Tuesday, June 25, 2013

ज्ञानेन्द्रको भ्रमण– अनुज मिश्र


सात वर्ष पहिले एउटा लहर चलेको थियो । वर्षो देखि स्थापित केन्द्रविन्दुलाई सबै सदाकालागि विस्थापित गर्न चाहन्थे । एकातर्फ अनवरत पहाड र अर्को तर्फ स साना ढुङ्गाहरु । हेर्दा त्यो दृश्य वर्षौ देखि साल गाडिर बसेको केदारनाथघाम विरुद्ध चलेको मनसुनको विकेन्दीकरण अभियान जस्तै थियो । परापुर्वकालदेखि चलिआएको प्रथा, परम्परा र प्रचलन विरुद्धको त्यो मोर्चाबन्दी पुरा देशलाई अङ्गालामा लिएको थियो । पृथ्वीको गोलार्धमा अवस्थित एक नक्श पुरा विश्वलाई एक संदेश दिन चाहन्थ्यो । फलस्वरुप, ठुलो पहाडलाई अडयाउने ढुङ्गाहरु जाई लागे  र सारा धर्ती समथर भयो । वैचारिक रुपले । सबै क्रान्ति चाहे । त्यो अलग कुरा हो, केही ढुङ्गाहरुले अझपनि गिट्टी र बालुवालाई च्यापेको छ । तिनका अस्तित्वलाई गौण गर्दा सायद उनले केदारनाथ सम्झिनुपर्छ, जहाँ अहिले वालुवा र गिट्टीले आफ्नो विस्तुत स्तीत्वलाई बोध गराएका छन । शाही शान पनि समतल जमिनको एक हिस्सा बने । सबैलाई विश्वास भयो असम्भव केही हुँदो रहेनछ । नेपाल एक राजाविहिन राज्य बन्न पुगे । कुरा त्यतिकैमा रोकिएन । सामाजिक न्याय, लोकतन्त्र र समावेशीको अर्को लहरले हरेक वर्ग, जात, समुदाय, लिङ्ग आदिले अनन्तकालदेखि खेप्दै आउनुपरको उत्पीडन विरुद्ध ६ वर्ष पहिले एक राष्टूव्यापी आन्दोलन शुरु भयो । कतिले यसलाई मधेसी आन्दोलनको नाउँ दिए त कतिले मधेस विरोधी ।
एकलौटी शासनको कक्षा भित्र रहेको स साना कथाहरुको तह उप्किन थाले । सारा मधेश दक्षिण अफ्रिकाको जंगलमा लागेको आगो सरह परिवर्तनको अग्निमा जलिरहयो । पहाडी केन्द्रिकरणको वर्वरतापुर्ण इतिहास नबोकेको कोही थिएनन । पुर्वजहरुको मुखबाट उत्पीडन र दमनको इतिहास सुन्दै र भोग्दै आउनेहरु अन्ततः स्वतः स्फुर्तरुपमा हल्लाबोलेको थिए । धेरैले ज्यान गुमाए, असहाय र अपाङ्ग भए । मधेसी कुरापनि यततत्र सुनिन र बोलिन थाले । महिला, मधेसी , आदिवासी, जनजाति, दलित, मुस्लिम लगायतका पहिचानविहिन, सिद्धान्तकृत, पिछिडिएकाा वर्गहरुले पनि खुला आकास पाए । आवाज पहिलो चोटी सुनिए । ती अधिकारलाई संस्थागत गर्न संविधान सभाको मिति तोकियो यसरी वर्षो पछाडि भएको हक अधिकारको लडाईले लाखौं जनतामा नयाँ आश थपियो । एक महाअध्यान वाँडियो । सुनको संसार पहाडपारीको गाउँ नै थियो जस्तो लाग्यो मानिस हिडदै गए, कोही विरामी परे, केहि मरे तर त्यो संसार अझै आएन । फलस्वरुप संविधान सभाको विघटन भयो । निराश जनमनले आफ्नै प्रतिनिधि पठाए पनि हक अधिकार सुनिश्चित गर्ने साट्टो व्यक्तिगत फाइदामार्ने केन्द्रित देखे ।
    वर्षो जगंल बसेर स्वप्न बाँडेको माओवादी पार्टी पनि हक, अधिकार संस्थागत समेत गर्न सकेनन । मधेसी प्रतिनिधित्व एक भेडिया भन्दा कम लागेनन । दलितको नाउँमा दलले दलाली गरे । महिला महिला भनेर चिनिए र महिला भएकै कारणले अरु वढी हिंसाका सिकार भए । मुस्लिम, आदिवासी, सिमान्तकृत, मधेसी आदि कोटा राजनीतिक क्रेडिट बन्न पुगे ।
यसै विच ज्ञानेन्द्रले जनमानसमा राम्रो पहिचान बनाउन तराई, पहाड र  हिमालको भ्रमण यात्रा प्रारम्भ गरे । विभिन्न थरीको आवाज सुनियो, राजा नै ठिक थिए । कसैले भने, राजा नै चाहिन्छ । भीड ज्ञानेन्द्र उभिने ठाउँमा पनि आजकाल ठुलो नै देखिन थालेको छ । मानिस पुर्व राजा ज्ञानेन्द्रमा पनि आफ्नो भविष्य खोज्न थालेका छन । लोकतन्त्र, गणतन्त्र, नयाँ नेपाल, स्वीजरलैण्डको नाउँबाट नै भयभीत हुने नेपाली जनता इतिहास नै रोज्न वाँध्य हुन थालेका छन । मानौ जहाजमा राखेको कुनै कैदी मौका छोपेर स्वतन्त्र हुन खोज्छ । जहाज वाहिर निस्कदा उसले चारैतिर समुन्द्र नै देख्छ र वाध्य भएर त्यो कैदी फेरिपनि त्यही खोर भित्र आफ्नो जिवन खाजीमा स्वेच्छाले पसेजस्तै केही भविष्य खोज्न थालेको छन । स्व.कृष्णप्रसाद भट्टराई सायद त्यो प्रथम कैदी थिए । विस्तारै(विस्तारै निमुखा जनताहरु हुन थालेका छन ।
सैर्यौ वलिदानी पश्चात अर्जित कथित लोकतान्त्रिक गणतान्त्रिक नेपालमा नै सबैले भविष्य खोज्नुपर्छ । लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गरी ज्ञानेन्द्र झै विगत बोकेका पार्टी, नेताहरुलाई पाखा लाउन सक्ने एकमात्र शक्ति सार्वभौम अव नेपाली जनतामा निहित प्रतिनिधित्व आफैले वा एक सशक्त माध्यमबाट गर्नुपर्ने देखिन्छ । लहरले क्रान्ति निश्चित छ तर दीर्घकालिन परिवर्तन र विकास बैचारिक उपजभए मात्र सम्भव छ । पानीले केदारनाथलाई विकेन्द्रीत गर्ने साहस गर्न  सक्छ भने भ्रष्ट नेता, व्यक्ति र समाजबाट मुक्ति पाउनु कुनै ठुलो कुरा होइन तर चुनौती अवश्य छ । यसरी कर्तव्य विमुख भएर अन्ध्यारोमा उज्यालो देख्नु आशावादी दार्शनिक चिन्तन हुनसक्छ तर हिमहिमाउदो जुनेली रातको फरकपनालाई छुट्टयाउन किनारा लगाउनु पर्छ, धर्ती र स्वतन्त्रताको मानवीय इतिहासमा एक अटुट सम्बन्ध रहेको तथ्यलाई नर्कान सकिदैन । लेखनलाई राजावादी सोचको क्रीडास्थल मान्ने पनि धेरै छन होला तर के पुर्व राजाको प्रसङ्ग नउठाउनु र भय प्रकट नगर्नु पनि समावेशी आवाजको मुख बन्द गर्नु होइन । आखिर यति स्वतन्त्रतापनि ज्ञानेन्द्र गएपछि नै हामीलाई प्राप्त भएको छ ।






मिति ः २०७०÷३÷९

गोली प्रहारबाट चार घाईते


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
३ अषाढमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्ताको गोली प्रहारबाट महोत्तरीको मनरा कट्टीमा दुई जना घाईते भएका छन् । घाईते दुईजनामध्ये एकजनाको अवस्था समान्य रहेपनि पेटमा गोली लागेका अर्का एकजनाको अवस्था गम्भिर रहेको जनाईएको छ ।
घाईतेहरु महोत्तरीको मनरा कट्टी गाबिस वडा नं ८ का १९ वर्षिय बिकास सिंह र शैलेन्द्र मण्डल हलुवाई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सिंहको तिघ्रामा दुई गोली लागेको छ भने मण्डलको पेटमा एक गोली लागेको छ । सिंह नेपाली सेनाका सिपाहीमा भर्ना भएर १० गतेबाट सुरु हुने ९ महिने तालिमका लागि असार ८ गते प्रस्थान गर्ने तयारी गरेका थिए ।
मनराकट्टी गाबिस वडा नं ८ स्थित चियापसल अगाडी बसिरहदा रातो रंगको अनटेष्ट डिस्कोभर मोटरसाईकलमा बसि आएका दुईजनाको समूहले अन्धाधुन्ध गोली फायर गरी फरार भएको स्थानीय प्रत्यक्षदर्शीले जनाएको छ । दुबैजना मधेसी मूलका अन्दाजी वर्ष ३२ र ३५ को हुनसक्ने घाईते सिंहले जनाए । यता घटनापछि जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक राजन मुक्तिले घटनाको जिम्मेबारीको दाबी गरेका छन् ।
उनले स्थानीय सञ्चारमाध्यमहरुमा फोन सम्पर्क गरी आफ्नो कार्यकर्ताले गोली प्रहार गरेको दाबी गरेका छन् । सुरक्षा निकायमा कार्यरत मधेसी मूलका ब्यक्तिहरुलाई राजिनामा नगरेको र संबिधान सभा निर्वाचनको मिति घोषणाको बिरोधमा कारबाहीलाई तेज बनाउने क्रममा गोली प्रहार गरिएको मुक्तिको दाबी छ ।    
सिंह दामपत्य माथि गोली प्रहार
वन्दको अवज्ञा गरेको भन्दै जनतान्त्रिक तराई मुक्ती मोर्चा (राजन समूह) का कार्यकर्ताहरुले ५ अषाढमा महोत्तरीको मनरामा श्रीमान श्रीमतीमाथि गोली प्रहार गरेको छ । 
गोली प्रहारबाट घाईते हुनेमा मनरा(६ का २६ वर्षिय अभयकुमार सिंह र उनकी श्रीमती सोनम सिंह रहेका छन् ।
जनकपुरको जानकी मन्दिरमा दर्शन गरि ज ५प ५४६० नम्वरको मोटरसाईकल चढेर  जलेश्वर हुदै गाउँ  फर्किने क्रममा मनरा(८ स्थित पुलमा मोर्चाका कार्यकर्ताहरुले उनी माथि गोली प्रहार गरेको हो ।
मोटरसाईकल चढि आएका दुई जना मोर्चाका कार्यकर्ताहरुले पुलमा पुग्ने वित्तिकै दम्पति सिंहलाई मोटरसाईकद रोक्न लगाई पेस्तोल ते¥साउदै श्रीमती सोनमालाई मोटरसाईकलबाट ओरालन भने पछि उनीहरु ज्यान जोगाउन मोटरसाईकल हुक्याएका  थिए । भाग्ने क्रममा मोर्चाका कार्यकर्ताहरुले श्रीमान श्रीमती माथि अन्धाधुन्ध गोली फायर गरेका थिए ।
सात राउण्ड गोली फायर गरिएको र ती मध्ये अभयको वाया हात र खुट्टामा दुई राउण्ड लागेको छ भने मोटरसाईकल पछाडी वसेका सोनमको खुट्टा र तिघ्रामा तिन राउण्ड गोली लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक पवन प्रसाद खरेलले वताउनुभयो ।
गोली लागेर उनीहरु ढलेपछि मोर्चाका कार्यकर्ता थप गोली फायर गर्दै फरार भएको प्रत्यक्षदर्शिले वताएको छ ।
उनीहरुको उपचार जनकपुर स्थित सिटि अस्पतालमा भइरहेको र अवस्था नाजुक रहेको अस्पतालले जनाएको छ ।
असार ५ गते र ६ गते पूर्व राजा ज्ञानेन्द्रका धनुषाको जनकपुर र महोत्तरीको जलेश्वर भ्रमण कार्यक्रम रोक्नु पर्ने माग गर्दै दुई दिने धनुषा महोत्तरी वन्दको आह्वान गरेको र सो को अवज्ञा गरेकोले कारवाही स्वरुप गोली प्रहर गरिएको मोर्चाले जनाएको छ ।




मिति ः २०७०÷३÷९

कोही कसैले कोही कसैलाई निषेघ नगरौ – पुर्व राजा ज्ञानेन्द्र शाह





उपस्थित
आदरणीय सन्त महन्थज्यूहरु,
हाम्रो भ्रमण सन्दर्भमा यहाँ भेला हुनु भएका यस क्षेत्रका प्यारा भाई, दिदी, वहिनीहरु, नेपालको गाउँ(ठाउँ धुम्र्यौ र नेपाली जनतालाई भेर्टौ भन्ने भावनाबाट म सदा प्रेरित रहेको छु । त्यसैले हिमाल, पहाड र तराई पुगेर देश दर्शन गर्ने अनि देशवासीका सुख बुझ्ने मेरो एक नियमित प्रक्रिया बनेको छ । यसै अनुरुप म अहिले जनक, सीता र गौतम वृद्ध जस्ता अनेकौ स( पूज्यहरुको जन्मभुमिका साथै विद्या, वुद्धि र भगवत सिद्धि एवं भठ, मन्दिर र देवस्थलहरुले भरिपुर्ण रहेको तथा आफ्नै मौलिक धर्म, संस्कृति र ऐतिहासिक गौरव गाथा बोकेर अहिलेको नेपालको उर्वर भूमि तराईको केही जिल्लाहरुको भ्रमणमा  संलग्न छु । भ्रमणका क्रममा देख्दै जाँदा, सन्दै जाँदा र बुझ्दै जाँदा आम नेपालीले भोग्नु परेको अहिलेको कठिन अवस्थाबाट सचेत नेपालीका साथ म पनि चिन्तित छु । नारा र योजना निकै उच्च खालका दिइए पनि धरातल र व्यवहारको प्रचलनमा हेर्दा आज उरा लाग्दो अवस्था देखिन्छ । त्यसैले हाम्रो आफ्नो राष्टू, हाम्रो आफ्नो क्षेत्र र हाम्रो आफ्नोपनको उच्चतम विकासका निमित हामी सबै चनाखो बन्नु पर्ने टडकारो आवश्यकता मैले देख्छु । हाम्रो यो सुन्दर नेपाल पुस्तौ देखि सदा स्वतन्त्र, सार्वभौम, रहि आएको राष्टू हो । जो जहाँ रहे बसे पनि हामी सबै नेपाली छौं । नेपाली(नेपाली बीचको एकता र नेपाली नेपालीहरुको आ(आफ्नो मौलिकतालाई हामीले कायम राख्नु पर्दछ । राष्टूको राष्टिूय विधि व्यवस्थाले कोही कसैलाई काखा(पाखा गर्नु हुँदैन । हाम्रा विविध भाषा, विविध सनात्नी धर्म, संस्कृति र रिती(रिवाज, आधुनिक राज्य व्यवस्था तथा प्रविधिका कारण म हुनु हुँदैन । हामीले हाम्रो मौलिकता, विविधता र विशेषतालाई जगर्ना गर्दै आ(आफ्नो क्षेत्र र समुदायबाट समावेशी भई राष्टिूय विकासमा जोड दिनु पर्दछ । सबै क्षेत्र, जात, जाती, वर्ण, धर्म, वर्ग, समुदाय सबैले यो सुन्दर नेपाल रुपी वगैचामा फल्ने, फुल्ने मौका पाउनु पर्दछ । नेपालको परिचायक र मौलिकता पनि यहि नै हो । तराई लगायत मुलुकका विभिन्न भू(भागबाट कामका लागि हाम्रा होनहार यूवा तथा महिला समुदाय विश्वका विभिन्न देशमा कामको खोजीमा जाने क्रम वढदो छ ।
     यसरी हाम्रो जनशक्तिको पलायन हुनु नदिन र आ(आफ्नै ठाउँमा समुचित रोजगारीको व्यवस्थामा गर्न तथा विदेशीहरुलाई स्वदेशमा नै फर्काएर आफ्नै ठाउँको विकासमा लगाउन विशेष पहल हुनुपर्ने देखिन्छ ।  त्यसै गरी हाम्रा चेली वेटी र दिदी वहिनीहरुलाई शिक्षा, शीप, तालिम एवं विभिन्न आयमूलक इलमका काममा लगाएर आत्म निर्भर वनाउन पनि नेतृत्वको  ध्यान जानु पर्ने देखिन्छ । महिला एवं पिछडिएका जनसमुदायमा रहेको भेदभाव, थिचोमिचो र अवान्छित गतिविधि रोक्न पनि विशेष प्रयास हुनुपर्ने देखिन्छ । कुनै पनि स्थितिमा मान्छेले आफ्नो मानवीय मूल्य फाल्नु हुँदैन । र, आफु राष्टिूय आदर्श र मौलिकपनलाई त्याग्नु हुँदैन । अतितलाई एकहोरो सरापेर र पुराना कुरालाई उसै फेरेर मात्र कुनै फलदायी परिवर्तन आउने होइन । नाम, रुप, आकार र प्रकार बदल्दैमा एकाएक नवीनताको सृजना हुँदैन । इतिहासका गल्ती सच्याउने, गलत गर्नेलाई सुधारको मौका दिने र, सुधारोन्मुख वनाउन प्रयत्नशील रहने अनि दुरगामी सोच राखेर समयको पवाहमा विवेकपुर्ण भई अघि बढने हाम्रो प्रयत्न हुनु पर्दछ । त्यसैले मुलुकको कसरी सही वाटोमा लैजाने भएका भुलचुकलाई कसरी सच्याउने र आम जनअपेक्षित निश्चिय एवं निर्विवादित गन्त्वयमा कसरी पुग्ने भन्ने कुरामा हामीले गहिरो सोच राख्नै पर्दछ । नेपाली जनताले अव कुनै प्रकारको पुर्वाग्रहमा डोरिएर र कसैबाट डराएर होइन स्वयं भित्रको अन्तरआत्मालाई बुझेर अघि सार्नुपर्ने हुन्छ । जनताको यस्तो विवेक सम्मत तर्कसङगत राष्टिूय प्रस्तुतीमा अहिले पन िसदन झै सहयोग रहनेछ । हामी परस्पर मिलौं र मिलेर जाऔं, कोही कसैले कोही कसैलाई निषेघ नगरौं र नेपाल, राष्टूका सबै भू(भागलाई निरन्तर सपार्दै, सुधारर्दै, बनाउँदै अघि वर्ढौ । यही मेरो अन्तरमनको चाहना हो । एक सचेत देश भक्त एवं राष्टिूय दायित्व प्रति ख्याल राख्ने चरित्रका रुपमा मेरो पनि अहम भूमिका रहनेछ भन्ने कुरा सबैमा विदितै छ ।
    त्यसै आशयका साथ आफ्नो मातृभुमि प्रति र आम नेपाली जनता प्रति मैले आफ्नो कर्तव्य मुलेको छैन । हामी केही गर्छौं र गरेर देखाउँदछौ भनेर भन्नेहरुलाई अभिप्राय र विश्वासका साथ हामीले आ(आफ्नो  तर्फबाट दायित्व निर्वाह गर्नु पर्दछ । मार्ग प्रशस्त गरिदिने र गरिदिऊ भन्ने आकाङक्षाका साथ मद्दत गरिदिने हाम्रो राष्टिूय धर्म हो । तर गर्न तम्सिनेहरु स्वयं राष्टू कर्तव्यबाट विमुख बन्छन, र हाम्रो विश्वासमा ठेस पु¥याउँदछन भने त्यसमा हाम्रो दरिलो ध्यान गर्नेहरुले मुल्याङकन गरिनै पर्दछ ।
    हामी को हौं, के थिर्यौ र आज कस्ता भर्यौ भन्ने कुराको हेक्का हामीले सदा सर्वदा राख्नुपर्दछ । अनि अव के गर्ने, कसरी जाने, भन्ने कुरामा निरन्तरताको सजगता पनि हामी सबैको हुनु पर्दछ । जनता नै त्यो महान शक्ति हो जो सदा अजय हुन्छ । तर समय सन्दर्भलाई बुझेर विेकता साथ सदैव जागरुक बन्ने काम भने जनताबाट हुनै पर्दछ । त्यस्तो आम जनजागरणको अवस्थामा मेरो राष्टिूय भूमिकालाई अझ वढी प्रखर दायित्व बनाउन पनि तपाई जनता जनार्दनकै हो । त्यस्तो अवसरमा नेपाली जनताको मन, मुटु र स्पन्दन आत्मसात गरेर मन, बचन र कर्मले राष्टू सेवाको महान अभियानमा संलग्न हुनु म मातृभुमीप्रति सदा समर्पित रहनेछु । एक जिम्मेवार राष्टू भक्तका रुपमा मैले यो भ्रमणमा पाएको अपार माया, सदभाव, स्नेह र स्वागत प्रति म तराइका प्यारा दाजुभाई दिदीवहिनीहरुसँग कृतार्थ छु । यिनै भावना पोख्दै म आयोजक तथा तपाईहरु सबैमा हार्दिक धन्यवाद प्रदान गर्दै आफ्नो अभिव्यक्ति इङयाउँदछु । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन । जय नेपाल । ( ५ अषाढमा जनकपुरको तिरहुतिया गाछिमा पुर्व राजा ज्ञानेन्द्र साहले मन्चमा दिएको अभिव्यक्ति)



मिति ः २०७०÷३÷९

कर्मचारी र व्यवस्थापकले डुवायो ‘नेपाल रेल्वे’


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपालको एक मात्र जनकपुर(जयनगर रेल सेवामा दिनानुदिन ओरालो लाग्दै छ । तीन सेवा प्रदान गर्दै आएको रेल्वेले अहिले एक सेवा मात्र प्रदान गरेको छ त्यो पनि जोखिमपुर्ण । प्रतिघण्टा मुस्किलले १८ किलोमिटरका दरले गुड्ने जयनगर(जनकपुर रेलका यात्रुले आफ्नो ज्यान नै जोखिममा राखेर यात्रा गर्नुपरेको छ । एउटा बस सञ्चालन गरेको व्यक्तिले दुई तिन वर्ष भित्रमा दुई तिन वटा बस सञ्चालन गर्न सक्षम हुन्छन तर नेपाल रेल्वेमा कार्यरत कर्मचारी, व्यवस्थापकले दोहन गर्नमै सिमित भएका कारण रेल सेवा अव सदाका लागि बन्द हुने कगारमा पुगेको छ ।  चैत्र महिनामा केन्द्रले पठाएको ८० लाख रुपैयाँ कार्मचारीको तलब मै खर्च भएर सिधिएपछि अहिले कर्मचारीलाई तलब खुवाउन महाप्रबन्धकलाई हम्मेहम्मे भएको छ । चालु आर्थिक वर्ष २०६९÷०७० को पछिल्लो ६ महिनामा नेपाल रेल्वेले रु.१४ लाख ९४ हजार यात्रु, मालसमानको लगेज तथा विविध शिर्षकबाट आम्दानी गरेको छ । जव की कर्मचारीको मासिक तलब नै रु.१९ लाख ५० हजार, डिजेलमा रु. ६ लाख, मोबिलमा रु. १ लाख, प्रशासनिक खर्चमा रु. ३ लाख गरी कुल तीस लाख खर्च हुने गरेको रेल्वेका निमित्त महाप्रवन्धक रामेश्वर यादव बताउँछन । किन घाटामा जान्छन रेल्वे भन्ने सवालमा पुर्व महाप्रवन्धक श्याम चन्द्र यादव भन्छन,“ कर्मचारी, महाप्रवन्धक सबै भ्रष्टाचार तथा अनियमितता गर्नमै लाग्छन, जसले जहाँ पायो त्यहीबाट रकम भ्रष्टाचार गर्ने, खर्च बढाउने काम मात्र गर्छन ।” ४ महिना अघि ५ लाख रुपैयाँ लागत इस्टिमेट गरी इन्जिन मर्मतका लागि इन्जिन खोलिन्छन तर बजेट नआउँदा ४ महिना पछि कर्मचारीले १० हजार रुपैयाँमै इन्जिन ठिक गरी सञ्चालन गर्नुले पनि रेल्वेमा कतिसम्म भ्रष्टाचार, लापरवाही हुने गर्दछ, पुष्टि हुन्छ । अहिले नेपाल रेल्वे बन्द नै गर्नुपर्छ भन्ने राज्यले सोच बनाएको बेला कर्मचारीहरु आफ्नो भविष्य खोज्दै हिडेका छन । १७० कर्मचारी मध्ये ५५ जना मात्र स्थायी छन बाँकी सबै अस्थायी । त्यसमा पनि कर्मचारीहरु बीच अन्तरविरोध छ । लोको शाखामा काम गर्ने कर्मचारीहरुलाई ओभरटाइम नदिएपछि १० देखि ५ बजेसम्म मात्र काम गर्ने अडान राखे पछि समस्या झनै बढेको छ । पुर्व महाप्रवन्धक यादव भन्छन,“कर्मचारीहरु बीच अन्तरविरोध स्वभाविक हो । स्टेशनमा काम गर्ने कर्मचारीले अर्को बाटोबाट पनि पैसा कमाउने गरेका छन तर लोको शाखामा काम गर्नेहरु रात परेपनि काममा खटनु परेको हुन्छ ।”
नेपालमा एकातर्फ तीन सय पचास किलोमिटर दुरीको रेल्वे सञ्चालनका लागि ब्रोडगेज सेवा दिने कार्यका निम्ति जग्गा अधिग्रहण प्रकृया नेपाल सरकारले सुरु गरेको छ भने अर्को तर्र्फ एक मात्र जनकपुर(जयनगर रेल सेवामा जीवन मरणको दोसांधमा छ । विश्व भरि नै रेलसेबाको द्रुत गतिका साथ बिकास र बिस्तार भईरहदा जनकपुर रेलसेबा प्रति घण्टा १८ किलोमिटरको दरले गुडदै छ । रेलको लिक, वोगी र ईन्जन मर्मत नहुँदा लाग्छ यो कछुवा नै भइसकेको छ । किनभने यसमा गति नै छैन । कहिले दुर्घटनाग्रस्त भएर त कहिले लिक छोडेर यो चर्चा पाउने गरेको छ । यसमा यात्रा गर्नु भनेको ज्यानको बाजी लगाउनु हो । पूर्वी धनुषामा यातायातको अन्य कुनै विकल्प नरहेका कारण यहाँका बासिन्दा ज्यान जोखिममा राखेरै भए पनि रेलमा यात्रा गर्न बाध्य रहेको रेलयात्री धनुषा ठाढीझिझाका शिवचन्द्र मिश्रकोे भनाई छ ।
रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म पु¥याउने चर्चा चलेको पनि वर्षौ बितिसकेको छ । रेलको लिक मर्मत नहुंदा रेल यात्रा जोखिमपूर्ण बनेको छ । मर्मत सम्भारको अभाबमा जर्जर अबस्थामा पुगेको रेल कुन बेला यो दुर्घटनाग्रस्त हुने हो भन्न सकिन्न ।

दिनप्रतिदिन जर्जर बन्दै गएको रेल्वे सुधारका लागि मन्त्रीहरुले दिने भाषण नियमित कर्मकाण्ड मात्र बन्ने गरेको छ । मन्त्रीहरुको  गुलिया आश्वासनले यहाँका नागरिक केही  समयका लागि रमाए पनि अन्ततः निराश हुने गरेका छन् । ब्रिटिस कम्पनीले महोत्तरीको बिजलपुरा जंगलबाट सालको काठ ढुवानी गरि भारत लैजाने उदेश्यले बिक्रम सम्बत १९९४ मा रेल्बेको स्थापना गरयो । जंगल सखाप भएपछि यस रेललाई राणाकालीन प्रधानमन्त्री जुद्धशमशेरले यात्रु सेबामा परिणत गरेका थिए । एक दशकअघि सम्म जयनगर(जनकपुर(बिजलपुराको ५२ किलोमिटर क्षेत्रमा रेल गुड्ने गरे पनि सरकारी बे(वास्ताकै कारण अहिले यो रेलसेवा जनकपुर जयनगर २९ किलोमिटरमा मात्र सीमित भएको छ । जीर्ण रेलले  १ सय ७१ ज्ना कर्मचारीलाई पाल्न समेत निकै समस्या उत्पन्न भएको छ । एक मात्र इन्जिन त्यो पनि कति बेला विग्रीने हो ठेगान छैन नेपाल रेल्वे जनकपुरका कर्मचारी बताउछन् ।
बोगीको छानो पनि मर्मत गर्न सकेको छैन कम्पनीले । त्यसैले बर्षातमा पानी चुहिन्छ । त्यतिमात्र होइन बोगी भित्र बत्ति, शौचालय र पानी जस्ता न्युनतम सुबिधाको पनि अभाब छ । सरसफाइमा समेत ध्यान दिइन्न ।
भारतबाट वि.स. २०५१ सालमा सहयोगस्वरुप प्राप्त ईन्जीनलाई नेपाल रेल्बेले मर्मत सम्भार सम्म गर्न सकेको छैन । सहयोगमा प्राप्त चारवटा डिजल ईन्जन मध्ये मर्मतको अभाबमा तीनवटा ईन्जीन लामो समयदेखि बिग्रेर थन्किएको छ । अहिले मात्र एउटा ईन्जिन जयनगर जनकपुर आबत जावत गरिरहेको छ ।
रेल्बेको स्थापनासंगै ब्रिटीस कम्पनीले खजुरीमा स्थापना गरेको कारखाना र स्टीम ईन्जनहरु पनि संरक्षणको अभाबमा घामपानीले नासिदै छन् । चन्द्र, सुर्य, सीता, महाबीर, गोरखनाथलगायतका एकदर्जन भन्दाबढी साना र ठुला स्टीम ईन्जन कामै नलाग्ने अबस्थामा पुगेको छ । यस ऐतिहासिक धरोहरहरुको संरक्षण गर्न नसकेपछि कर्मचारीकै मिलोमतोमा बहुमुल्य महंगा पार्ट पुर्जाहरु चोरी भईसकेको छ ।
नेपाल रेल्वेलाई सुधार र विस्तार गर्न सके यहाँका बासिन्दालाई मात्र नभई जनकपुर घुम्न आउने पर्यटकका साथै छिमेकी भारतको सीमाक्षेत्रका बासिन्दाले समेत राहत पाउने थिए । जीवन मरणको दोसांधमा पुगेको रेल सेवालाई कसले संजीवनी देलान् त्यो हेर्न बांकी छ । चरम राजनीतिका कारण पनि जनकपुर रेलको अबस्था दयनीय बनेको छ  । सत्तामा जानेहरु कार्यकर्ता भर्ती केन्द्र नै बनाएका छन् यसलाई । कम्पनीमा जारी वर्षौंदेखिको भ्रष्टाचारीले अब यो कहिल्यै उभो नलाग्ने संस्थामा परिणत हुंदैछ ।


चुहावट नियन्त्रण गरेर रेल्वेलाई नाफामा लगें


    नेपाल रेल्वे कम्पनी ऐनमा गइसकेपछि आफै कमाएर खमु पर्ने स्थिति थियो । विकास निर्माणको लागि राज्यले पनि बेला बेलामा केही रकम दिने गर्छ तर आफै कमाएर खाने अवस्था हो । श्रम तथा यातायात मन्त्री लेखराज भट्ट सँग मैले नियुक्ती लिदाँ युद्धस्तरमा काम  गर्नुस भनेर भन्यो । एउटा व्यक्तिले एउटा बस किने पछि एक वर्ष, दुई बर्षमा ऋण चुक्ता गरी थप दुई, तिन, चार वटा सम्म वसको संख्या पु¥याउन सक्छ भने यो रेलले फेरी किन प्रगति गर्न सकिरहेको छैन भन्ने बुझ्दा धेरै किसिमका चुहावटहरु देख्यिो, त्यो चुहावटलाई कसरी बन्द गर्न सकिन्छ भन्ने तिर गएँ । रेल्वेको आयको मुख्य स्रोतहरु भनेको त्यसको यात्रीहरु, त्यस बाहेक रेल्वेको नाउँमा रहेको जग्गा जमिन । त्यसबाट पनि केही रकम आउँछ । जस्तै जयनगर(जनकपुर(विजलपुरा सम्म रेल्वेको टूयाकको वरिपरिको जमिनहरु रक्सौल देखि अम्लेखगन्ज सम्म केही जग्गाहरु छन । विरगन्जको जग्गा त्यतिबेला कोहीको मुल्यमा यातायात संस्थान हुँदै विक्री गरिसकेको थियो । रक्सौलमा केही जग्गा छन, अहिले त्यो धेरै नै मूल्यवाण जग्गा हो । नेपाल सरकारले भारत सरकारलाई त्यो लिजमा दिएको हो । आम्दानी वढाउनका लागि प्यासेन्जरले टिकट कसरी कटाउने भन्ने तिर सोच्न थाले । खासमा के देखियो भने गरिवहरु, निमुखाहरु जसलाई कुनै प्रकारको माथिबाट अप्रोच हुँदैन, तिनीहरुले मात्र टिकट कटाउने अरु जति धोती, कुर्ता, पैजामा वालाहरुले टिकटै नकटाउने । त्यसलाई टाइट गर्न खोज्दा प्रहरी प्रशासनको सहयोगको पनि समस्या देखें । चेक जाँच पनि जनकपुरमा मात्रै गर्ने परिणटी देख्यिो । अन्य ठाउँ खजुरी, महिनाथपुर तिर विदेशको स्टेशनहरुमा हुने वातावरण नभएको पाएँ । त्यसैले गा¥हो भए पनि ठाउँ ठाउँमा चेक जाँच गरेर टिकट कटाउन यात्रुहरुलाई वाह्य पारें र एउटा आम्दानीको स्रोत जुन घटेको थियो, त्यो वढन थाल्यो ।

    अर्को मुख्यतः इन्जिनको सवालमा मैले के देखे म आफै पनि एउटा किसान भएको नाताले पम्पिङ सेटहरु राख्ने गर्थे, धान चुटने मिल राख्थे, जसबाट मेरो अनुभवले काम गर्यो ।
    इन्जिनमा मोबिल सधै फेरिराख्नु पर्ने हुँदैन तर त्यहाँ के देखियो भने मेसिनहरु विग्रिएको नाउँमा प्रत्येक दिन १० केजीसम्म मोबिल दिनहुँ हाल्ने भन्थ्यो । त्यसमा पनि हालिन्थ्यो वा हालिदैनथ्यो भन्ने कुराको खोजी नै नगर्ने प्रचलन  थियो । ३ सय लिटर मोबिलको मूल्य त्यतिबेला ९ हजार रुपैयाँ पर्न जान्थ्यो । मोबिलको नाउँमा घटाउनु पनि आम्दानी वढाउनु नै हो भनेर मैले खर्च घटाएँ । अव त्यसलाई पारदर्शी कसरी वनाउने सवालमा ७०÷८० वर्ष पहिले राणाहरुले वनाएको रेल्वेको कागजी हिसावले सबै थोक छ तर त्यसमा काम नगरिदिने, नभरिदिने । जस्तो एउटा कुनै पार्टस किनेर ल्यायो, त्यो पार्टस त्यसमा लगायो कि लगाएन त्यो पनि क्लियर नहुने । फेरी पार्टस पनि भारतको कोलकाताबाट किन्नु पर्ने हो, त्यो थिएन । त्यसलाई क्लियर गरे । यति सम्मकी बेल्डिङको सानो रडको टुक्रा नै भए पनि जम्मा गर्नु पर्छ भनेर कडाई गरे । परिणाम स्वरुप खर्च घटन गयो र आम्दानी ह्वात्त वढन पुग्यो । जयनगरमै रेल्वेको नाउँमा भारत सरकारको जुन जग्गा छ त्यो स्टेशनको वरिपरिमा खाल्डो थियो, पोखरीहरु थियो, वर्षेणी ७ हजारमा ठेक्का लगाउँथ्यो । टूयाक वरिपरिको ती जग्गाहरु जुन लिजमा दिनु प¥या छ त्यसलाई व्यवस्थित गर्ने सोच बनाएँ । जस्तै १ कठ्ठाको जग्गामा मार्नौ १ क्विन्टल धान हुन्छ भने आधा मात्रै पनि दियो भने ५० कठ्ठा केजी धान दिनु पर्ने हो । त्यो नगरेर १ सय, २ सय रुपैयाँमा मैले १ वर्षको लागि ५५ हजार रुपैयाँमा लिजमा लगाए ।
अर्को दिनहुँ खरिद गरिनु पर्ने सामानहरु प्रोक्युरमेन्टमा, मानौं ३ सयमा एक प्याकेट एक केजी दिइने चाइनिज वेल्डिङ रडहरुको विल १३ सय सम्म आउथ्यो । प्रक्युरमेन्टले लोको शाखालाई बिल बुझाउँथ्यो, अनि लोको शाखाले पनि त्यसमा १० वटा प्याकेट लेख्ने र ९ वटा ब्ल्याक हुन्थ्यो । यसरी सम्पुर्ण गडवडी तथा चुहावटलाई नियन्त्रण गरे । कर्मचारीहरुको जायज माँग थियो, जस्तै ओभरटाइम गरेको ५(६ वर्षको पैसा बाँकी थियो । संचयकोष बाँकी थियो । सबै कसरी पुर्ती गर्ने भन्ने चुनौती थियो । अनि मैले रक्सौलको जग्गाावट आउने सम्पुर्ण आम्दानीको व्यवस्थित गर्न सक्यो भने कर्मचारीको तलब त्यहीबाट पनि पुग्न सक्छ तर त्यो भ्याइरहेको छैन । तैपनि ५ हजारमा लाग्ने ठेक्का डेढ लाख सम्म पु¥याएँ । जस्तो इन्डियाको रेल्वेको साइडमै नेपाल रेल्वेको जग्गा छ । त्यो जग्गामा ठेकेदारहरुले सिमेन्ट राख्न त्यो जग्गा वाहेक अरु विकल्प नै छैन भारत रेल्वेलाई । अर्को भएको ठाउँमा पनि चौविस घण्टामै राखिएको सामान हटाउनु पर्ने हुन्छ नहटाए नेपाल रेल्वेको जग्गामा तिर्नु पर्ने मूल्य भन्दा धेरै वढी तिर्नु पर्ने हुन्छ । त्यसैले धेरैको चलखेल गर्छन त्यहाँका ठेकेदारहरुले । यहाँ जुन जुन जिएम आउँछन, विभिन्न तरिकाले प्रलोभन दिएर ठेकेदारले आफ्नो पक्षमा तान्ने गर्छ । मैले त्यो सबै ब्लोक गरिदिएँ । हाम्रो जग्गा अब भाडामा जाँदैन भने । अनि त्यहाँ ठेकेदार(ठेकेदार बीचको अन्तरविरोधलाई समातेर डेढ लाख देखि दुई लाख सम्ममा लिजमा दिएँ । त्यो पैसाले त्यहीँका कर्मचारीलाई तलब खुवाउन लगाएँ र वाँकी पैसा यहाँ पनि ल्याएँ । यस अघि हुन्थ्यो के भने त्यहाँका कर्मचारीको तलब पनि यहीँबाट दिनु पथर््यो । यसरी ६ महिनामा ज ितगर्न सकें, ३८ लाख रुपैयाँ सबै खर्च काटेर मुनाफा गरें । प्रचण्डको सरकार ढल्यो, मेरो पनि राजनीतिक नियूक्ती भएको कारण मेरो पद पनि गयो । (२०६५ माघ देखि ६ महिनाका लागि रेल्वे महाप्रवन्धक रहेका श्यामचन्द्र यादव संग द एक्सक्लुसिभले गरेको कुराकानीमा आधारित)


मिति ः २०७०÷३÷९

प्रहरी प्रशासन विरुद्ध अदालतमा मुद्दाको चाङ जाहेरी दर्तामा प्रहरी स्वेच्छाचारी बन्दै



अजय अनुरागी
जनकपुरधाम..........
मध्य तराईका जिल्लामा प्रहरी प्रशासन जनता प्रति जनउत्तरदायित्व नदेखिएकै कारण तिनीहरु  विरुद्ध अदालतमा मुद्दा हाल्ने प्रवृत्ति वढ्दै गएको छ । नेपालको कानुन बमोजिम प्रहरी प्रशासनले कार्य सम्पादन नगर्दा ‘परमादेश’ र गैरकानुनी रुपले प्रहरी प्रशासनले व्यक्तिलाई जवरजस्ती  थुनछेक गर्दै आएको कार्य विरुद्ध ‘निषेधाज्ञा’ को मुद्दा हाल्ने प्रवृति वढेको देखिन्छ । धनुषा, महोत्तरी र सर्लाही तिन जिल्लामा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय समेतका विरुद्ध नागरिकले चालु आर्थिक वर्ष २०६९ को साउन महिना देखि जेठको मसान्त सम्ममा ७८ थान मुद्दा(हेर्नुस बक्स) पुनरावेदन अदालत जनकपुरमा दायर गरेका छन । दिनै पिच्छे यस्ता मुद्दाहरु पर्ने गरेको, यहाँ सम्मकी एक दिनमा ४÷४ वटा मुद्दा प्रहरी प्रशासन विरुद्ध पर्ने गरेको छ । सिधा सिधा जाहेरी दर्ता नहुँदा वकिलहरुको शुल्क तिरी अदालतको वाटोसम्म पुग्न महँगो खर्चले पिडितलाई झन थप आर्थिक भार पर्ने गरेको देखिन्छ । अहिले प्रहरी प्रशासन विरुद्ध परमादेश र निषेधाज्ञा मुद्दा सम्बन्धीत जिल्ला अदालतमा पनि दर्ता गर्ने प्रावधान  भएपछि धनुषा, महोत्तरी र सर्लाहीको जिल्ला अदालतहरुमा पनि उक्त मुद्दाहरुको चाङ वढन थालेको छ । प्रहरीले पद, पावर, पैसा र पहुँच भएका व्यक्तिका विरुद्ध जाहेरी दर्ता नै नगर्ने, निमुखा, सोझा पहुँच विहिन भएका सर्वसाधारण विरुद्ध झुठो मुद्दा भए पनि गिरफ्तारी गर्ने प्रवृति वढदै जानुले तराईका जिल्लाहरुमा प्रहरी प्रशासन स्वेच्छाचारी हुन खोजेको देखिन्छ ।सरकारी मुद्दा सम्बन्धी ऐन २०४९ को दफा ३ मा सरकारवादी कुनै अपराध भएको वा भइरहेको वा हुन लागेको छ भन्ने कुरा थाहा पाउने व्यक्तिले तत्सम्बन्धी अपराध बारे आफु सँग भएको वा आफुले देखे जाने सम्मको सबुत प्रमाण खुलाई यथाशिध्र सो कुराको लिखित वा मौखिक सूचना नजिकको प्रहरी कार्यलयमा दिनु पर्ने उल्लेख छ । अपराधको सूचनाको लिखित वा मौखिक भनाईमा उसले भनेका सबै कुराहरु खुलाई लेखी निजलाई पढी वाची निजको सही छाप समेत गराई दर्ता कितावमा अनिवार्य रुपमा जिल्ला प्रहरीले दर्ता राख्नु पर्ने छ । उक्त ऐनको दफा ३ कै उपदफा ५ मा जिल्ला प्रहरी कार्यालयले अपराधको सूचना जाहेरी दर्ता गर्न इन्कार गरेमा प्रमुख जिल्ला अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक कहाँ निवेदन दिनु पर्छ । उक्त दुवै कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई दर्ता गर्न निर्देशन दिनु पर्ने हुन्छ । तर ती सबै प्रक्रिया पु¥याउँदा पनि जाहेरी दर्ता नहुँदा पिडित मान्छेले महँगो खर्च गरी अदालतको ढोका खटखटाउन वाध्य हुन्छन ।
अघिवक्ता विमल कुमार मिश्र भन्छन,“ जाहेरी दर्ता गर्नु प्रहरीको अनिवार्य कर्तव्य हो । प्रत्येक जाहेरी दर्ता पश्चात सो सम्बन्धमा प्रहरीले अनुसन्धान तहकीकात गरी आवश्यक सरसल्लाह वा निर्देशनको लागि सरकारी वकिल सँग सल्लाह गरी निजले मुद्दा चलाउन अनुमति दिएमा मात्र मुद्दा सम्बन्धित निकायमा दर्ता हुने कानुनी व्यवस्था छ । यसको अर्थ जाहेरी दर्ता गर्दैमा पनि मुद्दा चलाउनै पर्ने भन्ने कानुनी वाध्यता छैन । तर जाहेरी दर्ता पश्चात प्रत्येक जाहेरीमा अनुसन्धान र तहकिकात गर्नै पर्ने र सो को परिणामवाट मुद्दा चलाउने÷नचलाउने निर्णय गर्नु पर्दछ । आर्थिक मोलमोलाइजा, रेकर्ड राख्नु नपर्ने कारण जाहेरी दर्ता गर्न प्रहरी प्रशासन इन्कार गर्ने गर्छन ।”
भारत विहारको मधुवनी पञ्चायत मुखियापट्टी गाउँ रैयमा घर भई हाल जनकपुर(८ विहारकुण्ड स्थित युगल विनोद कुन्जमा बस्ने आन्दाजी ५२ वर्षीय उदयकान्त झा भन्ने उदयकान्त शरणले झुठा व्यहोरा उल्लेख गरी धनुषा, जनकपुर(८ बाट नागरिकता लिएकोले कारवाई गरी पाउन प्रमाण कागजहरु सहित जनकपुर(८ बस्ने सिया शरणको चेला छोरा हनुमान शरण वैष्णवले २१ जेठ२०७० मा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिन्छ । निवेदकका अनुसार सो जाहेरी दिए पश्चात बुझसुझ गरेर दर्ता गर्छु, तपाई २ दिन पश्चात दर्ता नम्बर लिन आउनु होला भनि मुद्दा शाखाका प्रहरी निरीक्षकले जवाफ दिन्छन । २ दिन पछि दर्ता नम्बर लिन जाँदा भोली भन्दा आलटाल गरे पछि प्रहरी उपरीक्षक सँग भेट गरी सम्पुर्ण कुरा भन्दा तपाईको जाहेरीमा बुझसुझ गर्ने काम भैरहेको छ, सम्पुर्ण कागजात झिकाई अनुसन्धान गरी मात्र दर्ता गर्छु भनि दर्ता गर्न इन्कार गरेकाले वाध्य भै जाहेरी दर्ता गरी अनुसन्धान तहकिकात गरी कारवाई गर्न जिल्ला प्रहरी कार्यालय धनुषाको नाउँमा आदेश गरी पाउँ भन्दै जिल्ला प्रशासन कार्यालयमा धनुषामा चढाइएको निवेदन पत्रमा उल्लेख छ ।
१९ असोज २०६८ मा धनुषाको मुखियापट्टी मुसहरनिया प्रहरी चौकीका असई जयनारायण यादव र प्रहरी जवान उपेन्द्र यादवले स्थानीय फुलधारी मुखियालाई कुटपिट गरी हत्या गरेको भन्दै मृतकका दाई शिवधारी मुखियाले कर्तव्य ज्यान विरुद्ध दुवै प्रहरीलाई कारवाइ गर्न १९ अषाढ २०६९ मा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिन्छन । उक्त जाहेरी अझ सम्म फाइलमै सिमित छ तर दर्ता हुन सकेको छैन । उक्त घटनामा राष्टिूय मानव अधिकार आयोगले केन्द्रिय कार्यालयले १ जेष्ठ २०६९ मा निर्णय नै गरेर पिडित शिवधारी मुखियालाई क्षतिपुर्ति दिन र दोषी प्रहरीलाई विभागिय कारवाही चलाउन सिफारिश नै गरेको थियो ।
जनकपुरमा रहेका आधा दर्जन गैरसरकारी संस्थामा कार्यरत महिला अधिकारकर्मीहरुले डा.निलम चौधरीले अवैध भ्रुण हत्या गरेको भन्दै सम्बन्धीत पक्षहरुसँग भेट गरी अवैध तरिकाले लिङ्ग पहिचान गर्ने, गर्भपतन गर्ने÷गराउने व्यक्तिलाई कानुनी कारवाहीको माँग गरेका छन । जिल्ला महिला अधिकार सरोकार धनुषाका तर्फबाट संयोगिता साह, महिला पुनसर््थापना केन्द्र धनुषाका तर्फबाट हेमलता सिग्देल, ल्याक धनुषाका तर्फबाट अधिबक्ता किरण कुमारी साह, परिवार नियोजन संघका वरिष्ठ अधिकृत रामबहादुर कार्की, धनुषा उत्थानका नथुनी लालदास, सामुदायिक परिवार कल्याण संघ धनुषाका राजनन्दन यादव, जिल्ला महिला अधिकार मञ्चकी मालती ठाकुर, महिला तथा बालबालिका सेवा केन्द्रकी मिना केसी, जनकपुर नागरिक समाजका मुरली मनोहर मिश्र, आरडिएफ धनुषाकी रेखा दत्तले संयुक्त रुपमा जाहेरी दिने भएको छ । उक्त जाहेरीमा लिङ्ग पहिचान गर्नु, लिङ्ग पहिचान गरि भ्रुण हत्या गर्नु÷गराउनु अपराध रहेको भन्दै जनकपुर प्रसुति क्लिनिकको संचालिका डा. निलम चौधरी÷उक्त क्लिनिकमा कार्यरत नर्स रम्भा, महोत्तरी सोहरवा(४ का अनिल झा र अनिल झा की श्रीमति चन्दा झा विरुद्ध मुद्दा दर्ता गराउन जाँदा प्रहरीले जाहेरी दर्ता गर्न इन्कार गरेको अधिवक्ता रेखा झाले बताइन ।
    लिङ्ग पहिचान गर्ने÷गराउने साथै लिङ्ग पहिचानको आधारमा भ्रुण हत्या गर्ने÷गराउने गैरकानुनी भएको साथै जिउदै बच्चाको लिङ्ग र अण्डकोष झिक्नु जघन्य अपराध गरेको हुनाले अविलम्ब पक्राउ गरी ज्यान महलमा व्यवस्था भए बमोजिम मानब शरिरको अङ्ग प्रत्यारोपन (नियमित तथा निषेध ऐन २०५५) बमोजिम हदै सम्मको सजाय माँग दावी गरी जाहेरी तयारी गरिएको भन्दै अधिबक्ता रेखा झाले जाहेरी दर्ता गराउन जिल्ला प्रशासन र अञ्चल प्रहरी कार्यालय धाउँदा पनि सुनुवाई नभएको बताइन ।
    सर्वोच्च अदालतले जनकपुरमा माओवादी द्धन्दकालमा ५ वटा युवालाई वेपत्ता पारेको घटनामा प्रहरी संगठनका वहालवाला प्रहरी महानिरीक्षक कुवेर सिंह राणा विरुद्ध जाहेरी दर्ता गरी अनुसन्धान तहकिकात गर्न आदेश दिएपनि हालसम्म कारवाही अगाडी वढेको छैन । यी सम्पुर्ण घटनाहरु प्रहरीले जाहेरी दर्ता नगर्ने उदाहरण मात्र हुन ।
किन हुँदैन जाहेरी दर्ता भन्ने सवालमा जिल्ला प्रहरी कार्यालय धनुषाका मुद्दा फाँटका प्रहरी निरीक्षक दिपेन्द्र पजियार भन्छन,“ प्रायः जसो उजुरीहरु दर्ता हुने गरेका छन तर यहाँ वढी जसो गलत उजुरीहरु आउने गरेका हुन्छन । कुनै पनि घटना बारेमा अनुसन्धान नै नगरी दर्ता गर्दा निर्दोष व्यक्तिले पनि दुःख पाउँछन तसर्थ घटनाको यथार्थ पता लगाएर जाहेरी दर्ता गर्ने गरेका छौ । दैनिक दुई देखि तीन वटा जाहेरी दर्ता हुन्छ । घटना एउटाले गराएको हुन्छ विपक्षीे आफ्नो दुश्मनलाई  बनाउने प्रवृति पनि छन त्यसकारण वास्तविकता पता लगाएर हामी जाहेरी दर्ता गर्ने गर्छौै ।” प्रशासन विरुद्ध यति मुद्दा किन पर्ने गर्छन भन्ने सवालमा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कटुवाल भन्छन,“ वकिलहरुले आफु पैसा कमाउनका लागि अदालतमा मुद्दा हाल्न लगाउँछन, अदालतमा मुद्दा परेपनि नतिजा ५ प्रतिशत पनि नआउनुले पुष्टि हुन्छ ।” एडभोकेसी फोरम धनुषाका अध्यक्ष तथा अधिवक्ता राजकुमार महासेठ भन्छन,“ जाहेरी दर्ता गर्नु प्रहरीको अनिवार्य कर्तव्य हो तर यहाँका प्रहरीले जाहेरी दर्तामा स्वविवेकको आधारमा लिने गरेका छन ।”
यातना तथा क्षतिपुर्ती विरुद्ध ६ वटा मुद्दा
धनुषामा प्रहरीद्धारा हिरासतमा लिइएका व्यक्तिलाई चरम यातना दिइने गरेको पनि पाइएको छ । धनुषा जिल्ला अदालतमा प्रहरीले चरम यातना दिएको भन्दै ६ वटा मुद्दा परेका छन जस मध्ये तिन वटा मुद्दाको फैसला भएको छ भने तीन वटा मुद्दा कारवाहीको अवस्थामा विचाराधिन छ । फैसला भएको मुद्दाहरु मध्ये एउटा मुद्दामा प्रहरी पक्षले सफाई पाएका छन भने अन्य दुईमा कारवाही भएको देखिन्छ । धनुषाको तारापट्टी प्रहरी चौकीमा असई रामअशिष वडै र प्रहरी जवान नरेन्द्र कुमार झा ले हिरासतमा लिइएका सन्तोष कुमार साहलाई हिरासतमै चरम यातना दिइएको भन्दै १ अशोज २०६६ मा दर्ता गरिएको मुद्दामा धनुषा जिल्ला अदालतका न्यायाधिश रामकृष्ण खनालको इजलासले ०१ अषाढ २०६८ मा पिडितलाई रु.२५ हजार ५ सय क्षतिपुर्ती दिन तथा दुवै प्रहरीलाई विभागिय कारवाही गर्न आदेश दियो ।
त्यसै गरी सात राजनीतिक दलको विशाल आम सभामा जनकपुरको रंगभुमि मैदानमा प्रहरीले कुटपिट गरेको भन्दै एडभोकेसी फोरम धनुषाका अध्यक्ष राजकुमार महासेठले सशस्त्र प्रहरीका डिएसपी सुभाष भण्डारी समेतको विरुद्ध यातना तथा क्षतिपुर्तीको माग गर्दै १७ फागुन २०६४ मा मुद्दा दर्ता गरेको थियो । यातना तथा क्षतिपुर्ती ऐन अन्तरगत विभागिय कारवाही र क्षतिपुर्ती दुबैको माग दावी गरिए पनि २६ अषाढ २०६८ मा धनुषा जिल्ला अदालतका न्यायाधिश रामकृष्ण खनालको इजलासले रु.२५ रुपैयाँ क्षतिपुर्ती भराई दिने फैसला गरेको थियो । उक्त मुद्दामा प्रहरीलाई विभागिय कारवाही गरिएन ।
त्यसैगरी २ माघ २०६८ मा जनकपुर(४ का रंजित कुमार अधिकारीले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक संतोष खडकाले हिरासतमा चरम यातना दिएको भन्दै दायर गरेको मुद्दामा धनुषा जिल्ला अदालतका न्यायाधिश महेश पुडासैनीको २८ चैत्र २०६९ को इजलासले वादीको दावी परेको भन्दै प्रतिवादी संतोष खडकालाई सफाई दिएको छ । यातना तथा क्षतिपुर्तीका विरुद्ध दर्ता गरिएका माथिका ३ वटा मुद्दाको फैसला भइसके पनि तिनवटा मुद्दा अहिले धनुषा जिल्ला अदालतमा विचाराधिनको अवस्थामा रहेको छ । ९ चैत्र २०६८ मा धनुषाको चौरा कोयलपुर(३ का राम विराजी देवीले चोरा कोयलपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दीप कुमार राउत विरुद्ध ०४ बैशाख २०६९ मा वेंगा शिवपुरका श्रीचन्द मुखियाले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक संतोष खडका र ०६ बैशाख २०६९ मा लक्कड(७ का नेमलाल पासमानले जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी सहायक निरीक्षक नागेन्द्र यादव विरुद्ध हिरासतमा लिइएको अवस्थामा चरम यातना दिएको भन्दै अदालतमा मुद्दा दिएका छन ।

मिति ः २०७०÷३÷९