Monday, September 12, 2016

अजब–गजब छ बा ! सुदर्शन सिंह


ऐ बा व्यूझ न ब्यूझ विकासको नाममा विनाशै गर्यो यी डाकाहरुले । म जनकपुर आमा हौं चिनेनौं !

२०७३ भाद्र २६ गते आईतबार

सडक शिलान्यास र विरोध

धनुषाको जनकपुर देखि कमला सम्मको सडकसम्मको 
 निर्माणका लागि देउरी परवाहामा 
शिलान्यास गर्दै मन्त्री रमेश लेखक ।
अजय अनुरागी
जनकपुरधाम............
लामो समयदेखि जर्जर अवस्थामा रहेको जलेश्वर(भिट्ठामोड(जनकपुर सडक र जनकपुर(तिनकोरिया(कमलासम्मको दुईवटा छुट्टा छुट्टै सडक खण्ड निर्माण गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जलेश्वरको खयरा चोकमा र धनुषाको देउरी परवाहामा शुक्रबार शिलान्यास गरेका छन् । उक्त सडक नेपाल सरकारको लगानीमा बन्न लागेको हो ।
जलेश्वर(भिट्ठामोड(जनकपुर सडक ४ लेनको गुणस्तरीय सडक, सडक विभाग, हुलाकी राजमार्ग आयोजनाबाट निर्माण हुने सो सडकको ठेक्का अवधि ३ बर्षको रहेको र २ बर्ष मर्मत संभार अवधि समेत रहेको हुलाकी राजमार्ग आयोजनाका प्रमुख बलराम मिश्रले बताए । २३ मिटर चौडाई रहेको उक्त सडक ४ लेनको हुने बताइएको छ । ९४ करोड रकमको लागतमा बन्ने उक्त सडक प्रतिभा÷ वाइपी जेभी र आशिष÷पप्पु÷रोशन जेभी कन्स्टूक्सनले बनाउने सम्झौता भएको हो । उक्त सडकमा जनकपुरको जिरोमाईल देखि ९ किलोमिटरसम्मको एउटा प्याकेज र ९ किलोमिटर देखि १८.४ किलोमिटरसम्मको अर्को प्याकेजमा सडक निर्माण हुने सम्झौता भएको मिश्रले बताएका छन् । यसका अतिरिक्त सहरी क्षेत्रमा दुवै तर्फ ३.५ मिटर थपेर कुल २१ मिटर चौडाईको सडक बन्ने छ ।
त्यसैगरी धनुषाको हुलाकी सडक अन्तरगतको जनकपुरको कदम चौक देखि तिनकौरिया चौक हुँदै कमला पुलसम्म करिब २५ किलोमिटर सडक ७ मिटर अर्थात २ लेनको निर्माण हुने भएको छ । लामा÷रमण कन्स्टूक्सनले भ्याट समेत गरी ५० करोड रुपैयाँमा उक्त सडक निर्माण गर्ने सम्झौता गरेको हो । २ बर्षको समय अवधिमा उक्त सडक निर्माण गरिने र कालो पत्रेको पिच ११ मिटर रहने गरी सम्झौता गरिएको छ ।
शिलान्यासपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री लेखकले महोत्तरी र जनकपुरलाई भारतीय सीमासँग जोड्ने व्यापारिक र पर्यटकीय महत्वको यो सडक नेपाल सरकारको आफ्नै श्रोतबाट स्तरोन्नती गरिने जनाए । नेपाल सरकारले यो समेत हुलाकी सडकअन्तर्गतका १७ वटा सहायक मार्गमध्ये ६ वटा मार्ग स्तरोन्नतिका लागि ५ अर्ब ४४ करोड व्यवस्थापन गरिएको उनको भनाई थियो । ‘अब यो सडक बन्दैन की भन्ने कसैले आशंका नगरे हुन्छ,’ लेखकले भने ‘राज्यले ९३ करोड ४३ लाख बजेट ब्यवस्थापन गरिसककोले अव ४ लेनमा आगामी ३ वर्ष्भित्र कालोपत्रे भै सक्ने छ ।’
जनकपुर जलेश्वर भिठ्ठामोड सडकको
जलेश्वरमा शिलान्यास गर्दै मन्त्री रमेश लेखक ।

विकासको मूख्य पूर्वाधार मानिएको यो सडकको जर्जर अवस्थाले यहाँको दैनिक जीवनमा अनेकन कठिनाई मात्र थपिएको छैन, महोत्तरीको समृद्धि र प्रगतिलाई नै असहज बनाएपछि स्तरोन्नतिका लागि सरकारलाई चौतर्फी दवाव परेको थियो । सन् २०१० मै भारतीय ठेकेदारले काम सुरु गरे पनि केही दिनपछि छाडेर भागेपछि स्थानियमा शिलान्यास भएर पनि फेरि पनि नबन्ने पो हो की भन्ने आशंका ब्याप्त छ ।
पाँच बर्ष अघि भारत सरकारको लगानीमा यो सडकलाई कालोपत्रे गर्ने ठेक्का पाएको भारतीय कम्पनी भिस्वा विभिएस आर जेभीले कामै नगरी ३० महिने ठेक्का अवधि गुजारेर बेपता भएपछि उक्त सडक निर्माणको कार्य अलपत्र परेको थियो । त्यसबेला १ जुलाई २०११ देखि काम सुरु गरी ३० महिना भित्रै काम सम्पन्न गर्ने दुवै देशका पदाधिकारीहरु बीच सम्झौता भएको थियो । तर, सडक निर्माण कार्य छोडेर ठेक्केदारले ५ प्रतिशत समेत काम नगरी बेपता भएपछि सडक विभागले पटक पटक सडक टालटुल पार्ने नाममा लाखौ रुपैयाँको बजेट सिध्याउने गरेको थियो । २०२९ साल तिर उक्त सडक भारत सरकारको लगानीमा कालो पत्रे भएको थियो ।
प्रतिवर्ष ८० करोडभन्दा बढी राजश्व उठने तथा दैनिक ४० हजारभन्दा बढी यात्रु ओहोरदोहर गर्ने विद्यापति राजमार्गलाई महोत्तरी र धनुषाका राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाउँदै सडक निर्माणका लागि आन्दोलन थालेका  छन् ।  भिठामोड मुख्य भन्सार नाका जोडने मूल सडकको रुपमा रहेको जनकपुर(भिठामोड (विद्यापति राजमार्ग) सडक दशकौंदेखि जीर्ण रहेपनि सरकारले बनाउन कुनै पहल नगरेपछि महोत्तरी र धनुषाका राजनीतिक दलहरुले यसलाई प्रतिष्ठाको विषय बनाउँदै आन्दोलनमा उत्रेका हुन् ।  जिल्लाको सदरमुकाममा बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले सडक निर्माणका लागि तीन चरणको आन्दोलनको घोषणा समेत गरेको छ ।  बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष रामकुमार शर्माको संयोजकत्वमा प्रत्येक राजनीतिक दलका अध्यक्ष, सुन्दर अभियानी, विभिन्न संघसंस्था, नागरिक समाजलगायतका प्रतिनिधिहरु रहेको संघर्ष समिति बनाइएको छ । सो समितिले तत्कालका लागि तीन चरणको कार्यक्रमको घोषणा गरेको छ ।
जसमध्ये भाद्र १२ गते आइतवार महोत्तरी र धनुषा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको थियो, भाद्र १३ गतेदेखि १९ गतेसम्म (सात दिन) सडक तथा सडक छेउका गाउँमा प्रचारप्रसारसहित पम्पलेटिङ, कोणसभा, माइकिङ गरी हरेक चोकमा सर्वपक्षीय संघर्ष समिति निर्माण गरिएको थियो, भाद्र २० देखि २४ गतेसम्म पाँच दिनसम्म विभिन्न चौकमा रिले धर्ना दिइएको थियो । र, भाद्र २५ गते समाचार तयार गर्दाको दिनमा   जनकपुर(भिट्ठामोड सडकमा पूर्णरुपमा यातायात ठप्प पारिएको थियो ।
यति समयभित्र पनि सरकारले निर्माण कार्य सुचारु वा भरपर्दो प्रतिबद्धता नजनाए तेस्रो चरणमा जनकपुर(भिट्ठामोड सडकको मध्यमा पर्ने पिपरामा आमरण अनसनको कार्यक्रम गर्ने तय भएको शर्माले बताए । उनले भने, ‘यो सडक निर्माणलाई आफूले प्रतिष्ठाको विषय बनाएकोले यो सडक कि त बन्छ कि मेरो लाश उठछ ।’
एक दशकदेखि निर्माणको प्रतिक्षामा जीर्ण अवस्थामा रहेको उक्त सडक बनाउन माग गर्दै एक वर्षअघि २०७२ जेठ २४ गतेदेखि ‘सडक बनाउ या फाँसी दिय’ नाराका सुन्दर अभियान नाम दिएर यहाँका स्थानीयहरुले भिठामोड(जलेश्वर (जनकपुर सडक निर्माणको माग गर्दै एक सातासम्म आन्दोलन गरेका थिए ।
त्यतिबेला तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले आन्दोलन साम्य पार्न चाँडै नै सडक बन्ने मौखिक आश्वासन दिएका थिए । सुख्खा मौसममा सडकको धुलोले श्वास प्रणालीमा नकारात्मक असर पारी सर्वसाधारणले किस्ताबन्दीमा मृत्यु पाई रहेकाले किस्ताबन्दीमा नभई मार्ने नै भए फाँसी दिएर मारिदेउ भन्दै अभियानकर्मीले सडकजाम गरेर आन्दोलन गरेका थिए ।
२०७२ जेठ ३० गतेका दिन सडक विभागले लिखित रुपमै चाँडै नै सडक बन्ने सहमति गरेपछि त्यति बेला आन्दोलन समाप्त भएको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री निधिले चाँडै नै सडक निर्माण हुने भन्दै आश्वासन दिएको पनि एक वर्ष भन्दा बढी भइसके तर उक्त सडकको अवस्था झन् दयनीय बन्दै गएको स्थानीयहरुको भनाई रहेको छ । अहिले निधि देशकै उपप्रधान तथा गृहन्त्री भएका छन् । स्थानीयहरुले सडक गृहमन्त्रालाय अन्तर्गत नपरेपनि निधिले चाहने हो भने यो सडक चाँडै नै बन्ने आशा राखेका छन् ।
धनुषामा पनि विरोध
जनकपुर–कमला सडक ४ लेनको निर्माण हुनुपर्ने
माग राख्दै नयाँ शक्तिका सह संयोजक रामचन्द्र झा
धनुषाका प्रजिअलाई ज्ञापन बुझाउँदै ।
जनकपुरधामको कदम चौक देखि पुर्व कपटौल हँुदै कमला नदी सम्म करिब २५ किलोमीटरको हुलाकी सडक खण्ड ४ लेनको सडक निर्माण यथाशिघ्र हुनुपर्ने माग गर्दै नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सह(संयोजक एवं पुर्व स्थानीय विकास मन्त्री रामचन्द्र झाले विरोध गरेका छन् ।  ।सयौंको संख्यामा कार्यकर्ता एवं सरोकारवाला जनता सहित जिल्ला प्रशासन कार्यालय धनुषामा पुगी नेता झाले धनुषाको प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंलाई लिखित ध्यानाकर्षण पत्र बुझाएका थिए । सहिद पथ पुलचोक देखि यदुकुहाको जीर्ण सडकका साथै अधुरो रहेको अन्य सडकहरु सहिदपथ, खजुरी देखि यदुकुहा बालाबाखर, ढोलबाजा गोदार खण्डको जीर्ण सडकहरुको मर्मत र पुर्ण निर्माणको काम अविलम्ब प्रारम्भ गर्नुपर्ने तथा गैर जिम्मेवार ठेकेदारलाई कार्यवाही गर्न पनि माग गरिएको थियो । साथै उनले हुलाकी सडकको स्तरमा पुनरावलोकन गरि ४ लेनको स्तर निर्धारण गर्न जनताका यी माग पुरा नगरिए कडा संघर्षमा उत्रने अवगत गराएका थिए ।
यातायात मन्त्रीलाई संघर्ष समितिद्वारा ज्ञापन
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई संघर्ष समितिका संयोजक रामकुमार शर्माले ज्ञापन दिएका छन् । भिामोड(जनकपुर सडकलाई ४(चार) लेनको सडक नबनाई ६ लेनको सडक बनाउनु पर्ने, सडक गुणत्मकरुपमा निर्माण गर्न÷गराउन अनुगमन समिति गठन गर्नुपर्ने, सरकारले एकातर्फ १४ किलोमिटरको सडक(तिनकुने(सुर्य्विनायक)को निर्माण एकवर्ष भित्र सम्पन्न गर्ने तथा भिामोड(जनकपुर जस्ता आर्थिक, पर्यटकीय र अनतर्रा्ष्टिूय महत्वको सडकलाई कछुवा गतिमा ३० महिना लागाउनुको साटो १५(पन्ू) महिनामा निर्माण कार्य सम्पन्न गर्नुपर्ने, २०७३ को महान चाड विजया दशमी प्रारम्भ हुनु भन्दा अगाडि भिामोड(जनकपुर सडकलाई पूर्ण मरम्मत गर्नुपर्ने, सडक निर्माणको ठेक्का पाएका मुख्य निर्माण व्यवसायीलेनै कार्य गर्नुपर्ने, पेटी कन्टूयाक्टरले बनाउन नपाउने गरी ५ बुँदे ज्ञापन बुझाएका थिए ।
भिामोड(जनकपुर सडक(विद्यपति राजमार्ग) निर्माणकालागि सर्वदलीय÷सर्वपक्षीय “महोत्तरी(धनुषा संयुक्त संघर्ष समिति” को जारी आन्दोलन पश्चात सडकको शिलान्यास गर्न आएको कुरालाई संघर्ष समितिले साकारात्मकरुपमा लिएपनि आफूहरुको ६(छ) लेनको सडक निर्माणको मांग भन्दा रतिभर पछि हटेको छैन भन्ने कुरा ज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिवर्ष ७० देखि ८० करोड सरकारलाई राजश्व बुझाउने भिामोड भन्सारको प्रमुख मार्गकोरुपमा रहेको यस सडक, जुन ६(छ) लेनको सडककोरुपमा पास भई जनताबाट जग्गा अधिग्रहण समेतगरी विगतमा टेन्डर भइसकेतापनि, यसलाई हाल ४(चार) लेन र वर्चश्ववाला मन्त्रीको निर्वाचन क्षेत्रभित्र रहेको जटही(जनकपुर सहायक सडकलाई ६(छ) लेनको सडक निर्माण हुनुलाई हामीले, यहाँको जनतामाथिको भेदभाव र यस जिल्लाको समुचित विकासको अवरोधकको रुपमा लिंदै भिामोड(जनकपुर सडकलाई ६(छ) लेनकै बनाउनु पर्ने न्यायोचित माँगलाई जारी राख्ने निर्णय गरिएको ज्ञापनमा उल्लेख छ ।
आन्दोलनको निरन्तरता
महोत्तरीको पिपरामा धर्ना दिँदै संयूक्त आन्दोलन समिति ।
नेपाल सरकारले २०५४ साल जेष्ठ ३० गते देखि मैथिलीका महाकवि विद्यापतिको नाममा नामाकरण गरेको जनकपुर(भिामोड सडकमा गत भदौ २० गतेदेखि जारी रहेको आन्दोलन पूर्ववत जारी रहेको महोत्तरी(धनुषा संयुक्त संघर्ष समितिले जनाएको छ । आन्दोलनको कार्यक्रम अनुसार जनकपुरदेखि भिामोड सडकको भिामोड(मलिवारा), जलेश्वर(सिनेमाहल चोक), प्रकौली, पिपरा, सहोडवा, विन्धि र लादोबेलामा ५ दिईरहेको धर्ना कार्यक्रमलाई निरन्तरता दिँदै २५ र २६ गते जनकपुर(भिामोड सडकमा यातायात ठप्प पार्ने, २७ गते मानव सांगलो बनाउने र २८ गतेदेखि महोत्तरीको पिपरामा संघर्ष समितिका संयोजक रामकुमार शर्मा, माओवादी नेता फुलकुमारी महतो लगायतले आमरण अनसनमा बस्ने कार्यक्रम यथावत नै रहेको जनाइएकोछ ।
विकासको मामिलामा अति पिछडिएको जिल्लाको रुपमा महोत्तरी उपल्लो श्रेणीमा आउछ । यहाँ शिक्षा,स्वास्थ्य र सडकको चर्चा गर्नु पर्दा तिनै क्षेत्रमा यहाका जनताले विकास भएको अनुभुति गर्न सकेका छैनन । जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा सडक दुर्घटना मै मृत्यु हुनेको संख्या ३० छ भने सयौको संख्यामा वार्षिक यात्रुहरु सडक दुर्घटनामा घाईते हुने गरेका छन । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक जनक भटटराईले समेत सोमवार सडकको अवस्था बुझ्न निरिक्षणमा जादा सडकमा रहेको खाल्डा खुल्डी नपुरेसम्म सडक सुरक्षाको दृष्टीकोणले यात्रा गर्न लायक नरहेको बताएकाछन् ।
धनुषा स्थित जनकपुर चुरोट कारखाना संचालनमा रहेको वेलासम्म चुरोट कारखाना कै लागि भिठामोड नाका हुदै दैनिक दर्जनौ टूक आउने गरेकोले सामान्य मर्मत भै रहने गरेपनि कारखाना बन्द भएदेखि सडकको स्तोरन्नती हुन सकेको छैन । भिट्ठामोड भन्सारले वर्षेनी ७० देखि ८० करोड नेपाल सरकारलाइ राजश्व बुझाउने गरेको छ । सडक विभागले वार्षिक रुपमै सडक मर्मतको लागि ठूलै रकम निकासा गर्ने गरेको तर त्यसको १० प्रतिशत रकम समेत सडकमा खर्च हुन नसकेको स्थानियहरुको आरोप छ ।
विगतका दुई वर्षमा दुई पटक आफै अगुवा भई ‘सडक बनाऊ या फासी देऊ, किस्तावन्दीमा मृत्यु चाहिंदैन’ भन्ने नाराका साथ सडक आन्दोलनमा उत्रेका सुन्दर अभियान का मनोज झा मुक्तिले आफुले व्यापक जनसहभागिता जुट्न नसक्दा तात्कालिक यातायात मन्त्री, वहालवाला उपप्रधान तथा गृहमन्त्रीका प्रतिनिधि, प्रजिअ तथा सडक विभाग कै उच्च अधिकारीहरु आएर सडक बनाउने सहमति गरे तर ति सहमतिहरु कागजमै राखेर आमजनतालाई ठग्ने काम मात्र भयो ।
हुलाकी मार्ग निर्माणमा भारतसँग नयाँ सहमति, ६ सडकखण्ड स्वदेशी लगानीमा
 निर्माणाधीन हुलाकी मार्गको काम भदौ महिनाबाट सुरु हुने गरी भारतीय पक्षसँग नयाँ सहमति भएको छ । सहमति अनुसार अति महत्वपूर्ण ६ वटा सडक खण्डको काम नेपाल सरकार आफैले सुरु गर्ने छ । बाँकी ११ सडकखण्ड भने भारतीय सहयोगमा निर्माण हुनेछ । नेपाल र भारतबीच सन २०६६ सालमा हुलाकीमार्ग निर्माण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । तर निर्माणको जिम्मा पाएको भारतीय कम्पनीले काम गर्ने वातावरण नभएको भन्दै बिचमै काम रोकेको थियो ।
‘पछिल्लो समय दुई देशका अधिकारीबीच भएको छलफलबाट सडक निर्माणमा नयाँ सहमति भएको छ र अब सबै अवरोध हटेको छ,’ हुलाकी राजमार्ग आयोजनाका निर्देशक बलराम मिश्रले भने । पूर्व(पश्चिम राजमार्गबाट भारतीय सीमासम्म जोड्ने ३२ वटा सडक र पुरानो हुलाकी सडक गरी करिब १८ सय किलोमिटर लामो सडक निर्माण र स्तरोन्नतिको काम आयोजना अन्तर्गत छ । उक्त सडक निर्माणका लागि भारत सरकारले ८ अर्ब रुपैयाँ दिने सहमति भएको थियो । भारतीय सहयोग रकम अपुग हुने भएपछि नेपाल सरकारले ५ अर्ब रुपैयाँ लगानी गरेर ६ सडकखण्डको काम आफै गर्न लागेको हो । नेपाल सरकारको लगानीमा अति महत्वपूर्ण ६ वटा सडक खण्डको काम आफैं सुरु गर्ने गरी भारतीय पक्षसँग सहमति भएको मिश्रले जानकारी दिए । सहमति भएसँगै अब आयोजना अन्तर्गतको २ सय ७ किलोमिटर सडक निर्माणमा कुनै अवरोध नरहेको उनले बताए । नेपाल सरकारको खर्चमा चारआली(केचना, नेपालगञ्ज(बखडा र भुरीगाउँ(गौलोरी सडक निर्माण हुने छ । यो काम दशैंपछि सुरु हुने निर्देशक मिश्रले बताए । ६ वटा सडकखण्ड बाहेक ११ वटा सडकखण्ड भने भारतीय सहयोगमा नै निर्माण हुनेछ । जसमा आयोजनाले यही भदौ महिनाभित्र जनकपुर(जलेश्वर(भिट्टामोड, नवलपुर(मलंगवा, नयाँरोड मधुवनी सर्लाही र चारआली(केचना झापा अन्तर्गतका दुई वटाखण्डमध्ये एक खण्डको निर्माण कार्य सुरु गर्ने सहमति भएको छ । भारतसँग भएको सहमति पत्रमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला औपचारिक हस्ताक्षर हुने बताइएको छ ।



२०७३ भाद्र २६ गते आईतबार

निशानामा बिमलेन्द्र निधि

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गरिरहेका मन्त्री लेखकले उक्त दुईवटै सडक खण्डको शिलान्यास गरिएपनि धनुषा र महोत्तरी दुवै जिल्लामा दुवै सडक खण्डका लागि असंतुष्टि र विरोध जारी नै रहेको छ । धनुषामा बन्न गईरहेको उक्त सडक कम्तिमा पनि ४ लेनको अर्थात १४ मिटर चौडाई हुनुपर्ने र सो नभए शिलान्यास भईसकेपनि सडक निर्माण हुन नदिने भन्दै नयाँ शक्ति नेपालका सह संयोजक राम चन्द्र झाले विरोध गरेका छन् ।
२५ किलोमिटर लम्बाई रहेको उक्त सडक नेपाली कांग्रेसका धनुषा क्षेत्र नम्बर २ का सांसद रामकृष्ण यादवको पहल कदमीमा निर्माण हुन गईरहेको छ । तर, राम चन्द्र झाको भनाई अनुसार जनकपुरको कदम चौक देखि कमला सम्मको उक्त सडक भनेको पुर्व पश्चिम राजमार्गको विकल्पमा मेची देखि महाकालीसम्मको बैकल्पिक राजमार्ग रहेकाले त्यसको चौडाई पनि राजमार्ग सडक सरह कम्तिमा पनि ४ लेनको हुनुपर्छ । जनकपुर देखि जटही सम्मको सडक खण्ड ६ लेनको निर्माण हुने र मधेसको जिवन मार्ग भनिएको हुलाकी सडक दुई लेनको मात्र निर्माण हुनु भनेको भेदभाव हो । र, त्यो भेदभाव नेपाली कांग्रेसका तर्फबाट धनुषा क्षेत्र नम्बर ३ बाट सांसद भई भौतिक पुर्वाधार तथा यातायात मन्त्री भएको बेलामा मन्त्री विमलेन्द्र निधिले गरेको झाको आरोप छ ।
ठिक त्यसैगरी विगतमा नेपाल र भारत सरकारसँग ठेक्का सम्झौता हुँदा जनकपुर(जलेश्वर(भिठ्ठामोड सडक खण्ड ६ लेनको निर्माण हुने भनि सम्झौता गरिएको तर बिमलेन्द्र निधि मन्त्री भएपछि उक्त सडकलाई षड्यन्त्र पुर्वक ४ लेन बनाएको र आफ्नो निर्वाचन क्षेत्र अन्तरगतको जनकपुर जटही सडक खण्डलाई ६ लेन बनाएर महोत्तरीका जिल्लासँग भेदभाव गरेको संयूक्त संघर्ष समितिका संयोजक समेत रहेका नयाँ शक्ति नेपालका नेता रामकुमार शर्माले आरोप लगाएका छन् । त्रेता यूग देखि नै भारतको अयोध्या र जनकपुर जोड्ने उक्त सडकलाई ओझेलमा पारी आफ्नो क्षेत्रको सडक मात्र विस्तार गर्नुले भेदभाव झल्किएको प्रष्ट छ भन्दै शर्माले के पनि आरोप लगाए भने व्यापारिक मार्गको रुपमा भिठ्ठामोड नाकालाई समेत ओझेलमा पार्न जटहीमै मुल भन्सार बनाउने र जटही मार्गलाई नै व्यापारीक मार्गको रुपमा विकास गर्ने निधिको षड्यन्त्र छ ।


२०७३ भाद्र २६ गते आईतबार

अन्तरजातिय प्रेमको परिणाम केटीसँग प्रेम गर्दा जागिरले केटी, आमासँगै ८ लाख रुपैयाँ पनि गुमायो

नसिमा खातुनको शवलाई अन्तिम श्रद्धाञ्जली 
दिँदै गाउँका मुस्लिम समुदायहरु ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

नसिमा खातुनको ३९ वर्षको कलिलो उमेरमै मृत्यु भयो । १२ भदौमा अल्पआयुमै उनी संधैका लागि संसार छोडिन । उनको मृत्युले यतिवेला उतm गाँउमा मात्र नभई वरपरको गाउँका वासिन्दापनि शोक,पीडाका संगसँगै त्रासमा छन् । नसिमाको अस्वाभाविक मृत्युले यतिवेला गाँउका बच्चादेखि बृद्ध सम्मको मन रुवाएको छ । स्वास्थ्य अवस्था राम्रो भएकी महिला आखिरमा किन आफ्ना सन्तानहरुलाई टुहरो बनाएर यो संसारलाई छाडन पुगिन त ! कारण हो, छोरा जागिर साफीको  अन्तराजातिय प्रेम ।
 मुलुक पंचायति व्यवस्थाबाट गणतन्त्रमा आईस्कदा पनि तराई मधेशको ग्रामिण क्षेत्रमा अहिले पनि पुरानै जमिनदारी प्रथा, हुक्मी शासन र जातिय विभेद कायम रहेको यो घटनाले उजागर गर्छ । समान्य विषयलाई पनि तोडमटोर गरेर गाउँका भन्दाहरु क्सरि आफ्ना स्वार्थको निम्त समाजिक एकता, धार्मिक सदभावलाई बिगाड्न तथा समाजिक न्यायलाई कसरी धज्जी उडाईन्छ  भन्ने कुरा उतm घटनाले पुष्टी गर्छ ।

करिव दुई महिना अघि मोहत्तरी सोनमा(४ का गुलाम रसुलको १७ वर्षिय छोरा जागिर साफी र सोही गाउँकी  अर्चना(नाम परिर्वतन) मण्डल बीच प्रेम सम्बन्ध भयो । अर्चनाको पढाई जारी नै रहेको समयमा उनको मन्जुरी बिना नै नावालिक अवस्थामै बुबा भरोषि मण्डलले विवाह गरिदियो । विवाह अघि अर्चनाले जागिरलाई पटक(पटक भागेर विवाह गर्न दवाव दिईन । तर जागिरले उनको प्रस्तावलाई अस्वीकार गरिरहे । उता, आफुहरुले खोजिदिएको केटासँग बिहे गर्नुपर्छ भनेर आमाबुबाले अर्चनालाई दिएको दवावले नपुगेपछि यातना समेत दिन थाले । घरको चुकुल बन्द गरेर अभिभावकबाट दिनहुँ कुटिने अर्चनालाई नचाहेर पनि वैवाहिक बन्धनमा बाधिनु पर्यो । वैवाहिक जीवनमा बाँधिएपनि अर्चनाले आफ्नो प्रेमी जारिगसंगै मनसाय बनाएकी थिईन । विहेको एक महिनापछि अर्चना ससुरालीबाट माईती आएपछि एक राती करिव १२ बजे जागिरको घरमै पुगेर दवाव दिईन । जागिरले भने,‘ म इन्कार गरेपछि उनी यहि मरेर ज्यान दिन्छु भनेर रुन थालिन ।’जागिरसँग सय रुपैयाँ मात्र गोजिमा थियो । अर्चनाले आफुसँग तीन हजार रुपैया र केहि सुनको गरगहना रहेको बताइन । सोही राती दुवै जना भागेर सिमावर्ति भारतको सितामढी हुदै चढेर दिल्ली हानिए । 
यता, ‘गाँउमा उनीहरुको व्यापक खोजी भइरह्यो । उनीहरु भागेको कुरा गाउँभरि फैल्यो । अर्चनाका आमाबुबाले जागिरका परिवारलाई दवाव दिन थाले । मेरो छोरी जसरी पनि खोजेर ल्याउ भन्दै अर्चनाका आमाबुवाले गाँउका सयौं मानिसहरुलाई लगेर गालिवेइज्जती तथा धाक्कधम्की दिन थाले । जागिरको आमाले आफुलाई केहि पनि  थाहा नभएको र छरछिमेक तथा नातेदारहरु कहाँ खोजि गर्ने आवश्वासन उनीहरुलाई दिई रहिन् । तर पनि उनीहरुले मानेन । घरमा तोडफोड गर्नुको साथै जागिरका दाई फिरोजलाई हातपात समते गरियो । गाउँबाटै असुरक्षित महसुस गरे जागरिका परिवार विस्थापित हुने अवस्थामा पुगे ।  

जागिरको  हजुर बुबा सोबराती साफी संरक्षणका लागि गाँउका पुर्व प्रधानपञ्च गोखुल यादव कहाँ गए । तरपनि उनले न्याय पाउन सकेनन् । सोबरातीका अनुसार उनले संरक्षण गर्नुको सट्टा उल्टै खनिए ।  केटीलाई खोजेर ल्याउ दवाव दिए । घटनालाई बढाउन केहि दलालहरुले जातीय नारा लगाउन थाले । उनिहरुको भड्काउमा परेर वार्डका अधिकांश मानिसहरु उनको विपक्षमा उभिए । यहाँ सम्म कि जुन मुस्लिम वा हिन्दुले सोबरातीलाई सहयोग गर्छ उसलाई पनि कारवाही गर्ने भनेर उर्दी नै जारि गरियो । जागिरको बुबा गुलाम रसुल वैदेशिक रोजगारीको सिलसिलामा कत्तारमा रहेकाले परिवारका सदस्यहरु झन तनावमा थिए ।
गाँउका चार ÷पाँच जना मानिसहरु घरमा आई घटनाको विषयमा कुरा गर्नु छ भन्दै उसको हजुर बुवालाई जबर्जस्ती लगेर २५ लाख रुपैयाँको  कपाली तमसुक गाँउकै रामचन्द्र यादवको नाँउमा बनाईयो । कागज बनाउन देबानजी जगनाथ मिश्रलाई बोलाईएको थियो । तर उनी गैरकानुनी रुपमा आफुले कपाली तमसुक लेख्न नसकिने भन्दै इन्कार गरे । पछि गाउँमै पशुको चिकित्सक पेशामा संलग्न रहेका अशोक यादवलाई दवाव दिएर तमसुक लेखाइयो । तत्कालका लागि उतm तमसुक स्थानीय आविद हुसेन अन्सारीको जिम्मा दिइयो । 

 गाँउका पुर्वप्रधानपञ्च तथा आफुलाई  पुरानो जमिन्दर भनेर धाक देखाउने गोखुलले कपाली बनाएपनि तिमीले पैसा दिनुपर्दैन, केटीलाई खोजर ल्याउ, तमसुक च्यातिदिने भनेर सोबरातीलाई आवश्वासन दिएका थिए ।  उता जागिरका परिवारजनले पनि उनीहरुको खोजिमा दिनरात लागेपनि फेला परिरहेका थिएनन् ।  केटीको बुबा भरोषि मण्डलले छोरीलाई फलानोको छोराले अपहरण  गर्यो  भनेर किटेरै रघुनाथपुर प्रहरी चौकीमा उजुरी दिए । उजुरी परेलगतै  प्रहरी जागिरको घरमा पुगेर खानतलासी गर्दै घटनाको विषयमा जानकारी लिए । जागिरको हजुरबुवाले आफुहरु गाउँ समाजबाट  असुरक्षित रहेको तथा २५ लाखको कपाली तमसुक जबजस्ती बनाएको कुरा प्रहरीलाई जानकारी गराउँदा प्रहरीले वास्ता नै गरेनन् । पछि जिल्ला प्रशासन कार्यालय महोत्तरी, जिल्ला प्रहरी कार्यालय महोत्तरी, जिल्ला अदालत महोत्तरीमा सोबरातीले करकाप तथा शान्ति सुरक्षाको उजुरी र मुद्दा दिए । तरपनि प्रहरीले  शान्ति सुरक्षा प्रदान गर्नुको साट्टो प्रहरीले उल्टै गैरकानुनी रुपमा जागिरका हजुरबुबा, र ठुलदाई फिरोज साफीलाई थुनामा राख्यो । केटापक्षलाई थुनामा राख्न नेकपा एमालेका जिल्ला सदस्य तथा जलेश्वर अस्पताल विकास समितिका अध्यक्ष मदन साहले प्रहरीलाई दवाव तथा आर्थिक प्रलोभन दिएका थिए । घरकै अभिभावकलाई थुनामा राखेपछि जागिरका परिवारजन झन आतंकित र भयभित भयो । 

प्रहरी थुनामा रहेकालाई छुटाई दिन महोत्तरी कै रानी रतबरा बस्ने जागिरको फुफुसँग सोही गाउँका एक जनाले  दुई लाख रुपैयाँ लिए । तर उनिहरु थुनामुतm भएन । पछि आफन्तकै एक जनाले जमानतमा बसेपछि उनीहरु प्रहरीको हिरासतबाट रिहा भयो । त्यसपछि उनीहरु गाउँबाट सदरमुकाम जलेश्वरमा विस्थापित भए । तराई मधेश लोकतान्त्रिक पार्टीका   महोत्तरी अध्यक्ष सुरेश साहको घरमा दुई राती शरण लिए । 

केहि दिनपछि भागेका जागिर र अर्चना घर फर्किए । दुबै जनालाई समातेर जिल्ला प्रहरी कार्यालय महोत्तरीमा  बुझाइयो । म जागिरसँग प्रेम गर्छु,जागिर बिना बाँच्न सक्दिन, आफ्ना बुबाको घर जान्न भनेर अर्चनाले प्रहरी समक्ष जिद्दी गरिरहिन । पछि  प्रहरीले  अर्चनालाई अभिभावकको जिम्मा लगाउदै  अपहरणको उजुरी राखेज रद्द गरियो । एका तर्फ अर्चनालाई अभिभावको जिम्मा लगाइयो भने अर्को तर्फ जागिरलाई तीन दिन सम्म प्रहरीले थुनामामै  राख्यो । २५ लाख रुपैयाँको बनाइएको कपाली तमसुकका विषयमा पनि जिल्ला प्रहरी कार्यालयमा पञ्चायत भयो । पञ्चायतमा केटी पक्षले क्षतिपुर्ति वापत २० लाख रुपैया  दिए मात्र बनाएको २५ लाखको तमसुक च्यात्ने बताए ।  हामी  झस्कियौ, सोबरातीले भने,‘ केटी  उपस्थित भएपछि उतm तमसुक च्यात्ने सहमति भएको अवस्थामा २० लाख रुपैया माग्नु अन्याय हो, हामी दिन सक्दैनौ भनेर न्यायका लागि गुहार गरिरहे ।’ पञ्चायतमा जिल्ला प्रहरी कार्यालयका मुद्दा फाटका प्रहरी निरीक्षक रबिन्द्र खनाल, प्रहरी हवलदार गोपाल यादव,एमालेका मदन साह, फोरम लोकतान्त्रिक सुरेश साह,सोनमाका इयुफ अन्सारी, हुलास मण्डल,सियाराम यादव,दरेश राय,जोगिन्दर मण्डल,भुवन यादव,भरत राय यादव लगायतका मान्छे सहभागि थिए । अन्ततः उतm पञ्चायतले केटा पक्षले केटी पक्षलाई ९ लाख रुपैया दिनुपर्छ भन्दै एकतर्फी  निर्णय गरियो । तर जागिरका आमा आफ्नो आर्थिक हैसियत ९ लाख दिन नस्कने र अघि देखि नै १०÷१२ लाख त्रृण रहेकोले बताईन । 

यसरी उतm घटनमा मिलाउन ढेड महिनामा करिव २० दिन कहिले जिल्ला प्रहरी त कहिले गाँउमा पञ्चायत भयो । तर उनीहरुले ९ लाख भन्दा कम रकम कुनै हालतमा नलिने अडान लिई रहे । अर्को तर्फ जागिरका हजुरबुवाले अदालतमा गरेको करकापको मुद्दामा केटी पक्षका मानिसहरु दैनिक रुपमा घरमा गई मिलापत्र गर,नत्र भएभरको सम्पती जान्छ, मुद्दा जितेपनि गाँउमा तिमीहरुलाई बस्न दिदैनौ जस्ता भयत्रास देखाउने काम गरिरहे । 

मानसिक तनाव बढ्दै गएपछि अन्ततः असहाय भएकी आमा नसिमाले जिल्ला अदालत महोत्तरीमा उनीहरुलाई ८ लाख रुपैयाँ त्रृण गरेर दिएपछि मुद्दाको मिलापत्र भयो । त्रृणै त्रृणमा डुबेको परिवार पुनः उतm त्रृणका कारण थप करिव १५ लाख त्रृणमा फस्यो ।  केटी पक्षलाई पैसा बुझाएको तीन दिन पछि चिन्ताले ग्रस्त नसिमाको  हृयदघातको कारण मृत्यु भयो । 

गाँउका सबैलाई थाहा छ हामीसँग अन्याय भएको कुरा तर, हाम्रो पक्षमा बोलिदिने कोही पनि भएनन्,पीडित जागिरले भने,‘ के  प्रेम गर्नु अपराध हो, नावालिक छोरीलाई इच्छा विपरित विवाह गरिदिने उनका अभिभावक दोषी होईनन ?, सामान्य घटनामा ८÷९ लाख रुपैयाँ जरिवना गरि आफैमा बाँडिचुँडि खाने पञ्चहरु दोषी होईनन? आमा र त्यति मोटो रकम गुमाएपनि कुनै कानुनी कारवाहीको लागि अघि बढ्न हाम्रो परिवार सक्षम छैन ।’ ‘हिन्दु वाहुल्य गाँउ हो, मुस्लिम समुदाय भएपनि उनीहरु डर र भय त्रासले खुल्न चाहिरहेका छैनन्,’ जागिरले भने ।

गाँउकै नेपाली काँग्रेसका नेता उपेन्द्र यादव भन्छन्,‘ यो घटनामा केटापक्षसँग अन्याय भएको हो, खेल्नेले पैसा पनि लियो ज्यान पनि लियो ।’केटा केटि भाग्नु अचेल समान्य घटना हो,तर यि समान्य घटनामा पनि ८ लाख जरिवना त्यो पनि प्रहरीको रोहबरमा हुनु दुःखद विषय हो ।’ पञ्चको नाामा गरिव, असहायलाई अन्याय गर्नेहरुलाई कडा कारवाही हुनुपर्ने उनले बताए । यस विषयमा केटी पक्षका मदन साहले प्रेमको नाममा विहे भईसकेको महिलालाई भगाउनु समाजिक अपराध रहेको बताए । उनले भने,‘ नवालिग अवस्थामा रहेका केटा केटी भाग्नु गलत हो , त्यसमा पनि विहे भईसकेको केटीलाई भगाए उनको घरबार छुटाउनेलाई समाजिक रुपमा जरिवना गरिएको हो ।’ यति ठुलो रकम जरिवना हुन्छ भने प्रश्नमा उनले भने,‘ केटीको विवाहमा ६÷७ लाख रुपैयाँ भएको थियो, अव पुनः विवाह गर्न त्यो भन्दा बढी रकम लाग्ने भएकोले केटालाई जरिवना गरिएको हो ।’ श्रोतका अनुसार जरिवना गरिएको रकम मध्ये अधिंकाश रकम पञ्चहरुले नै आपसमा बाँडफाँड गरेका छन् । 

’यता, घटनामा सुरुदेखि नै सक्रिय प्रहरी निरीक्षक रबिन्द्र खनाल भन्छन्,‘ केटापक्षसँग अन्याय भएपनि प्रहरी सुरुवाति अवस्थामा गरेको गल्ती भएको छ, तर घटनाको सुरुवाती अवस्थामा केटापक्षबाट बोल्ने केहि नभएर यस्तो अवस्थाको सृर्जना भएको हो ।’

 महोत्तरी प्रहरी उपरीक्षक जनक भट्टराईले केटाकेटीको प्रेम सम्बन्धले उब्जिएको भएपनि  केटा पक्षले करकारपको मुद्दा अदालतमा दिएकोले तत्काल केहि गर्न नसकेको स्वीकार गरे । उनले भने,‘ घटना दुःखद भएपनि पीडित परिवारको तर्फबाट उजुरी दिने कोही नभएर आफुहरु केहि गर्न सक्दैनौं, महिलाको मृत्यु के कारणले भयो त्यो थाहा भएन, तर उजुरी नआएकोले अनुसन्धान गर्ने कुरो भएन ।’

हो, जागिरको गल्ती के हो भने उनले पहिले देखि विवाहित एक महिलासँग प्रेम गरेर अन्तरजातिय विवाह गरे । कानुनले पनि एउटा विवाहित महिलाले आफ्नो पतिसँग सम्बन्ध विच्छेद नगर्दासम्म  अर्को विहे गर्नु अपराध हो । बहुविवाहको मुद्दा अन्तरगत कानुनी लडाई लड्न सकिन्छ । तर, उक्त मुद्दामा केटी पक्षले त्यस्तो कुनै मुद्दा दर्ता गरेको पनि पाइँदैन । अर्को तर्फ यो कस्तो व्यवस्था हो जहाँ कपाली तमसुक बनाएर न्यायको खोजी गरिन्छ । उक्त प्रवृति अहिले महोत्तरीको सोनमामा मात्र होइन, मधेसका अधिकांश जिल्लाका ग्रामिण क्षेत्रहरुमा पाइन्छ । अन्तरजातिय प्रेमलाई कानुनले मान्यता दिएको भएतापनि गाउँ समाजमा त्यसलाई स्वीकार गरिएको छैन । केटीलाई भगाउँदा समाजमा केटीका पक्षले आफ्नो प्रतिष्ठा, खानदान र इज्जतको सवाल बनाउँदै आपराधिक घटनासम्म गराउन पछि पर्दैनन् । जे भएपनि यस्तो सामाजिक समस्याको समाधान पनि समाजले कानुनी बाटोबाटै खोज्नु उपयुक्त हुन्छ ।

२०७३ भाद्र २६ गते आईतबार