Monday, February 17, 2014

जनकपुरको गौरव ः यी दुई अम्पायर


अजय अनुरागी
जनकपुरधाम............
नेपालको क्रिकेटमा जनकपुरका यूवा क्रिकेटर अनिल मण्डलले आक्रामक ओपनिङ व्याट्सम्यानको रुपमा जनकपुरको गौरव वढाइरहेकै बेला क्रिकेट मैदानमा क्रिकेटको निर्णायकको भुमिका समेत निर्वाह गरेर जनकपुर निवासी नेपालका दुई जना अम्पायरहरु राम कैलाश यादव र विनय कुमार झाले जनकपुरको गौरव वढाइरहेका छन् । एसोसिएट राष्टूहरुका बीच हुने अन्तराष्ट्रिय क्र्रिकेट प्रतियोगितामा सफल अम्पायरको रुपमा भुमिका निर्वाह गरेका यी दुवैजनाले जनकपुरको गरिमालाई देश विदेशमा वढाइरहेका छन् । तटस्थ, निश्पक्ष र सही निर्णय दिने अम्पायरको रुपमा रहेका यी दुई जना अम्पायर नेपालकै उत्कृष्ठ अम्पायरहरु मध्ये पर्छन् ।
नेपालले बंगलादेशमा हुने टी–ट्वेन्टी वल्र्डकप खेल्ने जमर्काे गर्दैछ भने एक दिवसीय विश्वकपमा पुग्न असफल मात्र भएनन, एक दिवसीय मान्यता समेत प्राप्त गर्न सकेनन् । टेस्ट मान्यता प्राप्त गर्नु नेपालको लागि अहिले दिवास्वप्न नै देखिन्छ । यद्यपि अन्तराष्टिूय क्रिकेटको मैदान भित्र खेलाडीहरुको खेलको निर्णय दिने निर्णायक(अम्पायर) को सम्भावना पनि संगसँगै वढेको देखिन्छ । नेपालका अम्पायरहरुलाई ए, बी र सी ग्रेड गरी तीन ग्रेडहरुमा विभाजन गरिएको पाइन्छ । बुद्धि बहादुर प्रधान, राम कैलाश यादव, विनय कुमार झा, दुर्गानाथ सुवेदी, हिमाल राज गिरी, सत्यजीत सरकार, मनोहर अधिकारी, शिरिष उपाध्याय, मोहम्मद सफिक गरी कुल दश जना नेपालका ए ग्रेडका अम्पायरहरु पर्दछन् । राम कैलाश यादव र विनय कुमार झा जनकपुरबाट क्रिकेटको अम्पायरिङ करियर सुरुवात गरेका थिए । यी दुवैजनाले मैदान भित्र निर्णायकको भुमिका निर्वाह गर्दा जनकपुरवासीको गौरव वढेको छ ।
अम्पायरहरु बायाँबाट क्रमशः राम कैलाश यादव र विनय कुमार झा ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) अन्तरगत टेस्ट म्याच खेल्ने कुल ९ वटा राष्ट्रहरु पुर्णकालिन सदस्यका रुपमा सहभागी छन् । भारत,पाकिस्तान, श्रीलंका, बांग्लादेश, बेलायत, अष्टे«लिया, न्यूजिलैन्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज लगायतका देशहरुले टेस्ट क्रिकेटको मान्यता पाएका छन भने जिम्वावेले टेस्टको मान्यता पाए पनि पछिल्लो समयमा मान्यता खोसिएको छ । त्यसैगरी नेपाल लगायत अन्य करिव पाँच दर्जन देशहरु आइसिसीका एसोसिएट राष्टूहरु र ४० वटा राष्ट्रहरु ऐफिलिएटेड सदस्यका रुपमा रहेका छन् । 
जिल्ला महोत्तरी अनकार गाविस –७ का राम कैलाश यादव प्रारम्भमा धनुषा र महोत्तरीका क्रिकेटमा विभिन्न टुर्नामेन्टका लागि टीम म्यानेजरको भुमिका वहन गरेका थिए । हरिनायराण यादवको जेठो छोरा रहेका यादव भौतिक शास्त्रमा स्नातकोत्तर गरेर उनी प्राध्यापन पेशामा पनि संलग्न छन् । स्थानिय र भारत विहारको केही टुर्नामेन्टहरुमा अम्पायरको भुमिका निर्वाह गर्न थालेपछि सन् १९९७ देखि उक्त अम्पायरिङको यात्रालाई काठमाण्डौको क्लव लेभेलसम्म पु¥याए । सन् २००० मा एसिसीको प्रशिक्षणमा पहिलो पटक अम्पायरिङ कोर्ष गरी सन् २००१ मा काठमाण्डौमा आयोजना भएको सिनियर राष्ट्रिय क्रिकेट प्रतियोगितामा अम्पायरिङका लागि छनौट भए । सन् २००५ मा काठमाण्डौमा भएको एसिसी म्याचका लागि उनी नियूक्त भएसँगै सन् २००७, २००८, २०१०,२०११ र २०१३ मा एसोशिएट राष्ट्रहरुका बीच सम्पन्न एसिसी इलाइटकप, टी–ट्वान्टी,एकदिवसीय लगायत प्रतियोगितामा अम्पायरिङ गरेका छन् ।
सन् २०१० मा एक्रिडिएटेड लेभेल टु अम्पायरको रुपमा एसियन क्रिकेट काउन्सिल (एसिसी) बाट प्रमाण पत्र प्राप्त गरेका अम्पायर यादव सन् २०११ मा मेलवर्न अष्टे«लियाबाट संचालित आइकस ग्लोबल कार्यक्रम अन्तरगत समेत एक्रिडिएटेड लेभेल २ अम्पायरको दर्जा पाउन उनी सफल भए ।  यसका साथै एसिसी डेभलप्मेन्ट प्रोग्राम अन्तरगत लेभेल २ एक्रिडिशन कोर्षको  सैद्धान्तिक परीक्षामा ९८.५ प्रतिशत अंक प्राप्त गरेका थिए ।  सन् २००१ देखि सन् २०१४ को हालसम्म निरन्तर सिनियर राष्टिूय एक दिवसिय प्रतियोगिता, ट्वेन्टी–ट्वेन्टी, अन्डर १९, अन्डर १६ आदि राष्ट्रिय प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गरिसकेका छन् । सन् २००५ देखि नेपालमा हुने एसीसी टुर्नामेन्टमा समेत निर्णायक बनिसकेका छन् । 
क्रिकेटको नियमको संस्थापक रहेको मेरी लिबोर्न क्रिकेट क्लव ( एमसिसी) का खेलाडीहरु सन् २००७ मा नेपालमा पाहुनाका रुपमा खेल्न आउँदा, पाकिस्तानी टोलीका पाँच जना सदस्य (जो अन्तराष्ट्रिय क्रिकेट टीमका सदस्य पनि रहिसकेका छन् ) सम्मिलित टोली र नेपाली क्रिकेट टोलीसँग भएको त्रिदिवसिय म्याचमा, वल्र्ड कलेजियन्स भन्ने अष्टे«लियन भ्रमणकारी टीम र नेपाली टीमका बीच भएको म्याचमा समेत यादवले अम्पायरिङको भुमिका निर्वाह गरेका छन् । भारतका क्रिकेटरहरु मुनाफ पटेल, सिद्धेश्वर राव, अम्बति तिरुपति रायडु, भिआरभी राव आदि सम्मिलित भारतीय टोली र नेपाल टोली बीच भएको खेलमा समेत यादवले अम्पायरिङ गरेका छन् । केही महिना अघि मात्र भारतको एयर इन्डिया, डेल्ही वान्डर्रस, सिंगापुर र नेपाली राष्ट्रिय टोली बीच भएको जर्नी टु वल्र्डकप प्रतियोगितामा समेत यादव सफल अम्पायरको रुपमा भुमिका निर्वाह गरेर अन्तराष्ट्रिय स्तरमा समेत स्थापित भईसकेका छन् ।
मैदान भित्र र मैदान वाहिर पनि अम्पायरले धेरै कुरा हेर्नुपर्छ । क्रिकेटमा ४२ वटा दफा सहितको कानुन छ । त्यसपछि प्लेयिङ्ग कन्डिसन, कोड अफ कन्डक्ट(आचार संहिता), खेलको परम्परागत मूल्य, कानुनको स्प्रिट, प्रिएम्बुल (प्राक्कथन) सहितको भावनाहरुलाई समेटेर कानुन अर्थात कानुनको दायरा भित्र बसेर व्यवहारिक रुप दिँदै ४३ औं कानुन अर्थात कमन सेन्स (स्वविवेक) को प्रयोग गरी क्रिकेट मैदानमा अम्पायरले सही निर्णयहरु दिनु पर्ने हुन्छ । अम्पायर राम कैलाश यादव भन्छन,“क्रिकेटको कानुनमा नसमेटिएका कुराहरु बाहेक कमन सेन्सको प्रयोग गर्दा दुवै टीम प्रति समानता, निश्पक्षता, म्याचको नियन्त्रण र न्यायको आधारशीलामा बसेर स्वविवेक प्रयोग गरी निर्णय दिने कानुन नै ४३ औं कानुन हो ।”
क्रिकेटमा कुनै व्याट्सम्यान आउट हुने दश तरिकाहरु मात्र  होइन, वाइड बल, नो बल, अपिललाई स्वीकारने वा नकार्ने, खेलाडीको व्यवहार, फिल्ड पोजिसनिङ्, ओभर थ्रो, एक्सटूा, मैदान भित्र रहेका सहकर्मी निर्णायक बीचको सञ्चार तथा समन्वय, ओफिसियल स्कोररहरुसँगको समन्वय, खेलाडी प्रतिको आदर, खेलाडीले अम्पायरको भुमिकालाई लिएर राख्ने धारणा सबैलाई सन्तुलित बनाउने भुमिका आदि जिम्मेवारी मैदानमा रहेको निर्णायकको काँधमा रहेको हुन्छ । यी सबै कुरालाई ध्यान दिंदै क्षण (फ्रयाक्सन अफ सेकेण्ड) मै एउटा सही निर्णय गर्नु पर्ने हुन्छ । त्यसको लागि पुर्ण परिपक्वता, नियमको दायरा भित्र रहेर क्षणमै निर्णय गर्न सदैव स्पोन्टेनियस रिजल्ट को लागि तयार रहनु निश्चय पनि कम चुनौतिपुर्ण कार्य होइन । यादव थप्छन,“अम्पायरिङ् त झन ‘थ्याङ्कलेस’ जव हो । धन्यवाद पनि नपाइने जव हो । जति सुकै सही निर्णय दिए पनि धन्यवाद पाउँदैनन् , अम्पायरले । प्रश्न चिन्ह नै खडा गर्छन ।” अम्पायरले निर्णय दिंदा कहिलेकाही गलत पनि हुने गर्छ । भुल पनि मानिसको स्वभावकै दायरा भित्र पर्दछन् । तर, एउटा राम्रो अम्पायरले थोरै गल्ती गर्छन र धेरै सही निर्णय गर्छन । नियमित अभ्यास, फिजकल फिटनेश, कानुनको राम्रो ज्ञान, अनुभव र इमान्दारी छ भने एउटा अम्पायरको रुपमा धेरै कम गल्ती हुने सम्भावना रहन्छ । यादव भन्छन,“आफ्नो कुरा गर्नु पर्दा म जहिले पनि आफुले गरेको निर्णयलाई रुटिन वर्क जस्तै मूल्याङ्कन गर्ने गर्छु । कहिलेकाहीं अपवाद स्वरुप कथं कदाचित भुल हुन गएको छ भने म कुनै टीम प्रति बायस्ड नभएर कुन देश र कुन खेलाडी खेलिरहेको छ, मेरो परिवारको हो कि, मेरो देशको हो भन्ने कुरा हेर्दिन । मैदानमा मात्र हामी खेल र खेलाडी बुझ्दछौं र, कानुन अनुसार स्वविवेकको प्रयोग गरी सक्दो राम्रो निर्णय दिने कोशिस गर्छौं ।”
यी सबै म्याचका अनुभव सँगै राष्ट्रिय र अन्तरािष्ट्रय क्रिकेट जगतमा अम्पायरको भुमिका निर्वाह गरिरहेका विनय कुमार झा, यादवसँगै क्यानका बरिष्ठ अम्पायर मध्ये पर्छन् ।
अम्पायरको प्रकार
आइसीसीको फोरमेट अनुसार एउटा म्याचको लागि ४ जना अम्पायर र एउटा रेफ्री नियुक्त हुन्छन् । म्याच रेफ्री सम्पुर्ण म्याचको गभर्न गर्ने व्यक्ति हो । मैदान वाहिर, टीम वैठकको दौरान, अनुशासानात्मक कारवाही लगायतका क्रियाकलाप माथि नियन्त्रण गर्ने जिम्मेवारी समेत म्याच रेफ्रीकै हुन्छ । तर मैदान भित्र लिइने सम्पुर्ण निर्णयका उत्तराधिकारी भने म्याचको मैदान भित्रका अम्पायर नै हुन्छन् । दुईवटा अन फिल्ड अम्पायर हुन्छन् । त्यसपछि जहाँ लाइभ टेलिकास्ट म्याच हुन्छ त्यहाँ एउटा टिभी अम्पायर हुन्छ । र, चौथो स्ट्याण्डबाई अम्पायर रिजर्भड अम्पायरको रुपमा नियूक्त हुन्छन् । जव डीआरएस (डाइरेक्ट रिभ्यु सिस्टेम) को व्यवस्था हुन्छ, खास गरी आइसीसीको म्याचहरुमा, एसोसिएट राष्टूहरुका म्याचमा पनि, तव अन फिल्ड अम्पायरले लिन चाहेका सहयोगको बेलामा टीभी अम्पायरले टिभीमा रिप्ले गरी सही निर्णय लिन मद्दत गर्छन् । कहिले काँही लाइन डिसिजन वा वाउन्डूी डिसिजन का विषयमा टिभी अम्पायरले वाकीटकीमा सूचना गर्छन र अनफिल्ड अम्पायरले म्याचका बेस्ट डिसिजन दिन्छन् ।
स्टेन्डवाई अम्पायर भनेको अन फिल्ड अम्पायर घाइते (इन्ज्र्यड) भएको केशमा, विरामी भएको अवस्थामा वा विशेष परिस्थितिमा अन फिल्ड अम्पायर वदलिनु प¥यो भने टिभी अम्पायरले अन फिल्ड अम्पायरको काम गर्छ र फोर्थ अम्पायरले टिभी अम्पायरको काम गर्छ ।
कारवाहीको स्तर
आइसिसीले निर्धारण गरे अनुसार खेलाडीलाई कारवाही गर्न ४ किसिमका ‘लेभेल अफ अफेन्स’ हुन्छ । लेभेल वन, लेभेल टु, लेभेल थ्री र लेभेल फोर । 
लेभेल वान ओफेन्स भनेको सानोतिनो गल्ती हो । जो कोड अफ कन्डक्ट, प्लेयिङ्ग कन्डिसनस, गेम स्पिरिट, गेमको परम्परागत मूल्य, गेमको प्राक्कथन जस्ता कारवाहीहरु जो क्षमायोग्य हुन्छन, त्यस्तो कारवाहीहरु लेभेल वान अन्तरगत पर्दछन् । जस्तो कि कुनै गेंदवाजलाई यो कुरा थाहा छ कि व्याट्सम्यान आउट छैन तर पनि जानी जानी अपिल गर्दछ , अम्पायर तिर अलि वढी अग्रेसनमा अपील गर्दैछ, व्याट्सम्यानको मनोबल गिराउन परसिस्टेन्ट क्ल्यापिङ्ग गरिरहेको छ, त्यति बेला लेभेल वान औफेन्स ठहरिन्छ । अम्पायर यादवका अनुसार यस्तो गल्तीमा अम्पायरले म्याच रेफ्रीलाई रिपोर्ट ग¥यो भने सम्वन्धित अम्पायरको रिक्वेस्टमा सम्बन्धित टीमका व्यवस्थापक वा सम्बन्धित खेलाडीलाई बोलाई नसिहत दिइन्छ । सचेत गराउने काम गरिन्छ जसलाई अंग्रेजीमा हामी ‘प्रिमेन्ड’ भन्छौं ।
दोस्रो लेभेलको औफेन्स अन्तरगत मानौं कुनै बौलरले बौलिङ्ग गरेर कुनै व्याट्सम्यानको विकेट लियो र, उसको पवेलियन तिर औंला खडा ग¥यो भने लेभेल टु औफेन्स ठहरिन्छ । त्यो गल्तिमा आइसीसीले उक्त खेलाडीको म्याच पनि प्रतिवन्धित गर्न सक्छ, म्याच फीको २५ देखि ५० प्रतिशत रकम जरिवाना स्वरुप काट्न पनि सक्छ । तेस्रो कुरा जस्तो कि ‘रेसियल एब्युज’ को कुरा आयो । रंगभेदी कुरा भयो, अम्पायर र खेलाडी, खेलाडी खेलाडी बीच गाली गलौज र झडप भैगयो, अम्पायरको डिसिजनमा सिभर रिएक्सन देख्यो आदि भने लेभेल थ्री औफेन्स अन्तरगतको कसुर ठहरिन्छ । त्यस्तोमा म्याच फी को ५० देखि १ सय प्रतिशत सम्म जरिवाना, सिरिजका केही खास खास दुई, चार, छ म्याच सम्म पनि प्रतिबन्धित गर्न सकिन्छ ।
अम्पायर यादवका अनुसार लेभेल फोर औफेन्स अन्तरगत एन्टी डोपिङ्ग, एन्टी कोरप्सन, जस्तै कसैको हत्या गर्नु, हतियार प्रयोग गरी कसैलाई सख्त घाइते बनाउनु, म्याच फिक्सिङ, स्पोट फिक्सिङ, अन्तरगत कानुनी दण्ड वाहेक आइसीसीले खास सुनवाई गरी प्रक्रिया पुरा गरेर दोष ठहर भयो भने म्याच रेफ्री, आइसिसी एक्ज्युकिटिभ र अनुसन्धान आयोगको समक्ष सफाई दिने मौका दिइन्छ । दोषी ठहर भएमा म्याच फि को दण्ड र जरिवानाको कुरै छोडौं खेलाडी खेलबाट आजीवन पनि प्रतिवन्धित हुन सक्छ । गैरकानुनी काम गरेको  रहेछ भने कानुनले दिने दण्ड आफ्नो ठाउँमा छँदैछ ।
आइसिसीमा अम्पायरिङ गर्ने सपना
यादवको सपना भने आइसीसीको अम्पायर बन्ने रहेको भएपनि उक्त सपना साकार हुन अहिले लामो समय लाग्न सक्ने उनी बताउँछन् । आइसिसी एसोसिएट प्यानलमा नेपालबाट सिनियर अम्पायर बुद्धि बहादुर प्रधान एक जना मात्र प्रतिनिधि रहेका छन् । उक्त कार्यका लागि नेपालमा करिब एक दर्जन अम्पायरहरु योग्य रहेपनि उक्त अवसरबाट वञ्चित रहेका छन् । आइसीसी तिर नेपाली अम्पायरको पहुँचको सवालमा अम्पायर यादव भन्छन,“जहाँ सम्म ननटेस्ट प्लेइङ राष्टूहरु मध्ये नेपाली अम्पायर र स्कोररहरुको सवाल छ, आइसिसीका एक्सपर्ट प्यानलहरुले मुक्त कण्ठले प्रशंसा पनि गरिरहेका छन् । तर, अहिले जवसम्म देशले आइसीसीको यात्रा गर्दैन तवसम्म उक्त अवसर पाउन समय लाग्ने छ ।” हुन त आइसिसीका एक्सपर्ट प्यानलका पिटर म्यानुवल, के टि फरान्सीस, इंगलेन्डका जन हेमसायर र १९९२ विश्वकपका अम्पायर मेहबुब साह लगायतका टीमहरुले नेपाल भ्रमणको क्रममा नेपाली अम्पायर र स्कोररहरुको योगदानलाई उच्च कदर गरेका देखिन्छन् । तिनीहरुले नेपालका अम्पायरहरुलाई इस्टूक्सन र कोर्षहरुपनि दिइसकेका छन् । तयारी गरेर बस्न पनि भनिरहेका छन् । तर, आइसिसीको अम्पायरिङ प्यानलका प्रमुख साइमन टफेलले आइसिसी म्याचमा अम्पायरिङका लागि नन टेस्ट राष्टूहरुबाट छनौट नगर्ने मनस्थिति बनाएको हुँदा नेपालका अम्पायरहरुको उक्त यात्रा कठिन बन्दै गएको छ । तर, अम्पायर यादव भन्छन,“ नेपाल क्रिकेट टीम जति बलियो हुँदै जानेछ र आइसिसीको यात्रा जति चाँडै पार गर्ने छ, नेपालका अम्पायरहरु पनि त्यति नै चाँडै पुग्न सक्नेछ ।” यसका लागि नेपाल सरकार, यूवा तथा खेलकुद मन्त्रालय, क्यान, राष्टिूय खेलकुद परिषद लगायतका सरोकारवाला निकायहरुले विहंगम दृष्टी राखि अवसरलाई सदुपयोग गर्ने तर्फ सचेत र अग्रसर हुनु आवश्यक छ ।

क्रिकेट खेलमा आउट हुने १० तरिका
बोल्ड आउट ः बलरले फालेको फेयर डेलिभरीले कुनै फिल्डरले छुनु अगावै उक्त बल व्याट्सम्यानको परसन वा व्याटमा छोई अथवा व्याटसम्यानलाई छकाई स्टूाइकर इन्डको विकेटलाई सहि तरिकाले उडायो भने व्याट्सम्यान बोल्ड आउट हुन्छ ।
क्याच आउट ः फेयर डेलिभरीमा व्याट्सम्यानले हिट गरेको बल भुईमा छुनु अगाडी फिल्डरले सहि तरिकाले क्याच गरेमा क्याच आउट हुन्छ । फेयर क्याच भनेको बलमाथि फिल्डरको नियन्त्रण मात्र होइन, फिल्डर स्वयमको सम्बेगमाथि पनि नियन्त्रण हो । क्याच लिने हात वा हातहरु भुईलाई छोएपनि बल भुई नछोएमा मात्र फेयर क्याच मानिन्छ ।
एलबिडब्लु आउट ः एमसीसी क्रिकेट कानुन अनुसार यो ३६ औं नियम हो । यो विवादास्पद भएपनि सरल र स्पष्ट नियम हो । यस सम्बन्धि विस्तृतमा अर्को अंकमा जानकारी गराइने छ ।
हिट विकेट आउट ः व्याट्सम्यानले बलरले फालेको फेयर डेलिभरी खेल्ने तुरुन्त पहिले वा तुरुन्त पछि वा पहिलो रनको लागि दौडदा व्याटसम्यानको व्याटले, र उसको शरीरसँग जोडिएको कुनैपनि सामग्रीले उसको विकेटमा छुँदा सहि तरिकाले विकेट वा बेल्स झर्छ भने हिट विकेट आउट हुन्छ ।
स्टम्पड आउट ः व्याट्सम्यानले फेयर डेलिभरीलाई खेल्दा उ यदि आफ्नो पपिङ्ग क्रिज वाहिर छ र विकेट किपरले फेयर तरिकाले उसको स्टम्पसलाई ढालेको छ भने उ स्टम्पड आउट हुन्छ ।
(माथिका पाँच वटै आउट बलरको खातामा जान्छ)
रन आउट ः रन लिनका लागि व्याट्सम्यानहरुले दौड्दा पपिङ्ग क्रिज भित्र पुग्न अगावै फिल्डरले सहि तरिकाबाट विकेट ढाल्छ भने व्याट्सम्यान रन आउट हुन्छ । यदि दुवै व्याट्सम्यान एकै इन्ड तिर दौडिरहेको छ भने तुलनात्मक रुपले विकेटको नजिक रहेको व्याट्सम्यान रन आउट हुन्छ ।
टाइम आउट ः वानडे प्लेयिङ कन्डिसन अनुसार एउटा व्याट्सम्यान आउट भएर तीन मिनेट भित्र र टी(ट्वेन्टी अनुसार ९० सेकेन्ड भित्र अर्को व्याट्सम्यान क्रिज भित्र नआएको खण्डमा फिल्डिङ साइडको अपिलमा टाइम आउट हुन्छ । उक्त समय नाघिसकेपछि, र म्याच खेल्न अस्विकार नगरेको खण्डमा कुनै व्याट्सम्यान मैदानमा आउदै नआएको अवस्थामा अनफिल्ड अम्पायरहरु व्याटिङ्ग साइडको पेवेलियनमा गई उक्त पक्षका कप्तानसँग कुराकानी गरी कप्तानलाई एक व्याट्सम्यानलाई टाइम आउटका लागि मनोनयन गर्न निर्देशन दिन्छन् । प्रायः कप्तानले पुछारका व्याट्सम्यान मध्ये एक जनालाई छान्छन र उक्त व्याट्सम्यान टाइम आउट हुन्छन् ।
हेन्डल द बल आउट ः फिल्डरको अनुमति वेगर फिल्डरले बललाई छुनु अगावै खेलमा रहेको बललाई ब्याट नभएको खाली हातले यदि कुनै व्याट्सम्यानले बललाई छोएको खण्डमा हेन्डल द बल आउट हुन्छ ।
हिट द बल ट्वाइस आउट ः आफ्नो विकेट सेफ गार्ड गर्ने वाहेक बलरले फालेको बलसँग यदि व्याट्सम्यान दुई पटक सम्पर्कमा आउँछन् ,अम्पायरहरुको आपसी सल्लाहमा उक्त घटना घटेको देखिँदा फिल्डरको अपिलमा व्याट्सम्यानलाई हिट द बल ट्वाइस आउट दिइन्छ ।
अवस्टूक्टिङ द फिल्ड आउट ः बलरले फालेको बललाई फिल्डरले छोईसकेपछि उसको फिल्डिङ् गर्ने प्रयासलाई बाधा पु¥याएको तथ्य अम्पायरहरुको नजरमा देखिन आएमा फिल्डरको अपिलमा बाधा पु¥याउने व्याट्सम्यानलाई अवस्टूक्टिङ द फिल्ड आउट दिइन्छ । ल ३७ को नयाँ संशोधन अनुसार अकारण दौड्ने दिशा परिवर्तन गरि फिल्डरको रन आउट गर्ने सफल वा असफल प्रयासलाई बाधा पु¥याउँदा अपिलमा उक्त बाधा पु¥याउने व्याट्सम्यान आउट हुन्छ । माथिका पाँच आउट बलरको खातामा जाँदैन ।


२०७० फागुन ०४ गते

दीपक मेमोरियल क्रिकेट टुर्नामेन्ट राष्ट्रिय पहिचान बनाउन सफल

उपाधि सहित टुर्नामेन्टका विजेता त्रिभुवन आर्मी क्लब  ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
दोस्रो वर्षमै जनकपुरमा सम्पन्न दीपक गुप्ता मेमोरियल क्रिकेट टुर्नामेन्टले राष्टिूय पहिचान बनाउन सफल भएको छ । 
नेपालका र भारत विहारको सर्वोत्कृष्ट टीमहरु सहभागी हुने गरेको उक्त प्रतियोगिताले जनकपुरको क्रिकेटका लागि मात्र नभएर सिंगै नेपाल र भारतको क्रिकेट विकासका निम्ति समेत ठुलो टेवा पु¥याएको सहभागी खेलाडीहरु पनि स्वीकार्छन । (२०(२८) माघ सम्म चलेको उक्त टी ट्वान्टी क्रिकेट टुर्नामेन्टमा नेपालका पाँच र भारत विहारको तिन वटा प्रमुख टीमहरु सहभागी भए पनि यस पटक त्रिभुवन आर्मी क्लबले रु. १ लाख १० हजार राशी सहितको उपाधि कब्जा गर्न भने सफल भएका छन् । सेमीफाइनलमा विराटनगरलाई पराजित गरी फाइनल सम्मको यात्रा तय गरेका कलैया क्रिकेट क्लव भने ७० हजार राशी सहित उप विजेता बन्न सफल भएका छन् । 
गत वर्ष उपाधि जितेका नेपाल एपीएफ टीम यस पटक चोटका कारण अधिकांश खेलाडीहरु घाइते भएपछि सहभागी नभए पनि उपाधिको उप विजेता बनेका भारत विहारको समस्तीपुर टीम सेमीफाइनल सम्मको पनि यात्रा गर्न सकेनन् । जे भए पनि अत्यन्तै रोमाञ्चक उक्त टुर्नामेन्टले नेपाल क्रिकेट संघ (क्यान)को ध्यानाकर्षण गराउन सफल भएको छ । टुर्नामेन्टको फाइनल म्याच हेर्न प्रमुख अतिथिको रुपमा निमत्याइएका क्यानका अध्यक्ष टङ्क आङ् बहाङ् लिम्बु उक्त टुर्नामेन्टबाट यति सम्म प्रभावित भए की अव उक्त टुर्नामेन्टलाई क्यानले क्रिकेटको वार्षिक क्यालेन्डरमा समेत राख्ने बताएका छन् । र, भौतिक पूर्वाधार तयारीलाई समेत उच्च प्राथमिकतामा राख्ने द एक्सक्लुसिभसँगको कुराकानीमा बताएका छन् । (हेर्नुस अन्तरवार्ता पृष्ठ ६ मा)
उपाधि सहित उपविजेता कलैया क्रिकेट टीम ।
नेपालमा घरेलु क्रिकेट लगभग मृत भइसकेको अवस्थामा जिल्ला क्रिकेट संघ धनुषाको आयोजनामा गत वर्ष देखि सुरु भएको उक्त टुर्नामेन्टले घरेलु क्रिकेटलाई ‘संजिवनी’ प्रदान त गरेकै छ, नेपालकै क्रिकेटको विकासमा एउटा इँटा थप्ने काम पनि गरेको छ । सेमीफाइनल खेलमा नेपालकै सर्वात्कृष्ट टीम मध्येका एक आर्मी टीम विरुद्ध विराटनगरका तर्फबाट ओपनिङ् गर्न आएका कुनै वेलाका स्टार खेलाडी मेहबुब आलम भन्छन,“यो टुर्नामेन्ट नेपालको यङ्ग प्लेयर र आउँदो प्लेयरका लागि अवसरै अवसर भएको ठुलो प्लेटफर्म हो । जिल्ला क्रिकेट संघकै आयोजनामा पनि टुर्नामेन्ट भएकै कारण यङ्ग क्रिकेटरहरुको पर्फमेन्स पनि भविष्यका लागि काउन्ट हुने ठुलो प्लेटफार्म हो ।” अन्तराष्टिूय क्रिकेटमा मोजाम्बिक विरुद्ध एकै इनिङ्मा १० विकेट लिन सफल आलम भन्छन,“यस्तो टुर्नामेन्टमा आफु खेल्न पाएर अत्यन्तै खुशी र गौरवान्वित महसुस गरेको छु । यस्ता टुर्नामेन्टहरु जनकपुरमा मात्र हैन अन्य सहरहरुमा पनि हुनुपर्छ ।”
जनकपुर क्रिकेट टीम ।
त्यसैगरी विराट नगर टीमका कप्तान सदाव अख्तर भन्छन,“पूर्वाञ्चल क्षेत्रमा यस्तो टुर्नामेन्ट आयोजन नहुँदा जनकपुरको उक्त टुर्नामेन्टले हामी जस्ता खेलाडीलाई निकै उत्प्रेरित गरेको छ । जनकपुरबासीलाई र यहाँका दर्शकलाई म हृदय देखि नै धन्यवाद दिन चाहन्छु ।” नेपाली राष्टिूय क्रिकेट टीमका पुर्व कप्तान समेत रहेका विनोद दास भन्छन,“केही सुधार गर्दै आयोजकले जनकपुरको यस टुर्नामेन्टलाई थप स्तरिय बनाउन जरुरी छ । जे भएपनि दीपक मेमोरियल टुर्नामेन्ट अब जनकपुरको पहिचान मात्र नभएर नेपालकै पहिचान बनेको छ ।” नेपाल क्रिकेट संघका केन्द्रिय सचिव तथा जनकपुर क्षेत्रका अध्यक्ष उत्तम कुमार कर्माचार्य भन्छन,“पछिल्लो १० वर्षमा नेपालमै टुर्नामेन्टहरु नभइरहेको अवस्थामा यस टुर्नामेन्टले राष्टिूय पहिचान बनाउन सफल हुनु जिल्ला क्रिकेट संघ धनुषाको ठुलो उपलब्धी हो ।”


२०७० फागुन ०४ गते

पहिलेको तुलनामा जनकपुर टीम कमजोर भएकै हो –विनोद दास,पुर्व कप्तान नेपाल क्रिकेट टीम



नेपाली राष्ट्रिय क्रिकेट टीमका पुर्व कप्तान विनोद दाससँग नेपालको बर्तमान क्रिकेट, जनकपुरको टुर्नामेन्ट र अन्तराष्ट्रिय क्रिकेटबारे द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको  वार्तालापको सम्पादीत अंश प्रस्तुत छ ः

नेपालमा घरेलु क्रिकेट एक किसिमले मृत प्रायः भइसकेको अवस्थामा जनकपुरका स्थानियवासीको सहयोग र जिल्ला क्रिकेट संघ धनुषाको आयोजनामा भएको दीपक गुप्ता मेमोरियल दोस्रो टुर्नामेन्टमा कलैया टीमको तर्फबाट तपाईले खेल्नु भयो । कसरी लिनुभयो, यो टुर्नामेन्टलाई ?
नेपालमा स्तरीय क्रिकेट टुर्नामेन्टको अति नै खाँचो छ । एउटा राष्ट्रिय टुर्नामेन्ट खेल्थ्यौं, त्यो पनि १५÷२० दिनको मात्र हुन्छ । त्यसकारण हामी भर पर्ने भनेकै यस्तो खालको टुर्नामेन्ट हो । जनकपुरबाट पाठ सिकेर अरु ठाउँहरुमा पनि यस्तै टुर्नामेन्ट हुन थाल्यो भने कम से कम हाम्रो सीजनको ५÷६ महिनाको समयको सदुपयोग हुन सक्छ । महिनामा कम्तिमा एउटा टुर्नामेन्ट आयोजन हुन थाल्यो भने नेपालको क्रिकेटलाई ठुलो पुग्छ ।
राज्यले यस तर्फ किन ध्यान दिन नसकेको होला ?
राज्यले ध्यान दिएकै छैन भनेर पनि भन्न मिल्दैन । राज्यले क्रिकेटलाई लिएर विशेष कार्यक्रमहरु लिएर आउँदैछ । राखेपले क्रिकेटलाई विशेष खेलको रुपमा हेरिरहेकोछ । ग्राउण्ड बनाउने देखि लिएर, हाई पर्फोमेन्स टीम बनाउने, इनडोर नेट्स किर्तीपुरमा बनाइसकेको छ । त्यो हेर्दा ढिलो नै भए पनि काम सुरु भएको छ । आशा गरौं, यसले गति लिओस र आउँदो दिनमा काठमाण्डौमा मात्र सिमित नभएर जनकपुर, बीरगन्ज, विराटनगर, भैरहवा जस्तो ठाउँहरुमा पनि त्यो सुविधाहरु विस्तारै शिफ्ट भएको हामी हेर्न पाउँछौं ।
देशमा क्रिकेटको क्षेत्रहरु छुट्टिएपछि क्रिकेटको स्तर वढेको हो कि घटेको हो ?
पहिला जनकपुर, विरगन्ज, पर्सा, रौतहट मिलेर एउटा टीम बनाइन्थ्यो । त्यतिखेर हामीसँग एउटा अप्सन हुन्थ्यो । सात÷आठ वटा टीमबाट एउटा टीम छान्दा खेरी अवश्य पनि एउटा टीम भन्दा राम्रो टीम बन्थ्यो । एउटै टीम जनकपुरकै अनिल मण्डल, संजम रेग्मी, म जस्ता खेलाडीहरु हुन्थ्यो । अहिले खेलाडी बाँडिएको छ जसले टीमको ‘स्टे«न्थ’ मा अलिकति असर पर्छ । तर, यसले अरु खेलाडीहरु जो खेल्न पाउँदैन्थे, टीममा पर्न सक्दैन्थे, त्यसलाई भने अवसर प्रदान गर्छ । ती खेलाडीहरुले अहिले मौका पनि पाइराखेका छन् । अहिले आज अलिकति कमजोर देखिएको होला तर अलिकति टाइम स्पेन्ड गरेपछि, सस्टेन गरेपछि विस्तारै टीमले कभर अप गर्छ । किन भन्ने माथिल्लो लेभेलमा एपीएफ, आर्मी जस्तो टीमसँग प्रतिस्पर्धा गर्न अलि गाह्रो छ । ती टीमहरुलाई ‘कम्पिटिसन’ दिनु छ भने अलिकति हाम्रो टीमहरुलाई पनि सुधार गर्नु पर्ने हुन्छ । विस्तारै हाम्रो मोफसलको टीमहरु पनि बलियो हुँदै जानेछ ।
देशका स्टार क्रिकेटरहरु एपीएफ र आर्मी टीममा छन् । उनीहरुको एक हदसम्म करार गरेर भए पनि क्रिकेटहरुको जिविकोपार्जनको एक हदसम्म समस्या समाधान भएको जस्तो देखिन्छ तर अन्य टीमहरुको त भविष्य सुरक्षित भएन नि, हैन ?
मैले अघि नै भने । यसको फाइदा, वेफाइदा दुवै हुन्छ । क्षेत्रहरुमा प्लेयरहरुको संख्या नामको लागि त वढ्यो तर खेलको स्तर चाँही खस्केकै हो । एपीएफ, आर्मीले टीम खेलाडीहरुले जागिरको  लागि हात फैलाउनु परेन । करियरको बारेमा वढी सोच्नु परेन । यो राम्रो ‘स्टार्ट’ हो । भारतमा रेल्वेहरुमा जसरी सर्विसेजहरु हुन्थ्यो, एयर इन्डिया, क्लवहरुले टीम बनाउन थाल्यो त्यसैगरी नेपाली क्रिकेटमा पनि त्यस्तै सहयोग हुन सक्ने आशा गरौं ।
जनकपुरका खेलाडीहरुले विगतमा विरगन्जसँग वा तपाईहरुसँगै खेल्दा खेलाडी छनौट गर्दा विभेद गरिन्थ्यो भन्ने आरोप लगाउँथे । अहिले पनि राष्ट्रिय टीम बनाउँदा समेत विभेद गरिन्छ, भनेर भन्छन् । अण्डर नाइनटिनमा बल्र्डकप होस वा अन्य अन्तराष्ट्रिय प्रतियोगिता, टीममा जसो तसो परे पनि दिन डिजर्भिङ् हुँदा हुँदै प्लेयिङ्ग एलेभेनमा परिदैनन भन्ने आरोप लाग्ने गर्छ । यो कतिको सत्य हो ? के काठमाण्डौ साँच्चै बायस्ड भएकै हो ?
हेर्नुस टीममा प्लेयर नपरेपछि अलिकति खल्लो लाग्नु स्वभाविकै हो । हरेक प्लेयरलाई लागिरहेको हुन्छ कि म राम्रो छु, तर गर्नुपर्ने ठाउँमा प्रुभ पनि त गर्नु प¥यो नि । यदि तपाईमा ‘क्यलिबर’ छ भने प्रुभ गर्नुस, ठाउँ पाइन्छ नै । अनिल मण्डल तपाईकै ठाउँको हो, म पनि काठमाण्डौको बासिन्दा त होइन । त्यस्तै धेरै खेलाडीहरु छन जो टीममा परिरहेका छन् । हेर्नुस, सुविधा काठमाण्डौमा वढी छ । चाहे त्यो क्रिकेटर होस या वौलिङ्ग मेसिनहरु होस । त्यो परिप्रेक्षमा काठमाण्डौलाई ‘एडभन्टेज’ भने छ । म नकार्दिन । क्रिकेटरमा क्रिकेट प्रति भोख मोफसलमा पनि छ । सुविधा नपाएर पनि त्यो लेभेलमा मोफसलका क्रिकेटरहरुको ‘कम्पिट’ गरिराखेकै छन् । टीममा परिएन भनेर गुनासो यदि गरिराखेका छन् भने त्यो खेलाडीको व्यक्तिगत धारणा होला । त्यो खेलाडीले आफ्नो स्कोर बुक पनि देखाउनु पर्छ होला । मैले पनि २० स बनाए र उसले पनि २० स. मात्रै बनायो र पनि उ नै किन सेलेक्सनमा पर्छ भने त्यसको धेरै ‘फ्याक्टरहरु’ हुन्छन् । एटिट्युड, एज फ्याक्टर लगायतका कुरामा पछि परेको हुन सक्छन । मोफसलकै कारण बायस्ड हुँदैन ।
तपाई नेपाल क्रिकेट टीमको पुर्व कप्तान पनि हुनु हुन्छ । टी ट्वेन्टी वल्र्डकप खेल्न जाँदैछ, नेपाल । सम्भवतः त्यो टीमको सदस्य जनकपुरका अनिल मण्डल पनि हुन पाउँछन होला । यो कस्तो सफलता हो, नेपालको लागि ?
वल्र्डकप खेल्नु नेपालको लागि धेरै ठुलो कुरा हो । जुन प्रकारको हाम्रो ‘इन्फ्रास्टक्चर’ छ, ‘डोमेस्टिक स्ट्रक्चर’ छ, त्यस अवस्थामा धेरै ठुलो कुरा हो । तर, एकचोटी शिखरमा पुग्नु मात्र ठुलो कुरा होइन, त्यसका लागि डोमेस्टिक स्ट्रक्चर सुधार्ने, इन्फ्रास्ट्रक्चर सुधार्ने, प्लेयरहरुलाई वेटर फ्यासिलिटिज प्रोभाइड गर्ने लगायतका गृहकार्यमा ध्यान दिनु पनि उत्तिकै जरुरी छ । सर्टेन प्लेयरहरु खेललान् । मे बी तपाईले पनि भन्नु भयो अनिलले खेल्न पाउला÷नपाउला, पारस पर्ला÷नपर्ला त्यो अहिले नै भन्न सकिन्न ।
विनोद दास नेपाल क्रिकेट टीमका पुर्व कप्तान, वर्तमान सदस्य जनकपुरमा टुर्नामेन्ट खेलिरहेका छन् । तर, विश्वकप टीमको स्क्वाडमा विनोद दास पर्न सक्ने सम्भावना कति छ ? कि ढोका बन्द भइसक्यो ?
सेलेक्सन मेरो पहुँचको कुरा होइन । मेरो काम खेल्ने हो । म कस्तो खेल्छु त्यसको एनालिसिस गर्ने काम तपाई पत्रकारहरुको हो । सेलेकसन कमिटी, क्यानको काम हो छनौट गर्ने, जसले हेरि पनि रहेको छ । म टीममा पर्नु वा टीममा किन छैन भन्ने खोज्ने काम मेरो होइन । जहाँ सम्म मलाई लाग्छ मैले क्रिकेट ठीकै खेलिरहेको छु । म आफुमा आफ्नो खेलसँग सन्तुष्ट छु ।
तपाई पुर्व कप्तान पनि हुनु हुन्छ । तपाईलाई सेलेक्सनको तिकडम, एप्रोच, राजनीति सबै कुरा थाहा होला । तपाई नपर्नु कहिं न कहिं मोफसलकै भएका कारण विभेद त गरिएको होइन ? पाखा लगाइएको त होइन ?
हेर्नुस, म फिट भइदिएको भए टीममै हुन्थे होला । बीचमा इन्ज्यरड भएँ र वाहिर परें । त्यसपछि कसैले पनि टीम छनौट गर्दा त्यो फलानो ठाउँको हो भनेर छनौट गर्दैन । मलाई टीम पिक गर्न दियो भने सर्टेन प्लेयरहरु नपर्न सक्छन होला । या सर्टेन प्लेयर पर्ला । त्यसको अर्थ यो होइन कि ठाउँका कारण विभेद हुन्छ ।
नेपाल क्रिकेट टीमका दुई जना प्रशिक्षकहरु रोय डायस र पुवुदु दासनायके, नेपाल क्रिकेट टीमको स्तरोन्नतीमा कस्तो योगदान र भिन्नता पाउनु भयो ?
दुई जनाको नामै फरक छ, भुमिका फरक हुने नै भयो । हरेक मान्छेको आ–आफ्नै स्टूेन्थेन र विकनेस हुन्छ । पुवुदुको आफ्नो ठाउँमा स्टे«न्थहरु छन भने रोय डायसको फरक स्टे«न्थ थियो । दुवै जनाले गर्न सक्ने वेस्ट सेवा प्रदान गर्नु भइरहेको छ । नेपाल क्रिकेटको सफल कोचहरुमध्ये दुवै जना पर्नु हुन्छ ।
मिडियाहरुले पुवुदुको जय–जयकार गरिराखेका छन् । के रोय डायसको भुमिका थिएन र ?
हेर्नुस, मानिसले जहिले पनि कुरा गर्दा शिखरमै रहेको मानिसको कुरा गर्छ । कति जनाको काँधमा टेकेर शिखरमा पुगियो, त्यो कुराको ध्यान दिइँदैन । त्यो गलत हो । रोय डायसले नेपालमा १० वर्ष वसेर धेरै ठुलो योगदान दिनु भएको छ ।
रोय डायससँग त तपाईको राम्रै केमेस्ट्री थियो नि हैन ?
राम्रो र नराम्रो कुरा हुँदैन । जो कुनै पनि कोच र क्याप्टन हुन्छ, उनीहरुको आ–आफ्नो भ्यू हुन्छ । आफ्नो सोचले अगाडी वढ्ने काम गर्छ । मैले जति सके नेपाली क्रिकेटलाई आफ्नो वेस्ट दिन खोजें । त्यसमा कतिपय ठाउँमा सफल पनि भइएको होला भने कतिपय ठाउँमा विफल पनि । निराशा पनि हात प¥यो होला । तर, मैले आज पनि जुन सुकै टीमबाट खेल्दा आफ्नो क्षमताको वेष्ट दिन चाहन्छु । म  जवसम्म क्रिकेट खेल्नेछु वा अरु नै काम गर्ने छु तव पनि क्रिकेटको लागि समर्पित रहनेछु ।
टी ट्वान्टी विश्वकप त खेल्न पाइराखेका छौं । तर, विश्वकपमा छनौट भएनौं, अझ वानडे स्टेटस पनि पाउन सकेनौं । यो कस्तो दुर्भाग्यपुर्ण अवस्था हो ?
हेर्नुस, यसको बारेमा धेरै चर्चा परिचर्चा भईसकेको छ । अब पुगेनौं भन्दैमा हाम्रो टीम खराब, म्यानेजमेन्ट खराब वा त्यो खराब भन्दा पनि हामीले के स्वीकार्नु पर्छ भने, हामीले सबैभन्दा हाइयेस्ट लेवेलको खेल खेल्नु पर्ने थियो । तर, त्यहाँ गएर हामी आफुले सोच अनुरुप प्रदर्शन गर्न सकेनौं । टीम एज ए प्लेयर, त्यो जिम्मेवारी हाम्रो हुनु पर्छ, हामीले खेल्नु पर्छ । खेल्नै नसके पछि अरु कुरा त सेकेन्ड्री हुन । सो, मे बी हामी आफ्नो बेस्टमा थिएनौं, त्यो टुर्नामेन्टमा । तर, फेरी पनि ‘अपर्चयुनिटिज’ आउँछन् । र, हामी त्यसको लागि तयार भएर बस्नु पर्छ ।
अन्तराष्ट्रिय स्तरमा क्रिकेटहरु टन्नै रुपैयाँ कमाइराखेका छन् । नेपालको कप्तान पारस खडका पनि टीभीमा विज्ञापनमा देखा पर्न थालेका छन् । नेपालको खेलाडीहरुको लागि विज्ञापन बजारको कस्तो सम्भावना देख्नु हुन्छ ? पैसा कमाउने दिन आयो कि आएन ?
अब हेर्नुस, कर्पोरेट हाउसले नेपाली क्रिकेटको बारेमा के सोच्छ, त्यसमा निर्भर गर्दछ, आफ्नो ‘ब्राण्ड’ प्रोमोट गर्न कतिको प्रोस्पेक्ट देख्छन् । पारस नेपालका क्यापटन हुन, नेपालका बेस्ट प्लेयर मध्येका एक हुन, अहिले सबैभन्दा चर्चित नाम मध्येका एक हुन, उनी प्रति कम्पनिहरु विश्वसत भइरहेका छन् । त्यो राम्रो कुरा हो । भोली गएर त्यो अवसरहरु अरुलाई पनि आउँछ । बल्र्डकप खेल्ने सम्भवतः एउटा मात्रै टीम इभेन्ट होला । मलाई लाग्छ, खेलाडी जति डिजर्भ गरिराखेका छन, त्यो पाइराखेको छैन् ।
कर्पोरेट हाउसहरुले किन ध्यान नदिएको होला ? क्यानले त्यसको लागि इनिसिएसन लिएको छ कि छैन ?
हेर्नुस न म कर्पोरेट जगतको मान्छे हुँ, न त क्यानकै पदाधिकारी हुँ । तपाईले गलत मान्छेलाई त्यो प्रश्न गरिराख्नु भएको छ ।
हैन, तपाईको भोगाई र अनुभवले के भन्छ ?
म त एउटा प्रोडक्ट मात्र हो । मलाई किन्ने वा म माथि लगानी गर्ने÷नगर्ने त्यो कुरा त कर्पोरेट जगतको कस्तो स्ट्रयाटेजी छ, त्यसमा भर पर्छ । त्यो मैले डिटरमाइन गर्ने होइन । त्यो त प्रोडक्ट बनाउने वा किन्ने मान्छेले सोच्नु पर्ने हो ।
विश्वकप खेले पछि नेपालका क्रिकेटर माथि भारतको इन्डियन प्रिमियर लिग (आइपिएल) का टीमहरुको आँखा पर्ने सम्भावना कतिको छ ? यस अघि शक्ति गौचन राजस्थान रोयल्स टीमको क्याम्पबाट फाइदा लिइसकेका छन् । अब नेपालका क्रिकेटरलाई पनि तिनीहरुले किनलान त ?
हेर्नुस, त्यो ठुलो अवसर हो । हुनै नसक्ने कुरा त होइन । यहाँबाट कुनै प्लेयर आइपिएल खेल्नै सक्दैन भन्ने कुरा पनि होइन । तर, त्यो गाह्रो कुरा हो । त्यो म स्वीकार गर्छु । किनभने आइपीएलको लेभेल हाम्रो क्रिकेट भन्दा धेरै माथि छ । त्यहाँ इभेन वाहिरबाट आएका अन्तराष्ट्रिय क्रिकेटरहरु पनि स्ट्रगल गरिराखेका छन् । आशा गरौं, कुनै दिन हाम्रो प्लेयरहरु पनि त्यो लेभेलमा पुग्लान र आइपीएल खेल्लान । तर, त्यसको लागि क,ख,ग,घ नपढेर डाइरेक्ट महाकाव्य लेख्न सकिदैन । त्यसैले हाम्रो क,ख,ग,घ पहिला सुधारौं । त्यसपछि त्यो ठुलो सपना देखांैला । 
भारतको कप्तान महेन्द्र सिंह धोनी काठमाण्डौ आए । जर्नी टु वल्र्डकपका लागि भारतीय पुर्व खेलाडी भिभिएस लक्ष्मण आए । विश्वकपमा छनौट भए पछि सचिन तेन्दुलकरले बधाई दिए । 
नेपालको क्रिकेटको स्तरलाई माथि उठाउन भारतको विसिसिआइले मद्दत गर्न सक्छन ? वा इच्छा राखेका छन कि छैनन ? 
भारत क्रिकेटमा एसियामा मात्र होइन विश्वकै सुपर पावर मध्येको एउटा हो । भारतले यदि हामीलाई सपोर्ट ग¥यो भने नहुने कुरा केही पनि छैन । तर फेरी धेरै ‘रेस्ट्रीक्सनस’ हुन्छन् । इन्डियाले हामीलाई किन सपोर्ट गर्ने ? कस्तो, के लेभेलमा सपोर्ट गर्ने त्यो कुरा पनि हुन्छ । त्यसबारे मलाई धेरै ज्ञान छैन । आशा गरौं इन्डियाले हामीलाई सपोर्ट गर्ला । तर, त्यसको लागि हाम्रो तर्फबाट पनि धेरै गृहकार्यहरु गर्न जरुरी छ । इन्डियाका खेलाडीहरु एक दिन काठमाण्डौ आउँदैमा नेपाली क्रिकेटमा कुनै जादु हुने वाला छैन । आकासमा पुग्ने होइन । तर, उनीहरुले आर्थिक, प्राविधिक र अन्य ठोस सहयोग गरेमा मत्र नेपालको क्रिकेट अगाडी वढ्न सक्छ ।
जनकपुरमा त्यत्रो क्रिकेटको क्रेज छ तर खेल्ने मैदान नै छैन । तपाई पुर्व कप्तान भएको हुनाले क्रिकेटिङ् बडीहरुसँग तपाईको समन्वय भइरहेको हुन सक्छ । जनकपुर लगायत मोफसलमा शहरहरुमा स्टेडियम निर्माण गर्न राज्यले किन ध्यान दिइरहेको छैन ?
म एउटा खेलाडी मात्र हुँ, मेरो कुनै लिन्केज छैन । म एउटा खेलाडीको नाताले आग्रह भने गर्न सक्छु । जनकपुरमा मात्र होइन, कलैया, भैरहवा सबैठाउँमा स्टेडियमको ठुलो खाँचो छ । काठमाण्डौ वाहेक कुनै पनि ठाउँमा स्तरीय ग्राउण्ड छैन । कलैयामा स्थानिय स्रोतले र क्यानको थोर बहुत सहयोगले एउटा यस्तो ग्राउण्ड छ जलाई मेन्टेन गर्न सक्यौं भने राष्ट्रिय स्तरको टुर्नामेन्टहरु गराउन सकिन्छ । वीरगन्जमा त्यत्रो पैसा लगाएर हामीले ग्राउण्ड बनायौं तर अहिले दयनीय स्थितिमा छ । त्यसैले ग्राउण्ड वनाउने मात्र होइन त्यसको स्याहार सुसारको लागि पनि धेरै खर्च लाग्छ । जवसम्म क्रिकेटको लागि सरकार र करपोरेट सेक्टरले हात हाल्दैन तवसम्म क्यान एक्लैले केही पनि गर्न सक्दैन । क्यान सँग सिमित स्रोत साधन छ, धेरै लिमिटेशनहरु छन् । अहिले तपाईहरुले जनकपुरमा टुर्नामेन्ट गराउनु भयो । हजारौंको संख्यामा मान्छेहरु म्याच हेर्न आइरहेका छन् । त्यो मान्छेले क्रिकेटको भविष्यका निम्ति सहयोग गरिदियो भने मात्र सम्भव छ । क्रिकेटले यदि जनकपुरलाई चिनाइराखेको छ भने जनकपुरको मान्छेको पनि कर्तव्य हो कि क्रिकेटलाई केही दिऊँ भनेर ।
क्यानमा केन्द्रिय सचिव हुनु हुन्छ, जनकपुरका क्षेत्रीय अध्यक्ष उत्तम कर्माचार्य  । जनकपुरको क्रिकेट झन खस्किरहेको अवस्था छ । उहाँले के गर्न सक्नु पथर््यो ?
मलाई लाग्छ, उत्तम दाईलाई जहाँसम्म मैले चिनेको छु, वहाँले आफ्नो तर्फबाट पक्कै मिहिनेत गरिराख्नु भएको होला । तपाई जति सुकै मिहिनेत गर्नूस र, क्रिकेटर भइदिएन भने क्रिकेट अगाडी वढन सक्दैन । कहिं जनकपुरमा क्रिकेटरको कमी त भएको होइन । त्यो पनि सोच्नुपर्ने कुरा हो । कलैयामा पन िक्रिकेट भने पछि कुनै बेला नम्बर वान हुने गथर््यो । तर, अहिले आएर हामीले प्लेयर खोज्नु पर्ने अवस्था आएको छ । हामीसँग ग्राउण्ड छ, व्याट–बल फ्रि मा दिन्छौं, प्रशिक्षण फ्रिमा दिन्छौं, जिविस, नगरपालिकाबाट सहयोग माँगेर सामग्रीहरु किनदिन्छौं, आफुले पैसा हालेर पनि किनदिन्छौं, तै पनि खेल्न आउँदैन । तपाईले अगाडी रहनु भयो नि, काठमाण्डौ र मोफसलको क्रिकेटमा के फरक छ ? फरकै त्यै हो । काठमाण्डौमा ब्याट, बल सबै प्लेयरले आफै लिएर आउँछ, ५ सय रुपैयाँ महिनाको फी तिर्छन र खेल्छन् । तर, यहाँ सबै सामान दिएर खेलाडीलाई उल्टै हजार रुपैयाँ दिनु पर्ने पो हो कि अवस्था आइसकेको छ । जवसम्म नम्बर अफ प्लेयर वढ्दैन तव सम्म कम्पिटिशन वढ्दैन । कम्पिटिसन नबनुलजेल हामीमा क्वालिटी पनि आउँदैन ।
टुर्नामेन्टको व्यवस्थापन बारे के भन्न चाहनुहुन्छ ?
बधाइ छ, वहाँहरुलाई निकै सफलतापूर्वक टुर्नामेन्टलाई सफल पार्नु भयो । र, एउटा स्टयान्डर्ड पनि मेन्टेन गर्नु भएको छ । आउँदो दिनमा ग्राउण्ड, विकेट, वसोवास सबै कुरामा स्तरवृद्धि हुनेछ । विस्तारै–विस्तारै यी सबकुरामा कम से कम १० प्रतिशत पनि सुधार गर्दै गयो भने यसको शाख झनै वढ्छ होला । अझै पनि नेपालको स्तरीय टुर्नामेन्ट मध्ये एउटा यो पनि हो भनेर काउन्ट भै राखेको छ ।

२०७० फागुन ०४ गते

दीपक मेमोरियललाई क्यानकै बार्षिक क्यालेन्डरमा राख्छु – टंक आङ् बुहाङ

टंक आङ् बुहाङ

नेपाल क्रिकेट संघका केन्द्रिय अध्यक्ष टंक आङ्ग बुहाङ्ग लिम्बुसँग नेपालको बर्तमान क्रिकेट, जनकपुरको टुर्नामेन्ट र अन्तराष्ट्रिय क्रिकेटबारे द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको  वार्तालापको सम्पादीत अंश प्रस्तुत छ ः

दीपक गुप्ता मेमोरियल टुर्नामेन्टको फाइनल म्याच तपाईले जनकपुरको मैदानमा उपस्थित भएर सिंहावलोकन गरिरहँदा, यो प्रतियोगिताले नेपालको क्रिकेटको विकासमा कतिको टेवा पु¥याईरहेको छ ?
नेपाल क्रिकेट संघ र संघ अन्तरगतको क्षेत्र र जिल्ला अन्तरगतको घरेलु क्रिकेट अगाडी बढाउने काममा दीपक गुप्ता (जो नेपालमा फास्ट बलरको रुपमा दत्तचित्त भएर अगाडी बढनु भएको थियो) को नाउँमा आयोजन भएको टुर्नामेन्टले नेपाल क्रिकेटको विकासमा ठुलै टेवा पुगेको छ । जनकपुर क्रिकेटमा पहिलेदेखि नै अग्रसर रहँदै आएको छ । यो टुर्नामेन्ट जसरी बार्षिक रुपमा हुने गरेको सुरुवात भएको छ, यसलाई नेपाल क्रिकेट संघको क्यालेन्डरमा नै समावेश गरेर के कति क्यानले सहयोग गर्न सक्छ भन्ने सोचका साथ अगाडी जानु पर्छ भन्ने यो टुर्नामेन्टले अवश्य नै बोध गराएको छ । क्यालेन्डरमा समावेश मात्र गरेर पुग्दैन, टुर्नामेन्टको निम्ति भौतिक पुर्वाधार तयार पनि गर्नुपर्छ । मैले त्यसको लागि जिल्ला र क्षेत्रका साथीहरुसँग पनि कुरा गरिराखेको छु । अस्ति जलेश्वरमा आउँदा खेरी एउटा क्याम्पसको ग्राउण्ड देखेको थिएँ । धनुषामा पनि कमिटीले सबैभन्दा पहिले एउटा उपयूक्त ग्राउण्ड (कुनै पनि विद्यालय, सरकारी जग्गा वा लिजमा लिएर भए पनि) आफ्नो स्वामित्वमा लिनु पर्यो । त्यसपछि क्यानले यूवा तथा खेलकुद मन्त्रालय, राखेप लगायत सबै क्षेत्रबाट हामी भौतिक पुर्वाधार बनाउन लागि पर्छौं ।
अर्थात, यहाँको जिल्ला वा क्षेत्रीय कमिटीले जग्गा आफ्नो स्वामित्वमा लिने काम ग¥यो भने स्टेडियम निर्माणका लागि क्यान पुरापुरी सकारात्मक छ ?
सकारात्मकै छ । किन भने क्यानको अहिले जुन ढङ्गको साङ्गठनिक संरचना छ (९ वटा क्षेत्र, ३८ वटा जिल्ला) हामी उपत्यकामा मात्र सिमित नभई भौतिक पुर्वाधार किन पनि तयार गर्नु पर्छ भने एसीसी, टी–ट्वेनटी कप जस्ता टुर्नामेन्टहरु हुने गरेको छ । त्यसको लागि जनकपुर पहिले देखि नै क्रिकेटको क्षेत्रमा एउटा ठुलो इतिहास बोकेकोले, यहाँका क्राउड, हाम्रा कार्यकर्ता र क्रिकेटरहरुले जुन किसिमले एउटा क्रियाशीलता देखाएको छ, त्यसले पनि एउटा ग्राउण्ड आवश्यकता रहेको हामीले महसुस गरेका छौं । अहिलेको पोलिसी अनुसार पनि यूवा तथा खेलकुद मन्त्रालय, राखेपको सम्मिलित एउटा भौतिक पुर्वाधार तयारीका लागि कमिटी बनेको छ । सरकार पनि लगानी गर्न तयार छ । अरु करपोरेट हाउसहरुसँग पनि हामीले कुराकानी गरिराखेका छौं । सबै क्षेत्रमा तत्काल सुरु नगरेतापनि हामीले जनकपुरलाई पहिलो प्राथमिकता राखेका र्छौं । सुदुर पश्चिम, सुदुर पुर्व र सेन्टरमा जनकपुर पनि पर्छ । त्यो हिसावले पनि तराईकै केन्द्र विन्दु रहेको जनकपुरमा क्रिकेटको लागि भौतिक पुर्वधारमा लगानी गछौ भन्ने तपाईको पत्रिका मार्फत जनकपुरवासीलाई विश्वास दिलाउन चाहन्छु । सम्भव पनि छ ।
क्यानले जनकपुरसँग हमेसा विभेद गर्दै आयो भन्ने कुरा क्रिकेटरहरु भने गर्छन । अहिले सम्म पनि विभेद किन कायमै छ ?
त्यो कुराहरु यदाकदा आउने गरेका छन् । राखेपमा दर्ता भएका संस्थाहरु मध्ये अरु संस्थाहरुमा जसरी धाँधली हुने, फेयर नहुने भन्ने कुरा हाम्रो संस्थामा छैन । फेयर नै हुन्छ । तर तपाईले भने जस्तै केही आरोपहरु कहिलेकाही आउने गरेका छन् । क्यानले एउटा सेलेक्सन कमिटी राखेको छ, त्यसले गर्ने हो । क्यानको वोर्डले सेलेक्सन कमिटीको निर्णयमा हस्तक्षेप गर्दैन । हिजो त्यो समस्या थियो होला । पावरका आधारमा टीममा पर्थे होला । तर, हामी आइसकेपछि पुर्णतः फेयर गराउने पक्षमा दृढ भएर उभिएका छौं । राम्रोलाई सेलेक्सन नगरी नातावाद, कृपावाद र विभिन्न प्रलोभनमा परी सेलेक्सन गर्ने काम गर्नु हुँदैन । त्यै कारणले हाम्रो खेलकुद पछाडी पनि परेको हो ।
हामी १८÷२० महिनाको अन्तरालमा एउटा जादुको छडी जस्तै सबै ग¥र्यौ त्यो त भन्दैनौं । तर, तपाईले भने जस्तै जुन विकृति, विसंगति थियो, त्यो हटाउँदै हामी अगाडी वढेका छौं । त्यसको व्यवहारिक जवाफ भनेको आज हामी, हाम्रो नेपालका खेलाडीले छोटो समयमा नै बल्डकपमा पुग्ने जुन जमर्को गरेका छौं, त्यसैले सबै आरोपको खण्डन गर्छ, जस्तै मलाई लाग्छ ।
 तर न्यूजिल्याण्डमा हामी विफल भएकै छौं । वातडे वल्र्ड कप खेल्ने सपना त चकनाचुर भयो नै, वानडे स्टेटस पनि पाउन सकेनौं । अझ टेस्ट त धेरै टाढाको विषय हो । विफलता पनि त तत्कालै देखियो नि, हैन र ?
हाम्रो तयारी फुल फेजमै थियो । तर, हाम्रा खेलाडी विरामी भए, घाइते भए, खेल्न सकेनन । न्यूजील्याण्डमा समस्या भयो । अब करेक्सन हुन्छ । यस्ता किसिमका कपी कमजोरीहरु दोहोरिदैनन । किन भने गेममा कहिले द्वार र  कहिले जीत हुन्छ । जीत भित्र हार र हार भित्र पनि जीत देख्न सक्नु पर्छ । यो कुरालाई हामीले बुझ्नु पर्छ । आउँदो दिनमा झन परिस्कृत भएर परिमार्जन भएर अगाडी वढछौं ।
यो टुर्नामेन्टले अव क्रिकेट काठमाण्डौ उपत्यकामा मात्र होइन, मोफसलमा पनि विस्तारै विथापित हुँदै गएको छ भन्ने कुराको सन्देश दिन सकेको छ वा छैन ?
अवश्य सन्देश दिन्छ । क्यानले पनि अब ५० ओभर, २० ओभरको टुर्नामेन्टहरु गर्ने, दुई दिवसीय म्याच गर्ने, उपत्यकामा पनि एनपिएलको अवधारणा नेपालको नयाँ वर्ष देखि नै सुरु हुन्छ । एनपिएलमा यहाँका दर्शक जस्तै सहभागी हुनु पर्छ । क्रिकेटलाई गाउँको गल्ली सम्म पु¥याउने जुन हाम्रो नारा छ, त्यसलाई कार्यान्वयन गर्न हामी पनि काम गर्दैछौं । अघि तपाईले जुन भन्नु भयो, न्यूजिल्याण्डमा यस पालीको पराजयले पनि के देखायो भने हाम्रो अण्डर नाइनटिन, सिक्सटिन टोली मध्ये नेपालमा एउटा वैकल्पिक नेपाल ‘ए’ टीमको खाँचो छ । त्यसका निम्ति पनि घरेलु क्रिकेटमा लगानी गर्न जरुरी छ । अहिले ३८ जिल्लाबाट ७५ जिल्लामै क्रिकेट विस्तार गर्ने प्रयत्न अगाडी बढाउँदैछौं । क्षेत्र पनि वढाउँछौं । क्यानाडाको वोर्डले मिहिनेत नगरेकै कारण वर्लड कपमा पुगिसकेको क्यानाडाको वार्डले मिहिनेत नगरेकै कारण खस्केको पुनरावृति हामीले गर्न नपरोस । इतिहासबाट हामीले पाठ सिकेका छौं । तीव्र गतिमा हामी अगाडी वढ्छौं , त्यो भोलीको दिनमा व्यवहारबाट पनि पुष्टि हुन्छ ।
नेपालको क्रिकेट विकासका निम्ति भारतको क्रिकेट वोर्ड विसिसिआई, अन्य स्टेटका क्रिकेट वोर्डहरुले पनि लौजिस्टिक, फाइनेन्सियल, टेक्निकल सबै किसिमका सपोर्ट गर्न सक्छ होला । तर त्यसका निम्ति क्यानले जुन तदारुकता देखाउनु पर्ने हो, त्यो नदेखिएको आरोप लगिरहेको छ नि ?
पहिलाको क्रिकेट वोर्डका मान्छेले के ग¥यो, त्यो अर्को कुरा हो । तर, हाम्रो नयाँ बोर्ड आइसकेपछि हामीले पहल गरेका छौं । मध्य प्रदेशको वोर्ड सँग कुराकानी अगाडी वढाएका छौं । भारतीय दुतावासमा पनि हामीले एउटा प्रपोजल पेश गरिसकेका छौं । एक दुई महिना भित्रै लगभग ५ करोड रुपैयाँ दुतावास मार्फत हामीले पाउने, तपाईले देख्न सक्नु हुनेछ । देल्ही डेयरडेविल्ससँग एकेडेमीको लागि सम्झौता गर्न लागेका छौं । विसिसिआई सँग पनि एक दुई महिना भित्र औपचारिक कुराकानी गर्ने छौं । विसिसिआइसँग हाम्रो सम्बन्ध आज सम्म पनि छ तर सहयोग नै गर्ने कुरा भने हिजो इन्डियाको एउटा फिक्सिङ् काण्डले गर्दा समस्या भएको थियो । तर एक महिना भित्रै विसिसिआइले नेपाल क्रिकेट संघलाई औपचारिक निम्तो दिदैछ । हामी भेटघाट गर्न जाँदैछौं । अफ्रिकी मुलुकहरुमा विसिसिआईले अथवा फुटवलको क्षेत्रमा जुन लगानी गरेको छ, एउटा छिमेकी भएको नाताले अरु राष्टूको तुलना भन्दा हाम्रो भाषिक, संस्कृतिक अझ रोटी र वेटीको सम्बन्ध इन्डियासँग भएकाले, जसरी अफगानिस्तानलाई पाकिस्तानले मद्दत गर्यो, वंगलादेशलाई भारतले मद्दत गरेर क्रिकेटको विकास भयो, त्यसरी नै नेपालले पनि इन्डियासँगको सम्बन्धलाई अझ प्रगाढ बनाएर क्रिकेटको पुर्वाधार लगायत समग्र क्षेत्रमा सहयोग लिन सक्छौं । र, क्रिकेटलाई अगाडी बढाउँछौं । त्यो कुरा पनि निकट भविष्यमै तपाईले देख्न सक्नु हुनेछ ।
देल्ही डेयर डेविल्स सँग के सम्झौता हुँदैछ ?
नेपालमा एउटा इन्डोर एकेडेमी बनाउने कुराको लागि एनसिएसँग साझेदारी गर्दैछौं । त्यो सम्झौता भई सकेपछि हाम्रा खेलाडी पनि खेल्न उता जान सक्ने, तिनीहरुका खेलाडी पनि यता आउन सक्ने, मैत्रीपुर्ण म्याचहरु खेल्न सक्नेछ । देल्ही डेयर डेविल्सका कोचहरु पनि यहाँ आएर सिकाउने हुँदा हाम्रा टोलीले धेरै नै एक्सपोजर पाउँछ । टीयू ग्राउण्डमा मत्र नभएर पोखरा, जनकपुर, विरगन्ज, विराटनगरमा पनि क्रिकेटको विकास गर्न सकिनेछ । १५÷२० दिन भित्रै हामी सम्झदारी गर्दैछौं ।
जिल्लाहरुमा पनि सेलेक्सन गेम हुँदैन । भए पनि पहिलेकै टीमहरु बीच खेलाइन्छ र त्यस मध्ये टीम छानिन्छ । यस्तोमा गाउँ घरमा रहेका प्रतिभाहरु त खेल्नै पाउँदैनन । वा भर्ना खोजी नै गरिदैन । यसरी कसरी हुन्छ डोमेस्टीक क्रिकेटको विकास ?
पहिलेको तरिका अब छोड्नु पर्छ । सूचना प्रविधिको जमाना छ । अब त मोफसलमा पनि स्पोन्सर भेटिन थाले भन्ने कुरा जनकपुरकै यो टुर्नामेन्टले देख्यो । हिजो के थियो भने काठमाण्डौ उपत्यका भन्दा बाहिर माइलेका हुँदैन भन्ने करपोरेट हाउस र स्पन्सरहरुको जुन एउटा मान्यता थियो त्यो रहेन । जिल्ला क्रिकेट संघमा पनि बजेटको अभाव थियो । अहिले राखेप यूवा तथा खेलकुद मन्त्रालय, सरकार, निजी क्षेत्र लगायत सबैको चासोको विषय एउटा क्रिकेट बनेको छ । अब स्पन्सरहरु लगानी गर्न तयार भएका छन् । हिजो जिल्लामा वर्षभरी १० हजार रकम पठाइन्थ्यो, त्यसमा कसरी हुन सक्छ, राम्रो छनौट ? कार्यालय संचालन गर्न पनि अपर्याप्त रकम थियो । हिजो क्रिकेटको ६÷७ करोड बजेट हुन्थ्यो, अहिले १५÷१६ करोड पुगेको छ । त्यसकारण अब छनौट गाउँ घरबाटै हुन्छ । ग्रासरुटमा हामी पुग्छौं । यो सम्भव छ ।
जनकपुरवासीलाई के सन्देश दिन चाहनु हुन्छ ?
जनकपुरवासीले जुन ढङ्गले क्रिकेट प्रति चासो देखाएको छ, हामीले एउटा पिच भएको क्रिकेट मैदान बनाउन अत्यन्त जरुरी छ । दोस्रो कुरा पानी पर्दा पनि खेल्न मिल्ने एउटा इन्डोर कभर्ड हल भएको मैदान बनाउन जरुरी छ । यो बनाइसके पछि एसीसी, टी–ट्वान्टी र कतिपय आइसिसी अन्तरगतका टुर्नामेन्टहरु पनि काठमाण्डौ भन्दा वाहिर लग्नु पर्ने हुन्छ ।
जनकपुरको टुर्नामेन्ट आयोजनले पनि के देखायो भने त्यस्तो स्तरको टुर्नामेन्ट मोफसलमा गर्न सम्भव छ, र सकिन्छ पनि । यो क्राउड र व्यवस्थापनले क्यान प्रति प्रश्न चिन्ह पक्कै पनि खडा गरेको छ । नेपाल क्रिकेट संघले त्यसको जवाफ दिन सक्नु पर्छ । र, क्यानको अध्यक्ष भएका नाताले म व्यक्तिगत रुपमा पनि पुनः के दोहो¥याउन चाहन्छु भने भौतिक पुर्वाधारको विकास गर्ने कुरालाई जनकपुरलाई पक्कै प्राथमिकतामा राख्छु ।

२०७० फागुन ०४ गते

रा.रा.ब. क्याम्पस संरक्षकको खोजीमा -धर्मेन्द्र कुमार झा


 धर्मेन्द्र कुमार झा
त्रिभुवन विश्वविद्यालयको ६० वटा अंगिक क्याम्पसहरु मध्ये रा.रा.ब. क्याम्पस जनकपुर एउटा चर्चित शैक्षिक निकाय हुन । क्याम्पसको ख्याति पहिले पनि थियो अहिले पनि छ । पहिले प्रख्यात थिए अहिले कुख्यात भएको छ । वदलिदो समय परिवेश अनुसार क्याम्पसमा पनि यस्तो परिवर्तन आएको छ । त्यो अस्वभाविक त होइन । तर, चिन्ताजनक विषय बनिसकेको छ । यसलाई समयमै सुधार गर्न सकिएन भने क्याम्पसको अस्तित्व नै खतरामा नआउला भन्न सकिन्न । वर्षौं देखि हजारौंलाई ज्ञानको दिप बाल्दै आएको संस्था आज आफै उज्यालोको खोजीमा छ र त्यो ग्रहणबाट उन्मुक्ति चाहेको छ । यस क्याम्पसलाई संरक्षक रुपी अभिभावक चाहिएको छ । जसले क्याम्पसको गुमेको मान सम्मान पुनरागमन गराउन सकोस् ।
एक समयमा रा.रा.ब. क्याम्पसको विद्यार्थी हुनु, प्रध्यापक हुनु, कर्मचारी हुनु, युृनियन पदाधिकारी हुनु गौरवको कुरा हुन्थ्यो । तर, अहिले आएर कन्ट्रोभर्सी भएको छ । जसका विभिन्न कारणहरु छन् । जसमध्ये केही प्रमुख कारणहरु नियमित पठन पाठन नहुनु, परीक्षा प्रणालीमा त्रुटी हुनु, सम्बन्धित निकायहरु जवाफदेही नहुनु, एक अर्कामाथि दोषारोपण र अफवाह फैलाउने संस्कृतिको विकास हुनु, नीजि शैक्षिक संस्थामा वृद्धि हुनु, विद्यार्थीमा उदासिनता र अराजकता बढनु, युनियनहरु प्रभावकारी नहुनु, दलिय हस्तक्षेप र भागबन्डा हुनु, जातिय लगायत अन्य संकिर्ण सोचमा वृद्धि हुनु आदि जस्ता समस्यारुपी दाँतहरुको विचमा क्याम्पसको अस्तित्व रहेको छ । जसलाई निकाल्न अति आबश्यक रहेको छ । यसलाई निकाल्न नागरिक समाज, अभिभावक, क्याम्पस प्रशासन, प्राध्यापक, कर्मचारी, विद्यार्थी, पत्रकारहरुलाई सक्रिय हुनु आवश्यक देखिन्छ ।
माघ महिनाको तेस्रो साता नयाँ क्याम्पस प्रमुख नवेन्द्र कुमार निधि क्याम्पसको बागडो र सम्भालेका छन । उनका बारेमा क्याम्पस परिवारको सदस्यहरु सकारात्मक टिप्पणी नै गरिरहेका छन् । उनका सहकर्मीहरु उनलाई शान्त स्वभाव, मिलनसार वेदाग र विद्धानको रुपमा विश्लेषण गर्ने गर्छन । त्यही शान्त स्वभाव भएको व्यक्तिले रा.रा.ब. को फलामे च्युरा चपाउने जिम्मेवारी पाएको छ । उनको अगाडीमा चुनौती र अवसर दुइटै छ । अब हेर्न बाँकी छ कि उनले आफ्नो कार्यकाललाई चुनौतीरुपी भुमरीको आझेलमा परेर विताउँछ कि चुनौतीलाई समाधान गरी अवसरमा परिणत गर्नेछ । क्याम्पसमा ठुलो विकास गर्ने वा नीति नियम बनाउने आवश्यकता छैन् । त्रि.विले बनाई दिएको नीति नियमको पालना गराउने काम मात्रै रहेको छ । जस अन्तरगत नियमित पठन पाठन, स्वच्छ परीक्षा र निश्पक्ष व्यवहार हुनुपर्छ ।
नव क्याम्पस प्रमुखले कार्यालय प्रवेश गरेका दिन दिएको मन्तव्यले पनि आशाको किरण जगाएको छ । उनले भनेको थिए “म कुनै नयाँ नियम कानुन बनाउन आएको होइन न त ठुल–ठुला विकास गर्न । म त मात्रै त्रि.विको नियम कानुन अन्तगत रही क्याम्पसका सबै निकायलाई नियमित रुपमा कुनै पुर्वाग्रह नराखी संचालन गर्ने छु । जसका नीति सम्पुर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी नेता, अभिभावकहरुको सहयोग चाहिन्छ । र म आशा गर्दछु की सबैले मलाई क्याम्पसको अवस्था सुधारमा सहयोग गर्नुहुनेछ ।” साथै उनले विज्ञान संकाय लगायत अन्य संकायहरुको स्तरोन्तोति र विकासका लागि विशेष पहल गर्ने कुरामा जोड दिनु भएको थियो । तत्पश्चात त्यही कार्यक्रममा दुई जना पुर्व राजदुत तथा सह प्रध्यापक डा.सुर्यनाथ मिश्र र निवर्तमान क्याम्पस प्रमुख विष्णुदेव यादवले आफ्नो शुभकामना मन्तव्य दिएका थिए । कतारका लागि राजदुत भएर उदाहरणीय र प्रशंसनीय काम गरिसकेका डा.मिश्रा बहुत मार्मिक र सान्दर्भिक विचार व्यक्त गर्नु भयो । उनले भने,“एक समयमा रा.रा.ब. क्याम्पसमा काम गर्ने प्राध्यापक र कर्मचारी तथा पढ्ने विद्यार्थी प्रतिको समाजिक सम्मानबाट प्रेरित भएर म पनि रा.रा.ब. क्याम्पसको प्राध्यापक बन्ने अठोट गरे र अहिले छु पनि । तर जसरी यस क्याम्पसमा काम गर्ने र पढ्ने व्यक्तिहरु कहि कतै जाँदा गौरब महसुस गथर््यो, त्यो साख पूरै खसेको छ । अब लाज हुन्छ । यस क्याम्पसमा काम गर्ने प्राध्यापक र कर्मचारीलाई समाजले काम नगरेर तलब खाने व्यक्तिको रुपमा हेर्दछ भने यहाँ पढ्ने विद्यार्थीलाई नपढ्ने वा कमजोर विद्यार्थीको रुपमा हेर्दछन् । जसले गर्दा यस क्याम्पस प्रति रहेको नकारात्मक सोचलाई बदल्न र क्याम्पसको शैक्षिक अवस्थामा सुधार ल्याउन सर्वपक्षीय अन्तरक्रियाको अति आवश्यक छ । जसबाट सार्वाङ्गिन पक्षलाई जवाफदेही र प्रभावकारी बनाउन सकियोस । कुनै एक जनामाथि सबै दोष लगाएर बाँकी सबै जना क्लिन चिट लिन चाह्यो भने त्यो ठिक हुदैन । क्याम्पसको अवस्था विग्रेको छ भने त्यसका हामी सब जिम्मेवार हौं । यदि हामी आफ्ना समाजका बच्चाहरुलाई न्याय दिन सक्दैनौ भने कसलाई दिन सक्छौं ।” यिनका यस्ता मार्मिक विचारबाट उपस्थित सबै व्यक्ति गम्भीर भएका थिए । त्यसैगरी निवर्तमान क्याम्पस प्रमुख विष्णुदेव यादवले स्वागत तथा शुभकामना मन्तव्य दिँदै भने,“यस क्याम्पसको शैक्षिक अवस्था साँच्चिकै विग्रिसकेको छ । जसका दोष कुनै एक जनाको टाउकोमा लगाउँदा हुँदैन । किनभने क्याम्पस प्रमुखको मातहतमा साहायक प्रमुखहरु हुन्छन । सहायक प्रमुखहरुको मातहतमा विभागीय प्रमुखहरु हुन्छन् । विभागीय प्रमुखहरुको मातहतमा फैकल्टी मेम्बरहरु हुन्छन् । त्यसैगरी क्याम्पस प्रमुखको् मातहतमा विभिन्न निकाय र प्रशासन प्रमुखहरु हुन्छन र तिनीहरुको मातहतमा कर्मचारीहरु हुन्छन । साथै विद्यार्थीहरुको नेतृत्व गर्ने विद्यार्थी युनियन हुन्छ । ती सबै व्यक्तिहरुले आ–आफ्ना जिम्मेवारी इमान्दारी पूर्वक गरेको भए कुनै समस्या आउने थिएन । त्यसैले क्याम्पसको राम्रो र नराम्रो सबै कुराको जिम्मेवारी सबैले लिनुपर्छ । रह्यो कुरा क्याम्पसको प्रगति र सुधारको सबभन्दा पहिले सबैले आ–आफ्नो जिम्मेवारी नैतिकबान भई पुरा गरौं र क्याम्पसमा नयाँ नयाँ समय परिवेशको माग अनुकुल विषयहरुको सम्बन्धन लिई पठन पाठन गराउनु पर्यो । जस्तै मानविकी तर्फ क्ध्,च्म्, क्यअष्ययिनथ ७ ब्लतजचययिनथ, व्यगचलबष्किm, त्यगचष्कm र व्यवस्थापन तर्फ द्यद्यब्, ःद्यब् त्यस्तै त्भअजलष्अब िविषयहरु । र संचालनमा रहेको डिग्री कक्षाहरुलाई राम्ररी व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ ।”
नव नियूक्त क्याम्पस प्रमुख नवेन्द्र कुमार निधि हाजिरी बनाउँदै ।
यसरी तिनै वक्ताहरुको विचारलाई विश्लेषण गर्ने हो भने क्याम्पसमा सुधारको आवश्यकता महसुस हुन्छ । र, सबै व्यक्ति यस कुरा प्रति साकारात्मक पनि देखिन्छ । आवश्यक छ मात्रै आधिकारीक पहलको । डा.मिश्रले देखाएको जस्तो इमान्दारीता, स्वच्छता, निश्पक्षता भुमिका । उनी राजदुत भएर फर्केर आउँदा पनि नियमित रुपमा आफ्नो कक्षा लिएर उदाहरणीय काम क्याम्पसमा पनि गरिरहेका छन् । उनी जस्तो गरिमामय पदमा बसेर आएको व्यक्तिहरुमध्ये बहुत कमले उनको जस्तो साधारण जीवन शैलीमा आफ्नो जीवन ज्ञापन गर्दछन । जे होस उनलाई नव क्याम्पस प्रमुखको नजदिकीको रुपमा उनका कतिपय साथीहरुले लिने गरेका छन् । तसर्थ उनका सल्लाह सुझावले क्याम्पस प्रमुखले सुधारका गतिमा केही तिब्रता ल्याउला भन्ने आशा गर्न सकिन्छ । क्याम्पसको फलामे च्यूरा चवाउनलाई उनले माथी चर्चा गरिएका कारणहरुलाई सफलपुर्वक सामाधान गर्दै जानुपर्छ । उनी सर्वप्रथम, आफु पुर्ण रुपेण निःस्वार्थ भावना राखी उनले भने जस्तै कसै सँग कुनै भेदभाव र पूर्वाग्रह नराखी क्याम्पसको हितमा जे पनि निर्णय लिन कठोर बन्नु पर्छ । उनको प्राथमिकता नियमित पठन पाठन स्वच्छ परीक्षा, व्यवस्थित कर्मचारीतन्त्र र त्रि.वि. नियमावली अनुकुल चैन अफ कमान्ड हुनुपर्छ । उनी कुनै जात वर्ग समुह, राजनीतिक दल, संकायबाट भए पनि उनले सबैलाई समावेशी रुपमा क्षमता अनुसार समेटेर बदनुपर्छ । उनले त्यसै अनुरुप कसैलाई कुनै रंगको महसुस हुन नदिई जिम्मेवारी र ठाउँ दिन सफल हुन सक्यो भने उनी क्याम्पसको इतिहासमा चर्चित व्यक्ति बन्न सक्नु हुनेछ । अन्यथा क्याम्पस प्रमुखको रुपमा आफ्नो नाम दर्ज गराउने व्यक्ति मात्र अब उनको आफ्नै नाम दर्ज गराउने व्यक्ति मात्र अब उनको आफ्नै हातमा छ आफ्नो विधि परिवारको नाम र क्याम्पसको अस्तित्व जोगाउने । उनले जोगाउन सक्यो भने क्याम्पसले संरक्षकको खोजी गर्ने क्रममा पुर्ण विराम लगाउने छ । नत्र भने क्याम्पसले आफ्नो संरक्षकको खोजी जारी राख्ने छ ।

२०७० फागुन ०४ गते