Wednesday, August 27, 2014

अजब–गजब छ बा ! सुदर्शन सिंह


ए दाई म पर्यटक के ! पोखरीहरुको सहर जनकपुरभनेर सुन्याँथे तर यहाँ त सडक र घर–घरमा पोखरी रैछ बा ! कस्तो आठौं अश्चर्य !


२०७१ भादौ ०८ गते आईतबार

राजदरबार र मिथिला बीच ‘रक्त सम्बन्धको नाता’

अजय अनुरागी
जनकपुरधाम............
यो मातृभूमि महान मिथिला मध्य मानस महोत्तरी,
माँ जानकी जननी जनकपुर प्रान्तमा छ यो पूरी
शुभ नाम विन्धी ग्रामको कुन शालनी विपरेश्वरी
बाट भई श्री विर गर्भा नाम श्री ५ राजेश्वरी
जो पुत्र पैदा गरिबक्सियो नेपाल नरपति शाहको
दानी शिरोमणी श्री ५ गृवाण विर विक्रम शाहको
हे नाथ पहिले नै प्रभुको पुर्ववादिक पत्रमा
लेखि बक्सेको छ मेरो पुर्खाको तामापत्रमा
सन्तान दर सन्तान सम्म भोग गर्नु सर्वदा
                                                   मलाई दिँदै रहनु शुभ आशिर्वाद प्रतिदिन सर्वदा
                                                               म छु सबै दिन पाउने सरकारको मान दानको
                                                            सम्बन्ध विन्धीको बजै कुन शालनी खानदानको
                                                       तस्मात हृदय हुलासले भई लेखनी उत्कर्षिका
                                                    यो दिन रघुनन्दन कविको कल्पना कर पत्रिका
                                                      आनन्द अंगिकार गरिबक्सियोस अभिनन्दन मेरो
                                                            हे दिन बन्धु दयानिधे आरत प्रजा भिक्षुक प्रभुको

२०११ सालमा राजा त्रिभुवन विन्धी
सवारी भएको बेला उनलाई दिइएको अभिनन्दन पत्र
विक्रम सम्बत २०११ सालमा राजा त्रिभुवनको जनकपुर सवारी भएको थियो । सोही सवारीका क्रममा उनी तत्कालिन महोत्तरी (हाल धनुषा) को विन्धी सवार भएका बेलामा उनका रक्त सम्बन्धका आफन्तले माथि लेखिएका पंक्ति सहितको अभिनन्दन पत्र राजालाई दिएका थिए । माथिको पंक्तिले नै के प्रष्ट गर्दछ भने राजा गृवाण विर विक्रम शाहको जन्म मैथिलानीको गर्भबाट भएको हो । राजा रणबहादुर शाहको विवाह मिथिला की छोरीसँग भएको र उनको कोखबाट गृवाणको जन्म भएको हो ।
भारतको विहार प्रान्तका सिमा गाउँका नारायण दत्त मिश्र नेपालको राज दरबारमा राजपंडित थिए । राजपंडित नारायण दत्त मिश्रको ४ छोरी र १ छोरा थिए । उनकी जेठी छोरीको नाउँ त्रिपुर सुन्दरी थियो भने माइलीको राजेश्वरी, साइलीको सोनावत्ति र कान्छीको नाउँ जोगमाया थियो । छोराको नाउँ इश्वरी दत्त मिश्र थियो । उनको जेठी छोरी त्रिपुर सुन्दरीको बाल विवाह भएको थियो । दुर्भाग्यवस उनी बाल विधवा पनि भईन । एक समयमा महाशिवरात्रिका दिन राजपंडित मिश्र आफ्नो बालविधवा छोरीलाई लिएर पशुपतिनाथको दर्शन गर्न गएका थिए । दर्शन गरेर उनीहरु फर्किरहेको बेला तत्कालिन राजा रणबहादुर शाह पनि पशुपति दर्शन गर्न पुगेका थिए । सोही बेला बालविधवा त्रिपुर सुन्दरी माथि राजाको आँखा प¥यो । राजा उनको सौन्दर्यबाट आकर्षित भई भिमसेन थापालाई पठाई विवाहको प्रस्ताव दिए । बालविधवा भईसकेका कारण विवाह गर्न राजपंडित मिश्रले ठाडै इन्कार गरे । विभिन्न प्रयत्न पछि राजाको दवाव सामु उनको केही पनि चलेन । अन्ततः राजा रणबहादुर र त्रिपुर सुन्दरी बीच विवाह भयो । तर, विवाह भएको ३ वर्ष मै त्रिपुर सुन्दरीको निधन भयो । त्यसपछि राजाले राजपंडित मिश्रको अर्को छोरी राजेश्वरीसँग विवाह गर्न प्रस्ताव दियो । राजपंडित मिश्रले आफ्नो छोरी राजेश्वरीको गर्भबाट जन्मिने सन्तानलाई नै राजा बनाउनुपर्ने शर्तमा विहे गराए ।
विन्धी स्थित दरबारका नातेदार
परशुराम झा र ९१ वर्षिय जयनन्दन झा ।
यसरी मिथिलासँग राजदरबारको रक्त सम्बन्ध स्थापित भएको तिनका हालका वंशजहरुको दावी छ । 
एक पटक दरबारमा एक जना पंडित शास्त्रार्थका लागि आएका थिए । ती पंडितले दरबारमा रहेको पंडितहरुसँग आफु शास्त्रार्थ गर्न चाहेको बताएपछि राजाले राजपंडित मिश्रलाई मिथिलाबाट विद्धानहरुको खोजी गर्न आदेश दिएका थिए । आदेश पाएपछि राजपंडित मिश्र भारत विहारको दामोदरपुरबाट शम्भुनाथ झा र भोलानाथ झालाई दरबारमा लगे । शास्त्रार्थभएपछि बाहिरबाट आएका पंडित पराजित भएका थिए । उक्त घटनाबाट राजा प्रसन्न भएर कहाँ बस्ने भनेर सोध्दा आफु जनकपुरको नजिक कुनै गाउँमा बस्ने ती दुवैजना दाजु भाईले बताएपछि राजाले विन्धीमा २ सय ३७ विघा जग्गा मौजा दिएर बसाएका थिए । यता राजपंडित मिश्रको बाँकी रहेका दुई छोरीहरुसँग मिथिलाका ब्राह्मणहरुले विवाह गर्न मानिरहेको थिएन । त्यहीँ बेला रानी राजेश्वरीले शम्भुनाथ झा र भोलानाथ झासँग आफ्नो बहिनीहरु सोनावत्ति र जोगमायासँग विहे गर्न राजालाई भन्न लगाए । तर, ती दुवै जनाले राजाको प्रस्तावलाई मानेनन् । राजाको आदेशलाई अवज्ञा गरेका कारण ती दुवै जनालाई राजाले जेल हालिदिए । पछि उनीहरु तयार भएपछि शम्भुनाथसँग सोनावति र भोलानाथ सँग जोगमायाको विवाह सम्पन्न भयो ।
स्वर्गीय राजा रणबहादुर शाह ।
उनको साढु भाईको वंशज धनुषाको विन्धीमा छ ।
उनीहरु विन्धीमा आएपछि मैथिल ब्राह्मणहरुले उनीहरुलाई बहिष्कार गरेका थिए । पछि यज्ञ गरी पोखरी खन्न लगाएर तिनीहरुलाई जातिले स्वीकार गरेका थिए । यसरी यी कथा शम्भुनाथ झाको वंशका ९१ वर्षिय जयनन्दन झाको दावी छ । जयनन्दन झाका अनुसार दरबारसँग आफुहरुको रक्त सम्बन्ध छ । राजा रणबहादुरका साढु भाईहरु विन्धीमा बसेको र तिनकै सन्तानहरु आफुहरु रहेको उनको भनाई छ । उता राजपंडित नारायण दत्त मिश्रका छोरा इश्वरी दत्त मिश्रको वृद्धा अवस्था पनि आफुहरुको पुर्वजसँगै विन्धी गाउँमा वितेको जयनन्दन मिश्रको दावी छ । उनी भन्छन,“पंडित मामा इश्वरी दत्त मिश्र निसन्तान स्वर्गीय हुनुभएकोले उहाँको कर्ता भई हाम्रै पुर्वजले बैदिक कार्य सम्पन्न गरेका छन् ।” निज पंडित शम्भुनाथ झाका छोरा रामनाथ झा र भगवान झाका वंशज रहेका जयनन्दन झाले द एक्सक्लुसिभका सम्वाददाता सामु दरबारबाट समय समयमा प्रदान गरिएको लाल मोहरहरु पनि देखाए । यति मात्र होइन दरबारबाट प्रदान गरिएको तामा पत्र पनि जिर्ण अवस्थामा रहेको देखाएका थिए ।
स्वर्गीय राजा गृवाण विर विक्रम शाह । 
उनको आमा मैथिल ब्राह्मण थिए ।
इतिहासको पुस्तकमा के छ ?
इतिहासका कितावहरुमा राजा रणबहादुरको विवाह मिश्रको छोरीसँग भएको र विन्धीसँग सम्बन्ध रहेको उल्लेख भएपनि मिश्रका छोरीहरुको नामहरु अर्कै रहेको पाइन्छ । पिताम्बर यादवद्वारा लिखित नेपालको राजनैतिक इतिहास नामक पुस्तकमा यसरी उल्लेख गरिएको छ । राजा रणबहादुर शाहको पहिलो विवाह गुल्मीको राजकन्या राजराजेश्वरी देवीसित भएको थियो । यस बाहेक रणबहादुर साहले एक बस्नेत सरदारकी छोरी सुवर्ण प्रभासित दोस्रो विवाह गरेका थिए । तर रणबहादुर साहले आफु उनलाई भोग्या रानी (रखौटी)को संज्ञा दिएका छन् । सुवर्ण प्रभाबाट रणोद्योत शाहको जन्म भएको भएपनि उनलाई युवराजधिराज घोषित गरिएन । उनको तेस्रो विवाह कान्तिवत्तीसित भएको थियो । कान्तीवती जनकपुरनिरको महोत्तरी जिल्लाको विन्ही गाउँका एक मिश्र बाहुनको विधवा छोरी थिईन र पशुपतिनाथको दर्शन गर्न बाबुसित काठमाण्डौ आएकी थिईन । रणबहादुर शाह उनलाई देखेपछि उनको सौन्दर्यबाट मोहित भएर बिहे गर्न खोजे । शुरुमा कान्तीवतीले विरोध गरे पनि उनीबाट जन्मेको सन्तानलाई राजा बनाउने प्रस्ताव रणबहादुर साहले स्वीकार गरेपछि उनीसित बिहे भयो । हुनत कानुनी दृष्टिमा यस्तो रुपमा भएको यो बिहे ठीक नदेखिए पनि विरोध गर्ने हिम्मत कसैमा थिएन ।     कान्तीवतीबाट सन् १७९७ अक्टुबरमा गीर्वाणयुद्ध विक्रम शाहको जन्म भयो । यिनी युवराजधिराज घोषित गरिए । 
 
दरबारबाट प्रदान गरिएको तामापत्रमा 
समेत बैवाहिक सम्बन्धको पुष्टि गरिएको छ ।
 उक्त तामपत्र दरबारका आफन्तले विन्धीमा
 अहिले पनि सुरक्षित राखेका छन् ।

गीर्वाणयुद्ध विक्रम शाहलाई सत्ता दिएर रणबहादुर शाह सन्यास ग्रहण गरेका थिए र त्यसपछि उनको गाउँ स्वामी निर्गुणानन्द वा निर्वाणानन्द रहन गयो । उनी स्वामी महाराजको नाउँले प्रसिद्ध भए र कान्तीवती स्वामिनी भईन । तिनीहरु पहिले केही समय सम्म पुलचौकमा बसे र पछि देवपाटन आइ बस्न थाले ।

शासन संचालन गर्नको लागि जेठी महारानीलाई नायब, रणोद्योत शाहलाई प्रथम चौतारा, विदुर शाह, शेरबहादुर शाही, शमशेर शाह  र बलभद्र शाह चौतारा बनाइए र रणजीत पाण्डे, दामोदर पाण्डे, नरसिंह गुरुङ, कीर्तिमानसिंह बस्नेत र त्रिभुवन खवास काजी बनाइए । कीर्तिमानसिंह बस्नेत मुल काजी थिए । राजा गीर्वाणयुद्ध विक्रम शाहको स्याहार सुसार सुवर्ण प्रभाको देख रेखमा भइरहेको थियो । यसरी शासन संचालन गर्ने व्यवस्था मिलाएर स्वामी महाराज कान्तीवतीको रोग निको पार्नमा लागे । यसको लागि उनले कुनै कसर बाँकी राखेनन । दान पुण्य र मन्दिरहरुमा पूजा पाठमा प्रशस्त खर्च गरियो । अनेकौं वैद्य, गुभाज्यू आदि व्यस्त थिए । तर रोग निको नभएकोले भारतबाट हकीम झिकाउने विचार भएको थियो । त्यसै बेला सन् १७९९ नोभे. १ मा कान्तीवतीको निधन भयो । यसले गर्दा रणबहादुर शाह शोकविहवल भएर पागल जस्तै भए ।
 कान्तीवती र उनीबीचको प्रेम नरुचाएको आरोप लगाएर देवी देवताको तोड फोड गर्ने र मन्दिरमा हाड फाल्ने कार्य पनि गरे । औषधि गर्ने व्यक्तिहरुलाई पनि अनेकौं अमानविय सजाय दिए, जसले गर्दा उनलाई सबैले पागल भन्न थाले । 
राजदरबारबाट मौजा जग्गा प्रदान गरिएको लाल मोहर अझैपनि विन्धीका वंशजहरुसँग सुरक्षित छ । दरबारबाट प्रदान गरिएको २ सय ३७ विघा जग्गा मध्ये सबै सकिसकेको उनीहरु बताउँछन् ।
त्यसबेलाका कट्टरपन्थीहरु रणबहादुर साहको कान्तीवतीसितको बिहेलाई मन पराएको थिएन । झन् उनीबाट जन्मेको सन्तानलाई राजा बनाउने कुराले गर्दा तिनीहरु विचलित भए । ज्योतिषीहरुले राजा वा रानी चाँडै मर्ने र गीर्वाणयुद्ध विक्रमको पनि बिफरबाट मृत्यु हुने भविष्यवाणी गर्न थाले । गीर्वाणयुद्ध विक्रम शाहको जन्मकै बेलादेखि कान्तीवती विरामी भएकी थिईन । पछि उनलाई टी.बी.भएकोले दिनानुदिन स्वास्थ्य क्षीण हुँदै गयो । यस्तो स्थितिमा उनलाई आफ्नो छोराको चिन्ता बढ्न थाल्यो । तसर्थ आफ्नै जीवनकालमा गीर्वाणयुद्ध विक्रम शाहलाई राजा बनाउने इच्छा प्रकट गरिन । वास्तवमा रणबहादुर शाहले पनि गीर्वाणयुद्ध विक्रम शाहलाई सत्ता दिन समस्या हुन सक्छ भन्ने कुरा बुझिरहेका थिए । गीर्वाणयुद्ध विक्रम शाहलाई राजा मान्ने कबुलियत उनलाई राजा बनाउनु भन्दा १७ दिन पहिले नै सबै भारदारसित गराएका थिए । जसमा ९५ जना भारदारहरुको हस्ताक्षर गराइएको थियो । सन् १७९९ मार्च ८ शुक्रबारको दिन रणबहादुर शाहले आफु राजगद्दी त्याग गरी गीर्वाणयुद्ध विक्रम शाहलाई राजा बनाए । आफ्नो निधनपछि यसको विरोध कसैले नगरोस भन्ने उद्देश्यले त्यस बेलाका शक्तिशाली पाल्पाका राजा पृथ्वीपाल सेनाको हातबाट उनलाई श्रीपेच लगाइएको थियो ।
२०११ सालमा राजा त्रिभुवन आफ्नो मावली विन्धीमा गएपछि 
विन्धी स्थित तिनका वंशजले जग्गा दिएर राजा त्रिभुवनकै नाउँमा 
भित्रुवन आदर्श उच्च मावि स्थापना गरेका थिए ।
कान्तीवती जीवित रहेसम्म उनको स्याहार सुसारमा व्यस्त रहनु परे पनि उनको निधनले गर्दा उनी पुर्ण फुरसत पाएका एक विद्रोही भएर शासन कार्यमा हस्तक्षेप गर्न खोजे । उनी देवपाटनबाट नै शासन संचालन गर्न थाले । नायबको रुपमा जेठी रानी काठमाण्डौबाट शासन संचालन गरिरहेकी थिईन । दामोदर पाण्डे र अन्य भारदारहरु राजालाई नुवाकोट पु¥याई राजाको नाउँमा त्यहींबाट शासन संचालन गरिरहेका थिए । यसरी नेपालमा केही समयसम्म त्रयी शासन चल्न थाल्यो ।
राजा गृवाण विर विक्रमको विन्धी स्थित मावलीका वंशजहरुमध्येका राजकुमार झा ।
तर रणबहादुर शाहले राज्यत्याग गरिसकेकोले उनको हस्तक्षेप दरवारीहरुलाई मन परेन र तिनीहरुले एकताको शपथ लिएर रणबहादुर शाहलाई एउटा पत्र पठाए, जसको मुख्य आशय थियो (राजत्याग गरिसकेकोले रणबहादुर शाहलाई शासन हस्तक्षेप गर्ने कुनै अधिकार छैन । तसर्थ आफुलाई मन लागेको ठाउँमा जीवन यापनको लागि चाहिने जति खर्च लिएर रिटायर भई बस्ने सल्लाह समेत पठाए । यो सुनेर रणबहादुर शाहलाई रीसको सीमा रहेन र उनी सेनालाई त्यस्ता दरबारीहरुको विरुद्ध पठाए । तर सेना पनि विरोधी पक्षमै मिल्न गएकोले रणबहादुर शाहले बनारसतिर भाग्नु प¥यो ।
राजा रणबहादुरका साढुभाईहरु शम्भुनाथ झा र भोलानाथ झा विन्धी आएपछि जातिसँग मिल्नका लागि यज्ञ गरी खनाएको पोखरी (लवकी पोखरी) विद्यालयको छेउमै अवस्थित छ ।
रणबहादुर शाहले आफ्नो छोरालाई राज्य पाउन कुनै समस्याको सामना गर्न नपरोस भन्ने उद्देश्यले नै शासन त्याग गरेका थिए र कान्तीवतीको निधनपछि छोराको संरक्षक भएर शासन संचालन गर्ने इच्छा थियो । तर दरवारीहरुले उनीलाई पागल ठानेर भारततिर भगाई दिए । रणबहादुर शाह एउटा मुद्दाको छानविन गरिरहेको बेलामा आफ्नै सौतेला भाई शेरबहादुर शाहीद्वारा वि.स. १८६३ बैशाख वदी ७ शनीबार (सन् १८०६ अप्रील २५ ) मा उनको हत्या गरियो । 



२०७१ भादौ ०८ गते आईतबार

Tuesday, August 26, 2014

एकिकृत सहरी विकास परियोजना र द्वन्द

२९ साउनमा मन्त्रि विमलेन्द्र निधिलाई कालो झण्डा देखाउँदै
१७ राजनीतिक दलिय संयन्त्र र घेरा दिँदै सुरक्षाकर्मी ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
राजतन्त्रको विरोधमा जटहीका दुर्गानन्द झाले राजा महेन्द्रको जनकपुर सवारी हुँदा राजा महेन्द्रलाई लक्षित गरी बम प्रहार गरेका थिए । सोही निहुँमा राज्य पक्षद्वारा जनकपुरको विकासमा पुर्वाग्रही भई ग्रहण लगाएको पीडा जनकपुरले भोगेकै छ । देशमा गणतन्त्र स्थापना भईसकेको छ । गणतन्त्रको प्रतिक स्वरुप संजोगवस नेपालको पहिलो राष्टूपति डा.रामबरण यादव जनकपुरकै हुन । उनी राजनीति गर्दा धनुषाको निर्वाचन क्षेत्र नं. ५ बाट चुनाव लड्ने गर्थे । उनको पैत्रिक घर सोही क्षेत्रको सपहीमा पर्छ । उनको घर जनकपुरमा पनि छ । तर पनि जनकपुरमा विकासको गति लिन सकेको छैन । कुनैबेला जनकपुर देशकै सहरहरुमध्ये तेस्रो चौथो स्थानमा गनिन्थ्यो । तर, अहिले जनकपुर भन्दा धेरै पछाडी भएका सहरहरु विकासमा जनकपुरलाई धेरै पछाडी पारिसकेको छ ।
प्राचिन मिथिलाको राजधानी रहेको जनकपुर अहिले धनुषाको निर्वाचन क्षेत्र नं. ४ मा पर्दछ । ८ मंसिर २०७० मा सम्पन्न भएको संविधानसभाको दोस्रो निर्वाचनबाट सदभावना पार्टीका तत्कालिन वरिष्ठ उपाध्यक्ष  संजय कुमार साह १२ हजार ६ सय ६६ मत ल्याएर निर्वाचित भएका हुन । पहिलो निर्वाचनमा पनि उनी नै निर्वाचित भएका थिए ।  १२ हजार ६ सय ६६ जनाले आफ्नो मत दिएर जन प्रतिनिधिको रुपमा चुनेका साह हुन त संविधानसभामा संविधान निर्माण गर्न र जनकपुरको विकासका लागि व्यवस्थापिका संसदमा लड्नु पर्ने थियो । तर, जनकपुरबासीको दुर्भाग्य के छ भने उनीहरुले चुनेका जनप्रतिनिधि साह अहिले संविधानसभामा नभई जनकपुर बम काण्डमा व्यक्ति हत्या गर्न प्रमुख योजनाकारको भुमिका निर्वाह गरेको अभियोगमा सिरहा कारागारमा थुनिएका छन् । त्यसैले अहिले जनकपुर जनप्रतिनिधि विहिन बनेका छन् । जनकपुरको जनप्रतिनिधि निलम्बित छन् । यसको अर्थ जनकपुरको विकास पनि जनप्रतिनिधि थुनिए झैं थुनिनु हुन्न । विकास पनि निलम्बित हुनु भएन । किन भने जनकपुरको जनप्रतिनिधि बन्नका लागि ६२ जनाले संविधानसभाको चुनावमा हाम फालेका थिए । ५ महिला र ५७ जना पुरुषहरु गरी कुल ६२ जना मध्ये ३१ जना राजनीतिक दलहरुका तर्फबाट उम्मेदवार बनेका थिए भने ३१ जना स्वतन्त्र रुपमा चुनावमा सहभागी भएका थिए ।
विरोधका बीच मन्त्रि निधिको शक्ति प्रदर्शन । मन्त्रि निधिलाई स्वागत गर्न मोटरसाईकल ¥याली
सहित विमान स्थलबाट ल्याउँदै नेपाली कांग्रेसका कार्यकर्ताहरु ।
जनकपुरको जनप्रतिनिधि भलेही सिरहा कारागारमा थुनिएका बेला जनकपुरका ११ हजार ४ सय २६ जना मतदाताले आफ्नो मत दिएर नेपाली कांग्रेसका धनुषाका सभापति समेत रहेका रामसरोज यादवलाई आफ्नो नेता मानेका थिए । केही मत अन्तरले पराजित भएका उनी अहिलेको अवस्थामा जनप्रतिनिधि नभएपनि उनी जनप्रतिनिधिको रुपमा अगाडी आउन सक्थे । भन्नुको तात्पर्य के हो भने संविधानसभामा नपुगेपनि जनताको सुखदुख र जनकपुरको विकासका लागि पहल कदमी लिएर वर्तमान सरकार जो उनको पार्टीको नेतृत्वमा छ, उनी सफल हुन सक्थे । तर, दुर्भाग्य नै भन्नु पर्छ, जनकपुरबासीले त्यो अनुभुति गर्न सकेका छैनन् ।
संजय साह पहिलो पटक निर्वाचित भई आफ्नो संसदीय क्षेत्र जनकपुरको पुर्वाधार विकासको लागि भौतिक योजना तथा निर्माण मन्त्रालयका राज्य मन्त्रिका हैसियतले लगानी भित्रियाउने प्रयास गरेका थिए । जनकपुरको दुरावस्थालाई अन्तय गरी कायापलट गर्ने उद्देश्य लिई जनकपुर सहर भित्र २६ किलोमिटर सडक र सोही दुरीमा ढल र व्यवस्थित ल्यान्ड फिल साइटको  निर्माण गर्न, जानकी मन्दिरलाई केन्द्र विन्दु मानि त्यहाँबाट विस्तारित र अन्य ढल सहितको सडक संजाल र फोहरलाई उचित तथा बैज्ञानिक तवरले व्यवस्थापन गरिने उद्देश्य लिई एकीकृत सहरी विकास परियोजना अन्तर्गत एसियाली विकास बैंक, नेपाल सरकार र जनकपुर नगरपालिका विच त्रिपक्षिय सम्झौता गर्न लगाए ।
    पटक पटकको छलफल र सहमति पश्चात अन्ततः सन् ८ मई २०१२ मा जनकपुर नगरपालिका , एसियाली विकास बैंक र नगरविकास कोषबीच जनकपुर नगरपालिकाको विकासका लागि सडक निर्माण , नगरको सौन्दर्यीकरण सहितका लागि एसियाली विकास बैंकले १९.०४ अमेरिकी डलर अनुदान दिने त्रिपक्षिय सम्झौता पनि भयो । एडिबीका तर्फबाट नेपालमा रहेका कन्टूी डाइरेक्टर तथा आवासिय मिसन प्रतिनिधी केनिची योडोयामा , नगर विकास कोषका तर्फबाट कार्यकारी निर्देशक सुशिल ज्ञवाली र जनकपुर नगरपालिकाका तर्फबाट कार्यकारी अधिकृत बद्रीकृष्ण शंखदेवले सम्झौतामा हस्ताक्षर गरेका छन् । एक अमेरिकन डलर बराबर नेपाली रुपैयाँ ८५.१५ मानि पुरा परियोजनामा रु. १ अर्ब ६२ करोड १२ लाख ५६ हजार अनुमानित लागत लाग्ने अनुमान गरिएको छ । सडक , नाला र समुदायमा आधारित शीपमुलक तालिमका लागि उक्त रकम लगाइनेछ ।
तर, उक्त परियोजना पुरा हुने हो वा होइन अन्यौलमै छ । किनभने उक्त परियोजना कार्यान्वयनमा आउनका निम्ति सडक तथा ढल निर्माण, ल्याण्ड फिल साइट निर्माण र जनचेतना मुलक कार्यक्रम एकै पटक एक साथ आयोजन हुनुपर्ने परियोजनामा लगानी गरेका एसियाली विकास बैंकको शर्त छ ।  जनकपुर नगरपालिकाको कार्यालयले मापदण्ड निर्धारण गरी सडक विस्तार गर्न चिनो लगाउने कार्य गरिसकेको छ । स्थानीयवासीले समेत चिनो भन्दा बाहिरका घरहरु आफैले भत्काउन थालेका छन् । विकासको लागि जनकपुरवासीले यतिको सहयोग गर्न तयार भएका छन् । तर, फोहर मैला व्यवस्थापनको लागि ल्याण्ड फिल साइट निर्माणमा विवाद भएपछि परियोजना नै धरापमा परेको हो । फोहर व्यवस्थापन गर्ने कार्यको लागि विगतमा गुठी संस्थान केन्द्रीय कार्यालय र जनकपुर नगरपालिकाका बिचमा २०७० साल असार ३१ गते फूलगामा गाविसमा १२ विघा १७ कठ्ठा १७ दशमलव ५ धुर जग्गा २० वर्षे लिजमा लिने गरी सम्झौता भैसकेको थियो । र, उक्त स्थानको माटो परिक्षणको कार्य समेत सम्पन्न भैसकेको अवस्थामा फूलगामामा ल्याण्डफिल्ड साइटको जग्गा राजर्षि जनक विश्वविद्यालयको लागि प्रस्तावित जग्गा भएको भनी नेपाल सरकारका एक जना प्रभावशाली मन्त्री विमलेन्द्र निधिले कुनै पनि हालतमा त्यहाँ हुन नदिने अडान लिएपछि विवाद उत्पन्न भएको छ ।
मन्त्रि निधि धनुषाको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित भएका छन् । अहिले उनले आफ्नो क्षेत्रको विकासका लागि राज्यको ढुकुटी खोली दिएका छन् । गाउँ गाउँमा सडक बनाउने योजनाहरु कार्यान्वयनको अवस्थामा छन् भने जटही देखि ढल्केबरसम्म ६ लेनको सडक बनाउने तयारी गरिरहेको उनले सार्वजनिक कार्यक्रमहरुमा समेत बताउँदै आएका छन् । त्यसैगरी उनकै क्षेत्रमा पर्ने जटही नाकालाई नेपाल भारत सिमाको मुल नाका बनाउने प्रयासमा छन् । यसरी हेर्दा उनी आफ्नो क्षेत्रका लागि विकास पुरुषको रुपमा आफुलाई स्थापित गराउन अगाडी वढेका छन् । हुन त उनको घर जनकपुरमा पनि छ । कुनै बेला जनकपुरबाट उनी चुनाव पनि लडेका थिए । तर, जनताले उनलाई पराजित गरिदिए । उनको बुवा महेन्द्र नारायण निधिको नाउँमा तिरहुतिया गाछी अन्तरगतका ऐतिहासिक बैल बजारको जग्गामा महेन्द्र नारायण निधि मिथिला संस्कृति संग्राहालय वर्षौ देखि निर्माणाधिन अवस्थामा छन् । तर, मन्त्रि निधिले जनकपुरको विकास भन्दा पनि आफ्नो क्षेत्रको विकासमा मात्रै केन्द्रित भएपछि जनकपुरका जनताहरु आक्रोशित भएका छन् । यसका साथै १९ दलको नगरस्तरीय राजनीतिक संयन्त्र मध्ये १७ वटा राजनीतिक दल विरोधमा ओर्लिएका छन् । उनीहरु विभिन्न चरणको आन्दोलन गर्दै अब जनकपुर बन्द गर्ने सम्मको कार्यक्रमहरु सार्वजनिक गरिसकेका छन् । राष्टिूय मधेस समाजवादी पार्टी धनुषाका अध्यक्ष महाशंकर ठाकुरका अनुसार संघर्ष समितिले सार्वजनिक गरेको चौथो चरणको कार्यक्रम अन्तरगत भदौ ६ गते संघर्ष समिति गठन गर्ने, भदौ ९ गते रेल्वे स्टेशनबाट मोटरसाईकल जुलुस निकाली नगरको परिक्रमा गर्ने, भदौ १५ गते रेल्वे स्टेशनबाट मशाल जुलुस नगरभरी प्रदर्शन गरिने, भदौ १६ गते एक दिनको लागि आम हडताल गर्ने र भदौ २० गते वृहत जन प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।
३१ साउनमा मन्त्रि निधि जनकपुर आउँदा १७ दलिय संयन्त्रले विमान स्थलको प्रवेशद्वारमा कालो झण्डा देखाएका थिए । संख्यामा तिनीहरु कमै भएपनि मन्त्रिलाई कालो झण्डा देखाएका थिए । व्यापक प्रहरीको परिचालन गरिएको थियो । प्रदर्शनकारीहरुलाई प्रहरीले घेराहाली रोकेका थिए । मन्त्रि निधिको तस्वीरलाई क्रस गरिएको व्यानर प्रहरीले हटाएका थिए । एकातर्फ मन्त्रि निधि विकास विरोधी हुन भन्दै विरोध प्रदर्शन गरिएको थियो भने अर्को तर्फ मन्त्रि निधिलाई करिब हजारौंको संख्यामा लिन गएका नेपाली कांग्रेसका कार्यकताहरुले मन्त्रि निधिलाई विकास प्रेमीका रुपमा नाराबाजी गर्दै थिए । त्यहाँ मन्त्रि निधिले आफ्नो शक्ति प्रदर्शन गराएका थिए । किनभने यसअघि विरोधमा ओर्लिएका दलहरुले मन्त्रि निधिलाई जनकपुर प्रवेशमै रोक लगाउने सम्म भनेका थिए ।
यहाँ सम्मको विरोधका कार्यक्रमहरुमा उपस्थित नदेखिएका एमाओवादीका नेता तथा पोलिट व्युरो सदस्य रामचन्द्र झा भाद्र ३ गते आयोजना गरिएको विरोध जुलुस र विरोध सभामा सहभागी मात्र भएनन्, अब विमलेन्द्र निधिलाई ठेगाना लगाउनुपर्ने बेला आईसकेको भन्दै चेतावनी पनि दिए । विरोध सभालाई सम्बोधन गर्दै मन्त्रि निधिले आफ्नो क्षेत्रबाट भाडाका टटुहरुलाई ल्याएर जनकपुर नगर विकासमा अवरोध कबनेर शक्ति प्रदर्शन गरेर चल्नेबाला छैन, हिम्मत छ भने निधि अब जनकपुर आएर देखाओस, भकमच्छर छोडाईने छ भनेर चेतावनी समेत दिए । यसरी एकिकृत सहरी विकास परियोजना कार्यान्वयन हुने नहुने विषयमा राजनीतिक रुपमा पनि राजनीतिक दलहरु आमने सामने आउनाले अब मुठभेडको अवस्था पनि ननिम्तिने हो भन्न सकिन्न । जे भएपनि जनकपुरबासी कुनै पनि हालतमा परियोजना कार्यान्वयन हुनुपर्ने अडानमा छन् । यदि यो परियोजना लागु हुन सकेनन् भने भविष्यमा पनि दातृ निकायहरुले जनकपुर विकासको लागि लगानी गर्नबाट हच्किने छन् । तसर्थ मन्त्रि निधिले पनि आफ्नो अडानबाट एक कदम पछाडी हटेर समग्र जनकपुरको विकासका लागि निकास दिनुपर्ने आवश्यकता छ । नत्र भने पुर्वाधार तथा यातायात मन्त्रिको गृह जिल्ला धनुषाको सदरमुकाम जनकपुरको पुर्वाधार तथा यातायातको दुरावस्था देखेर उनको पनि प्रतिष्ठा बढ्ने होइन घट्ने नै छ ।

२०७१ भादौ ०८ गते आईतबार

रंगमञ्चमै समर्पित रामनारायण

भारतको दिल्लीमा आयोजित ‘ओकरा आँगनक बारहमासा’ नाटकमा
सह–कलाकार प्रियंका झासँग अभिनय गर्दै रामनारायण ठाकुर ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
रामनारायण ठाकुर मैथिली रंगमञ्चका एक सशक्त कलाकार हुन । वरिष्ठ रंगकर्मी ठाकुर हास्य कलाकारका रुपले परिचित छन् । मञ्चमा उनको दृष्य आउने वित्तिकै दर्शकहरु उत्साहित हुन्छन् । उनको अभिनय, सम्वाद तथा बोल्ने प्रस्तुति वा अभिनय गर्ने कलाको जादुमा मन्त्रमुग्ध हुन्छन् दर्शकहरु । मञ्चमा अभिनय गरेर दर्शकलाई हसाउनु उनको खास कला त हुँदै हो तर, गम्भीर प्रकृतिका चरित्रहरुमा पनि उनको अभिनयले दर्शकहरुमा  विशेष किसिमको छाप छोड्न सफल हुन्छन् । नाटक प्रति उनको त्याग र समर्पण यति सम्म छ कि नाटकका सामु उनले परिवार वा निजी जिवनलाई कहिल्यै प्राथमिकता दिएनन् । एक पटक धनुषाको पोरताहामा सडक नाटक गरी घर फर्केर आउँदा उनको आमा सत्यादेवी प्यारालाइसिस रोगले थला परेकी थिईन । आमालाई जनकपुर अञ्चल अस्पतालमा भर्ना गराउँदा चिकित्सकहरुले घर लग्न सल्लाह दिए । अब बाँच्ने सम्भावना न्युन रहेको चिकित्सकले बताएपछि आमालाई घर लगे । उनी र उनका दाई लक्ष्मी ठाकुरलाई पनि लाग्न थाल्यो कि अब आमा वढी दिन रहने छैनन् । यता आमा थला परेको थियो भने अर्को तर्फ पृथ्वी ज्यन्तीको अवसरमा काठमाण्डौमा प्रत्येक वर्ष हुने नाटक ‘सामा चकेवा’ मा अभिनय गर्नका लागि उनलाई जानु थियो । सबै कलाकारहरु बसमा चढी काठमाण्डौ प्रस्थान गरे तर, उनी आमाको स्याहारका लागि घर फर्के । दुई दिन पछि उनको आमाको देहान्त भयो । दाह संस्कार गरेर घर फर्किएर उनी काठमाण्डौ प्रस्थान गरे । नाटक गर्नकै लागि उनी काठमाण्डौ पुग्दा उनका सहकर्मीहरु पनि आश्चर्य चकित भए । काठमाण्डौमा नाटक गरेर उनी सबै कलाकारसँगै घर फर्किए । यसरी नाटक प्रति उनको समर्पण कति छ भनेर बुझ्न सकिन्छ ।
महामुर्ख सम्मेलनमा साडी लगाएर व्यङ्ग गर्दै रामनारायण ठाकुर ।
एक पटक प्रज्ञा प्रतिष्ठानमा नाट्य महोत्सवमा सहभागी हुनु थियो । तर, त्यो बेला उनका बुवा सियाशरण ठाकुर पनि आफ्नो जीवनको उत्तरार्धमा थिए । उनले खानापानी सबै त्यागी सकेका थिए । अवस्था राम्रो थिएन । तर पनि रामनारायण ठाकुरले बुवाको माया मारेर नाटकलाई प्राथमिकता दिएका थिए । काठमाण्डौ पुगी नाटक महोत्सवमा सहभागी भई ‘प्रेत चाहे असौच’ नाटक मन्चन गरी विवाह पञ्चमीका दिन जनकपुर फर्के । फलफुल किनेर घर आउँदा टोलामा पनि सबैले ए रामनारायण आई पुगिस् । धेरै राम्रो गरिस भनेर भन्यो । बास्तवमा उनी घर पुग्दा उनको बुवाको श्वाँस चलिरहेको थियो । उनी पनि आफ्नो छोराको प्रतिक्षामा थिए । रामनारायणलाई हेर्ने वित्तिकै उनको बुवाको आँखाबाट आँसु झर्न थाल्यो । रामनारायणले आफ्नो बुवाको आँसु पुछे । त्यसको केही घण्टा पछि नै उनको देहान्त भयो ।
रामनारायणको भाउजु खजिनी देवी क्यान्सर रोगबाट ग्रस्त थिईन । उनी विरामी भएका कारण धेरै पीडामा थिईन । रामनारायणलाई विराटनगरको गुरुकुलमा नाटक मञ्चन गर्नु थियो । त्यस्तो अवस्थामा भाउजुलाई छोडेर नाटक गर्न जाने परिस्थिति थिएन । दाईले पनि नजा भनेर भनिरहेको थियो । तर, उनी विराटनगरका लागि प्रस्थान गरे । जिपमा चढेर जिरोमाईलसम्म पुग्दा उनले आँसुलाई थाम्न सकेनन् । मिनापका कलाकारहरुले रामनारायण रोएको पहिलो पटक देखेका थिए । अर्थात रामनारायण ठाकुरले आफ्नो परिवारका सदस्यहरु जीवन र मृत्युका दोसाँधमा रहेका बेला पनि उनले नाटकलाई नै वढी प्राथमिकता दिएका छन् । यसकारण पनि उनको नाटक प्रतिको लगाव र समर्पण प्रस्ट हुन्छ ।
मैथिली फिल्म मुखियाजीमा जनकपुरका कलाकार
विष्णु मिश्रसँगै
रामनारायण ठाकुर ।
नेपालको पहिलो मैथिली टेली फिल्म ‘मिथिलाक व्यथा’, काठक लोक, बाबा, शान्ति, कनियाँ पुत्रा, अन्हरजाली, सृष्टी, आमा २ लगायतका टेली फिल्महरुमा उनले अभिनय गरिसकेका छन् । यसका अतिरिक्त मैथिली नाटकहरु पुष जाढ की माघ जाढ, गाम नै सुतैय, ओकरा आँगनक बारहमासा, छुतहा घैल, ओ खाली मुह देखैछै, एक टुक्रा पाप, छमादान, ओरिजनल काम, प्रेत चाहए असौच, एकटा छल गदहा लगायतका दर्जनौं नाटकहरुमा उनले अभिनय गरेका छन् । त्यसैगरी मैथिली फिल्म आउ पिया हमर नगरी, छुटत नै प्रेमक रंग, मुखियाजी आदि फिल्ममा समेत ठाकुरले अभिनय गरेका छन् । यसका अतिरिक्त उनले एक हजार भन्दा वढी सडक नाटकहरु धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, रौतहट, पर्सा, सुनसरी लगायतका जिल्लाहरुमा गरेका छन् । अहिले रेडियो नाटक संगोरमा गहुँमलालको पात्रमा अभिनय गर्दैछन् । हे गौ बाउ थेगो रहेको उनको अभिनयको प्रसंसा सबै तिर भईरहेको छ । महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सँगै उनले आमा २ टेलि फिल्ममा समेत काम गरेका छन् । अभिनय गर्न अगाडी आफ्नो डायलोक याद गर्नका लागि उनी खेत र चौरीमा गएर एक्लै रिहर्सल गर्ने गरेको उनले बताए । कमेडियन रोल गर्न रुचाउने उनी सिरियस रोलहरु गर्न पनि पछि पर्दैनन् । उनको अभिनयलाई सम्मान गर्दै रेडियो मिथिलाले चन्द्रकान्त पुरस्कार, रामानन्द युवा क्लबले राजनारायण सरस्वती पुरस्कार, मैथिल ब्राह्मण समाजले मिथिला गौरव सम्मान, मिथिला महोत्सव सम्मानले सम्मानित गरेका छन् ।
सन् २०१२ मा कतारमा आयोजना गरिएको सो मा जनकपुरका अर्को हास्यकलाकार रविन्द्र झासँग
नाँच्दै रामनारायण ठाकुर ।
श्री कन्टिर झा नमुना मावि बभनगामा, लोहनामा पढ्न जाँदा उनी नाटक प्रति रुचि राख्न थालेका थिए । हुन त उनको बुवा सियाशरण ठाकुर लोक नाँचहरुमा नाच्ने गर्दथे । उनको बुवा पढेलेखेको नभएपनि कन्ठष्थै रामायण बाचन गर्न सक्थे । नाँचको म्यानेजर रहेका उनको बुवालाई मानिसहरुले उस्ताद भन्ने गर्थे । त्यसैले पनि गित गाउन रामनारायण बच्चा देखि नै सिपालु थिए । विद्यालयमा कुनै पनि सांस्कृतिक कार्यक्रम हुँदा उनी गित गाउथे र पुरस्कारहरु जित्ने गर्थे । तर, सोही विद्यालयका शिक्षक तथा मैथिली नाटककार महेन्द्र मलंगियाले एक दिन रामनारायणलाई नाटकमा अभिनय गर्न हौस्याएपछि उनको रुचि नाटकमा पनि जाग्न थाल्यो । संजोग कस्तो भयो भने विद्यालयमा छमादान नाटक गर्ने तयारी भयो । मलंगिया सर हिरोको रुपमा चुनिए भने रामनारायणलाई हिरोइनको रोल र सुनिल मल्लिकलाई बच्चाको रोल दिइयो । पहिलो पटक नाटकमा उनले अभिनय गरेपछि दर्शकहरुबाट राम्रो फिडव्याक आएपछि उनले नाटकलाई नै अगाडी बढाउन कम्मर कसे । गित र नाटकमा वढी ध्यान दिने गरेका कारण उनी एसएलसी परीक्षामा लगातार चार पटक अनुत्तिर्ण भए । पाँचौं पटकमा उनी पास भए । २०३५ को व्याचको विद्यार्थी भएपनि २०४० सालमा एसएलसी प्रथम श्रेणीमा उत्तिर्ण भए । त्यसपछि काठमाण्डौको पुल चौक क्याम्पसमा सिभिल इन्जिनियरिङ गर्न गएपनि उनी इन्जिनियर त बन्न सकेनन्, पाँच वर्षमा सब ओभरसियर बनेर घर फर्के । सब ओभरसियर भएपछि विभिन्न परियोजनाहरुमा उनले काम त गरे तर नाटककै कारण उनले विभिन्न जागिरहरुपनि त्यागनु प¥यो ।
४ भदौ २०१९ मा जन्मिएका रामनारायणको श्रीमति पवन देवी दुई छोरा र एक छोरी छन् । नाटककै लागि जागिरको परवाह नगरेका उनी नाटकबाट जीवन जिविका चलाउन गाह्रो भएको बताउँछन् । उनी भन्छन,“आफ्नो पैत्रिक खेतबाट धान चामल नआएको भए जीवन चलाउन अत्यन्तै धौ धौ हुने थियो । राज्यले कलाकारलाई कहिल्यै पनि प्राथमिकतामा नराखेका कारण नाटककर्मीहरु यस क्षेत्रबाट रोजिरोटीको खोजीमा अन्यत्र पलायन भए ।” अहिले आएर केही अन्तराष्टिूय गैरसरकारी संस्थाहरुले सडक नाटक वा रेडियो नाटकमा राम्रो पारिश्रमिक दिने गरेको भएपनि विगतमा कलाकारहरुको जीवन अत्यन्तै कष्टकर थियो । घरपरिवारले पनि नाटकमा सहयोग गरेको कारण घर परिवारले पैसाका लागि कहिल्यै पनि दवाव नदिएकै कारण आफु नाटकमै रहन सकेको उनी बताउँछन् । जनताले गरेको सम्मान र पहिचान सबै भेटेका कारण आफु मर्दा पनि मञ्चमै मर्न पाए हुन्थ्यो भन्ने उनको इच्छा छ ।
 

२०७१ भादौ ०८ गते आईतबार

Monday, August 25, 2014

नाबालिकासँग नाबालकद्वारा दुष्कर्म


११ बर्षिय बालिकालाई बलात्कार गरी
हत्या गरेको अभियोगमा पक्राउ परेका
बेंगाडावर–९ का १३ वर्षिय निरज परियार
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा जिल्लामा नावालिकसँग सामुहिक बलात्कार गर्ने घटनामा कमी आउन सकेको छैन । आर्थिक वर्ष २०७१÷०७२ को सुरुवातमै जवरजस्ती करनीको दुईवटा घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दायर गरिएको छ । जसमध्ये एक जना नबालिकासँग सामुहिक बलात्कार र अर्को नावालिकसँग सामुहिक बलात्कार पछि हत्या सम्म गरिएको छ । भदौ १ गते श्री कृष्णाअष्टमीका दिन बेंगाडावरमा ११ वर्षिय बालिकालाई सोही गाउँका १३ वर्षिय निरज परियार र १७ वर्षिय दिले भनिने मान बहादुर परियारलाई धनुषा प्रहरीले बलात्कार पछि हत्या गरेको अभियोगमा पक्राउ गरेको छ । १३ वर्षका एक जना बालक ११ वर्षका एक जना बालिकाको बलात्कार गरी हत्या गर्ने अभियोगमा  पक्राउ पर्नु भनेको नै आश्चर्य जनक घटना हो । प्रहरी निरीक्षक गोविन्द पुरीका अनुसार कृष्णजन्माष्टमीका दिन गाउँमा पूजा आयोजन गरिएको थियो । पूजाको अवसरमा राति नाँचगानको कार्यक्रम पनि आयोजन पनि गरिएको थियो । राति ११ बजे पीडित बालिका आफ्नो बुवा सँगै घर फर्किने बेलामा घर नजिकै पर्ने सुशिल भुजेलको घरमा टिभी हेर्न भनेर उनको घरमा गएको थियो । उक्त बालिका सधै जसो भुजेलको घरमा टिभी हेर्न जाने गथर््यो । त्यो रातमा पनि टिभी हेर्न जान्छु भन्दै ती बालिका बुवासँग छुटिएका थिए । तर, नाँचगानबाट फर्किरहेका ती दुई जना अभियुक्त बालकहरुले ती बालिकालाई बलात्कार गरी हत्या गरेको प्रहरीको दावी छ । १७ वर्षिय ती अभियुक्तले पीडितलाई बलात्कार गरेपछि ती पीडित बेहोस भएको थियो । बेहोस भएपछि ती दुवै जनाले पीडितलाई इट्टा र ढुङ्गाले प्रहार गरी र घाँटी समेत थिची हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको प्रहरी निरीक्षक पुरीको भनाई छ । उता पीडितको बुवा आमा छोरी टिभी हेरेर घरमा आई सुतेकी होलिन भन्दै राति खोज खबर गरेनन् । बिहान पल्ट छोरीलाई नदेखेपछि खोज तलास गर्दै जाँदा बेंगाडावर ९ स्थित बाँसको घारीमा मृत अवस्थामा फेला परेको थियो । तत्कालै गाउँका मान्छे र प्रहरी समेतले जम्मा भई छानविन तथा अनुसन्धान गर्दै जाँदा जवरजस्ती करनी गरेर हत्या गरिएको बस्तु स्थिति देखा परेपछि ती दुई जना अभियुक्तहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि तिनीहरुले तत्काल मौकाको बयानमा पनि जवरजस्ती करनी गरी हत्या गरेको ती दुई जना अभियुक्तहरुले स्वीकार गरेका छन् ।
११ बर्षिय बालिकालाई बलात्कार गरी 
हत्या गरेको अभियोगमा पक्राउ परेका
बेंगाडावर–९ का १७ वर्षिय मान बहादुर परियार ।
३१ साउन २०७१ मा धनुषाको तारापट्टी सिरसियामा शौचालय गर्न बाहिर गएकी एक १४ वर्षिय बालिकालाई ३ जनाले सामुहिक बलात्कार गरेको थियो । आर्थिक रुपले विपन्न निम्न मध्यम परिवारका उक्त बालिका राति ८ बजेतिर शौचालय गर्न जाँदा तारापट्टी चौकबाट आफ्नो घर रमदैया भवाडी जाँदै गरेको मोटरसाईकलमा सबार ३ जना यूवाहरुले सामुहिक बलात्कार गरेको थियो । प्रहरीका अनुसार बलात्कार गर्नेहरुले ती बालिकालाई पहिलेदेखि पनि चिनेको थियो । बाटोमा देखेपछि ती ३ जनाले सुरुमा पैसा दिन्छु भनेर फकाउन खोजेका थिए तर, नमानेपछि ज्यानले मारिदिन्छु भनेर धम्की दिँदै सामुहिक बलात्कार गरेका थिए । बलात्कार गर्ने क्रममा ती यूवतीलाई ती तिनैजनाले कुटपिट समेत गरेको थियो । प्रहरीले ती बालिकालाई सामुहिक बलात्कार गरेको अभियोगमा रमदैया भवाडी ८ बस्ने २५ वर्षिय श्रवण कुमार राउत कुर्मीलाई पक्राउ गरिसकेको छ । बाँकी दुई जना अभियुक्तहरुको पहिचान भईसकेपनि तिनीहरु फरार रहेका छन् । प्रहरीका अनुसार फरार रहेका दुवै जना पनि २४ देखि २५ वर्षसम्मको रहेको र रमदैया भवाडी गाउँकै रहेका छन् ।
 यस अघि पनि नावालिकहरुसँग बलात्कारको घटना भईरहेको भएपनि सामुहिक बलात्कार गर्ने प्रवृति समाजमा बढ्दै जानाले गाउँ घरका महिलाहरु असुरक्षित महसुस गर्न थालेका छन् । आर्थिक वर्ष २०६९÷०७० मा धनुषामा जवरजस्ती करनीको १ र जवरजस्ती करनी उद्योगको ४ थान मुद्दा प्रहरीमा दर्ता भईसकेका छन् । त्यसैगरी आर्थिक वर्ष २०७०÷०७१ मा जवरजस्ती करनीको १३ थान र उद्योगको ७ थान मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७१÷०७२ को साउन महिनामा मात्र जवरजस्ती करनीको १ र उद्योगको २ थान मुद्दा दर्ता भईसकेका छन् । कानुनमा बलात्कार सम्बन्धि कडा सजायको व्यवस्था भएपनि अदालतमा बलात्कारको घटना पुष्टि हुन नसक्दा कतिपय अभियुक्तहरु अदालतबाट सफाई पाई राखेका हुन्छन् । कतिपय बलात्कारका घटनाहरु गाउँ घरमा दवाउने गरिएको छ । पञ्चायत गरी पीडित परिवारलाई क्षतिपुर्ति रकम दिलाई बलात्कारका घटनाहरुलाई प्रहरी सम्म आउन सम्म दिइदैन । यति मात्र कहाँ हो र, गाउँका कतिपय घटनाहरुमा पीडितका आमा बुवा लोक लाजका कारण प्रहरीसम्म आउन दिने गरेको छैन ।

२०७१ भादौ ०८ गते आईतबार

Monday, August 18, 2014

अजब–गजब छ बा ! - सुदर्शन सिंह



नआतिनुस् नआतिनुस् विकास–सुशासन–लागु औषध नियन्त्रण हामी सबै निकाय विस्तारै मिलेर गरिहाल्छम नि, ढिलो गए पुगिन्छ चाँडै गए भन्न सकिदैनँ । 

२०७१ भादौ ०१ गते आईतबार

मधेसको सशस्त्र द्वन्द र वार्ता


अजय अनुरागी
जनकपुरधाम............
तराई माथिको नेपालको औपनिवेशिक मुक्तिको लागि बन्दुक उठाएर विद्रोह गरी भुमिगत भई अखिल तराई मुक्ति मोर्चा गठन गरी जयकृष्ण गोइतले हिंसाको बाटो रोजेका थिए । जय कृष्ण गोइतले वर्तमान नेपालद्वारा शासित तराई प्राचीन कौशल, काशी र मिथिला (विदेह) जनपदहरुको उत्तरी हिस्सा रहेको बताउँदै आएका छन् । १६ मार्च २००८ मा अखिल तराई मुक्ति मोर्चाको प्रथम राष्टिूय महाधिवेशन तयारी समितिका लागि गोइतले जारी गरेको अपिलमा यी जनपदहरु प्रारम्भमा आ(आफ्नै जनपदका निकासीद्वारा स्वासित रहेको थियो, बताइएको छ । चौदहौं शताब्दीको पूर्वाद्धमा कैयौं वर्ष सम्म तराईको सिमरौनगढद्वारा नेपाल उपत्यका शासित रहेको थियो । कालान्तरमा तराई मुगल शासकहरुको अधिनमा रह्यो, तत्पश्चात ब्रिटिश शासकहरुद्वारा र अब तराई नेपालको औपनिवशिक शासनको अधिन छ ।
उनले जारी गरेको उक्त विज्ञप्तीमा मातृभूमि तराईको मुक्ति तराईको मुल निवासीहरुका लागि ऐतिहासिक आवश्यकता रहेको र जब सम्म तराईको मुक्ति हुँदैन तबसम्म तराईका मुल निवासीहरुको आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक, भाषिक एवम राष्टिूय पहिचान आदि समस्याहरुको कुनै पनि बास्तविक र स्थायी सामाधान सम्भव नरहेको बताएका थिए ।
यसरी गोइतकै बाटो पछियाउँदै मधेसका थुप्रै यूवाहरु भुमिगत हुँदै तराईको मुक्तिकामी आन्दोलन भन्दै बन्दुकको बाटोलाई रोजे । सोही क्रममा उनीहरुले मचाएको हिंसाबाट मधेसमा व्यापक धनजनको क्षति भयो । कतिपय व्यक्तिको हत्या भयो, कतिपय अपहरित भए, पलायन भए, बम विस्फोट, चन्दा आतंक बढदै गयो । तराईमा जनता त्रसित हुन बाध्य भए ।
जनकपुरमा संवैधानिक संवाद सहमति समितिको प्रारम्भिक वार्ता समितिसँग जनकपुरमा वार्ता गर्न आएका मधेस राष्ट्र जनतान्त्रिक पार्टी क्रान्तिकारीका अनिल सिंह, रामबाबु यादव र रामप्रताप यादव । उनीहरु जनकपुरमा सोही दिन पहिलो पटक सार्वजनिक भएका थिए ।
प्रशासनको टाउको दुखाई बन्दै गएको सशस्त्र समुहलाई समाप्त पार्न राज्यपनि विभिन्न रणनीति अपनाउन थाले । संविधानसभाको पहिलो चुनाव भएपछि गठित सरकारी वार्ता टोलीहरुले बन्दुक उठाएर विद्रोह गरेकाहरुलाई शान्तिपुर्ण वार्तामा आई मुलधारमा आउन आह्वान गरे । एकातर्फ कतिपय समुहहरु बार्तामा आउन थाले भने अर्कोतर्फ प्रहरीले सशस्त्र समुहका नेता कार्यकर्ताहरुलाई पक्राउ गर्न थाले । यतिमात्र होइन प्रहरीको दोहोरो भिड्न्तको नाउँमा जवावी कारवाहीमा सशस्त्र समुहका थुप्रै नेताहरु मारिन थाले । शान्ति तथा पुनर्निर्माण मन्त्रालय गठन भए पश्चात नेपाल सरकारद्वारा गठित सरकारी वार्ता टोलीहरुले मधेसका थुप्र्रै समुहहरुसँग विभिन्न चरणका वार्ताहरु गरे । ९ बैशाख २०७० सम्ममा सरकारी वार्ता टोलीले तराई(मधेसका कुल १५ वटा सशस्त्र समुहहरुसँग वार्ता गरेका छन् । एउटा समुहसँग न्युनतम १ देखि ५ पटक सम्म पनि वार्ता गरिएको छ । यसरी कुल २२ पटक सम्झौता गरिएको हो ।
नेपाल सरकार र सशस्त्र समुहका वार्ता टोलीहरु बीच भएको विभिन्न चरणको सम्झौतामा सबै समुहहरुसँग वार्ता अवधि सम्म सशस्त्र समुहका वार्ता टोलीका सदस्यहरुको सुरक्षा नेपाल सरकारले गर्ने, सशस्त्र समुहहरुले सशस्त्र कारवाही स्थगित गर्ने एवम कानुनले निषेध गरेका कुनै पनि गतिविधि संचालन नगर्ने र नेपाल सरकारको तर्फबाट पनि सो समुहका नेता तथा कार्यकर्ताहरुलाई राजनीतिक रुपमा व्यवहार गर्ने, जेलमा रहेका र मुद्दा लगाइएका आफ्ना कार्यकर्ताहरुको नामावली नेपाल सरकारलाई उपलब्ध गराउने र सो सम्बन्धमा छानविन गरी क्रमशः रिहा गर्दै जाने, स्वतन्त्र एवम शान्तिपुर्ण रुपमा राजनीतिक सभा, जुलुस, ¥याली, गोष्ठी, सेमीनार तथा राष्टू निर्माणका कार्यक्रम सम्बन्धित जिल्ला प्रशासन कार्यालय संग समन्वय गरी संचालन गर्न सकिने, मुलुकमा दिगो शान्ति स्थापनाका लागि अन्य द्वन्दरत राजनीतिक समुहहरुलाई समेत वार्ताको टेवलमा ल्याउन पहल गर्ने भनेर चार देखि पाँच बुँदा सम्म दुवै पक्ष बीच पहिलो चरणमा सहमति हुने गरेको थियो । 
मधेसी भाइरस किलर्ससँग जनकपुरमा 
गरिएको सहमति तथा सम्झौता पत्र ।
त्यसैगरी दोस्रो चरणमा उपलब्ध गराएको नामावली अनुसार बन्दी कार्यकर्ताको रिहाई र मुद्दा फिर्ता लिने प्रक्रिया कानुन तथा न्याय मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा एक महिना भित्र शुरु गरिने, सम्पुर्ण हतियारहरु २०६८ भाद्र १४ भित्र नेपाल सरकारलाई बुझाउने, २०६८ साउन २६ मा मन्त्रालयमा बुझाएको विवरण अनुसार मोर्चाको आह्वानमा भएको आन्दोलनका क्रममा मृत्युभएका मृतकहरुको नामावली सम्बन्धमा यथार्थ छानविन गरी ऐकिन गर्न गृहमन्त्रालयमा लेखि पठाउने, आन्दोलनका क्रममा घाइते भएका नेता कार्यकर्तालाई उपचार खर्च उपलब्ध गराउने सम्बन्धमा विधिगत रुपमा मन्त्रालयमा प्राप्त नभएकोले स्वीकृत चिकित्सकको प्रेस्क्रिप्शन र सो अनुसारको बिल भरपाई सहितको विवरण प्रष्ट भएपछि प्रक्रिया अघि वढाउने र मोर्चासँग भएका तीन वटा सवारी साधनहरुलाई १० भाद्र २०६८ सम्मका लागि सवारी पास उपलब्ध गराउन गृहमन्त्रालयमा अनुरोध गर्ने ५ बुँदे सम्झौता अखिल तराई मुक्ति मोर्चा संस्थापन पक्षका तर्फबाट वार्ता टोली संयोजक विनोद कुमार चौधरी (विवेक) र सरकारी वार्ता टोलीका संयोजक पम्फा भुसाल बीच २३ साउन २०६८ मा सम्झौता भएको थियो । यसरी थुप्रै समुहहरुसँग दुई देखि तीन चरण सम्म सरकार र सशस्त्र समुहका वार्ता टोलीहरुसँग सम्झौता भई कतिपय समुह मुलधारमा आइसकेको छ । तर, पक्राउ परेका मोर्चाका कार्यकर्ताहरुलाई रिहाई गराउन र मुद्दा लागेकाहरुको मुद्दा फिर्ता गराउन सशस्त्र समुहका वार्ता टोलीहरु विफल भएपछि केही समुहहरु पुनः हतियार उठाए भने केही नेताहरु आफु सुरक्षित अवतरण गरे । 
सहमति सम्झौता कार्यान्वयन सिफारिस आयोग २०७१
नेपाल सरकारले विभिन्न समुहहरुसँग विभिन्न समयमा गरेको सहमति र सम्झौता किन कार्यान्वयन हुन सकेन सो सम्बन्धि अध्ययन तथा सिफारिस गर्नका लागि नेपाल सरकारले सहमति सम्झौता कार्यान्वयन सिफारिस आयोग २०७१ गठन गरेको छ । पुनरावेदन अदालत नेपालगञ्जका पुर्व मुख्य न्यायाधिश केशव मैनालीको संयोजकत्वमा अधिवक्ता दिपेन्द्र झा, प्राध्यापक डा.राजकुमार राई, अधिवक्ता रिता मैनाली, शान्ति मन्त्रालयका सहसचिव लक्ष्मण घिमिरे सदस्य सचिव हुने गरी ११ अषाढ २०७१ मा उक्त आयोग गठन गरिएको हो । ६० दिनभित्र सिफारिस पठाउन म्यान्डेट पाएका उक्त आयोगले विगतका सहमति सम्झौताहरु अध्ययन गरेका छन् ।

जनकपुरमा वार्ता गरेपछि जनतान्त्रिक तराई मुक्ति मोर्चा
 पृथ्वी समुहका आशमान यादव, महाराज यादव र योगेन्द्र यादव ।
शान्तिपुर्ण राजनीतिमा बस्ने दलहरु, सरोकारवालाहरु र सशस्त्र समुहहरुसँग गरिएको सम्झौतामा राज्यपक्ष कार्यान्वयनका लागि इमान्दारीपुर्वक प्रयास गरेको जस्तो देखिएन भन्दै उक्त आयोगका सदस्य दिपेन्द्र झा भन्छन् ,“मधेसका सशस्त्र समुहहरुसँग गरिएका सम्झौताहरु मध्ये मुद्दा फिर्ता नै सबैभन्दा जटिल विषय देखिएको छ । समावेशी विधेयक संसदमा टेवल गर्न सकिने र पहिचान सहितको स्वायतः प्रदेश स्थापना सम्बन्धि कुरा संविधानसभामा पठाउन सकिने छ ।” झाका अनुसार वार्तामा आएका सशस्त्र समुहहरुसँग गरिएको सम्झौता अनुसार जेलमा रहेका कैदी बन्दीहरुको संख्या करिब ३ सय छन् । देशको झुमका, जलेश्वर, राजविराज, सिरहा, रसुवा, सिन्धुली, चिसापानी, पाल्पा गरी विभिन्न कारागारहरुमा ती कैदी बन्दीहरुलाई राखिएको छ । उक्त व्यक्तिहरुको पहिचान तथा अवस्था अध्ययन गर्न उक्त आयोगले कारागार व्यवस्थापन विभागलाई समेत पठाईसकेको छ । र, कारागार विभागले पनि भेरिफाई गरिरहेको उनले बताए । झाका अनुसार एक तहबाट माथिको तहमा गईसकेको मुद्दा फिर्ता लिन मिल्दैन, सर्बोच्चको परमादेश नै भएका कारण जटिलता आएको छ । कैद सजाय भईसकेकाहरुलाई कैद मिनहा गर्न सकिन्छ । जिल्ला अदालतमा  चलिरहेको विचाराधिन मुद्दा पनि फिर्ता लिन सकिन्छ । झा भन्छन्,“सशस्त्र समुहका अधिकांश कैदीहरु हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ परेका छन् त्यसकारण मन्त्रिपरिषदले चाहेको खण्डमा ती मुद्दाहरु फिर्ता लिन सकिन्छ । यसरी सशस्त्र समुहका ७० प्रतिशत कैदी बन्दी कार्यकर्ताहरु रिहा हुन सक्छन् । छानविन आयोग ऐन २०२६ अन्तरगत गठन गरिएको उक्त आयोगले गर्ने सिफारिस सरकारले मान्नै पर्ने बाध्यता त छैन तर सिफारिस कार्यान्वयन नगर्दा सरकार नैतिक संकटमा पर्ने झाले बताए । उक्त आयोगका सदस्य सचिव समेत रहेका शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सह सचिव लक्ष्मीशरण घिमिरे भन्छन,“सहमति र सम्झौताहरु कार्यान्वयन हुन नसक्नुमा कतिपय मुद्दाहरु सरकारसँग, संविधानसभासँग, संसदसँग सम्बन्धित हुनाले जटिलता आएको हो । कतिपय सम्झौताहरु आशिक रुपले पुरा भएका छन् भने कतिपय पुरा हुन सकेका छैनन् । मुद्दा फिर्ता नै लिनु पर्दा कानुनी कारवाही चलेका मुद्दा तत्कालै फिर्ता लिन पनि सकिन्न, निश्चित प्रक्रिया पुरा नगरी हुन्न ।”
सहमति र सम्झौताहरु वार्तामा आएका सशस्त्र समुहहरुले पनि अवज्ञा गरेका छन् । वार्तामा आउँदा सहमति गरे अनुसार उनीहरुसँग रहेका हातहतियारहरु पनि फिर्ता गरेको छैन । सह सचिव घिमिरे भन्छन,“वार्तामा आएर पनि चन्दा माग्ने, हतियार बोक्ने र आपराधिक कृयाकलापहरुमा संलग्न हुने गरेको सुरक्षा निकायहरुको प्रतिवेदन सरकारलाई जाने गरेको हुनाले सशस्त्र समुहहरुले पनि आफुहरुसँग भएका सम्पुर्ण हतियार यति नै हुन भनेर भन्न सक्नु प¥यो र राज्यलाई बुझाएर राज्यको विश्वास जित्न सक्नु प¥यो । एक पटक हतियार विसाई सकेपछि पुनः उठाइने छैन भनेर राज्यलाई उनीहरुले विश्वास पनि दिन सक्नुप¥यो ।” उक्त आयोगले भदौ ७ गते प्रधानमन्त्रि सुशिल कोइरालालाई आफ्नो प्रतिवेदन बुझाउने छ ।
द्वन्द समाधान गर्न संसद पनि सक्रिय
दोस्रो संविधानसभाको निर्वाचन पछि संवैधानिक राजनैतिक संवाद सहमति समिति गठन भएको छ । जसको अध्यक्ष एमाओवादीका नेता बाबुराम भट्टराई छन् । अहिलेको सभामा कम समिति बनाएर सारा अधिकार समितिलाई दिएर नियमावलीमै परिवर्तन गरी जम्मा ५ वटा समिति बनेको छ । त्यही समितिको बैठकले प्रारम्भिक वार्ता उपसमितिको गठन ग¥यो ।
 नेपाली कांग्रेसका सभाषद आनन्द प्रसाद ढुङगानाको संयोजकत्वमा गठित ५ सदस्यीय उक्त उपसमितिमा एमालेका सुरेन्द्र पाण्डे, एमाओवादीका शक्ति बस्नेत, तमलोपाका सर्बेन्द्रनाथ सुक्ला, संघीय समाजवादी पार्टीका अशोक राई सदस्य छन् । पहिलेको संविधानसभामा रहेको संवैधानिक समितिले संविधानसभा भित्रको मतान्तर रहेका विषयहरु अर्थात सहमति र असहमतिका विषयहरुलाई टुङ्गयाएर संविधान बनाउने उद्देश्य थियो । तर अहिले गठन भएको समितिको टिओआरमा नै संविधानसभा भित्रका पार्टीहरुका बीचका विमतीहरुलाई सहमतिमा पु¥याउने र संविधानसभा बाहिर रहेका विभिन्न समुहहरु, पार्टीहरु, सरोकारबालाहरु, संविधानसभा चुनावमा सहभागि भएर पनि सभाभित्र जान नसकेका राजनीतिक दलहरु लगायत अन्य सरोकारबालाहरुसँग पनि छलफल गरी तिनका कुराहरुलाई संविधानसभा भित्र कसरी पु¥याउन सकिन्छ उद्देश्य बोकी समितिले वार्ता प्रक्रिया थालेको समितिका संयोजक आनन्द प्रसाद ढुङ्गानाले द एक्सक्लुसिभलाई बताएका छन् । शासकिय स्वरुप, राज्य पुर्नसंरचना, निर्वाचन प्रणाली, न्याय प्रणाली, मौलिक अधिकार लगायतका विषयमा धारणा पु¥याउन सरोकारबालाहरुसँग सहमति नै नगरिकन संविधान जारी गर्न अप्ठ्यारो हुने हुनाले हामीले वार्ता गरिरहेको उनले बताए । उक्त समिति बन्नु भन्दा अगाडी सभाषद पुर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको समितिले सरकारले अहिले सम्म बार्ता गरेका समुहहरु कति छन् त्यसको निकर््यौल गर्ने, राजनीतिक समुह, सरोकारवालाहरु, सशस्त्र समुहहरुसँग के के सम्झौता भयो, कति कार्यान्वयन भयो भएन, कार्यान्वयन भएन भने किन भएन लगायत तिनीहरुको माग के के छन् भन्ने सवालमा शान्ति मन्त्रालयले प्रारम्भिक वार्ता समितिलाई १ सय १ वटा समुहहरुसँग वार्ता गर्न भनेका छन् । सुरक्षा निकायले पनि यी समुहहरुसँग वार्ता गर्नु भनेर भनेको ढुङ्गानाले बताए ।
जनकपुरमा ५ सशस्त्र समुहहरुसँग वार्ता
संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमतिको प्रारम्भिक वार्ता उपसमितिले जनकपुरमा २४ देखि २७ साउन सम्म हुने भनिएको वार्तामा सहभागि हुन ९ वटा सशस्त्र समुहहरुलाई औपचारिक रुपमा पत्राचार गरेको थियो । २२ साउनमा  गरिएको पत्राचारमा मधेसी भाईरस किलर्स (जयप्रकाश यादव समुह), संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (संजय कुमार गुप्ता समुह), तराई संयुक्त जनक्रान्ति पार्टी नेपाल (गजेन्द्र कुमार मण्डल अनुराग समुह), तराई कोब्रा (अजय कुमार सिंह सिवा समुह), अखिल तराई मुक्ति मोर्चा (जयकृष्ण गोइत समुह), जनतान्त्रिक तराई मुक्ति मोर्चा (नागेन्द्र पासवान ज्वाला समुह), जनतान्त्रिक तराई मुक्ति मोर्चा (मनोज मुक्ति समुह), तराई मुक्ति मोर्चा (रामबाबु यादव प्रकाश समुह), जनतान्त्रिक तराई मुक्ति मोर्चा (पृथ्वी समुह) लाई पत्राचार गरेको थियो । जयकृष्ण गोइतले हालै आएर तराई कम्युनिष्ट पार्टी (माओवादी) गठन गरेको बताईन्छ । त्यसैले ७ माघ २०६७ मा गोइत समुहबाट बार्तामा आएका समुहलाई पत्राचार गरिएको थियो ।
जनकपुरमा मधेसी भाइरस किलर्स, संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा, जनतान्त्रिक तराई मुक्ति मोर्चा पृथ्वी समुह, मधेस राष्टू जनतान्त्रिक पार्टी क्रान्त्रिकारी, अखिल तराई मुक्ति मोर्चासँग वार्ता गरेको थियो । मनोज मुक्ति समुहले जेलमै रहेको बरिष्ठ नेता राजन मुक्तिको संयोजकत्वमा वार्ता समिति गठन गरेका कारण जेलबाट कसैलाई छोडाएर वार्ता गर्न नसकिने हुँदा मनोज मुक्ति आफै आए उनको सुरक्षाको लागि हामीले व्यवस्था मिलाउने थियौं भनेर ढुङ्गानाले बताए । ५ वटा समुहहरुसँग गरिएको वार्तामा संसदका तर्फबाट संयोजक ढुङ्गाना, सदस्यहरु अशोक कुमार राई, शक्ति बहादुर बस्नेत, सर्बोन्द्र नाथ सुक्ला, सुरेन्द्र पाण्डे, आमन्त्रित सदस्य सभाषदहरु मेघराज नेपाली निषाद, दिनेश प्रसाद परसैला यादव, डा. विजय कुमार सिंह, शत्रुधन महत्तो, पुर्वसांसद योगनारायण यादव, सचिव मुकुन्द शर्मा, शान्ति तथा पुनर्निर्माण मन्त्रालयका उपसचिव देव बहादुर अधिकारी, गृह मन्त्रालयका प्रतिनिधिका रुपमा धनुषाका प्रमुख जिल्ला अधिकारी लगायत १६ जना सदस्यहरु सहभागी भएको थियो । 
संयोजक ढुङ्गानाका अनुसार वार्ताहरु सकारात्मक रुपमा अगाडी वढेको छ । हिजो सरकारसँग वार्ता गरिएको थियो भने अहिले सभाषदहरुसँग एक किसिमले व्यवस्थापिका संसद र संविधानसभा दुवैले वार्ता गरेका हुनाले तिनीहरुले उठाएका विषयहरु समितिको पुर्ण वैठकमा लगेर छलफल गरी कार्यान्वयन गरिने छ । अब प्रश्न के उठछ भने जयकृष्ण गोइत, ज्वाला समुह, मनोज मुक्ति लगायत कतिपय समुहहरु वार्तामा नै नआउँदा द्वन्द समाधान होला त ?


२०७१ भादौ ०१ गते आईतबार

जनकपुर नगरपालिकाको कार्यालयमा व्यापक भ्रष्टाचार


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
भारतको प्रधानमन्त्री नरेन्द्र मोदी आगामी मंसिरमा हुने सार्क शिखर सम्मेलनमा काठमाण्डौ आउँदैछन् । भर्खर मात्र नेपाल भ्रमणको क्रममा आएको बेला संसदलाई सम्बोधन गर्दै तीन महिना पछि जनकपुर गई राजर्षी जनकलाई र जगतजननी जानकी मातालाई नमन गर्ने मोदीले बताएका थिए । १५ अगस्त तथा भारतको स्वतन्त्रता दिवसको अवसरमा भारतको राजधानी दिल्लीको लालकिलाबाट सम्बोधन गर्दा जनकपुर जाने कुरा पुनः दोहोराएका थिए । तर जनकपुरको हाल भने बेहाल छ । सडक कहिँ पनि पक्की देखिँदैन । धुलैधुलो उडेको हुन्छ । अहिले वर्षाका कारण जनकपुर जलमग्न र हिलाम्य भएको छ । समान्य वर्षामा पनि सडकमा पानी जम्ने गरेको हुन्छ भने विगत ४ दिन देखि परेको निरन्तरको अभिरल वर्षाले जनकपुर सहर क्षेत्रका सम्पुर्ण भु(भागहरु जलमग्न भएका छन् । धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको यस सहरमा मानिसहरुको जनजिवन पुर्णरुपले प्रभावित भएको छ । सहरका टोल टोलमा पानी पसेको छ भने सडकमा सवारी आवागमनमा समेत प्रभाव परेको देखिन्छ । सरकारी कार्यालयहरुमा पानी प्रवेश गरेपछि सेवाग्राहीहरुलाई समेत मर्का परेको छ । यहाँसम्म की जनकपुर अञ्चल अस्पतालको परिसरमा र इमर्जेन्सी कक्षमा समेत पानी पस्नाले विरामीहरुलाई समेत असर परिरहेको त्यहाँका चिकित्सकहरु बताउँछन् । यसरी जनकपुरमा यदि कोहि मानिस अचानक प्रवेश ग¥यो भने यो सहर हो कि टापु हो छुट्याउनै गाह्रो पर्ला । सहरको यस्तो दुरावस्था देखेर जनकपुर नगरपालिकाको कार्यालयले सहरमा लगानी पनि गरेको होला भनेर भन्न सकिने आधार छैन । जनकपुर नगरको यस्तो दुरावस्था  हुनुको प्रमुख कारण हो जनकपुर नगरपालिकाको कार्यालयबाट विकास निर्माणका लागि विनियोजन हुने रकममा व्यापक भ्रष्टाचार तथा अनियमितता । कागजमै काम सम्पन्न गरेर बजेट गोजीमा हाल्नमा जनकपुर नगरपालिकाका अधिकारीहरु खप्पिस छन् । 

जलमग्न जनकपुर ।
विगत ३ वर्षमा मात्र जनकपुर नगरपालिकाको कार्यालयले नगर क्षेत्रको १६ वटा वडाहरुमा रु. ४३ करोड ३० लाख ५४ हजार ७ सय ७९ खर्च गरेको छ । आर्थिक वर्ष २०७०÷०७१ मा चालुगत तर्फ रु. ६ करोड ८१ लाख ९९ हजार २ सय ५१ र पुँजीगत तर्फ १३ करोड ८६ लाख १७ हजार ४ सय ७६ गरी कुल रु. २१ करोड ४ लाख ९९ हजार १ सय ५६ खर्च गरेको छ । आर्थिक वर्ष २०६९÷०७० मा चालुगत तर्फ ५ करोड ३२ लाख ८९ हजार १ सय १४ र पुँजीगत तर्फ रु. ६ करोड ४८ लाख ६६ हजार ५ सय ३० गरी कुल रु. ११ करोड ८१ लाख ५५ हजार ६ सय ४४ खर्च गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०६८÷०६९ मा चालुगत तर्फ ३ करोड ७० लाख ३५ हजार ८ सय ४६ र पुँजीगत तर्फ रु. ६ करोड ७३ लाख ६४ हजार १ सय ३२ गरी कुल रु. रु. १० करोड ४३ लाख ९९ हजार ९ सय ७९ खर्च गरेको छ ।
नगरपालिकाको एक्साभेटरले २९ साउनमा पिडारी चौक निर नाला सफा गर्दै । गत आर्थिक वर्ष र यस वर्षको साउन महिनासम्ममा ८ लाख रुपैयाँ भन्दा वढी नाला सफाई कार्यक्रममा नगरपालिकाले खर्चेको छ ।
आर्थिक वर्ष २०७०÷०७१ को आय व्यय विवरण
जनकपुर नगरपालिकाको कार्यालयले आर्थिक वर्ष २०७०÷०७१ मा आन्तरिक स्रोतबाट रु. २ करोड ६६ लाख ६१ हजार ४ सय ३१ र बाह्य स्रोतबाट रु. १८ करोड ३८ लाख ३७ हजार ७ सय २४ गरी कुल रु. २१ करोड ४ लाख ९९ हजार १ सय ५६ कुल आय भएको देखिएको छ । जसमध्ये खर्च अन्तरगत कर्मचारीको तलबमा रु.२ करोड ४६ लाख १९ हजार ७ सय ३१, कर्मचारी कल्याण कोषमा रु.५० लाख, विमा प्रिमियममा १ लाख ६५ हजार १ सय ६७, दमकल कर्मचारीको तलबमा २१ लाख ७७ हजार ५ सय ५२, कर्मचारी भत्ता महँगी भत्तामा २१ लाख ३९ हजार, बैठक भत्तामा ७९ हजार ९ सय ३३, दमकल कर्मचारी भत्ता तथा महँगी भत्तामा १ लाख ८१ हजार ६ सय ७, सरुवा भ्रमण खर्च तथा दैनिक भत्तामा ५३ हजार ३ सय ८०, प्रशासन कर्मचारी पोशाकमा ७ लाख २७ हजार ५ सय, दमकल कर्मचारीको खाद्यान तथा आहारमा ३ लाख २० हजार ८ सय १४, औषधि उपचारमा ४ लाख ९४ हजार ७ सय ५० रुपैयाँ खर्च गरेको छ । त्यसैगरी तालिम कार्यक्रममा २० हजार, आन्तरिक ऋणको व्याजमा १ लाख ८४ हजार ४ सय ६२, आन्तरिक ऋणको साबाँ भुक्तानी १० लाख ३ हजार ६ सय १८, फिर्ता खर्चमा १४ हजार ८ सय ९३, पानी तथा विजुली महसुलमा ३४ हजार ७ सय ३६, संचार महसुलमा १ लाख ७३ हजार ६ सय ५०, कार्यालय संचालनमा ३ लाख, वडा कार्यालय घर भाडामा १ लाख ६० हजार ७ सय, कार्यकारी अधिकृतको आवास भाडा बापत ९३ हजार ४ सय ३० रुपैयाँ खर्च गरेको छ । सवारी इन्धन पदाधिकारीमा १ लाख ५० हजार, सवारी इन्धन कर्मचारी गत वर्षको बाँकी वक्यौता समेत १ लाख ५० हजार, अन्य इन्धनमा  ९८ हजार ९ सय ४०, परामर्श शुल्कमा १ लाख ५० हजार, सदस्यता शुल्क आरएलसी समेतमा ३७ हजार, परिषद संचालनमा १ लाख ४९ हजार १ सय ५, विविधमा २ लाख ९९ हजार ४ सय ४९, विविध भैपरीमा २ लाख ७३ हजार ३ सय ४९, पोलियो थोपा भिटामिन ए कार्यक्रम तथा स्वास्थ्य सम्बन्धि कार्यक्रममा १ लाख ५० हजार, शिक्षा संस्कृति तथा खेलकुदमा १ लाख ५० हजार, मसलन्दमा २ लाख ९५ हजार ७ सय ८३ रुपैयाँ खर्च गरेको छ ।
त्यसैगरी नगरपालिका कार्यालयको पुस्तक खरिदमा २८ हजार ५ सय १०, कार्यालयमा पत्र पत्रिका बापत ४४ हजार ६ सय, छपाईमा ६ लाख, फोटोकपीमा १ लाख १५ हजार ९ सय ३९, विज्ञापन तथा सूचना प्रकाशनमा ३ लाख ५० हजार, फर्निचर मर्मतमा ६ हजार ६ सय, कम्प्युटर तथा अन्य विद्युतिय उपकरण मर्मतमा १ लाख ९७ हजार ७ सय ९१, धार्मिक संरक्षणमा १ लाख ३९ हजार ८ सय २८, अभिलेख व्यवस्थापनमा ३४ हजार ४ सय ९३, लामखुट्टे नियन्त्रणमा ५ लाख ८५ हजार २ सय ५०, पुस्तकालय व्यवस्थापनमा ५७ हजार ४ सय रुपैयाँ खर्च गरेका छन् । सामाजिक सुरक्षा अनुदानमा २ करोड २० लाख २५ हजार २ सय ८५, एलजीसिडिपीमा २९ लाख २ हजार, स्वास्थ्य कार्यक्रममा १ लाख ४६ हजार, कर्मचारी भ्रमण खर्चमा ४ लाख, दलितवर्ग उत्थान कार्यक्रममा १ लाख, आदिवासी तथा जनजाति उत्थान कार्यक्रममा १ लाख, अपाङ् उत्थान कार्यक्रममा ९१ हजार ७ सय ५०, दैविक प्रकोप कार्यक्रममा १० हजार, अन्य कार्यक्रम संचालनमा १० हजार, वर्डफलु नियन्त्रण कार्यक्रममा २५ हजार खर्च गरेका छन्  । त्यसैगरी दमकल मर्मतमा २ लाख ६सय ५७, दमकल इन्धनमा १ लाख ४ हजार ५ सय ९८, बारुणयन्त्र कर्मचारीको पोशाकमा ७५ हजार गरी चालु खर्च अन्तरगत कुल ६ करोड ८१ लाख ९९ हजार २ सय ५१ रुपैयाँ खर्च गरेको छ । त्यसैगरी पँुजीगत तर्फ फर्निचरमा २८ हजार ३ सय ३०, गतविगतको भुक्तानीमा ४ लाख ३५ हजार ४ सय ४, गंगासागर र धनुषसागर सौन्दर्यकरणमा ७० हजार ५ सय ६०, नगरपालिका सूचना व्यवस्थापन ४ लाख ८४ हजार ३ सय १८, इन्धन निर्माणमा १२ लाख, वडा नं. १४ र १६ मा स्वास्थ्य क्लिनिक निर्माणमा ११ लाख ५५ हजार ५ सय ८७, विभिन्न सुलभ शौचालय निर्माण तथा मर्मतमा ३५ हजार ६ सय ८५, विभिन्न वडाको सडक पिसिसि पक्की नाला तथा सडक निर्माण तथा मर्मतमा १० लाख, कालोपत्रे सडक सुधारमा ७ लाख ७५ हजार ७ सय ४३ रुपैयाँ खर्च गरेका छन् ।
महिला विकास कार्यक्रम तथा जेन्डर कार्यक्रममा ४ लाख १ हजार ७ सय ८०, अन्य परामर्स सेवामा २ लाख २६ हजार ६८, संस्थागत विकास तथा क्षमता अभिवृद्धि कार्यक्रममा ९९ हजार ८ सय ४०, फिर्ता खर्चमा २ लाख खर्च गरेका छन् । फोहोरमैला व्यवस्थापनमा २ लाख, वातावरण हरियाली प्रवद्र्धन कार्यक्रममा ४९ हजार ८ सय ५०, सवारी साधन मर्मत विशेषमा २० लाख ८३ हजार ५०, मेसिनरी औजार तथा अन्य उपकरण मर्मतमा १ लाख ९८ हजार ९ सय ८६, भवन निर्माण तथा मर्मतमा ८ लाख ५४ हजार ८ सय ९२ रुपैयाँ खर्च गरेको छ ।
सडक बत्तीमा १७ लाख, खानेपानीमा ८ लाख ९९ हजार ८ सय २८, विभिन्न ठाउँमा ह्युमपाइप जडानमा ३ लाख ८१ हजार ७४, जनसहभागिता आधारित कार्यक्रममा ८ लाख ७० हजार ६ सय ५२,  वडा स्तरिय योजना निर्माणमा १० लाख २५ हजार १ सय ८८, अन्य नगरस्तरिय योजना निर्माणमा ३ लाख ६७ हजार ९ सय ९१, रामजानकी हाट निर्माण सुधार तथा मालपोत रजिष्टूशनमा ८३ लाख ३६ हजार ५ सय ८४ रुपैयाँ खर्च गरिएको छ । सडक बोर्ड नेपालबाट सडक मर्मत कार्यमा ५० लाख, स्थानीय स्तरका कृषि सडक योजनामा ५० लाख, जगेडाकोष तथा स्थानीय निकाय आयोजनामा १ करोड ८९ लाख ९३ हजार ९ सय ९०, नगरपालिका अनुदानबाट संचालित योजनामा १ करोड ३५ लाख ५० हजार, दलित तथा जनजाति पुर्वाधार योजना एलजिसिडिपी कार्यक्रममा ३१ लाख ५० हजार , महिला तथा जेष्ठ नागरिक लक्षित पुर्वाधार योजना १० प्रतिशतमा २१ लाख, बालबालिका तथा जेष्ठ नागरिक लक्षित पुर्वाधार योजना १० प्रतिशतमा १७ लाख ५८ हजार १ सय ९, एकिकृत सहरी विकास आयोजना इकाई जनकपुर म्याचिङ फन्डमा १९ लाख, एकिकृत सहरी विकास आयोजना कार्यान्वयन इकाई जनकपुर ल्याण्ड फिल साईट समेतमा ४ करोड ७३ लाख ५४ र युनिसेफ कार्यक्रममा ४ लाख १७ हजार ९ सय ४६ रुपैयाँ खर्च गरेको छ । यसरी पुँजीगत तर्फ कुल १३ करोड ८६ लाख १७ हजार ४ सय ७६ रुपैयाँ खर्च गरेको छ ।
३ वर्षमा सफाइमै साँढे ३ करोड खर्च
देशैभरीमा जनकपुर सहर फोहोर सहरको रुपमा विख्यात छ । बाहिरबाट जनकपुर आउने जो कोही तिर्थालुहरुले भन्ने गरेका हुन्छन, जनकपुर सबैभन्दा फोहोर सहर हो । हेर्दा पनि त्यसै लाग्छ । जहाँ गयो त्यहाँ फोहोरहरु सडक किनारमै थुपारिएका हुन्छन् । सडकमा फोहोर भएपछि सुँगुरहरु पनि अत्यन्तै पाइन्छन् । यसरी जनकपुर सहरलाई सफा र स्वच्छ सहर बनाउने दायित्व नगरवासीको सँगसँगै जनकपुर नगरपालिका कार्यालयको पनि हो । उक्त कार्यालयले सहरलाई सफा राख्न विभिन्न सवारी साधनहरुको व्यवस्था पनि गरेको छ । दातृ निकायले उपलब्ध गराएको उक्त सवारी साधन फोहोर मैला संकलन कार्यका लागि प्रयोग हुने गरेको छ । तर, फोहोर मैला सफा गर्नका लागि विगत ३ वर्षमा जनकपुर नगरपालिकाको कार्यालयले ३ करोड ४५ लाख ९८ हजार ३ सय १८ रुपैयाँ खर्च गरेको छ । यो तथ्याङ्कले नगरवासी आश्चर्य चकित पनि हुन सक्छन् । किनभने एकवर्षमा १ करोड रुपैयाँ नगरपालिकाले खर्चेको हो भने सहर सफा किन छैन भन्ने प्रश्न आउनु पनि स्वाभाविक नै हो । सफाई कार्यका लागि यस कार्यालयले आर्थिक वर्ष २०६८÷०६९ मा १ करोड २० लाख ३९ हजार ६५ रुपैयाँ खर्च गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०६९÷०७० मा ४३ लाख १५ हजार २ सय ३९ र आर्थिक वर्ष २०७०÷०७१ मा १ करोड ८२ लाख ८४ हजार १४ रुपैयाँ सफाईका लागि नै खर्च गरेको विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०७०÷०७१ मा सफाई कर्मचारीको तलबमा १ करोड २१ लाख, सफाई कर्मचारीको भत्ता तथा महँगी भत्तामा १२ लाख, सफाई कर्मचारीको विमामा १ लाख ७५ हजार, सफाई कर्मचारीको पोशाकमा ४ लाख ५० हजार, सफाई साधनको इन्धनमा १८ लाख ९८ हजार ३ सय ६, सफाई औजार तथा सामग्रीमा २ लाख ९२ हजार ६ सय ५८, विशेष सफाई दशै तिहार, विवाहपञ्चमी मेला समेतमा २ लाख ५० हजार, फोहोरमैला व्यवस्थापनमा २ लाख र सफाई सवारी साधनको मर्मत खर्चमा २० लाख ८३ हजार ५० गरी कुल १ करोड ८२ लाख ८४ हजार १४ रुपैयाँ खर्च गरेको छ ।
त्यसैगरी आर्थिक वर्ष २०६९÷०७० मा सफाई कर्मचारीको तलबमा ११ लाख ८७ हजार ३ सय ७३, सफाई कर्मचारीको भत्ता तथा महँगी भत्तामा ३ लाख २६ हजार ६ सय, सफाई कर्मचारीको विमामा १ लाख ४० हजार ८ सय, सफाई कर्मचारीको पोशाकमा ४ लाख २७ हजार ५ सय, सफाई साधनको इन्धनमा १२ लाख ८३ हजार ८ सय ५४, सफाई औजार तथा सामग्रीमा ३ लाख १९ हजार ६ सय ३९, विशेष सफाई दशै तिहार, विवाहपञ्चमी मेला समेतमा १ लाख ७९ हजार १ सय, फोहोरमैला व्यवस्थापनमा १ लाख ७२ हजार २सय ६१ र सफाई सवारी साधनको मर्मत खर्चमा २ लाख ७८ हजार १ सय १२ गरी कुल ४३ लाख १५ हजार २ सय ३९ रुपैयाँ खर्च गरेको छ ।
त्यसैगरी आर्थिक वर्ष २०६८÷०६९ मा सफाई कर्मचारीको तलबमा ८३ लाख ५ हजार ९ सय ३३, सफाई कर्मचारीको भत्ता तथा महँगी भत्तामा ४ लाख १ हजार ६ सय, सफाई कर्मचारीको पोशाकमा ७ लाख ९५ हजार, सफाई साधनको इन्धनमा २१ लाख ४१ हजार ३ सय ८६, सफाई औजार तथा सामग्रीमा ४७ हजार ६ सय, विशेष सफाई दशै तिहार, विवाहपञ्चमी मेला समेतमा २ लाख ५१ हजार १ सय ५०, फोहोरमैला व्यवस्थापनमा ६० हजार र सफाई सवारी साधनको मर्मत खर्चमा ३६ हजार ३ सय ९६ गरी कुल १ करोड २० लाख ३९ हजार ६५ रुपैयाँ खर्च गरेको छ ।
३ वर्षमा इन्धनमा ८९ लाख खर्च
जनकपुर नगरपालिकाको कार्यालयले विगत ३ वर्षमा इन्धन बापत मात्रै रु. ८९ लाख ३४ हजार ६ सय ३ खर्च गरेको छ । आर्थिक वर्ष २०६८÷०६९ मा रु. २३ लाख ३२ हजार ७ सय ८५, आर्थिक वर्ष २०६९÷०७० मा रु. २९ लाख ९९ हजार ९ सय ७४ र आर्थिक वर्ष २०७०÷०७१ मा रु. ३६ लाख १ हजार ८ सय ४४ इन्धनमा मात्र खर्च गरेको छ । आर्थिक वर्ष २०७०÷०७१ मा पदाधिकारीहरुले चढेको सवारी वापत इन्धनमा रु. १ लाख ५०हजार, कर्मचारीले चढेको सवारीको इन्धन गत वर्षको बाँकी बक्यौता समेतमा रु. १ लाख ५० हजार, अन्य इन्धन ९८ हजार ९ सय ४०, दमकल इन्धनमा १ लाख ४ हजार ५ सय ९८, निर्माण कार्यका लागि प्रयोग गरिने सवारी साधनको इन्धनमा १२ लाख, सफाई साधनको लागि प्रयोग हुने इन्धनमा १८ लाख ९८ हजार ३ सय ६ गरी कुल ३६ लाख १ हजार ८ सय ४४ रुपैयाँ इन्धनमै खर्च भएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०६९÷०७० मा अन्य इन्धनमा ९९ हजार ३ सय ३४, दमकल इन्धनमा १ लाख २० हजार ३ सय ६३, एम्बुलेन्स इन्धन खर्चमा २ हजार ४ सय ४०, निर्माण कार्यका लागि प्रयोग गरिने सवारी साधनको इन्धनमा १४ लाख ९३ हजार ९ सय ८३, सफाई साधनको लागि प्रयोग हुने इन्धनमा १२ लाख ८३ हजार ८ सय ५४ गरी कुल २९ लाख ९९ हजार ९ सय ७४ रुपैयाँ इन्धनमै खर्च भएको छ । त्यसैगरी आर्थिक वर्ष २०६८÷०६९ मा पदाधिकारीहरुले चढेको सवारी वापत इन्धनमा रु. ३ हजार ६ सय २५, कर्मचारीले चढेको सवारीको इन्धन गत वर्षको बाँकी बक्यौता समेतमा रु. १ लाख ३६ हजार २५, अन्य इन्धन ५ हजार ७ सय ४९, दमकल इन्धनमा ४१ हजार ८ सय १०, एम्बुलेन्स इन्धनमा ४ हजार १ सय ९०, सफाई साधनको लागि प्रयोग हुने इन्धनमा २१ लाख ४१ हजार ३ सय ८६ गरी कुल २३ लाख ३२ हजार ७ सय ८५ रुपैयाँ इन्धनमै खर्च भएको छ ।
सेवा प्रदान नगर्ने र कर असुली मात्र
जनकपुर नगरपालिकाको कार्यालयले आन्तरिक स्रोतबाट आय आर्जन गर्नका लागि विभिन्न शिर्षकमा जनताबाट कर असुली गर्ने गर्दछन् । स्थानीय कर अन्तरगत मालपोत तथा भुमिकर, घर जग्गा कर, घर पसल कर, जग्गा बहाल कर, घर बहाल कर, यन्त्र बहाल कर, पोखरी बहाल कर, विटौरी, व्यवसाय कर, मेलाहाट कर, सवारी दर्ता तथा बार्षिक सवारी कर, पटके सवारी कर, घर धुरी कर, मनोरञ्जन कर, व्यवसायीक भिडियो कर, विज्ञापन कर लिने गरेको छ । त्यसैगरी सेवा शुल्क अन्तरगत सवारी पार्किङ शुल्क, महसुल सेवा शुल्क, खानेपानी महसुल, विद्युत महसुल, टेलिफोन महसुल, पर्यटन सेवा शुल्क, सार्वजनिक सुविधा उपयोग सेवा शुल्क, अतिथि गृह तथा नगरपालिका सभाकक्ष, सार्वजनिक संरचना मर्मत सम्भार शुल्क, अचल सम्पति मुल्याङ्कन सेवा शुल्क, स्थानीय विकास शुल्क र अन्य सेवा शुल्क शिर्षकमा कर असुली गर्ने गरेका छन् । त्यसैगरी दस्तुर अन्तरगत दर्ता तथा नविकरण दस्तुर, नक्सा पास दस्तुर, सिफारिस तथा बक्सौनी दस्तुर, नाता प्रमाणित दस्तुर, अन्य दस्तुर, कान्जी हाउस दस्तुर, नक्कल दस्तुर, धरौटी जफत, जरिवाना दस्तुर, विविध दस्तुर शिर्षक अन्तरगत जनकपुर नगरपालिकाको कार्यालयले कर असुली गर्ने गर्दछ । त्यसैगरी बाँकी बक्यौता, पेश्की फिर्ता, चालु सम्पति विक्री, स्थायी सम्पति विक्री, अन्य विक्री लिलाम विक्री, स्रोत परिचालन आदि नगरपालिकाको आन्तरिक स्रोतका माध्यमहरु हुन ।
जनकपुर नगरपालिका कार्यालयले नगरवासीहरुबाट विगत ३ वर्षमा आन्तरिक स्रोतबाट १५ करोड २४ लाख ७० हजार ५ सय ९ रुपैयाँ आम्दानी गरेको देखिन्छ । आर्थिक वर्ष २०६८÷०६९ मा ५ करोड ७५ लाख ८६ हजार ७८, आर्थिक वर्ष २०६९÷०७० मा ६ करोड ८२ लाख २३ हजार र आर्थिक वर्ष २०७०÷०७१ मा २ करोड ६६ लाख ६१ हजार ४ सय ३१ रुपैयाँ आन्तरिक स्रोतबाट कर असुली गरी आय आर्जन गरेको छ ।
जनकपुर नगरपालिका कार्यालय उपलब्ध गराएको विवरण अनुसार आर्थिक वर्ष २०७०÷०७१ मा ५ वटा कार्यालयहरुबाट घर जग्गा बापत रु. ४ करोड ७६ लाख ५३ हजार ४ सय ३९ कर असुली गर्न बाँकी छ । कर अधिकृत परमेश झाका अनुसार जनकपुर चुरोट कारखाना लिमिटेड उपर रु. २ करोड ९२ लाख ८१ हजार १०, कृषि सामग्री कम्पनी लिमिटेड माथि रु. ४७ लाख ४८ हजार ८ सय २६, नेपाल खानेपानी संस्थान उपर रु. २२ लाख ३४ हजार ६ सय १०, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जनकपुर माथि रु. ५५ लाख ६१ हजार ९ सय ७४ र नेपाल विद्युत प्राधिकरण क्षेत्रिय कार्यालय जनकपुर उपर रु. ८ लाख २७ हजार ४५ बाँकी बक्यौता रहेको छ ।

२०७१ भादौ ०१ गते आईतबार

भ्रष्टाचार विकासका बाधक -उमेशलाल कर्ण


उमेशलाल कर्ण
विकास भनेको एउटा सकारात्मक अपेक्षित परिवर्तन हो । विकासका लागि भएका परिबर्तनहरुले हाम्रो जीवनशैलीलाई सुधार गरेर त्यसमा भएका स्तरीयतालाई समेत बृद्धि गरिदिन्छ । विकासले यथास्थितिवादका दृष्टिकोणहरुलाई स्वीकार गर्दैनन् । विकास एउटा स्थायी ढाँचाको परिवर्तन पक्कै होईन, यो परिवर्तन जहाँ जस्तो सन्दर्भ छ त्यसमा भर पर्दछ । यसको एउटा सर्वस्वीकारयोग्य परिभाषा दिन कठिन छ । विभिन्न विषयगत विज्ञहरुले आआफ्नै किशिमले विकासलाई अर्थ लगाउने गर्दछन् । प्रशासन व्यवस्थापन क्षेत्रमा विकासलाई योजना र व्यवस्थापन गरि सकेर त्यसका फलस्वरुप हुने कार्य नै विकास हो भन्छन् । विकासवादी मतको आधारमा वृद्धि र परिपक्वताको अन्तरक्रिया अन्तरसम्बन्धबाट हुने कार्यात्मक परिवर्तन नै विकास हो भन्छन् । धार्मिक क्षेत्रमा भएका विकासलाई धार्मिक सचेतना भएका अधिकांश व्यक्तिहरुको धर्मप्रतिको समर्पणलाई जनाउँछन् भने विकासका लागि आर्थिक क्षेत्रसँग बढी भन्दा बढी सूचकहरुलाई अथ्र्याउने काम अर्थविज्ञहरुले गर्दछन् । 
विकासलाई कुनै एकल क्षेत्रसँग मात्र आबद्ध गरेर व्याख्या गरेर साध्य छैन । यी साँघुरा गल्लीमा मात्र विकासलाई राखेर व्यवहार गर्दा हामी अत्यन्तै संकुचित घेरामा छौं भनी बुझ्नु पर्दछ । शैक्षिक लगायत अन्य विकासका क्षेत्रमा भएका बाधक तत्वहरुलाई पहिचान गर्दै त्यसलाई अन्त्य गर्ने काममा हामी सरोकार पक्षहरु संलग्न हुनु पर्ने अनिवार्यता हुन थालेका छन् ।  
विकासका लागि बाधक भएका पक्षहरुलाई सूचीकृत गर्दा अशिक्षालाई पहिलो क्रमको रुपमा राख्न सकिन्छ । अशिक्षाले जन्माएका अन्धविश्वास, अनुत्पादक कार्यमा आफूलाई संलग्न गराउने, भ्रष्टाचारजन्य व्यवहारले गाँजिएका समूहकै बाहुल्यता, सामाजिक कुसंस्कार, पेशागत दक्षता नभएकाहरुकै नेतृत्व स्वीकार गर्नु जस्ता बाधक पक्षहरु प्रमुख छन् । 
भ्रष्टाचार भनेको अरुले मन नपराउने व्यवहार हो । हामी विधिका शासनका अनुयायी हौं । विधिले तोकेका काम भन्दा फरक काम भएको छ भने त्यस्ता व्यवहारलाई भ्रष्टाचारजन्य व्यवहारको रुपमा लिन सकिन्छ । कानूनले बर्जित गरेका काम कसैबाट भएको छ भने त्यसलाई नै भ्रष्टाचार भनिन्छ । भ्रष्टाचारका विभिन्न स्वरुप हुँदा रहेछन् । भ्रष्टाचारको बारेमा आम मान्छेको बुझाई आर्थिक अपचलन नै मुख्य अवधारणा हो भनी भन्छन् । आर्थिक पक्षलाई मात्र यससँग जोडेर हेर्नु भएन । यसका सम्बन्धजाल हाम्रो कल्पना भन्दा बढी क्षेत्रहरुलाई आफूमा समाहित गरेका हुन्छन् । भ्रष्टाचारका प्रभावहरु सँधै बाहिर आएर यसबाट आहत भएका समूहलाई देखाउन कठिन हुन्छ ।
यस प्रकार भ्रष्टाचार भनेको विधिको शासन पद्धति स्वीकार गर्ने जनमानसमा विधिले जे भन्छन् त्यो नगर्ने र जे गर्न भन्दैन त्यो गर्ने कार्यहरुको सूचीमा पर्ने विषय धारणालाई भ्रष्टाचार भनिन्छ ।
कसैले आफ्नो सरोकार भन्दा बढी वा कम मापदण्डका कार्य सम्पादन गरेको छ भने त्यसलाई भ्रष्टाचारको सूचीमा राखिन्छ । यसका विभिन्न स्वरुप हुन्छन् जस्तैः आर्थिक भ्रष्टाचार, नीतिगत भ्रष्टाचार, वैचारिक भ्रष्टाचार, तोकिएका काम नगरी बसि रहने performance corruption‚ गुणात्मक भ्रष्टाचार, एकल वा सामूहिक भ्रष्टाचार, संस्थागत भ्रष्टाचार इत्यादि यसका प्रतिनिधि उदाहरण मात्र हुन । भ्रष्टाचारसँग जोडिएका विभिन्न  चययत चभबितष्यल भएका पक्षहरु विश्लेषण गर्न सकिन्छ । यसमा भएका केही स्वरुपहरुको छोटो व्याख्या गर्न आवश्यक सम्झी यसलाई प्रस्तुत गरिएको छ । 
सर्वप्रथम आर्थिक भ्रष्टाचार भनेको सरोकार अख्तियार नभएकाहरुले आर्थिक अनुशासनलाई भङ्ग गरी मापदण्ड भन्दा बढी खर्च वा आम्दानी गर्न खोज्दछन भने सहज किशिमले आर्थिक भ्रष्टाचार भनिन्छ । नेपालको सन्दर्भमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न सरकारी अर्धसरकारी वा सहकारीहरुमा भएका आर्थिक अपचलनका घट्नाहरुलाई अनुसन्धानको दायरामा लिई विशेष अदालतमा मुद्दा दर्ता गराउने क्रम बढ्दो छ । यस प्रकार सार्वजनिक सरोकारका क्षेत्रहरुमा पनि व्यक्तिगत हालीमुहाली कायम गरी व्यक्तिगत लाभका लागि मरिहत्ते गर्ने भ्रष्टाचारीहरुको संख्या पनि बढ्दो नै छन् । यसलाई कुनै आधारमा राम्रो भन्नै मिल्दैन । अन्तर्राष्टिूय स्तरमा भ्रष्टाचारका विविध सूचकहरु कायम गरी transparency international को सूचीमा नेपालको स्थान १९० राष्टूहरुको सूचीमा १५२, १५७ वा कुनै वर्षमा १५४ स्थानमा रहेकालाई सुधारात्मक भन्नै मिल्दैन । यस किसिमको अवस्थामा राजनीतिक सङ्क्रमण वा त्यसका नेतृत्वले पनि मलजल गरी त्यस्ता पक्षहरुका लागि संरक्षणीय भूमिका खेलेका प्रशस्त उदाहरणहरु छन् यसलाई उल्लेख गर्नु आवश्यक छैन । एउटा उल्लेख गर्नै पर्ने तथ्य सबै भन्दा बढी भ्रष्टाचार राजनैतिक क्षेत्रमा गठित संस्थाहरुमा हुन्छन भनी यस वर्षको प्रतिवेदनमा उल्लेख भएको छ । भ्रष्टाचारमा यी बढदो सञ्जाललाई न्यूनीकरण गर्ने प्रयास सबै क्षेत्रहरुबाट हुनु पर्दछ । 
सर्वसाधारणहरुलाई सशक्त भूमिका खेल्न उनीहरुको सक्षमतालाई बढाउने किसिमका सचेतनामूलक कार्यक्रमहरुको सञ्चालन आवश्यक भएको छ । यस्ता कामका लागि आम व्यक्तिहरुको सोचमा सकारात्मक परिवर्तन गर्ने किशिमका सम्वाद, छलफल, अन्तक्र्रियात्मक कार्यहरुको व्यवस्था गरी कार्यान्वयन गर्ने प्रणालीको विकास गर्दा यसमा न्यूनीकरण गर्न सकिन्छ । घुस लिनु र दिनु दुबै भ्रष्टाचारको उदाहरण भन्न सकिन्छ । केही सीमित व्यक्तिहरुले लाभका सेवा वा वस्तु आफ्नै थाप्लोमा पार्न नीति नै वनाई कानूनी आधारमा कार्यान्वयन गरी लाभ लिन सफल भएकालाई नीतिगत भ्रष्टाचार policy corruption को उदाहरण दिन सकिन्छ । हामी विकासका सपना मात्र कहिलेसम्म देख्ने यसका लागि जहाँबाट जसले गर्नु पर्ने कामको जिम्मा लिई स्वामित्व सहितका सहभागिता participation with ownership   गर्दै गयौं भने भ्रष्टाचारलाई शुन्य सूचकमा झार्न सफलता धेरै टाढा छैन । शिक्षाका आधारभूत तह देखि नै पाठ्यक्रममा भ्रष्टाचारलाई सँधैका लागि बाइबाइ गर्ने खालका मूल्यहरु बृद्धि गरी जस्तै मानवीय तथा प्रजातान्त्रिक मूल्यलाई अभिवृद्धि गर्ने    खालका बिषयवस्तुको स्थान दिँदै जाँदा ढिलै भए पनि भ्रष्टाचारलाई निर्मुल गर्न हामी सफल हुन्छौं र देशकै अनुहार     फेर्न पनि सफलता प्राप्त गर्न सक्छौं ।    etcumesh@yahoo.com


२०७१ भादौ ०१ गते आईतबार

Wednesday, August 13, 2014

नैतिक–सामाजिक बन्धन तोड्दै यौन सम्बन्ध जन्मदिनेलाई पनि बलात्कार

ज्वाइँ राजकुमार महत्तो र सासु रेखा देवी महत्तो बीच
 शारीरिक सम्बध स्थापित भएपछि बैवाहिक बन्धनमा ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषाको भरतपुर ५ का रामकृष्ण भन्ने रुद्रबहादुर दाहालले जन्म दिने आफ्नै आमालाई बलत्कार गरेका छन् । १८ अषाढ २०७१ मा आमा विरामी भई सुतिरहेको अवस्थामा छोराले आफ्नै आमालाई ज्यान मार्ने धम्की दिँदै बलात्कार गरेका हुन् । बुबा सिरहाको बन्दीपुरमा काम गर्न गएको बेला बुवाको लागि रुद्रले खाना लिई खेतमा पु¥याई त्यहाँ आफैपनि लेबरको काम गरि रक्सी खाई साँझ साढे ७ बजे तिर घर फर्केका थिए ।  उनको आमा र सुस्त मनस्थितिका दिदी मात्र घरमा बसेका थिए । आमा घरमा सुतेको बेला उत्तेजित भई एक्कासी उसले आमाको सम्बेदनशिल अंग (स्तन) समाति आमाले हो(हल्ला गरेपछि आमाले लगाएको साडी जवरजस्ती फुकाली आमाको मुख छोपी कराईस भने ज्यान नै मारिदिन्छु भनेर धम्की दिँदै उसले आफैले लगाएको पैन्ट खोलेर र आमाको पेन्टी कपडा समेत खोली जवरजस्ती करनी गरेको उसले अदालत समक्ष समेत बयानको क्रममा स्वीकार गरेका छन् । उसले यस अघि पनि ९ अषाढ २०७१ मा आमाले लगाएको साडी फरियाले मुख छोपी, आमाको कपडा खोली बलात्कार गरेका थिए । पहिलो पटक आमालाई बलात्कार गर्दा आमाले प्रहरीमा उजुरी नगरेपनि दोस्रो पटक प्रहरीको ढोका खटखटाएका थिए । १२ साउन २०७१ मा ४५ वर्षिय पीडित आमाले आफैले जन्म दिएको छोराले आफुलाई जवरजस्ती करनी गरेको भन्दै छोरा रामकृष्ण भन्ने रुद्र बहादुर दहाल विरुद्ध धनुषा जिल्ला अदालतमा जवरजस्ती करनी र हाडनाता करनीको मुद्दा दायर गरेका थिए । १५ साउन २०७१ मा न्यायाधिश कृष्ण प्रसाद पौडेलको इजलासले पक्राउ परेका रुद्रलाई मुद्दा पुर्पक्षको लागि सिन्धुली कारागार स्थित थुनामा राख्न आदेश समेत दिई सकेको छ । अहिले उनी सिन्धुली कारागारमा थुनामा छन् ।
आफ्नै भतिजीलाई जवरजस्ती करनी
धनुषाको दिगम्बरपुरमा नातामा ठुलो बुवा पर्नेले आफ्नै भतीजीलाई जवरजस्ती करनी गरेको अभियोगमा अहिले थुनामा छन् । दिगम्बरपुर वडा नं. ३ का ५० वर्षिय हरिशचन्द्र ठाकुरले १७ बैशाख २०७० मा आफ्नो भतिजीलाई बल जवरजस्ती भुइँमा लडाई निजले लगाएको समिज र सुरुवाल खोली जवरजस्ती करनी गरेको अभियोगमा उनी २७ बैशाख २०७० मा पक्राउ परेका छन् । प्रतिवादी हरिशचन्द्रले आफुले लगाएको पेन्ट खोली पीडितको कपडा खोली योनीमा लिङ्ग पटक पटक पसालेर करनी गरेको हुँदा विपक्षीलाई यथाशिघ्र पक्राउ गरी मुलुकी ऐन जवरजस्ती करनीको महल र हाडनाता करनीको महल बमोजिम कारवाही गर्न १६ जेष्ठ २०७० मा धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । १७ बैशाख २०७० का दिन साँझ ५ बजेका दिनमा घर सफा गरिरहेकी आफ्नै नाता पर्ने भतिजीलाई आफ्नो गम्छाले मुख बाँधि भुईमा लडाई निजको कपडा खोली योनीमा लिङ्ग छिराउन खोज्दा केही मात्र लिङ्ग प्रवेश गरेको, पुर्ण रुपमा लिङ्ग प्रवेश नगरेको हरिशचन्द्रले प्रहरी समक्ष गरेको बयान कागजमा उल्लेख छ । केही बेर योनीको बाहिर बाहिर लिङ्ग दलि सो ठाउँबाट आफ्नो कपडा लगाई घर तर्फ जान लाग्दा पीडितले हल्ला गर्दा आफु भागेको प्रहरी समक्ष उनले बयान गरेका छन् । आफु यौन उत्तेजनामा आएर त्यस्तो कार्य गरेको उनले स्वीकार गरेका छन् ।
बस कन्डक्टरद्वारा १० वर्षिय बालिकालाई बलात्कारको प्रयास
भोजपुर देउराली ७ का भोले भन्ने दुर्गा बहादुर दाहालले १० वर्ष भन्दा मुनिका एक बालिकालाई बसमै बलात्कार प्रयास गरेको अभियोगमा धनुषा प्रहरीले पक्राउ गरेको छ । ३१ अषाढ २०७१ मा ५ बजेको समयमा उक्त बालिका आफ्नो आमा, आमाको साथी अप्सरा घिमिरे सँगै पोखराबाट इटहरी सम्म आउनको लागि ना.४ख. ८९५६ नम्बरको जगदम्बा बसमा टिकट काटि डूाईभर साइडको ७ र ८ नम्बर सिटमा बसेकी थिइन् । आमा र आमाको साथीको बीचमा बसी आईरहेको अवस्थामा सो सिटमा बस्न असजिलो भएपछि बसको पछाडीको सिट खाली देखेपछि उक्त बालिका पछाडीपट्टीको सिटमा गएर बसिन् । उनी कुन बेला भुसुक्क निदाएछन् उनले थाहा पाइनन् । के कुन स्थान देखि सोही बसमा काम गर्ने कन्डक्टर दुर्गा बहादुर दाहाल कतिखेर उनको छेउमा आई उनको जिऊमाथि चढी उनले लगाएको एउटा भेष्टमा हात छिराई स्तन मडारी रहेको र एउटा हातले पेन्टी खोली ओठ जुधाई चुसीरहेको र जवरजस्ती करनी गर्न खोज्दा उनी रोई कराएकोे अदालतमा दिएको जाहेरीमा उल्लेख छ । उनी रोईकराई आमा बसेको ठाउँमा जान खोज्दा कन्डक्टरले हात धकेली अगाडी पट्टीको सिटमा भागेको बताइएको छ । त्यसपछि उनका आमाले उक्त कन्डक्टरलाई झापड हानेको र कन्डक्टरले पनि झापड हानेपछि ३२ गते विहान ३ बजे तिर धनुषाको हरिहरपुरमा गाडी रोक्न लगाई प्रहरीको सहयोग लिइएको उक्त जाहेरीमा उल्लेख छ । उक्त बसका कन्डक्टर अहिले धनुषा प्रहरीको हिरासतमा छ । उक्त मुद्दा धनुषा जिल्ला अदालतमा विचाराधिन अवस्थामा छ ।
सासुसँग ज्वाइँको शारीरिक सम्बन्ध
९ माघ २०७० मा भ्रमरपुरा गाविस वडा नं. २ बस्ने देवेन्द्र महत्तो नुनियाको छोरी हिरा कुमारी महत्तोको सुगा भवानीपट्टी ६ बस्ने बेचन महत्तो नुनियाको छोरा राजकिशोर महत्तोसँग विवाह भएको थियो । २०७१ साल बैशाखमा राजकिशोर महत्तो हरनियाको अपरेशन गराउन सासु रेखा देवी महत्तोलाई लिएर भारत विहारको मधुवनी जिल्ला स्थित मटिहानीमा उपचार गराउन गएका थिए । उपचार गराउने क्रममा सासु रेखा देवी ज्वाई राजकिशोर महत्तोको बीचमा माया प्रेम परेपछि दुवैजना बीच शारीरिक सम्बन्ध समेत स्थापित भयो । २०७१ साल जेष्ठमा भ्रमरपुराबाट दुवै जना भारतको आगरामा भागी करिब २ सप्ताह होटेल र लजमा बसे । २०७१ साल अषाढ महिनामा तिनीहरु नेपाल आई विवाह गरेका थिए । सासुसँग विवाह गरि राजकुमारले आफ्नो घर सुगा भवानीपट्टीमा राख्न थालेपछि स्थानीयवासीहरुले समेत विरोध गरेका थिए । त्यसपछि राजकुमारको पहिलो पत्नी हिराकुमारी महत्तोले आफ्नै आमा र श्रीमान राजकुमार महत्तोलाई प्रतिवादी बनाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मुद्दा दर्ता गराएका थिए । प्रहरीले ती दुवै जना सासु र ज्वाइँलाई पक्राउ गरी हाडनाता करणी र बहुविवाहको मुद्दा अदालतमा दर्ता गरेका छन् । 



२०७१ साउन २५ गते आईतबार

नेपालको कानुनमा हाडनातामा करणी गर्नेको दण्ड सजाय


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
आफुलाई जन्माउने आमाको करणी गर्नेलाई जन्म कैद हुन्छ । आफ्ना एकै बाबुबाट जन्मेका दिदी बहिनी वा आफुले जन्माएका छोरीको करणी गर्नेलाई दस वर्ष कैद हुन्छ । आफ्ना हाडको नातामा आफ्नी सौतेनी आमा, हाँगा नफाटेकोमा जतिसुकै माथिको पुस्ता भएपनि र हाँगा फाटेकोमा तीन पुस्तासम्मका बज्यू, आफ्ना छोराकी स्वास्नी छोरा बुहारी, आफ्ना हाँगामा जतिसुकै पुस्ताको छोरा सन्तान भएपनि त्यस्ता छोरा सन्तानकी स्वास्नी वा छोरी, आफ्ना एकै बाबुबाट जन्मेका भाइकी स्वास्नी भाई बुहारी, आफ्ना एकै बाबुबाट जन्मेका दाजु वा भाइकी छोरी वा छोरा बुहारी, आफ्नो एकै बाबुबाट जन्मेका दाजु वा भाईका छोराकी छोरी वा छोरा बुहारी, आफ्ना एकै बाजेबाट जन्मेकी दिदी वा बहिनी वा आफ्ना एकै बाजेबाट जन्मेका दाजु वा भाईकी छोरा वा त्यस्तो भाईकी स्वास्नीमानिसको करणी गर्नेलाई तीन वर्षदेखि ६ वर्षसम्म कैद हुन्छ ।
आफुले जन्माएकी छोरीको छोरा वा छोरा बुहारी, आफुलाई जन्माउने आमालाई जन्माउने बज्यु, आफुलाई जन्माउने आमाका बाबु वा आमालाई जन्माउने बज्यु, बाबुका आमालाई जन्माउने बज्यु, आफ्नी स्वास्नीलाई जन्माउने सासु, त्यस्ती सासु वा आफ्ना ससुरालाई जन्माउने बुढी सासु, आफ्नी आमाका एक आँतका दिदी वा बहिनी, आफ्ना एकै बाबुबाट जन्मेका दिदी वा बहिनीकी छोरी वा त्यस्ती दिदी वा बहिनीकी छोरा बुहारी, आफुलाई जन्माउने आमाका एकै आँतका दाजु वा भाईकी स्वास्नी आफ्नी माईज्युको  करणी गर्नेलाई तीन वर्षदेखि ६ वर्षसम्म कैद हुन्छ ।
आफ्ना हाडमा सात पुस्तासम्मका बज्यु, भाई बुहारी, छोरा बुहारी, नातिनी बुहारी, दिदी, बहिनी, छोरी नातिनी, फुपु,  जेठा वा कान्छा बाबुकी स्वास्नीलाई करनी जानी जानी करणी गर्नेलाई नाता र पुस्ताको विचार गरी वढीमा दुई वर्षसम्म कैद हुन्छ ।
आफ्ना एक बाजेबाट जन्मेका जेठा वा कान्छा बाबुकी छोराकी छोरी वा आफ्ना एकै बाबुबाट जन्मेका दाजु वा भाईकी छोरीकी छोरी, आफ्ना एक बाबुबाट जन्मेका दिदी वा बहिनीका छोराकी छोरी वा छोरा बुहारी वा त्यस्ता दिदी वा बहिनीकी छोरीकी छोरी वा छोरा बुहारी, आफ्नी सौतेनी सासु वा सौतेनी बुढी सासुलाई करणी गरेमा वढीमा दुई वर्षसम्म कैद हुन्छ ।
अरु कसैले भाउज्युले करणी गरेमा आफ्ना एकै बाबुबाट जन्मेका दाजुकी स्वास्नी भए तीन वर्षदेखि ६ वर्षसम्म र अरुमा आफ्ना हाडमा सात पुस्तासम्मका दाजुकी स्वास्नीको जानी करणी गरेको भए नाता  र पुस्ताको विचार गरी वढीमा एक वर्षसम्म कैद हुन्छ । एक लोग्नेबाट जन्मेका छोराको र उसै स्वास्नीले अर्को लोग्नेबाट जन्माएकी छोरीको जानी जानी करणी भएमा सो करणी गर्ने लोग्ने मानिसलाई वढीमा एक वर्षसम्म कैद हुन्छ । कसैले आफ्ना धर्मपुत्र छोराका स्वास्नी वा सन्तानमा वा धर्मपुत्र  राख्ने बाबुका नातामा करणी गरेमा यस महल बमोजिम सजाय हुने हाडनाताको रहेछ भने सोही बमोजिम र अरुमा धर्मपुत्रले धर्मपुत्र राख्ने बाबुकी स्वास्नीको वा त्यसै बाबुबाट जन्मेकी छोरीको वा धर्मपुत्र राख्नेले धर्मपुत्रकी स्वास्नीको वा धर्मपुत्रकी छोरीको करणी गरेमा बढीमा एक वर्षसम्म कैद हुनेछ ।
पशु करणीको हकमा दण्ड सजाय
कसैले स्त्रीजाति चौपायाको करणी गर्न वा कुनै चौपायासित करणी गराउन वा अरु कुनै अप्राकृतिक मैथुन गर्न गराउन हुँदैन । कसैले स्त्री जाति चौपाया मध्ये गाईको करणी गरेमा निजलाई दुईवर्षसम्म कैद र गाई बाहेक अरु चौपायाको करणी गरेमा एक वर्षसम्म कैद वा पाँच सय रुपैयाँसम्म जरिवाना हुन्छ । कुनै स्वास्नीमानिसले चौपायाबाट करणी गराएमा निजलाई एक वर्षसम्म कैद वा पाँच सय रुपैयाँसम्म जरिवाना हुन्छ । यस बाहेक अरु कुनै किसिमको अप्राकृतिक मैथुन गर्ने गराउनेलाई एक वर्षसम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना हुन्छ । 

२०७१ साउन २५ गते आईतबार