Thursday, May 2, 2013

बैंकहरुद्वारा लगानीमा विभेद निक्षेप संकलन जनकपुरमा लगानी अन्यत्र


एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम.....................
कुनै पनि देशको आर्थिक विकासका लागि विभिन्न क्षेत्रमा लगानी अपरिहार्य हुन्छ । देशको विकासका लागि अनिवार्य शर्त हो – औद्योगिकरण, रोजगारी तथा उत्पादनशील क्षेत्रमा लगानी । लगानी गर्ने कार्य र त्यसका लागि वातावरण सृजना गराईदिनु पर्ने कार्य निश्चय पनि राज्यको हो । राज्यले निर्वाह गर्नु पर्ने उक्त दायित्वमा राष्ट्रका हरेक संयन्त्रले आ–आफ्नो तप्काबाट योगदान पु¥याउनु पर्दछ । हाम्रो मुलुकमा लगानीका प्रशस्त सम्भावनाहरु व्याप्त छन् । खास गरी लगानीको अवसरबाट सधैं बञ्चित भएको मधेशको भू–भागमा पनि कृषि, उद्योग, पर्यटन, शिक्षा सहितका क्षेत्रमा पर्याप्त सम्भावनाहरु छन् । मधेशमा रहेको नकारात्मकता, वितृष्णाको प्रमुख कारण               मध्ये मधेशमा हुने विभेद            पनि एक हो ।
कुनै पनि क्षेत्र, व्यक्ति, समाज र राष्ट्रको विकासका लागि त्यहाँका बैंकहरुको भूमिका अहम हुन्छ । र, पनि खास गरी जनकपुर, जुन बैंकहरुको          लागि ‘डिपोजिट सेन्टर’ को रुपमा केन्द्र विन्दु बनेको छ तर लगानी भने शुन्य नै रहेकाले जनकपुर सहित यस क्षेत्रको विकास कछुवाको गतिमा मात्र अगाडी बढेको छ ।
यक्ष क्षेत्रका तरुणहरु वैदेशिक रोजगारका लागि ‘गल्फ मुलुकहरु’ सउदी अरब, कतार, मलेशिया, दुबई, बहराइन जाने क्रम अत्यधिक भए पछि त्यहाँ बाट रेमिटयान्स पनि बढेको हो । ती मुलुकहरुबाट जनकपुरमा मात्र रु.५० करोड भन्दा बढी मासिक रेमिटयान्स भित्रिन्छ । यसका अतिरिक्त धनुषाका प्रत्येक गाउँहरुमा रु. १ करोड भन्दा मासिक रेमिटयान्सको कारोबार भइरहेको बैंकर्सहरुको अनुमान छ ।
त्यसै कारणले जनकपुरमा कुल १४ बैंकहरु तथा दुई फाइनान्स कम्पनीहरु सहित गाउँमा केही बैंकहरु समेत खुलेका छन् । करोडौं मासिक रेमिटयान्स, ‘हिडेन कारोवार’ तथा ‘हुन्डी व्यापार’ जनकपुरमा हुने भएकाले बैंकहरुका लागि जनकपुर ‘सुनको अण्डा दिने मुर्गी’ को रुपमा देखिएको छ ।
सुन सहित विभिन्न वस्तुहरुको तस्करी हुने गरेकाले यहाँ एक दिनमा मात्र जनकपुरबाट भारत तिर ३० देखि ४० करोड रुपियाँ दिनहुँ जाने गरेको छ ।
धनुषा जिल्लाको कुल जनसंख्या मध्ये ५ देखि १० प्रतिशत मानिसले मात्र बैंकिङको सुविधा लिइरहेको अवस्थामा पनि थप निजी बैंकहरुले जनकपुरमा नयाँ बैंक स्थापनाका लागि निक्षेप संकलन गरी पहाडी क्षेत्र तिर लगानी गर्ने उद्देश्यले आकर्षित हुने गरेका छन् । कम जनशक्ति राखेर कर्मचारीहरुलाई बढी काम गर्न लगाएर बैंकहरु मुनाफामा जाने गरेकाले बैकिङ्ग क्षेत्रमा लगानी जोखिम रहित बनेको छ । निक्षेप संकलन तराईमा र लगानी पहाडमा हुने गरेकोले तराई क्षेत्रमा विकास हुन नसकेको हो ।
रियल स्टेटमा लगानी विल्कुलै बन्द भएको छ, उद्योग र वाणिज्य क्षेत्रमा पनि तत्काल लगानी बन्द भएकोले बैंकहरुले ऋण प्रवाह बन्द गरे पछि              धेरै बैंकहरु जनकपुर प्रति लोभिएका हुन् ।
मानिसले आफ्नो सम्पति धितो राखेर व्यापार व्यवसाय गर्न पनि ऋण नपाउँदा यहाँका व्यापारीहरु समेत मर्कामा परेको छ भन्दै जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्याम साह भन्छन्, “कुनै कुनै निजी बैंकले केही शिर्षकमा ऋण प्रवाह गरे पनि (४–५) प्रतिशत ब्याजदरमा बढोत्तरी भएको छ । ऋण लगानी बन्द गर्ने बैंकले निक्षेप संकलन पनि बन्द गर्नु पर्छ ।” जनकपुरमा भएका १४ बैंकहरु मध्ये एभरेष्ट, एस.बि.आई, एन आइ सी, नेपाल बंग्लादेश बैंकमा             मात्र पूर्ण अधिकार प्राप्त म्यानेजरहरु छन् र अरुमा सामान्य क्लर्क हिसावका म्यानेजरहरु राखेर बैंक चलाएकोमा अध्यक्ष साहले आपति समेत जनाउनु भयो ।
जनकपुरमा सँञ्चालित बैंकहरुको नामावली
१. सहयोगी विकास बैंक
२. कृषि विकास बैंक (सुपरिवेक्षण कार्यालय)
३. कृषि विकास बैंक शाखा कार्यालय मुर्लीचौक,
   बैंकिङ्ग कार्यालय शिवचौक
४. नेपाल इन्डस्ट्रियल एण्ड कमर्शियल बैंक
५. एभरेष्ट बेंक
६. सिद्धार्थ बैंक
७. नेपाल इन्भेष्टमेन्ट बैंक
८. बैंक अफ काठमाण्डु
९. किष्ट बैंक
१०. राष्ट्रिय वाणिज्य बैंक, पिडारी चौक
११. राष्ट्रिय वाणिज्य बैंक, स्टेशन एरिया
१२. नेपाल बैंक लिमिटेड, स्टेशन एरिया
१३. नेपाल बैंक लिमिटेड, जचुकालि
१४. लक्ष्मी बैंक
सम्भावित बैंकहरु
१. सिटिजन बैंक
२. नविल बैंक
३. स्टाटाण्डर्ड चार्टड बैंक




मिति ः २०६८–२–१५

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठी

    ReplyDelete