Tuesday, December 16, 2014

अजब–गजब छ बा ! - सुदर्शन सिंह


अब मन्दिर पनि सुरक्षित रहेन चोर्नु बाहेक अन्य काम पनि आउँदैन डाइभर बन्नु भनेको १० कक्षा पास चाहिने रे ! लौन दाई जसरी पनि कम्तिमा १० पासको सर्टिपिकट बनाई दिनु पर्यो ।

२०७१  मंसिर २८ गते  आईतवार

अलकायदाको टार्गेटमा ‘जानकी मन्दिर’ तत्काल टर्यो ‘ठुलो दुर्घटना’

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
कुख्यात अन्तर्राष्टिूय आतंकवादी संगठन ‘अलकायदा’ सँग सम्बद्ध व्यक्तिले जनकपुरको प्रसिद्ध जानकी मन्दिरमा विस्फोट गर्ने योजना विफल भएपछि जानकी मन्दिरको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ । २७ मंसिर २०७१ शनिबारका दिन दिउँसो २ बजे पछि सुरु हुने भनिएको अध्यात्मिक इलाजको बेला अलकायदासँग सम्बद्ध आतंकवादीहरुले जानकी मन्दिर विस्फोट गरी उडाउने योजना रहेको थियो । तर, नेपाल प्रहरीको विशेष सुरक्षा सतर्कताले उक्त दुर्घटना टरेको भएपनि पुर्णतः सुरक्षित भने भइहालेको भन्न सकिन्न । 
धनुषाका प्रहरी उपरीक्षक गणेश वहादुर थापाका अनुसार जानकी मन्दिरलाई विस्फोट गरी उडाउने भन्ने समाचार सत्य रहेको वा नरहेको भन्ने कुरा थाहा नभएपनि जानकी मन्दिरको सुरक्षा अवस्था मजबुत बनाइएको छ । जानकी मन्दिरको उत्तर पट्टी रहेको विवाह मण्डपको परिसरमा रहेको जनकपुर प्रहरी चौकीले समेत सुरक्षा सर्तकता वढाएको छ । 
जानकी प्रहरी चौकी समेत भनिने गरिएको प्रहरी चौकी जनकपुरधाममा प्रहरी नायव निरीक्षक प्रमोद कुमार साहको कमाण्डमा ३० जना प्रहरी कर्मचारीहरु कार्यरत छन् । एक जना प्रहरी सहायक निरीक्षक, ८ जना प्रहरी हवलदार र २० जना प्रहरी जवान सहित कुल ३० जना प्रहरी कर्मचारीले त्यहाँ सुरक्षा दिइरहेका छन् ।  हुन त उक्त चौकीको इलाका क्षेत्र भनेको जनकपुरको रानी सति पेटूोल पम्प, पेठिया बजार, महाविर चौक, रामानन्द चौक, संकटमोचन मन्दिर, देवी चौक, लक्ष्मण अखाडा, जनक चौक देखि जिल्ला प्रहरी कार्यालय सम्म रहेको छ । तर, जानकी मन्दिर विस्फोट गरी उडाउने समाचार नआउँदा सम्म जानकी मन्दिरको सुरक्षाका लागि विहान ६ बजे देखि राति १० बजे सम्म प्रहरी सहायता कक्षमा दुई जना प्रहरी कार्यरत रहने गरेको सई प्रमोद कुमार साहले द एक्सक्लुसिभलाई जानकारी गराए । 
जानकी मन्दिरको प्रहरी 
सहायता कक्षमा प्रहरी देखिएन ।

विस्फोट हुने भनिएको दिन २७ मंसिर २०७१ शनिवारका दिन द एक्सक्लुसिभका प्रतिनिधि विहान १० बजेको समयमा जानकी मन्दिर पुग्दा प्रहरी सहायता कक्षमा कुनै पनि प्रहरी कार्यरत नरहेको पाइएको थियो । प्रहरी सहायता कक्षमा टेबुल कुर्सी मात्र थियो, कुनै पनि प्रहरी देखिएको थिएन । सई प्रमोद साहका अनुसार खास गरी विस्फोटको हल्ला चलेपछि विगत एक सप्ताह देखि जानकी मन्दिर परिसरमा विशेष सुरक्षाको लागि हतियार सहित दुई जना प्रहरी कर्मचारी २४ घण्टै तैनाथी अवस्थामा रहेको हुन्छ । तर, शनिबार २७ मंसिरमा जानकी मन्दिरको परिसरमा प्रहरीको सुरक्षा घेरा रहेको एक व्यारेक देखिएपनि कुनै पनि प्रहरी कर्मचारी देखिएको थिएन । हुन त १८ मंसिर देखि जानकी मन्दिरमा सवारी साधनहरु पार्क गर्न निषेध गरिएको छ । सई साहका अनुसार सादा पोशाकमा समेत दुई देखि तीन जना प्रहरी कर्मचारीहरु कार्यरत छन् ।
सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक रविन्द्र ठाकुरले द एक्सक्लुसिभसँगको संक्षिप्त कुराकानीमा के बताएका छन् भने जानकी मन्दिरमा कुनै अन्तर्राष्टिूय आतंकवादी संस्थाले आक्रमण गर्ने भन्ने कुरा केन्द्रबाट कुनै जानकारी नआएको भएपनि जानकी मन्दिरको सुरक्षाका लागि सशस्त्र प्रहरी समेत सतर्क छ । प्रहरी उपरीक्षक ठाकुरका अनुसार जानकी मन्दिरको सुरक्षाका लागि नेपाल प्रहरी सक्रिय छ र हामी सशस्त्र प्रहरी पनि जानकी मन्दिरको पछाडी पट्टी रहेको मुस्लिम वस्तीमा समेत निगरानी वढाएका छौं ।
बेकाम सिसिटिभी क्यामरा
सुरक्षा सतर्कता अपनाउन जानकी मन्दिर भित्र 
सवारी साधन निषेध गरिएको छ ।

जानकी मन्दिरका सहायक महन्थ राम रोशन दास वैष्णवले विभिन्न संचार माध्यमहरुका मार्फत जानकी मन्दिर टार्गेटमा रहेको भनेर सुनेको भएपनि प्रशासनिक निकायहरुद्वारा त्यस्तो कुनै जानकारी नआएको बताएका छन् । जानकी मन्दिरमा दुई वटा सिसिटिभी क्यामरा जडान गरिएको, उक्त क्यामरा चलेको छ वा छैन भन्ने कुरा आफुलाई थाहा नरहेको बताउँदै राम रोशन दास वैष्णवले भने,“धनुषामा एसपीको रुपमा दिनेश अमात्य रहेको बेला जानकी मन्दिर परिसर र मुलद्वारमा दुई वटा सिसिटिभी क्यामरा जडान गर्न जानकी मन्दिरले २ लाख रुपैयाँ समेत प्रदान गरेको थियो । क्यामरा जडान पनि भयो । क्यामराको कन्टूोल जिल्ला प्रहरी कार्यालय धनुषामै रहेको कारण क्यामरा सुचारु रहेको वा विग्रेको हो वा होइन आफुलाई केही थाहा छैन ।” हुन त जानकी मन्दिरको दक्षिण पट्टी रहेको सुन चाँदी बजारमा समेत सिसिटिभी क्यामरा जडान गरिएको छ । सुन चाँदी बजार देखि दक्षिण महाविर चौक सम्मको सडकमा तीन वटा सिसिटिभी क्यामरा जडान गरिएको भएपनि विगत लामो समय देखि विग्रिएको छ । सुन चाँदी व्यवसायी संघ धनुषाका अध्यक्ष अमरनाथ गुप्ता भन्छन,“ विवाह पञ्चमी हुनु भन्दा अघि देखि नै सिसिटिभी क्यामरा विग्रिएको छ । धनुषाका डिएसपी कृष्ण प्रसाईले आफुहरुलाई नै प्राविधिक मगाएर सिसिटिभी सुचारु गराउन भनेका छन् । हामी अबिलम्ब प्राविधिकहरुलाई बोलाएर सिसिटिभी ठिक गराउने छौं ।” सिसिटिभी क्यामरा जडान गर्नका लागि सुन चाँदी व्यवसायीहरुले समेत त्यतिबेला २ लाख रुपैयाँ दिएका थिए । धनुषाका प्रहरी उपरीक्षक गणेश वहादुर थापाले समेत तुरुन्तै सिसिटिभी क्यामरा सुचारु गराइने बताएका छन् ।
अध्यात्मिक इलाजको माध्यमबाट विस्फोट गराउने योजना 
जानकी मन्दिरको प्राङ्गणमा 
प्रहरीको सुरक्षा घेरा लेखिएको 
व्यारिकेट देखिएपनि प्रहरी देखिएनन् ।
भारतको प्रमुख अखबार हिन्दुस्तान पत्रिकाको १२ डिसेम्बर २०१४, २६ मंसिर २०७१ का दिन प्रकाशित गरिएको ब्यानर समाचारमा जनकपुरधामको प्रमुख मन्दिर जानकी मन्दिर उडाउने आतंकबादीहरुको षडयन्त्रलाई विफल गरिएको समाचार प्रकाशित गरिएको छ । उक्त समाचारमा समेत जानकी मन्दिरमा विस्फोन गराउने मिति भनेको २७ मंसिर २०७१ तोकिएको छ । त्यसैपनि शनिबारको दिन जनकपुरको जानकी मन्दिर र संकटमोचन मन्दिरमा विहान देखि बेलुका सम्म दर्शनार्थीहरुको घुइँचो लागेको हुन्छ । यदि उक्त दिन विस्फोट भएको भए जनकपुरको इतिहासमै सबै भन्दा ठुलो विस्फोट हुने थियो । र, धेरै मानिसहरुको ज्यान जाने थियो । जानकी मन्दिरका सहायक महन्थ राम रोशन दास वैष्णव भन्छन,“ जगत जननी जानकी माताको कृपा रहेको यस जानकी मन्दिरमा कुनै पनि आतंकवादी घटना हुनबाट बचाउन जानकी माताले नै कृपा गरेको छ । त्यसकारण त्यत्रो ठुलो दुर्घटना हुनबाट जोगिएको छ ।” कल्की अवतार फाउडेशनले विवाह पञ्चमी मेला देखि नै निशुल्क आध्यात्मिक इलाज गर्ने पर्चा पम्पलेट वितरण गरिरहेको थियो ।
के थियो पर्चामा ?
जानकी मन्दिरमा गरिने कार्यक्रमबारे
 कल्की अवतार फाउण्डेशन इन्टरनेशनलले
 बाटेको पर्चा ।
कल्की अवतार फाउन्डेशनको तर्फबाट गरिएको अनुरोधमा ‘ईश्वरका अनुयायी एवं ईश्वर प्रति अगाध श्रद्धा राख्नेहरुका लागि महान रा राम सम्मेलन नेपालका विभिन्न स्थानहरुमा गरिँदै आइएको छ । जहाँ कल्की अवतारका महाापुरुष प्रतिनिधि महाराज गुरु रा यूनुश अल गौहर (सतगुरु) ले मनुष्यहरुको ह्दयमा ईश्वरको मन्दिर बनाउनका लागि सतनाम रा राम दान गर्नु हुनेछ र लाइलाज रोग जस्तै क्यान्सर, पत्थरी, ल्युकोरिया, टीबी, एचआईभी र एड्स जस्ता रोगका लागि निःशुल्क आध्यात्मिक इलाज गर्नुहुनेछ । अतः सम्पुर्ण दाजु भाई तथा दिदि बहिनीहरुलाई यस महान आध्यात्मिक सम्मेलनमा सहभागी भई निको नहुने रोगबाट सदाका लागि मुक्ति पाउन र आफ्नो आत्मालाई रा रामको प्रार्थनाबाट जागृत गरी ईश्वरको दर्शन र मनलाई मन्दिर बनाउन विनम्र अनुरोध गर्दछौं । धन्यवाद ।’ उल्लेख छ ।
त्यसका लागि काठमाण्डौको प्रसिद्ध मन्दिर बनकाली पशुपतिनाथ मन्दिरमा २० मंसिर २०७१ शनिबारका दिन र २७ मंसिर २०७१ शनिबारका दिन जनकपुरको जानकी मन्दिरमा कार्यक्रम दिउँसो २ बजे देखि सुरु हुने भनिएको छ । उक्त अनुरोध पत्रमा कल्की अवतार रा गौहर साहीको तस्वीर, एक जना व्यक्तिको सिंहासनमा बसेको तस्वीर र चन्द्रमामा कल्की अवतार रहेको तस्वीर छापिएको छ । कल्की अवतार फाउन्डेशन इन्टरनेश्नल, कपन ३, आकाशेधार, काठमाण्डौ ठेगाना रहेको र सम्पर्क नम्बरहरु ९८१८०२५१४१,९८१८०२४९६१ र ९८१८१८८३५८ समेत दिइएको छ । यसका अतिरिक्त उक्त पम्पलेटमा हरेक शनिबार ३ देखि ४ बजे सत्संगको कार्यक्रम तथा झारफुक हुने गरेको सुचना समेत दिइएको छ ।
कसरी खुल्यो भेद ?
 नेपालमा बसेर आतंकवादी आक्रमणको योजना बनाइरहेको सूचनाका आधारमा सुरक्षा निकायले काठमाण्डौ उपत्यकाबाट विदेशीसहित २० जनालाई पक्राउ गरेको थियो । भारतीय खुफिया एजेंसीले दिएको जानकारीको आधारमा पुलिसले आप्रेशन चलाएको थियो । 
भारतको केन्द्रीय खुफिया जांच एजेंसी एनआइएको निगरानीमा १९ मंसिर २०७१ मा प्रहरीको विशेष ब्यूरोले विशेष अप्रेसन संचालित गर्दै पक्राउ गरेकोमा १२ भारतीय, ६ पाकिस्तानी र २ नेपाली छन् । एनआईए, आईबी तथा राुको विशेष टोली १८ मंसिरमा नै काठमांडु ओर्लिएको थियो । भारतबाट आएको सुरक्षा र खुफिया टोलीले नेपाल प्रहरीको प्रतिआतंकवाद सेल (एटीसी) अन्तरदेशीय अपराध हेर्ने प्रहरीको विशेष ब्युरो (एसबी) सहित महानगरीय प्रहरी अपराध महाशाखा (क्राइम ब्रांच) ले शुक्रबार दिउँसोबाट राति अबेरसम्म विशेष अप्रेसन सञ्चालन गरी काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो । भारतीय खुफिया विभागका स्रोतका अनुसार उनीहरु ‘कल्की अवतार फाउन्डेसन’ नामक संस्थाको आडमा नेपाल बसेका योजना बनाइरहेको सूचना नेपाल प्रहरीलाई दिएको थियो ।
जानकी मन्दिर विस्फोटन गर्ने अलकायदाको
योजना रहेको समाचार भारतको दैनिक अखबार
हिन्दुस्तानमा पनि प्रमुख समाचार ।
महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी विज्ञानराज शर्माले आपराधिक गतिविधिको योजना बुनिरहेको सूचनाका आधारमा प्रहरीले ‘केही व्यक्ति’ लाई पक्राउ गरेको पुष्टि गरेका थिए । ‘आपराधिक गतिविधि गराउन सक्ने सूचनाका आधारमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको हो,’ शर्माले फोनमा भने, ‘केही अनुसन्धानपछि मुक्त भइसके, केही अनुसन्धान क्रममा प्रहरी हिरासतमै छन् ।’ राष्टिूय समाचार माध्यमहरुले उक्त समाचार प्रकाशित गरेको थियो ।
केही पाकिस्तानी र भारतीय नागरिक नेपाल भित्रिएको सूचनासँग ती व्यक्तिबाट आएको सूचना मिलेपछि ब्युरो र महाशाखाले शुक्रबार विशेष अप्रेसन चलाएको स्रोतको दाबी छ । पक्राउ परेका पाकिस्तानी ४ महिनाअघि नेपाल आएको र भिसा सकिए पनि नेपालमै बसिरहेको अनुसन्धानमा खुलेको स्रोतले जनाएको छ । जानकारस्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरुको अन्तर्राष्टिूय सम्पर्क जालो र नेपालमा बस्दा उनीहरुको गतिविधिको पाटो केलाउन नेपाल प्रहरीसंगै भारतबाट आएका सुरक्षा टोली पनि सक्रिय छ । 
भारतीय दैनिक अखबार हिन्दुस्तानले लेखेको समाचार अनुसार नेपालको नेपालगञ्जमा अन्तर्राष्टिूय आतंकवादी संगठन लस्कर ए तैयवा को कार्यालय संचालनमा रहेको भारतीय गुप्तचर निकाय आइवीको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त समाचारका अनुसार नेपालगञ्जमा लस्कर ए तैयवाको कार्यालयले नयाँ यूवाहरुलाई प्रशिक्षण दिएर आतंकवादी कृयाकलापहरुमा लगाई भारतमा अशान्ति फैलाउनका लागि योजना बनाउने गरिन्छ ।
कल्की अवतार फाउन्डेशन इन्टरनेशनलले वितरण गरेको उक्त पर्चामा लेखिएको फोन नम्बरहरुमा सम्पर्क गर्दा इन्भेलिड नम्बर भएपछि नेपालको सुरक्षा अधिकारीहरुको चासो देखिएको र आतंकवादीहरुको एउटा इमेल लिक भएपछि तिनीहरुको योजना तुहिएको हिन्दुस्तान अखबारले समाचार प्रकाशित गरेको छ । हिन्दुस्तान अखबारका अनुसार एक जना पाकिस्तानी नागरिक क्युम रियाजले यूनुस अल गौहर नामक व्यक्तिलाई पठाइएको इमेलमा पशुपतिनाथ मन्दिरको प्लान सबै सेट भईसकेको र आरडिएक्सको समेत सबै बन्दोवस्ती भईसकेको कुरा उल्लेख थियो । तर, नेपालकै एउटा समाचार मुलक च्यानलमा उक्त खबर लिक भएपछि सबै प्रकरण खुल्यो र २० वटा आतंकवादीहरु नेपाल प्रहरीको विशेष अप्रेशनमा समातिए ।
गौहर आफुलाई भन्छन ‘कल्की अवतार’
कल्की अवतार फाउन्डेशन इन्टरनेशनल नामक संस्थासँग धेरै देशका विभिन्न मानिसहरु जोडिएको बताइन्छ । जसमध्ये हिन्दु, मुस्लिम, सिख, इसाई लगायत कतिपय धर्मका मानिसहरु आवद्ध रहेको बताइन्छ । उक्त संगठन माथि भारतीय खुफिया एजेन्सीको समेत लामो समय देखि निगरानी थियो ।
हिन्दुस्तान अखवारले लेखेको समाचार अनुसार नेपाल सुरक्षा बलको स्रोतको आधारमा उक्त संस्था मसिहा फाउन्डेशनको भातृ संगठन हो जसको मुख्य कार्यालय लंडनमा छ । यसको शाखा कार्यालयहरु लंडन, अष्ट्रेलिया, नेपाल, भारत, वंगलादेश, कनाडा, ताइवान, दक्षिण कोरिया लगायतका देशमा सक्रिय छन् । संस्थाको प्रमुख व्यक्ति युनुस अल गौहर हुन जो कि आफुलाई अहमद गौहर शाही बताउँछन् र आफुलाई कल्कीको अवतार समेत बताउँछन् । उसले नेपालको पशुपतिनाथ मन्दिरबाट भगवान गायव भईसकेको तथा त्यहाँ ‘जिन्नात’ को वसेरा रहेको बताउने गर्छन । जब उनी नेपाल गएका थिए तब जिन्नातको बादशाह सँग आफ्नो सम्पर्क भएको र नेपालमा सबै कुरा ठिक गरियो भने भारत भन्दापनि अगाडी निस्कन सक्छ भनेर उनले बताएको हिन्दुस्तान अखबारमा उल्लेख छ ।

२०७१ मंसिर २८ गते आईतबार