Thursday, May 2, 2013

क्यानको बेइमानीले हारयो जनकपुर


 अजय अनुरागी
जनकपुरधाम.....................
२१ बैशाख देखि ७ जेष्ठ सम्म काठमाडौंंमा सम्पन्न स्टाटान्डर्ड चारटर्ड पेप्सी एकदिवसिय क्रिकेट र २०÷२० क्रिकेट प्रतियोगितामा क्षेत्र नम्बर– ६ जनकपुर टीमले बेइमानीका कारण उपाधि जित्ने दौडबाट बाहिर भए पनि राष्ट्रिय क्रिकेटमा आफ्नो जवलजस्त उपस्थिति देखाएर जनकपुरवासीको शिर ठाडो पारेको छ । टीम व्यवस्थापक आकाश पाण्डे प्रशिक्षक अनिल शर्मा तथा कुमार प्रसुनको नेतृत्वमा, गएको १४ दस्यीय क्रिकेट टोलीले लीग चरणको कुल चार खेलमा ३ खेल जीतेर जनकपुरले        आफ्नो धाख जमाउन सफल भएको हो । सशस्त्र प्रहरी बल, भैरहवा, विराटनगर, नेपालगञ्ज सँगै समूह ‘ए’ मा परेको जनकपुरले २१ बैशाखमा नेपालगञ्ज विरुद्ध १७ रनले जीत हात पार्दै विजयी यात्रा शुरु गरेको थियो । प्रल्लाद साह ५७, अनिल मण्डल २४, कुमार प्रसुन ३९ रनको महत्वपूर्ण योगदान बाट २ सय ५ मा अल आउट भएका जनकपुरले म्यान अफ दि म्याच रोशन ठाकुरको ४ र प्रदिप सापकोटा २ तथा राज मोहम्मद र राहुल सिंहको क्रमशः १÷१ विकेटको उपलब्धिका कारण नेपालगञ्जलाई १ सय ८७ रनमा रोकेको थियो ।
दोश्रो खेलमा भैरहवालाई पनि १२ रनको अन्तरले हराएर विजयी यात्रा जारी राख्न जनकपुर सफल रहयो । राज मोहम्मद ४३, प्रल्हाद साह ४० र हरिशंकर साह ३३ रनको मद्यतले २ सय १७ रनमा समेटिएका जनकपुरको गेंदवाजहरु मध्ये राज महम्मदले सर्वाधिक ५ विकेट, रोशन ठाकुर २ विकेट र राहुल सिंहको १ विकेट गरी बाँडे पछि भैरहवा जीतको लागि संघर्ष गरे पनि २ सय ५ रनमा अल आउट भए । अलराउड प्रदर्शन गरेका राज मोहम्मद म्यान अफ दि म्याच चुनिए ।
२६ बैशाखमा सम्पन्न तेश्रो खेलमा शसस्त्र प्रहरी बलका विरुद्ध जनकपुरको लज्जास्पद हार भयो ।
४८ रनमै समेटिएका जनकपुर विरुद्ध सशस्त्र प्रहरी ९ विकेटले सजिलै जीत हात पारेको थियो । शोभाकान्त पाण्डेको १२ रन बाहेक कुनै पनि ब्याटसम्यानले दोहोरो अंक छुन असमर्थ रहे भने राज मोहम्मदले १ विकेट लिए । २८ बैशाखमा लीग चरणको अन्तिम खेलमा विराटनगरलाई १८ रनले हराएर लीगमा ३ म्याच जितेर जनकपुरले ६ अंक बटुल्यो । अनिल मण्डलको आक्रामक ८५, प्रल्हाद साहको ३३ तथा राज मोहम्मदको १५ रनका योगले १ सय ७८ रनमा जनकपुर रोकियो । अनिल मण्डलको ४, कुमार प्रसुन तथा राज मोहम्मदको क्रमशः २÷२ विकेटका कारण विराटनगर विजयी लक्ष्यको १८ रन जोड्नबाट चुकेको थियो । हरफनमौला प्रदर्शनका कारण अनिल मण्डल म्यान अफ दि म्याच चुनिएको थियो ।

ट्विस्ट र बेइमानी
लीग चरणको सर्वाधिक अंक ल्याउने टीमले फाइनलको टिकट पाउने नियम अनुसार जनकपुरले एक म्याच हार्दै ४ म्यचमा ३ जीत र १ हारका साथ ६ अंक ल्याए पनि फाइनलमा जाने बाटो खुलेको थियो । समूह ‘ए’ कै सशस्त्र प्रहरीले विराटनगर बीचको म्याचमा वर्षाले खेल अवरुद्ध भए पछि १÷१ अंक पाएर ३ खेलमा सशस्त्रको २ जीत र १ ड्रा का साथ ५ अंक थियो । चौथो खेलमा भैरहवा संग खेलिरहँदा वर्षा भए पछि म्याच रद्द हुने सम्भावना भए पनि आयोजक क्रिकेट एशोशिएसन अफ नेपालले जवरजस्ती खेल्न लगाएर शस्त्रको जीत सँगै २ अंक पाई ७ अंंकका साथ सशस्त्रले फाइनलको यात्रा तय गर्यो । अम्पायर, मैच रेफरीले गराएको बेइमानीको कारण फाइनलमा पुगेको सशस्त्रले नेपाल प्रहरीलाई हराउँदै उपाधि समेत जित्यो ।
त्यही दिन समूह बी अन्तरगत नेपाल प्रहरी र पोखरा बीच भइरहेको खेल पानी परेकाले रद्द गरी दुवै टीमलाई १÷१ अंक दिइयो भने उह िकन्डिसनमा सशस्त्र प्रहरी र भैरहवा बीचको म्याच रद्द नगरिनुले पनि क्यानको नियतमा खोट रहेको प्रष्टै भए पछि जनकपुरका क्रिकेटरहरु आन्दोलित भए । उक्त म्याच रद्द गरिएको भए सशस्त्रले १ अंक पाई ५ अंक मात्र पाउने थियो र ६ अंक पाएका जनकपुरले फाइनलमा खेल्ने मौका पाउने थियो ।
बेइमानी विरुद्ध आन्दोलन
लीग चरणमा सशस्त्र प्रहरीका सयौं जवानहरु नियम विपरीत मैदान प्रदेश गरी मैदान सफा गरेको, ऐन नियम विपरित खेल खेलाउने अम्पायर, म्याच रेफ्री तथा ग्राउन्ड इन्चार्ज सहित दोषिलाई कारवाही गर्नु पर्ने, सहितका मागहरु राखि जनकपुर क्रिकेट टोली फाइनल म्याचमा धर्ना दिएका थिए । जनकपुर क्रिकेटरहरुको आन्दोलन अगाडी क्यानका अध्यक्ष विनयराज पाण्डेले ३१ गते वार्ता गरी म्याचमा भएको गडवडीलाई जाँच्न र कारवाही गर्नका लागि छानविन कमिटी गठन गरेका थिए । उक्त कमिटिले कारवाही गर्ने नगर्ने भविष्यमा हुने हो । त्यसै गरी नियम संशोधन गरी खेल हुने या नहुने सम्बन्धि अन्तिम निर्णय अम्पायरले लिने र त्यसका लािग कुनै कप्तान संग नसोधिने, खेल मैदानमा कोही पनि छिर्न नपाउने सहितका प्रावधान राखेर २०÷२० खेल सञ्चालन भएको क्रिकेटर राज मोहम्मदले एक्सक्लुसिभलाई जानकारी गराए ।
सुधार्नु पर्ने धेरै ठाउ“
बेइमानकिा कारण एक दिवयि प्रतियोगिताबाट जनकपुर बाहिरिए पनि खेलको क्रममा उजागर भएको कमि–कमजोरीलाई सुधार्नु पर्ने अझै धेरै बाँकी छ । लिग चरणमा प्रतियोगिताको बलियो टीम सशस्त्र प्रहरी विरुद्धको खेलमा १० मध्ये कुनै पनि ब्याटसम्यान नचल्नुले जनकपुरको ब्याटिङ क्षेत्र अत्यन्तै कमजोर रहेको देखाएको छ । फेरी चौथो खेलमा विराटनगर विरुद्ध १ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको जनकपुरले १६ रनको भित्रमा मात्रै लगातार ९ विकेट फालेका थिए । जसले ब्याटिङको अवस्था अत्यन्तै चिन्ताजनक रहेको तथा त्यस तर्फ प्रशिक्षक तथा कप्तानले ध्यान दिनु पर्ने ठाउँ धेरै देखिन्छ । जनकपुरको बलिङ आक्रमण लचर देखियो । स्टार व्याटस म्यान अनिल मण्डल माथिको अपेक्षा अनुकुल प्रदर्शन भएन । विगतको एमजी ट्रफीमा सेलेक्सनमा पनि नपरेका प्रल्हाद साहले प्रतियोगिताकै सर्वाधिक रन बनाउने भैहरवाको अन्तिम थापा संग १ सय ३१ रन बनाएर बराबरी गरेर जनकपुरको सान कायम राखे । छनौट प्रतियोगितामा प्रदर्शन खराब भएकै कारण जय ट्रफि समेत खेलिसकेका प्रल्हादको छनौट हुदैनथ्यो । खुल्ला प्रतियोगितामा वर्षेभरि औसत प्रदर्शन गर्दैआएका प्रल्हाद चम्किएपछि स्टार भनिने व्याट्सम्यानहरु पनि पछि परेका हुन् ।
त्यसका अतिरिक्त २०÷२० प्रतियोगितामा खेलमा फेरी पनि उपाधि जित्ने अवसर भए पनि लडाई नै लड्न नसकेका कारण टिमको कप्तानमा एउटा लडाकूको हुनु पर्ने गुण देखिएन् । क्रिकेटको दुनियामा प्रत्येक विहानको अर्को खेलमा अतितलाई विर्सेर नयाँ योजना तथा रणनीति बनाई शत्रुलाई मैदानमा परास्त गर्नु पर्ने गुनको अभाव देखियो । त्यसलाई अवको दिनमा सुधारेर अझ शसक्त बनेर गतिलो जवाफ दिनु पर्दछ ।
२०÷२० मा हारै–हार
क्यानको विभेदका कारण निराश भएका जनकपुर २०÷२० प्रतियोगितामा एउटा म्याच पनि जित्न सकेन् । ३ जेष्ठमा विरगञ्ज विरुद्ध पहिलो खेलमा ८ विकेटले, ४ जेष्ठको दोश्रो खेलमा नेपालगञ्ज विरुद्ध ८ रनले जनकपुर पराजित भएका थिए । ५ जेष्ठको तेश्रो खेलमा भैरहवा विरुध वर्षाका कारण खेल स्थगित भएको थियो भने ६ जेष्ठको लीग चरणको चौथो तथा अन्तिम खेलमा नेपाल प्रहरी संग ३२ रनले हारे पछि एउटा पनि जीत हात नपारेको जनकपुर प्रतियोगिताबाट बाहिरिएको थियो । एकदिवसीय प्रतियोगितामा बेइमानीका कारण बाहिरिएको जनकपुरले २०÷२० प्रतियोगिताको च्याम्पियन बनेर गतिलो जवाफ दिने अवसर गुमाएका थिए । योग्यता र क्षमताका आधारमा नेपाली क्रिकेटको भुगोलमा  अलग क्षेत्र रिजन नं. ७ पहिचान बनाएका जनकपुरले २०÷२० जितेर आफ्नो दमखम देखाउने ऐतिहासिक अवसर गुमाएको हो ।

एकदिवसीय प्रतियोगितामा जनकपुरको व्याटिङ प्रदर्शन विवरण

सि.नं.    नाम         विरुद्ध नेपालगञ्ज        विरुद्ध भैरहवा     विरुद्ध एपिएफ    विरुद्ध विराटनगर        जम्मा
१.    प्रल्हाद साह    ५७ रन        ४० रन        १ रन        ३३ रन            १३१ रन
२.    अनिल मण्डल    ६ रन        २६ रन        ८ रन        ८५ रन            १२५ रन
३.    राज मोहम्मद    १७ रन        ४३ रन        ०० रन        १८ रन            ७८ रन
४.    कुमार प्रसुन    ३९ रन         १२ रन        ०० रन        ०० रन            ५६ रन
बौलिङ प्रदर्शन
१.    राज मोहम्मद    १ विकेट        ५ विकेट        १ विकेट        १ विकेट            ८ विकेट
२.    रोशन ठाकुर    ४ विकेट        १ विकेट        ० विकेट        १ विकेट            ६ विकेट
३.    अनिल मण्डल     १ विकेट        ०        ०        ४ विकेट            ५ विकेट















मिति ः २०६८–२–१५

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठी

    ReplyDelete