Monday, February 2, 2015

अजब–गजब छ बा ! - सुदर्शन सिंह



सरस्वती पुजा जस्तै बत्ती पूजा गरे मात्र बत्ती आउँछ, कति हल्लेको एक छिन राम्ररी बस न बुढा ! हे लोडसेडिङ्ग देवता तपाईको जय हो !


२०७१ माघ १८ गते आईतबार

अमर शहीद दुर्गानन्द झा ‘चम्किलो तारा’

२०१८ साल माघ ९ गते स्वर्गीय राजा महेन्द्र जनकपुर सवारी हुँदा सहीद दुर्गानन्द झाले बम प्रहार गरेको
 महेन्द्र चढेको ल्याण्ड रोभर जिप अहिले पनि 
काठमाण्डौको संग्रहालयमा सुरक्षित राखिएको छ ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
२ सय ४० वर्षसम्म नेपालमा शासन गरेको शाह वंशिय राजतन्त्रको उन्मुलन गर्ने सपना बोकेको दुर्गानन्द झाको बलिदानीको ४४ वर्ष पछि आखिरकार सत्य सावित भई छाड्यो । शहीद झाको सपना अन्ततोगत्वा साकार भयो । झाको बलिदानीकै कारण आज नेपालमा जनता राष्टूपति हुन पाएका छन् । झाकै सहादतका कारण जनता आफै शासक बनेका छन् । १५ माघ २०७० मा जनकपुरमा झाको ५१ औं बलिदानी दिवस मनाइएको हो । तत्कालिन शासकले उनलाई फाँसीमा झुन्डयाएपनि उनी नेपाली जनता माझ अजर अमर बनेका छन् । चम्किलो तारा झैं चम्किरहेका छन् ।
    सन् १९६२ मा चीन र भारत बीच यूद्ध हँुदा भारतलाई असफलता हात परेको थियो । त्यै बेला राजा महेन्द्रले नेपालमा लोकतन्त्रको हत्या गरी ३ सय वर्ग किलोमिटर हिमालय चीनलाई प्रदान गरेका थिए । त्यही बेला भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुले यति सम्म भनेका थिए “नेपालमे नवोदित प्रजातन्त्रकी हत्या दुई है इसिलिए किसि भी भारतीयको चुप नही रहना चाहिए । ” तर भारतको पलटवारमा चीनले पनि “नेपालको आन्तरिक मामिलामा कसैले दख्खल गर्यो भने चीन पनि पछाडि नरहने” भने पछि युद्धबाट थकित भारत ब्याक भएका थिए । राजा महेन्द्र माथि बम प्रहार गरी पक्राऊ परेका दुर्गानन्दलाई मृत्यु दण्ड दिए पछि नेहरुले भनेका थिए,‘नेपालमे फिर से एक भगत सिंहका शहादत दिया गया ।’
सफाईको मौका समेत नदिएर शाही शासकले २०१९ साल भदौ १९ मा दुर्गानन्द झालाई मृत्युदण्डको निर्णय सुनायो । त्यसबेलासम्म नेपालमा ब्राहमणलाई मृत्युदण्ड दिइँदैन थियो । त्यसैले मुलुकी ऐन २०२० भदौं १ मा संशोधन गरियो । विशेष अदालतको अनुमोदनअनुसार मारिकाटी दिने राजदरबारको २०२० पुस ७ को पत्र जारी भयो । 
शहीद दुर्गानन्द झाको तस्वीरका साथ उनकी धर्मपत्नी काशीदेवी झा ।
१९९९ साल वैशाख १४ (बैशाख शुक्ल एकादशी तिथि) मा अमर शहीद दुर्गानन्द झाको जन्म धनुषाको जटही गाउँमा देवनारायण झा र सुकरमारीदेवी झाको एक मात्र सन्तानको रुपमा भएको थियो । पं. भोलानाथ झाका तीन भाई छोराहरुमध्ये एक मात्र उत्तराधिकारी दुर्गानन्द झाको बाल्यकालमै पिताजीको मृत्यु भएको थियो । आमाको रेखदेखमा गाउँबाट ५ किलोमिटर पर भारतीय क्षेत्रको उभगाँव स्थित दिनदयाल हाई स्कुलमा झाको शिक्षादीक्षा भएको थियो । घरको एक्लो सन्तान भएकाले मेटिूकमा पढ्दापढदै २०१७ साल विवाह पञ्चमीको दिन काशीदेवी झा सित उहाँको विवाह भएको थियो । जनकपुर अञ्चलको जटही ग्राम निवासी दुर्गानन्दको विवाह सत्र वर्षको उमेरमा कुम्हरौराकी चौध वर्षीया काशीदेवीसित भएको थियो ।  एक वर्षको दाम्पत्य जीवनमा गर्भवती श्रीमतीलाई छाडेर लोकतन्त्रको संघर्षमा लाग्नुभएकोले घरमा एक्लै श्रीमती र बुद्धा आमा हुँदा आवश्यक हेरचाह नभएर बच्चा मृत जन्मेको थियो । शहीद दुर्गानन्दको परिवारमा २०६० साल भाद्रमा बृद्धा आमाको निधनपछि अब एक्लै उनकी अर्धाङ्गनी काशीदेवी झा मात्र बाँचेकी छिन् । सरकार र देशले दुर्गानन्द झाको लागि खास केही नगरे पनि युवा जमातले उनको निःस्वार्थ त्याग र बलिदानालाई बिर्सने छैनन् ।  ‘दो हंसो को जोडा विछड गयो रे, गजब भयो रामा जुल्म भयो रे’ जेलजीवन यात्राका क्रममा फाँसीको फन्दामा चढ्नुअघि शहीद दुर्गानन्द झाले आफ्नी प्रिय पत्नी काशीदेवीको यादमा यही हिन्दी गीत गाएर विरह र वियोगको भाव प्रकट गर्ने गर्थे । जटहीभन्दा करिब ३ किमि टाढा रहेको भारतको उभगाँव हाइस्कूलमा म्याटिूकमा अध्ययनरत दुर्गानन्दको अधिक समय छात्रबासमा बसेर र राजनीतिमा वित्ने हुनाले काशीदेवीसित उनको भेट महिनामा एकाधचोटिभन्दा बढी हुन सकेन् । दाम्पत्य जीवन सुरु भएको दस महिना नबित्दै दुर्गानन्दसित काशीलाई सधैंका निम्ति टाढिनुप¥यो । पचास वर्षअघिको हाम्रो समाजमा बाल अवस्था देखि नै विधवा र सन्तानहीन भएर बाँच्नुको पीडा कतिको विडम्बनापूर्ण हुन सक्छ, यसको तीतो अनुभव काशीदेवी जस्ता त्यागी नारीले गरेको हुनुपर्छ । दुर्गानन्दसित अन्तिम पटक भेट्न केन्द्रीय कारागार काठमाडौं बोलाइएकी काशीदेवीलाई निरंकुश पञ्चायत शासकले दुर्गानन्दलाई फाँसीको सजाय दिन्छन् र यहीं उनीसितको अन्तिम भेट हो भन्ने कुराको जानकारी समेत थिएन् ।
 गणतन्त्रको स्थापनापछि माओवादी नेतृत्वको सरकारले दुर्गानन्दको नाममा अस्पताल खोल्न केही रकमसमेत छुट्याएको चर्चा निकै चलेको थियो । तर त्यसले किन अझै बास्तविक आकार लिन सकेन ? गणतन्त्रका यी सेनानीका नाममा अझै कुनै स्मारक, पार्क, विद्यालय, पुस्तकालय आदिको स्थापना हुन नसक्नु दुर्भाग्यपूर्ण कुरो हो ।
सहिद दुर्गानन्द झा ।
२०१७ साल पुस १ गते राजा महेन्द्रले चालेको निरंकुश कदमको विरुद्धमा नेपाली कांग्रेसले मुलुकभर क्रान्ति थालेको थियो । भारतीय स्वतन्त्रता संग्रामका वीर सेनानी भतगसिंह र चन्द्रशेखर आजादको जीवनी पढिसकेकाले दुर्गानन्द प्रजातन्त्रको हत्यारालाई नछाड्ने मनःस्थितीमा पुगे । मानिसले संकल्प गरिसकेपछि जे पनि गर्न सक्छ । आफ्ना आमाबाबुका एक मात्र सन्तान र नवविवाहित युवक भएर पनि दुर्गानन्द आफ्नो लक्ष्यमा अडिग थिए । उभगाँवमा पढिरहेकै ठाउँभन्दा केही पर रहेको नेपाली कांग्रेसका निर्वासित नेताहरुका सम्पर्कमा उनी आए । यसै क्रममा कांग्रेसका प्रतिबन्धित स्थानीय नेताहरु ठाउँठाउँमा राजाको ‘कु’ को विरुद्धमा उत्रेका थिए । २०१८ माघ १९ गते राजा महेन्द्रको जनकपुर सवारी हँुदा उनी चढेको गाडीमाथि
बम प्रहार गर्ने योजना बनाइएको थियो । जसको अगुवाई दुर्गानन्द झाले गरेका थिए । नेपालमा राजा भनेको भगवान विष्णुको अवतार हो भनेर जन जनमा पढाइएको थियो । राजाको विरोध गर्ने त कसैले आँट जुटाउन सक्दैनथियो भने राजामाथि बम प्रहार गर्न अदम्य साहासको आवश्यकता पथर््यो ।
 हजारौं सुरक्षाकर्मी तैनाथ रहँदा रहँदै क्रान्तिकारी युवक पक्राउ नपर्दा पनि त्यो राति दुर्गानन्द जनकपुर धामको एउटा कुटी मन्दिरमा डेरा गरी बसेका आफन्तहरु हेमचन्द्र चौधरी र भोगेन्द्र चौधरी बसेको कोठामा बसे । भोलिपल्ट त्यहाँबाट उभगाँव लागेका थिए । यता नेपालमा बम काण्डको अनुशन्धानको नाममा ५६ जनालाई पक्राउ गरी दिनहँु कुटपिट गरी बम प्रहार गरेको सकार गराउन दुष्प्रयास भइरहेको थियो । पक्राउ परेकाहरुलाई निर्मम यातना दिन थालियो । बम प्रहार गरी सीमापारी नेपाली कांग्रेसको छतौनी क्याम्पमा बसेका दुर्गानन्दले निर्दोष मानिसले यातना पाइरहेको सुनेर एक दिन अनायास जयनगरबाट जनकपुर रेल्वेद्वारा नेपाल फर्केर उनले गिरफ्तारी दिए । आफ्नो कारण निर्दोष नागरिकहरुले यातना पाउनु हुँदैन भन्ने सोचका साथ उनले गिरफ्तारी दिए । राजामाथि बम प्रहार गर्ने दुर्गानन्दलाई खजुरी र महिनाथापुर स्टेशनसम्ममा कसैले केही गरेन । यसैबीच एस.पी. मानबहादुर राई दर्जनौं प्रहरीको साथ परवाहा रेल्वे स्टेसनमा पुगे । त्यहाँ रेल गाडिबाट ओर्लनासाथ दुर्गानन्दलाई प्रहरीले घेरामा लिई त्यो राति जलेश्वर जेलमा राख्यो । भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याई हेलिकप्टरबाट काठमाडौं सुन्धारास्थित भद्रगोल जेलमा ल्याइयो । गिरफतारी दिएलगतै उनीमाथि राजद्रोहको मुद्दा चलाइएका थियो र पञ्चायत सरकारले उनलाई मृत्यूदण्डको सजाय तोकी वि.सं. २०२० माघ १५ गते उनलाई फाँसीको तख्तामा झुन्ड्याएको थियो । फाँसीमा झुन्ड्याउनु भन्दा एक दिन अगाडी मात्र २०२० साल माघ १४ गते उनको आमा र श्रीमतीलाई कारागारमा बोलाई भेट गर्न दिईयो । केही बेरको भेटमा उनले आमालाई भने , नरुनुहोस् आमा, कुनै दिन तपाईलाई दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गरेर हेर्नेछन् । श्रीमतीलाई पनि त्यसैगरी सान्तवना दिँदै आमाको हेरचाह गर्न भनेका थिए । भोलिपल्ट माघ १५ गते राति दुर्गानन्दलाई त्रिपुरेश्वर जेलको रुखमा दुईपल्ट झुण्डयाउँदै उतार्दै गरिन्छ । त्यसबखत पनि दुर्गानन्दलाई माफि मागि बिन्तीपत्र लेख भनिएको थियो ।
शहीद दुर्गानन्द झाको गाउँ जटहीमा बनेको शहीद दुर्गानन्द झा स्मारकद्वार ।
सरकारले एक विशेष अदालत गठन ग¥यो । सफाईको मौका समेत नदिएर २०१९ साल भदौ १९ मा मृत्युदण्डको निर्णय सुनायो । त्यसबेलासम्म नेपालमा ब्राहमणलाई मृत्युदण्ड दिइँदैन थियो । त्यसैले मुलुकी ऐन २०२० भदौं १ मा संशोधन गरियो । विशेष अदालतको अनुमोदनअनुसार मारिकाटी दिने राजदरबारको २०२० पुस ७ को पत्र जारी भयो । २०२० माघ १५ महान् क्रान्तिकारी दुर्गानन्द झालाई सुन्धारा जेलमा मध्यरातिमा मृत्युदण्ड दिन ढोका खोल्दा त्यो निर्भीक क्रान्तिकारी मृत्युका लागि तयार बसेको देखेर हत्याराहरु पनि छक्क परेका थिए । नेपालको इतिहासमा फाँसीको सजाय पाउने एक मात्र ब्राहमण दुर्गानन्द झा नै हुन् । यसअघि र पछि कुनै ब्राहमणलाई मृत्युदण्डको सजाय दिइएको देखिन्न । वि स. १९१९ मा जंगबहादुर राणाको पालामा बनेको मुलुकी ऐनमा फाँसीको सजायको उल्लेख भए पनि व्यवहारमा यसको नगण्य प्रयोग भएको देखिन्छ । मुनस्मृतिमा उल्लेख भए अनुसार धार्मिक दृष्टिले ब्राहमण, जोगी, सन्यासी, महिलालाई मृत्यूदण्ड को सजाय दिनु महापाप हो । यस मान्यतालाई स्थापित गर्ने १९१० को मुलुकी ऐनले यी वर्गलाई मृत्युदण्ड बर्जित भन्ने प्रावधानको समेत उल्लेख गरेको पाईन्छ । टंकप्रसाद आचार्य र रामहरि शर्मा यी दुई ब्राहमणलाई मृत्युदण्डको सट्टा वि.सं. १९९७ मा आजीवन कारावासको फैसला सुनाएर राणाशासकहरुले मुलुकी ऐनमा उल्लेखित उक्त प्रावधानको व्यवहारमा समेत पालना गरेको देखिन्छ । तर पञ्चायतकालमा दुर्गानन्दको सवालमा यस प्रावधानको पालना गरिएको देखिन्न । प्राणदण्डको लागि लग्दा अन्तिम इच्छा त्यो महान् लोकतान्त्रिक क्रान्तिकारीले यसरी व्यक्त गरेका थिए । म दीर्घ यात्रामा गए पनि लोकतन्त्रलाई कसैले रोक्न सक्दैन । त्यो निष्तब्ध रातिमा दुर्गानन्दलाई मृत्युदण्ड दिनु अगाडि नै राजा महेन्द्र दरबार छाडेर उपत्यका बाहिर पहाड भ्रमणमा गएका थिए भने तत्कालिन मन्त्रिपरिषद्को अध्यक्ष डा. तुलसी गिरी पुस ९ गते राजीनामा गरी अलग्गिएका थिए । सवा दुई महिनापछि डा. गिरी फेरि अध्यक्ष भएका थिए ।
‘कैद माँगी थी रिहाई तो नहीं माँगी थी तेरी जुल्फों से जुदाई तो नहीं माँगी थी’,यस गीतको पहिलो पंक्तिमा उनी कारावासमा बस्न तयार रहेको बुझिन्छ भने दोश्रो पंक्तिमा प्रिय पत्नी काशीदेवीसित सदाका लागि अलग हुन नचाहेको उनको मनोभाव प्रकट हुन्छ । पञ्चायतकालीन प्रधानन्यायाधिश भगवती प्रसादसिंहको इजलासबाट भएको यो फैसलाले सप्तरी निवासी सिंहलाई जीवनपर्यन्त पिरोलिरह्यो । त्यसैले होला पदनिवृत भएपछि उनी अक्सर हजुरबासित भन्ने गर्थे , ‘मेरो कार्यकालमा एउटा ठूलो अन्याय र ब्रहमहत्याको महापाप भएको छ । यसबाट प्रायश्चितको बाटो पहिल्याई दिनुहोस् ।’

अमर शहीद दुर्गानन्द झा ५२ औं बलिदान दिवस .
जेलमा राखिएको १८ महिनापछि झालाई मात्र फाँसी दिइएको थियो । दुर्गानन्दलाई सेन्टूल जेल परिसरकै रुखमा राति १२ बजे भुण्डयाउँदा उनी निकैबेर छट्पटाएपछि रुखमा बाँधेर गोली पनि हानिएको थियो । फाँसी दिइनुअघि भेट्न आएकी आफ्नी आमालाई उनले भनेका थिए “मलाई हाँसेर बिदा दिनुस् । यो मुलुकमा एक दिन अवश्य प्रजातन्त्र आउँछ, चिन्ता नगर्नुस् । ” ज्यानको आहुति दिएर स्वतन्त्रता र प्रजातन्त्रका लागि पर्ने दुर्गानन्दको योगदानको कदर आज काङग्रेसभित्रै पनि हुन सकेको छैन । पञ्चायतकालमा दुर्गानन्दमाथि जुन अन्याय भएको थियो, त्यसको न्यायको खोजी कसले गर्ने ? पचास वर्षअघि गणतन्त्रका लागि पतिले दिएको बलिदानको कदर राज्यले अझैसम्म गर्न नसकेकाले काशीदेवीलाई निकै दुःखी तुल्याएको छ । काशीदेवीकोे अन्तिम इच्छा नै दुर्गानन्दलाई राज्यले राष्टिूय सहिद को दर्जामा राखोस् भन्ने रहेको छ । २०४६ सालको लोकतन्त्र स्थापना पछि दुर्गानन्दको जन्मथलो जटही पुगेर उनीप्रति सम्मान प्रकट गर्ने नेपाली कांग्रेसका गणमान्य नेताहरुको ओइरो नै लागेको थियो । जिउँदो सहीद गणेशमानसिंहले त जटहीको धुलोलाई पवित्र चन्दन भनेर सिरमा टीकासमेत दलेका थिए । तर विगतमा सबभन्दा बढी सत्ता सञ्चालनको अवसर पाएको नेपाली कांग्रेसले समेत दुर्गानन्दलाई न्याय दिलाउने आँट देखाउन सकेन । जनकपुर पुग्ने ठूलादेखि सानादलका लोकतन्त्रवादी एवं गणतन्त्रवादी नेताहरुले भाषणका क्रममा दुर्गानन्दको नाम प्रयोग गर्न कहिले छुटाउँदैनन् । तर राजधानी पुग्नेवितिकै दुर्गानन्दको नाम ओझेलमा पर्छ ।
दुर्गानन्दकै गाउँबासी समेत रहेका नेपाली कांग्रेस धनुषाका तत्कालिन सभापति स्मृति नारायण चौधरीले जटही गाउँमा उनको सालिक सहितको प्रवेशद्वारको १५ माघ २०५३ मा सिलान्यास गरेका थिए भने ३ अषाढ २०५५ मा तत्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले उदघाटन गरेका थिए । गणतन्त्रको स्थापनापछि माओवादी नेतृत्वको सरकारले दुर्गानन्दको नाममा अस्पताल खोल्न केही रकमसमेत छुट्याएको चर्चा निकै चलेको थियो । तर त्यसले किन अझै बास्तविक आकार लिन सकेन ? गणतन्त्रका यी सेनानीका नाममा अझै कुनै स्मारक, पार्क, विद्यालय, पुस्तकालय आदिको स्थापना हुन नसक्नु दुर्भाग्यपूर्ण कुरो हो । अजर, अमर आत्मा दुर्गानन्द झालाई राज्यले शहीद घोषणा नगरेपनि उनको अजेन्डा गणतन्त्र नेपालमा स्थापित भईसकेको छ । उनको जीत भइसकेको छ । उनी सिंगो देशकै लागि चम्किलो ताराको रुपमा सधै चम्किरहने छन् ।
 

जटहीमा बनेन प्रसुति गृह
शहीद दुर्गानन्द झाको नाउँमा प्रसुतिगृह निर्माणका
जटहीमा लागि दाताले उपलब्ध गराएको जग्गा ।
राजा महेन्द्र चढेको गाडीमाथी बम प्रहार गरेको आरोपमा दुर्गानन्द झालाई तत्कालिन पञ्चायती शासकले फाँसी दिएका थिए । तर उनको बलिदानको उचित सम्मान भने अहिलेसम्म हुन नसकेको अनुभव गरिएको छ । सरकारले चार बर्ष अघि दुर्गानन्द झाको पैतृक गाँउ धनुषाको जटहीमा प्रसुतिगृह निर्माणको घोषणा गरेको थियो । तर सो घोषणाको अहिले सम्म कार्यान्वयन भएको छैन् । उपचार अभाबमा कुनै पनि आमाले ज्यान गुमाउनु नपरुन भन्ने उदेश्यका साथ ग्रामिण क्षेत्रमा पनि प्रसुति सेबा बिस्तार गर्दै जाने लक्ष्य अनुरुप सो घोषणा गरिएको थियो । पाँच बर्ष अघि पुष्पकमल दाहाल नेतृत्वको सरकारले पञ्चायती शासकको बिरुद्धमा प्रजातन्त्रीक संघर्षमा लागेका दुर्गानन्द झाको स्मृतिमा धनुषाको जटहीमा प्रसुति गृह निर्माण गर्ने घोषणा गरेको थियो । दुर्गानन्दको स्मृतिमा उनकै पैतृक गाँउ जटहीमा १५ शंैयाको प्रसुति गृह निर्माण हुने सरकारले घोषणा गरेपछि महोत्तरी बजराहीका कृष्णकान्त पाठकले करोडौ मुल्य पर्ने ९ कट्ठाजग्गा उपल्बध गराइएका थिए । प्रसुति गृह निर्माण नभएपछि यो जग्गा अहिले गौ चरणमा परिणत भएको छ । जग्गा दता कृष्णकान्त पाठक भन्छन,“शहीदको नाउँमा प्रसुति गृह बन्छ भनेर आफुले खुशी खुशी ९ कठ्ठा जग्गा उपलब्ध गराएँ, तर, त्यहाँ प्रसुति गृह नबनेको देख्दा अत्यन्त दुःख लागेको छ । सम्बन्धित निकायले प्रसुति गृह वा अस्पताल निर्माण गरिदिए यस क्षेत्रका जनतालाई पनि फाइदा पुग्ने थियो र सहिद दुर्गानन्द झाको नाउँ पनि रहने थियो ।” प्रसुति गृह निर्माणका लागि सम्बन्धित निकायले प्रारम्भिक कार्यहरुपनि प्रारम्भ गरेको थियो तर विचमै काम कहाँ अडकियो भन्ने कुराबाट स्थानियवासी समेत अन्यौलमा छन् ।
दुर्गानन्द झाका वालशखा समेत रहेका जटहीका स्थानियवासी कामेश्वर चौधरी भन्छन,“शहीद दुर्गानन्द झाको नाउँमा प्रसुति गृह निर्माण हुने कुराले हामीलाई अत्यन्तै खुशी तुल्याएको थियो । तर, किन निर्माण भइरहेको छैन, हामीलाई समेत थाहा छैन् ।”
शहरी विकास तथा भबन निर्माण डिभिजन कार्यालय धनुषाले सदरमुकाम जनकपुर देखि १६ किलो मिटर दक्षिणमा रहेको प्रसुति गृह निर्माण स्थलको जग्गाको स्थलगत सर्बेक्षण र माटो परिक्षण गरि स्वास्थय मन्त्रालयमा फाईल पठाईसकेको जनाएको छ । सबै प्रकृया पुरा गरि दुई बर्ष अघि फाईल पठाईए पनि कार्यान्वयन भएको छैन । शहरी विकास तथा भबन निर्माण डिभिजन कार्यालय धनुषाका कार्यालय प्रमुख सम्पत घिमिरे भन्छन,“ हामीले गर्नुपर्ने काम गरिसकेका छौं । अबको काम स्वास्थ्य मन्त्रालयले गर्ने हो । फाइल किन अडकिएको छ भन्ने कुरा मलाई पनि थाहा भएन ।”
    लामो समय बितिसक्दा पनि प्रसुति गृह निर्माणको कुनै छाटकाट नदेखेपछि अहिले निराश भएका हुन । दूर्गानन्द झाको नाममा केहि व्यक्ती बिशेषले टूस्ट खडा गरि लाखौ  रुपैया अनियमितता गरेकै कारण निर्माण कार्य अगाडि बढन नसकेको स्वास्थय मन्त्रालयका अधिकारीहरुको आरोप छ । शहीद दुर्गानन्द झाको सालाप्रजातन्त्र स्थापनाको लागि राजा महेन्द्रलाई लक्षित गरी बम प्रहार गरेको आरोपमा फांसीको सजाय पाएका दुर्गानन्दको  नाममा रकम अनियमित्ता गर्ने हरुलाई कानुको दायरामा ल्याई निर्माण कार्य अगाडि बढाउनु जरुरी रहेको स्थानीयवासीको भनाइ छ ।


२०७१ माघ १८ गते आईतबार

दृष्टि बिहीन मुसहरुको करामत

दृष्टि विहीन मुसहरु महत्तो पगार काट्दै ।
शैलेन्द्र महत्तो
जनकपुरधाम............
दृष्टिविहीन मानिसले आफ्नो दैनिक जीवन चलाउन निकै नै संघर्ष गर्नु पर्छ । तर धनुषाको लक्ष्मनिविासका एक दृष्टिविहीनले भने सरल र सहज रुपमा नै आफ्नो काम गर्दै आएका छन् । लक्ष्मीनिबास(३ का ७० वर्षका मुसहरु महतो दृष्टिविहीन हुनुहुन्छ । तर उहाँले आफ्नो व्यक्तिगत मात्रै नभएर घरका सबै काम सजिलैसँग गर्नुहुन्छ । महतोले इनारबाट पानी तान्ने, खेती किसानी, हाटबजार, गाई भैंसी चराउने लगायका सबै कामहरु गर्नु हुन्छ ।
सानै उमेरदेखिको अनुभवको अधारमा छामछुम गरेर कार्यहरु गर्ने गरेको महतो बताउनु हुन्छ । महतोले  गर्ने कार्यहरुमा दृष्टिबिहीनको लागि ईनारबाट पानी तान्ने र गाँईबस्तुको लागि पगार एवं परालको गर्सामा कुट्टी काटने संवेदनशील र खतरनाक कार्यहरु हो । अलि कता दाँयाबाँया भए दुर्घटना हुन सक्छ । हात खुट्टा काटिन सक्छ वा त ज्यानै जान सक्छ । तर पनि उहाँ त्यो कार्यहरु नियमित रुपमा गर्ने गरेको नेकपा एमालेका गाउँ कमिटी अध्यक्ष समेत रहनु भएका छिमेक अशोककुमार महतोको भनाई छ ।
दृष्टिबिहीन मुसहरुले  भन्नु भयो “बाल्यकाल अवस्थामा आँखा गुम्दा धेरै समस्या भयो । तर गर्दा गर्दै बानी परिसकेको छ । कहिलेकाँही कामको शिलशिलामा समान्य त्रुटि हुन्छ तर गर्न त सबै कार्यहरु गरिनै रहेको छु ।” कार्यहरु गर्नु मेरो रहर त हैन ।  तर मेरो यो अँध्यारो जिवनले आफ्नो जिवन र परिवारलाई सुखी राख्न सबै कार्यहरु गर्छु ।”   

दृष्टि विहीन मुसहरु महत्तो इनारबाट पानी तान्दै ।
मुसहरु महतोलाई सात वर्षकै उमेरमा दुवै आँखामा एकाएक मार जस्तो तरल पदार्थ आयो । आँखा टासियो र सदाको लागि दुवै आँखा गुम्यो । दृष्टि गुम्यो । उज्यालो संसार पुनरागमन  नहुने गरि सदाको लागि अन्धकारमा परिणत भयो ।  त्यसै बेलादेखि गाउँ समाजका व्यक्तिहरुले सुरदास भनेर आफुलाई नमाकरण गरिदिएको उहाँ बताउनु भयो ।
आँखामा जतिखेर समस्या भयो त्यतिखेर गाउँघरमा त्यति डाक्टरहरु थिएनन् । गरिब घरपरिवारमा जन्मेकोले त्यतिखेर उहाँको बुबा ठकाई महतो आफु सकेसम्म डाक्टरहरु कहाँ गएर औषधि उपचार पनि गराउनु भयो । तर आँखाको ज्योती फर्किन सकेन । अन्ततः सदैवको लागि आफु दृष्टि बिहीन भएको महतोले बताउनु भयो । उहाँले भन्नुभयो “म जस्तालाई त कालले पनि लगेन । त्यहि अध्यारो जीवन अहिले सम्म बाँच्दै छु । अव त दृष्टिबिहीन भएको ६३ वर्ष पुग्यो । जीवनको उतरार्ध अवस्थामा आईपुगने छु ।” भन्दै उहाँले भन्नु भयो “ जिवनसंग हार मान्नु हुन्न । जीवन संघर्षहो । बाँचेर समाजलाई देखाई दिनु पर्छ ”
दृष्टि विहीन मुसहरु महत्तो
पूर्णरुपमा दृष्टिबिहीन हुँदापनि  केहि वर्ष यता सरकारबाट प्रदान गरिने अपांग भत्ताबाट आफु बञ्चित भएको दुखेसो उहाँले पोख्नु भयो । अपंगाको नाममा सरकारबाट आएको विभिन्न प्रकारको सेवा सुविधा गैर अपंगहरुले  फर्जी कागज बनाएर पाएपनि आफु पूर्ण अपांग हुँदा पनि केहि वर्षदेखि अपंगाको दोश्रो दर्जाको काड बनाएर सेवासुविधा रोकिएको उहाँले गुनासो गर्नु भयो । घर व्यवहारको सबैकामहरु गर्छु त्यसैले केहि छिमेकहरुले षड्यन्त्र गरेर चार वर्षदेखि गाविसबाट प्राप्त हुने अपांगता भत्ता पनि रोकाई दिएको उहाँको भनाई छ ।
महिला तथा बालबालिका कार्यालय धनुषाले पूर्ण रुपमा दृष्टिबिही उहाँलाई दोश्रो दर्जाको अपांगताको प्रमाणपत्र दिएर अपांगाहरुले पाउने सेवासुविधाबाट मुसहरुलाई बञ्चित गरेको छिमेक आशोक महतोले बताउनु भयो । छिमेक असोक महतोले अफुहरुको गाविसमा केहि गैर अपांगहरुले भत्ता खाईरहेका छन् तर मुसहरु महतोलाई भत्ताबाट बञ्चित गरिएकोमा दुख लागेको बताउनु भयो । मुसहरु महतोको अपांगता भत्ताको लागि पहल गरि दिन सबै पक्षलाई आग्रह गर्नुभयो ।   


२०७१ माघ १८ गते आईतबार