Monday, October 7, 2013

पत्रकार महासंघ धनुषा शाखाका उपाध्यक्ष मिश्र र सह–सचिव साहद्वारा राजीनामा



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

नेपाल पत्रकार महासंघ धनुषा शाखाका उपाध्यक्ष अनिल कुमार मिश्र र सह(सचिव विकास कुमार साहले संयूक्तरुपमा पदबाट राजिनामा दिएका छन् । नयाँ सदस्यता प्रदान गर्नका लागि गठन गरिएको सदस्यता छानबिन उपसमितिले गरेको निर्णय कार्यान्वयनमा अध्यक्ष रामअशिष यादवले प्रभावकारी एवं सक्रिय भूमिका निर्वाह नगर्दा धनुषाबाट कसैले पनि सदस्यता नपाउने परिस्थितीको निर्माण भएको आरोप लगाउँदै दुवै जनाले शुक्रवार पदबाट राजिनामा दिएका हुन् ।
सदस्यता छानिबिन उपसमितिले आफ्नो कार्यसम्पादन पुरा गरिसकेको अवस्थामा पनि  अध्यक्ष यादवले विभिन्न बहानामा कार्यसमितिको बैठक नबोलाई विभिन्न संचारमाध्यममा आबद्ध पत्रकारहरुलाई महासंघको सदस्यताबाट बंचित गराईएको आरोप लगाउँदै उपाध्यक्ष मिश्र र सहसचिव साहले यहाँका पत्रकारहरु यस स्थितीमा अन्यायमा परेको प्रति दुःख व्यक्त गरेका छन् ।  महासंघ केन्द्रीय समितिले नयाँ सदस्यताको  सिफारिस गर्नका लागि समय सीमा तोकेर पत्राचार गरेपनि अध्यक्ष यादवले कार्यसमितिको बैठक नै नबोलाई होनहार, जुझारु र सक्रिय पत्रकारहरुको भावना विपरित कार्य गरिएकोमा अविलम्ब सदस्यताका लागि सम्बन्धीत निकायमा विद्यमान सम्वत तथा नीतिगत ढंगले पहल गर्नको लागि राजिनामा दिएका दुवै पदाधिकारीले आग्रह समेत गरेका छन् । सदस्यता छानबिन उपसमितिले गरेको निर्णय अनुमोदन गर्नका लागि समयमै कार्यसमितिको बैठक नबोलाएको र केन्द्रीय समितिको निर्णय अनुसार कर्तव्य निर्वाह नगरेको हँुदा यस पटक धनुषाबाट नयाँ सदस्यहरु सदस्यता पाउनबाट बंचित हुन गएको दुःखद अवस्था, साधारणसभाले दिएको म्याण्डेट पुरा गर्न अध्यक्ष उत्सुक नदेखिएको, पत्रकारहरुको पेशागत मर्यादा र क्षमता अभिवृद्धिका कार्यक्रमहरुलाई प्राथमिकता दिनुको साटो निहित स्वार्थपूर्तीका लागि विभिन्न संघसंस्थाहरुको कार्यक्रममा आसन ग्रहण र भाषण सम्प्रेषणमा मात्र केन्द्रीत भएको, कुनै पनि कार्यक्रममा सहभागितका लागि प्रतिनिधी पठाउँदा कार्यसमितिका पदाधिकारीहरु सँग सल्लाह नगरि कार्य गर्दै आएको, भवन निर्माणका लागि उपाध्यक्ष, सहसचिव लगायतका पदाधिकारी, महासंघका सदस्य र आमसंचारकर्मीले चासो देखाएपनि अध्यक्षको सक्रियता तथा उपस्थिती न्यून रहेको कारण जनाउँदै राजीनामा गरिएको उपाध्यक्ष मिश्र र सह(सचिव साहको संयूक्त हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।




मिति ः २०७०÷०६÷२०

टायर , चुनाव, र पागल –अनुज मिश्र



अनुज मिश्र 

मानिसको एक जमात परिवर्तनको  नारा लगाउदै अगाडी बढ्यो, घरबाट त्यसरी साहस बोकेर हिडने क्रान्तिकारीहरु औंलामा गनेर थिए सुरु (सुरुमा । तिनलाई तत्कालिन समाजले क्रान्तिकारी भनेर संज्ञा दिए, अब पालो अलिक अर्को संघर्षको थियो, संबिधान सभामा आफ्नो हकअधिकार सुनौलो अक्षरमा लेख्नु पर्ने थियो । राज्यको विभेदकारी नीति बिपरित सुरु गरिएको त्यो आन्दोलनको मूलतः दुइ स्वरूप थिए ः सडक र सदन । सडकमा टायर बालेर ओर्लिएका आन्दोलनकारीहरुलाई मधेसी पार्टीहरुका केन्द्रीय नेतृत्व बर्गलेनै मुलधारमा आउनबाट रोकेक्ष् तथाकथित मधेसी मूलका कांग्रेसी, एमाओवादी, एमालेका कार्यकर्ताहरु मधेसीमूल भएका पार्टीहरुमा प्रवेश गर्न थाले र तिनलाई असल आन्दोलनकारीको चादर ओढाईयो, तसर्थ सडकमा  ओर्लेकाहरु सडकमैरहे र सदनमा पुग्नेबेला नकाबपोश मधेसीहरु जो मूलतः शोषक मानसिकताका  थिए तिनैले मधेसीको पैसा,पावर र षड्यन्त्रले भेदिभई प्रतिनिधित्व गरे । असल आन्दोलनकारीहरु २३५ बर्ष पछाडी पाएको मौका पनि गुमाए । तिनै खस मानशिकता बोकेका मधेसी सभाषद, मन्त्री र नेताहरुले मधेसी भावना र मांग बिपरित क्रियाकलाप गर्न थाले र सम्पूर्ण मधेसीलाई फेरिपनि पहिलेकै प्रतिबिम्ब अनुरुप देशभरी उजागर गरे । मधेसीहरु एकचोटी फेरी आफ्नै नेतृत्व पंक्तीबाट ठुलो धोका पाए । असल आन्दोलनकारीहरु अरु शोसित भए, आफ्नो सम्पुर्ण गुमाएका ती  आन्दोलनकारीहरुलाई अब झुट्टा साबित समेत गर्ने प्रयास गरियो , कति मौन भए, कति पृथ्वीबाटै गौण भए । 
यिनै समयलाई ध्यानमा राखेर राज्यले आफ्नो पकड कहलिएका कांग्रेस , एमाले, ए(माओवादी पार्टीहरुलाई मधेसमा मजबूत पार्न नयाँ(नयाँ नीतिहरु अगाडी सर्न थाले । एकातिर थकित मधेसी जनताहरु आफ्नै मधसी नेताहरुको एकैनाशको नीति अगाडी आत्मा समर्पण गर्न थाले, विश्वास रतिभर  रहेन । तराईका  जिल्लाहरु फेरी राज्यकै कब्जामा फर्किन थाले । गोराहरु कालालाई कालाकै नेतृत्वमा काला अर्थात कमजोर साबित गर्न तिर जोड दिए र लगभग सफल पनि भए । मधेसी पार्टीहरु टुक्रा ( टुक्रामा विखण्डित भएर कमजोर भए । गोरा पार्टीहरु फेरी औपनिबेशीकरण गर्न सक्षम हुन थाले । ०६४ को निर्बाचनमा कमजोर देखिएका ती  पार्टीहरु मधेसमा फेरी पूर्वावस्थामा फकिर्न खोज्दैछन । छ साल पश्चात संबिधान सभाको निर्वाचन मिती फेरी तोकिएको छ । पहिलो निर्वाचनमा अहम् भूमिका निर्वाह गरेका आन्दोलनकारीहरु  पहिलेको  अवस्थाभन्दा पनि नराम्रो स्थितिमा छन् । धेरै नयाँ तिनै सामन्तीहरु नयाँ पार्टीहरु खोलेर मधेसी पसल थापेर बसेका छन् ।  ती दोकानमा जाने आउनेहरुको संख्या धेरै बढेको छ  । असल अन्दोलनकारिलाई पहिचान गर्ने भएपनि तीनलाई अगाडी न सारेर आन्दोलन बिरोधीहरुलाई नै अगुवा मान्न थालिएको छ ।केहि जुझारु आन्दोलनकारीहरु बिगतमा प्रतिनिधित्व गरेकाहरुको बिरोध गर्न चाहन्छन तर तिनलाई थिचोमिचो पार्न सकभर हरेकले प्रयत्न गर्दैछ । फेरी टिकट बाड्ने समय आएको बेला पैसादिने र पावर हुनेलाई पार्टीले प्राथमिकता दिएको छ । आन्दोलनकारीका समकालीन साथीहरु समयसंगै बिसिर्ए अब तिनै केन्द्रमा रहेकाहरु आफुलाई आन्दोलनकारी दस्ताका रुपमा परिभाषित गरि राज्य संग फाइदा बटुल्दै छन् ।  पुरानाहरु भिडमा बिलिन भए जस्तै छन्, कतिलाई अगाडी बढ्न बाट नकाबपोशी आन्दोलनकारी हरु रोक्द्छन । कति आन्दोलनकारिहरु त् भद्रगोल स्थिति हेरेर मानसिक तनावले पागल सम्म हुनेभए । उम्मेद्वारी दर्ता गर्ने दिन भिड यसपाली पनि निकै थियो तर निर्वाचन आयोगको एक कुनामा समर्थक ,प्रस्तावक बिना उभिरहेको एक (एक्लो आन्दोलनकारीलाई मा जस्तै चिन्ने थोर(बहुत जरूर होलान ।  एक जना अन्दोलानकारीले त मलाई रातिको २बजे फोन गरेर भने, ?  म् क्षेत्रमा घुमिरहे छु , मलाई जनमानसको व्यापक समर्थन छ ।’’  
०६४मा टायर बालेर पहिलो पटक सडकमा बिरोध गरेका मध्ये  केहि आन्दोलनकारी यसपालिको चुनावी माहौलमा पागल समेत भएका छन् त केहि बैदेशिक रोजगारमा पलायन समेत भए ।  अहिलेको निर्वाचनमा यस्ता कुराहरु मात्र एक व्यंग भएर उभिएका छन् ।



मिति ः २०७०÷०६÷२०

सत्य, धर्म र शक्तिको प्रतीक –दशै




जिवेश झा
नेपाल (लगायत हिन्दु समाज) मा आजभोली दशैको सरगर्मी चढेको छ । रावण(वध र दुर्गा पूजनका साथै विजयादशमीको रौनक हरेक घरमा सजिएको छ । दशै बच्चाहरुका लागि मेला घुम्ने पर्व हो भने रामलीलाको रौनकताले बुजुर्गलाई आकर्षित गर्छ । असत्य र पाप जति बलवान भए पनि अंत्यमा सर्वदा जीत सत्यकै हुन्छ, भन्ने शुक्तिको प्रतिक दशै हो । हिन्दु दर्शनलगायत मनुस्मृतिका अनुसार संसारमा कहि पनि असत्य र पापको साम्राज्य दिर्घायु हुँदैन, र यसको जीवनचक्र अल्पकालिन नै हुन्छ ।
दशांै दिन बिजयादशमी – यसै दिन भगवान रामले रावण बध गरेका थिए । उक्त दिनलाई असत्य माथि सत्यको विजयको रुपमा मनाईन्छ । त्यसैले यस दशमीको दिनलाई विजयादशमीको नामले जानिन्छ । दशहरा वर्षका तीन अत्यन्त शुभ तिथिहरु मध्ये एक हो, अन्य दुई –चैत्र शुक्ल एवं कार्तिक शुक्ल प्रतिपदा हो । बिजया दशमी कै दिन कुनै पनि शुभ कार्य प्रारम्भ गर्नु औचित्यपुर्ण मानिन्छ । प्राचिन कालमा राजा–महाराजाहरुले यहि दिनमा विजयको प्रार्थना गरि रणभुमी – यात्राका लागि प्रस्थान गर्दथे र वर्ष भरि कै लागि बिजयादशमीको पूजन फलदायी हुन्थ्यो । दशहरा पर्वले दश प्रकारका पापहरु –“काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी” लाई परित्याग गर्न सदप्रेरणा प्रदान गर्दछ ।
रामलीलाको आयोजन
दशहरा भन्दा दस दिन पुर्वदेखि नै हिन्दु समाजमा रामलीलाका आयोजन शुरु हुन्छन, जसमा प्रभु रामको जीवन वर्णन गरिन्छ र बिजयादशमीको दिन रावणको संहार (बध) गरी विजयोत्सव मनाईन्छ । यहि दिन विभिन्न ठाउँमा रावण, कुम्भकर्ण तथा मेघनाथका ठुल–ठुला पुतलाहरु उभ्याईन्छन र साँझ श्रीराम आफ्ना युवक सेनालाई साथमा लिएर रावण बध गर्छन । राबण बधको समय तमाम आयु, वर्ग, सम्प्रदायका लागि आकर्षणको केन्द्र हुन्छ । राम–रावण युद्धको प्रमुख कारक तत्व थिए –रावणद्धारा गरिएको सीता अपहरण एवं उनको बढदो अत्याचार । बिजयादशमीले तमाम मानव प्राणीमा एक अदभुत पुरुषोत्तम बन्न शक्ति प्रदान गर्छ र अत्याचार विरुद्ध लडने शक्ति बढाउँछ । दुर्गा पुजा हिजो पनि जनकपुरमा शक्ति पुजाको रुपमा प्रचलित थिए र आज पनि । आफ्नो सांस्कृतिक विरासतका लागि प्रसिद्ध मिथिलाको राजधानी जनकपुरमा दशहराको अर्थ हो दुर्गा पूजा । मिथिलाबासी यस पाली दसैको आठै दिन पुजा–अर्चनामा व्यस्त छन । दशैमा चार दिन क्रमशः सप्तमी, अष्टमी, नवमी र दसमीको खाश महत्व हुन्छ । मिथिलामा झिझियाको पनि खाश महत्व छ दशैमा । झिझियाको प्रकाश झै सत्यको प्रकाश पनि गली–गलीमा फैलियोस भन्ने चाहना हरेक मिथिलानीमा हुन्छ । माता दुर्गाका ठुल(ठुला प्रतिमाहरु बनाईन्छन, र माता दुर्गालाई राक्षस महिषासुर वध गरि रहेको रुपमा देखाईन्छ ।
देशका बाँकी शहरमा पनि दशहराको रमझम हेर्न मिल्छ । सदाझै यस बर्ष पनि दशैले हाम्रा तमाम आशा र उत्साहलाई पुरा गरुन । दशहरा पर्वले तपाईको जीवनमा पापको अंत्य र समाजमा नयाँ उर्जा र उत्साह थपुन भन्ने कामना गर्न चाहन्छु । समग्र हिन्दु समुदायलाई बिजयादशमीको हार्दिक मङगलमय शुभकामना ।

मिति ः २०७०÷०६÷२०

जसरी पनि संविधानसभाको चुनाव विथोल्छौं– मनोज मुक्ति




मधेसको मुद्दा तथा मुक्तिका लागि  भन्दै मधेसमा सशस्त्र विद्रोह गर्दै आएका तराई कम्यूनिष्ट पार्टीका केन्द्रिय अध्यक्ष मनोज मुक्ति विवेक भनिने मनोज झासँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले टेलिफोन मार्फत गरेको वार्तालापको सम्पादीत अंश प्रस्तुत छ ।

तपाईहरुले संविधानसभा चुनावको विरोध गर्दा गर्दै पनि उम्मेदवारी मनोनयन दर्ताका क्रममा जिल्ला जिल्लामा उपस्थिति भएको लाखौं जनताहरुले त संविधानसभा चुनाव जनताका पक्षमा हुन भनेर त पुष्टि गर्यो नि हैन ?
 त्यो त हेर्ने आ–आफ्नो दृष्टिकोण हुन्छ । जनता आफै स्वस्फुर्त रुपले आएका होइनन । आम जनताको उपस्थिति थिएन । हामी पनि नजिकबाट नियालीरहेका छौं । केही दलका कार्यकर्ताहरु मात्र छन । दल भित्र नै मतान्तर छन ।
टिकट प्राप्तिका लागि मतान्तर त भइहाल्छ नि । जुनसुकै चुनावमा टिकट नपाउनेहरु असन्तुष्ट हुने, बागी बन्ने स्वतन्त्र उम्मेदवारी दिने त आज मात्र होइन हरेक चुनावमा भईरहन्छन ।
धेरै जनमानसमा अहिले पनि के छ भने यो संविधानसभाको चुनाव धोका हो । हरेक दलका दोस्रो र तेस्रो तत्काका कार्यकर्ताहरु पनि खुसी छैनन । हिजो ९० सभासद भएका राजनीतिक शक्ति मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चाले नै संविधानसभा चुनावको विरोध गर्नुले पनि के प्रमाणित गरिराखेको छ भने चुनावको पक्षमा सम्पुर्ण जनता छैनन ।
मोहन वैद्यको विरोधका पक्षमा पनि त जनता देखिएनन । पुतला दहनकै कार्यक्रममा पनि संख्यात्मक उपस्थिति त थिएन ।
एउटा पार्टीको लोगो लागेको कार्यकर्ता उपस्थिति हुनुलाई तपाई आम जनता भन्न सक्नु हुन्न ।
पार्टी कार्यकर्ता पनि त नेपाली जनता नै हुन नि, होइन र ?
मुक्ति कामी जनताको लागि  यो चुनावको त मतलव नै छैन ।
बाजागाजा, तामझाम र हर्षोउल्लासका साथ देशैभरी जनता चुनावको पक्षमा उभिएका छन के तिनी मुक्ति कामी जनता होइन र ?
 विभिन्न पार्टीहरुले आकर्षक नारा दिएर, आर्थिक प्रलोभनमा पारेर आफ्ना कार्यकर्तालाई ल्याउँदैमा आम जनता आएको मानिदैन । चुनाव हुनु पर्छ । तर विदेशी दलालहरुको इसारामा चुनाव गराउनु कति को उपयूक्त कुरा हो ?
तपाईहरु नै भन्नुस् मधेसमा हामीहरु १० वर्ष देखि संघर्ष गरिराखेका छौं , त्यसलाई सम्बोधन नै नगर्ने, विरोधमा रहेका ३३ राजनीतिक दलको मागलाई सम्बोधन नै नगरी हुने संविधानसभाको चुनावको के अर्थ रहन्छ ।
मधेसी लगायत तमाम उत्पिडित जनताको अधिकार स्थापित गराउन कै लागि चुनाव चाहिएको हो नि त ?
जनताको लागि चुनाव चाहनु हुन्छ भने केही राजनीतिक शक्तिलाई बाहिर राखेर, सेना परिचालन गरेर वर्तमान कठपुतली सरकार र चार राजनीतिक शक्तिले यो देशलाई तिब्बतीकरण गर्न खोजिराखेको छ ।
चुनावमा मतदाताका सुरक्षाका लागि सेना परिचालन गरिदैमा के आपत्ति भयो र ?
सुरक्षाको सवाल नै होइन । विगत संविधानसभाको चुनावमा झन जंगलबाट जनयूद्ध लडेर आएका माओवादी नै सहभागी हुँदा, शान्ति प्रकृया टुंगोमा नलागेकै अवस्थामा सुरक्षा देखिएन । त्यतिबेला त झन देशमा धेरै संख्यामा शसस्त्र संगठनहरु थिए । त्यतिबेला किन सेना परिचालन भएन ? सेना परिचालन भनेको जनता र मतदाताको सुरक्षाको लागि होइन, मधेसलाई अल्पमतमा पार्न, मधेसी जनतालाई दमन गर्न, मुठ्ठी भरका शासकहरुको स्वार्थ पुर्ती र विदेशी दलालहरुको सुरक्षाका लागि गरिएको हो ।
अव सशस्त्र समुहहरुले के गर्ने हो ?
सशस्त्र समुहहरुको काम कर्तव्य र दायित्व जनता प्रति जे हुनु पर्ने हो त्यो भई नै रहन्छ । चुनावलाई जसरी पनि हामीहरु विथोल्छौं । आम जनतालाई पनि हामी सचेत गराउन चाहन्छौं ।
निर्वाचन वहिष्कार गर्ने कसैको अधिकार होला तर कसैले विथोल्न खोज्यो भने जनताको सुरक्षाका लागि पनि राज्यले त बल प्रयोग गरेर भएपनि चुनाव गराउनु त उसको कर्तव्य हो ।
होइन, जनतासँग त हाम्रो लडाई नै होइन । सशस्त्र प्रहरी, जनपथ प्रहरी जनताको सुरक्षाका लागि खटेकै होइनन । यिनीहरुलाई नेपालका सामन्ती शासकहरुको सुरक्षाका लागि खटाईएको हो । शासकहरु डराएका छन त्यसैले सेना पनि परिचालन गरेका छन । जनता हामीहरु हौं । जनताका विरुद्धमा हाम्रो कुनै पनि गतिविधि हुँदैन तर जुन जनता शासक वर्गहरुको लठैतका रुपमा प्रयोग हुन्छ भने त्यसका विरुद्धमा हामीहरु सम्पुर्ण शक्ति लगाउँछौं । जसरी पनि चुनाव विथोल्छौं ।
के धेरै ठुलो हिंसात्मक घटनालाई अन्जाम दिने हो तपाईहरुले ?
हिंसात्मक घटना नभनौं मुक्तिको लागि वलिदान भनौं यसलाई ।
तर प्रहरीका अनुसार सशस्त्र समुहहरुसँग अव त्यो तागत नै रहेन, एक्का दुक्का सशस्त्र समुहहरु छन, तिनीहरुसँग अव न त मान्छे छन न त हतियार नै । त्यसो हो भने प्रहरीले भने झै तपाईहरुको कुरा हावादारी मात्रै हो नि, हैन र ?
राज्य पक्ष र विद्रोही पक्षमा जहिले पनि दुई फाटो हुन्छ । हामीले उनीहरुलाई र उनीहरुले हामीहरुलाई कमजोर ठान्नु स्वभाविकै हो । तिनीहरुले हामीलाई शक्तिशाली भन्यो भने तिनीहरुको जागिरै जान सक्छ । हिजो माओवादीको जनयूद्धकालमा पनि नेपाल प्रहरी सशस्त्र प्रहरी माओवादीसँग हारेकै हुन । हिजो मधेस आन्दोलनका क्रममा हामी माथि हदैसम्मको बल प्रयोग गरेकै हुन तर हामी र हाम्रो संगठन कमजोर हुन सकेन । कतिपय हाम्रा क्रान्तिकारी साथीहरुलाई उनीहरुले शहिद बनाए ।
प्रहरी कै भनाईलाई पनि मान्ने हो भने तपाईहरु राजनीतिक आवरणमा अपराध गर्ने विसुद्ध अपराधिक संगठन वा गिरोह हो ।
होइन, नेपाल सरकारको लोगो चाहिएन हामीलाई । राज्यले हामीलाई राजनीतिक चरित्र भन्दैमा हामी राजनीतिक हुने र नहुने, तिनीहरुले हामीलाई चोर,डाँका, फटहा भन्दैमा हुने होइन नि । जतिबेला हामीलाई नेपाल सरकारले बार्तामा बोलाएको थियो त्यतिबेला हामी राजनीतिक थियौं र अहिले अपराधिक चरित्रको भयौं ? वार्तामा आएकै बेला हामीले जनकपुर, राजविराज, सिरहा,विराटनगर लगायत १५ वटा जिल्लामा संगठन निर्माण गर्दै कार्यालय खोल्यौं, ठाउँ ठाउँमा आम सभा गरेर हामीसँग जनता छन भनेर देखाएकै हो नि ! त्यहाँ हामीलाई हजारौं जनताले फुलमाला लगाएर स्वागत गरेकै हो र आउने दिनमा पनि ठुलो संख्यामा रहेको मुक्तिकामी जनता हामीहरु सित छ भनेर देखाउने छौं ।
मुक्तिकामी जनताकै अधिकारका लागि बन्दुक होइन व्यालेट बोकेर संविधानसभाको चुनावमा जानु पथर््यो । आखिरकार १० वर्षे जनयूद्ध लडेका माओवादी पनि व्यालेटमै आए, होइन ?
बन्दुकले संविधान नआउने कुरा हामी पनि स्वीकार गछौं तर मधेसको मुद्दामा जवसम्म राज्य पक्षबाट उचित सम्बोधन हुँदैन तव सम्म व्यालेटमा आउने कुरै भएन ।
मधेसका नेताहरु मधेसी मुद्दाको संवैधानिक सुनिश्चितताका लागि संविधानसभामा सहभागी हुनु के त्यसो भए गलत हो ? मधेसी जनतालाई आवश्यक रहेको संविधानसभाको चुनाव विथोलेर तपाईहरु मधेसी जनताको पक्षमा नभएर प्रतिगामी शक्तिको पक्षमा सहयोग पु¥याइरहनु भएको त छैन भन्ने आशंका पनि गर्न सकिन्छ नि, होइन र ?
तपाईहरु मधेसी नेताहरु भनेर कसलाई भनिरहनु भएको छ । विगतमा मधेस आन्दोलन पछि मधेसी जनतालाई यिनीहरुले धोका नै दिएका हुन । तर यिनीहरुले संविधानसभाबाट मधेसी जनताको पक्षमा संविधान दिलाउन सकेनन । यिनीहरु अइसमौज तथा आर्थिक संञ्चिती गर्नू बाहेक के गरे ?मधेसको मुक्तिको लागि यिनीहरुले एउटा पनि काम गरेको छ ?
तपाई सशस्त्र समुहहरु पनि त एकिकृत हुनु हुन्न नि ?
अहिले जम्मा जम्मी ४(५ वटा सशस्त्र समुहहरु छन मधेसमा तर मधेसमा खुल्ला संगठन त ४० भन्दा वढी छन । खोई यिनीहरु एकिकृत भएका ? छोरा छोरीलाई विदेशमा पढाउने, आर्जित पैसा विदेशमा जम्मा गर्ने वाहेक मधेसी जनताका लागि के नै गरे यिनीहरुले ? अर्बौ रुपैयाँ खर्च गरेर दुई वर्षको साटो चार वर्षमा पनि खोई त संविधान दिएको ? मधेसका मुद्दामा यिनीहरु सम्झौता पनि गर्दैनन र मधेसका पक्षमा यिनीहरु संविधान पनि दिन सक्दैन यो ठोकुवा कुरा हो ।
संविधानसभाबाट संविधान नआई कहाँबाट आउने हो ? के हो विकल्प ?
विकल्प भनेको जनविद्रोह हो । संविधानसभा होइन गोलमेच सम्मेलन हाम्रो एउटै माँग हो । खुल्ला पार्टी र सशस्त्र संगठनहरु सम्मिलित गोलमेच सम्मेलन होस । राज्य पक्षबाट मधेसको सम्बोधन होस ।
राज्यले तपाईहरुलाई अपराधिक संगठन मानेका छन नि ?
राज्यले मान्दैमा के फरक पर्छ र । हामीलाई राजनीतिक संगठनको रुपमा अन्तराष्ट्रिय निकायले हेरिराखेका छन ।
सशस्त्र समुहमै पनि अलग देश हुनुपर्छ र स्वायत मधेस प्रदेश हुनुपर्छ भन्ने दुई धार देखिएका छन । तपाईहरुमा पनि त एक मत छैन नि ?
लोकतन्त्रमा सबैको आ–आफ्नो विचारहरु हुन्छन ।
बिचारको राजनीति गर्न मुलधारमा आउनु पर्यो नि ?
त्यसको लागि राज्यले पो पहल गर्नुपर्छ । हाम्रो मुद्दालाई सम्मानजनक सम्बोधन गर्ने प्रतिबद्धता आउनु पर्यो । हामीले आफ्नो मुद्दालाई संयुक्त राष्टूसंघमा पनि पठाइसकेका छौं । निकट भविष्यमै मधेसको मुद्दामा संयूक्त राष्टूसंघले हस्तक्षेप गर्ने छ । नेपाल सरकारले मधेसको मुद्दालाई सम्बोधन गरेन भने संयुक्त राष्टूसंघलाई हस्तक्षेप गर्न हामी विवस पाछौं ।
जनयूद्ध गरेको माओवादीलाई मुलधारमा ल्याउन त संयूक्त राष्ट्रसंघको आवश्यकता परेन भने तपाईहरुलाई किन आवश्यक परेको हो ?
माओवादीको जनयूद्ध कुनै एउटा व्यक्ति र शासन सत्ताको विरुद्धमा थियो र हाम्रो लडाई स्वतन्त्रताको हो । हाम्रो मुद्दा भनेको मधेस एउटा राष्ट्र हो जसको ऐतिहासिक, सैद्धान्तिक, सांस्कृतिक, भाषिक, धार्मिक र भौगोलिक आधार पनि छ ।
नेपालको नक्सा भित्र वा बाहिर ?
नेपाल भन्दा पुरानो इतिहास रहेको मधेस स्वतन्त्र राष्ट्र हुनुपर्छ । नेपालको जन्म २०० वर्ष अघि भएको हो भने मधेसको जन्म १००० वर्ष पुरानो हो ।
मंसिर ४ मा चुनाव भईहाल्यो भने के गर्नु हुन्छ ?
संविधानसभाको चुनाव मंसिर ४ गते कुनै पनि हालतमा हुँदैन । उम्मेदवारी दर्ता भएपनि तपाई नै विचार गर्नूस जुन राजनीतिक दलले चुनावको हावा फैलाइराखेको छ , तिनीहरुकै कतिपय केन्द्रिय नेताहरुको मतदाता नामावलीमा नाउँ छैन । किनभने तिनीहरु नै चुनाव प्रति विस्वस्त छैनन । मधेसलाई तिब्बतीकरण गर्ने गुरु योजनाको तहत यो सबै कुरा भईराखेको छ । शासकलाई मधेस मात्र चाहिएको छ, मधेसी जनता होइन । यदि कुनै कारण वस वलजफ्ती चुनाव भई नै हाल्यो भने पनि यिनीहरुले संविधानसभाबाट संविधान लेख्दैन । त्यो ठोकुवा ग्यारेन्टेड कुरा हो ।
तपाईहरु संग  मधेसवादी नेताहरु किन कन्भीन्स हुन सकेका छैनन ?
मधेसी नेताहरु मधेस र मधेसी जनता प्रति समर्पित छैनन ।
उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महत्तो र विजय गच्छदार जस्ता नेताहरुलाई मधेसी जनताले त मधेसको मसिहा कै संज्ञा त दिएकै हो नि ? 
ती नेताहरु भनेको शासक वर्ग र वैदेशिक शक्ति केन्द्रहरुबाट आयातित , प्रायोजित र संचालित व्यक्ति हुन । तिनीहरु आफ्नो व्यक्तिगत पहिचान र स्वार्थ पुर्तिका लागि मात्र मधेसको मुद्दा उठाएका हुन । तिनीहरुमा क्रान्तिकारी चरित्र छैनन । मधेसी जनतालाई दिग्भ्रमित गर्ने लक्ष्य भन्दा अरु केही छैन ।
अन्तिममा भन्नुस, सशस्त्र समुहहरुले अव के गर्छन ?
अब हामी सशस्त्र समुहहरु घोषित रुपमा पनि कार्यगत एकता गरेर जादैछौं । अहिले पनि अघोषित रुपमा कार्यगत एकता छदैछ । यति मात्र होइन विभिन्न क्रान्तिकारी र राजनीतिक शक्तिहरु बीच एकिकरण पनि हुन सक्छ । हामी चुनाव विरोधी शक्तिहरु एक ढिक्का भएर विद्रोहको योजना बनाईराखेका छौ । मधेसमा ठुलै घटना हुनेछ । जसलाई मुक्तिकामी जनताहरुको समर्थन छ । मंसिर ४ गते हुने भनिएको कथित संविधानसभाको चुनाव र राजनीतिक दल तथा केही उम्मेदवार,नेपाल सेना र सुरक्षा निकायलाई लक्षित गरेर हाम्रो कारवाहीको गतिविधि अगाडी वढने छ । निकट भविष्यमै हामी सम्पुर्ण सशस्त्र समुहहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कार्यगत एकता गर्दै ठुलै अन्जामलाई परिणाम दिने छौं । जसरी पनि संविधानसभाको चुनाव विथोलेरै छाड्छौं ।

मिति ः २०७०÷०६÷२०

जनता चुनावमा, उम्मेदवार मैदानमा



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............


नेकपा(माओवादीबेगर मुलुक निर्वाचनतर्फ विधिवत अग्रसर भएको छ । चुनावको सशक्त बहिष्कार गर्ने उसको धम्कीको बाबजुद अरू दलहरू मंसिर चारमै चुनावी प्रतिस्पर्धा गर्न औपचारिक विधिमा प्रवेश गरेका छन् । निर्वाचन आयोगमा बिहीबार राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत प्रतिस्पर्धा गर्न उम्मेदवारी दर्ता गरे । दलहरूको उम्मेदवार छनोटको भागदौड र त्यसपछि सिन्दूर जात्रा र बाजागाजासहित सम्पन्न भएको उम्मेदवारी दर्ताले मुलुक निर्वाचनउन्मुख हुँदै गएको प्रस्ट संकेत गरेको छ । जनस्तरमा चुनाव नहुने हो कि भनेर प्रकट हुने अन्योल र अनिश्चयलाई यसले धेरै हदसम्म चिरेको छ । विद्यमान राजनीतिक र संवैधानिक संकटको एकमात्र निकासको उपाय निर्वाचन भएकाले मुलुक त्यसतर्फ उन्मुख हुनु र माहोल बन्दै जानु सुखद र सकारात्मक कुरा हो । निर्वाचनको माहोल बन्दै गएको सुखद पक्षसँगै उम्मेदवारी दर्तासँगै प्रमुख दलहरूभित्र आन्तरिक कलह र असन्तुष्टि चरम हुन थालेको छ । उसै पनि प्रमुख राजनीतिक दलहरू गुटबन्दीका केन्द्र बनेकोमा आलोचित हुँदै आएकै हुन् । प्रमुख दलको शीर्ष नेतृत्व आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्न चुक्दै आएकै थियो । त्यसमाथि उम्मेदवार छनोट प्रक्रियामा दलहरूमा त्यस्तो असन्तुष्टि अरू बढेको छ । प्रमुख दलका थुपैर नेता कार्यकर्ताले उम्मेदवारी तोक्दा नेतृत्वले आफूमाथि अन्याय गरेको महसुस गर्न थालेका छन् । त्यस्तो महसुस गर्नेहरूले असन्तुष्टि पोख्ने, कतिले पार्टी नै परित्याग गर्ने र अरू कतिपयले बागी उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्तासँगै प्रमुख दलहरूका लागि आन्तरिक असन्तुष्टि र बागी व्यवस्थापन ठूलो चुनौतीका रूपमा देखिएको छ ।
निश्चय पनि मुलुक निर्वाचनको बाटोमा बढिसक्यो । निर्वाचनको पक्षमा प्रमुख दलहरू छन् । राष्टिूय, अन्तर्राष्टिूय शक्तिहरू निर्वाचनको पक्षमा खुलेर  लागेका छन् । निर्वाचन आयोगले निर्वाचन तयारीमा थुप्रै धनराशि खर्च गरिसकेको छ । अन्तराष्टिूय पर्यवेक्षक आउन थालिसके । मुलुकको राजनीतिक भविष्य र राजनीतिक गतिरोध फुकाउन हामीसँग चुनावबाहेकको विकल्प पनि छैन । सबै परिवेश र परिस्थिति चुनावउन्मुख हुँदाहुँदै एमाओवादीबाट विभाजित पार्टी नेकपा(माओवादी अझै चुनावको विपक्षमा छ । उसले सशक्त बहिष्कार गर्ने धम्की दिएको छ । पटक(पटकको वार्ताबाट सरकार र प्रमुख राजनीतिक दलले  माओवादीलाई चुनावमा सहभागी हुन मनाउन सकेनन् । अब चुनावी प्रक्रिया अघि बढिसकेको छ । यद्यपि प्रमुख दल र सरकारले नेकपा(माओवादीलाई चुनावमा सम्मिलित गराउने प्रयास छोड्नु हुन्न । माओवादी चुनावमा आउने अवस्था बन्छ भने बरु उसलाई सहुलियत दिएर उम्मेदवारी दर्ता गर्ने विशेष अवसर दिएरै भए पनि अन्तिम अवस्थासम्म प्रयत्न छोड्नु हुन्न । यो कुनै संसदीय चुनाव होइन, संविधानसभाको चुनाव भएकाले यसमा सबै शक्तिको सहमति र सहभागिता आवश्यक हुन्छ । त्यसकारण पनि वैद्य माओवादीलाई सहमतिमा ल्याउने प्रयत्न जारी राख्नु आवश्यक छ । दलहरू चुनावी बाटोमा बढ्दै गर्दा अब तीव्रतासाथ बढाउनुपर्ने अर्को विषय हो,  चुनावी घोषणापत्र निर्माण । दसैं(तिहारजस्ता चाडपर्व नजिकिँदै गरेकाले चुनावी प्रचारका कार्यक्रम केही कम भए पनि त्यसलगत्तै चुनावी गतिविधिले तीव्रता पाउनेछ । त्यसअघि नै दलहरूले आफ्नो घोषणापत्र निर्माण गरिसक्नुपर्छ । घोषणापत्रमा दलहरूले विगतको संविधानसभाले सल्टाउन नसकेका विषय जस्तो संघीयता, शासकीय स्वरूपलगायतमा प्रस्ट धारणा अघि सार्न सक्नुपर्छ । मुलुक यतिबेला ठूलो राजनीतिक र संवैधानिक संकटमा छ । यो संकटबाट पार पाउने हामीसँग रहेको एउटै विकल्प निर्वाचन हो । लोकतन्त्रलाई संस्थागत गर्ने मुख्य आधार निर्वाचन मात्रै हो । त्यसकारण यो निर्वाचनलाई हरेक राजनीतिक दलले अग्रगामी व्यवस्था संस्थागत गर्ने अन्तिम अवसरका रूपमा उपभोग गर्नुपर्छ । समयमै चुनाव नहुँदा अतिवादी जोखिम बढ्न सक्छ र प्राप्त अग्रगामी उपलब्धि गुम्न सक्छ भन्नेमा सबै संवेदनशील हुँदै बन्दै गरेको चुनावी माहोललाई थप चुनावमय बनाउनेतर्फ अग्रसर हुनु आवश्यक छ ।
धनुषामा को कहाँ बाट ?
धनुषाका नेताहरुले दोस्रो संबिधानसभाको निर्बाचनका लागि तामझामका साथ शान्तिपुर्ण बाताबरणमा मनोनयन पत्र दर्ता गराएका छन ।   जनकपुर स्थित बिभिन्न पार्टी कार्यालयबाट बाजा गाँजा र नाराबाजी सहित निस्केको जुलुस निर्बाचन कार्यालय पुगि आ(आफना पार्टिका उम्मेदबारहरुको मनोनयन पत्र दर्ता गराएका छन । धनुषामा रहेका सातवटा निर्बाचन क्षेत्रका लागि एकिकृत नेकपा माओबादीका रामचन्द्र झा, रामचन्द्र मण्डल, हरिदेब मण्डल, रामकुमार महतो नेपाली कागं्रेसका बिमलेन्द्र निधी, रामकृष्ण यादब, चन्द्रमोहन यादब, रामसरोज यादब, नेकपा एमालेको तर्फबाट रघुबिर महासेठ, जुली कुमारी महतो, तमलोपाबाट बृषेश चन्द्र लाल, राष्टिूय मधेश समाजबादी पार्टिबाट राजु चौधरी, मनोज चौधरी लगायतका उम्मेदबारहरुले प्रत्यक्ष तर्फका लागि मनोनयन पत्र दर्ता गराएका छन । जनकपुरमा बिभिन्न पार्टिका  नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुकले ठुलो भिडभाड लागेको थियो । टिकट नपाएपछि नेपाली काग्रेंसका समिर घिमिरे र एमाओबादीका श्रवण यादबले पार्टिबाट बिद्रोह गरि मनोनयन पत्र दर्ता गराएका छन ।  ए.माओवादीको तर्फबाट क्षेत्रमा नं. १ बाट रामचन्द्र झा, २ बाट रामचन्द्र मण्डल, ३ बाट हरिदेव मण्डल, ४ बाट अरविन्द साह, ५ बाट विजय कुमार यादव, ६ बाट बोधमाया यादव, ७ बाट रामकुमार महतोले उम्मेदवारी दिएका छन । नेपाली कांग्रेसको तर्पmबाट धनुषा क्षेत्र नं. १ बाट दिनेश प्रसैला, क्षेत्र नं. २ बाट रामकृष्ण यादव, क्षेत्र नं. ३ बाट विमलेन्द्र निधि, ४ बाट रामसरोज यादव, ५ बाट डा. चन्द्रमोहन यादव, ६ बाट प्रेम किशोर प्रसाद शाह र ७ बाट बासु लाल महतोले उम्मेदवारी दर्ता गराएका छन । नेकपा एमालेका तर्फबाट क्षेत्र नं. १ बाट रत्नेश्वर लाल गाईत, २ बाट डा. भोला साह, क्षेत्र नं. ३ बाट जूली कुमारी महतो, ४ बाट श्रीप्रसाद साह, ५ बाट रघुविर महासेठ, ६ बाट योगनारायण यादव, ७ बाट सत्रुघन महतोले उम्मेदवारी दिएका छन । मधेशी जनअधिकार फोरम नेपालको तर्फबाट क्षेत्र नं. १ बाट अरुण सिंह मण्डल, क्षेत्र न २ बाट सन्तोष मण्डल, क्षेत्र नं. ३ बाट साधुशरण यादव, ४ बाट डा. रामस्वार्थ राय, ५ बाट ज्ञानेन्द्र यादव, ६ बाट सुजिता यादव, ७ बाट चन्देश्वर महतोले उम्मेदवारी दिएका छन ।  मधेशी जनअधिकार फोरम लोकतान्त्रिक बाट क्षेत्र न १ बाट उमाशंकर अरगरिया, क्षेत्र नं. २ बाट साहित्यानन्द यादव, क्षेत्र नं. ३ बाट अब्दुल हलिम, ४ बाट ई. डा. कृष्ण चन्द्र प्रसाद साह, ५ बाट देवेन्द्र यादव, ६ बाट चन्द्र दिप यादव, ७ बाट विजय महतोले उम्मेदवारी दिएका छन । सद्भावना पार्टीबाट क्षेत्र न १ बाट लालबाबु हाथि, क्षेत्र नं. २ बाट नवल मण्डल, ३ बाट रामलक्षण यादव, ४ बाट संजय साह, ५ बाट शंकर प्रधान, ६ बाट संजय सिंह र ७ बाट पवन मण्डल ले उम्मेदवारी दिएका छन । तराई मधेश लोकतान्त्रिक पार्टीका तफबाट क्षेत्र नं. १ बाट कृष्ण कुमार मरिता यादव, २ बाट परमेश्वर साह, ३ बाट राजिव कुमार चौधरी, ४ बाट वृषेश चन्द्र लाल, ५ बाट अनिता यादव, ६ बाट चन्द्रदेव चौधरी र ७ बाट राजेश्वर महासेठले उम्मेदवारी दर्ता गराएका छन । राष्टिूय मधेश समाजवादी पार्टीको तर्पmबाट क्षेत्र नं. १ बाट काशिन्द्र यादव, २ बाट देवकृष्ण मण्डल, ३ बाट राजेश चौधरी राजु, ४ बाट मनोज चौधरी, ५ बाट जिवछी चौधरी, ६ बाट सुरेन्द्र मण्डल, र सात बाट शिवनाथ महतोले उम्मेदवारी दर्ता गराएका छन । संघीय सद्भावना पार्टीले क्षेत्र न १ बाट श्रीमति रवि दास, २ बाट सुन्देश्वर यादव, ३ बाट सतिशलाल दास, ४ बाट दिपक झा, ५ बाट कपलेश्वर यादव, ६ बाट दिपनारायण यादव, र ७ बाट दु ःखी महतोले उम्मेदवमरी दिएका छन । राष्टिूय प्रजातन्त्र पार्टीले क्षेत्र न १ बाट कलाम हुसैन शेख, २ बाट धिरेन्द्र प्रसाद यादव, ३ बाट शैलेन्द्र कुमार सिंह, क्षेत्र न ४ बाट विनोद कुमार साह, ५ बाट प्रविण ठाकुर, ६ बाट जनुका दाहाल, ७ बाट कृष्ण प्रताप मल्लले उम्मेदवाी दर्ता गराएका छन । 
राष्टिूय प्रजातन्त्र पार्टी नेपालबाट क्षेत्र नं. १ बाट महेन्द्र कापर, २ बाट रितेश कुमार सिंह, ३ बाट उमेश चन्द्र झा, ४ बाट रामनरेश यादव, ५ बाट हुलास यादव, ६ बाट मनोज मल्ला र ७ बाट मिन बहादुर थिँले उम्मेदवारी दर्ता गराएका छन । रााष्टिूय जनता दलबाट क्षेत्र नं. २ बाट परमेश्वर कापर, ३ बाट लिला देवी यादव, ४ बाट दिपेश कुमार साह, ५ बाट प्रकाश यादव, ६ वाट गीता राना यादव, ७ बाट देवचन्द्र यादवले उम्मेदवारी दर्ता गराएको छ । मधेशी जनअधिकार फोरम मधेशबाट क्षेत्र न ४ मा अरुण नायकले उम्मेदवारी दर्ता गराएका छन । नर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार  धनुषा जिल्लाबाट कूल ३ सय ४४ जनाले संबिधान सभा चुनावका लागि बिहिबार मनोनयन पत्र (उम्मेदवारी)दर्ता गराएका छन । जिल्ला निर्वाचन कार्यालय धनुषाका प्रमुख जानकी कर्णले जनाए अनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट ४१ जनाले उम्मेदवारी दिएकाछन ।त्यसैगरि २ बाट ४४ जना र ३ बाट ५७ जनाले उम्मेदवारी दिएकाछन ।
निर्वाचन क्षेत्र नम्बर ४ बाट सर्बाधिक ६६ जनाले उम्मेदवारी दिएकाछन । त्यसैगरि ५ नम्बरमा ५७ जना,क्षेत्र नम्बर ६ मा ४३ र निर्वाचन क्षेत्र नम्बर ७ बाट ४१ जनाले उम्मेदवारी दिएकाछन ।
निर्वाचन कार्यालयका अनुसार १ मा २६ दलले उम्मेदवारी दिएकाछन भने १५ जना स्वतन्त्र छन । २ मा २५ दलले उम्मेदवारी दिएकाछन भने १७ जना स्वतन्त्र उम्मेदवार छन । क्षेत्र नम्बर ३मा २३ दलले उम्मेदवार उठाएकाछन,भने ३१ जना स्वतन्त्र छन । ५मा २६ दलले उम्मेदवारी दिएकाछन र ३१ जना स्वतन्त्र उम्मेदवार छन । ७ मा २३ दलको उम्मेदवारले मनोनयन दाखिला गरेका छन भने स्वतन्त्र उम्मेदवारको संख्या १८ रहेको निर्वाचन कार्यालयले जनाएकोछ । यसैगरि सिरहामा ३१ राजनितिक दल सहभागि भएका छन् । ३१ दलका कुल जना उम्मेदबारले प्रत्यक्ष तर्फ सहभागि भएको हो । दलबाट १ सय ६३ र स्वतन्त्रबाट ८३ गरी कुल २ सय ४६ जना उम्मेदबारले मनोयन दर्ता गराएको निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ । सिरहामा कुल ६ निर्बाचन क्षेत्र मध्ये निर्बाचन क्षेत्र १ मा दल ३० स्वतन्त्र ११, क्षेत्र न.२ मा २६ दल १० स्वतन्त्र क्षेत्र न.३ मा २३ दल १९ स्वतन्त्र क्षेत्र न.४ बाट ३० दल १० स्वतन्त्र क्षेत्र न. ५ बाट २३ दल १६ स्वतन्त्र र क्षेत्र न. ६ बाट ३१ दल र १७ स्वतन्त्र गरी कुल २ सय ४६ उम्मेदबारले मनोयन दर्ता गराएका छन् । नेकपा एमालेले धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट टिकट दिएको गंगाराम यादव(आनन्द यादव)को नाम मतदाता सूचीमा नभेंटिएपछि भोला साहलाई उम्मेदवार बनाइएकोछ । बाजागाजा सहित निर्वाचन कार्यालय पुगेका यादवको नाम मतदाता सूचीमा फेला नपरेपछि हतारहतार भोला साहलाई उम्मेदवार बनाइएको थियो । टिकट नपाएको पीडाले ओछयान समातेका साहलाई बेहुला बनाइएको खबर सुन्दा त विश्वासै लागेन । 
महोत्तरीमा प्रत्यक्ष तर्फ दुई सय ६० जनाले उम्मेदवारी दर्ता गराए
मंसीर ४ गते हुने संविधानसभाको निर्वाचनको लागि महोत्तरीमा प्रत्यक्ष तर्फ दुई सय ६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । ६ वटै निर्वाचन अधिकृतको कार्यालयमा कार्यालय समय १० बजेदेखि उम्मेदवारी दर्ता गराउनेहरुको लामो भिड देखिएको थियो । ६ बजेसम्म चलेको उम्मेदवारी दर्ताको क्रममा भिडलाई नियन्त्रण गर्न सुरक्षा निकायलाई हम्मे हम्मे परेको थियो तर सुरक्षाकर्मी र राजनीतिककर्मीहरुले वुधबार गरेको सहमति वमोजिम कुनै दुर्घटना र समस्या हुन नसकेको जिल्ला निर्वाचन अधिकृत पिंकी रायले जानकारी दिए । वुधबार भएको सर्वदलिय बैठकमा सहमति भएवमोजिम निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारीको लागि दुर्गाचोक देखि कार्यालय सम्म एकतर्फी रुपमा बाटो संचालन गरिएको थियो । सो क्रममा सवारी साधनलाई सो सडकमा निषेध गराइनुको साथै उम्मेदवार दर्ता पश्चात अस्पताल चोक हुदै पूर्व, पश्चिमको बाटो प्रयोग गरिने सहमति वमोजिम भिडलाई सुरक्षानिकायले नियन्त्रण गरेको थियो । 
यसैबीच प्रत्यक्ष तर्फको मनोनयनको क्रममा राष्टिूय मधेश समाजवादी पार्टीका (रामसपा) राष्टिूय अध्यक्ष शरतसिंह भण्डारीले जिल्लाको क्षेत्रनं. १ र ६ वाट उम्मेदवारी दिएका छन् । रामसपाको क्षेत्र नं. २ बाट जैनुल राइन, क्षेत्रनं. ३ बाट हरिप्रसाद मण्डल, क्षेत्रनं. ४ बाट ललन सिंह, ५ बाट कौशलकिशोर यादवले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी नेपाली कांग्रेसबाट क्रमशः चिरञ्जीवी हमाल, किरण यादव, रामचन्द्र तिवारी, ललनकुमार राय, महेन्द्रकुमार राय र सीताराम भण्डारीले क्रमशः क्षेत्र नं. १ देखि क्षेत्र नं. ६ सम्ममा उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै, एकिकृत माओवादीको तर्फबाट क्रमशः गिरीराजमणी पोखरेल, लालबाबु यादव, रामआधार कापड, इन्दु शर्मा, मोहम्मद रजी हैदर र भरतप्रसाद साहले उम्मेदवारी दिएका छन् भने एमालेको तर्फबाट दुर्गा दाहाल, मन्जुकुमारी यादव, रामदयाल मण्डल, इलियास अंसारी, दिपनारायण साह र कौशिलाल यादवले क्रमशः क्षेत्र नं. १ देखि क्षेत्र नं. ६ सम्ममा उम्मेदवारी गराउनुभएको छ । तराई मधेश सदभावना पार्टी नेपालका हारुण रसिद दुई र निलम अधिकारी पाँचबाट उम्मेदवारी दर्ता गराएकी छिन् । उम्मेदवार संख्याहरु क्रमशः ३५, ४२, ४९, ५२, ४० र ४२ गरि ६ वटै निर्वाचन क्षेत्रमा दुई सय ६० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मिति ः २०७०/०६/२०