Monday, September 30, 2013

प्राध्यापक सत्यनारायण गडेरीको हत्या



       
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जनकपुर क्षेत्रकै चर्चित नेपाली विषयका सह प्रध्यापक ५० वर्षी सत्यनाराण गडेरीको विभत्स हत्या गरिएको छ । गडेरीको शव धनुषाको कुर्था गाविस ६ को ईट्टाभठ्ठा नजिक ११ असोज विहान ५ बजे फेला परेको हो । सह प्रध्यापक गडेरीलाई अज्ञात समुहले धारिलो हतियार प्रहार गरि घाँटी रेटी र छातीमा एक गोली प्रहार गरि हत्या गरेको अवस्थामा शव भेटिएको धनुषा प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लगि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । गडेरीलाई कसले र किन हत्या गरियो सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले जनाएका छन् । गडेरीलाई राति नै हत्या गरि फालिएको हुन सक्ने प्रहरीको अनुमान छ । विहिवार बेलुका सम्म प्रध्यापकहरुकै सम्पर्कमा रहेका गडेरी साँझ देखि सम्पर्क विहीन रहेका थिए । सिरहाको जिल्लाको अरनामा स्थाई घर भई जनकपुर नगरपालिका ८ मा घर बनाई बस्दै आएका गडेरी जनकपुरको जनकहजारी विद्यापिठ र धनुषा साईन्स क्याम्समा अध्यापन गर्दै आएका थिए । गडेरीले नेपाली व्याकर्ण बोर्डिङ स्कुलका विभिन्न नेपाली भाषाका किताबहरु लेख्दै लेखकको रुपमा समेत परिचित थिए । गडेरीको श्रीमती सहित एक छोरा एक छोरी रहेका छन् । यता सह प्रध्यापक गडेरीको हत्या पश्चात जनकपुर क्षेत्रका सम्पुर्ण क्याम्सका प्रध्यापक र विद्यार्थीहरु स्तव्ध भएका छन् । गडेरीको हत्या भएको केही मिटर पर उनले प्रयोग गरेको ज १ प १९९९ नम्बरको मोटरसाईकल समेत भेटिएको छ ।
धनुषाका प्रहरी नायव उपरीक्षक संतोष सिंह राठौरले हत्यामा संलग्न रहेको आरोपमा एकजनालाई अनुसन्धानको क्रममा पक्राउ गरिएको बताएकाछन । उनले हत्याको कारण यकिन भइनसकेको जनाए । गडेरीले कुर्थामा रेलवे स्टेशन बन्ने चर्चा रहेको नजिकै जग्गा किनेको बताइन्छ । उनको हत्यापनि त्यहीँ  नजिक भएकोले जग्गाको बिबाद समेत हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेकोछ । प्रहरीका अनुसार जग्गा सम्बन्धी बिबादपनि हत्याको कारण हुन सक्ने संभावना छ । प्रहरीले बारहबिघा छेउमा समेत उनको जग्गा रहेको जनाएकोछ ।केहि संघसंस्थाहरुमा उनको सकृयता र सहकारी संस्था खोल्ने तयारी रहेको प्रनाउ राठौरले जनाए । यसैबीच जनक हजारी विद्यापीठ क्याम्पस जनकपुरका सहायक प्राध्यापक सत्यनारायण गडेरीको अज्ञात व्यक्तिद्धारा गरिएको विभत्स हत्याको विभिन्न क्षेत्रबाट सर्वत्र विरोध भएको छ । उच्च माध्यमिक विद्यालय संघ नेपाल,स्वतन्त्र विद्यार्थी युनियन,प्राज्ञिक विद्यार्थी परिसद,नेपाल, नीजि तथा आवाशिय विद्यालय अर्गनाइजेशन नेपाल धनुषा, अखिल नेपाल राष्टिूय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी), नेपाल विद्यार्थी संघ लगायतका विभिन्न संगठनले छुट्टा छुट्टै रुपमा विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गरी हत्यारालाई पत्ता लगाइ कडा कारबाहीको माग गरेको छ ।


मिति ः २०७०÷६÷१३

हिजो र आज– अनुज मिश्र



  अनुज मिश्र 

आजभोली बर्दीको समय छ,तर हरेककाल समय बर्दी कै मौताजÞ रहन्छ भन्ने कुरा सत्य हैन, केहि दिन पहिला राजा र एकल कांग्रेसको जयजय थियो अनि फेरी माओवादीले छापे, इतिहासले राना बोल्यो । परिवर्तन तीन घण्टाको फिल्म हैन यो त चेतनाले सम्भव हुने समस्टिगत विकास हो जून तपस्या र  बलिदानीले सिंचित हुनेगरेको हुन्छ । राम्रो आवरणले मात्र अग्रगामी भूमिका खेल्न सक्छ भन्ने कुरालाई मात्र सत्य मान्नु भनेको अन्र्तमनमा बासबसेको देवत्वलाई नकार्नु हो । बाहक जो कोहि पनि हुनसक्छ त्यसकोलागि पण्डित ज्यूको तिथि , बिहेको कोट, र मेनकाको सुन्दरता नै अनिवार्य हो भन्ने हैन । गलत बिरुद्ध बोल्न सक्ने क्षमता, त्यस आवाजलाई थिच्ने बिरुद्ध एकजूट हुनसक्ने  इच्छाशक्ति अनि त्यस्ता दोषीलाई पाखा लगाउन अभीजात हल्लाबोल्नुनै काफी छ । जस्तै समय चलायमान छ त्यस्तै यहाँका हरेक महत्वपुर्णकुराहरु भोलि कम महत्व बोक्ने हुन सक्छन , कहीं हतियार बोल्छ त कहिँ कलम । जहाँ जसको चल्यो त्यसैले सत्य बोकेको छ । केहि दिन अगाडी सम्म माओवादी जंगल हुदा तीनलाई  राज्यले आतंकवादी भने तर आज उनैले पनि राज्य चलाए,त्यसबेला प्रहरी बर्दी छोडी भागी हिड्थे, त्यो जागिर पस्नु भनेको इच्छामृत्यु मान्निन्थ्यो । आज तिनैले फेरी जुँगाहाली जनयुद्धकालका दोषीहरुलाई खोरमा हाल्न सम्म भ्याएका छन् ।   आज पत्रकार समुदाय आफ्नो अस्तित्व स्थापित गर्दैछन, पूर्ण स्वतन्त्रता र सुरक्षा नभएपनि आवाजबिहिनका अवाज आफ्नो माध्यम्ले प्रतिनिधित्व गर्न तत्पर भूमिकामा लागिजुटेका छन् संयोगवस समयले निरन्तर फड्को मारिनै  रहेको छ ।  हामीले यिनका निकट भविश्यमा हुने मजबुतीलाई ध्यानमा राखी प्रेस भनेको राज्यमा हुने अबैधानिक र बैधानिक  कार्यलाई जनसमक्ष उजागर गर्ने एक प्रगतिकामी अंग बुझ्नुपर्ने हो  । जसरी घरको कसिंगर लाइ  दिनहु बढार्नुपर्छ देशभित्र हुने बेइमान,  भ्रस्ट व्यक्तिलाई हरेक दिन पाखा लगाउनुपर्छ । देश विष्म परिस्थितिबाट गुज्रिरहेकोबेला जनताले  सुनौलो बिहानीको कल्पना गर्न स्वस्थ बिउ छर्किनुपर्छ । त्यतिमात्र हैन, सरकारी र प्राइभेट  कालेज,स्कूल,क्लव आदि संघ(संस्थाहरुले पनि आफ्नो  क्रियाकलापलाई सकारात्मक सत्य तिर डोर्याउनुपर्छ । वर्षौ देखी भ्रष्ट आधारसिलामा खडा  गरिएको भवनलाई भत्काउनु सानो कुरा हो तर विनिर्माण गर्नु सानो कुरा नभएपनि असम्भव अवश्य पनि हैन, जरूरी छ  त्  केवल पारस्परिक सहयोगको । एउटा नेता आज आफ्नो पहिचान खोज्न जनमानसमा आफ्नो सम्बाहक पठाउनु भनेको उनको  परिस्थितिमा निकै उलटफेर हुनु हो, अहिले स्वसजगता खोज्ने समय हो । एक नेता पछाडी आफ्नो अमूल्य जिवन खर्चिनु भन्दा राम्रो आफै नेता हुनु हो, एक कर्तव्यनिष्ट वा समाज सुधारक हुनु हो । बिकासको मामिलामा अरुलाई विश्वास गर्नु भन्दा राम्रो आफै हाम फाल्नु सर्वोत्तम उपाय हो । मधेसी,गरिब, दलित, आदिवासी,जनजाती, महिला, अपांग, मुस्लिम, सिमान्तकृत  आदि वर्गले जुझारु हुन सर्वप्रथम आफू त्यस मानसिकताबाट  मुक्त हुन जरुरी छ । गरिबले मुक्तिको  निम्ति औसत धनीको जीवनसैलीलाई आफ्नो हक अधिकार बुझ्नैपर्छ । गरिब देशको आफ्नो जनतालाई भेट्न महंगो बग्गी चढेर आउने नेताज्यूलाई भ्रस्टाचारी भन्न मिल्ने पर्याप्त आधार हुँदाहुँदै पनि तिनकै जयजय गर्नु भनेको  त आफ्नो स्वतन्त्र इच्छाले आफू बेचिन स्वीकार्नु हो । क्षणिक लोभमा परेर आफ्नो आत्मा र कर्णधारका भविष्य बेच्नेले त कम्तिमा अब आफूसंग घोर गल्ती भएको नैतिकता पेश गर्नु पर्दछ । समयले त फड्को मार्ने नै छ र मार्दै छ पनि, फेरी त्यतिवेला लाजले समय अगाडी नांगै उभिनुपर्दा राजा र राना कै हालत हुनबाट कसैले पनि नजोगाउने तथ्यलाई  बिर्सिनु भएन । समयले आफ्नो समिकरणमा, दुस्कर्मलाई चाडैं वा अबेर भएपनि नराम्रो परिणाम दिएकै छ । हो, बल पुग्नेले एक(आध घण्टा अबेर भोग्नु परेछ होला, निर्दोषले पनि पिडा खेप्नु परे होला । हो, कहिँ हतियारले पनि सत्य जन्माएछन् होला र कलमले सत्य मारेछन होला तर अनायास समयलाई एकैनास बुझ्नु पनि त असत्य हो । जब समयले मुख खोल्छ कसैको  जोड चल्दैन ।       समयलाई आफैले पनि कमजोर गर्नु भनेको गलतको वकालत गर्नेको संख्या आफैले जोड्नु जस्तै हो । आज फेरी चुनाव टाउकोमा  आएदेखिन नेताहरु लोभ बाँडदैछन् , हिजो सम्म नराम्रो मानिएका नेता ज्यूहरु आजभोली फेरी खुट्टा सार्दै छन्, बिसिर्नेले त्यो घाऊ  पनि बिर्से,कोहि अझै याद राखेछन तर त्यस्ता औंलामा गनेर छन । कहिँ इमान्दारी छाट्ने ब्यक्तिले  पैसा खाएर पनि  भोट हाल्न बेइमानी गर्छन । त कहिँ त्यस्तै भ्रष्ट नेताले फेरी पनि बहुमत बटुल्छन । फेरी तिनैले इमान्दारीका तक्मा पनि लिएर राष्टू हाक्ने कुरा गर्छन । हामी आशा मार्दैनौ परिवर्तन हाम्रो मूल अजेण्डा रहिरहन्छ । उनले बाँडेको लोभ रित्तिने  बितिकै स्पष्ट याद आउंछ असल नेता, असल प्रशासन,असल प्रेस, असल वकिल त् कहिले यिनलाई बनाउने असल शिक्षक महोदय आदि, हामी झन्डै कसैलाई बिसिर्दैनौ । समयले नितान्त आवश्यक बनाएपछि हामी बिजुली काट्नेलाई घरबाट गालि गर्छौ तर त्यसकोबिरोध गर्नेलाई  नैतिक समर्थन गर्न पनि  लाज लाग्छ  ...हाम्रो एजेण्डा परीक्षामा चोरी गराउनु, खुवाउने नेता ज्युमा  इमान्दार नेता ज्यु खोज्नु,गाली गरे  काम गर्नु, अघाएर खाएपनि खाली पेट बारे नलेख्नु, चारैतिर फोहोर गर्नु र  यी कुराको बिरोध गर्नेलाई अमानवीय भन्नु आदि । आज भनेको तिनै हिजोहरु मिलेर बनेको छ, तर हामी चाडै भुल्न तयार छौ इतिहास...हामी मात्र आज देख्छौ...नाजि भुल्छौँ...मष्तिस्कमा केन्द्र पालेर विकेन्द्रीत विकास को कल्पना गर्छौ । हाम्रो बोली र कर्म बीचको  द्वन्दले हामीलाई कमजोर र ती भ्रस्टहरुलाई शक्ति सिर्जन्छ । हामी आदि बन्न स्वेच्छाले तयार छौं ।
        


मिति ः २०७०÷६÷१३

४३ वर्षदेखि न्यायको पर्खाइमा



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषाको देउरी परवाहा ५ का ६५ वर्षिय चन्द्रदेब मिश्र न्याय माँग्दै हिंडेको ४३ वर्ष भयो । सर्बोच्च अदालत, तात्कालीन भूमी प्रशासन, पुनरावेदन अदालत हुँदै हाल उनी निर्णय कार्यन्वयनका लागि जिल्ला प्रशासन कार्यालय धनुषा धाईरहेका छन् । तर न्याय पाईसकेका छैनन् । जनकपुर गुठीको नाउँमा रहेको धनुषाको परवाहा ३ स्थित साबिक कित्ता नं ७२२ र २०२६ को सर्भे पछि कायम गरिएको कित्ता नं ३२३ को ०(६(१०(० जग्गा धनी प्रमाणपत्र बनाउन उनले सर्बोच्चसम्म धाए । सर्बोच्चले पक्षमै आदेश दिएपनि निर्णय कार्यन्वयनका लागि उनले अझै प्रशासन समक्ष धाईराख्नुपरेको छ । मिश्रका बुवा नचारी मिश्रले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा २०२६ सालको सर्भेमा फिल्डबुकमा छुट्न गई ऐलानी कायम भयो । ऐलानी कायम भएको बारे समयमै जानकारी नभएपनि २०३३ सालमा सर्बोच्चमा आफ्नो नाउँमा दत्र्ता कायम भएको साबिक कित्ता नं को जग्गा ऐलानी कायम गरिएकोमा उत्प्रेषणको माँग गर्दै रिट दिए ।सर्बोच्चले २०३३ को १६ फाल्गुनमा २०२९ को पुस १० मा भूमी प्रशासनले ऐलानी कायम गरेको निर्णय त्रुटीपूर्ण रहेको ठहर गर्दै प्रशासकको नाउँमा परमादेश जारी गर्यो । यद्दपी सर्बोच्चको निर्णयको कार्यन्वयन नहुँदा मिश्र परिवारको नाउँमा जग्गा प्रमाण पूर्जा बनेन् । ३१ वर्षसम्म निरन्तर अदालत, प्रशासन कहाँ सबूत प्रमाण लिएर धाएपनि जग्गाा धनी प्रमाण पूर्जा नबनेपछि चन्द्रदेब मिश्र पुनरावेदन गए । मालपोत कार्यालयले २० जेठ,२०६२ मा जग्गाको तारेख तोडेर मिसिल तामेलीमा राख्ने निर्णय गरेपछि पुनरावेदन गरेका मिश्रले पुनरावेदनबाट पनि मालपोतको निर्णय बद्दर गरिएको आदेश पाए । र सर्बोच्चले दिएको आदेशलाई ध्यानमा राख्दै भोगचलन गर्दै आएका मिश्रसँग मौजूद प्रमाण तथा सिफारिशलाई मध्यनजर गरेर निर्णय गर्न मालपोतलाई आदेश दियो । पुनरावेदनले आदेश गरेको ६ वर्ष बित्यो । विवादको किनारा लाग्न सकेको छैन् ।
पिडित चन्द्रदेव मिश्र(वायाँ) र
 न्यायका लागि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली कहाँ गुहार लगाउँदै ।
गुठी तर्फको जग्गा भएकाले गुठीले २४ असोज २०४७ मा मालपोत कार्यालयलाई नामासारी दर्ता गरी जग्गा धनी प्रमाण पुर्जा उपलब्ध गराई दिन पत्र नै लेखेको छ । देउरी परवाहा ३ नचारी मिश्रको नाउँमा दर्ता रहेको नापीमा दर्ता हुन छुट भएको र साविकमा निजकै नाममा नम्बरी रहेको देउरी परवाहा ५ कित्ता नं. ७२२(साविक) सर्वे नापी हुँदा कायम भएको वार्ड नंं. ५ कित्ता नं.३७३को ६ कठ्ठा १० धुर जग्गा समेत मिनहा महलबाट लगत कट्टा गरी छोराहरु श्रीकान्त मिश्र, चन्द्रदेव मिश्र र वैदनाथ मिश्रको नाउँमा संयूक्त दर्ता नामसारी गरिदिने निर्णय भएको उक्त पत्रमा उल्लेख भएपनि नेपाल सरकारको नाउँमा रहेको जमिन कसरी नामसारी गरिदिने भन्दै मालपोत कार्यालयले नामसारी नगरिदिएको पिडित ७५ वर्षिय चन्द्रदेव मिश्र गुनासो गर्छन । मिश्रले जग्गाको भोगचलन बापत् गुठीलाई कुत समेत बुझाएका छन् । २०२० देखि २०५४ सम्म भूमीकर बुझाएका मिश्रको २०६० यता गुठीले भूमीकर समेत लिन अस्वीकार गरेको छ । साबिक कित्ता नं बाट चन्द्रदेब मिश्रले १६ धुर जग्गा बिक्रि गरेका छन् । बिक्रि भएको जग्गाको भोगचलनकै आधारमा जग्गाधनी प्रमाण पूर्जा समेत बनेको छ । तर उनले भोगचलनमा ल्याएको जग्गाको बखेडा न्यायालयमा पुगेको ४३ वर्ष भईसक्यो, प्रमाणको आधारमा आफ्नो भन्न पाएका छैनन् ।



मिति ः २०७०÷६÷१३

रातो साइरन बजाउंदै हिड्ने दास पक्राउ



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाले रातो बत्तिको दुरुपयोग गरेको आरोपमा जनकपुरमा चालक सहित भारतीय नम्बर प्लेटको गाडि नियनत्रणमा लिएको छ।    
राजनीतिक दलका कार्यकर्ताहरुले गाडिमा रातो बत्तिको १० असोजमा राती ८ बजे तिर भारतीय नम्बर प्लेट व्ज्ण्ज्ञख् ढडद्दड नम्बरको साइरन बजाउँदै गाडी कुदाईरहेको अवस्थामा आशंका लागेपछि स्थानियवासीले  टूाफिक प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरीले राति मुरली चौकबाट उक्त गाडी र चालकलाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएको गाडि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको टूाफिक प्रहरी निरिक्षक राजन भेटवालले जानकारी दिनु भयो । प्रहरी निरीक्षक भेटवाल भन्छन,“ आफुलाई साइरन बजाएर हिडनु हुदैन भन्ने जानकारी नरहेको कारण गल्ती भयो, सद्भावना पार्टीबाट धनुषाको क्षेत्र नं. ३ बाट प्रत्यक्ष तर्फ सभासदका लागि उठदैछु, अनुसन्धानको क्रममा उनले बताएका छन ।” पक्राउ परेको गाडीलाई छानविन गरिदै छ, गाडीको सक्कल कागजात नरहेको पाइयो, प्रतिलिपी दिएको हुनाले गाडीकै पनि अनुसन्धान अगाडी वढेको भेटवालले बताएका छन । रातो साइरन बजाउने अधिकार सुरक्षा निकाय, स्वास्थय क्षेत्र र मन्त्रिपरिषदकै निर्णय भएर अधिकार दिएको व्यक्ति मात्र हुनुपर्छ अन्यथा कारवाही अगाडी वढछ , भेटवालले बताएका छन । नियन्त्रणमा लिएको गाडिमा राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीको चुनाव चिन्ह तिर छापको झण्डा समेत लगाएको पाइएको छ । दलितको अगुवा बताउने महोत्तरीको बगरा घर भएका  जगदीस दासले आफुलाई विशेष सुविधा सहित भारत सरकारले उपलब्ध गराएको भन्दै केही दिन यता  धनुषा महोत्तरी लगायतका जिल्लामा रातो बत्ति बालेर साइरन बजाउदै हिडि रहेका थिए ।
यसअघि आफनो नाम  परिवर्तन गरि जगदीस चन्द्र लोहनी बताउने दासले एक वृद्धलाई ठगि गरेको आरोपमा दुई दिन थुनामा समेत बसेको धनुषाका एक प्रहरी अधिकृतले बताएका छन । उनी चढने हिरोहोन्डा मोटरसाइकलमा समेत राष्टिूय अध्यक्ष लेखेर समाजमा दम्भ र आफ्नो वर्चस्व देखाउने गरेको स्थानियबासी बताउँछन । पक्राउ परेका गाडिमा भारतको झारखण्ड राज्यको नम्बर प्लेट रहेको छ। उनि राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीमा प्रवेश गर्ने तरखरमा थिए ।


मिति ः २०७०÷६÷१३

मान्छे मार्नु त यिनको सौख जस्तो हो – उत्तम राज सुवेदी, प्रहरी उपरीक्षक धनुषा




१४ साउन २०७० मा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले विगत लामो समयदेखि धनुषा प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका स्वामीजी भनिने उमेश यादव र पृथ्वी सिंह भनिने श्याम यादवलाई पक्राउ गरेर प्रहरीलाई सफलता दिलाउन सफल भएका छन । फरार अभियूक्त र अपराधी पक्राउ गरी जिल्लामा शान्ति सुरक्षा वहाल गर्ने मिसनका साथ धनुषा आएका प्रहरी उपरीक्षक सुवेदीसँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको वार्तालापको सम्पादीत अंश प्रस्तुत छ । 


धनुषा प्रहरीको कार्यभार सम्हाले लगतै पत्रकारहरुसँगको पहिलो परिचयात्मक भेटघाटमा तपाईले विगतका चर्चित तथा जघन्य अपराध गरी फरार रहेका सशस्त्र समुहहरुका मस्ट वान्टेडको सूचीमा रहेका अभियूक्तलाई पक्राउ गर्ने बताउनु भएको थियो । दुई महिना भित्रै तपाईले पत्रकार उमासिंह हत्याको प्रमुख योजनाकार भनिएका स्वामीजी भनिने उमेश यादव र अखिल तराई मुक्ति मोर्चाका पोलिट व्यूरो सदस्य पृथ्वी सिंह भनिने श्याम यादवलाई पक्राउ गर्न सफल हुुनु भयो । कसरी पाउनु भयो सफलता ?
घन्यवाद । हजुरले भन्नु भएको कुरा ठीकै हो । म यहाँ धनुषामा हाजिर भएपछि विगतमा ठुला(ठुला अपराध गरी फरार रहेका मस्ट वान्टेड अपराधीलाई कानुनको दायरामा ल्याउँछु भनेर हजुरहरुसँग मैले कमिटमेन्ट पनि गरेको थिएँ । त्यही लक्ष्य अनुसार हामीले टीम वर्क अनुसार काम गर्न सूरु गर्यौ । हामीले प्रहरीका विभिन्न दर्जाका कर्मचारीहरु वसेर फरार रहेका अभियूक्त र अपराधीहरु को–को छन, तिनीहरुको गतिविधि के–के छन, लुकेर कहाँ कहाँ वसिरहेका हुन सक्छन लगायतका विषयमा सूचना संकलन गयार्,ै समिक्षा गर्यौ । समिक्षाको क्रममा तत्काल हामीले पक्राउ गर्ने पर्ने मान्छेहरुको सूची बनार्यौ । त्यसपछि विभिन्न टीमहरु बनाई सबैलाई जिम्मेवारी दिर्यौ । कतिपय अपराधीहरु भारत तर्फ बस्ने, कतिपय अपराधीहरु पेशेवर भईरहेको हुँदा सूरुमा हामीहरुले नीजहरुको बारेमा सूचना सङ्कलन गर्न र तिनीहरुसम्म कसरी पुग्ने भन्ने निश्चय नै अप्ठयारो भएको थियो । तर हामी सबै एक ढिक्का भएर अनुसन्धानको क्रमलाई जारी राख्र्यौ । अहिले पनि त्यो क्रम जारी नै छ । त्यही क्रममा स्वामीजी भन्ने उमेश यादव र पृथ्वी सिंह भन्ने श्याम यादव लगायत १०–१२ जना फरार अपराधीहरुलाई पक्राउ गरी अनुसन्धान गरी कानुनको दायरामा ल्याउने कार्य अगाडी बढाएका छौं ।
जसरी तपाई आउने वित्तिकै पुरानो फाइलहरु रीओपन गर्ने भनेर प्राथमिकतामा लिनु भयो र कार्यलाई अगाडी वढाउँदै गर्दा विगतका प्रहरी प्रमुखहरुले ती फाइललाई रिओपन गरी केस अगाडी वढाएको, नवढाएको अपडेट भएको । नभएको तपाईले कस्तो अनुभूति गर्नू भयो ?
पक्कै पनि कोही पनि प्रहरी अधिकृतहरुले कुनै पनि घटनाको फाइललाई क्लोज गरेर राखेको अवस्था रहँदैन । वहाँहरुले आफ्नो तर्फबाट पक्कै पनि प्रयास गर्नु भएको थियो होला । लामो समय देखि अपराधी फरार रहेको यहाँ जुन प्रवृति मैले देखें, तिनीहरुको खोजी कार्यलाई नै मैले प्राथमिकतामा राखें । चर्चित, जघन्य र ठुल–ठुला अपराधका घटनाहरुको मैले गम्भीरताका साथ सुक्ष्म अनुसन्धान गरी के पनि विचार गरें कि किन पक्राउ पर्न सकेका छैनन, कुन कुन प्रयास गर्न सकिएको छैन भन्ने कुरा मुल्याङ्कन गरेर अगाडी वढ्र्यौ ।
त्यै मुल्याङ्कन गर्दा विगतमा त्रुटी कहाँ भएको भन्ने ठम्याउनु भयो ?
छैन यसलाई त्रुटी नमार्नौ । विगतमा धेरै घटनाहरु भएका छन  । कुनै केशमा वहाँहरुले सफलता प्राप्त गर्नुभयो, कुनैमा गर्न सक्नु भएन । तर प्रयास गरेर बाँकी राखेको काम न मैले गरेको हो ।
एसपी र डिएसपी मात्रै फेरिएको छ, टीम पुरानै हो तर के कुराले टीम एफोर्ट यति सशक्त भयो ? पुराना प्रमुखहरु कहीं कसैको दवाव, प्रभाव वा प्रलोभनमा त परेको होइन ?
दवाव र प्रलोभनको त म कहीं गुन्जायसै देख्दिैन । यती जघन्य अपराधहरुमा कसैको दवावकै भरमा फाइल अगाडी नवढाउने अथवा अनुसन्धान अगाडी नवढाउने कुरा छैन होला । शायद मैले नोटिस के गरे की मैले यी केसहरुलाई विशेष प्राथमिकतामा लिएको होला । कहिले काँही के हुन्छ भने धेरै एफोर्ट गर्दा पनि असफलता पनि हुन्छ, त्यही भएको हुन सक्छ होला ।
स्वामीजी भन्ने उमेश यादवलाई पक्राउ गरी अनुसन्धान गरेको एक साता भन्दा वढी भइसकेको अवस्थामा उमासिंहको हत्या के कति कारणले, किन भएको हो, केही खुलेको छ ?
 अनुसन्धान अहिले पुरा भएको छैन । किन भने यो वहुत चर्चित र विशेष गरी मिडियाका साथीहरुलाई आफ्नै सहकर्मी भएको हुनाले पनि वढी चासो हुन्छ र आम जनसमुदायमा पनि महिला सञ्चारकर्मी मारिए पछि वढी चासो हुन्छ । त्यसकारण अनुसन्धानको यो केसको पहिले पनि अनुसन्धान गरिएको अवस्था छ र व्यक्ति पक्राउ परेपछि गरिएको प्रारम्भिक अनुसन्धानबाट पनि विगतमै आएका कुराहरु जस्तै यिनको उमाकी भाउजुसँगको सम्बन्ध नै हो ।
कस्तो सम्बन्ध, अवैध सम्बन्ध वा हत्याको लागि पैसाको लेन देनको सम्बन्ध वा अन्य केही ?
अवैध सम्बन्ध नै हो । पैसाको लेनदेनको कुरा देखिएको छैन ।
स्वामीजी ले यत्रो अपराध त्यो पनि निर्मम हत्याहरु, अपहरण, चन्दा आतङ्क, एक पछि अर्को अपराधको चाङ्ग नै देखिन्छ । यिनको मनोवृति तपाईले कस्तो पाउनु भयो, किन भने प्रारम्भमा त यिनी ज्वाला समुहमा लागेको पछि आफ्नै समुह गठन गरेको पनि देखिएको छ नि ?
अपराधीहरुको फरक–फरक मनोवृति हुँदो रहेछ । यो स्वामीजीको वारेमा त मलाई आफै के कुरा अचम्म लागेको छ भने कुनै पनि घटना घटाएकोमा त्यसलाई स्वीकार गर्नमा पनि उनलाई कुनै किसिमको हिचकिचाहट छैन । फेरी कुनै पश्चाताप पनि नभएको भन्ने फेसियल एक्सप्रेसन पाइन्छ । यिनी राजनीतिक आवरणमा विशुद्ध अपराधीको रुपमा प्रस्तुत हुने अपराधी हुन ।
त्यै त स्वामीजीले नखुलाएको वा स्वीकार नगरेको भए भरतपुरमा गरिएको दुईजनाको हत्या, दर्जर्नौ अपहरण लगायतका घटनावाट पर्दा पनि उठने थिएन होलाा । किन भने ती घटनाहरुबारे प्रहरीले पनि यस अघि सम्म केही अनुसन्धान गर्न सकेको थिएन । पढेलेखेका पनि हुन भने पछि पेशेवर अपराधी किन बन्यो ?
अव नीजको भनाईलाई नै आधार मान्ने हो भने पनि नीज सूरुमा क्रान्ति गर्ने विचार वाटै ज्वाला समुहमा आवद्ध भएको देखिन्छ । तर जव ऊ आफै अपराधमा संलग्न हुन्छ, विशुद्ध रुपमा आफुलाई अपराधिकरण गरेर पावरमा पुग्ने र पैसा कमाएर आफ्नो वर्चस्व जमाउने र एक किसिमले मान्छेलाई दुःख दिँदा, धम्काउँदा आनन्द महसुस गर्ने प्रवृति रहेको मान्छे मैले पाएको छु । उनको अपराधको अल्टिमेटली उद्देश्य चाहिँ एक्सटोर्सन गरेर पैसा कमाउने नै देखिएको छ ।
मान्छे हत्या गरेर इन्जवाई गर्ने, आनन्दित महसुुस गर्ने, सेटिस्फाइड हुने प्रवृति चाँहि किन देखा परेको होला ?
त्यै त मलाई पनि अचम्म लागेको छ । त्यो कुराको अनुसन्धान मैले गर्दैछु । त्यो मानसिक कुरा पनि हुन सक्छ ।
प्रतिशोध वा आवेश प्रेरित केहि कुरा देखिदैन । उनले त मान्छे हत्या त शोखको रुपमा लिएको देखिन्छ । कुनै कुरामा पश्चाताप नै छैन । जुन सुकै अपराध गर्दा पनि मानौं जस्तो उसलाई केही असर नै परेको छैन । यो त सामान्य कुरा हो जस्तो उनले लिएको देखिन्छ ।
अव पृथ्वी सिंहको कुरा गरौं । उनले अनुसन्धानको क्रममा के–के कुराहरु खुलाएका छन ?
नीजको पनि चालढाल हेर्दा पश्चातापको कुनै कुरा देखिएको छैन । नीजले त स्वामीजीको भन्दा अझ पोलिटिकल हुँ भन्ने मनसाय हामीकहाँ राख्न खोजेका छन । तर अपराधको दुनियाँमा यिनी पनि गइसकेपछि वढी चाँहि ‘मनी माइन्डेड’ नै भएको देखिन्छ । उमेश यादव घटना गराएरै अस्तित्व देखाउने र पृथ्वी सिंह धम्कीकै भरमा बम व्लास्ट गराएकै भरमा आफ्नो वर्चस्व देखाउन खोजेको देखिन्छ । उमेश यादव ज्यान मार्न पनि पछि नहटने भने पृथ्वी सजिलैसँग थर्काएर वा प्रभावमा पारेर श्रृङ्खलावद्व अपाराधको घटना गरेको देखिन्छ ।
आकाश त्यागी ‘राम यादव’ र पृथ्वी सिंह ‘श्याम यादव’ दुवै दाजुभाई सशस्त्र समुहमा आवद्ध भए । त्यागी प्रहरी मुठभेडमा मारिएको भनिएको छ र पृथ्वी पक्राउ परेका छन । यिनीहरु सशस्त्र समुहमा आवद्ध भएको के कारण बताएका छन ?
सुरुवातमा त यिनीहरुको उरनठउल्ले प्रवृत्ति नै हो । समाजमा अलिकति उदण्ड किसिमका मान्छे, जे गरे पनि कसै सँग नडराउने स्वभावको प्रतिफलले गर्दा पावरमा वस्ने महत्वाकाङ्क्षा पुरा गर्न मिहिनेत गर्नू, जागिर खानु, व्यापार व्यवसाय गर्नू भन्दा धेरै गाह्रो । सजिलो उपाय अलिकति राजनीतिक आवरण देखाउन सशस्त्र समुहमा लाग्ने र पछि गएर संगठनको नाउँ आफ्नो ठाउँमा तर व्यक्तिगत रुपले संगठनको आवरणमा पैसा कमाउने, वर्चस्व जमाउने नै हो ।
सशस्त्र समुहहरुले टेलिफोन मार्फत वा लेटरप्याड मार्फत माँग गरिएको चन्दामा विर्चालियाले नै वढी फाइदा उठाएको भनेर भन्ने गरिन्छ । के हो तथ्य ?
एकदमै ठीक कुरा भन्नु भयो । अहिले देशमै विचौलिया भन्ने जुन विकृतिको रुपमा आको छ नि, मलाई पनि यो अपराधीहरुको दुनियाँमा पनि विचौलियाहरुले नै बाजी मार्दो रहेछ । तपाईले भन्नु भएको कुरा एकदमै साँचो हो । म अहिले यसमा पनि अनुसन्धान गरिरहेको छु । एक्सटोर्सन गरेर वा धम्काएर रुपैयाँ त सशस्त्र समुहहरुकहाँ बुझाइएको छ । तर माँग गरे अनुसार वा दिनेले दिए अनुसारको रकम तिनीहरुकहाँ पुग्दोरहेनछ । विचौलियाले लाभ उठाउँछ ।
विचौलियामा कस्ता मान्छेहरु रहेका छन ?
विचौलियामा सशस्त्र समुहहरुले नै प्रयोग गर्ने साना कार्यकर्ताहरु एक थरिका भएभने  अर्को तहका विचौलियाका वारेमा अहिले सम्म पुर्णतः खुलेको छैन, खुल्ने क्रम जारी छ । केही न केही सफेदपोश मान्छेहरुको पनि यसमा सहभागिता भएको हुन सक्छ र, हामीले अनुसन्धान गर्दै जाँदा ती सफेदपोशलाई पनि कानुनको दायरामा ल्याउने ठाउँ भए ल्याइन्छ ।
कति रकम सम्मको कारोवार हुने गरेको छ ? महिनावारी नै जाने गरेको पनि हल्ला त व्यापकै छ ?
अहिले यिनीहरु पक्राउ परेपछि हामीलाई काम गर्नुभयो, धन्यवाद भनेर भन्नेहरु धेरै पायौं । तर कति रकम दिनु हुन्थ्यो भनेर भन्दा अहिले त्यति खुलेको छैन । विगतमा सुरुवाती अवस्थामा त जनकपुरवाट करोडौ रकम मासिक जाने गथर््यो बीचमा अलि कम भयो र अहिले पनि सानो रकम होइन ठुलै रकम जाने गरेको छ ।
सशस्त्र समुहका संगठनहरु कस्तो पाउनु भयो, शक्तिशाली छन वा छैनन ?
पहिले सशस्त्र समुहमा लागेकाहरु पनि यो वाटो ठीक होइन, गलत वाटोमा आइएछ भनेर कतिपय वार्ता मार्फत मूलधारमा आइसकेका छन । कोई अव वैदेशिक रोजगारीमा गएको कोइ सर्वसाधारण जनता भई आफ्नो व्यवसाय पनि गरिराखेका छन । अहिले तिनीहरुको संगठन एकदमै साँगुरिदै गएको छ । अहिले विशुद्ध अपराधीहरुको समुह संगठित भए पनि धेरै सानो संख्यामा रहेका छन ।
कस्ता व्यक्तिहरु अपराधिक समुहमा लागेका छन ?
सिमित मान्छेहरु भारतको कुनै ठाउँमा लुकेर बस्ने, लागु पदार्थका दूव्र्यसनी भएका नेपाली यूवाहरु (विशेष गरी) एक दुई जना फाटफुट भारतीय यूवाहरु पनि प्रयोग हुने गरेको छ । ती नेपाली यूवाहरुलाई सस्तो प्रलोभन दिएर स्पेसिफिक अपराधमा प्रयोग गर्ने अथवा पैसाहरु संकलन गर्ने काममा प्रयोग भएको देखिन्छ ।
तिनीहरुसँग हतियारको अवस्था कस्तो छ ? कहाँबाट पाउने गरेका छन ?
अहिलेसम्म लेटेस्ट अवस्था हेर्दा तिनीहरुसँग त्यस्तो सोफिस्टिकेटेड हतियारहरु भाको अवस्था छैन । खुला सिमा भएको कारण त्यसको फाइदा लिदै हतियारहरु छिराउने प्रयास गर्ने, छिराउने र एक्सपलोसिभ पनि छिराएर साना तिना घटना घटाउने, त्यति मात्र हो ।
केही साता देखि चोर, डाँका, बच्चा अपहरण गर्नेहरुको ठुलो हल्ला चलेर रातभरि गाउँका यूवाहरु पहरा दिने गरेका छन । के हो यो ?
वास्तवमा यो रयुमर नै हो र सिरहा हुँदै यता सम्म आएको हो । हामीले पनि त्यस्तो अपराध भएको कहीं पनि पाएनौं । हाम्रो प्रहरी पुर्णतः परिचालित छन । त्यो रयुमर नै हो ।
पक्राउ परेपछि सशस्त्र समुहहरुले काउन्टर अटयाक गर्ने कति सम्भावना छ ?
हामी जुन सुकै बेला पनि सुरक्षाका लागि चनाखो हुन्छौ र हुनु पनि पर्छ । यहाँले भने जस्तो कसैले वदलाको भाव राख्छ भने त्यसको लागि हामी तयार छौ । त्यसको विरुद्धको कारवाहीलाई पनि हामीले तदारुकताका साथ तयारी भएर वसेको अवस्थामा छौ ।


मिति ः २०७०÷६÷१३

म्यादी प्रहरीका लागि यूवाहरुको भीड



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सरकारले आसन्न संबिधानसभाको निर्बाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा दरखास्त आवहान गरेपछि जिल्ला प्रहरी कार्यालय धनुषामा फारम भर्ने युवाहरुको भिडभाड लागेको छ ।    
संबिधानसभाको निर्बाचनको चहलपहल बढदै गएपछि चुनाब हुनेमा बिस्वसत रहेका युवाहरुले चर्काे घाममा घण्टौ लाम लागेर भएपनि फारम भर्न उत्साहका साथ जुटेका छन । म्यादी प्रहरीमा भर्नाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अबकास प्राप्तहरुलाई बिशेष प्राथमिकता दिने भनिएपनि बेरोजगार युवाको भिडभाड पनि निकै देखिएको छ । भयरहित बाताबरणमा संबिधानसभा निर्बाचन सम्पन्न गराउनको लागि धनुषामा मात्र करिब १५ सय जना भन्दा अधिक म्यादी प्रहरी भर्ना गर्ने भएको छ । बेरोजगारिका कारण घरमै बस्नु भन्दा संबिधानसभाको निर्बाचनमा योगदान दिने र दुई महिनामा करिब ३० हजार नगद पनि पाउने भएपछि युवाहरु यस प्रति आर्कषित भएका हुन । सरकारले म्यादी प्रहरीको हकमा पनि राष्टू सेबक कर्मचारी सरह नै १० लाख रुपैयाको जिबन बिमाको समेत व्यबस्था मिलाएको छ । दरखास्त आबहान भएको पहिलो दिन नै धनुषामा ५ सय भन्दा अधिक युवाहरुले म्यादी प्रहरीका लागि फारम बुझाएका छन् ।

मिति ः २०७०÷६÷१३

पाखण्डहरुका कुकृत्यहरु


उमेशलाल कर्ण

संसारिक मोहमायामा बाँधिएका व्यक्ति आप्mनो सरोकारका साथसाथै अरुको सरोकार, इच्छा आकांक्षालाई पनि महत्व दिई व्यवहार गर्नु पर्ने हुन्छ । यसमा जसले जति अरुका लागि प्रयाश गर्दछन् उसलाई त्यतिकै मान, मर्यादा प्राप्त हुन्छ । कस्ले कसबाट कति स्याबासी पाएको छ, कसको बारेमा सकारात्मक चर्चा कति भएको छ, त्यसको गणनाबाट कुनै व्यक्तिको सामाजिक  हैशियत निर्धारण गर्न सकिन्छ । अहिलेको परिबेशमा अनेक आडम्बर गरेका र अरुको सामुन्ने आप्mनो असल पक्षहरुको मात्र कुरा गरेर बाँकि सबैलाई दोषारोपण गर्नमा अधिकांश समय खर्चेर आपूm चाँहि प्रशंसित हुन प्रपञ्च रचना गर्न अत्यन्तै सिपालु हुन्छन् । अहिले सूचना सञ्चारको युगमा यस्ता मुकुण्डोधारीहरु जसले अन्य सोझासाझाहरुलाई  भ्रमित गर्ने पाखण्डीपनालाई सार्वजनिक रुपमा पर्दाफास गर्न सञ्चार क्षेत्रका मिडियाहरुले सत्य तथ्यहरुको आधारमा समाचारहरु प्रशारण गरेर अत्यन्तै उल्लेखनीय काम गरेको छ । पाखण्डीहरुले गरिरहेका र गर्न खोजेका कुकृत्यहरुलाई सबैका सामु प्रष्ट्याउन सहयोग गर्दछ । अहिले परिबर्तन भएका मूल्य र मान्यताको आधारमा सबैले आआप्mना दिनचर्यामा परिवर्तन गरेर भविष्यका मार्गलाई सहज बनाउन सक्दछ । आधुनिक परिवर्तित युगमा भएका विविध परिवेशहरुकोको आधारमा कुनै पनि शासन पद्धतिको आँखा भनेको सञ्चार क्षेत्र नै हो । यसमा पनि विभिन्न अनावश्यक  आधारमा अनेक दबाबको सिर्जना भएर वास्तविक सत्य कुनै कुनै बेला ओझेलमा पर्न सक्ने सम्भावनाहरु बढेर जान्छ । समाजमा भएका स्थापित मूल्य र मान्यताले कुनै समाजका व्यक्तिहरुलाई बाँच्न विभिन्न आधारहरु तयार गरि दिएको हुन्छ  । समाजका त्यस्ता मूल्यहरुको संरक्षण र सम्बर्धन पनि भई रहेको हुन्छ । अहिलेको परिबर्तित युगमा पनि विभिन्न अन्धविश्वासले घेरिएका समाजको निर्माण भएर अन्धविश्वासको जालमा नपर्ने पनि पर्न सक्छ । सीमा भन्दा बढी आस्तिकताले मान्छेमा अन्धभक्ति जन्माउँछ । अन्धभक्तिले सही र खराब मार्गलाई छुट्याउन सक्ने क्षमता भएको स्थानलाई थुनेर राख्दछ । अन्धभक्तहरुलाई कुनै समस्याले सताउन थाल्दा उसले सर्वप्रथम ईश्वरकै स्थान दिएका गुरुलाई गुहार्छन् र आफुभित्र रहेका क्षमताहरु जसलाई अन्धभक्तिका तत्वहरुले छेकेर राखेको हुन्छ । अन्धभक्तिमा संलग्न त्यसलाई प्रयोग गर्न सक्दैन । कुनै समस्या भएको अवस्थामा अरुको बिचार सल्लाहहरुको प्रयोग गरेर समाधान गर्न खोज्छन् तर समाधान गर्नमा असफल हुन्छन् । कतिपय अवस्थामा अहिलेका कामलाई मूल प्रधानतामा राखेर काम गर्नेहरु आत्मगुरु ( आपैm गुरु ) को सन्दर्भमा रहेर परिश्रम गर्दा रहेछन् । 
 नेपालमा भएका सामाजिक साँस्कृतिक, भाषिक, पर्यावरणीय, जातिगत जस्ता अन्य विवधताले गर्दा पनि फरक फरक समाजमा फरक फरक किशिमका व्यवहारहरु रहेका छन् । यसलाई एउटा प्रगतिको मूल मार्गमा लगन सबैको सहभागिताको आवश्यकता हुन्छ । असल खराब एवम् गर्नै नहुने कार्यहरुको सूचीलाई समय समयमा सामाजिक नेतृत्वहरुले प्रकाशमा ल्याउनु पर्दछ । अहिलेका सन्ततीहरु पछिका युगमा समायोजन एवम् सहज जीबन धान्न पहिलेका मूल्य भन्दा पनि भविष्यमा बुभ्mनु पर्ने मूल्यहरुको बारेमा जान्नु पर्ने नितान्त आवश्यक भएको छ । धर्म पनि एउटा मानव जीबनलाई अनुशासित संयमित एवम् आनन्दमय बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । धर्मलाई पनि एउटा संकुचित मार्गमा डोर्याउन धर्मनेताहरु मध्ये कसै कसैले प्रयाश गरिरहेको देखिन्छ । हाम्रा भविष्यका सन्ततीहरु यस्ता संकुचित दायरामा रहेर बाँच्न बाध्य भएका छन् । उनीहरुमा मानव धर्म ( साझा धर्म ) को बारेमा सचेत गराउने खालका इमान्दार एवम् समकालीन धर्मनेतृत्वको खाँचो भएको छ । विभिन्न श्रृंगारमा सजिएका गुरुहरु कुनै सत्सँगको कार्यक्रममा पनि असान्दर्भिक बातचित गर्ने र आप्mना अनुयायीहरुलाई पनि त्यस्ता खोक्रा शब्द एवम् वचनले उनीहरुलाई भ्रममा पारेर आपूmले जानेको बाटो भन्दा अरुले जानेको बाटोमा हिँड्न बाध्य बनाउँछन्, नजानेको बाटोमा हिँड्न खोज्दा अन्तिम गनतव्यमा पुगनै कठिन साबित हुन जान्छ ।
धर्म र कर्मले मान्छेलाई सद्मार्गमा हिड्न सहयोग गर्दछ । धार्मिक मूल्य र मान्यताहरुमा समयको परिबर्तित हिसाबले परिबर्तन भई रहन्छ त्यसलाई पनि आत्मसात गर्नु पर्ने हुन्छ । यस्ता परिबर्तनकामीहरुको सहभागितामा नयाँ नयाँ आधारहरु तयार हुन्छन । धर्म प्रतिको आस्था घट्नु भएन यदि यस्ता मूल्यहरु घट्न थाल्यो भने यसले सामाजिक अमूल्य सम्पदाहरुको क्षती गराउन सहयोग गर्दछ । अहिलेको हाम्रो सामाजिक संरचनालाई ख्याल गरी कुनै कुनै कठिन मूल्यहरुलाई विस्तारै परिबर्तन गर्दै जानु पर्ने हुन्छ । यस्ता कामहरुमा धर्मगुरुहरुको नेतृत्व भयो भने यसले पनि पाखण्डहरुलाई लिंढेढिप्पी ( आप्mनो प्रशंशा ) गर्न सहयोग गर्दछ । प्रत्यक्ष रुपमा अनुभव हुने गुणहरुको आधारमा कुनै व्यक्ति नेता वा अन्य पक्षमा कार्यरत व्यक्तिहरुमा विश्वास गर्न आवश्यक परीक्षण अवलोकन गर्नु पर्ने हुन्छ नत्र आँखा चिम्म गरी कसैको हचुवा अभिव्यक्तिको आधारमा विश्वास गर्नु हुँदैन ।  
धर्ममा भएका विचार, दृष्टिकोण तथा कार्यहरुलाई अरुकै भरमा विश्वास गर्न कठिन हुन्छ । यस प्रकार धार्मिक व्यवहारलाई दैनिक जीबनको व्यवहारको कसौटीमा राखेर ठीक भएको अवस्थामा मात्र विश्वास गरी आपूmले स्वीकार गरी अरुलाई पनि सहभागी बनाउन सकिन्छ ।
प्राचिनकालीन महान दार्शनिक कालिदासको भनाई “ दुःखेको आँखालाई बलि रहेको बत्ती मन पर्दैन ” भन्ने छ । यस भनाईबाट प्रष्ट हुन्छ, जसको जे क्षमता आवश्यकता समस्या छ त्यसैको आधारमा मात्र समाधानका विभिन्न उपायहरुलाई प्रयोग गर्न सकिन्छ । अहिलेसम्मको बुझाईमा केही खास स्थानहरुमा पाखण्डहरुको जमघट नै हुने गर्दछ, त्यस्ता ठाउँहरुमा जाँदा विभिन्न किशिमले शतर्क भई सजगताका साथ अरुलाई पहिचान गर्दै आप्mनो समस्यालाई समाधान गर्न संलग्न हुनु पर्दछ । पाखण्डहरु जमघट हुने स्थानहरु मध्ये अग्रपंक्तिमा धार्मिक स्थान, अशिक्षितहरुको बाहुल्य क्षेत्र, सघन बस्ती भएको ठाउँहरु, एकान्त बास गर्ने साधु, योगी, उच्च स्तरका निकायहरु इत्यादि ।
अहिले निर्दोष भएर बस्ने मान्छे पनि अरुको शोषणमा पर्दछ, त्यसैले जीवनको वास्तविक सन्दर्भमा गर्नु पर्ने कामहरुमा सहयोग गर्ने वा सहयोग लिनेहरुमा पूर्ण विश्वास गर्नु भन्दा पहिला व्यवहार गर्ने तथा व्यवहार आप्mनो अनुकुल भयो भने मात्र विश्वास गर्ने परिपाटिको थालनी गरौं ।
प्रतिक्रियाका लागि इमेल ठेगाना ःetcumesh@yahoo.com


मिति ः २०७०÷६÷१३

शिक्षा कार्यालयका कार्यालय सहयोगीको आलिशान महलमा झोले विद्यालय



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरु नै धनुषामा झोले विद्यालय सञ्चालन गर्दै आएको रहस्य सार्बजनिक भएको छ । स(साना बालबालिकाहरुलाई कखरा पढाई शिक्षाको बाटोमा डो¥याउने नाममा लामो समयदेखि सरकारी अनुदान र सेबा सुविधा लिदै आएका त्यस्ता विद्यालयमाथि अहिले सम्म जिल्ला शिक्षा समिति र स्थानीय प्रशासनले कुनै कारबारी गरेको छैन ।
दुई वटा झोले विद्यालयका व्यवस्थापन समितिका 
अध्यक्ष समेत रहेका शिक्षा कार्यालयका कार्यालय सहयोगी विल्टु मण्डल । 
  जिल्ला शिक्षा कार्यालय धनुषाका कार्यालय सहयोगी बिल्टु मण्डलले बिद्यालय नै सञ्चालन नगरि दुई वटा बिद्यालयको नाममा सेबा सुबिधा लिदै आएको द एक्सक्लुसिभ साप्ताहिकले ३० भाद्रमा खुलासा गरेको थियो ।  जनकपुरमा जनकपुर नगरपालिका बडा नम्बर(४ स्थित जानकी गुरुकुल बिद्यालय र वडा नम्बर (१२ स्थित रामजानकी गुरुकुल विद्यालयले १८ चैत्र २०६७ सालमा स्वीकृती प्राप्त गरे  पनि अहिले सम्म कुनै प्रकारको शैक्षिक गतिविधि सञ्चालन नगरेको समाचार प्रकाशन भएपछि शिक्षा कार्यालयका कार्यालय सहयोगी मण्डलले ६ असोज २०७० मा आफ्नो नीजि घरमा श्रीराम जानकी प्राथमिक विद्यालयको बोर्ड झुन्ड्याएका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका मण्डल भन्छन,“विद्यालय संचालनका लागि यसअघि जनकपुरको कटैया चौरीमा जग्गा खोजेका थिर्यौ तर जग्गामा विवाद उत्पन्न भएपछि विद्यालय संचालन गर्न सकेका थिएनौं ।”
अचम्म नै भन्नु पर्छ समुदायको नाउँमा हस्तान्तरण भएको विद्यालय मण्डलले आफ्नो निजी आवासमा संचालन गरेर चोखिन खोजेपनि जानकी गुरुकुल विद्यालयको सन्दर्भमा मण्डल भन्छन,“ उक्त विद्यालय कुनै मठ मन्दिरमा संचालन गर्नुपर्ने हुनाले मठ मन्दिर खोजेर विद्यालय संचालनमा ल्याउने प्रयास गर्दैछौं । उक्त विद्यालयको नाउँमा यस वर्ष साउन महिनामा पिसिएफ कोटा अन्तरगत १ जना शिक्षकको कोटा परेपनि हालसम्म शिक्षक तय गर्न सकेका छैनौं ।” निजी निवासमा संचालन गरेको उक्त विद्यालयमा कक्षा १ देखि ३ सम्म पठनपाठन हुने गरेको तथा ६७ जना कुल विद्यार्थी रहेको मण्डल बताउँछन । निजी स्रोतमा प्रधानाध्यापक आनन्द मण्डल, रुका मिश्र र हरिलाल मुखिया गरी तीन जना शिक्षक रहेको मण्डलले बताएका छन ।  तर अचम्म कस्तो छ भने मण्डलले शिक्षक शिक्षिकाहरुको दिएको नामावली भन्दा भिन्न मिकी सिंहले विद्यार्थीहरुलाई पढाईरहको देखियो । देशैभरी वैशाखको प्रारम्भ देखिनै विद्यालयको पठनपाठन सत्र सुरु हुन्छ तर उक्त विद्यालयमा अचानक असोज महिनामा विद्यार्थी कहाँबाट आए खोजको विषय हो । विगतमा पनि कतिपय झोले विद्यालयका संचालकहरुले अनुगमन हुने बेलामा भारतबाट र अन्य विद्यालयमा नामाङकन भएका विद्यार्थीहरुलाई पढाएको देखाएर सबै रकम भ्रष्टाचार गर्ने गरेको प्रवृति नै रहेको छापा माध्यमहरुमा समाचार नआएको पनि होइन । सुविधाको नाउँमा पाठयपुस्तक, दलित, छात्रा छात्रवृत्ति र पिसिएफ कोटा वापत ४५ हजार रकम शिक्षा कार्यालयबाट पाएको मण्डलले बताएका छन  । अव सवाल के उठछ भने यतिका दिनसम्म विद्यालय नै संचालन नगरेका र विद्यालयको नाउँमा प्रत्येक वर्ष शिक्षा कार्यालयबाट पाउने गरेको लाखौं रकमको अनुदान दुरुपयोग गर्ने र ठगी गर्ने उक्त कार्यालय संचालक मण्डललाई सम्बन्धित निकायले हालसम्म किन कारवाही गरेको छैन ? सिरहा लवदी गोठ घर रहेका मण्डलले २०५० सालमा मध्यमाञ्चल क्षेत्रिय शिक्षा निर्देशनालयका तत्कालिन निर्देशक कमल प्रसादलाल कर्णको कृपाबाट कार्यालय सहयोगीको रुपमा जागिर पाएका मण्डलले सामान्य तलबकै भरमा जिविकोपार्जन गर्न कठिनाई हुने अवस्थामा जनकपुरमा घडेरी किनी आलिसान तिनतल्ले महल बनाउनुले पनि आशंका उब्जाउने प्रसस्त आधार देखिन्छ । कार्यालय सहयोगी मण्डल धनी हुनु हुदैन भन्ने सबाल होइन तर एक जना सामान्य कर्मचारी कम समयमै अइसोआरामका साथ विलासिताको जिवन शैली जिउन थाल्नुले पनि उनले विगतमा गरेको भ्रष्टाचार तथा आर्थिक अनियमितता प्रष्ट देखिन्छ । मण्डल मात्र होइन धनुषामा पावर र पहुँच भएका कतिपय व्यक्तिले झोले विद्यालय संचालन गरी सरकारी रकम झ्वाम्म पारेका छन । मण्डल त उदाहरण मात्र हुन । धनुषामा शिक्षा कार्यालयमा पावर र पहुँच बनाएर कहलाउने व्यक्तिहरुले समेत विद्यालय संचालनको अनुमति लिएर सरकारी अनुदानको दुरुपयोग गरेर भ्रष्टाचार गर्ने गरेका छन ।
एक सय एक गाविस र एउटा नगरपालिका रहेको धनुषामा शिक्षा कार्यालयका कर्मचारीले अतिरिक्त आम्दानी लिएर कुनै किसिमको भौतिक पूर्वाधार र शैक्षिक गतिविधि सञ्चालन नगरेका डेढ दर्जन भन्दा अधिक  विद्यालयहरुलाई अनुमति दिएको अनुमान छ  । शैक्षिक गतिविधि सञ्चालन नै नगरी लामो समयदेखि ती विद्यालयका शिक्षकले सरकारी धनराशि कुमल्याउदै आएका छन् । त्यस्ता विद्यालयका शिक्षकमाथि अहिलेसम्म कुनै  कारबाही भएको छैन ।
शिक्षा कार्यालय धनुषाका कार्यालय
सहयोगी विल्टु मण्डलको आफ्नै आलिसान महलमा
एक साता अघिमात्र झुन्ड्याइएको विद्यालयको बोर्ड ।
धनुषाका निमित्त शिक्षा अधिकारी शशि यादव भन्छन,“ जिल्लामा भोले विद्यालयहरु संचालनमा रहेको भनेर जनगुनासो हामी कहाँ पनि आएको छ । जिल्ला भरीका स्रोत केन्द्रहरुका स्रोत व्यक्तिहरुलाई झोले विद्यालयको अनुगमनका लागि खटाइसकिएको छ । स्रोत व्यक्तिहरुले दिने प्रतिवेदनको आधारमा यकिन गरिएको झोले विद्यालयका संचालकहरुलाई कारवाही गरिने छ ।”
जिल्ला शिक्षा समिति धनुषाका अध्यक्ष तथा स्थानीय विकास अधिकारीले जिल्लामा १६ वटा झोले विद्यालयहरु रहेको आशंका रहे पनि १० वटा विद्यालयहरुको नामावली सार्वजनिक गर्दै तिनीहरु विरुद्ध कारवाहीको प्रक्रिया अगाडी वढाउने प्रतिवद्धता जाहेर गरेका छन । सुवेदीका अनुसार रामजानकी प्रावि जनकपुर–४ सरस्वती नगर, जानकी गुरुकुल विद्यालय जनकपुर–४, गिरनारी प्रावि वसहिया–७, सरस्वती तुल्सी मेहर प्रावि तुल्सीयाही निकास, आदर्श प्रावि रमदैया–९, डिहवार बाबा प्रावि रमदैया–५, प्रावि रमदैया –२, सोनाई मैया नागेश्वर साह प्रावि भतही, सरस्वती प्रावि बरमझिया –५ र ज्ञानज्योती प्रावि कनकपट्टी गरी १० वटा विद्यालयहरु झोले विद्यालय हुन । अरु थप विद्यालयहरुको खोजी कार्य भइरहेको सुवेदीले बताए । विद्यालय अनुमति पाउने वित्तिकै विद्यार्थी संख्या अनुसार छात्रवृति, पाठयपुस्तक, मसलन्द खर्च बापत लाखौं रुपैयाँ विद्यालयले पाउने गरेका हुन्छन । यसका अतिरिक्त विद्यालय भवन निर्माणका लागि पनि रकम कुम्लयाउने गरेका हुन्छन । धनुषामा आर्थिक वर्ष २०६९÷०७० मा कक्षा १ देखि ८ सम्मको छात्रा छात्रवृति का लागि भनेर रु.२ करोड ८ हजार १ सय, दलित छात्रवृतिको लागि रु. १ करोड ५५ लाख २८ हजार ४ सय, कक्षा देखि ५ सम्मको निशुल्क पाठय पुस्तक वापत रु. १ करोड ४६ लाख ३८ हजार ५ सय १८ निकाशा भएको तथ्याङक देखिन्छ । यसरी शिक्षा कार्यालयबाट निकासा गरिएको करोडौ रकम मध्ये झोले विद्यालयका संचालकले पनि रकमको दुरुपयोग गरेको पाइन्छ । संचालित झोले विद्यालयहरुको स्वीकृति खारेज गर्नुपर्ने यस अघि नै नेपाल सरकारले निर्णय गरिसकेको छ तर धनुषामा शिक्षा अधिकारीले अनुमति खारेज गर्नुको सट्टा बजेट विनियोजन गरेको पाइन्छ । कतिपय झोले विद्यालयमा दरबन्दी प्राप्त शिक्षक कार्यरत रहेका छन र विद्यालय नै नभएको हुनाले कामै नगरी घरमै बसी बसी तलब खाने गरेका छन ।
लामो समयदेखि विद्यालय स्थापनाका साथै कुनै किसिमको शैक्षिक गतिविधि नै सञ्चालन नगरी झोलामा विद्यालयको नाम र शिक्षकको नाम बोकेकोभरमा सरकारी रकम निकासा गरी दुरुपयोग गर्ने शिक्षक र जिल्ला शिक्षाअधिकारी लगायत अनुमति दिने तत्कालिन जिल्ला शिक्षा समितिका पदाधिकारीलाई समेत कानुनको दायरामा  ल्याउन आवश्यक छ ।

मिति ः २०७०÷६÷१३

धनुषामा १०,महोत्तरीमा ३ जनाले हतियार बुझाए



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

धनुषा जिल्लामा १० जनाले इजाजत प्राप्त हतियार जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् । आउँदो मंसिर ४ गते हुने भनिएको संविधान सभाको निर्वाचनको मध्यनजर गरी धनुषा जिल्ला प्रशासन कार्यालयले  इजाजत प्राप्त हतियार बुझाउन सर्वसाधारणमा आग्रह गरेको थियो ।
तोकेको समयसीमा भित्र धनुषा जिल्लामा १० जनाले हतियार बुझाएका छन् । गत भदौ २६ देखि असोज ६ गतेभित्र इजाजत प्राप्त हतियार बुझाउन आव्हान गरिएको थियो । करिब २ सातामा मात्र १० जनाले हतियार बुझाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका इन्सपेक्टर गोविन्द पुरीले जनाए । 
अब घर घरमा गई हतियार खोजतलाश गर्छु, उनले भने(तोकेको समयमा नबुझाएपछि घर घरमा पुग्नै पर्ने भयो । ’ संविधानसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्ने लक्ष्य अनुसार स्थानीय जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको थियो । 
अहिले बुझाएको हतियारहरु संविधानसभाको चुनावपछि जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई फिर्ता गर्ने छ । जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउन भनिएको थियो  । जिल्ला प्रशासन कार्यालय धनुषाले १ सय १८ जनाको सूची जारी गरेको छ । १ सय १८ जनामा असोज ७ गतेसम्म मात्र १० जनाले हतियार बुझाएका छन् ।  
तीन थान बन्दुक बुझाइए
१९१ हतियारधारी सम्पर्कबाहिर
संविधानसभाको निर्वाचन शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले इजाजतप्राप्त हतियार बुझाउन उर्दी महोत्तरीमा तीन थान हतियार बुझाइएको छ । गौशाला(१ का शेखर शर्माको नाममा दर्ता रहेको लाइसेन्स नम्बर १८२६ हतियार नम्बर २४४० ए÷९ रहेको १२ बोरको दुईनाले टोटावाल बन्दुक एक थान, बन्दुकमा लाग्ने गोली १९ राउन्ड बुझाइएको छ । त्यसैगरी मटिहानी(८ का रामप्रसाद जैमपुरीको नाममा रहेको लाइसेन्स नम्बर १८४९ हतियार नम्बर एमओ २०८ रहेको १२ बोरको दुईनाले बन्दुक नाटा एक थान र जलेश्वर(१० का तारानन्द ठाकुरको नाममा दर्ता रहेको लाइसेन्स नम्बर १३५ हतियार नम्बर १८३ रहेको १ नाले टोटावाल बन्दुक एक थान बुझाइएको हो । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा भने २०७० असार मसान्तसम्मका एक सय दुई, २०७१ असार मसान्तसम्मका लागि १८ र २०७२ असार मसान्त सम्मका लागि ७४ वटा हतियारहरु नवीकरण गरिए पनि हालसम्म ती हतियार बुझाउन इजाजत पत्रधारीहरु नआएको महोत्तरी प्रशासनले जनाएको छ । जिप्रका महोत्तरीले मंसिर ४ गते हुने संविधानसभाको निर्वाचन शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तिहरुसँग रहेको इजाजत पत्रप्राप्त हतियारहरु बुझाउन असोज ६ गतेसम्मको म्याद दिईएको थियो । यसरी बुझाइएको हतियार निर्वाचन अवधिभर प्रहरीमा राखी निर्वाचन भएको सात दिनपछिबाट फिर्ता गरिने सार्वजनिक सूचना जारी गरिएको थियो । सूचना अल्लङ्घन गर्नेलाई प्रचलित कानुनबमोजिम कार्वाही गर्ने जनाए पनि हालसम्म तीन थान मात्र हतियार बुझाइएको हो ।


मिति ः २०७०÷६÷१३

सक्रिय राजनीतिमा राजु चौधरीको ‘सुपर एन्ट्री’



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............


क्रिकेटमा कुनै व्याट्सम्यानले डेव्यु गरेकै दिन सतक लगाई नटआउट रहेको पारी सधै उक्त खेलाडीको लागि अविस्मरणीय रहन्छ । अविस्मरणीय मात्र होइन ऐतिहासिक समेत बन्न पुग्छ । ठीक त्यसै गरी सक्रिय राजनीतिमा कसैले पदार्पण गरेकै दिन मैदान जित्नु भनेको पनि ऐतिहासिक नै हुन्छ । सक्रिय राजनीतिको दुनियाँमा जनकपुरका एक यूवाको नेतृत्वमा हजारौ व्यक्तिको पार्टी प्रवेश हुनु र क्षेत्रबाट आधिकारीक उम्मेदवारको घोषणा हुनु पनि मैदान जित्नु भन्दा कम होइन । जनकपुरका लोकप्रिय यूवा राजु चौधरीको नेतृत्वमा विद्यार्थी नेता ज्ञानेन्द्र झा (ज्ञानु), सुदर्शन सिंह, दिपक झा, भवेश मिश्र , राजेश तिवारी लगायत हजारौ कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरी १२ असोजमा धनुषाको जटहीमा एक भव्य कार्यक्रमका विच राष्टिूय मधेस समाजवादी पार्टीमा प्रवेश गरेका छन । 

‘राजु चौधरी नही ये आन्धी है, धनुषा क्षेत्र नं. ३ का गान्धी है’ भन्ने नारा लगाउदै जनकपुरबाट करिव १ हजार मोटरसाइकल तथा सयौं जिपका साथ निकालिएको ¥यालीले उक्त पार्टीका केन्द्रिय अध्यक्ष शरद सिंह भण्डारीलाई धनुषाको मुजेलियाबाट स्वागत गर्दै जनकपुर नगरलाई परिक्रमा गरि जटही पुगेको थियो । जटही पुग्ने वित्तिकै त्यहाँ उपस्थित धनुषा क्षेत्र नं. ३ अन्तरगत १७ गाविसहरुबाट आएका हजारौं नेता तथा कार्यकर्ताहरुले अध्यक्ष भण्डारी र नवप्रवेशी यूवा नेता राजु चौधरीलाई अविर माला लगाएर जोडदार स्वागत गरेका थिए । उक्त मन्चमै सम्बोधनको क्रममा अध्यक्ष भण्डारीले यूवा नेता चौधरी प्रति जनताको वढदो आकर्षणलाई आत्मसाथ गर्दै क्षेत्र नं. ३ का लागि प्रत्यक्ष तर्फको उम्मेदवार रहेको आधिकारिक घोषणा गरेका थिए । कार्यक्रममा विद्यार्थी नेता ज्ञानेन्द्र झा(ज्ञानु) नवप्रवेशीहरुको तर्फबाट पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै  धनुषा क्षेत्र नं. ३ मा निधिको होइन विधिको शासन चाहिएको बताउँदै अधिकार, पहिचान, स्वाभीमानका लागि आफुहरु डटेर लड्ने बताएका थिए । पार्टी प्रवेश कार्यक्रमको मुख्य केन्द्र विन्दु रहेका राजु चौधरीले संविधानसभाको निर्वाचनमा पार्टीले आफ्नो घोषणा पत्र ल्याउने भएपनि क्षेत्र नं. ३ का जनताहरुले सुझाएको मुद्दालाई सम्बोधन गर्न उक्त घोषणा पत्रमा अलगै च्यापटर राखिने बताएका थिए । जटहीको धरतीपुत्र दुर्गानन्द झालाई गणतन्त्र आइसकेपनि नेपाली कांग्रेसले राष्टिूय सहिद घोषणा गराउन नसक्नु, सहिद दुर्गानन्द झाको नाउँमा जटहीमा बन्ने भनिएको अस्पताल निर्माण नहुनुमा केही खलनायकहरु कारक रहेको बताउँदै चौधरीले आफु निर्वाचना जिते पनि वा हारेपनि जटहीमा उक्त अस्पताल बनाई छाड्ने प्रतिवद्धता व्यक्त गरेका थिए । क्षेत्र नं. ३ का गाउँहरुमा घुम्दा त्यहाँ प्रजातन्त्र आएको अनुभुति आफुलाई नभएको भन्दै सिचाई, स्वास्थ्य, सडक नहुँदा जनतालाई अप्ठयारो हुने गरेको भन्दै चौधरीले नदी पारीका गाउँहरुका लागि प्रसुति गृहको निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । क्षेत्रिय अध्यक्ष रोहित चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टी अध्यक्ष भण्डारी, जिल्ला अध्यक्ष महाशंकर ठाकुर, दलित नेतृ मुन्नी दास, मुस्लिम नेता समीम मन्सुरी लगायत केन्द्रबाट आएका नेतृत्वहरुले आफ्नो मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा करिव १० हजारको संख्यामा कार्यकर्ताहरु उपस्थित रहेको आयोजकले दावी गरेका थिए ।
राजु चौधरीको कांग्रेससँग बगावत 
आफ्नो स्थापनाकाल देखि आजसम्म नेपाली कांग्रेसको शक्तिको मुख्य केन्द्र मधेस रहेको छ । अहिले पनि नेपाली कांग्रेसमा मधेसी मुलका नेता र कार्यकर्ताहरुको विशाल संख्यात्मक उपस्थिति छ । 
तर राजनीतिमा सदासर्वदा संख्यातन्त्र हावी भइरहँदैन । सानो राजनीतिक आँधीको अगाडी नै विशाल संख्याको बल हतप्रभ हुन पुग्छ । नेपाली कांग्रेसले मधेसी जनसमुदायलाई आफ्नो मधेसप्रतिको विचारधाराबाट चित्त बुझाउन नसकेकै कारण र मधेसलाई सम्बोधन गर्न नसकेकै कारण, मधेसको समस्या तथा तिनको अस्मिताको मुद्दालाइ राष्टिूयकरण गर्नमा स्पष्ट एवं जोडदार रुपमा उभ्याउन नसकेकै कारण, मधेसको समस्या तथा तिनको अस्मिताको मुद्दालाई राष्टिूयकरण गर्नमा स्पष्ट एवं जोडदार रुपमा उभ्याउन नसकेकै कारण सदियौ देखि पिडित, सासित तथा शोषित मधेसी  जनताले  गरेको मधेस विद्रोहमा नेपाली कांग्रेसका कद्दावर नेता तथा पदाधिकारी नै रहेका तत्कालिन कोषाध्यक्ष महन्थ ठाकुर, विजय गच्छदार, शरद सिंह भण्डारी, जयप्रकास गुप्ता लगायत थुप्रै नेताले बगावत गर्दै मधेस केन्द्रित आन्दोलन लाई नेतृत्व प्रदान गर्न पुगे । देशमा लोकतन्त्र स्थापनाका लागि पञ्चायती व्यवस्था विरुद्ध जनकपुरबाट उदघोष गरिएको २०४६ सालका आन्दोलनको हिरो ललन चौधरीको योगदान, लोकतन्त्र प्राप्तीका लागि देशमा भएको हरेक मुभमेन्टको अग्रपंक्तिमा रहेर जेलनेल समेत भोगेका ललन चौधरीलाई कांग्रेसले सम्मान गर्न नसकेकै परिणाम हो, उनका भाई राजु चौधरीको बगावत । विमलेन्द्र निधि नेपालको राष्टिूय राजनीतिका एक चर्चित पात्र हो । कांग्रेस विभाजन भई शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको नेपाली कांग्रेस प्रजातान्त्रिकमा महामन्त्री भएपछि पार्टी एकिकरण पश्चात भएको राष्टिूय महाधिवेशनमा संस्थापन कोइराला पक्षका प्रकाशमान सिंह बाट पराजित हुन पुगेका थिए । विगतमा धनुषाको ४ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाको लागि उम्मेदवार हुने गरेका निधि पराजित भएपछि गाउँ नगराईन क्षेत्र नं. ३ बाट संविधानसभाको चुनावमा सर्वाधिक १५ हजार ५ सय ८२ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी एमालेका प्रत्यासी हरिदेव मण्डलले ९ हजार ९ सय ३६ मत प्राप्त गरेका थिए ।  नेपाली कांग्रेसको सदस्य नरहेपनि कांग्रेस प्रति सुभेक्षा राख्दै आएका चौधरीको वगावतले त्यस क्षेत्रका नेता विमलेन्द्र निधिलाई असर पार्ने त्यहाँका स्थानिय वासीहरुको आंकलन रहेको छ ।

मिति ः २०७०/६/१३

Tuesday, September 24, 2013

अजब–गजब छ बा ! – सुदर्शन सिंह


अजब–गजब छ बा !
                                सुदर्शन सिंह

टन्नै रुपैयाँ एक साथ देखेपछि सचिवको मगज विग्रयो रे ! अनि जनताको रकम अइयासीमा सिद्धियो रे !


मिति ः २०७०/६/६

पुनर्जिवन माग्दै नेपालको एकमात्र रेल्वे



पुरन साह (रौनियार)

छिमेकी मुलुक भारत रेल्वेसेवाकै कारण दिनानुदिन आर्थिक उन्नती गरिरहेको परिपेक्षमा नेपालमा नौ दशक लामो इतिहास बोकेको देशको एक मात्र जनकपुर–जयनगर एउटा मात्र रेल्वे सेवा धरापमा पर्नु लज्जास्पद हो । सरकारी पक्षको उदासीनता तथा अध्यक्ष एवं महाप्रबन्धक चयनमा हुने चरम राजनीतिकरणका कारण जनकपुर रेल्वेको अवस्था निरन्तर खस्कँदै गएको हो । 

जनकपुर–जयनगर रेल्वे दगुरिन्छ भन्दा हाँसो उठछ । त्यो त घिस्रने रेल पो हो त ! यहाँको मान्छेले नेपाल रेल्बेको वारेमा बोल्ने शब्द हुन यि । नेपालको एकमात्र एतिहाँसिक धरोहर नेपाल रेल्वे पुर्नजिवनको खोजिमा छ । सरकारले विभिन्न रोगले ग्रसित रेल्वेको न उपचार गर्न सकेको छ न त त्यसै छाड्न सकेको छ । धुकधुकी चलेको छ, अंग क्रियाशील छैन । मुलुककै एक मात्र रेल्वे सेवा जनकपुर(जयनगर रेल्वे) न चल्न सकेको छ न त बन्द नै भएको छ । चार वटै इन्जिन कामै नलाग्ने गरी बिग्रेका छन् । यात्रु वाहक डिब्बाको छाना चुहिन्छ । रेल टूयाक जर्जर छ । दिनको तिन चार पटक ओहोर दोहोर गर्ने रेल भरसक चल्दै चल्दैन । चलिहाले पनि दुई घन्टाको बाटो दुई दिन लगाएर हिँड्छ ।
नौ दशक लामो इतिहास बोकेको देशको एक मात्र जनकपुर(जयनगर रेल्वे सेवाको अवस्था दिनानुदिन बिग्रिँदै गएको छ । राज्यको उदासीनता, कर्मचारीको गुटबन्दी तथा राजनीतिक दलहरूको कार्यकर्ता पाल्ने थलोको रूपमा परिणत रेल सेवा वर्तमान अवस्थामा पुगेको हो । केहिदिन अघिमात्र जयनगरबाट जनकपुर तर्फ आइरहेको रेल महुवा गाउँ नजिक पछाडीको तीन वटा डब्बा लिकबाट झरेर दुर्घटनामा परेको थियो । धेरै पुरानो भएर जर्जर अवस्थामा पुगेको लिकबाट महुवा मोडमा मालसमान लोड भएको रेलका डब्बा चिप्लेर तल झरेको घटना लगत्तै पुगेको प्रहरीले जनाएको थियो ।
प्रत्येक हप्तामा दुई–तीन पटक समान्य दुर्घटनामा पर्ने यो रेलसेवा भरपर्दो यात्रा बन्न सकिरहेको छैन । अन्य इन्जिनहरु बिग्रेर पछिल्लो एक वर्षदेखि दैनिक एउटा रेल मात्र सञ्चालन भइरहेको अवस्थामा यो दुर्घटनाले रेल्वे सेवा प्रभावित हुँदा पुर्वी धनुषाको आवतजावत ठप्प भएको छ । धनुषाको पुर्वी(दक्षिणी क्षेत्रका दुई दर्जन भन्दा बढी गाविस र भारत विहारको जयनगरलाई सदरमुकाम जनकपुर जोडने एकमात्र यातायातको साधन रेलसेवा हो । औसत रूपमा वाषिर्क दुई सयभन्दा बढीपटक रेलको लिक तल झर्ने र बोगी तथा इन्जिनको समयमा मर्मतसम्भार नहँुदा रेल जीर्ण अवस्थाबाट गुज्रिरहेको छ । सुरुमा ५२ किलोमिटरसम्म सञ्चालन भएको रेल ०५८ मा महोत्तरीको बिग्ही नदीको पुल बाढीले भत्काएपछि २९ किलोमिटरमा सीमित भएको छ ।
दुरी घटे पनि कर्मचारीको संख्या नघटाएका कारण नेपाल रेल्वेलाई थप आर्थिक भार परेको हो । कर्मचारीको भारी बोकेको रेल्वेमा दक्ष कर्मचारी भने न्यून संख्यामा मात्र भएको एक कर्मचारीले बताए । ती कर्मचारीले भने, सयजना कर्मचारी पर्याप्त हुन्छ । तर, रोगी रेलले एक सय ७० जना कर्मचारीलाई पालनपोषण गर्नु परेको छ । रेल्वेमा मासिक कर्मचारीको तलबमा मात्र करिब १७ लाख रुपैयाँ खर्च हुने गरेको लेखामा रेकर्ड छ । महाप्रबन्धकको नियुक्ति राजनीतिक भागबन्डाको हिसाबले हुन थालेपछि उनीहरूले रेल्वेको विकास तथा मर्मतसम्भारभन्दा आफ्नो स्वार्थ र कार्यकर्ता पालनमा ध्यान दिए । राजनितिक खिचातानिका कारण प्रायः ३ र ४ महिनामै महाप्रबन्धक परिवर्तन हुने गरेकाले कसैले पनि राम्रो काम गर्न नसकेको कर्मचारी बताउँछन ।
रेल घटामा जानुको अर्को कारण डिजेललगायत पेटूोलियम पदार्थको मुल्य पटक÷पटक बढनु तर भाडादर वृद्धि नहुनु पनि एक हो । १ असोज ०६५ मा वृद्धि भएको भाडादर हालसम्म पनि कायम रहेको देखिन्छ । कर्मचारीका अनुसार सञ्चालन समिति नै नभएका कारण भाडादर बढाउन नसकिएको हो । दैनिक चारपटक जनकपुर(जयनगर ओहोरदोहोर गर्ने रेलका इन्जिन बिग्रिएपछि  एकपटक मात्र जाने÷आउने गर्छ । इन्जिनको पार्टपुर्जा भारतको कोलकातास्थित एक कम्पनीमै गएर अडर दिनुपर्ने हुनाले समयमा मर्मत गर्न गाह्रो हुनेगरेको प्राविधिकहरु बताउछन् । रेलको आवत÷जावत घटेपछि आय पनि घटनु स्वभाविक हो ।
सरकारले पूर्व÷पश्चिम र मध्य क्षेत्रलाई रेलमार्गले जोड्ने आयोजनालाई राष्टिूय प्राथमिकतामा राखेर काम गर्दै छ । तर दुई देशको सेतु बन्दै ७६ वर्षदेखि सञ्चालनमा रहेको यो रेल्वे परियोजनालाई भने दशकौंदेखि सरकारले बेवास्ता गर्दै आएको छ । भारत सरकारको सहयोगमा निर्माण हुने भनिएको जयनगर(जनकपुर(बिजुलपुरा(बर्दीवास ब्रोडगेजको निर्माण कार्य सुरु हुन सकेको छैन । कार्यरत कर्मचारीले समयमा तलब पाएका छैनन । कर्मचारीहरूबीचको चरम गुटबन्दी तथा राजनीतिकरणका कारण योग्य व्यवस्थाकहरूलाई काम गर्ने वातावरण छैन ।
नेपाल रेल्वेको इतिहाँस
१९९४ सालमा तत्कालीन ब्रिटिस शासकले महोत्तरी जंगलबाट साँखुको गोलिया काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किलोमिटर सम्म सञ्चालनमा रहेको थियो । तर २०५९ मा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएयता रेल सेवा जनकपुरदेखि जयनगर २९ किलोमिटर मा सीमित हुन पुगेको छ । जनकपुर(जयनगरका लागि दैनिक तीन सेवा सञ्चालन गर्दै आएको रेल्वे औपचारिक रूपमा अचेल एक सेवामा सीमित भएको छ । त्यो पनि नियमित भने छैन । सुरुमा इन्धनको रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेल २०१८ देखि यात्रु ओसारपसार कार्यको थालनी गरेको थियो । पछि ०५१ मा भारत सरकारको सहयोगमा १८ बोगीसहित चारवटा डिजेल पावर इन्जिन प्राप्त भएपछि आधुनिक रेल सेवा सञ्चालन भएको हो । रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ मा यसलाई नेपाल यातायात संस्थान अन्तर्गत राखियो । पछि २०२५ मा सरकारले यसको नाम  जनकपुर(जयनगर रेल्वे राख्यो । रेल्वेको पहिलो प्रबन्धकको रूपमा टेकजंग थापा नियुक्त भएका थिए । ०६१ मा रेल्वे सेवालाई नेपाल रेल कम्पनीको रूपमा कम्पनी रजिस्टूारको कार्यालयमा दर्ता गरिपछि नेपाल रेल्वेको रूपमा हालसम्म चिनिएको छ । श्रम तथा यतायात व्यवस्था मन्त्रालयअन्तर्गत रहेको रेल्वे सेवालाई  भौतिक योजना निर्माण तथा यतायात मन्त्रालयअन्तर्गत रेल विभाग गठन भएपछि त्यसले हेर्दै आएको छ ।
जनकपुर रेल्वे व्यवस्थापनले २०६० भदौमा जनकपुर रेल्वे वर्तमान अवस्था र सुधार हुनुपर्ने कुराहरू शीर्षकमा सरकारलाई रिपोर्ट बुझाएको थियो । जसमा ७५ प्रतिशत रेल्वे स्लिपर जीर्ण भइसकेको, सिग्नल र टेलिकम्युनिकेसनको व्यवस्था नभएकाले सूचना आदान प्रदान गर्न कठिनाई हुने गरेको, इन्जिन र यात्रुवाहक कोचको मर्मत गर्नुपर्नेलगायत विषयप्रति ध्यानाकर्षण गराइएको थियो । समयमै मर्मत सम्भार नगरिए यात्रु तथा मालसामान ढुवानी निषेध गर्नुपर्ने राय पनि उक्त प्रतिवेदनमा दिइएको थियो । रेल्वे व्यवस्थापनले सरकारलाई लिखित रूपमा बुझाएका यी सुझाव सरकारले  थन्क्याएर राखेको छ । हालसम्म सुधारको कुनै चासो देखाएको छैन । यात्रुहरू जोखिमपूर्ण यात्रा तथा माल सामान ढुवानी गर्न बाध्य छन्न ।
सरकारी पक्षको उदासीनता तथा अध्यक्ष एवं महाप्रबन्धक चयनमा हुने चरम राजनीतिकरणका कारण जनकपुर रेल्वेको अवस्था निरन्तर खस्कँदै गएको बुझाई स्थानीयवासीको छ । रेल्वे जस्तो प्राविधिक निकायमा विषयवस्तु बुझ्ने प्राविधिकलाई नियुक्ति गर्नुपर्नेमा राजनितिक दलका कार्यक्रता भर्तीहुनु नै वर्तमान समस्याको जडो भएको जनकपुर(१ का युवा समाजसेवी कमलेश मण्डल बताउछन् । भारतले जयनगरदेखि बर्दीवाससम्म ६९ किलोमिटरमा ब्रोडगेज निर्माण गर्न आर्थिक सहयोग गर्ने नीतिगत सहमति गरिसकेको छ । यो टूयाक र विराटनगर(जोगबनीको २२ किलोमिटर ब्रोडगेज निर्माण गर्न भारत सरकारले झन्डै ११ अर्ब रुपैयाँ सहयोग गर्ने योजना छ । सहमति अनुसार नेपालले जग्गा उपलब्ध गराउने तथा भारतले रेल टूयाक, पुल लगायत अन्य पूर्वाधार निर्माण गर्ने छ तर उक्त निर्माण कार्य हालसम्म सुरु हुन सकेको छैन ।
सरकारको त्यो योजनामा कुल ६९ किलोमिटर रेल टूयाकमध्ये ३ किलोमिटर भारतीय भूमिमा पर्छ । जहाँ जग्गा अधिग्रहणसँगै माटो सम्याउनेलगायत कार्य भइसकेको छ । नेपाली भूमिमा भने कुनै काम हुन सकेको छैन । भारत सरकारले यसअघि पटक÷पटक टेन्डर गरिसकेको छ तर हालसम्म कुनै ठेकेदारले नेपालमा काम गर्न मानेका छैनन । सरकारले जनकपुर रेल्वेको प्रशासनिक स्वरूपमा जतिसुकै परिवर्तन गरे पनि सेवा विस्तार तथा विश्वासिलो हुन सकेको छैन ।
रेल्वेले धानेको जीवन
नेपाल रेल्वेले यस क्षेत्रको व्यापारमा ठूलो योगदान दिएको छ । व्यापारीहरुका लागि भारतीय बजार जयनगरबाट जनकपुर सामान ल्याउन सबैभन्दा सुविधाजनक बाटो रेलमार्ग नै हो । महिनामा करोडौँ मूल्यबराबरको सामान रेलमार्फत ढुवानी हुने गरेको छ । धनुषा भन्सार कार्यालयमा लक्ष्यभन्दा बढी राजस्व उठ्ने गरेको भन्सारकै तथ्याङ्कमा उल्लेख छ ।
जनकपुरदेखि जयनगरसम्म रेल्वे लिकको छेउमा तथा होटेलमा हजारौँले पसल खोलेका छन । रेलमार्फत भारतीय बजारबाट सामान ल्याउने दलालको पनि रोजीरोटी रेल्वेसँगै जोडिएको छ ।
जनकपुरमा मात्र दुई दर्जनभन्दा बढी दलालले रेलमार्गको प्रयोग गरी भारतीय बजारबाट नेपाली व्यापारीलाई सामान उपलब्ध गराउँदै आएका छन् । जनकपुरको रेल्वे स्टेशनमा मात्र दर्जनौ किराना पसल, फलफुल पसल सहितका व्यवसायी रेल्वे तथा त्यसमा यात्रा गर्ने यात्रुकै भरपर्छ । देशको अर्थतन्त्र, दैनिक हजारौको रोजिरोटी र सैयौं कर्मचारीको भविष्य सहित जनकपुर र नेपालकै प्रतिष्ठा संग जोडीएको नेपाल रेल्वे समाप्त भए देशको प्रतिष्ठामा आँच आउने बुद्धिजिविको भनाई छ । छिमेकी मुलुक भारत रेल्वेसेवाकै कारण दिनानुदिन आर्थिक उन्नती गरिरहेको परिपेक्षमा नेपालमा एउटा मात्र रेल्वे सेवा धरापमा पर्नु लज्जास्पद रहेको उनीहरु टिप्पणी गर्छन्  ।


मिति ः २०७०÷६÷६

लाखौं रुपैयाँ देखेपछि पागल भएँ ः गाविस सचिव यादव



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
‘२२ वर्ष हुलाकमा जागिर गरे, यत्रो रुपैयाँ एक साथ हुलाकमा काम गर्दा देखेको थिइनँ, गाविस सचिव भएपछि लाखौं रुपैयाँ देखेपछि पागल भएँ र रुपैयाँ लिएर फरार भएँ ।’ उक्त भनाई धनुषाका एक जना गाविस सचिवले दिएको बयान हो । सामाजिक सुरक्षा भत्ता वितरणका लागि लाखौं रकम एक जना गाविस सचिवले वितरण नगरी अययासीमा लुटाएका छन । यसरी जनताको रकम गोजिमा हालेर परस्त्री सँग अनैतिक सम्बन्ध राख्दै सुरा र सुन्दरीमा लुटाउने गाविस सचिव हुन, रामसुन्दर यादब ।
गाविस सचिबहरुले समाजिक सुरक्षा भत्ताको रकम व्यक्तिगत प्रयोजनमा खर्चिदै आएको आरोप लाग्दै आए पनि धनुषाका एक गाविस सचिवले समाजिक सुरक्षा भत्ताको लाखौ रुपैया लिएर नै फरार भएको खुलासा भएको छ । जेष्ठ नागरिक र एकल महिलाहरु समाजिक सुरक्षा भताको लागि गाविस सचिब खोज्दै जिविसको कार्यालय आएपछि खोजबिन गर्दा यस्तो खुलासा भएको हो ।
धनुषा सखुवा महेन्द्रनगरका तत्कालिन गाविस सचिब र जिविसका खरिदार धिरेन्द्र झा समाजिक सुरक्षा भताको रकम अनियमितता गरेको आरोपमा बिशेष अदालतमा मुद्दा खेपिरहेको खटना सेलाउन नपाउदै धनुषाकै एक सचिब लाखौ रुपैया लिएर फरार भएको घटनाले अहिले निकै चर्चा पाएको छ । धनुषाको उतरबर्ती क्षेत्र उमाप्रेमपुर र लवटोली गाविसका सचिब लाखौ रुपैया लिएर फरार भईदिएपछि जेष्ठ नागरिक, एकल महिला र अशक्तहरु बिचल्लीमा परेका छन ।
दुबै गाविसको संयुक्त कार्यभार सम्हाल्दै आएका गाविस सचिब रामसुन्दर यादब उमाप्रेमपुर गाविसको २ सय ३० जना एकल महिला, १ सय  ९३ जना जेष्ठ नागरिक, दुई जना पुर्ण अपाङ, ३ जना आशिंक अपाङ, ६३ जना  दलित बालबालिकाको नाममा समाजिक सुरक्षा भता बितरणको लागि लगेको करिब ४० लाख रुपैया लिएर नै फरार भएका छन ।
जिल्ला विकास समितिबाट १२ महिना कै लागि निकाशा लगेपनि उक्त सचिवले ३८ जनालाई आठ महिनाको रकम  वितरण गरेपनि अन्य रकम लिएर फरार भएपछि स्थानिय प्रशासनले पक्राउ पुर्जि नै जारि गर्नु परेको थियो । पक्राउ पुर्जी जारी भएपछि जिविसमा उपस्थित भएका उक्त सचिव यादवले साढे १८ लाख रुपैयाँ जम्मा गरेका छन । स्थानिय विकास अधिकारी गुरु सुवेदी भन्छन,“जिविसबाट वितरणका लागि लगेको ३६ लाख ६१ हजार रुपैयाँ मध्ये साढे १८ लाख रुपैयाँ सचिव यादवले बुझाएको र बाँकी रकम एक साता भित्र बुझाउने प्रतिवद्धता गरेका छन ।” कारवाही स्वरुप सचिव यादवलाई सेतो कागजमा ठाढो हाजिरी गराएको, घर जग्गा सम्पत्ती रोक्का गरिएको, लिखित स्पष्टिकरण माग गरिएको छ भन्दै एलडिओ सुवेदी भन्छन,“सचिवलाई कारवाही त हुन्छ नै तर आजको आजै बर्खास्त गर्न सकिन्न । निजामति कर्मचारीलाई विभागिय कारवाही सँगै सेवाका लागि भविष्यमा योग्य ठहरिने वा नठहरिने भन्ने कुरामा लोकसेवा आयोगसँग परामर्स लिनु पर्छ ।”
जेष्ठ नागरिक, असहाय र अशक्तको जीवनयापनमा सघाउ पु¥याउने उद्देश्यले सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था मिलाएको हो । धनुषाका विभिन्न गाविस सचिवहरुले समाजिक सुरक्षा भत्ताको नाममा जिविसबाट लगेको रकम आप्mनो निजी कामकाजमा खर्चिएकै कारण हरहिसाब मिल्न नसकेपछि २८ करोड भन्दा बढी रकम फछ्र्याैट हुन बाँकी रहेको छ । उमाप्रेमपुरका स्थानिय वासी तथा जेष्ठ नागरिक सरोकार समितिले पटक पटक धर्ना तथा ज्ञापन दिएपनि जिविसले उक्त सचिवलाई कारवाही गर्न तदारुक्ता नदेखाएपछि ६ असोजमा  जिविसमा फेरी घेराउ गर्ने बताएका छन । वृद्धवृद्धा, अपाङ्ग र असहायको नाममा आएको भत्ता अनियमितता गर्ने गाविस सचिव र कर्मचारीबाट रकम असुल उपर गरि कारबाही गर्नु जरुरी छ । धनुषामा वषोै देखि गाविस सचिवहरु गाविसमा नबसेर सदरमुकाम मै डेरा जमाई बस्दै आएका छन । कतिपय गाविस सचिवहरु आफ्नो कार्यालयमा फर्के पनि कति पय जनकपुरमा कोठा भाडा लिएर काम गरिराखेको अवस्थामा सेवा ग्राहीलाई मार्का पर्ने गरेको छ । स्थानीय विकास अधिकारीले गाउँमा फर्कन निर्देशन दिएपनि गाविस सचिवहरुले उक्त निर्देशनलाई अटेरी गर्दै आएका छन ।

मिति ः २०७०÷६÷६

स्वामीजीको अपराधको लामो फेहरिस्त



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
अपहरण, हत्या, फिरौती र चन्दा आतङक लगायत दर्जनौ अपराधमा संलग्न भई धनुषा प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेका फरार अभियुक्त स्वामीजी भनिने उमेश यादव पक्राउ परेपछि विगतका थुप्रै रहस्यमय बनेको  अपराधको तथ्य एक पछि अर्को गरी उजागर हुँदैछ । 
संचारकर्मी उमा सिंहको हत्याका मुख्य योजनाकार स्वामी जि भनिने उमेश यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गर्न सफल भए पछि अनुसन्धानको क्रममा प्रहरीले यादवको विगतको अपराधको लामो फेहरिस्त पत्ता लगाएको छ । यादवले २०६७ सालमा जानकी मन्दिरमा पूजारी नारायण दास माथि गोली प्रहार गरेको रहस्य उजागर भएको छ । पूजारी नारायण दास र जानकी मन्दिरका महन्थ रामतपेश्वर दासको शरीर एकै नासको भएका कारण यादवले चिन्न नसकेर महन्थलाई टारगेट गरेपनि नारायण दास तर्फ प्रहार भएको थियो । संयोगवस गोली कसैलाई पनि नलागि भागाभाग भएको थियो । जानकी मन्दिरका छोटा महन्थ रोशन दास भन्छन,“ आफुलाई स्वामीजी भनेर भन्ने गरेको र चन्दा मागेको थियो । गोली काण्ड पछि पनि पटक(पटक फोन मार्फत चन्दा माग्दै धम्की समेत दिने गथर््यो ।” त्यसैगरी बलहासघारामा नन्द किशोर साहमाथि समेत गोली प्रहार गर्ने कार्यमा स्वामीजी संलग्न रहेको प्रहरीले अनुसन्धानको क्रममा खुलाएका छन । यति मात्रै होइन , अचम्म नै मान्नुपर्छ, २ फागुन २०६४ मा धनुषाको भरतपुर(६ का २५ वर्षिय रमेश दाहाल र ४० वर्षिय लक्ष्मीकान्त राईलाई धारिलो हतियार प्रहार गरि घाँटि रेटी हत्या भएको बेला अज्ञात समुह भन्दै प्रहरीले वास्तविक अपराधी खोजी गर्न सकेका थिएनन । तर यादव पक्राउ परेपछि उक्त दुवै जनाको हत्या आफैले गरेको अनुसन्धानको क्रममा बयान दिएपछि प्रहरी लगायत पिडित परिवार समेत झसङ भएका थिए ।
प्रहरी निरीक्षक गोविन्द पुरीका अनुसार ज्वाला समुहबाट अलग भएर आफ्नै नेतृत्वमा गठन गरेको तराई एकता परिषद गठन गरेको वर्षगाँठ मनाउँन भन्दै राई र दाहाललाई  हत्या गरि आफ्नो पार्टीको वर्चस्व स्थापित गर्न खोजेको देखिन्छ । उमासिंहको हत्यामा संलग्न रहेका र धनुषा जिल्ला अदालतबाट जन्म कैदको सजाय समेत पाई जलेश्वर जेलमा कैदी बन्दीको जिवन विताईरहेका नेमलाल पासवान यादवको पार्टीको सैन्य कमान्डर रहेको यादवले स्वीकारेका छन । पासवानलाई पक्राउ गरेका तत्कालिन असई नागेन्द्र यादव भन्छन,“पासवान पनि उमासिंहको हत्यामा संलग्न रहेको र गोइत समुहको सैन्य कमान्डर रहेको त्यसबेला हामीलाई प्राप्त भएको सुचना अनुसार हामीले पासवानलाई पक्राउ गर्न कमला नदीमा घेरा मात्र हालेनौ, दुई तर्फि भिडन्त पनि भयो । प्रहरीको तर्फबाट करिव १० राउन्ड जवाफि फायर गरेपछि अन्य त भागे तर पासवानलाई खुट्टामा गोली प्रहार गरेपछि उनी ढले र हामीले हतियार सहित पक्रन सफल भयौं । ”यति मात्र कहाँ हो र यादवको अपराधको ग्राफ हेर्ने हो भने ९ मंसिर २०६९ मा रमदैया भवाडी गाविस ३ का ४५ वर्षिय किशोरी यादवलाई ना ३ ख ५५८७ नम्बर टूक सहित अपहरण गरि हत्याको घटनामा उनको प्रत्यक्ष संलग्नता रहेको प्रहरीले जनाएको छ । हातहतियार खरखजाना तथा अवैध चन्दा असुली कार्यमा संलग्न रहेको तथ्यका आधारमा हाल ईलाका प्रहरी कार्यालय लहानमा मुद्दा दर्ता भई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । मान्छे अपहरण गरेर फिरौती लिएर बुझाउने दर्जन भन्दा वढी घटनाको प्रमुख नाइके रहेको अनुसन्धानको क्रममा देखिएको भन्दै अनुसन्धान अधिकृत तथा प्रहरी निरीक्षक गोविन्द पुरी भन्छन,“स्वामीजी भनिने उमेश यादवको अपराधको ग्राफ हेर्दा पेशेवर अपराधी रहेको देखिन्छ । पक्राउ पर्नु भन्दा केही दिन अगाडी सम्म मात्र थुप्रै व्यक्तिबाट चन्दा असुलेको देखिन्छ ।”
भनिन्छ अपराधीले जतिसुकै अपराध गरे पनि एक न एक दिन कानुनको गिरफ्तमा पर्छ नै । आखिरकार संचारकर्मी उमा सिंहको हत्याका मुख्य योजनाकार स्वामी जि भनिने उमेश यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गर्न सफल मात्र भएको छैन,थुप्रै रहस्यहरु खुल्दै गएका छन् । धनुषा प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेको यादवलाई पक्राउ गर्नु हरेक प्रहरी उपरीक्षकको प्रथम कार्यभार रहने गरेको बताउँदै आएपनि अन्तमा प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले पक्राउ गरेरै छाडे । भाद्र ३१ गते सोमवार धनगढीबाट भारत छिर्ने क्रममा धनुषाबाट खटेको प्रहरीको विषेश टोलीले यादवलाई पक्राउ गरेको थियो । प्रहरी उपरीक्षक उत्तम सुवेदीले यादव कुन कारणले सिंहको हत्या गरेको विषयमा अनुसन्धान भईरहेको जानकारी दिनु भयो ।
धनुषाको बलहा सघारा (१ बस्ने यादव सुरुमा जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला समुहबाट सशस्त्र गतिविधिमा लागेका उनि पछि आप्mनै नेतृत्वमा कथित तराई एकता परिषद पार्टी गठन गरेका थिए । धनुषा,महोत्तरी,सर्लाही सिरहाको प्रहरीको सर्वाधिक खोजिको सुचिमा रहेका यादवलाई पक्राउ गरेपछि विगतमा भएका अझै कतिपय रहस्यमय हत्याको समेत पर्दाफास हुने भएको छ । 
  आप्mनै घरमा २०६५ पुस २७ गते साँझ बसि रहेको अवस्थामा हतियार सहित आएका यादव सहितको टोलीले हत्या गरेको थियो । उमा सिंह हत्या घटनामा उनकी भाउजु ललिता सिंह र नेमलाल पासमान लाई जिल्ला अदालत धनुषाले जन्म कैदको सजाय सुनाएको छ । त्यसैगरि सो घटनाका अर्को अभियुक्त माओवादी नेता श्रवण यादवलाई अदालतले साधारण तारिखमा रिहा गरेको छ भने भतिाजा अभिषेशलाई समेत अदालतले साधारणमा रिहा गरेको थियो । प्रहरीको प्ररम्भीक प्रतिवेदनमा सिंहको हत्या जमिनी विवादको कारण भएको र उमेशसंग ललिताको रहेको सम्पर्कको कारणले उनले रकम लिएर हत्या गराएको प्रहरीको दावि रहेको छ । सिंहको हत्या पछि नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको थियो । आप्mनै नेतृत्वमा सशस्त्र समुह गठन गरेर हत्या अपहरण जस्ता क्रियाकलाप गर्दै आएका थिए । प्रहरीले संचारकर्मी सिंहको हत्याको कारण र यसमा संलग्न रहेको अन्य व्यक्तिको समेत नाउ यादव पक्राउ परेपछि खुल्ने बताइएको छ । प्रहरीले यादवलाई मोवाइलको लोकेशनको आधारमा पक्राउ गरिएको हो । यादवले प्रयोग गर्दै आएको मोबाइल फोन टूेस गरी उनी धनगढीमा रहेको सूचना प्राप्त भए पछि करिब एक साताको अनुसन्धान बाट धनगढीको गौरी फेन्टा बाट नियन्त्रणमा लिइएको सुवेदीले बताए । यादवले प्रयोग गर्दै आएको युटीएलको सीमले लोकेसन पता लगाउन कठिनाई भयो सुवेदीले भने, विशेष टोलीले लैण्ड लाइन फोन पता लगाइ सके पछि यादवको घरको पता लगाइयो ।
सुवेदीका अनुसार यादव धनगढीमै आफ्नो घर बनाई श्रीमती र बाल बच्चाका साथ बस्दै आएका थिए । प्रहरीको टोलीले उनको घरमा छापामारी गर्दा फेला न परेको र करिब ५०० मिटरको दुरीमा रहेको भारतीय सिमाना बाट भाग्ने प्रयास गरि रहेकै बेला यादवलाई विशेष टोलीले नियन्त्रणमा लिएको उनले बताए । स्वामीजीले उमाको हत्या किन गरेको हो, कसले गर्न लगाएको हो, हत्यामा अरु संलग्नहरु को(को छन लगायतका प्रश्नहरुको उत्तर आउने दिनमा प्रहरीले अनुसन्धानको क्रममा खुलाई देश र जनतालाई उक्त रहस्यबाट पर्दाफास गर्नु जरुरी छ ।

मिति ः २०७०÷६÷६

इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको आग्रह



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जिल्ला प्रशासन कार्यालय धनुषाले अगामी संविधानसभा निर्वाचनलाई शान्तिपुर्ण र भयरहित वताबरणमा सम्पन्न गर्नका लागि इजाजत प्राप्त हातहतियारहरु एक हप्ता भित्र बुझाउन सर्वसधारणमा आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले १ असोजमा  एक सूचना जारी गरी आगामी मंसीर ४ गते हुन लागेको संविधानसभाको निर्वाचनलाई शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न हातहतियार खरखाजाना ऐन २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तिहरुसंग रहेको इजाजत प्राप्त हातहतियारहरु आफूलाई पायक पर्ने स्थानिय प्रहरी कार्यालयमा अनिवार्य रुपमा बुझाउनको लागि सर्वसधारणसंग आग्रह गरेको छ ।
असोज ६ गते भित्र हातहतियार बुझाउनुपर्ने सूचनामा जनाइएको छ । सूचनाको अटेर गरी हथियार नबुझाएमा तथा पछि फेला परेको खण्डमा त्यस्ता व्यक्तिलाई कडा कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै, जिल्ला प्रशासन कार्यालय महोत्तरीका साथै सर्लाहीले पनि जिल्लाबासिलाई आफुहरुसँग भएको ईजाजत प्राप्त हातहतियार असोज ६ गतेभित्र स्थानिय प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ ।
मंसिर ४ गते हुने संविधानसभाको निर्वाचनलाई शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न हातहतियार बुझाउन आग्रह गरिएको कार्यालयले जनाएको छ । हातहतियार तथा खरखजनाको दफा ८ बमोजिम हातहतियार संकलन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताउनुभयो । प्राप्त हुन आएका हातहतियारहरू निर्वाचन परिणाम घोषणा भएको १५ दिनभित्र सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने उल्लेख गरिएको छ । हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ बमोजिम प्रशासनले सूचना जारी गर्दै तोकिएको समयभित्र अनिवार्यरूपमा हतियार बुझाउन भनेको छ । शनिवार समाचार तयार गर्दा सम्म कति हतियार बुझाइयो भन्ने सबालमा प्रजिअ मैनाली भन्छन,“ पायक पर्ने प्रहरी चौकीहरुमा बुझाउन भनिएको छ, अहिलेसम्म हामीले पुरा रेकर्ड पाएका छैनौं ।” धनुषामा करिब २ सय जति इजाजत प्राप्त हतियार रहेको बताइएको छ ।
उक्त ऐनले निर्वाचनका लागि उम्मेदवारको दरखास्त दिने मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको सात दिनसम्मको अवधिभर सुरक्षासम्बन्धी सरकारी कर्मचारीबाहेक अरू कसैले निर्वाचन क्षेत्रमा लाइसेन्स लिएका हतियारसमेत लिएर हिड्न नहुने व्यवस्था गरेको छ ।
हुन त यस अघि पनि नेपाल सरकारले विभिन्न मितिमा स्थानिय व्यक्तिहरुले राखेको अवैध हातहतियार बुझाउन २०६९ सालमा सार्वजनिक गरिएको सूचना अन्तरगत धनुषामा १ नाल नलकटुवा, महोत्तरीमा १ नाल भरुवा, सर्लाहीमा १ नाल भरुवा, सिन्धुलीमा ११३ नाल भरुवा, रामेछापमा ४१ नाल भरुवा, दोलखामा ११३ नाल भरुवा बुझाएपछि जनकपुर अञ्चल प्रहरी कार्यालयले ३० साउन २०७० मा मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौडामा बुझाएको थियो । धनुषा ,महोत्तरी र सर्लाहीमा अवैध हातहतियारको बिगविगी रहेपनि हतियार बुझाइएनन ।
पछिल्लो ४ वर्षको तथ्याङक अनुसार धनुषामा १ सय १६ थान अवैध हतियार र १ सय ४८ जना व्यक्ति पक्राउ परेका छन । त्यसै गरी महोत्तरीमा अवैध हतियार ३८ थान अवैध हतियार र  ६७ जना व्यक्ति, सर्लाहीमा ६१ थान अवैध हतियार १ सय जना व्यक्ति पक्राउ परेको जनकपुर अञ्चल प्रहरी कार्यालयको तथ्याङक छ ।



 मिति ः २०७०÷६÷६

Monday, September 23, 2013

बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा गोइतका पुर्व कार्यकर्ता पक्राउ



एस.कुशवाहा
मलंगवा............
सर्लाही सदरमुकाम मलंगवा स्थित नापी कार्यालयमा गराइएको बम बिस्फोट र उद्योग वाणिज्य संघका अध्यक्ष रंगलाल अग्रवालको हत्या प्रकरणको अनुसन्धान प्रहरीले पुरा गरेको छ । तर अपराधिको सुराक प्रहरी भन्दा सबल बन्दा सर्लाही प्रहरीलाई हम्मे हम्मे भएको छ । प्रहरीको गती भन्दा तीब्र गतीमा लोकेशन फेरर अपराधि फरार भएका छन् । लगातारको घटना पछि सर्लाही प्रहरीले अनुसनधान कडा बनाएको छ । विशेष टोली मार्फत अपराधिलाई पछयाएको छ । घटनाको कडी एक पछि अर्को जोडिदै गए पछि लामो अनुसन्धानबाट प्रहरीले अपराधिको पहिचान गरेको छ ।  
मलंगवामा गत शुक्रवार भएको प्रेशरकुकर बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा पुर्व भुमिगत एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मलंगवा(२ का तेजनारायण रायलाई बिस्फोटको करिब ३२-३५ घण्टा पछि शनिबार साँझ  प्रहरीले पक्राउ गरेको हो । तर उनलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक अपराध ऐन अन्तर्गत १० दिन म्याद थप गरेर थूनामा राखेको छ । ुुतत्काल विष्फोटको आरोपमा म्याद थप गर्न प्रमाण पुगेन ।ुु प्रहरी स्रोतले भन्यो–त्यसैले सार्वजनिक अपराध ऐन अन्तर्गत म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडी बढाएका छौं र अनुसन्धानबाट प्रमाण जुटाएपछि विष्फोटको घटनामा मुद्धा अगाडी बढाउँछौं ।
नापी कार्यालयमा विष्फोट हुनुभन्दा केही मिनेट अघिमात्र नेपाल बैंक लिमिटेड मलंगवा शाखाका प्रबन्धकलाई बैंकमा बम राखिएको छ भन्दै फोन आएको थियो । बैंकमा फोन संवाद सकिने वितिकै नापीमा विष्फोट भएको थियो । उक्त फोन गर्ने राय नै रहेको प्रहरीको अनुसन्धानबाट देखिएपछि विष्फोटमा पनि संलग्नता हुन सक्ने आशंकाका साथ उनलाई प्रहरीले पक्राउ गरेको हो ।
एमाले पूर्व कार्यकर्ता रहेका राय केहीवर्ष अघि भूमिगत भई जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह हुदै गोइत नेतृत्वको अखिल तराइ मुक्ति मोर्चा समूहमा कार्य गरेका थिए  । उनी कोचीला क्षेत्रमा गोहइत समूहबाट केन्द्रिय सदस्य समेत थिए । एक-डेढ वर्ष अगाडी स्थानीय प्रशासन समक्ष आत्म समपर्ण गरेर शान्तिपूर्ण जीवन विताउने बताएका राय हाल भूमि सुधार कार्यालयमा लेखनदासका रुपमा कार्यरत थिए । 
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराईले रायलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको र अनुसन्धान  पश्चात मात्र केही भन्न सकिने बताए । 


 मिति ः २०७०/६/६

जुर्मुराउँदै जयकृष्ण गोइत



अजय अनुरागी
जनकपुरधाम............

एक दशक अगाडि मधेसमा जयकृष्ण गोइतको नाउँ सुन्नै वित्तिकै जो कोई पनि थरकमान हुन्थे । जनतान्त्रिक तराई मुक्ति मोर्चाको केन्द्रिय अध्यक्षका हैसियतले नेपालमा मधेस एक अलग देश हुनु पर्छ भन्ने मांग गर्दै पृथकताबादी आन्दोलनको नेतृत्व गर्ने गोइतले सशस्त्र विद्रोहको नाउँमा मधेसमा हत्या हिंसा, चन्दा आतंक तथा बम विस्फोटन जस्ता गतिविधिलाई तिब्र बनाएपछि गोइतको नाउँ सुन्ने वित्तिकै मधेसमा जनता आतंकित हुन्थे । तर उनलाई साथ दिने ज्वाला सिंह उपनाम रहेको नागेन्द्र पासवान गरी एक पछि अर्को नेताहरुले अलग्गै संगठन खोलेर भुमिगत भई विद्रोह गर्नेहरु आफै टुक्रा टुक्रामा विभाजन भएपछि गोइत पछिल्लो दिनमा कमजोर हुँदै गएका थिए । अवस्था यहाँ सम्म आयो कि सशस्त्र विद्रोहका संस्थापक भएपनि उनको संगठनको नाउँ जनतान्त्रिक तराई मुक्ति मोर्चा माथि अरु संगठनहरुले स्वामित्वको दावि गरेपछि उनले संगठनको नाम नै फेरेर अखिल तराई मुक्ति मोर्चा राख्नु परेको थियो । उनि संगै भुमिगत राजनीति गर्नेहरु शान्ति प्रक्रियामा आई राज्यसँग बार्ता गर्दै मुलधारमा आउनेहरुले समेत गोइत कमजोर भएको तथा उनको संगठनमा अव त्यस्ता लडाकुहरु नरहेको प्रतिकृया दिने गरेका थिए । पछिल्लो केही वर्षहरुमा मधेसमा हुने हिंसात्मक गतिविधिहरुको जिम्मा लिने सशस्त्र समुहहरुको सूचिमा गोइतको संगठन नदेखिदा पनि उनी अत्यन्तै कमजोर भएको प्रहरीहरुको पनि विश्लेषण हुने गथर््यो । ३ पुष २०६८मा द एक्सक्लुसिभले गोइतसँग लिएको अन्तरवार्तामा गोइतजी सँग अब कार्यकर्ता नै रहेनन पनि भन्ने गरिन्छ , साँच्चै तपाई सँग अब कार्यकर्ता रहेनन् है ? भन्ने सबालमा गोइतले यसरी जवाफ दिएका थिए,“ त्यो त क्रान्तिलाई शिथिल पार्ने रणनीति हो सरकारको । प्रोपगाण्डा मात्र हो । उनीहरुलाई कसरी थाहा भयो कि म सँग कार्यकर्ता छन कि छैन्न् । त्यसको मापदण्ड के हो ? हिंसात्मक, विष्फोटन जस्तो कार्य भयो भने कार्यकर्ता हुने र नभए त होइन नि । कि कसो ! ” त्यसैगरी गोइतजी बुढो भइसक्नु भयो ,अब किन आफ्नो अडान छाड्ने र इतिहास बनाएरै जान सकिए हुन्थयो भनेरै पनि तपाई वार्तामा नआइरहेको पनि एक किसिमको विश्लेषण छ नि ? भन्ने सबालमा गोइतजीले यसो भनेका थिए ,“ हेर्नुस क्रान्तिलाई उमेरले असर पार्दैन् । भारतको स्वतन्त्रता संग्राममा लडने महात्मा गान्धी, अहिले भ्रष्टाचार विरुद्ध लडने अन्ना हजारे सबै उमेरले बुढो हुन् ।  त्यसैले उमेरकै कारण मैले आफ्नो अडान छाडने वा इतिहास बनाउने कुरा हुदैन् । वार्तामा त आउन तयार छु । ”
मधेशको सशस्त्र द्वन्द्व शुरु भएको एक दशक भन्दा बढी भइसक्यो । मधेशको द्वन्द्व कहिलेसम्म चलिरहने हो भन्ने सबालमा 
मधेशको सशस्त्र द्वन्द्व त द्वन्द्वकै अवस्थामा छ । द्वन्द्व जारी नै छ । जवसम्म सशस्त्र द्वन्द्वको लक्ष्य प्राप्ति हुँदैन तबसम्म सशस्त्र द्वन्द्व चलिनै रहने गोइतको प्रतिक्रिया थियो । 
के हो सशस्त्र द्वन्द्वको लक्ष्य भन्ने सबालमा गोइत भन्छन,“
तराईको मुक्ति । तराई अहिले नेपाल राष्टूको औपनिवेशमा छ । मधेशलाई आत्म निर्णयको अधिकार सहित स्वायत्त प्रदेश दिए पनि तराईको मानिसले स्वतन्त्रताको जिन्दगी जिउनेछैनन् । तराई माथि नेपालको औपनिवेशन अन्त्य नै सशस्त्र संघर्षको प्रमुख लक्ष्य हो ।”
गोइत कमजोर परेर थला परेको उनीसँगै काम गर्ने व्यक्तिले पनि नभनेको होइन । अखिल तराई मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष जयकृष्ण गोईत अस्वस्थ भई प्रायः बिरामी  नै रहने गरेको मोर्चाका राजनीति बिभाग प्रमुख अमिताभ भन्ने उदय नारायण यादवले तीन वर्ष अघि बताएका थिए । ८ जेठ २०६७ मा जनकपुरमा  हतियार सहित पक्राउ परी जिल्ला प्रहरी कार्यालय धनुषामा प्रहरीको हिरासतमा  रहेका बेला यादवले  अनुसन्धानको क्रममा दिएको प्रहरी समक्ष दिएको बयान अनुसार सप्तरीको त्रिकोल निवासी अन्दाजी ७० वर्ष उमेर भइसकेको  जयकृष्ण गोईतको रिडको हयी भाँचिएर वेल्ट लगाउनु परेको , पेटको समस्या भई प्रायः बिरामी  भई अस्वस्थ रहने गरेको बताएका थिए । 
मधेशमा भुमिगत भई सशस्त्र द्धन्द  गर्ने संस्थापक नेता गोईत प्राय ःभारतको पटना बस्ने गरेको र दिल्ली ओहोर दोहर गर्ने गरेको यादवले खुलासा गरेका थिए. ।  पार्टीमा गोइत पछि दोस्रो रहेका यादवले प्रहरीलाई दिएको बयानमा उक्त  पार्टीको हाल  कुनै पनि ठाउँमा राम्रो पकड नभएको र हातहतियार पनि खासै नभएको बताएका थिए । 
जनतान्त्रिक तराई मुक्ति मोर्चाको संस्थापक अध्यक्ष भएकै बेला दोस्रो तहका नेता     नागेन्द्र पासवान( ज्वाला सिंह) ले विद्रोह गरी पार्टी विभाजन  गरेदेखि हालसम्म जो जसले पार्टी फोडदै गयो, हतियार पनि साथै लिएर  गएकोले पार्टी झनै कमजोर अवस्थामा रहेको यादवले बताएका थिए । 
जनकपुरमा  हतियार सहित पक्राउ परेका यादवले आफु  राजनीतिक विभागको प्रमुख   भएको  नाताले    यस अघि पनि पार्टी भित्र हतियार उठाएर केही गर्न  नसकिने भएकाले  वार्ताको माध्यमले शान्तिपुर्ण तरिकाबाट जनतामै गएर बस्नुपर्ने    गोइत संग पटक पटक छलफल गर्दै  आएको प्रहरी समक्ष खुलाएका  थिए । 
शान्तिपुर्ण बाटोमै जानको लागि   कुनै राजनीतिक दलसँग मिलेर काम गर्नुु पर्छ भनेर नेकपा  माओबादीका केन्द्रिय संयोजक मातृका यादवसँग जनकपुरमा कुरा गर्न जनकपुर  आएको  प्रहरीलाई   बयानमा बताएका थिए । पक्राउ पर्नु अघि  आफु पार्टी नै परित्याग गर्ने मनस्थितिमा रहेकोले यादवले बताएका  थिए । 
स्नातकसम्मको पढाई गरेका अमिताभ सिरहा जिल्ला भेडिया गाविस ६ का स्थायीबासी हुन । उनीमाथि हातहतियार तथा  खरखाजाना मुद्या  लगाइएको थियो । अमिताभसँग एक थान आधुनिक माऊजर तथा यसमा लाग्ने गोली सहितको म्याग्जीन पनि बरामद भऐको प्रहरीको दावी थियो ।  
गोइतको सक्रियताको संकेत
लामो समय सम्म निश्क्रिय सरह नै रहेको गोइतको सक्रियता फेरी बढन थालेको अनुमान लगाउन थालिएको छ ।सर्लाही सदरमुकाम मलंगवा स्थित नापी कार्यालयमा अखिल तराइ मुक्ति मोर्चाले २८ भाद्र २०७० मा बम विस्फोट गराए । बिस्फोटमा परि नापी कार्यालयमा ८ जना भन्दा बढी घाइते भए । विस्फोटमा ६ जना गम्भिर घाइते भए । एक कर्मचारी सहित सात जना बिस्फोटबाट सख्त घाइते भए ।
बिस्फोटमा नापी अधिकृत सर्लाही पिडारी–४ का नागेन्द्र राय र काम विशेषले आएका सर्लाही बसंतपुर(२ का फेकन मण्डल, वेल्वा जब्दीका सरोज कुमार राय, सलेमपुरका सरोज मण्डल, हेमपुरका राजकिशोर महरा र रामवन (८ का गौरीशंकर महतो सख्त घाइते भए । बमको चोटले गम्भिर घाइते महतोको अत्यधिक रगत बगे पछि थप उपचारका लागि नारायणि उप क्षेत्रिय अस्पतलामा तत्कालै पु¥याइएको थियो । अन्य सर्लाही जिल्ला अस्पतालमा उपचार पछि घर फर्केका छन् । 
  जय कृष्ण गोइतले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चाले चार बुँदे माग गर्दै कार्यालयमा बम विस्फोट गराएको हो । बिस्फोट स्थलमा २०६७ साउन १० गते मिति लेखिएको मोर्चाको पर्चा फेला परेको छ । पर्चामा नेपाली शासक तराइ छोड(तराइको शासन तराइको मुलनिवासीहरुले गर्ने, तराईको सम्पुर्ण सेना, प्रहरी र प्रशासक(तराइको मुलनिवासीहरु हुने र तराईको सम्पुर्ण राजस्व(तराईको विकासमा खर्च हुने माग उल्लेख गरको छ । 
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट २ सय मिटर पश्चिममा रहेको नापी कार्यालयको प्रवेशद्वारबाट चार पाइला भित्र सेवाग्रही बस्ने बेञ्च मुनि  करिब ५ किलो तौल बराबरको प्रेसर कुकर टामइ बम ११ बजेर ४५ मिनेटमा मोर्चाले विस्फोट गराएका हुन । बिस्फोटबाट भवनमा समेत क्षति पुगेको छ । कार्यालयको माथिल्लो तल्ला सम्म झ्यालको सिसा फुटेको छ । रातो झोलामा राखिएको बम बिस्फोट भएको नापी कार्यालय प्रमुख सियाराम यादवले बताए । प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराइको नेतृत्वमा तत्कालै प्रहरी घटना स्थलमा पुगेर घाइतेहरुको उद्धार गरेका थिए । विस्फोट सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रबिन्द्र बहादुर धानुकले बताए । 
के भन्छन प्रहरी ?
सर्लाहीमा  एक सरकारी कार्यालयमा बम विस्फोट गराएपछि धनुषाका प्रहरी पनि सतर्क भएका छन । 
धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदी भन्छन,“नाकाहरुमा कडा चेकिङको व्यवस्था मिलाएका छौं । सादा पोसाकका प्रहरीहरुद्धारा खबर संकलन गरेका छौं । मलंगवा जस्तो घटना हुन नपाओस त्यसका निम्ति सरकारी कार्यालयहरुमा विशेष सुरक्षा परिचालन गरेका छौं । सुरक्षाका अन्य निकायहरु सशस्त्र प्रहरी बल, राष्टिूय अनुसन्धान विभाग सँग समन्वय गरी परिचालित भएका छौं ।” 
नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक नवराज शिलवाल भन्छन,“तराईमा केही सशस्त्र समुहहरुले गठबन्धन गरेअनुसार नै नेपाल प्रहरीले पनि सुरक्षाको तयारी गरेको छ । उनीहरुले थे्रट गरेअनुसार कै लेबलको शक्ति उनीहरुसँग छैन । उनीहरुसँग भएको शक्तिको पनि हामीले अनुमान गरेका छौं र उनीहरुलाई नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम छ ।” गोइतको सक्रियताको सबालमा सिलवाल भन्छन,“एउटा घरमा बम राखेर हिन्ने वित्तिकै कोही शक्तिशाली हुँदैनन तर मलंगवामा भएको घटना पछि गोइतको शक्ति, क्षमता तथा सामथर््यलाई हामी पुनर्मुल्याङकन गर्दै अगाडी बढछौं ।

 मिति ः २०७०/६/६

Tuesday, September 17, 2013

अजब–गजब छ बा ! – सुदर्शन सिंह


अजब–गजब छ बा !         सुदर्शन सिंह


व्यर्थ टेन्सन नलिनुस् । भवन र विद्यार्थी नभएपनि हामीले विद्यालयको सम्पुर्ण बजेट सदुपयोग गर्न पाइएकै छ, क्यारे !


 मिति ः २०७०÷५÷३०

राष्ट्रपती र मन्त्रिपरिषद बिचको सम्बन्ध–एन.के. झा



एन.के. झा
nkjha_123@yahoo.com
मिथिला विहारी स्थान, कचुरी २


राष्ट्रको कार्यकारणी अधिकार कसलाई दिने र राष्ट्रपती वा मन्त्रीपरिषद ? व्यापक जनचर्चा चिन्ता र चासो को विषय बन्न थालेको छ । राष्ट्रपतीय प्रणली ९एचभकष्मभलतष्ब िक्थकतझ० मा कार्यपालिकाको बास्तविक कार्यकारणी शक्तिको प्रधान राष्ट्रपति हुन्छ भन्ने संसदीय प्रणाली ९एबचष्बिmभलत क्थकतझ० मा मन्त्रिपरिषदको अध्यक्ष “प्रधानमन्त्री” । भारत विशाल राष्टू भएको कारण राष्ट्रपती जनताबाट निर्वाचित नभए पनि लोकतान्त्रिक मुलुकहरु मध्ये अग्र पंक्तीमा छ । तर त्यो समस्या एकै दिन समग्र राष्टू भरी राष्ट्रपतीको निर्वाचनमा जनता मतदान गर्न नसक्ने अबस्था छैन । ५ वर्षको १ पटक आउने दिन पर्वको रुपमा हर्सो उल्लासका साथ मतदान गर्न पाउनु पर्ने हो । समग्र राष्ट्रमा जनताद्धारा एउटा व्यक्ति चुनिनु राष्ट्र एकताको प्रतिक हो । जननिर्वाचित राष्ट्रपतीलाई बास्तवीक कार्यकारणी अधिकार नदिए, विचित्रता जस्तो, असंम्भावी जस्तो हुने, भई लोकतन्त्रको मुल्य मान्यता मा आघात पुग्नेछ । यी दुबै समस्याको सामाधान, सन्तुलन बिन्दु खोज्न आवश्यक छ । संसदिय प्रणालीमा संसदको (लोक निर्वाचित) सर्वोचता हुन्छ । संसदिय परम्परा अनुसार सरकार (मन्त्रिपरिषद) को गठन संसद (लोकसभा) ले गर्दछ । राष्ट्रको कार्यकारिणी अधिकार मन्त्रिपरिषदमा हुन्छ । मन्त्रीपरिषदलाई नियन्त्रण र निर्देशन लोकसभा (जननिर्वाचित) ले गर्दछ ।
हाम्रो राष्ट्रपती जनताबाट प्रत्यक्ष निर्वाचित हुनु पर्छ । प्रत्यक्ष जन निर्वाचित संसद र समानुपातीक संसदबाट निर्वाचित वा मनोनित “राष्ट्रपती” लाई सार्वजनिक मदतान प्रणालीको आर्दश र महत्वलाई छुदैन । यो लोकतान्त्रिक विधि, शिद्धान्तको विपरीत आर्दश भनी आलोचित छ । संविधानको रक्षक र पालक, एकताको प्रतिक हुने राष्ट्रपतीलाई जनताले चयन गर्न पाउने सार्वधिक लोकतान्त्रिक आर्दश हो । संघिय शासन व्यवस्था अपनाउदा लोकतान्त्रीक गणतन्त्र संस्थागत गर्न राष्ट्रको प्रथम व्यक्ति “राष्ट्रपती”  लाई प्रत्यक्ष मतदान गरि चयन गर्ने जन चाहना छ ।
संसदिय प्रणालीमा कार्यपालिकाको वास्तवीक कार्य अबधि व्यवस्थापिका संसदमा अधारीत हुन्छ । राष्ट्रपतीय प्रणालीमा कार्यपालिकाको प्रधान राष्टूपती हुन्छ र एउटा निश्चिित अबधिको लागि जनताद्धारा निर्वाचित हुन्छ । जसको पदाबधि व्यवस्थासिपका संसद (लोकसभा) को अधिन हुनु हुदैन साथै आफ्नो कार्यको लागि व्यवस्थापिका संसद प्रति उत्तरदायी रहदैन । राष्ट्रपतीय प्रणालीमा राष्टूपतीले आफुलाई परामर्श दिन संसद बाट सिफारिस संसद सदस्यलाई  मन्त्रिहरुमा नियुक्ति गर्दछ र आवश्यत्ता अनुसमर परामर्श लिन्छ तर निर्णय स्ंवम आफै गर्दछ, मन्त्रिपरिषद र व्यवस्थापिका संसद (लोकसभा) प्रति उत्तरदायी रहदैन ।
राष्ट्राध्यक्ष ९ज्भबम या ल्बतष्यल० संवैधानिक राष्टूपतिलाई र सरकार प्रमुख ९ज्भबम या न्यखभचलmभलत० मन्त्री परिषदको अध्यक्ष प्रधानमन्त्रीलाई हुने विधि व्यवस्थापन गर्नु पर्दछ । संंघिय कार्यपालिकाको शिर्ष स्थानमा प्रत्यक्ष जन निर्वाचित राष्ट्रपती हुनु पर्छ । राष्ट्रपति संघ (केन्द्र सरकार) र संघको सदस्य राज्यहरु को प्रधान जन प्रतिनिधि हुनु पर्छ । औपचारिक रुपमा राष्ट्रको सबै कार्यकरिणी अधिकार शक्ति राष्ट्रपतीमा निहित गरि अनौपचारीक “कार्यकरी प्रमुख” बनिरहनु पर्छ । औपचारिक रुपमा कार्यकारी प्रमुख मन्त्रिपरिषदको अध्यक्ष प्रधान मन्त्रिलाई दिनु पर्दछ । राष्ट्रपतीले लोकसभा व्यवस्थापिका संसद प्रति उत्तरदायी मन्त्रिपरिषदको सल्लाह÷सुझाव लिएर कार्य गर्नु पर्नेछ । जन उत्तरदायी सरकार बनाउनको लागि बास्तविक कार्यपालिका शक्ति मन्त्रिपरिषदमा दिनु पर्छ किन भन्ने विशेष परिस्थिती र संकटकालमा सबै कार्यकारीणी अधिकार राष्ट्रपतीमा फिर्ता आउनु एंव समान्य अबस्थामा कार्यपालीका औपचारीक प्रधान भएर पनि अनौपचिक बनी रहनु पर्ने विधि व्यवस्था हुनु पर्ने जनचर्चित छ ।
पञ्चायत, प्रजातन्त्रकाल जस्तो पम्परागत राजतन्त्र अब नेपालमा हुन सक्दैन । जनताले नै राजतन्त्र हटाएको हुनाले अव पुनः जनताले नै राजतन्त्र फर्काउन चाहदैन बरु प्रत्यक्ष जनताद्धारा निर्वाचित राष्ट्रपतीको रुपमा पूर्व राजा लाई जनमतपुगे निर्वाचित हुन सक्छ । तसर्थ जनताको समर्थन जग जाहेर गर्न पनि राष्ट्रपतीको निर्वाचन प्रत्यक्ष हुनु पर्छ । प्रत्येक राष्ट्रीय मान्यताप्राप्त राजनैतिक दलले राष्ट्रपती ÷ उपराष्ट्रपतीको निर्वाचनमा एक÷एक जना उम्मेदवार पठाउने ब्यबस्था हुनु पर्छ । राष्ट्रिय मान्यता प्राप्त दलहरुले संयुक्त तालमेल गरि मिलेर भए पनि राष्ट्रपती र उपराष्ट्रपतीको उममेदवारी दिन दलीय आन्तरीक सहमती गरि उम्मेदवारी दिन पाउने विधि व्यवस्था हुनु पर्छ ।
बेलायत जस्तो संसदीय प्रणाली जँहा कार्यपालीकाको प्र्रधान (सम्राट) राजा, नाम मात्रको प्रधान हुन्छ । बास्तविक कार्यपालीको शक्ती मन्त्री परिषदमा हुन्छ जुन संसदद्धारा मनोनित वा निर्वाचत हुन्छ जसले पदाबधिक कार्यको लागि लोक सभा प्रति उत्तरदायी रहन्छ र आफ्नो मन्त्रीहरुको सल्लाहअनुसार नै सबै काम गर्दछ तसर्थ हाम्रो राष्ट्रपति संवैधानिक अलंकारीक हुने होईन बेलायतको सम्राट जस्तो संवैधानिक प्रधान हुनु पर्छ । राजाको जतिकै समान अधिकार भएपनि आफ्नो मनले कुनै कार्य गर्न नसक्ने संविधानद्धारा निर्धारीत शक्ति र कार्यको प्रयोग संसदप्रति उत्तरदायी मन्त्रीको सल्लाह अनुसार मात्र गर्न सक्ने बेलायतको राजा जस्तो हाम्रो राष्ट्रपति हुनु पर्छ ।  विशाल स्वतन्त्र भारतको लोकतन्त्रको गुण, अवगुण हेर्ने÷बुझन सक्यौं भन्ने हाम्रो देशको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान वनाउन सरलता अनुभव हुने छ । संसदिय प्रणालीमा सरकार गठन÷विघटन भै रहदा स्थायी सरकारको अभावमा विधि व्यवस्थापन कायम(राख्न जुन कठिनाई उत्पन्न हुन्छ, त्यसलाई हटाउनु पर्दछ । स्थायी सरकार र विधि व्यवस्थापना निरंन्तर रुपमा कायम रहनु पर्छ । रष्ट्रपति, संसद र सरकार निरन्तरताको अन्तराल बढन दिन र शुन्यकाल हुन दिनु हुदैन । राष्ट्रपतीको पदाबधी अमेरिकाको राष्ट्रपतीको पदाबधी जस्तो पूर्व निर्धारित हुनु पर्दछ, जसलाई व्यवस्थापिका संसद (कांग्रेस) ले महा अभियोगको प्रस्ताव न्यायिक प्रकृयाद्धारा पारित गरि राष्ट्रपतीलाई पद मुक्त गर्न सकियोस अमेरीकाको राष्ट्रपतिको मन्त्रीमण्डल उसै प्रति उत्तरदायी हुन्छ, कांग्रेश प्रति होईन तसर्थ अमेरीकाको संसद र मन्त्रीपरिषद बिच समन्वयन हुदैन ।  हाम्रो रष्ट्रपतीको मन्त्रीपरिषद, संसद प्रति उत्तरदायी हुने हो, राष्ट्रपती र संसद दुबै संविधान र जनता प्रति उत्तरदायी हुनुपर्छ ।
हाम्रो राष्ट्रको परिपेक्क्षमा संसदिय प्रणाली सफल÷फलिफाप हुन सकेको छैंन, कारण सरकार गठन÷विघटनको खेल चलिरहन्छ । स्थिर सरकार बन्नै पाउदैन । धेरै बिचार शिद्धान्तमा विभाजित जनताले कुनै १ (एक) दललाई बहुमत दिन सकेको छैन । विश्वास र समर्थनको राजनिती धेरै दिन टिक्न सकेको छैन । लोमो समयसम्म अधिकार र पहिचानको लागि सघर्षरत नेपाली जनताको देशले बहुमुखि विकास गर्न र विश्वको अन्य राष्ट्र झै स्वतन्त्र राष्टूको रुपमा स्थापित हुन सकि रहेकोछैन । संसदिय प्रणालीको दुर्गुणको रुपमा रहेको  अस्थिर सरकारको संम्भावना र अस्थिरतालाई स्थिरता प्रदान गर्न÷गराउन विधि अपनाउन सक्नु पर्छ । संसदीय परम्परा अनुसार बहुमत प्राप्त वा मिलीजुली गठित सरकार को १ वर्ष कार्य पश्चियात समर्थन फिर्ता वा अविश्वास को प्रस्ताव बहुमतद्धारा प्रस्तुत गरि विघटन गराउन सक्ने त्यस पछि बन्ने अर्को सरकार स्थायी रुपले संसदको बांकी अबधी सम्म स्थायी कार्य गर्ने तर संसदले मन्त्रिपरिषद सदस्यलाई संसदमा फिर्ता बोलाउने, कार्य विभाजनमा थप घट संसोधन गर्न सक्ने जस्तो नियन्त्रणको कायमै राख्न सकिन्छ । पुर्न राष्ट्रपतीय प्रणाली अधिनायकवादी÷तानासाह हुन सक्छ भन्ने संसदीय प्रणालीमा कुनै १ दल पार्टिले बहुमत ल्याउन नसक्ने, जनताले पनि कुनै १ दल पार्टीलाई बहुमत आउने गरि मतदानमा एकबध्यता गर्न नचाहने, नसक्ने कारण समर्थनको सरकार टिक्नै नदिने, सत्ता र स्वार्थका लागि गुट(फुट, घिचातानी संसद खरिद बिक्रिमा बैदेशिक सहयोग माग्ने, बैदेशिक ईसरामा चल्ने घृणित कार्यबाट संसदीय गरिमा र राजनैतिक सरकारमा आघात पुग्न सक्छ, जसले गर्दा लोकतन्त्रको जग बस्न पाएन ।
जब संसदीय प्रणाली बाटो विहिन हुन्छ, संसद अबरुद्ध हुन्छ, बैठक बस्न सक्दैन, कुनै निर्णय सहमती गर्न सकिदैन त्यस्तो अबस्थामा राष्ट्रपतिय प्रणाली सुरुवात हुन्छ । जब लोक सभा संसदको निर्वाचनमा कुनै १ दल स्पष्ट बहुमत प्राप्त गर्न सकिदैन तब १ दल भन्दा बढीदल मिली जुली सरकार बन्ने अबस्था आँउछ तब संसदीय बिधि ब्यबहार अनुसार सरकार निमार्ण ७ (सात) दिन भित्र गर्नु पर्छ । पहिलो १५ दिन भित्र सरकार गठन गर्न नसके सभामुखले थप १५ दिनको म्याद बहुमत शिद्ध गर्न र सरकार बनाउन समय दिनु पर्छ । १ महिना भित्रमा सहमतीय सरकार वा पुर्ण बहुमतको सरकार बन्न सक्ने स्थिती नभएमा अन्तिम विकल्पको रुपमा राष्ट्रपतिले सबैभन्दा बढी मत प्राप्त दल लगायत प्रमुख दल र सभामुख संग परामर्श गरि ५ बर्षे स्थायी सरकार गठन गर्ने कार्यशक्तिको विधि व्यवस्थापन हुन आवश्यक छ ।
राष्ट्रपतिलाई सल्लाह सुझाव दिन संसदद्धारा निर्मित संसद प्रति जवाफ देही रहने एउटा मन्त्री परिषद हनुपर्नेछ । जसको प्रधान, प्रधानमन्त्री हुनेछ र राष्ट्रपतिले आफ्नो कार्यशक्तिको प्रयोग मन्त्री परिषदको सल्लाहले गर्नु पर्ने छ तर राष्ट्रपतिले मन्त्रीपरिषद संग प्राप्त सल्लाह प्रति पुनः विचार गर्ने आशा राख्न सक्छ । पुनः बिचार पछि दिएको सल्लाह अनुसार नै कार्य गर्नु पर्नेछ । प्रत्येक अवसर तथा विशेष परिस्थीती र संकटकालमा मन्त्रीपरिषदद्धारा दिएको सल्लाह अनुसार नै काम गर्नु पर्ने बाध्यात्मक विधि हुनु हुदैन । जस्तो मन्त्री परिषद वा प्रधानमन्त्रीद्धारा दिएको अनुचित सल्लाह, प्रधानमन्त्रीको मृत्यू भएको परिस्थिीतीमा, सल्लाह लिन नसकिने अवस्थामा, किनभने प्रभानमन्त्री मृत्यू पश्चात मन्त्री परिषद विघटन हुन जान्छ । मन्त्रीको शक्ति नै राष्ट्रपतिको शक्ति भएपनि यस्तो अवस्थामा विना सल्लाह काम गर्ने शक्ति राष्ट्रपतिलाई हुनु पर्छ जुन संसद र मन्त्रीपरिषदलाई मान्य हुन सक्छ ।


 मिति ः २०७०/५/३०