Wednesday, October 8, 2014

मधेसी प्रधानन्यायाधीशहरु

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपालको संवैधानिक विकासक्रममा नेपाल सरकारको वैधानिक कानुन, २००४ पहिलो लिखित संविधान हो । राणा शासकहरुमध्ये तुलनात्मकरुपमा उदारवादी मानिएका श्री ३ पदम शमशेरले विदेशी सल्लाहकारको सहयोगमा २००४ सालमा सुरु गरी वि.सं. २००५ बैशाख ५ गते जारी गरेका थिए । उक्त संविधानमा न्याय प्रवन्धको लागि न्यायसम्बन्धी सम्पुर्ण अधिकार श्री ३ मा रहने, न्याय सम्पादनका लागि ग्राम पञ्चायत, अपिल अदालत, विशेष अदालत र व्यवस्थापिकाबाट १३ जनासम्म सदस्य रहेको न्यायाधिकारी समिति गठन गर्न सकिने व्यवस्था थियो ।
त्यसपछि २००७ सालको क्रान्ति पछि १०४ वर्ष पुरानो राणातन्त्र समाप्त भयो । ७ फागुन, २००७ का दिन श्री ५ त्रिभुवनको शाही घोषणाबाट मोहन शमशेरको प्रधानमन्त्रीत्वमा राणा कांग्रेस संयूक्त मन्त्रीमण्डल बन्यो । राजा त्रिभुवनले अन्तरिम शासन विधान २००७ को घोषणा गरे जुन २२ चैत्र २००७ देखि लागु भयो । उक्त संविधानमा प्रधान न्यायलयको व्यवस्था गरिएको थियो । त्यतिबेला त्यो देशको उच्चत्तम न्यायिक निकाय मानिएको थियो । प्रधानन्यायाधिश र अन्य न्यायाधिशहरु मन्त्रीमण्डलको सल्लाह बमोजिम श्री ५ बाट नियूक्ती हुन्थे । यो अभिलेख अदालत थियो र आफ्नो अवहेलना गर्नेलाई सजाय दिने अधिकारले युक्त थियो । 
सोही क्रममा नेपालमा कानुन जान्ने विद्यार्थीहरुको अभाव रहेको कारण नेपाली कांग्रेसका नेता विशेश्वर प्रसाद कोइरालाले भारतको दार्जलिङबाट हरिप्रसाद प्रधानलाई ल्याई पहिलो प्रधानन्यायाधीशको रुपमा तत्कालिन राजा त्रिभुवनले नियूक्त गरेका थिए । २६ साउन २००८ देखि ७ जेष्ठ २०१३ सम्म उनको कार्यकाल रहेको थियो । वरिष्ठ अधिवक्ता यूगल किशोर लालका अनुसार प्रधानलाई आजिवन प्रधानन्यायाधीश बनाउने शर्तमा उनलाई नेपाल ल्याइएको थियो । उनको कार्यकालमा राजाको हस्तक्षेपलाई हटाई न्यायिक स्वतन्त्रता प्रदान गरिएको र उत्कृष्ठ कार्यकाल रहेको थियो । उक्त कुरा राजा महेन्द्रलाई मन नपरेपछि उनलाई हटाउन राजा महेन्द्रले प्रधानन्यायालय ऐन खारेजी गरी सर्वोच्च अदालत ऐन ल्याई आफ्नो अति विश्वासपात्र अनुरुद्र प्रसाद सिंहलाई प्रधानन्यायाधीशमा नियूक्त गरेका थिए । वरिष्ठ अधिवक्ता लालका अनुसार प्रधानलाई आजिवन प्रधानन्यायाधीश बनाइएको हुनाले षड्यन्त्र गरी राजा महेन्द्रले ऐन नै परिवर्तन गरेका थिए । सिंह पहिलो मधेसी प्रधानन्यायाधीश हुनुका साथै नेपालमा सबै भन्दा कम उमेरमा प्रधानन्यायाधीश हुने व्यक्ति पनि हुन । ८ जेष्ठ २०१३ सालमा नियूक्त भएका सिंहको उमेर त्यतिबेला ३४ वर्ष मात्र थियो । सिंह राजाको आदेशानुसार न्यायालयलाई चलाए । वरिष्ठ अधिवक्ता लालका अनुसार सिंह सर्वोच्च अदालतमा कडा प्रशासकको रुपमा भुमिका निर्वाह गरे । लालका अनुसार सर्बोच्च अदालतका कर्मचारीहरुले मधेसी मुलका व्यक्तिहरुलाई हेप्ने प्रवृति देखेपछि कर्मचारीहरुलाई कडा फटकार लगाएको र त्यहाँबाट यो देशमा मधेसी पनि मानिस नै हो भन्ने कुराको काठमाण्डौमा पहिलो पटक अनुभुति भएको थियो ।
त्यसपछि, ३ चैत्र २०१४ का दिन श्री ५ महेन्द्रबाट भगवती प्रसाद सिंहको अध्यक्षतामा एक संविधान मस्यौदा कमिशन गठन भयो । होराप्रसाद जोशी, रामराज पन्त र सुर्यप्रसाद उपाध्यया उक्त कमिशनका सदस्यहरु थिए । प्रसिद्ध व्रितानी संविधानविद् सर आइभर जेनिङ्सको सल्लाह अनुसार उक्त कमिशनले तयार पारेको मस्यौदामा तत्कालिन मन्त्रीपरिषदको राय लिई श्री ५ महेन्द्रबाट २०१५ साल फागुन १ गते नेपाल अधिराज्यको संविधान घोषणा भयो ।
उक्त संविधानमा सर्वोच्च अदालतको व्यवस्था गरिएको थियो । प्रधानन्यायाधिश र अन्य न्यायाधिशहरुको नियूक्ती श्री ५ बाट हुन्थ्यो । श्री ५ बाट प्रधानन्यायाधिशको नियूक्ती गर्दा प्रधानमन्त्री र उपयूक्त सम्झेका अन्य न्यायाधिशको परामर्श र राय लिनु पथर््यो । अन्य न्यायाधिशको नियूक्ती गर्दा प्रधान न्यायाधिशसँग परामर्श र उपयूक्त सम्झेमा अन्य न्यायाधिशसँग राय लिई नियूक्त गर्ने प्रावधान थियो । न्यायाधीशहरुलाई खराव आचरण वा अयोग्यताले गर्दा कर्तव्य पालन गर्न नसकेको आधारमा सेवा मुक्त गर्न सकिन्थ्यो । संविधानले सर्वोच्च अदालतलाई मौलिक अधिकारको संरक्षक बनाएको थियो । संकटकालमा पनि यसको अधिकार क्षेत्र कायम रहने व्यवस्था थियो ।
यता पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधानको आर्थिक अवस्था कमजोर हुन थालेको र अन्य ठाउँमा प्रयाक्टिस पनि गर्न नपाउने हुनाले राजा महेन्द्रसँग सम्झौता गरी उनलाई फेरी दोस्रो पटक प्रधानन्यायाधीश बनाइएको थियो । वरिष्ठ अधिवक्ता लालका अनुसार दोस्रो पटक उनलाई राजा महेन्द्रले २०१७ सालमा सुत्रपात गरेको पञ्चायति व्यवस्थालाई सुस्थिर गर्न ल्याइएको थियो । 
१ पौष १०१७ का दिन श्री ५ महेन्द्रबाट चालिएको शाही कदमले २०१५ को संविधानको आयु समाप्त भएको थियो । पञ्चायत व्यवस्था प्रारम्भ भइसके पनि विशेष व्यवस्था ऐनको आधारमा राजाको प्रत्यक्ष नेतृत्वमा शासन चलिरह्यो । २६ बैशाख, २०१९ का दिन ऋषिकेश शाहका अध्यक्षतामा ६ सदस्यीय संविधान मस्यौदा आयोगको गठन भयो । उक्त आयोगद्वारा तयार गरिएको मस्यौदाका आधारमा श्री ५ महेन्द्रबाट १ पौष २०१९ का दिन नेपालको संविधान घोषित भयो । उक्त संविधानमा सर्वोच्च अदालतमा १ जना प्रधानन्यायाधीश र कम्तीमा ६ जना न्यायाधीशको व्यवस्था गरिएको थियो । अभिलेख अदालतको रुपमा स्थापित यसले आफ्नु वा मातहतका अदालतको अवहेलनाको आफै सुनुवाई गरी सजाय गर्न सक्थ्यो । प्रधानन्यायाधीश र अन्य न्यायाधीश श्री ५ बाट नियूक्त हुन्थ्यो । उनीहरुको पदावधि दश वर्षको हुन्थ्यो । यो नागरिकको मौलिक अधिकारको संरक्षक थियो । यसले अपिल अदालतको रुपमा पनि कार्य गथर््यो ।
त्यसपछि चौथो प्रधानन्यायाधीशको रुपमा दोस्रो मधेसी भगवती प्रसाद सिंहलाई राजा महेन्द्रले नियूक्त गरेका थिए । वरिष्ठ अधिवक्ता लालका अनुसार भगवती प्रसाद सिंह राजा महेन्द्रको अति नै विश्वाशपात्र व्यक्ति भएपनि इमान्दार थिए । उनले पैसा कमाएनन् । आफ्नो मामाको मुद्दामा पनि उनले इन्साफ गरी मामालाई जिताएका थिएनन् ।
२०४६ साल फागुन ७ गते देखि प्रारम्भ भएको ऐतिहासिक जनआन्दोलनले चैत्र २६ पुग्दा नपुग्दै पञ्चायती व्यवस्थाको ढाड भाँचिदियो । ३ बैशाख २०४७ का दिन राजा विरेन्द्रले कृष्णप्रसाद भट्टराईका प्रधानमन्त्रीत्वमा नेपाली कांग्रेस, बाममोर्चा, स्वतन्त्र वुद्धिजिवी र राजाका विश्वासपात्र समावेश भएको ११ सदस्यीय मन्त्रीमण्डल गठन भयो । प्रधानमन्त्रीको सिफारिसमा २०४७ साल जेष्ठ १२ गते न्यायमुर्ति विश्वनाथ उपाध्यायको अध्यक्षतामा  राजा विरेन्द्रबाट संविधान सुझाव आयोग गठन भयो । आयोगमा प्रधुम्नलाल  राजभण्डारी, रामनन्दन ढुङ्गाना, निर्मल लामा, भरतमोहन अधिकारी र माधवकुमार नेपाल सदस्य थिए । आयोगको प्रशासकीय काम गर्न अध्यक्षको सिफारिसमा सूर्यनाथ उपाध्यायलाई सचिव तोकियो ।
२०४७ असार २० गते सम्म सुझाव संकलन गरी निर्धारित ३ महिना समय सीमा भित्र नै उक्त आयोगले राजा समक्ष संविधानको मस्यौदा पेश गर्यो । २३ कार्तिक २०४७ का दिन राजा विरेन्द्रबाट संविधान घोषित भयो । संविधानको भाग ११ मा न्यायसम्बन्धी अधिकारको प्रयोगको लागि न्यायपालिकाको व्यवस्था गरिएको थियो । सर्बोच्च अदालत, पुनरावेदन अदालत र जिल्ला अदालत गरी न्यायपालिकाको तीन तह राखिएको थियो । यो अभिलेख अदालत थियो र यसले संविधान अन्य कानुन र न्यायको मान्य सिद्धान्त अनुसार काम गथर््यो । यसले नागरिकका मौलिक हकको संरक्षण गर्ने कार्य पनि गथर््यो ।
२०५२ सालमा राजा विरेन्द्रले तेस्रो मधेसी सुरेन्द्र प्रसाद सिंहलाई प्रधानन्यायाधीश पदमा नियूक्त गरेका थिए । सर्वोच्च अदालतका उनी रजिष्टूार थिए । वरिष्ठ अधिवक्ता लालका अनुसार सिंहको न्यायिक जिवनको दुईवटा दर्दनाक पक्षहरु छन् । पहिलो, सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदबाट अवकाश प्राप्त गरिसकेपछि परम्परागत रुपले गर्दै आएको नेपाल बार एशोसिएशनले उनलाई औपचारिक विदाई सम्मान गरेन । दोस्रो, पीडा के थियो भने उनीभन्दा कनिष्ठ विश्वनाथ उपाध्यायलाई उनी भन्दा पहिले प्रधानन्यायाधीश बनाइएको थियो ।
२०६२÷०६३ जनआन्दोलन पश्चात सर्वोच्च अदालतका पुर्व न्यायाधीश तथा नेपाल अधिराज्यको संविधान २०४७ का मस्यौदाकार मध्येका एक लक्ष्मण अर्यालको संयोजकत्वमा अन्तरिम संविधान, २०६३ को मस्यौदा समितिको घोषणा गर्यो । सुरुमा ६ सदस्यीय गठन भएको आयोग समावेशी नभएपछि विवाद भयो । र दस सदस्य थपी १६ सदस्यीय बनाइयो ।
१ माघ २०६३ मा अन्तरिम संविधान प्रतिनिधि सभाद्वारा पारित एवं अनुमोदित भई सोहि दिन देखि लागु भयो ।
उक्त संविधानमा सर्वोच्च अदालतको प्रधानन्यायाधीशको नियूक्ती संवैधानिक परिषदको सिफारिसमा राष्टूपतिले गर्ने नयाँ व्यवस्था गर्यो । त्यस्तै अन्य न्यायाधीशहरुको नियूक्ती न्याय परिषदको सिफारिसमा प्रधानन्यायाधीशले गर्ने प्रावधान छ । यसरी हेर्ने हो भने २०४७ सालको संविधान आइसके पश्चात न्यायपालिकामा पुनर्नियूक्ती भयो । पुनर्नियूक्तीको नाउँमा योग्य जुझारु न्यायाधीशहरुलाई पनि कट्टर पञ्चायती भनेर पाखा लगाउने काम भयो र त्यहीबाट न्यायालयमा राजनीतिको हस्तक्षेप बढ्दै गएको अधिवक्ता विमल कुमार मिश्रको तर्फ छ । मिश्रका अनुसार पहिले राजनीतिक दलहरुले हाम्रो र राम्रो व्यक्ति न्यायाधीशमा छनौट हुन्थ्यो भने अब हाम्रो व्यक्ति मात्र छनौट हुने गरेको छ ।
कानुन मन्त्री वृजेश गुप्ताले न्यायाधीश पदको लागि वकिलहरु रुपैयाँको व्रिफकेश बोकेर आउने गरेको सार्वजनिक रुपमै अभिव्यक्ति दिनुले पनि न्याय क्षेत्र कतिसम्म विकृत भईसकेको पुष्टि हुनाले पनि अब प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी निर्वाह गर्ने साहले ती विकृतिहरुलाई हटाउने आशा गर्न सकिने मिश्रको भनाई छ ।

२०७१ असोज १२ गते आईतबार

न्यायालयको सर्वोच्च पदमा ‘मधेसी’

अजय अनुरागी
जनकपुरधाम............
२४ असोज २०७१ मा सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा मधेसी समुदायका न्यायाधीश रामकुमार प्रसाद साह पद तथा गोपनियताको सपथ ग्रहण गर्ने छन् । देशको २४ औं प्रधानन्यायाधीश तथा चौथो मधेसी मुलका व्यक्ति न्यायपालिकाको सर्वोच्चत्तम पदमा काविज हुने व्यक्ति हुन, महोत्तरी मटिहानीका रामकुमार प्रसाद साह । यस अघि मधेसी समुदायका अनुरुद्र प्रसाद सिंह, भगवती प्रसाद सिंह र सुरेन्द्र प्रसाद सिंहले न्यायपालिकाको नेतृत्व गरिसकेका छन् । त्यसैगरी महोत्तरीबाट साह चौथो प्रधानन्यायाधीश हुनेछन् । यसअघि महोत्तरीका विश्वनाथ उपाध्याय, केदार नाथ उपाध्याय र केदार प्रसाद गिरी प्रधानन्यायाधीश भईसकेका छन् ।
साहको प्रधानन्यायाधीश पदसम्मको यात्रा
श्रीमति कंचलत्ता साहका साथ सर्वोच्च 
अदालतका न्यायाधीश रामकुमार प्रसाद साह ।
 २४ असोज देखि साह प्रधानन्यायाधीश हुनेछन् ।
सन् १९५० जुलाई ८ का दिन महोत्तरीको मटिहानीमा जन्मिएका रामकुमार प्रसाद साह प्रारम्भिक शिक्षाको लागि आफ्नो गाउँ मटिहानीमा विद्यालय नभएका कारण गाउँ सँगै जोडिएको भारत विहारको मधवापुरबाट एसएलसी उत्तिर्ण गरे । त्यसपछि भारत विहारकै दरभंगाको सिएम कलेजबाट वि.कम. अनर्स गरे । त्यसपछि उनी काठमाण्डौ आई एम.कम. र वि.एल. पनि गरे । २०३० सालमा लोकसेवा आयोगको जुडिसियल अफिसर्सको परीक्षामा सहयोगी भई शाखा अधिकृतको रुपमा २०३० साल चैत्र १ गते नियूक्त भए । नियूक्ती भएपछि सर्वोच्च अदालतको वेन्च असिस्टेन्टको रुपमा पदस्थापना भए । त्यसको केही दिनपछि मात्रै मध्यमाञ्चल क्षेत्रीय अदालतको बेन्च असिस्टेन्टमा उनको सरुवा भयो । यसरी वेन्च असिस्टेन्टको रुपमा साढे २ वर्ष काम गरेपछि उनको नियूक्ती जिल्ला न्यायाधीशको रुपमा भयो । 
सर्वप्रथम उनलाई सोलुखुम्बु जिल्ला अदालतको जिल्ला न्यायाधीशमा काममा पठाइयो त्यसको २÷४ महिना लगतै उनको पोस्टिङ मुस्ताङ जिल्ला अदालत, जोमसोममा भयो । २०३३ साल साउनमा पहिलो नियूक्ती जिल्ला न्यायाधीशको रुपमा भएको थियो । त्यसपछि म्याग्दी, कास्की, दैलेख, दाङ, लगायत अन्य जिल्ला अदालतहरुमा जिल्ला न्यायाधीशको रुपमा उनले काम गरे । राजपत्राङ्कित प्रथम श्रेणीमा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा उनको वढुवा भयो । वढुवा भएपछि अञ्चल न्यायाधीशको रुपमा उनको पदस्थापना भएर महाकाली अञ्चल अदालत महेन्द्रनगरमा नियूक्ती भयो । करिब ३ वर्ष पछि लुम्बिनी अञ्चल अदालत, बुटवलमा उनको सरुवा भयो । त्यसपछि २०४६ सालको आन्दोलन पश्चात जारी भएको २०४७ सालको संविधानमा अञ्चल अदालत हटाई पुनरावेदन अदालत राखियो । पहिलो पुनरावेदन अदालत न्यायाधीशको रुपमा पुनरावेदन अदालत सप्तरी राजविराजमा भयो । त्यसपछि पुनरावेदन अदालत पोखरा, नेपालगञ्ज, हेटौडामा सरुवा भयो । त्यसपछि उनी पुनरावेदन अदालतका मुख्य न्यायाधीश भए ।
२०६१ सालमा पुनरावेदन अदालत नेपालगञ्जमा पहिलो पटक मुख्य न्यायाधीशको रुपमा नियूक्ती भयो । त्यहाँ करिब ११ महिना उनी बसेपछि सर्वोच्च अदालतमा अस्थायी न्यायाधीशको रुपमा नियूक्ती भयो । २०६२ असोज १ बजे देखि सर्बोच्च अदालतको अस्थायी न्यायाधीशको रुपमा उनी काम गरे । २०६४ सालतिर सर्वोच्च अदालतमा स्थायी न्यायाधीशको रुपमा उनको नियूक्ती भयो । त्यस देखि हालसम्म उनी सर्बोच्च अदालतको न्यायाधीशको रुपमा काम गर्दै आएका छन् ।
यहाँ सम्म पुग्नका लागि उनको न्यायीक यात्रा कहिँ कठीन त कहीँ सुखद पनि रहेको छ । साह भन्छन,“ भाग्यको साथ साथै म आफ्नो कार्यलाई पनि महत्व दिन्छु , कर्म राम्रो गर्यो भने भाग्यरेखा पनि परिवर्तन हुन सक्छ भन्ने मैले अध्ययन पनि गरेकाले मैले आफ्नो कर्मलाई सधै भरी कानुनी र संविधानको सीमा भित्र रहेर सम्पादन गरि आएको छु ।” आफ्नो कर्मको कारण, राम्रो चरित्र, काममा इमान्दारी र निष्ठा, लगनशीलताका कारण प्रधान न्यायाधीशको पदसम्म पुग्न सकेको भन्दै उनी भन्छन,“न्यायक्षेत्रको सर्वोच्चत्तम पदमा पुग्न लाग्दा आफुलाई निकै नै गौरव र हर्षपुर्ण अनुभुति भइरहेको छ । म यसको श्रेय इश्वर, आफ्नो कर्म र भाग्यलाई मात्रै दिन चाहन्छु ।”
हुन त साह मधेशी समुदायका कारण प्रधानन्यायाधीश बन्नु पछाडी कम संघर्ष छैनन् । वर्ग विशेष भन्दा पनि कुनै पनि व्यक्तिले यो ठाउँसम्म पुग्न कार्यक्षेत्रमा धेरै ठुलो संघर्ष गर्नुपर्छ । यदि तपाईको कार्य उत्तम छ, कार्यमा कहिँ पनि दोष छैन, काममा लगनशील भई विवादरहित सेवा प्रदान गर्नुहुन्छ भने निश्चित रुपमा नै त्यो व्यक्ति माथिल्लो ठाउँमा पुग्न सक्छ भन्दै साह भन्छन,“ सर्बोच्चत्तम पदसम्म पुग्न निश्चय पनि अवरोधहरु आउँछन । न्यायीक जीवनमा धेरै पटक अञ्चलाधिशहरुसँग, सिडिओसँग संघर्ष भएकै हो । उनीहरुले कानुनी व्यवधानहरु खडा गर्न खोजेकै थिए । तर, आफ्नो कौशलता, वुद्धि र ज्ञानले ती सबै व्यवधानहरु माथि विजयी हासिल गरे ।”
कुनै पनि अप्ठयारो र चुनौतीपुर्ण कार्य गर्न भयभित हुनुको सट्टा साहासी भई त्यो चुनौतीसँग लड्न जानेकै कारण उनी उक्त पदसम्म पुग्न सफल भएका छन् । न्यायीक जीवनमा धेरै रोचक प्रसङ्गहरु रहे पनि अविस्मरणीय क्षणको रुपमा केही घटनाहरु उनी यसरी बताउँछन् । एक पटक जव केही समयको लागि उनी सरकारी वकिलको रुपमा काम गरिरहेका थिए, त्यतिबेला धनुषाकै एक जना मन्त्रीले एउटा मुद्दामा खुव दवाव दिएको बताउँछन् उनी । यसरी गर्नुस्, नत्र भने मलाई थाहा छ, तपाई यही श्रेत्रका मानिस हुनुहुन्छ, तपाई आफ्नो कारियरको पनि विचार गर्नुस, करियरको पनि नोक्सानी हुन सक्छ भनेर थर्काए पनि, कानुनी कुरामा आफु कुनै हालतमा सम्झौता गर्न नसक्ने भनेर चुनौतीको रुपमा लिँदै मन्त्रीको चाहना र इच्छा विपरित काम गरेको उनी सम्झिन्छन् । यति मात्र होइन, तत्पश्चात अञ्चलाधीशहरु, केन्द्रिय लेभेलका नेताहरु, मन्त्रीहरुले पनि दवाव दिने गरेको उनले खुलासा गरे । दाङ्मा जिल्ला न्यायाधीश हुँदा एक जना मन्त्रीको दवावको सामना गर्नु परेको उनले वताए । सर्बोच्च अदालतमा पनि त्यस्ता प्रेसरहरु आउने गथर््यो तर, कानुन र संविधान बमोजिम नै सधै काम गरेको उनले बताए ।
चार्लस सोभराजको मुद्दा आफ्नै जीवनको महत्वपुर्ण मुद्दा रहेको उनी सुनाउँछन् । उक्त मुद्दामा आफुलाई धेरै लामो समय सम्म मिहिनेत गर्नु परेको, लामो सुनुवाई पछि अन्तराष्टिूय सिरियल किलर चार्लस सोभराजलाई जन्म कैद ठहराएको उनी बताउँछन् । त्यसपछि पनि विभिन्न मुद्दाहरुमा दवाव आए पनि कहिल्यै सम्झौता नगरी आफ्नो कानुनी ज्ञान, विवेक र वृद्धि पु¥याएर कार्य सम्पादन गर्दै आएको उनी पुनः दोहो¥याए ।
आफुले जहिले पनि सत्कार्य, सत्यकर्म मात्र गरेका कारण इश्वरलाई पनि उनी धन्यवाद दिन चाहन्छन् । सुरुमा कमर्सको पढाई गरेका उनी न्याय क्षेत्रमा जालान भन्ने सोचेका थिएनन । तर, जब उनले कानुनको पनि अध्ययन गरे र लोकसेवा आयोगबाट जाँच पास गर्दा सम्म पनि न्यायाधीश बनुला भन्ने सोच राखेका थिएनन् उनले । भाग्यमा जे लेखेको हुन्छ त्यतातिर कर्मको बाटो पनि बन्दै जान्छ । उनी त एउटा कार्यालयको हाकिम जस्तै हस्ताक्षर गरे मात्र पुग्ने भन्ने सोच राखेका थिए । उनी भन्छन,“यहाँसम्म पुग्न मेरो अगाडी र पछाडी कोही पनि थिएनन् । पछाडीबाट माथि धकेल्ने वा माथिबाट कसैले तान्ने जस्तो कुनै पनि व्यक्ति थिएन । इश्वरको कृपा, मेरो कर्म र भाग्यले गरेर म आफ्नो वलबुत्ताबाट मात्र पुग्न सकेको हो ।”
सामान्य परिवारको भएको वुवा सामान्य लेख पढ मात्र गर्न जाने पनि छोरा छोरीलाई उच्च शिक्षा दिनु पर्छ भन्ने उहाँको सोचका कारण पढ्न सफल भएको उनी भन्छन, । गाउँमा विद्यालय नभएका कारण भारत तर्फ पढ्न जाँदा पनि धेरै कठिनपुर्ण जीवन विताउनु परेको भए पनि जहाँ चाह त्यहाँ राह भने झैं इच्छाशक्तिका कारण सफलता प्राप्त भएको हो । बुवाको सिमित स्रोत साधन र आम्दानीबाट पनि आफुलाई पढाउनु भएको उनले बताए ।
भनिन्छ, कुनै पनि पुरुषको सफलताको पछाडी उनको श्रीमतिको पनि ठुलो योगदान रहन्छ । त्यसैगरी साहको जीवनमा पनि उनको श्रीमति कंचलता साहको धेरै ठुलो सहयोग रहेको छ । विवाह भई सकेपछि श्रीमतिलाई घरमै छोडेर भारतको दरभंगा पढ्न गएको अवस्था नै किन नहोस् । पढाईको बेलामा श्रीमतिले माइतीबाट पैसा लिएर आर्थिक सहयोग गरिन, पोकेट खर्च पनि नखर्चेर मलाई दिएर ठुलो सहयोग जरेको उनी सुनाउँछन् । दुःखको समयमा उनले साथ नदिएको भए शायद यो ठाउँसम्म पुग्न पनि सकिन्थेन होला भन्दै आफ्नो सफलताको सहायिकाको रुपमा उनी आफ्नो श्रीमतिलाई लिन्छन् ।
मटिहानीमै बाल्यकाल वितेको खेलेको कुदेको कारण पनि मटिहानीको प्रत्येक कण कणसँग आफ्नो लगाव रहेको भन्दै उनी भन्छन, “मलाई जब जब मौका मिल्ने गर्छ तब तब मटिहानी पुग्ने कोशिश गर्छु ।”
  जसरी मटिहानी मेरो जन्मभुमि हो, त्यसैगरी जनकपुर मेरो लागि कर्मभुमि हो भन्दै उनी भन्छन,“ जनकपुरमा आइएसम्मको मात्र पढाई हुन्थ्यो, त्यसकारण मलाई दरभंगा जानु परेको थियो ।”
जनकपुरमा गंगा आरतीमा सहभागी भई, राजदेवी मन्दिरमा पूजाआजा गरी आफ्नो कार्यकाल सफल रहोस, चीरस्मरणीय रहोस् भन्ने आशीर्वाद उनी जानकी माता सँगै आफ्नो गाउँमा रहेको महावीर मन्दिरमा देउतासँग आशिर्वाद माँग्छन् । उनी भन्छन,“ हरेक कुरा मानिसको आफ्नो वशमा हुँदैन, कहिं न कहिं इश्वरको आशिर्वाद आवश्यक हुन्छ । र, इश्वर नै सहाय भयो भने वा कृपा गर्यो भने मात्र मान्छे माथि सम्म पुग्न सक्छ । उनी फेरी भन्छन,“आफ्नो कर्म, इश्वरको कृपा र भाग्य तीन चिज सफलताको लागि महत्वपुर्ण हुन्छ ।”



२०७१ असोज १२ गते आईतबार

अनियमितताको अखाडा मेसुको कमाई खाने भाँडो नर्सिङ कलेज

जनकपुर नर्सिङ कलेज र छात्रावास ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर अञ्चल अस्पतालको स्वामित्वमा संचालित जनकपुर नर्सिङ कलेज अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा.बलराम मिश्रको कमाई खाने भाँडोको रुपमा रहेको उक्त कलेजका प्रिन्सिपल जयकिशोर लालले आरोप लगाएका छन् ।
 नर्सिङ कलेजबाट प्राप्त हुने आम्दानी समेत मेसु मिश्रले लगेर आफु खुशी अन्यत्र खर्च गर्ने गरेको लालको भनाई छ । लालका अनुसार पछिल्लो दुई वर्षमा कलेजको आम्दानी भएको रकम करिब ५० लाख रुपैयाँ मेसुले लगेको र कहाँ खर्च ग¥यो गरेन आफुलाई केही पनि थाहा नभएको बताएका छन् । यस कलेजमा आफु रब्बर स्टाम्प मात्र रहेको र कर्मचारी नियूक्ती देखि आर्थिक कारोबार सम्म मेसुले नै हेर्ने गरेको कारण कलेजको आम्दानी र खर्चको विवरण बारे आफु केही पनि बताउन नसक्ने लालले बताए ।
प्रिन्सिपल लालका अनुसार विगत २ वर्ष देखि बोर्डको वैठक समेत नडाकिएको अवस्था छ । आर्थिक अनियमितता र आफु खुशी नियम विपरित कर्मचारी भर्ती केन्द्रको अखाडा मेसुले बनाएको उनको आरोप छ । मेसुले समयमा अडिट रिपोर्ट नै दिँदैनन् । संस्थाको नविकरण गर्ने बेला आएपछि चैत्र बैशाख महिनामा अडिट रिपोर्ट दिएर आफुलाई कार्य योजना बनाउन मेसुले भन्ने गरेको प्रवृति रहेको लालले बताए । तीन महिनाका लागि के योजना बनाउने भनेर आफुपनि चुप्प लागेर बसेको उनले बताए । उक्त कलेजमा ४० जना विद्यार्थी १ वर्षमा भर्ना हुन्छन् । ३ वर्षे कोर्षका लागि प्रति विद्यार्थीले रु. ३ लाख डोनेशन दिने गर्छन । यसरी १ वर्षमा विद्यार्थीबाट १ करोड २० लाख रुपैयाँ कलेजमा आम्दानी हुने गर्छ । खर्चको नाउँमा कर्मचारीहरुको तलब र प्रशासनिक खर्च मात्र हुन्छ । यसरी स्थापना भए देखि अहिलेसम्म करिब ४ सय ३० जना विद्यार्थीहरु भर्ना भईसकेका छन् । तर, आय व्यय पारदर्शी छैन । प्रिन्सिपल लाल भन्छन्,“कुनै एक व्यक्तिको मातहतमा कलेज संचालन हुनुभन्दा यसलाई स्वायतः संस्था बनाई दिए बेस हुनेछ । कलेजको आम्दानी कलेजमा खर्च नगरी यसरी नै मेसुले अन्यत्र खर्च गरी अनियमितता गर्ने हो भने कलेजको विकास हुन सक्दैन ।”
कर्मचारी भर्ती केन्द्र
जनकपुर नर्सिङ कलेजका प्रिन्सिपल जयकिशोर लाल ।
जनकपुर नर्सिङ कलेजमा नेपाल सरकारको दरबन्दी प्राप्त दुई कर्मचारीहरु मात्र कार्यरत छन् । बाँकी सबै मेसुद्वारा नियूक्त भएका अस्थायी, करार र डोर हाजिरीमा कार्यरत छन् । प्रिन्सिपल जयकिशोर लाल र कार्यालय सहयोगी महेन्द्र मण्डल मात्र स्थायी दरबन्दीका कर्मचारी हुन । प्रिन्सिपल लालले दिएको जानकारी अनुसार प्रशिक्षकहरु कल्पना मिश्र, अन्सि साह, शान्ति बास्तोला, वार्डेन निलम शर्मा, कार्यालय सहयोगी गायत्री मेस्तर, मञ्जु मेस्तर, कम्प्युटर अपरेटर दिपेन्द्र मण्डल करारमा कार्यरत कर्मचारी हुन । त्यसैगरी मुखिया दिलिप कुमार साह, लाईव्रेरियन प्रेरणा सिंह, वार्डेन उत्तरा ढकाल, कार्यालय सहयोगी नन्द किशोर यादव, बब्लू साही, रसुल कवाडी, भान्से विना कामैत, कान्छी लामिछाने, सुनिता सिंह, संजिव मण्डल अस्थायी कर्मचारी हुन ।
त्यसैगरी दरबन्दी नर्सिङ कलेजमा भई तलब भत्ता कलेजबाट खाने र काम अञ्चल अस्पतालमा गर्ने कर्मचारीहरु पनि छन् । अस्पतालमा काम गर्ने कलेजका कर्मचारीहरु मध्ये मुखिया सरोज कुमार सिंह (अस्थायी), कार्यालय सहयोगी राम दिनेश चौधरी (अस्थायी), सौदागर सदा, विरवहादुर साह, प्रमोद यादव, श्रीचन मण्डल, रामनृत मण्डल, मुखिया मनोज राय, संजय यादव, कम्प्यूटर अपरेटर संतोष मिश्र, डूाइभर राजकुमार यादव, कार्यालय सहयोगी दिलिप मेस्तर, अशोक यादव, भान्से संजिव मण्डल रहेका छन् ।
पावर र पहुँचका भरमा कर्मचारी भर्ना
जनकपुर अञ्चल अस्पतालका निमित्त
मेसु डा.बलराम मिश्र 
यसरी स्थापना भएबेला देखि नै मेसुहरुले कलेजमा आफन्तहरुलाई भर्ती केन्द्र बनाएका छन् । नियम अनुसार कलेजको बोर्डबाट दरबन्दी मन्त्रालयबाट स्वीकृत गराई भ्याकेन्सी निकालेर प्रक्रिया पुरा गरी कर्मचारीहरु भर्ना गर्नुपर्ने प्रावधान छ । तर, कुनै पनि मेसुले प्रक्रिया पुरा गरेको पाइदैन । दिलिप कुमार साह मेसु रामलखन साहका साढु हुन । कलेजमा कार्यरत कर्मचारी प्रेरणा सिंह अस्पतालको प्रहरी विटका इन्चार्ज प्रहरी हवलदार संतोष सिंहकी श्रीमति हुन । मनिष कुमार झा प्रिन्सिपल जयकिशोर लालकै गाउँका हुन र उनलाई मनिषले काका भन्ने गर्छन । 
कम्प्यूटर अपरेटर दिपेन्द्र मण्डल कलेजका स्थायी कार्यालय सहयोगी महेन्द्र मण्डलका छोरा हुन । कम्प्यूटर अपरेटर संतोष मिश्र मेसु डा.बलराम मिश्रका आफन्त हुन । वार्डेन उत्तरा ढकाल कलेजका यस अघिका लेखा अधिकृतका भाउजु हुन । मेसु लखन लाल साहको सरुवा भईसकेपछि पनि उत्तरालाई साहले सिधा अस्थायी नियूक्त गरेका थिए । ज्ञान झा अस्पतालका यस अघिका अस्पतालका विकास समितिका अध्यक्ष कुमरकान्त झाका भतिजा हुन । त्यसैगरी प्रशिक्षक शान्ति बास्तौला धनुषाका सहायक जिल्ला अधिकारी हरिप्रसाद बास्तौलाका छोरी हुन । त्यसैगरी मञ्जु मेस्तरलाई नेपाली कांग्रेसका सभापति राम सरोज यादवले भर्ना गराएको बताइन्छ । यसरी हेर्ने हो भने पावर र पहुँच भएका व्यक्तिहरुको विना प्रक्रिया कलेजमा नियूक्ती भएको पाइन्छ ।
नर्सिङ कलेजको हालसम्म आय व्यय विवरण समेत सार्वजनिक नभएको र उक्त आय व्यय विवरण सार्वजनिक गर्न विकास समितिको वैठकमा पटक पटक दवाव दिएपनि मेसु मिश्रले कुनै टेर पुच्छर नलगाएको यस अघिका अञ्चल अस्पतालका विकास समिति अध्यक्ष कामेश्वर झाले पनि भन्दै आएका छन् । 
नर्सिङ कलेजको स्थापनाको इतिहास
जनकपुर अञ्चल अस्पतालमा नेपाल सरकारको तर्फबाट १ सय बेडको स्वीकृति प्रदान गरिएको थियो । नियमानुसार प्रति ४ बेडका लागि १ जना स्टाफ नर्सको आवश्यकता थियो । तर उक्त अस्पतालमा यज्ञ श्रेष्ठ, शान्ता श्रेष्ठ, मसली शर्मा, ललिता थापा, जयकिशोर लाल, रंजु यादव र किरण झा गरी कुल ७ जना मात्र स्टाफ नर्सहरु कार्यरत थिए ।
स्टाफ नर्सको अभावमा १ सय बेड क्षमता भएको उक्त अस्पतालमा २४ घण्टे विरामीहरुलाई सेवा प्रदान गर्न जनशक्तिको पर्याप्त अभाव थियो ।
 जनशक्ति अभावको समस्या समाधान गर्नका लागि तत्कालिन स्वास्थ्य राज्य मन्त्री डा.रामबरण यादव, मेडिकल सुपरीटेन्डेन्ट डा.विजय कुमार सिंह, सिटिइभीटिका सदस्य सचिव गोविन्द गजुरेल (सिन्धुली निवासी), राष्टिूय स्वास्थ्य तालिम केन्द्रका निर्देशक लक्ष्मी मल्ल लगायतको संयूक्त प्रयासमा अस्पतालमा आवश्यक जनशक्ति उत्पादन तथा आपुर्ति गर्नका लागि जनकपुर नर्सिङ कलेजको स्थापना गर्नूपर्छ भन्ने अभियानमा लागे । सिटिइभिटीका सदस्य सचिव गजुरेल सिन्धुलीबासी भएका कारण सिन्धुलीको विरामीहरु पनि जनकपुर अञ्चल अस्पतालमै जाने गरेका कारण सिटिइभिटीबाट आर्थिक वर्ष २०५२÷०५३ मा सम्बन्धन दिलाउन सक्रियता देखाए । 
स्वास्थ्य राज्य मन्त्रि यादव जनकपुरकै भएका कारण उनले राष्टिूय स्वास्थ्य तालिम केन्द्रलाई समेत दवाव दिएर कलेज सुरुवात गर्न लगाए । कलेज भित्रको पुर्वाधारहरु डेस्क बेन्च लगायत विभिन्न सामग्रीहरु तालिम केन्द्रले उपलब्ध गरायो भने पढाउनका लागि प्रशिक्षक, कर्मचारीहरु र प्राविधिक सहयोग स्वास्थ्य मन्त्रालयको सहयोगमा जनकपुर अञ्चल अस्पतालले उपलब्ध गरायो । आफ्नो भवन तथा पुर्वाधार केही पनि नभएको कारण परिवार नियोजनको हालको भवनमा कक्षा कोठा संचालन गरियो भने अर्को भवनमा पुस्तकालय तथा छात्रावास राखियो । 
२०५७ सालमा पहिलो व्याचका लागि स्टाफ नर्स पढन ३० जना विद्यार्थीहरु भर्ना भएका थिए । यता डा.लखन लाल साह २०६० सालमा मेसु बने । त्यसैगरी अञ्चल अस्पताल विकास समितिको अध्यक्ष प्रकाश चन्द्र साहले भवन निर्माणका लागि भारतीय राजदुतावासमा पुगेर प्रस्ताव सहितको योजना उपलब्ध गराए । दुतावासले रु. ४ करोड ५० लाखको लागतमा कलेज, छात्रावास तथा प्रिन्सिपल निवास भवन निर्माण गरिदिएपछि नर्सिङ कलेजको भौतिक पुर्वाधार पुरा भयो । स्थापना भएको करिब साढे २ वर्षसम्म कलेज राष्टिूय स्वास्थ्य तालिम केन्द्रको स्वामित्वमा संचालन भयो । ललिता थापा उक्त कलेजका पहिलो प्रिन्सिपलमा नियूक्त भए । राष्टिूय स्वास्थ्य तालिम केन्द्रले प्रतिवर्ष ४ लाख रुपैयाँ नर्सिङ कलेजलाई अनुदान स्वरुप उपलब्ध गरायो । 
२०५७ साल देखि २०६१ साल सम्म अनुदान दिइयो । कलेजका प्रिन्सिपल जयकिशोर लालका अनुसार तत्कालिन मेसु डा.लखन लाल साहले तालिम केन्द्रले पठाएको रु.४ लाख अनुदानको विल फर्छाैट नगरेपछि अनुदान बन्द भयो । अनुदान दिएको रकमको अहिले कुनै हिसाव किताव नै छैन र २०६१ साल देखि कहिँ कतैबाट कुनै पनि अनुदान नआएको उनले बताए ।
कलेज संचालनका लागि अञ्चल अस्पतालको मेडिकल सुप्रिटेन्डेन्टको संयोजकत्वमा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख, राष्टिूय स्वास्थ्य तालिम केन्द्रका प्रतिनिधि, सिटिइभिटीका प्रतिनिधि, जनकपुर अञ्चल अस्पताल नर्सिङ फाँटका प्रमुख र एक जना स्वयम सेविका गरी ६ सदस्यीय बोर्ड गठन गरिएको छ । कलेजका प्रिन्सिपल सदस्य सचिव छन् । तर, उक्त बोर्ड नाम मात्रको लागि रहेको  र सम्पुर्ण काम मेसुले आफु खुशी मात्र गर्ने गरेको बताइन्छ ।





२०७१ असोज १२ गते आईतबार

राउत द्रोह -अनुज मिश्र


अनुज मिश्र
पहिलेदेखि नै उँट र हातीको निशानामा रहेको उसको राजा बच्ने उपाय थिएँन, जब उसले चेस बोर्डको एक कुनामा रहेको त्यो राजालाई आफ्नो अर्को हातिले चेक दिए ! तब त्यो खेल एक प्रकारको ‘इन्ड गेम’ थियो । तैपनि हैन म मान्दिन, यो भएन भनेर ऊ रिसाएर जोर (जोरले बोलेको देखे । ऊ मेरो भतिज थियो जसले चेस(खेलमा हार बेहोर्नु परेको थियो मेरो भतिजी संग ! पछी ऊ उँटको चाल(नियम  फेरेर आफ्नो राजा बचाँउन चाहन्थ्यो, जुन नियम बिपरित थियो । भतिजीले उसलाई जिकिर गरिरहे( ‘यु कान्ट चेन्ज द रूल इन द मिडल अफ द गेम !’ तर त्यो पित्रिसतात्मक समाजको केटोको इगो मान्न तैयार नै थिएन । त्यो त्यतिखेर चुप लाग्यो  जब हामी सबैले भन्यौं कि ऊ  गलत हो । खेलको बिचमा नियम परिवर्तन गर्न मिल्दैन ।
        सिके राउत प्रकरण पनि त्यही खेल जस्तो छ । लोकतन्त्र, गनतन्त्र हासिल गरेका देशहरुले प्रतिपादन गरेका बिशेषता र नियमहरुमा शान्तिपूर्ण वाक(स्वन्त्रता पर्दछ ! त्यही लोकतन्त्र, गणतन्त्र मानवअधिकार, नेपालमा बिगतका आन्दोलनको  प्रतिफल र परिवर्तन स्वरूप लेखिएका छन् पनि  संबैधानिक शब्दहरुमा । अझै  जनमैत्री मांगहरु थपिएर संबिधान लोकतान्त्रिक बनाउने प्रक्रियामै छौ हामी ।  तर जब सिके वा नन्दप्रशाद जस्ता ब्यक्ति त्यहीं खेलको नियम अनुरुप मांग चल्छन अनि राज्यले खेलको बीचमै नियम परिवर्तन गर्न खोज्छन जुन कुरा अति नै गम्भीर र हास्यास्पद  हो । एकातिर त्यत्रो आन्दोलन र शहादत मार्फत हाँसिल गरिएको र गर्न खोजिएको लोकतन्त्र र अर्काेतिर अलोकतान्त्रिक परिपाटी अनुरुप संबेदनशील नभई बलजफ्ती उनका मांगलाई पाखा लगाउनु वा लागाउन खोज्ने संगठित दुश्प्रयास । 
     मुलुकलाइ विकासतिर डोर्याउन शिक्षा,समाबेशी लोकतन्त्र आदि चाहिने भएकोले हामी सदैव आन्दोलनरत रहयौ तर हरेक पल्ट हामी  अगाडी(अगाडी कुदछौ  र पछाडी(पछाडी बिचार कुदाउने बानी परेकोछ । म यसरि भन्छु, हाम्रो बानी सदैव छुच्चो रहनु पुरानै प्रचलन हो नि हैन, र १ हो नि, एकातिर उद्दारता, सहयोगी र मिलिजुली जाने बाचा गर्छाै अर्काेतिर ति सब कुरा आफ्नै निम्ति चाहिरहेका हुन्छौ  ! यै कुराले आज हाम्रो  आन्दोलनहरुको कुनै अस्तित्व छैन । बरु पहिले जसरी हामि नांगै बस्थे , नांगै हिड्ल गर्थे स जमातमा बस्थे स शिकारी गर्थेस खान्थे र कहिले यसरि रिस वा क्रोध आउथ्यो कि हामी आफै संग बस्नेलाइ रगतै (रगत बग्ने गरी मार्दा (मार्दा मरिदिन्थे त्यही राम्रो थियो । त्यसबेलाका मानिस जनावर भएकोले लोकतान्त्रिक अधिकारको कुनै अपेक्षा थिएन आज आन्दोलन मार्फत हासिल भएका र हुदैगरेका बुंदाले सबलाई आशा पलाएको छ, सबै मानवीय अधिकार पाउँछन भने आशमा छन् । 
      अरु देश परिवर्तनको बिगुल फुक्दै जाँदा हामि पछी पर्याै र धेरै संगक्ष गरेर प्राप्त गरेको आजमा पनि तिनै संकुचितताको कारणले हामी मानव बिकाश सूचकांकमा १४७ औं स्थानमा राखेको छ । जताततै आन्दोलन भनेको बिचारको निम्ति हुने गर्छ । यसै बिचारले हामीलाई विकासतिर डोर्याएर हामि आफूलाई लोकतान्त्रिक र गणतान्त्रिक लेख्न भ्याएका छौ । तर आज  त्यति साह्रो लगानीमा लोकतन्त्र आर्जित गरेरपनि जाबो एक मानवले बोल्दा हामि उसलाई रंगको आधारमा बोल्ने(स्वन्त्रता समेत खोसेका छौ । तर पनि हामी समानताको पक्षधर हौ भन्छौं । यस्तो अवस्थामा राज्यले श्रब्य र दृश्यहिन अपांग भविष्यको जन्म दिनेछ हामी बिर्सन्छौ ।          आज  जुन मानिसको पक्षधर भएर लेख्दै छु भोलि बेइमान भैदिए पनि उसको आजको बिचार गलत होइन ! कारण आज उसले मंगाएको कुरा लोकतान्त्रिक राष्टूले जारी गर्नैपर्ने कुराहरु हुन् । पहिलो हो वाक(स्वतन्त्रा, दोस्रो जनमत( संग्रह अनि अन्यमा  जनमत संग्रहमा उनको मधेस राष्टू भन्ने चाहनाले बहुमत ल्याएमा हुने मधेस देशको परिकल्पना । लोकतान्त्रिक पद्ध्तिमा कुनै एकजनाले चाहदैमा रा।टू बिखन्डन हुने हैन१  बास्त्वमा भन्ने हो भने मंगलमा रा।िटूयता फहराउने लोकतन्त्रबादीहरु त्यस्ता (उनि जस्ताका) बिचारलाई नकार्दैन्न । हरेक मानिसलाई लोकतन्त्रमा स्वतन्त्र विचार राख्ने हक छ । सिके पहिले एउटा मैथिली भाषी अनि नाशा सम्बद्ध कुराहरु, आज उसको त्यो न्युनतम हक छिनिनु भनेको पुरा नेपालबासीले निकै संघर्ष पश्चात पाएको लोकतन्त्रतामा पनि लोकतन्त्रको महत्वपूर्ण बिशेषता वाक( स्वतन्त्रताको आभास गुमाउनु हो । लोकतन्त्र अलोकतन्त्र हुनु हो । परिचय गुमाउनु भन्दा पनि दुखस्द अनुभव हो । बोल्नै नदिने स्वतन्त्रता भनेको मानवमा पागलपनको जन्म गराइदिन्छ । एक त्यस्तो पागलपन जहाँ ब्यक्ति रुख रबिरुवा संग बोल्दै हिड्छ । नेपालको सार्वभौम सत्ता जनातामा निहित छ, मधेसी जनताको निर्णयले मधेसको भविष्य तोकिनुपर्ने र हुनुपर्ने कुरा लोकतान्त्रिक मांग हो, त्योपनि जनमत संग्रहको माध्यमले । यो जोसुकैको अहिलेको अवस्थासंग बिमत राख्नेहरुको विचार हुन सक्छ । त्यसको मत संग सहमत र बिमत राख्नने  कि नराख्ने  त्यसपछिको लोकतान्त्रिक अभ्यास हो । त्यसको निर्णय बहुमतले गर्नेछ । 
      वाक स्वन्त्रता नाचाह्नेहरुनै नन्दप्रसाद ज्यू जस्ताका हत्यारा हुन , यी बस केहि मुट्ठीभर गलत सोचका ब्यक्ति हुन जो मानवताका समेत बिरोधि हुन । नेपाल आमाका दुश्मन हुन । रतिभर नसोच्ने कथित नेपाली नागरिक हुन  । बोल्नै नपाउनु तर लोकतन्त्रर गणतन्त्र   भनिनुरलेखिनु कुनै ‘कस्मेटिक एड ‘भन्दा कम हैन । बोल्ने स्वतन्त्रका प।ाधर हरेक बुद्धिजीवी हुनु पर्छ । हरेक बुद्धिजीवीले प्रयोग गर्ने  न्युनतम अधिकार भनेको पनि लिखित र वाक( स्वन्त्रता नै हो ।  यस बिना कुनै बिकासको परिकल्पना सम्भव छैन । सिकेको द्रोह भनेको लोकतान्त्रिक अभ्यास गर्नु हो !


२०७१ असोज १२ गते आईतबार

मोदी आएपनि भारतको सेमि–कलोनी नीतिमा कुनै फरक आएको छैन–देव गुरुङ


नेकपा–माओवादीका केन्द्रिय सचिव देव गुरुङले अहिलेका सत्ता पक्षधर दलहरु मल्टिपार्टी सिस्टमको खिलाफमा गएर राजनीतिक दलहरुसँग नेगोसिएशन गर्न विल्कुल तयार नभएका कारण संविधानसभाबाट निकास ननिस्कने बताएका छन् । नेकपा–माओवादीको आगामी रणनीति, राष्ट्रिय अन्तराष्ट्रिय परिवेश, गोलमेच सभा लगायतका समसामयिक विषयहरुमा द एक्सक्लुसिभ साप्ताहिकका सम्पादक अजय अनुरागीले गुरुङसँग लिएको विशेष अन्तरवार्ताका सम्पादित अंश प्रस्तुत छ ।

नेकपा–माओवादीले उठाउँदै आएको राजनीतिक सभा वा सर्वपक्षीय गोलमेच सम्मेलन वा सर्वपक्षिय राजनीतिक सभा प्रधानमन्त्री सुशिल कोइरालाको पहलमा डाकियो र माओवादी आफै त्यसलाई वहिष्कार गरेर धेरै ठुलो गल्ती गर्यो, एउटा महत्वपुर्ण अवसर अन्तिम मौका गुमायो भनेर सर्वत्र चर्चा भईरहेको छ । तपाईलाई के लाग्छ, तपाईको पार्टीले अवसर गुमाएन त ?
निश्चय पनि हामीले उठाएको कुरा गोलमेच सम्मेलन वा सर्वपक्षिय सभा भनेको तात्विक कुरा हो । शव्दमा सभा बोलाएर पनि व्यवहारमा कुनै पनि प्रकारको सहमति वा निर्णय गर्न तयार हैनौं भन्ने उहाँहरुले भनेपछि त्यसको कुनै औचित्य नै रहेन । नामको लागि त मात्र गर्नु भएन । अन्तरवस्तुलाई छोडेर यसो परामर्श गर्ने, सरसल्लाह गर्ने खालको मात्र गर्न खोजियो । त्यसको अर्थ नै रहदैन् । गोलमेच सभाको घोर अवमुल्यन गर्ने कुरा भयो ।
हामीले उठाएको मुल मुद्दा भनेको राजनीतिक विषयहरुमा निर्णय गर्न तयारी हुने कि नहुने भन्ने सवालमा कुनै पनि निर्णय गर्न सकिन्न भनेर भनेपछि त्यसको त कुनै अर्थ नै रहेन नि ।
तपाईहरुले पनि गोलमेच वा राजनीतिक सभाका लागि त प्रस्ताव पठाउनु भएको होला नि, के के हुन ती प्रस्ताव र एजेण्डाहरु ?
पहिले त मोडालिटीकै कुरा भयो । मोडालिटी नै यस्तो बन्ने भयो कि त्यसबाट कुनै पनि किसिमको निर्णय गर्न सकिन्न । एजेण्डाको बारेमा भन्नुपर्दा संविधानको अन्तरवस्तुमा, राष्टिूय मुद्दाहरु पीडिए र पिडिएको सवालमा सहमति गर्नु पर्ने, शान्ति प्रक्रियाको सवालमा जोडिएका विगतका कामहरु बारे सहमति गर्नु पर्ने थियो । तर, एजेण्डामा प्रवेश गर्ने भन्दा पनि मोडालिटीकै सवालमा, टिउनोआर कै सवालमा कुनै पनि प्रकारको निर्णय गर्ने थलो हुन सक्दैन भने पछि त्यो त चिया खाने पार्टीको लागि के अर्थ रह्यो त ?उहाँहरुको अवमुल्यनको यति सम्म पराकाष्ठा नाध्यो की एक प्रकारको चिया खाने पार्टीमा सीमित गर्न खोज्नु भयो ।
त्यो कुरा त तपाईहरु त्यहाँ सर्वपक्षिय राजनीतिक सभामा सहभागी भएर न थाहा पाउन सक्नु हुन्थ्यो । सहभागी नै नभए पछि कसरी चिया खाने पार्टी मात्र थियो, भन्न सक्नुहुन्छ ?
त्यति कुरा भन्नको लागि त्यो मञ्चको किन अवमुल्यन गर्ने ? त्यो कुराहरु त हामी हरेक फोरमहरुबाट भनिराखेकै छौं । हामीले आफ्नो वक्तव्य त्यो भन्दा अगाडी नै प्रेस कन्फ्रेन्स गरेर सार्वजनिक गरिसकेका थियौं । बालुवाटारबाट निस्कने वित्तिकै सबै कुरा भनिसकेका थियौं ।
तर, तपाईहरु प्रतिको म्यासेज त पुरापुरी नकारात्मक नै आयो नि ?
त्यो त मिडियाहरुले आ आफ्नो ढङ्गले क्याम्पेनिङ गर्ने प्रचार गर्ने कुरा भयो । उनीहरुले के कुराको प्रचार गरिराखेका छन् भन्ने कुराको जवाफदेही त हामी होइनौं नि । हामीले भन्ने कुरा त लिखित रुपमै दिएका छौं । त्यति पनि विश्वास नगर्ने हो भने त मिडियाको आफ्नो कुरा हो । के कारणले यो वैठकको औचित्य छैन भन्ने कुरा मिडिया मार्फत सार्वजनिक गरिसकेका छौं ।
अब के हुन्छ ? फेरी पनि वार्ता वा सम्वादको सम्भावना छ कि छैन ?
निर्णय गर्ने थलोको रुपमा लैजाने तयारी गर्ने हो भने सम्भावना त छ फेरी पनि । तर, निर्णय नगर्ने हो भने सम्भावना छैन ।
संविधानका अन्तरवस्तुको सवालमा देखिएका विमतीहरु बीच सहमति गर्ने थलो भनेको संविधानसभा भित्र हो । र, पनि दलहरु बाहिर आएर निर्णय गर्नु भनेको संविधानसभाको अवमुल्यन भएन र ?
त्यसो हो भने राजनीतिक दलहरुले घोषणापत्रमा किन पार्टीको यो निर्णय छ, त्यो निर्णय छ भनेर सुनाउँदै हिंडनु भयो । मल्टी पार्टी सिस्टेममा पार्टीहरुले मनोमानी ढङ्गले निर्णय गर्दै हिंड्न पाउने, तर दलहरु जुटेर कुनै विषयमा सहमति गर्न नपाउने पनि हुन्छ र ? मल्टी पार्टीको सिस्टम भन्दा खिलाप गएर हुन्छ ? वाहिर निर्णय गर्न पाउने मल्टी पार्टी सिस्टेमको फन्डामेन्टल कुरा हो ।
संविधान निर्माण हुन नसक्नु पहाडीको कारण संविधानसभाको चुनाव नभएर त होइन, संविधानसभा नभएर र समस्या पैदा भएको होइन, संविधानसभा भित्रको कार्यतालिका र कार्यविधि नभएर पनि समस्या पैदा भएको होईन, संविधानसभा भित्र दुई तिहाई बहुमत नपुगेर पनि समस्या भएको होईन, संविधानसभा भित्र सस्यौदा गर्ने, कति धारा, दफा बनाउने विषयमा समस्या परेर अड्केको पनि होईन, कसले प्रमाणीकरण गर्ने र कसले संविधान जारी गर्ने भन्ने कुरामा समस्या परेर अड्केको पनि होइन । अड्केको के मा हो भने संविधानको मुख्य मुख्य सिद्धान्तहरुमा नेगोसिएसन गर्न तयारी भएन । दलहरुको सिस्टममा त बहुविचार हुन्छ । दशतिर फर्किएका विचार हुन्छ । तिनीहरुको बीचमा मेगोसिएसन नगरिकन संविधान त बन्दैन । संविधान भनेको नै नगोसिएसनको दस्तावेज हो । त्यसकारण आ आफ्नो प्रिन्सिपलहरु फरक फरक भएतापनि संविधानको अन्तरवस्तुको सम्बन्धमा एकिकृत भएर जानु पर्छ । नेगोसिएसनको बाटो खोज्यो भने संविधान बन्छ नत्र संविधान बन्दैन ।
तर, दलहरु नेगोसिएशन भन्दा पनि प्रक्रियामै गएर जसरी पनि संविधान जारी गर्ने भनेर भनिरहेका छन् नि त ?
अब प्रक्रियाले गर्दा अडकेको हो र । प्रक्रिया नबनेर संविधान विगतमा अड्केको हो र ? प्रक्रियाकै कुरा गर्ने हो भने त राणाहरुले, पञ्चहरुले, ४७ सालमा पनि एउटा प्रक्रिया पु¥याएर संविधान बनाएकै हो । तर, त्यो प्रक्रियाले समस्या हल भयो त । भएन नि । त्यसले त उल्टो द्वन्द निम्त्यिाइदियो । त्यसैले प्रक्रियाको के अर्थ रह्यो र । प्रक्रियाले नै हुने भएको भए संसारका सबै समस्याहरु हल भईसक्थे होला । जहाँ जुन विषयमा डेडलक भएको छ, त्यो विषयमा नेगोसिएशन गरेर सहमति गर्नु पर्छ । निर्णयको नाममा एउटा कागजको खेस्टोमा एक अक्षर पनि लेखेर साइन गर्न तयारी छैन भनेर पटक पटक दोहो¥याईसके पछि त गोलमेच सभाको औचित्य नै रहेन ।
अब के हुन्छ ? एकातर्फ तपाईहरु सडकमा पिडिए, पिटिए जलाउँदै हिंडिराख्नु भएको छ । अर्को तर्फ तपाईहरुको ३३ दलीय गठबन्धनमा पनि मतविभाजन देखिन्छ । यो के हो, तपाईहरुले गठबन्धनका साक्षीलाई महत्व नदिएकै हो त ?
 फेरीपनि सम्वाद र सहमतिको मार्गबाट जान सकिन्छ, गोलमेच सभाको सन्दर्भमा । हामी निरपेक्ष ढंगले जाने भनेर पनि भनेका छैनौं । फेरी त्यो बाटो भनेको एउटा पक्षले मात्र चाहेर हुँदैन । खासगरीकन सत्तारुठ दलहरुको पनि त्यो चाहना हुनुपर्छ । समस्या यतिखेर प्रतिपक्षमा रहेका दलहरुको होइन । समस्या सडकमा रहेका आन्दोलनमा रहेकाहरुको हुँदै होइन ।समस्या सरकारमा रहेका दलहरुको हो । सम्वाद र सहमतिबाट जान सत्तापक्ष तयार रहँदैन भने आन्दोलनको विकल्प पनि रहँदैन । त्यो त शास्वत नियम हो । आन्दोलन अनिवार्य शर्त हुन्छ ।
अरु सह घटकहरुको सवालमा दलहरुबीच खास इस्यूको सवालमा जस्तो विगतमा ३३ दलको मोर्चा संविधानसभाको निर्वाचन वहिष्कार गर्नको लागि बनेको थियो । निर्वाचन वहिष्कार गर्न तयारी भएका कारण दलहरुबीच मोर्चाबन्दी भयो । निर्वाचन बहिष्कारको कार्यक्रम सम्पन्न भयो । त्यसपछि त्यो मोर्चाको उद्देश्य के त भन्ने छलफल हुँदै गएपछि अब गोलमेच सभा सर्वपक्षिय सभा गर्ने सवालमा गोलमेच सभाको नारामा समानता रहेकाले त्यो प्वाइन्टमा नपुग्दासम्म हाम्रो सहकार्य रहन्छ भनेर सहकार्य भएकै हो । त्यसकारण जबसम्म गोलमेचको सम्भावना रहिरहन्छ तवसम्म ३३ दलको सम्भावना पनि रहि रहन्छ । अब गोलमेच सभाको सम्भावना विस्थापन भएको दिन अथवा त्यो सम्पन्न गरेको दिनमा ३३ दलको सहकार्यलाई निरन्तरता दिनका लागि फेरी नयाँ एजेण्डामा समान धारणा रह्यो भने निरन्तरता रहला । भन्नुको अर्थ राष्टिूयता, जनतन्त्र, जनजिविका लगायतका तमाम विषयहरुको लागि दीर्घकालसम्मको लागि पनि मोर्चाबन्दी त भएको होइन । तत्काल समान धारणामा उठाएको हो ।
अब ५ दलबीच कार्यगत एकताको सवाल जहाँ सम्म छ, खासगरी जनतन्त्र, जनजीविका, राष्टिूयता, विगतको जनयूद्धकालिन मुद्दाहरुको बीच सहकार्य हुन सक्छ भनेर एकताको सुरुवात गर्न खोजिएको हो । त्यसमा सुरुमै राष्टिूयताको मुद्दा अगाडी आयो । पिडिए र पिटिएको कुरामा तत्काल फिल्डमा सहकार्य हुन सकेन । सहकार्य नभएपछि हामीले अलग थलग क्याम्पेनिङ् गर्न थाल्यौं । त्यसकारण मिलेको विषयमा सहकार्य हुने र नमिलेको कुरामा सहकार्य हुँदैन । निरपेक्ष ढङ्गले सहकार्य भई नै रहने भन्ने हुँदैन ।
एउटा पत्रिकामा तपाईले के भन्नु भएको छ भने दुई माओवादी मिल्न थाल्दा त्यसमा पनि प्रधानमन्त्रीको विशेष पहलमा गोलमेच हुन थालेपछि एमालेले त्यसलाई भाँड्यो रे ? साँच्चै दुई माओवादी मिल्न लागेकै कारण भाँडिएको हो त ?
गोलमेच सभाको इस्यूमा ४ दलबीच ३÷४ राउण्ड कुराकानी भयो । त्यस दौरान दुई माओवादीको भर्सन समान रह्यो । दलहरुको बीचमा निर्णय गर्ने थलोको रुपमा लगौं भनेर दुई माओवादी एकमत भयो । र, अन्तरवस्तुमा कति सहमति हुन्छ, हुँदैन प्रयास गरौं । केही गरी सहमति भएन भने के गर्ने तर सहमति गर्ने कोशिस गरौं । शान्ति प्रक्रियाको कुरा पनि त्यहाँबाट कति हुन्छ हल गरौं । राष्टिूयता सँग जोडिएका समसामयिक कुराहरु पनि त्यहाँबाट सहमति गरौं भन्ने कुरामा समय धारणा थियो । 
भनेपछि दुई माओवादी मिल्दा कांग्रेस र एमालेलाई गाह्रो पर्ने भो त ?
उहाँहरुले गोलमेच सभालाई यसरी अवमूल्यन गर्नू पछाडी के कारण हुन सक्छ त ? उहाँहरु जसरी मल्टीपार्टी सिस्टेमको विरुद्धमा उभिनुभयो भने पछि त्यै प्वाइन्टले काम गरेको हो की भन्ने हाम्रो अनुमान हो । घटनाक्रमले पनि के देखाउँछ भने एमाले र कांग्रेस सत्तारुढ दल हो । हामीलाई प्रधानमन्त्रीले बैठक वा सम्वादका लागि बोलाएको हो । प्रधानमन्त्री कांग्रेसको भएकाले अब प्रधानमन्त्रिले बोलाइसके पछि कांग्रेसले अलिकति बीचको बाटो खोज्ने हो की भन्ने मानसिकतामा पुगेको हुन सक्छ । तर, एमालेको मनसाय त्यस्तो हुँदै थिएन । गोलमेच सभाको कुनै अर्थ र औचित्य छैन, निर्णय गर्ने सकिन्न भनेर अडान राख्दै आएको थियो ।
तर, कांग्रेसको पछि पछि गोलमेच सभाका लागि एमाले पनि सहमत भएकै हो नि त । पछि पछि आएकै हो नि त, हैन र ?
अब प्रधानमन्त्रीले बोलाइहालेपछि यसो २÷४ मिनेट उनीहरुले केही सुझाव दिन्छन भने सुझाव लिने थलोको रुपमा प्रयोग गरौं , नत्र भने निर्णयको नाममा एक अक्षर पनि साइन गरिदैन । एउटा विषयमा पनि सहमति गर्न सकिदैन । भनेर पटक पटक दोहो¥याएर उठेर हिंडेपछि त्यसमा पनि सरकारमा सहभागी दलकै अडान देखिएपछि त्यसको के औचित्य हुन्थ्यो ?
संविधानसभाको निर्वाचनलाई नै वहिष्कार गरेको तपाईहरुले संविधानसभालाई नै फेल खुवाउन नयाँ नयाँ बखेडा र हथकण्डाहरु झिकिरहनु भएको छ भन्ने आरोप पनि लागिरहेको छ नि त ?
निश्चय पनि हामीले भनिराखेका छौं, हल संविधानसभाबाट हुँदैन । दोस्रो संविधानसभाबाट निकास निस्कन किनभने संविधानसभा नभएर समस्या पैदा भएकै होइन ।
तर, संविधानसभामा २६ सीट वा सरकारमा हिस्सेदारी दिए मान्नु हुन्छ भन्ने कुराहरु पनि बाहिर आएको थियो नि ?
यो त उहाँहरुको मनोगत हवाई कल्पनाका कुराहरु हुन । त्यो कुनै प्रसङ् उठेकै छैन । हामीले कहिं को यस्तो प्रस्ताव राख्नु त के कल्पना सम्म गरेका छैनौं । यस्ता हावादारी कुराहरु पनि बाहिर प्रचार गर्ने ? संविधानसभा(२ बाट हल असम्भव छ भनेर हामीले भन्दै आइराखेको बेलामा २६ सीट वा सरकारमा साझेदारीको कुरा गछौं त ? यस्तो कुरा पनि काँहि हुन सक्छ ?
बाहिर सहमति गरे पनि नयाँ संविधान जारी हुने ठाउँ त संविधान सभा नै हो नि, होइन र ?
अड्केको कुरामा न कुरा गर्ने । नअड्केको विषयमा कुराकानी गर्ने हो भने समस्या संविधान नै हुँदैन । संविधान बनाउने कुराबाट उहाँहरु नै भागिरहनु भएको छ ।
तपाईहरुले गर्ने आन्दोलनको रुपरेखा कस्तो हुने हो ?
नव सहमति हुँदैन भने सडकमा जानु पर्ने बाहेक हामीसँग विकल्प रहँदैन । सडकको कुरा भनेको एक प्रकारको विद्रोहको कुरा हो । विद्रोह भनेपछि यस्तो हुन्छ,उस्तो हुन्छ भनेर नापी, तौली , भोखेर दुनियाँमा कहिँ पनि विद्रोह हुँदैन । विद्रोहको आफ्नो ‘ल’  हुन्छ, त्यो ल अनुसार सबै प्रकारको विधिहरु अवलम्बन हुन सक्छ ।
कतिपयले त त्यस्तै थर्काउनका लागि मात्र विद्रोहको धुर्की तपाईहरुले दिईरहनु भएको छ भनेर पनि टिप्पणी गरिरहेका छन् नि ? सडकमा गए यिनीहरु आफै सिध्दिन्छन भनेर प्रतिक्रिया दिइराखेको पाइन्छ नि ?
त्यो आत्मरती र पहिले पनि अञ्चायतकालमा पञ्चहरुले गरेकै हो नि, तर सिद्धिएन । बहुदल सुरु भइसकेपछि कांग्रेस र एमालेले आत्मरति गरकै हो, तर सिद्धिएनौं । जनयूद्ध सुरु भइसकेपछि कैयौंले यो त दुई महिनामा सिद्धिन्छ , ६ महिना, १ वर्षमा सिद्धिन्छ भनेर आत्मरति गरेकै हो, तर हामी सिद्धिएनौं । शान्ति प्रकृयामा आइसकेपछि प्रचण्ड र बाबुरामले एक प्रकारले सम्पर्ण गरिसकेपछि अरु त सिद्धिहाल्छ, गलिहाल्छन भनेर भनेकै हो, तर सिद्धिएनौं २वर्ष पछि त झन बलियो शक्तिको रुपमा राज्य सत्ताको विकल्पमा अथवा संसदवादी पार्टीहरुको विकल्पमा आन्दोलनको लागि एउटा वैकल्पिक शक्तिको रुपमा उभिएका छौं । त्यसकारण उहाँहरुले जति जति सिद्धिन्छ भनेर परिकल्पना गर्नू हुन्छ, त्यति त्यति चिज त उल्टो भइराखेको छ नि ।
तपाईहरुले चुनाव वहिष्कार गरे पनि जनताले निर्वाचनमा सहभागी भई मतदान गरेर तपाईहरुलाई पराजित गरेकै हो नि, हैन र ?
मत कै कुरा गर्ने हो भने, पञ्चायतकालमा पनि जनताले मतदान गरेकै थिए । पञ्चायतकालमा सम्पुर्ण नेपाली पञ्च, सम्पुर्ण पञ्च नेपाली भनेर भने पनि निर्दलको पक्षमा कति मत गएको थियो । मतकै कुरा गर्ने हो भने विश्वमा वडे वडे तानाशाहहरुले व्यापक रुपले जनताको मत लिएर शासन चलाईराखेका थिए । बहुदल आई सकेपछि ४७ सालको संविधान आयो, जनताले मत दिएको थिएन र ? ५१  सालमा ५६ सालमा मत दिएको थिएन र ? के औचित्य र अर्थ रह्यो त्यो मतको ? त्यसो हुनाले जनताले मत दिए कि दिएनन भन्ने समस्या होइन ।
समस्या के भयो भने राजनीतिक दलका जुन नेताहरु देखा परे, तिनीहरुमा राष्टिूय आत्मसम्र्पणवादी चिन्तनले काम गर्यो । जवसम्म राष्टिूय आत्मसम्र्पणवादी चिन्तन रहिरहन्छ, तबसम्म दलहरुको बीचमा मिल्न दिँदैन । त्यति मात्र होइन, एउटै दल पनि फुटाउँदै लैजान्छु ।विभाजन हुँदै जान्छ । विभाजनको विक्षारोपण नै गर्ने भनेको विस्तारवाद र साम्राज्यवाद हो । तिनीहरुले खेल्ने भनेको नै फुटाउन र शासन गर भन्ने हो । त्यसकारण उनीहरुले दलहरुलाई एकजुट त हुनै दिँदैन, त्यसमा त कुनै शंकै छैन ।
तपाईको पार्टी पनि अहिले फुटने कगारमा छ भनेर बाहिर हल्ला छ । त्यसमा पनि ती विस्तारवादी र सम्राज्यवादीहरुले नै खेलेको हो त ?
कम्युनिष्ट पार्टीहरुमा वहसहरु, छलफलहरु हुन्छन । अन्तरसंघर्ष, वैचारिक, राजनीतिक संघर्षको कुरा हुन्छ । त्यो छलफलले निश्चित रुपले रुपान्तरण हुँदै जान्छ । रुपान्तरण भएनछ र त्यो छलफलले निगेटिभ दिशा लिएको छ भने, साम्राज्यवाद र विस्तारवादले भुमिका खेल्न पाउँदैन भनेर पनि भन्न सकिन्न ।
त्यै त तपाईको पार्टी भित्र पनि उनीहरुले भुमिका खेलिरहेका छन् कि ?
हैन, अहिले त सम्राज्यवादी र विस्तारवादीको यूग नै हो । उनीहरुको घेरावन्दीको यूग हो । त्यो घेरावन्दीबाट कसरी मुक्त हुने भन्ने कुरामा आन्दोलनको प्रश्न हो । हरेक राजनीतिक पार्टीहरुका विरुद्ध उनीहरुले घेराबन्दी गरिराखेका हुन्छन् । त्यसकारण दलहरुबीच मिल्न र सहकार्य गर्न दिँदैनन् । यो त उसको सार्वभौम चरित्रको कुरा हो । यसलाई कसरी क्रस गर्ने भन्ने कुरा हरेक दलहरुले राष्टिूय स्वाधिनताको प्रश्नलाई केन्द्रमा राखेर सोच्नु पर्छ । यसरी सोच्यौं भने दलहरुको बीचमा जतिसुकै मतभेद रहेपनि कांग्रेस कम्यूनिष्ट वा पुर्व पश्चिम तर्फ फर्केर विचार बोकेका पार्टीहरु बीच सहकार्य र सहमति हुन सक्छ ।
अहिलेको सम्राज्यवाद र सर्वद्वारा क्रान्तिको यूगमा सर्वहारा आन्दोलनको निम्ति च्यालेन्जको विषय नै सम्राज्यवादले खडा गरेको  आफ्नो नवउपनिवेशलाई निरन्तरता दिन खोजिरहेका हुन्छन् । त्यसलाई कसरी क्रस गर्ने नै अहिलेको सर्वहारा आन्दोलनको मुख्य च्यालेन्ज हो ।
अहिलेको सन्दर्भमा विचारमा विविधता हुन सक्छ, त्यसमा हामीले कुनै कमेन्ट गरेका छैनौं । संसदीय व्यवस्थाको सुरुवात गर्ने मुलुक भनेको व्रिटेन हो । व्रिटेनमा कन्जरभेटिज र लेवर पार्टी भन्छन, सारा मारामार गरिरहेका हुन्छन । तर, राष्टिूय स्वाधिनताको प्रश्न आउने वित्तिकै ठ्याक्कै मिल्छन, उनीहरु । अमेरिकामा डेमोक्रेटिक, रिपलकन पार्टी भन्छन, चुनावमा मारामार गरिरहेका हुन्छन, तर राष्टिूयताको प्रश्न वा अमेरिकाको आफ्नो स्वाधीनताको प्रश्न आउँछ, त्यो बेला उनीहरु ठ्याक्कै मिलेका हुन्छन् । अब संसदवादी पार्टीहरुले आदर्शको रुपमा मानेको हिन्दुस्तानमै भाजपा, कांग्रेस आई वा अन्य थुप्रै पार्टीहरु छन् । आन्तरिक मामिलामा डेमोक्रेसस्को मामिलामा विकासको मामलामा लगायत कैयौं मामिलामा मारामार गर्छन । तर, राष्टिूय स्वाधिनताको कुरामा उनीहरु मात्र होइन कैयौं कम्यूनिष्ट पार्टीहरु पनि एकतावद्ध भएर लागेका हुन्छन् ।
तर, विड्म्वनाको विषय के भयो भने नेपालको मामिलामा भ्रष्टाचारी गर्ने, कमिशन खाने सार कुराहरुमा एक हुन्छौं । राष्टिूयताको मुद्दा जब आउँछ, हामी विभाजित हुन्छौं ।
भारतका प्रधानमन्त्री नेपालमा आउँदा प्रचण्डलाई सम्राट अशोक सँग तुलना गरिदिए । विश्वले नै नेपालको शान्ति प्रक्रियाबाट पाठ सिक्नु पर्छ भनेर भनेका छन् । तपाईहरुलाई पनि त्यै बाटोमा आउन भनिराखेका छन् उक्त अभिव्यक्तिलाई कसरी लिनु हुन्छ ?
यो त उनीहरुले बोल्ने भाषाको कुरा गर्ने हो भने भाषामा एउटा कुरा बोल्छन, गराई अर्के हुन्छ । यो त उनीहरुको स्वाभाविक विशेषता हो । भारतीय जनता पार्टीको हिस्टूी हेर्ने हो भने उनीहरुले के के गरे, के के बोले र के के गरिराखेका छन् त्यो सबैले हेरेकै हो । त्यसकारण त्यो लेगासि भन्दा मोदी फरक छैन । विगतकालमा अंग्रेजको सेमी कोलोनी बनाउने जो नीति थियो, त्यै लेगासीलाई पछिल्लो चरणमा गान्धी नेहरुहरु देखि गान्धीले पनि त्यही अवलम्बन गरे । भाजपाले पनि त्यै नीति अवलम्बन गरिराखेको छ । त्यसकारण त्यो नीतिमा कुनै तात्विक र गुणात्मक रुपमा फरक आएको छैन ।
प्रचण्ड साँच्चिकै अशोक बनिसकेका छन् त ?
अब अशोक भए, भएनन त्यो त मोदीले बुझ्ने कुरा हो । हाम्रो विचारमा अशोक हाम्रो आदर्शको मात्र पनि होइन । अब गौतम बुद्धको जो उदाहरण दिएको छ, त्यो बेलामा एउटा गणतन्त्रको पक्षमा एउटा सामुहिकताको पक्षमा निश्चित रुपले अभियान चलाएको हो । तर, पछिल्लो चरणमा गौतम वुद्धलाई पुरै अध्यात्मवादी नेताको रुपमा स्थापित गरिएको छ । अध्यात्मिक नेताको आदर्श बनाइराख्नुको के अर्थ हुन्छ ? असली गौतम बुद्धको दर्शन भनेको त विचारको दर्शन हो । त्यसकारण गौतम बुद्धको अध्यात्म नेताको रुपमा लिन सकिन्छ, न त अशोकलाई । हामी कम्युनिष्टको निम्ति गौतम बुद्ध र अशोकले के अर्थ राख्छ ? यो त कसैलाई टोपी लगाएर उचाल्ने थचार्ने, पछार्ने, फुटाउने चालवाजीको परिणाम हो यस्तो लाग्छ ।
स्टेयरिङ् कमिटिको अध्यक्ष प्रचण्डलाई बनाईदिए पछि प्रचण्डले तपाईहरुको साथ त छोड्न पनि सक्छन नि, हैन ?
त्यो उहाँहरुको भित्रको  कुरा हो । हामी त सबै दल बीच सहमति र सहकार्यको कुरा गर्दै आएका छौं । ३ दलले माग समस्या समाधान त हुँदैन । संयन्त्र बने पनि नबने पनि तात्विक फरक पर्दैन । हाम्रो सरोकारको विषय पनि होइन ।
यदि तपाईहरुलाई माइनस नै गरेर दुई तिहाईको गणितको आधारमा एक थान संविधान ल्याई  हाल्यो भने के हुन्छ ?
त्यो त पञ्चायत राणा सबैले एक थान संविधान ल्याएकै थियो नि । एक थान जारी त सबैले गरिरहेका हुन्छन् । त्यसको के औचित्य रह्यो त   । ती एक थान संविधानहरु किन फालिए त ? त्यसकारण समस्या एक थान ल्याउने, नल्याउने भनेर केही हुन्न । जसरी ४७ सालमा औचित्यहीन कसरत गरेर संविधान जारी गरियो, घटनाक्रमले औचित्यहीन सावित गर्यो । त्यसै गरी फेरी पनि औचित्यहीन सावित हुन्छ ।
तपाईहरु जनयूद्ध सुरु गर्नु अघि चार तयारी गर्नु भएको थियो । त्यस्तै तयारीहरु के पुरा गरिसक्नु भएको छ ?
अब यो स्थितिमा हामीले संवादको ढोकालाई बन्द गरिसकेका छैनौं । निकास ननिस्केपछि आन्दोलनको विकल्प छैन । त्यसकारण हामी आन्दोलनकै केन्द्रमा लागिरहेका छौं । वैचारिक, संगठनात्मक, भौतिक आर्थिक र आन्दोलनको कार्यक्रमहरु तयारी गर्ने कुरा त चलिरहने प्रक्रिया हो ।



२०७१ असोज १२ गते आईतबार

अस्पतालको कर्मचारीद्वारा पत्रकार अनुरागीलाई दुवर््यवहार


जनकपुर अञ्चल अस्पतालमा परिवार नियोजनका
लागि काउन्सलिङ गर्दै काउन्सलर जय कुमार झा ।
१४ पुष २०७० मा उक्त तस्वीर सहितको समाचार
 द एक्सक्लुसिभमा प्रकाशित गरिएको थियो ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर अञ्चल अस्पतालको आर्थिक अनियमितता र अवैध कर्मचारी नियूक्ती सम्बन्धी द एक्सक्लुसिभ साप्ताहिकले निरन्तर खुलासा गर्दै आएको छ । यस अघि ५ असोजमा  पनि अस्पतालको अनियमितता विषयमा समाचार प्रकाशित गरिएको थियो । त्यसपछि ८ असोजमा समाचार फलोअप गर्न पुगेका द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीलाई अस्पतालमा कार्यरत एक कर्मचारी जयकुमार झाले दुवर््यवहार गरेका थिए । मेरो बारेमा समाचार लेख्ने तैले हिम्मत कसरी गरिस्, को सँग सोधेर मेरो बारेमा समाचार लेखिस्, त विरुद्ध अदालतमा मानहानीको मुद्दा चलाउछु, आफुलाई डन ठान्छस्, गुण्डा ल्याएर ठीक पार्न सक्छु भन्दै परिवार नियोजन संस्थागत कार्यक्रममा कार्यरत कर्मचारी जयकुमार झाले पत्रकार अनुरागीलाई गाली गलौज गर्न थाले । त्यसपछि पत्रकार अनुरागीले तपाई बारे लेखिएको समाचारमा यदि तपाईलाई चित्त बुझेको छैन भने तपाई प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ र अदालत सम्मको कानुनी उपचार खोज्न सक्नु हुन्छ र तपाईलाई जे गर्नु छ गर्नुस् तपाई त्यसको लागि स्वतन्त्र हुनुहुन्छ भनेर पत्रकार अनुरागीले जवाफ दिएका थिए । रह्यो कुरा समाचार दिने व्यक्ति सूचना अधिकारी दिवाकर प्रकाश थापा र दिपक कुमार ठाकुर सँग सोध्नुस, उनैले जानकारी दिएको भन्दै पत्रकार अनुरागी अस्पतालको प्रशासन कार्यालयबाट बाहिरिए । अनुरागीसँगै पछि पछि आएका झाले तलाई मोटरसाइकल कसाई दिनुप¥यो, विल्डिङ पिटाई दिनु प¥यो, कामेश्वर झा र मनिष झाले उक्साएर समाचार लेखेको परिणाम तैले भोग्नु पर्छ भन्दै उनले चेतावनी दिए ।
जनकपुर अञ्चल अस्पतालका निमित्त मेसु डा.बलराम मिश्रले नियम विपरित प्रक्रिया नपु¥याई जयकुमार झालाई परिवार नियोजन संस्थागत कार्यक्रममा काउन्सलर पदमा तीन महिने करारमा नियूक्ती दिएको समाचार प्रकाशित गरिएको थियो । उनीसँगै धेरै कर्मचारीहरुको अवैध नियूक्तीका बारेमा समाचार प्रकाशित भएपनि जय झा यसरी किन दुवर््यवहार र धम्की दिनुका साथै पत्रकार अनुरागीको बारेमा घुस माँगेको दुसप्रचार गर्न लागेको खोजी गर्न जाँदा के तथ्य पत्ता लाग्यो भने लोक सेवा आयोगले केही दिन अघि मात्र सोही शाखाको काउन्सलर पदमा कल्पना गुरुङलाई पठाएको छ । उनी हाजिर भएपछि स्वतः झाको पद खारेजी हुने भयो । कर्मचारीहरुका अनुसार धेरै कर्मचारीहरुले उक्त कुरा बुझ्ने भएपछि आफ्नो पर्दाफास हुने कारण उनी आक्रोशित भएका थिए ।
यस अघि पनि काउन्सलर पदमा लोक सेवा आयोगको जाँच उत्तिर्ण गरी मन्त्रालयबाट पदस्थापना गरी मुकेश अधिकारीलाई २०६७ सालमा काउन्सलर पदमा खटाइएको थियो । तर, केही महिना अधिकारीले काम गरे पछि तत्कालिन मेसु डा.गौराङ्क मिश्रले अधिकारीलाई बोलाई एउटा चिठ्ठी थमाए । उक्त चिठ्ठीमा तपाईको पद यहाँ नभएको कारणले तपाईलाई मन्त्रालयमा फिर्ता जान जानकारी गराईन्छ भनेर मेसु मिश्रले पत्र लेखेका थिए । रोचक प्रशंग के हो भने सोही पत्रमा के पनि लेखिएको थियो भने तपाईले काम गरेको पदमा जयकुमार झालाई नियूक्त गरिएको जानकारी समेत गराइन्छ । यसरी नेपाल सरकारको कर्मचारीलाई अधिकार विपरित मेसुले पत्र दिएपछि अन्याय परेको भन्दै पुनरावेदन अदालत जनकपुरमा अस्पताल, मेसु डा.गौराङ् र जयका विरुद्ध अधिकारीले १६ पुष २०६७ मा निषेधाज्ञा मुद्दा दर्ता गराएका थिए । अधिकारीको तर्फबाट बहस गरेका अधिवक्ता चन्द्रकिशोर शर्मा मैनाली भन्छन,“ मेसुले पद र अधिकारको दुरुपयोग गरी हुनै नहुने कुरा पनि गरेका थिए । तर, पुनरावेदन अदालतबाट तत्काल हाजिर गराउनु भनी अन्तरिम आदेश जारी ग¥यो र, पछि आदेशबाट पनि अधिकारीको पद र जागिर यथावत राखि हाजिर गराई सम्पुर्ण तलब भत्ता उपलब्ध गराउनु भनेर आदेश आएपछि उनको जागिर यथावत रहेको थियो ।” यति भईसके पछि पनि झाले अधिकारीको घरमा गएर थर्काउने गरेका थिए । के पनि भनिन्छ भने अधिकारीले आफ्नो तलबबाट आधा तलब झालाई बाध्यतावस दिनु परेको थियो । मुख्य कुरा के हो भने काउन्सलर पद सुब्बा सरह हो । त्यसको लागि स्टाफ नर्स वा हेल्थ असिस्टेन्ट उत्तिर्ण गरेकै हुनुपर्छ । तर, उनी न त स्टाफ नर्स हुन न त हेल्थ असिस्टेन्ट । सपहीको एउटा स्वास्थ्य संस्थाबाट ८ दिने तालिमको प्रमाण पत्रको आधारमा प्राविधिक क्षेत्र रहेको अञ्चल अस्पतालको परिवार नियोजन शाखामा उनी कार्य गरिरहेका छन् । अब त्यसको जवाफ त जनतालाई मेसुले दिनुपर्ने हो कि उनी काउन्सलर पदका लागि कसरी योग्य भए ?
यति मात्र होइन, झा सधै क्यामरा लिएर कार्यालय जाने र कर्मचारीहरुलाई समेत थर्काउने गरेको केही कर्मचारीको भनाई छ । डा.लखन लाल साह मेसु भएर आएपछि थुप्रै कर्मचारीहरुलाई हटाएका थिए । सोही बेला झा पनि हटेका थिए । झा त्यसपछि बैदेशिक रोजगारीका लागि थाइलेन्ड गएर समेत फर्केर अस्पतालमा छिरेका हुन । झाको दाई विनोदानन्द झा नेपाली कांग्रेसका नेता भएका कारण उनको नामको प्रभावलाई भजाएर कुनै पनि मेसु र विकास समितिको अध्यक्षका नजिक पुग्ने उनको स्वभाव रहेको छ । यसका अतिरिक्त उनी जनकपुर अञ्चल बस व्यवसायी संघमा समेत काम गर्छन । दुर्घटना कोषको क्षतिपुर्ति सिफारिस गर्न उनी क्षति भएको बसको तस्वीर लिई प्रतिवेदन बुझाउने काम गर्छन ।

२०७१ असोज १२ गते आईतबार

प्रहरीको सुराकी प्रहरीकै फन्दामा


प्रहरी सुराकी विमलेश झा प्रहरी हिरासतमा र
उनको घरबाट प्रहरीले बरामद गरेको हतियार र गोलीहरु ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
महोत्तरी खुट्टा पिपराढी १ तथा हाल जनकपुर १४ स्थित रजौलका ४० वर्षिय विमलेश झा अहिले सिरहा कारागारमा थुनामा छन् । हातहतियार तथा खरखजाना र अपहरण उद्योगको अभियोगमा क्रमशः धनुषा जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा मुद्दाको अनुसन्धानका लागि पुर्पक्षमा थुनामा उनी पठाइएका हुन ।
अपराधिहरुको बारे सूचना दिने, अपराधिहरुको योजना तथा षड्यन्त्रबारे आपराधिक घटना हुनु पुर्व प्रहरीलाई जानकारी गराउने, अपराध भईसकेपछि अपराधि पत्ता लगाउन वा फरार अपराधी कुन ठाउँमा सेल्टर लिएर बसेका छन् भन्ने महत्वपुर्ण सूचना उपलब्ध गराउने प्रहरीको सुराकीका रुपमा काम गर्थे विमलेश । प्रहरीले जब जब विमलेशको सहयोग माँग्यो, उसले आफ्ना च्यानल मार्फत पत्ता लगाई प्रहरीलाई सुराक दिने गथर््यो । प्रहरीको सुराकी को हो भन्ने कुरा प्रायः गोप्य हुन्छ । तर, जनकपुरको समाजमा विमलेश प्रहरीका सुराकी हुन भन्ने कुरा ओपन सिक्रेट थियो । तर, ती सुराकी नै अहिले प्रहरीको फन्दामा परेका छन् । 
प्रहरीको सुराकी विजुली सिंह भनिने राकेश पाण्डे ।
 उनी हत्या अभियोगमा जलेश्वर कारागारमा छन् ।
जनकपुर ८ बस्ने शत्रुधन सिंहको ३२ वर्षिय छोरा रोशन सिंहले विमलेश झा लगायत जनकपुर ८ का सोनु सिंह र महोत्तरी धर्मपुरका सलिम राईन विरुद्ध जिल्ला प्रहरी कार्यालयमा अपहरण उद्योगको जाहेरी दर्ता गराएपछि प्रहरीको टोली विमलेशको जनकपुरको रजौल स्थित घरमा पुगि छापामारी गरेको थियो । कुनै बेला प्रहरीको गाडीमा चढेर अपराधि खोज्न र तिनका घरमा छापा हान्न लगाउने विमलेशकै घरमा विमलेशलाई हथकडी लगाई छापामार्दा १ थान सिक्सर पेस्तोल, १ थान अटो पेस्तोल, ७ थान गोली बरामद गरेको थियो । प्रहरीकै लागि काम गर्ने विमलेशलाई बचाउन केही प्रहरी अधिकारी सक्रिय भएपनि अन्ततः जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई पक्राउ गरेरै छाड्यो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी निरीक्षक गोविन्द पुरी भन्छन,“हो, माओवादी जनयूद्धकाल देखि नै अपराधि पक्राउ गर्न विमलेशले धनुषा प्रहरीलाई सूचना उपलब्ध गराएर सहयोग गरेकै हो । तर, प्रहरीलाई सहयोग गर्दैमा अवैधानिक हतियार घरमा राख्न कसैले पनि मिल्दैन । त्यस्तो गर्ने जो कोही पनि कानुनको कठघरामा पर्नु स्वाभाविक हो । विमलेश पनि अवैध हतियार राखेकाले उनी पनि कानुनी कारवाहीको दायरामा परेको हो ।”
१८ साउन २०६८ मा प्रहरीले विमलेशलाई पक्राउ गरेको थियो । छापामारीबाट बरामद गरिएका हतियार र गोली २०५८ साल तिर आत्म सुरक्षाको लागि एक जना भारतीय नागरिकबाट प्राप्त गरी सोही बेला देखि आफ्नै घरमा राख्दै आएपनि उक्त हातहतियार तथा खरखजानालाई कहिँ पनि प्रयोग गर्ने कार्य नगरेको २३ साउन २०७१ मा सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता राजेन्द्र बहादुर बस्नेत समक्ष प्रहरी निरीक्षक हरिनन्दन चौधरीलाई विमलेशले बयान दिएका छन् । सामान्य व्यापार तथा खेती नै आफ्नो पेशा रहेको बताउने विमलेशले खुट्टा पिपराढीमा १ विघा खेत, जनकपुर १० मा १० धुर जग्गा सहितको घर रहेको बयान दिएका छन् । ध्द्य द्धण् ल् टद्धछछ भारतीय नम्बर प्लेटको बोलेरो गाडी भारत विहारको   मुझफ्फरपुर दादर जिल्ला अहरियापुरका अमरेन्द्र नारायण सिंहबाट    खरिद गरेको, उक्त बोलेरो गाडी  आफैले चलाउने गरेको र गाडीको राजश्व समेत तिर्ने गरेको   उनले बताएका छन् ।
संजीव कुमार झा सुरज प्रहरी सुराकी रहेको
तत्कालिन सशस्त्र प्रहरी उपरीक्षक शान्तिराम थापाद्वारा हस्ताक्षरित पत्र ।
 झा हातहतियार मुद्दामा पक्राउ परेपनि पछि सफाई पाएका थिए ।
विमलेश झा हुन त यस अघिपनि पत्रकार उमा सिंहको हत्यामा अदालतद्वारा सजाय पाएका हुन । उमा सिंहको हत्या गर्ने र घटनाको जिम्मेवारी लिने स्वामीजी भनिने उमेश कुमार यादवले कथित भुमिगत समुह तराई एकता परिषदको केन्द्रिय संयोजकको हैसियतमा संचारकर्मीलाई प्रेस विज्ञप्ति जारी गर्न विमलेशले उक्त प्रेस विज्ञप्ति फ्याक्स गरेको कसुरमा धनुषा जिल्ला अदालतबाट २० रुपैयाँ जरिवाना तिरी रिहा भएका थिए ।
यसरी विमलेश मात्र प्रहरी सुराकी भई अपराधिक क्रियाकलापमा संलग्न भएका एक्ला व्यक्ति भने होइनन् ।
हत्या अभियोगमा प्रहरी सुराकी एकलाल सहनी कारागारमा
प्रहरी सुराकी एकलाल भनिने योगेन्द्र सहनी ।
हत्या अभियोगमा उनी 
काठमाण्डौ कारागारमा थुनामा छन् ।
धनुषाको वीरेन्द्रबजारका विनोद यादव र जनकपुरका संचार उद्यमी अरुण कुमार सिंघानियाको हत्यामा संलग्न रहेको अभियोगमा धनुषाको वीरेन्द्रबजारका एकलाल भनिने योगेन्द्र सहनी पक्राउ परेका छन् । अहिले उनी अदालतद्वारा मुद्दाको पुर्पक्ष गर्न थुनामा राखि अनुसन्धान गर्न कारागार पठाइएका छन् ।
सिंघानिया हत्यामा चन्द्रदीप यादवले एकलाललाई भेटेर सुटर खोजिरहेको बताएका थिए । विरेन्द्रबजारको एक होटेलमा एकलाललाई चन्द्रदीपले बोलाएर जनकपुरमा एक जना व्यक्तिलाई गोली प्रहार गरी हत्या गर्नुछ एक जना सुटर खोजी देऊ भन्ने प्रस्ताव राखेको थियो । प्रहरी स्रोतका अनुसार एकलालले आफुसँग कुनै पनि सुटर नरहेको बताउँदै गर्दा उनी सँगै रहेका मनक लामाले सुपारी लिन स्वीकार ग¥यो । आफुलाई पैसाको अत्यन्तै जरुरी छ, भनेर मनकले बताएपछि हत्याका लागि चन्द्रदीपले मनकलाई रु.२ लाखको सुपारी दिएका थिए । यसरी डिल भईसकेपछि फेरी अर्को दिन विरेन्द्रबजारकै एक होटेलमा चन्द्रदीप, एकलाल, मनक, अन्सी र पवन लामा पाँच जनाले हत्याको योजना बनाई मनकलाई डिल भएअनुरुप चन्द्रदीपले रु. ५० हजार समेत पेश्की उपलब्ध गराउँछ । प्रहरी स्रोतका अनुसार मनकले पेश्की स्वरुप पाएको रु. ५० हजार मध्ये एकलाललाई मनकले रु. २५ हजार सापटी समेत त्यही बेला दिएको थियो ।
माओवादीको द्वन्दकालमा एकलालको बुवासँग माओवादीले चन्दा मागेको थियो । तर उसको बुवाले चन्दा दिन इन्कार गरेपछि करिब ४०÷५० जनाको समुहमा आएका माओवादीहरुले उसको बुवालाई आक्रमण गर्न खोज्दा एकलालले माओवादीहरुको प्रतिकार गरेको थियो । एकलालले बन्चरो लिएर माओवादीहरुलाई काट्न थालेपछि माओवादीहरु भागेको थियो । त्यसपछि माओवादीसँग बदला लिन र आफु पनि माओवादीको आक्रमणबाट बच्न एकलाल जनतान्त्रिक तराई मुक्ति मोर्चामा आवद्ध भई भुमिगत भएका थिए । जनतान्त्रिकमा रहेपनि अर्को तर्फ एकलाल प्रहरीको लागि सुराकीको काम गर्थे । प्रहरी स्रोतका अनुसार एकलाल धनुषाका तत्कालिन डिएसपी रुपकुमार न्यौपानेको सुराकी थिए । तर, एकलालले किनेको कार धनुषा प्रहरीले जफत गरेपछि एकलालले पनि सिंघानिया हत्याको अनुसन्धान गर्न जिम्मा पाएका डिएसपी न्यौपानेलाई समेत धोका दिएको प्रहरी स्रोतको दावी छ । एकलालले नेपाली नम्बर प्लेटको पेटूोल कार काठमाण्डौबाट किनेको थियो । तर जुन व्यक्तिबाट किनेको थियो त्यो व्यक्तिले नामसारी गराएको थिएन । त्यहीबेला धनुषा प्रहरीले उसको कार जफत गर्दा कारको कागज माग गर्दा एकलालले कागज दिन नसकेपछि कार बेच्ने व्यक्तिलाई लिएर आउन धनुषा प्रहरीले एकलाललाई भनेको थियो । तर, काठमाण्डौका त्यो व्यक्ति नआउँदा प्रहरीले उक्त कार जफत गरेको थियो ।
एकलाललाई सुराकीको रुपमा खटाउने तत्कालिन डिएसपी रुपकुमार न्यौपाने भन्छन,“ सुराकीलाई ह्याण्डल गर्नु भनेको धेरै अप्ठयारो कुरो हो । उसको मनस्थिति कति बेला कतातिर जान्छ भन्ने कुरा बुझ्नु पनि धेरै गाह्रो काम हो । सुराकी भन्नाले मेरो व्यक्तिगत सुराकी त थिएन ऊ । जिल्ला प्रहरी कार्यालय धनुषाको सुराकी थियो । जो जानकारी माथि एसपी सम्म थाहा हुन्छ । एसपीले माथि रिपोर्ट गर्छ÷गर्दैन त्यो उहाँहरुको कुरो हो । हो, सुराकीले पनि कहिले काँही गल्ती गर्न सक्छ । उसले पनि गल्ती गरेको होला । यो छुट्टै पाटो हो । अहिले भन्न सकिन्न ।”
सुराकी राकेश पाण्डे हत्या अभियोगमा जेलमा थुनुवा
प्रहरीको सुराकीको काम गर्ने विजुली सिंह भनिने राकेश पाण्डे जिल्ला शिक्षा कार्यालय महोत्तरीका शाखा अधिकृत लालकिशोर झाको हत्यामा संलग्न रहेको अभियोगमा धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि जलेश्वर कारागार पठाएका छन् । झालाई मार्ने सुटर जनकपुर(६ का रक्की भनिने शिवकुमार ठाकुरले प्रहरीलाई राकेश पाण्डेको पोल खोलेपछि उनी पनि पक्राउ परेका थिए ।
“लालकिशोरलाई मार्न मलाई राकेशले भारु एक लाखको ‘कन्टूयाक्ट’ दिएका थिए । मैले झालाई हानेकै हुँ”, जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजीत पत्रकार सम्मेलनमा जिल्ला शिक्षा कार्यालय महोत्तरीका शाखा अधिकृत लालकिशोर झा हत्याका आरोपी जनकपुर(६ का रक्की भनिने शिवकुमार ठाकुरले स्वीकार गरेका थिए । यस घट्नाका ‘सुटर’ रक्कीको समुहलाई परिचालन गर्ने जनकपुर(७ का विजुली सिंह भनिने राकेश पाण्डेलाई पनि प्रहरीले सोही दिन सार्वजनिक गरेको थियो । ति दुवै जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला समूहमा आवद्ध रहेको प्रहरीले दावी गरेको थियो । लालकिशोर हत्याका  मध्यस्तकर्ता राकेश पाण्डे घट्नाको एक महिना अघिसम्म धनुषा प्रहरीकोे सुराकी थिए । उनलाई तत्कालिन प्रहरी उपरीक्षक (एसपी) सर्वेन्द्र खनालले सुराकीको रुपमा प्रयोग गरेको पाण्डेले खुलासा गरेका थिए । 
सुराकी संजीव झा पनि थुनिए 
अरुण सिंघानियाको हत्या सम्बन्धि तत्कालिन डिएसपी रुपकुमार न्यौपानेको संयोजकत्वमा गठित छानवीन समितिमा नागरिक समाजको तर्फबाट टीममा चयन भई सुरक्षा बलको सहयोग रहेको प्रमाण सहित संजीव कुमार झा सुरजले आफु अपराधि नभई प्रहरीको सुराकी रहेको बताएका थिए । उनलाई धनुषामा एसपी सर्वेन्द्र खनालले हातहतियार तथा खरखजानाको अभियोगमा पक्राउ गरी अदालतमा पेश गर्दा झालाई अदालतले पुर्पक्षको लागि थुनामा राख्न जलेश्वर कारागारमा पठाएकोे थियो । अहिले उनी अदालतबाट सफाई पाई सकेका छन् । उनी त्यसपपिाई सकेका छन् । उनी त्यसपछि तमलोपा हुँदै अहिले एमाले निकट यूवा संघका मधेस व्यूरो इन्चार्ज छन् ।
भारतको पटना तथा मधुबनीमा छानविनका लागि सशस्त्र प्रहरी बलका प्रहरी निरिक्षक सुरेन्द्र कुमार झा सहितका ३ सदस्यीय टोली त्यहाँ जाँदा सहयोग गरिदिन तथा जो जस सँग सम्बन्ध राख्दछ भन्ने जिल्ला प्रशासन कार्यालय धनुषा द्वारा जारी पत्रमा जनाइएको छ । ३ मार्च २०१० मा तत्कालिन प्रमुख जिल्ला अधिकारी बेदबहादुर कार्कीको हस्ताक्षर सहित विहार सरकार तथा स्थानिय प्रशासनलाई उक्त पत्र लेखिएको प्रमाणपत्रको प्रतिलिपि सार्वजनिक गरेका छन् । साथै गत १८ चैत २०६६ मा सशस्त्र प्रहरी उपरीक्षक शान्तिराम थापा द्वारा हस्ताक्षरित जो जस सँग सम्बन्ध राख्दछ भन्ने विषयमा संजिव कुमार झा सुरजले गोप्य रुपमा खबरहरु दिई सुरक्षा निकायलाई शान्ति सुरक्षा तथा अपराध नियन्त्रण कार्यमा अथक सहयोगको रुपमा काम गर्दै आइरहेको प्रमाणित गरिएको छ । यसरी कुनै व्यक्ति सुराकी रहेको भन्ने प्रमाण संजीवले पेश गरेका थिए । 
यसरी माथिका कुराहरुले के देखिन्छ भने प्रहरीको सुराकी गर्ने व्यक्तिहरु एकातर्फ अपराधिलाई पक्राउ गर्न सूचना उपलब्ध गराएर मद्दत गरेको भएपनि प्रहरीसँग रहेको सम्बन्धको जायज÷नाजायज फाईदा उठाउँदै आफुपनि पैसा कमाउनका लागि आपराधिक क्रियाकलापहरुमा संलग्न हुने गरेको देखिन्छ । प्रहरीसँग आफ्नो राम्रै सम्बन्ध रहेको कारण आफुले जस्तो सुकै अपराध गरेपनि प्रहरीले केही नगर्ने मनोविज्ञानका कारण सुराकीहरु दोहोरो फाइदा उठाउने गरेका हुन्छन् । तर, मुख्य कुरा के हो भने यी सुराकीहरुको जीवन राज्य अर्थात प्रहरी र आपराधिक गिरोह दुवै तर्फबाट असुरक्षित देखिन्छन् । एउटा एसपीले आफ्नो कार्यकालमा सुराकीमा कुनै व्यक्तिलाई परिचालन गरेपनि त्यसपछि आउने एसपीले उक्त सुराकीलाई प्रयोग गर्नुको सट्टा फाल्ने वा कुनै न कुनै मुद्दामा फसाउने काम पनि धनुषामा नभएको होइन । एकातर्फ प्रहरीले मधेसका सशस्त्र भुमिगत समुहका व्यक्तिहरुलाई पक्राउ गर्न वा गैरन्यायिक हत्या गर्न भुमिगत समुहहरु मध्येकै सुराकीलाई प्रयोग गर्ने गरेका थिए । र, पछि काम सकेपछि सुराकीलाई पनि इन्काउन्टर गर्ने काम पनि यहाँ भएको पाइन्छ । अर्को तर्फ भुमिगत समुहहरुले पनि आफ्नो समुहका फलानो व्यक्ति प्रहरीको सुराकी हो भन्ने थाहा पाईसकेपछि उनीहरुले पनि कारवाही स्वरुप त्यस्ता सुराकीलाई हत्या गरेको पाइन्छ ।
सुराकी कै नाउँमा कतिपयको हत्या
हुन त माओवादीको सशस्त्र जनयूद्धताका राज्य पक्ष र तत्कालिन विद्रोही माओवादी पक्षबाट सुराकीकै आरोपमा कतिपय व्यक्तिहरुलाई भौतिक कारवाही स्वरुप हत्या गरियो । धनुषामा माओवादीबाट पीडित भएकाहरुलाई तत्कालिन एसएसपी डा.चुडाबहादुर श्रेष्ठले द्वन्द पीडित र माओवादी द्वन्दबाट विस्थापितहरुलाई एकत्रित गरी माओवादी विरुद्ध सुराकी गराउन माओवादीको प्रतिकार समिति नै गठन गराएका थिए । 
ती विस्थापितहरुलाई आत्म सुरक्षाका लागि हातहतियार राख्न इजाजत दिएका तत्कालिन एसएसपी श्रेष्ठले माओवादीहरु माथि आक्रमण गर्नका लागि विस्थापितहरुलाई फौजी प्रशिक्षण पनि विभिन्न सैनिक क्याम्पमा लगेर दिलाएको एक जना विस्थापितले द एक्सक्लुसिभलाई बताएका छन् । त्यसबेला विस्थापितहरु माओवादीको सुराकी मात्र गरेनन्, सुरक्षा फौजको अपरेशनमा आफै पनि सहभागी भई कतिपय माओवादीहरुको हत्या पनि गरेको एक जना विस्थापितले बताएका छन् । पछि माओवादीहरुले पनि धेरै मानिसलाई सुराकी गरेको आरोपमा भौतिक कारवाही स्वरुप हत्या गरेको उनले बताए । तर, तत्कालिन राजा ज्ञानेन्द्रको जनकपुर भ्रमण हुँदा शान्ति सुरक्षा मिलाउनका लागि तत्कालिन एसएसपी श्रेष्ठले विस्थापितहरुले किनेका हतियारहरु फिर्ता लिएको भएपनि कतिपयले हालसम्म पनि हतियार राखेकै उनले बताए । खासगरी माओवादीबाट असंतुष्ट भई बाहिरीएका विस्थापितहरु माओवादीसँग बदला लिन वढी आक्रामक हुँदै प्रहरीलाई माओवादीहरुको सुराकी गरेको उनले बताए । त्यसकै देखासिकी गरेर मधेसका जनतान्त्रिक समुहहरुले पनि सुराकीको आरोपमा विभिन्न व्यक्तिहरुलाई हत्या,अपहरण तथा चन्दा आतंक मचाएका थिए । कुनै पनि व्यक्तिको हत्या भएपछि ती समुहहरुले संचार माध्यममा जिम्मेवारी लिदै जनतान्त्रिकको विरुद्ध सुराकी गरेको कारण भौतिक कारवाही गरेको भनेर बयान दिने गर्थे ।
कस्ता कस्ता सुराकी ?
 कतिपय घटनाहरुमा पीडित भएका परिवारहरुले आफैपनि अपराधिबारे पत्ता लगाई प्रहरीलाई त्यसको बारे सुचना उपलब्ध गराई प्रहरीको सुराकीको काम गर्ने गरेका छन् । त्यसैगरी कुनै अपराधि सँग व्यक्तिगत रिसिवी भएका वा उसका दुश्मन रहेका व्यक्तिहरुले पनि प्रहरीलाई खास अपराधिको बारेमा सुराकी गर्ने गरेका छन् । त्यसैगरी समाजमा कुनै व्यक्तिले अपराध गरिरहेको अवस्था देख्दा समाजका मानिसहरुले स्वस्फुर्त रुपमा पनि प्रहरीलाई सुराक दिने गरेका हुन्छन् । यस्ता सुराकी दिने व्यक्तिहरुलाई प्रहरीले पारिश्रमिक दिनु पर्दैन । तर, खास अपराधिलाई पक्राउ गर्न उक्त आपराधिक गिरोहका कुनै खास व्यक्तिलाई सुराकी बनाउन प्रहरीले आर्थिक प्रलोभनमा पारेर तिमीलाई कुनै पनि कानुनी कारवाही समेत हुन नदिने आश्वासन समेत दिएर सुराकी गराउने गरेका हुन्छन् । कतिपय व्यक्तिहरु समाजमा आफ्नो प्रहरीसँग राम्रो सम्बन्ध रहेको देखाउन पनि सुराकी गर्ने गरेका हुन्छन् । धनुषाबाट सरुवा भई विराटनगर गएका एसपी उत्तम राज सुवेदी भन्छन,“कुनै पनि अपराधिले के कस्तो योजना बनाई राखेको छ भन्ने कुरा एउटा अपराधिलाई मात्र थाहा हुन सक्छ । त्यसैले अपराधिलाई सुराकीको रुपमा प्रहरीले प्रयोग गर्नु बाध्यता हो । समाजमा शान्ति सुरक्षा बहाल गर्न र अपराधिलाई पक्राउ गर्न अपराधिलाई सुराकीको रुपमा प्रहरीले प्रयोग गर्दछ । तर, कतिपय सुराकीहरुले प्रहरीसँगको सम्बन्धको जायज र नाजायज फाइदा पनि उठाउने गरेको पाइन्छ ।” सुराकीहरु मध्ये विगतमा अपराध गरेर कानुनको सजाय भुक्तान गरिसकेपछि सुध्रिएका पनि छन् भने कतिपय आपराधिक क्रियाकलापमा संलग्न रह्ने गरेका हुन्छन् ।
हुन त राज्यको तर्फबाट सुराकी गर्न राष्टिूय अनुसन्धान विभाग नै गठन गरिएको छ । त्यसको कार्यालय जिल्ला प्रशासन कार्यालय मै छ । धेरै व्यक्तिहरु गुप्तचरका रुपमा नियूक्त छन् । उनीहरुले प्राप्त गरेको सूचना विभाग मार्फत गृह मन्त्रालयमा पठाउने गरेका हुन्छन् । अति नै आवश्यक परेको अवस्थामा प्रमुख जिल्ला अधिकारीलाई सूचनाको जानकारी गराउने गरिन्छ । अन्यथा सिडिओको संयोजकत्वमा बस्ने जिल्ला सुरक्षा समितिको वैठकमा राष्टिूय अनुसन्धानका प्रमुखले सुराक दिने गरेका हुन्छन् ।
सिपाही देखि एसपी सम्म सुराकी
अपराधि पत्ता लगाउन विभिन्न व्यक्तिहरु जसरी सुराकीको रुपमा कार्य गरिरहेका हुन्छन् त्यसैगरी राजश्व छल्ने तस्करहरुको बारेमा सूचना उपलब्ध गराउनुका सँगै पक्राउ गरी बरामद गरे बापत सिपाही देखि एसपी सम्मका प्रहरी अधिकृतहरुले सुराकी गर्ने गरेका हुन्छन् ।
चोरी पैठारी गरी धनुषा अवैध रुपमा भित्रियाउने गरेको माल सामानहरु प्रहरी प्रशासन तथा भन्सारका अनुसन्धान कर्मचारीहरुले पक्राउ गराए बापत कमिशन र सुराकी रकम पाउने गरेका छन् । यस्तो रकम खानेहरुमा धनुषाका प्रहरी, टूाफिक प्रहरी र सशस्त्र प्रहरीका तल देखि माथिसम्मका प्रहरी कर्मचारीहरु रहेका छन् । जिल्ला भन्सार कार्यालय धनुषाले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०÷०७१ मा ५४ लाख ७६ हजार ४ सय ५२ रुपैयाँ र आर्थिक वर्ष २०६९÷०७० मा ५४ लाख ६८ हजार २९ रुपैयाँ कमिशन र सुराकी वापत खर्च भएको हो । 
राजश्व चुहावट सम्बन्धि कसुर गरेको सूचना दिने सुराकीलाई राजश्व चुहावट ऐन अन्तरगत दायर गरिएको मुद्दाको अन्तिम किनारा लागेपछि असुल भएको विगो रकमको १५ प्रतिशत वा १५ लाख रुपैयाँ मध्ये जुन घटी हुन्छ सो बरावरको रकम पुरस्कार स्वरुप दिइन्छ । त्यसैगरी राजश्व विभागले गरेको अनुसन्धानबाट आफुले तिर्नु वा बुझाउनु पर्ने राजश्वको सम्पुर्ण वा केही अंश छलेको यकिन भएमा असुल हुन आएको विगो रकमको ५ प्रतिशत वा ५ लाख रुपैयाँ मध्ये जुन घटि हुन्छ सो बराबरको रकम अनुसन्धानमा संलग्न कर्मचारीहरुलाई पुरस्कार स्वरुप उपलब्ध गराईन्छ । सुचना दिने सुराकीको नाम ठेगाना र निजबाट प्राप्त गरेको विवरण गोप्य राखिन्छ । त्यसैगरी राजश्व चुहावटको सूचना दिने व्यक्तिलाई सूचनाको सत्यताको आधारमा विभागद्वारा तोकिएको कार्यविधि बमोजिम तत्काल बढीमा १० हजार रुपैयाँ सम्म सुराकी खर्च दिइन्छ ।
सुराकी रकममा अनियमितता
प्रहरीहरुले सुराकी गरे वापत पाउनु पर्ने रकम नपाईरहेको एक जना प्रहरी अधिकृतले द एक्सक्लुसिभलाई बताएका छन् । जिल्ला प्रहरी कार्यालयका उपरीक्षक, सशस्त्र प्रहरीको उपरीक्षक र टूाफिक निरीक्षकले आफु खुशी सुराकीको नाउँ दिने गरेको प्रवृति रहेको उनले बताए । एसपीका वा टूाफिक इन्सपेक्टरका विश्वासका प्रहरीहरुको नाउँ सुराकीको रुपमा जिल्ला भन्सार कार्यालयमा पठाउने गरिएको उनले बताए । वास्तविक सुराक दिने व्यक्तिले कतिपय घटनामा सुराकीको रकम नपाउने गरेको उनले गुनासो गरे । यति मात्र होइन सुराकीको नाउँ पठाएपनि सरुवा भएर गईसकेपछि उक्त रकम त्यहाँका प्रहरी प्रमुखहरुले नै खाने गरेको उनले खुलासा गरे । सरुवा भएर गईसकेपछि भन्सार कार्यालयमा सुराकीको रकम माग्दा प्रहरी प्रमुखले रकम बुझिसकेको भन्सारबाट जवाफ आउने गरेको छ । उनका अनुसार भन्सारको के कर्तव्य हो भने सम्बन्धित सुराकीलाई नै बोलाएर सुराकीको रकम दिईनु पर्ने हो । तर, त्यसो हुँदैन ।

२०७१ असोज ०५ गते आईतबार