Monday, May 16, 2016

जनकपुरमा बढ्दो सवारी चाप र सवारी दुर्घटना

जनकपुरको जानकी मन्दिर अगाडी सडक 
फराकिलो नहुँदा ट्राफिक जामको एक दृष्य ।
अजय अनुरागी
जनकपुरधाम............
४ अषाढ २०२२ मा सबै भन्दा पहिले धनुषा विसरभोराका जमुना प्रसाद सिंहका छोरा राजेश्वर प्रसाद सिंहले सबैभन्दा पहिले मोटरसाइकल ज १ प १६ नम्बरको रुपमा जनकपुर अञ्चल यातायात व्यवस्था कार्यालयमा दर्ता गराएको पाइन्छ । १९६५ सालमा बनेको एक सिलिण्डरको १ सय ७५ सिसी हर्ष पावर रहेको तथा ०४५१५ चेसिस नम्बर तथा इएस ०३९१५ इन्जन नम्बर रहेको दुई सिट क्षमता भएको हरियो रंगको एसकर्ट राजदुत मोटरसाइकल पहिलो मोटरसाइकल दर्ता हो । भारत विहारको जयनगरका रामचन्द्र सिंहको एसकर्ट लिमिटेड कम्पनीबाट उनले खरिद गरेको दर्ता कितावमा उल्लेख छ । आफु अनुकुलको नम्बर छनौट गर्न पाउने अवसर प्राप्त गर्दै उनले १ नम्बर नरोजेर १६ नम्बर रोजेका थिए ।

त्यसैगरी महोत्तरी खुट्टापिपराढी ४ का खोभारी साहुका छोरा महेन्द्र साहु सुडीले ज अ प ४५ नम्बरको रुपमा दोस्रो मोटरसाइकल १० अषाढ २०२८ मा दर्ता गराएका छन् । ६ बर्ष पछि मात्र दोस्रो मोटरसाइकल दर्ता भएको थियो । होण्डा कम्पनीका ९० सिसी हर्ष पावरको एक सिलिण्डरको सि २०१ वाई १४८७७३ चेसिस नम्बर तथा सि २०१ ई १२७१५४ इन्जन नम्बर रहेको पेटूोलले चल्ने कालो रंगको मोटरसाइकल दोस्रो मोटरसाइकलको रुपमा दर्ता भएको पाइन्छ । निजी प्रयोजनको लागि भन्दै महेन्द्र साहले धनुषा ठिल्ला ९ बस्ने राजनारायण साह सुडीबाट मोटरसाइकल खरिद गरेको उल्लेख छ ।
जनकपुर सहरको कुरा गर्ने हो भने सबै भन्दा पहिले उद्योगपति दिनानाथ सर्राफले तेस्रो नम्बरमा मोटरसाइकल दर्ता गराएको पाइन्छ । ३० अषाढ २०२९ मा जनकपुर ५ का वृजमोहन सर्राफका छोरा दिनानाथ सर्राफले ज अ प ५६ नम्बरको रुपमा जनकपुरको पहिलो तथा अञ्चलको तेस्रो मोटरसाइकलको रुपमा दर्ता गराएको पाइन्छ । १९६९ सालमा बनेको होण्डा कम्पनीको दुई सिलिण्डरको उक्त मोटरसाइकल १ सय २५ सिसी, सिडी १२५ ई २०१८४४३ चेसिस नम्बर, सिडी १२५ ई २०१८४४३ इन्जन नम्बर निलो रंगको दुई सिट क्षमता भएको उक्त मोटरसाइकल दिनानाथ सर्राफले श्यामलाल श्रेष्ठबाट खरिद गरेको उल्लेख छ । 

यसरी हेर्ने हो भने त्यसताका जो कोहीले पनि मोटरसाइकल किन्न सक्ने क्षमता राख्दैनथे । कुनै गाउँमा एउटा व्यक्तिले मोटरसाइकल किन्यो भने सिंगो गाउँ तथा आसपासका गाउँका मानिसहरु मोटरसाइकल कस्तो हुन्छ भन्ने हेर्नका लागि दिनहुँ घुइँचो लाग्ने गथर््यो । यो कुरा यसबाट पनि पुष्टि हुन्छ कि मोटरसाइकल दर्ता हुन पाँच पाँच बर्ष समेत लाग्ने गरेको यातायात कार्यालयको अभिलेख छ । गाउँ घरका जमिन्दार तथा धनी मनि व्यक्तिले आफ्नो सौख तथा आवश्यकताका साथै आफ्नो रवाफ र धाक कायम राखि राख्न मोटरसाइकल किन्ने गर्थे । करिब २०५० सालसम्म जनकपुर अञ्चलमा मोटरसाइकलका प्रयोगकर्ताहरुको संख्या धेरै थिएन । तर, अहिलेको अवस्था हेर्ने हो भने त्यो प्रवृति फेरिएको छ ।
अहिले जसरी हरेक मानिसको हातमा मोवाइल अनिवार्य बनेको छ ठीक त्यसैगरी प्रत्येक व्यक्तिले आफ्नो निजी सवारी साधनका लागि मोटरसाइकल प्रयोग गर्न थालेको देखिन्छ । खास गरेर तराई मधेसमा पुरुषहरुले विवाह गर्दा दाइजोमा अनिवार्य शर्तका रुपमा नगद बाहेक मोटरसाइकल माग्न थालेपछि पनि त्यसको संख्या बढेको यातायात कार्यालयका कर्मचारीहरु बताउँछन् । जनकपुर अञ्चल यातायात कार्यालयका शाखा अधिकृत अजय गुप्ताका अनुसार  यस कार्यालयमा  सबैभन्दा वढी दर्ता हुने सवारी साधन भनेको मोटरसाइकल नै हो । खास गरी दशैंका बेला र बैशाख देखि अषाढसम्म सबैभन्दा वढी मोटरसाइकल दर्ता हुने गरेका छन् । दशैमा कर्मचारीहरुले पनि तलब पेश्की पाएका हुनाले तिनीहरुले पनि मोटरसाइकल किन्ने गरेका छन् भने बैशाख देखि अषाढसम्म लगनका बेला बेहुलाहरुले दाईजोमा पाएका मोटरसाइकल किनेर दर्ता गर्ने प्रवृति अत्यन्तै व्यापक पाइएको छ ।
यूवाहरुमा मोटरसाइकल प्रतिको मोह बढेपछि मोटरसाइकलको संख्या यस क्षेत्रमा बढ्दै गएको छ । खास गरेर पछिल्लो ५ बर्षको तथ्याङकलाई मात्र केलाउने हो भने मोटरसाइकलको संख्यामा भएको वृद्धिदरले मोटरसाइकल हिजोका दिनमा विलाशिताका वस्तुको रुपमा चिनिए पनि अब त्यो न्युन्तम आवश्यक बस्तुको रुपमा प्रयोग हुन थालेको पुष्टि हुन्छ । जसरी बैदेशिक रोजगारीमा जानेहरुको संख्या नेपालमै सबैभन्दा वढी धनुषा जिल्लामा छ र तिनीहरु फर्केपछि महँगो मोवाइल, टेलिभिजन, घडी र व्लयाङकेट अनिवार्य रुपमा किन्ने गर्छन् ठीक त्यसैगरी तिनीहरु मोटरसाइकल पनि अनिवार्य रुपमै किन्न थालेका छन् । फ्याक्ट्स नेपालले गरेको एउटा अनुसन्धानबाट के देखिएको छ भने नेपालमा सबैभन्दा वढी रेमिटयान्स भित्रिने जिल्लाको रुपमा धनुषा रहेको छ । गत आर्थिक बर्ष २०७१÷०७२ मा धनुषामा मात्रै सबै भन्दा वढी १४ अर्ब रुपैयाँ बैदेशिक रोजगारीमा गएकाहरुले रेमिट्यान्स मार्फत भित्रियाएका छन् । अर्थात मानिसहरुको क्रय क्षमतामा पनि वृद्धि भएका कारण यस क्षेत्रमा मोटरसाइकल किन्नेहरुको संख्यामा अप्रत्याशित रुपले बढेको पाइन्छ ।
जनकपुर अञ्चल यातायात व्यवस्था कार्यालय जनकपुरमा आर्थिक बर्ष २०६७÷०६८ मा ज ३ प ६७१३ नम्बर देखि ज ४ प १९८१ नम्बरसम्म कुल ५ हजार २ सय ६८ थान मोटरसाइकल दर्ता भएको थियो भने आर्थिक बर्ष २०६८÷०६९ मा ज ४ प १९८२ देखि ज ४ प ९१४० सम्म कुल ७ हजार १ सय ५८ थान मोटरसाइकलहरु दर्ता भएका थिए । अर्थात उक्त आर्थिक बर्षमा पछिल्लो आर्थिक बर्षको तुलनामा १ हजार २ सय ९० थान मोटरसाइकल वृद्धि भएको थियो । त्यसैगरी आर्थिक बर्ष २०६९÷०७० मा ज ४ प ९१४१ नम्बर देखि ज ५ प ७१६५ नम्बरसम्म कुल ८ हजार २४ थान मोटरसाइकल दर्ता भएको थियो भने आर्थिक बर्ष २०७०÷०७१ मा ज ५ प ७१६६ देखि ज ६ प ७२६४ सम्म कुल १० हजार ९८ थान मोटरसाइकलहरु दर्ता भएका थिए । अर्थात उक्त आर्थिक बर्षमा पछिल्लो आर्थिक बर्षको तुलनामा २ हजार ७४ थान मोटरसाइकल वृद्धि भएको थियो । त्यसैगरी आर्थिक बर्ष २०७१÷०७२ मा ज ६ प ७२६५ नम्बर देखि ज ७ प ८१०६ सम्म गरी कुल १० हजार ८ सय ४१ थान मोटरसाइकलहरु दर्ता भएका थिए । अर्थात ७ सय ४३ थान मोटरसाइकल पछिल्लो बर्ष भन्दा वढेको पाइयो । चालु आर्थिक बर्ष २०७२÷०७३ को बैशाख मसान्त सम्म ज ७ प ८१०७ देखि ज ८ प ७२१७ गरी कुल ९ हजार १ सय १० थान मोटरसाइकल दर्ता भएको पाइयो । अचम्म त के छ भने यस बर्षमा गत भदौ देखि पुष मसान्तसम्म ५ महिना मधेस आन्दोलनका कारण कार्यालय बन्द थियो र पनि यतिको संख्यामा मोटरसाइकल दर्ता भएका छन् । अझैं बाँकी दुई महिनामा झन् दर्ताको संख्या उल्लेख्य रुपमा बढ्ने निश्चित छ ।
बढ्दो सवारी चाप
फ्याक्टस नेपालले गरेको एक अध्ययन अनुसार नेपालमा आर्थिक बर्ष २०७२÷०७३ को पछिल्लो ९ महिनामा १ लाख ४७ हजार ७ सय ८२ सवारी साधनहरु दर्ता भएका छन् । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा १२.८७ प्रतिशतले कम हो । यस आर्थिक बर्ष चैत्र मसान्त सम्ममा नेपालमा २ हजार १ सय २५ बस, १ हजार ६९ मिनिबस÷टूक, १ हजार ७ सय ५४ क्रेन÷डोजर, १० हजार ८ सय ६७ कार÷भ्यान, ३ हजार ७ सय ३४ पिकअप, १ सय ३४ माइक्रो, १३ टेम्पो, १ लाख २३ हजार ३ सय ७३ मोटरसाइकल, ४ हजार ६ सय ७५ टेूक्टर र ४७ अन्य गरी पछिल्लो ९ महिनामा १ लाख ४७ हजार ७ सय ८२ सवारी साधनहरु दर्ता भएका छन् ।

जनकपुर अञ्चल यातायात व्यवस्था कार्यालयमा २०७३ बैशाख ३० सम्ममा कुल ८९ हजार ६ सय ५८ थान सवारी साधनहरु दर्ता भएका छन् । जसमध्ये सबै भन्दा वढी मोटरसाइकल दर्ता भएको पाइन्छ भने सबै भन्दा कम बस टूक दर्ता भएको पाइन्छ । 

हालसम्म निजी जिप कार, पिकअप भ्यान कुल १ हजार ३ सय ४४, भाडाका जिपकार पिकअप भ्यान ३ सय ८८, टेम्पो तथा इरिक्सा ८ सय २३, भाडाका बस टूक ८ सय ५६, निजी बस टूक ३ सय १८ र सरकारी बस टूक ३ सय ९ थान दर्ता भएका छन् । मोटरसाइकल ७७ हजार २ सय १० र टेूक्टर ८ हजार ४ सय १० थान दर्ता भएका छन् ।

आर्थिक बर्ष २०७१÷०७२ मा १२ हजार ३ सय ६४ थान र आर्थिक बर्ष २०७२÷०७३ को बैशाख मसान्तसम्ममा १० हजार ३ सय ३४ थान कुल सवारी साधनहरु दर्ता भएको पाइन्छ । आर्थिक बर्ष २०७१÷०७२ मा १ सय ८४ थान निजी र ५३ थान भाडाका जिपकार तथा पिकअप भ्यान, २ सय ५५ थान इरिक्सा, २५ थान निजी र २ सय १ थान भाडाका बस टूक, १० हजार ८ सय ४१ मोटरसाइकल र १ हजार ३१ गरी कुल १२ हजार ३ सय ६४ थान सवारी साधनहरु जनकपुर अञ्चल यातायात व्यवस्था कार्यालयमा दर्ता भएको पाइन्छ । त्यसैगरी आर्थिक बर्ष २०७२÷०७३ को बैशाख मसान्त सम्ममा  ६४ थान निजी र ६ थान भाडाका जिपकार तथा पिकअप भ्यान, ५ सय १ थान इरिक्सा, ९ थान निजी र ६ सय २२ थान भाडाका बस टूक, ८ हजार ७ सय ६४ मोटरसाइकल र ४ सय ५८ गरी कुल १० हजार ३ सय ३४ थान सवारी साधनहरु दर्ता भएका छन् ।
सवारी चालक अनुमति पत्रको अवस्था
सार्वजनिक सवारी साधन बसमा महिला आरक्षणको स्टिकर टाँस्दै धनुषाका ट्राफिक प्रहरी ।

जनकपुर अञ्चल यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट हालसम्म विभिन्न सवारी साधनका सवारी चालक अनुमति पत्र लिनेहरुको संख्या पनि बढ्दो छ । तथ्याङ्क अनुसार हालसम्म विभिन्न सवारी साधनका लागि ९३ हजार २ सय ६४ जनाले सवारी चालक अनुमति पत्र प्राप्त गरेका छन् । यातायात कार्यालयका अनुसार २०६० साल देखि सवारी चालक अनमति पत्र वितरण गरिएको हो । 

२०६० साल देखि ३० भदौ २०६८ सम्ममा कुल ६२ हजार ८ सय ३२ जनाले सवारी चालक अनुमति पत्र प्राप्त गरेका छन् । आर्थिक बर्ष २०६८÷०६९ देखि २०७२÷०७३ सम्म २६ हजार ३ सय ६२ पुरुष, ६ सय ३५ महिला र १८ अन्य गरी कुल २७ हजार १५ जनाले सवारी चालक अनुमति पत्र प्राप्त गरेका छन् । १ असोज २०६८ देखि ३० बैशाख २०७३सम्म मोटरसाइकलका लागि १९ हजार ९ सय २२, कारजिप र भ्यानका लागि ६ हजार १ सय ७४, टेम्पो इरिक्साका लागि १ सय ५, पावर टिलरका लागि ८, टूेक्टरका लागि ३ हजार १ सय ७, मिनिबस मिनिटूकका लागि १ सय ४७, टूक बस लहरीका लागि ६ सय ५, रोड रोलर तथा डोजरका लागि ५, क्रेन, दमकल लोडरका लागि २९, स्काइभेटरका लागि २९ र स्कुटरका लागि ३ सय २ जनाले सवारी चालक अनुमति पत्र लिएका छन् । सवारी चालक अनुमति पत्र वितरण कार्य टूायल सेन्टरको अभावमा बन्द रहँदै आएको थियो ।
बढ्दो सवारी दुर्घटना
सवारी साधनहरुको चाप र संख्या दैनन्दिन बढ्दै जाँदा सवारी दुर्घटना हुने क्रम पनि बढ्दो छ । सवारी साधनहरुको चाप दिनानुदिन बढ्दै गएपनि सोही अनुसार सडकहरु फराकिलो नहुँदा दुर्घटनाका क्रमहरु पनि वढेका छन् । पछिल्लो ४ बर्षमा मात्रै धनुषामा ३ सय ८७ वटा सवारी दुर्घटनामा परेर कुल १ सय ६९ जनाले ज्यान गुमाउनु परेको छ भने ६ सय ३५ जना घाइते भएका छन् । जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०६९÷०७० मा  १ सय १९ वटा सवारी दुर्घटनामा परि ५४ जनाको मृत्यु भएको थियो भने ३ सय १९ जना घाइते भएका थिए । ठिक त्यसैगरी आर्थिक बर्ष २०७०÷०७१ मा  १ सय २२ वटा सवारी दुर्घटनामा परि ३२ जनाको मृत्यु भएको थियो भने १ सय ७८ जना घाइते भएका थिए । त्यसैगरी आर्थिक बर्ष २०७१÷०७२ मा  ९० वटा सवारी दुर्घटनामा परि ५२ जनाको मृत्यु भएको थियो भने  ५८ जना घाइते भएका थिए । चालु आर्थिक बर्ष २०७२÷०७३ को बैशाख २५ सम्ममा  ५६ वटा सवारी दुर्घटनामा परि ३१ जनाको मृत्यु भएको थियो भने ८० जना घाइते भएका थिए ।

यातायात कार्यालयका शाखा अधिकृत अजय गुप्ताका अनुसार जनकपुर अञ्चलमै दर्ता भएका सवारी साधनहरुको संख्या वढ्दै गएको छ भने जनकपुर अञ्चल बाहेक बाहिरी अञ्चलमा दर्ता भएका सवारी साधनहरुका साथ साथै जनकपुर एउटा धार्मिक पर्यटकिय स्थल भएकाले पनि विदेशी सवारी साधनहरुको आवागमन वढेका कारण सडकमा सवारी साधनको चाप धान्न नसकिने अवस्थामा पुगिसकेको देखिन्छ । चालक अनुमति पत्र वितरण कार्य नियमित नहुनु, डूाइभिङ स्कुलको प्रभावकारीतामा समेत कमि आएका कारण चालकको लापरवाहीले पनि दुर्घटनाहरु वढीरहेको गुप्ताको तर्क छ ।

प्रायः सवारी दुर्घटनाहरु चालकको लापरवाही, ओभरटेक, तिब्रगति, मादक पदार्थ सेवन आदिका कारणले हुने गरेको छ । जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक ज्ञान कुमार महत्तोका अनुसार सडकको चौडाई कम हुनु, सडकमा जथाभावी निर्माण सामग्रीहरु राखिनु, जिर्ण सडक हुनु आदि कारणहरुले गर्दा  पनि सवारी दुर्घटना वढेको छ ।

आर्थिक बर्ष २०६९÷०७० मा १ सय १९ वटा सवारी दुर्घटना भएकोमा टूक ट्यांकर १३, बस १५, कारजिप भ्यान २४, टूयाक्टर १८, मोटरसाइकल ५४ र टेम्पो ४ वटा दुर्घटनामा परेको थियो । जसमध्ये विहान ६ बजे देखि १२ बजेसम्म १८ वटा, १२ बजे देखि १८ बजेसम्म ४३ वटा, १८ बजे देखि २४ बजेसम्म ३६ वटा र २४ बजे देखि ६ बजेसम्म ५ वटा दुर्घटना भएको थियो ।

आर्थिक बर्ष २०७०÷०७१ मा १ सय २२ वटा सवारी दुर्घटना भएकोमा टूक ट्यांकर ६, बस ८, कारजिप भ्यान ५, टूयाक्टर ६, मोटरसाइकल ५० वटा दुर्घटनामा परेको थियो । जसमध्ये विहान ६ बजे देखि १२ बजेसम्म १५ वटा, १२ बजे देखि १८ बजेसम्म २९ वटा, १८ बजे देखि २४ बजेसम्म ३५ वटा र २४ बजे देखि ६ बजेसम्म ४० वटा दुर्घटना भएको थियो ।

आर्थिक बर्ष २०७१÷०७२ मा ९० वटा सवारी दुर्घटना भएकोमा टूक ट्यांकर २०, बस १७, कारजिप भ्यान १३, टूयाक्टर २०, मोटरसाइकल ५४ थान दुर्घटना परेको थियो । जसमध्ये विहान ६ बजे देखि १२ बजेसम्म १५ वटा, १२ बजे देखि १८ बजेसम्म ४४ वटा, १८ बजे देखि २४ बजेसम्म २६ वटा र २४ बजे देखि ६ बजेसम्म ५ वटा दुर्घटना भएको थियो ।

फ्याक्टस नेपालले गरेको अध्ययन अनुसार नेपालमा सन् २००७ देखि २०१७ सम्ममा प्रत्येक बर्ष मात्रै २ हजार भन्दा वढी मानिसको मृत्यु हुने गरेको छ । अध्ययनको उक्त तथ्याङ्क अनुसार सवारी दुर्घटनाका कारण प्रतिदिन नेपालमा औषतमा ५ जनाको मृत्यु र ३३ जना घाइते भईरहेका छन् ।

जनकपुरमा टूाफिक सप्ताह
पछिल्लो मधेस आन्दोलनका क्रममा टूाफिक नियमको पुरापुरी उल्लंघन भएको थियो । जनकपुरको सडकमा आन्दोलन अवधिभर टूाफिक प्रहरीको उपस्थिति थिएन । यहाँ सम्म की आन्दोलनका क्रममा टूाफिक चेकपोष्टहरु पनि जलाइए । जनक चौक स्थित दुईवटा, पिडारी चौक स्थित दुईवटा, शिव चौक र जानकी चौक स्थित क्रमशः एक एक वटा टूाफिक प्रहरीको विट समेत आन्दोलनकारीहरुले जलाए । भानु चौक देखि शिव चौकसम्मका नोपार्किङ र पार्किङका संकेत बोर्डहरुका साथै मुजेलियाको बाबा पेटूोल पम्प निर सडक दुर्घटना घटाउने उद्देश्यले राखिएका सेतो प्लास्टिकका डूमहरु पनि जलाइयो । जनकपुरका नागरिकहरुले आफै सौजन्य प्रदान गरी बनाइएका ती टूाफिक संकेतहरु पनि नष्ट गरियो । अर्थात जनकपुरमा टूाफिक सम्बन्धी अनुशासनमा व्यापक कमि देखिएपछि विस्तारै टूाफिक व्यवस्था पुनः पुरानो टूयाकमा हिँड्न थालेको छ ।

भद्रगोल भएको टूाफिक व्यवस्थालाई अझ प्रभावकारी रुपमा टूयाकमा ल्याउने उद्देश्यले जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा र नेपाल रेडक्रसले संयूक्त रुपमा २६ बैशाख २०७२ देखि १ जेष्ठ २०७३ सम्म दुर्घटना रहित समाजको सुनिश्चितता, आजको अपरिहार्यता नाराका साथ राष्टिूय टूाफिक सप्ताह सडक सुरक्षा सचेतना कार्यक्रमहरु आयोजन गरिएको छ । टूाफिक नियमको चर्चा घर घरमा गौरव गरौं, दुर्घटनाबाट बचौं र बचाऔं नाराका साथ जनकपुरका ३ हजार विद्यार्थीहरु बीच सडक सुरक्षा सम्बन्धि जनचेतना मुलक ¥याली, दुर्घटना स्थलमा घाइतेलाई सिधा अस्पताल पुर्याउने वा प्राथमिक उपचार गरी पठाउने विषयमा प्रशिक्षण, सडक सुरक्षामा नागरिक समाजको भुमिका विषयमा विद्यार्थीहरु बीच निवन्ध प्रतियोगिता गरिनुका साथ साथै सार्वजनिक सवारी साधनहरुमा करिब ३ सयवटा बसहरुमा महिला आरक्षणको स्टिकर टाँस्ने लगायतका विविध कार्यक्रमहरु गरिएको टूाफिक प्रहरी प्रमुख महत्तोले बताएका छन् ।

सवारी कारवाही र राजश्व
नेपालमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारवाही गर्न थालिएको ४ बर्षको अवधिमा मापसे गरी दुर्घटना गर्ने र दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या क्रमशः घटदै गएको एउटा अध्ययनले देखाएको छ । अनुसन्धान गर्ने एउटा संस्था फ्याक्टस नेपालका अनुसार २०६८ मंसिर १७ देखि २०७२ फागुन २५ सम्म अध्ययन गरिएको तथ्याङ्क अनुसार ६ सय ६१ वटा मापसेका कारण भएको सवारी दुर्घटनामा ६ सय ७ जना घाइते भएका छन् भने १७ जनाको मात्र मृत्यु भएको छ । त्यसैगरी उक्त अवधिमा नेपाल भरी कुल १ लाख ६३ हजार ५ सय ५४ मापसेको कारवाही गरिएमोमा १ लाख ६२ हजार ४ सय ७ जना पुरुष र १ हजार १ सय ४७ जना महिला परेका छन् । काठमाण्डौ उपत्यकाको दैनिक औषत टूाफिक कारवाही २ हजार २ सय ४ रहेकोमा औषतमा रु. ५ लाख २ हजार ५ राजश्व संकलन हुने गरेको छ । दैनिक औषत ७८ मापसे कारवाहीबाट दैनिक औषत ८१ हजार राजश्व असुल हुने गरेको छ ।

धनुषामा सवारी कारवाही र राजश्व
जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाले टूाफिक नियम उल्लंघन गरी चलाउने सवारी साधनहरुलाई कारवाही गर्ने गरेपनि टूाफिक नियम उल्लंघन हुने क्रममा सुधार देखिएको छैन । पछिल्लो ४ आर्थिक बर्षमा धनुषा टूाफिकले कुल ८७ हजार १ सय ६ थान नियम उल्लंघन गरी सवारी साधन चलाएको लाई कारवाही गरी कुल ३ करोड १४ लाख ९७ हजार ८ सय ५० रुपैयाँ राजश्व असुल गरेको छ । चालु आर्थिक बर्षको बैशाखसम्ममा १ सय १८ जनालाई मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको कसुरमा १ लाख १८ हजार रुपैयाँ राजश्व असुल गरेको छ । त्यसैगरी सवारी नियम उल्लंघन गरेको भन्दै १० हजार ८ सय ३५ सवारी साधन चालकलाई कारवाही गरी ४७ लाख ९४ हजार रुपैयाँ राजश्व असुल उपर गरेको छ ।

धनुषामा ट्राफिक जनशक्तिको अभाव
सवारी साधनहरुको चाप प्रत्येक बर्ष बढे पनि ट्राफिक जनशक्ति सोही अनुपातमा धनुषामा परिचालन नहुँदा धनुषामा ट्राफिक व्यवस्थापन भद्रगोल देखिन्छ । प्रहरी निरीक्षकको अगुवाईमा यस जिल्लामा ३६ जना ट्राफिक प्रहरीहरु परिचालित छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा एक प्रहरी निरीक्षक, एक प्रहरी नायव निरीक्षक, दुई प्रहरी सहायक निरीक्षक, ४ प्रहरी हवलदार, ९ प्रहरी जवान र १ प्रहरी परिचर गरी १६ जना परिचालित छन् । त्यसैगरी ढल्केवरमा ४, पोरताहामा १, मुलेलियामा १, महेन्द्रनगरमा २, जनकपुरको जानकी चौकमा ३, लालगढमा ३, रेल्वे पोष्टमा २, धनुषाधाममा १ जना ट्राफिक प्रहरी कर्मचारी मात्र परिचालित छन् । जनशक्ति अभावका कारण एउटा ट्राफिक प्रहरीले विहान ७ बजे देखि बेलुकी ९ बजेसम्म १४÷१४ घण्टा खटिनुपरेको ट्राफिक प्रहरीहरु बताउँछन् ।

२०७३ जेष्ठ ०२ गते आईतबार

लागु भयो ट्राफिकको नयाँ जरिवाना

सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि यातायात
 कार्यालय जनकपुरमा दिनहुँ घुँइचो लाग्ने गरेको छ ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
यदि तपाई टूाफिक नियमलाई बेवास्ता गर्दै जथाभावी उल्लंघन गर्नुहुन्छ भने अबदेखि सचेत हुनुहोला । सानो लापरवाही गर्दा दुर्घटनाको जोखिममा त पर्नु हुन्छ नै, टूाफिक प्रहरीको फन्दामा पर्नुभयो भने ठूलो जरिवाना रकम पनि तिर्नुपर्ने हुन्छ । १ जेष्ठ २०७३ देखि टूाफिक प्रहरीले लिने जरिवानामा भारी  वृद्धि भएको छ । शनिबारदेखि लागू भएको नयाँ ऐनअनुसार न्यूनतम जरीवाना २५ रुपैयाँबाट फाल हान्दै ५ सय पुगेको छ । सरकारले अब टूाफिक नियम उल्लंघन गर्नेबाट दह्रो राजश्व असुल्ने गरी ल्याएको नयाँ ऐन  कार्यान्वयन भएको हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा पच्चीस रुपैयाँ देखि २ सय रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था थियो । पहिलेको कानुनमा २५ रुपैयाँबाट जरीवाना सुरु हुन्थ्यो भने ५०, १०० र २०० हुँदै सबैभन्दा बढी १ हजार रुपैयाँसम्म थियो । नयाँ व्यवस्थामा तीन प्रकारका मात्रै जरिवानाहरु छन् । जसअनुसार न्युनतम ५ सय रुपैयाँदेखि १५ सयसम्म कायम गरिएको जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख समेत रहेका प्रहरी निरीक्षक ज्ञानकुमार महत्तोले जनाएका छन् ।
न्यूनतम जरीवाना हुने कसुर पनि दोस्रो र तेस्रोपटक दोर्होयाए क्रमशः १ हजार र १५ सय रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने नयाँ कानुनमा उल्लेख छ । यसभन्दा अघि सवारी साधनमा तोकिएकोभन्दा बढी मालसामान राखेमा, हेल्मेट नलगाई मोटरसाइकल चलाएमा, छतमा यात्रु बोकेमा २५ रुपैयाँ जरिवाना हुन्थ्यो । तर अब बढेर ५०० रुपैयाँ पुगेको छ ।
पहिलेको कानुनमा लाइसेन्सविना सवारीसाधन चलाएमा २०० सय रुपैयाँ जरिवाना हुने व्यवस्था भएकोमा अब १ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । मापसे गरेर सवारी चलाउनेको जरिवाना भने पुरानै अर्थात १ हजार नै कायम राखिएको छ । १५ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने कसुरहरु अत्यधिक छन् । टूाफिक इशारा वा संकेत पालना नगर्दा, एकतर्फीबाट सवारी चलाउँदा, मोड्न निषेध गरेको ठाउँबाट मोड्दा १५ सय जरिवाना तिर्नुपर्ने हुन्छ । यदि कुनै सार्वजनिक सवारी साधनले यात्रु बोक्न मानेन् वा तोकिएको भन्दा बढी भाडामा लिए पनि १५ सय जरिवाना तिर्नु पर्ने हुन्छ ।
५ सय रूपैयाँका जरिवाना हुने कसुरहरु
तोकिएको भन्दा बढी मालसामान राखेमा, सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएको, सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको, प्रयोजन बिपरीत सवारी चलाएको, हेल्मेट नलगाएको, सवारी आवागमनमा बाधा पुर्याएको, अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको र  छतमा यात्रु बोकेको वा राखेको पाइएमा टूाफिक प्रहरीले अब ५ सय रुपैयाँ जरिवाना काट्ने छन् ।
१ हजार रूपैयाँका जरिवाना हुने कसुरहरु
सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएको,  सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा,  दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुर्याएको वा सम्पर्कमा नआएको, मादक पदार्थ सेवन गरी सवारी चलाएको, सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा टूाफिक प्रहरीले अब १ हजार रुपैयाँ जरिवाना काट्ने छन् ।
१५ सय रूपैयाँसम्म जरिवाना हुने कसुरहरु
टूाफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएको, सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको,  सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको, सडकमा गलत साइड तर्फबाट सवारी चलाएको,  एकतर्फि सडकमा सो विपरित सवारी चलाएको, अवस्था ठीक नभएको सवारी चलाएको, निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएको, राती बत्ती नबाली सवारी चलाएको,  सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको, नम्बर प्लेट नराखी सवारी चलाएको, सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएको, पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको,  सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको, सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेको,  निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएको,  लापरवाहीका साथ सवारी चलाएको र  बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको कसुरमा टूाफिक प्रहरीले अब रु. १५ सय जरिवाना काट्ने छन् ।


२०७३ जेष्ठ ०२ गते आईतबार

अतिक्रमित जग्गामा बनाईएका घर टहरामाथि गुठीले फेरी डोजर चलाउने

गत बर्ष सार्वजनिक पोखरी अतिक्रमण गरी बनाइएका घरहरुलाई गुठी संस्थानले डोजर चलाई थालेको अतिक्रमण मुक्त
अभियानलाई फेरी निरन्तरता दिने भएको छ ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
गुठी संस्थानको स्वामित्वमा रहेको जग्गाहरु अनधिकृत रुपले अतिक्रमण गर्ने क्रम बढेपछि ति अतिक्रमित जग्गाहरुलाई अतिक्रमण मुक्त गर्ने गुठी संस्थान शाखा कार्यालय जनकपुरले निर्णय गरेको छ । २८ बैशाख २०७३ मा गुठीका अध्यक्ष लक्ष्मण राज ज्ञवाली, प्रशासक नारायण चौधरी, सह प्रशासक हेमराज सुवेदी, उपप्रशासक सरोज थपलिया, गुठी शाखा कार्यालय जनकपुरका प्रमुख नवराज पौडेल, धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाई, प्रहरी उपरीक्षक रामदत्त जोशी, सर्वपक्षिय राजनीतिक दल सम्मिलित सर्बपक्षिय वैठकबाट जनकपुरमा अतिक्रमण गरिएका स्थलहरुलाई अतिक्रमण मुक्त गराउने निर्णय गरिएको छ । गुठी संस्थान शाखा कार्यालय जनकपुरका प्रमुख नवराज पौडेलका अनुसार प्रथम चरणमा पोखरी र पोखरीको डिल तथा मठ मन्दिरको परिसरलाई अतिक्रमण मुक्त गराउन राजनीतिक दल लगायतको सहभागितामा अनुगमन तथा सहयोग समिति र गुठी जग्गा अतिक्रमण तथा व्यवस्थापन सम्बन्धमा स्थानीय प्रशासन समेत सहभागी हुने गरी सरकारी कार्यालयहरु खास गरी प्रहरी, नापी, गुठी संस्थान, मालपोत, उपमहानगरपालिका कार्यालयहरुको संयूक्त संरक्षण तथा अतिक्रमण व्यवस्थापन समिति गठन गरिनेछ । उक्त समितिले २०७३ सालको जेष्ठ महिनाको दोस्रो साता देखि अतिक्रमण गरिएका स्थलहरुमा सिमाङ्कन गर्नुका साथै अतिक्रमण मुक्त अभियान चलाइनेछ ।

यस अघि गत २० चैत्र २०७० मा गुठी संस्थानले गोरखा पत्रमा सार्वजनिक सूचना प्रकाशन गरी घर टहरा हटाउन ३५ दिनको म्याद समाप्त भएपछि स्थानीय पत्र पत्रिकामा समेत सूचना गर्नुका साथै अतिक्रमण मुक्त गर्ने क्षेत्रमा माइकिंग गरी घर टहरा हटाउन जानकारी गराएपनि घर टहरा खाली नभएपछि अतिक्रमण हटाउने अभियान नै ३० चैत्र २०७१ बाट गुठी संस्थान, जनकपुर नगरपालिका, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद र नापी कार्यालय धनुषाका अमिनद्वारा संयूक्त रुपमा सिमाङ्कन गरी पोखरीहरुलाई अतिक्रमण मुक्त गर्ने अभियान थालिएको थियो । उक्त अभियान अन्तरगत महराज सागरमा १५, तैलघृतसरमा ३८, मण्डन सरमा २८, दीर्घिकासरमा ४१, देवान पोखरीमा २६, कपाल मोचनीसरमा १४, पादप्रक्षालनसर (गोडधोइ) मा ४१, लक्ष्मणसरमा १४, रामसागरमा २७ र अंगराजसर (अरगज्जा पोखरी) मा २७ गरी कुल १० वटा पोखरीबाट २ सय ७१ थान अतिक्रमित घर टहरा हटाइएको थियो । विगतको उक्त अभियान रोकिएको भएपनि अब निरन्तरता दिइने गुठीले जनाएको छ ।
अतिक्रमणको अवस्था
गुठी संस्थान शाखा कार्यालय जनकपुरको सम्पति दिनन्दिन अतिक्रमणको चपेटामा पर्दै गएको छ । गुठी सम्पति माथि सचेत भनिएका नागरिक, सामाजिक, राजनीतिक कार्यकर्ता, समाजका ठालुहरु र उनीहरुको उक्साहटमा लागेका सर्वसाधारणबाट सघन रुपमा अतिक्रमण भएको छ । गुठी संस्थान, जनकपुर नगरपालिका, मठमन्दिरका महन्थहरु, मालपोत कार्यालय, प्रशासनिक निकाय र केही भु माफियाहरुको मिलेमतोमा गुठीको अरबौंको बहुमुल्य सम्पत्ति अतिक्रमण भएको पाइन्छ ।

२०६२ सालमा भोजराज घिमिरेको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलले जनकपुर नगरपालिका क्षेत्र भित्र रहेका १४ वटा राजगुठीको जग्गाको स्थलगत अध्ययन गरी लगत खोज्ने प्रयास गरेका थिए । त्यसबेला राजगुठीका जग्गाको साविक लगत अनुसार ४ हजार ६ सय १० विघा १६ का २ धुर लगतमा देखिएको थियो । त्यसमध्ये २ हजार ९ सय ७२ विघा ८ का ३ धुर २०६०÷०६१सम्म रैतान भैसकेको, बाँकी जिरायत जग्गा १ हजार ६ सय ३७ विघा १२ का १३ धुर मध्ये १ सय ७७ विघा १३ का १९ धुर (मोही कायम) गुठी अधिनस्थ कटाई बाँकी कायम हुनुपर्ने १ हजार ४ सय ५९ विघा १७ का १४ धुर जग्गा मध्ये दर्ता भएको ५ सय ४७ विघा ७ का ४ धुर र दर्ताको कारवाही वढाएको समेत गरी ७७ विघा ८ का २ धुर गरी जम्मा ६ सय २४ विघा १५ का ६ धुर जग्गा मात्र यकिन भएको थियो । ८ सय ३५ विघा जग्गा यकिन हुन बाँकी रहेको थियो । यकिन भएको जग्गा ६ सय २४ विघा १५ का ६ धुर मध्ये ४३ विघा ११ का ८ धुर जग्गा अतिक्रमण भएको,६३ विघा ९ का ९ धुर जग्गा सरकारी तथा अन्य संस्थाले उपयोग गरेकोले सो कटाई ५ सय १७ विघा १४ का ९ धुर जग्गा सुरक्षित देखिएकोमा जनकपुर नगरपालिका भित्र २ सय ५ विघा १८ का ७ धुर जग्गा मात्र परेको प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदनका अनुसार १२ वटा गुठीका ४० विघा जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरेको पाइयो । जानकी मन्दिर, राम मन्दिर, रत्नसागर, दुल्हा दुल्ही (बेलाकुट्टी) भगवान मन्दिरको २३ विघा १ धुर गुठी तैनाथी जग्गा विभिन्न ९ सय ९६ व्यक्तिले अतिक्रमण गरेको विवरण पेश गरिएको थियो ।

दुलहा दुलही बेलाकुट्टी भगवान मन्दिरको 
जग्गा अतिक्रमण गरी बनाइएको अवैध बस्ती ।
गुठीको जग्गामा अतिक्रमण गरी घर बनाएको, अतिक्रमण गरी खेती गरेको, अतिक्रमण गरी जग्गा आफ्नो जग्गामा घुसाई नाप नक्सा गराएको र गुठी अधिनस्थ एैलानी जग्गा पनि व्यक्तिको नाउँमा दर्ता गराई चार किसिमको अतिक्रमण पाइएको छ । सबैभन्दा वढी करिब ३० विघा राजगुठीका जग्गामा विभिन्न व्यक्तिहरुले गैरकानुनी तवरबाट २०६० सालसम्म घर बनाई बसोबास गरेको पाइएको थियो । २०४६ साल देखि २०६० साल सम्ममा ९० प्रतिशत भन्दा वढी नै अतिक्रमण देखिएको थियो ।
अतिक्रमण भई घर बनेका जग्गाको पनि दुई किसिमको प्रकृति देखियो । एउटा व्यक्ति विषेशले आफ्नो बाहुबल प्रयोग गरी अतिक्रमण गरेका छन् भने अर्को सम्बन्धित मन्दिरका महन्थले रुपैयाँ बुझि मन्दिरको गुठी तैनाथी जग्गामा कबुलियतको कागज लेखि घर बनाउन लगाएको देखिन्छ । उक्त प्रतिवेदन अनुसार पहिलो नम्बरमा राममन्दिर, लक्ष्मण मन्दिर, कुवा स्थान, कुवा मठ जस्ता मन्दिर आउँछन् भने दोस्रो नम्बरमा जानकी मन्दिर, रत्नसागर स्थान तथा दशरथ मन्दिर रहेको छ । 

राम मन्दिर, लक्ष्मण मन्दिरको करिब १० विघा जग्गा विभिन्न व्यक्तिहरुले अतिक्रमण गरी खेती गरी बाली लगाई एकलौटी खाएको छ भने आजसम्म गुठीले निजहरुबाट एक पैसा असुल गर्न सकेको छैन । राम मन्दिर, लक्ष्मण मन्दिर र कुवा मन्दिरको करिब ७ विघा जग्गा व्यक्ति विशेषले २०४२ साल देखि २०५१ सालसम्म भएको सहरी जग्गामा घुसाई नापी गराई जग्गा धनी प्रमाण पत्र पुर्जा लिएको पाइएको छ । त्यसैगरी २०४४ साल पौष मसान्त भन्दा पहिलेको मितिको मनखपको कागज तैयार गरी सम्बन्धित व्यक्तिलाई दिई सोही कागजको आधारमा जग्गा विक्री गरी अनाधिकृत तवरबाट महन्थहरुद्वारा गुठी तैनाथी जग्गामा घर बनाउन लगाइएको देखिन्छ । यो प्रक्रियाद्वारा जानकी मन्दिर, रत्नसागर तथा दशरथ मन्दिरका महन्थहरुले करिब १४ विघा जग्गामा घर बनाउन लगाएको घिमिरे कार्यदलको प्रतिवेदनमा उल्लेख छ । जसको मुल्य त्यसबेला प्रतिका ५ लाख देखि १५ लाखसम्म रहेकोबाट हाराहारी मुल्य ७ लाख मात्र पनि कायम गर्दा गुठीको २० करोड भन्दा वढीको सम्पति हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ । गुठी तैनाथी जग्गा जानकी मन्दिरको नाममा दर्ता रहेको बेंगाशिवपुरमा करिब ३२ विघा दश वर्ष देखि बाँझो पर्ति रहन गएको कारण अति उब्जा हुने उक्त जग्गा आवाद नहुँदा जानकी मन्दिरले प्रतिवर्ष कम्तिमा पनि १ हजार मन धान प्राप्त गर्न सकेको छैन । त्यसैगरी गुठी तैनाथी १५ सय विघा भित्र परेका जग्गामा पनि २०२६ सालको सर्वेनापीमा फिल्ड बुकमा  सोही महलमा नाम उल्लेख भएको र सोही आधारमा सहरी नापी हुँदा पनि मोही लेखिएकोमा मोही लाग्न नसक्ने जग्गामा पनि मोही लागेको, मोही लगाएको र मोही लगत कट्टा गराउने तर्फ आवश्यक कारवाही गरिएको छैन ।
दुलहा दुलही बेलाकुट्टी भगवान मन्दिरको जग्गा अतिक्रमण
गरी एमाओवादीका सांसद प्रतिक्षा तिवारीले बनाएको घर ।
दाताका कृतिको रुपमा रहेका मठ घर, सत्तल, प्राङगण जस्ता ठाउँमा विद्यालय, स्थास्थ्य चौकी, गाविस भवन, प्रहरी चौकी, क्लबहरु, एनजिओहरु, खानेपानीको टयाङकी, विद्युतको स्टेशनहरु, हाटबजार, कृषिउपज, विक्री केन्द्रहरुले आफु खुशी प्रयोग गर्ने प्रवृति रहेको छ । स्थानीय समाजको आवश्यकता स्वास्थ्य, शिक्षा र सुरक्षा निकायहरुलाई सोही समाजको अगुवाईमा गुठी तैनाथी जग्गामा स्थापित गराउने प्रचलन व्यापक रुपमा रहेको छ । भाडामा लगाउने प्रयोजनमा बनेका÷रहेका घरहरुमा न्युनत्तम सुविधा नरहेको र घरहरु जिर्ण अवस्थाका र समयमा मर्मत गर्न नसकिएबाट असुरक्षित बनेका छन् भने तिनै विषयलाई निहु बनाएर अत्यन्त न्युन भाडाग दर कायम गराउने र सो भाडा पनि सकेसम्म नतिर्ने र सितैमा उपभोग गर्ने प्रवृति देखिन्छ ।
 गुठी तैनाथी मौजाका जग्गा स्थानीयले टुक्रा टुक्रामा बाँडेर भोग गर्ने गरेकाले ठेक्का पनि नलाग्ने र स्वयं कमाउनेले नतिरी सित्तैमा खाने प्रवृति लिएका र असुल गर्ने औपचारिक आधार नभएकाले गुठीको प्रयासमा १६ आना मध्ये चार आना पनि असुल हुन सकेको छैन । सहरी क्षेत्रमा रहेका गुठी तैनाथी जग्गामा गैरकानुनी ढंगले मठाधिशहरुको सहयोग र संलग्नतामा व्यापक रुपमा घर निर्माण गरी अतिक्रमण भएको छ । जनकपुरमा मात्र करिब एक हजार भन्दा वढी घर त्यसरी बनेको अनुमान छ र यो क्रम अझै रोकिएको छैन । गुठी तैनाथी जग्गा अतिक्रमण गराउने मठाधिशहरुलाई कारवाही गर्ने गरिएको छैन र गर्न पनि सकिएको छैन । जसकारण उनीहरुको मनोबल बढेको बढ्यै छ ।

स्थानीय विद्यालयको स्वीकृति, अपग्रेटिङको इजाजत जस्ता कार्यमा विद्यालयको नामको अचल सम्पति आवश्यक पर्ने र त्यस प्रयोजनका लागि स्थानीय गुठी तैनाथी जग्गा, पोखरी, बगैचा कब्जा गरी आयस्थालीले, त्यस्ता सम्पत्ति विद्यालयका नाममा दर्ता गर्ने, दर्ता गर्न प्रयास गर्ने, हक भोगको बनावटी दिवार खडा गरी अदालतमा मुद्दा गर्ने र धेरै जसो अवस्थामा अदालतबाट गुठी संस्थानका विपक्षमा निर्णय भएका कारण अचल गुठी सम्पति दिनानुदिन ह्रास भइरहेको छ । यदाकदा ठेक्का लागेका जग्गाका ठेकेदारहरुबाट समेत सकार ठेक नबुझाउने, गुठीको कार्यालयले समेत ताकेता नगर्ने, नबुझाउने व्यक्ति वा ठेकेदारलाई राजनीतिक संरक्षण हुने मात्र होइन बल्की परोक्क्ष रुपमा त्यस्ता ठेक प्रकृयामा उनीहरुनै संलग्न हुने हुँदा स्थानीय प्रशासन पनि प्रभावित हुने गरेको छ । स्थानीय प्रशासन प्रभावित हुने हुँदा रकम असुल गर्न नसकिने अवस्था विद्यमान छ भने विगत २०३५ साल देखिका ठेकहरु नबुझाउनेहरुलाई जेथा निलाम पनि गर्न सकिएको छैन । मठमा काम गर्ने मठाधिश र अन्य कामदारको औचित्यको आधारमा दरबन्दी बनेको छैन र कानुनी व्यवस्था अनुसार आवधिक न्युक्ति पनि लिने दिने प्रचलन देखिएको छैन । अमानति गुठीका कामदारहरुको तलब एक दम न्युन छ तर तिनै कामदारको पहुँच मन्दिरको भेटिघाटीसम्म पुगेको छ । मन्दिरको भोगबाट आफु र आफ्ना केही सम्पतिसमेतलाई खाने र मन्दिरमा बस्ने व्यवस्था समेतका फाइदा पुगेको छ । केही मठहरुलाई भोग राजका लागि भनि जग्गा प्रचलन गर्न दिने साविकको प्रचलनले एक तर्फ अप्रत्यक्ष जग्गा बेचि घर बनाउन लगाई अतिक्रमण गराएका छन भने अर्को तर्फ सोको अवस्थाको हिसाव किताव गुठी संस्थासँग पनि पाइन्न । भेटीघाटी संकलनको कुनै मापदण्ड पनि बनाउन सकिएको छैन ।

२०५४ सालमा गुठी कार्यालय अन्तरगतका २९ जना मोही निस्काशन कार्य भएकोमा ती जग्गाहरु निस्काशित मोही बाटै हालसम्म भोगचलन गरी आज परयन्त सोरै जना खाइरहेका छन् । यतिका वर्ष वितिसक्दा पनि ती जग्गाबाट ती व्यक्तिहरुलाई बेदखल गराउने र जग्गाको अन्य व्यवस्थ ागर्ने कार्य कसैले गरेको देखिँदैन । गुठी सम्पत्ति माथि अतिक्रमणको मात्रा दिन प्रति दिन सघन रुपमा बढ्दै गएको छ । यसको कारक तत्व राजनैतिक दलका केही कार्यकर्ताहरुको साहस मानिसहरुको मनोवृति र स्थानीय प्रहरी प्रशासनको निष्कृयता एवम स्वयं गुठी संस्थानको अकर्मनेता नै मुख्य कारण रहेको छन् । विशेष गरी २०४६ साल पछाडी यस प्रकारको अतिक्रमण भएको र करिब २५ वर्षसम्म अतिक्रमण कारीका विरुद्धमा कुनै प्रकारको शक्ति अपनाउन नसकिएकाले उनीहरुले आफुलाई स्थापित भइसकेको मान्यता समेत राखेको पाइन्छ ।

ती निर्मित संरचना भत्काउन गुठी संस्थान सकारात्मक देखिएको छैन । गाउँ देहात क्षेत्रका गुठी तैनाथी जग्गा र पोखरीमा विशेष गरी सरकारी स्कुल, प्रहरी चौकी, स्थास्थ्य चौकी, गाविस र क्लबहरुले कब्जा गर्ने, भवन बनाउने, बगैंचा , हाटबजार र पोखरी ठेक्का लगाई सो को आयस्था लिने प्रकारका अतिक्रमण देखिएका छन् । केही ठाउँमा स्थानीय गाउँलेहरुले घरद्वार बनाई बसेका छन् । ती घरहरु हटाउने वा नियन्त्रण गर्ने वा अन्य तरिकाले व्यवस्थित गर्ने कार्य गुठी संस्थानले गरेको पाइन्न । गुठी संस्थान शाखा कार्यालय जनकपुरमा साविकमा महत्वपुर्ण लगत श्रेस्ता र मिसिल कागजहरु समेत जथाभावी फालिएको तथा अस्तव्यस्थ रहेको पाइन्छ । कुनै पनि कागज खोज्न जाँदा तत्काल केही फेला नपर्ने र कर्मचारीहरु अदल बदल हुँदा बरबुझारत गर्ने परम्परा पनि पाइन्न । गुठी संस्थानसँग विगतका वर्षहरुमा सम्झौताका माध्यमबाट जग्गा प्राप्त गरेका संघसंस्थाहरुले सम्झौता विपरित अन्य कार्य गरेको पाइन्छ । ती जग्गाबाट व्यापारिक, भाडा भरौत आदिमा लगाई आम्दानी प्राप्त गर्ने गरेको पाइन्छ । केही संस्थाले जुन प्रयोजनका लागि जग्गा लिएको हो सो काम २० वर्ष वितिसक्दा पनि प्रयोग नगरिएको जस्ता विसंगतिहरु पनि देखिएका छन् ।

गुठी संस्थान कार्यालय अन्तरगत छुट र अमानत गरी २३ वटा गुठी मठहरु संचालित छन् । गुठीमा हालको कानुनी वर्गिकरण अनुसार गुठी अधिनस्थ (मोही लाग्ने प्रकृति) गुठी तैनाथी (मोही नलाग्ने प्रकृतिको) गुठी रैतान नम्बरी (रैकर जग्गा सरहको कानुनी हैसियत राख्ने र गुठी नम्बरी गरी चार प्रकृतिका जग्गा जमिनहरु पाइन्छन् । यस कार्यालय अन्तरगत अमानतमा जनकपुरको राम मन्दिर, लक्ष्मण मन्दिर गुठी, बराही कुटी, कपिलेश्वर स्थान, कुपेश्वरनाथ मठ (कुवा), हनुमाननगर स्थान गुठी, रानीपाटी तोत्रादि मठ, रत्नसागर मठ, विरही कुटी, गिरनारी कुटी, विरख कुटी र राधाकृष्ण भगवान विरपुर कुटी पर्दछन । त्यसैगरी अमानतमा सुगा मधुकरही स्थान, तरही स्थान मठ, झोझीकटैया स्थान, कुमरौरा भगवती र बेलाकुटी पर्दछन् । छुट गुठी अन्तरगत जानकी मन्दिर, इटहर्वा स्थान मठ, सिताकुण्ड, धनौजी मठ, सुब्बा कुटी धनुषाधाम र भोयल मठ पर्दछन् । यस कार्यालय अन्तरगत ४९ वटा सार्वजनिक पोखरीहरु, २१ वटा नीजि पोखरीहरु पर्दछन् । 

सार्वजनिक पोखरीहरु दिर्धिकाअसर (दधिसागर वा दिधियासर) , चन्द्रकुप देवान पोखरी , मुरलीसर, गंगासागर, धनुषसागर, रामसागर, विषहरासर, पुरन्दरसर, पातपक्षालनसर (गोरधोई पोखरी), लब्की पोखरी, दशरथ तलाउ (महराज सागर) कपाल मोचनी सर, मध्यमासर, अग्नीकुण्ड, प्रेम सरोबर (अनुराग), सिताकुण्ड, विहारकुण्ड, अंगराजसर (अरगज्जा), लक्ष्मणसर (बलरामसर), विघनहारिनी सर (विष्हरा), धुतपापसर, जोगी झा पोखरी, लब्की पोखरी, गामक पोखरी, छत्रधारिनीसर, गोपालसर(गोपालजी पोखरी) गुणमतिसर(गेनाही पोखरी), लब्की पोखरी, मणिमण्डप पोखरी, परिक्षणकुण्ड, सेवामन्तक कुण्ड, ठाढी पोेखरी, गेन्ही पोखरी, नथुसागर, लब्की पोखरी, रत्नसागर, विडालसर, रुकिमनीसर, पाकवत्तिसर, भृगुसर, तैलधृतिकासर( तेल्हा) पापमोचिनीसर, गुलधै पोखरी, मण्डनसर(मरहा), पुर्णसागर (पुरनीपोखरी) , सुब्बा पोखरी, सिंगरहिया पोखरी, चिताही पोखरी, महन्थ पोखरी, कमलाकुण्ड र बालमिकीसर (चौधरी पोखरी) छन् । जनक सरोबर, अमृत कुण्ड, गोपालसर, पयसिवनिसर, र बलदेव सर गरी पाँच वटा सार्वजनिक पोखरी विलुप्त भइसकेका छन् ।

२०७१ साल बैशाख १२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयूक्त केशव प्रसाद बगलको उपस्थितिमा बसेको बैठकबाट जनकपुर क्षेत्रमा रहेका रत्न सागर एवम जानकी मन्दिर र अन्य गुठी जग्गा तथा मठ मन्दिरको अतिक्रमण तथा हानी नोक्सानी रोक्ने, अब आइन्दा त्यसरी अतिक्रमण हुन नदिने व्यवस्था मिलाउन ५ जेष्ठ २०७१ भित्र गुठी संस्थानले कार्य योजना बनाई भुमिसुधार तथा व्यवस्था मन्त्रालयमा पेश गरी कार्यान्वयनमा जाने, यसमा भुमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिवले समन्वयकारी तथा नेतृत्वदायी भुमिका निर्वाह गर्ने भन्ने निर्णय गरिएको थियो ।

गुठीको प्रतिवेदन
जगत जननी जानकीको जन्म भुमि पावन क्षेत्र जनकपुर पुर्णतया गुठी जग्गा भएको नगरपालिका हो । यसको वडा नम्बर १५ बाहेक सबै वडामा गुठी जग्गा मात्र रहेको छ । विगतमा भएको सशस्त्र द्वन्द्व (जनयूद्ध) र मधेस आन्दोलन समेतले ग्रामिण क्षेत्रबाट सहरी क्षेत्र तर्फ बसाई सर्ने क्रम तिब्र रुपमा बढ्यो । यसरी गाउँबाट सहरमा आउँदा केही टाठाबाठा भु माफियाले संयुक्त रुपमा गुठी जग्गामा बसोवास गर्ने, गराउने कार्य गरी यसलाई रोक्ने तर्फ मठका महन्थ, पुजारी जस्ता कामदारबाट कुनै खासै पहल भएन । गुठी कार्यालयले अतिक्रमण रोकिदिन स्थानीय प्रशासन, प्रहरीबाट नियमित शान्ति र सुरक्षामा ठुलो जनशक्ति खर्चनु परेको हुँदा यस कार्यमा सहयोग गर्न कठिनाई भएकोले सशक्त रुपमा कारवाही गर्न कठिन भएको छ । यी कार्यमा सहयोगको लागि गुठी संस्थानले भुमिसुधार तथा व्यवस्था मन्त्रालय, गृह मन्त्रालय समेतमा पटक पटक अनुरोध गर्दै आएको छ । 

यसै क्रममा १४ पुष २०६७ मा प्रधानमन्त्रीको उपस्थितिमा भुमिसुधार तथा व्यवस्था मन्त्री, मुख्य सचिव, भुमिसुधार तथा व्यवस्था कार्यालय, गृहमन्त्रालयका सचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक समेतको बैठक बसी निम्न बमोजिम निर्णय भएको छ । काठमाण्डौ र जनकपुरमा गुठी जग्गाको अतिक्रमण हटाउने र राज गुठी छुट गुठीको स्थानीय स्तरको समस्या समाधानको लागि काठमाण्डौ र जनकपुरमा भुमिसुधार तथा व्यवस्था मन्त्रीले राजनीतिक दलहरुसँग छलफल अगाडी वढाउने ।

गुठी सम्पति अतिक्रमण रोक्ने र आर्थिक बर्ष २०६२÷०६३ मा भोजराज घिमिरेको प्रतिवेदन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जनकपुर गुठी सम्बन्धमा दिएको निर्देशन कार्यान्वयन गर्ने । कानुनी प्रक्रिया विपरित गुठीका जग्गा, मठ मन्दिर, पोखरीका डिल, पोखरी भित्र अतिक्रमण गरी बनाएका घर टहरा हटाउने कार्यलाई दु्रतगतिले अगाडी बढाउने र यस कार्यका लागि सुरक्षा संयन्त्र समन्वयात्मक ढंगले परिचालन गर्ने ।

१९ माघ २०६७ मा प्रधानमन्त्रीको उपस्थितिमा मन्त्रीपरिषदको कार्यालयमा बैठक बसी अतिक्रमण सम्बन्धमा निम्नानुसारको निर्णयहरु भयो ।

जानकी मन्दिर, मटिहानी मठ, विरख कुट्टी, रत्नसागर वरिपरीको जग्गा पहिलो प्राथमिकतामा राखि अतिक्रमण हटाउने । उपर्यूक्त कार्य सम्पन्न भए लगत्तै मठ मन्दिर, पोखरी, पोखरीको डिल, बगैचा, आदि गुठी तैनाथी जग्गामा अनाधिकृत रुपमा बनाएका घर टहरा तथा संरचना भत्काउने । उपर्यक्त कार्यका लागि सम्पुर्ण सुरक्षा व्यवस्था मिलाउने । गुठीका सबै सम्पति तथा जग्गाको रेखाङ्कन नाप नक्सा गरी लगत अध्यावधिक गर्ने र अतिक्रमण रोकि सम्पति संरक्षण गर्ने । उक्त निर्णयहरु कार्यान्वयन गर्ने शिलशिलामा भुमिसुधार व्यवस्था मन्त्रालयको उपसचिव हरिबखतिको संयोजकत्वमा गुठी संस्थानका उपप्रशासक र प्रमुख मालपोत अधिकृत कार्यालय धनुषा समेत सदस्य रहेको २१ पुष २०६७ मा टोली गठन गरेको थियो । उक्त टोलीले भुमिसुधार तथा व्यवस्था मन्त्रालयमा प्रतिवेदन समेत बुझाईसकेको छ ।

गुठी संस्थान शाखा कार्यालय धनुषाले हालै अध्ययन गरेको प्रतिवेदन अनुसार छिमेकीले मिचेको, च्यापेको २३ थान, घर बनाएको ७ सय ४१ थान, घेरवेर गरेको ६५ थान, शौचालय बनाएको ६ थान, नर्सरी संचालन गरेको २ थान, मन्दिर मुर्ती समेत बनाएको १२ थान, धर्मशाला निर्माण गरेको ३ थान, चौतारा निर्माण गरेको १ थान, विद्यालयले अतिक्रमण गरेको १ थान र अन्य ४२ गरी ८ सय ९९ प्रकृतिका अतिक्रमणको स्वरुप पाएको छ । जनकपुर नगरपालिका क्षेत्र भित्र विभिन्न गुठीका ३ सय ४६ विघा ९ कठ्ठा तथा ३२७३०.१३ बर्ग मिटर गुठी तैनाथी जग्गा रहेका मध्ये १ सय ५१ विघा १७ कठ्ठा ९ धुर ३ कनमा जग्गा सरकारी कार्यालयले प्रयोग गरेका छन् । गुठी तैनाथी जग्गा मध्ये ४० विघा जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरेको पाइएको छ ।


२०७३ जेष्ठ ०२ गते आईतबार