Monday, June 20, 2016

ढल्केवर कृषि बजारको विवाद उत्कर्षमा विवादमा विद्यालयद्धारा बालबालिकाको प्रयोग

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
बजारको ठेक्का पट्टा विवादलाई लिएर एक विद्यालयले बालबालिकालाई  प्रयोग गरी प्रदर्शन गरेका छन् । पूर्व पश्चिम राजमार्गमा पर्ने धनुषाको ढल्केवर कृषि बजारको ठेक्का पट्टा विवादलाई लिएर स्थानीय महेन्द्र उच्चमाविले शिक्षक र विद्यार्थीलाई सडकमा उतारेर प्रदर्शन गरेको हो ।  उत्तरी भेगको ठुलै कृषि बजारको रुमा रहेको ढल्केवर बजारको आम्दानीमा आ आफ्नो हक दावी गर्दै बजार समिति र विद्यालयबीच गएको चार महिनादेखि बिबाद चल्दै आएको छ । सोहि विवादलाई लिएर महेन्द्र उच्चमाविका विद्यालय प्रशासन र व्यवस्थापन समितिले सम्पूर्ण शिक्षक र विद्यार्थीलाई प्रयोग गर्दै प्रदर्शन गरेका हुन् । आज बुधबार विहान बजार लागेको समयमा विद्यालयका सम्पूर्ण शिक्षक र विद्यार्थीहरु बाजर समिति विरुद्ध नाराबाजी गर्दै कृषि बजारसहित नगरभित्र प्रदर्शन गरेका छन् । विद्यार्थी प्रदर्शन गर्दै बजार हाताभित्र प्रवेश गरेपछि केहि बेर अवस्था तनावग्रस्त बनेको थियो । विद्यार्थीहरुले बजार समितिको भवनमासमेत तोडफोड गर्न खोजेपछि प्रहरी बोलाएपछि अवस्था समान्य भएको बाजर समितिका अध्यक्ष रामकिशुन ठाकुले जानकारी दिनुभयो । उहाँले बजारको दिन विद्यालयले शिक्षक र विद्यार्थीहरुलाई प्रयोग गर्दै बट्टी अशुल्ने गरेको आरोप लागउँनु भयो ।  
विद्यालय र विद्यार्थीको हकहितको लागि विद्यार्थीलाई बजारसमिति विरुद्ध सडकमा उतारेको प्रधानाध्यापक रामदयाल महतोले बताउनुभयो । उहाँले विद्यार्थी सडकमा उत्तार्नु गलत  भएपनि उनीहरुकै भविष्यको लागि प्रयोग गरेको स्वीकार गर्नुभयो ।
वि.स.२०५६ सालमा कृषि बजारको आम्दानी विषयमा ढल्केवर गाविस , विद्यालय ,बजार समिति र स्थानीय राजनितीक सर्वपक्षीय बैठक बसी पाँच वर्षको लागि ६० प्रतिशत आम्दानी विद्यालयलाई दिने , ४० प्रतिशत गाविसलाई र गाविसलाई दिएको ४० प्रतिशतबाट २० प्रतिशत बजार समितिलाई फिर्ता गर्ने निर्णय गरेको थियो । अहिले केहि वर्ष यता बजार आफ्नै जग्गामा लाग्न थालेपछि बजारसमितिले आफुहरुले बढी आम्दानी रकम दावी गर्दै आएका छन् । भने विद्यालय पक्षले बजार विद्यालयको स्वामित्वमा रहेकाले ६० प्रतिशत आम्दानी पाउँनै पर्ने दावी गर्दै आएको छ । विगत वर्षको ठेक्काको म्याद चैत महिनामा समाप्त भएपछि विद्यालय र बजार समितिको विवादले बजारको दिन आ आफ्नै तरिकाले दुवैले बट्टी अशुल्दै आएका छन् । यता गएको जेठ ३१ गते बजार समितिले ५ लाख ५३ हजार रुपैँयामा स्थानीय जगजीवन ठाकुरलाई ठेक्का दिएको छ । अघिल्लो वर्ष विद्यालयले १७ लाख १ हजारमा बजार ठेक्का लगाएको थियो ।  एक ठाउँमा बसेर छलफल गर्न नसक्दा बजार समिति र विद्यालयबीचको विवाद दिनप्रति दिन चुलिँदै गएको छ । विद्यालमा बोलाउँदा बजार समिति पक्ष उपस्थित नहुँने र बजारमा बोलाउँदा विद्यालय पक्ष उपस्थित नहँदा  विवाद नसुल्झिएको मिथिला नगरपालिका प्रमुख उदय प्रसाद देवकोटाले बताउँनुभयो । अव चँडैँ एक ठाउँमा बसेर विवाद समाधान गर्ने उहाँले बताउँनुभयो । 


२०७३ आषाढ ०५ गते आईतबार