Monday, December 26, 2016

अजब–गजब छ बा ! सुदर्शन सिंह


कार्टुनिष्ट पनि काँही पत्रकार हुन्छन् ? पत्रकारले पो नेपाल पत्रकार महासंघको सदस्यता पाउने हो ।
२०७३ पौष १० गते आईतबार

जनकपुरको स्वास्थ्य क्षेत्रमा बढ्दो अराजकता ९० प्रतिशत स्वास्थ्य संस्थाहरु अवैधानिक, सम्बन्धित निकाय मौन

जनकपुर अञ्चल अस्पताल रोडमा रहेका अवैधानिक
 स्वास्थ्य संस्था तथा स्वास्थ्य क्लिनिकहरु ।
अजय अनुरागी
जनकपुरधाम...........
धनुषामा अवैधानिक रुपले निजी क्षेत्रका अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, डेन्टल क्लिनिक, स्वास्थ्य क्लिनिक तथा प्याथोलोजीहरु संचालित रहेको भएपनि जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले कारवाही गरेको छैन । बर्षौं देखि त्यस्ता गैरकानुनी तथा अवैधानिक स्वास्थ्य संस्थाहरु जनकपुरमा संचालनमा रहेका छन् । मानवको जनस्वास्थ्यसँग खेलवाड गर्दै आएका ती स्वास्थ्य संस्थाहरुलाई कारवाही गरी सिज नगरेको कारण नै आज यस्तो अवस्था आएको छ कि जनकपुरका ९० प्रतिशत भन्दा वढी स्वास्थ्य संस्थाहरु अवैधानिक पाईएको छ । यसरी कारवाही नगरिँदा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख सच्चिदानन्द देव र दर्ता तथा अनुगमन गर्ने जनस्वास्थ्य अधिकृत मुन्द्रिका प्रसाद ठाकुरले ती अवैधानिक स्वास्थ्य संस्था संचालकहरुबाट मोटो रकम मासिक कमिशन खाने गरेको हो कि भन्ने आशंका पनि स्थानीयवासीहरुले गर्न थालेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाको अभिलेख अनुसार जिल्लामा १० वटा स्वास्थ्य क्लिनिक, १० वटा पोलिक्लिनिक, ५ वटा डेन्टल क्लिनिक, ३ वटा अल्टूासाउण्ड तथा इमेजिङ सेन्टर र १० वटा स्वास्थ्य क्लिनिक मात्र दर्ता भएको पाइन्छ । जब कि जनकपुरमा त्यस्ता स्वास्थ्य संस्थाहरु दिन प्रति दिन खुलिरहेका छन् । जनकपुर सिटी हस्पिटल, जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टर, राम जानकी अस्पताल, जनकपुर अर्थोपेडिक अस्पताल, मिथिलाञ्चल सिटी अस्पताल, केयर मेडिकल सेन्टर प्रा.लि., गोदावरी मोर्डन हस्पिटल, धनुषा हस्पिटल र बछार प्रसुति केन्द्र गरी कुल १० वटा अस्पताल तथा नर्सिङ होम मात्र जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाबाट दर्ता गराई अनुमति लिई व्यवसाय संचालन गरेको पाइन्छ । तर, जनकपुरमा डा.किरण यादवले संचालन गरेको समर हस्पिटल, डा.प्रिया रंजनले संचालन गरेको आर्या एण्ड कियोर अस्पताल, डा.राघवेन्द्र झाले संचालन गरेको ओम दिघायू हस्पिटल, डा.निलम चौधरीले संचालन गरेको आस्था हस्पिटल, डा.नागेन्द्र प्रसाद यादवले संचालन गरेको आराध्या हस्पिटल लगायत दर्जनौं निजी क्षेत्रका अस्पताल तथा नर्सिङ होमहरु विना दर्ता अवैधानिक तरिकाले संचालनमा रहेको पाइन्छ ।
त्यसैगरी डेन्टल क्लिनिक तर्फ डा.अजय साहले संचालन गरेको अप्पन डेन्टल चेम्बर्स, डा.संजन ठाकुरले संचालन गरेको द डेन्टल होम, डा.विजय प्रसाद साहले संचालन गरेको सिता डेन्टल क्लिनिक, डा.उमेश कुमार यादवले संचालन गरेको धनुषा डेन्टल क्लिनिक र डा. सोनम गुप्ताले संचालन गरेको साँई अर्थोडेन्टिक एण्ड कस्मेटिक डेन्टल क्लिनिक गरी मात्र कुल ५ वटा डेन्टल क्लिनिकहरु दर्ता भई संचालन भएको पाइएको छ । यसका अतिरिक्त करिब ४ दर्जन भन्दा वढी डेन्टल क्लिनिकहरु तथा अस्पतालहरु अवैधानिक रहेका छन् ।
राम जानकी डेन्टल हस्पिटल, नेपाल डेन्टल हस्पिटल, नेपाल एण्ड फिजियो डेन्टल अस्पताल, माँ भगवती डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर जस्ता डेन्टल अस्पतालहरु दर्ता नै नगरी संचालित छन् । त्यस्तै डेन्टल तर्फ मात्रै थुप्रै चिकित्सकहरुले संचालन गरेको स्वास्थ्य क्लिनिक पनि अवैधानिक रहेको पाइएको छ । जनकपुर अञ्चल अस्पतालमा कार्यरत सबैभन्दा सिनियर चिकित्सक डा. शशी ठाकुर, नेपाल डेन्टल एसोशिएशन धनुषाका अध्यक्ष डा.रविन्द्र कुमार पाण्डे, डा.कुन्दन मिश्रा, जानकी डेन्टलका संचालक डा. अनिता राय, जनकपुर डेन्टलका संचालक डा. कपिलदेव यादव, राजदेवी डेन्टल क्लिनिकका संचालक डा.राजिव शर्मा, पोलियन डेन्टलका संचालक डा.मुकेश पाण्डे, नर्सिङ डेन्टल केयरका संचालक डा. ऋषिकेश प्रताप साह, संजिवनी डेन्टलका संचालक डा.संजय गुप्ता लगायतले संचालन गरेको डेन्टल क्लिनिकहरु पनि जनस्वास्थ्यमा दर्ता नै नगराई  गैरकानुनी ढंगले संचालनमा रहेको पाइन्छ । त्यसैगरी लक्की डेन्टल, जनसेवा डेन्टल क्लिनिक, प्रियासी डेन्टल क्लिनिक, नेपाल डेन्टल हाउस, मिथिला डेन्टल केयर सेन्टर, बजरंग डेन्टल, सुयोग पोलिक्लिनिक एण्ड डेन्टल क्लिनिक, डा.विरेन्द्र कुमार साहद्वारा संचालित विरेन्द्र डेन्टल केयर सेन्टर, डा.संजिव कुमार यादवद्वारा संचालित अन्नपुर्ण डेन्टल क्लिनिक, डा. निमु यादवद्वारा संचालित मुस्कान डेन्टल क्लिनिक पनि अवैधानिक छ । जिल्लाको ग्रामिण क्षेत्र अन्तरगत तारापट्टीमा सोनाक्षी डेन्टल, विरेन्द्र बजारमा स्माईल डेन्टल, ढल्केवरमा ढल्केवर डेन्टल, महेन्द्र नगरमा क्षिरेश्वर डेन्टल, चिरायू डेन्टल, प्रभात डेन्टल गरी  ४ वटा डेन्टल क्लिनिक, सपहीमा श्रीराम डेन्टल, धनुषाधाममा दुईवटा डेन्टल क्लिनिकहरु दर्ता नगरी अवैधानिक रुपले संचालनमा रहेको छ । राजदेवी डेन्टल केयरका संचालक डा.शैलेन्द्र कुमार महतो अहिले नक्कली सर्टिफिकेट रहेको आरोपमा निलम्बित भएको पाइन्छ । त्यसैगरी स्रोतका अनुसार डेन्टल तर्फ डा.संजिव कुमार यादव, डा.दिपेन्द्र साह, डा.विरेन्द्र कुमार साहको एनएमसी नम्बर पनि रहेको छैन । स्रोतका अनुसार उनीहरु चिकित्सकका लागि आवश्यक प्रमाण पत्र नरहेको तथा डाक्टरको अध्ययन कोर्षको परीक्षा नै पास नभएकाले एनएमसी प्राप्त नगरेको भएपनि उनीहरु जनकपुरमा उपचार गरिरहेको पाइन्छ । डा. प्रविन मिश्रको डेन्टल क्लिनिक जनकपुरमा संचालित छ । तर, उनी काठमाण्डौमा मात्र उपचार गर्छन् । तै पनि उनको क्लिनिकमा डा.रामस्नेही साहले उपचार गरिरहेको बताइन्छ ।
पोलिक्लिनिक तर्फ हेर्ने हो भने जनकपुर १२ मा डा.रुद्रनारायण झाद्वारा संचालित संजिवनी मेडिकल एण्ड सेफ मदरहुड सेन्टर प्रा.लि., धनुषाधाम ३ मा निराजन कुमार यादवद्वारा संचालित राजाराम यादव मेमोरियल पोलिक्लिनिक प्रा.लि., क्षिरेश्वरनाथ ६ मा रघुनाथ साहद्वारा संचालित एएसआरबि हेल्थ केयर एण्ड डायगनेस्टिक सेन्टर प्रा.लि., विरेन्द्र बजार ४ मा डा.मुन्द्रिका पटेलद्वारा संचालित उत्तम पोलिक्लिनिक, जनकपुर ब्रम्हपुरीमा डा.महेश महासेठद्वारा संचालित नवजीवन हेल्थ केयर प्रा.लि., जनकपुर १० मा डा.पियूश कुमारद्वारा संचालित प्रिसा पोलिक्लिनिक, जनकपुर ८ मा रामकृपाल सिंहद्वारा संचालित राजदेवी पोलिक्लिनिक, जनकपुर ८ मा निता जयसवालद्वारा संचालित मिहिलाल सिटी स्कयान पोलिक्लिनिक, डा.जितेन्द्र कुमार यादवद्वारा लक्ष्मिनिया बजारमा संचालित देव पोलिक्लिनिक र जनकपुर रामानन्द चौकमा जयन्ती कुमारी साहद्वारा संचालित शिवगुरु प्राथमिक उपचार पोलिक्लिनिक गरी कुल १० वटा पोलिक्लिनिकहरु मात्र जिल्लामा दर्ता भएको पाइन्छ । यसका अतिरिक्त संचालित रहेका दर्जनौं पोलिक्लिनिकहरु अवैध छन् । जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका जनस्वास्थ्य अधिकृत मुन्द्रिका प्रसाद ठाकुरका अनुसार अहिले रहेको १० वटा पोलिक्लिनिकहरु मध्ये डा.रुद्रनारायण झाले पहिले १५ बेडको अस्पताल र डा.महेश महासेठले २५ बेडको अस्पताल दर्ता गराएका थिए । तर, ती अस्पतालहरुको भवन भुकम्प प्रतिरोधात्मक नरहेकाले अस्पतालबाट पोलिक्लिनिकमा झारिएको हो । मुख्य कुरा के हो भने अस्पतालमा बेड सिट, बेड संख्या आदि तय गरी विरामीलाई भर्ना गरी चौविसै घण्टा उपचार प्रदान गरिन्छ । तर,पोलिक्लिनिकहरुमा एक ठाउँबाट ओपिडी सेवा, ल्याव सेवा, एक्स रे सेवा, अल्टूासाउन्ड, इन्डोस्कोपी, खोप सेवा, परिवार नियोजन सेवा, प्रसुति सेवा लगायतका सेवाहरु मध्ये कम्तिमा ५ वटा सेवाहरु प्रदान गरिनुपर्ने हुन्छ । र, पोलिक्लिनिकमा विरामीलाई भर्ना गरी उपचार गराउन पाइन्न । तर, जनकपुरमा संचालित कतिपय पोलिक्लिनिकमा मापदण्ड विपरित विरामीहरुलाई भर्ना  गरी उपचार समेत गर्ने गरिएको छ । त्यसको अनुगमन समेत हुन सकेको छैन ।
स्वास्थ्य क्लिनिक तर्फ हेर्ने हो भने रामानन्द चौकमा शम्भु प्रसाद यादवद्वारा संचालित शान हेल्थ केयर, अस्पताल रोडमा डा. जामुन प्रसाद सिंहद्वारा संचालित संकट मोचन बाल क्लिनिक, अस्पताल रोडमै डा.राजेश कुमार साहद्वारा संचालित मिथिला हार्ड एण्ड डायनोस्टिक सेन्टर, ब्रम्हपुरीमा डा. रामकिशोर साहद्वारा संचालित पार्वती हार्ड सेन्टर, जनकपुर २ डा.कल्पना बछारद्वारा संचालित बछार प्रसुति सेवा केन्द्र, अस्पताल रोडमा डा. अरुण कुमार गुप्ताद्वारा संचालित अमृत क्लिनिक, डा.सुरेन्द्र कुमार सिंहद्वारा संचालित काव्य क्लिनिक, डा.दिपक गुप्ताद्वारा संचालित सिता बाल क्लिनिक, डा.रामविनय चौधरीद्वारा संचालित आरबि अर्थोक्लिनिक र डा. अनिल कुमार ठाकुरद्वारा संचालित अर्थोपेडिक तथा टूमा सेन्टर मात्र जिल्ला जनस्वास्थ्य कार्यालय धनुषामा दर्ता भएको पाइन्छ ।
नेपाल चिकित्सक संघ धनुषामा मात्रै डेढसय भन्दा वढी चिकित्सकहरु सदस्य छन् । त्यसैगरी नेपाल डेन्टल संघ धनुषामा २३ जना भन्दा बढी चिकित्सकहरु सदस्य छन् । यसरी हेर्ने हो भने प्रत्येक बर्ष २० देखि २५ जनाको संख्यामा जनकपुरमा नब चिकित्सकहरुको प्रवेश हुने गरेको छ । समग्रमा भन्ने हो भने करिब ३ सयको हाराहारीमा जनकपुरमा चिकित्सकहरुले स्वास्थ्य क्लिनिक संचालन गरेका छन् । तर, ती सबै स्वास्थ्य क्लिनिकहरु दर्ता नै नगरी संचालित छन् ।
त्यसैगरी जनकपुरको अस्पताल रोडमा डा.जितेन्द्र कुमार मण्डलद्वारा संचालित लक्की अल्टूासाउन्ड एण्ड इमेजिङ सेन्टर, डा.महेश महासेठद्वारा संचालित ग्यास्टूो केयर एण्ड इन्डोस्कोपी सेन्टर र कृष्ण कुमार महतोद्वारा संचालित डायमण्ड अल्टूासाउन्ड इमेजिङ सेन्टर मात्र दर्ता भएको छ । यसका अतिरिक्त जनकपुरमा संचालित अल्टूासाउन्ड तथा इमेजिङ सेन्टरहरु विना दर्ता कै संचालित छन् । कतिपय अल्टूा साउन्डका संचालकहरुले मोटो रकम लिएर प्रसुतिहरुको गर्भमा रहेको भ्रुणको पहिचान गरेर बताउने गरेका छन् । जो कि कानुन विपरित हो ।
जनकपुरमा ३ सय भन्दा वढी प्याथोलोजीहरु संचालित छन् । चिकित्सकहरुले लेखेको जाँच परीक्षणका लागि ती ल्यावहरु संचालित छन् । तर, विडम्बना कस्तो छ भने जनकपुरको अस्पताल रोडमा सुनिल कुमार मण्डलद्वारा संचालित सुनैना प्याथोलोजी मात्र जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता गरिएको छ । अरु सबै प्याथोलोजीहरु अवैधानिक हुन । चिकित्सकहरुले पनि मोटो रकम कमिशन लिने गरेका छन् । एक्स रे जाँचका लागि जनकपुरमा थुप्रै एक्स रे सेन्टरहरु संचालित रहेपनि एउटा पनि दर्ता गरिएको छैन ।
विना दर्ताको औषधि पसल
नेपाल औषधि व्यवस्था विभागको तथ्याङक अनुसार हाल उक्त विभागमा दर्ता भई नियमनको दायरामा लगभग १७ हजार औषधि दर्तामा रहेको, २१ हजार औषधि विक्रेता तथा वितरक, १२४ स्वदेशी औषधि उत्पादक तथा ३ सय विदेशी उत्पादक स्वीकृत रहेका छन् । जनकपुर अञ्चल औषधि व्यवसायी संघ धनुषाका अनुसार यस अञ्चल अन्तरगत करिब ४ सय ३७ औषधि विक्रेताहरु दर्ता गरी संचालित छन् । जसमध्ये ७० वटा विक्रेताहरु थोक विक्रेताको रुपमा रहेको तथा बाँकी खुद्रा विक्रेताको रुपमा रहेका छन् । नेपाल औषधि व्यवसायी संघ धनुषाका पुर्व अध्यक्ष तथा बर्तमान केन्द्रिय सदस्य गणेश प्रसाद साहका अनुसार यस अञ्चल भरी करिब २ हजार औषधि विक्रेताहरु छन् । ती विक्रेताहरु दर्ता नै नगरिकन वा अनुमति नै नलिईकन संचालित छन् । त्यसमा पनि जनकपुरमा के पाइएको छन् भने डि फामेर्सी बि फार्मेसी गरेका विक्रेताहरुले आफ्नो नाउँमा औषधि विक्रेताको अनुमति लिए पनि त्यो अनुमति पत्रलाई भाडामा लगाउने गरेका छन् । यति मात्र होइन, जनकपुरमा संचालित कतिपय औषधि पसलहरुमा औषधि व्यवस्था विभागमा दर्ता नगरिएका औषधिहरु, प्रतिबन्ध लगाइएका औषधिहरु, औषधि उत्पादकहरुद्वारा नमुनाका लागि वितरण गरिएका औषधिहरु पनि गैरकानुनी तरिकाले बेच्ने गरेका छन् । औषधि पसलहरुको बेथिती कतिसम्मको छ भने जुन व्यक्तिले अनुमति पाए ती व्यक्ति मरिसकेको भएपनि तीनको नाममा तिनका पारिवारिक सदस्यहरुले पसल चलाईरहेका छन् । प्रशिक्षण प्राप्त गर्नेले मात्र वा अनुमति प्राप्त गरेको व्यक्तिले मात्र औषधि बेच्नुपर्ने हो । तर, तिनका श्रीमति, छोरा, छोरी वा अन्य पारिवारिक सदस्यहरुले औषधि पसलमा औषधि बेचिरहेको पाइन्छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख सच्चिदा नन्द देवका अनुसार जनकपुरमा स्वास्थ्य क्षेत्रको अवस्था अत्यन्तै अराजक छ । पटक पटक दर्ता गराई अनुमति लिई स्वास्थ्य संस्था संचालन गर्न भनेपनि गरिएको छैन । अब केही दिन भित्रै स्थानीय प्रशासनको मद्दत लिई  अनुगमनको संयूक्त टोली बनाई अनुगमन गरिनेछ र दर्ता वा अनुमति विना संचालनमा रहेको स्वास्थ्य संस्थाहरुलाई कारवाही गरिनेछ ।
स्वास्थ्य मन्त्रालयको कडा निर्देशन
स्वास्थ्य मन्त्री गगन थापा जनकपुर भ्रमणमा आएको बेला विना दर्ता संचालित सबै खाले स्वास्थ्य संस्था माघ ३० भित्रमा दर्ता गरी अनुमति लिन निर्देशन दिएका छन् । त्यस भन्दा बाहेक विना दर्ता संचालित हुने त्यस्ता स्वास्थ्य संस्थाहरुलाई बन्द गरिने मन्त्री थापाले प्रष्ट रुपमा चेतावनी समेत दिएका छन् ।
सुशासन(व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४५ बमोजिम नेपाल सरकारबाट स्वीकृत स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका, २०७० को दफा ३ मा कसैले पनि यस निर्देशिका बमोजिम अनुमति नलिई स्वास्थ्य सेवा संचालन गर्न नपाइने व्यवस्था गरेको छ । ८ मंसिर २०७३ मा स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत कृष्ण प्रसाद सुवेदीद्वारा स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयूर्वेद विभाग, राष्टिूय जनस्वास्थ्य प्रयोगशाला, क्षेत्रिय स्वास्थ्य निर्देशनालयहरु धनकुटा, हेटौडा, पोखरा, सुर्खेत, डोटी र सबै जिल्लाका जनस्वास्थ्य तथा स्वास्थ्य कार्यालयहरुलाई गरिएको परिपत्रमा कडा रुपमा निर्देशन दिइएको छ । स्वास्थ्य मन्त्रालय र मातहतका निकायबाट गरेको अनुगमनको क्रममा केही स्वास्थ्य संस्थाहरुले अनुमति नलिई वा अनुमति पत्र नविकरण नगराई गैरकानुनी रुपमा स्वास्थ्य संस्थाहरु संचालन गरेको देखिन आएकोले यसका नियमन गर्ने शिलशिलामा ‘स्वास्थ्य संस्थाहरुले संचालन अनुमति लिए नलिएको सम्बन्धमा अनुगमन टोलीद्वारा स्थलगत रुपमा अनुगमन गर्ने कार्य गरिरहेको हुँदा यो आदेश जारी हुनुभन्दा अघिकै मितिमा निवेदन दर्ता भई प्रक्रियामा रहेका स्वास्थ्य संस्थाहरुका बाहेक अर्को आदेश वा निर्देशन जारी नहुँदासम्म अन्यनयाँ स्वास्थ्य संस्था दर्ताको लागि निवेदन नलिने र संचालन अनुमति पनि नदिने’ भन्ने नेपाल सरकार स्वास्थ्य मन्त्री स्तरको मिति ७ मंसिर २०७३ मा निर्णय भएकोले सबै मातहतका निकायबाट उल्लेखित निर्देशनको कडाई साथ पालना गर्न गराउन भनिएको छ ।
त्यसैगरी स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत कृष्ण प्रसाद सुवेदीद्वारा क्लिनिकल अभ्यास रोक लगाउने सम्बन्धमा नेपाल मेडिकल परिषद, नेपाल नर्सिङ परिषद, नेपाल आयूर्वेद परिषद, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल फार्मेसी परिषदलाई परिपत्र मार्फत निर्देशन गरिएको छ । ८ मंसिर २०७३ मा स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखा बाट जारी गरिएको उक्त परिपत्रमा के भनिएको छ भने यस मन्त्रालयले गरेको अनुगमनको क्रममा केही स्वास्थ्य संस्थाहरुले अनुमति नलिई वा अनुमति पत्र नविकरण नगराई स्वास्थ्य संस्थाहरु संचालन गरेको देखिन आएको छ । त्यस्ता अनुमति नलिई वा अनुमति नविकरण नभएका स्वास्थ्य संस्थाहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समेतले क्लिनिकल अभ्यास गर्ने गरेको पाइएकोेले त्यस्ता गैरकानुनी रुपमा संचालन गरिएका स्वास्थ्य संस्थाहरुमा त्यस परिषद अन्तरगत दर्ता भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई क्लिनिकल अभ्यास नगर्न र नगराउन स्वास्थ्य मन्त्री स्तरको ७ मंसिरमा निर्णय भएको छ ।
निजी तथा गैरसरकारी स्वास्थ्य संस्था, अस्पताल, नर्सिङ होम आदि स्थापना तथा संचालन नीति मापदण्ड एवम पुर्वाधारका निर्देशिका बमोजिम पुर्वाधारहरु पुरा गरेर जिल्ला जनस्वास्थ्य कार्यालय धनुषामा दर्ता गराई अनुमति प्राप्त गरी संचालन गर्नुपर्ने कानुनी प्रावधान छ ।
यसका अतिरिक्त उक्त संस्थाको काम गर्ने आयकर कट्टी गर्न योग्य जनशक्तिको आय कर स्वयम त्यस संस्थाले कट्टा गरी सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा दाखिला गरिनुपर्ने, प्रत्येक महिनाको मासिक प्रतिवेदन जिल्ला जनस्वास्थ्य कार्यालयमा पठाउनुपर्ने, स्वास्थ्य मन्त्रालयको नीति, नियम तथा निर्धारित मापदण्ड अनुसार ती सेवा संचालन नभएको पाइएमा जुनसुकै समयमा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले स्वीकृति रद्द गर्न सक्ने कानुनी प्रावधान छ ।

२०७३ पौष १० गते आईतबार

स्वास्थ्य क्षेत्रको ‘बजार फस्टाउँदै, राजश्व छल्दै’

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुरमा उद्योग धन्दा तथा कलकारखानाहरु फस्टाउन नसकेपनि दिन प्रति दिन स्वास्थ्य क्षेत्रको बजार तथा कारोबार फस्टाउँदै गएको छ । जनकपुरमा सरकारी अस्पतालको रुपमा अञ्चल अस्पताल रहेपनि नीजि क्षेत्रमा अस्पताल तथा क्लिनिकहरुको संख्या वढ्दै गएको पाइन्छ । अहिले खास गरी अञ्चल अस्पताल रोडमा ठुला ठुला भवनहरु बन्नु र ती भवनहरुमा नीजि अस्पताल तथा नर्सिङ होमहरु संचालन हुनुले पनि जनकपुरमा स्वास्थ्य क्षेत्रको व्यापार दिन दुगुन्ना रात चौगुन्नाको दरले वढ्दै गएको पाइन्छ । खास गरेर धनुषाको रमदैयामा जानकी मेडिकल कलेजको स्थापना भएपछि  नीजि क्षेत्रका चिकित्सकहरु उक्त कलेजमा एशोसिएट प्रोफेसरको रुपमा कार्य गर्न थालेपछि जनकपुरमा चिकित्सकहरुको संख्यामा समेत वृद्धि हुँदै गएको पाइन्छ । तराई क्षेत्रको केन्द्र विन्दुको रुपमा रहेको जनकपुर आसपासका जिल्लाहरु तथा छिमेकी मुलुक भारत विहारको समेत विरामीहरु उपचार गराउन जनकपुर आउने भएपछि चिकित्सकहरुको ध्यान जनकपुर तर्फ केन्द्रित भएको देखिन्छ । जानकी मेडिकल कलेजबाट उत्पादित जनशक्ति र देश तथा विदेशबाट पढेर आउने चिकित्सकहरुको लागि जनकपुर राम्रो आम्दानीको तथा करियर स्थापित गराउने स्थलको रुपमा समेत देखिएपछि अहिले घर बेटिहरु पुरानो भवनलाई भत्काएर ठुला ठुला भवन बनाएर नर्सिंङ होमहरुलाई बहालमा दिन थालेका छन् । जनकपुरको अरगज्जा सागर देखि रामानन्द चौकसम्म, ऐतिहासिक रंगभुमि बारहविघा मैदानको पहिलो गेट देखि पेठिया बजार जाने महाराज सागरको डिलसम्म ठुला ठुला भवनहरु निर्माण गरि स्वास्थ्य बजारलाई बहालमा दिइएको पाइन्छ ।     ती घर बेटीहरुले औषधि पसल, प्याथोलोजी वा क्लिनिकहरुलाई प्रति सटर ४० हजार देखि ६० हजार रुपैयाँ सम्म मासिक लिनुका साथै ५ लाख देखि १० लाख रुपैयाँ सम्म धरौटी लिने गरेको छ । तर, ती घर बेटीहरुले पनि घर बहाल कर तिर्दैनन् । यति मात्र होइन अस्पताल रोडमै पहिले देखि रहेको पुरानो भवनलाई भत्काएर ठुला भवन निर्माण गरिरहेको अवस्थाले पनि यहाँ स्वास्थ्य क्षेत्र सबैभन्दा ठुलो उद्योगको रुपमा देखिँदैछ । हुन त जनकपुर प्रवेश गर्ने सबै नाकाहरुको प्रवेश मार्गमै पनि नर्सिङ होमहरु संचालित छन् । जटही नाकाबाट प्रवेश गर्दा जनकपुरको मुखमै सञ्जिवनी अस्पताल, पुर्व पश्चिम राजमार्गबाट जनकपुर प्रवेश गर्ने बाटोमा रमदैयामै जानकी मेडिकल कलेज र उत्तरबाट आउने विरामीहरुका लागि सिटी अस्पताल, नवजिवन अस्पताल त्यसैगरी पुर्वी तथा उत्तरी बेल्टबाट आउने मार्गमा धनुषा अस्पताल, सिटी होस्पिटल, केयर नर्सिङ होमहरु संचालित छन् । जनकपुरमा अनगिन्ती प्याथोलोजी छन् । डिजिटल देखि जेनरल एक्सरेसम्म, अल्टूासाउण्ड सहितका चेक जाँच गर्ने सेन्टरहरु पनि उल्लेख्य संख्यामा पाइन्छ । यसको अर्थ स्वास्थ्य बजार सबैभन्दा वढी मालामाल हुने बजारको रुपमा देखिन्छ ।
जनकपुरका चिकित्सकहरु सुरुमा जनकपुर अञ्चल अस्पतालमा काम गरि आफ्नो पहिचान बनाउने र त्यसपछि बाहिर नीजि क्लिनिकहरुमा काम गरेर लाखौं करोडौं रुपैयाँ आर्जन गर्ने र त्यसपछि आफ्नै लगानीमा नर्सिङ होमहरु खोल्ने प्रवृति वढेको देखिन्छ । तर, लाखौं करोडौं रुपैयाँ कमाउने जनकपुरका अधिकांश चिकित्सकहरु राजश्व चोरी गर्ने गरेका छन् । जनकपुरमा ३ सय भन्दा वढी चिकित्सकहरु नीजि क्लिनिक, नर्सिङ होम तथा अस्पतालहरुमा कार्यरत रहेको भएपनि केही चिकित्सकहरु मात्र करको दायरामा आउन सकेका छन् । आन्तरिक राजश्व कार्यालय जनकपुरले उपलब्ध गराएको स्वास्थ्य सेवा प्रदान गर्ने कर दाताहरुको विवरण अनुसार करिब ७० प्रतिशत भन्दा वढी चिकित्सकहरु करको दायरामा नआएको देखिन्छ ।
कर दायरामा आएपनि कर चोरी
आन्तरिक राजश्व कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार त्यही चिकित्सकहरुले प्यानमा दर्ता गराएपनि विवरण सहि नपठाएर करको चोरी गर्ने गरेको पाइन्छ । डा.विजय कुमार सिंह, डा.शशि कुमार ठाकुर, डा.बलराम मिश्र, डा.दिपक कुमार गुप्ता, डा.रामपरिक्षण यादव, डा.रामकेवल साह, डा.विनय कुमार चौधरी, डा.रुद्रनारायण झा, डा.लक्ष्मीश्वर प्रसाद, डा.जयकुमार मण्डल, डा.मिथिला शर्मा, डा.श्यामसुन्दर यादव, डा. गौराङ्ग मिश्र, डा.राजेश चन्द्र यादव, डा.दिपेन्द्र कुमार साह, डा.अमरेन्द्र झा, डा.अन्जु ठाकुर झा, डा.दामोदर प्रधान, डा.निलम चौधरी, डा.कुलदीप पंडित, डा.आनन्द कुमार मिश्र आदि चिकित्सकहरुको प्यानमा दर्ता भएको पाइन्छ । त्यसैगरी अभिय कुमार मुखर्जी, रामनरेश पण्डित, डा.नागेन्द्र प्रसाद यादव, डा.सिद्धीदात्री झा, डा.रामबाबु रमन जयशवाल, डा.राजकुमार महत्तो, डा. मुकेश प्रसाद चौरसिया, डा. ऐलेना लेबोनिदोभना मण्डल, डा.सुरेन्द्र कुमार यादव, डा.लखनलाल साह, डा.अंकुर साह, डा.राघवेन्द्र झा, डा.कल्पना बछाड, डा.रतिश चन्द्र झा, डा.उदय कान्त झा, डा.दिपक गुप्ता आदिको नाम प्यानमा दर्ता भएको देखिन्छ । एक जना चिकित्सकका अनुसार जनकपुरमा एक दिनमा मात्रै १ लाख रुपैयाँ भन्दा वढी आम्दानी गर्ने चिकित्सकहरुको संख्या २ दर्जन जति छ । तर, तिनीहरुले उक्त आम्दानी सरह कर तिरिरहेका छैनन् । एउटा चिकित्सकको जनकपुरमा मात्रै ४÷५ ठाउँमा क्लिनिक हुन्छ । चिकित्सकले प्रत्येक क्लिनिकबाट प्यासेन्ट जाँच गरेबापत शुल्क असुली गर्छन् । यसका अतिरिक्त चिकित्सकहरुले एउटा जाँचबाट ६० प्रतिशत कमिशन लिने गर्छन् । प्याथोलोजि, एक्सरे जाँच र अल्टूासाउण्ड जाँचबाट मोटो रकम कमिशन बापत पाईरहेका हुन्छन् । त्यसैगरी उक्त चिकित्सक सरकारी अस्पताल, विभिन्न नीजि नर्सिङ्ग होम तथा अस्पतालहरुमा पनि काम गर्छन् । यदि चिकित्सक स्त्री तथा प्रसुति रोग विशेषज्ञ हो भने दिनमा २ देखि ३ वटा अप्रेशन गरेर पनि मोटो रकम आर्जन गर्छन । यसका अतिरिक्त औषधि विक्रेताहरुले चिकित्सकहरुलाई औषधि लेखिदिने नाउँमा समेत कमिशन दिने गरेको हुन्छ ।
स्वास्थ्य संस्थाहरुले विरामीलाई दिएको सेवाको ५ प्रतिशत रकम सेवा करबाट असुली गर्ने जिम्मेवारी र प्रत्येक चौमासिक विवरण बुझाउने जिम्मेवारी पनि ती स्वास्थ्य संस्थाको नै हुन्छ । प्रत्येक चौमासिकको म्याद भित्र कर दाखिला नगरेमा ती स्वास्थ्य संस्थाहरुले १५ प्रतिशत ब्याज तिर्नुपर्ने र विवरण नबुझाएमा प्रत्येक विवरणको १ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ ।
कुनै पनि व्यक्तिले जुनसुकै कारोबार गर्दा पनि प्यान लिनुपर्ने हुन्छ । स्थायी लेखा नम्बर (प्यान) लिने स्वास्थ्य संस्थाको संख्या बढे पनि कर तिर्नेको संख्या भने बढेको छैन । सरकारी र सामुदायिक स्वास्थ्य संस्थाबाहेक सबैले अनिवार्य प्यान नम्बर लिनुपर्ने र प्यान लिएपछि स्वतः आयकरमा समाहित हुने भएकोले त्यसकै आधारमा कर तिरे र नतिरेको विवरण संकलन गरिन्छ ।
करको दरमै समस्या
आन्तरिक राजस्व विभागले व्यक्ति, संस्था वा निकायहरूले प्रदान गरेको स्वास्थ्य सेवामा जारी बिजक मूल्यको पाँच प्रतिशत स्वास्थ्य सेवा कर उठाउँछ । यसबाहेक अन्य व्यवसायमा झैं आयकर, व्यवसाय अनुसार अन्तःशुल्क, भ्याट, भन्सार शुल्क समेत तिर्नुपर्छ । म्यादभित्र कर दाखिला नगरे वार्षिक १५ प्रतिशत ब्याज र विवरण दाखिला नगरे प्रति विवरण रु.१ हजार जरिवाना तिर्नुपर्छ । विभागले स्वास्थ्य कर र सेवा शुल्क नबुझाउने संस्था बन्द गराउन सक्छ ।
शुल्क असुली गरेपनि प्यासेन्टलाई विल दिँइदैन
सरकारले चिकित्सकहरूले लिन पाउने अधिकतम परामर्श शुल्कसमेत तोकेको छ । गत असोज १ देखि लागू भएको उक्त मापदण्ड उल्लंघन गर्ने डाक्टरलाई कालो बजारी ऐन अन्तर्गत मुद्दा चल्न सक्छ, जसअनुसार तीन वर्ष जेल र ५० हजार जरिवानासमेत हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको उक्त मापदण्ड अनुसार उनीहरूले अधिकतम परामर्श शुल्क ४ सय ७५ रुपैयाँ लिन पाउनेछन् ।
सुशासन ऐन २०६३ अनुसार स्वास्थ्य संस्था स्थापना, सञ्चालन र स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका अन्तर्गतको अनुगमन समितिको सिफारिसमा चिकित्सकहरूको परामर्श शुल्क निर्धारण गरेको हो । सरकारले कुनै सेवा र वस्तुमा अधिकतम भाउ तोकेको छ भने त्यो भन्दा बढी लिनेलाई कालोबजारी ऐन अनुसार कारबाही हुन्छ । उक्त कारबाही अन्तर्गत एक देखि तीन वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । सरकारद्वारा निर्धारित शुल्कभन्दा बढी लिने डाक्टरलाई कानुनी कारबाहीको दायरामा ल्याउन पीडित उपभोक्ताले प्रहरीमा उजुरी गर्नुपर्ने छ । निर्देशिका अनुसार यससम्बन्धी मुद्दा हेर्ने अधिकार स्थानीय प्रमुख जिल्ला अधिकारीलाई हुन्छ । सबै अस्पताल तथा क्लिनिकहरूले सबैले देख्ने गरी सरकारद्वारा निर्धारित सेवा शुल्कसम्बन्धी विवरण टाँस्नुपर्नेछ । सरकारले नै तोकेको करबाहेक त्यसमा अन्य कुनै आर्थिक भार थप्न पाइने छैन । सेवा शुल्क लिन पाइने छैन । तर, जनकपुरमा कुनै पनि चिकित्सकहरुले हालसम्म पनि आफ्नो शुल्कको सूचि टाँसेको पाइँदैन । सामान्य एमबीबीएस वा सो सरहका डाक्टरले सेवा सुरु गरेदेखि पाँच वर्षसम्म दुई सय ५० रुपैयाँमात्र शुल्क लिन पाउनेछन् । पाँच वर्ष वा सोभन्दा बढी अनुभवी एमबीबीएस डाक्टरले तीन सय रुपैयाँभन्दा बढी लिन पाउने छैनन् ।
पोस्ट ग्रयाजुएट डिप्लोमा गरेका चिकित्सकहरूले पाँच वर्षसम्म तीन सय ५० र त्यसभन्दा बढी अनुभवीहरूले ४ सय रुपैयाँसम्म सेवा शुल्क लिन सक्छन् । एमडी र एमएस गरेका चिकित्सकहरूले पाँच वर्षसम्म सेवा शुल्क चार सय ५० लिन सक्छन् भने पाँच वर्ष नाघिसकेका विशेषज्ञ चिकित्सकहरूले ४ सय ७५ भन्दा बढी शुल्क लिन पाउने छैनन् । मापदण्डअनुसार डाक्टरहरूले फलोअपमा आउँदा सात दिनसम्म र पहिलो पटक फलोअप गर्दा निःशुल्क सेवा दिनुपर्नेछ । हाल डाक्टरसँग जचाउँदा सात दिनको औषधि दिएर आठौं दिन पुनः फलोअपमा आउन भन्ने गरिन्छ । यसअघिको नियम अनुसार एक सातासम्म फलोअपमा आउँदा परामर्श शुल्क नलाग्ने व्यवस्था भएकाले आठौं दिन डाक्टरले बोलाउने प्रवृत्ति थियो । तर अब एक सातासम्म वा पहिलोपटक फलोअपमा आउँदा चिकित्सकले शुल्क लिन पाउने छैनन् । उक्त शुल्क निर्धारण भएपनि जनकपुरका कुनै पनि चिकित्सकहरुले विरामीहरुलाई बिल दिँदैनन् । राज्यलाई तिर्नुपर्ने कर छली गर्नका लागि नाम चलेका अधिकांश चिकित्सकले यस्तै शैली अपनाइरहेका छन् । सोही कारण जनकपुरमा  खुलेका निजी क्लिनिक, नर्सिङ होम तथा फार्मेसीहरूमा बिरामी जाँच गर्ने चिकित्सकहरूले बिरामीसँग महँगो शुल्क लिने तर बिल भने नदिने गरेका हुन् । राजस्व कार्यालयहरूले अनुगमन तथा नियमन नै नगरेका कारण पनि निजी क्लिनिक तथा नर्सिङ होमहरूले बिल नै नदिई बिरामीसँग शुल्क लिइरहेका छन् ।
सामान्यतयाः चिकित्सकहरूले बिरामी जाँचका क्रममा लिएको शुल्कको कम्तीमा १ दशमलव ५ प्रतिशत सेवा शुल्क सरकारलाई बुझाउनुपर्ने प्रावधान छ । तर, निजी क्लिनिक, औषधि पसल तथा मेडिकलहरूमा केही नाम चलेका चिकित्सकहरूले विलबिना नै बिरामीसँग रकम असुल गरिरहेका हुन् । आन्तरिक राजस्व विभागका अनुसार स्वास्थ्य संस्थाहरूले स्वास्थ्य सेवा शुल्कबापत ५ प्रतिशत, आयकर २५ प्रतिशत र भ्याट १३ प्रतिशत बुझाउनुपर्छ । सामान्यतः २० लाखभन्दा बढी कारोबार गर्ने संस्था तथा फर्म भ्याटमा दर्ता हुनुपर्ने प्रावधान रहेको छ । कतिपय चिकित्सकहरूले टीडीएस बुझाउने गरेको भए तापनि प्राइभेट क्लिनिक तथा अस्पतालहरूले रेकर्ड राख्ने नगरेका कारण राजस्व असुलीमा समस्या परेको हो । कतिपय क्लिनिक तथा प्राइभेट अस्पताल सञ्चालकहरूले डाक्टरबाट लिने गरेको स्वास्थ्य सेवाबापतको शुल्कसमेत दाखिला नगर्ने गरेको राजस्व अनुसन्धानमा संलग्न अधिकारीहरूको दाबी छ ।



२०७३ पौष १० गते आईतबार

भवन निर्माण तथा विकासका लागि अर्बौंको बजेट प्रक्रिया सुस्त गतिमा अगाडी बढ्दा बजेट फ्रिज हुने डर

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषाले चालु आर्थिक बर्षमा विकास निर्माणका लागि २ अर्ब ४ करोड ४२ लाख ४७ हजार ८ सय ६० रुपैयाँ खर्च गर्ने भएका छन् । विशेष भौतिक तथा पुर्वाधार क्षेत्र विकास आयोजना अन्तरगत भवन निर्माण, सार्वजनिक निर्माणका लागि २ करोड ८७ लाख ६९ हजार ४ सय, भन्सार सुधार कार्यक्रम अन्तरगत भवन निर्माणका लागि ६३ लाख ५२ हजार, आवास व्यवस्था कार्यक्रम अन्तरगत १६ करोड ९२ लाख ८९ हजार ९ सय ६०, सघन सहरी विकास कार्यक्रम अन्तरगत १ अर्ब ६१ करोड ५१ लाख ८५ हजार, भवन निर्माण संहिता सरकारी भवन निर्माण अन्तरगत  १ करोड ६३ लाख ३५ हजार, नमुना एकिकृत बस्ती विकास कार्यक्रम (तराई(मधेस(पहाड(हिमाल) अन्तरगत सार्वजनिक निर्माणका लागि ५ करोड ५९ लाख ३५ हजार, एकिकृत जिल्ला स्वास्थ्य कार्यक्रम अन्तरगत भवन निर्माणका लागि १३ करोड २७ लाख ५० हजार, अयूर्वेद सेवा कार्यक्रम अन्तरगत भवन निर्माणका लागि २९ लाख ५० हजार, पुनर्निमाण तथा पुनस्र्थापन कार्यक्रम अन्तरगत भवन निर्माणका लागि १ करोड ६६ लाख ८१ हजार ५ सय गरी कुल २ अर्ब ४ करोड ८२ लाख ४७ हजार ८ सय ६० रुपैयाँ खर्च गर्ने भएको छ । डिभिजन कार्यालय धनुषाले उक्त रकम धनुषा, महोत्तरी र सर्लाही गरी ३ जिल्लामा खर्च गर्नेछन् ।

विशेष भौतिक तथा पुर्वाधार क्षेत्र विकास आयोजना
विशेष भौतिक तथा पुर्वाधार क्षेत्र विकास आयोजना अन्तरगत जिल्लामा सामुदायिक भवन निर्माण, मन्दिर निर्माण, मन्दिर परिसर सुधार, सडक स्तरोन्नति, पुस्तकालय निर्माण, पिसिसी सडक र नाला निर्माण, समशान घाट निर्माण, महजिद निर्माण लगायतका कार्यक्रमहरु रहेको छ । विशेष भौतिक तथा पुर्वाधार क्षेत्र विकास आयोजना अन्तरगत धनुषाको क्षिरेश्वर नगरपालिका वडा नं. १ स्थित सामुदायिक भवन निर्माण, क्षिरेश्वर नगरपालिका वडा नं. ४ कुमरौलमा सामुदायिक भवन निर्माण, सुगा मधुकरही ५ मा सामुदायिक भवन निर्माण, तुल्सीयाही निकास वडा नं. ८ मा संगम सामुदायिक भवन निर्माण, दुहवी ६ मा क्रियापुत्री भवन निर्माण, क्षिरेश्वर नगरपालिका १० मा औरहा सामुदायिक भवन निर्माण, मंगलपुर ३ मा सामुदायिक भवन निर्माण, क्षिरेश्वर नगरपालिका  ६ स्थित कबिर कुट्टी भवन निर्माण, लक्ष्मिनिया बजारमा कबिर कुट्टी भवन निर्माण, अन्दुपट्टी ९ मा सामुदायिक भवन निर्माण, जनकपुर १४ मुजेलिया पश्चिम टोलमा सामुदायिक भवन निर्माण, तुल्सीयाही जब्दी ६ मा सामुदायिक भवन निर्माण, धनौजी गाविस ६ मा सामुदायिक भवन निर्माण, लक्ष्मीनिया बजारमा सहिद कामेश्वर कुशेश्वर स्मृति भवन निर्माण, बनिनियामा सामुदायिक भवन निर्माण, सिनुरजोडा ६मा पुस्तकालय भवन निर्माण, मिथिलानगरपालिका ढल्केवर ६ मा सामुदायिक भवन निर्माण, जनकपुर १४ स्थित ओम शान्ति मिथिला बाटिका भवन निर्माण, दुहवी १ स्थित सहिद सरोज प्रसाद कोइराला अतिथिगृह निर्माण, अन्दुपट्टी ८ कटरैत बडकाटोलमा सामुदायिक भवन निर्माण, बहेडाबेला ६ मा सामुदायिक भवन निर्माण, मिथिलेश्वर निकास गाविस ललियाटोल स्थित सरस्वती यूवा क्लवको अधुरो भवन निर्माण, जनकपुर ९ स्थित हनुमान मन्दिर परिसर निर्माण सुधार कार्य, सपही ८ स्थित विपी सामाजिक सेवा केन्द्रको भवनमा पुस्तकालय तथा सभा हलको तल्ला थप गर्ने कार्य, जनकपुर उपमहानगरपालिका स्थित महाराज सागर पगलाबाबा धर्मशाला निर्माण, तुल्सीयाही निकास ९ स्थित प्राचिन दुर्गा मन्दिर र ठाकुर पोखरी परिसर मर्मत सुधार, क्षिरेश्वर नगरपालिका अवस्थित प्रहरी कार्यालयको सामुने देखि क्षिरेश्वर मावि चन्द्रपुर, रमदैया, सपही हुँदै निकाल गाउँसम्मको सडक स्तरोन्नति, गोपालपुर गाविसको प्रस्टोकी गाउँ देखि चौहर्वा गाउँ हुँदै ठेरा गाउँको पश्चिम छेउ हुँदै जमुनिया गाउँ हुँदै बेंगा गाउँसम्मको सडक स्तरोन्नति, सपही र अगिलेशवा गाउँहरुको बीच हुँदै गएको हाईवे बाट अगिलेशवा गाउँ हुँदै सिटीइभिटीद्वारा निर्माणाधिन पोलिटेक्निक इन्स्टिच्यूट हुँदै गजरिया गाउँ सम्मको सडक स्तरोन्नति, जनकपुर उपमहानगरपालिका १ रेल्वे लाईन शिवपथ रोड देखि पुलचौक सम्म पिसिसी र नाला निर्माण, मिथिला नगरपालिका वडा नं. ३ स्थित जम्काभेट पुस्तकालय निर्माण गर्ने योजना रहेको छ ।

त्यसैगरी जनकपुर उपमहानगरपालिका वडा नं. १५ रामपुर स्थित डिहवार स्थान मन्दिर परिसर मर्मत सुधार, जनकपुर १० स्थित चित्रगुप्त सेवा समिति अन्तरगतको सभाहल निर्माण, शान्तिपुरमा धर्म मन्दिरमा धर्मशाला निर्माण, क्षिरेश्वर नगरपालिका ५ स्थित राधाकृष्ण मन्दिर परिसर मर्मत सुधार, जनकपुर ९ डिहवार स्थान स्थित रामजानकी मन्दिर परिसरमा धर्मशाला निर्माण सुधार कार्य, जनकपुर७ स्थित दुधमती समशान घाट निर्माण, शान्तिपुर ९ स्थित दुर्गामन्दिर परिसर सुधार, मिथिलेश्वर निकास ६ स्थित ललियामा शिव मन्दिर परिसर मर्मत सुधार, मिथिलेश्वर निकास ४ स्थित राधाकृष्ण मन्दिर परिसर मर्मत सुधार, मानसिंहपट्टी ७ स्थित रामजानकी मन्दिर परिसर मर्मत सुधार, बनिनिया २ स्थित दुर्गा मन्दिर परिसर मर्मत सुधार, जनकपुर २५ मा तारा स्वर्गद्वारी (मसान घाट)मा पुर्वाधार विकास, लगमा गाडागुठी ९ स्थित हनुमान मन्दिर परिसर मर्मत सुधार, सोही गाउँमा दुर्गा मन्दिर परिसर मर्मत सुधार, पौडेश्वर ५ स्थित पुणेश्वरनाथ मन्दिर मर्मत सुधार, जनकपुर १४ प्रगति नगरमा मन्दिर परिसरमा मर्मत सुधार, तुल्सीयाही १ स्थित महारानी थान परिसर मर्मत सुधार, नगराईन ४ स्थित राघोबाबा मन्दिर परिसर मर्मत सुधार, घोडघास २ स्थित भुईया बाबा मन्दिर परिसर मर्मत सुधार, नगराईन १ स्थित भैरव बाबा मन्दिर परिसर मर्मत सुधार, बहेडाबेला २ स्थित डिहवार थान परिसर मर्मत सुधार, तुल्सीयाही ५ स्थित महजिद परिसर मर्मत सुधार, जनकपुर १६ हर्दिनाथ मन्दिर देखि रेल्वे लाईन सम्म पिसिसी र नाला निर्माण, जटही ८ स्थित दुर्गा मन्दिर परिसर मर्मत सुधार, हंसपुर कठपुल्ला स्थित जमुनामाई मन्दिर परिसर मर्मत सुधार, जनकपुर १२ कुवामा भुतही पोखरी मर्मत सुधार, जनकपुर ८ बालमिकीसर पोखरीको उत्तरी डिलमा अधुरो पक्की घाट निर्माणको योजना रहेको छ ।

जनता आवास व्यवस्था कार्यक्रम
आवास व्यवस्था कार्यक्रम अन्तरगत सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषा मार्फत जनता आवास कार्यक्रमका लागि प्रदेश नं. २ को धनुषा, महोत्तरी र सर्लाही गरी कुल ३ वटा जिल्लाका लागि प्रत्येक जिल्लामा १ हजार घर गरी कुल ३ हजार घर निर्माण गरिनेछ । यसका लागि केन्द्रबाट नेपाली कांग्रेसका नेता तथा सांसद आनन्द प्रसाद ढुङ्गानाको संयोजकत्वमा नेकपा एमालेका नेता तथा सांसद शत्रुधन महतो र सदभावनाका सांसद माधवी रानी साह सदस्य रहने गरी समिति समेत बनाइएको छ । ३ वटै जिल्लामा दलित, अपाङ्ग तथा पिछडिएको समुदायका लागि उक्त कार्यक्रम अन्तरगत घर निर्माण गरिनेछ । २ लाख ५० हजारको लागतमा दुई वटा कोठा, शौचालय सहितको पक्की घर निर्माण गरिनेछ । जग्गा नभएका व्यक्तिका लागि गाविसको सार्वजनिक जग्गामा पक्की घर निर्माण गरिनेछ ।

नेपालको संविधानको धारा ४२ उपधारा (२) मा आर्थिक रुपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तिकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुने व्यवस्था भएकोले राष्टिूय दलित आयोगको सूचिमा सूचिकृत भएका दलित, विपन्न मुसलमान तथा सालवसाली रुपमा नेपाल सरकारले बजेट वक्तव्य मार्फत सम्बोधन गरी समेटने लोपोन्मुख र अतिसिमान्कृत जाती तथा समुदायका विपन्न वर्गहरुलाई आवासको व्यवस्थाको लागि आर्थिक बर्ष २०६६÷०६७ देखि व्यवस्था गरिएको छ ।

जनता आवास अन्तरगत लक्षित वर्गको पहिचान गर्नका लागि विगत देखि सो स्थानमा स्थायी बसोवास गर्दै आएको प्रमाण, जग्गा धनी प्रमाण पुर्जा वा घर जग्गाको तिरो वा शुल्क बुझाएको भए सो सम्बन्धी कागजात वा आफु विगत देखि सो स्थानमा बसोवास गरि आएको भन्ने स्थानीय निकायको सिफारिस, विजुली, धारा वा अन्य सुविधा शुल्क बुझाएको कागज, लाभग्राही बसोवास गर्दै आएको घरको भौतिक अवस्था रहेको छ ।
त्यसैगरी लाभग्राहीको छनौटका लागि लाभग्राहीले हाल प्रयोग गरिरहेको घरको क्षेत्रफल, भुई, गारो तथा छानाको किसिम र प्रयोग भएको जग्गाको क्षेत्रफलको आधारमा प्रदान गरिने बताएको छ । लाभग्राहीको छनौट जिल्ला समन्वय समितिले गर्ने तथा छनौट गर्दा वृद्ध, एकल महिला, अनाथ बालबालिका तथा अपाङ्गता भएका घर मुलीलाई पहिलो प्राथमिकता दिने व्यवस्था गरिएको छ । त्यसैगरी सगोलमा रहेका परिवारले एक आवास मात्र पाउने छन् । उक्त कार्यक्रम साधारणतया १० लाभग्राही परिवार बसोवास भएको स्थान वा बस्तीमा कार्यक्रम कार्यान्वयन गरिने छ । तर, छरिएर बसोवास गरेको डोम, अतिसिमान्तकृत तथा लोपोन्मुख जातीको बस्तीको हकमा यो बन्देज लागु हुने छैन । 

कार्यक्रम कार्यान्वयन स्थल पहिचान गर्दा लक्षित वर्गको घर यथा स्थानमा पुर्ननिर्माण हुनेगरी गरिनेछ । तर, प्राकृतिक प्रकोपको जोखिममा रहेको, बन, सिमाक्षेत्रमा परेको वा कुनै कारणबाट विवादित घडेरी भएको स्थानमा कार्यक्रम कार्यान्वयन गरिने छैन । लाभग्राहीले कुल अनुदानको १० प्रतिशत लागत सहभागिता बापत बेहोर्नुपर्ने हुन्छ । यसका अतिरिक्त आवास एकाई निर्माणका लागि आवश्यक पर्ने जस्तापाता, सिमेन्ट, हुक, कब्जा जस्ता निर्माण सामग्रीहरु निर्माण समितिले र सो समिति गठन नभएकोमा लाभग्राही आफैले खरिद गर्नुपर्ने हुन्छ ।

कार्यालयको लापरवाही र फ्रिज हुने डर
मुख्य कुरा के हो भने ती सबै योजनाहरुका लागि केन्द्रबाट बजेट समेत स्वीकृत भईसकेको भएपनि डिभिजन सडक कार्यालय धनुषाको लापरवाहीका कारण हालसम्म टेन्डर समेत आह्वान गरिएको छैन । अन्तिममा आएर हतार हतारमा मात्र काम गर्ने र काम गर्दा गुणस्तरहीन हुने तथा बजेट समेत फ्रिज हुने अवस्था हुँदा हुँदै हालसम्म टेन्डर आह्वान नगरिनुले शंका उत्पन्न भएको छ ।

गत बर्ष २०७२÷०७३ मा मात्रै डिभिजन सडक कार्यालय धनुषाको १० करोड २६ लाख रुपैयाँ फ्रिज भएको थियो । विशेष भौतिक पुर्वाधार तर्फ भवन निर्माण सुधारको २ लाख २८ हजार ८ सय २२ र सार्वजनिक निर्माण सुधारको ७१ लाख ९० हजार ४६  गरी कुल ७४ लाख १८ हजार ८ सय ६८ रुपैयाँ फ्रिज भएको थियो । त्यसैगरी पूजीगत सुधार तर्फको ४२ हजार ९ सय ९० रुपैयाँ, पुनः निर्माण अन्तरगत भवन निर्माणको ६१ लाख ३३ हजार ८ सय ८४ रुपैयाँ, भन्सार सुधार कार्यक्रम अन्तरगत भवन निर्माणको १ करोड ४९ लाख र सार्वजनिक निर्माणको ३७ लाख ४८ हजार १ सय ९६ गरी कुल १ करोड ८६ लाख ४८ हजार १ सय ९६ रुपैयाँ फ्रिज भएको थियो । त्यसैगरी अन्य योजना अन्तरगत २८ लाख ६५ हजार ४ सय २८, आयूर्वेद सेवा अन्तरगत २८ लाख ६४ हजार ८ सय ३० रुपैयाँ, अन्य योजना अन्तरगत ७२ लाख ६८ हजार ८ सय १९ रुपैयाँ फ्रिज भएको थियो । त्यसैगरी सघन सहरी कार्यक्रम अन्तरगत सार्वजनिक निर्माणको लागि १ करोड १९ लाख २५ हजार ९ सय ८४ रुपैयाँ फ्रिज भएको थियो ।

विगतमा रकमहरु फ्रिज भएझैं यस बर्ष स्वीकृत भएको बजेट तथा योजनाहरु पनि समयमै सम्पन्न हुने वा फेरी पनि विकास निर्माणका लागि आएको रकम खर्च गर्न नसकि फ्रिज त हुने होइन भन्ने जिल्लाबासीमा चिन्ता वढेको छ ।


२०७३ पौष १० गते आईतबार

धुर्मुस सुन्तलीले बनाउने मुसहर बस्तीको कथा व्यथा

शैलेन्द्र महतो
जनकपुरधाम............
हास्य व्यंग्य कलाकार तथा  समाजसेवी धुर्मुस(सुन्तलीले बुधबार तेश्रो चरणमा एकीकृत नमुना बस्ती बनाउने घोषणा गरेका महोत्तरीको बर्दिबास मुसहर वस्तीको कथा व्यथा कम छैन । त्यस वस्तीमा रहेका पचास घरपरिवारका मुसहरहरु वर्षौदेखि अत्यन्त गरिबीमा दयनीय जीवन बाँचिरहेका छन् ।
पूर्व पश्चिम राजमार्गमा पर्ने महोत्तरीको बर्दिबास, छोटो समयमै विकासको दिशाले कोल्टो फेरेको छ । तर त्यही बर्दिबास नगरपालिका २ भित्र पर्ने बर्दिबास बजारदेखि मात्र करिब दुई किलो मिटर दक्षिणको दुरीमा रहेका मुसहरहरुको दिनचर्या जस्ताको त्यस्तै छ । प्रायः गरी सबैको  माथिबाट खर र परालले छाएको सानो ओत लाग्ने झुपडी बाहेक धनसम्पतिको नाममा केहि पनि छैनन् । सानै ओत लाग्ने घरमा भान्छा , सुत उठ , गाईबस्तु बाँध्ने गोठ सबै थोक गरी जीवन व्यथित गर्ने बाध्यता छ । 
१०५ वर्षकी मरनी सदाको पीडा , एउटै सानो ओत लाग्ने छाप्रोमा बित्दै छ जिन्दगी
एक सय ५ वर्षकी एकल महिला मरनी सदा रुँदै यसरी भन्नुभयो “फोँटो मात्रै खिच्न आउछ । बुढी कसरी खान्छ,बाँच्छ, मर्छ त्योदेखि कसैलाई कुनै मतब छैन ।” उहाँको एउटै सानो ओत लाग्ने छाप्रो छ । तीन पुस्तादेखि मरनी ब्राखो बाँध्ने घरमै भूइमै कठिनाइपूर्ण जीवन विताउँदै आएकी छन् ।  सानो छाप्रोमा कठियांग्रिदो जाडोमा प्लाष्टिकको बोरा ओढेर परालको ओछ्यानमा उहाँ सुत्ने गर्नु हुन्छ । चिसो मौसममा शरीरमा च्यातिएको झुत्रो पेटीकोट र चोलो मात्र दैनिक लगाउने उहाँको लुगा हो । 
छाप्रोको बेरा भत्किएर चिसो हावासंगै चलिरहेको शितलहर उहाँको छाप्रोको आरपार हुन्छ । तर उहाँको दिन र रात त्यसमै वित्छ । उहाँ रोगले थला परेको १५ वर्षभन्दा बढी वितिसक्यो । उठ्न र हिड्न सक्नु हुन्न । मात्र हातको सहाराले घस्रेर घर भित्र र बाहिर आंगनीमा आउन सक्नु हुन्छ । श्रीमान  वितेको तीस वर्षभन्दा बढी वितिसक्यो । ३६ वर्षका कान्छा छोरा बिरबल सदा चार महिना अघि जण्डीसले च्यापिए पछि आर्थिक समस्याले उपचार गराउन नसक्दा मृत्यु भयो । कान्छा छोराको दुई लालाबला छ ।
कान्छी बुहारी मुन्नी सदा जंगलबाट दाउरा टिपेर बेचेर ल्याएको दिन घर चल्छ हैन भने भोकै सुत्नु पर्ने बाध्यता रहेको मरनी पीडा सुनाउनु हुन्छ । कयौं दिन र रात भोकै सुत्ने गरेको मरनी बताउनु हुन्छ । जेठो छोरा रामजी सदा छुट्टिएर बसेको वार्षौ भयो । जेठाछोरा बुहरारीले हेरबिचार नगर्ने गरेको उहाँको भनाई छ । मरनीको तीन जना छोरी छन् । सबैको बिहेबारी भई आ आफ्नो घर गईन् । हेरबिचार गर्ने एक मात्र बुहारी मुन्नी छिन् ।
उहाँले यस पटक आफु नगरपालिका कार्यालयमा पुग्न नसक्दा समाजिक सुरक्षा भत्ता पाउन नसकेको गुनासो गर्नुभयो । वृद्धभत्ताबाट पनि लुगाफाटो किन्थे केहि राहत हुन्थ्यो तर त्यो पनि सायद आफ्नो भाग्यमा नभएको मरनीको दुखेसो छ । आफु जस्ती बुढीलाई भग्वानले पनि किन ठाउँ नदिएको भन्दै उहाँले भन्नुभयो “ अव भग्वानले मलाई लग्दा नि हुन्थ्यो ।” 
मिश्रीलालको दुःख 
मुसहर वस्तीका का ५० बर्षीय मिश्रिलाल सादाको घरपरिवारमा छोराछोरी आफै लगायत १० जना सदस्य छन् ।  वर्र्षौंदेखि उनका परिवारका  १० जना सदस्य एउटै छाप्रोमा रात काट्दै आएका छन् । उहाँले भन्नु हुन्छ ‘ बर्षाको बेला घर चुहिएर रातभरी उठेरै सबपरिवार रात काट्नु पर्छ । अहिले जाडो लाग्दा ओड्ने ओछ्याउने नहुँदा परालमै सुत्छौं । परालकै गुन्द्री ओड्छौं । घरमै चुलोमा खाना पकाउँदा आगो लागने डर हुन्छ ” । यसरी नै आफ्ना पुस्ता वर्षौदेखि जीवन काट्दै आएको मिश्रलालको भनाई छ । आफु जंगलबाट दाउरा टिपेर बेचेर र ज्यालामजदुरी गरि घरपरिवार जेनतेन चलाउँदै आएको उहाँ बताउनु हुन्छ ।
टुटेर खस्नै लागे झगरुको घर
झगरु सदाको घर खस्ने अवस्थामा छ । सानो टालीले छाएको छानो घरको बनेरी भाँचिएर अलिक अड्किएको छ । कति बेला खसेर सपरिवार चेपिने ठेगान छैन । तर पनि उनका परिवारका चार जना सदस्य त्यही जीर्ण घरमा रात विताउँछन् । खाना खान्छन् र सुख दुःखका कुरा गर्छन् । दैनिक ज्याला मजदुरी गरी झगरुको परिवार चल्छ । झगरुले भन्नुभयो“ज्याला मजदुरी नगरे साँझ चुलो पनि जल्दैन । यो घरको मर्मतसम्भार कसरी गरु ।” मरनी , मिश्रीलाल र झगरु एउटा सानो उदाहरणका पात्र मात्र हुन् । उनीहरु जस्तै केहि कम र केहि बढी सबैका दुःखका कथा व्यथा र जीवन चर्या उस्तै छ । 
मुसहर किन पछि परे ?
महोत्तरीको बर्दिबास अहिले निकै चर्चाको ठाउँ बनेको छ । मधेश आन्दोलनपछि बर्दिबास रातारात चमिकन पुग्यो । त्यपछि बर्दिबास(सिन्धुली (काठमाँडौको विपी राजमार्गलेपनि बर्दिबासको नाम पछिल्लो समय चर्चामा ल्याएको छ । बर्दिबासबाट ६ घण्टामै पूर्वी मधेशबाट  राजधानी पुग्न दु्रत मार्गको प्रवेश बार्दिबासबाटै हुने भएपछि यति खेर बर्दिबास चर्चामा छ । यति हुँदा हुदैं पनि  बर्दिबास  चोक भन्दा ढेड किलो मिटर दक्षिणमा रहेको मुसहर बस्तीको अवस्था कहालि लाग्दो छ । बर्दिबासको सबै स्थानमा राज्यको सुख सुविधान पुगेपनि  दलित मुसहरहरुको पहँुचमा राज्यको सुविधा पुगेको छैन । दिन भरी पसिना बगाएर मालिकको महल ठडिएपनि उनीहरुको सुत्ने घर भने पराले झुपडी छन् ।
प्रजातन्त्र प्राप्तिका पछिल्ला दिनहरुमा आन्दोलन गर्ने, संगठित हुन सक्ने र आफ्नो समुदायको हितमा जनता ओराल्न सक्नेकै कुरा राज्यले सुन्न बाध्य भएको देखिन्छ । तर, मुसहर समुदाय यस हिसाबले अघि बढ्न नसक्दा राज्यका अवसरमा उनीहरुको पहुँच हुन नसकेको जिल्लाका पाका पत्रकार गोपाल बराल बताउँछन् ।राजनीतिक जागरण, सामाजिक सचेतना, शिक्षा र नागरिकका अधिकारबारे अनभिज्ञ हुँदा मुसहरहरु राज्यको आँखामा पर्न नसकेका पत्रकार बरालको भनाई छ ।
पछिल्लो एक वर्षको अवधिमा केहि परिवर्तन
पछिल्लो एक वर्षको अवधिमा अत्यन्त दयनीय मुसहर बस्तमा केहि परिवर्तण आएको छ । समाजिक अभियन्ता तथा पत्रकार राजकरण महतोले दुई वर्ष अघिदेखि त्यस मुसहर वस्तीलाई लक्षित गर्दै समाचार लेख्दै आउनुभएको थियो । तर त्यसबाट पनि केहि सुनुवाई भएन । केहि परिवर्तण भएन । एक वर्ष अघि यहि मौसममा पूर्वपश्चिम सरसफाई अभियानको क्रममा नेपालका हाँस्य व्यंग्य कलाकार तथा वरिष्ट समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) बर्दिबासमा आउँदा पत्रकार महतोले नजिकै रहेको मुसहर बस्तीमा एक पटक भ्रमण गर्न अग्रह गर्नुभएको थियो । त्यस पश्चात मुसहर वस्तीमा धुर्मुस सुन्तली पुगेदेखि सरसफाई लागयतको विभिन्न अभियानहरु सञ्चालन हुँदै आएको छ । एक वर्ष अघि त्यस वस्तीमा सडकबाटो , विद्यालय, खानेपानी , शौचालय थिएन । तर पत्रकार समाजसेवी र धुर्मुस सुन्तलीको अभियानले अहिले वस्तीमा सडकबाटो बनेको छ । चार महिना अघि विद्यालय बनेको छ । त्यस बस्तीमा सामुहकि र व्यक्तिगत शौचालय निर्माण भएको छ । चार दिन अघि मात्र त्यस वस्तीमा झण्डै ६० वार्ष पश्चात पानी पुगेको छ । यसले गर्दा अहिले मुसहरह वस्तीको मुहार केहि फेरिएको छ ।  
धुर्मुस सुन्तलीले एकीकृत नमुना बस्ती बनाउने घोषणाले मुसहरहरु हर्षित 
पछिल्लो एक बर्ष यता सामाजिक काममा सक्रिय रहेका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर समुदायका लागि एकीकृत बस्ती निर्माण गर्ने घोषणा गरेपछि बर्दिबासको मुसहरहरु हर्षित भएका छन् । बुधबार एक भिडियो सार्वजनिक गर्दै उनीहरुले मानवता र सद्भावका लागि सहकार्य गरेर मुसहर बस्ती निर्माणमा सम्पूर्ण सहयोगी मनसँग अपिल गरे लगतै मुसहरहरुको अनुहारमा आशाको करिण पलाएको छ । 
भूकम्प पीडितका लागि दुईवटा एकीकृत नमूना बस्ती निर्माण गरेर चर्चा कमाएका उनीहरुले मधेश र पहाडको समाजिक सद्भावको गाँठो बलियो बनाउन बर्दिबासको मुसहर बस्ती निर्माणमा गर्ने घोषणा गर्नु भएको छ । पूर्व(पश्चिम राजमार्ग  सरसफाइका क्रममा गत बर्ष धुर्मुस(सुन्तली यस मुसहर बस्तीमा पस्नु भएको थियो । तराई (मधेसमा बसोबास गरेका दलितहरु मध्य मुसहर जाति सबै भन्दा गरिव र विपन्न मुसहर समुदाय हो ।
भूकम्प पीडितलाई पहिलो प्राथमिकतामा राख्दै एकीकृत बस्ती निर्माण गरेका उनीहरुले तराईमा मानवता र सद्भावका लागि काम गर्न लागेको बताएका छन् । सिताराम कट्टेल धुर्मुसले उज्यालोसंग कुरा गर्दै भन्नुभयो “ एक वर्ष अघि त्यस बस्तीमा पुग्दा मुसहरहरुको अवस्था देखेर भावुक भएका थियौं । त्यहीँ बसोबास गर्ने अन्य समुदायहरुको कति सबल छन् । तर त्यहि मुसहर बस्ती कति पिछडिएका र पीडामा बाँचिरहेका छन् । त्यसैले हाम्रो रोजाईमा दुई वटा बस्ती निर्माण पश्चात तेश्रो त्यहि मुसहर वस्ती नै परेको छ ।” 
उहाँले अव १० ।१५ दिन भित्रै एकीकृत नमुना बस्ती निर्माणको काम शुरु गर्ने  र आउँदो बैशाख १ गते भित्र बनाएको घर मुसहर समुदायलाई हस्तान्तरण गर्ने योजना रहेको बताउनुभयो । आफुहरुसमेत त्यस बस्ती निर्माणको लागि लग्ने र सम्पूर्ण सहयोगीहातहरुको सहयोगले बस्ती निर्माण हुने उहाँको भनाई छ । 
कुल ४ करोड ७८ लाख लगानीमा निर्माण हुने मुसहर एकीकृत बस्तीका लागि फाउण्डेशनले गिरानचौर एकीकृत नमूना बस्ती निर्माणबाट बचेको १ करोड ३ लाख ६६ हजार ३ सय १ रुपैयाँ खर्च गर्ने धुर्मुश(सुन्तली फाउण्डेशनका परियोजन संयोजक अर्जुन न्यौपानेले बताउनुभयो । जीर्ण छाप्रो फेरीने थाहा पाएका मुसहर समुदायमा कल्पनासमेत नगरेको खुसी छ । तीन पुस्तादेखि पराले झुपडी फेरीने खबरले मुसहरु निकै खुसी छन् । उनीहरुले बुधबार साँझ बस्तीमा दिपावली गर्दै खुसियाली मनाएका छन् ।
स्थानीय कारी सदाले भन्नुभयो ‘ हाम्रो घर बन्छ ,भनेर हामीले जीवनमा कहिले सोंचेकै थिएन । हामी गरिवको जीवन यस्तै हो भनेर दुःखलाई पचाएर बस्यौं । अब हाम्रो पनि अरुको भन्दा राम्रो घर बन्ने भयो ।’ हाम्रो खुसीको सिमा छैन । ”
 जंगलबाट दाउरा ल्याएर जिवीका चलाउने सुनिता सदाले आफुहरुको हाम्रो घर बन्ने खुसीले हामीमा आशाको किरण पलाएको बताउनुभयो । त्यस्तै स्थानीय मनिषा सदाले भन्नुभयो ‘हाम्रो दुःख बुझ्ने पनि कोही छन् । अब नयाँ घरमा सब परिवार खुशीले बस्छौं ।’ अहिले मुसहर वस्तीमा चर्चाको कुरै यिनै हुन् । मुसहरहरुले भन्दैछन् अरुले त के भग्वानले पनि हाम्रा दुःख बुझ्न सकेनन् । तर भग्वान भन्दा ठुला भग्वान हाम्रा लागि धुर्मुस सुन्तली नै छन् । जसले हाम्रो सुखको लागि उहाँले हाम्रा घाउमा मलहम पट्टी लगाउन उभिनुभो । सबैको मनमा उत्साह छ । कल्पना गरिहेका छन् एउटा सुन्दर बस्तीको ।
धुर्मुस सुन्तलीलाई मुसहर बस्ती बनाउन एकै जनाले दिए ४० लाख
 तेस्रो एकीकृत वस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई ४० लाख रुपैँया सहयोग प्राप्त भएको छ। प्रकाश कोइरालाको लुरेन्स कन्टूक्टीङ एण्ड जेनेरल क्लीनीङ कम्पनीको तर्फबाट एकीकृत नमुना मुसहर वस्ती निर्माणका लागि उक्त सहयोग प्राप्त भएको हो । आठ वर्षदेखि कतारमा कम्पनी सञ्चालन गर्दै आएका प्रकाश कोइरालाले कतारबाट दुबई पुगेर धुर्मुस सुन्तलीलाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।
नेफ्टा अवार्डमा सहभागी हुन पुगेका हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे दुबई आउने खबर पाएकाले सहयोग हस्तान्तरणका लागि आफू आएको कोइरालाले बताएका छन्। उनले भने, ‘धुर्मुस सुन्तलीलाई यसअघि गरेको सहयोग खेर गएन। त्यसैले तेस्रो वस्ती निर्माणका लागि ५ वटा घरको लागत बराबरको रकम हस्तान्तरण गर्न कतारबाट दुबई आइपुगेको हुँ ।’
उनले गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि ६ लाख रुपैँया नगद र ३ लाख ३५ हजार बराबरको निर्माण सुरक्षा सामग्री सहयोग गरेका थिए ।  फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले अवार्ड थाप्न विदेश पुग्दा पाएको सहयोगले आफूलाई निकै प्रफुल्लित तुल्याएको बताएका छन् । 
मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको वस्तीसँगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्न सहयोगी हातको जरुरी रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताइन्। उनले भनिन, ‘हामीले आँट गरेका छौँ, सहयोगी हातहरुको साथले हाम्रो पाइला अघि बढाउन मद्धत गर्ने छन् ।’ आफ्नो ठाउँबाट सकेको सहयोग गर्न उनले अपिल पनि गरेकी छन् ।

२०७३ पौष १० गते आईतबार
 


 


जटहीमा सहिद दुर्गानन्द झा प्रसुति गृह आफ्नै कार्यकालमा निर्माण गर्ने स्वास्थ्य मन्त्री गगन थापाको प्रतिबद्धता

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
स्वास्थ्य मन्त्री गगन थापाले धनुषाको जटहीमा सहिद दुर्गानन्द झा प्रसुति निर्माण गृह आफ्नै कार्यकालमा बनाउने प्रतिवद्धता गरेका छन् । ६ पुष  २०७३ मा सहिद दुर्गानन्द झा प्रसुति गृह निर्माण स्थल निरीक्षण गर्ने क्रममा मन्त्री थापाले प्रतिवद्धता जनाएका छन् । नेपालको गणतान्त्रिक आन्दोलनका प्रथम सहिद दुर्गानन्द झाको नाउँमा जटहीमा बाबुराम भट्टराई अर्थ मन्त्री भएको बेलामा सहिद दुर्गानन्द झा प्रसुति गृह निर्माण गरिने घोषणा गरिएको थियो । प्रसुति गृह निर्माणका लागि जग्गा समेत छुट्याईसकेको भएपनि हालसम्म अस्पताल निर्माणका लागि कुनै पनि काम अगाडी नवढेको बेला स्वास्थ्य मन्त्री थापाले १५ दिन भित्रमा प्रक्रियागत औपचारिकता पुरा गरी आफ्नै मन्त्रीको कार्यकालमा उक्त अस्पताल निर्माण गर्ने पटक पटक प्रतिबद्धता दोहोरयाएका थिए ।
उक्त अवसरमा स्वास्थ्य मन्त्री थापाले सहिद दुर्गानन्द झाकी अर्धाङ्गनी काशी देवी झालाई दोसल्ला ओढाई सम्मान गरेका थिए भने मन्त्री थापालाई नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक तथा जिउँदो सहिद ललन चौधरीले सम्मान गरेका थिए । उक्त अवसरमा बरिष्ठ पत्रकार राजेश्वर नेपालीले केही दिन भित्रै सहिद दुर्गानन्द झाको तस्वीर सहितको हुलाक टिकट नेपाल सरकारले जारी गर्ने बताएका थिए । उक्त अवसरमा नेपाली कांग्रेसका नेताहरु ललन चौधरी, प्रवेश चौधरी, रामपल्टन साह, स्थानीय रोहित चौधरी लगायतले आफ्नो धारणा राखेका थिए ।
मन्त्री गगन थापाको मन्तव्यको पुर्णपाठ
आज यस पवित्र भुमिमा मलाई टेक्ने अवसर प्रदान गरिदिनु भएकोमा तपाईहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । सबैभन्दा पहिले म सहिद दुर्गा नन्द झालाई यहाँ पावन भुमिमा उभिएर उहाँ प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु । उहाँको परिवार प्रति सम्मान  प्रकट गर्न चाहन्छु ।
 म नेपाली कांग्रेसको सदस्य हुँ । जतिखेर हामीहरु १४÷१५ बर्षको उमेरमा नेपाली कांग्रेसको सदस्यता लिँदै थियौं, त्यो बेला थाहा पाएको थोरै नामहरु मध्ये दुर्गा नन्द झा पनि हो । हामीलाई सानै देखि २०४६ सालको आन्दोलन भन्दा अगाडी १३÷१४ बर्षको उमेरमा पञ्चायतका विरुद्ध लड्नका निम्ति जति खेर हाम्रो पार्टीका अग्रजहरु हाम्रो विद्यालयहरुमा आउनु हुन्थ्यो, हामीलाई कामेश्वर कुशेश्वर, दुर्गानन्द झा, रामलक्ष्मण आदिको नाम बताउनु हुन्थ्यो, हामीलाई उत्साहित गर्नु हुन्थ्यो । हाम्रो रगत उमाल्नु हुन्थ्यो त्यसपछि दुर्गानन्द झाले जुन बाटो हिड्नु भयो त्यो बाटो हामी पनि हिड्न सक्छौ भन्ने उद्देश् यबोकेर सडकमा आउँथ्यौं । त्यही पार्टीमा काम गर्ने शिलशिलामा धेरै पछाडी जतिखेर नेपालको राजशाही विरुद्धको आन्दोलनलाई हामीले उठाउने चरणमा पुगेका थियौं, त्यो बेलामा हाम्रो पुस्ताले एउटा सपना देख्यो । नेपालमा कति पुस्ताले राजाका विरुद्धमा आन्दोलन गर्ने । अब यो  लडाईलाई हामीले अन्तिम लडाई बनाउनु पर्छ । नेपालमा गणतन्त्र सम्भव छ, अबको आन्दोलन प्रजातन्त्रको लागि होइन गणतन्त्रको लागि गर्नुपर्छ भनेर पछिल्लो पटक सम्भवतः जनआन्दोलन र शान्तिपुर्ण आन्दोलनमा लागेको मानिसहरु मध्ये त्यही गणतन्त्रको विषय उठाउँदै गर्दा दुई पटक राजद्रोहको मुद्दा खेपेको मान्छे हुँ म । तर, मैले त त्यो मुद्दा खेपेर त्यसबाट बाहिर निस्किएर तपाईहरुको बीचमा उभिने मौका पाएको छु । म जस्तो राजद्रोहीहरुका निम्ति त्यो प्रेरणापुन्ज भनेको सहिद दुर्गानन्द झा जस्तो व्यक्तिहरुले देखाउनु भएको बाटो, जसले त्यतीखेर साहास गर्नुभयो कि नेपालमा राजशाहीको अन्त सम्भव छ, भन्ने सपना धेरै बर्ष पहिला तन्नेरी भएको अवस्थामा उहाँहरुले देख्नुभएको पदचापलाई हामीले पन्छयाउने प्रयास गरेको मात्रै हो । त्यो आँट, त्यो हिम्मत, त्यो साहस त्यही बाट हामीले प्राप्त गरेको हो ।
यही पृष्ठभुमिमा अहिले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालिरहँदा स्वास्थ्य मन्त्रालयकै केही कार्यक्रममा आईरहेको बेलामा मलाई जनकपुर विमान स्थलमा मेरो केही साथीहरुले यो अस्पतालको बारेमा बताउनु भयो । त्यहाँ यसरी अस्पतालको घोषणा गरिएको थियो । तर, घोषणा गरेको बर्षौं वितेपनि अलपत्र ्परेर बसेको छ । त्यति भनेपछि मैले नै मेरो साथीहरुलाई अनुरोध गरेर भनेको हुँ कि म त्यो ठाउँमा एक पटक जान चाहन्छु, त्यो माटोमा एक पटक उभिन चाहन्छु, गएर आफै हेर्न चाहन्छु । किनकी नेपालको गणतान्त्रिक आन्दोलनको पहिलो सहिद दुर्गानन्द झा प्रति मेरो आफ्नो पनि कर्तव्य हो कि जसको बाटो मैले पछ्याएँ, आज मैले जिम्मेवारी पाएको बेलामा यो कुनै बेला डा. बाबुराम भट्टराई अर्थ मन्त्री हुनु भएको बेलामा घोषणा गरिएको छ । त्यस पछाडी यतिकै अलपत्र परेर बसेको अवस्था जुन रह्यो, अब यसलाई टुङ्गयाउने जिम्मेवारी मेरो हो । त्यो जिम्मेवारी बोधका साथ म तपाईहरुको बीचमा आएको छु ।
यो ठाउँ मैले हेरे । जनस्वास्थ्य कार्यालयको प्रमुखलाई लिएर आएको छु । मैले उहाँलाई तपाईहरुका बीच राखेर भन्दै छु कि १५ दिन भित्रमा यहाँ जति पनि कागजातहरु छन्, जति पनि विवरणहरु छन्, त्यो सबै विवरणहरु उहाँले मलाई स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराउनु हुन्छ । त्यो विवरण मैले प्राप्त गर्ना साथै रातो कितावमा परेपनि नपरेपनि त्यो कुरा छोडदिनुस् । रातो कितावमा नछुटिएको भए त्यो छुट्याउने जिम्मा मेरो हो । तर उहाँले तत्काल मलाई कागजात उपलब्ध गराउन साथै तत्काल मैले त्यसलाई निर्माणको काममा लग्नका लागि मैले औपचारिकता पुरा गर्नुपर्ने छ । त्यसपछि सहिद दुर्गानन्द झाको नाउँमा यहाँ प्रसुति गृहको अस्पताल बनाउने जुन घोषणा गरिएको छ त्यो घोषणा मेरै पालामा अगाडी वढ्ने छ । त्यो हाम्रो जिम्मेवारी हो । यति पनि कर्तव्य पुरा गर्न सकिएन भने हामीले आफ्नो थुप्रै संस्थापक नेताहरु प्रतिको आदरभाव जनाउँदै गर्दा खेरी दुर्गानन्द झाको आफ्नै गाउँ ठाउँमा एउटा अस्पताल बनाउने जिम्मेवारी पनि यति बोलेर पुरा गर्न सकेनौं भने हाम्रो आफ्नै निम्ति पनि ठुलो लज्जा बोधको विषय हो । मेरो जिम्मेवारी मैले पुरा गर्छु । यहाँहरु सबैको परिवारको सदस्यहरुले कागजात वा विवरणहरु दिनुस । किनभने स्वास्थ्य मन्त्रालयले काम सुरु गर्नका लागि औपचारिक रुपमा यसको जग्गा हाम्रो नाउँमा आएको हुनुपर्दछ । नभए हामीले चाहेर पनि बजेट प्रयोग गर्न सक्दैनौं । यो अस्पताल जसरी पनि बनाउनै पर्छ । र, यो मेरो आफ्नै कार्यकालमा बनाउछु ।

२०७३ पौष १० गते आईतबार

Wednesday, December 21, 2016

अजब–गजब छ बा ! सुदर्शन सिंह

कस्तो मुर्ख अस्पताल बनाईदिन जग्गा दान गरेको हामीलाई दिए हुन्थ्यो नि ! बालुवा, गिट्टीको सट्टा जग्गै बेचेर खान्थे बा !

२०७३ पौष ०३ गते आईतबार

एकिकृत सहरी विकास परियोजनाको ढल निर्माण कार्यमा व्यापक अनियमितता, ठेक्केदार प्रतिनिधिको पक्षमा धनुषाको सिडिओ

एकिकृत सहरी विकास परियोजना अन्तरगत निर्माण भईरहेको ढलमा अनियमितता पाइएको छ ।
ढलको तल बालुवा राख्नुपर्नेमा राखिएको छैन,
 ढलको जोड्नीमा राख्नुपर्ने मापदण्ड अनुसारको
स्लेव राखिएको छैन, खाल्डोमा रहेको पानीको
 डिवाटरिङ गरिएको छैन ।
अजय अनुरागी
जनकपुरधाम............
नेपालकै प्राचिन सहरहरु मध्ये एक हो, जनकपुरधाम । प्राचिन मिथिलाका राजधानीका रुपमा स्थापित रहेको यो सहर पौराणिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा पर्यटकिय रुपले विश्वमै प्रख्यात रहेको छ । तर, आधुनिक जनकपुरधामको अवस्था कुरुप सहरको रुपमा विख्यात हुन गईरहेको छ । फोहोरमैला, ढल व्यवस्थापन नभई पानीको निकास नहुनु, सडक कतै देखा नपर्नु, लामखुट्टेको राजधानीको रुपमा जनकपुरको पहिचान बन्न थालेको पाइन्छ । छाडा चौपाया, गाईबस्तु, सुँगुर, अव्यवस्थित सहर, साँगुरो बाटो आदि यस सहरको प्रमुख समस्याको रुपमा रहेको छ । ती सबै समस्याहरुलाई समाधान गर्न एसियाली विकास बैंकको सहयोग तथा लगानीमा नेपाल सरकार र जनकपुर उपमहानगरपालिकाको स्वामित्वमा एकिकृत सहरी विकास परियोजनालाई हेरिएको छ । करोड रुपैयाँको बजेट मात्र देखिरहेको जनकपुर नगरपालिका अब उपमहानगरपालिका भएपनि उसको आफ्नो आर्थिक क्षमता, सामर्थय र बजेट विनियोजन अत्यन्तै कम रहेको छ । यस्तो अवस्थामा करिब १ अर्ब रुपैयाँको लगानीमा जनकपुरमा ढल निर्माण, सडक निर्माण, फोहोर मैला व्यवस्थापन तथा जनचेतना मुलक कार्यक्रम सहित परियोजना लागु भएको छ । उक्त परियोजना अन्तरगत अहिले जनकपुरमा ढल निर्माणको कार्यहरु प्रारम्भ भएपनि थुप्रै अनियमितता पाइएको छ । गुणस्तरहिन कार्य भईरहेको भन्दै जनकपुरका यूवा विद्यार्थीहरु नेताहरु ज्ञानेन्द्र झा ज्ञानु, कृष्णा सिंह, भवेश मिश्र, सुदर्शन सिंह, सुशिल कर्ण, जानी खान, लव कुमार झा आदिले असंतुष्टि जनाएको छ । यता जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवशंकर साह हिराले एक सप्ताहमा गुणस्तरहिन कार्य नरोकिए जस्तो सुकै आन्दोलन पनि गर्न पछि नहटने चेतावनी समेत दिएका छन् ।
२३ डिसेम्बर २०१५ मा सडक र ढल निर्माण गर्नका लागि जेडआईइसि÷शर्मा जेभीका आधिकारिक प्रतिनिधि रमेश शर्मा र उक्त परियोजना बीच ९८ करोड रुपैयाँको लागतमा ३०.३८ किलोमिटर ढल निर्माण र ९.२७ किलोमिटर पक्की सडक निर्माण गर्ने सम्झौता भएको थियो । २२ फेब्रुवरी २०१६ देखि उक्त निर्माण कम्पनीले कार्य सुरु गरेको ७ सय ३० दिन भित्रमा अर्थात २१ फेब्रुवरी २०१८ मा कार्य सम्पन्न गरिसक्नुपर्ने सम्झौता गरिएको छ । उक्त निर्माण कम्पनीको तर्फबाट प्रतिनिधिका रुपमा आफुलाई समाजसेवी भन्ने निर्माण व्यवसायी बलराम महतो खटिएका छन् ।
निर्माण व्यवसायीको तर्पmबाट बलराम महतोले प्रस्तुत गरेको कार्ययोजनाको सूचिमा ५ सय २० दिनमा एनपी २ र एनपी ३ सहितको ह्यूम पाइप विछाईसक्ने बताएको छ । पछिल्लो समयमा भएको आन्दोलन तथा सार्वजनिक विदाहरुका कारण ५० दिन काम गर्न नसकिने र २ सय ४३ दिन भित्रमा ह्यूम पाइप विछाउने कार्य सम्पन्न गरिसक्ने निर्माण व्यवसायीले प्रतिवद्धता जनाएको पाइन्छ । यसरी हेर्ने हो भने ५ सय २० दिनमा करिब ३१ किलोमिटर पाईप विछाइनुपर्ने हो । अहिले सम्मको अवस्थामा अर्थात २ सय ४३ दिन भित्रमा करिब १४ किलोमिटर पाईप विछयाइनुपर्ने हो । तर, बास्तवमा अहिलेको प्रगति हेर्ने हो भने आजको दिनसम्ममा करिब ५ किलोमिटर मात्र ह्यूम पाईप विछयाइएको छ । प्रतिशतको आधारमा हेर्ने हो भने सय प्रतिशत काम हुनु पर्नेमा करिब ३३ प्रतिशत कार्य मात्र गरिएको छ । आजको दिनसम्ममा करिब ११ किलोमिटर जतिको लागि ह्यूम पाईप मौज्दातमा रहि  ३ किलोमिटर मौज्दात घटी रहेको बुझिएको छ । व्यावसायीक उत्पादनको काम अक्टुवर महिनामा प्रारम्भ भएतापनि भार संतुलन परिक्षणको अभावमा जडान गर्ने काम हुन सकेको छैन ।
उक्त निर्माण व्यवसायीले हालसम्ममा कुल ३ सय ५५ वटा मेन होल निर्माण गरिसक्नुपर्नेमा कुल ३४ वटा मात्र मेन होलको काम आंशिंक रुपमा मात्र गरिएको छ । किनभने निर्माण गरिएका मेन होलको अन्य कामहरु प्लास्टर, पनिङ, भर्याङ, कभर राख्ने कामहरु बाँकी नै रहेको छ ।
परियोजनाको निर्माण कार्यमा अनियमितता
अनुगमनका क्रममा पाईपको जोड्नी मुनि
राखिएको स्लेव भत्किएको पाइएको थियो ।
एक त कछुवाको गतिमा निर्माण कार्य भईरहेको छ त्यसमा पनि गुणस्तरहिन कार्य गरिनुका साथै व्यापक अनियमितता भएको भन्दै जनकपुरका स्थानीय यूवाहरुको समुहले २३ मंसिर २०७३ मा जनकपुरको मुरली चौक देखि विश्वकर्मा चौकसम्म भईरहेको निर्माण कार्य रोकेको थियो । पछि एकिकृत सहरी विकास परियोजनाका म्यानेजर गंगाप्रसाद यादव र कन्सलटेन्टका टिम लिडर बद्रीनाथ झा लगायतको टोलीले स्थलगत निरीक्षण गर्दा पनि अनियमितता पाइएको थियो । सम्झौता अनुसार ह्यूम पाईप विछ्याउने क्रममा १२ सय, १ हजार तथा ९ सय सेन्टिमिटर डायामिटरको पाईप जोडनीको मुनितिर (१००ह५० ह १०) सेन्टीमिटर साइजको एम २० गे्रडको प्रिकास्ट स्लायव डाया मिटर ७ सय ५० तथा डाया मिटर ६ सय से.मि.को पाईप जोडनीको मुनि तिर (५० ह ४०ह१०) से.मि. साइजको एम २० ग्रेडको प्रिकास्ट स्लायव राख्नुपर्ने हो । त्यसैगरी ज्वाइन्टमा रबर गैसकेट राख्नुपर्ने, एलाेंग द पाइप मुनितिर २० सेन्टीमिटर मोटाईमा स्यान्डबेडिङ अर्थात ह्यूम पाईप को तल बालुवा विछ्याउनुपर्ने हो । यति मात्र होइन ह्यूम पाईप विछ्याउने क्रममा करिब ३ मिटर गहिराईको खाल्डो खन्दा ठाउँ ठाउँमा छेउ तिरको ढलको पानी कतिपय ठाउँमा खानेपानीको पाईप फुटी पानी लिकेज हुने गरेको छ । कहिँ कहिँ बेडबाटै पानी रसाउने देखिएकोले त्यस्ता ठाउँमा डिवाटरिङ अर्थात पम्प सेट राखेर पानी निकालेर त्यसको समुचित व्यवस्था मिलाई ह्यूम पाईप विछ्याउनुपर्ने कुरा सहितको प्रावधान सम्झौतामा उल्लेख रहेको छ । तर, उक्त दिन गंगा प्रसाद यादव र बद्रीनाथ झा सहितको संयूक्त टोलीले जनकपुरको मुरली चौक स्थित पुर्वतर्फ र पश्चिम तर्फ गरिएको कामको अवलोकन गर्दा सम्झौता अनुसार रितपुर्वक काम नभएको पाइयो । त्यसको स्थलगत मुचुलका पनि उठाइएको थियो जसमा स्थानीयवासीहरुका साथ साथै परियोजना प्रमुख गंगा प्रसाद यादव र कन्सलटेन्ट बद्रीनाथ झाको समेत हस्ताक्षर गरिएको छ ।
शिलान्यास भएको ठाउँ राराब क्याम्पसको पुस्तकालय भवनको अगाडी, बसहिया रोडको वरिपरी, बुधवारे हटिया नजिक होटेल नमस्तेको बरिपरी पिडारी चौक देखि भानु चौकका बीच, जनकपुर चुरोट कारखाना, रामा होटेल भानु चौक, रहमान पथ, एस ३ आउट फलको पश्चिम भाग, मालपोत कार्यालय देखि भमरपुरा चौक बीचको ठाउँ  २ मा यस्तै पानीले प्रभाव पारेको खाल्डोहरु पाइन्छ । अर्थात ती खाल्डोहरुमा डिवाटरिङ नगरि पाईप विछ्याइएको छ ।
अनुगमनका क्रममा खाल्डोमा रहेको पानीलाई डिवाटरिङ
नगरी पानीको दलदलमै पाईप विछाएको पाइएको थियो ।
निर्माण कम्पनीले उक्त ठाउँहरुमा काम व्यवस्थापनको लागि सोरिङ प्लेट, स्लज पम्प, रोड बेज, फुट बेज, फेन्सेज तथा सेफ्टी आदिको व्यवस्था मिलाउन महिनौ व्यतित गर्नु परेको भएपनि हालसम्म सोरिङ प्लेट  तथा पम्प काम गर्ने अवस्थामा नरहेकोले एक्सभेटरको बकेटबाट डिवाटरिङ तथा एक्सटूा अर्थ वर्क अर्थात अतिरिक्त माटो सडकमा राख्नुपर्ने बाध्यता छ । तर, कार्यको प्रगति विवरण भने न्यून देखिएको छ ।
यसका अतिरिक्त ह्यूम पाईपको आफ्नो प्रोडक्सन प्लान्ट नभएको, सप्लायरबाट आवश्यकता अनुसारको पाईप अथा समयमा आपुर्ति हुन नसकेको, आफ्नो प्रोडक्सन प्लान्टको कमर्शियल प्रोडक्सन १५ जुन २०१६ देखि हुनुपर्नेमा अक्टुवर २०१६ देखि मात्र भएको र उत्पादन भएको पाईपको लोड वियरिङ टेस्ट हालसम्म पनि नगरिएको हुनाले ह्यूम पाईप विछ्याउने कार्य प्रभावित हुन पुगेको अवस्था रहेको सुपरिवेक्षण कार्यका लागि खटिएका कन्सलटेन्टका टिम लिडर बद्रीनाथ झाको भनाई छ । बेला बेलामा रबर गेसकेटको अभावले पनि काम प्रभावित हुन पुगेको देखिन्छ । निर्माण व्यवसायी तर्फ हुनुपर्ने प्राविधिक जनशक्तिको अभाव, दक्ष कामदार खास गरी डकर्मीको अभावमा मेन होलको काम प्रभावित भएको हो । ह्यूम पाईप विछ्याउने कार्य भईरहेको भएपनि व्याक फिलिङको काम, लेयर वाईज अर्थात तहगत कम्प्याक्सनको काम सम्झौता अनुसार नगरि अधुरो र अपुरो रहेको छ । यसका अतिरिक्त पाईप विछ्याउने क्रममा पुनरस्थापनको कार्य पनि गरिएको छैन ।
यस अघि पनि परियोजना प्रमुख र कन्सलटेन्टको संयूक्त अनुगमनका बेला बसहिया रोड, पिडारी भानु चौक क्षेत्र लगायत अन्य विभिन्न सडक खण्डहरुमा मापदण्ड विपरित डिफेक्टेड हयूम पाईप र स्लेवहरु पाइएको थियो । जसलाई रिजेक्ट गरिसकिए पनि तिनीहरुको प्रयोग गरिएको र काम नलाग्ने सामानहरु कार्य स्थलबाट हटाउनका लागि निर्माण व्यवसायीलाई मौखिक र लिखित निर्देशन दिँदादिदै पनि निर्माण व्यवसायीले अवज्ञा गरेको पाइयो । २३ मंसिर २०७३ मा मुरली चौक पश्चिमको साइटमा पनि त्यस्तै भत्किएको ह्यूम पार्ईप, स्लेव आदिहरु पाइएको थियो । त्यस्ता रिजेक्टेड सामग्रीहरुको निर्माण कार्यमा प्रयोग गरिरहेको स्थानीय यूवाहरुले आशंका व्यक्त गरेका थिए । यति मात्र होइन निर्माण गर्दा ह्यूम पाईपको तल २० सेन्टीमिटर मोटाईमा बालुवा राखेर पाईप विछ्याउनुपर्नेमा बालुवा नराखेको पाइयो । ह्यूम पाईपको भालेपोथि ज्वाइन्ट गर्ने ठाउँमा राख्नुपर्ने स्लेव मापदण्डको अनुसार नभएर भत्केको कमजोर स्लेव प्रयोग गरेको पाइएको थियो । त्यहाँ रहेका पानीलाई डिवाटरिङ गरिएको थिएन । बालुवा सडकमा कहिँ कतै मौज्दातको रुपमा रहेको पाइएन । ग्राभल समेत पाइएन । यसरी हेर्ने हो भने उक्त परियोजनाको कार्य अवधि अब करिब १५ महिना मात्र बाँकी रहेको अवस्थामा र कार्य बोझको परिणाम बढी नै बाँकी रहेको अवस्थामा कार्य थप प्रभावित हुने प्रसस्त आधारहरु देखिन्छ ।
३ मंसिर २०७३ मा जनकपुरका यूवाहरु तथा परियोजनाका म्यानेजर, कन्सलटेन्ट टिम लिडर र ठेक्केदार प्रतिनिधि सहितको संयूक्त अनुगमन
पछि देखिएको त्रुटि विषयमा उठाइएको मुचुल्का ।
२८ सेप्टेम्बर २०१६ मा टिम लिडर बद्रीनाथ झाले १२ सय मिलिमिटर व्यास बाहेक अन्य व्यासको हयूम पाईपहरु नदेखिएको, रब्बर ग्यासकेटको पर्याप्त मौज्दात नदेखिएको, ह्यूम पाईपहरुको आपुर्ति नगरिएको, आपुर्ति गरिएकाहरु मध्ये केही त्रुटिपुर्ण भई प्रयोगका लागि अयोग्य देखि रिजेक्ट गरिएको हुनाले ती सबै रिजेक्ट सामग्रीहरुलाई कार्यस्थलबाट हटाउन, त्यस्ता सामग्रीहरुका कारण स्थानीयवासीहरुको आवतजावतमा समेत समस्या भईरहेको, २२ अगस्त २०१६ मा पाईप विछ्याउँदा व्याक फिलिङको काम अर्थात माटोलाई पुनः रोलर चलाई पुर्ववत्त अवस्थामा नल्याएको, सवारी आवागमनमा कठिनाई भएको भन्दै जेडआईइसि÷शर्मा जेभीका ठेकेदार प्रतिनिधि बलराम महतोलाई प्रष्ट रुपमा पत्र मार्फत लिखित रुपमै निर्देशन दिइएको टिम लिडर झाले बताउने गरेका छन् । तर पनि निर्देशन अनुसार काम गरिएको पाइन्न ।
१४ डिसेम्बर २०१६ मा टिम लिडर बद्रीनाथ झाले जेडआईइसि÷ शर्मा जेभीका प्रोजेक्ट म्यानेजरलाई नै पत्र लेखेर प्रष्ट रुपमा ताकेता गरेको पाइन्छ । रिजेक्ट गरिएका भत्किएका ह्यूम पाईप तथा स्लेवहरुलाई कार्यस्थलबाट जतिसक्दो चाँडो हटाउन, खाल्डोमा पानीहरु रहेकाले त्यसलाई हटाउनका लागि उपयूक्त व्यवस्थापन गर्न तथा २० से.मि.को मोटाईको सेन्ड ग्राभल राख्न, कम्पेक्सन गर्न,  विभिन्न ठाउँमा खाल्डो खन्ने क्रममा खानेपानीको पाईप फुटेर अवरुद्ध भएको खानेपानीको वितरण सुचारु गराउन जतिसक्दो चाँडो व्यवस्था मिलाउन भनिएको छ । यति मात्र होइन विभिन्न डायमिटरका स्पाईगट टाईपको ह्यूम पाईपको उत्पादन तथा आपुर्ति गर्न पहिले भनिएपनि हालसम्म नभएको भन्दै ताकेता गरिएको छ ।
खानेपानीको पाईप ब्लक गरेपछि उपभोक्तालाई समस्या
ढल निर्माणका क्रममा उक्त निर्माण कम्पनीले खाल्डो खन्ने तथा हयूम पाईप विछाउने क्रममा नेपाल खानेपानी संस्थान शाखा कार्यालय जनकपुरद्वारा जडान गरिएको पाईप ठाउँ ठाउँमा भत्काईएको छ । ढल निर्माणको काम अगाडी वढाएपछि खानेपानीको पाईपलाई काटी काठको प्लग ठोकी खानेपानीको आपुर्तिलाई अवरुद्ध पारिएको छ ।
 यसरी ती पाईपहरु भत्काएर अवरुद्ध गरिएपछि सहरका सयौं नागरिकहरु खानेपानीको सुविधा प्राप्तिबाट बञ्चित हुन पुगेको छ । नमस्कार होटेल, मालपोत कार्यालय देखि मुरली चौक हुँदै विश्वकर्मा चौक सम्म, परिक्रमा सडक, थापा चौक देखि भानु चौक, पेठिया बजार स्थित रहिम पथ, कन्या पाठशाला लगायतका ठाउँहरुमा जडान गरिएको खानेपानीको पाईप भत्काइएको हो ।
नेपाल खानेपानी संस्थान कार्यालय धनुषाका कार्यालय प्रमुख सुरेश कुमार महतोका अनुसार ती निर्माण कम्पनीका प्रतिनिधि बलराम महतोलाई भत्काएर अवरुद्ध गरेको खानेपानीको पाईप जडान गर्न पटक पटक ताकेता गरेपनि कुनै सुनुवाई नै नगरेको हो । करिब ४ सय देखि ५ सय उपभोक्ताहरु त्यसकारण खानेपानी सेवन गर्नबाट बञ्चित हुन पुगेको छ, खानेपानी सुचारु नै नभएपछि उपभोक्ताहरु अब खानेपानीको जडान गरिएको लाईन समेत काटिदिनका लागि आवेदन दिन थालेका छन् । खानेपानी पनि नपाउने र न्यूनतम महसुल बुझाउनु नै पर्ने हुनाले ती उपभोक्ताहरु लाईन काटिदिन भन्दै आवेदन दिन थालेको हो । यसरी खानेपानी अवरुद्ध भएपछि मासिक ३ लाख जतिको महसुल सहितको रकम खानेपानी संस्थानलाई घाटा भईरहेको तथा १० लाख रुपैयाँ भन्दा वढीको पाईप भत्काईएको कार्यालय प्रमुख महतो बताउँछन् । करिब ३ महिना देखि ती ठाउँहरुमा खानेपानीको वितरण हुन सकिरहेको छैन ।
खानेपानी संस्थानले गाल्भोनाइज्ड आयरण र डक्टाईल आईरन सहितको पाईप जडान गरेको थियो । तर, एकिकृत सहरी विकास परियोजनाका डेपुटी म्यानेजर विरेन्द्र यादवले पोलिथिन पाईप जडान गर्न दिनुस भनेर दवाव दिएको सुनाउँदै खानेपानीका कार्यालय प्रमुख महतो भन्छन,“ जे पाईप हामीले जडान गरेका हौं त्यही पाईप लगाउनु पर्ने हुन्छ । विरगञ्जमा पनि त्यसै गरिएको हो । हामीले आफ्नो खानेपानी संस्थानका महाप्रवन्धक डा.अर्जुनबाबु ढकाललाई समेत जानकारी गराउँदा त्यो निर्माण कम्पनीले जुन अवस्थामा पाईप थियो सोही अवस्थामा ल्याउनु पर्ने बताएका छन् ।”
काम भन्दा वढीको भुक्तानी
निर्माण प्रतिनिधि बलराम महतोले अहिलेसम्ममा पहिलो पटक मोविलाईजेसनको पेश्की बापत पहिलो पटक १० प्रतिशत बापत ८ करोड ५४ लाख ६२ हजार तथा ५ प्रतिशत बापत ४ करोड २७ लाख ३१ हजार ३ सय ९० गरी जम्मा १२ करोड ८१ लाख ९३ हजार ३  सय ९० रुपैयाँ पहिलो किस्ता बापत भुक्तानी पाईसकेको छ । हालसम्म पाईप लेईङ र अन्य  कामहरु बापत विभिन्न तीन चरणमा तीन वटा रनिङ बिलबाट करिब १० करोड ७५ लाख १० हजार ३ सय २७ गरी कुल २३ करोड ५७ लाख ३ हजार ७ सय १७ रुपैयाँको भुक्तानी प्राप्त गरिसकेको छ । यसरी हेर्ने हो भने काम उनले एक चौथाई गरेका छैनन् तर भुक्तानी भने करिब एक चौथाईको पाईसकेका छन् ।
टिम लिडर र ठेक्केदार प्रतिनिधि हटाउने खेल
परियोजनाका ठेक्केदार प्रतिनिधि बलराम महतोको प्रशंसा तथा बचाऊ गर्दै र कन्सलटेन्टका टिम लिडर
बद्रीनाथ झालाई हटाउन धनुषाका सिडिओ दिलिप चापागाईले
कन्सलटेन्टलाई लेखेको पत्र ।
बलराम महतो बास्तवमा अहिले तराई मधेसमा निर्माण व्यवसायीमा बादसाह बनेका छन् । धेरै परियोजनाहरु उनकै मातहतमा रहेको रमन कन्स्टूक्शन कम्पनीले पाएका छन् । जस्तै हुलाकी सडक अन्तरगत जनकपुर(जलेश्वर भिठ्ठामोड सडक, जनकपुर देखि कदम चौक हुँदै बल्हा सघारासम्मको सडक, रेल्वेमा पेटी कन्टूेक्ट, विभिन्न ठाउँमा पुल निर्माण आदि परियोजनाहरु उनको मातहतको कम्पनीले ठेक्का प्राप्त गरेको छ । तर, अन्तराष्टिूय स्तरको ठेक्काका लागि आह्वान गरिएको एकिकृत सहरी विकास परियोजना अन्तरगतको जनकपुरको सडक तथा ढल निर्माणका लागि उनको कम्पनीको योग्यता नपुगेपछि जेडआईइसि÷ शर्मा जेभीले पाएको हो । त्यसपछि उक्त कम्पनीले बलराम महतोलाई आफ्नो कम्पनीको प्रतिनिधिको रुपमा पठाएको छ । जसमा उनको कम्पनी रमण कन्स्टूक्शनको नाम निसान पनि छैन । त्यसपछि उनले सोही परियोजनामा सव कन्टूेक्टरको रुपमा आफु र आफ्नो कम्पनीलाई मनोनयन गरि पाउ भनेर आवेदन दिएपछि उनलाई कन्सलटेन्ट टिम लिडर बद्रीनाथ झाले अस्वीकार गरेका थिए ।
४ अक्टुवर २०१६ मा टिम लिडर झाले एकिकृत सहरी विकास परियोजनाका प्रोजेक्ट म्यानेजर गंगा प्रसाद यादवलाई लेखेको पत्रमा के भनिएको छ भने ३ अक्टुवर २०१६ मा ठेक्केदार प्रतिनिधि बलराम महतोले टिम लिडर झालाई दुव्र्यवहार गर्नुका साथै परियोजनाका कामलाई समेत प्रतिकुल असर पारिरहेकोले त्यसतर्फ गम्भीरताका साथ ध्यान दिन अनुरोध गरिन्छ । त्यसपछि ५ अक्टुवर २०१६ मा परियोजना अधिकृत गंगा प्रसाद यादवले टिम लिडर झालाई दिएको जवाफ सहितको पत्रमा के भनिएको छ भने परियोजनाको निर्माण कार्यका लागि निर्माण कम्पनीका प्रतिनिधि बलराम महतो विरुद्ध कारवाही चाँडै अगाडी वढाईने छ ।

गुणस्तरहीन कामको विरोध गर्दै जनकपुरका यूवाहरु
मुरली चौकमा परियोजनाको काममा रोक लगाउँदै ।
१६ अक्टुवर २०१६ मा टिम लिडर झाले जेडआईइसि÷ शर्मा जेभीका आधिकारीक प्रतिनिधि सव कन्टेूक्टरको रुपमा रमन कन्स्टूक्शन कम्पनीलाई मनोनित गरी नियूक्त गर्न जेडआईइसि÷शर्मा जेभीले भनेको थियो । परियोजनाको कुल कामको ९५ प्रतिशत जिम्मेवारी रमन कन्स्टूक्सनलाई दिन भनिएको छ, अन्तर्राष्टिूय स्तरको ठेक्का भएका कारण उनलाई दिन सकिँदैन भनिएको छ । त्यसको कारणमा रमन कन्स्टूक्शनलाई आवश्यक पर्ने उपकरणहरु, जनशक्तिहरु, सामग्रीहरु ठेक्का स्वीकार गर्दा योग्यता तथा ती मापदण्डहरु हुनुपर्ने भन्ने शर्तमै ठेक्का जेडआईइसि÷ शर्मा जेभीलाई दिएको हो । तर, रमन कम्पनीसँग ती सबै कुराहरुको अभाव देखिन्छ । चालु कार्यको प्रगति पनि अत्यन्तै न्यून छ । ह्यूम पाईप उत्पादनका लागि आफ्नै कारखाना हुनुपर्ने, क्याम्पको स्थापना हुनुपर्ने आदि कुराहरु पनि नरहेकाले रमन कन्स्टूक्शनलाई उक्त परियोजनाको ९५ प्रतिशतको साझेदार बनाउन नसकिने झाद्वारा जेडआईइसि÷ शर्मा जेभीलाई लेखिएको पत्रमा उल्लेख छ ।
त्यसैगरी १६ अक्टुवरमै ठेक्केदार प्रतिनिधिको रुपमा रहेको बलराम महतोलाई कारवाही गरी उनलाई हटाएर उनको ठाउँमा अर्को उपयूक्त प्रतिनिधि पठाउनका लागि टिम लिडर झाले शर्मा जेभीलाई पत्राचार गरेको पाइन्छ । १७ अक्टुवर २०१६ मा परियोजनाका प्राजेक्ट म्यानेजर गंगा प्रसाद यादवले जेडआईइसि÷ शर्मा जेभीलाई पत्र लेखेर ठेक्केदार प्रतिनिधि बलराम महतोका कारण परियोजनाको कार्यमा प्रतिकुल असर परिरहेकोले प्रतिनिधिलाई हटाई अर्को प्रतिनिधि चयन गरी पठाउन भनिएको छ । तर, त्यसको ३ दिन पछि केही ठुलै चलखेल हुन्छ र २० अक्टुवर २०१६ मा परियोजनाका प्रोजेक्ट म्यानेजर जो ठेक्केदार प्रतिनिधि बलराम महतोलाई हटाउने कुरा गरिरहेका हुन्छन्, अचानक टिम लिडर झालाई नै हटाई अर्को टिम लिडर पठाउनु पर्छ भन्दै कन्सलटेन्ट कम्पनीलाई पत्राचार गर्छन् । यो कुरा किन पनि रहस्यपुर्ण छ भने अब गंगा प्रसाद यादवको के तर्क छ भने टिम लिडर बद्रीनाथ झाको काम गराईलाई लिएर स्थानीय माहौल नरहेको, स्थानीय राजनीतिक दल, स्थानीय प्रशासन र स्थानीय जनता समेत उनको विपक्षमा रहेकोले टिम लिडर बद्रीनाथ झालाई हटाउनु पर्छ ।
बलराम महतोको बचाऊ गर्दै टिम लिडर झा हटाउन सिडिओको रहस्यमय चासो
२० अक्टुवर २०१६ अर्थात सोही दिन ४ कार्तिक २०७३ मा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले पनि स्वावजेभी डिएससी कन्सलटेन्टलाई पत्राचार गरी टिम लिडर बद्रीनाथ झालाई हटाउन भन्दै पत्राचार गरेको पाइयो । आयोजना संचालनको सम्बन्धमा केही महिना अगाडी देखि निर्माण व्यवसायी प्रतिनिधि र टिम लिडर बीचमा केही द्विविधाहरु देखिएको भन्दै दुई पक्ष बीच उत्पन्न मनोमालियले परियोजना निर्माणको कार्य सम्पन्न हुनमा ढिलाई हुने तर्क गरिएको छ । प्रजिअ चापागाईले लेखेको उक्त पत्रमा ठेक्केदार प्रतिनिधिको प्रशंसा गरिएको छ । हालसम्मको आयोजना निर्माणको अवस्था र विभिन्न समयमा भएका छलफल समिक्षाबाट समेत निर्माण व्यवसायी प्रतिनिधिको उपस्थिति र आयोजना समयमा नै सम्पन्न गर्न देखाएको तदारुक्ताको उच्च मुल्याङ्कन र प्रशंसा गर्नुपर्छ, प्रजिअ चापागाईद्वारा जारी पत्रमा लेखिएको छ । छलफलमा टिम लिडर झाले पेश गरेका बिचारधारणा र आयोजनालाई समयमा सम्पन्न गर्ने सम्बन्धमा देखाएको उदासिनतालाई यहाँको नागरिक समाज, राजनीतिक पार्टी, सरोकारबाला तथा प्रशासनले समेत अपेक्षित ठान्ने अवस्था देखिएन भन्दै  प्रजिअ चापागाईद्वारा लेखिएको पत्रमा के पनि भनिएको  छ भने यस नगरका नागरिकमा आयोजना छिटो सम्पन्न गरी चाँडो भन्दा चाँडो लाभ लिने तिब्र चाहना बढीरहेको सन्दर्भमा स्थानीय मुल्य मान्यता र एक अर्को प्रति हेर्ने दृष्टिकोण तथा व्यवहार समग्र अवस्थालाई विश्लेषण गर्दा हालको टिम लिडर राखिराख्न उपयूक्त हुने नदेखिएकोले हालका टिम लिडरलाई तत्काल अन्यत्रको जिम्मेवारी दिई अर्को टिम लिडरको व्यवस्था गरी आयोजनाको शिघ्र सम्पन्न गर्ने कार्यमा सहयोगका लागि अनुरोध गर्दछु ।
रोचक कुरा के छ भने यस अघिसम्म ठेक्केदार प्रतिनिधि बलराम महतोलाई हटाउनु पर्ने विषय कारवाहीको प्रक्रियामा अघि वढीरहेको बेला कन्सलटेन्टका प्रतिनिधि झालाई नै हटाउन जिल्लाको सिडिओले किन चासो लियो त ? गुणस्तरहीन काम गरि अनियमितता गरिरहेका ठेक्केदार प्रतिनिधि बलराम महतोको पक्षमा एउटा सिडिओले किन वकालत गर्यो ? स्थानीय वासीहरुका अनुसार ठेक्केदार प्रतिनिधि बलराम महतोले आर्थिक चलखेल गरी परियोजना म्यानेजर गंगा प्रसाद यादव, डेपुटी म्यानेजर विरेन्द्र यादव र धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईलाई आफ्नो पक्षमा पार्न सफल भएको घटना क्रमहरुले पनि पुष्टि गर्छ ।
कन्सलटेन्टको जवाफ
कन्सलटेन्टका आधिकारिक प्रतिनिधि डा.श्याम कुमार मानन्धरले २० अक्टुवर २०१६ मै परियोजनाका म्यानेजर गंगा प्रसाद यादवलाई दिएको जवाफमा आफुहरुको टिम लिडर झाको कार्यबाट आफुहरु पुर्णतः संतुष्ट रहेको, झालाई हटाउन आवश्यक तथ्य र प्रमाणहरु नदिएको भन्दै बरु झालाई हटाउनुपर्ने कुनै ठोस आधार वा कारण रहेको छैन ।
उनलाई हटाउन यसरी दवाव दिए सम्झौता नै भंग गर्नुपर्ने अवस्थासम्म आउन सक्ने चेतावनी पत्र मार्फत दिइएको छ ।
यसरी हेर्ने हो भने उक्त परियोजनाका सम्बन्धित पक्षहरु एकिकृत सहरी विकास परियोजनाका प्रोजेक्ट म्यानेजर गंगा प्रसाद यादव, डेपुटी म्यानेजर विरेन्द्र यादव, जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत पुण्य प्रसाद लुईटेल, निर्माण कम्पनीका ठेक्केदार प्रतिनिधि बलराम महतो र डिजाइन कन्सलटेन्ट तथा सुपरिवेक्षण कार्यका टिम लिडर बद्रीनाथ झा रहेका छन् । यसरी हेर्ने हो भने टिम लिडर झाले परियोजनाको कार्यमा अनियमितता हुन नदिनका लागि बेला मौकामा सदैव सचेष्ट गराउँदा गराउँदै पनि ठेक्केदार प्रतिनिधिले टेरपुच्छर नलगाएको पाइन्छ । त्यसैले उनलाई हटाउन सबै एकमत भएको पाइन्छ ।
माथि उल्लेख गरिएका कारणहरुले परियोजना प्रभावित भईरहेको अवस्थामा परियोजनाको कार्य समयमै र गुणस्तरयूक्त ढंगले सम्पन्न हुने कुरामा आशंका बढ्दै गएको पाइन्छ । अनियमितता भएको प्रष्ट प्रमाणहरु देखिए पनि दोषीलाई कारवाही नगर्ने हो भने भ्रष्टाचार र अनियमितता बढ्नुका साथै दण्डहिनता पनि बढ्दै जाने हुनाले स्थानीय राजनीतिक दल, नागरिक समाज,यूवा, विद्यार्थी तथा स्थानीय वासीले दवाव सिर्जना गर्नु आवश्यक छ ।


२०७३ पौष ०३ गते आईतबार

Tuesday, December 20, 2016

क्षमता १० हजार, तर कैदीबन्दी १८ हजार

१२ मंसिरमा जलेश्वर कारागारमा कैदीबन्दीहरु बीच झड्प भएपछि तैनाथ सुरक्षाकर्मीहरु ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
पछिल्ला वर्षमा देशभर अपराधका घटनाको संख्या बढेपनि कारागार व्यवस्थापन र कारागारको क्षमता वृद्धिमा ध्यान नदिइँदा देशभरका कारागारको अवस्था विजोग भएको छ  । अपराधका घटना र प्रवृत्ति बढेसँगै कैदी बन्दीको संख्या दोब्बर पुग्दा समेत दशकौं पुराना कारागारमा कैदीलाई कोचेर राख्ने गरिएको छ  ।
त्यसैमाथि मुलुकका विभिन्न कारागारमा भएका श्रृङ्खलाबद्ध घटनाले कारागार सुरक्षामा प्रश्नचिह्न खडा गरेको छ  । यसको पछिल्लो उदाहारण हो ( महोत्तरीस्थित जलेश्वर कारागार  । गएको मंसिर १२ गते जलेश्वर कारागारभित्र कैदीहरूबीच झडप हुँदा २२ जना कैदी घाइते भए  ।
उक्त घटना भएको दिन आईतबार विहान ११ बजे तिर भाई नाईके कारी साह र ३ महिना पहिले मात्र काठमाण्डौबाट जलेश्वर कारागार स्थानान्तरण गरिएका कैदीबन्दी संतोष पंडित बिच कुटाकुट भएपछि दुई पक्ष बीच झडप भएको थियो । झडपमा परेर भाई नाईके साह र कैदीबन्दी पंडित सहित मोहम्मद अलि इलकियात, संजय बमजन, दिनेश भुजेल, रमेश कुमार दास, श्याम देव पासमान, सुरेन्द्र प्रसाद सिंह गम्भीर घाईते भएका थिए । कारागार भित्रै करिब १ घण्टा जति कैदीबन्दीहरु बीच झडप भएको थियो । झड्प भए लगत्तै नेपाली सेना र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी इन्सपेक्टर रविन्द्र खनालको नेतृत्वमा पुगेको टोलीले स्थितीलाई नियन्त्रणमा लिएको थियो ।
३ महिना पहिले बालक हत्याको आरोपमा पक्राउ परेका पंडित जलेश्वर कारागारमा आए लगत्तै मुल नाईके श्रीनारायण महतो निकट भाई नाईके र पंडित पक्षका कैदीबन्दी बीच विवाद हुँदै आएको थियो । पंडितले ३ महिना पहिले आफ्नो लागि टेलिभिजन मगाएका थिए । तर, मुलनाईके श्रीनारायण महतो पक्षका भाई नाईके नसिव अन्सारीले टिभी खोसेर मुलनाईकेले मात्र हेर्न पाउने भनेपछि दुवै पक्ष बीच विवाद सुरु भएको थियो । पंडितले पटक पटक टिभी फिर्ता माग्दै आएका थिए । टिभी फिर्ता गर्न आग्रह गरेपनि नमानेपछि झड्प भएको थियो । मुल नाईके महतो र उनी निकट भाई नाईकेहरुले आफ्नो निर्देशन नमान्ने कैदीबन्दीहरुलाई पहिला पनि कोठा भित्र थुनेर कुटपिट गर्ने गरेको पंडितको आरोप छ । यसका अतिरिक्त मुल नाईके महतोले कैदी बन्दीलाई खानलाउन समेत समस्या उत्पन्न गर्ने गरेको पंडितको आरोप छ ।
कारागारभित्र भएका पछिल्लो सात वर्षका सात घटना
२०७३ मंसिर १२ गते, महोत्तरीको जलेश्वर कारागारमा कैदीबन्दीबीच झडप हुँदा २२ जना घाइते  । २०६९ पुस २५ गते बुधवार, मध्यराति सिन्धुली कारागारभित्रै कैदीबन्दीहरूबीच कुटाकुट भयो  । कुटपिटबाट कैदी नीरज देवकोटाको मृत्यु भयो  । घटनामा परी अन्य सातजना कैदी घाइते भए  । २०६९ कार्तिक, प्रहरीको आँखैअगाडि करीब ८० फीट लामो सुरुङ खनेर कुख्यात अपराधीको जत्था पूर्वाञ्चल क्षेत्रीय कारागारबाट फरार  । २०६८ साल मंसिर २० गते, चितवन कारागारभित्र झडप भयो, झडपमा परी घाइते भएका चारमध्ये एकजनाको मृत्यु भयो  । २०६८ साल मंसिर १४ गते, मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारमा झडप हुँदा १२ जना घाइते भए  । २०६७ साल फागुन २६ गते देशकै सर्वा्धिक सुरक्षित मानिने केन्द्रीय कारागारमै गोली चल्यो, गोली लागि सञ्चार उद्यमी युनुस अन्सारी घाइते भए  ।  २०६६ सालमा पूर्वाञ्चल क्षेत्रीय कारागारभित्र कैदीबन्दीको एउटा समूहको कुटपिटबाट कैदी अर्जुन तामाङको मृत्यु भयो  । (स्रोत ( प्रहरी प्रधान कार्यालय)
यसबाहेक पनि कैदीहरूबीचको झगडा, सुरक्षाकर्मीको आँखा छलेर भाग्ने लगायतका थुप्रै घटना भएका छन्  । साथसाथै कर्मचारी र सुरक्षाकर्मीसँगको मिलेमतोमा कैदी फरार हुने जस्ता समाचार त सामान्य नै बनेका छन्  । कतिपय जेलमा थुनिएका कुख्यात अपराधीले जेलभित्रैबाट आफ्नो अपराधको दुनियाँ चलाइरहेको समेत खुल्ने गरेको छ  । यो कुरा प्रहरी प्रवक्ता हेमन्त मल्ल पनि स्वीकार्छन्  । कारागारको क्षमताभन्दा कैदी बढी राख्नुपर्ने बाध्यता लगाएका कारण यस्ता घटना दोहोरिएको प्रहरी प्रवक्ता मल्ल बताउँछन्  ।
कारागार क्षमता १० हजार, तर कैदी १८ हजार
कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार, अहिले नेपालका ७२ जिल्लामा ७४ वटा कारागार छन्  । धनुषा, भक्तपुर र बारा जिल्लामा त अहिलेसम्म कारागार नै छैनन्  । काठमाडौं र दाङमा दुई दुईवटा कारागार छन्  । देशभरका सबै कारागारमा कैदी क्षमता जम्मा १० हजार छ  । तर अहिले झण्डै १८ हजारको संख्यामा कैदीबन्दी छन्  ।
अहिले सबैभन्दा बढी कैदीबन्दीको चाप काठमाडौंस्थित केन्द्रीय कारगारमा छ  । १५ सय क्षमताको भौतिक पूर्वाधार रहेको कारागारमा २ हजार ५ सय ८० जना कैदीबन्दी छन्  । त्यस्तै सुनसरीस्थित झुम्का कारागारमा केही पूर्वाधार विकास भएपनि कैदीबन्दीको चाप उस्तै छ  । दुई सय २५ को भौतिक क्षमता रहेको झापा कारागारमा दुई गुणा बढी कैदीबन्दी छन्  । १३५ कैदीबन्दी राख्ने क्षमता रहेको जलेश्वर कारागारमा ३७४ कैदीबन्दी छन्  । विभागका निर्देशक वेदबहादुर कार्कीका अनुसार अहिले कैदीबन्दीको चाप देशभरका ७४ ओटै कारागारमा छ  । विभागको तथ्याङ्क अनुसार ६ वर्षयता प्रत्येक वर्ष एक हजारको संख्यामा कैदीबन्दी थपिइरहेका छन्  ।
कुन आर्थिक वर्षमा कति कैदीबन्दी ?
आर्थिक वर्ष २०६९ र २०७० – ११ हजार , आर्थिक वर्ष २०७० र ०७१ – १३ हजार र चालु आर्थिक वर्ष – १७ हजार ९ सय ६६ जना । (स्रोत ः कारागार व्यवस्थापन विभाग)
भूकम्पका कारण अहिले नुवाकोट, महोत्तरी, खोटाङका कारागार त्रिपालमुनि छन्  । बर्खाको समयमा धनकुटा, ताप्लेजुङ र खोटाङ कारागारमा कैदीबन्दी छाता ओडेर सुत्न बाध्य छन्  ।
कारागार क्षमता बढाउने योजना कछुवाको गतिमा
अहिले कारागार व्यवस्थापन विभाग, शहरी विकास मन्त्रालय र शान्ति तथा पुनर्निर्माण मन्त्रालयले नयाू कारागार निर्माणको काम थालेका छन्  । अपराधको प्रकृति हेरर छुट्टा(छुट्टै राख्ने व्यवस्थासहित २६ जिल्लामा कारागार बनाउने प्रक्रिया थालिएको छ  । नयाू कारागार बनेपछि समस्या समाधान हुने दाबी गर्छ कारागार व्यवस्थापन विभाग  । तर क्षमता विस्तारको कामले भने गति लिन सकेको छैन  ।
समस्याको निकास के त ?
अहिले देशभरका कारागारालाई क्षमताभन्दा कैदी बढी राख्नुपर्ने बाध्यता छ  । प्रहरी प्रवक्ता मल्ल भन्छन् ( ‘कारागारको दुरवस्थाका कारण पनि सुरक्षामा कठिनाई भएको हो  ।’ तर यसो भन्दैमा सुरक्षा निकाय र कारागार प्रशासनको लापरवाही भएको छैन चाहिँ भन्न मिल्दैन  । हुनपनि घटना श्रृङ्खलाबद्ध रूपमा भएको छ, सुरक्षामा कमजोरी भएको पनि सबैलाई थाहा छ, घटनाबारे प्रतिवेदन पनि निस्कन्छ, अब सुरक्षामा नचुक्ने प्रतिबद्धता पनि दोहोरिन्छ तैपनि समस्या भने बढिरहेको छ  । यस विषयमा अनुसन्धान गरी चाूडोभन्दा चाूडो समस्याको निकास खोज्नुपर्छ  ।
कैदीबन्दीको वार्षिक खर्च मात्रै ६० करोड बढी
कैदीबन्दीको संख्या बढेसँगै उनीहरूको खानपान, लुगाफाटो औषधि उपचार लगायतमा राज्यको खर्च समेत बढेको छ  । सरकारले कैदीबन्दीलाई दैनिक ४५ रुपैयाू र ७ सय ग्राम चामल उपलब्ध गराउूदै आएको छ  । यसमा मात्र राज्यको वार्षिक ६० करोड हाराहारी खर्च हुँदै आएको छ  । आर्थिक वर्ष २०७२र७३ सरकारको ५९ करोड १९ लाख ९१ हजार खर्च भएको थियो  । चालू आर्थिक वर्षको ४ महिनाभित्रमा ५९ करोड ६३ लाख २८ हजार खर्च भइसकेको कारागार व्यवस्थापन विभागका निर्देशक वेदबहादुर कार्की बताउँछन्  ।

२०७३ पौष ०३ गते आईतबार

सिके राउतका समर्थकहरु उच्च अदालतको आदेशबाट रिहा

रिहा भएपछि डा.सिके राउतले जुस खुवाएर
 आफ्नो समर्थकको अनशन तोडाउँदै ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
गत मंसीर २१मा विवाहपंचमीको मेला पश्चात् नगरमा रहेको फोहरमैला सरसफाई गर्दा पक्राऊ परेका स्वतन्त्र मधेश गठबन्धनका १७ जना बंदीहरुलाई जनकपुर उच्च अदालतको आदेशमा धनुषा प्रहरीले  बुधबार रिहा गरेको छ । मंसीर २३ गते बिहीबार बंदीहरुको तर्फबाट जनकपुर उच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा  बुधबार अदालतले कैदीहरुलाई छोडने फैसला सुनाएको थियो ।
जनकपुरमा विवाहपंचमीको मेला पश्चात् नगरमा रहेको फोहरमैला सरसफाई गर्दा स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ताहरुलाई विनाकारण पक्राऊ गरी हिरासतमा राखेकोमा धनुषाको सिडिओ दिलीप चापागाईं र एसपी लालमणी आचार्यको चौतर्फी निन्दा भएको थियो । हङकङ स्थित एशियन ह्युमन राइट्स कमिशनले समेत सो विषयमा आफ्नो रिपोर्ट जारी गरी विरोध गरेको थियो । सामाजिक कार्य गर्दा समेत पक्राऊ गरेको विरोधमा गत बिहीवारदेखि नै संजय कुमार यादव र उपेन्द्र रोहिता अनशनमा बसेका थिए, भने मंसीर २६ गते आइतबारदेखि मुबारक हुसैन, अभिमन्यु महतो र फुलचन मुखिया गरी थप ३ जना पनि प्रहरी हिरासतमै अनशनमा बसेका थिए । प्रहरी हिरासतबाट मुक्त भए पछि डा. सी. के. राउतको हातबाट उनीहरुले अनशन स्थगित गरेका छन् ।
गत मंसीर २१ का दिन विवाहपंचमीको मेला पश्चात् नगरमा रहेको फोहरमैला सरसफाई गर्दा  रामशंकर महासेठ, संजय स्वराजी, रामप्रताप मण्डल, अभिमन्यु कुमार महतो, मोबारक हुसेन, विश्वनाथ चौधरी,  विरेन्द्र कुमार मण्डल, उमाकान्त यादव, धिरज कुमार यादव,  विष्णु स्वराजी,  फुलचन कुमार मुखिया, शिव कुमार रोहिता, लक्ष्मी नारायण यादव, जितेन्द्र सिंह, रोशन कुमार यादव, मनोज स्वराजी र  विवेक कर्णलाई धनुषा प्रहरीले गिरफ्तार गरेको थियो ।
प्रहरीलाई अपशव्द प्रयोग गरेको कारण पक्राउ ः धनुषा एसपी
 २१ गतेका दिन जानकी मन्दिरको परिसर भित्र रामशंकर महासेठ समेत १७ जनाको समुहमा भई हो हल्ला गरिरहेको अवस्थामा प्रहरी टोली गई निजहरुलाई सम्झाई बुझार्य गदै त्यस्ता उत्श्रृङखल कार्य नगर्न भनेकोमा उल्टै प्रहरी टोलीलाई अपशव्द प्रयोग गरी गालीगलौच तथा अभद्र व्यवहार गरेको हुँदा निजहरु १७ जनालाई पक्राउ गरी प्रतिवेदन साथ केही सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा दर्ता गरी पहिलो पटक ६ दिनको लागि म्याद अनुमति लिई उक्त म्याद भित्र बयान लिने कार्य समेत सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले उच्च अदालतमा बुझाएको लिखित जवाफमा उल्लेख छ ।
जानकी मन्दिर जस्तो देशको मुख्य तिर्थ स्थलको महिमा बोकेको स्थान, प्राचिन स्मारकहरु भएको ठाउँ, पुरातत्व सम्बन्धि ऐतिहासिक वा कलात्मक बस्तुहरुले सज्जित स्थलमा विभिन्न ठाउँहरुबाट दर्शनको लागि आउने दर्शनालुहरुलाई मन्दिर दर्शन गर्न जाने पुर्व मुल गेटमा यी पक्राउ प्रतिवादीहरु हो हल्ला गरी अनावश्यक हर्कत देखाई बाधा अडचन खडा गर्दै शान्ति अवस्थालाई खलल पुर्याउने काम गरेको, डर त्रासको बातावरण सिर्जना गरेको हुँदा प्रहरी टोली सो स्थानमा पुगी निज प्रतिवादीहरुलाई सो कार्य नगर्न आग्रह गर्दा समेत उल्टै अपशव्द प्रयोग गरी गालीगलौच गर्दै दुव्र्यवहार गर्दै राष्टू सेवकलाई आफ्नो कर्तव्य पालन गर्नमा बाधा पुर्याएको, सरसफाई गर्न सो स्थानमा गएको भन्ने भनाई बनावटी र कपोलकल्पित रहेको धनुषाका प्रहरी उपरीक्षक आचार्यद्वारा उच्च अदालत जनकपुरमा प्रस्तुत गरिएको लिखित जवाफमा उल्लेख छ ।


२०७३ पौष ०३ गते आईतबार

Tuesday, December 13, 2016

सिके राउतको बढ्दो सक्रियता

जनकपुरमा पछिल्लो समयमा विभिन्न
समयमा सिके राउतका समर्थकहरु 
विरोध प्रदर्शन ।
अजय अनुरागी
जनकपुरधाम............
नेपालको भुगोल भित्र अधिकार, पहिचान, स्वायत्तता सहितको समग्र मधेसमा दुई प्रदेशको माग राखि संसदमा रहेका मधेस केन्द्रित राजनीतिक दलहरुको संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधानमा संशोधन हुनुपर्ने अडानमा रहेका छन् । तर, सरकारले दर्ता गरेको संशोधन विधेयकमा त्यसो नभएपछि मधेसी मोर्चाहरुले विधेयकलाई यथास्थितिमा स्वीकार नगर्ने बताईरहेका छन् । आफुहरु अहिले पनि शान्तिपुर्ण आन्दोलनमै रहेको र आफ्नो माग पुरा नभए सशक्त आन्दोलन गर्ने बताईरहेका छन् ।तर, सिके राउत भने यही बेला विभिन्न अवसरहरु पारेर तराई मधेसमा सक्रियता हवातै  बढाएको पाइन्छ । खास गरेर मधेसका यूवाहरुको आकर्षण पनि राउत र राउतको  मुद्दा प्रति  वढ्दै  गएको छ ।
नेपालको भुगोलबाट तराई मधेसका भुभागलाई अलग गरी छुट्टै देश बनाउने अभियानमा लागेका स्वतन्त्र मधेस गठबन्धनको सक्रियता पनि मधेसमा बढेको पाइन्छ । सिके राउतको  अगुवाईमा गठबन्धनले मधेसमा पछिल्लो समयमा आफ्नो अभियानलाई झन् तिब्रता दिन थालेको छ ।
१० मंसिर २०७३ मा गठबन्धनका कार्यकर्ताहरुले मधेसभरी प्रदर्शन गरे । रंगभेद विरोध दिवस भन्दै जनकपुरमा गठबन्धनका समर्थकहरुले विरोध प्रदर्शन गरिरहेको बेला प्रहरीले तिनीहरुलाई नियन्त्रणमा लिएका थिए । जनकपुरको बारह विघा मैदानबाट सिके राउतका कार्यकर्ताहरुलाई र शिव चौकबाट गठबन्धनका संयोजक राउतलाई पनि धनुषा प्रहरीले गिरफ्तार गरेको थियो । ३२ जनालाई पक्राउ गरेका धनुषा प्रहरीले सोही दिन साँझ रिहा गरेको थियो । सिके राउत भन्छन,“ आफुमाथि राज्यद्वारा लगाइएको राज्य विप्लवको मुद्दामा देशको सबैभन्दा उच्च निकायको रुपमा रहेको सम्मानित सर्बोच्च अदालतले सफाई दिईसकेको छ । अभिव्यक्ति स्वतन्त्रतता हुँदा हुँदै पनि त्यो दिन जनकपुरको शिव चौकमा आफुलाई बोल्न दिइएन । रंगभेद विरोध दिवसको रुपमा कालो दिवस समेत मनाउने छुट छैन, यो देशमा । जब अदालतले प्रतिबन्ध गरेको छैन भने धनुषा प्रहरीले आफुहरुमाथि प्रतिबन्ध लगाएर कानुनको खिल्ली उडाएको छ ।”
१९ मंसिर २०७३ मा जनकपुरको ऐतिहासिक पहिचान बोकेको रामजानकी विवाह पञ्चमी महोत्सवको अवसरमा आएका तिर्थालु भक्तजनहरुलाई गठबन्धनका कार्यकर्ताहरुले पानी खुवाउन लागेको बेला पनि प्रहरीले तिनीहरुलाई रोकेको थियो । अतिथीलाई पानी खुवाईरहेका गठबन्धनका कार्यकर्ताहरुलाई धनुषा प्रहरीले पक्राउ गरेर लगेको थियो । फेरी सोही दिन साँझ उनीहरुलाई रिहा पनि गरिएको थियो । सिके राउत भन्छन,“ यो देशमा नागरिकले आफ्नो अतिथिहरुलाई सत्कार गर्न पनि प्रतिबन्ध लगाइएको छ । यो मधेसी नागरिक माथिको ठुलो दमन हो ।”

सामाजिक कार्यहरुमा सक्रिय भईरहेका छन् ।
२१ मंसिरमा जनकपुरको जानकी मन्दिरको फोहरमैला सफ ागर्न लागेका गठबन्धनका कार्यकर्ताहरुलाई धनुषा प्रहरीले रोकेको थियो । मन्दिरमा सरसफाई गर्न पाइन्न, बाहिर गएर सरसफाई गर भनेर प्रहरीले भनेपछि गठबन्धनका समर्थकहरु सडकमा आएर सरसफाई गर्न थाल्दा करिब २ दर्जन जति समर्थकहरुलाई धनुषा प्रहरीले पक्राउ गरि लगेको थियो । पक्राऊ पर्नेहरुमा स्वतन्त्र मधेश गठबन्धनका रामशंकर महासेठ,संजय स्वराजी,रामप्रताप मण्डल,अभिमन्यु कुमार महतो,मोबारक हुसेन,विश्वनाथ चौधरी, विरेन्द्र कुमार मण्डल, उमाकान्त यादव,धिरज कुमार यादव, विष्णु स्वराज, फुलचन कुमार मुखिया, शिव कुमार रोहिता, लक्ष्मी नारायण यादव, जितेन्द्र सिंह, रोशन कुमार यादव,मनोज स्वराज र विवेक कर्ण रहेका छन् । स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक कैलाश महतोद्वारा जारी गरिएको विज्ञप्तीमा “जनकपुरमा समपन्न भएको भव्य विवाहपञ्चमी मेला पश्चात् भएको फोहोरमैलालाई सर(सफाई गर्ने कार्यक्रम गरिरहेका अवस्थामा जानकी मन्दिर गेट नजीकैबाट गिरफ्तार गरिएका स्वतन्त्र मधेश गठबन्धनका १७ कार्यकर्ताहरु अझै पनि धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा नै यातनापूर्ण अवस्थामा राखिएको छ  । मीडियामा प्रहरी प्रवक्ता मनोज कुमार यादवद्वारा प्राप्त जानकारी अनुसार उनीहरुमाथि स्थानीय प्रशासनले सार्वजनिक मुद्दाको कार्वाही अगाडी बढाइएको छ, तर खुलेर भेटघाट गर्न नदिएको कारणले विस्तृत जानकारी उपलब्ध हुन सकेको छैन । मधेशमा चलिरहेको शीतलहरका कारणले अत्यन्त जाडोको अवस्थामा पनि उनीहरुलाई पर्याप्त कपडा विना नै राखिएको छ ।”, उल्लेख छ ।
ती ३ दिनको घटनामा साझा कुरा के थियो भने गठबन्धनका समर्थकहरुले ‘मै मधेसी हुँ’, ‘मै स्वराजी हुँ’, मुझे चाहिए स्वराज, मै हुँ सिके राउत लगायतका शव्दहरु लेखिएको टोपी लगाएका थिए । सिके राउत भन्छन,“ मधेसी हुँ भन्नु वा स्वराजी हुँ भन्नु वा सिके राउत हुँ भन्ने शव्द लेखिएको टोपी लगाउन मिल्दैन भनेर यो देशको संविधानले त प्रतिबन्ध लगाएको छैन भने, सर्बोच्च अदालतले त प्रतिबन्ध लगाएको छैन भने यो देशको प्रहरीलाई प्रतिबन्ध लगाउन अधिकार कसलाई दिएको छ ? सर्बोच्च अदालतमा मधेस स्वराज, झण्डा, नक्सा आदि विषयमा समेत बहस भईसकेर त्यो गैरकानुनी वा गैरसंवैधानिक काम नभएको ठहर भईसकेको अवस्थामा प्रहरीले प्रतिबन्ध लगाउनु भनेको प्रहरीहरुद्वारा मधेसी नागरिक माथि दमन गर्नु हो । यस्तो दमनको हामी शान्तिपुर्वक विरोध गरिरहन्छौं ।”
व्रिटिश दुतावास अगाडी प्रदर्शन

२३ मंसिरमा काठमाण्डौ स्थित व्रिटिश दुतावास 
अगाडी सिके राउत समर्थकहरुको प्रदर्शन।
यता अंग्रेजहरुद्वारा २ लाख रुपैयाँको सट्टामा मधेशलाई नेपालमा गाभेको ठीक २०० वर्ष पुगेको अवसरमा डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुले काठमाडौंस्थित ब्रिटिस दुतावास अगाडि प्रदर्शन गरेका छन् । ‘१८१६ दिसम्बर ८ तारीखको बेलायत(नेपाल सन्धी खारेज गर’, ‘मधेशको भूभाग फिर्ता गर’ जस्ता नारासहित गठबन्धनका कार्यकर्ताहरुले प्रर्दशन गरेका हुन् ।
गठबन्धनका कार्यकर्ताहरुले २३ मंसिरका दिन दूताबास अगाडि प्रदर्शन गर्नुका साथै बेलायती प्रधानमन्त्री र कमनवेल्थ मिनिस्टर सहित राजदूतलाई ज्ञापन पत्र पनि बुझाएका छन् । सो ज्ञापनपत्रमा १८१६ दिसम्बर ८ तारीखमा २ लाख रुपयाको सट्टामा मधेशलाई नेपालको राजालाई हस्तान्तण गर्दा मधेशीको सहमति न लिएको तथा सो संधी अनुसार “मधेश नेपालमा गाभिए पछि नेपालको तर्फबाट मधेशीहरुमाथि कुनै विभेद वा दमन नहुनु पर्ने” शर्ततः पालन नभएको हुँदा सो संधी स्वतस् खारेज हुने र मधेश स्वतन्त्र हुने कुराको दाबी गरिएको छ। मधेशमा अंग्रेजको शासन कुनै समयमा रहेको हुँदा तथा मधेशबाट कर र राजस्व अंग्रेजले सीधै उठाएको हुँदा ’कमनवेल्थ नेशन्स’ भित्र मधेशलाई पनि स्थान दिनु पर्ने र त्यसवापत पाइने अनुदान, सहयोग र छात्रवृत्तिलगायतका सुविधाहरु मधेशीलाई पनि उपलब्ध हुनुपर्ने कुराको माग समेत गरिएको छ । स्वतन्त्र मधेशका लागि जनमत संग्रहका लागि पहल गरिदिनु हुनका लागि समेत वेलायती प्रधानमन्त्री समक्ष सो ज्ञापन(पत्र मार्फत् आग्रह गरिएको छ ।
सन् १८१६ डिसेम्बर ८ तारिखमा भएको बेलायत(नेपाल संधीका आधारमा अंग्रेजले कोसीदेखि पश्चिम र राप्तीभन्दा पूर्वको भागलाई दुई लाख रुपैयाँको बदलामा नेपालको राजालाई दिएको थियो । त्यसरी मधेशलाई भोगचलन गर्नका लागि नेपाललाई दिँदा कुनै निश्चित् समय अवधीका लागि मात्रै दिएको हुन सक्ने आँकलन रहेको छ, र सो समयावधी सम्बन्धि दस्तावेज मधेशको भूभाग गुमाउनु पर्ने डरले नेपाल सरकारले गायब गरेको हुनसक्ने अनुमान गरिन्छ ।
रंगभेद विरोध दिवस’ भएको दमन बारेमा गठबन्धनले बुझायो ज्ञापनपत्र

विवाहपञ्चमीको अवसरमा जनकपुर आएका 
तिर्थालुहरुलाई पानी खुवाउँदै सिकेराउतका समर्थकहरु ।
डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले गत मंसिर १० गते ‘रंगभेद विरोध दिवस’ मनाउने क्रममा भएको प्रहरी दमनबारे राष्टिूय मानव अधिकार आयोगमा १४ मंसिरमा ज्ञापनपत्र बुझाएको छ  ।
गठबन्धनले गरेको शान्तिपूर्ण जुलुसमा भएको प्रहरी दमनमा मानव अधिकारवादी संस्था आयोगले बेवास्ता गरेको भन्दै आक्रोश पोख्दै ज्ञापनमा ‘ मानवअधिकारको रक्षाको लागि कुनै ठोस पहलकदमी न गर्नु आफैंमा खेदजनक रहेको छ । सो वेवास्ता गर्ने क्रम आयोगले जारी राखेमा आयोगका कार्यालयहरु अगाडि पहिलो चरणको कार्यक्रम स्वरुप हामी शांतिपूर्ण धर्ना दिन बाध्य हुनेछौं, भन्ने कुरा दुस्खका साथ हामी जानकारी गराउन चाहन्छौं  ।’ चेतावनीसमेत दिएको छ  । आयोगका अध्यक्ष अनुपराज शर्मालाई गठबन्धनका कार्यकर्ताहरुले ज्ञापन बुझाएको थियो ।
ज्ञापन पत्रको विवरण जस्ताको तस्तै ः
नेपाल सरकारद्वारा हाम्रो संगठनको शांतिपूर्ण गतिविधिहरुमाथि भइराखेको दमन तथा मानव अधिकार उल्लंघनका विषयमा यहाँको ध्यानाकर्षण गराउन चाहन्छु  ।
गत शुक्रवार मधेशका विभिन्न जिल्लामा डा. सी. के. राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका समर्थकहरुले शान्तिपूर्ण रुपमा मनाउन लागेको रंगभेद विरोध दिवसको क्रममा नेपाल प्रहरीले २०० भन्दा बढी समर्थकहरुलाई अत्यधिक बल प्रयोग गरी लाठी चार्ज गर्दै गिरफ्तार गरेका थिए । सो क्रममा जनकपुरबाट डा. सि.के.राउत सहित ३२ जना, नेपालगंजबाट ५५ जना, नवलपरासीबाट १९ जना, रुपन्देहीबाट ७०जना, कपिलवस्तुबाट ७ जना, रौतहटबाट करीब ५० जना, मोरङ्गबाट ११ जना, झापाबाट ७ जना र पर्साबाट १३ जनालाई गिरफ्तार गरिएको थियो । धनुषा, रुपन्देही र बाँकेमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा शांतिपूर्ण प्रदर्शन गरिरहेका करीब पाँच दर्जन कार्यकर्ताहरू घाइते भएका थिए भने प्रहरीले झण्डा, ब्यानर सहितका प्रदर्शन सामग्रीहरु समेत खोसेर लगेका थिए  ।
प्रदर्शनकारीहरुले ‘रंगभेदको अंत गर’, ‘जनमतसंग्रह घोषणा होस् ( मधेश देश स्वतंत्र होस’, ‘औपनिवेशिक शासन अंत गर’, ‘मधेश देश स्वतंत्र गर’, ‘डा. सी.के. राउतलाई मुक्त गर’ जस्ता नाराहरू लगाएका थिए ।
रुपन्देही र बाँके जिल्ला बाहेकमा गिरफ्तार गरिएकाहरुलाई सोही दिन सांझ १० बजे सम्ममा छाडिएको थियो ।
रुपन्देहीमा हिरासतमा लिइएकालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको थुना कक्षमा राखिएको थियो  । त्यहाँ गैर(मधेशी थुनुवाहरुलाई प्रयोग गरी प्रहरीले उनीहरुलाई थप कुटपीट गर्न लगाएको थियो । प्रहरी नायव उपरीक्षक बेल वहादुर पाण्डेले कैदीहरुलाई कुटपीट गर्न आदेश दिनुका साथै ूयदि तिमीहरु स्वतन्त्र मधेशको माग गर्छौ भने गोली हानी ज्यान मार्नेू धम्की समेत दिएका थिए । त्यहाँ अन्य मुद्दामा (लागु औषध) मुद्दामा पक्राउ परेका कैदीहरुलाई प्रयोग गरी कुटपिट गरिएको थियो । प्रहरी नायव उपरिक्षकको कुटाईवाट वर्ष ३० को धर्मेन्द्र गुप्ताको अनुहारमा घाऊ भएको छ  । प्रहरीले दिएको यातनाको कारणले २८ जना घाइते भएका छन् । तिनीहरुलाई २४ घंटा भन्दा बढी समय हिरासतमा राखेर शनिवार बेलुका मात्रै रिहा गरिएको थियो ।
बाँके जिल्लामा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका १६ जना कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखी ूइन्डीयन देशी, नेपाललाई विभाजन गर्ने कुरा गर्छस्, सबैको नागरिकता खारिज गरी दिनेू भन्दै नाम थाहा नभएको प्रहरी हवल्दारले बाँसको र प्लास्टीकको पाईपले पीटेर यातना दिएका थिए । पक्राउ परेकाहरु मध्ये अब्दुल खान (प्रवक्ता), इरफान शेख, राजेन्द्र पासवान, हरपाल सिहं, राममनोहर यादव लगायतलाई बढी यातना दिएको कारणले हिँडडुल गर्न समेत कठिनाई रहेको छ । बाँके जिल्लाका एसपी टेक बहादुर राईले त्यहाँ थुनामा रहेका अन्य बन्दीहरुलाई समेतलाई लगाएर कुटपीट गर्न र यातना दिन लगाइएको थियो । त्यहाँ पक्राउ गरिएका सबै जनालाई ४८ घंटा भन्दा बढी समयसम्म हिरासतमा राखी मंसीर १२ गते आइतबार बेलुकाको ५ वजे रिहा मात्रै रिहा गरिएको थियो । रिहा पश्चात् चरम यातना भोगेकाहरु स्थानीय भेरी अस्पतालमा उपचार्थ भर्ती थिए र आज मंगलबार थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
२०७१ साल मंसीर १० गते नेपाल सरकारले काठमाडौंको सुन्धारा क्षेत्रबाट ३०० भन्दा बढी मधेशीहरुलाई छालाको रंग देखेरै गिरफ्तार गरेको घटनाको अवसरमा गठबन्धनले विभिन्न जिल्लाहरूमा यस वर्ष पनि मंसीर १० गते प्लाकार्ड सहित शांतिपूर्ण प्रदर्शन गर्दै ’रंगभेदी गिरफ्तारीको वार्षिकी’ मनाउने निर्णय गरेको थियो  । यस भन्दा अघिल्लो वर्ष पनि सो दिवस मनाइएको थियो, जसमा लगभग १५० जनाले विभिन्न जिल्लाबाट गिरफ्तारी दिएका थिए ।
शांतिपूर्ण रुपले ‘रंगभेद विरोध दिवस’ मनाउँदा समेत नेपाल सरकार र प्रहरीद्वारा गरिएको यस दमनको गठबन्धन घोर(भर्त्सना गर्दछ र नेपाल मानवअधिकार आयोगलाई नेपाल सरकारद्वारा गरिएको यस कुकृत्यको विरोधमा सशक्त आवाज उठाई दिनुहुन विनम्र अनुरोध गर्दछ । हामी माथि नेपाल सरकारद्वारा भइराखेका यस किसिमका गैरकानूनी तथा गैरसंवैधानिक दमनका बारेमा सम्मानीय नेपाल मानवअधिकार आयोगलाई बारम्बार ध्यानाकर्षण गराउँदा र ज्ञापन(पत्र (जस्तै यस भन्दा अगाडि २०७२ साल चैत्र १८ मा विस्तृत ज्ञापन(पत्र) दिँदा समेत आयोगले बारम्बार वेवास्ता गर्नु, एउटा वक्तव्य समेत जारी नगर्नु र संविधान प्रदत्त हाम्रो मानवअधिकारको रक्षाको लागि कुनै ठोस पहलकदमी न गर्नु आफैंमा खेदजनक रहेको छ । सो वेवास्ता गर्ने क्रम आयोगले जारी राखेमा आयोगका कार्यालयहरु अगाडि पहिलो चरणको कार्यक्रम स्वरुप हामी शांतिपूर्ण धर्ना दिन बाध्य हुनेछौं, भन्ने कुरा दुःखका साथ हामी जानकारी गराउन चाहन्छौं ।
संविधान संशोधन प्रति मोर्चाको असंतुष्टि
नेपालमा जारी गरिएको संविधान प्रति असंतुष्ट हुँदै संविधान संशोधनको माग राखि आन्दोलनमा ओर्लिएको संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा संघीय गठबन्धनमा समाहित भई अहिले एक किसिमले सत्ता पक्ष बनेको छ । कांग्रेस र माओवादीसँग तीन बुँदे सम्झौता गरेको गठबन्धनले प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई निर्वाचित गरेसँगै संविधान जारी भएको बेला देखि प्रतिपक्षमा रहेको मधेसी मोर्चा विना कुनै उपलब्धी सत्ता पक्ष बन्न पुगेको हो । मधेसी मोर्चा तथा संघीय गठबन्धनसँग औपचारिक÷अनौपचारिक संवादमा रहेको सरकार पक्षले १४ मंसिरमा मन्त्री परिषदको बैठकबाट संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा दर्ता गर्ने प्रस्ताव पारित गरी संसदको सचिवालयमा दर्ता गराएपछि उत्पन्न भएको राजनीतिक गतिरोध झन झन पेचिलो हुँदै गएको छ । सरकारले दर्ता गरेको संशोधन विधेयकलाई लिएर मधेसी मोर्चा÷संघीय गठबन्धनका नेताहरुले प्रष्ट रुपमा जनाउ दिइसकेको छ कि यथास्थितिमा संशोधन विधेयक स्वीकार गरिन्न । विधेयकमा परिमार्जन गरी मोर्चा तथा गठबन्धनले सरकार समक्ष प्रस्तुत गरेको माग सहितको प्रस्ताव ल्याए मात्र स्वीकार गर्न सकिने मधेसी मोर्चाका नेताहरुले बताईरहेका छन् । तर, कतिपय राजनीति बुझ्नेहरुको बुझाईमा मोर्चाको यो विरोध भनेको सांकेतिक विरोध मात्र हो । संशोधन विधेयक दर्ता गराउने प्रक्रियामा इगेज्ड रहेका मानव अधिकारकर्मी तथा कानुन व्यवसायी दिपेन्द्र झाका अनुसार सरकारले दर्ता गरेको संशोधन विधेयक मोर्चाको सहमति मै ल्याएको हो । तत्काल मोर्चाका सबै मागहरु पुरा नहुने भएपनि आंशिक रुपमा उपलब्धीलाई संस्थागत गर्दै एजेण्डालाई जिवित राख्नका लागि आलोचनात्मक समर्थन गर्ने दाउ मोर्चाको रहेको छ ।
मोर्चा एक्सपायर्ड मेडिसिन ः सिके राउत
 सिके राउतका अनुसार संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा भएको मधेस आन्दोलनमा ठुलो मानविय क्षति भएपनि उपलब्धी संस्थागत गराउन नसक्नुमा मोर्चाको टारगेट नै गलत भएको टिप्पणी गरेका छन् । आन्दोलन सुरु गर्नुभन्दा अगाडी मोर्चाका नेताहरुले मधेस प्रदेश नभए मधेस देशनै बनाउने, आफ्नो संविधान आफै बनाउने जस्ता नाराहरु घनकाएपनि अन्ततः मोर्चाले सत्ता सामु घुँडा टेकिदिएको उनको विश्लेषण छ । महन्थ ठाकुरले अब नभए मधेस नै अलग हुन सक्छ भन्ने कुरा राष्टूपति निवासमा राजनीतिक दलहरु सामु दिएको अभिव्यक्ति प्रति राउत भन्छन,“ यो कुरा सकारात्मक रहेपनि हामीहरु सचेत छौं । किनभने मोर्चाका नेताहरु आफैले निर्णय नगरेर अरुबाट परिचालित छन् । आन्दोलनताका व्यवस्थापिका संसदबाट राजीनामा गरिसकेका सदभावनाका सांसदहरु प्रधानमन्त्रीको निर्वाचनमा प्रत्यासी सुशिल कोइरालालाई भोट हाल्न गएको कुराबाट पनि के पुष्टि हुन्छ भने उनीहरु आफ्नो निर्णयमा अडिग रहन सक्दैनन् ।
सैद्धान्तिक रुपमा नै मोर्चा र आफुहरुको बाटो र लक्ष्य अलग रहेको बताउँदै सिके राउतले द एक्सक्लुसिभसँगको कुराकानीमा के बताएका छन् भने मोर्चाको मान्यता के रहेको छ भने औपनिवेशिक समस्याको समाधान संघीयताद्वारा हुनेछ भने आफुहरु स्वतन्त्र देश नै समस्याको समाधान रहेको पक्षमा छौं । उदाहरणको लागि अन्तरिम संविधानमा दिइएको अधिकार जसरी अहिले जारी गरिएको संविधानमा खोसियो ठिक त्यसैगरी एक मधेस प्रदेशबाट दुई प्रदेशसम्म पुगिसकेको मोर्चाको माग भएपनि मधेसलाई ६ टुक्रामा विभाजन गरिएको छ । र, पछि त्यो प्रदेश पनि जुन सुकै बेला शासक बर्गले खोस्न सक्ने राउतको टिप्पणी छ । मोर्चा अब मधेसको समस्याका लागि एक्सपायर्ड मेडिसिन भईसकेको छ । मोर्चाले मधेसको समस्या समाधान गर्नै नसक्ने राउतको ठहर छ । अहिले भएको आन्दोलनमा ६० जना जतिको सहादत भएको छ, हजारौं मानिसहरु माथि मुद्दा लगाइएको छ, कैयौं जेलमा बन्द भएका छन्, हजारौं घाइते भएका छन्, कैयौं विस्थापित हुन पुगेको छ तर त्यसको उपलब्धी के, राउत मोर्चासँग प्रश्न गर्छन् । बरु आफुहरुको शान्तिपुर्ण आन्दोलनमा कुनै मानविय क्षति नभएको, कार्यकर्ताहरुमाथि राज्यले मुद्दा लगाएपनि टिक्न नसकेको, आफुहरुले गर्ने आन्दोलनमा जनताले साथ दिए ६ महिनामा नै समाधान निस्कने उनको ठहर छ ।

सिके राउतको विभिन्न समयको गतिविधि
२०७१ भाद्र २८ गते, शनिबार
मोरंगको रंगेली नजिक आमतोलामा आदिवासी संथालहरूको सांस्कृतिक छातामेलालाई प्रमुख अतिथिको रूपमा संबोधन गरेर फर्किने बेलामा राती ७स्३० बजे बाटोबाटै अपहरणकारी शैलीमा डेढ दर्जन प्रहरीद्वारा बिना पक्राऊ पूर्जी गिरफ्तार ।
भाद्र ३१ गते, मंगलबार
जि. प्र. का. मोरंगमा बयान ।
असोज २ गते, बिहीबार
काठमाडौं आगमन, विशेष अदालतमा उपस्थित गराइयो ।
असोज ३ गते, शुक्रबार
सर्वोच्च अदालतमा उपस्थित ।
असोज ५ गते, आइतबार
सर्वोच्च अदालतमा उपस्थित र हिरासतमा शारीरिक र मानसिक यातना दिएको र अभिव्यक्ति स्वतन्त्रता हनन भएको कुरालाई लिएर आमरण अनशन शुरु ।
असोज ८ गते, बुधबार
सर्वोच्चमा बन्दी(प्रत्यक्षिकरण रिट खारेज, डा. राउतद्वारा सर्वोच्चमा मन्तव्यः जनता भनेको सबैभन्दा ठूलो हो, सार्वभौमसत्ता जनतामा निहित रहेको छ, जनताले निर्णय गर्ने अधिकार पाउनु पर्छ, मधेशको मुद्दामा जनमत संग्रह हुनुपर्छ ।
असोज १५ गते, बुधबार
नेपाल सरकारसँग वार्ता, अभिव्यक्ति स्वतन्त्रताको लागि सरकारद्वारा लिखित प्रतिबद्धता जाहेर, ४८ घंटा भित्र हिरासतमुक्त गर्ने आश्वासन, अनशन तोडेको ।
असोज २२ गते, बुधबार
नेपाल सरकारद्वारा विशेष अदालतमा राज्य(विप्लवको मुद्दा दायर, जन्मकैदको माग ।
असोज २८ गते, मंगलबार
विशेष अदालत द्वारा ५०,००० धरौटमा डा. राउतलाई रिहागर्न आदेश, डा. राउतद्वारा धरौटी दिन अस्वीकार,  डिल्लीबजार जेल चलान
मधेश(भरिमा जनधरौटी दिन जनताद्वारा ‘१ रूपैयाँ संकलन अभियान’, १ लाख ७२ हजार रूपैयाँ संकलित हस्ताक्षर अभियान ।
भाईटीकामा ‘एक पान ( डा. सी. के. राउत के नामू अभियान  ।
छठपर्वमा ‘डा. सी. के. राउत के नामपर प्रार्थना’ आयोजना ।
मंसीर ८ गते, सोमबार
जनमतलाई कदर गर्दै जेलबाट जन(धरौटीमा रिहा ।
मंसीर १० गते, बुधबार
काठमाडौंको खुलामंचमा घोषित आमसभा गर्ने क्रममा डा. राउत लगायत ४०० जति मधेशीहरू पक्राऊस धरपकडमा व्यापक रंगभेद देखिएकोस डा. राउत सहित १२ जनालाई महाराजगंज प्रहरी तालिम केन्द्रमा राखियो ।
मंसीर १२ गते, शुक्रबार
हिरासतबाट रिहा ।
मंसीर १६ गते, मंगलबार
जनकपुर आमसभा, प्रहरी हस्तक्षेप, स्टेज बिथोलियो, मंदिर प्रांगनमा कार्यक्रम गर्न दिइएन, सडकमैं शान्तिपूर्ण कार्यक्रम सम्पन्न ।
मंसीर १७ गते, बुधबार
विशेष अदालतमा पेशी, काठमाडौं ।
मंसीर १८ गते, बिहीबार
सप्तरी राजबिराजमा आमसभामा सिके राउतद्वारा संबोधन ।
मंसीर १९ गते, शुक्रबार
बारा सिमरौनगढमा आमसभामा सिके राउतद्वारा सम्बोधन ।
पुस ४ गते, शुक्रबार
नवलपरासीको परासीबजारमा सभालाई सम्बोधन ।
पुस ७ गते, सोमबार
रूपन्देहीको पडरिया बजारमा आमसभालाई सम्बोधन, सभापछि स्थानीय स्कूलमा वृक्षारोपन कार्यक्रम ।
पुस ८ गते, मंगलबार
कपिलवस्तु तौलिहवामा आमसभा, हजारौंलाई सम्बोधन ।
पुस १३ गते, आइतबार
महोत्तरी जलेश्वरको आमसभामा जानलाग्दा पिपराबाटै उठाइयो, झडपमा कैयन घाइते, महिलामाथि दुर्व्यवहार, राती ७ ः०० बजे तिर हिरासतमुक्त, नगर(परिक्रमा तथा शुभचिंतकलाई सम्बोधन ।
पुस १४ गते, सोमबार
जलेश्वरमा पुनः आयोजित सभाको क्रममा विहानै देखि धरपकड़, डा. राउत लगायत १९ जना प्रहरी हिरासतमा, हिरासतमा डा. राउतको कठालो समाती अरूबाट अलग्याई राती ७स्३० बजे तिर अज्ञात स्थल तिर लगियो, पछि राजविराजको घरमा लगेर छोडिएको ।
पुस १६ गते, बुधबार
नेपालगंजमा पुस २१ गते कार्यक्रम आयोजना गर्न तैयारी गर्ने क्रममा अब्दुल खान र इरफान शेख पक्राऊ, उनीहरूमाथि सार्वजनिक मुद्दा दायर, उनीहरुद्वारा भूख हडताल, पछि पुस २२ गते धरौटीमा रिहा ।
पुस १९ गते, शनिबार
विराटनगरको सभाको क्रममा १८ गते नै ४ जना गिरफ्तार, १९ गते डा. राउतलाई सभास्थलबाटै उठाइयो, प्रहरी दमनमा डा. राउतको खुट्टामा चोट, बायाँ हातको औंलाबाट रगत, अतिपीडा हुँदा पनि उहाँलाई मेडिकल चेकअप लैजान अस्वीकार, थप ६ जना गिरफ्तारस राती ९स्३० बजे छोडे पछि उपचारका लागि डा. राउत विराटनगर जान खोज्दा समेत रोक, धरान अस्पतालमा भर्ना, दाहिने खुट्टामा ब्यान्डेज गर्नु परेकोस ३ जना माथि सार्वजनिक मुद्दा दायर, तिनीहरू पौष २७ गते मात्र धरौटीमा रिहा ।
पुस २४ गते, विहीबार
पर्सा वीरगंजको माईस्थानमा गर्न खोजिएको सभामा प्रहरी द्वारा अनेकौं गालीगलौंज, रंगभेदी व्यवहार, स्टेज बिथोलियो, अनेकौं राउन्ड अश्रुग्याँस फायर, खुट्टा ब्यान्डेज रहेको अवस्थामा बैशाखीमै संबोधन गर्न पुगेका डा. राउतलाई बल प्रयोग गरेर गिरफ्तार, बारा पिलुवाको सशस्त्र क्याम्पमा राखियो, राती १२स्०० बजे सप्तरी राजविराजमा लगेर छोडियो, प्रहरी दमनमा कैयन घायल र प्रहरी हिरासतमा, २ जना माथि सार्वजनिक मुद्दा दायर ।
पुस २५ गते, शुक्रबार
नेपाल सरकार र प्रहरीको दमनको प्रत्युत्तरमा डा. राउतद्वारा ’फूल आन्दोलन’ शुरु ।
पुस २७ गते, आइतबार
विशेष अदालतमा पेशी, काठमाडौंस साक्षी बयान पछि पुस २८ गते फाल्गुन १० गतेको लागि अर्को पेशी दिइएको ।
माघ ५ गते,  सोमबार
बलिदानी दिवसको अवसरमा सहिदहरुलाई श्रद्धाञ्जली दिन गएका दर्जनौं कार्यकर्ताहरुलाई पक्राउ गरी मुद्दा दायर ।
फागुन १० गते,  आइतबार
विशेष अदालतमा डा. राउतको पेशी ।
चैत ८ गते, आइतबार
अदालतमा पेशी ।
चैत १९ गते, बिहीबार
सप्तबरी जिल्लाको पडेमारामा भएको आगजनी निरिक्षण, कटैयामा सामाजिक कार्यक्रममा सहभागी, राती ११ः३० बजे कोशीको बैरजबाट विराटनगर जान खोज्दा डा. सी. के. राउत गिरफ्तार ।
चैत २१ गते, शनिबार
झापाको राजगढ़मा आमसभा स्थलबाट गिरफ्तार, डा. राउतमाथि सशस्त्र प्रहरीको आक्रमणले टाउको र पाखुरामा चोट लागेर घाइते, जम्मा ६१ जना गिरफ्तार, १८ जना घाइते ।
चैत २२ गते, आइतबार
मधेशीहरूमाथि दमन भएको विरोधमा विराटनगरमा कालो पट्टी बाँधेर शान्तिपूर्ण रुपमा रैली निकाल्न लागेको बेला मोरंग प्रहरीद्वारा ८ जना गिरफ्तारस डा. संजय साह, डा. परमेश्वर मुर्मु, अन्जय मिश्रा, छोटेलाल सोरेन र सरोज शर्मा माथि सार्वजनिक मुद्दा दायर । हिरासत मैं अनसन । तिनीहरूलाई धरौटीमा बैशाख ४ र ६ गते मात्रै छाडिएको थियो ।
चैत २३ गते, सोमबार
विभिन्न जिल्लाहरूमा विरोध कार्यक्रम जारी ।
२०७२ बैशाख ८ गते, मंगलबार
विशेष अदालतमा डा. राउतको राज्य(विप्लवको मुद्दामा बहस, बाँकी बहसका लागि बैशाख १० गतेको पेशी ।
बैशाख १० गते, बिहीबार
विशेष अदालतद्वारा डा. राउतको पक्षमा राज्य(विप्लवको मुद्दामा फैसला ।
बैशाख २९, मंगलबार
डा. सी. के. राउतको अपीलमा नेपालको महाभूकम्प पीडितको राहतका लागि १ दिने आमउपवास र अन्नदान कार्यक्रम मधेशका विभिन्न जिल्लामा सम्पन्न ।
जेठ १२ गते, मंगलबार
सुन्सरी इटहरीको एरिना टेलिविजनमा अन्तर्वार्ता दिने क्रममा मंगलबार डा. सी. के. राउतलाई मिडिया हाउसबाटै पक्राऊ,  प्रहरी कार्यालय अगाडी नाराबाजीस डा. राउतको विरोधमा सोही दिन सांझ सप्तारीको भारदह, नवलपरासीको परासी बजार, मोरंगको विराटनगरमा विरोध प्रदर्शन, विरोध प्रदर्शनको क्रम जनकपुर, जलेश्वरमा १४ गते सम्म जारी ।


विवाहपञ्चमीको अवसरमा जनकपुर आएका
तिर्थालुहरुलाई पानी खुवाउँदै सिकेराउतका समर्थकहरु ।र त्यसपछि तिनीहरुलाई गिरफ्तार गरी लग्दै धनुषा प्रहरी ।
विवाहपञ्चमी सम्पन्न भएपछि जानकी मन्दिरको फोहर सफा गर्दै सिके राउतका समर्थकहरु र त्यसपछि प्रहरीले हस्तक्षेप गरी गिरफ्तार गर्दै ।

२०७३ मंसिर २६ गते आईतबार