Monday, September 12, 2016

निशानामा बिमलेन्द्र निधि

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गरिरहेका मन्त्री लेखकले उक्त दुईवटै सडक खण्डको शिलान्यास गरिएपनि धनुषा र महोत्तरी दुवै जिल्लामा दुवै सडक खण्डका लागि असंतुष्टि र विरोध जारी नै रहेको छ । धनुषामा बन्न गईरहेको उक्त सडक कम्तिमा पनि ४ लेनको अर्थात १४ मिटर चौडाई हुनुपर्ने र सो नभए शिलान्यास भईसकेपनि सडक निर्माण हुन नदिने भन्दै नयाँ शक्ति नेपालका सह संयोजक राम चन्द्र झाले विरोध गरेका छन् ।
२५ किलोमिटर लम्बाई रहेको उक्त सडक नेपाली कांग्रेसका धनुषा क्षेत्र नम्बर २ का सांसद रामकृष्ण यादवको पहल कदमीमा निर्माण हुन गईरहेको छ । तर, राम चन्द्र झाको भनाई अनुसार जनकपुरको कदम चौक देखि कमला सम्मको उक्त सडक भनेको पुर्व पश्चिम राजमार्गको विकल्पमा मेची देखि महाकालीसम्मको बैकल्पिक राजमार्ग रहेकाले त्यसको चौडाई पनि राजमार्ग सडक सरह कम्तिमा पनि ४ लेनको हुनुपर्छ । जनकपुर देखि जटही सम्मको सडक खण्ड ६ लेनको निर्माण हुने र मधेसको जिवन मार्ग भनिएको हुलाकी सडक दुई लेनको मात्र निर्माण हुनु भनेको भेदभाव हो । र, त्यो भेदभाव नेपाली कांग्रेसका तर्फबाट धनुषा क्षेत्र नम्बर ३ बाट सांसद भई भौतिक पुर्वाधार तथा यातायात मन्त्री भएको बेलामा मन्त्री विमलेन्द्र निधिले गरेको झाको आरोप छ ।
ठिक त्यसैगरी विगतमा नेपाल र भारत सरकारसँग ठेक्का सम्झौता हुँदा जनकपुर(जलेश्वर(भिठ्ठामोड सडक खण्ड ६ लेनको निर्माण हुने भनि सम्झौता गरिएको तर बिमलेन्द्र निधि मन्त्री भएपछि उक्त सडकलाई षड्यन्त्र पुर्वक ४ लेन बनाएको र आफ्नो निर्वाचन क्षेत्र अन्तरगतको जनकपुर जटही सडक खण्डलाई ६ लेन बनाएर महोत्तरीका जिल्लासँग भेदभाव गरेको संयूक्त संघर्ष समितिका संयोजक समेत रहेका नयाँ शक्ति नेपालका नेता रामकुमार शर्माले आरोप लगाएका छन् । त्रेता यूग देखि नै भारतको अयोध्या र जनकपुर जोड्ने उक्त सडकलाई ओझेलमा पारी आफ्नो क्षेत्रको सडक मात्र विस्तार गर्नुले भेदभाव झल्किएको प्रष्ट छ भन्दै शर्माले के पनि आरोप लगाए भने व्यापारिक मार्गको रुपमा भिठ्ठामोड नाकालाई समेत ओझेलमा पार्न जटहीमै मुल भन्सार बनाउने र जटही मार्गलाई नै व्यापारीक मार्गको रुपमा विकास गर्ने निधिको षड्यन्त्र छ ।


२०७३ भाद्र २६ गते आईतबार

No comments:

Post a Comment