Tuesday, June 13, 2017

अजब–गजब छ बा ! : सुदर्शन सिंह

सावजी सावजी...
यी मदिसिया हामको हैरान कोर दिया । यिनको भि चुनावमे लाईये...!
 

२०७४ जेष्ठ २८ गते आईतबार

मधेस फेरी अशान्त बन्ने डरलाग्दो खतरा के महन्थ ठाकुर जिन्ना र शेख मोजिबुर रहमानकै बाटोमा हिँडेका हुन त ?

धनुषाको दिगम्बरपुरमा आयोजित आम सभामा
 सहिदहरुको तस्वीरमा माल्यार्पण गर्दै
राजपा नेपालका संयोजक महन्थ ठाकुर ।
अजय अनुरागी
जनकपुरधाम............
नेपाल सरकारले १४ अषाढमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि प्रचण्ड सरकारद्वारा निर्धारित मितिमै जसरी पनि चुनाव गराउने बताईसकेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति लगायतका राजनीतिक दलहरुले १४ अषाढमा हुने भनिएको निर्वाचनमा सहभागी हुने बताउँदै चुनावी तयारीहरुलाई तिब्र बनाएको छ । प्रायःजसो राजनीतिक दलहरुले २ अषाढमा हुने उम्मेदवारी मनोनयन दर्तालाई लिएर उम्मेदवारहरु छनौट गर्ने प्रक्रियामा लागेका छन् । वडा, गाउँ, क्षेत्र हुँदै जिल्लाबाट प्रदेश र केन्द्र स्तरीय समितिहरुमा उम्मेदवारको अन्तिम छनौट गर्ने प्रक्रियाहरु अगाडी बढेका छन् । तर, मधेसमा जारी आन्दोलनको नेतृत्व गरिरहेको राष्टिूय जनता पार्टी नेपाल भने यथास्थितिमा कुनै पनि हालतमा मधेसमा चुनाव हुन नदिने अडान लिएर आन्दोलनका कार्यक्रमहरु गर्दै आएका छन् । शेरबहादुर देउवाको नेतृत्वको सरकारलाई मतदान गरेको राजपा नेपालले कांग्रेस र माओवादीसँग तीन बुँदे सम्झौता गरेको भएपनि संविधान संशोधन विना मधेसमा चुनाव हुन नदिने अडान लिएपछि मधेसमा फेरी अर्को द्वन्द्व उत्पन्न हुने सम्भावना बढेको छ । राज्यले यदि राजपा नेपाललाई निर्वाचनमा सहभागी गराउन सकेन भने त्यसले अर्कै बाटो लिने खतरा वढेको छ । संविधान संशोधन विना यदि १४ अषाढमा निर्वाचन गरियो भने त्यसले उत्पन्न हुने द्वन्द्वले मधेसलाई दिर्घकाल सम्मको लागि अशान्त बनाउने सम्भावना देखिन्छ । किनभने राजपा नेपालका नेताहरुले यदि आफुहरुको माग अहिले सम्बोधन गरिएन भने बाध्य भई अलग देशको लागि आन्दोलन अगाडी वढ्ने खुलेर नै अब बोल्न थालेका छन् । जसले गर्दा मधेस पनि अब जम्मु काश्मीर जस्तै अशान्त हुने सम्भावनालाई नकार्न सकिन्न ।
महन्थ ठाकुरको ‘विखण्डन’को चेतावनी
आफ्नो अधिकार प्राप्तिको माग गर्नु यदि अपराध हो भने म अपराधि हुँ । हाम्रो अधिकारको सबै बाटोहरु राज्यले अबरुद्ध गरेको छ । यदि हाम्रो छोरा छोरीहरुको नेपालमा पढाई भईरहेको छैन भने हामी भारत पठाउँछौं । उपचार नेपालको सीमामा हुँदैन भने भारतमा उपचार गराउँछौं । त्यसैगरी हाम्रो हक हित, अधिकार, पहिचान, सम्मानको रक्षा नेपालको सीमामा हुँदैन भने हामीले आफ्नो अर्कै बाटो खोज्नुपर्ने हुन्छ । अहिलेको आन्दोलन अब त्यस्तै अर्को बाटोको खोजी गर्दैछ । भन्नको लागि नेपाल हाम्रो देश हो, तर हामीसँग अन्याय, अत्याचार र शोषण राज्यले गरिरहेको छ । यदि हामीले आफ्नो अधिकार माग्दा हामीलाई राज्यले विखण्डनकारी भन्छन् भने ठिक छ म विखण्डनकारी हुँ । यदि नदिको पानीलाई तपाईले बाँध बाँधेर बाँध्नु भयो भने त्यसले तोड्फोड् गर्दै कुनै न कुनै बाटो खोज्छ । अहिलेको अवस्था त्यही अवस्था हो । हामीलाई अनेक बन्धनले बाँध्ने प्रयास गरिँदैछ । हामी ती सबै बन्धनलाई तोड्ने छौं । बाटो दिएन भने बाटो भत्काईन्छ । यो चुनावमा सहभागी हुनु र नहुनुले पनि समस्याको समाधान दिँदैन । मैले त सुरुमै यो संविधानलाई अस्विकार गर्दै जलाएको हो । जबसम्म यो संविधानमा हाम्रो अधिकार सुरक्षित हुँदैन तबसम्म हामी यो संविधानलाई स्वीकार्न तयार छैनौं । निर्वाचनसँग सम्बन्धित कुनै पनि कानुनलाई हामीले मान्न बाध्य छैनौं । हामीले निर्वाचनका सम्पुर्ण कानुनलाई अबज्ञा गर्नेछौं । पटक पटक भन्दैछौं, संविधान संशोधन गर, तर गरिएको छैन । आफु खुशी निर्वाचनको मिति सारिएको छ । मिति सारेर केही हुँदैन । काम गर्नुपर्छ । कहाँ गयो संशोधन ? किन अदालतले रोक्दछ ? मधेस एउटा छुट्टै राष्टू हो । हजारौं बर्ष पहिले यो राष्टूको आफ्नै संस्कृति, सभ्यता छ । गौरवपुर्ण इतिहास छ । गौतम बुद्ध, राजा जनक, जानकी कसको लालपुर्जामा पर्दछ ? हामी एउटा छुट्टै राष्टू छौं । राजनीतिक सिद्धान्तले पनि के भन्छ भने आफ्नो इतिहास अनुसार आफ्नो राष्टूमा आफ्नै शासन हुनुपर्दछ । राजनीतिक सिद्धान्त मात्र होइन संयूक्त राष्टू संघको चार्टर वडापत्रमा पनि भनिएको छ कि एउटा राष्टूले अर्को राष्टू माथि शासन गर्ने अधिकार छैन । राष्टिूयता त राजनीतिक पहिचान हो । जहाँ पनि हामी जान्छौं, हामीलाई मधेसी भन्ने गरिन्छ । मधेसी हाम्रो राष्टिूयता हो । जब म भन्छु कि मधेस हाम्रो राष्टू हो, नेपाली शासकको निन्द्रा हराउँछ । नेपाली राष्टिूयता तबसम्म बलियो हुँदैन जबसम्म पहाडी राष्टिूयता र मधेसी राष्टिूयता मिलेर नयाँ राष्टिूयताको निर्माण हुँदैन । पटक पटक मैले भन्दै आएको छु कि तपाईहरुले एउटा राष्टूसँग निहुँ खोज्नु भएको छ । कुनै व्यक्ति विशेषसँग तपाईको झगडा छैन । यो कुरालाई सम्हाल्नुस् । अहिले तपाईको हातमा छ । अहिले नेताहरुको नियन्त्रणमा छ, मधेसको समस्या । यदि नेताले समस्याको समाधान गर्दैन भने त्यो समस्या नेताको हातबाट फुत्किएर जनताको हातमा जानेछ । त्यसपछि जनताको निर्णय जे हुनेछ त्यसलाई त दुनियाँले स्वीकार गर्नुपर्ने हुन्छ ।
बंगलादेश किन पाकिस्तानको हातबाट फुत्कियो ? त्यहाँका नेताहरुले जब बहुमतको प्रधानमन्त्रीलाई मान्न अस्विकार गर्यो, यदि मुजिबुर रहमानलाई प्रधानमन्त्रीको रुपमा स्वीकार गरिएको भए सायद बंगलादेश अलग हुने थिएन होला । सार्वभौम सत्ता जनप्रतिनिधिमा होइन जनतामा हुन्छ । यसरी पाकिस्तानबाट बंगलादेश किन अलग्गिएको थियो उदाहरण दिँदै नेपालबाट मधेस पनि अलग्गिन सक्ने भनेर राष्टिूय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले खुला रुपमा राज्यलाई चेतावनी दिएका थिए । २४ जेष्ठमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं.८ दिगम्बरपुर स्थित राजपा नेपालद्वारा आयोजित आमसभामा सम्बोधन गर्दा राजपा नेपालका संयोजक महन्थ ठाकुरले के पनि भने कि नेपाली सेनाले विखण्डनकारीहरुको तमाशा हेरेर नबस्ने भनेको छ भने को हो विखण्डनकारी ? नेपाली सेनाले विखण्डनकारीको नामाकरण गर्नुपर्यो । नेपाली सेनालाई लाग्दछ कि म विखण्डनकारी हुँ भने मलाई गिरफ्तार गर्नुपर्यो नि, ठाकुरले बताएका थिए ।
राजेन्द्र महतोको पनि देश नरहने चेतावनी
धनुषाको दिगम्बरपुरमा आयोजित कार्यक्रममा
राजपा नेपालका नेताहरु ।
राष्टिूय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन विना मधेसमा स्थानीय तहको निर्वाचन भए मधेसमा अर्को ठुलो द्वन्द्व हुने चेतावनी दिएका छन् । २४ जेष्ठमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं.८ दिगम्बरपुर गाविसमा आयोजित सभामा राजपाका नेता महतोले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना र बधाई त दिए तर सँगसँगै चेतावनी पनि दिए । आज भन्दा २२ बर्ष अगाडी देउवा प्रधानमन्त्री भएको बेला जुन अपराध उनले गरे त्यो अपराध नदोहोराउन् । २२ बर्ष अघि तत्कालिन माओवादीले व्यवस्थापिका संसदमा ४० सुत्रिय माग राखेर सम्बोधन गर्न भन्दा तत्कालिन प्रधानमन्त्री देउवाले माओवादीलाई वेवास्ता गरेका थिए । माओवादीलाई एकदमै हल्का ढंगले लिएका थिए । नेपाली कांग्रेस पार्टी र देउवाको अदुरदर्शिताका कारण देशले ठुलै यूद्ध खेप्नु पर्यो । माओवादीले जनयूद्ध गर्यो र १० बर्षे जनयूद्धका कारण २० हजार भन्दा वढी नेपाली नागरिक मारिनु पर्यो । देशका भौतिक पुर्वाधारहरु ध्वस्त पारिए । महतोले भने,‘ हो, त्यस्तै गल्ती अहिले देउवाले फेरी दोहोर्याए देशमा अकल्पनिय द्वन्द्व हुनेछ र त्यो द्वन्द्वले यो देश नै रहने छैन । मधेस अलग देश हुनेछ । तसर्थ राजपा नेपालसँग नेपाली कांग्रेसका सभापति देउवाले गरेको अहिलेको तिन बुँदे सम्झौता अनुसार संविधान संशोधन गरेर स्थानीय तहको चुनाव नगराए त्यसको परिणाम अत्यन्तै भयानक हुनेछन् ।’ महतोले प्रष्ट रुपमा के भने भने कुनै पनि हालतमा संविधान संशोधन विना मधेसमा स्थानीय तहको चुनाव हुन नदिने, चुनावमा सहभागी हुने छैनौं । सरकारले यदि जवरजस्ती गरेर तोकिएको मिति १४ अषाढ मै स्थानीय तहको चुनाव राजपा बेगर गर्ने हो भने गरेर देखाउन समेत सरकारलाई चुनौती महतोले दिएका थिए ।  त्यो चुनाव चुनाव नभई देशको बर्बादिको बाटो हुने उनले सरकारलाई सचेत गराएका थिए ।  त्यसैले चुनावको मिति दुई महिना सार्नुपरे पनि सारे हुन्छ, तर मधेसको माग सम्बोधन नभई मधेसमा कुनै पनि किसिमको चुनाव सफल नहुने महतोले प्रष्ट्याएका थिए ।
यसरी राजपा नेपालले प्रष्ट रुपमा राज्यलाई के संकेत गरिरहेको छ भने यदि संविधान संशोधन नगरिकन मधेसमा स्थानीय निकायको चुनाव राज्यले गर्न खोज्यो भने राजपा नेपालको आन्दोलन अब विखण्डनको बाटोमा समेत अगाडी वढ्न सक्नेछ । राजपा नेपालका संयोजक महन्थ ठाकुरले त बेला बेला मधेस अलग राष्टू बन्न सक्ने धम्की दिईरहेका थिए । तर, अब राजेन्द्र महतोले पनि त्यस्तै अभिव्यक्ति दिन थालेका छन् ।
सिके राउत र महन्थ ठाकुर बीच भेटबार्ता
स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा.सिके राउत भनिने चन्द्रकान्त राउतले राजपा नेपालका संयोजक महन्थ ठाकुरसँग  १३ जेष्ठमा भेटबार्ता गरेका थिए । काठमाण्डौ स्थित महन्थ ठाकुरको निवासमा भेट्न पुगेका राउत र ठाकुर बीच बेलुका ७ बजे देखि ९ बजेसम्म भेटवार्ता भएको थियो । ठाकुरसँग गरिएको भेटवार्तामा राजनीतिक सम्वाद भएको सिके राउतले द एक्सक्लुसिभसँग स्वीकार पनि गरेका छन् । त्यसकारण महन्थ ठाकुरले शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भए पश्चात पनि राजपा नेपालको आन्दोलनले अब विखण्डनको बाटो खोजिरहेको भनेर बताउनुले पनि अर्थ राख्दछ ।
एकातर्फ राजपा नेपालले चुनाव बहिष्कार, अवज्ञा तथा विथोल्ने गरि आन्दोलन अगाडी वढाउने रणनीति अख्तियार गरिरहेको छ भने अर्को तर्फ विखण्डनको अभियान नै चलाईरहेका सिके राउतले भने स्थानीय तहको चुनावमा सहभागी भएर मत बदर गर्ने रणनीति लिएको छ । ५० प्रतिशत भन्दा वढी मत बदर गराउने लक्ष्य सहित चुनावमा आफ्ना समर्थकहरुलाई सहभागी गराउने र अन्तर्राष्टिूय स्तरमा समेत मधेस अलग देशको लागि तयार भएको र जनमत संग्रह गराउनु पर्ने माग अगाडी राख्न सहज हुने राउतको रणनीति रहेको छ ।
समग्रमा के देखिन्छ भने जसरी राज्य सत्ताले यदि राजपाको आन्दोलनलाई हल्का फुल्का रुपमा लिन्छ भने मधेस प्रदेशबाट मधेस देशको नारा अघि बढ्न सक्ने सम्भावना बढेको छ । किनभने छिमेकी मुलुकहरुमा पनि भेदभावकै कारण मुलुक विभाजन भएको उदाहरणहरु छन् । धार्मिक सम्प्रदायकै कारण भारत र पाकिस्तान विभाजन भएको, भाषिक र राजनीतिक विभेदकै कारण पाकिस्तानबाट बंगलादेश अलग्गिएको र श्रीलंकामा अल्पसंख्यक हिन्दु तमिलहरुको सशस्त्र संघर्षले ठुलै गृहयूद्ध निम्तियाएको इतिहास पनि छन् । त्यसैले मधेसको इस्यूलाई गम्भीरताका साथ नलिइए अन्ततः गृहयूद्ध निम्तिने र अलग देशको ऐजेण्डामा समेत जान सक्ने सम्भावनालाई नकार्न सकिन्न ।
भारतबाट पाकिस्तान विभाजनको इतिहास
भारतमा व्रिटिश शासनले सधैं फुट डालेर शासन गर्ने नीतिलाई अनुसरण गरेको थियो । व्रिटिश शासनले भारतमा सम्प्रदायको आधारमा नागरिकलाई अलग समुहमा विभाजन गरेका थिए । व्रिटिश शासनको केही नीति हिन्दु प्रति विभेदकारी थिए भने केही मुस्लिम समुदाय प्रति । जसकारण त्यहाँ हिन्दु र मुस्लिम समुदाय बीच तनाव उत्पन्न भयो ।
सन् १९३० मा पहिलो पटक मुस्लिम लिगको सम्मेलनमा प्रसिद्ध उर्दु कवि मोहम्मद इकवालले एउटा भाषणमा मुस्लिम समुदायहरुका लागि अलग्गै देशको माग उठाएका थिए । सन् १९३५ मा सिन्ध प्रान्तको विधानसभामा पनि उक्त माँग उठ्यो । इकवाल र मौलाना मुहम्मद अलि जौहरले मोहम्मद अली जिन्नालाई उक्त मागमा समर्थन गर्न दवाव दिइरहेका थिए । त्यतिबेला जिन्ना हिन्दु मुस्लिम बीच एकताको पक्षमा लागि परेका थिए । तर, पछि गएर उनले पनि कांग्रेसी नेताहरु मुस्लिम समुदायको हितमा ध्यान नदिईरहेको आरोप लगाउन थाले । लाहौरमा सन् १९४० मा मुस्लिम लिग सम्मेलनमै जिन्नाले प्रष्ट रुपमा के भने भने अब उनी दुई अलग अलग राष्टू चाहन्छन् ।
हिन्दु महासभा जस्तो हिन्दुहरुको संगठन भारत विभाजनको प्रवल विरोधी थिए । तर, हिन्दु र मुस्लिम समुदाय बीच ठुलो मतभेद छ भन्ने कुरा पनि स्वीकार गर्यो । सन् १९३७ मा इलाहावादको हिन्दु महासभा सम्मेलनमा सावरकरले भाषणमै के भनेका थिए भने, ‘ आजको दिनमा भारत एउटा राष्टू छैन, त्यहाँ दुई राष्टूहरु छन्, एक हिन्दु र अर्को मुसलमान ।’ कांग्रेसका अधिकांश नेताहरु सम्प्रदायको आधारमा विभाजनको विरुद्ध थिए । हिन्दु र मुस्लिम एक साथ बस्न सक्छन् र बस्नु पनि पर्छ भन्ने महात्मा गान्धीले विश्वास राखेका थिए ।
हिन्दु र मुस्लिम दुई विरोधी मत र संस्कृति छन् भन्ने विचारलाई मेरो आत्माले विरोध गर्दछ, यस्तो सिद्धान्तलाई अनुमोदन गर्नु मेरो लागि इश्वरलाई नकार्नु सरह हो, भन्ने कुरा गान्धीले भन्ने गरेका थिए । धेरै वर्ष सम्म गान्धीले र उनका अनुयायीहरुले के कोशिश गरे भने मुस्लिम समुदाय कांग्रेस छोडेर नजाओस् । तर, हिन्दु र मुस्लिम समुदायका हार्डलाइनर नेताहरु भने धेरै रिसाए ।
अंग्रेजले योजनावद्ध तरिकाले हिन्दु र मुस्लिम दुवै सम्प्रदायलाई एक अर्का प्रति झन् झन् सशंकित बनाउँदै लगेका थिए । मुस्लिम लिगले अगस्त १९४६ मा ‘सिधा कारवाही दिवस’ मनायो भने कलकत्तामा भीषण दंगा गर्यो । उक्त दंगामा करिब ५ हजार मानिसहरु मारिएका थिए । धेरै घाइते हुन पुगे । उक्त माहौलले दुवै तर्फका नेताहरुमा विभाजन गर्न दवाव पुग्न थाल्यो किन भने त्यसो नगर्दा पुरै देश यूद्धमा धकेलिने थियो ।
विभाजन
भारतको विभाजनको ढाँचालाई ‘३ जुन प्लान’ अर्थात ‘माउन्टवैटन योजना’ नाम दिईयो । भारत र पाकिस्तानको बीचमा लण्डनका वकिल सर सिरिल रेडक्लिफले सीमारेखा कोरेका थिए । १८ जुलाई १९४७ मा व्रिटिश संसदले भारतीय स्वतन्त्रता अधिनियम पारित गर्यो । र, विभाजनको प्रक्रियालाई अन्तिम रुप दिइयो । त्यसबेला व्रिटिश भारतमा थुप्रै राज्यहरु थिए । र, ती राज्यका राजाहरुसँग अनेकौं सम्झौताहरु गरेका थिए । ती ५६५ राज्यहरुलाई स्वतन्त्रता दिइयो । विभाजन पछि संयुक्त राष्टूमा पाकिस्तानलाई सदस्यको रुपमा सम्मिलित गराइयो भने भारतले व्रिटिश भारतको कुर्सी सम्हाल्यो ।
धेरैै विद्धानहरुको के भनाई रहेको छ भने व्रिटिश सरकारले भारतको विभाजन प्रक्रियालाई ठीक तरिकाले सम्हालेन । किनभने स्वतन्त्रताको घोषणा पहिले गरियो र विभाजनको घोषणा पछि । देशमा शान्ति सुव्यवस्था कायम राख्ने जिम्मेवारी भारत र पाकिस्तानको नयाँ सरकार माथि आईपर्यो । कसैले सोच्न सकेका थिएनन् कि यताका मानिसहरु उता जानेछन् र उताका मानिसहरु यता आउनेछन् । सोही क्रममा अल्पमत संख्यामा रहेका समुदायहरु दुवै तर्फ असुरक्षित भए । र, मारिए पनि । धेरैलाई घर छोडेर भाग्नु पर्यो । उक्त दंगाका क्रममा दुवै तर्फ करिब ५ देखि ३० लाख सम्म मानिसहरु मारिएको बताइन्छ । केही दंगाका क्रममै मारिए भने केही दुवै देश जाने क्रममा यात्राका क्रममा मारिका थिए ।
शरणार्थी
 विभाजन पछिका महिनाहरुमा दुवै नयाँ देशका बीच ठुलो परिमाणमा मानिसहरुको स्थानान्तरण भयो । पाकिस्तानमा धेरै हिन्दु र शीखहरु बेघर भए । डरका कारण अल्पसंख्यकहरु बहुमत सम्प्रदाय भएको देशमा गएर शरण लिन पुगेका थिए । करिब १ करोड ४५ लाख मानिसहरु शरणार्थी भएका थिए । ७२ लाख २६ हजार मुस्लिम समुदाय भारत छोडेर पाकिस्तान गए भने ७२ लाख  ४९ हजार हिन्दु र शिख समुदाय पाकिस्तान छाडेर भारत आएका थिए । करिब ७८ प्रतिशत स्थानान्तरण त पंजावमा मात्रै भएको थियो ।  १५ अगस्त १९४७ मा भारत र पाकिस्तान कानुनी रुपमा दुई अलग अलग स्वतन्त्र राष्टू बनेका थिए । स्वतन्त्रतासँगै १४ अगस्तमा पाकिस्तान अधिराज्य पछि गएर (इस्लामी जम्हुरीया ए पाकिस्तान) र १५ अगस्तमा भारतीय संघ (पछि गएर भारतीय गणराज्य ) को स्थापना गरियो ।
पाकिस्तानबाट बंगलादेशको विभाजन
सन् १९४७ मा भारतको विभाजनको परिणाम स्वरुप वंगाल पनि दुई हिस्सामा बाँडियो । हिन्दु बाहुल्य इलाका भारतमा रह्यो र पश्चिम वंगालको नामले पहिचान पायो । त्यसैगरी मुस्लिम बाहुल्य भूभाग पुर्वी वंगाल पाकिस्तानको हिस्सामा पर्यो । जो पछि गएर पुर्वी पाकिस्तानको नाउँले चिनियो । जिम्मदारी प्रथाले उक्त क्षेत्रलाई धेरै नराम्रो प्रभाव गरेको थियो । त्यसको विरुद्धमा सन् १९५० मा एउटा ठुलो आन्दोलन सुरु भयो । र, १९५२ मा बांगला भाषा आन्दोलनको ठुलो साथ पनि पायो । सन् १९५५ मा पाकिस्तान सरकारले पुर्वी वंगालको नाम परिवर्तन गरेर पुर्वी पाकिस्तान राख्यो । पाकिस्तानले पुर्वी पाकिस्तानलाई उपेक्षा मात्र गर्न थालेन, दमन पनि गर्दै गयो । तनाव झन् झन् वढ्दै गयो । एक दशकको उपेक्षा र दमन आफ्नो चरमोत्कर्षमा पुगे पछि जनता पनि आक्रोशित हुँदै गएका थिए । पाकिस्तानी शासक याह्या खाँ ले लोकप्रिय आवामी लिग र उसको नेताहरुलाई प्रताडित गर्न थाल्यो । फलस्वरुप , वंगबंधु शेख मुजिबुर रहमानको अगुवाईमा बंगलादेशको स्वाधिनताको आन्दोलन सुरु भयो । बंगलादेशमा खुनको होली नै बग्न थाल्यो । लाखौं बंगाली मारिए । सन् १९७१ को उक्त खुनी संघर्षमा १० लाख भन्दा वढी मानिसहरु शरणार्थी भएर छिमेकी मुलुक भारतमा शरण लिन बाध्य भए । भारतलाई उक्त समस्याबाट सामना गर्न निकै कठिनाई परेको थियो । र, भारतमा रहेका ती लाखौं बंग्लादेशी शरणार्थीहरुको अनुरोधमा हस्तक्षेप गर्नु पर्यो । परिणामस्वरुप सन् १९७१ मा भारत पाकिस्तान बीच यूद्ध सुरु भयो ।
बंगलादेशमा मुक्ति बाहिनी सेनाको गठन भयो । उक्त सेनामा बंगलादेशका अधिकांश बौद्धिक वर्ग, विद्यार्थी सहभागी भएका थिए । ती मुक्ति वाहिनी सेनाले भारतीय सेनालाई गुप्तचरको रुपमा सूचना दिएर तथा गुरिल्ला यूद्ध पद्यतिबाट भारतलाई सहयोग गर्न थाल्यो ।
पाकिस्तानी सेना अन्ततः १६ डिसेम्बर १९७१ मा भारतीय सेना समक्ष आत्मसमर्पण गर्यो । लगभग ९३ हजार मानिसहरु यूद्धबन्दी बनाईयो । ती यूद्धबन्दीहरुलाई भारतको विभिन्न क्याम्पहरुमा राखियो । बंगलादेशी आक्रोशको शिकार नबनोस भन्ने उद्देश्यले तिनीहरुलाई भारतीय क्याम्पमा यूद्धबन्दी बनाइएको थियो । बंगलादेश एउटा स्वतन्त्र देश बन्यो । र, मुजीबुर रहमान उक्त नयाँ देशको प्रथम प्रधानमन्त्री बनेका थिए ।
पुर्वी पाकिस्तानलाई स्वायत्तता दिलाउने उद्देश्यले सन् १९४९ मा आवामी लीग नामक राजनीतिक दलको स्थापना भयो । सन्  १९७० मा शेख मुजीबको नेतृत्वमा आवामी लीगले चुनाव परिणामलाई मान्नबाट इन्कार गर्यो । पाकिस्तानी सरकारको उक्त निर्णयका कारण देशमा ठुलो दंगा भड्कियो । सन् १९७१ मा शेख मुजीव र आवामी लिगले २६ मार्चमा स्वतन्त्रताको घोषणा गर्यो । नयाँ देशको नाउँ राखियो बंगलादेश ।
श्रीलंकामा गृहयूद्ध
श्रीलंकामा तामिल हिन्दुहरुसँग त्यहाँको शासकले राजनीति, रोजगारी र शिक्षा लगायत राज्यको हरेक क्षेत्रमा गर्दै आएको भेदभावका कारण श्रीलंका ठुलो गृहयूद्धमै फस्नु पर्यो । सन् १९७५ मा बेलुपिल्लाई प्रभाकरणको अगुवाईमा लिट्टे स्थापना भएपछि विश्वकै सबैभन्दा शक्तिशाली गुरिल्ला लडाकुहरुको प्रमुखको रुपमा स्थापित भएको थियो ।
श्रीलंकामा तामिल हिन्दु अल्पसंख्यक छन् । र, इसाई तामिल बहुसंख्यक छन् । श्रीलंकामा तामिल हिन्दुलाई मतदान गर्ने अधिकार समेत दिईएन । यहाँ सम्मकी त्यहाँको संविधानमै प्रष्ट रुपमा के लेखिएको छ भने तामिल हिन्दु दोस्रो दर्जाको नागरिक हो । त्यही अत्याचार र भेदभावको विरुद्धमा बेलिपिल्लाई प्रभाकरणले लिवरेशन टाइगर अफ तमिल इलम (लिट्टे) नामक संगठन निर्माण गरे । अवस्था यहाँ सम्म आईपुगेको थियो कि हिन्दु तामिल त्यहाँका शासकसामु घुँडा टेकेर दासत्वको जीवनलाई स्वीकार गरी मर्नु वा स्वाभिमानको लागि लडाई लडेर मर्नु सम्म आईसकेको थियो । हिन्दु तामिलहरुले सशस्त्र संघर्षको बाटो अपनाएर श्रीलंका सरकारसँग सशस्त्र यूद्ध गरे । प्ररम्भिक समयमा लिट्टेलाई ठुलो सफलता हात लाग्न थाल्यो र, सरकारले हार पनि मान्यो । तर, पछि प्रभाकरण मारिए । ती प्रभाकरणको दहशत विश्व भरी नै फैलिएको थियो । भारतका प्रधानमन्त्री राजीव गान्धीको हत्या पनि प्रभाकरणकै संगठनले गरेको थियो ।
श्रीलंकामा बहुसंख्यक सिंहला र अल्पसंख्यक तमिलको बीचमा सन् १९८३, २३  जुलाईबाट यूद्ध सुरु भयो । ३० महिनाको सैन्य अभियान पछि २००९ मईमा श्रीलंकाली सरकारले लिट्टेलाई परास्त गर्यो । लगभग २५ बर्ष सम्म चलेको उक्त गृहयूद्धमा दुवै तर्फ धेरै संख्यामा मान्छे मारिएका थिए । उक्त जातीय संघर्षमा सरकारी तथ्याङ्क अनुसार लगभग ८० हजार भन्दा वढी मानिसहरु मारिएका थिए ।
सन् १९४८ मा श्रीलंका व्रिटिश शासनबाट स्वतन्त्र भएको थियो । सोही वर्ष सलोन नागरिकता कानुन पनि अस्तित्वमा आयो । उक्त कानुनले हिन्दु तमिल भारतीय मुलको भएकाले श्रीलंकाले नागरिकता प्रदान गर्न सक्दैन भन्ने व्यवस्था गरेको थियो । यद्यपि उक्त कानुनले मान्यता पाउन सकेन । सन् १९५६ मा श्रीलंका सरकारले देशको बहुसंख्यक भाषा सिंहलीलाई अधिकारिक भाषाको रुपमा मान्यता प्रदान गर्यो ।


२०७४ जेष्ठ २८ गते आईतबार