Sunday, April 29, 2012

वेवास्ता गरिएको आत्महत्याको भयानक रुप चार वर्षमा तिन जिल्लामा ७०३ व्यक्तिद्वारा आत्महत्या

अजय अनुरागी
पछिल्लो ४ वर्षमा धनुषा, महोत्तरी र र्सलाहीमा मात्र, ७ सय ३ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष०६४/०६५ देखि ०६७/०६८  सम्म तीन जिल्लामा झुण्डिएर २ सय ४ र विष सेवन गरी ४ सय ९९ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष०६४/०६५ मा धनुषामा ४४, महोत्तरीमा ३५, र्सलाहीमा ४१, .. ०६५/०६६ मा धनुषामा ६३, महोत्तरीमा ५० र र्सलाहीमा ७३, .. ०६६/०६७ मा धनुषामा ७२, महोत्तरीमा ६२ र र्सलाहीमा ५९, . . ०६७/०६८ मा धनुषामा ६८, महोत्तरीमा ६६ र र्सलाहीमा ७० जनाले आत्महत्या गरेका छन् । पानीमा डुबेर र आगो लगाएर आत्महत्या गर्ने प्रवृति न्यून छ भने विष सेवन गरी आत्महत्या गर्नेहरुको संख्या झुण्डिनेहरुको भन्दा दोब्बर देखिन्छ । आ..०६८ साउन देखि चैत्र सम्म धनुषामा झुण्डिएर १९ र विष सेवन गरी २५ -कुल ४४) जनाले आत्महत्या गरिसकेका छन् । आत्महत्यको यो भयानक तस्विर सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका वारदातका संख्या मात्र हुन् जबकी कतिपय आत्महत्याको घटना प्रहरी समक्ष लोकलाजका कारण पुग्न पनि सकिरहेका हुँदैनन् ।
      मधेशमा समान्य विवादमा पनि विष खाएर आत्महत्या गर्ने प्रवृति हवात्तै बढेको छ । वैदेशिक रोजगार, पारिवारिक कलह, सहनशिलतामा कमि, ड्रि्रेसनमा परेर क्षण भरमै निर्ण्र्ाागर्नु ,घरायसी झगडा, गरिबी, बेरोजगारी र जीवनको कष्ट सहन नसकेर अन्त्यमा आत्महत्या गर्ने लक्ष्यमा पुग्नेहरुको लागि सजिलो माध्यम बनेको छ विष सेवन । विष सेवन गर्ने अधिकांशले बाली विरुवामा र्छकने विषादी औषधि खाने गरेको र केहीले मुसा मार्ने, जुम्रा मार्ने औषधि खाने गरेको चिकित्सकहरुको भनाई छ । आत्महत्यालाई परिस्थितिले सिर्जना गर्ने दुर्घटनाको रुपमा पनि लिने गरिएको छ । 'आत्महत्याको अर्थ जानी बुझी गरिने आत्मघात अथवा आफनो आफैबाट गरिने हत्या हो भन्ने अर्थ दिन्छ ।'सानै उमेरमा प्रेम गर्ने, अन्तरजातीय विवाह, महिला तथा घरेलु हिंसाको घटना, युवाहरुमा बेरोजगारी समस्या, बढ्दो प्रविधिसँगै आएको विकृतिले गर्दा समेत आत्महत्याका घटनाहरु बढ्दै गएको छ ।
      अचम्मको कुरा के हो भने आत्महत्या गर्नेहरु मध्ये करिब ७० प्रतिशत जति महिला नै रहेका छन् । १ साउन २०६८ मा धनुषा गोविन्दपुर-६ का रामनारायण सदाको छोरी मानो देवी सदाले विष सेवन गरी आत्महत्या गरिन् । ८ साउन २०६८ मा धनुषाकै चक्कर-२ मा बस्ने देवीया सहनीको श्रीमति सीता देवी सहनीले, १ भदौ २०६८ मा धनुषाको मुख्यापट्टी-३ की रघुवीर सहनीको बहिनी रंजु कुमारी सहनीले, ६ भदौं २०६८ मा धनुषाको फुलगामा-२ का नारायण महतोकी श्रीमति ललिता देवीले, १६ भदौ २०६८ मा ढल्केबर-२ मा बस्ने विश्कर्मा यादवकी श्रीमति शारदा देवीले, ३१ भदौं २०६८ मा तुल्सीयाही-१ का राजोलाल यादवकी श्रीमति संजु यादवले, १८ भदौं २०६८ मा वेंगा डाबर-४ बस्ने विरसिंह पाख्रिनकी श्रीमति जमुना पाख्रिनले, १ अशोज २०६८ मा झटियाही-७ का विरेन्द्र यादवकी श्रीमति रेणु देवी यादवले, २७ भदौ २०६८ मा गोदार-८ बस्ने सिता देवी महतोकी बहिनी सुजिता देवी महतोले, ७ असोज २०६८ मा रमदैया भवाडी-९ का अरुत्तर अन्सारीकी छोरी सलमा खातुनले, २८ अशोज २०६८ मा भुचक्रपुरका सुरेन्द्र प्रसाद श्रेष्ठकी छोरी रचिता कुमारी श्रेष्ठले आत्महत्या गरिन् । यी त उदाहरण मात्र हुन् । दिनका दिन मधेशका महिलाहरुले आत्महत्या गरिरहेकी छिन् । तर उक्त गम्भिर समस्यालाई समाजले, राज्यले वास्ता नै गरेको छैन् । यो क्रमलाई तत्कालै रोक्न पहल नगर्ने हो भने सीताको नगरी जनकपुरमा कुनै पनि महिलाको अस्तित्व नै रहने छैन् । जानकीलाई रावणले हरण गरिसकेपछि रावणको संहार गरी विजयोत्सव मनाउँदै श्री राम अयोध्या फर्किदा एक जना नागरिकले सीताको पत्रि्रतामा आरोप लगाए पछि जानकीलाई पत्रि्रता सावित गर्नका लागि अग्निपरीक्षाबाट नै गुज्रिनु परेको थियो । तर जानकीको नगरी जनकपुरमा आजको यूगमा श्रीमतिले अग्नि परीक्षा दिन सक्दैनन् र आरोपित भई बस्नु भन्दा आफ्नो जीवन नै उर्त्र्सग गर्न थालेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा श्रीमान विदेशिएको, घरमा पारिवारिक कलह र परपुरुष सँगको अनैतिक सम्बन्ध रहेको लान्छना -आरोप) र केही सत्य रहेको देख्दिा पनि ग्रामिण क्षेत्रका महिलाहरुले आत्महत्या गरिरहेको देखिन्छ । विदेशमा गएका पुरुषहरुको घरमा श्रीमति एक्लै हुने हुनाले आत्महत्या गर्नेहरुको समेत  देखिएको छ । श्रीमान विदेशमा, घरमा सासु, ससुरा, नन्द रहन्छन, त्यस अवस्थामा श्रीमान नभए पछि परिवारकै सदस्यले विभिन्न किसिमका प्रताडना, लान्छना लगाउने काम गरे पछि महिलाहरु तनावमा परेका हुन्छन् । श्रीमानले विदेशबाट श्रीमतिको नाउँमा पैसा पठाउने, पैसा छोडाउन श्रीमति सदरमुकाम स्थित शहरमा गयो की अनेक प्रकारका लान्छना लगाईन्छन ।आमा बुवाले आफ्नो नाउँमा पैसा छोराले पठाओस भन्नर्ेर् इच्छा राखेका हुन्छन तर छोराले श्रीमतिको नाउँमा पैसा पठाउने कुरा नपच्ने भएपछि सासु-ससुराले नानाथरिका आरोप लगाईहाल्छन् । पर-पुरुष सँगको सम्बन्ध रहेको लान्छना लागेपछि विदेशमा रहेका श्रीमानले पनि साथ नदिने र घरमा पारिवारिक कलह बढ्दै गए पछि अन्तिम अवस्थामा बाध्यतावश महिलाले आत्महत्या गर्ने प्रवृती भयावह बन्दै गएको छ । पितृसतात्मक रहेको नेपाली समाजमा एउटा महिलाले तब मात्र सम्मान पाउँछ जब उसलाई उसको श्रीमानले सम्मानको दृष्टिले हेर्दछ तर जब श्रीमानले नै हेला गर्न थाल्छ, अविश्वास गर्न थाल्छ तब महिला विरक्तिएर आफ्नो जीवन नै  त्याग गर्ने निष्कर्षा पुगिसकेका हुन्छन् । अझ मुस्लिम समुदायमा त झन लोग्नेले विदेशबाटै मोबाइलबाट तिन पटक तलाक, तलाक, तलाक, भनिदिए पछि तलाक नै हुन्छ । फेरी लोग्नेले अपनाउनु पर्यो भने पर पुरुषसँग शारिरीक सम्बन्ध स्थापित गरेको खण्डमा मात्र अपनाउने हुनाले मुस्लिम समुदायमा महिलाले आत्महत्या गर्ने प्रवृति झनै बढेको छ । अर्को तर्फमधेशका महिलाहरु श्रीमान विदेशिए पछि आफू भन्दा कम उमेरको केटासँग अनैतिक शारिरीक सम्बन्ध गाँस्ने, विस्तारै उक्त कुरा समाजमा र्सार्वजनिक हुन थालेपछि प्रेममा परेको केटालाई भगाउन भन्दा केटाले पनि नमान्ने भए पछि 'न घरको न घाटको' अवस्थामा पुगेर महिलाले आत्महत्या नै विकल्पको रुपमा रोज्न थालेको देखिन्छ । कतिपय अवस्थामा कम दाईजो दिएर विवाह गर्दा सासु, ससुरा, नन्द बाट प्रताडित तथा शोषित भए पछि पनि गाउँघरका अशिक्षित महिलाहरुले आत्महत्या गरिरहेका छन् ।
आत्महत्या गर्ने अर्को समुह यूवा जमातको छ । ५ माघ २०६८ मा सिरहा, कल्यानपुरका प्रकाश साहको १५ वषिर्य छोरा राजेश साहले विष सेवन गरी आत्महत्या गरे । जनकपुुरको विद्यापति मेमोरियलर् इङ्गलिस बोर्डिङ स्कुलमा कक्षा ७ को परीक्षा दिएर घर फर्किएका राजेशलाई केही दिन पछि पढ्न जनकपुर जान भनेपछि उनलर्ेर् इन्कार गर्दा आमाबुवाले हप्काउदा रिसाएर विष सेवन गरी आत्महत्या गरे । २ आसोज २०६८ मा धनुषाधाम-१ बस्ने बिन्देश्वर पर्ुर्वेको ११ वषिर्य छोरा मनोज कुमार पर्ुर्वेले विष सेवन गरी आत्महत्या गरे । यी त उदाहरण मात्र हुन् । आमा बुवाले हप्काउँदा समेत ११ वर्षो बालक देखि कलेज पढ्ने यूवा विद्यार्थीहरुले समेत आत्महत्या गर्ने डर लाग्दो प्रवृति मधेशी समाजमा विकसित हुँदै गएको छ ।  गरिबी, बेरोजगारीका कारण लागु पदार्थको दुर्र्व्यसनमा फसेका यूवाहरुले अपराधको बाटो समात्न थाले पछि तिनका अभिभावकले हप्काउँदा वा कुटपिट गर्दा समेत आत्महत्या गरिरहेका छन् ।  आत्महत्याको मुख्य कारण नै तनाव र तनावको कारण गरिबी, बेरोजगारी तथा एक्लोपन नै हो । यदि समयमै यी समस्यालाई समाधान नगर्ने हो भने आत्महत्याको संख्या झन भयावह हुने निश्चित छ । मधेशमा आत्महत्याको घटना खास गरी गर्मीको महिनामा बढी हुने गरेको देखिएको छ । गर्मीमा मानिस तनावमा बढी आउने र आपसी झगडा, घरेलु विवादका कारण व्यक्तिले आत्महत्या गर्ने गरका कारण गर्मीका महिनामा भने वातावरणलाई शान्त पार्न एक किसिमको विशेष अभियान नै चलाउनु पर्ने देखिन्छ ।
आत्महत्या अहिले सुसुप्त रुपमा बढदै गईरहेको अपराध अब सामाजिक समस्या नै बनिसकेको छ । घरेलु, हिंसा, आपसी झै-भगडाका कारणले भईरहेका आत्महत्याको घटनालार्इर्र्सामाजिक काउन्सलिङको मार्फ न्यूनिकरण गर्न सकिन्छ । मनोवैज्ञानिक परामर्श दिने, व्यक्तिगत रुपमै पनि काउन्सलिङ गर्ने न त राज्यको प्रशासनिक संयन्त्र छ न त कुनै गैरसरकारी संस्थाको ध्यान नै त्यस तर्फगएको देखिन्छ । बढ्दै गएको महगाईले ढाड मात्र सेकेको छैन्, जीवन जिउन नै कष्टकर भई तनावमा रहेका व्यक्तिहरुको पहिचान गरी, उनीहरुको जीवनस्तर उकास्न तत्कालै राज्यले तदारुकता देखाउन सक्नु पर्छ । आत्महत्या भनेकै आकास्मिक रुपमा क्षणिक आवेग, आक्रोस र रिसमा हुने अपराध भएकाले पनि आत्महत्याको घटना रोक्न असफल भएको प्रहरी प्रशासनले भन्दै आएका छन् ।
 महिलाको हक अधिकारका निम्ति भनेर च्याउ झै मधेशमा उम्रिएका महिला अधिकारवादीहरुको गैरसरकारी संस्थाले पनि आत्महत्याको रोकथामका लागि कुनै पनि प्रभावकारी कार्यक्रम ल्याएको देखिन्न् । राज्यले ने सम्बोधन गर्नु पर्ने काम गरिबी निवारणका लागि रोजगारीको अवसर स्वदेशमा सिर्जना गर्न नसकेपछि मधेशका यूवा खाडी मुलुकमा जान बाध्य छन र वैदेशिक रोजगारीको विकृत रुप बढदो आत्महत्या हो । आय-आर्जन गर्ने वितिकै व्यक्तिको शिक्षा, स्वास्थय सबैमा पहँुच हुन्छ र आत्मसन्तुष्टी बढ्छ । मानिस आफ्नो जीवनबाट असन्तुष्ट भए पछि निराशाको अन्तिम बिन्दुमा पुगेर आत्महत्या गर्ने निर्ण्र्ाागर्ने गरेकाले बेरोजगारीलाई समाधान गर्नु पर्छ । बेरोजगारीकै कारण मानिस वैरागिने अथवा नकारात्मक मनोवृति सृजना हुनु स्वभाविकै हो । राज्यको ध्यान त्यस तर्फपुगेको पनि छैन् , योजना बन्छन तर कार्यान्वयन नहूँदा समस्याको रुपमा देखा परेको खतरनाक परिस्थितिबाट जोगाउने तर्फध्यान केन्द्रित गर्नु पर्छ । सामान्य विवादमा पनि विष खाएर आत्महत्या गर्ने प्रवृति समाजका लागि चुनौतिको विषय बनेको स्थानीय बुद्धिजीवीहरुको भनाई छ । यस किसिमको अपराधका विषयमा समाजका सबै पक्ष गम्भीर बन्नर्ुपर्छ । नभए त्यो समाजका लागि ठूलो चुनौतीको रुपमा खडा हुन सक्छ । सबै पक्षले यसलाई गम्भीर रुपमा लिई युवाहरुमा चेतना जगाउनु आवश्यक रहेको उहाँको भनाई छ । आत्महत्याको ठोस कारण यकिन गर्न नसकिए पनि घरायसी विवाद, प्रेममा असफलता, गरिबी, बेरोजगारी र जीवनको दुःखकष्टका कारण आत्महत्या गर्ने गरेको स्थानीयको भनाई छ । कतिपय आत्महत्याको कारण नखुल्ने भएकाले बेरोजगारीका कारण बिलासिताको सामाग्रीहरु बढ्दै जाँदा पुर्ति गर्न नपाईएपछि आत्महत्या हुने गरेको छ ।
शिक्षित मान्छेहरुले पनि बेरोजगारीकै कारण आत्महत्या गरेको पाईएको छ । त्यतिकै मानिसले आत्महत्या गर्दैन, भविष्य अन्धकार देख्यो भने आत्महत्या गर्ने हो, यसैले कारण खोजेर त्यसको न्यूनिकरणमा लाग्नु पर्छ ।