Tuesday, July 5, 2016

अजब–गजब छ बा ! सुदर्शन सिंह


यो नयाँ सोंचले हावादारी प्रधानमन्त्रीबाट अविष्कारी प्र.म. बन्नबाट कसले रोक्ला या हु !


२०७३ आषाढ १९ गते आईतबार

जघन्य अपराधको मामिलामा नेपालकै सबैभन्दा क्रुर अपराधि बुढाथोकीको अपराध कथा


प्रेम भन्ने मानबहादुर बुढाथोकी ।
अजय अनुरागी
जनकपुरधाम............
प्रेम भन्ने मानबहादुर बुढाथोकी नेपालकै सबैभन्दा कु्रर अपराधी रहेको सिआईबि प्रमुख नवराज सिलवालले दावी गरेका छन् । महिलाहरुलाई बलात्कार गर्ने, बलात्कार गरिसकेपछि घाँटी थिची हत्या गर्ने र हत्या गरिसकेपछि लाशलाई पनि बलात्कार गर्ने बुढाथोकी नेपालको जघन्य अपराधमा सबैभन्दा कु्रर अपराधी रहेको दावी गरेका छन् । २० बर्ष देखि फरार रहेको बुढाथोकीलाई भारतबाट पक्राउ गरेर ल्याएको दावी गर्ने सिआईबिको दावीलाई द एक्सक्लुसिभले च्यालेन्ज गरेको छ । किनभने अदालतबाट भएका फैसलाहरु र फैसलामा उल्लेख भएका तथ्य अनुसार बुढाथोकी सर्वस्व सहित जन्मकैद सजाय भुक्तानका लागि उनी अझै पनि कारागारमै किन पनि हुनुपर्छ भने जन्मकैद सजाय भएका बेला उनी पहिले देखि नै जलेश्वर कारागारमा पुर्पक्षका लागि थुनामा थिए । 

प्रेम भन्ने मानवहादुर बुढाथोकी अदालतबाट सर्वस्व सहित जन्मकैद चलान गरिएका छन् । तर, उनी कारागारमा छन्
वा छैनन भन्ने विषयमा धनुषा जिल्लाअदालतको लगत फाँटमा
पनि अभिलेख भेटाउन सकिएन ।
के हो सत्य तथ्य ?
बारा जिल्लाको डुमरवाना ६ स्थाई घर भई धनुषाको ढल्केबजारमा एक होटेलमा काम गरि बस्दै आएका प्रेम भन्ने मानबहादुर बुढाथोकी अहिले जवरजस्ती करनी तथा कर्तव्य ज्यान मुद्दामा जलेश्वर कारागारमा पुर्पक्षमा थुनिएका छन् । ११ अषाढ २०५३ मा दिनको अन्दाजी १२ः३० बजेको समयमा महोत्तरी जिल्लाको बर्दिवास भन्दा पश्चिम तर्फ माईस्थान गाविस वडा नम्बर ३ अवस्थित जंगलमा एक जना अन्दाजी १७÷१८ बर्षकी लाटी केटीलाई घाँटी थिचि करनी गर्न लाग्दा मान्छे आउने डरले दुवै हातले घाँटी थिचि मारि छाडेको अभियोगमा महोत्तरी जिल्ला अदालत जलेश्वरले ८ अषाढ २०७३ मा मुद्दाको पुर्पक्षको लागि जलेश्वर कारागारमा पठाइएको छ । करिब २० बर्ष देखि फरार रहेको प्रतिवादीलाई प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबि)को पहलमा पक्राउ गरी ७ अषाढ २०७३ मा इलाका प्रहरी कार्यालय बर्दिवासमा बुझाइएको थियो ।
सिआईबीले जारी गरेको प्रेस विज्ञप्तीमा तथा नेपाल प्रहरीको आधिकारिक फेसबुक वालमा समेत नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले २० बर्ष देखि फरार रहेको बलात्कार गरि हत्या गर्ने सिरियल किलरलाई पक्राउ गरेको उल्लेख छ । पक्राउ पर्नेमा जिल्ला बारा डुमरवाना गाविस (६, खोरगाँउ घर भई भारत स्थित नयाँ दिल्लीको नोयडामा लुकीछिपी बस्दै आएका, भिम बहादुर बुढाथोकीको छोरा बर्ष ५० को प्रेम भन्ने मान बहादुर बुढाथोकी रहेको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।
महोत्तरी बर्दीबास गा.बि.स.१ बस्ने बर्ष २० की शारीरिक रुपमा असक्त महिला गाईबस्तु चराउन भनी घरदेखी नजिकैको जंगलमा गएकोमा साँझ सम्म पनि घर नफर्केकोले खोजतलाश गर्दा भोलीपल्ट जि. महोत्तरी, माईस्थान गा.बि.स.(३ स्थित महेन्द्र राजमार्ग देखि दक्षिण सागरनाथ वन बिकास परीयोजनाको जंगलमा जबरजस्ती करणी गरी उनिको धागोले बुनेको पछ्यौराले घाँटी बाँधी मारेको अबस्थामा फेला परेको र उक्त घटना अनुसन्धानको क्रममा प्रेम भन्ने मान बहादुर बुढाथोकी संलग्न रहेको भन्ने खुल्न आएको सिआईबिले जनाएको छ । साथै बुढाथोकीले २०५२ र २०५३ सालको बिभिन्न मिति र समयमा धनुषा र महोत्तरी जिल्लाका बिभिन्न स्थानहरुमा ६ जना महिलाहरुलाई जबरजस्ती करणी गरी कर्तव्य गरी मारेको समेत अनुसन्धानबाट खुल्न आएको सिआईबिले जनाएको छ ।
२०५२साल फागुन २४ गते धनुषाको बेगाडाबर गा.बि.स. बडहरी बजारबाट जमुना गाउँतर्फ जान लाग्दा बाटो बीचको चौरीमा सांझ ७ बजे तिर, माईति घर बाट आउदै गरेकी स्थानिय एक महिलालाई जबरजस्ती करणी पश्चात घांटी थिची हत्या गरेको ।
एक्सक्लुसिभ खोज

सिआईबिले पक्राउ गरेर महोत्तरी प्रहरीलाई बुझाएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा रहेका
बेला हथकडीमा मानवहादुर बुढाथोकी ।
 २०५२ साल चैत्र २३ गते अन्दाजी ३ र ४ बजे तिर धनुषा जिल्लाको ढल्केवर देखि उत्तर तर्फ दमार जंगलबाट ढल्केवर जाने गोरेटो नजिकै निलो चोली, बुट्टा भएको कुर्था र कलेजी रङको सल लगाएको बाख्रा लिएर आएकी १७ बर्षीया स्थानिय एक किशोरिलाई करणी गर्ने मनसायले समातेर जंगल तर्फ लैजादै गर्दा मानिस बोलेको जस्तो लागी करणी गर्न नसकी घांटी थिची हत्या गरेकोमा चैत्र २६ गते मात्र शव फेला पारी आवश्यक कानूनी प्रक्रिया पुरा गरिएको ।
२०५३ साल जेष्ठ ६ गते दिउसो अन्दाजी ३ र ४ बजेको समयमा धनुषा जिल्लाको ढल्केवर देखि पूर्व तर्फ रहेको जंगलमा बाख्रा चराएर आउदै गरेको, कालो रङको हाफ ब्लाउज, गुलावी पहेलो रङको साडी र दुवै हातमा चांदीको बाला, नाकमा फुली लगाएकी, बर्ष ६१ की स्थानिय महिलालाई गोरेटो देखि पश्चिम तर्फ घिसार्दै लगि घांटी थिची मारे पछि सेतो रङको गम्छाले घांटी बांधी छाडी दिएको ।
२०५३ साल असार महिनाको अन्ततिर शनिबारको दिन महोत्तरी जिल्लाको बर्दिबासबाट पश्चिम तर्फ बनपाले अफिस निर जंगलमा पात टिप्न लागेकी २५ र २६ बर्षकी महिलालाई जबरजस्ती समातेर लगी जंगलमा भएको ढुगांमा टाउको ठोक्काउँदा कन्चटबाट रगत बगेर हलचल गर्न छाडेपछि त्यही ठाउमा छाडी भागेको ।
२०५३ साल श्रावण महिना अन्दाजी २० र २१ गते विहान ११ बजे धनुषा जिल्लाको लालगढ बजार तर्फ रहेको जंगल हँुदै च्यान डांडा तल रहेको सयपत्री खोलामा एक्लै बाख्रा चराईरहेकी हातमा हसिया, छेउमा चप्पल र सालको पात समेत राखेर बसेकी साडी र चोलो लगाएकी महिलालाई घास काट्न भनी हसिया मागी लिई खोला किनार तिर फालिदिई निज महिलालाई घांटी थिची खोलाको बीचमा भएको ढिस्कोको दक्षिण तर्फ लगि जबरजस्ती करणी पश्चात घांटी थिची हत्या गरी निजको साथमा रहेको हरियो रङको गम्छाले घांटीमा २ फन्को बेरेर छाडी दिएको ।
२०५३ साल असार ९गते महोत्तरी जिल्लाको बर्दिबास भन्दा पश्चिम तर्फ रहेको जंगलमा गुलाबी रङको फ्रक, निलो ब्लाउज लगाएकी, बर्ष २० की शारीरिक रुपमा असक्त महिलालाई घाटी थिची करणी गर्न लाग्दा मान्छे आउने डरले दुवै हातले घांटी थिची मारी छाडेको। शव अषाढ १० गते फेला पारिएको ।
यी लगायत अन्य ३२ बटा सोहि प्रकृतीबाट जबर्जस्ती करणीका घटनाहरु घटाई फरार रहेको भनी निजले स्वीकार गरेकोले सो सम्बन्धमा यस केन्द्रीय अनुसन्धान व्यूरोले थप अनुसन्धान गर्दै रहेको सिआईबिद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
के हो बास्तविक्ता ?
२०५४ साल अषाढ १० गते धनुषा जिल्ला अदालतका न्यायाधीश दिपक कुमार कार्कीको इजलासले जवरजस्ती करनी पछि हत्या गरेको अलग अलग ४ वटा मुद्दाहरुमा अभियूक्त बनाई प्रेम भन्ने मानबहादुर बुढाथोकीलाई धनुषा प्रहरीले उपस्थित    गराएको थियो । दुईवटा मुद्दाहरुमा प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको  साविती बयानको आधारमा मात्र कसुरदार ठहरयाउन नमिल्ने हुँदा अभियोग दावी बमोजिक प्रतिवादी प्रेम भन्ने मानबहादुर बुढाथोकीले जवरजस्ती  करणी गरी मृतक दुई महिलाको ज्यान मारेको    हुने तथ्य यूक्त सबुद प्रमाण नदेखिँदा अभियोग  दावी बमोजिम कर्तव्य गरी ज्यान मारेको ठहर्दैन, सफाई पाउने ठहर्छ भन्दै न्यायाधीश कार्कीको  इजलासले १० अषाढ २०५४ मा बुढाथोकीलाई   सफाई दिएका थिए ।
 न्यायाधीश कार्कीकै इजलासमा प्रस्तुत गरिएको अन्य दुईवटा मुद्दाहरुमा सोही दिन सोही इजलासबाट अभियूक्त बुढाथोकीलाई कसुरवार ठहर गर्दै सर्बस्व सहित जन्मकैदको फैसला गरिएको थियो । अधिकार प्राप्त अधिकारी र धनुषा जिल्ला अदालतमा समेत दुई जना महिलालाई मारेको हुँ भनि कसुर गरेमा सावित भई बयान गरेको, पोष्टमार्टम तथा लाश जाँच प्रवृति मुचुल्का समेतबाट ती महिलाहरुको हत्या गरेको, साक्षी समेत अदालतमा उपस्थित भई बक पत्र गरेको हुनाले बुढाथोकीले यी दुई महिलाको कर्तव्य गरी ज्यान मारेको ठहर्छ भन्दै बुढाथोकीलाई सर्बस्व सहित जन्मकैदको सजाय फैसला गरिएको थियो । फैसला हुनुभन्दा अघि प्रहरीले बुढाथोकीलाई पक्राउ गरि अदालतमा उपस्थित गराउँदा अदालतले थुनछेक मुद्दामा जलेश्वर कारागारमा पठाएको पाइन्छ । फैसला हुँदा समेत २ असोज २०५३ देखि प्रतिवादी प्रहरी हिरासतमा रहि मुद्दा पुर्पक्षको लागि कारागार शाखा जलेश्वरमा थुनामा रहेको फैसलामा उल्लेख छ ।
थुनामा रहेका बुढाथोकी कसरी भए फरार ?
पुनरावेदन अदालत जनकपुर र सर्बोच्च अदालतले पनि धनुषा जिल्ला अदालतबाट गरिएको सर्वस्व सहित जन्मकैदको फैसलालाई नै सदर गरेको पाइन्छ । यसरी हेर्ने हो भने ती प्रेम भन्ने मानबहादुर बुढाथोकी एकातर्फ मुद्दा पुर्पक्षका क्रममा जलेश्वर कारागारमा थुनामै हुँदा सर्बस्व सहित जन्मकैदको फैसला भएपछि उनी जेलमै रहनु पर्ने हो । अब प्रश्न के उठ्छ भने उनी फरार कहिले र कसरी भए ? सिआईबिले २० बर्ष देखि फरार रहेको अभियूक्तलाई पक्राउ  गरी इलाका प्रहरी कार्यालय बर्दिवासलाई बुझाइएको भन्नुले धेरै प्रश्नहरु उठनु स्वाभाविक हो । के उनी जेल गएकै थिएनन् ?, जेल जाँदा अदालतले दुईवटा अलग मुद्दामा सफाई पाईसकेपछि सर्वस्व सहित जन्मकैदको अर्को फैसलाको पत्र ढिलो पठाई उनलाई रिहा गर्न मद्दत गरेको हो ?, जेल तोडेर फरार भएको हो ?, अस्पतालमा उपचारका क्रममा लगिएको बेला फरार भएको हो ?, एउटा जेलबाट अर्को जेल सिफ्ट गर्दा फरार भएको हो ?, जलेश्वर जेलबाट वा काठमाण्डौको कारागारबाट फरार भएको हो ? यी सबै प्रश्नहरुको जगमा नेपाल प्रहरीले अनुसन्धान किन पनि गर्नु जरुरी छ भने जेलमा पहिले देखि नै थुनमा रहेका  व्यक्ति फरार कसरी हुन सक्छ ? फरार यदि भएकै हो भने कहिले र कहाँबाट फरार भएको हो ?, फरार हुँदा कसको गल्ती र जिम्मेवारी देखिन्छ, त्यस अनुरुप ती व्यक्तिलाई पनि कारवाही हुनुपर्ने हो वा होइन भन्ने कुरामा नेपाल प्रहरीले अनुसन्धान गर्नु आवश्यक देखिन्छ । यस सवालमा सिआईबिका प्रमुख समेत रहेका डिआईजी नवराज सिलवाल देखि धनुषा प्रहरी प्रमुख रामदत्त जोशी, महोत्तरी प्रमुख जनक भट्टराई समेत अनुत्तरीत छन् ।
के उनले आफ्नो सजाय माफी मिनहा पाएका हुन ? यदि पाएकै हुन भने कम्तिमा पनि ५० प्रतिशत भन्दा वढी सजाय भुक्तान गरिसकेको हुनुपर्दछ र त्यसपछि जेल भित्र राम्रो आचरण भएमा मात्र कारागार व्यवस्थापन विभागले गरेको सिफारिस अनुसार राष्टू प्रमुखले माफी मिनहा गर्ने परम्परा छ । तर, उनले आधा भन्दा वढी सजाय प्राप्त गर्न पनि २०६४ साल गुजारिसकेको हुनुपर्दछ । त्यस्तो अवस्थामा उनलाई सिआईबिले २० बर्षदेखि फरार रहेको अभियूक्त भारतबाट पक्राउ परेको एका तर्फ  दावी गरिएको हुनाले ती कुरा हुन नसक्ने आधार देखिन्छ । त्यसैगरी अर्को कुरा के हुन सक्छ भने सिआईबिको दावी नै साँचो हो अर्थात उनी फरार नै रहेको अवस्था हो भने उनको ठाउँमा अर्कै निर्दोष मान्छे त पक्राउ परेर जेल सजाय भुक्तान गरिरहेका  छैनन् । यी सबै कुराहरुको गम्भीर र गहन ढंगले अनुसन्धान गरि सत्य तथ्य नेपाल प्रहरीले बाहिर ल्याउन जरुरी छ ।
महोत्तरीका एसपी जनक भट्टराईका अनुसार त्यो मान्छेसँग सोध्दा आफुले कुनै अपराध नै नगरेको र जवरजस्ती कागजमा प्रहरीले छाप गराएको बताउने गरेको भएपनि २०५८ सालसम्म मात्र उनी जलेश्वर कारागारमा रहेको र पछि काठमाण्डौ कारागारमा सिफ्ट गरिएको बुझिनमा आए पनि त्यसबारे थप अनुसन्धान आवश्यक रहेको छ । धनुषा जिल्ला अदालतको लगत फाँटमा उनको कहिले कहाँ काराबासमा सिफ्ट भएको भन्ने तथ्य खोज्न जाँदा त्यहाँ पनि लगत फाँटमा उनको लगत भेटाउन सकिएन ।
सुरुमा कसरी पक्राउ परेका थिए ?
२०५३ साल तिर धनुषाको ढल्केवर र महोत्तरीको बर्दिवास वरपर रहेका गाउँका महिलाहरुको लाश एक एक महिनामा जंगलमा फेला पर्न थालेका थिए । केही समय देखि जंगलमा गएका गोठाला महिलाहरुको बलात्कार गरी हत्या गर्ने गरेको घटनाको सम्बन्धमा अपराधि पत्ता लगाउँदै जाने क्रममा धनुषा प्रहरीले १ असोज २०५३ मा ढल्केवर बजारमा फेकु श्रेष्ठको संगम होटेलमा काम गर्ने प्रेम भन्ने मानबहादुर बुढाथोकीलाई होटेल देखि ४ किलोमिटर उत्तर एकलेवर जंगलको छेउमा संदिग्ध अवस्थामा फेला पारी स्थानीय गाउँलेहरुको मद्दत लिई घेरी सोध्दा एक जना महिलालाई जवरजस्ती करणी गरी ज्यान मारेको कुरा तत्काल खुल्न आएको तत्कालिन प्रहरी नायव निरीक्षक इन्द्रबहादुर गुरुङ्गको प्रतिवेदनमा उल्लेख छ । जंगलमा प्रहरीले संदिग्ध अवस्थामा बुढाथोकीलाई देखेपछि उनी भाग्न लागेकोले प्रहरीले पख पख भनेपछि सो व्यक्तिको हिडाई अरु बढी हुन थालेपछि त्यहाँ रहेका स्थानीयवासीहरु समेत भई घेरी प्रहरीले कता जान लागेको भनि सोधेपछि छिनछिनमा कुरा बदली के के भन्न थाले, सोध्नै लाग्दा ६ जना आईमाईलाई करणी गरी मारेको बताएका थिए ।
१० अषाढ २०५४ मा धनुषा जिल्ला अदालतका न्यायाधीश दिपक कुमार कार्कीको इजलासले दुई जना महिलाको जवरजस्ती करणी गरी हत्या गरेको कसुरमा सर्बस्व सहित जन्मकैदको फैसला गरेको थियो । २ भदौ २०५६ मा पुनरावेदन अदालत जनकपुरका न्यायाधीशद्वय कृष्ण प्रसाद श्रेष्ठ र गोविन्द प्रसाद पराजुलीको संयुक्त इजलासले पनि धनुषा जिल्ला अदालतको फैसलालाई नै ठहर गरेको थियो । त्यसैगरी २९ साउन २०६० मा सर्बोच्च अदालतका न्यायाधीशद्वय गोपाल प्रसाद खत्री र बलिराम कुमारको संयूक्त इजलासले पनि जिल्ला अदालत र पुनरावेदन अदालतकै फैसलालाई ठहर गरेको थियो । २०६० साउनमा सर्बोच्चमा फैसला भईरहेको अवस्थामा प्रेम भन्ने मानबहादुर बुढाथोकी जेलमा थिए वा फरार, अनुसन्धानको विषय बनेको छ । किनभने सिआईबिले २० बर्षदेखि फरार अभियूक्तलाई भारतीय प्रहरीको सहयोगमा भारतबाट पक्राउ गरिएको दावी गरेको छ ।
के उनी मानसिक रोगी हुन त ?
धनुषा जिल्ला अदालतमै सुरुकै अवस्थामा प्रेम भन्ने मानवहादुर बुढाथोकीलाई अदालतमा उपस्थित गराउँदा प्रतिवादी बुढाथोकीका तर्फबाट बहस गरिरहेका बैतनिक वकिल मुकेश कुमार कार्कीले प्रतिवादी मानसिक रोगी रहेको तर्क प्रस्तुत गरेका थिए । त्यसमा अदालतका न्यायाधीश दिपक कुमार कार्कीले के ठहर गरे भने निज प्रतिवादीको मानसिक संतुलन ठिक नरहेको भन्ने कतै पनि उल्लेख भएको नदेखिँदा उक्त कुरासँग सहमत हुन सकिएन । हुन त जिल्ला अदालतले पनि मानसिक संतुलनको जाँच गराउने आदेश दिन सक्दथ्यो । तर, त्यो नगरिकन फैसला गरिएपनि पुनरावेदन अदालत जनकपुरले उनको मानसिक संतुलनका विषयमा जाँच गराएको पाइन्छ । प्रतिवादीका पक्षबाट बैतनिक वकिल मुकेश कुमार कार्कीले मेरो पक्षको मानसिक संतुलन ठिक नरहेको भनि जिकिर लिए पश्चात पुनरावेदन अदालत जनकपुरले प्रतिवादीको मानसिक रोग विशेषज्ञद्वारा जाँच गराई प्रतिवेदन आएपछि पेश गर्नुभन्ने आदेश भएपश्चात २४ अषाढ २०५६ मा मानसिक अस्पतालले कारागार शाखा काठमाण्डौलाई लेखेको पत्रमा निजको मानसिक स्थिति सामान्य देखिएको भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ । लामो समयसम्म कारागारमा थुनामा रहेका निज प्रतिवादीको एवनोर्मालिटी अथवा मानसिक असंतुलनका सम्बन्धमा सम्बन्धित कारागारबाट कुनै किसिमको सिकायत वा कैफियत नआउनु, घर परिवार भएका श्रीमति समेत साथ लिई बसेका र होटेलमा नोकरी गरिरहेको अवस्थामा यी प्रतिवादीको मानसिक असंतुलन रहे भएको भन्ने अन्य कुनै व्यवहार प्रमाणबाट नदेखिएको, मानसिक अस्पतालबाट समेत मानसिक स्थिति सामान्य देखिएको भनि लेखि आएको देखिएबाट समेत निज स्वस्थ्य र तन्दरुस्त अवस्थाकै देखिनाले त्यस्तो स्वस्थ मनस्थितिको प्रतिवादीले हाल परीक्षण गर्न पठाएको अवसरमा सिकायत गरेकै र उक्त अस्पतालको पत्रमा उल्लेख भएको भरमा अस्पतालमा भर्ना गरी थप परीक्षण गराई रहनुपर्ने समेत देखिएन भन्दै पुनरावेदन अदालत जनकपुरले उनलाई सर्बस्व सहित जन्मकैद ठहर गरेको थियो ।
माथिको कुराहरुले पनि के देखाउँदछ भने २०५६ सालसम्म उनी थुनामै रहेको र त्यसबेला उनी जलेश्वरबाट काठमाण्डौ कारागारमा सिफ्ट भईसकेको अवस्था छ । बास्तविक कुरा के हो भनेर पत्ता लगाउनका लागि जलेश्वर कारागार शाखाका प्रमुख तथा जेलर सोभेन्द्र ठाकुरलाई द एक्सक्लुसिभले कारागारको लगत हेर्न भन्दा कारागारमा त्यसबेलाको लगत नै रहेको बताएका छन् । जेलर ठाकुरका अनुसार त्यतिबेलाका लगतहरु विगतमा बाढी आएपछि सबै नष्ट भएको थियो ।
केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) ले घटनाको २० वर्ष पुग्न चार दिन बाँकी रहँदा पक्राउ गरेका मानबहादुरको ’जंगल घुम्ने’ राजको खुलासा भएको बताउँदै सिआइबीले भारतीय प्रहरीको सहयोगमा दिल्लीसँग जोडिएको नोयडा क्षेत्रबाट नियन्त्रणमा लिएका प्रेम भन्ने मानबहादुर बुढाथोकी नेपालमा ३२ हत्या र बलात्कार घटनाका आरोपी र विभिन्न समयमा भएका ६ घटनाका दोषी रहेको पत्ता लागेको हो ।
सिआइबी प्रमुख डिआइजी नवराज सिलवालले एकान्तमा अशक्त, अपांग र एक्लो महिला देख्नासाथ बलात्कार गर्ने र पहिचान हुने सम्भावना भए हत्या गर्ने सिरियल किलरलाई पक्राउ गरिएको बताए । उनका अनुसार हाल खुलेका ६ घटनाबाहेक स्वयं मानबहादुरले अन्य ३२ घटनामा आफ्नो संलग्नता रहेको प्रारम्भिक बयान दिएका छन् । ‘हामीले देशभरका पुराना घटनाका दोषी खोज्ने क्रममा बुढाथोकी पक्राउ परेका हुन, केही घटना खुलेका छन्, थप अनुसन्धानका लागि महोत्तरी प्रहरीमा बुझाएका छांै,’ डिआइजी सिलवालले भने । पूर्वी तराईका जिल्लामा २०५२ र २०५३ मा विभिन्न मितिमा भएका एकै प्रकृति र अपराध गर्ने शैलीका आधारमा अनुसन्धान गर्दा मानबहादुरको नाम आएको थियो ।
प्रेम बहादुरले स्वीकार गरेको अपराध
म र मेरो श्रीमति ढल्केवर स्थित संगम होटेलमा नोकरी गरी सोही होटेल पछाडी डेरा गरी बसिरहेको अवस्थामा २०५२ साल तिर चैत्र महिनाको अन्तिम साता तिर विहान १० बजे खाना खाई ढल्केवर चौक उत्तर पानी टंकी भन्ने जंगल तर्फ घुम्दै डेरा तर्फ फर्कन लाग्दा जंगल भित्र बाटो छेउमा बाख्रा हेर्न गएकी एउटी केटीलाई फेला पारी निजलाई करणी गर्ने मनसायले समाती छारी तर्फ लगी लडाई जवरजस्ती करणी गर्न लाग्दा नजिकै अन्य मानिस बोलेको आवाज आएकाले केटीको घाँटी थिची मारि भागेको हुँ भन्ने प्रेम भन्ने मानबहादुर बुढाथोकीले बयान कागज गरेको देखिन्छ ।
हत्यापछि सलको दोहोरो फन्को
प्रहरी रेकर्डमा रहेका दर्जन हत्या र बलात्कार घटनाका शवको मुचुल्कामा एउटा समान चिह्न थियो । त्यो हो, हत्यापछि अधिकांशको घाँटीमा दुई पटक सल बेरिएको थियो ।प्रहरी मुचुल्कामा हत्याको कारण घाँटी थिचेर भन्ने छ । पूर्वी तराईका धनुषा र महोत्तरीमा २०५२ र २०५३ मा महिनैपिच्छे भएका यस्ता घटनाका दोषीलाई पक्रन प्रहरीले हरसम्भव प्रयास र्गयो । तर सफलता हात लागेन । प्रहरीका अनुसार यसरी हत्या गरिएका महिला विभिन्न उमेर समूहका थिए भने केही अशक्त । सबैको निर्ममतापूर्वक हत्या गरिएको थियो । केही महिलालाई घिसार्दै लगेर हत्या गरिएको संकेत प्रहरीले घटनास्थलमा फेला पारेको थियो ।
निसाना १७ देखि ६१ सम्मका महिला
ब्युरोको प्रारम्भिक अनुसन्धानमा मानबहादुरले १७ वर्षकी बालिकादेखि ६१ वर्षकी महिलासम्मलाई आफ्नो बासनाको सिकार बनाएको खुलेको छ । ब्युरोका अनुसार मानबहादुरले २०५२ चैत २३ मा धनुषाको ढल्केवरको दमार जंगलमा १७ वर्षीय एक किशोरीलाई जबर्जस्तीको प्रयास असफल भएपछि घाँटी थिचेर हत्या गरेका थिए । ती युवतीको शव प्रहरीले सोही वर्ष चैत २६ गतेमात्र फेला पारेको थियो । यस्तै, ढल्केबरकै जंगलमा उनले गाईबस्तु चराएर फर्कंदै गरेकी ६१ वर्षकी महिलाको हत्या गरेका थिए । प्रहरीले २०५३ जेठको यस घटनामा मानबहादुरले ती महिलालाई घिसार्दै जंगलको भित्र लगेर हत्या गरेको मुचुल्का बनाएको थियो ।
ब्युरोका अनुसार २०५२ फागुन  २४ गते धनुषा बेगाडाबर गाविस बडहरी बजारबाट जमुना गाउँतर्फ जान लाग्दा बाटो बीचको चौरीमा महिलाको बलात्कारपछि हत्या गरेका थिए । ब्युरोमा मानबहादुरले दिएको बयानमा साँझ ७ बजे एउटा हातमा झोला र एउटा हातमा ग्यालेन बोकेकी, सारी र ब्लाउज लगाएकी स्थानीय एक महिलालाई जबर्जस्ती करणीपश्चात घाँटी थिची हत्या गरेको स्वीकार गरेका छन् । २०५३ असारको अन्तमा महोत्तरी जिल्लाको बर्दिबास नजिक रहेको जंगलमा पात टिप्न गएकी महिलालाई जबर्जस्ती गर्दा टाउको ठोकिएर रगत बग्न थालेपछि छाडेर भागेका थिए । धनुषाको लालगढ बजार नजिक २०५३ साउनमा भएको अर्को घटनामा सयपत्री खोलानजिक बसेकी महिलासँग हसिया माग्ने बहानामा नजिक भएर मानबहादुरले बलात्कारपछि हत्या गरेका थिए । महिलाको हत्यापछि उनले अन्य घटनामा जस्तै ती महिलाको हरियो गम्छाले घाँटीमा दुई फन्को बाँधेर छाडेको अवस्थामा प्रहरीले शव बरामद गरेको थियो ।
को हुन बुढाथोकी ?
बारा, डुमरवाना गा. वि. स. ( ६, खोर गाँउ भिम बहादुर बुढाथोकीका छोरा हुन प्रेम भन्ने मानवहादुर बुढाथोकी । प्रेमको घर परिवारमा बुवा, आमा, दिदी, भाई, एक जना सँगै श्रीमति र उनको तर्फबाट एक–एक छोरा छोरीका साथै पहिले श्रीमतिको तर्फबाट समेत एक छोरा रहेका छन् ।
१ असोज २०५३ मा पहिलो पटक धनुषा प्रहरीको गिरफ्तमा पर्नुभन्दा करिब १०÷११ बर्ष पहिले मान बहादुर काठमाण्डौको बालाजु नागार्जुन स्थित नुवाकोट त्रिशुली बस्ने गोविन्द केसीको कटिङ उद्योगमा २ बर्ष काम गरेका थिए । काम गरिरहेकै अवधिमा मान बहादुरले एक जना राई केटीलाई श्रीमति बनाई एक महिना जति सँगै राखेर पछि छाडिदिए । त्यसपछि लाजिम्पाट स्थित लव गारमेन्टमा करिब ७÷८ महिना जति काम गरेर छाडिदिएका थिए । फेरी सितापाइला स्थित एउटा राईस मिल्समा करिब ३÷४ महिना जति काम गरेर आफ्नो घर फर्किएका थिए । गाउँमै  खेतीपाती गरिरहेको अवस्थामा सोही गाउँका एक जना बनपाले की श्रीमतिलाई भगाई विवाह गरी श्रीमति बनाई उनी पक्राउ पर्नु अघिसम्म आफ्नै साथमा राखेका थिए । घरमा झगडा भएपछि घरबाट भागेर रौतहटको चन्द्रनिगाहपुरमा आई सिन्दुर होटेलमा भाँडा माँझ्ने काम गरी बसिरहेका थिए । त्यहाँबाट श्रीमति र सासुलाई लिएर धनुषाको ढल्केवर स्थित संगम होटेलमा कामदारका रुपमा काम गरिरहेका बेला धनुषा र महोत्तरीका महिलाहरुलाई बलात्कार गरी हत्या गर्ने गरेका थिए ।




२०७३ आषाढ १९ गते आईतबार

सिके राउतलाई किन भेटिन् कलाकार निशा अधिकारीले ?

१४ अषाढमा कलाकार निशा अधिकारी, अभियन्ता इशान
 लगायतको टोलीले डा.सिके राउतलाई बुझाएको पत्र ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

 कलाकार निशा अधिकारी सहितको टोलीले १४ अषाढ २०७३ मा जनकपुर आएर स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतलाई भेटेको छ । युवा अभियन्ता ईशान र कलाकार कर्मासहित पुगेकी निशाले राउतलाई भेटेपछि यसबारे टीकाटिप्पणी हुन थालेको छ ।
सिंहदरबारमा रातो रङ छ्यापेर चर्चामा आएका ईशानसहित तराई पुगेकी निशा र कर्माले राउतलाई पत्र समेत बुझाएका थिए । राज्य टुक्र्याउने अभिव्यक्ति दिँदै स्वायत्त मधेसको माग गर्दै आएका राउतसँग आफूहरुले समझदारीका कुरा गरेको निशाले बताइन् ।
‘जो सहमतिभन्दा पर छ, जसले देशबारे नेगेटिभ कुरा गर्छ, उनीहरुलाई सहमतिमा आऊ भन्नु स्वाभाविक होइन र ?’ निशाले भनिन, ’राज्य टुक्राउने कुरा पनि उहाँले गर्नुभएको थियो । त्यही भएर पनि सहमति र मेलमिलापका लागि के गर्न सकिन्छ भनेर हामीले केही सुझावहरु दिएका हौं ।’ सद्भाव र एकता संकटमा परेको बेला दमन, हिंसा र विभेदले स्वदेशलाई कहाँ लग्दैछ ? स्वदेश बचाउन हामीले के गर्दैछौं ? भनी राउतलाई बुझाएको पत्रमा प्रश्न गरिएको छ ।  स्वदेश बचाउने जिम्मेवारी नेपाललाई माया गर्ने हरेक नागरिकको काँधमा आएको र राष्टिूय मेलमिलापका लागि सकारात्मक पहल गर्न पनि राउतलाई आग्रह गरेर फर्किएको निशाको भनाइ छ । मधेस आन्दोलनमा मारिएकाहरुको परिवासँग पनि भेट गरेर कुराकानी गरेको उनले बताइन् । 
‘हामी, हाम्रो समाज र सरकारबाट तपाई र बृहत्तर मधेस समुदायमाथि जानअञ्जान ढंगले गरिएका विभेदका लागि क्षमायाचना गर्न चाहन्छौं,’ राउतलाई बुझाएको पत्रमा भनिएको छ, ’व्यावहारिक परिवर्तन सहितको क्षमायाचनाबाट नै राष्टिूय मेलमिलाप एवं सबल र शान्त नेपाल निर्माणको बाटो बन्नेछ ।’सामाजिक र राजनीतिक विभेदकै कारण देश कमजोर बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उक्त पत्रमा दमन र हिंसाबाटै समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वास राख्नु नै गलत हो भनिएको छ । 
स्वदेश बचाउन अहिंसाको मार्गमा अघि बढ्न उनीहरुले राउतलाई आग्रह गरेका छन् । ‘हामी मधेसी, थारु, आदिवासी जनजाति, महिला, दलित, मुसलमान, पहुँच नभएका खसआर्य लगायत अन्य उपेक्षित उत्पीडित समुदायलाई व्यवहारिक, सामाजिक र राजनीतिक रूपले सम्मान दिलाउने प्रयास गर्न प्रतिबद्ध छौं,’ राउतलाई बुझाइएको पत्रमा भनिएको छ, ’सबल र शान्त स्वदेशमै मधेसी, पहाडी, हिमाली सबै नेपालीको हित छ । हामी छुटेर नभई मिलेर अघि बढौं ।’ तेस्रो पक्षकहाँ नगई नेपालका समस्या नेपालीहरू मिली सुल्झाउने संस्कृतिको विकास गर्न पनि उनीहरुले आग्रह गरेका छन् ।
ईशानको अभियानमा समर्थन
ईशानको क्षमा अभियानमा आफ्नो पूर्ण समर्थन रहेको कलाकार निशा अधिकारीले बताएकी छन् । ‘सहमति र सझदारीमा आउन गरिएको आग्रहमा सबैको साथ त हुनैपर्छ,’ उने भनिन, ’कसैले कसैको कुरा नसुन्ने र सहमतिमा आउने वातावरण भएन भने झन् अवस्था बिग्रँदै जान्छ ।’ क्षमा अभियानअन्तर्गत सिके राउतलाई बुझाइएको पत्रमा ईशानसहित कलाकारद्व निशा अधिकारी र कर्माको पनि हस्ताक्षर छ ।
 



२०७३ आषाढ १९ गते आईतबार