Tuesday, July 1, 2014

गुठीको सम्पत्तिमा अतिक्रमणकारीको रजाइँ

अजय अनुरागी
जनकपुरधाम............
गुठी संस्थान शाखा कार्यालय जनकपुरको सम्पति दिनन्दिन अतिक्रमणको चपेटामा पर्दै गएको छ । गुठी सम्पति माथि सचेत भनिएका नागरिक, सामाजिक, राजनीतिक कार्यकर्ता, समाजका ठालुहरु र उनीहरुको उक्साहटमा लागेका सर्वसाधारणबाट सघन रुपमा अतिक्रमण भएको छ । गुठी संस्थान, जनकपुर नगरपालिका, मठमन्दिरका महन्थहरु, मालपोत कार्यालय, प्रशासनिक निकाय र केही भु माफियाहरुको मिलेमतोमा गुठीको अरबौंको बहुमुल्य सम्पत्ति अतिक्रमण भएको पाइन्छ ।
२०६२ सालमा भोजराज घिमिरेको संयोजकत्वमा गठिन उच्चस्तरीय कार्यदलले जनकपुर नगरपालिका क्षेत्र भित्र रहेका १४ वटा राजगुठीको जग्गाको स्थलगत अध्ययन गरी लगत खोज्ने प्रयास गरेका थिए । त्यसबेला राजगुठीका जग्गाको साविक लगत अनुसार ४ हजार ६ सय १० विघा १६ कठ्ठा २ धुर लगतमा देखिएको थियो । त्यसमध्ये २ हजार ९ सय ७२ विघा ८ कठ्ठा ३ धुर २०६०÷०६१सम्म रैतान भैसकेको, बाँकी जिरायत जग्गा १ हजार ६ सय ३७ विघा १२ कठ्ठा १३ धुर मध्ये १ सय ७७ विघा १३ कठ्ठा १९ धुर (मोही कायम) गुठी अधिनस्थ कटाई बाँकी कायम हुनुपर्ने १ हजार ४ सय ५९ विघा १७ कठ्ठा १४ धुर जग्गा मध्ये दर्ता भएको ५ सय ४७ विघा ७ कठ्ठा ४ धुर र दर्ताको कारवाही वढाएको समेत गरी ७७ विघा ८ कठ्ठा २ धुर गरी जम्मा ६ सय २४ विघा १५ कठ्ठा ६ धुर जग्गा मात्र यकिन भएको थियो । ८ सय ३५ विघा जग्गा यकिन हुन बाँकी रहेको थियो । यकिन भएको जग्गा ६ सय २४ विघा १५ कठ्ठा ६ धुर मध्ये ४३ विघा ११ कठ्ठा ८ धुर जग्गा अतिक्रमण भएको,६३ विघा ९ कठ्ठा ९ धुर जग्गा सरकारी तथा अन्य संस्थाले उपयोग गरेकोले सो कटाई ५ सय १७ विघा १४ कठ्ठा ९ धुर जग्गा सुरक्षित देखिएकोमा जनकपुर नगरपालिका भित्र २ सय ५ विघा १८ कठ्ठा ७ धुर जग्गा मात्र परेको प्रतिवेदनमा उल्लेख छ ।
लोपोन्मुख रहेको मण्डनसर (मडहा) को डिलमा अतिक्रमण गरी बनाइएको घर तोड्दै डोजर । अहिले पहिलो चरणमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद, गुठी संस्थान, जनकपुर नगरपालिकाको कार्यालय र स्थानीय प्रशासनको संयुक्त टोलीले पहिलो चरणमा ८ वटा सार्वजनिक पोखरीहरुलाई अतिक्रमण मुक्त गर्ने अभियान चलाएका छन् ।
    गुठीको जग्गामा अतिक्रमण गरी घर बनाएको, अतिक्रमण गरी खेती गरेको, अतिक्रमण गरी जग्गा आफ्नो जग्गामा घुसाई नाप नक्सा गराएको र गुठी अधिनस्थ एैलानी जग्गा पनि व्यक्तिको नाउँमा दर्ता गराई चार किसिमको अतिक्रमण पाइएको छ । सबैभन्दा वढी करिब ३० विघा राजगुठीका जग्गामा विभिन्न व्यक्तिहरुले गैरकानुनी तवरबाट २०६० सालसम्म घर बनाई बसोबास गरेको पाइएको थियो । २०४६ साल देखि २०६० साल सम्ममा ९० प्रतिशत भन्दा वढी नै अतिक्रमण देखिएको थियो ।
    अतिक्रमण भई घर बनेका जग्गाको पनि दुई किसिमको प्रकृति देखियो । एउटा व्यक्ति विषेशले आफ्नो बाहुबल प्रयोग गरी अतिक्रमण गरेका छन् भने अर्को सम्बन्धित मन्दिरका महन्थले रुपैयाँ बुझि मन्दिरको गुठी तैनाथी जग्गामा कबुलियतको कागज लेखि घर बनाउन लगाएको देखिन्छ । उक्त प्रतिवेदन अनुसार पहिलो नम्बरमा राममन्दिर, लक्ष्मण मन्दिर, कुवा स्थान, कुवा मठ जस्ता मन्दिर आउँछन् भने दोस्रो नम्बरमा जानकी मन्दिर, रत्नसागर स्थान तथा दशरथ मन्दिर रहेको छ । राम मन्दिर, लक्ष्मण मन्दिरको करिब १० विघा जग्गा विभिन्न व्यक्तिहरुले अतिक्रमण गरी खेती गरी बाली लगाई एकलौटी खाएको छ भने आजसम्म गुठीले निजहरुबाट एक पैसा असुल गर्न सकेको छैन । राम मन्दिर, लक्ष्मण मन्दिर र कुवा मन्दिरको करिब ७ विघा जग्गा व्यक्ति विशेषले २०४२ साल देखि २०५१ सालसम्म भएको सहरी जग्गामा घुसाई नापी गराई जग्गा धनी प्रमाण पत्र पुर्जा लिएको पाइएको छ । त्यसैगरी २०४४ साल पौष मसान्त भन्दा पहिलेको मितिको मनखपको कागज तैयार गरी सम्बन्धित व्यक्तिलाई दिई सोही कागजको आधारमा जग्गा विक्री गरी अनाधिकृत तवरबाट महन्थहरुद्वारा गुठी तैनाथी जग्गामा घर बनाउन लगाइएको देखिन्छ । यो प्रक्रियाद्वारा जानकी मन्दिर, रत्नसागर तथा दशरथ मन्दिरका महन्थहरुले करिब १४ विघा जग्गामा घर बनाउन लगाएको घिमिरे कार्यदलको प्रतिवेदनमा उल्लेख छ । जसको मुल्य त्यसबेला प्रतिकठ्ठा ५ लाख देखि १५ लाखसम्म रहेकोबाट हाराहारी मुल्य ७ लाख मात्र पनि कायम गर्दा गुठीको २० करोड भन्दा वढीको सम्पति हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ ।
गुठी तैनाथी जग्गा जानकी मन्दिरको नाममा दर्ता रहेको बेंगाशिवपुरमा करिब ३२ विघा दश वर्ष देखि बाँझो पर्ति रहन गएको कारण अति उब्जा हुने उक्त जग्गा आवाद नहुँदा जानकी मन्दिरले प्रतिवर्ष कम्तिमा पनि १ हजार मन धान प्राप्त गर्न सकेको छैन । त्यसैगरी गुठी तैनाथी १५ सय विघा भित्र परेका जग्गामा पनि २०२६ सालको सर्वेनापीमा फिल्ड बुकमा  सोही महलमा नाम उल्लेख भएको र सोही आधारमा सहरी नापी हुँदा पनि मोही लेखिएकोमा मोही लाग्न नसक्ने जग्गामा पनि मोही लागेको, मोही लगाएको र मोही लगत कट्टा गराउने तर्फ आवश्यक कारवाही गरिएको छैन ।
दाताका कृतिको रुपमा रहेका मठ घर, सत्तल, प्राङगण जस्ता ठाउँमा विद्यालय, स्थास्थ्य चौकी, गाविस भवन, प्रहरी चौकी, क्लबहरु, एनजिओहरु, खानेपानीको टयाङकी, विद्युतको स्टेशनहरु, हाटबजार, कृषिउपज, विक्री केन्द्रहरुले आफु खुशी प्रयोग गर्ने प्रवृति रहेको छ । स्थानीय समाजको आवश्यकता स्वास्थ्य, शिक्षा र सुरक्षा निकायहरुलाई सोही समाजको अगुवाईमा गुठी तैनाथी जग्गामा स्थापित गराउने प्रचलन व्यापक रुपमा रहेको छ । भाडामा लगाउने प्रयोजनमा बनेका÷रहेका घरहरुमा न्युनत्तम सुविधा नरहेको र घरहरु जिर्ण अवस्थाका र समयमा मर्मत गर्न नसकिएबाट असुरक्षित बनेका छन् भने तिनै विषयलाई निहु बनाएर अत्यन्त न्युन भाडा दर कायम गराउने र सो भाडा पनि सकेसम्म नतिर्ने र सितैमा उपभोग गर्ने प्रवृति देखिन्छ ।
 गुठी तैनाथी मौजाका जग्गा स्थानीयले टुक्रा टुक्रामा बाँडेर भोग गर्ने गरेकाले ठेक्का पनि नलाग्ने र स्वयं कमाउनेले नतिरी सित्तैमा खाने प्रवृति लिएका र असुल गर्ने औपचारिक आधार नभएकाले गुठीको प्रयासमा १६ आना मध्ये चार आना पनि असुल हुन सकेको छैन । सहरी क्षेत्रमा रहेका गुठी तैनाथी जग्गामा गैरकानुनी ढंगले मठाधिशहरुको सहयोग र संलग्नतामा व्यापक रुपमा घर निर्माण गरी अतिक्रमण भएको छ । जनकपुरमा मात्र करिब एक हजार भन्दा वढी घर त्यसरी बनेको अनुमान छ र यो क्रम अझै रोकिएको छैन । गुठी तैनाथी जग्गा अतिक्रमण गराउने मठाधिशहरुलाई कारवाही गर्ने गरिएको छैन र गर्न पनि सकिएको छैन । जसकारण उनीहरुको मनोबल बढेको बढ्यै छ ।
स्थानीय विद्यालयको स्वीकृति, अपग्रेटिङको इजाजत जस्ता कार्यमा विद्यालयको नामको अचल सम्पति आवश्यक पर्ने र त्यस प्रयोजनका लागि स्थानीय गुठी तैनाथी जग्गा, पोखरी, बगैचा कब्जा गरी आयस्थालीले, त्यस्ता सम्पत्ति विद्यालयका नाममा दर्ता गर्ने, दर्ता गर्न प्रयास गर्ने, हक भोगको बनावटी दिवार खडा गरी अदालतमा मुद्दा गर्ने र धेरै जसो अवस्थामा अदालतबाट गुठी संस्थानका विपक्षमा निर्णय भएका कारण अचल गुठी सम्पति दिनानुदिन ह्रास भइरहेको छ । यदाकदा ठेक्का लागेका जग्गाका ठेकेदारहरुबाट समेत सकार ठेक नबुझाउने, गुठीको कार्यालयले समेत ताकेता नगर्ने, नबुझाउने व्यक्ति वा ठेकेदारलाई राजनीतिक संरक्षण हुने मात्र होइन बल्की परोक्क्ष रुपमा त्यस्ता ठेक प्रकृयामा उनीहरुनै संलग्न हुने हुँदा स्थानीय प्रशासन पनि प्रभावित हुने गरेको छ । स्थानीय प्रशासन प्रभावित हुने हुँदा रकम असुल गर्न नसकिने अवस्था विद्यमान छ भने विगत २०३५ साल देखिका ठेकहरु नबुझाउनेहरुलाई जेथा निलाम पनि गर्न सकिएको छैन ।
मठमा काम गर्ने मठाधिश र अन्य कामदारको औचित्यको आधारमा दरबन्दी बनेको छैन र कानुनी व्यवस्था अनुसार आवधिक न्युक्ति पनि लिने दिने प्रचलन देखिएको छैन । अमानति गुठीका कामदारहरुको तलब एक दम न्युन छ तर तिनै कामदारको पहुँच मन्दिरको भेटिघाटीसम्म पुगेको छ । मन्दिरको भोगबाट आफु र आफ्ना केही सम्पतिसमेतलाई खाने र मन्दिरमा बस्ने व्यवस्था समेतका फाइदा पुगेको छ । केही मठहरुलाई भोग राजका लागि भनि जग्गा प्रचलन गर्न दिने साविकको प्रचलनले एक तर्फ अप्रत्यक्ष जग्गा बेचि घर बनाउन लगाई अतिक्रमण गराएका छन भने अर्को तर्फ सोको अवस्थाको हिसाव किताव गुठी संस्थासँग पनि पाइन्न । भेटीघाटी संकलनको कुनै मापदण्ड पनि बनाउन सकिएको छैन ।
२०५४ सालमा गुठी कार्यालय अन्तरगतका २९ जना मोही निस्काशन कार्य भएकोमा ती जग्गाहरु निस्काशित मोही बाटै हालसम्म भोगचलन गरी आज परयन्त सोरै जना खाइरहेका छन् । यतिका वर्ष वितिसक्दा पनि ती जग्गाबाट ती व्यक्तिहरुलाई बेदखल गराउने र जग्गाको अन्य व्यवस्थ ागर्ने कार्य कसैले गरेको देखिँदैन । गुठी सम्पत्ति माथि अतिक्रमणको मात्रा दिन प्रति दिन सघन रुपमा बढ्दै गएको छ । यसको कारक तत्व राजनैतिक दलका केही कार्यकर्ताहरुको साहस मानिसहरुको मनोवृति र स्थानीय प्रहरी प्रशासनको निष्कृयता एवम स्वयं गुठी संस्थानको अकर्मनेता नै मुख्य कारण रहेको छन् । विशेष गरी २०४६ साल पछाडी यस प्रकारको अतिक्रमण भएको र करिब २५ वर्षसम्म अतिक्रमण कारीका विरुद्धमा कुनै प्रकारको शक्ति अपनाउन नसकिएकाले उनीहरुले आफुलाई स्थापित भइसकेको मान्यता समेत राखेको पाइन्छ । ती निर्मित संरचना भत्काउन गुठी संस्थान सकारात्मक देखिएको छैन । गाउँ देहात क्षेत्रका गुठी तैनाथी जग्गा र पोखरीमा विशेष गरी सरकारी स्कुल, प्रहरी चौकी, स्थास्थ्य चौकी, गाविस र क्लबहरुले कब्जा गर्ने, भवन बनाउने, बगैंचा , हाटबजार र पोखरी ठेक्का लगाई सो को आयस्था लिने प्रकारका अतिक्रमण देखिएका छन् । केही ठाउँमा स्थानीय गाउँलेहरुले घरद्वार बनाई बसेका छन् । ती घरहरु हटाउने वा नियन्त्रण गर्ने वा अन्य तरिकाले व्यवस्थित गर्ने कार्य गुठी संस्थानले गरेको पाइन्न । गुठी संस्थान शाखा कार्यालय जनकपुरमा साविकमा महत्वपुर्ण लगत श्रेस्ता र मिसिल कागजहरु समेत जथाभावी फालिएको तथा अस्तव्यस्थ रहेको पाइन्छ । कुनै पनि कागज खोज्न जाँदा तत्काल केही फेला नपर्ने र कर्मचारीहरु अदल बदल हुँदा बरबुझारत गर्ने परम्परा पनि पाइन्न । गुठी संस्थानसँग विगतका वर्षहरुमा सम्झौताका माध्यमबाट जग्गा प्राप्त गरेका संघसंस्थाहरुले सम्झौता विपरित अन्य कार्य गरेको पाइन्छ । ती जग्गाबाट व्यापारिक, भाडा भरौत आदिमा लगाई आम्दानी प्राप्त गर्ने गरेको पाइन्छ । केही संस्थाले जुन प्रयोजनका लागि जग्गा लिएको हो सो काम २० वर्ष वितिसक्दा पनि प्रयोग नगरिएको जस्ता विसंगतिहरु पनि देखिएका छन् ।
गुठी संस्थान कार्यालय अन्तरगत छुट र अमानत गरी २३ वटा गुठी मठहरु संचालित छन् । गुठीमा हालको कानुनी वर्गिकरण अनुसार गुठी अधिनस्थ (मोही लाग्ने प्रकृति) गुठी तैनाथी (मोही नलाग्ने प्रकृतिको) गुठी रैतान नम्बरी (रैकर जग्गा सरहको कानुनी हैसियत राख्ने र गुठी नम्बरी गरी चार प्रकृतिका जग्गा जमिनहरु पाइन्छन् । यस कार्यालय अन्तरगत अमानतमा जनकपुरको राम मन्दिर, लक्ष्मण मन्दिर गुठी, बराही कुटी, कपिलेश्वर स्थान, कुपेश्वरनाथ मठ (कुवा), हनुमाननगर स्थान गुठी, रानीपाटी तोत्रादि मठ, रत्नसागर मठ, विरही कुटी, गिरनारी कुटी, विरख कुटी र राधाकृष्ण भगवान विरपुर कुटी पर्दछन । त्यसैगरी अमानतमा सुगा मधुकरही स्थान, तरही स्थान मठ, झोझीकटैया स्थान, कुमरौरा भगवती र बेलाकुटी पर्दछन् । छुट गुठी अन्तरगत जानकी मन्दिर, इटहर्वा स्थान मठ, सिताकुण्ड, धनौजी मठ, सुब्बा कुटी धनुषाधाम र भोयल मठ पर्दछन् ।
        यस कार्यालय अन्तरगत ४९ वटा सार्वजनिक पोखरीहरु, २१ वटा नीजि पोखरीहरु पर्दछन् । सार्वजनिक पोखरीहरु दिर्धिकाअसर (दधिसागर वा दिधियासर) , चन्द्रकुप देवान पोखरी , मुरलीसर, गंगासागर, धनुषसागर, रामसागर, विषहरासर, पुरन्दरसर, पातपक्षालनसर (गोरधोई पोखरी), लब्की पोखरी, दशरथ तलाउ (महराज सागर) कपाल मोचनी सर, मध्यमासर, अग्नीकुण्ड, प्रेम सरोबर (अनुराग), सिताकुण्ड, विहारकुण्ड, अंगराजसर (अरगज्जा), लक्ष्मणसर (बलरामसर), विघनहारिनी सर (विष्हरा), धुतपापसर, जोगी झा पोखरी, लब्की पोखरी, गामक पोखरी, छत्रधारिनीसर, गोपालसर(गोपालजी पोखरी) गुणमतिसर(गेनाही पोखरी), लब्की पोखरी, मणिमण्डप पोखरी, परिक्षणकुण्ड, सेवामन्तक कुण्ड, ठाढी पोेखरी, गेन्ही पोखरी, नथुसागर, लब्की पोखरी, रत्नसागर, विडालसर, रुकिमनीसर, पाकवत्तिसर, भृगुसर, तैलधृतिकासर( तेल्हा) पापमोचिनीसर, गुलधै पोखरी, मण्डनसर(मरहा), पुर्णसागर (पुरनीपोखरी) , सुब्बा पोखरी, सिंगरहिया पोखरी, चिताही पोखरी, महन्थ पोखरी, कमलाकुण्ड र बालमिकीसर (चौधरी पोखरी) छन् । जनक सरोबर, अमृत कुण्ड, गोपालसर, पयसिवनिसर, र बलदेव सर गरी पाँच वटा सार्वजनिक पोखरी विलुप्त भइसकेका छन् ।


२०७१ अषाढ १५ गते आईतबार

चालु आर्थिक वर्षमा गुठीलाई करिब ९ लाख घाटा आम्दानी १ करोड १६ लाख, खर्च १ करोड २५ लाख

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............


    गुठी संस्थान शाखा कार्यालय जनकपुरको चालु आर्थिक वर्षको जेष्ठ महिनासम्ममा रु. १ करोड १६ लाख ४५ हजार १ सय ३० आम्दानी भएको छ भने १ करोड २५ लाख १५ हजार ७ सय २५ रुपैयाँ खर्च भएको देखाइएको छ । चालु आर्थिक वर्ष २०७०÷०७१ को जेष्ठ मसान्तसम्ममा आय व्ययको विवरण हेर्दा ८ लाख ७० हजार ५ सय ९५ रुपैयाँ घाटा भएको पाइएको छ । आम्दानीको स्रोतमा रैतान जग्गाबाट प्राप्त हुने मालपोत, गुठी अधिनस्त जग्गाको बालीबाट प्राप्त हुने रकम, बहालबाट प्राप्त हुने रकम, पोखरीको माछा ठेक्काबाट प्राप्त हुने रकमहरु स्रोतको रुपमा देखिएका छन् । त्यसैगरी खर्च तर्फ कर्मचारीहरुको तलब, पेन्सन, इन्धन पेटूोल, पर्वपुजा, सिधारसददाना, असहायलाई हन्डी, पुजारी तहलुको तलब बापत रकमी खानवी, मठमन्दिरको मर्मत आदि देखाइएको छ । आय तर्फ एक सालाना र बाँकी बकयौता गरी लिने गरेका छन् । मालपोत बापत एक सालाना ९ लाख ९ हजार ७७ रुपैयाँ र बक्यौता तर्फ ७ लाख ९८ हजार ७ सय ९५ रुपैयाँ रहेको छ । त्यसैगरी कुतबाली अन्तरगत एक सालाना रु. १ लाख २३ हजार ६९, बक्यौता तर्फ रु. ९१ हजार ५ सय ५९, पोखरी बगैँचा तर्फ एक सालाना रु. ९ लाख ३३ हजार १ सय २० र बक्यौता १० हजार, तैनाथी जग्गाबापट एक सालाना रु. ७ लाख २८ हजार ४ सय ७९ र बक्यौता १२ लाख ७० हजार ८ सय ९३ आम्दानी भएको देखाइएको छ । गुठीले निर्माण गरेको २९ वटा घर पसलबाट घर बहालबापत एक सालाना रु. ६ सय ६० र बक्यौता रु. ५ लाख ३५ हजार ८८, बसपार्क र मनिपाल कलेजलाई दिएको जमिनको भु बहालबापत एक सालाना रु. ९ लाख १० हजार र बक्यौता रु. ३ लाख ८९ हजार १ सय ९४ आय भएको देखाइएको छ । बसपार्कलाई दिएको जग्गाबापत मासिक रु. २५ हजार र मनिपाल कलेजलाई दिएको जग्गाबापत बार्षिक रु. ७ लाख तथा प्रतिवर्ष १० प्रतिशतका दरले वृद्धि हुने सम्झौता गरिएको छ । ७ साउन २०५१ मा मनिपाल एजुकेशन एण्ड मेडिकल गु्रप नेपाल लि.बाट संचालन हुने पोखरा मेडिकल कलेजको फिजिकल सेक्सन जनकपुरमा ३ सय ५० सैयाको अस्पताल स्थापनाको लागि जनकपुर १४ मा रत्नसागर मठ स्थानको गुठीको जग्गा १६ विघा १७ कठ्ठा १९ धुर ४९ वर्षका लागि लिजमा लिएका थिए । अस्पतालका निर्देशक देवेन्द्र कुमार र गुठीका कानुन प्रशासक दामोदर ढकाल बीच उक्त सम्झौता भएको २० वर्ष वितिसक्दा पनि अस्पताल स्थापना नभएको र अस्पताल भवन तथा आवश्यक पुर्वाधार समेत पुर्ण रुपमा निर्माण हुन नसकि अस्पताल संचालनमा नआएको भन्दै करार तोड्ने सम्बन्धमा तीन महिनाको म्याद दिएर गुठी संस्थानले १९ बैशाख २०७१ मा मनिपाल गु्रपलाई पत्र लेखि ताकेता गरेको छ । त्यसैगरी पेश्की बेरुजुबाट रु. ३ लाख, घर दस्तुरबाट रु. ५३ हजार ८ सय १८, दण्ड जरिवानाबाट रु. ५ लाख २ हजार ९, सेवा शुल्कबाट रु. १ लाख ६ हजार ३ सय ६०, मोही कायमबाट रु. १ लाख ३२ हजार ६ सय ४४, निवेदनबाट रु. ४९ हजार ७ सय ३५ र रैतानको दब्बल दस्तुरबाट रु. ३८ लाख ६ सय ४० आम्दानी भएको गुठीका लेखा प्रमुख हरिचन्द्र भुसालले द एक्सक्लुसिभलाई बताएका छन् । रैतानको डब्बल दस्तुर बापत आएको रकम गुठी संस्थानले खर्च गर्न पाउँदैनन् । उक्त रकम केन्द्रमा पठाएर अक्षय कोषमा जम्मा गर्ने गरेको छ ।
त्यसैगरी व्यय तर्फ गुठी कर्मचारीहरुको तलब बापत रु. ३७ लाख ३ हजार ५ सय २२, १७ जना कर्मचारीको पेन्सन बापत रु. १७ लाख ६३ हजार ६ सय २८, दैनिक भ्रमण भत्ताबापत रु. १ लाख ४४ हजार ७ सय ९४, छपाई बापत रु. १४ हजार ७ सय ७०, हुलाक, टेलिफोन र विद्युत बापत रु. १ लाख ७३ हजार २ सय ७६ खर्च भएको देखाइएको छ । त्यसैगरी विज्ञापन तर्फ रु. ९ हजार ६ सय, पत्रपत्रिका तर्फ रु. ६ हजार ८ सय ५०, कार्यालय प्रमुखको घर भाडा तर्फ रु. ४७ हजार, कार्यालयको समान खरिद तर्फ रु. ८१ हजार १ सय ३, इन्धन पेटूोल तर्फ रु. ५५ हजार ५ सय ८७, मर्मत सम्हार तर्फ रु. ३ हजार ७ सय, भैपरी आउने तर्फ रु. ८३ हजार ७ सय ८९ र खर्च नहुने समान तर्फ रु. ३६ हजार खर्च भएको देखाइएको छ । विभिन्न मठमन्दिरहरुद्वारा हुने पर्व पुजाका लागि रु. २७ लाख ७४ हजार ४ सय ९ र सिधा रसददानाको लागि रु. १५ लाख ६८ हजार ६ सय ४० खर्च भएको देखाइएको छ । पर्व पुजा अन्तरगत मेला, विवाहपञ्चमी, रामनवमी, झुलन, दशै लगायतमा खर्च हुने गरेको र राममन्दिर र ज्ञानकुप छात्रावासका लागि रसददानामा खर्च हुने गरेको लेखा प्रमुख भुसालले बताएका छन् । १९ जना असहायका लागि मासिक रु. ५ सय सम्म दिने आर्थिक सहयोग हण्डी वापत रु. ६७ हजार २ सय, पर्व पुजामा रैतान परिणत व्याजतर्फ रु. २ लाख ९६ हजार ४ सय २९ खर्च भएको देखाइएको छ ।
    गुठीको मातहतमा रहेको १३ वटा मन्दिरहरुको पुजारी, टहलु, सेवक लगायतको तलबबापत रु. ५ लाख २२ हजार ८ सय खर्च भएको जनाइएको छ । राममन्दिरमा महन्थ रामगिरी, पुजारी शम्भु गिरी, भान्से महेन्द्र झा र शम्भुनाथ झा, परखतिया शिवनाथ महत्तो, माली उपेन्द्र भण्डारी, टहलु बद्री राय र धिरेन्द्र राय, हलखोर शंकर मेसतर र पुर्णिदेवी मेसतर, पंडित दुर्गा प्रसाद उपाध्याय, हजाम महेन्द्र ठाकुर र चौकिदार कृष्ण कुमार झा गरी कुल १३ जनाको तलब बापत मासिक रु २७ हजार ४ सय खर्च हुने गरेको छ । हनुमान नगर मठका महन्थ किशोरी शरण दास, टहलु विशेश्वर मण्डल, र पुजारी गरी ३ जना बापत रु. २४ हजार बार्षिक तलब  दिने गरिएको छ । रत्नसागर मठका महन्थ बैकुण्ड दास बैष्णवले एक जनाको तलब बापत रु. १२ हजार बार्षिक, गिरनारी कुटिका पुजारी गंग ागिरीले एक जनाको तलब बापत बार्षिक रु. १८ हजार, तरही मठमा महन्थ, पुजारी, भान्से र टहलु गरी कुल ४ जनाको तलब बापत रु. ३० हजार बार्षिक लिने गरेका छन् । कुपेश्वर नाथ महादेव मन्दिर कुवा मठमा ४ जना बापत रु. ३० हजार, लक्ष्मण मन्दिरमा महन्थ राम सुसिलले ३ जना बापत रु. २४ हजार, झोझि कटैया मठका महन्थ महेन्द्र प्रसाद गिरीले ३ जना बापत रु. २४ हजारा, कपिलेश्वर नाथ मठमा ३ जना बापत रु. २४ हजार बार्षिक तलब लिने गरेका छन् । जनकहजारी विद्यापिठद्वारा संचालित बराही कुटिमा २ जना बापत रु. १५ हजार ६ सय, विरही कुटिमा २ जना बापत रु. १२ हजार, विरख कुटिमा २ जना बापत रु. १२ हजार र राधाकृष्ण भगवान विरपुर कुटिमा २ जना बापत रु. २१ हजार बार्षिक तलब गुठीबाट जाने गरेको छ ।
    त्यसैगरी यस आर्थिक वर्षमा जेष्ठ मसान्त सम्म गुठी संस्थानले इन्धन दाउरा बापत रु ६ हजार, ज्ञानकुप छात्राबासको विद्यार्थी पोशाक बापत रु. ५२ हजार, मठ मन्दिर मर्मत बापत रु. १० लाख ८ हजार २ सय २७, कार्यालय मर्मत बापत रु. ६ हजार ६ सय र केन्द्रिय बजेट विविद अन्तरगत रु. ९० हजार खर्च गरेको छ । मन्दिरमा श्रद्धालु भक्तजनहरुले चढाएको चढौनाको महन्थहरुको प्रयासबाट प्राप्त भएको रकमको विभिन्न स्थानहरुको जग्गा कमाई खाएबापत उनीहरुको बुझाएको भनिएको रकमको कुनै फाँटबारी राख्ने गरेको नपाइएकोले यर्थात आम्दानी पत्ता लाग्न सकेन । करोडौं आम्दानी देख्नु पर्नेमा नदेखाइएको भन्ने जनगुनासो पाइन्छ । त्यसैगरी खर्च शिर्षकमा पनि खर्चको विवरण हेर्दा व्यापक अनियमितता भएको हुन सक्ने आशंका गरिएको छ ।
व्यापक पेश्की बेरुजु रकम
गुठी संस्थान जनकपुरका कार्यालय प्रमुख दिपक बहादुर पाण्डेले गुठी संस्थान संचालक समितिलाई ९ पुष २०७० मा बुझाएको प्रतिवेदनमा २८ जना व्यक्तिले लिएको पेश्की रकमहरु मध्ये कुल १९ लाख २३ हजार ६ सय ७० रुपैयाँ बेरुजु रहेको पाइएको छ ।
    बेरुजु पेश्की लिनेहरुमध्ये विरह कुटि जिर्णोद्धार समितिले रु. ५ लाख जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले रु. २ लाख, महन्थ शिवशंकरपुरीले रु. १ लाख २३ हजार, मनोजकुमार शर्माले रु. ३ लाख १८ हजार , हनुमान मन्दिर भाँन्सा घरका लागि रु. १ लाख ८७ हजार, राजकुमार मण्डलले रु. २ लाख, शिवशंकर मण्डलले रु. ९२ हजार लिएको देखिन्छ ।
    त्यसैगरी अन्य व्यक्तिहरुले १० हजार, २० हजार, २५ हजार, ५० हजार सम्म रकम लिएको उक्त प्रतिवेदनमा उल्लेख छ । यसरी पेश्की रकम लिई बेरुजु हुनेहरुमध्ये गुठीका कर्मचारीहरु, विभिन्न मठमन्दिरका महन्थहरु र केही व्यक्तिहरु समेत रहेका छन् ।

पोखरी हाट बजारको ठेक्कामा ठेकेदारको रजाइँ 
गुठीको सम्पतिमा अतिक्रमणकारीहरुले रजाइँ गरिरहेकै बेला पोखरी हाट बजार ठेक्कामा लिने ठेकेदारहरुले समेत मनपरि गर्ने गरेको छ । ठेक्का सम्झौता समयावधि सकिएको ६ वर्ष वितिसक्दा पनि ठेक्काको बाँकी रकम नबुझाई मनपरि गर्ने प्रवृति बढ्दै गएको पाइन्छ । ठेक्का लिएर पोखरीबाट लाखौं रकम कमाउने अनि गुठीलाई तिर्नुपर्ने सम्झौताको रकम नतिर्ने एउटा दुइटा होइन प्रायः जसो ठेकेदारहरुको प्रवृति रहेको छ ।
     ठेक्का सम्झौता गरिएको रकम मध्ये २५ प्रतिशत सम्मपनि नबुझाउने प्रवृति देखिन्छ । गुठी संस्थानको लापरवाही र मिलेमतोकै कारण गुठी संस्थानले लाखौं रुपैयाँ असुल उपर गर्न सकेको छैन । एका तर्फ पोखरीको आम्दानीबाट ठेकेदारहरु मालामाल भएका छन् भने अर्को तर्फ गुठी कङगाल हुन पुग्ने अवस्थामा राज्यको राजश्व त घाटा लागेकै छ त्यसबाट पाउनुपर्ने व्याजसमेत पाइरहेको छैन । १३ वटा पोखरी र एउटा हाट बजारको ठेक्का बापत ठेकेदारहरुले म्याद सकिसकेपछि पनि ८४ लाख ६८ हजार ७० रुपैयाँ बक्यौता राखेको छ । ठेकेदार रामलोचन पंडितले कुवा स्थान तालुक बैलहटा गुद्री हाटबजारको ठेक्का रु. ५ लाख २७ हजार ८ सय ८५ मा लिएका थिए ।
    ५ वर्ष समय अवधि रहेको उक्त ठेक्का २०६६ भदौ मसान्तमै सकियो  तर, उनले हालसम्म रु. १ लाख ८८ हजार १ सय ७१ बाँकी नै राखेका छन् । त्यसैगरी ठेकेदार उपेन्द्र मिश्रले हनुमान नगर गाउँ पोखरीको रु. १ लाख ७५ हजारमा लिएको ठेक्काको म्याद २०६५ चैत्र मसान्तमै सकियो । तर, उनले पनि रु. ५२ हजार ५ सय बाँकी राखेका छन् । ठेकेदार रामलोचन पंडितले कुवा स्थानको गोनई पोखरीको ठेक्का रु. ५५ हजारमा लिएका थिए । उक्त ठेक्काको सम्झौता अवधि २०६५ चैत्र मसान्त मै सकियो । तर, उनले उक्त ठेक रकम मध्ये रु. ४४ हजार ५ सय बाँकी राखेका छन् । ठेकेदार आलम राईन कवाडीले पुरन्दरसर पोखरी रु.२६ लाख ७८ हजार ९ सय ३० मा ठेक्का लिएका थिए । ३० भदौ २०६७ मा उनको सम्झौता अवधि सकिसकेको भएपनि रु. १९ लाख ८६ हजार ६ सय ४७ रुपैयाँ बाँकी राखेका छन् । जनकपुर १४ का युुुुसुफ राइनले जनकपुर ४ को ठाडी पोखरी रु. ४ लाख २८ हजार ९ सय ३० मा लिएको ठेक्काको म्याद ३० भदौ २०६७ मा गुज्रिसकेको भएपनि उनले रु. ३ लाख ८६ हजार ३७ बाँकी राखेका छन् ।
    रामप्रित यादवले करहरुवा पोखरी रु. १ लाख ५ हजारमा ठेक्का लिएका थिए । २०६८ जेष्ठ मसान्तसम्म उक्त सम्झौताको म्याद थियो । उनले पनि रु. ६६ हजार बाँकी राखेको पाइन्छ । ठेकेदार प्रमोद साहले रु. ३० लाखमा विषहरा पोखरीको ठेक्का लिएका थिए । भदौ २०६८ मा ठेक्काको म्याद सकियो । तर, उनले पनि रु. २४ लाख बाँकी राखेका छन् । फुलगेन मुखियाले मध्यमासर पोखरी रु. ६ लाख ५२ हजार ७ सय ५५ मा ठेक्का लिएको थियो । असोज २०६७ मा ठेक्काको म्याद सकियो । तर, मुखियाले पनि रु. ५ लाख २२ हजार ६ सय २५ बाँकी राखेका छन् । त्यसैगरी राजकुमार साहले लवकी पोखरीको ठेक रकम रु. ३ लाख ७५ हजार रकम मध्ये रु. २ लाख २५ हजार, कटैया चौरी पोखरीको ठेक रकम रु. १ लाख ५० हजार रकम मध्ये रु. १ लाख २० हजार र छत्रधारिणी पोखरीको ठेक रकम रु. १ लाख ७ सय ५५ मध्ये रु. ८० हजार ७ सय ५५ गरी कुल ३ वटा पोखरीको कुल रु. ४ लाख २५ हजार ७ सय ५५ हालसम्म गुठी संस्थालाई तिर्न बाँकी राखेका छन् ।
    त्यसैगरी ठेकेदार बच्चा कवाडीले रु. १९ लाख ९८ हजार ९ सय ३० दिर्धिकासर र रु. ८ लाख ९८ हजार ९ सय ३० मा गोरधोई गरी दुवै पोखरी कुल २८ लाख ५७ हजार ८ सय ६० मा ठेक्का लिएका थिए । गुठीको श्रेस्ता अनुसार दुवै पोखरीबाट रु. ८ लाख ९१ हजार ५ सय ७२ असुली देखाइएको छ । तर, ठेकेदारले गरेको दावी अनुसार उनले रु. १८ लाख ९२ हजार ५ सय ७२ को रसिद देखाएको र रु. ४ लाख ४२ हजारको भौचर हराएको बताएपनि कुल रु. २३ लाख ३४ हजार ५ सय ७२ ठेकेदार माथि बाँकी रहेको देखिन्छ । गुठी शाखा कार्यालय जनकपुरका नासु बासु पौडेलका अनुसार उक्त रकम असुली गर्न नसक्नुमा गुठी पनि जिम्मेवार देखिन्छ । सम्झौता गर्दा कबुल गरेको रकम तिर्न पटक पटक ठेकेदारहरुलाई म्याद दिइसकेको भएपनि रकम नतिरेपछि जरिवाना गर्ने प्रावधान छ । त्यतिले पनि ठेकेदारले रकम नबुझाएमा ठेक्का सम्झौता गर्दा ठेकेदारहरुको जेथा जमानतबाट रोक्का गरिएको जग्गा लिलामी गरी असुल उपर गर्न सकिने पौडेल बताउँछन्



२०७१ अषाढ १५ गते आईतबार

घर पसल बहालमा पनि मनपरी

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

गुठी संस्थान शाखा कार्यालय जनकपुरले आय वृद्धिका लागि निर्माण गरेको भवन तथा सटरहरुमा लगाइएको भाडामा पनि लाखौं रकम गुठीले असुल गर्न सकेका छैनन् ।
     एक त सस्तो दरमा गुठीले घर पसल बहालमा दिएका छन् भने अर्को तर्फ पसलेहरुले पनि लाखौं रकम गुठीलाई तिर्न बाँकी राखेका छन् । सबैभन्दा वढी बाँकी रकम राख्ने व्यक्तिमा प्रमोद कुमार अग्रवाल छन् । उनले २०७१ को जेष्ठ मसान्त सम्म गुठीलाई तिर्नुपर्ने घर बहाल बापतको रकम रु. ३ लाख ८१ हजार ७ सय ९६ बाँकी राखेका छन् ।
     दुई लाख भन्दा वढी बक्यौता राख्ने पाँच जना मानिसहरु छन् । यतिसम्मकी अमरखाना तर्फ ११ जना पसलेहरुले कुल ४ लाख ६९ हजार ७ सय ४५ रुपैयाँ नतिरी सम्पर्क विहिन बनेका छन् । उनीहरुले पसल छोडिसकेको तर, बक्यौता बाँकी नै राखेको पाइन्छ । त्यस्तो गर्नेहरुमा राजकुमार जैनले रु. ३९ हजार ५ सय ६०, विनोद कुमार दुवेले रु. ४७ हजार ६ सय ९१ मनोज गवेन्काले रु. ८ हजार ९ सय २५, बेचन मोमिनले रु.२६ हजार १ सय ५०, मदन ठाकुरले रु. ५५ हजार ४ सय १४, विरेन्द्र कुमार सिंहले रु. २६ हजार १ सय ५०, शंकर ठाकुरले रु. ३० हजार ७ सय ५४, राम एकबालले रु. २४ हजार १२, हरिबहादुर रैलाले रु. ९ हजार ९ सय ३, बजरंग चौधरीले रु. १ लाख १०हजार ३ सय ९७ र मदन गोपाल भगतले रु. ९० हजार ७ सय ८९ गरी कुल रु. ४ लाख ६९ हजार ७ सय ४५ बाँकी राखेका छन् ।
     उनीहरुले ७ वर्ष अगाडी यति रकम बाँकी राखेरै पसल अन्य व्यक्तिलाई विक्री गरी सम्पर्क विहिन भइसकेको गुठीका लेखा प्रमुख हरिचन्द्र भुसालले द एक्सक्लुसिभलाई बताएका छन् । यस आर्थिक वर्ष २०७०÷०७१ को जेष्ठ मसान्तसम्मको घर बहाल बापत २९  जना पसलेले कुल ५२ लाख ९२ हजार ९२ रकम बाँकी राखेका छन् । जनकपुर वडा नं. ४ को अमरखाना तर्फ ४ कठठा ९ धुर १ कनमा क्षेत्रफलमा रहेको घर पसल रु. १४ हजार ५ सय ३२ मा बार्षिक बहाल लगाइएको छ । जसमध्ये विनय कुमार दासको भु वहाल रु. २१ हजार १ सय ४४ र ३ धुर ३ कनवामा भिमकुमारी भुजेलको रु. २ हजार ८८ मा बार्षिक बहाल दिइएको छ । जेष्ठ मसान्तसम्ममा चन्देश्वर ठाकुरले रु. १ लाख ६२ हजार ३ सय ३३, जितेन्द्र कुमार भगतले रु. ९ हजार ८ सय २, विनय कुमार चौधरीले रु. ४८ हजार २ सय ८०, किरन चौधरीले रु. २४ हजार ६४, कपिलदेव मण्डलले रु. ९४ हजार ५ सय ६९, सुशिला देवी साहले रु. ८१ हजार ३ सय २१, शम्भु प्रसाद गुप्ताले रु. ४९ हजार ८ सय ३३, मनोज कुमार साहले रु. २७ हजार ७ सय ५३, रामबाबु राउतले रु. १९ हजार ७ सय ३, राजकुमार जैनले रु. १ लाख ८ सय ८४, मनिष कुमार ठाकुरले रु. ७८ हजार ९ सय २८, मंगल ठाकुरले रु. ९० हजार ९ सय ५८, विनय कुमार दासले रु. ३९ हजार ६२ र प्रदिप कुमार यादवले रु. ७ हजार ८ सय ३० घरबहाल बापतको रकम बाँकी राखेका छन् । त्यसैगरी भिमकुमारी देवी भुजेलले बाँकी राखेका छैनन् भने सोनु कुमार केडियाले रु. १४ हजार ५ सय ३२ र प्रमोद कुमार चौधरीले रु. १४ हजार ५ सय ६८ अग्रिम भुक्तानी बाँकी राखेका छन् । त्यसैगरी राममन्दिर भन्दा दक्षिण इन्द्रराज तर्फ रामनारायण चौधरीले रु. २ हजार ६४, शत्रुधन साहले रु. ३ हजार ९६, श्रीनारायण मण्डलले रु. २ लाख २ हजार १ सय ३२, रामकुमार साहले रु. ९६ हजार २ सय ९६ र लक्ष्मण साहले रु. २ लाख ८७ हजार २४ रुपैयाँ जेष्ठ मसान्त सम्म बाँकी राखेका छन् । त्यसैगरी राममन्दिर भन्दा पश्चिम रामजम तर्फ छेदीलाल दास ततबनियाले रु. ८२ हजार १ सय ५३, प्रमोद कुमार अग्रवालले ३ लाख ८१ हजार ७ सय ९६, पशुपति प्रसाद साहले रु. १ लाख १० हजार ५ सय ७०, लखन लाल साहले रु. ३ लाख ३३ हजार ७ सय , शिवशंकर पजियारले रु. १ लाख ५२ हजार ३ सय ४५  र बजरंग साहले रु. २ लाख ८१ हजार ५ सय ९६ घर बहालको रकम बाँकी राखेको छन् ।
    गुठी संस्थानका लेखा प्रमुख हरिचन्द्र भुसालका अनुसार जेष्ठ महिनामा रु. १ लाख भन्दा वढी बाँकी रहेको पसलहरुमा कारवाही स्वरुप सिलबन्दी गरिने भनेर जिल्ला प्रशासन कार्यालय धनुषामा जानकारी दिई अभियान चलाउँदा यस आर्थिक वर्षमा घर पसलको बक्यौता रकम रु. ५ लाख ३५ हजार ८८ असुल भएको छ । कारवाहीको डर नै नभएका कारण र गुठीले के गर्न सक्ने भन्ने मनोवृति भएका कारण पसलबाट लाखौं कमाउने पसलेहरुले घर बहाल बापतको रकम नतिर्नु दुखद रहेको भुसाल बताउँछन् ।

२०७१ अषाढ १५ गते आईतबार

रकम नबुझाई गुठीको जग्गा उपभोग गर्दै ‘सरकारी कार्यालयहरु’

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर स्थित विभिन्न सरकारी कार्यालय, अड्डा अदालत, संघसंस्थाले गुठीको करिब ६३ विघा जग्गा भोग गरी आफ्नो कार्यालय स्थापना गरेका छन् । उक्त जग्गा सम्बन्धित कार्यालय एवं संघसंस्थाको नाममा दर्ता नभएको, गुठीको नाममा पनि दर्ता नरहेको, प्रयोग गर्नेले तिरो, भु वहाल, मुआव्जा आदि केही पनि नतिरेको पाइएको छ ।
गुठी संस्थानको जग्गामा सरकारी कार्यालय तथा संघसंस्थाले भवन बनाई उपभोग गरेको भएपनि  रकम गुठीलाई बुझाएका छैनन् । २०६० सालमा मालपोत कार्यालयको जग्गा मुल्याङकन दर अनुसार २८ वटा सरकारी कार्यालय र संघसंस्थाले गुठीलाई तिर्नुपर्ने रकम रु. ८१ करोड १९ लाख २ हजार ५ सय ३४ रहेको थियो । अहिले २०७१ सालमा उक्त जग्गाहरुको मुल्याङकन करिब ३ अरब भन्दा वढी हुन सक्ने अनुमान गरिएको छ ।
    चरण परिक्षण तथा विउ बृद्धि फारम, धनुषा, कृषि विकास बैंक, खाद्य तथा कृषि बजार सेवा कार्यालय, पशुविकास तथा पशुस्वास्थ्य शाखा, जिल्ला शिक्षा कार्यालय, धनुषा जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय धनुषा, अञ्चल प्रहरी कार्यालय धनुषा, नेपाल रेडक्रस सोसाइटि, सहरी विकास तथा भवन विभाग डिभिजन कार्यालय धनुषा, महिला विकास सेवा केन्द्र, रा.स.स. धनुषा, जिल्ला विकास समिति धनुषा, मध्यमाञ्चल क्षेत्रिय पशुसेवा तालिम केन्द्र, बाल मन्दिर धनुषा, नेपाल स्काउट धनुषा, सिताराम गौशाला, खेलकुद परिषद, अतिथि गृह जनकपुर, जनकपुर अञ्चल अस्पताल, पुनरावेदन अदालत जनकपुर, जनकपुर नगरपालिका, जिल्ला वन कार्यालय, सडक विभाग धनुषा, वडा प्रहरी कार्यालय, जनकपुर जेसिस, पुनरावेदन सरकारी वकिल र जिल्ला प्रशासन कार्यालय गरी कुल २८ वटा सरकारी कार्यालय र संघसंस्थाले रकम नबुझाई उपभोग गरेको गुठी संस्थानले जनाएको छ ।
जग्गा आफ्नो नाउँमा दर्ता गराएका कार्यालयहरु
तर, केही संघसंस्थाहरुले राजश्व बुझाई जग्गा आफ्नो नाउँमा दर्ता समेत गराएका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालयले २०५५ सालमा गुठीको ५ कठ्ठा जग्गा रु. ४ लाख २० हजारमा दर्ता गराएका थिए । त्यसैगरी जिल्ला अदालत अगाडी जनकपुर क्याम्पसले  १० कठ्ठा १३ धुर जग्गा रु. १० लाख ९४ हजार ३ सय गुठीलाई तिरेर २०५७ सालमा रजिष्टूशन गराएका थिए । मालपोत कार्यालय, भुमिसुधार कार्यालय र नापी कार्यालयसँग गुठीले एक विघा ६ कठ्ठा २ धुर जग्गा सट्टा भर्ना गरी रु. २ लाख ७० हजार लिएर २०४५ सालमा जग्गा रजिष्टूेशन गरेको थियो ।
    त्यसैगरी २०५१ सालमा अन्तशुल्कको कार्यालयले रु. १ लाख ६८ हजार तिरेर ५ कठ्ठा १० धुर जग्गा आफ्नो नाउँमा दर्ता गराएको छ । २०५४ सालमा कृषि सामग्री संस्थानले रु. ५ लाख ९७ हजार ३ सय ७५ तिरेर १९ कठ्ठा १८ धुर जग्गा आफ्नो नाउँमा दर्ता गराएको पाइन्छ । त्यसैगरी २०५४ सालमा जिल्ला हुलाक कार्यालयले रु. १ लाख ६९ हजार ८ सय ७५ तिरेर ५ कठ्ठा ११ धुर ३ कनमा, २०४८ सालमा कृषि विकास बैंकले रु. ३ लाख ७७ हजार ६ सय २५ मा १२ कठ्ठा ११ धुर ३ कनमा, २०५१ सालमा प्राथमिक शिक्षा परियोजनाले रु. २८ लाखमा २ विघा १६ कठ्ठा, २०५२ सालमा परिवार नियोजन संघले रु. २ लाख ३८ हजार ८ सय ७५ मा ७ कठ्ठा १९ धुर र २०६८ सालमा नेपाल राष्टू बैंकले रु. १२ लाख ५६ हजार ४ सय ४७ मा १ विघा १५ कठ्ठा ७ धुर २ कनमा जग्गा संस्थाको नाउँमा दर्ता गराएका छन् ।
अतिक्रमण गरेको संघसंस्थाहरु
श्री मनिपाल एजुकेशन एण्ड मेडिकल गु्रप जनकपुर (रत्नसागर गुठी अन्र्तगत रहेको यस जग्गामा प्रत्येक वर्षका लागि रु. ७ लाख र त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि हुने  रकम बुझाउनु पर्ने गरी २०५१ श्रावण ७ गतेको करार सम्झौता अनुसार ४९ वर्षको  लागि लिजमा दिएको छ । रामसागर पोखरीको उत्तरी डिलमा रामयूवा क्लबले भवन निर्माण गरेको, अमरखाना पसल पछाडि मिथिला नाट्यकला परिषदले नाटक घर निर्माण गरेको, गणेश यूवा कमिटिले घर टहरा बनाएको, जनक यूवा क्लबले घर बनाई भाडामा लगाएको, गणेश यूवा कमिटिले घर बनाएको, रामजानकी विद्यालयले भवन तथा खेलकुद मैदान बनाएको, राममन्दिर गुठी अन्तर्गत सार्वजनिक धर्मशाला निर्माणाधिन, बजरंग यूवा कमिटिले शौचालय तथा क्लब घरबनाई प्रयोग गरेको, महेन्द्रनारायण निधि प्रतिष्ठानले तिरहुतिया गाछिमा भवन निर्माण गरेको, पगलाबाबा धर्मशाला, पिडारी चौक यूवा क्लबले भवन निर्माण गरेको, मिथिला समाज समितिले भवन निर्माण गरेको, राष्टिूय प्राथमिक विद्यालय रजौल, रजौल सेवा समिति, जिरोमाइल बसपार्क ज.अ. बस व्यवसायी संघले बसपार्क संचालन गरी आएको र नेपाल कांग्रेसले पार्टी कार्यालय भवन बनाएको गुठी    संस्थानले जनाएको छ । उक्त संघ संस्थाहरुलाई गुठी संस्थानले अतिक्रमणकारीको   सुचिमा राखेको छ ।

गुठी संस्थान शाखा कार्यालय, जनकपुर
संघसंस्थाबाट उपभोग गरेको तथा अतिक्रमण जग्गाको विवरण ः

संघसंस्थाको नाम                                                                                    क्षेत्रफल

श्री मनिपाल एजुकेशन एण्ड मेडिकल गु्रप जनकपुर 
(रत्नसागर गुठी अन्र्तगत रहेको यस जग्गामा प्रत्येक
 वर्षका लागि रु. ७ लाख र त्यसपछि प्रत्येक 
वर्ष १० प्रतिशतले वृद्धि हुने  रकम बुझाउनु पर्ने
 गरी २०५१ श्रावण ७ गतेको करार सम्झौता 
अनुसार ४९ वर्षको  लागि लिजमा दिएको)                                                    १६–१७–१
रामसागर पोखरी उत्तर डिल रामयूवा क्लबले भवन निर्माण गरेको                ०–१–०
अमरखाना पसल पछाडि मिथिला नाट्यकला परिषद                                   ०–१–४
गणेश यूवा कमिटिले घर टहरा बनाएको                                                      ०–०–४
जनक यूवा क्लबले घर बनाई भाडामा लगाएको                                          ०–०–७ 
गणेश यूवा कमिटिले घर बनाएको  

रामजानकी विद्यालयले भवन तथा खेलकुद मैदान बनाएको                          ०–१०–१५
राममन्दिर गुठी अन्तर्गत सार्वजनिक धर्मशाला निर्माणधिन                        ०–४–९
बजरंग यूवा कमिटिले शौचालय तथा क्लब घरबनाई प्रयोग गरेको                  ०–०–१४
महेन्द्रनारायण निधि प्रतिष्ठानले तिरहुतिया गाछिमाभवन निर्माण गरेको        २–६–१५
पगलाबाबा धर्मशाला                                                                                     ०–६–२
पिडारी चौक यूवा क्लबले भवन निर्माण गरेको                                              ०–०–४   
मिथिला समाज समितिले भवन निर्माण गरेको                                                ०–०–९ 
राष्ट्रिय प्राथमिक विद्यालय रजौल                                                                   ०–८–२  
रजौल सेवा समिति                                                                                      ०–३–२   
जिरोमाइलबसपार्क ज.अ. बस व्यवसायी संघले
 बसपार्क संचालन गरी आएको                                                                   ४–३–७                                        नेपाल कांग्रेस पार्टी कार्यालय                                           ०–५–१५                                                                                                                                                     
जम्मा                                                                                                    २५–१०–१५




सरकारी कार्यालय तथा संघसंस्थाले रकम नबmुभाई उपभोग गरेको जग्गाको विवरण ः
२०६० सालमा मालपोतको दर हिसावले ती जग्गाहरुको मुल्याङ्कन गरिएको रकम

कार्यालय संघसंस्थाको नाम                                  क्षेत्रफल               तिर्नुपर्ने रकम(रु.)

चरण परिक्षण तथा विउ बृद्धि फारम, धनुषा         ३७–४–१४–०         ४५४०९०८४४
कृषि विकास बैंक                                                १–११–१–२            ३३६३८५३५
खाद्य तथा कृषि बजार सेवा कार्यालय                    ०–१०–०–०           ११४५६९२०
पशुविकास तथा पशुस्वास्थ्य शाखा                    १–१२–४–०            २५८११४७०९
जिल्ला शिक्षा कार्यालय                                    १–१–५–३             १९५११६२४
धनुषा जिल्ला अदालत                                    १–७–१३–१            ८११०७८६
जिल्ला प्रहरी कार्यालय धनुषा                          १–५–१५–०            ७५४९९७०
अञ्चल प्रहरी कार्यालय धनुषा                         ४–९–१४–०             ७४०३५५८६
नेपाल रेडक्रस सोसाइटि                                    ०–३–१८–२              ११४८४२५
सहरी विकास तथा भवन विभाग
डिभिजन कार्यालय धनुषा                               १–५–१४–३              ७९२०८३९
महिला विकास सेवा केन्द्र                                ०–४–०–१              ११७६६२५
रा.स.स. धनुषा                                               ०–१–१४–३             ५०९५०४
जिल्ला विकास समिति धनुषा                         १–१९–४–३             ४१९५१४०४
मध्यमाञ्चल क्षेत्रिय पशुसेवा तालिम केन्द्र      ०–११–११–०           १३२३४२५७
बाल मन्दिर धनुषा                                          ०–३–१६–२           ४११४३३१
नेपाल स्काउट धनुषा                                        ०–३–१०–३         १०३५३११
सिताराम गौशाला                                             ०–८–१०–२         १२६१२२०४
खेलकुद परिषद                                                 ०–४–९–१           १३०८५७८
अतिथि गृह जनकपुर                                       ०–१२–४–१           १००५१५८४
जनकपुर अञ्चल अस्पताल                             ३–२–७–१             २४५५०१९८
पुनरावेदन अदालत जनकपुर                           ०–१९–१२–१           ५७०८८०६
जनकपुर नगरपालिका                                   ०–५–१३–१            ९८२४४६३
जिल्ला वन कार्यालय                                    ०–११–१९–३           ३१७१७८५७
सडक विभाग धनुषा                                     २–१३–१९–३            ११८२७९०४
वडा प्रहरी कार्यालय                                       १–१९–१६–०            २८७०७०
जनकपुर जेसिस                                            ०–०–१४–२            ५८८८
पुनरावेदन सरकारी वकिल                              ०–१–३–०              १६४८३१२
जिल्ला प्रशासन कार्यालय                              ०–१७–०–१
जम्मा                                                                                    ८११९०२५३४


२०७१ अषाढ १५ गते आईतबार

आरतीले भ्रष्टलाई खतरा -अनुज मिश्र

अनुज मिश्र

              एकचोटि नजर परे हटाउनै मन नलाग्ने, अन्तर्मनमा भएका  हरेक प्रश्नको उत्तर छ उ संग । त्यसैले नियाल्छु  मनले अर्थयाए सम्म । मानौं त्यो हरेकको खुल्ला किताब छ जसले एकै स्वरमा भन्छ , हामीलाई सब थाहा छ, हामी मजबूर छौ तर लाचार होइन ।
     त्यसलाई हेरेर अरु थोरबहुत थाहा पाउछु, यहाँ धेरै छन जसले नराम्रो गर्नेहरु  माथि प्रश्न गर्छ साथै आफैलाई पनि राम्रो गरेकोर नगरेको प्रश्न सोध्न मनलाई घेरा बाहिर हाल्दैन । १९११, जानकी मन्दिर बन्नु पूर्व देखि लिएर अहिले सम्मको जनकपुरको अस्तित्व र इतिहास सम्झिरह्नु आफ्नो कर्तव्य ठान्छ । साथै यस ठाउँको बास्तविक हितैसी चाहनेहरुलाई सम्झिन राजनीतिक प्रपन्च गर्दैन । नियम पालना गर्न र गराउन पछि पर्दैन, चाहे त्यो ठुलो होस् वा सानो जनकपुर छिरे पछि बिधि र विधाताले बनाएको नियम कडाई साथ् अघि सार्छ । जातपातलाई आधार नमानी आफ्नो बालबालिकालाई योग्य बनाउन स्तरीय शिक्षामाथि जोड दिन्छ । सहिमा यहाँ कुनै धर्मको भएपनि जनकपुरको  पहिचान  कायम रख्न पछि हट्दैन । यहाँबाट अन्यत्र गएपनि जनकपुरको बारेमा राम्रो बोल्ने र सोच्नेको यहाँ लामो ‘फेहरिस्त’ छ । यहाँ घर नहुनेले घरको कल्पनागर्दा धार्मिक आकार दिन रुचाउनुमा  अझै ‘नमुना सहर’को रुपमा बिकसित गर्दै लैजाने उनको सोच झल्क्न्छ । यहाँ मानिसले एक अर्कोको मानसिक बास्तविक बौद्धिकतालाई उनको ईलाका, रोड, गल्ली,नालाको सफाईबाट  थाहा पाउने गर्छन, घर सफाभए मात्र पुग्नुलाई असभ्यता ठान्छन ।  पटक(पटकको नेपाल परिवर्तन ल्याउने निर्णायक ठाउँ भनेको जनकपुर २००७ र ०३६ र ०६३ इतिहासले भन्छ । शिक्षाको स्तर खस्काएर यहाँ राजनीति गर्न खोज्ने कुनै शक्तिलाई ठाउँ छैन । जातको नाउमा स्वजातिय स्कुलरकलेज भर्ना गर्न चाहने र माग्ने अभिभावक र सरलाई बास र कपास रहदैन । रक्सी खुवाएर र खाएर  आफ्नो र अरुको  भविष्य धमिल्याउन खोज्ने र खोज्नुलाई यहाँ ठाउँ छैन । नाराम्रो काम गरेर चारपैसा बनाउनेलाई शान्ति छैन । घुस कमाउने प्रवृतिले यहाँ आउनेलाई सुखचयन छैन ।
       केहि बर्ष यता आएर बिग्रेको जनकपुरको गरिमाको बिभिन्न कारकतत्वहरुमध्ये  ऊ आफु र  आफ्नो अज्ञानतालाई  पनि एक मान्न तयार छ र अब देखि समाजको काम र कर्तव्य एक भएर आरती गरे जस्तै सधै गर्नुको साथै ऊ एक चोटी अरु भन्छ हामीलाई सब थाहा छ, हामी मजबूर छौ तर लाचार होइन । हामीलाई थाहा छ, किन सरुवा गराएर आउन खोज्छन कर्मचारी यहाँ, कुन अफिसका कुन कर्मचारी महिनाको कति घुस खान्छन ? हामीलाई थाहाँ छ, कुन चोक र कुन गल्लीमा प्रहरी चेक जाँचको नाउमा के(के हुन्छ । हामीलाई थाहा छ, किन हुन्छ अत्यधिक लोडसेडिंग यहाँ ? कुन स्कूल र कलेजमा कसरि, के(के र कस्तो खाले शिक्षक र प्रविधिको प्रयोग गरिन्छ ? हामीलाई था’ छ, कसरि चल्छ कुन पत्रकार र व्यापारीको जीवन ? हाम्रो लागी बोल्ने मानवाधिकारवादिले कति र कहाँ (कहाँबाट खान्छन सेलेरी ? कसले, कहिले र किन उठाउने गर्छन आवाज ? हामीलाई थाहा छ, यसको बिरुद्ध गएनौ भने  जाने भनेको हाम्रै हो, नेता र  पैसावालको त् सबै ठाउँ छ, उनि भोलिको दिन जनकपुर छोडेर अन्य जानपनि सक्लान, भ्रस्ट हाकिम, कर्मचारी खाएर अघाएपछी सरुवा निश्चित छ तर हामी अलिकति हुने, रेमिटान्सबाट खाने र दैनिक ज्यालाबाट हुनेको लागि सर्वस्व भनेको  जनकपुर् नै हो । नराम्रोलाई त् जनकपुर आमाले जे गर्लान, गर्लान ! तर हामीले यिनलाई ठिक पार्न विधिको कानुन र विधाताको आरती दूवै थाहा छ । हामीले चाहेको बखत परिवर्तन टेक्न सक्छौं,  अरुलाई उत्तर चाहियो भने पब्लिक पोल गराऊ ! तर सजाय भने नेपालको कानुनसंवत होइन संसोधन सहित मृत्युदण्ड चाहियो त्यसको बाचा गर । होइन भने  आरती चलेको र सबैले हात उठाएको  मिथिला पेंटिंगले पनि  आजभोली एक यूग फेरी ओर्लेको देख्दैं लागेको छ ।

 २०७१ अषाढ १५ गते आईतबार

भारतको टार्गेटमा ‘जनकपुरधाम’- किरण कर्ण

किरण कर्ण
    उहिल्यैको कुरा हो । जतिबेला मानपदवी प्राप्तिका लागि जनस्तरबाटै सिधा रुपमा विभिन्न खाले खेल प्रतियोगिताहरु हुन्थ्यो । ज्ञान, शिल्प र स्वभावकै कारणले पनि जनकले राजा मान सहितको पद फलिफाप भएको हो । जसलाई हामी ऐतिहासिक, पौराणिक वा प्राचिण काल खण्ड पनि भन्छौँ । जुन वर्तमानमा हाम्रा लागि र आउँदो सन्ततीका लागि गौरबका कुरा हुन् । हाम्रा राष्टिूय गौरवका चिजहरु थुप्रै छन् । तर ति सब मध्ये हाम्रा आँखाको चम्किलो ताराको रुपमा सिद्धार्थ गौतम ‘बुद्ध’ र राजा जनक हुन् । यी दुईको राजकाज भौगोलिक रुपमा केही भिन्नता रहे पनि ऐतिहासिक, पहिचान, सँस्कृति, सामथ्र्य र भेषभुषा आदिमा पनि तात्विक भिन्नता मात्र रहेको पाइन्छ ।
    समष्टिगत रुपमा यि दुई मध्ये विदेहका राजा जनक थिए भने बुद्ध सुद्धोधन राजाका पुत्र थिए । दुवैको जीवनशैली सरल हुँदा हुँदै पनि अत्यन्तै फरक रहेको छ । यि कालखण्डहरु हाम्रा लागि र विश्वव्यापी रुपमै गौरवमय कालखण्ड रहेको छ । २१ औं शताब्दीको आधुनिकता सम्ममा हामी आईपुग्दा पनि यि इतिहासहरु हाम्रा लागि बहुमुल्य स्वर्णिम यूग हो । यिनका दर्शनहरुबाटै अहिले पनि दुनियाँ प्रभावित छन् र हाम्रो परिकल्पना र विचारोत्तेजक व्यवहारहरु पनि त्यहि यूगको वरिपरी रुमल्लिरहेको देखिन्छ । जसको कारणले गर्दा हामी अचेल इतिहास, पहिचान, सांस्कृति र भेषभुषा सहितका लागि अनवरत रुपमा विभिन्न पाटोबाट संघर्षरत्त छौं ।
    वर्तमानमा गौतम बुद्धको जन्मस्थल देखि इतिहासहरु संरक्षण, सम्बद्र्धनमा छ । जहाँ दुनियाका सबै शक्तिहरु अवध लुम्बिनी क्षेत्रमा सक्रिय छन् । तर, देशको भौगोलिक र विदेह मिथिला क्षेत्रमा कथित कर्म काण्डीहरु वर्चस्व भयो र नाम मात्रको इतिहासको ऋण खानमै व्यस्त रह्यो । जसले गर्दा विदेहको मिथिला र राजा जनकको जनकपुरधाम नामको मात्र हुनपुग्यो र अतिक्रमणमय अहिले पनि छ । हुन त नेपाल देशको चर्चा चल्दा दक्षिणी र उत्तरी क्षेत्रले यस मुलुकको अभाव अनुकुल प्रभाव, दवाव र सबाब दिने चलन रहेको छ । हाम्रो देशको तीन क्षेत्र वरिपरी भारत छ भने उत्तरी क्षेत्रमा आंशिक रुपमा चीन छ । स्वाभाविक रुपमा निकटत्तमको गुणा भागमा प्रत्यक्ष वा परोक्ष प्रभाव र अभाव दुवै सिर्जना गर्न पाउने कुरा छ । कुटनीतिक अर्थमा आफ्नो अनुकुलताका लागि कब्जा गर्ने नियती अनुसारको हुनु स्वभाविक नै मानिन्छ ।
चीनको हालसम्म रहेको पञ्चशील नीति अनुसार नै छ । तर मुलुकको र पडोसी भारतको चलखेल अनुकुल चीन सतर्क  रही नेपालमा लगानी गरिरहेको छ । चाहे त्यो परोक्ष होस वा प्रत्यक्ष रुपमा होस् । नेपालको तराई क्षेत्र तिरका भारतीय सीमानाकाहरु खुल्ला रहेकोले निर्वाधरुपमा आवतजावत छ । यस क्षेत्रतिर खासै त्यति फरकपना पनि छैन । स्वतन्त्रता जस्तै छ । जसले गर्दा भारतको प्रत्यक्ष निगरानी र नेपालमा तराई क्षेत्रबाटै यहाँ अभाव सिर्जना गराई विभिन्न खाले प्रभाव, दवाव र मलहमपट्टी गर्नका लागि सवाव प्रयोग गर्दै आएको सर्वविदित्तै छ । भारतको कुटनीति अहिलेपनि “नेहरु डक्टिूनस” नै छ । यहि नेहरु सिद्धान्त अनुसार सिक्किम, बंगलादेश, श्रीलंका, नेपाल र भुटान लगायतका देशहरुमा यहि अनुरुप अघि बढेको छ । जसमध्ये सिक्किमलाई भारतले नियन्त्रण लिइसकेको छ । भने श्रीलंका र नेपाल लगायतका देशमा भारत कैयन पटक असफल भइसकेका छन् । श्रीलंकामा तमिल विद्रोही कै कारणले भारत असफल भए । र, नेपालमा चीन लगायत अन्य देशहरुका कारण नेपाल भारत र चीनबाट पनि हालसम्म स्वतन्त्र छ । नेपाली राजनीतिमा प्रत्यक्ष रुपमा नै भारतले “लुडोको गोटी” झैँ विभिन्न दलहरु प्रयोग गर्दै आइरहेका छन् । चाहे त्यो राणा देखि पञ्चायत शासन होस वा राजतन्त्रको अन्त्य होस्, यि सबै शासनकालमा भारतको सबल भुमिका छ । तर पनि दुई भिमकाय चीन र भारत बीच तरुल झैँ रहेको नेपाल सदैव स्वतन्त्र नै रह्यो । यसलाई आफ्नो नियन्त्रणमा लिनका लागि भारतले नेपालको तराई क्षेत्रमा पनि यथेष्ट लगानी गरेको छ । उनी आफ्ना फाइदाका लागि लागिपरेका छन् ।
    त्यसैले होला भारतले विभिन्न समयमा ‘गौतम बुद्ध’ आफ्नो स्थलमा जन्मेको भनेर कु प्रचारवाजी गर्ने गर्दछन् । भारतले गौतम बुद्धको नामबाट नेपाललाई नियन्त्रणमा लिन असफल भइसकेपछि उनी अहिले नयाँ योजनाको लागि नयाँ ठाउँ खोजी सकेका छन् ।
    उक्त ठाउँ मिथिलाको जनकपुरधाम हो । यो क्षेत्र भारतको लागि सदैव सुरक्षित स्थान नै हो ।  तर जतिबेला देखि एसिया डेभलपमेन्ट बैंक (एडिबी) को ऋण लगानी र अनुदानसंगै नेपाल सरकारको लगानीमा एकीकृत शहरी विकास परियोजनाले ठाउँ पायो, त्यतिबेला देखि नै भारत लुम्बिनी झँै जनकपुरधामलाई गुमाउनु चाहिरहेको छैन । यदि उक्त परियोजना अनुसार धनुषाको दक्षिणी इलाका तर्फ “ल्याण्डफिल साइट” निर्माण भएमा भारतीय शासकलाई ठुलै झट्का लाग्ने छ । र, उसको “नेहरु डक्टिून्स” संग्रहालयमा थन्काउने खालको हुन्छ । त्यहि भएर नेपालमा भएको राजनीति उथलपुथल र सरकार ढाल्ने र बनाउने खेलमा भारत पहिलो संविधानसभा मार्फत असफल भएपछि उक्त संविधानसभा एकिकृत माओवादी र मधेसवादी दलहरुकै संयुक्त सरकारबाट विघटन गराउन पुगे ।  सोही अनुरुप यि दलहरुलाई लथार्दै पछार्दै उही नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा सरकार निर्माण गरी भारत आफ्नो बचे खुचेको साख जोगाउनमै व्यस्त छ ।
सोही अनुरुप भारतको टार्गेटमा अहिले जनकपुरधाम रहेको छ । त्यही अनुसार शहरी परियोजना धनुषाको दक्षिणवर्ती इलाकाबाट हटाउन सफल भएपछि अब केही वर्षको लागि उक्त परियोजनाको सेनिटरी ल्याण्डफिल साइट स्थलबाला कार्य स्थगित भएको छ । सो स्थागित भएको मौका पारी भारत ग्राण्ड डिजाइन अनुसार जनकपुरधाम निर्माणमा अग्रसर भई वाहवाही लुटन दाउको खोजीमा लागि परेका छन् । छिट्टै नै नयाँ स्किमबाट जनतालाई आफ्नो पक्षमा प्रभावित गर्नका निमित्त उनले एजेन्ट समेत तयार गरिसकेका छन् । यदि यसपटक भारत असफल भएमा भारत सरकारको एकल वर्चस्व नेपालबाट धरापमा पर्नेछन् ।
किनभने “एडिबी” थुप्रै देशहरुको लगानीबाट बनेको बंैकको नाम हो । यदि यसको प्रत्यक्ष प्रभाव जनकपुरधाममा देखा परेमा चीन, अमेरिका लगायत एसियाका राष्टूहरुको बाहुल्यता बढ्छ । र, यहाँ अभाव, दबाब र प्रभावको असर पर्नेबाला छैन ।
“नेपाल” दुई भिमकाय मुलुकहरुको बीचमा रहेको हुनाले यस क्षेत्रलाई बजारिकरण गरी भारत, चीन लगायत अन्य मुलुकमा सहजै आयात निर्यात गर्न सकिन्छ । जसबाट विभिन्न खाले कुटनीति पनि सफल पार्न सकिन्छ । त्यही भएर भारतले जनकपुरधामलाई गुमाउन चाहदैनन् भने अन्य मुलुकहरु जो एसिया डेभ्लोपमेन्ट बैंकमा समेटिएका छन् यिनीहरुको समेत आफ्नै खाले योजना रहेको छ । जसबाट हामी नोक्सानी होस वा लाभदायि होस । यसको नमुना केन्द्र जनकपुरधाम स्थल नै बने पनि यिनीहरुको चपेटामा “नेपाल” नै पर्ने हुन ।
तसर्थ मुुलुकले पनि स्पष्ट कुटनीति अख्तियार गरी मुलुकलाई कसैको दवाव र प्रभावबाट बचाउनका लागि होस् या त सिक्किमिकरण उन्मुख तर्फ रहेको “नेपाल” लाई सचेततापुर्वक रक्षा गर्नका निम्ति होस मुख्यतः नागरिक, सरोकारबाला र नेपाल सरकार सहित राष्टूभक्तहरु समेत ऐतिहासिक, पौराणिक र सांस्कृति संरक्षण, सम्बद्र्धन तथा स्वाभिमानका निमित्त अग्रसर हुनै पर्छ । सौन्दर्यीकरण जनकपुरधाम निर्माणका लागि कटिबद्ध र प्रतिबद्ध पनि त्यत्तिकै जरुरी छ । तर निःस्वार्थरुपमा । चेत भया !

 २०७१ अषाढ १५ गते आईतबार

नगद लुट सहित आमा छोराको हत्या गर्ने सार्वजनिक

विकास साह
जनकपुरधाम............
जनकपुरको कटैया चौरीमा आमा(छोराको हत्या गर्ने व्यक्ति अरु कोही नभएर मृत्कको घर निर्माण (बस्न सकिने तर अझै निर्माण कार्य बाँकी )मा प्लास्टर गर्ने ठेक्का लिएको ठेकेदार नै रहेको तथ्य सार्वजनिक भएको छ । विदेशमा रहेको श्रीमानले रगतपसिना चुहाएर पठाउँदै आएको रकमले जनकपुरमा घर निर्माण गराईरहेकी मैतुन खातुन (२७) तथा उनको कान्छो छोरा अमिरुल साफी (७)को आईतवार बिहान करिब १ बजे ठेकेदार दिपक कुमार ठाकुरले हत्या गरेको जानकारी सोमबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा दिइयो । अभियूक्त ठाकुरलाई २४ घण्टा नबित्दै एसपी उत्तमराज सुवेदी नेतृत्वको अनुसन्धान टोलीले पक्राउ गर्न सफल भएको हो । ठाकुरलाई जनकपुरको भ्रमरपुरा चोक स्थित डेराबाट आईतवार दिउँसै पक्राउ गरिएको एसपी सुवेदीले बताए । ठाकुर उपर मुलुकी ऐन ज्यान सम्बन्धी महल बमोजिम अनुसन्धान कार्य अघि बढाईएको एसपी सुवेदीले बताए । ठाकुर पक्राउ परेपनि अनुसन्धान भने जारी नै रहेको उनले बताए । मृत्क महिला धनुषाको धनौजी ३ घर भई हाल जनकपुर नगरपालिका वडा नं. ४ कटैया चौरीमा (मस्जिदको दक्षिण) घर निर्माण गराईरहेका आलम साफीको श्रीमति हुन् । वैदेशिक रोजगारको शिलशिलामा कतारमा रहेका आलम साफी  घटनाबारे जानकारी पाएपछि सोमबार जनकपुर आईसकेका छन् ।
को हुन् ठेकेदार ?
हत्याका अभियुक्त दिपक कुमार ठाकुर ।

दिपक कुमार ठाकुर (२१) राजमिस्त्री संगै घर निर्माणको ठेक्का समेत लिने व्यक्ति हुन् । उनि भारतको बिहार राज्य अन्तर्गत मधुबनी जिल्लाको चरौत घर भई हाल जनकपुरको भ्रमरपुरा चोकमा डेरा गरि बस्दै आएका थिए । उनि संगै निजको एक श्रीमति र एक छोरा पनि   बस्दै आएका थिए ।
कसरी पाए ठेक्का ?
मृतक महिलाका भाई रोशन साफी (२३) जनकपुरको भ्रमरपुरा चोकमा कुखुराको व्यवसाय गर्दै आएका छन् । ठेकेदार ठाकुर पनि भ्रमरपुरा चोकमै डेरा गरि बस्दै आएकोले पसले र ग्राहक बीच चिनजान हुनु स्वभाविकै छ । सोही क्रममा रोशनले आफ्नो दिदीको घर निर्माण जारी रहेको र प्लाष्टरको कामहरु बाँकी रहेको भन्दै ठेकेदार ठाकुरलाई निर्माणका लागि आग्रह गरेका थिए । त्यसपछि मृतक र ठेकेदार बीच ६० हजार रुपैयाँमा प्लाष्टर सम्पन्न गर्ने सहमति भई एडभान्सको रुपमा २१ हजार रुपैयाँ ठेकेदारलाई दिइयो र कार्य शुरु भयो । घटना हुँदा सम्म निर्माण सम्पन्न भईसकेको थिएन ।
किन र कसरी भयो हत्या ?
मिति २०७० असार ७ गते राति करिब ९ बजे , ठेकेदार ठाकुर कुखुराको मासु लिन रोशनको पसलमा पुगेका थिए । उक्त समय रोशन पैसा गन्दै थिए । एक लाख भन्दा बढी रकम भएकोले पसलमा राख्न ठीक नहुने भन्दै रोशन पैसा दिदीको घरमा राख्ने निर्णय गरे । रोशनले कान्छो भाई जमिर साफी (१३) लाई आफू पैसा दिदीको घरमा राखेर ससुराली जाने भन्दै खाना दिदीकै घरबाट लिएर आउन र खाना खाएर पसलमै सुत्न अ¥हाए । यो गफ चलिरहँदा भने ठेकेदार ठाकुर सबै कुरा ध्यानपूर्वक सुनिरहेका थिए । मासु लिएर ठेकेदार आफ्नो कोठा फर्के । रोशन दिदीको घरमा पैसा राखेर हिंडे, जमिर पनि खाना लिएर पसल फर्किसकेका थिए ।
आमा र भाई गुमाएका पीडित भाई बहिनी । बायाँ १२ बर्षिय मकिना खातुन र १० वर्षिय मोवारक साफी ।
मिति २०७० असार ८ गते बिहानको करिब १ बजे ,ठेकेदार ठाकुर श्रीमति र बच्चालाई ओछयानमै छोडेर कटैया चौरी पुगे । मृत्कको घरमा भित्रबाट मुल ढोका तथा छतको ढोका बन्द थियो । स्वयं राजमिस्त्री रहेको र उक्त घर निर्माण कार्यमा संलग्न रहेकोले उनलाई घरको सम्पूर्ण बनावट थाहा थियो । उनले भेन्टीलेशन तोडेर घरमा प्रवेश गरे । त्यसपछि मृत्क सुतेको कोठाको गेटमा ढकढकाउन थाले । उक्त कोठामा छोराछोरीहरु संगै सुतिरहेकी मैतुन निन्द्राका कारण आधा घण्टा सम्म खासै प्रतिक्रिया देखाईननु । पछि गेटमा कसैले ढकढकाएको आवाज सुनेर उनि बाहिर निस्किन् । उनि बाहिर निस्किनु अघि ठेकेदार भने डोरी लिएर तैयार अवस्थामा बसिरहेको थियो । ढोकाबाट निस्कन बित्तिकै ठेकेदारले उनको घाँटीमा डोरी बाँधेर कस्सेर खिचे र त्यहीँ रहेको काठको फट्टाले ३ पटक प्रहार गरि मैतुन खातुनको हत्या गरिदिए । मैतुनको हत्या पश्चात उनि कोठा भित्र प्रवेश गरे ।
भाईले राखेको रकम तथा श्रीमान् वैदेशिक रोजगारमा रहेकोले घरमा रहेको सबै रुपैयाँ लुट्ने योजना बनाएर त्यहाँ पुगेका ठेकेदारले त्यहाँ भएका रकमहरु लिएर फर्कदैं गर्दा सोही कोठमा सुतिरहेका तीन भाईबहिनी मध्ये सबैभन्दा कान्छो अमिरुल साफी (७)ले उनलाई देखे ।
ठेकेदारले तुरुन्तै बालकको मुख थुनेर कोठाबाट बाहिर निकालेर अर्को कोठा तथा प्यासेजको बीचमा पटकी दिए । त्यसपछि मृत्कको मोबाईल तथा रुपैयाँ लिएर उनि पुनः भ्यान्टीलेशन हुँदै घरबाट बाहिरिए । उनले मृत्कको मोबाईल नजिकैको पोखरीमा फालिदिए । बिहान करिब ५ बजे तिर ठेकेदार पुनः आफ्नो कोठा पुगिसकेका थिए । डेरा फर्केर ठेकेदारले आफ्नो रक्तामय लुगा फुकालेर नुहाउन गए । श्रीमतिलाई यो लुगा धुईदिनु है भन्दै उनि सुते । 
प्रहरीले कसरी थाल्यो अनुसन्धान ?
मृतक संगै सुतिरेहका बच्चाहरु मध्ये जेठी छोरी मकिना खातुन (१२) र माईलो छोरा मुबारक साफी(९)लाई घटनाबारे केही थाहा छैन । उनिहरु बिहान सम्म मज्जाले सुतिरहेका थिए । बिहान करिब साढे ७ बजे तिर मकिना र मुबारक कोठाबाट बाहिर निस्कँदा आमा र भाईको शव हेरेर आतिँए । गुहार भन्दै कराउन थाले । मुल ढोकामा ताल्चा लागेको थियो । साँचो भेटिरहेको थिएन । त्यसपछि छतको ढोका खोल्दै छिमेकीहरुलाई गुहारे । छिमेकीले छतको बाटो भएर भित्र प्रवेश गरि मुल ढोकाको ताल्चा तोडेर बच्चाहरुलाई बाहिर निकाले । तुरुन्तै प्रहरीलाई खबर गरियो ।
घटनास्थलमा पुगेका अधिकांश छिमेकीले रकम लुटपाटमा नजिककै व्यक्तिको हात हुनु पर्ने दाबी गरिरहेका थिए ।
घटनास्थल पुगेका अनुसन्धान टोली मकिना र मुबारक संग पनि आवश्यक सोधपुछ गरिरहेका थिए । प्रहरी टोलीले रकम कहाँ बाट आयो ? र यस विषयमा कस(कसलाई थाहा छ ? भन्ने प्रश्नलाई प्राथमिकताका साथ अनुसन्धानको पहिलो बुँदाको रुपमा राखेर अनुसन्धान थाल्यो । रकम मृतकको भाईले ल्याएको र यसविषयमा मृत्क, उनका सन्तान, रोशन, जमिर तथा ठेकेदार बाहेक कसैलाई थाहा  नरहेको कुरा बाहिर आयो ।
यता अनुसन्धान जारी रहँदा , उता निर्माण कार्यमा संलग्न मजदुरहरुलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिईसकेको थियो । ठेकेदारलाई पक्राउ गरेपछि शुरुमा उनले विभिन्न व्यक्तिको हात रहेको आफू योजनाकार मात्र रहेको बयान दिएका थिए । तर, उनले भनेका कुराहरु गलत साबित हुँदै गएपछि घटना स्वयंले नै गरेको ठेकेदारले स्वीकार गरे । रकमको लोभमा हत्या   गरेको उनले स्वीकार गरेका छन् ।
बरामद सामाग्रीहरु
प्रहरीले अभियूक्तको डेराबाट गोप्य सेफमा राखिएको १ लाख १२ हजार ३ सय ५० रुपैयाँ, घटनामा प्रयोग भएको काठको फट्टा ( १ थान, मृत्कलाई घाँटीमा बाध्न प्रयोग भएको डोरी , मृतकबाट लुटिएको मोबाईल (पोखरीबाट निकालेर)१ थान, अभियूक्तले प्रयोग गरेको लुगा(गन्जी र पाईन्ट) बरामद गरेको छ ।


 २०७१ अषाढ १५ गते आईतबार