Tuesday, August 8, 2017

अजब–गजब छ बा ! सुदर्शन सिंह

पहिला घुँघटोमा बस्ने अहिले तिघ्रा हेराएको । अनि मधेसीले भन्छ विकास भएन्, मुर्ख मधेसी । आज झुठो भाषणले स्टेज हल्लाउनुपर्छ कमरेड ।


२०७४ श्रावण २२ गते आईतबार

सन्दर्भ प्रदेश नम्बर २ चुनाव पुरा होला विमलेन्द्र निधिको ‘मिशन एक सय’ ?

१९ साउनमा जनकपुरमा नेपाली कांग्रेस धनुषाद्वारा
आयोजित प्रदेश नम्बर २ को विशेष कार्यकर्ता भेलालाई
सम्बोधन गर्दै कांग्रेसका शिर्ष नेताहरु ।
अजय अनुरागी
जनकपुरधाम............
संविधान जारी हुनु अघि मधेसमा आन्दोलन चलिरहँदा जनकपुरमा आन्दोलनकारीहरुले कांग्रेसको जिल्ला पार्टी कार्यालयमा आगजनी गरेका थिए । आन्दोलनको रापताप यति थियो कि धनुषाबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरु गृहजिल्ला आउन सकिरहेका थिएनन् । दशैं, तिहार र छठ जस्तो महत्वपुर्ण पर्वहरुको अवसरमा समेत ती सांसद र केन्द्रिय नेताहरु आआफ्नो गृहजिल्लामा आउन सकेका थिएनन् । यति मात्र होइन मधेस आन्दोलनलाई समर्थन गर्दै धनुषामा कांग्रेस सभापति राम सरोज यादवले समेत जुलुस प्रदर्शनको कार्यक्रम तय गरेका थिए । तर, पार्टीको झण्डा नराखि कालो झण्डा लिएर मात्र आन्दोलनमा जुलुस निकाल्न दिने भनेर आन्दोलनको नेतृत्व गरिरहेका संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले सर्त राखेपछि कांग्रेस धनुषा आफ्नै पार्टीको झण्डा लिएर जुलुस निकाल्ने निर्णय गरे । जुलुस निकाल्ने कोशिष पनि गरे । तर, धनुषाको कांग्रेसी जन भने जुलुस निकाल्न असफल रहे । आफुहरुले आन्दोलनकारीहरुसँग कुनै पनि किसिमको मुठभेड नचाहेको कारण घोषित कार्यक्रमलाई स्थगित गरेको भनेर कांग्रेस धनुषाका सभापति राम सरोज यादवले  त्यतिबेला प्रतिक्रिया दिएका थिए ।
१९ साउनमा जनकपुरमा नेपाली कांग्रेस धनुषाद्वारा
आयोजित प्रदेश नम्बर २ को विशेष कार्यकर्ता भेलामा
कार्यकर्ता भेलामा उपस्थित कार्यकर्ताहरु । ।
 धनुषा त्यो जिल्ला हो जहाँबाट दोस्रो संविधान सभाको चुनावमा ७ सिट मध्ये ५ सिट नेपाली कांग्रेसले जितेको थियो भने एउटा सिट नेकपा एमाले र एउटा सिट सदभावना पार्टीले जितेको थियो । चुनावी परिणामले पनि धनुषा नेपाली कांग्रेसको गढ रहेको प्रमाणित गरेको थियो । तर, मधेस आन्दोलन चलिरहँदा कांग्रेस धनुषाले गरेको घोषित निर्णय अनुसार कार्यक्रम समेत गर्न सकेनन् । अर्थात निर्वाचनमा मत कांग्रेसले पाएपनि आन्दोलनमा धनुषाका जनताको भावना आन्दोलनरत मधेसी मोर्चासँग जोडिएको थियो ।
नेपाली कांग्रेसका तत्कालिन सभापति सुशिल कोईराला संविधान जारी गर्नु पुर्व प्रधानमन्त्रीको हैसियतमा जनकपुरमा राम यूवा क्लवले निर्माण गरेको राम टावरको उदघाटन गर्न आउँदा गैर राजनीतिक संगठन मधेस अधिकार संघर्ष समिति (मास)का यूवाहरुले प्रधानमन्त्री कोइरालालाई कडा सुरक्षा तैनाथीका बावजुद काला झण्डा देखाएका थिए । संविधानको प्रारम्भिक मस्यौदा लिएर जनकपुरमा राय सुझाव लिन आएका सांसदहरुको टोली धनुषामा त्यही मासको विरोध प्रदर्शनका कारण राय सुझाव संकलन नै नगरी फर्कनु परेको थियो । जबकी त्यो टोलीमा नेपाली कांग्रेसका सांसदहरु मिनाक्षी झा, प्रमिला दास लगायतका स्थानीय सांसदहरु थिए ।
संविधान जारी गरेपछि प्रमुख राजनीतिक दलहरुले काठमाण्डौमा दिपावली मनाएका थिए । तर, मधेसमा आन्दोलनरत मधेसी मोर्चाले व्लयाक आउटको निर्णय गरेपछि धनुषा मात्र होइन मधेसैभरी कांग्रेसका नेता तथा कार्यकर्ताहरु वा भनौं संविधान जारी गर्ने ती सांसदहरुको गृहजिल्ला स्थित घरमा समेत दिपावली मनाउन सकिएन । व्ल्याक आउट नै गरियो । यी सबै परिस्थितिहरुले के बताउँछ भने निर्वाचनमा मत कांग्रेस, एमाले वा अन्य पार्टीहरुलाई मधेसका जनताले दिएपनि जब जब आन्दोलनको परिस्थिति हुन्छ तब तब मधेसका जनता आन्दोलनकारीको साथ रहेको हुन्छ ।
एकातर्फ संविधान संशोधन नगरे प्रदेश नम्बर २ मा निर्वाचन हुन नदिने आन्दोलनको नेतृत्व गरिरहेको राष्टिूय जनता पार्टी (राजपा) नेपालले बताईरहेको छ । काठमाण्डौमा राजपाका नेताहरुले त्यस सन्दर्भमा विस्तारित बैठकबाट चुनावमा जाने वा नजाने भन्ने निर्णय गर्नेछ । तर, २ असोजमा निर्धारण गरिएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि मधेसको ठुलो शक्ति नेपाली कांग्रेसले चुनावी अभियानको शंखघोष १९ साउनमा जनकपुरबाट गरिसकेको छ । संविधान संशोधन कुनै पनि हालतमा गराएरै छाड्ने, व्यवस्थापिका संसदमा दर्ता भएको संशोधन विधेयक निर्णयार्थ पेश गरी पारित गराएरै छाड्ने नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्बर २ का आठै जिल्लाका कांग्रेसी अगुवा नेता कार्यकर्ता समक्ष प्रतिबद्धता दोहोर्याएका थिए ।
प्रदेश नम्बर २ मा १ सय २७ वटा स्थानीय तहमा असोज २ गते निर्वाचन हुँदैछ । यहि निर्वाचनलाई नेपाली कांग्रेसले प्रतिष्ठा मात्र होइन जीवन मरणको सवाल बनाएका छन् । पहिलो र दोस्रो चरणको निर्वाचन पश्चात ५० सिट पछाडी परेको कांग्रेसलाई प्रदेश नम्बर २ को निर्वाचनबाट अगाडी लग्ने जिम्मेवारी लिएका छन् विमलेन्द्र निधिले । धनुषा गृह जिल्ला भएको नेपाली कांग्रेसका प्रभावशाली नेता निधिले कांग्रेसलाई प्रदेश नम्बर २ र पुरै देशैमा ठुलो पार्टी बनाउनका लागि १ सय सिट प्रदेश नम्बर २ मा जसरी पनि जित्नै पर्ने लक्ष्य लिएका छन् ।
१९ साउनमा प्रदेश नम्बर २ का आठ वटै जिल्लाका कार्यकर्ताहरुलाई जनकपुरमा सम्बोधन गर्दै नेता निधिले १ सय सिट जित्ने लक्ष्य लिएको बताएका थिए । उनले कांग्रेसका कार्यकर्ताहरुलाई त्यसरी उत्प्रेरित गरिरहँदा निधिमा पनि आत्म विश्वासको अभाव देखिएको थियो । त्यो किनभने उनले नै भनेको सम्बोधनमा लक्ष्य लिनै पर्दा नेपालका महाकवि लक्ष्मी प्रसाद देवकोटाको ‘लक्ष्य लिनु नै छ भने उडिछुनु चन्द्र एक’ जस्तै विशाल लक्ष्य लिए मात्र कम लक्ष्य पनि प्राप्ति हुने बताईरहेका थिए । उनले त झन् उदाहरण दिँदै के भनेका थिए भने एसएलसी परीक्षामा विद्यार्थीले डिस्टिङ्क्सनको लक्ष्य लिए प्रथम श्रेणी त कम से कम हुन्छ नै । यसरी हेर्ने हो भने स्थानीय तहको चुनावी प्रतिस्पर्धामा क्वार्टर फाईनल र सेमी फाईनलको खेलमा कांग्रेस पछाडी परेपनि फाईनल राउण्डमा खेल कांग्रेसले जसरी पनि जित्नै पर्छ भन्ने उद्देश्यका साथ कांग्रेस अगाडी वढेको सोही कार्यक्रममा कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका थिए ।
पार्टी एकताको सन्देश
पछिल्लो २ तहको चुनावमा नेपाली कांग्रेस एमालेबाट हार्नुको कारण आफ्नै पार्टीमा भईरहेको अन्तरघात महत्वपुर्ण कारण रहेको कांग्रेसका शिर्ष नेताहरुको ठहर रहेको थियो । समयमा उम्मेदवारीको चयन गर्न नसक्नु, विभिन्न गुटमा विभाजित कांग्रेसका नेताहरुद्वारा नै आआप्mनो मान्छेलाई उम्मेदवार बनाउन खोज्नु, चुनावमा अन्तरघात हुनु, एक जुट भएर प्रचार प्रसारमा जान नसक्नु, जित्ने मान्छेलाई चयन गर्न नसक्नु आदि कारणहरुले गर्दा स्थानीय तहको चुनावमा कांग्रेस पछि परेपनि प्रदेश नम्बर २ को चुनावबाट नेपाली कांग्रेस फेरी ठुलो शक्ति हुने पार्टी सभापति देउवाले विश्वास व्यक्त गरेका थिए । जब जब मधेसले कांग्रेसलाई भोट दिएको छ, कांग्रेस यो देशको ठुलो पार्टी भई सरकारमा समेत नेतृत्व गरेको विगत कोट्याउँदै प्रधान मन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले मधेस भनेको कांग्रेस हो र कांग्रेस भनेको मधेस हो भन्दै असोज २ गतेको चुनावमा मधेसी जनताले फेरी आआफ्नो पालिकाहरुमा कांग्रेसकै सरकार निर्माण गर्ने आशा गरेका थिए ।
पार्टीमा कुनै पनि विभाजन छैन, केन्द्रका सबै गुटका नेताहरु यो चुनावका लागि एक जुट भएका छौं भन्ने सन्देश दिनका लागि नै पार्टी सभापति देउवाले आफ्नो प्रतिस्पर्धी बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सिता देवी यादव, पुर्व महामन्त्री प्रकाशमान सिंह र अर्को गुटका नेता कृष्ण प्रसाद सिटौला लगायत प्रदेश नम्बर २ का सबै सांसदहरु, केन्द्रिय सदस्यहरु र मन्त्रीहरु समेतलाई लिएर आएका थिए ।
उक्त भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले के भनेका थिए  भने नेपाली कांग्रेसलाई यदि कसैले हराउँछ भने त्यो अरु कुनै पार्टीले नभएर नेपाली कांग्रेसले नै हराउँछ । नेपाली कांग्रेसलाई हराउन गिरिजा प्रसाद कोइरालाको भनाई स्मरण गर्दै नेपाली कांग्रेसलाई नेपाली कांग्रेसको छायासँग नै डर रहेको कुरा स्मरण गर्दै पार्टीमा विभाजन र अन्तरघात ठुलो रोगको रुपमा रहेकाले अब ती सबै कुराहरु विर्सेर यो चुनावमा एक भई अगाडी वढ्नुपर्ने धारणा सुनाएका थिए ।
प्रदिप गिरीले सुनाए महाभारतको कथा
पार्टी एकतालाई लिएर नेपाली कांग्रेसका नेता प्रदिप गिरीले पार्टीका पदाधिकारीहरु मञ्चमा बसेको बेला महाभारतको एउटा कथा सुनाए । पाण्डवहरु पाँचै बनवासको क्रममा जंगलमा थिए । लगभग यहाँ पनि मञ्चमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र कृष्ण प्रसाद सिटौला पाँचै पाण्डवको रुपमा हुनुहुन्छ । त्यसबेला पाण्डवहरुको बेइज्जती र अपमान दुर्योधनलाई हेर्ने मन भयो । दुर्योधन जंगलमा गएपनि तर जंगलमा घात गरेर बसेका कुनै बनवासी राजा यक्ष राजले पासो हालेर दुर्योधनलाई गिरफ्तार गरे । दुर्योधनलाई भयंकरै बेईज्जती भयो । दुर्योधनको मुख देखाउने लायक थिएन । दुर्योधनलाई हेर्दै भिमले भने खुच्चिङ्ग । अर्जुनले भन्यो ठिक्क पर्यो । हाम्रो बेइज्जती हेर्न आएको अहिले आफै बेइज्जत भएका छन् भन्दै पाण्डवहरु खुशी भईरहेका थिए । तर, युधिष्ठीरलाई भने दुर्योधनको अपमान राम्रो लागेन । उनले आफ्ना भाईहरुलाई भने दुनियाँको नजरमा पाण्डव र कौरवहरुको बीच झगडा भएको छ । तर, यो झगडा आन्तरिक झगडा हो । हामी दुनियाँसँग लड्दा १ सय ५ छौं तर आपसमा लड्दा मात्रै १७ सय वा १८ सय छौं । अहिले महाधिवेशनमा शेरबहादुरले पाएको भोट र रामचन्द्रले पाएको भोट जेजति छ त्यो आपसी लडाईको भोट भएपनि ती दुई मध्ये यूधिष्ठीर को हुन । आपसमा हाम्रो जेजति झगडा भएपनि अब लडाई एमालेसँग लड्दा हामी ३५ सय साथमा छौं । त्यसैले रामचन्द्रजी र देउवाजी बीच आपसमा झगडा भएपनि अब यूधिष्ठीरको भुमिका रामचन्द्रजीले देखाउनु पर्दछ । शेरबहादुरजीले अर्जुनको भुमिका निर्वाह गर्नुपर्दछ ।
प्रदिप गिरीले के पनि भने भने गिरिजा प्रसाद कोइराला र सुशिल कोइराला प्रधानमन्त्री हुँदा एक दिन पनि बालुवाटार गईन । तर, बालुवाटार नगएपनि सिडियो र एसपीले भने हामीलाई टेरेकै थियो । त्यो किनभने हामी सरकारमा थियौं । अहिले जब अब एमालेले सरकार बनाउँछ भने कुनै पनि जिल्लामा सिडियो र एसपीले कांग्रेसीलाई टेर्ने छैनन् । त्यसैले एक भएर जानु पर्यो । सहमतिका साथ उम्मेदवार चयन गर्नुपर्यो । यदि त्यसो हुन सकेन भने उम्मेदवारले नै असंतुष्टलाई खिलाएर हुन्छ कि पिलाएर मनाउनु पर्दछ ।
नेपाली काँग्रेसको चुनाव जित्नका लागि रणनीति तथा एजेण्डा
काँग्रेसका नेताहरु मधेश पस्ने बित्तिकै विगतमा मधेशसँग भएको सम्बन्धलाई खोतल्न बिर्सिदैन । उनीहरुले आजसम्म मधेशले काँग्रेसलाई साथ दिएको कारणले नै पार्टी ठूलो भएको हो । काँग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरको कार्यक्रममा भनेका थिए, पहिलो संविधानसभा चुनावमा मधेश आन्दोलनको प्रभावका कारण काँग्रेस दोस्रो ठूलो दल भएको थियो तर दोस्रो संविधानसभा चुनावमा आन्दोलनको प्रभाव नदेखिएका कारण काँग्रेस एक नम्बरको पार्टी बनेको छ । यो स्थानीय तहको चुनावमा पनि मधेशी जनताले काँग्रेसलाई नै साथ दिन्छ र एक नम्बरको पार्टी बन्छ ।’ 
    मधेशी जनतालाई फकाउनका लागि काँग्रेसका नेताहरुले अझै पनि संविधान संशोधन गराउने आश्वासन बाँड्दै हिँडेका छन् । काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले जसरी पनि संविधान संशोधन गराई छाड्छन् भनि आश्वासन जनकपुरमा दिएर आज काठमाडौ फर्केका छन् । उनीहरुको भाषणमा विकासको एजेण्डा खासै हुँदैन तैपनि साउन पाँच गते काठमाडौमा भएको दुई नम्बर प्रदेशको भेलाले दुई नम्बर प्रदेशमा चुनाव जित्नका लागि रणनीति बनाएका थिए ।
कांग्रेसको चुनाव जित्ने रणनीति
स्थानीय तहमा १ सय सिट जित्नका लागि कांग्रेसका केन्द्रिय नेताहरु परिचालित हुनेछन् । यसका अतिरिक्त प्रदेश नम्बर २ बाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु कृषि मन्त्री रामकृष्ण यादव, खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव र श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर परिचालित हुनेछन् । चुनावमा लडाई एमालेसँग भएकाले मधेसको समस्या समाधान गर्न एमाले बाधक रहेको भन्दै प्रचार प्रसार गर्ने तथा मधेसमा जे जति विकास भएका छन् त्यो नेपाली कांग्रेसले नै गरेको भनेर प्रचार प्रसार गर्ने रणनीति बनाएको छ ।
संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव पारित गराउने,  संविधान संशोधनको प्रस्तावमा नेकपा (एमाले) लाई पनि समर्थन गराउन लगाउने, स्थानीय तहको निर्वाचनमा राष्टिूय जनता पार्टी नेपाल एवं सबै राजनीतिक दललाई सहभागिताका लागि आह्वान गर्ने, सरकारबाट बढाइएको स्थानीय तहको संख्या तत्काल कार्यान्वयन गर्ने,  राजर्षि जनक विश्वविद्यालय जनकपुर एवं वीरगञ्ज विश्वविद्यालय विरगञ्जलाई तत्काल स्वीकृति गराउने रणनीतिका साथ नेपाली कांग्रेस चुनावमा होमिएको छ ।
त्यसैगरी सुनकोशी कमला डाइभर्सनको डिपिआर तयार गरी पाँच वर्षभित्र मधेशमा सिँचाईको व्यवस्था गर्ने, कमला(वाग्मती एवं नारायणी सिंचाई आयोजनाको उन्नतस्तर बढाउने,  हुलाकी राजमार्ग पाँच वर्षभित्र सरकारले आफ्नै स्रोतबाट निर्माण गर्ने,  राष्टिूयस्तरको मेडिकल कलेज तीन वर्षभित्र संचालनमा ल्याउने, धनुषा जिल्लाको नाकटाझिज कृषि फारममा कृषि क्याम्पसको स्वीकृति तत्काल दिने,  इन्जिनियरिङ्ग क्याम्पस स्थापना गर्ने,  भारतको जयनगर ( जनकपुर(विजलपुरा(बर्दिवाससम्मको ब्रोडगेज रेल्वे एका वर्षभित्रमा सञ्चालन गर्ने अवधारणाहरु अगाडी ल्याएका छन् ।
त्यसैगरी पूर्व(पश्चिम रेलमार्ग तत्कालका लागि बर्दिवासदेखि पथलैयासम्म सुरु भइसकेको कार्यलाई तत्काल तदारुकताको साथ सम्पन्न गर्ने, प्रधानमन्त्री कृषि कार्यक्रम २ नं. प्रदेशमा तत्काल संचालन गर्ने, जनता आवास कार्यक्रमका लागि प्रयाप्त वजेटको व्यवस्था गर्ने,  कृषि उत्पादनको उचित मूल्य दिलाउनका लागि सरकारले बजार व्यवस्थापन अनिवार्य गर्ने , बेरोजगार युवाहरुलाई सीपमुलक तालिम दिने,  मानव सूचांकमा पछाडी परेको २ नं. प्रदेशलाई शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता अतिआवश्यक वस्तुहरु उपलब्ध गराउने, सिरहाको लहानमा रहेको भोकेसनल शिक्षालयलाई स्तरोन्नति गराउने र प्रदेश नम्बर २ को आठै जिल्लामा स्टेडियम तयार गरी आधुनिक खेलकुदको व्यवस्थापनका गराउने महत्वकांक्षी योजनाहरुका साथ नेपाली कांग्रेस प्रदेश नम्बर २ को चुनावी अभियानमा होमिएको छ ।
नेपाली कांग्रेसले दावी गरेझैं प्रदेश नम्बर २ मा १ सय २५ सिट मध्ये १ सय सिट ल्याउँलान वा नल्याउँलान त्यो भने हेर्न बाँकी नै छ । यद्यपि प्रदेश नम्बर २लाई नेपाली कांग्रेसको गोरहा खेत भनेर भन्ने गरिन्छ ।

२०७४ श्रावण २२ गते आईतबार

प्रमुख राजनीतिक दलका शिर्षस्त नेताहरु जनकपुरमा चुनावी अभियानलाई तिब्रता दिँदै प्रतिष्ठाको विषय बनाउँदै दलहरु

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
आसन्न स्थानीय तहको चुनावलाई लिएर प्रमुख राजनीतिक दलका शिर्ष नेताहरु अहिले जनकपुर आउने क्रम पछिल्लो साता देखि तिब्र बनेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्टिूय प्रजातन्त्र पार्टीका शिर्ष नेताहरुले चुनावी अभियानलाई तिब्रता दिनका लागि जनकपुरलाई केन्द्र विन्दु बनाएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल, राष्टिूय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र नेकपा एमालेका सचिव योगेश भट्टराई जनकपुर पुगि चुनावी अभियानलाई अगाडी वढाएका छन् ।
नेपाली कांग्रेसको विशेष भेला
असोज २ गते हुने भनिएको प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनको लागि पहिलो पार्टी हुने लक्ष्यका सहित नेपाली कांग्रेसले पुरै ताकत लगाएको छ । १८ साउनमा नेपाली कांग्रेस धनुषाले प्रदेश नम्बर २ को ८ वटै जिल्लाका अगुवा कार्यकर्ताहरुलाई बोलाई जनकपुरमा विशेष भेलाको आयोजन गरेको छ । उक्त भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका पुरै पार्टी पदाधिकारीहरु जनकपुर आएका थिए ।  उक्त भेलामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सिता देवी यादव, पुर्व महामन्त्रीहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्ण सिटौला, पुर्व कोषाध्यक्ष चित्रलेखा यादव, नेता प्रदिप गिरी, कृषि मन्त्री रामकृष्ण यादव, खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव, श्रम मन्त्री फरमुल्लाह मन्सुर लगायत प्रदेश नम्बर २ का केन्द्रिय सदस्यहरु र सांसदहरु स्हभागी भई सम्बोधन गरेका थिए ।
पार्टी एकताको सन्देश दिनका लागि विमलेन्द्र निधिको अवधारणा अन्तरगत जनकपुरमा आयोजन गरिएको उक्त भेलाबाट आगामी स्थानीय तहको चुनावमा १ सय २७ सिट मध्ये १ सय सिट जसरी पनि प्रदेश नम्बर २ मा जित्ने लक्ष्यका साथ चुनावी अभियान सुरु भएको उदघोष गरिएको थियो । प्रथम चरण र दोस्रो चरणको निर्वाचनको मत परिणाम अनुसार नेपाली कांग्रेस नेकपा एमाले भन्दा ५० सिट पछाडी परेका कारण प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा १ सय सिट जितेर प्रदेश नम्बर २ को ठुलो पार्टी हुनुका साथै देशैको ठुलो पार्टीको रुपमा स्थापित हुने नेपाली कांग्रेसको लक्ष्य रहेको पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले बताएका थिए । काग्रेस मधेसको पार्टी रहेकाले मधेसी जनताको सम्बैधानिक अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन विधेयक पारित गर्नुका साथै मधेसको विकासका लागि हुलाकी राजमार्ग निर्माण गर्ने प्रधानमन्त्री देउवाले प्रतिबद्धता व्यक्त गरेका थिए ।
माओवादी केन्द्रको विशेष प्रशिक्षण
त्यसैगरी नेकपा माओवादी केन्द्रले असोज २ गते हुने भनिएको तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि जनकपुरलाई केन्द्र विन्दु बनाएर आफ्नो प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । १६ साउनमा माओवादीको हाईकमाण्ड सहितको हेडक्वार्टर जनकपुरमा पुगेर प्रदेश नम्बर २ का ८ वटै जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई आगामी चुनावका लागि भन्दै विशेष प्रशिक्षण दिनुका साथसाथै रणनीतिहरु समेत तयार गरेको छ ।
पुर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले शिर्ष नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, स्वास्थ्य मन्त्री गिरिराज मणि पोखरेल, सहरी विकास मन्त्री प्रभु साह, नेता विश्वनाथ साह, उर्मिला अर्याल लगायतको उपस्थितिमा १७ साउनमा जनकपुरमा पत्रकार सम्मेलन आयोजन गरी चुनावी प्रतिवद्धताहरु सार्वजनिक गरेका थिए ।
५२ कुट्टी तथा ७२ कुण्ड सहितको नामले चिनिने मिथिलाको आत्मा रहेको जनकपुर सहरको समग्र विकासका लागि माओवादी केन्द्रको केन्द्रिय कार्यालयको सचिवालयले जनकपुरमा बसेर निर्णयहरु गरेका थिए । जनकपुर एउटा सांस्कृतिक तथा धार्मिक केन्द्र स्थल भएकाले जनकपुर उपमहानगरपालिकालाई महानगरपालिकाको रुपमा घोषणा  गरेर जानुपर्ने भएकाले महानगरपालिकाको अवधारणा अन्तरगत रहेर जनकपुरको समग्र विकासका लागि जनकपुरलाई महानगरपालिकाको रुपमा स्तरोन्नती गरिनुपर्ने पार्टीले निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष दाहालले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका थिए । आफु प्रधान मन्त्री रहेका बेला तराई मधेसको दुईवटा सहरहरु विराटनगर र विरगञ्जलाई महानगरपालिकाको रुपमा घोषणा गर्न सफल भएपनि जनकपुरका लागि छलफल भएपनि राजनीतिक रुपमा सहमति हुन नसकेकाले जनकपुरलाई महानगरपालिकाको रुपमा घोषणा गर्न नसकिएको दाहालले बताएका थिए । भविष्यमा नेपालकै पर्यटकिय स्थलको रुपमा जनकपुरलाई विकास गर्नका लागि जनकपुरधाममा रहेको मणिमण्डपलाई ३ बर्षे विस्तृत गुरु योजना अन्तरगत विकास गर्नका लागि दरबार, बेदी मण्डप र धर्मशाला निर्माण गरिने दाहालले योजना सुनाएका थिए । सहरी विकास मन्त्रालय आफ्नै पार्टीका नेता प्रभु साहले पाएकाले पनि जनकपुरको विकासका लागि मणिमण्डपको आफ्नो मौलिक स्वरुपलाई कायम राख्दै पुननिर्माण गरी मणिमण्डपलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने पार्टीको धारणा रहेको माओवादी केन्द्रका अध्यक्ष दाहालले बताएका थिए ।
जनकपुरधामको आर्थिक रुपमा समेत समृद्ध बनाउनका निम्ति धनुषाको धनुषाधाम, जनकपुरधाम र महोत्तरीको जलेश्वरलाई सडक सञ्जालले जोडेर जनकपुरलाई पर्यटकिय हवको रुपमा विकास गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उनले बताएका थिए । जनकपुरका मठ मन्दिर, पोखरी तथा कुट्टीहरुलाई समेत एकिकृत सहरी विकास परियोजना अन्तरगत त्यसको सौन्दर्यीकरण गर्दै त्यसको संरक्षण गर्नुका साथै खुल्ला क्षेत्रहरुलाई सुन्दर बगैंचा तथा पार्कको रुपमा विकास गरिने आफ्नो पार्टीको योजना रहेको अध्यक्ष दाहालले बताएका थिए ।
जनकपुर सहरलाई महानगरपालिकाको रुपमा स्तरोन्नती गर्न सकिए ५० बर्ष पछिको जनकपुर सहरलाई सुविधा सम्पन्न सहर बनाउनुका साथसाथै जनकपुरलाई केन्द्र मानि जनकपुर वरपरको सहरहरुलाई स्याटेलाईट सिटीको रुपमा विकास गर्ने भिजन समेत आफ्नो पार्टीले राखेको उनले महत्वकांक्षी योजनाहरु सुनाएका थिए । जनकपुर विमानस्थललाई अन्तर्राष्टिूय स्तरको विमानस्थलको रुपमा विकास गर्नका निम्ति प्रधानमन्त्री सँग छलफल समेत गरिसकेकाले जनकपुरलाई धार्मिक, सांस्कृतिक तथा पर्यटकिय सहरको रुपमा विकास गर्नका लागि आवश्यक पर्ने पुर्वाधार निर्माणका साथसाथै जनशक्ति उत्पादन र नीजि क्षेत्र तथा पर्यटन क्षेत्रलाई समेत जोड्ने आफुहरुको रणनीति रहेको उनले बताए ।
राप्रपाको अवधारणा
राष्टिूय प्रजातन्त्र पार्टी नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले समेत चुनावी अभियानलाई तिब्रता दिनका लागि जनकपुर आएका थिए । १५ साउन देखि १८ साउनसम्म महोत्तरी, सिरहा, सप्तरी र धनुषा जिल्लामा जिल्लास्तरीय भेला सम्पन्न गर्दै १७ साउनमा जनकपुर आएका कमल थापाले राप्रपाको लागि मधेस उर्बरा भुमि रहेको बताएका थिए । स्थानीय तहको चुनावका लागि मुख्य रुपमा ४ वटा एजेण्डा रहेको थापाले बताएका थिए । पहिलो, सर्वधर्मका बीच समानता, बराबरीको स्वतन्त्रता, नेपाललाई सनातन हिन्दु धर्म सापेक्ष राष्टू बनाउने । दोस्रो, मधेसको जनताको अधिकार र पहिचानको संरक्षण र सम्बद्र्धन गर्ने । तेस्रो, समग्र आर्थिक विकास र चौथो भ्रष्टाचार मुक्त प्रशासन गरी ४ वटा एजेण्डा लिएर प्रदेश नम्बर २ मा चुनाव लड्ने थापाले बताएका थिए ।
 अर्को तर्फ नेकपा एमाले पनि प्रदेश नम्बर २ मा पनि पहिलो पार्टी हुने लक्ष्य सहित केन्द्रका नेताहरुलाई जनकपुर केन्द्रित गरेको छ । खास गरेर एमालेका सचिव योगेश भट्टराई १८ साउन देखि नै जनकपुरमा केन्द्रित भएका छन् । जिल्लाका पदाधिकारीहरुसँगको विशेष भेला गर्नुका साथसाथै रणनीति बनाउन जनकपुर आएका एमाले नेता भट्टराई २१ साउनमा एमालेद्वारा गरिने चुनावी सभाको तयारीसमेत गरिरहेका छन् ।
समग्रमा भन्ने हो भने राष्टिूय पार्टीहरुले तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लिएर जनकपुरमा अहिले आफ्नो अभियानलाई केन्द्रित गरेका छन् । सबै पार्टीले जनकपुरको विकासका लागि आआफ्नो धारणाहरु सार्वजनिक गरिरहेका छन् ।


२०७४ श्रावण २२ गते आईतबार

माओवादीले आफ्नो कोर्ष करेक्शन गरेकै हो त ?

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
२०५२ फागुनबाट सुरु भएको माओवादी सशस्त्र विद्रोहका क्रममा पहिचान जनित मुद्दाले प्राथमिकता पाउन थाले । रुसी क्रान्तिका सन्दर्भमा लेनिनले प्रतिपादन गरेको जातीयता ‘नेश्नलिटी’ को अवधारणा तथा आत्म निर्णयको अधिकारलाई मुख्य सुत्रको रुपमा प्रस्तुत गर्दै माओवादीले प्रचार गरेको जातीय पहिचान र जातीय स्वशासनको नाराले नेपालको पहिचान आन्दोलन प्रभावित भयो ।
जनयूद्ध कालमा समग्र मधेस एक स्वायत्त प्रदेश, आत्म निर्णयको अधिकार तथा पुर्ण समानुपातिक समावेशी राज्य लगायत अग्रगामी एजेण्डा माओवादीले उठाएको भएपनि शान्ति प्रक्रियामा आई अन्तरिम सरकारमा सहभागी भएका माओवादीले समेत संघीयताको एजेण्डालाई रहस्यमय ढंगले छोडेका थिए । अन्तरिम संविधान जारी गर्दा संघीयता समावेश नगरिएपछि मधेसी जनअधिकार फोरमले काठमाण्डौको माईतीघर मंडेलामा अन्तरिम संविधान जलाई विरोध गर्दा फोरमका तत्कालिन अध्यक्ष उपेन्द्र यादव लगायत दर्जनौं फोरमका नेताहरु पक्राउ परे । हुन त माओवादी जनयूद्ध कालिन दस्तावेजमा संघीयताको उल्लेख छैन । बरु उनीहरुले चिनिया शैलीमा स्वायत्त क्षेत्रको अवधारणाको अभ्यास र प्रयोग विद्रोह कालमै प्रारम्भ गरेका थिए । मधेसमा मधेसी राष्टिूय मुक्ति मोर्चा माओवादीले सोही अवधारणा अनुरुप भुमिगत कालमा माओवादी अध्यक्ष प्रचण्डले गठन गरी जनकपुरमा उदघाटन गरेका थिए ।
अन्तरिम संविधानको विरोधमा  आन्दोलन उठेकै बेला ५ माघ २०६३ मा सिरहाको लहानमा माओवादी नेता रामकार्की चढेको गाडीमा ढुङ्गामुढा गरेपछि माओवादी कार्यकर्ता सियाराम ठाकुरले चलाएको गोली लागी रमेश महतोको मृत्यु भयो । घटनालाई दवाउन तथा साम्य पार्न माओवादी नेता मात्रिका प्रसाद यादवले प्रयास गरेपनि आन्दोलन चर्कियो । त्यहाँबाट सुरु भएको अनिश्चित कालिन मधेस बन्द हडतालको क्रममा माओवादीको सबैभन्दा वढी विरोध भएको थियो । जनयूद्ध कालमा मधेसको पक्षमा एजेण्डा माओवादीले उठाएको भएपनि माओवादीले गर्ने आन्दोलन फोरमको अगुवाईमा भयो । माओवादीका पुर्व नेता उपेन्द्र यादव अचानक आन्दोलनबाट चम्किए । सामान्य नेताबाट मधेसको मसिहामा रुपान्तरण भए । पहिचान सहितको संघीयता मुल उद्देश्य सहित उक्त आन्दोलनले राज्यका निकायमा समानुपातिक समावेशी प्रतिनिधित्वको मुद्दालाई बल दिएको थियो । यी सबै मुद्दाहरु माओवादीको भएपनि माओवादीका कारण नभएर मधेसी जनअधिकार फोरमको अगुवाईमा भएको मधेस आन्दोलनबाट स्थापित भएको थियो ।
तत्कालिन सरकारका शान्ति मन्त्री रामचन्द्र पौडेल र फोरमका संयोजक उपेन्द्र यादव बीच २२ बुँदे सम्झौता भएपनि माओवादी र फोरम बीचको तिक्तता झन् बढ्दै गयो । आन्दोलनताका सरकारको नेतृत्व नेपाली कांग्रेसका गिरिजा प्रसाद कोइरालाले गरेपनि आन्दोलनको टार्गेट प्रचण्ड भए । फोरम र माओवादीका पुर्व नेता रामकुमार शर्माका अनुसार अन्तरिम संविधान जारी गर्दाको समयमा माओवादी अध्यक्ष प्रचण्ड देश भित्र र देश बाहिरका शक्तिहरुको षड्यन्त्रमा फसे । गिरिजा प्रसाद कोइरालाको शव्दजालमा उनी फसे । यथास्थितिबादी शक्तिहरुको घेराबन्दीमा परेर प्रचण्ड फसे र संघीयता विनाकै अन्तरिम संविधान जारी भएका कारण मधेस आन्दोलन भयो । शर्मा भन्छन,“ जनयूद्ध कालमा मधेसमा क्रान्तिकारी बारुद माओवादीले भरेको थियो । तर, विभिन्न शक्तिको घेराबन्दी र षड्यन्त्रको शिकार भएका प्रचण्डको अपरिपक्वताका कारण अन्तरिम संविधानमा संघीयता लेखिएन ।” परिणाम स्वरुप मधेस विद्रोह सफल भयो ।
त्यसैपनि जनयूद्धका समयमा माओवादी नेताहरु भारतमा पक्राउ पर्दा उपेन्द्र यादवको हात रहेको शंकाका कारण माओवादीबाट अलग्गिएका उपेन्द्र यादव फेरी मधेस आन्दोलनताका माओवादीकै आमने सामने भएपछि उपेन्द्र यादव र माओवादीको सम्बन्ध झन् विग्रदै गयो । र, गौर हत्या काण्डको रुपमा नराम्रो परिणाम समेत देखा पर्यो ।
गौर हत्या काण्ड
७ चैत्र २०६३ मा रौतहटको गौर स्थित राईस मिलमा मधेसी जनअधिकार फोरम र नेकपा माओवादी एउटै स्थानमा छुट्टै मार्च बनाएर सभ ागर्न लाग्दा दुई पक्ष बीच झड्प हुँदा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एक जना माओवादीको उपचारको क्रममा मृत्यु भएको थियो । गौर हत्या काण्ड भनेर चिनिने उक्त झड्पमा परेर कैयौं कार्यकर्ताहरु घाईते भएका थिए । पर्सा, बारा र रौतहटमा र्याली आयोजन ागर्न मधेसी जनअधिकार फोरमको योजना अनुरुप रौतहट जिल्ला समितिले ७ चैत्रमा गौरको धान मिल क्षेत्रमा र्यालीको सार्वजनिक घोषणा तथा व्यवस्थित गर्न  अग्रिम तयारी थालेको थियो । फोरमको उक्त निर्णयको एक हप्ता पछि माओवादीले पनि सोही ठाउँमा कार्यक्रम आयोजन गर्ने निर्णय गरेको थियो । र्यालीको २ दिन अघि देखि नै तनावको सिर्जना हुन सक्ने अनुमान गरिएको थियो । झण्डै १५ सय देखि ४ हजारको संख्यामा फोरमका समर्थकहरु ७ चैत्र २०६३ का दिन विहान देखि नै लाठी र भाटा सहित जुलुस र र्यालीको लागि गौर आईपुगेका थिए । फोरमका कार्यकर्ताहरु नेकपा माओवादीका समर्थकसँग भिड्ने तथा आक्रमण गर्ने तयारी साथ नै उपस्थित भएका थिए । उता माओवादी कार्यकर्ता पनि बन्दुक, सकेट बम, अन्य विस्फोटक उपकरण सहित उपस्थित भएका थिए । र, दुवै पक्ष बीच रक्तपातपुर्ण भिड्न्त भएको थियो ।
गौर हत्या काण्ड किन भयो भन्ने विश्लेषण गर्दा माओवादीको मधेसमा संगठन विस्तार नहोस भन्ने उद्देश्यले फोरमलाई अगाडी सारेपनि पर्दा पछाडीबाट नेपाली कांग्रेस र नेकपा एमालेले भुमिका खेलेको तत्कालिन फोरमका महासचिव तथा पुर्व माओवादी नेता रामकुमार शर्मा बताउँछन् । खास गरेर बाहय शक्ति पनि माओवादीको मधेसमा प्रभाव विस्तार नहोस चाहेकै कारण देशका शक्तिहरुलाई प्रयोग गरेर फोरमलाई मोहरा बनाई गौर काण्ड गराउन सफल भएको शर्माको विश्लेषण छ ।
संविधान सभाको प्रथम चुनावमा माओवादीले प्रत्यक्षमा १ सय २० सिट सहित २ सय २६ सिटका साथ ठुलो शक्तिको रुपमा उभ्रेर आयो । उपेन्द्र यादवको नेतृत्वमा रहेको फोरम चौथो शक्तिको रुपमा स्थापित भयो । मधेसबाट प्रतिनिधित्व गर्ने फोरम, तमलोपा र सदभावना गरी करिब १ सय सिट मधेस केन्द्रित दलका हातमा आए । ‘परिवर्तनकारी शक्तिलाई जनताले मत दिएपनि मधेस केन्द्रित दलहरु र माओवादीको अहंकार, उन्माद वा अपरिपक्वताका कारण जनताको पक्षमा अग्रगामी संविधान जारी हुन सकेन, ।’ शर्मा भन्छन,“ माओवादी र मधेसवादी गोलचक्करमा फसे र चुके । आज त्यसकै परिणाम हो दोस्रो संविधान सभाबाट मधेसी जनताको पक्षमा संविधान जारी हुन सकेन ।”
दोस्रो संविधानसभाको चुनावबाट परिवर्तनकारी शक्ति पराजित भए । परम्परागत शक्ति कांग्रेस र एमाले ठुलो दलको रुपमा स्थापित भए । त्यसपछि कांग्रेस र एमालेले सत्ता संचालन गरिरहँदा तेस्रो द लबनेको माओवादी प्रतिपक्षमा बसेर पहिचान सहितको आन्दोलनलाई बल दिन मधेसी मोर्चा र आदिवासी जनजाती आन्दोलनकारी शक्तिहरुसँग गठनबन्धन गर्दै३१ दलको गठबन्धनका संयोजक भई आन्दोेलनको नेतृत्व गरेका थिए । तर, अचानक मधेसी मोर्चा र संघीय गठबन्धनलाई छोडर प्रचण्ड नेपाली कांग्रेस, नेकपा एमाले र फोरम लोकतान्त्रिकसँग मिलेर १६ बुँदे सहमतिमा हस्ताक्षर गरे । उक्त १६ बुँदे सहमतिको अवधारणा अनुरुप संविधान जारी गरिरहँदा माओवादी अध्यक्ष प्रचण्डको मधेसमा ठुलो विरोध भएको थियो । यहाँसम्म कि उनकै पार्टीमा मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरु रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान, रामरिझन यादव लगायतले विद्रोह गरी बाबुराम भट्टराईको संयोजकत्वमा नयाँ शक्ति पार्टी नै गठन गरे ।
संविधान जारी गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुँदासम्म मधेसका एजेण्डा प्रति प्रचण्डको खासै ध्यान थिएन । तर, जब ओलीको गठबन्धनलाई तोडेर उनी आफ्नै नेतृत्वमा कांग्रेस र मधेसी मोर्चाको समर्थनमा सरकार बनाए, तब देखि मधेसमा प्रचण्डलाई हेर्ने दृष्टिकोणमा भने केही सकारात्मक फरक अवश्य देखिएको छ ।
त्यसमा पनि प्रधानमन्त्रीको रुपमा रहँदा मधेसका समस्या समाधान गर्नका लागि उनले गरेको इमान्दारपुर्ण प्रयासलाई मधेसमा सकारात्मक लिइएपनि संविधान संशोधन गराउन नसकेपछि उनको आलोचना भने भएकै हो । प्रथम चरण र दोस्रो चरणको स्थानीय तहको निर्वाचन पश्चात माओवादी केन्द्र तेस्रो स्थानमा धेरै फरक मतले झरेपछि अब अध्यक्ष प्रचण्डको ध्यान भने प्रदेश नम्बर २ तर्फ केन्द्रित भएको छ ।
नेकपा माओवादी केन्द्रले असोज २ गते हुने भनिएको तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि जनकपुरलाई केन्द्र विन्दु बनाएर आफ्नो प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । १६ साउनमा माओवादीको हाईकमाण्ड सहितको हेडक्वार्टर जनकपुरमा पुगेर प्रदेश नम्बर २ का ८ वटै जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई आगामी चुनावका लागि भन्दै विशेष प्रशिक्षण दिनुका साथसाथै रणनीतिहरु समेत तयार गरेको छ ।
पुर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले शिर्ष नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, स्वास्थ्य मन्त्री गिरिराज मणि पोखरेल, सहरी विकास मन्त्री प्रभु साह, नेता विश्वनाथ साह, उर्मिला अर्याल लगायतको उपस्थितिमा १७ साउनमा जनकपुरमा पत्रकार सम्मेलन आयोजन गरी चुनावी प्रतिवद्धताहरु सार्वजनिक गरेका थिए ।
५२ कुट्टी तथा ७२ कुण्ड सहितको नामले चिनिने मिथिलाको आत्मा रहेको जनकपुर सहरको समग्र विकासका लागि माओवादी केन्द्रको केन्द्रिय कार्यालयको सचिवालयले जनकपुरमा बसेर निर्णयहरु गरेका थिए । जनकपुर एउटा सांस्कृतिक तथा धार्मिक केन्द्र स्थल भएकाले जनकपुर उपमहानगरपालिकालाई महानगरपालिकाको रुपमा घोषणा  गरेर जानुपर्ने भएकाले महानगरपालिकाको अवधारणा अन्तरगत रहेर जनकपुरको समग्र विकासका लागि जनकपुरलाई महानगरपालिकाको रुपमा स्तरोन्नती गरिनुपर्ने पार्टीले निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष दाहालले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका थिए । आफु प्रधान मन्त्री रहेका बेला तराई मधेसको दुईवटा सहरहरु विराटनगर र विरगञ्जलाई महानगरपालिकाको रुपमा घोषणा गर्न सफल भएपनि जनकपुरका लागि छलफल भएपनि राजनीतिक रुपमा सहमति हुन नसकेकाले जनकपुरलाई महानगरपालिकाको रुपमा घोषणा गर्न नसकिएको दाहालले बताएका थिए । भविष्यमा नेपालकै पर्यटकिय स्थलको रुपमा जनकपुरलाई विकास गर्नका लागि जनकपुरधाममा रहेको मणिमण्डपलाई ३ बर्षे विस्तृत गुरु योजना अन्तरगत विकास गर्नका लागि दरबार, बेदी मण्डप र धर्मशाला निर्माण गरिने दाहालले योजना सुनाएका थिए । सहरी विकास मन्त्रालय आफ्नै पार्टीका नेता प्रभु साहले पाएकाले पनि जनकपुरको विकासका लागि मणिमण्डपको आफ्नो मौलिक स्वरुपलाई कायम राख्दै पुननिर्माण गरी मणिमण्डपलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने पार्टीको धारणा रहेको माओवादी केन्द्रका अध्यक्ष दाहालले बताएका थिए ।
जनकपुरधामको आर्थिक रुपमा समेत समृद्ध बनाउनका निम्ति धनुषाको धनुषाधाम, जनकपुरधाम र महोत्तरीको जलेश्वरलाई सडक सञ्जालले जोडेर जनकपुरलाई पर्यटकिय हवको रुपमा विकास गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उनले बताएका थिए । जनकपुरका मठ मन्दिर, पोखरी तथा कुट्टीहरुलाई समेत एकिकृत सहरी विकास परियोजना अन्तरगत त्यसको सौन्दर्यीकरण गर्दै त्यसको संरक्षण गर्नुका साथै खुल्ला क्षेत्रहरुलाई सुन्दर बगैंचा तथा पार्कको रुपमा विकास गरिने आफ्नो पार्टीको योजना रहेको अध्यक्ष दाहालले बताएका थिए ।
जनकपुर सहरलाई महानगरपालिकाको रुपमा स्तरोन्नती गर्न सकिए ५० बर्ष पछिको जनकपुर सहरलाई सुविधा सम्पन्न सहर बनाउनुका साथसाथै जनकपुरलाई केन्द्र मानि जनकपुर वरपरको सहरहरुलाई स्याटेलाईट सिटीको रुपमा विकास गर्ने भिजन समेत आफ्नो पार्टीले राखेको उनले महत्वकांक्षी योजनाहरु सुनाएका थिए । जनकपुर विमानस्थललाई अन्तर्राष्टिूय स्तरको विमानस्थलको रुपमा विकास गर्नका निम्ति प्रधानमन्त्री सँग छलफल समेत गरिसकेकाले जनकपुरलाई धार्मिक, सांस्कृतिक तथा पर्यटकिय सहरको रुपमा विकास गर्नका लागि आवश्यक पर्ने पुर्वाधार निर्माणका साथसाथै जनशक्ति उत्पादन र नीजि क्षेत्र तथा पर्यटन क्षेत्रलाई समेत जोड्ने आफुहरुको रणनीति रहेको उनले बताए ।
१३ सय मधेसीको बलिदान
पहिचान र अधिकारका लागि सबैभन्दा पहिले आफुले नै मधेसी राष्टिूय मुक्ति मोर्चा भुमिगत कालमा गठन गरी आफुले नै जनकपुरमा उदघाटन गरेका कारण नै आज मधेसमा पहिचान र अधिकार स्थापित भएको उनले बताए । देशमा भएको परिवर्तनमा मधेसी समुदायको धेरै ठुलो योगदान रहेको तथा जनयूद्धमा समेत १३ सय जना मधेसी सपुतले बलिदानी दिएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको दाहालले बताए ।
मधेसमा माओवादीको संगठन धेरै बलियो नभएका कारण स्थानीय तहमा एक्लै जानु भन्दा पनि तालमेल गरेर जाने पार्टीको दृष्टिकोण रहेको उनले बताएका थिए । संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता लगायतको परिवर्तनकारी एजेण्डा रहेका शक्तिहरुसँग तालमेल गरी अगाडी वढ्ने शंकेत दिईरहँदा उनले नामै किटेर राजपा, संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरम लगायत मधेस केन्द्रित दलहरुसँग मात्र सहकार्य हुन सक्ने  प्रस्ट्याए ।
प्रदेश नम्बर २ को आठ वटै जिल्लाको रिपोटिङ्गबाट आफ्नो पार्टी प्रदेश नम्बर २ मा ठुलो शक्तिको रुपमा पहिलो पार्टी हुने दावी माओवादी अध्यक्ष प्रचण्डले गरेपनि उनको दावी पुरा होला नहोला हेर्न बाँकी छ ।




२०७४ श्रावण २२ गते आईतबार

नेपाली कांग्रेस नै संविधान संशोधन गर्न चाहँदैन ः कमल थापा (अन्तरबार्ता)

राष्टिूय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष तथा देशका पुर्व उपप्रधान तथा परराष्टूमन्त्री कमल थापा पनि तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि प्रदेश नम्बर दुईमा घुमिरहेका छन् । प्रचार प्रसारका लागि १८ साउनमा जनकपुर आईपुगेका कमल थापासँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले लामो कुराकानी गरेका थिए । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ः

प्रथम चरण र दोस्रो चरणको स्थानीय तहको निर्वाचन परिणामलाई कसरी लिनु भएको छ ?
प्रथम चरणको चुनावको परिणाम अत्यन्तै निराशाजनक थियो । दोस्रो चरणमा केही सुधार देखिए । अब ती दुवै चरणमा देखिएका कमि कमजोरीबाट पाठ सिक्दै तेस्रो चरणको परिणाम राम्रो ल्याउन पार्टीले उच्च प्राथमिकताका साथ तयारीलाई अगाडी बढाएको छ । चुनाव तयारी सँगसँगै पार्टीको संगठन निर्माण तथा विस्तारलाई पनि ध्यान दिएका छांै ।
किन नराम्रो ढंगले पराजित हुनु भयो ? जवकी संविधानसभाको दोस्रो निर्वाचनमा त तपाईको पार्टी चौथो शक्ति थियो । अहिले स्थानीय तहमा त पार्टीको अतोपतो पनि देखिँदैन ।
चुनाव हार्नुमा हाम्रो आफ्नै कमि कमजोरी पनि थिए । पार्टीको संगठन पनि कमजोर भएको महशुश गरिएको हो । आम जनतालाई पनि के लाग्यो भने पार्टीले आफ्नो सिद्धान्त, एजेण्डा र अडानलाई छाडेर सत्तामुखी भयो भन्ने भ्रम पनि परेको हो । त्यसकारण यस पटक अब हामी सत्तामा नजाने निर्णय नै गरिसकेको छौं । यस पटक प्रतिपक्षमा बसेर पार्टीको सिद्धान्त र एजेण्डाको प्रतिरक्षाको लागि सशक्त ढंगमा प्रस्तुत हुने तयारी गरेका छौं । र, जनताको हितमा एजेण्डामा पनि सशक्त भई अगाडी वढ्ने तयारी गरेका छौं ।
तपाईको हिन्दुत्वको एजेण्डा, राजसंस्थाको एजेण्डालाई जनताले पत्याएनन भनेर विश्लेषण गर्न मिल्छ । दुई चरणको चुनाव परिणाम पछि ।
स्थानीय तहको आफ्नो किसिमको ‘डायनामिक्स’ हुन्छन् । त्यस्तो प्राथमिकताका आधारहरु फरक हुन्छ । दुई चरणको स्थानीय तहको निर्वाचन परिणामले राप्रपाको एजेण्डाको औचित्यले सक्कियो भन्ने निश्कर्ष निकाल्नु पनि अतिश्योक्ति नै हुन्छन् ।
सर्वधर्म समभाव, पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्टू र देशको साझा संस्थाको रुपमा राजसंस्था सहितको प्रजातन्त्र हाम्रो मुख्य एजेण्डा हो । त्यसको सर्वकालिन महत्व पनि हुन्छ ।
जनतालाई के लाग्यो भने हामीले कांग्रेस, एमाले र माओवादीको विकल्पका रुपमा राप्रपालाई भोट दिएको हो । तर राप्रपा त तिनकै पछि पछि लागि सत्तामुखि भए । त्यसकारण पनि हामी हारेको हो । अब हामी त्यही ‘कोर्स करेक्सन’ गर्न चाहन्छौं । बाटोमा सुधार र परिमार्जन हामीले गर्दै जाने हो ।
राप्रपा र राप्रपा नेपाल एकताबद्ध भई राप्रपा त बन्यो । तर पार्टीमा विभाजन सँगसँगै चरम गुटबन्दी पनि देखियो । सबैले तपाईको नेतृत्व शैली माथि प्रश्न उठाईरहेका छन् नि ?
राप्रपाको जन्म पुर्व पञ्चहरु अथवा पुर्व पञ्चायतका नेताहरुबाट भएको हो । विगतमा निर्दलिय व्यवस्थामा काम गरेका व्यक्तिवारी चरित्र र संगठनमा काम गरेको प्रवृति बहुदलिय र प्रतिस्पर्धामा पनि हावी हुन खोज्छ । पर्ने निर्दलिय प्रवृति र चरित्रको अवशेष हाम्रो पार्टीमा पनि यदाकदा देखिन्छन् । तर, ती अवशेषहरु देखिए पनि पार्टी विचलित हुनु जरुरी छैन । सवै ठिक भएर जान्छ ।
पार्टीको एजेण्डा त्यही पुरानो परम्परागत र रुढीवादी राख्ने हो भने नेतृत्व पनि त्यस्तो हुनु अस्वाभाविक हो र ?
हामीले एजेण्डामा पनि धेरै परिमार्जन गरिसकेको छौं । हाम्रो पार्टी निर्दलिय व्यवस्थाबाट बहुदलिय प्रतिस्पर्धालाई स्वीकार गरिसकेको छ । प्रजातन्त्रको मुलभुत मान्यता पनि यही नै हो , भन्ने स्वीकार गरेको छ ।
जहाँसम्म राजसंस्थाको कुरा हो । हामीले हिजोको पञ्चायतकालीन वा भनौं २०६२÷६३ को राजसंस्था भन्दा पनि गणतन्त्रवादीहरुले पनि चित्त बुझाउने गरी संसदको नियन्त्रणमा रहने देशको साझा संस्थाको रुपमा राजसंस्था खोजेको हो ।
हिन्दुत्वको सवालमा भन्ने हो भने पञ्चायतकालमा समेत राष्टिूय राजनीतिको एजेण्डा हिन्दुत्व थिएन । बहुदलिय प्रजातन्त्रमा थिएन । २०६२÷०६३ पछि परिवर्तनलाई संस्थागत गर्ने नाममा बाह्य शक्तिको दवाव र प्रभावमा परेर धर्मनिरपेक्षता लाद्ने काम भयो । धर्मनिरपेक्षताको आडमा योजनाबद्ध र संगठित रुपमा जव धर्म परिवर्तन गर्न लगाइयो अनि आएर हिन्दुत्वको एजेण्डालाई हाम्रो पार्टीले प्रमुख एजेण्डा बनाएको हो ।
तपाईको पार्टीको राजनीतिक दर्शन के हो ?
राप्रपालाई ‘स्लाईट राईट दु दि सेन्टर’ बीच भन्दा अलिकति दक्षिण तर्फको पार्टीको रुपमा निर्माण गर्न खोजेका छौं । बैचारिक दर्शनको रुपमा ‘कन्जरभेटिज्म’ अथवा नेपाली सम्बद्र्धनबादको रुपमा अगाडी वढाउन चाहन्छौं । जसको आफ्नो धर्म, संस्कृति, परम्परा, मुल्य मान्यताको संरक्षण गर्ने उद्देश्य रहन्छ भने राष्टिूयतालाई मुख्य एजेण्डाको रुपमा अगाडी सार्दै आफ्नो गौरवपुर्ण इतिहास, परम्परालाई संरक्षण गर्ने उद्देश्य रहन्छ । र, मुलुकको आर्थिक विकासका लागि उदारवादी अर्थतन्त्र हो मान्यता राख्दछ । हाम्रो पार्टी पुरातनवादी, रुढीवादी माग होईन समय र परिस्थिति अनुसार परिमार्जन पनि गर्दै लगेका छौं ।
अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली बीच एक अर्कालाई वामपन्थी भन्दा पनि दक्षिणपन्थीको विल्ला भिडाईदैछ । के ती  दुई वामपन्थी दलले तपाईको स्पेश खोसेको हो ?
वास्तवमा भन्ने हो भने यो देशको मुख्य राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र आआफ्नो पार्टीको सिद्धान्तबाट विचलित छन् । घोषित रुपमा घोषणा पत्रमा पार्टीको अवधारणा पत्रमा विधानमा केही कुरा लेख्ने र व्यवहारमा अर्कै कुरा गर्ने गरेका छन् । सिद्धान्तबाछ जव दल विचलित हुन्छ तव त्यहाँ अनैतिकता हावी हुन्छ । अहिले दुई वामपन्थी दल माओवादी र एमाले बीच जसरी बैचारिक आरोप प्रत्यारोप भईरहेको छ, त्यो सैद्धान्तिक विचलनबाट सृजना भएको मानसिक उपज हो ।
प्रदेश नं. २ मा हुने स्थानीय तहको चुनावका लागि के तयारी गर्नुभएको छ ? कस्तो एजेण्डा उठाउनु भएको छ ?
स्थानीय तहको चुनावका लागि हामीले मुख्य रुपमा ४ वटा एजेण्डालाई उच्च प्राथमिकताका साथ अगाडी बढाएका छौं ।  पहिलो सर्वधर्मका बीच समानता, बराबरीको स्वतन्त्रता, नेपाललाई सनातन हिन्दु धर्म सापेक्ष राष्टू बनाउने । दोस्रो, मधेसको जनताको अधिकार र पहिचानको संरक्षण र सम्बद्र्धन गर्ने । तेस्रो, समग्र आर्थिक विकास । र, चौथो भ्रष्टाचार मुक्त प्रशासन । तेस्रो चरणको चुनावको तयारीका लागि पार्टीका उपाध्यक्ष तथा पुर्व मन्त्री बुद्धिमान तामाङ्गको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ । उपाध्यक्ष राजिव पराजुली, रामचन्द्र राय, उपसभामुख गंगा प्रसाद यादवलाई सल्लाहकार बनाइएको छ । सचिवहरु सुशिल कुमार श्रेष्ठ, सहायक सचिव चन्देश्वर यादव, शत्रुधन महासेठ, गिरधारी प्रसाद चौधरीलाई निर्वाचन परिचालन समितिमा राखिएको छ ।
१५ राउत देखि १८ साउन सम्म महोत्तरी, सिरहा, सप्तरी र धनुषा जिल्लामा जिल्ला स्तरीय भेला सम्पन्न गरेका छौं । २४ देखि २८ साउन सम्ममा सर्लाही , रौतहट, वारा र पर्सामा समेत भेला गर्ने छौं । भदौमा आठ वटै जिल्लामा आमसभाहरु गरिनेछन् ।
२०५४ सालमा स्थानीय तहको निर्वाचनमा राप्रपा तेस्रो शक्ति भएको थियो । अब प्रदेश नम्बर २ म कस्तो परिणामको अपेक्षा गर्नु भएको छ ?
विगतमा राप्रपाका नेपालकै पनि संविधानसभाको दोस्रो चुनावमा पुरै मधेसमा समानुपातिकमा राम्रो मत आएको थियो । राप्रपाको मधेसमा परम्परागत रुपमै प्रभाव रहँदै आएको छ । तर, २०६२÷०६३ को परिवर्तन पछि देशैभरी संगठन क्षत विक्षत भयो ।
मधेस राप्रपाको लागि उर्बरा भुमि भएको ठाउँ हो । वैचारिक दृष्टिकोणले पनि । किनभने पहाडको कतिपय जिल्लामा ५० प्रतिशत भन्दा पनि जनसंख्या हिन्दु छ । जबकी मधेसको सबै जिल्लामा ९० प्रतिशत भन्दा वढी हिन्दु मान्यतामा विश्वास गर्नेहरु छन् । बहुसंख्यक जनता हिन्दु राष्टू चाहन्छन् । मधेसका जनता स्वाभावैले पनि परम्परा र मुल्य मान्यतालाई बोक्ने भएकाले राप्रपा पार्टी बैचारिक दृष्टिकोणले मधेससँग मेल खाने हुन्छ । राजा सहितको लोकतन्त्रको पक्षमा मधेसमा जनमत विभाजित रहे पनि मधेसले राजसंस्था चाहन्छ । त्यसैले प्रदेश नम्बर २ मा राप्रपालाई जनताले राम्रो स्थान दिनेछन् भन्नेमा मलाई पुर्ण विश्वास छ ।
विगतको स्थानीय चुनावमा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो भएका छन् । राप्रपा किन धेरै पछाडी पर्यो ?
संगठनिक समस्या आर्थिक साधन स्रोतको अभावका कारण हाम्रो पक्षमा परिणाम आएन । चुनावमा ब्रम्हलुट मच्चाए रुपैयाँको खोला नै बगाए, कांग्रेस , एमाले र माओवादीले । एउटा वडामा ५० लाख रुपैयाँ सम्म खर्च गरे । हेर्नुस तिनीहरु सत्तापक्ष होस वा प्रतिपक्ष सबैले राज्य सत्तामा ब्रम्हलुट मच्चाएका छन् । प्रशासनमा पुर्ण रुपमा कब्जा जमाएका छन् । सिन्डीकेटमा देशका सबै संयन्त्रलाई पंगु बनाएका छन् । तिनीहरुको सम्पति अब लाख, करोडमा होईन अरबौंमा पुगिसकेका छन् । नेताहरुलाई कारवाही गर्न लग्दा अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई नै महाअभियोग लगाएर हटाईदिए । त्यसमा सत्ता पक्ष र प्रतिपक्ष दुवै मिले ।
संविधान संशोधन विधेयक निर्णयका लागि पेश गर्ने लाग्दा तपाईको पार्टीका १०÷१२ जना सांसदहरु गायव भए । राप्रपाकै कारण संविधान संशोधन हुन सकेन भनेर भनिँदैछ । के हो सत्य तथ्य ?
नेपाली कांग्रेस र माओवादी केन्द्रको नियोजित प्रोयोगण्डा हो, त्यो । हाम्रा पार्टीका केही सांसदहरु संसदीय दलको वैठकमा विशेष कारणवश अनुपस्थित हुनु भएको थियो । संशोधन विधेयक निर्णयक निर्णयार्थ प्रस्तुत भएको भए पार्टीको ह्वीपलाई सबै सांसदले मान्नु हुन्थ्यो ।
नेपाली कांग्रेस, माओवादी, राप्रपा लगायतका दलले पहिले नै यो संविधान संशोधन विधेयकलाई निर्णयार्थ प्रस्तुत नगर्ने निर्णय गरिसके पछि ढाकछोप गर्न राप्रपालाई उहाँहरुले दोष लगाउनु भएको हो । हो, हाम्रो पार्टीका केही सांसदहरुले असंतुष्टि पोखेको हो । तर, तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आफ्नै कार्यकालमा बोलाएर मलाई के भन्नु भयो भने,‘अब यो संशोधन विधेयक निर्णयार्थ पेश नगर्ने भनेर निर्णय गरेका छौं । तपाईलाई जानकारी दिएको हो ।’ अनि मैले पनि ठिकै गर्नु भो । हाम्रो पार्टीका पनि केही सांसदहरु असंतुष्ट छन भनेर भनेको थिएँ ।
तर, तपाईको सांसदकै कारण संशोधन भएन भएन भनेर मधेसमा कांग्रेस, माओवादी, फोरमका नेताहरुले भनिरहेका छन् ।
मुख्य कुरा के हो भने नेपाली कांग्रेस, माओवादी संविधान संशोधन गर्नै खोजेका छैनन् । जतिबेला दुई तिहाई पुगिरहेको थियो, त्यतिबेला निर्णयार्थ पेश गरिएन । अब फेरी राजपालाई सोधेर पास वा फेल जे हुने भनेर लग्ने कुरा गरिँदैछ । जव विधेयक फेल हुने निश्चित भईसक्यो अनि लग्ने कुरा हुँदैछ । म त के भन्छु भने कांग्रेस राजपालाई चुनावमा ल्याउने चाहँदैन । राजपा चुनावमा नआए त्यसको फाईदा कांग्रेसलाई हुने उद्देश्यले संशोधन गराउनै चाहेको छैनन् ।
संशोधन विधेयक पारित गराउनु पर्छ भनेर कांग्रेस र माओवादीले खोई केन्द्रित कमिटिबाट पास गराएको ? विधेयक यदि निर्णयार्थ पेश भयो भने कांग्रेस र माओवादीकै सांसदहरु कति अनुपस्थित हुन्छन, कति ।
संशोधन विधेयकलाई लिएर तपाईको पार्टीको धारणा के हो ?
यो संशोधन विधेयकको सवालमा म तपाईको संचारमाध्यम मार्फत प्रष्ट कुरा शत्रुवद्ध रुपमा नै भन्छु  । पहिलो, संशोधन विधेयकको पक्षमा राप्रपा सकारात्मक छ । दोस्रो विधेयक मतदानमा लैजाने भन्ने सत्तापक्षले निर्णय गरी लग्नु पर्यो । त्यस्तो अवस्थामा हाम्रो पार्टीको केन्द्रिय समितिले के निर्णय गरेको छ भने पार्टीका असंतुष्ट सांसदहरुलाई पनि चित्त बुझाएर एक मतका साथ अगाडी बढ्न कार्यसम्पादन समितिलाई निर्देशन दिने । तसर्थ त्यस्तो अवस्थामा कार्यसम्पादन समितिले एक ठिक्का भई निर्णय गर्नेछ । तेस्रो धर्मनिरपेक्षताको खारेजी हिन्दु राष्टूको पुनसर््थापनाको माग राखी राप्रपाले संसदमा दर्ता गराएको संशोधन विधेयक पनि लग्नुपर्छ ।
एमालेको संशोधन विधेयक सम्बन्धि पारित हुन नदिने अडानलाई कसरी लिनु भएको छ ?
एमालेले आफ्नो अडान राख्न पाउँछ । तर, संशोधन गर्ने दिन्ना भनेर प्रक्रियालाई रोक्नु गलत हो । केपी शर्मा ओली नेतृत्वको सरकारमा म आफै वाटो समितिको संयोजक थिए । त्यतिबेला मन्त्री परिषदबाटै सीमाङ्कन लगायत अन्य विषयहरुमा राष्टिूय सहमति जुटाई संशोधन गर्न तयार रहेको निर्णय नै गरिएको थियो । त्यो पत्र मैले बार्ता समितिको संयोजकको हैसियतले मधेसी मोर्चालाई पत्र नै पठाएको थिएँ । त्यसैले एमालेले संशोधनको विरोध गर्न त पाउँछ, विपक्षमा नै मतदान पनि गर्न पाइन्छ । तर, संसदमा प्रक्रियामा त जान दिनु पर्छ ।
राजपा नेपाल चुनावमा आउँछ त ?
हेर्नुस राजपा नेपाल आफै अन्यौल ग्रस्त छ । कहिल्यै कांग्रेस माओवादीले खेलाईरहेको ह त कहिले लैनचौरले । सिटी बजायो कि राजपा दौडिहाल्ने । कांग्रेसले त राजपा चुनावमा नआईदिए हुन्थ्यो भन्ने रणनीति नै बनाएको छ । अर्को कुरा अहिलेको संशोधनले खासै तात्विक महत्व राख्छ भन्ने पछि छैन । खाली पेश सेभिङ्गका लागि माग हो । फेस सेभिङ भने चुनावमा भाग लिने नत्र नलिने भन्नु उपयूक्त होइन । म त के भन्छु भने राजपाले कांग्रेस, एमाले र माओवादीको नियतलाई जनता अगाडी मजाफोर गर्दै चुनावमा जानु नै उपयूक्त हुन्छ ।
एकातर्फ त तपाई राष्टिूय स्वाधीनताको कुरा गर्नु हुन्छ । अर्को तर्फ भारत भ्रमणमा जाँदा विदेश मन्त्री सुष्मा स्वराजलाई मधेस समस्या समाधानका रोडम्याप भनेर ४ बुँदे नन एग्रीमेन्ट पेपरपनि बुझाउनुभयो नि ?
हेर्नुस , यो राप्रपालाई बदनाम गर्नका लागि चलाइएको प्रोपोगण्डा मात्र हो । जब मलाई ओली नेतृत्वको सरकारमा मधेसी मोर्चासँग बार्ताका लागि संयोजक बनाइयो । तब, मैले प्रधानमन्त्री निवास बालुवाटा नै मधेस समस्या समाधानका लागि ४ बुँदे रोडम्याप तयार गरेको हो । त्यतिबेलाका प्रतिपक्ष, आन्दोलनरतपक्ष सबैको सर्वसहमतिमा त्यो ४ बुँदे बनाइएको हो ।
त्यही शिलशिलामा भारत भ्रमणमा म गएको बेला विदेश मन्त्री सुष्मा स्वराजसँग भेट हँुदा नेपालको चासो राखे पछि समस्या समाधानका हामीले पहल गर्न ४ बुँदे रोड म्याप बनाएको भनेर भनेको हो । तर, म नेपाल नफर्कदै राप्रपाको एजेण्डाको विरुद्धमा नेपालका केही बुद्धिजिवी, नागरिक समाज र पत्रकारहरु संगठित रुपमै नियोजित रुपमै भ्रम छारिदिए । मेरो विरुद्ध सेभोटाईजको बातावरण निर्माण गरिदिए । म तपाईको संचारमाध्यमबाट के प्रष्ट भन्न चाहन्छु भने यदि कसैले पनि मैले सुष्मा स्वराजलाई त्यो ४ बुँदे नन अग्रिमेन्ट पेपर बुझाएको प्रमाण सहित प्रमाणित गरि दियो भने मलाई जस्तो सुकै सजाय दिए पनि सहन तयार हुनेछु । कमल थापा, नेपालको आन्तरिक मामिलाका विषयमा विदेशमा गएर बुझाउने व्यक्ति होइन ।
तपाई यो देशको परराष्टू मन्त्री रहि सक्नु भएको छ । नेपालको राजनीतिमा बाह्य हस्तक्षेप बढेको हो ?
निश्चय पनि २०६२÷०६३ को परिवर्तन पछि बाह्य शक्तिको चलखेल, प्रभाव नेपालमा तिब्र रुपमा बढेर गएको छ । नेपाल अन्तर्राष्टिूय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धाको स्थल बन्न सक्ने खतरा देखिएको छ ।
बाह्य शक्तिको चलखेल र प्रभावले गर्दा नेपाली जनताको निर्णयात्मक कमजोर भएको छ । र, आत्म समर्पणवादी मानसिकता हावी भएको छ । त्यसको निम्ति म बाह्य शक्ति वा कुनै पनि मित्र राष्टूलाई दोष दिन चाहन्न । त्यसको निम्ति मुख्य दोषी आफुलाई प्रमुख भन्ने राजनीतिक दल र तिनका नेताहरुमा हावी भएको लम्पसरवादी नीति वा आत्मसमर्पणवादी मानसिकता नै मुख्य रुपमा जिम्मेवार छ ।
सत्तामा पुग्नको निम्ति र सत्तामा पुगिसकेपछि टिक्नको निम्ति वाह्य शक्तिको सहयोग र आर्शिवाद चाहिन्छ । भन्ने जुन मानसिकता केही प्रमुख राजनीतिक दलका केही सिमित नेताहरुमा देखिएको छ, त्यही नै यसका लागि जिम्मेवार छन् ।
तपाईले देउवा सरकारलाई समर्थन गर्नु भएको छ तर सरकारमा सहभागी किन नहुनुभएको ?
यो सरकारको नेतृत्व शेरबहादुर देउवाले गरिरहुन्जेल सम्म राप्रपा सरकारमा सहभागी हुँदैन ।
समर्थन फिर्ता लिनु हुन्छ त ?
त्यो समयले बताउँला । अहिले त्यसबारे केही भन्दिन ।


२०७४ श्रावण २२ गते आईतबार

अजब–गजब छ बा ! सुदर्शन सिंह

चुनाव आउँदैछ अब तिमीले फोहोर सफा गर्र्नु पर्दैन । यो हामी अभियानीले सफाई गर्ने हो ।

२०७४ श्रावण १५ गते आईतबार

फागुन देखि जनकपुर जयनगर रेल संचालनमा आउने


भारतको जयनगरमा नेपाल रेल्वेका लागि बनाइएको
स्टेशन तथा निर्माणाधिन रेल मार्गको अवस्था ।
अजय अनुरागी
जनकपुरधाम............
करिब २ बर्ष अघि बन्द भएको नेपालको एक मात्र नेपाल रेल्वे फेरि सञ्चालनमा आउने भएको छ  । भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्मको रेल मार्गको पुनर्निर्माण अन्तिम चरणमा पुगेसँगै २०७४ फागुनदेखि सञ्चालनमा आउने भारतीय पक्षले प्रतिबद्धता व्यक्त गरेको छ । ५१ किलोमिटर लामोे रेल लिकको पुनर्निर्माण अन्तिम फेजमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको जनकपुरस्थित रेल विभागका साईट कार्यालयले जनाएको छ  ।
भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म जम्मा ६९ किलोमिटर ब्रोडगेज रेल मार्ग निर्माण कार्य सम्पन्न गरिने योजना भए पनि अबको आठ महिनामा जयनगरदेखि कुर्था सम्म ३२ किलोमिटर रेल पहिलो चरणमा संचालन गर्न अधिकांश तयारीहरु पूरा भइसकेको छ ।
भारतको जयनगर स्थित भारतीय रेल्वेको
प्लेटफार्म र नेपाल रेल्वेको प्लेटफार्म जोड्ने ओभरफ्लाई ।
भारतको जयनगर देखि जनकपुरसम्म २९ किलोमिटर दुरीमा नेपाल रेल पहिलो चरणमा संचालन हुने भएको छ । त्यसका लागि आवश्यक कार्यहरु यूद्ध स्तरमा अगाडी वढाइएको नेपाल रेल विभागको साईट कार्यालय जनकपुरका इन्जिनियर विनोद ओझाले बताए । माटो भर्ने, ग्राभल(व्लयाङ्केटिङ्ग) गर्ने, साना देखि ठुला पुलपुलेसाहरुको निर्माण कार्य लगभग सम्पन्न भईसकेको हुनाले सन् २०१८ मार्च  देखि रेल पहिलो चरणमा संचालन हुने गरी काम अगाडी वढेको इन्जिनियर ओझाको दावी छ ।
अहिले विभिन्न स्टेशन तथा हल्टहरुमा स्टेशन निर्माणका साथसाथै कर्मचारीहरुको आवासका लागि फ्लयाट सहितको क्वार्टर निर्माण भईरहेको छ । यसका अतिरिक्त मेन टूयाक निर्माणको लागि भारतको भिलाई स्थित सेल कम्पनीलाई अर्डर दिई निर्माण कार्य लगभग सम्पन्न भएकाले नेपालको विरगञ्ज हुँदै ढुवानी गरी पटरी ल्याइने भारतीय इरकन कम्पनीका एक अधिकारीले बताए । ६७ किलोमिटर सम्मको टूयाक निर्माणका लागि ४२ सय मेटिूक टन पटरी ढुवानी गरिने उनले बताए ।
भारत सरकारको आर्थिक सहयोगमा भइरहेको निर्माणका लागि सुरुवातमा भारत सरकारले भारतीय रुपैयाँ पाँच अर्ब ३९ करोड सहयोग गरे पनि पछि त्यो रकम परिमार्जित भएर हाल सात अर्ब २० करोड भारतीय रुपैंया खर्चिने जनाइएको छ । पहिलो चरणमा जयनगरदेखी कुर्थासम्म ३२ किलोमिटर, दोस्रो चरणमा २०१९ मार्च सम्म कुर्थादेखि भंगहासम्म र तेस्रो चरणमा बर्दिबास सम्म गरी जम्मा ६९ किलोमिटर ब्रोडगेज निर्माणको काम भइरहेको छ । मार्च २०१८ सम्ममा नेपालमा ब्रोडगेज संचालनको लक्ष्य लिई निर्माण कार्यलाई तिव्रता दिइएको छ ।
रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा भएको द्विपक्षीय सम्झौता भएको थियो । सोही अनुसार २०११ माघ महिनामा निर्माणको थालनी भएको थियो । ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुईवटा निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढेको छ ।
जस अन्तर्गत नायक इन्फ्रास्टूक्चर प्रालि असम गुहाटीलाई इनर्वा बोर्डरदेखी महुवा कपिलेश्वरसम्म २४ किलोमिटर र धनुषाको कालिका रमण जेभिलाई कपिलेश्वरदेखि भंगहासम्म २४ किलोमिटरमा माटो, स्लोप, दुवैतिरको घाँस रोपाई र ग्राभलको कामको ठेक्का दिइएको हो ।
भारतको कम्पनीलाई सोही कामका लागि ६५ करोड र कालिका रमण जेभिलाई ७० करोडको ठेक्का दिइएको हो । जसमा हाल भारतीय कम्पनीले इनर्वादेखी महुवासम्ममा माटो, स्लोप, घाँस राख्ने, लगायतको कामहरु सम्पन्न गरिसकेको कम्पनीका इन्जिनियर कौशिक साहुले बताए । उनले भने, ‘हामी मार्चमा रेल सञ्चालनका लागि प्रतिबद्ध भई काम गरिराखेका छौं । यता, अर्काे ठेकेदार कम्पनीले पनि आफ्नो काम करिब करिब सकेकै हो ।’
नेपाल रेल्वेका कर्मचारीहरुको बसोवासका लागि
भारतको जयनगरमा बनाइएको क्वार्टरहरु।
रेल र स्लिपरको काम इरकनले आफैं गर्ने छ । जस अन्तर्गत भारत तर्फ स्लिपरहरु सबै आइसकेको र नेपालका लागि ल्याउने कामहरु भइरहेको छ । त्यसैगरी रेल मार्गमा बिछ्याइने विशेष प्रकारको ढुंगा ब्लास्टहरु समेत जम्मा गर्ने कामहरु भइरहेको छ । ब्लाष्ट र स्लिपरको काम भइसकेपछि लिक ओछ्याउने काम सुरु हुने र त्यसका लागि समेत भारतको उडिसा राज्यको भिलाई भन्ने स्थानमा निर्माण कम्पनीलाई ठेक्का दिई एडभान्स रकम समेत दिई सकिएको र चाँडै नै वीरगंज बन्दरगाहबाट ति लिकहरु नेपाल भित्रियाइने जनाइएको छ ।
रेल मार्गमा १ सय २३ वटा साना पुलहरु र १९ वटा ठूला पुलहरु निर्माण भईरहेको छ । जसमध्ये साना पुलहरु सबै निर्माण भइसकेको छ भने मुख्य पुलहरुमा १७ वटामा काम करिब करिब सम्पन्न हुने तरखरमा रहेको इरकनका प्राविधिकले बताएका छन् । पुलहरुमा गाटर हालेर एक अर्कासंग जोडिएपछि ब्लाष्ट बिछाउने र लिंक हाल्ने काम सुरु भई स्लिपरहरु समेत राखिने छ ।
३ वर्षदेखि पूर्ण रुपमा बन्द रहेको रेल सेवा मार्चसम्ममा ब्रोडगेजमा परिणत हुने प्रतिबद्धता भारतीय पक्षले व्यक्त गर्दै आएको हुनाले सोही अनुरुप आफूहरु पनि काममा लागि परेको र निर्धारित समयमै रेल संचालन हुने रेल तथा मेटूो विकास आयोजना, साइट कार्यालय जनकपुरका प्रमुख इन्जिनियर विनोद ओझाको भनाइ छ ।
 भारतको जयनगरमा स्टेशन, इनर्वामा स्टेशन, खजुरीमा स्टेशन, महिनाथपुरमा हल्ट, बैदेहीमा स्टेशन, देउरी परवाहामा हल्ट, जनकपुरमा हल्ट, कुर्थामा स्टेशन, महोत्तरीको खुट्टा पिपराढीमा स्टेशन, लोहारपट्टीमा हल्ट, सिंग्याहीमा हल्ट, भंगहामा स्टेशन, रामनगरमा हल्ट र बर्दीवासमा स्टेशन निर्माण भईरहेको छ । हल्टमा सिङ्गल लाईनको पटरी रहने गर्छ । त्यसकारण हल्टमा रेल कम समयका लागि मात्र रुक्ने गर्छन् जबकी स्टेशनमा अलि लामो समयका लागि रुक्ने गर्छन् । भारतको जयनगरमा ४ लाईन, धनुषाको इनर्वामा ५ लाईन, खजुरीमा ३ लाईन, महिनाथपुरमा एक लाईन, बैदेहीमा ३ लाईन, परवाहामा १ लाईन, जनकपुरमा १ लाईन र कुर्थामा ५ लाईनको टूयाक  निर्माण भईरहेको छ ।
महोत्तरीको बिजलपुरादेखि बर्दिबाससम्म १७ किलोमिटर लिक निर्माणका लागि अझै जग्गा अधिग्रहणकै प्रक्रियामा रहेको रेल तथा मेटूो विकास आयोजना, साइट कार्यालय जनकपुरका इन्चार्ज विनोद ओझाले जनाए । यता, जयनगरदेखि इनर्वासम्म (भारतीय भूमि) तीन किलोमिटरसम्म माटो पुर्ने, रोडा ओछ्याउने र आवश्यक पुल तथा कल्भर्ट निर्माण कार्यको जिम्मा भारत सरकारले नै लिएको थियो । उक्त काम पूरा पनि भइसकेको छ ।
अगामी जुनबाट रेल सञ्चालन हुने दाबी गरे पनि ब्लांकेटिङको कामपछि ब्लास्ट (फुटाइएको ढुंगा), स्लिपर र लिक निर्माण कार्यमा समय लाग्ने हुँदा कम्तीमा एक वर्ष अझै लाग्ने भारतीय पक्षको भनाइ छ । उसको अनुसार ब्लांकेटिङपछिको कामको ठेक्का प्रक्रिया पनि अहिलेसम्म सुरु हुन सकेको छैन ।
बर्दिबासदेखि सिमरासम्मको रेलवे निर्माण कार्य पनि औपचारिक रुपमा सुरु भइसकेको बर्दिवासका डिभिजनल इन्जिनियर कमलदेव साहले जनाए । ‘बर्दिबासदेखि सिमरासम्मको कामका लागि विस्तृत आयोजना प्रतिवेदन तयारी कार्य सुरु भइसकेको छ । यो औपचारिक रुपले काम सुरु भएको संकेत हो,’ उनले भने ।
५१ किलोमिटर लामो लिक फागुनमा पुनर्निर्माण सम्पन्न हुने भए पनि त्यसमा गुडाउने रेलको इन्जिन (लोकोम्याटिक) को भने अझै अत्तोपत्तो छैन  । पुराना रेलका इन्जिन काम नलाग्ने भएकाले कम्तिमा पनि दुईवटा इन्जिन किन्नु पर्ने बाध्यता सरकारलाई छ  । खजुरी स्टेसनमा रहेको सबैभन्दा पुरानो कृष्ण नामको जलवास्प रेलको इन्जिन  । यो सन् १९३७ मा हल्याण्डले नेपाललाई उपहार दिएको थियो  ।
रेलको एउटा इन्जिन किन्न कम्तिमा ५० करोड लाग्ने र त्यसमा आवश्यकताअनुसार डब्बाहरु जडान गर्दा एउटा रेल तयार हुन झण्डै एक अर्ब रुपैयाँ खर्च हुने रेल विभागको भनाई छ  । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार रेलको इन्जिन पनि भारत सरकारसँगै माग्ने तयारी गरिएको छ  । भारतले नदिए आफैंले किन्ने सोच मन्त्रालयले बनाएको ती अधिकारीले बताए  ।
दोस्रो चरणमा बनाउने तयारी गरिएको बिजुलपुरादेखि बर्दिवाससम्मको १८ किलोमिटर लामो नयाँ खण्डको विस्तृत परियोजना रिपोर्ट तयार भइसकेको छ  । यस खण्डमा अधिग्रहण गर्नुपर्ने जग्गा एकीन गरेर रेल विभागले सार्वजनिक गरे पनि रकमको अभावमा थप काम रोकिएको छ  । बिजुलपुराबाट सुरु हुने यो खण्डमा जग्गा अधिग्रहणका लागि झण्डै ३ अर्ब चाहिने अनुमान छ  । बिजुलपुरादेखि बर्दिवाससम्म निर्माण गर्न लागिएको रेलको लिक जाने स्थान फेर्न स्थानीय बासिन्दाले आग्रह गर्दै आएका छन्  । विस्तृत परियोजना रिपोट (डिपिर) मा उल्लेख भएअनुसार रेलको लिक बनाउँदा धेरै उर्वर भूमि मासिने र ठूलो मानव वस्ती उठाउनु पर्ने हुँदा स्थानीय बासिन्दाले उत्तरतर्फ सारेर रेलको लिक बनाउन माग गरेका छन् 
नेपाल रेल्वेको इतिहास
विक्रम सम्बत १९९४ सालमा तत्कालीन ब्रिटिस शासकले महोत्तरीको जंगलबाट सखुवाको गोलिया काठ ओसार्नका निम्ति जनकपुर जयनगर रेल्वेको निर्माण गरिएको थियो । जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट धनुषाको जनकपुर हुँदै भारतको जयनगरसम्म सञ्चालनमा रहेको थियो  । ५२ किलोमिटर सम्म रेल संचालनमा थियो । तर २०५९ सालमा आएको बाढीबाट  महोत्तरीको विग्ही पुल क्षतिग्रस्त भएपछि जनकपुर देखि विजलपुरा सम्मको रेल सेवा बन्द भएको थियो । त्यसपछि  रेल सेवा जनकपुरदेखि जयनगर २९ किलोमिटरमा सीमित हुन पुगेको थियो  । तर, न्यारोगेजमा संचालित उक्त रेल ब्रोडगेज सेवामा स्तरोन्नती हुँदा जनकपुर जयनगर सम्म सुचारु रहेको रेल सेवा २०७१ माघ देखि पुर्णतः ठप्प रहेको छ ।
सुरुमा इन्धनको रूपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेल २०१८ साल देखि यात्रु ओसारपसार कार्यको थालनी गरेको थियो  । पछि २०५१ सालमा भारत सरकारको सहयोगमा १८ बोगीसहित चारवटा डिजेल पावर इन्जिन प्राप्त भएपछि आधुनिक रेल सेवा सञ्चालन भएको हो  । रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ सालमा यसलाई नेपाल यातायात संस्थान अन्तर्गत राखियो  । पछि २०२५ सालमा सरकारले यसको नाम  जनकपुर(जयनगर रेल्वे राख्यो  । रेल्वेको पहिलो प्रबन्धकको रूपमा टेकजंग थापा नियुक्त भएका थिए  । २०६१ सालमा रेल्वे सेवालाई नेपाल रेल कम्पनीको रूपमा कम्पनी रजिस्टूारको कार्यालयमा दर्ता गरिएपछि नेपाल रेल्वेको रूपमा हालसम्म चिनिएको छ  । श्रम तथा यतायात व्यवस्था मन्त्रालयअन्तर्गत रहेको रेल्वे सेवालाई  भौतिक योजना निर्माण तथा यतायात मन्त्रालयअन्तर्गत रेल विभाग गठन भएपछि त्यसले हेर्दै आएको छ  ।
रेल्वेले धानेको जीवन
नेपाल रेल्वेले यस क्षेत्रको व्यापारमा ठूलो योगदान दिएको छ  । व्यापारीहरुका लागि भारतीय बजार जयनगरबाट जनकपुर सामान ल्याउन सबैभन्दा सुविधाजनक बाटो रेलमार्ग नै हो  । महिनामा करोडौँ मूल्यबराबरको सामान रेलमार्फत ढुवानी हुने गरेको छ  । रेल संचालन भएको बेला धनुषा भन्सार कार्यालयमा लक्ष्यभन्दा बढी राजस्व उठ्ने गरेको भन्सारकै तथ्याङ्कमा उल्लेख छ  ।  जनकपुरदेखि जयनगरसम्म रेल्वे लिकको छेउमा तथा होटेलमा हजारौँले पसल खोलेका थिए । तर, अहिले ती सबै पसलेहरु विगत ३ बर्ष देखि विस्थापित हुन परेका छन् ।

२०७४ श्रावण १५ गते आईतबार

संरक्षण अभावमा अर्बौंका रेल इन्जिनहरु कवाडमा परिणत हुँदै

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
राज्यले ध्यान नपुर्याउँदा बहुमुल्य सम्पतिको रुपमा रहेको नेपाल सरकारको सम्पति कवाडमा रुपान्तरण भईरहेको छ । नेपाल रेल्वेको न्यारोगेजका बहुमुल्य कोइला इन्जिनहरु उचित संरक्षणको अभावमा कवाडमा परिणत भईरहेको छ । नेपाल रेल्वे कम्पनीले ती इन्जिनहरु साथै नेपाल  रेल्वेका महत्वपुर्ण सम्पतिहरुलाई सुरक्ष ागर्नका निम्ति १६ जना कर्मचारीहरु खटाएपनि कर्मचारीहरुको अतोपतो नभएपछि अर्बौंका सम्पति कवाडमा परिणत भईरहेको छ ।
संरक्षणका निम्ति खटाइएका कर्मचारीहरुले लापरवाही गरिरहेकै कारण ती इन्जिनहरुमा पानी र घामले खिया लाग्दै विस्तारै कबाडीमा जाने अवस्थामा पुगेको छ । ती कर्मचारीहरुले संरक्षणमा चासो नदिँदा इन्जिनका पार्टपूर्जादेखि धनुषाको खजुरीमा रहेको नेपाल रेल्वेको कारखानामा रहेका अन्य सामग्रीहरु समेत चोरी हुन थालेको छ ।
जनकपुरबाट करिब १५ किलोमिटरको दूरीमा रहेको खजुरी स्टेशनमा नेपाल रेल्वेको कारखानामा थन्क्याइएका ब्रम्हा, विष्णु, राम, सीता, गोरखनाथ, पशुपतिनाथ, महावीरको नामले चिनिने ती इन्जिनहरुलाई संरक्षण गरिनु आवश्यक छ । त्यही कारखानालाई एउटा संग्रहालयको रुपमा निर्माण गरी ती सम्पतिहरुको संरक्षण गर्न सके त्यसबाट पर्यटकीय फाइदा समेत लिन सकिन्छ । संसारमै कतै नभएका इन्जिन नेपालसँग हुनु गौरवको विषय रहेको खजुरी निवासी धनीकलाल दास बताउँछन् । उनी भन्छन् ‘खजुरी स्टेसनमा म्युजियमको निर्माण गरेर कोइला इन्जिनलाई संरक्षण गरिए ठूलै मात्रामा पर्यटक भित्रयाउन सकिन्छ र यो एउटा पर्यटन प्रवद्र्धनको लागि विश्वकै मानिसहरुको चाखलाग्दो विषय समेत बन्न सक्छ ।’ सरकारलाई न्यारोगेज कोइला इन्जिन उपलब्ध गराउने बेलायत स्थित कम्पनीका मालिकका नाति २०३९ सालमा जनकपुर आएर ती इन्जिन आफूलाई दिन आग्रह गरेको स्थानीयवासी बताउँछन् । त्यति बेला एउटा कोइला इन्जिनको साटो तीनवटा डिजेल इन्जिन उपलब्ध गराउने प्रस्ताव समेत उनले गरेका थिए । तर, स्थानीयवासीहरुले कोइला इन्जिन दिन तयार भएका थिएनन् ।
आफनो कम्पनीमा म्युजियममा राख्ने उद्देश्यले उनले प्रस्ताव गरे पनि नेपाल सरकारले अस्वीकार गरेबाट समेत ती इन्जिन अमूल्य रहेको प्रमाणित हुने खजूरी वडा नं. ४ का स्थानीय रामनारायण साहले बताए । त्यसबेला तत्कालिन सरकारले आफै म्युजियम बनाउने बताउँदै बेलायती कम्पनीको प्रस्ताव अस्वीकार गरेको थियो । तर त्यसपछि राजनीतिक परिवर्तनका कारण म्युजियम निर्माण सम्बन्धी कुनै काम अघि बढ्न नसक्दा स्थानीयवासी चिन्तित छन् ।

२०७४ श्रावण १५ गते आईतबार