Thursday, May 2, 2013

अमर्यादित परीक्षा नियन्त्रण गर्न जागे प्रशासक


अजय अनुरागी
जनकपुरधाम ................  
 परीक्षामा चोरी गरेर, नक्कल गरेर सजिलै पास भइहाल्ने कु–संस्कार जनकपुरका विद्यार्थीहरुमा विकसित भएपछि स्थानीय प्रशासनले धमाधम परीक्षामा कडाइ गर्न थाले पछि विद्यार्थीहरु अव पढ्न थालेका छन् । सक्रमण काल र संविधान नबनुन्जेल नपढे पनि चोरी गरेर पास हुइन्छ भन्ने मनस्थिति बनाएका विद्यार्थीहरुको परीक्षा नै रद्द हुन थाले पछि भविष्य प्रति चिन्तित हुदै विद्यार्थीहरु अव मिहिनेत गरेर पढ्न थालेका छन् । प्रशासकको ध्यान अव रा.रा.ब.तिर गएको छ ।

कक्षा ११ र १२ को हालै सम्पन्न परीक्षामा स्थानीय प्रशासनले अमर्यादित कार्य गरिरहेका परीक्षार्थीलाई कारवाही गरेर परीक्षालाई मर्यादित बनाउने कार्यको थालनी गरेको छ ।
अमर्यादित परीक्षा हुने स्थलको रुपमा जनकपुर सहित धनुषा जिल्ला नै बदनाम भएर व्यापक आलोचना हुन थाले पछि परीक्षालाई मर्यादित बनाइृ दक्ष जनशक्ति उत्पादनका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको उक्त प्रयासले केही हद सम्म शैक्षिक अवस्थामा सुधार आउन सक्ने अनुमान गर्न थालिएको छ । तर, जिल्ला प्रशासन कार्यालयको मातहतमा नरहेको त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको परीक्षा प्रणालीमा सुधार हुनेमा शिक्षाविदहरु चिन्तित देखिएका छन् ।
जनकपुर नगरपालिका भित्र १२ सहित धुनषा जिल्लाको कुल १६ परीक्षा केन्द्रबाट कक्षा १२ मा कुल ६ सय ६३ र कक्षा ११ मा कुल ६ सय २ परीक्षार्थीको एक÷एक विषयको परीक्षा रद्द गरिएको छ । त्यसैगरी कक्षा ११ र १२ का क्रमशः ३ र ६ जना नक्कली परीक्षार्थीको सबै विषयको परीक्षा रद्द गरिएको छ । हालै सम्पन्न प्रवेशिका (एस.एल.सी) परीक्षामा विभिन्न परीक्षा केन्द्रबाट १९ जना नक्कली परीक्षार्थीको सवै विषयको परीक्षा रद्द गरि स्थानीय प्रशासनले हिरासतमा समेत लिएको थियो ।
४ जेष्ठमा कक्षा १२ को परीक्षाको क्रममा राजर्षी जनक क्याम्पसको परीक्षा केन्द्र बाट रौल नम्बरहरु ११७०००९९ र ११७०५९०९ का दूई विद्यार्थीहरु सवै विषयको परीक्षा रद्द गरिएको छ । त्यसै गरी ५ जेष्ठमा तपसी बाबा उच्च मा.वि. टिलहीमा शिक्षकले बसेर उत्तर लेखाइरहेका दुई जना परीक्षार्थीहरु ११७००२२८ र ११७००२३६ रोल नम्बर रहेको विद्यार्थीको सबै परीक्षा रद्द गरिएको छ । ६ जेष्ठमा जनता इकाई उच्च मा.वि. यदुकोहा परीक्षा केन्द्र बाट नक्कली परीक्षार्थी रौल नम्बर ११७०६५३७ विद्यार्थीको सबै परीक्षा रद्द गरिएको हो ।
त्यसै गरी कक्षा ११ को परीक्षा चलिरहँदा २५ बैशाखमा यदुकोहा परीक्षा केन्द्रबाट २ जना नक्कली परीक्षार्थी बनेका, रोल नम्बरहरु क्रमशः २१७००६६३, २८ बैशाखमा संकटमोचन परीक्षा केन्द्र बाट नक्कली परीक्षार्थी रोल नम्बर १७०१२७१ रहेका सुभाष चन्द्र
ठाकुरको सवै विषयको परीक्षा रद्द गरिएको छ ।
कक्षा १२ को परीक्षामा धनुषा साइन्स केन्द्रमा हातमा नक्कली प्लाष्टर लगाई अरु विद्यार्थीबाट जाँच दिलाईरहेका विभा यादवको समेत सवै विषयको परीक्षा रद्द गरिएको छ ।
परीक्षार्थीको सट्टामा अर्को व्यक्ति खडा भई जाँच दिएको तथा परीक्षा मर्यादा उल्लघन भएको भन्दै पछि १०÷१० हजार प्रति विद्यार्थी जरिवाना फैसला गरेर प्रमुख जिल्ला अधिकारी डा. कमलेशवर प्रसाद सिन्हाले रिहा गरेको त्यसै गरी चीट चोराउन गएका विभिन्न ३० जना अभिभावकहरुलाई पक्राउ गरेर सुध्रिनका लागि आइन्दा यस्तो कार्य नगर्ने भनेर कागज गराई रिहा गरेका थिए ।
एस.एल.सी परीक्षा देखि नै परीक्षालाई मर्यादित बनाउन जिल्ला परीक्षा सञ्चालन समन्वय समिति गठन गरिएको थियो । प्रमुख जिल्ला अधिकारकिो अध्यक्षतामा, प्रहरी उपरीक्षक सदस्य र जिल्ला शिक्षा अधिकारी सदस्य सचिव रहेका थिए । उक्त समन्वय समितिले जिल्लाको शैक्षिक अवस्था सुधारका निम्ति चालेको एक्सनलाई नगरवासीले प्रशंसा र सराहना गरे पनि निजी क्याम्पस सञ्चालकहरु विभेद गरेको बताउँछन् । निजी क्याम्पसका एक प्रिन्सिपल भन्छन्, “केन्द्राध्यक्षले हस्ताक्षरै नगरेको अवस्थामा विद्यार्थीको परीक्षा रद्द गरिन्छ, इन्सपेक्टर, डिएसपी, प्रशासकीय अधिकृत जो कोही आएर परीक्षार्थीलाई अनाहकमा पनि आफ्नो अधिकार भन्दा बाहिर गएर परीक्षा रद्द गरेका छन् ।”
उक्त प्रश्नको जवाफमा प्रमुख जिल्ला अधिकारी सिन्हा भन्छन् “परीक्षामा अमर्यादित कार्य गर्ने परीक्षार्थीलाई कारवाही गर्न गठित जिल्ला परीक्षा सञ्चालन समन्वय समितिलाई केन्द्राध्यक्ष भन्दा पनि बढी अधिकार प्राप्त भएकोले त्यस्ता विद्यार्थीलाई कारवाही गर्न केन्द्राध्यक्षको अनुमति या सहमति आवश्यक पर्दैन ।”
कक्षा ११ र १२ परीक्षाको लागि जनकपुरमा संकटमोचन उच्च मा.वि., एस.एम.क्याम्पस, राजर्षि जनक क्याम्पस जानकी उच्च मा.वि., धनुषा साइन्स क्याम्पस, नेशनल एकेडेमी, मोनाष्टिक उच्च मा.वि., कन्या उच्च मा.वि., सरस्वती उच्च मा.वि., गौरी क्याम्पस, जानकी मा.वि., सहित १२ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । त्यसैगरी नगरबाहिर ग्रामिण क्षेत्रहरु, यदुकोहा तपसी बाबा उ.मा.वि. टिलही सोनिगामा, महेन्द्र मा.वि. ढल्केवर र क्षिरेश्वर उ.मा.वि महेन्द्रनगर सहित ४ गरी कुल १२ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । परीक्षा केन्द्र एस. एम. क्याम्पसमा जम्मा ७ वटा कक्षा कोठा मात्र रहेको, बेन्च डेस्क पनि कन्जस्टेड भएको, मोटरवाटोको असुविधा रहेको, घना बस्ती रहेको कारणले कक्षा १२ को उक्त केन्द्रमा परीक्षा सम्पन्न भए पनि कक्षा ११ को लागि उक्त केन्द्रका विद्यार्थीहरुको परीक्षा केन्द्र संकटमोचन उ.मा.वि. ‘ख’ मा सारिएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत श्रवण साहले जानकारी दिएका छन् । उक्त घटनाबाट के पनि प्रष्ट गर्छन भने उच्च माध्यमिक शिक्षा सञ्चालन गर्नका निम्ति चाहिने आवश्यक पूर्वाधारको एस.एम.क्याम्पसमा अभाव देखिन्छ ।
मापदण्ड पूरा नभएका विद्यालयहरुलाई विना पूर्वाधार उच्च माध्यमिक कक्षाको पठन–पाठनका निम्ति चाहिने आवश्यक पूर्वाधारको एस.एम.क्याम्पसमा अभाव देखिन्छ । मापदण्ड पूरा नभएका विद्यालयहरुलाई विना पूर्वाधार उच्च माध्यमिक कक्षाको पठन–पाठनका निम्ति उच्च माध्यमिक शिक्षा परिषदले कसरी इजाजत दियो, वा हचुवाकै भरमा इजाजत दिएको हो भने प्रश्न चिन्ह समेत खडा भएको छ ।
परीक्षामा कडाई गर्दा चोरी गराएर पास गराइदिन्छु भनेर ठेक्का लिने क्याम्पसहरुको टाउको दुखाई शुरु भएको छ भने जनकपुरका निजी क्याम्पस पढाउने उप–प्राध्यापक तथा प्राध्यापकहरु आउँदो शेसनमा पढाउँदै आएको घण्टीमा कटौती हुने चिन्तामा छन् । त्यसै गरी एक वर्षको पाठ्यक्रम ३ देखि ४ महिनामा हावातालमा पढाएर ठग्ने प्राध्यापकहरुलाई आफ्नो क्याम्पसको अवस्था सुधारका लागि क्याम्पस प्रमुखहरुले दवाव पनि दिन अव बाध्य भएका छन् । उच्च शिक्षा आर्जनको क्रममा क्याम्पस र प्राध्यापक समेतलाई नैतिक दवाव स्वभाविक रुपमै बढेन सर्वसाधारणले अनुमान गरेका छन् । “परीक्षामा चलिरहेको अमर्यादित कार्यलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले चालेको जस्तो सुकै कदम पनि स्वागतयोग्य र बधाईको पात्र हो, तर वर्ष भरि गाउँका विद्यालयहरुमा एस.एल.सी. परीक्षाको लागि कक्षा १० र गाउँका १०+२ कक्षाहरुमा पढाई नै नहुने अवस्थामा नयाँ शैक्षिक शत्रको शुरुवात भए पनि त्यस तर्फ ध्यान नदिनु भने नाइन्साफी हो ।” एनप्याबसन धनुषाका अध्यक्ष राजकुमार झा भन्छन, “शिक्षा नियमावली विपरीत सञ्चालन भएका निजि विद्यालयहरुको इजाजत रद्द गरी कानुनी कारवाही पनि त अगाडी बढाउनु प¥यो नि !”

मिति ः २०६८–२–१५

No comments:

Post a Comment