्यो काम रोकाउन लगाएका थिए । यति मात्र होइन जानकी मन्दिरको परिसर अहिले जति खाली छ पहिले त्यति थिएन । त्यो परिसर पनि उनले अत्यन्तै जोखिम मोलेर खाली गराएका थिए ।
जानकी आँखा अस्पतालको १ विघा १८ कठ्ठा र नेपाल अपाङ्ग संघको अहिले १९ कठ्ठा जग्गा रहेको छ । यी दुईवटै जग्गा एउटा कुट्टी अन्तरगत बाबाजीको मातहतमा थियो । तर, त्यो जग्गा कब्जा गर्नका लागि महोत्तरीका १, धनुषाका ३ र काठमाण्डौका १ जना नेता र तत्कालिन अञ्चलाधिश दामोदर शमशेरले त्यो जग्गा ६ जनाको नाउँमा नामसारी गराउने प्रपन्च रचेका थिए । त्यो कुरा मकेश्वर बाबुले थाहा पाएपछि त्यसको विरोध गर्नु भयो । त्यो ५ जना मध्ये एक जना जो जनकपुरकै थिए उनको कोठामा आई त्यो दुई ठाउँको जग्गा मध्ये एक ठाउँको जग्गा तपाई नै राख्नुस र बाँकी एक ठाउँको जग्गा हामी ५ जनाले बाँड्ने छौं भनेर प्रस्ताव गरेका थिए । तर, त्यो जग्गा लिएर मैले के गर्ने भनेर अस्विकार गर्दा त्यो जग्गामा पोखरी खनेर माछा पालन गरी राजनीति गर्न आय स्रोत पनि हुने भनेर प्रलोभन दिँदा पनि उनी तयार भएनन् । पछि राजा विरेन्द्रबाट ठाडो आदेश गर्न लगाई जग्गा नामसारी हुनबाट उनले रोक्न लगाए । तत्कालिन अञ्चलाधिश दामोदर शम्शेरलाई राजाले प्रष्ट रुपमा के आदेश दि एभने त्यो जग्गाको के कार्यमा सदुपयोग हुन्छ मकेश्वर बाबुसँग सोधेर गर्नु भनेपछि मकेश्वर बाबुले पछि त्यहाँ जानकी आँखा अस्पताल र नेपाल अपाङ्ग संघ निर्माण गर्न लगाउनु भयो ।
विकासका लागि सदैव अग्रसर
जनकपुरमा अहिले जे जति पनि पुर्वाधारहरु छन् प्रायः जसो पुर्वाधारहरु निर्माण हुनुमा मकेश्वर बाबुको ठुलो योगदान रहेको छ । ती पुर्वाधारहरु निर्माण गर्न उनले आर्थिक लगानी नगरेपनि जग्गा दाताहरुलाई खोजेर तिनीहरुलाई उत्प्रेरित गरी जग्गा दान गर्न लगाउने र ती दान गरिएको जग्गाहरुमा विद्यालय, अस्पताल जस्ता पुर्वाधारहरु निर्माण गराउन उनको ठुलो भुमिका छ । रामस्वरुप साह, रामसागर साह जस्ता जग्गा दाताहरुलाई प्रोत्साहित गरी विद्यालय, कलेज, अस्पताल निर्माण गर्न लगाएका थिए । सोही क्रममा हालको जनकपुर अञ्चल अस्पताल तथा पहिलेको जानकी पब्लिक अस्पतालको विकासको काम होस वा राराब क्याम्पस, सरस्वती नमुना उच्च माध्यमिक विद्यालय, सकलभवन कन्या माबि, बाल मन्दिर, नेपाल रेडक्रसको भवन आदिको निर्माण सहित विभिन्न मठ मन्दिर, धर्मशाला, सागरपोखरी आदिको निर्माण तथा जिर्णोद्धारमा उनको महत्वपुर्ण योगदान रहेको छ । तसर्थ राजनीतिक रुपमा जे जस्तो आस्था उनको भएपनि उनले समाजको र देशको हितका लागि लिएको अडान तथा उनका योगदानलाई आजको पुस्ताले पनि सम्झनु आवश्यक छ । मकेश्वर बाबु मात्र होइन, आधुनिक जनकपुर निर्माणमा भुमिका तथा योगदान पुर्याउने ती सम्पुर्ण अग्रज पुर्खाहरुलाई आजको पुस्ताले किन पनि स्मरण गर्न सकेको छैन भने ती महान हस्तीहरुको नाउँमा न कतै शालिक निर्माण भएको छ, न कहिँ कतै कुनै चौक वा स्मारक वा सडकको नामाकरण नै उहाँहरुको नाउँमा गरिएको छ । तसर्थ ती सम्पुर्ण महान हस्तीहरुको योगदानलाई अमर पार्नका निम्ति पनि उहाँहरुको नाउँमा विद्यालय, अस्पताल, चौक, चौराहा तथा सडकहरुको नामाकरण गरिनुपर्दछ । स्वर्गीय मकेश्वर बाबुको योगदान प्रति द एक्सक्लुसिभ पनि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छ ।
(स्वर्गीय मकेश्वर बाबुका नातीहरु रितेश सिंह र रुपेश सिंहसँग द एक्सक्लुसिभले गरेको कुराकानीमा आधारित)


२०७३ पौष १७ गते आईतबार

अन्तरबार्ता ः म यो देशको धर्ती पुत्र हुँ, परिमार्जन सहितको संशोधन विना कुनै पनि चुनाव हुन दिन्नौं ः राजेन्द्र महतो

सदभावना पार्टीका राष्टिूय अध्यक्ष राजेन्द्र महतोले आफु भारतीय नागरिक नभई यो देशको धर्तीपुत्र रहेको भन्दै व्यवस्थापिका संसदमा प्रस्तुत भएको संविधान संशोधन विधेयक परिमार्जन सहित संशोधन हुँदैन भने यो देशमा कुनै पनि चुनाव सम्भव नहुने बताएका छन् । सदभावना अध्यक्ष महतोसँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागील विभिन्न समसामायिक विषयहरु बारे गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ ।

संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुष १८ गते खबरदारी विरोध जुलुस गर्ने निर्णय गरेको छ । त्यो विरोध किन गर्न लागिएको हो ?
फेरी बैइमानी सुरु भयो । मधेसी जनताले आन्दोलन मार्फत जे माग गरेका थिए त्यो भईरहेको छैन । संविधान संशोधन गरी मधेसी जनतालाई अधिकार दिलाउनका निम्ति व्यवस्थापिका संसदमा संशोधन विधेयक दर्ता भयो । तर, उक्त विधेयक पास गराउनुको सट्टा विधेयकलाई लावारिस छोडेर चुनावको कुरा आउँदैछ । त्यसकारण हामीले खबरदारी विरोध मधेसका सम्पुर्ण जिल्लाका सदरमुकामहरुमा पुष १८ गते आयोजन गरी सरकार र प्रतिपक्षलाई के खबरदारी गर्न चाहन्छौ भने संशोधन विना कुनै पनि निर्वाचन यो देशमा सम्भव छैन ।
कस्तो संशोधन खोज्नु भएको हो ?
परिमार्जन सहितको संशोधन । अहिले प्रस्तुत गरिएको संशोधन विधेयकमा मधेसका थुप्रै सवालहरु बाँकी छन् । सिमांकन, नागरिकता, भाषा लगायत थुपै्र मुद्दाहरुमा परिमार्जनको आवश्यकता छ ।
तर खास चाही तपाईहरुले सिमाङ्कनमा नै परिमार्जन खोजेको हो त ?
सिमाङ्कनको सवाल मुख्य सवाल हो नै । पहिले मधेसका ८ वटा जिल्लाहरु प्रदेश नं. २ मा दिइयो तर मधेसको १९ जिल्लाहरु मध्ये ११ वटा जिल्लाहरु गायव गरियो । अहिले संशोधन विधेयकबाट ५ नम्बर प्रदेशमा ६ वटा जिल्लाहरु नवलपरासी देखि बर्दियासम्म दिने कुरा गरेको छ । तर, बाँकी ५जिल्लाहरु झापा, मोरंग,सुन्सरी, कञ्चनपुर र कैलाली जुन कि मधेस थरुहटको भुभाग हो त्यसलाई दिइएको छैन । ती ५ जिल्लालाई विवादित भनि आयोगद्वारा समाधान गर्ने भनिएको छ । तर त्यो समाधान कसरी गर्ने भन्ने बाटो खोलिएको छैन । पाण्डवहरुले ५ गाउँ माग्दा कौरवले नदिएपछि महाभारत भएझैं मधेसले आफ्नो जिल्ला मागिरहँदा नदिइए यहाँ पनि महाभारत हुन्छ ।
अभि नहि तो कभि नहि, अव कि बार आरपार जस्ता नाराहरु तपाईले मधेस आन्दोलनताका दिनु भएको थियो । के त्यो नाराहरु विर्सनु भएको छ ?
होइन, मैले विर्सेको छैन । नेताले विर्सेपनि जनताको मुद्दा सहितको नारा कहिल्यै पनि विर्सन्न, जनताले । त्यसैले त संविधान संशोधनमा अहिले बैइमानी भईरहेको कारण हामीहरुले पुष १८ गते देखि आन्दोलन गरेर सरकारलाई प्रष्ट रुपमा बताईरहेका छौ कि संशोधन विना कुनै पनि निर्वाचन हुँदैन ।
नेकपा एमाले त संविधान संशोधन विधेयकको विरोधमा आन्दोलन नै गरिरहेको छ । संसद पनि अवरुद्ध गरिरहेको छ । पहाडबाट तराईलाई छुट्याउनु हुँदैन भनिरहेको छ । यस्तो अवस्थामा संशोधन कसरी पारित हुन्छ ?
एमाले त सँधै मधेस विरोधी पार्टी हो । अहिले उसले संघीयताको विरोधमा काम गरिरहेको छ । ५ नम्बर प्रदेशमा मधेस थरुहटलाई संशोधन विधेयकमा दिईसकेको ५जिल्ला पनि फिर्ता लिने कुरा गरिरहेको छ । यो त एकात्मक सोच हो । हिजो पनि तराई, पहाड र हिमाललाई मिलाएर यो देशमा एकात्मक शासन गरेकै हो । फेरी पनि त्यस्तै एकात्मक शासन लादन खोजेको छ एमालेले । यदि संसद अवरुद्ध गरी असंसदीय गतिविधि जारी नै राख्यो, संशोधन विधेयकलाई पारित गराएन भने मधेसमा पनि मधेसी जनताले एमाले मुक्त मधेसको अभियान चलाएर मधेसबाट एमालेलाई सफाया गर्न सक्छ ।
तर त्यो आन्दोलनमा एमालेसँगसँगै कांग्रेस र माओवादीका नेताहरु पनि लागेका छन् नि ?
हो, त्यसैले हामीलाई तीनवटै दलहरु प्रति शंका छ । संशोधन विधेयक ल्याउने कांग्रेस र माओवादी प्रति पनि शंका छ । त्यसैले हामीले सरकारलाई पनि खबरदार गरिरहेका छौं ।
त्यसो भए तपाईहरुले सरकारलाई दिएको समर्थन फिर्ता किन लिईरहनु भएको छैन ?
कांग्रेस र माओवादीले प्रस्तावलाई फिर्ता लिएको छैन । संशोधन विधेयकको प्रस्तावलाई इन्कार गरेको छैन । हामीहरुलाई प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले के भनिरहेका छन् भने हाम्रा केही नेताहरु फेस सेभिङका लागि वा पब्लिक कन्जम्पशनका लागि आन्दोलनमा लागेपनि चुनाव हुँदा पार्टीको लाईनमै मतदान गर्नेछन् । तर त्यसको लागि एमालेले संसदमा छलफल त हुनदिनु पर्यो नि । एमाले अहिले अलोकतान्त्रिक र गैरसंसदीय चरित्र प्रदर्शन गरिरहेको छ । त्यसैले मतदानमा कांग्रेस र माओवादीको पनि परीक्षण हुन बाँकी छ । यदि कांग्रेस र माओवादी पनि एमाले जस्तै भयो भने तिनीहरु विरुद्ध पनि आन्दोलन गरिने छ । समर्थन फिर्ता लिइने छ । विगतमा पनि ती ३ दल विरुद्ध हामीले लडेकै हो ।
के सरकार परिमार्जनका लागि तयार भएको छ ?
हो, प्रधानमन्त्री प्रचण्ड र देउवा जीले हामीहरुलाई भनिरहनु भएको छ कि तपाईहरुले खोजेको जस्तो परिमार्जन संशोधन विधेयकमा हुन्छ ।
तपाईहरुले विदेशीको इशारामा संविधान संशोधन गरिरहनु भएको छ, विदेशीबाट परिचालित र आयातित संशोधन विधेयक रहेकाले यो विधेयक राष्टू घाती हो भनेर एमालेले आरोप लगाईरहेको छ नि ?
मधेसीलाई त एमालेले भारतीय भनेकै हो । २५ बर्ष देखि संघीयताको कुरा गर्ने सदभावना पार्टीका नेता गजेन्द्र बाबुलाई पनि भारतीय, विखण्डनवादी भने । एक प्रदेश माग्दा पनि विखण्डनवादी, अहिले दुई प्रदेश माग्दा पनि विखण्डनवादी भनिरहन्छन् । मधेसी जनताले आफ्नो भुभागमा अधिकार सम्पन्न प्रदेश खोजेर अहिले आफ्नै शासन र प्रशासन खोजेको छ । यो देश भित्रै । तर, अहिले यदि मधेस प्रदेश नदिने हो भने, मधेसी जनताले अधिकार सम्पन्न दुई प्रदेश नपाउने हो भने एमालेले मधेसीलाई विखण्डन तिर धकेलिरहेको छ भनेर बुझ्नु पर्छ । प्रदेश नभए मान्छेले के गर्छ । त्यसैले एमाले अहिले देशलाई विखण्डन गर्न चाहन्छ ।
जलेश्वर तथा टिकापुर सहित विभिन्न जिल्लामा लगाइएका मुद्दा र कैदीबन्दीहरुको मुद्दा फिर्ताका सवालमा तपाईहरुले के गरिरहनु भएको छ ?
अदालतमा नचलेको मुद्दाहरु मध्ये अधिकांश फिर्ता भईसकेका छन् । तर, अदालतमा रहेका मुद्दाहरु फिर्ताका लागि महान्यायाधीवक्ताको कार्यालयले तयारी गरिरहेको छ । सर्बोच्च अदालतबाट अनुमति लिएर ती फाईलहरुलाई क्याविनेटमा लगेर मुद्दा फिर्ता गर्ने प्रक्रिया अगाडी वढेको छ ।
मधेस आन्दोलनताका संविधान सभा र व्यवस्थापिका संसदबाट तपाईहरुले अर्थात तपाईका पार्टीका सभासद र सांसदहरुले राजीनामा गरेका थिए । तर, तपाईहरु फेरी सत्ता र भत्ताका लागि किन फिर्ता हुनुभयो ?
हो, राजीनामा हामीले गरेका थियौं । जब संविधान सभामा जवरजस्ती संविधान बनाउन लागिएको थियो तब हामीलाई के लाग्यो भने अब यहाँ हाम्रो ठाउँ छैन । हाम्रो ठाउँ भनेको अब सडक हो । हामी राजीनामा गरेर सडक संघर्षमा आयौं । तर, हाम्रो राजीनामा सभामुख सुभाष नेम्वाङले स्वीकार गरिदिएनन । त्यो उनको बैइमानी हो । र, संविधान सभा विघटन भएपछि जब हाम्रो राजीनामा नै स्वीकृत भएन, हाम्रो सांसद पद रहिरह्यो । र हामी व्यवस्थापिका संसदमा जानु पर्यो ।
आन्दोलनताका त तपाईले आफ्नो पार्टी कार्यालय काठमाण्डौबाट हटाएर मधेसमा ल्याउनु भयो । मधेसलाई अधिकार प्राप्त नभएसम्म केन्द्रिय कार्यालय अब मधेसमै रहन्छ भन्दै काठमाण्डौमा सम्पर्क कार्यालय राख्नु भयो । तर, अहिले मधेसले के पाईहालेको छ र, तपाईहरु पार्टी कार्यालय काठमाण्डौ लग्नुभयो ?
हाम्रो पार्टीको मान्यता के हो भने जहाँ आन्दोलन हुन्छ त्यहाँ पार्टीको केन्द्रिय कार्यालय हुनुपर्छ । मधेस आन्दोलन हुँदा हाम्रो कार्यालय मधेसमा आयो । तर, आन्दोलन मधेसबाट काठमाण्डौ सिफ्ट भएपछि पार्टी कार्यालय पनि सिफ्ट गर्नुपर्यो । अब फेरी आन्दोलन हुन्छ भने पार्टी कार्यालय मधेसमा सिफ्ट हुन्छ ।
काठमाण्डौसँग नाता तोडेर वा भनौ तत्कालिन प्रधानमन्त्री केप ीओली सँग माग पुरा नभएसम्म नबोल्ने वा अब काठमाण्डौ नजाने भनेर तपाईले उदघोष गर्नु भएको थियो । तर, विराटनगरमा ओली सरकारको प्रहरीले तपाईलाई कुटेर घाईते बनाएपछि दिल्लीबाट उपचार गरेर मधेस फर्किनुपर्नेमा तपाई त सिधा बालुवाटार पुगी प्रधानमन्त्री ओलीसँग चिया खान पुग्नु भयो । किन ?
हेर्नुस, यहाँ सरकारले के भनिरहेको थियो भने राजेन्द्र महतोका कारण मात्रै बार्ता भईरहेको छैन । सरकार र मोर्चा बीच बार्ता हुने क्रममा राजेन्द्र महतो नआएकै कारण बार्ता निस्कर्षमा पुग्न सकिरहेको छैन भनेर हल्ला फैलाइएको थियो । मलाई बदनाम गरिएको थियो । उपचारको बेलामा म दिल्लीको रहेको समय प्रधानमन्त्री ओलीले मलाई फोन गरेर तपाई यहाँ आएपछि सबै कुरा मिल्छ, तपाई जसरी पनि काठमाण्डौ आउनु पर्यो भनेर भनेपछि मात्रै गएको हुँ । तर, म गएपनि परिणाम त निस्केन । त्यसैले केपी ओलीलाई एक्सपोज गर्नका लागि म त्यहाँ जानु पर्यो । मलाई पहिले देखि थाहा थियो कि यो ओलीको नौटंकी हो । ३६ पटक वार्ता भयो तर ओलीले समाधान गरेनन् ।
तपाई भारतीय नागरिक हो भनेर भन्ने गरिन्छ । तपाई यो देशको बंशज नागरिक नभई विहारबाट आएर आन्दोलन उचालेको भनेर एमालेले पटक पटक आरोप लगाउने गरेको छ । साँच्चै के तपाई नेपाली नागरिक होइन ?
यो देशमा एमालेले पुरै मधेसियालाई भारतीय भन्छ । म मधेसीको नेता भएपछि मलाई उसले महाभारतीय देख्नु अन्यथा होइन । यदि म नेपालको नागरिक होइन भने सरकारले मेरो नागरिकताको सवालमा स्वेतपत्र जारी गर्नुपर्यो । रहयो कुरा मेरो नागरिकताको भने म यो देशको धर्ती पुत्र हो । मेरो नागरिकता जन्मसिद्ध नागरिक हो । मैले विगत १८ बर्ष देखि नागरिकता नपाएको मधेसीहरुको लागि लडाई लडिरहेको छु । त्यसैले मलाई उनीहरु भारतीय भन्छन् । अहिले पनि म बैवाहिक अंगिकृतहरुको नागरिकताको लागि लडिरहेको छु । १९ सालमा संविधान बनाउँदा अंगिकृत नागरिकलाई संवैधानिक पदमा जान रोक लगाइएन । ४७ सालको संविधानमा १० बर्ष पछि बैवाहिक अंगिकृतले र सोही प्रावधान अन्तरिम संविधानमा पनि संवैधानिक पदमा जान पाउने व्यवस्था गर्यो । के त्यो सबै संविधानहरु मधेसीले बनाएको हो ? त्यसैले तिनीहरु गल्ती आफै गर्छन र दोष सारा भारतलाई लगाउँछन् ।
तपाईले पटक पटक मन्त्री भएर अकुत सम्पति आर्जन गर्नु भएको छ भन्ने पनि आरोप लाग्छन् नि ?
त्यसो हो भने सरकारले आफ्नो संयन्त्रहरुलाई प्रयोग गरेर अनुसन्धान गरी मलाई जेल भित्र हाल्नु पर्यो नि । कसले रोकेको छ सरकारलाई ।
मधेसी मोर्चा भित्र पनि खटपट छ भन्छन् ?
पार्टीहरुको एक आपसमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो । तर, सिंगो मधेसको एजेण्डामा मोर्चा एक मत छन् । एकतावद्ध भई संघर्ष गर्न तयार छन् ।
संसद तपाईहरुले कहिले छोड्ने हो ?
हामीले अहिले संसद छोड्ने निर्णय गरेका छैनौं । मोर्चाले अहिले त्यो सोचेको पनि छैन । मोर्चाको ध्यान के हो भने संशोधन विधेयक परिमार्जन सहित कसरी पुरा हुन्छ ।

२०७३ पौष १७ गते आईतबार