Tuesday, October 21, 2014

शोकाकुल सिमरौनगढ र आक्रोश

अजय अनुरागी
सिमरौनगढ,बाराबाट फर्केर जनकपुरधाम
स्थलगत रिपोर्ट
बारा जिल्लाको पुर्वी भागमा रौतहटसंग सीमाना जोडिएको ऐतिहासिक सिमरौनगढ गाउँ अहिले शोकाकुल बनेको छ । २५ असोज २०७१ मा सशस्त्र प्रहरीका एक जवानले चलाएको गोलीबाट बारा हरिहरपुर ७ का ४३ वर्षिय जयनारायण प्रसादको मृत्यु भएको कारण सिंगो गाउँ नै शोकमग्न भएका छन् । जयनारायणको मृत्युको कारण गोली प्रहार नै रहेको उनको मृत शवको पोष्टमार्टम रिपोर्टले पनि पुष्टि गरेको छ । कलैया जिल्ला अस्पताल, बाराका मेडिकल सुप्रिटेन्डेन्ट डा. रमेश शर्माले द एक्सक्लुसिभसँग गरेको कुराकानीमा जयनारायणको मृत्यु गोलीको प्रहारबाट नै भएको पुष्टि गरेका छन् । डा.शर्माका अनुसार गोली बायाँ पट्टीको छातीको मुटु हुने ठाउँमा लागि बायाँ पट्टीको छातीको पछाडी भागबाट निस्किएको थियो । गोली प्रहारका कारण छातीको अगाडी ३÷२ सेन्टीमिटर र पछाडी पट्टी ५÷२ सेन्टिमिटरको प्वाल बनेको पाइयो । उनका अनुसार गोली १५ देखि २० फिट सम्मको दुरीबाट चलाइएको छ । उनको मृत्युको कारण अरु केही पनि देखिएन, कारण उनको शरीरमा बाहिर वा भित्र कहिँ पनि चोटपटक देखिएन । 
सशस्त्र प्रहरीको गोली लागि मृत्यु भएका
 मृतक जयनारायण पटेल
जयनारायणको मृत्युसँगै उनका आश्रित परिवारको जनजिविका प्रत्यक्ष रुपले नराम्रो ढंगले प्रभावित हुने देखिन्छ । मृतकका एक श्रीमति र पाँच सन्तान छन् । बारा उचिडिह ४ मा जन्मिएकी ४१ वर्षिय मञ्जु देवी  आफ्नो श्रीमान्को हत्यारालाई कानुनी कारवाही गरे मात्र आफ्नो श्रीमान्ले न्याय पाउने बताएकी छिन । श्रीमान्को निधनका कारण परिवार पाल्न कठिनाई आएको उनका आफन्तहरु बताउँछन् । मृतक जयनारायणको २० वर्षिय छोरी बविताले १२ कक्षा उत्तिर्ण गरेका छन् ।
उनको विवाह भईसकेको छ । त्यसैगरी १८ वर्षिय छोरी शोभा, ११ कक्षामा अध्ययनरत छन् । १६ वर्षिय पिंकी कक्षा ८ मा, १४ वर्षिय निलम कक्षा ६ मा र ५ वर्षिय पूजा कक्षा १ मा स्थानीय सामुदायिक विद्यालयमा अध्ययनरत छन् । उनका एक मात्र ८ वर्षिय छोरा विवेक स्थानीय सोनी इङलिश बोर्डिङ स्कुलमा अध्ययनरत छन् । गुठीको ऐलानी जग्गा र आफ्नो नीजि ४ धुर घडेरीमा कच्ची घर बनाएका मृतक जयनारायणको स्वामित्वमा अरु केही सम्पति छैनन् । दुर्भाग्यवस उनको एक छोरा फारे रोगबाट सिकिस्त छन् । घर परिवार पाल्न र पोखरीको ठेक्का लिनका लागि जयनारायणले नेपाल बैंक लिमिटेड कलैया शाखाबाट ११ लाख रुपैयाँ ऋण लिएका थिए । मृतक जयनारायण गाउँमै रहेका पुर्व राज्य मन्त्रि सरोज कुमार यादवको जग्गा बटैया जोत्थे । प्रमुख कुरा के हो भने मारिएका जयनारायण प्रदर्शनकारी थिएनन् । उनी पानी खान कलमा गएका बेला सशस्त्र प्रहरीले गोली हानी उनको हत्या गरेको थियो ।
 बीचमा मृतक जयनारायण पटेलकी
श्रीमति मञ्जु देवी ५ छोरी र १ छोराका साथ ।
पृष्ठभूमी
सडक निर्माणको लागि विद्यार्थीहरुद्वारा आन्दोलन
 बारा जिल्लाको पुर्वी भागमा रौतहटसंग सीमाना जोडिएको ऐतिहासिक सिमरौनगढ देखी बारा जिल्लाको सदरमुकाम कलैयासम्म आउने गण्डक नहरको करिब २६ किलोमिटर बाटो अत्यन्तै जीर्ण छ । उक्त सडकमा सवारी साधन जोखिम पुर्वक यात्रा गर्न बाध्य छन् । एक दिन स्थानीय कंकाली उच्च माविका विद्यार्थीहरु बसको यात्रा गरी कलैयाबाट सिमरौनगढ आइरहेका थिए । यात्राको क्रममा सवारी दुर्घटना हुनबाट जसोतसो जोगिएको थियो । अनि बाटोको मर्मतको लागि उक्त विद्यालयका केही विद्यार्थीहरुले सडक आन्दोलन गर्ने निर्णय गरे । कंकाली उच्च माविका विद्यार्थीहरुले २०७१ आश्विन १९ गते बाटो अवरुद्ध गरि बाटो मर्मतको मांग गर्दै सिमरौनगढको पावरहाउस चौकबाट आन्दोलन प्रारम्भ गरेका थिए । 
विद्यार्थीहरुले बाटो मर्मतका लागि आन्दोलन गरिरहेको जानकारी पाएर बारा जिल्लाका प्रहरी उपरीक्षक ईश्वर बाबु कार्की र प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल र राजनीतिक दलको पहलमा बाटोमा ग्राभेल खसाउनका लागि असोज २२ गते पहल गरेका थिए । पहलको परिणाम स्वरुप दुईबटा टिपर मार्फत २०७१ अश्विन २४ गते विहान ग्राभेल खसाईएको थियो । ग्राभेल खसाईएपछि बन्दका कार्यक्रम फिर्ता लिई आन्दोलनरत विद्यार्थीहरुलाई आन्दोलन बन्द गर्न भनिएको थियो । तर विद्यार्थीहरुले जसरी जसरी काम हुँदै जान्छ, हामी आन्दोलनलाई पनि त्यसरी नै बन्द गर्दैजान्छौं भन्दै पूर्ण रुपमा बन्दको आन्दोलन फिर्ता गर्न अस्वीकार गरे । 
प्रहरी निरीक्षकद्वारा दुवर््यवहार तथा विद्यार्थी गिरफ्तारी
सडक निर्माणको लागि टायर बालेर सडक अवरोध गर्दै
 विद्यार्थी प्रदर्शनकारीहरु ।
मिति २०७१ आश्विन २४ गते बन्द रहेको बाटो खुलाउनलाई ईलाका प्रहरी कार्यालय सिमरौनगढका प्रहरी निरीक्षक निरंजन थापाको टोली आन्दोलन स्थल पुगे । आन्दोलनरत विद्यार्थीहरुले २४ गते विहान अन्दाजी ११ः०० वजे देखी केही बस र टूक रोकेर राखेको र दिउसो करिब १ बजे तिर पावरहाउस चौकमा बसि च्यूरा र दालमोठ खाईरहेका थिए । प्रहरी निरिक्षक निरंजन थापाले आन्दोलनकारीको समुदायलाई लक्षित गर्दै गाली गरेको र आन्दोलनकारीहरुले खाईरहेको च्युरा र दालमोठलाई लात्तीले मास्दै फालेका आन्दोेलनको नेतृत्व गरिरहेका कंकाली उच्च मावि सिमरौनगढको कक्षा १२ मा अध्ययनरत हरिहरपुर(७ नवका टोलका १९ वर्षिय उमेश कुमार कुशवाहाको भनाई छ । प्रहरी निरीक्षक थापाले विद्यार्थी अगुवा कुशवाहासँगै सोही विद्यालयका कक्षा १२ मा अध्ययनरत अरविन्द पटेल र अमृतगंजका स्थानियवासी रामपुकार महत्तोलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालयमा लगेको थियो ।
यसै बीचमा स्थानीय सिमरौनगढमै संचालित  रहेको बादल एफ.एम. र कंकाली एफ.एम.ले आन्दोलनकारीहरुलाई प्रहरीले पक्राउ गरि ईलाका प्रहरी कार्यालयमा लगेकोले आम जनतालाई त्यहाँ आउन सूचना सहितको समाचार सम्प्रेषण गरिएको कलैयाका पत्रकार भोला पौडेलले बताए ।  एफ.एम.को सूचना सुनेर स्थानीय सिमरौनगढ वजारबाट र वरिपरिका गाउँहरुबाट कम्तीमा २÷३ हजारको संख्यामा स्थानीयवासीहरु उत्तेजीत अवस्थामा ईलाका प्रहरी कार्यालय पुगेका थिए ।  एफ.एम.को प्रसारण सुनेपछि खजानी, कचुरवा, सिमरौनगढ, अमृतगञ्ज, हरिहरपुर, उचिडिही लगायतका गाउँहरुबाट स्थानीयवासीहरु विद्यार्थीको आन्दोलनमा समर्थन गर्न इ.प्र.का. पुगेका थिए ।
प्रदर्शनकारीद्वारा इलाका प्रहरी कार्यालयमा आक्रमण
प्रदर्शनकारीहरुले प्रतिक्षालय जलाए पछि देखिएको
इलाका प्रहरी कार्यालय सिमरौनगढ ।
आन्दोलनकारीहरु र अन्य नागरिकको भीडले ईलाका प्रहरी कार्यालयलाई चारै तिरबाट घेरेर ढुंगामुढा प्रहार गर्न थाले । यसै क्रममा आक्रोशित भीडले ईलाका प्रहरी कार्यालयको अगाडीको पर्खाल भत्काएको, प्रतिक्षालयमा आगो लगाएको, भान्साकोठामा तोडफोड गर्नुका साथै प्रहरीहरुको कपडामा समेत आगो लगाएको पाईयो । प्रहरी निरिक्षक निरंजन थापालाई कुटपिट गरिएको र ईप्रकामा रहेका १२ जना अन्य प्रहरीहरु समेत घाईते भएको इप्रका सिमरौनगढका प्रहरी निरीक्षक देवकुमार श्रेष्ठको भनाई छ ।  (श्रेष्ठलाई थापाको ठाउँमा जिल्ला प्रहरी कार्यालयले अहिले खटाएको छ ।) भीड नियन्त्रण गर्नका लागि प्रहरीले अश्रु ग्यास २२ राउण्ड, २४ राउण्ड हवाई फायर गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । उनका अनुसार करिब ३ हजार देखि ३५ सय सम्म प्रदर्शनकारीहरु भेला भई आक्रमण गरेका थिए । सिमरौनगढमा आन्दोलनले गर्दा अवस्था विग्रिदै गएकोले जिल्ला प्रहरी कार्यालय कलैयाबाट प्रहरी नायाब उपरिक्षक रविन्द्र रेग्मीको कमाण्डमा पुगेको टोलीले वातावरणलाई साम्य बनाएको थियो । त्यस पछि अवस्था सहज भई सबै आआफनो घरतर्फ लागेका थिए ।
प्रदर्शनका क्रममा सुरक्षाकर्मी पनि घाइते
सिमरौनगढको हरिहरपुर–४ मा सशस्त्र प्रहरीको
दुईवटा सवारी साधन जलेको अवस्थामा ।
२४ गते प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय सिमरौनगढमा आक्रमण गर्दा १३ जना नेपाल प्रहरी र २ जना सशस्त्र प्रहरीका कर्मचारीहरु घाइते भएका छन् । इप्रका सिमरौनगढका कार्यालय प्रमुख समेत रहेका प्रहरी निरीक्षक निरञ्जन थापाको आँखा नजिक र हातमा समेत काटि घाइते भएका छन् । प्रहरी नायव निरीक्षक छविलाल प्रसादको हातमा ढुङ्गाले लागि काटिएको, प्रहरी हवलदार महेन्द्र राय यादवको खुट्टामा चोट, प्रहरी हवलदार अरविन्द पाण्डेको गालाको भागमा काटिएको, प्रहरी जवानहरु रामचन्द्र पौडेलको कुहिनामा काटिएको, सुबोध कुमार यादवको ढाड, ओठ र हातमा काटिएको, कोमल राज बोहराको खुट्टामा चोट, सन्तोष केसीको हातमा चोट, सन्तोष खडकाको बायाँ पट्टीको एउटा दाँत भाँचिएको, मोहन लामा तामाङको खुट्टा र मुखमा काटिएको, सुनिल कुमार चौरसियाको हातमा काटिएको र गुप्ताङ्गमा चोट लागेको, मोरध्वज चौरसियाको खुट्टामा काटिएको र पुर्णमान श्रेष्ठको खुट्टाको औला भाँचिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवकुमार श्रेष्ठले बताएका छन् । त्यसैगरी सशस्त्र प्रहरीको शेरगण गोलागञ्जका सशस्त्र प्रहरी हवलदार तेज प्रसाद प्याकुरेलको खुट्टा र हातमा चोट लागेको र प्रहरी जवान लालबाबु यादवको चिउँडोमा काटिएको छ ।
विद्यार्थी रिहाई
 केही वेरको भनाभन, वादविवाद र ढुंगामुढा पछि पक्राउ गरिएका आन्दोलनकारीहरलाई प्रहरीले छाडेका थिए । (थापाको ठाउँमा २४ असोज देखि ई.प्र.का.को कमाण्ड सम्हालेका प्रहरी निरीक्षक देवकुमार श्रेष्ठको अनुसार उक्त दिन प्रदर्शनकारीले गरेको ढुङ्गामुढाबाट प्रहरी निरीक्षक निरंजन थापा सहित १३ जना प्रहरी कर्मचारी र दुई जना सशस्त्र प्रहरी घाईते भएका थिए । उनका अनुसार प्रहरी निरीक्षक थापाले विद्यार्थीहरुमध्ये १ जना उमेश कुशवाहालाई मात्र पक्राउ गरेर होइन कि छलफल र अनुसन्धानको लागि मात्र प्रहरी कार्यालयमा ल्याइएको थियो ।)
सशस्त्र प्रहरीको अत्यधिक बल प्रयोग
प्रहरीको गोली लागि घाइते भएका शाह मोहम्मद काठमाण्डौको त्रिवि शिक्षण अस्पतालमा उपचार गराईरहँदा तमलोपाका केन्द्रिय नेता बारा निवासी जितेन्द्र सोनल घाइतेको स्वास्थ्य स्थिति बुझ्दै ।
२०७१ असोज २५ गतेका दिन विहानै देखि आन्दोलनकारीहरुले करुवा चौक, लक्ष्मीपुर,  कोतवाली चौक, गंगानगर चौक, पावर हाउस चौक र सिमरौनगढ बजारमा टायर बालेर बाटो अवरोध गरेका थिए । बिहान अन्दाजी ९ः०० वजे तिर कलैयाबाट सशस्त्र प्रहरी बल कलैयाबाट प्रहरी नायब उपरीक्षक अर्जुन सापकोटाको कमाण्डमा ना.१ झ. ७९० नं.को प्रहरी गस्ती गाडी र ना.१ग. ५८८ नं.को सानो टिूपरमा २५ जनाको बल लिएर पुगेका थिए । सशस्त्र प्रहरीहरु गंगानगर क्षेत्रमा पुगेपछि आन्दोलनकारीहरुले चारैतिरबाट घेरेका थिए । स्थानीयका अनुसार नहर भन्दा पुर्व पटटी १०० देखी १५० जना प्रदर्शनकारी, नहर भन्दा पश्चिम पटटी पनि करिब १०० देखी १५० जना प्रदर्शनकारी र महादेवस्थान तिर ३०० देखी ४०० जना सम्म प्रदर्शनकारीहरु रहेका थिए । सशस्त्र प्रहरी बललाई प्रदर्शनकारीहरुले तीनै तिरबाट घेरेका थिए । बाराका प्रमुख जिल्ल अधिकारी परशुराम अर्यालका अनुसार प्रर्दशनकारीहरुले ढुंगामुढा गर्न थालेपछि सशस्त्र प्रहरी वलको तर्फबाट पनि लखेटने र एक अर्को पक्षलाई धपाउने र पछाडी हटाउने कार्य गरिरहेका थिए । भीड नियन्त्रण नभए पछि सशस्त्र प्रहरीले प्रदर्शनकारीलाई लक्षित गर्दै अश्रुंग्यास चलाएका थिए । महादेव स्थान तर्फ रहेका प्रदर्शनकारी (जुन संख्यामा पनि बढि रहेका थिए) ले प्रहरीहरुलाई ढुंगामुढा गर्दै प्रहरीलाई पछाडी तर्फ धकेल्ने घम्साघम्सी चलिरहेको थियो । नहर भन्दा पुर्व र पश्चिम साथै महादेव स्थान तिरबाट पनि घम्साघम्सी हुने र फेरी शान्त हुने गरेको थियो । सशस्त्र प्रहरीसंग लठठी, शिल्ड, अश्रुंग्यास र एसएलआर हतियार रहेको थियो । लखेटने र पछाडी हटने, ढुंगा हान्ने कार्य करिब दिनको १२ वजे सम्म चलेको थियो । प्रदर्शनकारी र प्रहरीहरुको वीचमा मौखिक रुपमा भनाभन भईरहेको अवस्थामा एक्कासी सशस्त्र प्रहरी बलको तर्फबाट विना कुनै पुर्व जानकारी, चेतावनी एक्कासी गोली प्रहार गरिएको थियो । गोली प्रहार भए पछि एक छिन प्रदर्शनकारीहरु भागाभाग भएका थिए । प्रत्यक्षदर्शि र घटनास्थलमा उपस्थित पत्रकार भैयाराम साहका अनुसार सशस्त्रका प्रनाउले गोली चलाउने आदेश दिएको र चेतावनी दिएको आफुहरु कसैले नसुनेको वताए । त्यसै समयमा धारा निर एकजना व्यक्ति लडे र छटपटाई रहेका थिए । त्यस पछि प्रदर्शनकारहरु गोली लागेका व्यक्ति तिर आकर्षित भएका थिए । ती व्यक्ति (हरिहरपुर गाविस वडा नं. ७ नवकाटोला घरभै वस्ने वर्ष ४३ का जय नारायण पटेल कुर्मीलाई छातीमा वाया पटटी गोली लागेको थियो । उनी छटपटाईरहेका थिए । र, त्यस्तै हरिहरपुर गाविस वडा नं.५वस्ने शाह मोहमद हवारीको वाया काँधमा पछाडीबाट र अमृतगंज ३ का नागेश्वर कुशवाहा घाइते भएका थिए । गोली लागे पछि उनलाई तत्काल त्यहाबाट उठाएर छेउमा राखियो र शाह मोहमद हवारीलाई बाँया पाखुरामा गोली लागेको भागलाई छोपेर सोही हरिहरपुर गाविस मै रहेको कंकाली पोली क्लीनिकमा लगिएको थियो । पोली क्लीनिकमा लग्दै गर्दा जय नारायण पटेलको मृत्यु भईसकेको थियो । घाईते शाह मोहमदलाई हवाईजहाजबाट काठमाण्डौ पठाईएको, अर्का घाईते नागेश्वर कुशवाहाको उपचार बिरगंज उपक्षेत्रीय अस्पतालमा भईरहेको भन्ने जानकारी प्राप्त भएको थियो । कानको छेउबाट गोली गएको आवाजले सोही गाविस बस्ने प्रचण्ड जयसवाल अचेत भएको र हालसम्म पनि उनको होस नआएको स्थानीय पत्रकार रामेश्वर मेहत्ताले बताए ।
दायाँबाट क्रमशः नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा
 द एक्सक्लुसिभका सम्पादक अजय अनुरागी,
 सिमरौनगढ निवासी सदभावनाका केन्द्रिय महासचिव तथा
 पुर्वराज्य मन्त्री सरोज कुमार यादव, 
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रिय कार्यालय जनकपुरका
 प्रमुख बुद्धनारायण साहनी, 
थर्ड एलाइन्सका मानव अधिकारकर्मी दौलत झा
 मृतक पटेलको घरमा अवस्थाको बारे जानकारी लिँदै ।
आक्रोशित भिडले सशस्त्र प्रहरीलाई चारैतिरबाट घेराहालेर ढुंगामुढा गर्न थालेका थिए । त्यसैवेला त्यहाँ रहेका एभिन्यूज च्यानेलका सम्वाददाता भैयाराम साह र पत्रकार श्यामबाबु प्रसाद साह, काहुराष्टका धिरेन्द्र प्रसाद साह लगायतका व्यक्तिहरुले सहजीकरण गरि सशस्त्र प्रहरी बलका प्रहरीलाई त्यहाँबाट जान बाटो दिलाएका थिए । प्रहरीले गाडी लिएर जाने भनेपछि आन्दोलनकारीहरुले गाडी लिएर कुनै पनि हालतमा जान नदिने अडान लिएपछि सशस्त्र प्रहरीका प्रनाउ, प्र.नि. र जवानहरु गाडी छोडी पश्चिमतिरबाट कलैया तिरको बाटोमा हवाई फायर गर्दै अगाडी बढेका थिए । हरिहरपुर(४ मा सशस्त्र प्रहरीको दुईटै गाडी जलाइएको थियो । सशस्त्र प्रहरीको गोलीबाट आम सर्वसाधारणको मृत्यु भएका कारण घटनालाई दवाउन सशस्त्र प्रहरी आफैले गाडी जलाएकोे स्थानीयवासीहरुको भनाई छ भने प्रदर्शनकारीले जलाएको भन्ने प्रहरीको भनाई रहेको पाईयो । त्यसै बीचमा जिल्ला प्रशासन कार्यालय कलैयाले १२ः०० वजे देखि २ः०० वजे सम्म कर्फयू लगाएको घोषणा गरे । तर, सो कर्फयुले सिमरौनगढमा कुनै प्रभाव पारेको पाईएको थिएन । जय नारायण पटेलको मृत्यु भईसकेपछि उत्तेजीत भीडले ईलाका प्रहरी कार्यालय अगाडी शव सहित धर्ना दिएर वसेका थिए । इप्रकाको गेटमा टेन्ट गाडेर शव सहित प्रदर्शन गर्नुका साथै उक्त क्षेत्रका नेपाली कांग्रेसका निर्वाचित सभाषद रामअयोधि यादवको समेत पुतला जलाई विरोध प्रदर्शन गरिरहेका थिए ।
उक्त घटना पछि मधेस केन्द्रित राजनीतिक दलहरु त्यहाँ पुगेका थिए । एमाले कलैयाका उपसचिव बतहु यादवका अनुसार मधेसवादी दलहरुले गाउँ गाउँबाट मान्छे बोलायो । र, उनीहरुकै सल्लाहमा मिति २०७१ अश्विन २६ गतेका दिन राजनीतिक दल सहितको प्रदर्शनकारीहरु दिउसो शव लिएर बारा जिल्लाको सदरमुकाम कलैया गएका थिए । कलैया आईपुग्दा कलैया वडा नं. ६ स्थित भरत चौकमा टूयाक्टरको टूेलरमा प्लाईको बाकस बनाई सो बाकसमा बरफ राखेर जय नारायण पटेलको शव राखिएको थियो । प्रदर्शनकारीहरुलाई जिल्ला प्रशासन कार्यालय परिसर भित्र प्रवेश गर्नबाट रोक्नका लागि नेपाल प्रहरीका ३८ जना प्रहरी परिचालन गरिएको थियो । सुरक्षाकर्मीहरु बाटोमा घेरा हाली बसेका थिए । जसमा प्रहरी निरिक्षकको कमाण्ड रहेको थियो भने प्रहरीहरुको हातमा अश्रुग्यास चलाउने पेस्तोल, लठ्ठी र थ्रीनट थ्री राईफल रहेको देखियो । प्रदर्शनकारीहरु कम्तीमा १०० देखी १५० को संख्यामा रहेको पाइयो । भरत चौकमा टायर बालिएको थियो । उनीहरुले पहाडिया शासक मधेश छोड, हत्यारालाई कार्वाही गर, मधेश विरोधी गृहमन्त्री मुर्दावाद, विकासका नाममा गोली हान्न पाईदैन, मधेस विरोधी सरकार मुर्दावाद, मधेशमा दमन गर्न पाईदैन, हत्यारा एस पी, सिडियो मधेश छोड जस्ता नारा लगाई रहेका थिए । 
स्थानीय प्रशासन र सर्वपक्षिय भेलामा ११ बुँदे सहमति
विरोध र प्रदर्शनका बीच प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय बाराको सभाकक्षमा बसेको सर्वपक्षिय, सर्वदलिय बैठकले प्रदर्शनकारीहरुको मागलाई सम्बोधन गर्नको लागि राती ९ वजे ११ वुँदे सहमती ग¥यो । २४ र २५ गते सिमरौनगढ बजार, हरिहरपुर क्षेत्रमा स्थानीयवासी र सुरक्षा निकाय बीच भएको घटनाको सम्बन्धमा बैठकले घटना प्रति दुःख व्यक्ति गर्नुको साथै मृतक जयनारायण पटेललाई राष्टिूय सहिद घोषणा गर्न नेपाल सरकार गृहमन्त्रालयमा अनुरोध गर्ने, मृतक पटेलको आश्रित परिवारलाई अधिकत्तम राहत रकम उपलब्ध गराउन नेपाल सरकार र गृहमन्त्रालयमा अनुरोध गर्ने, घटनाको यर्थात छानविन गरी दोषी माथि कारवाही गर्न एक उच्च स्तरिय न्यायिक छानविन आयोेग गठन गर्न नेपाल सरकार गृहमन्त्रालयमा अनुरोध गर्ने निर्णय गरियो । घटनामा घाइते भएका स्थानीय व्यक्तिहरुको निःशुल्क उपचार गराउन र उपचार खर्च उपलब्ध गराउन गृहमन्त्रालयमा अनुरोध गर्ने, कलैया देखि सिमरौनगढसम्मको नहरको सडकमा जिविस मार्फत भोली देखिनै ग्राभल कार्य गर्ने र उक्त सडक खण्डमा पिच गर्ने कार्यको प्रक्रिया तीन महिना भित्र प्रारम्भ गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने, कलैया सिमरौनगढको नामाकरण सहिद जयनारायण पटेल मार्ग राख्ने, मृतकको आश्रित परिवार मध्ये एक जना छोरीलाई तत्काल जागिर उपलब्ध गराउने र छोरा छोरीको उच्च शिक्षाको लागि तथा छोराको उपचारको लागि सम्बन्धित निकायमा पहल गर्ने, घटना स्थलमा स्वर्गीय जयनारायण पटेलको सालिक निर्माण गर्न जिविस र आसपासको गाविसबाट पहल गर्ने, घटनाको सम्बन्धमा आवश्यक छानविन गरी दोषीमाथि आवश्यक कारवाही गर्ने र मृतकको घरसम्म पिच बाटो जोडने गरी ११ बुँदे समहति गरेको थियो । उक्त बैठकमा प्रजिअ परशुराम अर्याल, प्रहरी बरिष्ठ उपरीक्षक मनोज न्यौपाने, प्रहरी उपरीक्षक इश्वरबाबु कार्की, सशस्त्र प्रहरी उपरीक्षक भेष बहादुर शाह, प्रमुख अनुसन्धान अधिकृत अच्युत पन्त, पुर्व मन्त्री प्रभु शाह, पुर्व मन्त्री सरोज यादव, पुर्व राज्य मन्त्रीद्वय कलावत्ती पासवान र ज्वाला कुमारी साह, पुर्व सभाषदद्वय जितेन्द्र सोनल र प्रमोद गुप्ता लगायत विभिन्न राजनीतिक दल तथा संघ संस्थाका व्यक्तिहरुको उपस्थिति रहेको थियो । सहमति पछि जिल्ला अस्पताल कलैयाका चिकित्सक रमेश शर्माले पोष्टमोर्टम गरि शवलाई सदगतका लागि राती नै सिमरौनगढ पठाएको थियो । 
सिमरौनगढ वरिपरि अमृतगंज खजान्नी, लङ्गराचौर, कचौरवा, तेलकुवामा प्रहरी चौकीहरु रहेको र आदर्शनगर च्युटामा ख श्रेणीको ईलाका प्रहरी कार्यालय समेत रहेको, र गोलागञ्जमा सशस्त्र प्रहरी वलको समेत बोर्डर आउटपोष्ट रहेको पाईयो । प्रर्दशनका दौरान सशस्त्र प्रहरीका डिएसपी अर्जुन प्रसाद सापकोटाको परिचयपत्र समेत घटना स्थलमा पाइएको थियो । उक्त परिचयपत्र त्यहाँका स्थानीयवासी समेत रहेका सद्भावनापार्टीका महासचिव तथा पुर्वराज्य मन्त्री सरोजकुमार यादवको कब्जामा रहेको छ । सरोज कुमार यादवका अनुसार थुप्रै गोलीका खोकाहरु आफु निर रहेको र केही खोका सिडिओले लगेको हो ।
स्थलगत अनुगमनबाट प्राप्त तथ्यहरुको विश्लेषणः 
बारा जिल्लाको सिमरौनगढमा भएको सशस्त्र प्रहरीको गोली प्रहारको घटनामा बलको प्रयोगको सिद्धान्त अनुरुप बल प्रयोग भएको हो होइन भन्ने विषयमा मानवअधिकारको दृष्टिकोणले अनुगमन गर्दा स्थलगत भ्रमण, अधिकारकर्मी, सुरक्षाकर्मी, राजनीतिकर्मी, आन्दोलनकर्मी, पीडित परिवार, संचारकर्मी र स्थानीय व्यक्तिहरुसंगको छलफल र प्राप्त तथ्यहरुको आधारमा निम्न निष्कर्षहरु निकालिएको छ ।
आन्दोलनकारीहरुले अहिंसात्मक र शान्तिपुर्ण आन्दोलन गर्नु भन्दा पनि हिंसात्मक र ध्वंसात्मक क्रियाकलापतर्फ उन्मुख भएको देखिन्छ । जसले सार्वजनिक सम्पति क्षति पुरयाई अपराध गरेको ठहर्छ । नेपाल प्रहरीले मुस्कान सहितको सेवा भने पनि व्यवहारमा दमनकारी र बलको प्रयोगलाई प्रोत्साहित गरेको देखिन्छ  जसले स्थितीलाई सम्हाल्नु भन्दा पनि रवाफ र प्रभावको आधारमा स्थितीलाई नियन्त्रणमा लिन खोजेको देखिन्छ । प्रहरी निरिक्षकको बल प्रयोगको प्रवृती र समुदाय लक्षित विभेदले यो घटनाको सृजना गरेको देखिन्छ । आन्दोलनकारी र प्रहरी बीच झडप र ईप्रकामा तोडफोड हुँदा सामुदायिक प्रहरी नै परिचालन गरि स्थिती साम्य बनाउनु भन्दा पनि तत्कालै आफनो जिम्मेबारीबाट पछि हटि सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय गर्नुले जिल्ला प्रहरी कार्यालय कलैयाले आफनो दायित्वलाई बुझन नसकेको देखिन आएको छ । सशस्त्र प्रहरी बलले बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गर्नु भन्दा पनि व्यक्तिगत मनोभाव र स्वनिर्णयको आधारमा कार्य संचालन गर्ने गरेको देखिन आएको छ जसले स्थानीय प्रशासन ऐन २०२८ लाई ठाडो रुपमा मिचेको ठहर्छ । सप्रबको अत्यधिक बल प्रयोगले नेपालको अन्तरिम संविधानको धारा १२(१) लाई उल्लंघन गरेको ठहर्छ । 
सशस्त्र प्रहरीका डिएसपी अर्जुन प्रसाद सापकोटाको 
परिचय पत्र घटना स्थलबाट प्राप्त भएको थियो ।
कुनै पनि व्यक्तिले शान्तिपूर्ण रुपमा आन्दोलन गर्न पाउने अधिकार रहेकोमा प्रहरी निरिक्षकले गरेको बलको प्रयोगले आन्दोलनलाई समर्थन गर्नेहरुलाई आक्रोशित बनाएको देखिन्छ । प्रहरी निरीक्षक निरञ्जन थापाले वार्ताको माध्यम भन्दा पनि बल प्रयोगको माध्यमलाई अपनाएकोले शान्तिपुर्ण आन्दोलनले उग्ररुप लिएको देखिन्छ । यहाँ प्रहरी निरीक्षकले मुस्कान सहितको प्रहरी सेवा तथा प्रहरी नागरिक सहकार्य भन्दा पनि बल प्रयोगलाई नै प्राथमिकता दिईएको देखिन्छ । प्रहरीले शान्ति सुरक्षाको स्थापना गर्नका लागि आवश्यक परेमा कसैलाई पनि पक्राउ गर्न सक्ने अख्तियारी पाएकोले आन्दोलनकारीलाई पक्राउ गर्दा दवावको बाटो श्रृजना गर्नु भन्दा पनि प्रहरी उपर नै ढुंगामुढा प्रहार गर्न नहुने र ईलाका प्रहरी कार्यालयमा पर्खाल भत्काउनु, भान्साकोठामा तोडफोड गर्नु, आगन्तुक कक्षमा आगो लगाउनुले उत्श्रृङखल गतिविधीलाई बढावा दिएको देखिन्छ । स्थानीय विकासको मुद्दामा राजनीतिक दलको सहभागिता र वार्तालाई औजारको रुपमा प्रयोग गर्नु भन्दा पनि हिंसक रुपमा प्रस्तुत भएको देखिन्छ, जुन गर्न नहुने देखिन्छ ।  

उत्तेजीत अवस्थामा ईलाका प्रहरी कार्यालय भित्रको भौतिक पूर्वाधार तोडफोड गर्नुका साथै प्रहरी निरिक्षक निरंजन थापालाई कुटपिट गर्नुले आन्दोलनकारीहरुले आफनो सीमा नाघेर आन्दोलनको नाममा अपराध तर्फ उन्मुख भएको देखिन्छ । कुनै पनि अवस्थामा कसैलाई पनि कुटपीट गर्न नहुने विद्यमान कानुनी व्यवस्था हुँदाहँुदै  कानुन कार्यान्वयन गर्ने अधिकारीलाई कुटपीट गर्नुले फौजदारी अपराध गरेको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले ईलाका स्तरमा विकासको आन्दोलनमा भएको बलको प्रयोगलाई सामुदायिक प्रहरी परिचालन गरि आफनो व्यवस्थापकीय कमजोरीलाई देखाएको देखिन्छ । साथै स्थिती मापन र विश्लेषणमा चुकेको देखिन्छ । सोही क्षेत्रमा रहेका प्रहरी चौकी र ईलाका प्रहरी कार्यालयबाट स्थानीय प्रहरी परिचालन गरि स्थिती साम्य बनाउनु भन्दा पनि आन्दोलनकारीहरुलाई दमन गर्ने नीति अख्तियार गरेको देखिन्छ । 
जिल्ला सुरक्षा समितिले सिमरौनगढको अवस्थाको बारेमा स्थानीय राजनीतिक दलका नेतृत्ववर्गहरुसंग सहजीकरण गर्न गराउन र नेपाल प्रहरीलाई परिचालन गर्न भन्दा पनि तत्कालै सशस्त्र प्रहरी परिचालन गर्नुले तत्काल आतंककारीहरुसंग सामना गर्ने अवस्था भएको तर्फ ईगिंत गर्दछ । सशस्त्र प्रहरी वलको उपस्थिती पछि भएको ढुंगा हानाहानको अवस्थामा प्रहरीले वल प्रयोग गर्दा स्थानीय प्रशासन ऐन अनुरुप बल प्रयोग नगरेको देखिन्छ । त्यस समयमा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बीच समन्वयको अभाव रहेको देखिन्छ । हेईन भने सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट गोलागञ्जमा रहेको प्रनाउको कमाण्डमा रहेको प्रहरीसंग समन्वय गरि स्थितीलाई सामान्य बनाउन पहल गर्न सकिने अवस्था हुँदाहुँदै त्यसो नभएको देखिन्छ । 
सशस्त्र प्रहरी शान्ति सुरक्षाको लागि गएको अवस्थामा पनि स्थिती मापन गरि नगएको देखिन्छ । सशस्त्र प्रहरीले हतियार प्रयोग गर्दा कुनै पनि पूर्व चेतावनी नदिएको, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले डिफेन्समा बसी वा अवस्था अत्यन्तै विग्रेको भएपनि गाडीलाई त्यही छोडेर व्याक हुन आदेश दिँदा पनि सशस्त्र प्रहरीका डिएसपी अर्जुन प्रसाद सापकोटाको कमाण्डमा रहेको टोलीले गोली चलाएको देखिन्छ । गोली चलाउँदा पनि पहिले हवाई फायर गर्ने, त्यस पछि अत्यावश्यक भएमा मात्र गोली चलाउन पाउने र त्यो पनि घुँडा भन्दा मुनि चलाउनु पर्ने व्यवस्था भए पनि पहिलो गोली नै जय नारायण पटेलको छातीमा दोस्रो गोली शाह मोहमद हवाडीको कांधमा लाग्नुले प्रहरीले कानुन मिच्दै आन्दोलनकारीलाई मार्ने मनसायले लक्षित गरि गोली चलाएको देखिन्छ । र, आन्दोलनकारीहरुले बाटो दिए पछि हवाई फायर गर्दै निस्किएको भन्ने तथ्यले पहिले सप्रबले गोली हानेको र पछि जाँदै गर्दा हवाई फायर गर्दै गएको देखिन्छ । यसले प्रहरीले स्थानीय प्रशासन ऐन २०२८ द्धारा दिइएको अधिकारको उपयुक्त तरिकाले उपयोग नगरेको देखिन्छ । 
 आन्दोेलनको नेतृत्व गरिरहेका प्रदर्शनकारी नेता 
कंकाली उच्च मावि सिमरौनगढको कक्षा १२ मा अध्ययनरत
 हरिहरपुर(७ नवका टोलका १९ वर्षिय उमेश कुमार कुशवाहा । 
स्थानीय रुपमा विभिन्न व्यक्तिहरुसंग कुरा गर्दा प्रहरी र आन्दोलनकारीहरुको वीचमा कम्तीमा २० मिटरको दुरी रहेको र आन्दोलनकारीहरुले ढुंगा प्रहार गर्ने बाहेक केही नगरेको अवस्थामा केही कतै कुनै पनि कारणले गोली चलाउनु पर्ने पुष्टि गर्ने आधार नरहेको देखिन्छ । यसले सशस्त्र प्रहरीको गोली चलाउने प्रहरी कर्मचारीले स्थलगत रुपमा जटिल अवस्था भन्दा पनि मनोगत अवस्थालाई नियन्त्रणमा राख्न नसकि गोली चलाएको देखिन्छ । जिल्ला प्रशासन कार्यालय कलैयाले वस्तु स्थिती नै नबुझी कफर्यु लगाउनु तर स्थानीय रुपमा कफर्युको कुनै प्रभाव नहुनुले कानुनको पालनाबाट आम नागरिक वञ्चित हुनु र यसले कानुन पालन गर्न लगाउने र पालना गर्ने बीचको समझदारी र समन्वयको अभाव रहेको देखिन्छ । साथै प्रशासन र नागरिक एक अर्काको परिपुरक भन्दा पनि एक वर्ग शासक र अर्कोवर्ग शासित रहेको अनुभुति दिने वातावरण सृजना गरे नागरिक अवज्ञा बढने सम्भावना तर्फ ध्यान दिनु आवश्यक रहेको देखिन्छ । 










२०७१ कार्तिक ०२ गते आईतबार

बाराका सिडिओ भन्छन,‘गोली चलाउने आदेश थिएन’


बाराका प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल ।
सिमरौनगढ नेपाल भारतको सिमा नाकामा पर्ने ठाउँ हो । त्यहाँ छोटी भन्सार कार्यालय पनि छ जसले ५ हजार भन्दा वढीको राजश्व काट्दैन । त्यो नाकालाई अपग्रेड गराउनु पर्छ भनेर व्यापारीहरुले विगत लामो समय देखि आवाज उठाउँदै आएका थिए । त्यही बेला त्यहाँ पुगेका इन्सपेक्टर निरञ्जन थापा र सशस्त्र प्रहरीका इन्चार्ज दुवै जना यङ्ग भएकाले नाकामा कडाई गरे । नाकामा कडा गर्न मैले पनि निर्देशन दिएको थिएँ । र सोही अनुसार उनीहरुले कडाई गरे । नाका खुकुलो पार्न व्यापारीहरुले दुई दिनसम्म आन्दोलन पनि गरेका थिए । बजार पनि बन्द गरेका थिए । अनि मैले नै लोकल प्रयोगका लागि आउने सामानहरुलाई छुट दिलाएका थिएँ । उक्त नाकाबाट गाई भैसी, गाँजा चरेस र विभिन्न खाद्य पदार्थहरु आयात हुने गर्दछ । सोही आक्रोसमा मैले पाएको जानकारी अनुसार त्यहाँका व्यापारीहरुले ३० हजार रुपैयाँ उठाई विद्यार्थीहरुलाई दिएर आन्दोलन गर्न परिचालित गरेका थिए ।
विद्यार्थीहरुले दशैको विदा परेको असोज १९ गते देखि आन्दोलन सुरु गरेका थिए । २० गते बकरिद र २१ गते काजाग्रत पुर्णिमाको विदा परेको थियो । २२ गते कार्यालय खुल्यो । म प्रमुख जिल्ला अधिकारी, दुवै एसपी बाटो निर्माण गर्न भन्नका लागि जिल्ला विकास समितिको कार्यालयमा पुगें । त्यहाँका एलडिओ इश्वर राज गिरीको ८ गते जुम्लामा सुरुवा भएका कारण नयाँ एलडिओ आइसकेको थिएन । आर्थिक कारोबार गर्ने अख्तियारी अरु कसै कर्मचारीले पाएको थिएन । तै पनि त्यहाँका कार्यक्रम अधिकृत भरत प्रसाद यादवलाई समातेर जिविसमा रहेको ५ वटा टिपर मध्ये २ वटा टिपर विग्रेको स्थिति थियो । चालु अवस्थामा रहेको त्यो २ वटा टिपर लिएर ग्राभल खसाउन भन्दा  जिविस माथि तेलको ११ लाख रुपैयाँ पहिलेकै बाँकी रहेका कारण तेल हाल्न आयल निगमले मानेन । त्यहाँबाट निर्वाचित सभाषद राम अयोध्या यादव आफै जमानी बस्नु भयो अनि मात्र निगमले तेल दियो । तेल हालेर जानका लागि ठिक्क भएपछि तीन वटा चक्का पंक्चर पाइयो । २३ गते टिपर सबै ठिक गरेर विद्यार्थीहरुले आन्दोलन गरेको सडकमा जान लाग्दा २ टिपर ग्राभल खन्याए । तर, विद्यार्थीहरुले मानेनन् । २४ गते मेरो बुवाको तरपणको तिथि परेका कारण क्षेत्रिय प्रशासकलाई जानकारी दिएर चितवन तिर गएँ । यता ७ जना विद्यार्थीहरुलाई समातेर इप्रकामा लगेको भनेर स्थानीयवासीले मलाई मोवाईल मार्फत जानकारी गरायो । मलाई खबर आइपुग्दा बेलुकीको ४ बजिसकेको थियो । मैले त्यहाँका इन्सपेक्टर निरञ्जन थापालाई पक्राउ गरेका विद्यार्थीहरुलाई रिहा गर्न आदेश दिएँ । त्यतिबेला निरञ्जन थापाले मलाई फोन गरेर बल प्रयोग गर्न आदेश माग्यो । तर, मैले मान्छेलाई रिहा गर, बल प्रयोग नगर, अति भयो भने टियर ग्यास, हवाई फायर र लाठी चार्जसम्म गर भन्ने आदेश दिँदै म भरतपुर गईसकेको थिएँ । कुनै पनि हालतमा गोली चाँही नचलाउनु भनेर प्रष्ट आदेश दिएको थिएँ । २४ गते सिडिओलाई थाहै नदिई इन्सपेक्टर थापाले पक्राउ गरेका कारण उक्त दिन कर्फयू लगाइएको थिएन ।
 विद्यार्थी रिहा भएपछि २५ गते विद्यार्थीहरुको मनोवल बढ्यो । ११ बजे तिर ठाउँ ठाउँमा विद्यार्थीहरु जुलुस प्रदर्शन गर्दै थिए । त्यतिबेला ११ बजेमा म पनि हेटौडासम्म आईसकेको थिएँ । सशस्त्र प्रहरीका डिएसपीको कमाण्डमा गएको गाडी प्रदर्शनकारीहरुले घेरेको छ भन्ने कुरा सशस्त्रका एसपी भेष बहादुर शाहले जानकारी गरायो । मैले डिएसपी अर्जुन प्रसाद सापकोटालाई फोन पनि गरें, तर, फोन लागेन । तीन तिर बाटो र एक तिर नहर रहेको अवस्थामा कुनै पनि बाटो खुल्ला थिएन । डिएसपी आफै पनि बुढो मान्छे, बार्ता तिर लागे । तर, इन्डिया तिरबाट आएका मान्छेहरु बार्तालाई विथोल्नका लागि सशस्त्र प्रहरीलाई लक्षित गरेर ढुङ्गा हान्न थाले । त्यसपछि प्रहरीको तर्फबाट फायर भएछ । एक जना मान्छे ढले र अरु घाइते भए । मैले कुनै पनि हालतमा थप बल प्रयोग नगर्नु, नसके गाडीलाई त्यही छाडेर फिर्ता हुनु भनेर आदेश दिएको थिएँ । तर पनि यी सब कुरा भयो । नेपाल प्रहरीको डिएसपीलाई २४ गते नै पठाइएको थियो र उनलाई थप मद्दतका लागि सशस्त्र प्रहरीको डिएसपीको कमाण्डमा टोली फोनबाटै निर्देशन दिएर पठाएको थिएँ । पुलिस टूयापमा पर्यो । प्रहरीको बुद्धि नपुगेर प्रदर्शनकारीहरुको चक्रव्युहमा फसे । हामीले धेरै संयम अपनायौं, नत्र धेरै मान्छे मर्थे । ( जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालसँग द एक्सक्लुसिभले गरेको कुराकानीमा आधारित)


२०७१ कार्तिक ०२ गते आईतबार

आज फेरि मधेशकै कुरा-शैलेश दास


शैलेश दास

२०६४ साल पुष ११ गते मैले स्थानीय दैनिक तराई टाइम्समा ‘मधेश आन्दोलन कतातिर ?’ भनि शीर्षक अन्तर्गत एउटा आलेख लेखेको थिए । यस दौरान कोशी र कर्णाली समेतमा धेरै पानी बगि सकेको छ । धेरै उत्साह र आशासाथ छानिएको पहिलो संविधानसभाले संविधानसमेत बनाउन न सकि बडो लाजमर्दोढगले अक्समात अकाल मृत्युलाई बरण गर्न पुगे । र, पुनः त्यस्तै पारामा संविधान कोर्न भनि तिर्ने पार्टीका पुराना नेता र व्यक्तिहरुको बाहुल्यता लिएर नयाँ संविधानसभाको निर्वाचन भएको छ । भन्न त सत्तासीन पार्टीका नेताहरुले भन्न गरेका छन् कि(यही आउँदो माघ ८ गते भित्र देशको लागि लोकतान्त्रिक गणतन्त्रात्मक संघीय संविधान निर्माण भइसक्ने छ तर यस्ता कुरामाथि समावेश गरिने दुईओटा प्रमुख कुरा(राज्यको प्रशासकिय स्वरुप र संघीय संरचना के कस्तो हुने हुन बारेमा यो पंक्ति लेखुञ्जेल कुनै भरपर्दो सहमतिको समाचार प्रकाशमा आउन सकेको छैन । र, उता प्रायः सबै ठुल्ठुला दलका शीर्षस्थ नेताहरु विदेश भ्रमणमा रमि रहेका छन् । 
पहिलो मधेश आन्दोलन किन भएको थियो ? यसको मुलमा के कारण थियो ? यो जगजाहेर कुरा छ कि(नेपालमा ०७ साल देखि नै लोकतन्त्रका लागि जति पनि आन्दोलन भए त्यसमा तराई÷मधेशवासीको पनि उल्लेखनीय सहभागिता रही आएको थियो । 
मधेशी नेताहरुले पनि मातृका प्रसाद कोइराला सुवर्ण शमशेर, वीपी देखि जीपीको काँधमा काँध मिलाएर संघर्षको मैदानमा उत्रेका साक्षी स्वयं इतिहास नै छ । लोकतन्त्र प्राप्तिका लागि लड्ने ती मधेशी नेताहरुले पनि आफु र आफ्नो समाजका लागि पुर्ण प्रजातान्त्रिक प्रणाली भित्र समानताको हक उपभोग गर्नका लागि ज्यानलाई हत्केलामा राखेर  राणा र पञ्चायत व्यवस्थाको उत्तराद्र्ध अर्थात २०४० सालतिर मधेशको समस्यामाथि केन्द्रित भई नेपाली कांग्रेसका पुराना नेता स्व. गजेन्द्र प्रसाद सिंहले सदभावना परिषद भन्ने सामाजिक संस्था पनि स्थापना गरे । यस मञ्चबाट मधेशीको समस्या सरकार  र जनतासामु राख्दा उनी यसै जलेश्वर जेलमा पनि परे । ता पनि उनी आफ्नो अडानबाट विचलित भएन । भनाईको माने के छ भने( यूर्गौदेखि दमित र गौण रुपमा  रहेको मधेश र मधेशीको भावना पनि सुस्तरी र लगातार बाह्य जगतमा उठ्न थालेका थिए । सदभावनाको विचारसँग मधेशका सबै नेताहरु असहमत थिए भन्ने कुरा पनि थिएन । बल्कि प्रजातन्त्र आएपछि तराई÷मधेशका यस्ता जावत कुराहरुलाई पनि सम्बोधन गरिने छ भन्ने पार्टीका ठुला बडा नेताहरुको समेत भनाई थियो । धेरै सम्भव छ विभिन्न ठुला पार्टीमा  रहेका मधेशी नेताहरुलाई आ(आफ्ना त्यस्ता नेताहरुको आश्वासनमाथि विश्वास पनि रहेको थियो होला ।
हो, २०४६ सालपछि नेकपा एमालेका महासचिव क.मदन भण्डारीको पहलमा मधेश सम्बन्धी समस्याको पहिचान गरी सुझाव दिन सीतानन्दन रायहरुलाई राखेर एउटा सुझाव दल पनि गठन गरिएको थियो । यस्तै चासो नेपाली कांग्रेसमा पनि उठेको देखिएका थियो । नेकपा माओवादी त मातृका यादवको अध्यक्षतामा मधेश मुक्ति मोर्चाको स्थापना गरिएको थियो । तर, दुःखको साथ भन्नु पर्दछ कि यी सबै कुरा हात्तीको देखाउने दाँतमात्र सावित भए ।
२०६२÷०६३ को जनआन्दोलनमा मधेशीहरुको हार्दिक सहभागिता सँगै मधेशी आकांक्षा पनि मुखरित भई सकेको थियो । उन्नाइस दिने जनआन्दोलनमा गणतन्त्र र संघीयताको माग त सडकमा नै घन्केको थियो । तर जब शाही शासन खसेर देशको लागि अन्तरिम संविधान ०६३ साल माघ १ गते घोषणा गरियो, त्यसमा तराई÷मधेश सम्बन्धि माग र संघीयताको उल्लेखसम्म पनि थिएन । यो सबै कुरा गमेर मधेश झस्किए र आफुहरुलाई ठागएको अथवा मुर्ख बनाइएको सोच्न बाध्य भए । यसै पृष्टभुमिमा लहानमा छात्र रमेश महत्तोलाई गोलीको निशाना बनाइयो र काठमाण्डुमा अन्तरिम संविधानको प्रति जलाउँदा उपेन्द्र यादव समेतका मधेशी नेताहरुलाई घरपकड गरियो । त्यसपछि जङ्गलमा आगो फैलिएजस्तै मधेश ठाकुर हजाम लगायत ५४ जना मधेशीहरु शहीदसमेत भए । सरकारलाई संविधानसभाको छिटै निर्वाचन गराउनु थियो तर देशमा आन्दोलनको आगो फैलिदै थियो । अन्तमा नवउदित माओवादी समेतका आन्दोलनकारी दलहरुको  रोहवरमा कोइराला सरकार र मधेशी पार्टीका शीर्षस्थ नेताहरुबीच २०६३÷०६४ सालमा सम्झौता भयो जसमा अन्य मागहरुका साथै संघीयतामा जाने र शाही सेनामा समेत समावेशीको आधारमा मधेशीलाई पनि प्रवेश दिइने भनि सहमति भयो । तर, ती कुराहरुमध्ये कत्तिको लागु गरिए ? शान्ति सम्झौताको नाउँमा जनयूद्धकारीहरुलाई नेपाली सेनामा हुली हालिए । त्यस नाउँमा अरबौंको घोटाला र भ्रष्टाचार पनि भएको समाचार सुनियो । तर यस सम्झौता अनुरुप एउटा मधेसी यूवाको पनि नेपाली सेनामा भर्ना हुन सकेको छैन । अर्कोतर्फ संघीय प्रणाली लागु गर्ने कुरामा पनि सत्तापक्षकै मन्त्रि र नेताहरुबाटै भएका टालुटुले र उटपटाङ्ग कुराहरु छापामा समेत आउन थालिएको छ । नियमकानुनले प्रावधान दिइएको कुरामा पनि यो सरकारले मधेशीलाई जवर्जस्ती कोटाबाट बिमुख गर्न थालेको छ । टिचिङ्ग हाँस्पीटल महाराजगञ्जमा केही प्राविधिक पदका लागि विज्ञापन गरिदा मधेशी उम्मेदवारको नाउँमा उपलब्ध हुने कोटालाई समेत बेवास्ता गरिएको समाचार अदालत र राष्टिूय छापा समेतमा आइसकेको कुरा अब गोप्य रहेन । यस्तैगरी, केही महिना अघि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत इन्जिनियरसमेत केही रिक्त पदपुर्तिका लागि विज्ञापन गरी लिखित जाँचसमेत लिइएको थियो । तर, त्यसमा पनि मधेशी कोटामा एउटा मधेशी अभियन्ता उम्मेदवारको नाउँसम्म पनि निकालिएन । मधेशी कोटालाई नै निल गरियो । यस्तो पक्षपात र मनपरी किन ? सरकारको यस्तो रबैयाबाट जनताले के बुझ्ने ? के यस्तो गतिविधिबाट मधेशी समुदायप्रति विश्वासघात भएन ? यी त केही नजिरमात्र हुन । भित्रभित्रै यस्ता भेदभावका कुरा कति होलान् कति । के यस्ता कुराबाट नेपाल सरकारको नियतप्रति शंका पैदा पर्दैन ?
नेपाल सरकारको यस्तो पक्षपातपुर्ण रबैया र मनपरीतन्त्रबाट मधेशी मानसिकता फेरी उल्लेखित र सशंकित हुन लागेको छ । उनीहरुको भरोसा वर्तमान स्वार्थी मधेशी नेतृत्ववर्गबाट डगमगाउन थालेको छ भन्ने तथाकथित लोकतान्त्रिक समावेशी सरकारको मधेशप्रतिको व्यवहार देखेर उनमा वितृष्णा उत्पन्न हुन थालेको छ । मधेशी मतदाता आज किकर्तव्यमूढ अबस्थामा छन् भन्ने यूवाहरु छटपटीमा । मधेशी बौद्धिक समाजमा पनि असन्तुष्टि वढ्दो छ । मधेशी नेताहरुबाट निराश भईसकेका यो समुदाय सरकारबाट समेत अपहेलित महशुस गरी रहेका छन् । महँगाई र असुरक्षाको मार व्यक्तिकै छ । दशै, तिहार र छठ जस्तो चाँडमा चढदो महँगाईले जनता झन बढी पिरोलिएका छन् ।
स्काँट्ल्याण्डमा भएको जनमत संग्रहको परिणामप्रति यहाँ नेपालमा पनि प्रायः सबै वर्ग  र समुदायमा उत्साह तथा सन्तुष्टि देखियो । यसो देखिनु मनाशिव पनि थियो । त र सवाल पैदा हुन्छ( मधेशी जनताप्रति पनि के नेपाल सरकारको त्यस्तै मानवीय नीति र व्यवहार छ जुनकि बेलायती सरकारको स्काँटिश जनताप्रति छ ? जनमतकै कुरा गर्ने हो भने गएको वर्ष दिनमा सुडान र क्रिमियामा पनि जनमत संग्रह भएको थियो । उताका परिणाम के कस्तो थियो ? शक्ति राष्टूहरुको आफ्नो स्वार्थ अनुरुपको बदलिदो नीति र जनमतमा जाने देश विषेशको आफ्नै आन्तरिक र आर्थिक अवस्था के कस्तो रहि रहन्छ, यस्ता परिणाम धेरै हदसम्म त्यस्ता कुराहरुबाट पनि प्रभावित हुन गरेको पाइन्छ । चिन्ता न लिऊँ, हामी कहाँ फिलहाल यस्तो अवस्थामा देखिन्न ।
उतातिर झण्डै आधा युगदेखि देशको टाउँको माथि संक्रमणकालको तरबार झुन्डिएको झुन्दिडै छ । यस किसिमको असजिलो अवस्थाबाट शीघ्र नै निकास पाउने कुनै भरपर्दो र गतिलो आधार पनि हाल देखा परिरहेको छैन । मधेशी शिक्षित यूवामा बेरोजगारी र परिवारिक जिम्मेवारी बोधको समस्या बेग्लै छ । संयोग भनौं या स्वभाविक यस्तैमा कुनै पश्चिमी पीएचडी डिग्रीधारी इन्जिनियर विद्धानले गौतमबुद्ध र मण्डेला समेतका तस्विर साक्षीमा राखि मधेशको समस्या उठाउन थालेका छन् । र, उसले गरेको आव्हानमा मधेशी यूवा फेरि सल्बलाउन थालेका छन् । मानिसहरुले के कुरा गर्न लागेका छन् भने(सरकारले समय छँदै चेतेन र संयमपुर्ण तरिकाले यो समस्यालाई समेटेन भन्ने देरसबेर मधेशका सडकहरु फेरि न तातिएला कसरी भन्ने ? चेतना भया........।


२०७१ कार्तिक ०२ गते आईतबार

अस्ताए समाजसेवी ‘हेमचन्द्र चौधरी’


स्वर्गीय हेमचन्द्र चौधरी ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
लोकतन्त्रवादी तथा समाजसेवी हेमचन्द्र चौधरीको ७८ वर्षको उमेरमा २४ असोज शुक्रबार निधन भएको छ । धनुषाको जटही निवासी तथा हाल जनकपुर नगरपालिका ४ निवासी चौधरीको हृदयघात का कारण शुक्रबार राति साढे ११ बजे काठमाण्डौमा निधन भएको थियो । जनकपुर नगरपालिका वडा नं.४ बाट वडा अध्यक्षको रुपमा उहाँ निर्वाचित भएपछि जनकपुरको विकास निर्माणका लागि धेरै ठुलो योगदान पु¥याउनु भएको थियो । 
२०४९ सालमा वडा अध्यक्षको हैसियतले उहाँले जनकपुरमा विवादित रहेका सडकहरुको  विकास गर्नुका साथै थुप्रै नयाँ सडकहरु खोलाई निर्माण गर्न लगाउनुभएको थियो । जनकपुरको मुरली चौकमा विद्यापति स्मारक निर्माण गराउन उनले महत्वपुर्ण भुमिका निर्वाह गर्नुका साथै योगदान समेत पु¥याउनु भएको थियो । उनी विद्यापति स्मारक निर्माण समितिका सदस्य सचिव समेत थिए । त्यसैगरी उहाँले जनकपुरको विद्यापति चौकमा विद्यापति स्मृति पर्व मनाउने कार्यलाई भव्यता प्रदान गर्नुका साथै निरन्तरता दिनु भएको थियो । त्यसैगरी उहाँले जनकपुरको विद्यापति चौकमा म्युजिकल टावर क्लक समेत लगाउनु भएको थियो । राजा महेन्द्रलाई लक्षित गरी बम प्रहार गर्ने उनकै गाउँका दुर्गानन्द झाले बम प्रहार गरेपछि झालाई उक्त राति चौधरीले नै शरण दिनु भएको थियो । वि.ए.मा अध्ययनरत रहेको बेला जनकपुरको सरन्चिया कुट्टीमा डेरा लिई बसेका चौधरीले दुर्गानन्द झालाई रातभरी आफ्नै कोठामा सुताएका थिए । दुर्गानन्दलाई पक्राउ गर्न पुलिसले डेराको छापामारी गर्दा दुर्गानन्दलाई चौधरीले सिरकले ओढाई गाउँबाट विरामी भाई उपचार गराउन आएको भन्दै पुलिसलाई झुक्याएर चौधरीले झालाई गिरफ्तार हुनबाट जोगाएका थिए । भोली पल्ट दिसा गर्ने बहानामा दुर्गानन्दलाई लोटा दिएर उनले चौरीको बाटो हुँदै इन्डिया तर्फ विदावारी गरेका थिए ।
स्वर्गीय चौधरीको पार्थिव शरीरलाई अन्तिम विदाई दिन 
कन्धा थाप्दै उनको कान्छो छोरा राजु चौधरी (बायाँ) ।
जनकपुर चुरोट कारखानामा उनी जागिरे हुँदा उनको छोरा ललन चौधरी पञ्चायतका विरुद्ध र प्रजातन्त्रका लागि क्रान्तिको बाटोमा लागेका कारण उनलाई जागिरबाट पनि हटाइएको थियो । उनको छोराको क्रान्तिकै कारण उनीसँगै उनका परिवारजनलाई प्रहरीले पटक पटक दुःख दिनुका साथै मानसिक यातना समेत दिने गथर््यो । २०४६ सालको पञ्चायत व्यवस्था विरुद्ध नेपाली कांग्रेसले गरेको आन्दोलनमा उनका छोरा ललन चौधरीले जनकपुरको जानकी मन्दिरमा आयोजना गरिएको पञ्चहरुको सभामा पञ्चलाई कालो झण्डा देखाएका थिए । उनको एक श्रीमति इन्दिरा देवी चौधरी, एक छोरी रेखा रानि झा, तीन छोराहरु ललन चौधरी, चन्द्रमोहन चौधरी र राजु चौधरी सँगै नाति नातिनाहरु छन् । 
स्वर्गीय चौधरीको दाहसंस्कारमा सहभागी
 नेपाली कांग्रेसका पुर्व सभापति तथा सांसद स्मृति नारायण चौधरी र
 बर्तमान सभापति रामसरोज यादव ।

स्वर्गीय चौधरीको पार्थिव शरीरलाई मुखाग्नि दिँदै 
उनका जेठो छोरा ललन चौधरी ।
उनको पार्थिव शरीरलाई उनका जेठो छोरा ललन चौधरीले मुखाग्नि दिएका थिए । दाह संस्कारका बेला जनकपुरको स्वर्गद्वारीमा नेपाली कांग्रेसका पुर्व सांसद स्मृति नारायण चौधरी, नेपाली कांग्रेसका सभापति रामसरोज यादव, पुर्व मेयर बजरंग साह, नेपाली कांग्रेसका सचिव कोमलकान्त झा, नगर सभापति धिरेन्द्र मोहन झा, जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवशंकर साह हिरा, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल कुमार मिश्र, निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष विवेक मिश्र, जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अजय अनुरागी, विद्यार्थी नेता ज्ञानेन्द्र झा ज्ञानु, राष्ट्रिय मधेस समाजवादी पार्टी धनुषाका अध्यक्ष महाशंकर ठाकुर लगायत जटही गाउँ र जनकपुरका बुद्धिजिवी, यूवा, पत्रकारहरुको सहभागिता थियो ।







स्वर्गीय चौधरीको दाह संस्कारमा सहभागीहरु ।













२०७१ कार्तिक ०२ गते आईतबार

सि.के.राउत नयाँ शक्तिको उपज हो -रामवृक्ष यादव


रामवृक्ष यादव

समाज र दुनिया गतिशिल  हुन्छ । त्यसैले हामी सबै परिवर्तन सँगै नयाँ नयाँ बन्दै जानु पर्छ । राजनीति पार्टी विचार नेतृत्व पनि समयको आवश्यकता अनुसार नयाँ हुँदै जानुपर्छ । राजनीति व्यवसाय होइन । निजी स्वार्थ द्वारा गर्ने माध्यम पनि होइन । समाज बदल्न स्वेच्छाले गर्ने कर्म हो । वि.सं. २००७, ०४६, ०५२ देखि ०६३ सम्मका क्रान्तिका वाहक शक्तिको नेतृत्वमा विस्तारै आफ्नो स्वयंसेवी चरित्रलाई विर्सेर राजनीति निजी स्वार्थ र परिवारिक स्वार्थमा वढी रुमालिने निजी सम्पति जोड्न र अपारदर्शी भ्रष्टाचारजन्य गतिविधिमा लाग्ने पक्ष देखा प¥यो, जुन नेपाली जनता र खास गरी मधेसी जनताको लागि दुःखद रह्यो । राजनीति देश र जनताका लागि गरिने स्वंयसेवा हो । भन्ने गहन रुपले बुझ्नुपर्छ । जनताप्रति समर्पित दुरदति सहितको नीतिमा आधारित विचार निर्माण गर्नुपर्छ । 
नीजि स्वार्थ परित्याग गरेको नैतिकवान चरित्र सहितको राजनीतिक संस्कार विकास गर्नुपर्छ । मुख्यतः नेपालमा २४० वर्ष देखि मधेसलाई थियो मिचो पारि अधिकारबाट वञ्चित गर्दै मधेसी जनतामाथि शोषन उत्पीडनका कुराहरु ए.ने.क.पा. माओवादीको १२ वर्ष जनयूद्ध र मधेसी आन्दोलन यता जोडतोडने बहसको केन्द्र विन्दु बनेको थियो । र पहिलो संविधान सभाको निर्वाचन मधेसीको हक अधिकार र एकरुपताले जोडतोडले गति लिइएको थियो । र पहिलो संविधान सभाको निर्वाचन वाह मधेसी जनताहरुले काठमाण्डौ हल्लाउने काम ग¥यो र मधेसी नेताहरुलाई स्थापित गरी ठुलो दलको रुपमा संविधान सभा हलभित्र पठाउने काम वढो हर्सोलासका साथ ग¥यो कतिपय मधेसी नेताहरु पहाडीया शाषकको चाकरी गरी मधेसी जनताको भावना माथि खेलवाड गरी महल पजेरो भोग विलासमा आफ्नो जिवन विताउने र अकुत समपति कमाउने काम ग¥यो । र त्यसो गर्दा गर्दै पहिलो संविधानसभाको अवसान भयो ।
नेपाली जनता र खास गरी मधेसी जनताले केही पाउन सकेन । वास्तवमा भन्ने हो भने मधेसी नेताहरुले मधेस भित्र व्यक्ति पछाडी पार्टी खोली मधेसको वहस र मुद्दा भन्दा वढी अकुत सम्पति कमाउने र कुर्सी पछाडी रुमालिने काम ग¥यो । कतिपय ठुलो दलका मधेसी नेताहरुले पनि मधेसको वहस र अधिकारलाई स्थापित गराउन आफ्नो ठाउँबाट लागि परेको भएपनि मधेसको कुनै क्षेत्रिय पार्टीले मधेसमा स्थायित्व हासिल गर्छ की भन्ने डरले जोडतोडले लागि परेको देखिदैन । र दोस्रो संविधानसभाको निर्वाचनमा मधेसी नेताहरुलाई नराम्रो हार र गाली बेइज्जती सहनु परेको छ ।
ए.ने.क.पा.(माओवादी) तोडा महाधिवेशन भत्ता डा.बाबुराम भट्टराईले नयाँ शक्तिको वहसको सुरुवात गर्नु भएको छ । र त्यो वहस देश भित्र, मधेस भित्र, विभिन्न राजनीति पार्टी भित्र बौद्धिक सर्कल भित्र र संविधानसभा हल भित्र वहसको केन्द्र विन्दु बनेको छ । देश भित्रका ९० लाख नेपाली जनता जुन कुनै पार्टीमा नलागेको र ६० लाख जनता जुन कुनै न कुनै राजनीति पार्टीको व्यानर भित्र आफ्नो विचारलाई स्थापित गरिरहेको  देशभित्रको नेताहरुको चरित्र र गतिविधि विचालिरहेका बौद्धिक वर्गका व्यक्तिहरुको माझवाट डा.सि.के. राउतले मधेसको भुगोल र मधेसी जनताको रहन सहन र मधेसी जनतामाथिको उत्पीडन र इतिहासलाई नेपाली जनता र दुनिया सामु आफ्नो अभिव्यक्ति र किताव लेखबाट मधेसलाई परिचित गराउने काम ग¥यो र यस्तो काम मधेसका कतिपय मधेसी नेताहरुले गर्दै आइपरहेको छ । देशमा नयाँ शक्तिको वहस चलिरहेकै बेला मधेसी समुदायबाट फेरी नयाँ शक्तिको रुपमा डा.सि.के.राउत लिनु पर्छ ।
सबै राजनीति पार्टीको विचार र तर्क अलग(अलग भए पनि अभिव्यक्तिकै क्रममा मधेसका एक बौद्धिक व्यक्तिले मधेसको पीडा सहन नगरी आक्रोसमा जायज अभिव्यक्ति दिइएको छ । सि.के. राउतलाई नै क्ष्ककगभ बनाउने हो भने यो भन्दा पहिला पनि कतिपय नेताहरुले आफ्नो विचार र अभिव्यक्ति दिँदै आएको छ । त्यसको अर्थ २४० वर्षको जहनिया राजतन्त्रलाई जडै देखि उखेलेर फालेका नेपाली जनताको वलिदानीलाई विर्सेर कतिपय नेताहरुले संविधान सभा हल भित्र नै राजतन्त्र फर्काउनै अभिव्यक्ति दिइरहेको छ । र यो सरकारले अहिलेसम्म केही गर्न सकेको छैन । कुनै मधेसी व्यक्तिले मधेसको कुनै कोणबाट आफ्नो अभिव्यक्ति दिइयो भने काठमाण्डौ नै हलिने हुन्छ किन ? सि.के.राउतको गिरफ्तारीले मधेसी नेताहरुलाई एक ठाउँमा ल्याउने र मधेसलाई फेरी एकतावद्व बनाउछ । 
पिछलगु र फुटपरस्त राजनीति त्यागेर एक ठाउँ उभिनु पर्ने पे्ररणा सि.के.राउतको गिरफ्तारीले दिन्छ । राउतको विचार भाईनै क्ष्ककगभ बनाएर कतै संविधानसभा भाड्ने खेल त सरकारको होइन ? राउतलाई मोरंगको रंगेलीमा पक्राउ गरी सिधै काठमाण्डौ लगि जेलमा राखी मुद्दा चलाउनु र जेल भित्रनै मानसिक यातना दिनु मधेसी समुदायको छातिमा खुट्टा राख्नु वरावर नै भएको छ । 
यदि सरकारको मधेस प्रतिको खैया जस्तै रहियो भने मधेसी जनताले सहन गर्न नसकिने स्थिति फेरी एकचोटी आउनै छ । र दुनियाको कुनै तागतले पनि राउतको विचारलाई रोक्न सक्दैन । त्यसैले सरकारले समयमा नै सचेत भई राउतलाई रिहा गर्न आग्रह गर्नुछ । राउतको अभिव्यक्ति वढाई योजना वद्ध तरिकाले जनताको विचमा नकारात्मक असर पर्ने गरी जुन प्रचार प्रतिक्रियावादीहरु यो गरिरहेको छ । त्यो कदापि कुरा छन् । सक्दैन । 
राउतको विचार पहाडिया शाषकहरुलाई मधेस प्रतिको शोषन उत्पीडनको विरुद्ध सचेत हुनु भन्ने सिख हो । भनाईको तात्पर्य मधेस नै देशबाट अलग हुन्छ भने होइन । त्यो एउटा सचेत गराउने अभिव्यक्ति हो ।

२०७१ कार्तिक ०२ गते आईतबार