Tuesday, July 16, 2013

जनकपुरमा प्रेसको दुरुपयोग बढ्दो


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रेस लेखेका गाडीमा पत्रकार चढेका छन् भन्ने सोच्नु भएको छ होला भन्ने सावधान । तपाईंबाट गल्ती पनि हुनसक्छ । किनभने मोटरसाइकल र मोटरमा प्रेस लेखेर प्रेसका मालिक, व्यापारी र तस्करहरु छाती फुलाउंदै हिड्ने गरेका छन् ।
सर्वसाधारणलाई निष्पक्ष सूचना प्रदान गर्ने गहन जिम्मेवारी पुरा गरेकै  कारण पत्रकारितालाई मर्यादित पेशाका रुपमा हेर्ने गरिन्छ । जनतालाई देश, विदेशमा के भइरहेको छ भनेर जानकारी दिने काम सञ्चारकर्मीबाटै हुन्छ । जनता संचारमाध्यमबाट सूचना पाउने अधिकारबाट बन्चित नहोउन् त्यसका लागि बन्द हडतालमा पनि प्रेस लेखिएको सबारी साधन चलेका हुन्छन् । सडकमा प्रेस लेखिएका गाडीलाई विशेष प्राथमिकता नै दिइन्छ । कतिपय अबस्थामा त चालक अनुमति पत्र र ब्लुबुक पनि जांच गरिदैन । यस्तै सुविधाको दुरुपयोग बढेको छ मध्य तराईका जिल्लामा । प्रेस लेखिएका गाडि गैरप्रेसकर्मीले प्रयोग गर्छन् । प्रेसको प्रयोजनका लागि पनि प्रयोग हुंदैनन् । सडकमा गुड्ने प्रेसका गाडीमा गैरपत्रकार नै शयर गरेको देखिन्छ । पे्रस लेखेर चलाइएका सवारी साधन प्रेसमा काम नगर्ने गैर पत्रकार, उद्योगी व्यवसायी, विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी र छापाखाना  सञ्चालकले प्रयोग गर्छन् । तस्करले प्रहरीको चेकजांचबाट जोगिन पनि प्रेस लेख्ने गरेका छन् गाडीमा । प्रेस लेखेर चोरीका गाडि निर्बाध चल्ने गरेको स्थानीय सञ्चारकर्मीको दाबी छ । अपरिचित र आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरु प्रेस लेखिएको गाडी प्रयोग गरेको बताइन्छ । धनुषा लगायत सिरहा, सप्तरी, महोत्तरी, सर्लाही लगायतका सीमावर्ती जिल्लामा प्रेस लेखेर प्रेस शब्दको गरिमालाई धुमिल पार्ने काम भइरहेको छ । भारतीय नम्बर प्लेट भएका मोटरसाइकल, टाटासुमो आदिमा प्रेस लेखेर नेपाली भूमिमा चलाउंने र राजस्व छल्ने काइदा सिकेका छन् तस्करहरु । दिनरात एकगरी खट्ने सञ्चारकर्मीलाई न्युनतम पारिश्रमीक समेत उपलब्ध गराउन नसकेका स्थानीय एफएम रेडियोले सडकमा चिल्ला गाडी कुदाउंछन् । एफएममा पसिना बगाउने संचारकर्मी यस्ता गाडीमा विरलै चढेका होलान् । संचार उद्यमीले निजी रुपमा प्रयोग गर्ने गाडीहरुमा पनि प्रेस लेखिएका छन् ।  कसले गाडीमा प्रेस लेख्न पाउने कुनमा नपाउने भनेर स्पष्ट कानुनी व्याख्या पनि छैन । यसकारण प्रेस काउन्सिल, सूचना विभाग, पत्रकार महासंघ जस्ता निकायले यस्ता विकृति रोक्न नीतिगत सुधार गर्नु आवश्यक छ । केहि व्यक्ति बिशेषका कारण प्रेस शब्द कै खिल्ली उडेको छ । नेपाल पत्रकार महासंघ धनुषाले यसरी प्रेस शब्दको दुरुपयोग रोक्न पहल गर्नु नितान्त आवश्यक छ । प्रेस–लेखिएका गाडिलाई ट्राफिक प्रहरीले चेकजाँच नगर्नाले यसको दुरुपयोग दिन–प्रतिदिन बढ्दै गएको हो । सञ्चारकर्मीबाहेक वा सञ्चार प्रयोजन विपरीत गाडी प्रयोग भएको खण्डमा कारवाही गर्न ट्राफिक हिच्किचाउनु हुन्न । मानौं प्रेस शब्द खेलौना बनेको छ । जसलाई जसरी मनलागे प्रयोग गर्ने । पत्रकारको खोल ओढेर मनपरी गर्नेहरुमाथि कारवाही गर्न सक्नुपर्छ ट्राफिकले । प्रेस शब्द कमजोरी ढाक्ने अस्त्र बन्नु हुन्न ।

   

मिति ः २०७०÷०३÷३०

‘रमजान’मा रम्दै मुस्लिम समुदाय


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
इस्लाम धर्मावलम्बीहरुको महत्वपुर्ण चाड हो( रमजान ।  यो महिना मुसलमानका लागि शुभलाभको महिना हो । इस्लाम धर्माबलम्बीहरुलको महान चाड रमजान विहीबार देखि शुरु भएको छ । इस्लामिक महिना सवाण समाप्त भई रमजानको पहिलो चन्द्रमा (चाँद) बुधबार साँमm मुस्लिम समुदायले देखे पछि रमजान शुरु भएको हो ।
एक महिना सम्म मनाइने यो चाडमा सात वर्षदेखिका सबै व्यक्ति अनिवार्य रोजा (उपवास) बस्नुपर्ने हुन्छ । मुसलमानहरुको पाँच महत्वपुर्ण कार्य रोजा, नमाज, हज, जकात, र फित्तरा नियामानुसार गर्नुपर्ने तथा तिर्नुपर्ने भए पनि हजबाहेक सबै कार्य रमजान महिनामा प्राप्त गर्ने अवसर पाउने भएकाले पनि यो महिनालाई मुसलमानहरुले महत्वपूर्ण महिनाका रुपमा लिने गरेका छन् । घाम उदाउनुभन्दा डेढ घण्टा अगावै खानेकुरा खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाई खाएर समाप्त गरिन्छ । यो समयलाई रोजा खोल्ने भनिन्छ । दिनभर केही पनि खान नहुने यो पर्वमा मुसलमानहरुले आ(आफ्नो गच्छेअनुसार विभिन्न किसिमका परिकार बनाई रोजा खोल्ने गर्छन् । रोजाको समयमा कुनै पनि खानेकुरा मखमा हाल्नु हुदँैन, जानेर थुक पनि निल्नु हुदँैन भने दिउँसो सबै मानिसले दतिवन गरी मुख धुनु पर्छ । रोजा बस्नेलाई शारिरिक संभोग, झुठोबोलिने लगायतबाट बचि पाकसाफ सफासुगर भई कम्तिमा दैनिक पाँचचोटि नवाज र विशेष प्रर्थणा स्वरुप राति तरावि पढिने गरिन्छ  । ९२ किलो मिटर दुरि बराबरको यात्रा गर्दा, महिला महिनाबारिको अवस्था हुदाँ वा  अन्य अवस्थामा रोजा छोड्न सकिने प्रवधान हरेपनि पछि कजाको रुपमा रोजा राख्नु पर्छ मोफति शेरे नेपालले बताए । इस्लामिक धर्मग्रन्थका अनुसार रोजा दुई हिजरी सवाणको १०तारिक देखि मुस्लिम समुदाय माथि र्फज अथार्त अनिर्वाय गरिएको बताइन्छ । पवित्र कुरान सरिफको दोस्रो परमा भन्निएको छ (ऐ इमानबला तिमी माथि रोजा अनिर्वाय गरिएको छ, जस्तोकि तिम्रो अग्रजहरु माथि अनिवार्य गरिएको थियो, जस्लाई तिमीले पनि अपनाउनु पर्ने हुन्छ ।  रमजान इस्लामिक कैलेण्डरमा ९ औ महिनाको रुपमा रहेको छ । इस्लाम धर्मका  ५ वटा आधारस्तमभ इमान, नवाज, रोजा, जकात,हज मध्ये रोजा तेस्रा नम्वरको  हो । त्यसैले रमजान मुस्लिम समुदायको लागि  विशेष महत्व राख्दछ । जनकपुर वार्ड नम्बर १ स्थित मदरसा दारुल उलुम नुरी बरकातीका मोफ्ती मो. असरफ रजा  बरकातीले भने  (संसारकोे चारवटा अकाशिय पुस्तकहरु तोरेत, जबुर, इजिल्ल जसलाई बाइवल पनि भन्निछ र अन्तयमा कुरआन सरिफ अवतरित भएको थियो बताईन्छ ।  रमजान महिनामा नै  २७ तारिकका दिन इस्लामधर्मको सब भन्दा ठुलो धर्मग्रन्थ पवित्र  कुरआन सरिफ नाजिल (अवितरित) भएको थियो । उनले अगाडी भने ( संसारको आवश्यता अनुसार अल्लाहले एक(एक पराको रुपमा ज्ञान पठाई रहदाँ २३ पछि मात्र पवित्र कुरआन पुर्णता पाएको थियो । यो  महिना भरि नै जनत (स्वर्ग) का सात वटै ढोका खुल्ला रहन्छ भने जहनम (नक्र) का सबै ढोका बन्द रहन्छ । रोजा सवै बालिग  महिला र पुरुष दुवै माथि अनिवार्य रहेको उल्लेख गर्दे मोफ्ती रजाले यस महिनामा कसैलाई एक रुपैया दान गर्दा ७० रुपैयाँ बराबरको सवाव (पुन्य) प्राप्त हुने जनविश्वास रहेको बताए । साथै उनले १ नफिल नमाज पढ्दा एक फर्ज, र एक फर्ज नवाज पढ्दा ७० फर्ज नवाज पढे बराबरको पुण्य प्राप्त हुने किम्दन्ति रहेको जानकारी दिए । यसै महिनामा साढे सात तोला सुन वा साढे ५२ तोला चाँन्दि तथा त्यति बरावरको  सम्पिति भएको खण्डमा अनिर्वाय रुपमा जकात अथार्त दानका गर्नका लागि साढे दुई प्रतिशतका दरले  रकम निकाल्नु पर्ने हुन्छ । स्थानिय जकिर खानले भने( दानका लागि निकाएिको रकम गरिब, असाहयहरुमा खर्च गरिन्छ । एक महिनासम्म रोजा बसेपछि मात्र इदुल फित्र अथार्त इर्द पर्व  मनाइन्छ । इर्द को नमाज पढनु भन्दा पुर्व रोजामा भएको टुटि वा रोजालाई शुध्किरणका लागि पर व्यतिm २किलो ४५ ग्रामका दरले परिवारका सवै सदस्यहरुले फित्रराको रुपमा वा त्यति बरावरको दान अनिर्वाय रुपमा गर्नुपछ ।
दिनभर केही पनि खान नहुने भएकाले ठुला मानिसहरुले सजिलै रोजा पूरा गरे पनि उमेर नपुगेकाले धेरै कठिनाई भोग्नु पर्ने हुन्छ । जसले कनि कठिनाई महसुस गर्छ, त्यसले त्यति नै धर्म पाँछ भनेर ठुला मानिसहरुले बालबालिकालाई रोजा बस्न प्रेरित गर्छन् । शरिर र मन दुवै शुद्ध रहनु पर्ने रोजामा महिलाहरुको महिनावारी सुरु भएमा त्यो महिलाको रोजा हँुदैन र महिनावारी रोकिएपछि पुनः रोजा बस्नु पर्ने हुन्छ , रोजाको समयमा श्रीमान् र श्रीमतीबीच शारीरिक सम्पर्क गर्न हँुदैन मुसलमानहरुले रोजा आवधिभर नियमित नमाज पढछन् भने रातीको नमाजपछि कतिपय मस्जिदमा तरावी नमाज पढ्ने गर्छन् । तरावी नमाज मुसलमानहरुको विशेष प्रार्थना हो । यो दुई किसिमाको हुन्छ( तरावी र खत्तम तरावी ।
खत्तम तरावी कुरानका पूरै हरफहरु कण्ठस्थ पारेर पढ्नु पर्छ । तरावी कुरान कण्ठस्थ भएका मौलाना वा हाफिज दुवैले पढाउन पाउँछन् । आर्थिक रुपमा सम्पन्न मुसलमानहरुले रोजाको समयमा गरिब, दीनदुखीहरुलाई दान गर्नु पर्छ । दान धार्मिक नियमानुसार गर्नु पर्ने हुन्छ, यसमा कसैले कम, कसैले बढि भन्ने हँुदैन । रोजाको समयमा मुसलमानहरुले आफ्नो सम्पतिको अढाई प्रतिशत कर निकाल्नु पर्छ । यस अतिरिक्त रोजाको अवधि पूरा गरिसकेपछि “इद” को नमाज पढ्नुभन्दा पहिले जनही एक किलो ७ सय ५० ग्राम गहँुको दाम निकाल्नु पर्छ, जसलाई फित्तरा भनिन्छ । यो नियम संसारभरीका मुसलमानहरुमा लागू हुन्छ । यसरी निकालिएको रकम गरीब दीनदुःखीहरुलाई बाँड्नुका साथै फित्तरारजकात मुसलमानहरुको पाठशाला(मदरशा) सञ्चालनमा प्रयोग गरिन्छ । तीस दिनको रोजा पूरा गरेपछि पुरुषहरु इदगाहमा र महिलाहरु एकान्त ठाँउमा गएर सामूहिकरुपमा नमाज पढ्ने गर्छन् र अन्त्यमा एक आपसमा अँगालो मारेर इदमुवारक भन्दै बधाई साटासाट गर्छन् । नमाजको समयमा शरीरसँगै लुगाफाटो पनि शुद्ध राख्नु पर्ने कडा धार्मिक नियम छ । नेपालमा लगभग १० लाख रहेका मुसलमानहरु राजधानी, पहाडी जिल्ला गोरखा र तराईका विभिन्न जिल्लामा छरिएर बसेका छन् ।



   

मिति ः २०७०÷०३÷३०

शिक्षाका प्रबन्ध, प्रयोग, प्राप्ती र प्रभाव एक विश्लेषण


उमेशलाल कर्ण   
मानव सभ्यताको प्रादुर्भाव देखि नै कुनै न कुनै रुपमा शिक्षा आदान प्रदानको व्यवहार चल्दै आएका प्रमाणहरु अहिले प्रशस्त भेटिन्छन् । प्राचिन कालमा शिक्षा र धर्मलाई सँगसँगै राखेर सञ्चालन भएको अवस्थाहरु हाम्रा धर्मशास्त्रहरुमा उल्लेख भएको भेटिन्छन् । धर्ममा आधारित शिक्षा प्रणाली अहिले पनि सञ्चालनमा छन् । धर्मलाई नै जीबनका वास्तविक सत्य मानी यसमा रमेकाहरु कम छैनन् । यसको संख्या दिनानुदिन बढ्दो क्रममा छ । यस्ता पक्षहरुको विश्लेषण गर्नु अहिले पनि सान्दर्भिक नै देखिन्छन् । मान्छेको व्यवहार यस्तो होस जसमा कुनै अर्को व्यक्तिलाई आहत गर्ने खालका अनुभव गर्नु नपरोस भन्ने अभिव्यक्ति धेरै व्यक्तिहरुबाट सुनिन्छन् । अहिलेको प्राज्ञिक चिन्तनमा कर्म नै प्रधान हो कर्मलाई एउटा निश्चित ढाँचामा परिपालन गर्नका लागि धर्मको विश्लेषण पनि आवश्यक भएको बारेमा छलफल भई रहेको छ । धर्म विनाका कर्म संयमित नभई यसको गुणस्तर र आवश्यकतामा आधारित छ, छैन भन्ने अवस्था ओझेलमा पर्न सक्छ । यस प्रकार शिक्षालाई धर्मको परिपालना गराएरै आवश्यकतामा आधारित हुने गरी सञ्चालन गर्नुृ पर्ने आवश्यकता हामी कहाँ छ । यस्ता सन्दर्भलाई शिक्षा प्रणालीको आधारमा व्याख्या गर्दा धर्म भनेको साझा मूल्य, व्यवहार, ज्ञान, सीपहरुको संगालो हो, जसको निर्माण कुनै आदर्श पुरुष लगायत धर्मानुरागीहरुले गरेका हुन्छन् । उपरोक्त आधारमा धर्म भनेको शिक्षाको पाठ्यक्रम हो जसलाई प्रयोग गरेर शिक्षार्थीहरुको व्यवहारलाई समयानुकुल परिबर्तन गर्न सम्भव हुन सक्छ । यसमा भएका मूल पक्षहरुलाई एउटै धरातलीय स्थानमा राखेर विश्लेषण गर्दा धर्म( आदर्श ) विनाको शिक्षा, शिक्षा विनाको कर्म एवम् कर्म वेगरको धर्मको कुनै काम छैन भन्ने सन्दर्भहरु विभिन्न अनुसन्धानका अनुभव तथा प्राप्तीहरुबाट बुभ्mन एवम् अनुभुत गर्न पाईन्छ ।
    अहिले दर्शनहरुमा यस्ता विषयवस्तु र सन्दर्भलाई धेरै महत्व दिएर चर्चा भई रहेको छ जसमा प्रयोजनवादीहरु शिक्षालाई जीवनका वास्तविक सन्दर्भसँग जोडनु पर्ने आवश्यकतालाई औंल्याएका छन् । उनीहरुमा भएका एकरुपता भनेको शिक्षाले कुनै व्यक्तिलाई बाँच्नका लागि विभिन्न आधारहरु प्रदान गर्दछ जस्तैः कुन काम कसरी र कहाँ कुन अवस्थालाई आधार मानेर गर्दा सफलता प्राप्त गर्न सकिन्छ । दैनिक उपभोगका वस्तुहरु कहाँबाट कसरी हामी प्राप्त गर्दछौं त्यसका सबै आवश्यक ज्ञान गुणका पक्षहरु खोतल्नु पर्ने काम शिक्षाको हो र यसबाट कुनै व्यक्तिको जीवनयापन स्तरीय भएर अरुसँग सहकार्य सहयोगको वातावरण तयार गरी अरुलाई पनि बाँच्न विभिन्न आधारहरु खडा गरिसकेका जनशक्तिहरु शिक्षा प्रणालीबाट उत्पादन हुन्छन् । परापूर्वकालमा मानवीय आवश्यकताहरु सीमित थिए जसबाट शिक्षाको संरचना अत्यन्तै साँघुरो थियो ।
     जब जब हाम्रा आवश्यकताहरु बढ्दै गए तब तब शिक्षाको क्षेत्र विस्तृत हुँदै गए जसबाट अहिलेको शिक्षा अत्यन्तै फराकिलो ( व्यापक ) दायरामा आएको छ । शिक्षाले नै सारा पक्षहरुलाई समेटेर यसमा भएका सौन्दर्यता सुगन्धहरु हामी भएको वातावरणमा छर्न सफल भएर आप्mनो गरिमा बढाउन अग्रसर भएको छ । हामी शिक्षा जस्तो बनाऔं, शिक्षा जसरी चलाआंै, शिक्षा जसरी आर्जन गर्औं गराऔं एवम् शिक्षा जसरी भोग्औं यी पक्षहरुले नै हाम्रा विकसित हुने नहुने चिन्ह ( आधार ) हरुलाई उजागर गर्दछ । पहिलेका र अहिलेका शिक्षामा फरक हुने धेरै पक्षहरु छन्, जस्तै पहिलेका शिक्षामा मानवीय समस्याहरु जसरी देखा पर्दै गयो त्यसरी नै शिक्षाको प्रारुप तयार हुँदै गयो । शिक्षाले मूलतः मानवीय आवश्यकताहरुलाई सम्बोधन गर्ने कार्यमा सक्षम हुनु पर्दछ । आवश्यकताहरुको सम्बोधन गर्न सक्ने शिक्षा भएनन भने शिक्षा गुणात्मक भएन भने चर्चाहरु प्रशस्तै सुनिन्छन । शिक्षालाई आवश्यकतामुखी बनाउन सके मात्र यसमा भएका विविध राम्रा पक्षहरुलाई हामी उपभोग गर्न सक्छौं ।
    समाजका आवश्यकताहरुलाई सम्बोधन गर्ने खालका शिक्षालाई पर्याप्त आधारका शिक्षाको रुपमा लिन सकिन्छ, जस अन्तर्गत आवश्यकता विविध छन् तर यसमा हुनु पर्ने बिबिधतालाई हाम्रा साधन स्रोतहरुको उपलब्धताले पुरा गर्न सकेको छैन । यस प्रकारको अभाव शिक्षामा भएका लगानीको अंश थोरै भएको आधारलाई पुष्टी गर्दछ । शिक्षामा लगानीका अंश वृद्धि गर्नुको अर्थ यो होइन कि दान, कर्जा तथा अरुको सहयोगलाई मात्र परिचालन गरेर शिक्षाका खर्चको जोहो गर्ने तथा शिक्षामा आत्मनिर्भरताको अभाव भएको देखाउँछ ।
    मानव आवश्यकताहरु मध्ये केही आधारभूत आवश्यकता वाहेकका आवश्यकताहरु समय समयमा परिवर्तन भई रहन्छन् । मानवीय आवश्यकता मूख्य रुपमा खाना, नाना, आराम, स्वास्थ्य, मनोरञ्जन, सुरक्षा, विभिन्न पूर्वाधारहरुको तयारी, एकापसमा सहकार्य, शान्ति, सदभाव, व्यवसायीकता, नैतिकता, धार्मिकता, कर्मयोग्यता, सहिष्णुता, सच्चरित्रता जस्ता पक्षहरुलाई शिक्षाले उकास्नु पर्ने अवस्था छ । शिक्षाले अन्तर्राष्टिूय सम्बन्ध, सहकार्यमा पनि आजका वालवालिकाहरुलाई सक्षम बनाउन शिक्षाको निर्माण ( पाठ्यक्रम तयारी ) मा यस्ता सन्दर्भहरु मिसाउने कार्य गर्नु पर्ने हुन्छ । यस प्रकार शिक्षा अत्यन्तै सम्वेदनशील अवधारणा हो शिक्षासँगका व्यवहारहरु ( पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक तयारी, सन्दर्भ सामग्रीहरुको निर्माण, शिक्षण, मूल्यांकन, पृठिपोषण छलफल तथा अनुगमन सहयोग ) गर्न अत्यन्तै सचेत एवम् संयमित हुने आवश्यकतालाई मनन विश्लेषण गर्ने वेला भएको छ । शिक्षामा विशिष्टीकरण गर्नु पर्ने अनिवार्य भएको छ जहाँ जस्तो परिवेश आवश्यकता एवम् वातावरण रहेको छ त्यस्तै प्रकारको शिक्षा सञ्चालनका लागि व्यवस्थापन गर्नु पर्ने आवश्यकता छ । यस्तो अवस्थालाई शिक्षामा स्थानीयकरणको नामले परिचित छ ।
शिक्षालाई आप्mना सन्दर्भहरुसँग जोड्न जति सफल भयौं त्यति नै गुणात्मक शिक्षाको व्यवस्थापन, परिचालन, प्रयोग एवम् प्रतिबिम्वन गर्न सफल भएको प्रमाणित हुन्छ । अहिलेलाई अरुसँग तुलना गर्दै अन्य असल अभ्यासहरुलाई स्थानीयकरण गरी अनुकुल हुने खालका अभ्यासलाई शिक्षामा प्रबेश गराई शिक्षालाई विश्वव्यापीकरण गर्ने चुनौतीपूर्ण हाँक छँदै छ यसलाई पनि व्यवस्थापन गर्नु पर्ने अनिवार्य भएको छ ।
    शिक्षालाई आप्mनै सन्दर्भसँग आबद्ध गराउन सफल भयौं भने मात्र हाम्रो भविष्य सुनिश्चित हुन सक्छ यसलाई सबै सरोकार पक्षहरुले बुभ्mनु पर्ने आवश्यक भएको छ । कहीं हामी अरुका आदर्श, आवश्यकता एवम् कामका लागि शिक्षाको प्रबन्ध गरेका छौं ? यदि छौं भने तत्काल यसलाई विश्लेषण पहिचान गरी यसलाई सुधार गर्दै शिक्षालाई हामी आप्mनो समस्याहरुमा केन्द्रित गरी शिक्षाका कार्यक्रम सञ्चालन गर्न सक्षम हुनु पर्ने आजको ठूलो आवश्यकता छ ।


   

मिति ः २०७०÷०३÷३०

नर्सिङ प्रति मधेसी छात्राको बढ्दो आकर्षण


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
    केही वर्षसम्म छोरी बिग्रे नर्स अनि छोरा बिग्रे कमर्स पढ्छन भन्ने गरिन्थ्यो तर, हिजोआज परिस्थितीले छुट्टै मोड लिइसकेको छ । अहिले प्रायः अभिभावकको चाहना ऋण गरेर भए पनि छोरीलाई नर्स बनाउने हुन्छ भने छोरीहरुको रुचि पनि नर्सिङ पढ्ने हुन्छ । अन्य विषयको तुलनामा नर्सिङ पढेपछि स्वदेश तथा विदेशमा रोजगारी पाउन धेरै सहज छ । त्यसैले यसतर्फ धेरै छोरीहरुको आकर्षण बढेको छ ।
एसएलसीको प्राप्ताङक बमोजिम छनोट प्रक्रियाबाट राखिने र छनोटमा नपरेका छात्रा वषौँसम्म प्रयास गरेका हुन्छन । स्वदेशमा मात्र रोजगारी अवसर नभई विदेशमा पनि राम्रो अवसर पाइने भएकाले नर्स पढाईप्रति धेरैको आकर्षण बढेको हो । नेपालमा केही वर्षयता नर्सिङ पढ्नेहरुका लहर निकै बढेर गएको छ र मेडिकल कलेजको सङ्ख्या पनि त्यही अनुपातमा बढेका छन । तर, त्यो उत्पादित जनशक्तिलाई स्वदेशमा रोजगारी पाउने वातावरण पुनतः बनेको छैन । विकसित मुलुकहरुमा नेपालमा नर्सिङ पढ्नेहरुले पनि रोजगारीको राम्रो अवसर पाउने गरेका छन । त्यसै कारण धेरै छोरीहरुले लाखौँ खर्च गरेर भए पनि नर्सिङ पढ्ने गरेका छन ।
जनकपुरमा संचालित नर्सिङ क्याम्पसहरुबाट प्रति वर्ष कुल २४० वर्ष कुल २४० स्टाफ नर्सहरु उत्पादित भईरहेका छन् । हिजो सम्म पहाडी मुलका मात्र युवतीहरु स्टाफ नर्स रोज्ने गर्दथे । मधेशी मुलका यूवतीहरु यसलाई करियर बनाउने कुरा कल्पना सम्म गर्दैनथे । तर आजको समयमा मधेशी मुलकी यूवती मात्र होईन, दलित, जनजाति, लगायत सधैं वुर्कामा रहने मुस्लिम समुदायकी यूवतीहरुले समेत स्टाफ नर्सको अध्ययन गर्नु अत्यन्त सकारात्मक पाटो देखिएको छ । नेपाल सरकारले छात्रवृत्ति कार्यक्रम अन्तरगत धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, बारा, पर्सा र रौतहट गरी ८ जिल्लाहरुका  लागि दलित तथा विपन्न मुसलमान समुदायका लागि स्टाफ नर्सका लागि छात्रवृत्ति प्रदान गरेको छ । २०६७ साल देखि लागु गरिएको उक्त कार्यक्रम अन्तरगत देशै भरीका दश वटा नर्सिङ ईन्सिच्यूटहरुमा अध्ययन अध्यापन भईरहेको छ । सिटिईभिटीले विज्ञापन मार्फत भर्ना आव्हान गरी विद्यार्थी छनौट गरी दश वटा क्याम्पसलाई विद्यार्थी दिने गरेको छ । सोही कार्यक्रम अन्तगत नेपाल सरकारकै स्वामित्वमा रहेको जनकपुर नर्सिङ क्याम्पसले पनि ४० सीटका लागि ३ वर्षे स्टाफ नर्स कोर्षका लागि ६८ लाख ५० हजार ८ सय रुपैयामा टेण्डर लिएको छ । तेस्रो वर्षमा पुगेको उक्त व्याचमा ३१ जना दलित र ९ जना मुस्लिम समुदायकी छात्रा अध्ययनरत छन् । जनकपुर नर्सिङ क्याम्पसका प्रिन्सिपल जयकिशोर लाल भन्छन, “मुस्लिम र दलित समुदायको प्रवेश सकारात्मक हो । तर यहाँ अध्ययनरत मुस्लिम समुदायकी छात्राहरु मध्ये अधिकांश विवाहित र छोरा छोरीको आमा समेत भईसकेको अवस्थामा कक्षामा उपस्थिति अत्यन्त न्यून रहन्छ, जसले गर्दा उनीहरुमा गुणस्तर आउन सकिरहेको छैन ।” २०६० सालमा उक्त क्याम्पसले ३० र ०६१ देखि २०६८ सम्म प्रत्येक वर्ष ४०÷४० विद्यार्थी गरी हाल सम्म ३५० स्टाफ नर्स उत्पादन गरिसकेका छन् । जसमध्ये ४५ प्रतिशत जति मधेसी मुलकी छात्रा रहेको  प्रिन्सिपल लालको दावी छ । ०६७ को ब्याचमा उक्त क्याम्पसकी छात्रा अस्मिता दहालले ९३ प्रतिशत अंक ल्याएर देशैमा सर्वोत्कृष्ट गरेकी थिईन । अहिले जनकपुुरमा जनकपुर नर्सिङ कलेज, जानकी मेडिकल   कलेज, धनुषा नर्सिङ क्याम्पस, मिथिला टेक्निकल एकेडेमी, नेपाल टेक्निकल ईन्सिच्युट, केयर         मेडिकल सेन्टर सहित ६ वटा कलेजहरुमा स्टाफ नर्सको पढाई हुन्छ । प्रत्येक क्याम्पसले ४०÷४० गरी एक वर्षमा २४० नर्स उत्पादन गरिरहेका छन् ।
नेपाल नर्सिङ परिषद्को पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हालसम्म १४ हजार ७७ जना स्टाफ नर्स उत्पादन भइसकेका छन भने अ.न.मी १६ हजार २८३ जना तयार भइसकेका छन । हालसम्म एक सय तीन (१०३) वटा संस्थाले तीन वर्षे नर्सिङ विषय अध्ययापन गराउने मान्यता लिइसकेका छन भने विएस्सी नर्सिङका लागि २५ वटा, विएनका लागि १९ वटा, मास्टर अफ नर्सिङका लागि ४ वटा र अनमीका लागि ४८ वटा कलेजले मान्यता लिइसकेका छन ।
नेपालबाट विभिन्न मुलुकमा रोजगारीका लागि जाने नर्सहरुको सङ्ख्या झण्डै तीन हजार जना रहेको परिषद्ले जनाएको छ जसमध्ये नर्सिङ परिषद्बाट अमेरिका, क्यानडा, अष्टेूेलिया र अन्य युरोपेली देशहरुमा दुई हजार ८५० जनाले स्वीकृत लिएर गएका छन भने बेलायत दूतावासबाट मात्र स्वीकृत लिइ एक सय जना नर्स विभिन्न मुलुकमा गएका छन । विदेशबाट आई नेपालका विभिन्न सरकारी वा निजी अस्पतालमा कार्यरत स्टाफ नर्सको सङ्ख्या ६३८ जना रहेको छ ।
    नर्सिङ पेसाप्रति अहिले सामाजिक र पारिवारिक दृष्टिकोण सकारात्मक रुपमा बदलिदै गएको छ र विदेशमा पनि सहजै रोजगारी पाउने भएकाले नर्सिङ पढाइप्रति रुचि बढेको हो ।
स्वास्थ्य जनशक्तिको पलायन बढ्नु दीर्घकालीन रुपमा स्वास्थ्य सेवाको विकास र सेवालाई विकेन्द्रीकरण गर्ने कुराका लागि राम्रो सङ्केत नभएको बताउदै जनकपुर नर्सिङ क्यामपसका प्रिन्सिपल लालले भन्नुभयो ( मुलुकको अस्थिर राजनीतिक व्यवस्था, कमजोर सामाजिक, आर्थिक परिस्थिति योग्य र सक्षम स्टाफ नर्स विदेश पलायन हुनुको प्रमुख कारण हो ।
बेरोजगारहरुलाई रोजगारीको वातावरण बनाउने र विदेशमा मात्रै आफ्नो भविश्य छ भन्ने मनस्थिति परिवर्तन ल्याउन अहिलेको स्वास्थ्य संरचनामा सुधार ल्याउनु जरुरी छ  ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिभिटीले उत्पादन गर्ने सबै भन्दा बढी जनशक्तिमा स्टाफ नर्स पर्छ । यसले वर्षेनी झण्डै चार हजार जना स्टाफ नर्स उत्पादन र्गदछ । सिटिभिटीमा स्टाफ र्नस उत्पादनका लागि आङ्गिक र निजी क्षेत्र गरी ९४ वटा शिक्षालय छन भने अनमीका लागि ४८ वटा शिक्षालय छन् । एउटा शिक्षालयको ४० जनाको भर्ना क्षमता हुन्छ । प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अञ्चल क्षेत्रीय शिक्षण अस्पताल तथा राष्टिूस्तरका अस्पतालमा पनि उत्तिकै यस्ता जनशक्तिको माग छ । विदेशी मुलुक अमेरिका, अस्टूेलिया, वेलायत, क्यानाडा जस्ता विकसित देशमा पनि रोजगारीको अवसरका साथै वसाईसराई र उच्च अध्ययनको अवसर छ । पछिल्लो पाँच वर्षको बीचमा व्यावसायीक रुपमा सञ्चालित नर्सिङ कलेज निकै बढेका छन जसको नियन्त्रणका लागि नेपाल नर्सिङ परिषद्ले आवश्यक प्रक्रिया थालनी गर्नु पर्ने देखिन्छ । जसमा कलेज सञ्चालकहरुले परिषद्ले तोकिएको न्युनतम मापदण्ड पुरा गरेका छन कि छैनन पढाईको गुणस्तरको बारेमा मुल्याङ्कन र अनुगमन गरी तिनैलाई अझै गुणस्तरयुक्त बनाउने पहल गर्नु पर्दछ । जनकपुरमै संचालित नर्सिङ कलेजहरु मध्ये कुनै पनि निजी कलेज सँग एक सय बेडको अस्पताल छैन । कतिपय कलेजका अस्पतालमा विरामीहरु निकै न्यून हुने भएपछि नर्सहरुमा हुनु पर्ने गुणस्तर आउन सकिराखेको छैन् । दसौं हजार छात्रा स्टाफ नर्स बन्ने लक्ष्यका साथ प्रवेश परीक्षामा प्रतिस्र्पधा गर्ने भएकाले मेहनतचाहिँ आवश्यक  हुन्छ नै । स्कुले अध्ययनमा राम्रो गर्ने छात्रहरुले एसएलसी उत्तीर्ण भएपछि नर्सिङलाई नै पहिलो प्राथमिकतामा राख्ने गरेको पाइन्छ ।
नेपालमा मेडिकल प्रशिक्षित मानिसको माग विकसित देशमा बढ्दो छ, जसमा सबैभन्दा बढी माग नर्सहरुकै छ । यसले नेपाली नर्सका लागि  युरोप, अमेरिका, अस्टूेलिया, न्युजिल्यान्डजस्ता मुलुकमा करियर बनाउने बाटो खुला गरिदिएको छ, तर यसो भन्दैमा नेपालमा नर्सहरुका लागि  अवसर छैन भन्ने होइन । हरेक वर्ष उत्पादन हुने नर्सको ठूलो संख्या स्वदेशमै पनि खपत हुने गरेको छ । एकार्तफ नेपालमै सरकारी तथा निजी  चिकित्सालयको संख्या बढ्दै जानु र अर्का  तर्फ विदेश जान भिसा प्रक्रियाका लागि पनि नर्सिङ अध्ययनको पृष्ठभूमि सहज बन्नुले स्टाफ नर्स प्रतिको आर्कषण कायमै रहेको हो।
स्वदेशमै पनि स्टाफ नर्सको आवश्यकता अझै छ स्टाफ नर्स प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्ने रामजानकी कोचिङ सेन्टरका प्रबन्ध र्निदेशक ले गनेश साह भन्छन, हाल करिब १ सयवटा नर्सिङ कलेज सञ्चालन हुनु र अझै खुल्ने क्रममा रहनुले यसलाई पुष्टि गर्छ ।
सरकारी कलेजहरुको तुलनामा प्राइभेट सिटिइभिटी को अध्ययन शुल्क बढी छ । सरकारी कलेजमा न्यून शुल्कमा  अध्ययन गर्न पाउने भए पनि सिटिइभिटी अन्र्तगतका कलेजमा २ लाख ५० हजार देखि ४ लाख रुपैयाँसम्म खर्च लाग्छ ।
इन्स्टिच्युटमा स्टाफ नर्सको प्रवेश परीक्षाका लागि अध्ययन गर्नुपर्ने विषय, यसअघिका प्रवेश परीक्षाका प्रश्नपत्रको  समाधान अभ्यास तथा नर्सिङ अध्ययनका आधारभूत ज्ञान प्रदान गरिने साह बताउँछन “नर्सिङ स्वास्थ्यसँग सम्बन्धित भएर पनि सामाजिक प्रतिष्ठा र सेवासँग सम्बन्ध जोडिएको विषय हो त्यसैले स्टाफ नर्स बन्ने विद्यार्थीमा के कस्ता  गुण हुनुपर्छ भन्ने कुरा पनि प्रवेश परीक्षा तयारी कक्षाले जानकारी दिन्छ ।” सिटिइभिटीले स्टाफ नर्स कार्यक्रम सञ्चालनको सम्बन्धन दिनुअघि  त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक कलेज तथा काठमाडौं विश्वविद्यालयमा मात्र यो कोर्स अध्यापन हुन्थ्यो ।
    नेपालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत महाराजगन्ज नर्सिङ क्याम्पस (६१ सिट, १ सिट कर्मचारीका छोराछोरीका लागि), ललितपुर नर्सिङ  क्याम्पस (४५ सिट), पोखरा नर्सिङ क्याम्पस (४५ सिट), वीरगन्ज नर्सिङ क्याम्पस ४० (३५ सिट स्कलरसिप तथा ५ सिट डोनेसन) नेपालगन्ज नर्सिङ क्याम्पस ४० (३५ सिट स्कलरसिप तथा ५ सिट डोनेसन सिट), विराटनगर नर्सिङ क्याम्पस  ४५ (३५ सिट स्कलरसिप तथा  १० सिट डोनेसन सिट) छन्। त्रिभुवन विश्वविद्यालय अन्र्तगतका ६ वटा क्याम्पसमा २ सय ७६ जनाले भर्ना पाउँछन । त्रिभुवन विश्वविद्यालय  तथा वीर हस्पिटलको नाम्समा प्रवेश परीक्षा दिन एसएलसीमा न्यूनतम ५० प्रतिशत अंक हासिल गर्नुपर्छ । यी ७ वटा विश्वविद्यालय कलेजमा भर्ना  पाउन कठिन मानिन्छ। वीर अस्पतालमा ४० जनाले अध्ययन गर्न पाउँछन ।
सिटिइभिटी तथा त्रिविविका पाठ्यक्रम एकै प्रकारका हुन्छन जसमा प्रथम वर्षमा आधारभूत नर्सिङ कम्युनिटी इन्टिग्रेटेड साइन्स, होम  भिजिटिङ, दोस्रो वर्षमा मिडवाइफरी, ए, बी, सी, नेपाल परिचय, बिहेविएर साइन्स, नर्सिङ केयर अफ चिल्डूेन र तेस्रो र्वषमा र्नसिङ केयर अफ  एडल्ट, लिडरसिप एन्ड म्यानेजमेन्ट आदि विषय अध्ययन गर्नुपर्छ ।
स्टाफ नर्स भएपछि कमसेकम तीन र्वषको अनुभवपछि मात्र नर्सिङ स्नातक (बिएन नर्सिङ ) गर्न सकिन्छ तर सिटिइभिटीका कलेजहरुमा एक  वर्षको अनुभवपछि भर्ना आवेदन दिन सकिन्छ । नर्सिङको अध्ययनमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजमा तीन वर्ष समयावधिको बढीमा  १ लाख रुपैयाँसम्म खर्च हुन्छ । सिटिइभिटीअन्तर्गतका कलेजमा ३ देखि ४ लाखसम्म खर्च हुन्छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका नर्सिङ  क्याम्पसहरुमा प्रतिमहिना दुई सय रुपैयाँ छात्रवृत्ति पाइन्छ । त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीले निःशुल्क छात्रावास पाउँछन् ।
सेवामुखी हुन सकेनन
जनकपुुरमा कार्यरत नर्सहरु सेवामुखी भन्दा पनि बढी पैसामुखी हुन थालेका छन् । खास गरी जनकपुर अञ्चल अस्पतालमा कार्यरत नर्सहरुको व्यवहार विरामी मैत्री हुन नसकेको जनगुनासो छ । रातीको सिफ्टमा कार्यरत नर्सहरु विरामीलाई हेरचाह गर्नुको सट्टा सुतेरै । रमाईलो गरेर विताउने गरेका छन् । जनकपुर अञ्चल अस्पतालमा २४ जना स्टाफ नर्सको पद स्वीकृत भए पनि १३ जनाको नियुक्ती मात्र रहेकोले पनि उक्त समस्या आउने गरेको नर्सहरु नै बताउँछन् । निजी अस्पतालमा कार्यरत नर्सहरुको पारिश्रमिक राम्रो नभए पछि नर्सहरु प्राय ः जसो दुई दुई ठाउँमा समेत काम गर्ने गरेको, यसका साथै नर्सिङमा स्नातकको अध्ययन समेत गर्दा नर्सहरुले विरामीलाई हेरचाह गर्न सकिरहेका छैनन् ।
    जनकपुर अञ्चल अस्पतालमा कार्यरत नर्सहरु मध्ये कतिपय जानकी मेडिकल कलेज रम्दैया समेत जाने गरेको कारण थकाईले गर्दा पनि तिनीहरुको सेवा प्रभावकारी हुन सकेको छैन् ।
   

मिति ः २०७०÷०३÷३०

व्यवस्थित मासु बजार नहुँदा नगर दुर्गन्धित



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
तराईका जिल्लाहरुमा व्यवस्थित मासु बजार नहुूदा गुणस्तरहीन मासु खान उपभोक्ताहरु बाध्य  छन् । अस्वस्थकर मासुका कारण उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्दासमेत सम्बन्धित निकाय मौन बसेको छ ।
    जनकपुरमा दैनिक  ३५ देखि ४० क्विन्टल माछामासु विक्री हुन्छ । लाखौू मूल्यको माछामासुको कारोबार भए पनि नगरपालिकाले अहिलेसम्म व्यवस्थित वधशाला र बजार व्यवस्थित गर्नेतर्पm चासो देखाएको छैन । माछामासु व्यवसायलाई व्यवस्थित गर्ने नाउँमा नगरपालिकाले वार्षिक लाखौं रुपैयाू कर उठाउूछ । तर, त्यो रकमबाट मासु वजार व्यवस्थापनका लागि एक पैसा खर्च गरिएको छैन ।  व्यवस्थित मासु बजार नहुँदा जथाभावी फालिने फोहोरका कारण नगर दुर्गन्धित बनेको र यसको प्रत्यक्ष असर सर्बसाधारणको जनस्वास्थ्यमा परिरहेको छ ।
    गत वर्ष जनकपुरमा व्यवस्थित बधशाला निर्माणका लागि पशु पक्षी बजार निर्देशानालय काठमाडौंले ३० लाख रुपैयाँ जिल्ला पशु सेवा कार्यालय धनुषा मार्फत बढाए पनि काम नभए पछि रकम फ्रिज भएको हो । उक्त रकम मध्ये बधशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका श्याम साहले जनकपुरको मुजेलिया स्थित गुठीको जग्गामा माटो खसाल्ने नाउँमा ४÷५ लाखको रुपैया खर्च गरेको पनि व्यर्थ भएको छ । अहिले उक्त ठाउँमा धान खेती भइरहेको छ ।  नगरमा यसरी विक्री गरिने मासू, माछा सहितको अनुगमन, तथ्याङ्क सवैका लागि जनकपुर नगरपालिकामा ‘मिट इन्स्पेक्टर’ अर्थात ‘हेल्थ इन्स्पेक्टरको नियूक्ती हुन्छ तर ती कर्मचारी कामै नगरी जनताको राजश्वबाट तलब खाने गरेका छन । पशु वधशाला र मासु जाँच ऐन, २०५५ लागू भए पनि जनकपुर, जलेश्वर, सिराहा, मलंगवा, राजबिराज, गौर लगायतका ठुला र साना शहरहरुमा यो ऐन कार्यान्वयन नहूुदा दुर्गन्धित र हानिकारक मासु खान यहाँका बासिन्दा बाध्य छन् ।  नगरपालिका र मासु व्यबसायीहरुको गैर जिम्मेबारीक कारण आम सर्वसाधारणको  स्वास्थ्यसंग  यतिविघ्न खेलवाड भईरहूदासमेत कानुन पालना गराउन बसेको स्थानीय प्रशासन भने कानमा तेल हालेर बसेको छ । यहाुका बजारहरुमा खुलेआम रुपमा मासु व्यवसायीहरुले खसीको भन्दै सर्बसाधारणलाई भुक्याएर बाख्राको मासु दिने गरेपनि कानुन पालना गराउन बसेका स्थानिय प्रशासन मौन बसेको छ । खसीको भन्दा बाख्राको मासु सस्तो पर्ने भएकाले जनकपुरको अधिंकास ठुला बडा होटेलहरुमा व्यबसयीयहरुले बाख्राको मासु किनेर लाने गरेको स्थानीयनगरवासीको भनाई छ । मासु व्यवसायलाई व्यवस्थित गर्न र सर्बसाधारणलाई स्वस्थकर मासु उपलब्ध गराउनकै लागि जिल्ला पशु विकास कार्यालय धनुषाले तीन वर्षअघि नै व्यवस्थित वधशाला बनाउने योजना अघि सारेको थियो ।

मिति ः २०७०÷०३÷३०

वैदेशिक रोजगारीको खतरनाक परिणाम टुट्दैछ परिवार, वढ्दैछ एचआइभी संक्रमण


अजय अनुरागी
जनकपुरधाम............
नेपालबाट बैदेशिक रोजगारमा नेपाली नगएको सायदै कुनै बस्ती होला । मध्य तराईका परिवेशमा २० वर्ष अगाडी भारतको पंजाब रोजगारीका लागि जानु भन्दा खाडी मुलुकको रोजगार हाल नजिक भएको नेपाली कामदारहरुले महसुश गर्दै छन् । पंजाब काम गरेर २ वर्ष बसेर पनि थौरै पैसा लिएर घर फर्किनु पर्थ्यो तर खाडीमुलुकमा ६ महिना मै इच्छाए अनुसार कमाएर घर आएर पुनःकाममा फर्किन्छन् । बैदेशिक रोजगारमा जानेहरुलाई अभिभावकले राम्रो कमाई गरेर धेरै बचाउनु भन्छन् भने घरका अन्य सदस्य उनिहरुबाट बिभिन्न कोसेलीको प्रस्ताव राख्छन् । तर बैदेशिक रोजगारमा गएका कामदारहरु पैसा कमाएर  घर परिवारका लागि कोसेली मात्र लिएर फर्किदैन्न । आज भोलि उनिहरुले डरलाग्दो जिवाणु शरिरमा कोसेलीको रुपमा ल्याउन थालेका छन् । जुन एकबाट दूइ पछि सिङ्गो परिवार नै उक्त कोसेलीको चपेटामा पर्छन।
बैदेशिक रोजगारबाट फर्किनेहरुले कोसेलीमा जिवाणु ल्याउन थाले पछि मुलुकमा एड्स रोगिका बिरामी दिनप्रतिदिन बढ्दै गएका छन् । वैदेशिक रोजगारीमा गएकाहरु शिक्षा र चेतनाको अभावमा एड्स रोगको जीवाणु बोकेर आउने गरेकाले रोगीको संख्या बढ्दै गएको लामो समय बैदेशिक रोजगारमा बिताउनेहरुको अनुभव छ । धनुषामा मात्र एचआईभी संक्रमितको संख्या सयमा गणना हुन थालेको छ । वैदेशिक रोजगारीमा गएकाहरुलाई प्राणघातक रोग एड्सको बारेमा सचेत नगराएकै कारणले गर्दा पनि नेपालमा एडस विकराल समस्याको रुपमा चिनिन थालिएको छ । शिक्षा र चेतनाको अभावमा बेरोजगारी समस्याले गर्दा विदेशिएकाहरुले असुरक्षित यौन सम्पर्क राख्ने गरेका कारण एचआईभी संक्रमितको संख्या बढेको पाइन्छ । धनुषा र सिरहामा परिवारका सम्पुर्ण सदस्य अढाइ वर्षे नाती देखि ६० वर्षीय हजुरबुवा सम्म एचआईभीको जोखिममा रहेको छन् । एचआइभी÷एडस को जोखिममा रहेकाहरुलाई निशुल्क स्वास्थ्य परिक्षण र औषधी बितरण गर्दै आएका जनकपुर अञ्चल अस्पताल स्थित स्वेच्छिक परामर्श तथा सुचना केन्द्रको तथ्याङ्क अनुसार धनुषा र महोत्तरी एचआइभीको उच्च जोखिममा रहेको छ ।
२०६५ बैशाख २३ गते देखि सेवा शुरु गरेको परामर्श तथा सुचना केन्द्रमा हालसम्म ३ सय ५५ जनाले सेवा लिदै आएका छन् । सेवा लिनेहरुमा अधिकांश २५ देखि ४० वर्ष सम्मका छन् केन्द्र प्रमुख प्रदिप साहले भन्छन,“ ३ सय ५५ मध्ये पुरुष २ सय ४० जना र महिला १ सय १२ जना छन । जस मध्ये १३ जना बालबालिकाहरु रहेको छ । यिनिहरु मध्ये करिब २ सय जनाले एआरटी (भाइरस रोक्ने औषधी) सेवा लिने गरेको छ । जसमध्ये फरक फरक समयमा २९ जनाको मृत्यु भइसकेको साहले जानकारी दिए ।
राष्ट्रिय एडस तथा यौन रोग नियन्त्रण केन्द्रको सहयोगमा  जनकपुर अञ्चल अस्पतालले सञ्चालन गर्दै आएको परामर्श तथा सुचना केन्द्र मार्फत मासिक करिव १० हजार देखि २० हजार रुपैयाँ पर्ने सम्मको सेवा एचआइभी पिडीतहरुले निशुल्क लिने गरेकोे केहि समय अगाडी सम्म भारतबाट औषधी किनेर सेवन गर्दै आएका महोत्तरीका एक जनाले नाम नखुलाउने शर्तमा द एक्सक्लुसिभलाई बताए ।
एआरटी सुबिधा लिनेहरुलाई महिनामा एक पटक स्वास्थ्य परीक्षणका लागि र नियमित औषधी लिन अस्पताल आउनु पर्छ प्रमुख साहले जानकारी दिए । दैनिक ९० रुपैया पर्ने २ वटा औषधि सेवन गर्नु पर्छ  उनले भने( जुन यहा निशुल्क दिईन्छ । केन्द्रबाट ५ जना पुरुष र २ महिला गरी ७ जना भारतीय नागरिकले समेत निशुल्क सेवा लिदै आएका छन् । जनकपुर अञ्चल अस्पतालमा रहेको उक्त सेवा केन्द्रमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा,उदयपुर र सिन्धुलीका एचआइभी पिडीतहरु निशुल्क सेवा लिदै आएका छन् । माथिको तथ्याङकले के पनि बताउँछ भने विगतमा एचआइभी पोजेटिभ प्रायः जसो महिलामा हुने गथर््यो तर अहिले महिलाको तुलनामा पुरुषको संख्या वढी देखिएको छ । साहका अनुसार २७ अषाढ २०७० मा ६५ वर्षीय नागरिकमा समेत एचआइभी पाइएको छ । श्रीमतिको निधन भएको तथा भारतमा काम गरिरहेका उक्त व्यक्तिको असुरक्षित यौन सम्पर्कले गर्दा एचआइभी भएको हो ।
असुरक्षित यौन सम्पर्क नै एचआइभीको मुख्य कारण
बैदेशिक रोजगारमा गएकाहरुले अस्थायि यौन साथि बनाएर यौन इच्छा मेटाउँछन । उनीहरु हतारमा राखेको शारिरीक सम्पर्क पछि आफ्नो स्वास्थ्य जाँच नगराई नेपाल फर्किना साथ श्रीमती वा पुनः अरु संग शारिरीक सम्बन्ध बनाएर एचआइभी एक व्यक्तिबाट अनेकमा सर्ने गरेको एक गैर सरकारी संस्थामा कार्यरत कर्मचारीले बताए । यो जिवाणु सरेको तीन महिना पछि मात्र जाँच गरी पता लगाउन सक्ने भएकोले पनि जिवाणु एक व्यक्ति बाट अर्को व्यक्तिमा सजिलै सर्ने क्रम दिन दिनै बढदै गएको छ  । तर हाल घर मै बस्ने श्रीमती बाट बिदेशबाट फर्केका श्रीमानमा एचआइभी जिवाणु सर्न थालेको घटना बाहिर आउन थालेको गैर सरकारी संस्थाका कर्मचारीको भनाई छ । उनका अनुसार श्रीमान बैदेशिक रोजगारमा गएकी श्रीमतीले यौन इच्छा पुरा गर्न पर पुरुष संग शारिरीक सम्बन्ध बनाउन थाले पछि यो समस्या देखा परेको हो । यस्ता घटनाको उदाहरण जनकपुर नगरमै रहेको उनको भनाई थियो । धनुषा र महोत्तरीका २÷३ जना व्यक्तिले त आफु एचआइभी पोजेटीभ रहेको जानकारी हुँदा हूँदै पनि १७÷१८ वर्षीया केटी संग विवाह गरेको बाट पनि असुरक्षित यौन सम्पर्कले गर्दा नै एचआइभी  हुनेको संख्यामा बृद्धि भएको मान्न सकिन्छ । एचआइभी जिवाणु बिभिन्न कारणले शरिर भित्र प्रवेश गर्दा एडस लाग्छन तर तराईको परिवेशमा ड्रग्स प्रयोग कर्ता तथा अन्य व्यक्तिहरुमा एचआइभी जिवाणु न्युनरुपमा देखिएको र उनिहरु पनि यौन व्यपार या बैदेशिक रोजगार बाट फर्केको हुन्छ । स्वेच्छिक परामर्श तथा सुचना केन्द्रका एक चिकित्सकले बताए । महत्वपुर्ण कुरा के हो भने हिजो सम्म एचआइभी लुकाउने व्यक्तिहरु अव खुलेर आफु एचआइभी संक्रमित भएको ले उपचार गराउन आएको बताउन थालेको केन्द्रका प्रमुख साहले बताए । तर जनकपुरका केही प्रतिष्ठीत व्यक्तिहरु समेत संक्रमित भएका  र उनीहरु आफु एक्सपोज नहुने बताउने पनि रहेको साह बताउँछन । केन्द्रमा उपचार गराउन आउने व्यक्तिको सम्पुर्ण विवरण गोप्य राख्ने गरिन्छ ।  जनकपुरमा डा. गौराङ मिश्रले उपचार गर्छन । यहाँ करिव ९ जना चिकित्सहरुले ए.आर.टी.(एन्टी रेट्रो थेरापी) को प्रशिक्षण लिएका छन । तराईका एचआइभी पोजेटिभ देखिएका व्यक्तिहरु शिक्षा र जनचेतनाको अभावमा समयमै रगत परिक्षण नगराउदा एक व्यक्ति बाट अर्को व्यक्तिमा सर्ने क्रम बढेको चिकित्सकले बताए । एचआइभी रोकथाम तथा नियन्त्रणको क्षेत्रमा दर्जनौ गैर सरकारी संस्थाले कार्य गरेपनि नाम तथा संख्या नखुलाउने सहमति उनिहरु बिच भएकोले संस्थाको तर्फबाट सञ्चारकर्मीलाइ कुनै जानकारी दिन मानेको छैन । गैर सरकारी संस्थाहरुले रोेकथाम तथा नियन्त्रण भन्दा पनि उनिहरुको सहयोग लिएर  सर्वेक्षण गरी रिर्पोट बनाउनु बाहेक केहि गर्न नसकेको धनुषा ढल्केबरका एक जना एचआइभी पिडीतले आरोप लगाए ।
वैेदेशिक रोजगारीेले टुट्दै छ परिवार
    रुपैया कमाउन श्रीमान विदेश गए पछिको आम्दानी, एक्लोपना र बढ्दो सामाजिक खुलापनका कारण पारिवरिक सुख गुमाएका विकृति समाजमा भयावह रुपमा बढ्दै गएको छ । पछिल्लो समयमा पुरुषहरु वैदेशिक रोजगारीमा जाने क्रमसँगै पारिवारिक विखण्डन झन बढेको छ । परस्पर छुट्टिएर रहँदा युवा दम्पतीमा आउने अनेकन विचलनबाट तिनीहरुका बालबच्चा मानसिक दबाबमा मात्र परेका छैनन्, बच्चाको हत्या समेत गरेका घटना देखिएको छ । धनुषाको उमाप्रेमपुर(७ बस्ने २५ वर्षिय भुरनी देवी साह आफ्नै काका ससुराको छोरा देवर संग स्थापित गरेको यौन सम्बन्ध पश्चात छोरी जन्मिएको ७ महिना पछि घाँटी थिची हत्या गरेर अहिले महोत्तरी स्थित जलेश्वर कारागारमा पछुताइहेकी छिन् । भुरनीका श्रीमान प्रदिप साह वैदेशिक रोजगारीका लागि खाडी मुलुक गए पछि काका ससुराको छोरा २१ वर्षीय देवर शिवा साह सँग भुरनीको शारिरीक सम्बन्ध स्थापना भए पछि गर्भ ठहरियो । त्यस पछि भुरनीका सासुले आफ्ना छोरालाई फोन गर्दा विदेशमै रहेका छोराले घरबाट निस्कासित गर्न लगाउँछ । घरबाट निष्काशित भई बच्चा जन्माउने काका ससुराको छोरा देवरका घरमा भुरनी पुग्छिन । तर त्यहाँ पनि तिनले शरण पाइनन् त्यति बेला सम्म उक्त बच्चाका वुवा शिवा पनि विदेशिन्छन् । बच्चा जन्मिएको ७ महिना पछि काका ससुरा रामसोगारथ साह र भुरनीले मिलेर ३१ जेष्ठ २०६८ राती ९ बजेको समयमा बच्चाको घाँटी थिची मारेका थिए ।  बच्चा मरे पछि उमाप्रेमपुर वडा नं (५ को अमारी नदीमा गाडेकी थिइन् । प्ति विदेशिएका कतिपय पत्नीहरुको स्वच्छन्द जीवन शैली र उनीहरुको आर्थिक श्रोतलाई दुरुपयोग कतिपय पुरुषहरुको नियतका कारण घर विग्रेका छन्, लाखौं सम्पति सहित पत्नी वेपत्ता समेत भएका छन् जनकपुरमा । महिला सेल धुनषाकी प्रहरी सहायक निरीक्षक सुभद्रा आले भन्छिन, “सम्पति लिएर वा नलिएर बालबच्चा छाडी वेपत्ता भएका भनेर उजुरी पर्ने महिला मध्ये धेरै जसो दोश्रो विवाह गरेर बसेका छन् । वैदेशिक रोजगारमा गएकाहरु पत्नि पिडीत भएको उजुरी नै अधिकांश रुपमा आउन थालेको छ, कतिपय त समाजमा आफू बदनाम हुने डरले पनि उजुरी नगरेको हो ।”
    गाउँघरका सोझो महिलालाई एक्लोपनाको फाइदा उठाउँदै गाउँका अल्लारे ठिटाहरु भावनात्मक प्रेमजालमा फसाएर शारिरीक सम्बन्ध स्थापना गरे पश्चात चम्पत हुने परिपाटी भीषण रुपमा बढ्दै गएको छ । महिला अधिकारकर्मी अधिवक्ता रेखा झा भन्छिन, “पुरुषहरु विहे गरेर वैदेशिक रोजगारमै जानु भएन, महिलाहरु पनि सति सावित्री हुँ भनेर आफूलाई कमाण्ड र कन्टूोलमा राख्न नसक्ने हुनाले उक्त समस्या देखिएको हो । विदेशिएका लोग्नेहरुले पनि आँखामा पट्टी बाँधेर श्रीमतीको नाउँमा पैसा पठाउनु भएन, पठाएको पैसा घर श्रीमती कसैसंग नभएर अर्को तेश्रोले सम्पतिका साथ(साथ इज्जत पनि लुट्ने गरेका छन् ।”
    पुरुष र महिला दुवैजनाको मन्जुरीमा स्थापित गरिएको शारिरीक सम्बन्धमा नेपालको कानुन पनि मौन देखिएकाले समाजले खास गरी महिला अधिकारकर्मीहरुले त्यसता महिलाहरुलाई काउन्सलिङ गर्नु आवश्यक देखिन्छ । पति र पत्नी बीच शारिरीक सम्बन्ध हुँदै गर्दा सम्म प्रेम र भावनात्मक सम्बन्ध पनि अगाडी बढ्दै गर्छ तर उक्त सम्बन्धमा ग्याप भए पछि विज्ञानको हिसाबले पनि यौन आवश्यताको तृष्ण मेटाउन विकल्प खोज्नु स्वभाविकै हो भन्दै एकीकृत नेकपा माओवादकिा नेता रामचन्द्र मण्डल भन्छन, “सामाजिक रीति रिवाजले उक्त कार्यलाई नाजायज ठहराए पनि राज्यले वेरोजगारी समस्या समाधान गरि दिएको खण्डमा उक्त समस्या समाधान हुन सक्छ ।”
    उमेर पुगिसके पछि रोकेर पनि नरोकिने शारिरीक भोकको पुर्ति त गरिहाल्छ तर मुख्यतः बेरोजगारी समस्या समाधान नहुँदा त्यसको दोषी राज्य नै रहेको फोरम लोकतान्त्रिककी सुनिता दासको भनाई छ । विदेशमा गएकाहरुले पनि घरको अभिभावक आफ्ना आमा(वुवालाई नमानेर श्रीमतीलाई नै मान्न थाले पछि उक्त विकृति भयावह रुपमा बढ्दै गएको छ । सिनुरजोडा(१ सोहीनीका ८० वर्षिय महानन्द मिश्र भन्छन्, “विदेशबाटै आफ्ना श्रीमतिका लागि मोबाइल र रुपैया पठाउनु, हाट(बजार पनि आइमाई आफै गर्नु, आमा(बुवाको अनुशासनमा तिनीहरु नवसेपछि उक्त कुरीति फैलिएको हो ।” पर पुरुष सँग सम्बन्ध स्थापना भए पछि गर्भपतनका लागि गाउँमै रहेका स्वास्थ्यकर्मीहरुले मोटो रकम असुल्ने गरेका छन् । यति मात्र होइन, सामाजिक लोक(लाज बचाउनका निम्ति धनुषाका महिलाहरुबाट सीमावर्ती विहारको जयनगर, मधुवनी, उमगाँव, बासोपट्टी, सुरसण्ड, दरभंगा समेतका डक्टरहरुले गर्भवतन वापत मोटो रकम कमाउने गरेका  छन् ।
    बालबच्चा हुर्किन लागेको अवस्थामा महिलाहरु आफूलाई सामाजिक रुपमा बढी बन्धनमुक्त, स्वतन्त्र र चञ्चल अनुभव गर्छन् । सामान्यतः ३५ वर्ष पछि हुने हर्मोनहरुको उचारचढावले यौन चञ्चलता बढाउँछ । यस अवस्थामा उनीहरु हठी हुनुका साथै सजिलै सित बहकिन्छन् पनि एक चिकित्सकको भनाई छ ।
    कतिपय अवस्थामा परिणामप्रति सचेत रहँदा रहँदै जैवीक अवाशयकताले पनि विवाहोत्तर पर(पुरुष संग यौन सम्पर्कका लागि उक्साउँछ । फेरी समाजमा रहेका व्यक्तिहरु प्नि डरले कसैलाई केही भन्न सक्ने अवस्था नरहेको कारण उक्त समस्या बढेको हो । समाजमा संयुक्त परिवारको ढाँचा न्यूण नै भइरहेको बेला केटाको विवाह भए पश्चात एकलै बस्ने परिपाटी बढ्दै जानुले पनि उक्त विकृति देखिएको हो । समाजका अगुवाहरुले, सम्बन्धित सरोकारवालाहरुले समय रहदै उक्त विकृति हटाउने उपायको खोजी गरी तत्कालै ठोस पाइला अगाडी नबढाए त्यसले समाजमा झन विकराल रुप लिने निश्चित छ ।

मिति ः २०७०-०३-३०