Thursday, May 2, 2013

क्यानको बेइमानीले हारयो जनकपुर


 अजय अनुरागी
जनकपुरधाम.....................
२१ बैशाख देखि ७ जेष्ठ सम्म काठमाडौंंमा सम्पन्न स्टाटान्डर्ड चारटर्ड पेप्सी एकदिवसिय क्रिकेट र २०÷२० क्रिकेट प्रतियोगितामा क्षेत्र नम्बर– ६ जनकपुर टीमले बेइमानीका कारण उपाधि जित्ने दौडबाट बाहिर भए पनि राष्ट्रिय क्रिकेटमा आफ्नो जवलजस्त उपस्थिति देखाएर जनकपुरवासीको शिर ठाडो पारेको छ । टीम व्यवस्थापक आकाश पाण्डे प्रशिक्षक अनिल शर्मा तथा कुमार प्रसुनको नेतृत्वमा, गएको १४ दस्यीय क्रिकेट टोलीले लीग चरणको कुल चार खेलमा ३ खेल जीतेर जनकपुरले        आफ्नो धाख जमाउन सफल भएको हो । सशस्त्र प्रहरी बल, भैरहवा, विराटनगर, नेपालगञ्ज सँगै समूह ‘ए’ मा परेको जनकपुरले २१ बैशाखमा नेपालगञ्ज विरुद्ध १७ रनले जीत हात पार्दै विजयी यात्रा शुरु गरेको थियो । प्रल्लाद साह ५७, अनिल मण्डल २४, कुमार प्रसुन ३९ रनको महत्वपूर्ण योगदान बाट २ सय ५ मा अल आउट भएका जनकपुरले म्यान अफ दि म्याच रोशन ठाकुरको ४ र प्रदिप सापकोटा २ तथा राज मोहम्मद र राहुल सिंहको क्रमशः १÷१ विकेटको उपलब्धिका कारण नेपालगञ्जलाई १ सय ८७ रनमा रोकेको थियो ।
दोश्रो खेलमा भैरहवालाई पनि १२ रनको अन्तरले हराएर विजयी यात्रा जारी राख्न जनकपुर सफल रहयो । राज मोहम्मद ४३, प्रल्हाद साह ४० र हरिशंकर साह ३३ रनको मद्यतले २ सय १७ रनमा समेटिएका जनकपुरको गेंदवाजहरु मध्ये राज महम्मदले सर्वाधिक ५ विकेट, रोशन ठाकुर २ विकेट र राहुल सिंहको १ विकेट गरी बाँडे पछि भैरहवा जीतको लागि संघर्ष गरे पनि २ सय ५ रनमा अल आउट भए । अलराउड प्रदर्शन गरेका राज मोहम्मद म्यान अफ दि म्याच चुनिए ।
२६ बैशाखमा सम्पन्न तेश्रो खेलमा शसस्त्र प्रहरी बलका विरुद्ध जनकपुरको लज्जास्पद हार भयो ।
४८ रनमै समेटिएका जनकपुर विरुद्ध सशस्त्र प्रहरी ९ विकेटले सजिलै जीत हात पारेको थियो । शोभाकान्त पाण्डेको १२ रन बाहेक कुनै पनि ब्याटसम्यानले दोहोरो अंक छुन असमर्थ रहे भने राज मोहम्मदले १ विकेट लिए । २८ बैशाखमा लीग चरणको अन्तिम खेलमा विराटनगरलाई १८ रनले हराएर लीगमा ३ म्याच जितेर जनकपुरले ६ अंक बटुल्यो । अनिल मण्डलको आक्रामक ८५, प्रल्हाद साहको ३३ तथा राज मोहम्मदको १५ रनका योगले १ सय ७८ रनमा जनकपुर रोकियो । अनिल मण्डलको ४, कुमार प्रसुन तथा राज मोहम्मदको क्रमशः २÷२ विकेटका कारण विराटनगर विजयी लक्ष्यको १८ रन जोड्नबाट चुकेको थियो । हरफनमौला प्रदर्शनका कारण अनिल मण्डल म्यान अफ दि म्याच चुनिएको थियो ।

ट्विस्ट र बेइमानी
लीग चरणको सर्वाधिक अंक ल्याउने टीमले फाइनलको टिकट पाउने नियम अनुसार जनकपुरले एक म्याच हार्दै ४ म्यचमा ३ जीत र १ हारका साथ ६ अंक ल्याए पनि फाइनलमा जाने बाटो खुलेको थियो । समूह ‘ए’ कै सशस्त्र प्रहरीले विराटनगर बीचको म्याचमा वर्षाले खेल अवरुद्ध भए पछि १÷१ अंक पाएर ३ खेलमा सशस्त्रको २ जीत र १ ड्रा का साथ ५ अंक थियो । चौथो खेलमा भैरहवा संग खेलिरहँदा वर्षा भए पछि म्याच रद्द हुने सम्भावना भए पनि आयोजक क्रिकेट एशोशिएसन अफ नेपालले जवरजस्ती खेल्न लगाएर शस्त्रको जीत सँगै २ अंक पाई ७ अंंकका साथ सशस्त्रले फाइनलको यात्रा तय गर्यो । अम्पायर, मैच रेफरीले गराएको बेइमानीको कारण फाइनलमा पुगेको सशस्त्रले नेपाल प्रहरीलाई हराउँदै उपाधि समेत जित्यो ।
त्यही दिन समूह बी अन्तरगत नेपाल प्रहरी र पोखरा बीच भइरहेको खेल पानी परेकाले रद्द गरी दुवै टीमलाई १÷१ अंक दिइयो भने उह िकन्डिसनमा सशस्त्र प्रहरी र भैरहवा बीचको म्याच रद्द नगरिनुले पनि क्यानको नियतमा खोट रहेको प्रष्टै भए पछि जनकपुरका क्रिकेटरहरु आन्दोलित भए । उक्त म्याच रद्द गरिएको भए सशस्त्रले १ अंक पाई ५ अंक मात्र पाउने थियो र ६ अंक पाएका जनकपुरले फाइनलमा खेल्ने मौका पाउने थियो ।
बेइमानी विरुद्ध आन्दोलन
लीग चरणमा सशस्त्र प्रहरीका सयौं जवानहरु नियम विपरीत मैदान प्रदेश गरी मैदान सफा गरेको, ऐन नियम विपरित खेल खेलाउने अम्पायर, म्याच रेफ्री तथा ग्राउन्ड इन्चार्ज सहित दोषिलाई कारवाही गर्नु पर्ने, सहितका मागहरु राखि जनकपुर क्रिकेट टोली फाइनल म्याचमा धर्ना दिएका थिए । जनकपुर क्रिकेटरहरुको आन्दोलन अगाडी क्यानका अध्यक्ष विनयराज पाण्डेले ३१ गते वार्ता गरी म्याचमा भएको गडवडीलाई जाँच्न र कारवाही गर्नका लागि छानविन कमिटी गठन गरेका थिए । उक्त कमिटिले कारवाही गर्ने नगर्ने भविष्यमा हुने हो । त्यसै गरी नियम संशोधन गरी खेल हुने या नहुने सम्बन्धि अन्तिम निर्णय अम्पायरले लिने र त्यसका लािग कुनै कप्तान संग नसोधिने, खेल मैदानमा कोही पनि छिर्न नपाउने सहितका प्रावधान राखेर २०÷२० खेल सञ्चालन भएको क्रिकेटर राज मोहम्मदले एक्सक्लुसिभलाई जानकारी गराए ।
सुधार्नु पर्ने धेरै ठाउ“
बेइमानकिा कारण एक दिवयि प्रतियोगिताबाट जनकपुर बाहिरिए पनि खेलको क्रममा उजागर भएको कमि–कमजोरीलाई सुधार्नु पर्ने अझै धेरै बाँकी छ । लिग चरणमा प्रतियोगिताको बलियो टीम सशस्त्र प्रहरी विरुद्धको खेलमा १० मध्ये कुनै पनि ब्याटसम्यान नचल्नुले जनकपुरको ब्याटिङ क्षेत्र अत्यन्तै कमजोर रहेको देखाएको छ । फेरी चौथो खेलमा विराटनगर विरुद्ध १ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको जनकपुरले १६ रनको भित्रमा मात्रै लगातार ९ विकेट फालेका थिए । जसले ब्याटिङको अवस्था अत्यन्तै चिन्ताजनक रहेको तथा त्यस तर्फ प्रशिक्षक तथा कप्तानले ध्यान दिनु पर्ने ठाउँ धेरै देखिन्छ । जनकपुरको बलिङ आक्रमण लचर देखियो । स्टार व्याटस म्यान अनिल मण्डल माथिको अपेक्षा अनुकुल प्रदर्शन भएन । विगतको एमजी ट्रफीमा सेलेक्सनमा पनि नपरेका प्रल्हाद साहले प्रतियोगिताकै सर्वाधिक रन बनाउने भैहरवाको अन्तिम थापा संग १ सय ३१ रन बनाएर बराबरी गरेर जनकपुरको सान कायम राखे । छनौट प्रतियोगितामा प्रदर्शन खराब भएकै कारण जय ट्रफि समेत खेलिसकेका प्रल्हादको छनौट हुदैनथ्यो । खुल्ला प्रतियोगितामा वर्षेभरि औसत प्रदर्शन गर्दैआएका प्रल्हाद चम्किएपछि स्टार भनिने व्याट्सम्यानहरु पनि पछि परेका हुन् ।
त्यसका अतिरिक्त २०÷२० प्रतियोगितामा खेलमा फेरी पनि उपाधि जित्ने अवसर भए पनि लडाई नै लड्न नसकेका कारण टिमको कप्तानमा एउटा लडाकूको हुनु पर्ने गुण देखिएन् । क्रिकेटको दुनियामा प्रत्येक विहानको अर्को खेलमा अतितलाई विर्सेर नयाँ योजना तथा रणनीति बनाई शत्रुलाई मैदानमा परास्त गर्नु पर्ने गुनको अभाव देखियो । त्यसलाई अवको दिनमा सुधारेर अझ शसक्त बनेर गतिलो जवाफ दिनु पर्दछ ।
२०÷२० मा हारै–हार
क्यानको विभेदका कारण निराश भएका जनकपुर २०÷२० प्रतियोगितामा एउटा म्याच पनि जित्न सकेन् । ३ जेष्ठमा विरगञ्ज विरुद्ध पहिलो खेलमा ८ विकेटले, ४ जेष्ठको दोश्रो खेलमा नेपालगञ्ज विरुद्ध ८ रनले जनकपुर पराजित भएका थिए । ५ जेष्ठको तेश्रो खेलमा भैरहवा विरुध वर्षाका कारण खेल स्थगित भएको थियो भने ६ जेष्ठको लीग चरणको चौथो तथा अन्तिम खेलमा नेपाल प्रहरी संग ३२ रनले हारे पछि एउटा पनि जीत हात नपारेको जनकपुर प्रतियोगिताबाट बाहिरिएको थियो । एकदिवसीय प्रतियोगितामा बेइमानीका कारण बाहिरिएको जनकपुरले २०÷२० प्रतियोगिताको च्याम्पियन बनेर गतिलो जवाफ दिने अवसर गुमाएका थिए । योग्यता र क्षमताका आधारमा नेपाली क्रिकेटको भुगोलमा  अलग क्षेत्र रिजन नं. ७ पहिचान बनाएका जनकपुरले २०÷२० जितेर आफ्नो दमखम देखाउने ऐतिहासिक अवसर गुमाएको हो ।

एकदिवसीय प्रतियोगितामा जनकपुरको व्याटिङ प्रदर्शन विवरण

सि.नं.    नाम         विरुद्ध नेपालगञ्ज        विरुद्ध भैरहवा     विरुद्ध एपिएफ    विरुद्ध विराटनगर        जम्मा
१.    प्रल्हाद साह    ५७ रन        ४० रन        १ रन        ३३ रन            १३१ रन
२.    अनिल मण्डल    ६ रन        २६ रन        ८ रन        ८५ रन            १२५ रन
३.    राज मोहम्मद    १७ रन        ४३ रन        ०० रन        १८ रन            ७८ रन
४.    कुमार प्रसुन    ३९ रन         १२ रन        ०० रन        ०० रन            ५६ रन
बौलिङ प्रदर्शन
१.    राज मोहम्मद    १ विकेट        ५ विकेट        १ विकेट        १ विकेट            ८ विकेट
२.    रोशन ठाकुर    ४ विकेट        १ विकेट        ० विकेट        १ विकेट            ६ विकेट
३.    अनिल मण्डल     १ विकेट        ०        ०        ४ विकेट            ५ विकेट















मिति ः २०६८–२–१५

देशैभरी लोकप्रिय बन्दैछ ‘जय नेपाल’


एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम.....................
मुलुकको संक्रमणकाल लम्बिदै गइरहेको अवस्थामा राष्ट्रिय एकताको आवश्यकतालाई महशुश गर्दै मिथिला नाट्य कला परिषदले प्रस्तुत गर्दै आएको ‘जय नेपाल’ देशैभरी लोकप्रिय बन्दै गएको छ ।
मिथिलाका प्रसिद्ध साहित्यकार जगदम्बा श्री पुरस्कारबाट सम्मानित डा. राजेन्द्र विमलको शब्द तथा सुनील– प्रवेशको संगीतमा लयबद्ध गरिएको ‘खोता सिंगार’ एल्बमको अन्तिम प्रस्तुतीको रुपमा रहेको ‘जय नेपाल’ को लोकप्रियता              बढ्दै गए पछि नेपालकै कुख्यात मह–जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भिजुअलाइज गर्न मिनापलाई हिमाल, पहाड, तराई सहितका ठाउँहरुको वास्तविक छायाँकन गरी एलबम तयार गर्न महजोडीले प्रस्ताव राखेका हुन् ।
यसका अतिरिक्त संगीत प्रज्ञा प्रतिष्ठान, नेपाल टेलिभिजन सहितले देशै भरी ‘शो’ आर्गेनाइज गर्न प्रस्ताव समेत अगाडी सारेका छन् ।
मैथिली भाषामा लेखिएको राष्टिय गानको स्वरुपमा एकताको प्रतिक, सीता, बुद्ध जस्तो विभुती जन्मेको देश सबै ठाउँका मानिस नेपाली हुन र नेपालको सबै भू–भागको मानिसमा राष्ट्रियता छ भनेर देखाउन खोजिएको छ । सबै जात–जातिका मानिस नेपालको नाउँमा एक हुन्छन, धर्म निरपेक्षतामा सबै धर्मलाई सम्मान गरिनु पर्दछ र राष्ट्र तथा राष्ट्रियताको लागि सबै एकबद्ध छन् भनेर देखाइएको कारण उक्त गीत देशै भरी लोकप्रिय भएको मिनापका अध्यक्ष सुनील मल्लिकको  भनाई छ ।
एकताको आत्मवोध गराउनु बाहेक मेची देखि महाकाली सम्मको म्युजिकको बीट ‘रीदममा’ प्रयोग गरिनुले सवै क्षेत्रको भावलाई आत्मसात गरेकै हुनाले जय नेपालको प्रस्तुती हेर्नेहरु मन्त्रमुग्घ       हुन्छन् ।
मह–जोडीले उक्त प्रस्तुती हेरे पछि नेपालको कुनै पनि कलाकारको अभिनय भन्दा मिथिलाको कलाकारको अभिनय र राष्ट्रिय भावना सबै भन्दा बढी भएको प्रतिक्रिया दिनु भएको थियो । इटहरीमा प्रस्तुती हुँदा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ संगीतकार अम्बर गुरुङ्ग अत्यन्त भावुक हुँदै धुरु–धुरु रुनु भएको थियो ।
प्रधानमन्त्री झलनाथ खनाल, एमालेका शिर्ष नेताहरु, प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरी सहित प्रहरीका वरिष्ठ अधिकृतहरु लगायतले प्रस्तुतीको हृदय देखि नै प्रशंसा               गरिसकेका छन् । धनुषा, महोत्तरी, सर्लाही, सिरहा,  सप्तरी र रौतहट सहितका जिल्लाहरुमा खोता सिंगारकै १ सय २५ प्रस्तुती र जय नेपालको २ सय जति प्रस्तुती भइसकेको मिनापका अध्यक्ष मल्लिकले बताउनु भयो ।
राजन खतिवडाको कोरियोग्राफी तथा रमेश रञ्जना झाको नृत्य निर्देशनमा रमेश रञ्जन झा, विष्णुकान्त मिश्र, मदन ठाकुर, रामनारायण ठाकुर, अनिता रानी मण्डल, रञ्जु झा, प्रियंका झा, रविन्द्र झा, परमेश झा, मुकेश ठाकुर, स्नेहा कर्ण, सपना श्रेष्ठ घनश्याम मिश्र, इन्द्रेश मिश्र, रिना रिमाल र सुनिल मिश्र सहित १ दर्जन भन्दा बढी कलाकारहरुले अभिनय प्रस्तुत गरेका छन् ।
जय नेपाल सुपरहिट भए पछि आधुनिक पुस्ताका लागि धीरज ठाकुरको कोरियोग्राफिमा सन्नी राउत, सपना श्रेष्ठ, मुकेश, ठाकुर, सन्दीप साह, रामवावु राउत, मुकेश झा, माया मगर, विद्या मल्लिक र शंकर लामा सहितको नयाँ टोली बनाई प्रदर्शन गरिइदैछ ।




मिति ः २०६८–२–१५

बैंकहरुद्वारा लगानीमा विभेद निक्षेप संकलन जनकपुरमा लगानी अन्यत्र


एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम.....................
कुनै पनि देशको आर्थिक विकासका लागि विभिन्न क्षेत्रमा लगानी अपरिहार्य हुन्छ । देशको विकासका लागि अनिवार्य शर्त हो – औद्योगिकरण, रोजगारी तथा उत्पादनशील क्षेत्रमा लगानी । लगानी गर्ने कार्य र त्यसका लागि वातावरण सृजना गराईदिनु पर्ने कार्य निश्चय पनि राज्यको हो । राज्यले निर्वाह गर्नु पर्ने उक्त दायित्वमा राष्ट्रका हरेक संयन्त्रले आ–आफ्नो तप्काबाट योगदान पु¥याउनु पर्दछ । हाम्रो मुलुकमा लगानीका प्रशस्त सम्भावनाहरु व्याप्त छन् । खास गरी लगानीको अवसरबाट सधैं बञ्चित भएको मधेशको भू–भागमा पनि कृषि, उद्योग, पर्यटन, शिक्षा सहितका क्षेत्रमा पर्याप्त सम्भावनाहरु छन् । मधेशमा रहेको नकारात्मकता, वितृष्णाको प्रमुख कारण               मध्ये मधेशमा हुने विभेद            पनि एक हो ।
कुनै पनि क्षेत्र, व्यक्ति, समाज र राष्ट्रको विकासका लागि त्यहाँका बैंकहरुको भूमिका अहम हुन्छ । र, पनि खास गरी जनकपुर, जुन बैंकहरुको          लागि ‘डिपोजिट सेन्टर’ को रुपमा केन्द्र विन्दु बनेको छ तर लगानी भने शुन्य नै रहेकाले जनकपुर सहित यस क्षेत्रको विकास कछुवाको गतिमा मात्र अगाडी बढेको छ ।
यक्ष क्षेत्रका तरुणहरु वैदेशिक रोजगारका लागि ‘गल्फ मुलुकहरु’ सउदी अरब, कतार, मलेशिया, दुबई, बहराइन जाने क्रम अत्यधिक भए पछि त्यहाँ बाट रेमिटयान्स पनि बढेको हो । ती मुलुकहरुबाट जनकपुरमा मात्र रु.५० करोड भन्दा बढी मासिक रेमिटयान्स भित्रिन्छ । यसका अतिरिक्त धनुषाका प्रत्येक गाउँहरुमा रु. १ करोड भन्दा मासिक रेमिटयान्सको कारोबार भइरहेको बैंकर्सहरुको अनुमान छ ।
त्यसै कारणले जनकपुरमा कुल १४ बैंकहरु तथा दुई फाइनान्स कम्पनीहरु सहित गाउँमा केही बैंकहरु समेत खुलेका छन् । करोडौं मासिक रेमिटयान्स, ‘हिडेन कारोवार’ तथा ‘हुन्डी व्यापार’ जनकपुरमा हुने भएकाले बैंकहरुका लागि जनकपुर ‘सुनको अण्डा दिने मुर्गी’ को रुपमा देखिएको छ ।
सुन सहित विभिन्न वस्तुहरुको तस्करी हुने गरेकाले यहाँ एक दिनमा मात्र जनकपुरबाट भारत तिर ३० देखि ४० करोड रुपियाँ दिनहुँ जाने गरेको छ ।
धनुषा जिल्लाको कुल जनसंख्या मध्ये ५ देखि १० प्रतिशत मानिसले मात्र बैंकिङको सुविधा लिइरहेको अवस्थामा पनि थप निजी बैंकहरुले जनकपुरमा नयाँ बैंक स्थापनाका लागि निक्षेप संकलन गरी पहाडी क्षेत्र तिर लगानी गर्ने उद्देश्यले आकर्षित हुने गरेका छन् । कम जनशक्ति राखेर कर्मचारीहरुलाई बढी काम गर्न लगाएर बैंकहरु मुनाफामा जाने गरेकाले बैकिङ्ग क्षेत्रमा लगानी जोखिम रहित बनेको छ । निक्षेप संकलन तराईमा र लगानी पहाडमा हुने गरेकोले तराई क्षेत्रमा विकास हुन नसकेको हो ।
रियल स्टेटमा लगानी विल्कुलै बन्द भएको छ, उद्योग र वाणिज्य क्षेत्रमा पनि तत्काल लगानी बन्द भएकोले बैंकहरुले ऋण प्रवाह बन्द गरे पछि              धेरै बैंकहरु जनकपुर प्रति लोभिएका हुन् ।
मानिसले आफ्नो सम्पति धितो राखेर व्यापार व्यवसाय गर्न पनि ऋण नपाउँदा यहाँका व्यापारीहरु समेत मर्कामा परेको छ भन्दै जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्याम साह भन्छन्, “कुनै कुनै निजी बैंकले केही शिर्षकमा ऋण प्रवाह गरे पनि (४–५) प्रतिशत ब्याजदरमा बढोत्तरी भएको छ । ऋण लगानी बन्द गर्ने बैंकले निक्षेप संकलन पनि बन्द गर्नु पर्छ ।” जनकपुरमा भएका १४ बैंकहरु मध्ये एभरेष्ट, एस.बि.आई, एन आइ सी, नेपाल बंग्लादेश बैंकमा             मात्र पूर्ण अधिकार प्राप्त म्यानेजरहरु छन् र अरुमा सामान्य क्लर्क हिसावका म्यानेजरहरु राखेर बैंक चलाएकोमा अध्यक्ष साहले आपति समेत जनाउनु भयो ।
जनकपुरमा सँञ्चालित बैंकहरुको नामावली
१. सहयोगी विकास बैंक
२. कृषि विकास बैंक (सुपरिवेक्षण कार्यालय)
३. कृषि विकास बैंक शाखा कार्यालय मुर्लीचौक,
   बैंकिङ्ग कार्यालय शिवचौक
४. नेपाल इन्डस्ट्रियल एण्ड कमर्शियल बैंक
५. एभरेष्ट बेंक
६. सिद्धार्थ बैंक
७. नेपाल इन्भेष्टमेन्ट बैंक
८. बैंक अफ काठमाण्डु
९. किष्ट बैंक
१०. राष्ट्रिय वाणिज्य बैंक, पिडारी चौक
११. राष्ट्रिय वाणिज्य बैंक, स्टेशन एरिया
१२. नेपाल बैंक लिमिटेड, स्टेशन एरिया
१३. नेपाल बैंक लिमिटेड, जचुकालि
१४. लक्ष्मी बैंक
सम्भावित बैंकहरु
१. सिटिजन बैंक
२. नविल बैंक
३. स्टाटाण्डर्ड चार्टड बैंक




मिति ः २०६८–२–१५

तीन महिना म्याद थप अर्को तीन महिनाको तयारी ः दाहाल


एक्सक्लूसिभ सम्बाददाता
काठमाडौं..................
एनेकमा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले संविधानको मस्यौदा तीन महिनाभित्रै ल्याउन धेरै मिहेनत गरिएको बताउँदै अहिले थपिएको तीन महिनाको अवधि चाहीँ अर्को तीन महिनाको तयारी भएको बताएका छन् । धेरे मेहनत र कसरतपछि तीन महिनामा संविधानको मस्यौदा पनि ल्याउने र शान्ति प्रक्रियाको मूलभूत कामहरु पूरा गर्ने प्रतिबद्धता पाँच बुँदे सहमतिमा आएको अध्यक्ष दाहालले बताए । “राष्ट्रिय सहमतिको सरकारको निम्ति प्रधानमन्त्रीले राजिनामा दिने भनिएको छ, सहमतिको वातावरण बने पछि प्रधानमन्त्रीको राजिनामा भइहाल्छ, “प्रधानमन्त्रीको राजिनामाको प्रसङ्गमा अध्यक्ष दाहालले भने । एनेकपा (माओवादी)का उपाध्यक्ष डा.बाबुराम भट्टराईले प्रमुख तीन दलबीच संविधानसभाको म्याद तीन महिना थप्ने गरी भएको पाँच बुँदे सहमति लोकतान्त्रिक उपलब्धिलाई अघि बढाउने आधार भएको बताए । मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय कुमार गच्छदारले ठूला तीन दलले शान्ति, संविधान र राष्ट्रिय सहमतिका लागि प्रतिबता जनाएकाले शान्ति प्रक्रिया र संविधान लेखनो काम तोकिएको तीन महिना भित्र पूरा हुने विश्वास व्यक्त गरे । उनले प्रधानमन्त्री खनाल आफैँले हस्ताक्षर गरेका कारण उहाँले प्रधानमन्त्री पदबाट राजिनामा पनि दिने विश्वास व्यक्त गरे । त्यसैगरी नेपाल कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले आइतबार भएको पााच बुँदे सहमति अनुसार प्रधानमन्त्री झलनाथ खनालले तुरुन्त राजनीनामा दिने बताएका छन् । मुख्या तीन दलबीच भएको सो सहमतिमा प्रधानमन्त्रीको राजीनामा पनि उल्लेख छ ।
संविधानसभाबाट बाहिरिने क्रममा सञ्चाकर्मीहरुसित कुरागर्दै नेता पौडेलले तीन महिना भित्र माओवादीले हतियारको साँचो मात्र हैन, हतियार नै सरकारलाई बुझाउने बताए । प्रधानमन्त्री झलनाथ खनालले भने राष्ट्रिय सरकारको विकल्प तयार भए पछि राजीनामा दिने बताएका छन् । कति समय लाग्छ राजीनामाको लागि भनेर सोध्दा उनले मुस्कुाउँदै भने – ‘टाइम त अबै हेर्दे जाऊँ । उनले तीन महिनाभित्र संविधानको पाहिलो मस्यौदा आउने र शान्ति पक्रिया पूरा हुने बताए ।




मिति ः २०६८–२–१५

ट्राफिक व्यवस्थापनमा ऐतिहासिक परिवर्तन


एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम.....................
कुनै बेला जनकपुरमा सवारी चलाउने व्यक्तिहरु नगरको कही पनि पार्किङ गर्न तथा कुनै पनि मार्गमा प्रवेश गर्न पाउँदथे तर अहिले भने ठाउँ–ठाउँमा एकतर्फी पार्किङ, नो इन्ट्री           जस्ता ट्राफिक नियम पालना गर्नु पर्दछ । विक्रम सम्वत २०३९ मा गठन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ७ जनाले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन् तर ट्राफिक सम्बन्धि जनकपुरमा ऐतिहासिक परिवर्तन हुन करिब २९ वर्ष लाग्यो । १७ फाल्गुण २०६६ मा कार्यालय प्रमुख भएर आएका ट्राफिक प्रहरी निरीक्षक सन्तोष पन्तले देखिने गरि ट्राफिक क्षेत्रमा उल्लेखनिय परिवर्तन गरेर नगरवासीका बीच लोकप्रिय भएका छन् । नगरको मुख्य बजार स्टेशन एरियामा पार्किङ व्यवस्थित गरिएको छ भने विभिन्न चौकमा ट्राफिक बीट स्थापना गरिएको छ । ठाउँ–ठाउँमा ट्राफिक चिन्ह अंकित वोर्डहरु झुन्डाइएका छन् ।             भानु चौक र शिव चौकमा  जेबरा क्रसिङ बनाइएको छ । तर प्रयोगमा ल्याउन            सकिएको छैन् ।
ट्राफिक बीट बनाइए पनि जनशक्ति अभावमा सवै बीटमा ट्राफिक प्रहरी पोष्टीङ गर्न नसकिएको प्रहरी निरीक्षक सन्तोष पन्त भन्छन्, “म आफू लगायत जिल्लामा जम्मा २८ जनाको दरवन्दी छ, जसमा पोर्ताहामा २ जना, महेन्द्रनगरमा ३ जना, ढल्केवारमा ५ जना, जानकी चौकीमा २ जना,    रेल्वेमा २ जना फिक्स           गरिएको अवस्थामा बाँकी १४  जनाले गर्दा नभ्याएको र केही बीट खाली रहने गरेको स्विकार्छन् ।” शिब चौकमा १, जनक चौकमा २, जानकी चौकमा २, पिडारी चौकमा—१ गरी ६ ठाउँमा ट्राफिक बीट बनिसकेको र जिरोमाइलमा एउटा बीट बन्दैछ । नगरको उक्त बीटहरुमा दिन भरी ट्राफिक प्रहरीले ड्यूटी गरे पनि साँझ ५ बजे तिर फर्के पछि शहरको ट्राफिक व्यवस्थापन हुन सकेको छैन् । नगरक्षेत्रमा साँगुरो सडक, फोहोर, व्यवसायीहरुद्वारा अतिक्रमित फुटपाथ च्याप्ने, छाडा अनियन्त्रित पशुपक्षी, ढल–नालाको व्यवस्था नहुनु, नगरको कतिपय घरहरुबाट छतको सिधा पानी सडकमा झार्नु सवारी कसुर गरे पछि जरिवाना तिर्दा मर्यादा नै गुमको मानिसहरु अनुभव गर्नु, ट्राफिक प्रहरीहरु लामो अवधि एकै ठाउँ रहिरहनु, ट्राफिक प्रहरीहरुलाई निरन्तर तालिम, अनुशिक्षणको कमि, श्रोत साधन तथा जनशक्तिको न्यून अवस्था जस्ता समस्याहरुले ट्राफिक क्षेत्रमा सुधार         ल्याउन कठिनाइृ भइरहेको बताइएको छ ।




मिति ः २०६८–२–१५

एउटा सभासद्को सिउंदो पुछिदा त न्याय मिलेन भने आम जनताको के हविगत होला त ?


 जितेन्द्र झा
काठमाडौं.................
२०६४ साल जेठ ३१ गते काठमाडौंको कोटेश्वरबाट मधेशी जनअधिकार फोरमका उपत्यका इन्चार्ज जितेन्द्र साहको अपहरण । घटनाको तीन वर्ष बितिसक्दा पनि कसले, किन अपहरण ग¥यो ? थाहा हुन सकेको छैन । साहकी पत्नी ऐतिहासिक भनिने संविधान सभामा सभासद् छिन् र तीन वटा प्रधानमन्त्री सामु गुहार पनि लगाइसकेकी छन् । तर दोषी खु्लेआम घुमिरहेका छन् । जनकपुरधाम वार्ड न. ४ कदम चोकका रामसागर यादव प्रहरीसंगको दोहोरो भिडन्तमा मारिए । उनी प्रहरीकै सुराकी थिए कुनैबेला । पछि आकाश त्यागीको समूहमा लागेको भन्दै प्रहरीकै गोलीको शिकार हुनुप¥यो । काठमाडौ र जनकपुरका यी प्रतिनिधि घटना मात्र हुन् । अपहरित र बेपत्ता भएकाहरुका परिवारले आफनो मान्छे मरेको–बांचेकोसम्म थाहा पाउदैनन् । अर्को तर्फ प्रहरीले सुराकीका लागि प्रयोग गरेर नक्कली मुठभेडको नाटक गरी हत्या गर्न पछि पर्दैन । सभासद् ललिता साह भन्छिन् संविधान सभामा पुगेकी मेरो आवाज पनि सुनिएन । साहको अपहरणको छानबिन र दोषीलाई कारवाही गर्न छानबिन समिति बन्यो । त्यसले प्रतिवेदन पनि बुझायो सरकारलाई, तर दोषीलाई कारवाही गर्न हिम्मत जुटाउन सकेन सरकारले । गृहमन्त्रालयमा सो प्रतिवेदन थन्किरहेको अबस्था छ । एउटा सभासद्को सिउंदो पुछिदा त न्याय मिलेन भने आम जनताको के हविगत होला त ? सहजै अनुमान लगाउन सकिन्छ ।
लोकतान्त्रिक स्वतन्त्रता तथा मानवअधिकार संस्था र मधेसी पत्रकार समाजले संयुक्त रूपमा आयोजना गरेको  तराईमा व्याप्त हत्याको श्रृंखला विषयक अन्तरक्रिया कार्यक्रममा देखाइएको भिडियो क्लिपमा पीडित परिवार रगतको आंसु बहाइरहेका छन् । संविधान सभा निर्वाचन पश्चात हालसम्म तराईमा १ सय ३३ जनाको गैरन्यायिक हत्या भएको छ । यसै अवधिमा सशस्त्र समूहबाट मारिएका व्यक्तिको संख्या १ सय २८ नाघेको छ ।   राज्यले गर्ने गैरन्यायिक हत्यामा दोहोरो भिडन्तको टयाग झुण्डयान्छ । भने सशस्त्र समूहबाट चन्दा नदिएको कारण बताइन्छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायका अनुसार राज्यको बेवास्ताका कारण मधेसमा श्रृंखलाबद्ध हत्या भइरहेकोछ । मधेसमा हुने हत्यामा प्रहरीहरूको पनि संलग्नता पाइएको उहा“ले बताउनु भयो । राष्ट्रिय मानवअधिकार आयोगको सिफारिसमा दोषीलाई कारवाही गर्नु पर्ने बाध्यात्मक अबस्था छैन नेपालमा । त्यसैले यो आयोग विष बिनाको सर्प नै बनेको छ । राज्य र सशस्त्र दुबै तर्फबाट गैरन्यायिक हत्या हुंदा पनि अभिलेख राख्नु बाहेक केही गर्न सकेको छैन आयोगले । मधेसमा हुने हत्या हिंसा मानवअधिकारको मूल्य मान्यताविरुद्ध छ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले पनि यसप्रति चिन्ता व्यक्त गरेका छन् । ओएचसीएचआरकी नेपाल प्रमुख  ज्योति साङघेराका अनुसार अहिले दण्डहीनतामाथि अंकुश नलगाइए भविष्यमा झन् विकराल रुप लिन सक्छ यसले । नेकपा माओवादीका संयोजक मातृकाप्रसाद यादवले मधेसमा सक्रिय सशस्त्र समूहलाई पहिचान गरी कानुन अनुसार कारबाही नगरेसम्म हत्या हिंसा बन्द नहुने जिकिर गर्छन् । गैर न्यायिक हत्या भएका परिवारको विचल्ली छ । कमाउने मान्छे नै नहुंदा उनीहरुको गास बासको व्यबस्था कसले गरिदिने । प्रहरी प्रशासनको त्रासका कारण उनीहरु आफ्नो क्षतिपूर्ति दाबी गर्न समेत सकेका छैनन् । मधेशमा राज्य र सशस्त्र समूह दुबै एक आपसमा भिडिरहंदा गैरन्यायिक हत्या पनि बढदो रहेको मानवअधिकारवादी संस्थाको प्रतिवेदनले देखाएको छ । नेपालमा शान्ति प्रकृया जारी रहंदा मधेशका जिल्ला यस्ता हत्याबाट आक्रान्त छ । मधेश प्रहरी र सशस्त्र समूहको रणभूमि बन्दैछ । संविधानसभा निर्वाचन यता १ सय ३३ जनाको गैरन्यायिक हत्या भएको छ । यसै अवधिमा सशस्त्र समूहबाट मारिनेको संख्या १ सय २८ नाघेको छ । राज्यबाट दोहोरो भिडन्तका नाममा गैरन्यायिक हत्या भएको अधिकारकर्मीहरुको आरोप छ । चन्दा, फिरौती नदिदा सशस्त्र समूहको निशाना बन्नु पर्ने त्रासका बीच बाचिरहेका छन् तराईवासी । राज्य र सशस्त्र समूहबाट मारिएका परिवारको बिचल्ली नै छ । उनीहरु दुबै पक्षबाट प्रताडित हुन्छन् । यिनीहरुलाई अब कसले दिने न्याय ? राजनीतिको आवरणमा अपराध भइरहदा दोषीमाथि कारवाही हुन नसकेको हो । मधेशमा जारी हत्या हिंसाको श्रृंखला रोक्न हरेक पक्ष संवेदनशील हुनुपर्छ । कानुनी राज्यको अनुभूति दिलाउन पनि दोषीलाई कारवाही गर्नै पर्छ । दण्डहीनता बढदै गयो भने त्यसबाट सिर्जित नयां समस्या झन विकराल हुनेमा दुईमत छैन ।




मिति ः २०६८–२–१५

रा.रा.ब. क्याम्पसको परीक्षा पनि उस्तै


 त्रिभुवन विश्वविद्यालय आंगिक क्याम्पसका रुपमा रहेको रा.रा.ब.क्याम्पसमा परीक्षा नियन्त्रित भएको बाहिरी देखावा गरे पनि परीक्षामा चोरी यथावत छ । स्वतन्त्र विद्यार्थी युनियनका पूर्व सभापति उमेश चौधरी भन्छन् “निमुखा र पहुँच विहिन भएका विद्यार्थीहरुको परीक्षा रद्द गरे पनि स्ववियूका मार्फत पैसा र पावर भएका विद्यार्थीहरुको लागि अहिले पनि प्रश्न–पत्र र उत्तर पुस्तिका सजिलै बाहिर आउने गरेको छ, सेटिङ अहिले पनि भइ नै रहेको छ, बरु परीक्षा नियन्त्रण कार्यालय र परीक्षाका नाउँमा कारोबार बनाएका गिरोहहरुका लागि परीक्षा व्यवसाय नै बनेको छ ।”
रा.रा.ब. क्याम्पसका एक प्राध्यापकका अनुसार परीक्षा            नियन्त्रणका निम्ति होम सेन्टर भएको क्याम्पसको केन्द्राध्यक्ष नियुक्ति गर्दा परीक्षा नियन्त्रकले त्यही क्याम्पसको क्याम्पस  प्रमुखलाई केन्द्राध्यक्ष नबनाई आफ्नो तजबिजमा केन्द्राध्यक्षको चयन गर्नु पर्दछ, नीरिक्षकलाई दवावरहित वातावरण उपलब्ध गराउनु पर्दछ, परीक्षामा स्ववियूको हस्तक्षेप बन्द गरी परीक्षा हलमा प्रवेश निषेध गरिनु पर्दछ ।
परीक्षाका लागि आउने रकममा हिनामिना गर्ने उद्देश्यले केन्द्राध्यक्षले नियम विपरित २ सय देखि ३ समय विद्यार्थीमा निरीक्षक राख्ने गर्दछन् र निरीक्षकको संख्या कटौती गरेर निरीक्षक भत्ता, चिया भत्ता सहित हजम गर्ने गरेकाले उक्त कार्य अविलम्ब रोकिनु पर्दछ र प्रति २० विद्यार्थी एक निरीक्षक राख्यो भने त्रिभुवन विश्वविद्यालयको परीक्षा हदै सम्म नियन्त्रण गर्न सकिने परीक्षामा खटने गार्डहरुको भनाई रहेको छ ।


मिति ः २०६८–२–१५

पर्यटन वर्षबाट बेखबर जनकपुर


अनिल मिश्र
जनकपुरधाम..................
धार्मिक, ऐतिहासिक र पुरातात्वीक महत्वका सम्पदाहरुको प्रचार–प्रसार र प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपालमा पर्यटन वर्ष सन्  २०११ तामझामका साथ सुरु भएको छ ।
पर्यटन वर्ष २०११ शुरु भएको ५ महिना बित्न आ“टेको छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपुर्ण मानिएको प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई  पर्यटन वर्ष २०११ ले छोएको छैन । पर्यटन बर्षको अवसरमा पर्यटन बोर्डले नेपालमा दश लाख बिदेशी पर्यटक भिœयाउने लक्ष्य लिए पनि ऐतिहासिक नगरि जनकपुरधाममा यसको प्रभाब शुन्य देखिएको छ ।
ऐतिहासिक र पुरातात्वीक सम्पदाहरुको प्रचार–प्रसार र अतिथिहरुको स्वागत र सत्कारका लागि सरकारले २३ करोड रकम बिनियोजन गरको छ । तर जनकपुरजस्ता धार्मिकस्थल ओझेलमै छ ।  पर्यटन वर्ष नारामा मात्रमा हैन व्यवहारमा पनि झल्किनु पर्दछ । धार्मिक, ऐतिहासिक, पुरातात्वीक र पर्यटकीय दृष्टिले मिथिला नगरी उचित गन्तव्य  रहेपनि प्रचार प्रसारको अभाबमा यहॉका मठमन्दिर, पोखरी र सरोवरहरु ओझेलमा परेका छन् । ऐतिहासिक जानकी मन्दिर, राममन्दिर र विवाह मण्डप आकर्षणको केन्द्र रहे पनि प्रचारप्रसारको अभावमा मिथिलाका पर्यटकीय गन्तव्य भने सुनसान छन् ।
जनकपुरधाम स्थित राम मन्दिरका महन्थ राम गिरी भन्छन् – जनकपुरमा आउने पर्यटकहरु प्रायः जानकी मन्दिर मात्र दर्शन गरेर फर्कन्छन्, राम मन्दिरको पनि दर्शन गर्नु पर्दछ भन्ने प्रचार अभावमा पर्यटक सम्म सूचना पुग्नै सकेको छैन । यहांका मठ मन्दिर, ताल पोखरी हेर्दा लाग्छ पर्यटन बर्ष २०११ को जनकपुरनगरीमा कुनै प्रभाव परेको छैन । प्राचीन मिथिलाका राजा जनकको कर्मभूमि र माता जानकीको जन्मभुमि जनकनगरी प्रचारप्रसारबाट टाढा छ । यो भूमि रामायणकालको साक्षी पनि छ । विश्वभरका हिन्दुको आस्था जोडिएको छ यस पावनभूमिसंग । भारतका विभिन्न प्रान्तबाट यहां तीर्थाटनका लागि हिन्दुधर्माबलम्बी यहां आउने गरेका छन् । त्यस्ता पर्यटकको सुविधाका लागि बिजुली, पानी, शौचालयको नितान्त अभाव छ । जनकपुर नगरपालिकाले पनि सरसफाइमा खासै ध्यान पुरयाउन सकेको छैन ।
पोखरी, तलाउ, कुण्ड जस्ता धार्मिक सम्पदाले सम्पन्न छ जनकपुर । तर पर्यटक भने जानकी मन्दिर दर्शन गरी फर्किन्छन् । गंगा सागर, धनुष सागर,  अग्नि कुण्ड विहार कुण्ड, जस्ता तलाउ संरक्षणविहीन छन् । यहांका कुन कुन स्थान भ्रमणयोग्य छन पर्यटकले थाहा पनि पाउंदैनन् । मिथिला क्षेत्रको पर्यटन प्रवद्र्धनको उद्देश्यले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, विदेह मिथिला पर्यटन प्रबद्र्धन बिकास समिति र अञ्चल पर्यटन कार्यालय खोलिएको छ । तर यी संस्थाबाट यहांको पर्यटन प्रबद्र्धनमा खासै काम हुन सकेको छैन ।
मिथिलाको धनुषाधाम, परशुराम तलाउ, मणिमण्डप लगायतका ऐतिहासिक र पुरातात्विक महत्वका धरोहरहरुलाई पर्यटन वर्षको आकर्षक नाराले समेत छुन सकेको छैन । अयोध्या नरेश दशरथका पुत्र रामले जानकीस“ग बिहे गर्नुपूर्व धनुषमाथि बाण चढाउनु पर्ने शर्त राखिएको थियो । रामले धनुषमा बाण चढाउंदा वाण तीन टुक्रा भएको थियो । त्यसमध्येको एक टुक्रा यही रहेको जनविश्वास छ । त्यसैले यस ठाउंको नाम धनुषाधाम रहन गयो । भगवान रामको परीक्षाभूमि यो धनुषा धाम क्षेत्र हरेक हिन्दुको लागि आस्था भूमि हो । विडम्बना यस्तो कि नेपालकै जनता पनि यसबारे जान्न सकेका छैनन्, विदेशीले बुझने कुरै भएन धनुषाधाम मन्दिरका पुजारी पत्नी जान्हवी देवीको भनाई छ । 
जनकपुरधाममा प्राचीन काल देखि नै रामजानकी बिवाह पञ्चमी, राम नवमी, जानकी नवमी, मध्यमा मिथिला परिक्रमा, झुलनोत्सब लगायतका उत्सबहरु भइरहेका छन् । यसमा स्वस्फूर्त धार्मिक पर्यटकहरुको लर्को पनि लाग्ने गरेको छ । सरकारले यस्ता धार्मिक पर्वलाई पर्यटन अवसरमा परिणत गर्न कुनै रुचि देखाएको छैनन् । पर्यटकको स्वागत, सत्कार र पर्यटन प्रवद्र्धन कै लागि भनेर खोलिएका संस्थाहरु समेतलाई कुनै मतलब नरहेको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्याम प्रसाद साहको भनाई छ ।
पर्यटन बर्ष २०११ लाई सफल बनाउन सरकारले २३ करोड रकम बिनियोजन गरेको छ । जसमध्ये जनकपुरधामका लागि मात्र १ लाख रुपैया मात्र छुट्याएको छ । यसरी बजेट विनियोजनमा समेत सरकारले भेदभाब गरेकोछ । विदेह मिथिला पर्यटन विकास समिति जनकपुरका अध्यक्ष दिपक यादव भन्छन् – यस क्षत्रमा पर्यटनको भौतिक पूर्वाधार निर्माणका लागि पुर्व पर्यटन मन्त्री शरद सिंह भण्डारीले १ करोड ८८ लाख मध्ये १ करोड ३१ लाख रुपियँ“ आफ्नो गृह जिल्ला महोत्तरीकालागि छुटट्याएका छन् । जनकपुरका लागि ११ लाख र सर्लाहीका लागि ३१ लाख रुपियँ“ छुट्टयाएर पूर्व मन्त्री भण्डारीले विभेद गरेको यादवको तर्क छ । स्थानीय तहबाट पनि पर्यटन प्रबद्र्धनका लागि ठोस काम हुन सकेको छैन । जिल्ला विकास समिति धनुषा, जनकपुर नगर पालिका, वृहत्तर जनकपुर क्षेत्र विकास समिति जस्ता सरकारी निकाय पनि बजेट कुम्ल्याउन मै ठिक्क छन् । यता धनषाका प्रमुख जिल्ला अधिकारी डा कमलेश्वर प्रसाद सिन्हा बजेट अभावको गुनासो पोख्छन् । पर्यटन बोर्डबाट १ लाख रुपियँ“ मात्र पठाइएको छ । अर्कोतर्फ नेपाल पर्यटन बोर्डका अधिकृत उदय भट्टराई भन्छन् – काठमाडौं बाहेक सबै जिल्लामा १–१ लाख रुपियँ“ मात्र पठाइएको हो, सिमित श्रोत साधनका कारण पर्यटन बोर्डले पूर्वाधारमा लगानी नगरी प्रवद्र्धनको भूमिका मात्र निर्वाह गर्ने निकाय हो ।
पर्याप्त पर्यटकीय सम्भावना भएको जनकपुर छायांमा नै छ । मिथिलाक्षेत्रको प्रचार प्रसारको लागि पर्यटनबोर्ड, जनकपुर नगरपालिका , नागरिक समाज , राजनीतिकर्मी  र बौद्धिक समाज एक ढिका भइ अगाडि बढनु आवश्यक छ ।

मिति ः २०६८–२–१५

अमर्यादित परीक्षा नियन्त्रण गर्न जागे प्रशासक


अजय अनुरागी
जनकपुरधाम ................  
 परीक्षामा चोरी गरेर, नक्कल गरेर सजिलै पास भइहाल्ने कु–संस्कार जनकपुरका विद्यार्थीहरुमा विकसित भएपछि स्थानीय प्रशासनले धमाधम परीक्षामा कडाइ गर्न थाले पछि विद्यार्थीहरु अव पढ्न थालेका छन् । सक्रमण काल र संविधान नबनुन्जेल नपढे पनि चोरी गरेर पास हुइन्छ भन्ने मनस्थिति बनाएका विद्यार्थीहरुको परीक्षा नै रद्द हुन थाले पछि भविष्य प्रति चिन्तित हुदै विद्यार्थीहरु अव मिहिनेत गरेर पढ्न थालेका छन् । प्रशासकको ध्यान अव रा.रा.ब.तिर गएको छ ।

कक्षा ११ र १२ को हालै सम्पन्न परीक्षामा स्थानीय प्रशासनले अमर्यादित कार्य गरिरहेका परीक्षार्थीलाई कारवाही गरेर परीक्षालाई मर्यादित बनाउने कार्यको थालनी गरेको छ ।
अमर्यादित परीक्षा हुने स्थलको रुपमा जनकपुर सहित धनुषा जिल्ला नै बदनाम भएर व्यापक आलोचना हुन थाले पछि परीक्षालाई मर्यादित बनाइृ दक्ष जनशक्ति उत्पादनका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको उक्त प्रयासले केही हद सम्म शैक्षिक अवस्थामा सुधार आउन सक्ने अनुमान गर्न थालिएको छ । तर, जिल्ला प्रशासन कार्यालयको मातहतमा नरहेको त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको परीक्षा प्रणालीमा सुधार हुनेमा शिक्षाविदहरु चिन्तित देखिएका छन् ।
जनकपुर नगरपालिका भित्र १२ सहित धुनषा जिल्लाको कुल १६ परीक्षा केन्द्रबाट कक्षा १२ मा कुल ६ सय ६३ र कक्षा ११ मा कुल ६ सय २ परीक्षार्थीको एक÷एक विषयको परीक्षा रद्द गरिएको छ । त्यसैगरी कक्षा ११ र १२ का क्रमशः ३ र ६ जना नक्कली परीक्षार्थीको सबै विषयको परीक्षा रद्द गरिएको छ । हालै सम्पन्न प्रवेशिका (एस.एल.सी) परीक्षामा विभिन्न परीक्षा केन्द्रबाट १९ जना नक्कली परीक्षार्थीको सवै विषयको परीक्षा रद्द गरि स्थानीय प्रशासनले हिरासतमा समेत लिएको थियो ।
४ जेष्ठमा कक्षा १२ को परीक्षाको क्रममा राजर्षी जनक क्याम्पसको परीक्षा केन्द्र बाट रौल नम्बरहरु ११७०००९९ र ११७०५९०९ का दूई विद्यार्थीहरु सवै विषयको परीक्षा रद्द गरिएको छ । त्यसै गरी ५ जेष्ठमा तपसी बाबा उच्च मा.वि. टिलहीमा शिक्षकले बसेर उत्तर लेखाइरहेका दुई जना परीक्षार्थीहरु ११७००२२८ र ११७००२३६ रोल नम्बर रहेको विद्यार्थीको सबै परीक्षा रद्द गरिएको छ । ६ जेष्ठमा जनता इकाई उच्च मा.वि. यदुकोहा परीक्षा केन्द्र बाट नक्कली परीक्षार्थी रौल नम्बर ११७०६५३७ विद्यार्थीको सबै परीक्षा रद्द गरिएको हो ।
त्यसै गरी कक्षा ११ को परीक्षा चलिरहँदा २५ बैशाखमा यदुकोहा परीक्षा केन्द्रबाट २ जना नक्कली परीक्षार्थी बनेका, रोल नम्बरहरु क्रमशः २१७००६६३, २८ बैशाखमा संकटमोचन परीक्षा केन्द्र बाट नक्कली परीक्षार्थी रोल नम्बर १७०१२७१ रहेका सुभाष चन्द्र
ठाकुरको सवै विषयको परीक्षा रद्द गरिएको छ ।
कक्षा १२ को परीक्षामा धनुषा साइन्स केन्द्रमा हातमा नक्कली प्लाष्टर लगाई अरु विद्यार्थीबाट जाँच दिलाईरहेका विभा यादवको समेत सवै विषयको परीक्षा रद्द गरिएको छ ।
परीक्षार्थीको सट्टामा अर्को व्यक्ति खडा भई जाँच दिएको तथा परीक्षा मर्यादा उल्लघन भएको भन्दै पछि १०÷१० हजार प्रति विद्यार्थी जरिवाना फैसला गरेर प्रमुख जिल्ला अधिकारी डा. कमलेशवर प्रसाद सिन्हाले रिहा गरेको त्यसै गरी चीट चोराउन गएका विभिन्न ३० जना अभिभावकहरुलाई पक्राउ गरेर सुध्रिनका लागि आइन्दा यस्तो कार्य नगर्ने भनेर कागज गराई रिहा गरेका थिए ।
एस.एल.सी परीक्षा देखि नै परीक्षालाई मर्यादित बनाउन जिल्ला परीक्षा सञ्चालन समन्वय समिति गठन गरिएको थियो । प्रमुख जिल्ला अधिकारकिो अध्यक्षतामा, प्रहरी उपरीक्षक सदस्य र जिल्ला शिक्षा अधिकारी सदस्य सचिव रहेका थिए । उक्त समन्वय समितिले जिल्लाको शैक्षिक अवस्था सुधारका निम्ति चालेको एक्सनलाई नगरवासीले प्रशंसा र सराहना गरे पनि निजी क्याम्पस सञ्चालकहरु विभेद गरेको बताउँछन् । निजी क्याम्पसका एक प्रिन्सिपल भन्छन्, “केन्द्राध्यक्षले हस्ताक्षरै नगरेको अवस्थामा विद्यार्थीको परीक्षा रद्द गरिन्छ, इन्सपेक्टर, डिएसपी, प्रशासकीय अधिकृत जो कोही आएर परीक्षार्थीलाई अनाहकमा पनि आफ्नो अधिकार भन्दा बाहिर गएर परीक्षा रद्द गरेका छन् ।”
उक्त प्रश्नको जवाफमा प्रमुख जिल्ला अधिकारी सिन्हा भन्छन् “परीक्षामा अमर्यादित कार्य गर्ने परीक्षार्थीलाई कारवाही गर्न गठित जिल्ला परीक्षा सञ्चालन समन्वय समितिलाई केन्द्राध्यक्ष भन्दा पनि बढी अधिकार प्राप्त भएकोले त्यस्ता विद्यार्थीलाई कारवाही गर्न केन्द्राध्यक्षको अनुमति या सहमति आवश्यक पर्दैन ।”
कक्षा ११ र १२ परीक्षाको लागि जनकपुरमा संकटमोचन उच्च मा.वि., एस.एम.क्याम्पस, राजर्षि जनक क्याम्पस जानकी उच्च मा.वि., धनुषा साइन्स क्याम्पस, नेशनल एकेडेमी, मोनाष्टिक उच्च मा.वि., कन्या उच्च मा.वि., सरस्वती उच्च मा.वि., गौरी क्याम्पस, जानकी मा.वि., सहित १२ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । त्यसैगरी नगरबाहिर ग्रामिण क्षेत्रहरु, यदुकोहा तपसी बाबा उ.मा.वि. टिलही सोनिगामा, महेन्द्र मा.वि. ढल्केवर र क्षिरेश्वर उ.मा.वि महेन्द्रनगर सहित ४ गरी कुल १२ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । परीक्षा केन्द्र एस. एम. क्याम्पसमा जम्मा ७ वटा कक्षा कोठा मात्र रहेको, बेन्च डेस्क पनि कन्जस्टेड भएको, मोटरवाटोको असुविधा रहेको, घना बस्ती रहेको कारणले कक्षा १२ को उक्त केन्द्रमा परीक्षा सम्पन्न भए पनि कक्षा ११ को लागि उक्त केन्द्रका विद्यार्थीहरुको परीक्षा केन्द्र संकटमोचन उ.मा.वि. ‘ख’ मा सारिएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत श्रवण साहले जानकारी दिएका छन् । उक्त घटनाबाट के पनि प्रष्ट गर्छन भने उच्च माध्यमिक शिक्षा सञ्चालन गर्नका निम्ति चाहिने आवश्यक पूर्वाधारको एस.एम.क्याम्पसमा अभाव देखिन्छ ।
मापदण्ड पूरा नभएका विद्यालयहरुलाई विना पूर्वाधार उच्च माध्यमिक कक्षाको पठन–पाठनका निम्ति चाहिने आवश्यक पूर्वाधारको एस.एम.क्याम्पसमा अभाव देखिन्छ । मापदण्ड पूरा नभएका विद्यालयहरुलाई विना पूर्वाधार उच्च माध्यमिक कक्षाको पठन–पाठनका निम्ति उच्च माध्यमिक शिक्षा परिषदले कसरी इजाजत दियो, वा हचुवाकै भरमा इजाजत दिएको हो भने प्रश्न चिन्ह समेत खडा भएको छ ।
परीक्षामा कडाई गर्दा चोरी गराएर पास गराइदिन्छु भनेर ठेक्का लिने क्याम्पसहरुको टाउको दुखाई शुरु भएको छ भने जनकपुरका निजी क्याम्पस पढाउने उप–प्राध्यापक तथा प्राध्यापकहरु आउँदो शेसनमा पढाउँदै आएको घण्टीमा कटौती हुने चिन्तामा छन् । त्यसै गरी एक वर्षको पाठ्यक्रम ३ देखि ४ महिनामा हावातालमा पढाएर ठग्ने प्राध्यापकहरुलाई आफ्नो क्याम्पसको अवस्था सुधारका लागि क्याम्पस प्रमुखहरुले दवाव पनि दिन अव बाध्य भएका छन् । उच्च शिक्षा आर्जनको क्रममा क्याम्पस र प्राध्यापक समेतलाई नैतिक दवाव स्वभाविक रुपमै बढेन सर्वसाधारणले अनुमान गरेका छन् । “परीक्षामा चलिरहेको अमर्यादित कार्यलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले चालेको जस्तो सुकै कदम पनि स्वागतयोग्य र बधाईको पात्र हो, तर वर्ष भरि गाउँका विद्यालयहरुमा एस.एल.सी. परीक्षाको लागि कक्षा १० र गाउँका १०+२ कक्षाहरुमा पढाई नै नहुने अवस्थामा नयाँ शैक्षिक शत्रको शुरुवात भए पनि त्यस तर्फ ध्यान नदिनु भने नाइन्साफी हो ।” एनप्याबसन धनुषाका अध्यक्ष राजकुमार झा भन्छन, “शिक्षा नियमावली विपरीत सञ्चालन भएका निजि विद्यालयहरुको इजाजत रद्द गरी कानुनी कारवाही पनि त अगाडी बढाउनु प¥यो नि !”

मिति ः २०६८–२–१५

आफूलाई डिई भनाउन रुचाउने साह बास्तवमा इन्जिनियर हुन्


एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम.....................
जिल्ला प्राविधिक कार्यालय धुनषाका निमित्त कार्यालय प्रमुख राजकिशोर प्रसाद साह डिभिजन इन्जिनियर नरहेको तथ्य सार्वजनिक भएको छ । आफूलाई डिभिजन इन्जिनियर हुँ भनाउने साह वास्तवमा थड क्लास ओफिसर सरहको इन्जिनियर रहेको छ ।
३०साउन २०६४ मा साह जिल्ला प्राविधिक कार्यालयको निमित्त कार्यालय प्रमुखको जिम्मेवारीका साथ सरुवा भएर आएका कर्मचारी हुन् । त्यस अघि जिल्ला प्राविधिक कार्यालय धनुषाका डिई पदमा कार्यरत रहेका सुनिल राज घिमिरेको अन्यत्र सरुवा भए पछि केही महिनाका लागि निमित्त प्रमुख  इन्जिनियर शम्भु मिश्र रहेको बेला साहले पदभार सम्हालेका हुन् । डिई पदका लागि सेकेण्ड क्लास औफिसर हुनु पर्दछ भने साह थर्ड क्लास अफिसर मात्र हुन् । हुन त साह प्रमुख इन्जिनियर हुन तर उनको प्रमोशन हुन नसकेकाले हाल सम्म थर्ड क्लास औफिसर नै हुन् । यसका अतिरिक्त करिब २ वर्ष अघि जनकपुर नगरपालिकाका निमित्त कार्यालय प्रमुखको रुपमा पनि साह जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी बोर्ड बैठक बाहेक नगरपालिकामा कहिल्यै  पनि नबस्ने गरेका कारण सेवाग्रहीहरु लामो समय देखि कष्ट भोग्दै आएका छन् ।
स्थानीय स्वायत्त शासन ऐन अनुसार एक जनालाई बढीमा ६ महिना सम्म निमित कार्यलय प्रमुखको जिम्मेवारीका साथ खटाउने  प्रावधान छ , तर वर्षौदेखि दुई वटाकार्यालयको निमित्त प्रमुखको रुपमा काम गर्दै आए पछि के भन्ने,  यस्तै रवैयाले होला सायद ‘नेपालको कानुन दैवले जानुन् र सानालाई ऐन र ठूलालाई चैन’  जस्तै उक्ति लेखेको होला । जिविस श्रोतका अनुसार जिल्ला प्राविधिक कार्यालयका अहिले पनि डिई पदमा सुनिल दास नै रहेका छन्, मन्त्रालयले उनलाई कार्यालय पठाउन लाग्दा साह सुटकेश लिएर काठमाडौं गई मन्त्रालयका ठुलाबडालाई खुशी पारेर निमित्तमा बस्दै आएका छन् ।  
त्यसैगरी स्थानीय विकास मन्त्रालयले जनकपुर नगरपालिकामा कार्यकारी अधिकृतलाई पठाउन लाग्दा सशस्त्र समूहहरुको नाउँमा फोनमै विभिन्न प्रकारकाको धाक धम्की र ठुलो राशी चन्दा माग्ने गरेको एक कर्मचारीको भनाई छ ।  भयत्रास र ज्यान जोगाउने डरले नगरपालिकामा आउने कार्यकारी अधिकृत आफ्नो सरुवा रोकाउन बाध्य हुने गरेका छन्  । नेतालाई कन्भिन्स गर्न खप्पिस साह जनकपुर नगरपालिकामा निमित्त प्रमुख भएर २०६५ मंसिरमा आएका हुन् । विक्रम सम्वत २०५८ सालमा जिल्ला पूर्वाधार कार्यालय इन्डिपेन्डेन्ट निकायको रुपमा गठन भएएको हो । पछि सोही कार्यालयलाई जिल्ला विकास समितिको मातहतमा रहने गरि  जिल्ला प्राविधिक कार्यालय नामाकरण गरियो ।४२ वटा जिल्लामा रहेका जिल्ला प्राविधिक कार्यालयमा डिईको मातहतमा तीन जना इन्जििनियर लगायतको प्राविधिकहरु रहेका छन्

मिति ः २०६८–२–१५

संविधान सभाको म्याद तीन महिना थपियो


एक्सक्लूसिभ सम्बाददाता
काठमाडौं..................
प्रमुख तीन दलबीच प्रधानमन्त्रीले राजीनामा दिने सहितका पाँच बुँदे सहमति सँगै पहिलो चरणमा संविधानसभाको म्याद तीन महिना थपिएको छ । लामो छलफल पछि आइतबार विहान करिब सवा चारबजे तिर माओवादी, कांग्रेस र एमाले शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिने सहितको सहमति भएको हो ।
सहमतिसँगै बसेको संसदको बैठकले दुई तिहाई बहुमतले अन्तरिम संविधानको धारा ६४ संशोधन गरी संविधानसभाको म्याद तीन महिना थपेको हो । निर्वाचनमा विधेयकको पक्षमा पाँच सय चार तथा विपक्षमा चार मत परेको थियो । बैठकमा ८८ जना सभासद भने तटस्थ बसेका छन् ।
प्रमुख तीन दलबीच तीन महिनाभित्र शान्ति प्रक्रियाका मूलभूत काम सम्पन्न गर्ने, तीन महिनाभित्र संविधान सभाबाट संविधानको पहिलो मस्यौदा तयार पार्ने सहमति भएको छ । तीन महिनामा शान्ति प्रक्रिया पुरा भए पछि पुनः म्याद थपिने कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो । सहमतिको तेश्रो बुँदामा नेपाली सेनालाई समावेशी बनाउने लगायतका मधेशी मोर्चासँग विगतमा भएका सहमतिहरुको प्रभावकारी कार्यान्वयन गर्ने उल्लेख छ । यसैगरी सहमतिको चौथो बुँदामा संविधानसभाको समयावधि तीन महिना थप्ने तथा पाँचौ बुँदामा राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा गरी मार्गप्रशस्त गर्ने उल्लेख छ । सहमति पत्रमा माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शुशील कोइराला र एमाले अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनालले हस्ताक्षर गर्नु भएको छ । प्रमुख तीन दलबीच प्रधानमन्त्रीले राजीनामा दिने सहितका पाँच बुँदे सहमतिसँगै पहिलो चरणमा संविधानसभाको म्याद तीन महिना थपिएको छ ।

मिति ः २०६८–२–१५