Tuesday, February 17, 2015

जलेश्वर कारागारबाट पृथ्वी भनिने श्याम यादव लेख्छन– विश्व समाजवादी आन्दोलन अहिले रक्षात्मक अवस्थाबाट गज्रिरहेछ अहिले संसारभरी नै कम्युनिष्टहरु रक्षात्मक अवस्थामा छन् ।

श्याम यादव
‘पृथ्वी’


पदार्थबाट नै ब्रम्हाण्डको उत्पतिको आरम्भ भएको र यसकै विकसित रुप जीव हो । पदार्थलाई चित्रण गर्दा बाद प्रतिवाद र संवादको सुृत्रमा विकसित भएको देखिन्छ । यसलाई हामी अझ प्रष्ट रुपमा बुझ्दा यस ब्रम्हाण्डको कुनै पनि वस्तु वा जीव जस्तै तोरीको वीउ, जो छर्ने बेलामा वादको रुपमा हुन्छ भन्ने वीउ माटोमा परि टुर्सा उभ्रिएको अवस्थामा प्रतिक्रिया भएर प्रतिवादको रुपमा हुन्छ भन्ने बाली लाग्नु र त्यसमा फेरी वीउ उम्रनु संवादको रुपमा चित्रीत भै उत्पति क्रम विकसित मै लाखौं करोडौं वर्षपछि मानिसको रुपमा आएको छन भन्ने डर्विनको सर्वमान्य सिद्धान्तलाई अहिले सम्म कसैले चुनौती दिएको छैन । यसै सिद्धान्तलाई कार्ल माक्र्सले अझ परिमार्जीत गर्दा पदार्थको सवभन्दा सुक्ष्म इकाई अणु र परमाणु द्वन्द्वकाल रहेछन् र पदार्थ भौतिकताका आधारमा विकसित भएको ठान्छन् ।
यसरी अणु र परमाणुको विकसित रुपमा जीव जो मानिसको स्वरुपमा हजारौं वर्ष पछि समाजको रुप ग्रहण गरेको छन् । यसलाई माक्र्सवादको प्रवक्ता कार्लमाक्र्सले चार अवस्थामा वर्णन गरेको रहेछन् । १) आदीम समाजवादी युग २) दास तथा सामन्ती यूग ३) पुँजीवादको युग ४) अन्तमा सर्वहारा वर्गको अधिनायतत्वमा विकसित समाजवादको परिकल्पना गरेको छन् ।
आदीम समाजमा मानिसहरुको जीवनशैली बरावरीको सिद्धान्तका आधारमा थियो । कविलामा रहेका व्यक्तिहरुले आफ्नो आहार खोजेर ल्याउँदा बराबरको आधारमा बाँडेर खाने गर्दथे । जवकि त्यसबेलाको मानिसहरुमा चेतना तथा भाषाको विकास पनि राम्ररी भएको थिएन । समाज द्वन्द्व विहिन थियो । अहिले हामीले खोजेका बरावरीको सिद्धान्त त्यसबेलाका  कविलाहरुमा झतकेको देखिन्छ । त्यसपछिका समयमा मानिसहरुमा जसरी चेतनाको विकास हुँदै गयो र खेतीपाती हुन थाल्यो, त्यसबेला देखि मानिसहरुले अन्नको भण्डारण व्यक्तिगत वा परिवारगत रुपमा गर्न थाल्यो । खेतीको लागि जमिन हडपन्ने क्रम बदन थाल्यो । मानिसहरुमा लोभ, मोह तथा तेरो मेरोको भावना जाग्न थाल्यो । मानिसहरुले मसल्स (बल) को प्रयोग गर्न थाल्यो । बलिया मानिसले कमजोरलाई दवाई उपभोगका समानहरु व्यक्तिगत रुपमा संचय गर्न थाल्यो । यही समय पछि समाजमा राज्यको अवधारणा आयो जहाँ समाजको लागि कोही कानुनहरु अगाडी ल्याइयो । ति कानुनले बलियालाई मालिक र कमजोरलाई दासको रुपमा चित्रण ग¥यो । यसरी सामन्ती तथा दास युगमा मानिसले मानिसलाई गाई गोरु झै व्यवहार गर्न थाल्यो । जानवरलाई पैसा (दाम) मा बेच्न थाल्यो । जमिनदार सामन्तीहरु समाजमा कायम भयो जसले मानिसहरुलाई सेवक बनाएर समाजलाई दास तथा अफ्रिकी मुलुकमा अझ बढी थियो । यी दास कमैया हलिया प्रथाको विरुद्धमा अब्राहम लिंकन र पछि नेलसन मंडेलाको धेरै ठुलो योग दान रहेछन । मानवबाट मानव हेपिने, बेच विकन गर्ने दास बनाएर राख्ने आदी मानव मुक्तिका संघर्षमा बहाँहरुको धेरै ठुलो योगदान छन् । त्यसपछि कलकारखाना उद्योग धन्दाको विकास हुँदै गयो । मानिसहरुले आफ्नो जमीन तथा सम्पतिलाई नगद पँुजीमा रुपान्तरण गर्दै मिल मालिक उद्योग पति तथा पँुजीपतिमा परिणत हुँदै गयो । जसले कानुनको आड लिई श्रम शोषण गरेर एकातर्फ पूँजीपतिहरुको संख्या वढ्दै गयो भन्ने अर्को तर्फ श्रमिक मजदुर सर्वहाराहरुको जिन्दगी वेहाल हुँदै गयो । मील मालिकहरुले अतिरिक्त मुल्य मार्फत दिन दुगुना रात चौगुणा नाफा गर्न थाल्यो । अतिरिक्त मुल्य भन्नाले कलकारखानाबाट उत्पादीत भएको समान जो उपभोक्ता सम्म पुग्दा समान उत्पादनमा लागेको खर्च र उपभोक्ताले तिर्ने मुल्य विचको बाँकी अंश भन्ने बुझिन्छ । यी  अतिरिक्त मुल्यमा श्रमिकको अधिकार हुँदैन । पुर्ण अधिकार मिल मालिकले राखेको हुन्छ । यसरी मिल मालिकहरु केही दिनमै अरबपति भइन्छ । जहाँ श्रमिकको श्रम शोषणमा परेको देखिन्छ । समाजवादमा ति मिल कल कारखानाहरु राष्टिूयकरण नहुन्जेलसम्म अतिरिक्त मुल्यको वाँडफाँड मालिक र श्रमिक बीच मिलेर गर्नुपर्दछ । यसको लागि मजदुरहरुमा एकता हुनु जरुरी हुन्छ । आज पुँजीपतिहरुको दौरमा विल गेड्स, अनिल अम्वानी, मुकेश अम्वानी, टाटा, बिरला जस्ता हजारौं व्यक्ति छन् । जसको दावा छन् एक सलाईको वट्टामा चावल एक रुपैयाँको  एक वट्टा किन्नु प¥यो भन्ने पनि म दुनियालाई वर्षौं सम्म पालन सक्धु तर व्यवहारिक रुपमा श्रमिकहरुको रगत चुस्न यिनीहरुले कुनै कसर छोडदैन । यी पुँजीवादी युगका विशेषता तथा कहानी हुन ।
तर यो प्रकृति यहाँका हावा पानी धरती आकाश चन्द्र, सुर्य, घाम छायाँ कुनै व्यक्तिलाई न अधिक हुन्छ न कम नै हुन्छ । यस ब्रम्हाण्डमा प्रत्येक व्यक्तिको अधिकार समान हुन्छ । प्रकृतिले पनि समान रुपमै सबैलाई माया गरि रहेको हुन्छन् । कार्ल माक्र्सले कल्पना गरेको यही चौथो यूग हुन । जहाँ पूँजीपतिहरुको अन्त भै सर्वहाराहरुको अधिनायुकत्वमा राष्टिूयकरण भई विकसित समाजवाद स्थापना हुनेछन् । अहिले मानव मानव बीच गैर बरावरीको यस्तो परर्वाल कोरिएको छ जो मानव सभ्यताकै लागि घातक स्थिति श्रृजना भएको छन् । विकसित समाजवादमा यस्तो स्थिति श्रृजना हुँदैन । गरिब निमुदा किसान, मजदुर तथा श्रमजिवीहरुको श्रम शोषण हुँदैन । यी नै गैर बरावरी तोड्नको लागि एउटा क्रान्तिकारी संगठनको आवश्यकता छन् जहाँ सम्पुर्ण जनताले संगठित हुन पाउने मौका पायोस । आजको आवश्यकता भनेको सर्वहारा वर्ग र उसको अधिनायकत्वमा विकसित समाजवादको परिकल्पना गर्नूको तर हालसम्म नेपालमा नै तिकवान र नियत स्पष्ट भएको कुनै व्यक्ति जन्मन सकेन जसले समाजवादका खाका कोर्न सकुन । सर्वहाराको अधिनायकत्वमा त्यस्तो नेतृत्वको विकास हुन सकेन ।
नेपालमा सर्वहारा तथा समाजवादको नाउमा धेरै आन्दोलन र संगठनहरु खोलेका छन् । वि.सं. २००६ सालमा कम्युनिष्ट पार्टीको जन्म दिएर २००७ सालको प्रजातान्त्रिक आन्दोलन २०१५ सालको प्रथम आय निर्वाचन, २०१७ साल पौष १ मा महेन्द्रद्वारा संसदीय सरकार विघटन पछिको आन्दोलन २०२८ सालको झापा विद्रोह, २०३६ सालको छात्र आन्दोलनले जनमत संग्रहको घोषणा, २०४७ सालको जनआन्दोलन, २०५१ साल देखि माओवादीले शुरु गरेको जनयूद्ध, २०६२÷०६३ को १९ दिने जन विद्रोह तथा २०६२÷०६३ कै मधेसको २३ दिने महान मधेस आन्दोलनमा जनताहरुले खुलेर रगत पसिना बगाएका थिए तर नेता र नेतृत्वमको इच्छा शान्तिको अभावका कारण कुनै पनि क्रान्ति सफल र सार्थक निष्कर्षमा पुग्न सकेन । कुनै पनि कम्युनिष्ट पार्टी र तिनका नेतृत्व वर्गले कार्ल माक्र्स, एगोत्स चेगोभारा, किम इल सुङ्गको प्रतिविम्ब बन्न सकेन । सबै केशर जंग रायमाझी र गोर्भाचोक जस्ता संसोधन तथा प्रतिक्रियावादी बन्न पुगेन । जो अन्ततः राजसंस्था र सि.आई.ए. का एजेन्टको रुपमा देखा प¥यो । त्यसैले पारस कङ्गमाङ्ग राईले नागरिक दैनिक मार्फत नेपालमा हालसम्म कोही कम्यूनिष्ट बन्न सकेन भनी उल्लेख गरेका छन् । कम्युनिष्टहरुका मुख्य सर्वहाराहरु नै हुन । तर नेपालमा मध्यम वर्गीयहरु कम्युनिष्ट पार्टीका नेतृत्व सम्हाली रहेका छन्, जो मुलतः पार्टीका लागि सहायक समिति हुन । कम्युनिष्ट शव्दलाई प्रयोग गरेर सत्ता तथा कुर्सी पाउने लक्ष्य मात्रै रहेका हुन । समाजलाई रुपान्तरण र समाजवाद स्थापना गराउने नारा मात्रै दिईरहेका छन् । अतः नेपालमा हालसम्म क्रान्ति असफल हुनका प्रमुख कारणहरु मध्ये सर्वहारा, श्रमजिवि, मजदुर किसानको हाथमा नेतृत्व नभएर त्यही हुने खाने मध्यम वर्ग वा कोही पढेलेखेका शहरिया वर्गको हाथमा नेतृत्व गएका हुन जो मुलतः धनी व्यक्तिहरु छन् । त्यसैले वास्तविक क्रान्ति सफल हुन सकेन ।  सर्वहाराहरुको अधिनायकत्व स्थापित हुन सकेन । अहिलेसम्ममा नेतृत्वमा पुगेका व्यक्तिहरु क्रान्ति प्रति पुर्ण समर्पित हुन सकेन । संसदीय व्यवस्थालाई अंगाल्दा राज्यको राजकोष गोजीमा पर्ने वित्तिकै सिद्धान्तलाई पाखाँ लगाउँदै गए । फलस्वरुप तिनीहरुमध्ये वर्गबाट पँुजीपति वर्गमा परिवर्तित हुँदै गयो । समाजवादलाई छोडी सकेपछि तिनीहरु समाजवादी रहेन । यस मानेमा नेपालमा अहिलेसम्ममा कोही पनि कम्युनिष्ट हुन सकेन । न त कम्युनिष्ट पार्टी नै गठन हुन सक्यो । जव कि नेपालमा अहिले सम्म ५६ वटा कम्युनिष्ट नाम धारी पार्टीहरु छन् । अहिले सम्मका समाजवादी आन्दोलन ती धनाडय व्यक्तिहरुको हाथमा गयो चाहे ती पुष्पलाल श्रेष्ठ हुन या मनमोहन अधिकारी, केशरजंग रायमाझी, तुल्सीलाल अमात्य, मदन भण्डारी, सि.पी. मैनाली, झलनाथ खनाल, माधव नेपाल, केपि ओली, बामदेव गौतम, इश्वर पोखरेल, प्रदिप नेपाल, रोहित मानन्धर विजुक्झे, चित्र बहादुर केसि, मोहन विक्रम सिंह, मोहन वैद्य किरण, डा.बाबुराम भट्टराई, नारायण काजी श्रेष्ठ या पुष्प कमल दहाल नै किन नहुन । यिनीहरु कोही पनि वास्तविक कम्युनिष्ट हुन सकेन । यिनीहरुको चिन्तन तथा सोंच नै गैर बराबरी जस्तो देखियोे  । कम्युनिष्ट शव्दलाई हतियार बनाएर रहरले राज मिति गर्ने इच्छा मात्रै देखाएका हुन । जो मुलतः पुँजीवादीहरुको लागि कुर्सीको लडाई हो । क.प्रचण्डद्वारा आदम्य साहस देखाएर क्रान्तिलाई उचाईसम्म पु¥याएर पनि आफ्ना ति अद्धितिय आदर्श पुरुषहरुको प्रतिविम्व बन्न सकेन । कुर्सिको लोभमा फँसेर प्रवर्तकको अस्तित्वलाई नै खतरामा पारी सकेका रहेछन् । वहाँले आफ्नो विचारधारा (पथ) लाई मात्रै हेर्न वादको रुपमा विकसित भैरहेको अस्तित्वलाई समाप्त पारि पुष्पकमल दहाल बन्नमा रुचायो । सदाका लागि व्यागिएको जनेउ फेरी काँधमा राखेर खंकाउन थाल्यो । समाजको एउटा प्रवर्तक नभई एउटा ब्राम्हन बन्नमा नै रुचि देखायो । यो वहाँको यस जन्मको लागि वढो दुखद र दुर्भाग्यको कुरो रहेछन् । हामी यस मानेमा यो उक्ती उल्लेख गरेकाले कि यस भुमिकामा हजारौं वर्गको इतिहासमा क्रान्ति यति उचाई सम्म पुग्न सकेका थिएन । जसको नेतृत्व वहाँले सम्हाली राख्नु भएको थियो । वहाँको अस्तित्वको अगाडी प्रधानमन्त्री÷राष्टूपतिको पद तुक्झ थियो ।
पोर्लियामेन्टलाई परिवर्तन गर्न गएकोमा पार्लियामेन्टलाई होइन वरु पार्लियामेन्टले नै हामीलाई परिवर्तन गरिदिएको भन्दै फर्केर लेनिनले फेरी अर्को बाटो रोज्यो । तर हाम्रा लेनिन भनाउने नेताहरुमा ति अडान रहेन । शिर्ष नेताहरुको आचरण तथा जीवन शैली शुखभाजी देखेर आम जनता तथा कार्यकर्ताहरु विद्रोह गर्नबाट डराई रहेका छन् । क्रान्ति तथा नेतृत्व पंक्ति प्रति घृणा र तिसकार भै रहेको छन् ।
नेपालको एक लाख सैतालिस हजार एक सय एकासी वर्ग कि..मि. (१४७१८१) मा अन्तराष्टिूय स्तरको एक मात्रै समाजवादी नेता जन्मेका थिए ती हुन क.रामवृक्ष यादव । जो धनुषा बरमझियाका थिए । तर प्रकृतिले पनि वहाँलाई साथ थिएन । दुश्मनद्वारा निर्भय हत्या भई वहाँ सहादत दिनुभयो । त्यस पछिका युवा इमान्दार नेतामा मधेसी मुलका क मात्रिका प्रसाद यादव हुनु हुन्छ भन्ने नेपाली मुलका क.नेत्रविक्रम चन्द्र (विल्लब) हुनु हुन्छ । तर दुर्भाग्य यी दुई नेताहरु नेतृत्व पंक्तिमा आउन नसकि व्यक्ति कै रुपमा स्थापित भएका छन्. । वहाँहरु पार्टी पंंक्तिबाट अलग भएका छन् तर अहिले गाउँ घरको झोपडीबाट टायरको चप्पल लगाएर विद्रोह शुरु गरेका हरेक माओवादी नेता तथा कार्यकर्ताहरुको शहरमा दुई तिन तल्ले घर भईसकेका छन भन्ने के तिनीहरु सर्वहाराको लागि वर्गिय लडाई लडलान । ?
वर्गिय समाजमा संचारकर्मीहरु पनि वर्गमा विभक्त भएका छन् अध्यात्मिक संचार जसले रामा रामा कृष्णा कृष्णाको रटान लगाई ठुला देखि बच्चाहरुको मनस्थितिलाई विगाडी भगवान रहेछ भन्ने मनोबैज्ञानिक असर परिरहेको हुन्छ । जो समाजको लागि सबभन्दा घातक हो । उदाहरणको लागि निर्मल बाबा, आशाबापु, नारायण साँई, संस्कार चैनल जस्तालाई लिन सक्छ त्यस्तै पुँजीवादी संचार तथा पुँजीवादी मनस्थितिका संचारकर्मी साथीहरुले हमेशा आम्दानीको आड लिई रहेको हुन्छन । नाङ्गो हिरो हिरोइनको प्रचारमा व्यस्त रहन्छन् । समाजका राम कृष्ण विपी महत्मा गान्धी जस्ता व्यक्तिको गुण गाण गाई रहेको हुन्छन् । जो मुल तह पुँजीपति वर्गका पृष्टिपोसक हुन जसकहाँ समाज वदल्ने कुनै तथ्य परक तर्क तथा प्रमाण छैन । आज पन्ध्र जना धनि क्रिकेटरको अरबौं खरब डलरमा संचार कभरेज गरेर प्रचार बाँजी गरिरहेको छन् । सवा करोड जनसंख्या भएको भारत र लगायत वरपरको देशहरुमा क्रिकेटको दैनिक प्रसारणले बच्चा तथा बुजुर्गहरु काम धन्दा खान पिन छोडेर घन्टोसम्म देखि रहेको छन् । जसले श्रम तथा बच्चाको भविष्य विगाडनुको सिवा अरु केही छैन । दश पन्ध्र जना क्रिकेटर धनि भएर मानव समाजलाई हानि र्पुयाईरहेको पनि पुँजीवादी संचारले स्थान दिईरहेका छन् । अन्तमा अग्रगामी संचार तथा संचारकर्मी रहेछन् । जो हमेशा विचारबाट लैस हुन्छन् । वहाँहरु हमेशा अग्रता मुलुक संचार तथा विचारलाई कैभरेज गर्छन । भगत सिंह, सुभाष चन्द्र बोसको अहिले सम्म इतिहास राम्ररी बन्न पाए छैन । इतिहास विद संचारकर्मीहरुले कन्जुसाई गरेर वहाँहरुको इतिहास तथा गाथालाई कम मुल्याङ्कन गरेका छन् भन्ने महात्मा गान्धी जवाहरलाल नेहरु जस्तालाई भगवान बनाई दिएका छन् । ठिक त्यस्तै नेपालमा पनि संचारकर्मीहरुले वि.पी.लाई सफल समाजवादीको रुपमा प्रचारवाजी गरिरहेछन् । विपी कोइरालाको भनाई अनुसार कार्ल माक्र्स र अरु धेरै समाजवादीको ध्यान गरिबीको कारण र त्यसबाट मुक्तिको उपाय खोज्न भन्दा धनी हुनको कारण र तिनको धन खोस्ने उपायमा वढी केन्द्रित हुन्छन् । तर मेरो ध्यान भने गरिबलाई सम्मानपुर्ण जीवन यापन गर्न सक्षम बनाउनेमा केन्द्रित छन् । गरिबले कसरी खान लाउन पाउने बस्न घर, केटा केटीलाई पढन तथा पौष्टिक खाना खान दुध भात र औरवती मुलो गर्न सकिनछ भन्नेमा मेरो विचार केन्द्रित छन् । अब यहाँ प्रश्न उठछ गरिबले दिनभरी श्रम गरेर पनि कम ज्यालामा कसरी सम्मान पुर्वक जीवन यापन गर्न सक्छन ? कसरी ती सम्पुर्ण ६८ गरिब समुदायले आफ्नो बच्चालाई इन्जिनियर, डाक्टर, प्रोफेसर, वकिल वा ठुलो हाकिम बनाउन सक्क्षम हुन सक्छ ? जवकि वि.पी.का समाजवादले श्रमिकको एक दिनको ज्यालाले एक दिनलाई नै खान लाउन पुग्छ । अनि लाखौंको खर्च गरेर कसरी आफ्नो बच्चालाई उच्च शिक्षा हासिल गराउन सक्छन ? सुकुमवासीहरुले कसरी गाई गोरु किनी आफ्नो बच्चालाई दुध भात खुवाउन सक्छन ? जबकि बस्नलाई तिनीहरुको घरबार छैन । आज हरेक व्यापार प्रोफेसनल भै सकेछन । यस्तो स्थितिमा गरिबले कसरी उपचार तथा औषधि मुलो गर्न सक्छन् । एउटा नर्सिंङ्गहोम र डाक्टर कहाँ उपचार गराउने खर्चमा बर्षौंसम्म आफ्नो बालबच्चालाई पालन सक्छ । ती मुहको आहार छिनेर कसरी उपचार गराउन सक्छन ? गरिबले वि.पी.को समाजवाद अनुसार मर्नु बाहेक अरु केही उपाय नै छैन । विपीले कहिल्यै सोचेका छन् धनि हुनेलाई कसरी धन भएका छन् ? टायरको चप्पल लाउनेले कसरी राता रात धनी हुन जान्छन । गरिबीबाट मुक्तिका अरु के के उपायहरु खोजेका छन् वहाँले । आज देशको ६८ प्रतिशत भन्दा वढी व्यक्ति गरिबी रेखा मुनिछन् । जसले कठिन परिश्रम गरेर पनि विहान बेलुका खान पाउँदैन । शिक्षा स्वास्थ्य, विजुली, पानी, चर्पी संचार आदी भौतिक सुविधाबाट गरिबहरु बञ्चित छन् । यावत समस्याहरुको लागि के उपाय छन् विपी जीको समाजवादमा ? वहाँको समाजवादी फर्मुलाले नेपालका कति जना बालबच्चाहरु दुधभात खान पाएका छन् ? कति जनाको छोराछोरी पढनलाई ऋण लिनु परे छैन ? औषधिमुलो गर्नलाई कतिले ऋण उठाउनु परे छैन । राजनीति भाषामा वहाँको शव्द र फर्मुलालाई समाजवाद भन्ने हो भनी मानव समाजको लागि यस भन्दा वढी दुर्भाग्य अरु केही हुँदैन । वहाँको चिन्तन आम विरोधी, नैतिक हिम रहेको प्रष्ट देखिन्छ । जो कोही सिमित पुँजीपति वर्गलाई फायदा मात्रै पु¥याउन सक्छन् । आम जनताको लागि विचार नै हुन सक्दैन । यसलाई सुधारवादी आदर्शवादी वा दक्षिण पन्थी धार भन्न सक्छौं । यसमानेमा वहाँ समाजवादी नै छैन । समाजमा यी बनिएका वर्गलाई न्यूनिकरण वा उत्मुलन गर्न द्वन्द्व विहिन समाजो कल्पना गर्नु पर्ने हुन्छ । वर्गको मुक्ति विना समाजवाद कहिल्यै आउन सक्दैन । यो बैज्ञानिक आकाटय सिद्धान्त हो । अग्रगामी संचार माध्यम तथा कर्मीहरुले यस्तै अग्रगामी विचारलाई स्थान दिने गर्दछन । यसरी बराबरी र द्वन्द्व विहिन समाजमा सम्पुर्ण मानव जातिको कल्याण हुनेमा अग्रगामी संचारकर्मीहरु पुर्ण विश्वस्त छन् ।
हाम्रो समाजवाद र लोकतन्त्र विश्वमै नमुनाको रुपमा छन् भन्ने विपीले भन्ने झै जनताले उपचार खर्च वेहोन नसकि, खर्चको अभावमा स्वर्गलोक जानु बाहेक अर्को विकल्प छैन । तर तिनै लोकतन्त्रका आधार स्तम्भ भएका जनताले चुनाव गरेर पढाएका सांसद मन्त्री प्रधानमन्त्री तथा राष्टूपतिको उपचार खर्च करोडौंमा हुन्छ । जो जनताको राजकोष (ढुकुटी) बाट बेहोर्नु पर्ने हुन्छ । रुघाखोकी तथा पेट दुख्ने वित्तिकै यिनीहरु विदेशमा गएर उपचार गराउछन भन्ने जनताले एउटा जीवनजलको पाकेट नपाई मर्न बाध्य हुन्छन् । यो कस्तो हाम्रो लोकतन्त्र हो ? यस्तै लोकतन्त्र भएको संविधान हामीले निर्माण गर्ने त ? हाम्रै ढुकुटी सित्याउने नेता तथा सभासदको हामीले घाँटी सम्म पनि समाउन सक्दैनौं । यस्तै खेल र रबैया आज २५ वर्ष देखि २० वटा सरकारमा हामीले देखि सक्यौं । राष्टूको ढुकुटी ब्रम्हलुट गरे झै लुटिरहेछन् । जनता त्राहिमानमा छन् । जनताले अहिले सम्म कुनै विकल्प पाईरहेछैन । जबकी सन् १९५९ मा आजाद भएको क्यूवामा अहिले सम्म भौतिक सुख सुविधाका साधनहरुमा एक रुपता छन् । भरखरै कार किन्ने इजाजत पाएका छन् त्यहाँका नागरिकहरुले । इकवेडरमा  प्रकृति तथा बोट विरुवा बनसपति संरक्षणको लागि पनि कठोर कानुन बनाएछ । एउटा पनि रुख काट्न पाउँदैन । भरखरै चीनको रेल मन्त्रीलाई भ्रष्टाचारको अभियोगमा फाँसि दिइयो । समाजवादी देशहरुमा अहिले पनि यति सजग छन्  त्यहाँका जनप्रतिनिधिहरु । हाम्रो समाज र हामीले अपनाई रहेको संस्कृतिमा नियत र नैतिकताको यति भिखारी छौं जसको वर्णन गर्न धेरै कठिनाई छन् । साक्षेप धर्म तथा इश्वर माथि विश्वास गरिरहेका छौं । अध्यात्मतिर गईरहेछौं । कर्मलाई छोडेर पूजा पाठमै वढी विश्वास गर्दछौं । तर पश्चिमी देशहरुले भौतिकबाद माथि पाइला टेकेर क्रमवद्ध विकासले विकसित देशमा नामांकित भएका छन् । त्यसैले त्यहाँ जन्मेका बच्चाहरु चाटर्स डारविन, जेम्सवाद ग्यालिलियो, न्युटन, निकोलस कोपर, बेन्जामिन फ्रान्कलिन, रोबर्ट इपेरी माथिउ हनसन, लियोटेस्टाइन, अलवर्ट आन्सटाइन जस्ता दुनियालाई वदवने भौतिकवादी बच्चा पैदा हुन्छन । समाज द्वन्द्वमय भएको प्रमाणित गर्ने भौतिकवादी बच्चा कार्लमाक्र्स, एगोल्स लेनिन, स्टालिन माओ जस्ता पैदा हुन्छ भन्ने हाम्रो समाज संस्कृति रितिरिवाजले राम कृष्ण, महादेव, वुद्ध, पैगम्बर, शंकराचार्य, आसाराम बापु, नारायण साई, गोविन्दाचार्य, विवेकानन्द, कृपालु महराज, निर्मलबाब जस्ता अध्यात्मवादमा विश्वास राख्ने बच्चा पैदा हुन्छन् । जसले समाजलाई अन्धविश्वासी, भगवानको मुर्तरुप, दैविशक्ति माथि विश्वास गर्ने जनधारणा जगाई रहेका छन् । विज्ञान अध्ययन गर्नु भन्दा रामायण गिता, कुरान, हनुमान चलिसा, गायत्री चलिसाहरु पढेर संसारीक प्राणी सुखमय हुनेमा विश्वास गर्दछन । यी सापेक्ष संस्कारले हामी धेरै पछाडी परिसकेका छौं । भारतवर्षको ३८,८७,५९० वर्ग कि.मि. र सवा अरब जनसंख्यामा समाजलाई रुपान्तरण गर्ने विकसित  भारतको कल्पना गर्ने एउटै भौतिकवादी व्यक्ति जन्मेका थिए । जो नक्सलवादीका महामानव ‘चारुमजुमदार’ थिए । तर वहाँ आफ्नो प्रतिभा नदेखाउँदै राज्य पक्षबाट हत्या गरियो । माओको क्रान्तिले आज चिनको ढेड अरब जनसंख्या सुखको जिन्दगी विताइरहेछन् भन्ने भारतमा सवा अरब जनसंख्या मध्ये ८० प्रतिशत जनता भोका नाङ्गा, अशिक्षित, गरिबीको चपेटमा छन् । त्यहाँ पनि चारुमजुमदार पछिका क्रान्तिको नाउँमा सुरजीत सिंह वरनाला, सिताराम येचुरी, ब्रिन्दा करात, प्रकाश करात, ज्योति बसु, नम्बोद्रीपाद, हर्षवर्धन, सोमनाथ चटर्जी, विनोद झा, दिपांकर भट्टाचार्य र अजय घोस जस्ता ७ कोसला तथा आलु कम्युनिष्ट जन्मे । जो संसोधनवादी तथा दक्षिणपन्थी धारमा परिणत हुँदै गए । समाज रुपान्तरण गर्ने क्रममा कमोवेश भारतीय माओवादीहरुले अग्रता लिई रहेका छन् ।
कम्युनिष्ट आन्दोलन श्रमिक जनताको मुक्तिको अभियान हो । पुँजीवादीले जतिसुकै विकास गरे पनि त्यहाँ मालिक र मजदुरको सम्बन्ध जीवित रहन्छ । तर कम्युनिष्ट आन्दोलनले विकास गर्दै जादा त्यहाँ मालिक लोप भएर जान्छ र श्रमिकको पुर्ण स्वामित्व तथा मुक्ति हुन्छ । जहाँ मानिसले आफ्नै जाति एक मानिसबाट अर्को मानिस हेपिने शोषित हुने, दमन गरिने अवस्थाबाट पुर्ण तह मुक्ति पाउने बाटो हो । यही बिचारका प्रवर्तक विश्व समाजवादी आन्दोलनका महापुरुष सहस्राब्दीका महामानव कार्ल माक्र्स र वहाँका नङ्गा मासु जस्तै राजनीति सहयोगी एंगोल्सउको अथक प्रयासबाट सन् १८४८ मा कम्युनिष्ट घोषणा पत्र व्याइयो । जसमा मुलतः बैज्ञानिक समाजवादका लागि चार पक्ष अघि सारेका छन् ।
(१) राजनीतिमा सर्वहाराहरुको शासनको अनिवार्यता ।
(२) समाजमा वर्ग संघर्षको सिद्धान्त ।
(३) राजनीतिक अर्थशास्त्रको क्षेत्रमा बैज्ञानिक समाजवाद (आर्थिक समानता) तथा
(४) दर्शनको क्षेत्रमा द्वन्द्वात्मक ऐतिहासिक भौतिकबादको प्रतिपादन गरेका हुन । जसले गर्दा बहाँकै नामबाट युगान्तकारी युग माक्र्सवादको युगमा नामांकित भएका छन् ।
यसरी विश्वमा समाजवादीहरुको लहरका आधार स्तम्भ सन् १८४८ को कम्युनिष्ट घोषणा पत्र आए देखि भएको देखिन्छ । मालिक र मजदुर बीचको भिन्नता एक मानवबाट अर्को मानव शोषित हुने, हेपिने, दमन गरिने अवस्थाबाट मुक्ति पाउने उपायको रुपमा अक्षारान्स प्रोटोकल आई सके पछि सैदान्तीक वस गर्न धेरै सहज भैसकेको छन् । यसै विचारलाई आधार स्तम्भ मानेर समयका साथ अझ श्रृजणशिल र परिमार्जीत गर्दै लेनिन, माओ, किम इल सुङ्ग, हो चो मिन्ह किडेल क्याटूो, चेगोआराले आ आफ्नो कर्म क्षेत्रमा समाजवादको झण्डा लहराउन सफल भएका हुन । पृथ्वीको कुल क्षेत्रफल १४,९०,००००० वर्ग कि.मि.मा अटारटिका महादेश (बरफै बरफले ढाकेको भु भाग) बाहेक झण्डै आधा भु भाग र आधी अवादीमा समाजवादीहरुले आफ्नो झण्डा लहराउन सफल भएका रहेछन् ।
विश्व परिवेशमा उपनिवेशवादी तथा सम्राज्यवादीहरुको होड मचि रहदा विभिन्न समयमा ६ करोड भन्दा वढी समाजवादी अग्रदास्ताहरुले आफ्नो ज्यान गुमाउनु परेको रहेछन् । आफ्नो दादागिरी कायम राख्न उपनिवेशवादीहरु तथा सम्राज्यवादीहरुले सन् १९१४ मा प्रथम विश्व युद्ध गरायो । जसको प्रत्यक्ष प्रभाव रुसर्मा  पनि त्यहाँका सर्वहारा मजदुरहरुले सन् १९१७ अक्टुवर ४ का दिन क्रान्तिका  नायक भ्लादिभीर इलिच लेनिनको नेतृत्वमा समाजवादी व्यवस्था लागु गर्नमा सफल रहयो । केही दिन पछि पुँजीवादीहरुले जाल विछाई सन् १९१८ मा तब्बु तप्सा भने एक महिला द्वारा लेनिनलाई सदनमै गोली हान्न लगायो । उपचार पछि मृत्युको मुखबाट बाँच्न सफल भयो । तर लामो समय सम्म बाँच्न सकेन । सन् १९२४ जनवरी २१ का दिन सदाका लागि वहाँ शहादत हुनु भयो । आज सम्म वहाँको पारथिक शरीरलाई केमिकलमा संजोगेर राखिएका छन् । जसले गर्दा अहिले पनि नयाँ पीडिलाई जोश जागर रहेछन् । आज पनि वहाँ संसारको शोषित पिडीत सर्वहारा वर्गको लागि मसिहाको रुपमा प्रतिविम्बीत छन् । सन् ९० को दशकमा प्रतिक्रियावादी ऋक्ष्ब् का एजेन्ट मिखाइल गोर्भाचोभ द्वारा सन् १९९०÷०९१ मा सोभियत संघलाई विखण्डन गरी १७ वटा राज्यमा विभक्त गराईदियो । हाल त्यहाँ संसोधनवादी कम्युनिष्ट व्यवस्था छन् । तर रुसका वर्तमान राष्टूपति भ्लादिमीर पुटिनको बाजे लेनिनको भान्सेको जिम्मेवारी सम्हालेर समाजवादी विचारबाट ओतपोत भएकोले वर्तमान राष्टूपति पुटिन पनि पछुतो गरेर पुनः समाजवादी व्यवस्था पुर्णरुपले लागु गराउनमा अभ्यासरत छन् । त्यस्तै सन् १९४९ मा माओत्सेतुङ्गको नेतृत्वमा चीनमा समाजवादी व्यवस्था त्याई जनवादी चीनको स्थापना भयो । त्यस्तै सन् १९०५ देखि जपानको अधिनमा रहेका कोरियाले जपानी सेना सन् १९३९ देखि १९४५ सम्ममा भएको भिषण दोश्रो विश्व यूद्धमा सन् १९४५ अगस्त ७ मा हिरोसिमामा र अगस्त ९ मा नागासाकिमा अमेरिकाले परमाणु बम खसाले पछि जपानले पराजित कोरियाबाट आफ्नो सेना फिर्ता गर्यो । दुवै ठाउँगरी बमको प्रभावले चार लाख भन्दा वढी मानिसको ज्यान गएको थियो । त्यसपछि सन् १९४५ अगस्त १५ का दिन कोरिया स्वतन्त्र घोषित भएका थिए । तर कोरियाको उत्तर तर्फ सोभियत संघका सेना र दक्षिण तर्फ अमेरिकी सेना उपस्थित भए पछि एकिकृत कोरिया उत्तर र दक्षिण कोरियामा विभाजान हुनु पुग्यो । सोभियत संघको उपस्थिति रहेका उत्तर कोरिया समाजवादी व्यवस्थामा रुपान्तरित हुँदै गयो । यही द्वन्द्वमा सन् १९५० देखि ५३ सम्म अमेरिकी सेना सँग युद्ध लडदा लडदै सहादत दिनु भयो । उत्तर कोरिया भौतिक रुपले पुर्ण ध्वस्त भैसकेका थिए । यता अमेरिकी सेना पनि घुटना टेकन बाध्य भयो । त्यस पछि उत्तर कोरियामा किम इल सुङ्ग द्वारा नेतृत्व लिई आफु द्वारा प्रतिपादित ‘जुचे’ सिद्धान्तलाई लागु गरेका छन् । हाल त्यहाँका प्रमुख मुद्दा भनेको सन् १९५४ देखि विभाजित कोरियालाई एकिकरण गर्नु नै हो । त्यस्तै अमेरिकाको नाकै मुनि रहेर आफ्नो सर्वभौमताको रक्षा गर्दै सन् १९५९ फ्रेबरी १६ का दिन अमेरिकी सेनालाई परास्त गर्दै आफ्नो मातृभुमि क्युवामा समाजवादी व्यवस्था लागु गरेका छन् । लाखौं जनताको प्यारा नेता फिडेल क्याटूो यसै सुनौलो दिनमा प्रधानमन्त्री भई पछि राष्टूपति भएर चार दशक सम्म लामो शासनको बागडोर सम्हालेका थिए । केही वर्ष यता विरामी भै क्रान्तिका सहयोद्धा आफ्नै सहोदर भाई राउल कयाटूोलाई अहिले सत्ता सुम्पेका छन् । अहिले राउल क्याटूो क्युवाका राष्टूपति हुनु हुन्छ । त्यस्तै ३ सेप्टेम्बर १९४५ मा भियतनामका लागि स्वमीण दिन थियो । यसै दिनमा भियतनाम स्वतन्त्रको घोषणा पत्र क्रान्तिका महानायक हो..यो मिन्हद्वारा पढेर सुनाइयो । आफ्ना प्यारा नेताको घोषणापत्र सुन्न र विजय जुलुसमा सहभागी हुन लाखौंको जनसागर ओर्लेको थियो । घोषणा पत्र सुनाई रहदा वहाँ टायरको चप्पल र फाँटेको जिन्स पेन्ट लगएको थियो । तिक्षण संसारकै समाजवादीहरुको लागि यादास्त तथा गौरबको समय थियो । समाजवादी व्यवस्थाको राष्टू प्रमुख भएर अनेकौ चोरी अमेरिकी संग लड्नु परेको थियो । ३ सेप्टेम्बर १९६९ मा वहाँको देहवसान भयो । तर पनि भियतनाम पुर्ण रुपमा अमेरिकी चंगुरबाट सन् १९७६ जुलाई २ मा छुटकारा पायो । यसरी टुक्रिएको भियतनाम एकिकरण भई अहिले समाजवादी गणतन्त्र भियतनामको रुपमा विश्वमान चित्रमा अवस्थित छन् । सन् १९१७ को अक्टुवर क्रान्ति पछि रुसमा भएको व्यवस्था परिवर्तन देखि लिएर अहिले सम्म संसार भरमा समाजवादमा समय समयमा परिणत भएका देशहरुको क्षेत्रफल तथा लगभग जनसंख्या यस प्रकार छन् ।
माथि उल्लेखित देशहरुको अर्थव्यवस्था तथा प्रति व्यक्ति बार्षिक आम्दानी दर पुँजीवादी देशहरु भन्दा धेरै वढी छन् । यी देशहरुमा अहिले पनि श्रम शान्ति तागत छन् । विश्वको एक चौथाई जनसंख्यालाई अहिले पनि चीनको समाजवादी व्यवस्थाले खुसशाल जीन्दगी दिएछन् भन्ने भारतमा अहिले पनि ८० प्रतिशत जनता गरिबी रेखामुनि दुखतालको जीवन जीउन बाध्य छन् । भरखरै सार्वजनिक भएको प्रतिवेदन अनुसार सार्क देशहरुमा प्रति व्यक्ति प्रति वर्ष १९ हजार भन्दा तल आम्दानी हुनेलाई गरिब मापन गरेछन् । जस अनुसार सार्कका आठ देशहरुको औषत गरिबी दर ४४ प्रतिशत बताइएको छन् तर गरिबी मापन गर्ने यो फरमुला पुँजीवादीहरुको रहेछन् । वास्तविक गरिव भन्नेको गाँस, वाँस, कपास, शिक्षा, स्वास्थ्यका साथै अचेल भौतिक सुविधाहरु मध्ये चर्पी, विजुली, टेलिफोन र एउटा सधारण करेशावारी नभएको व्यक्ति पनि गरिबी रेखामुनि पर्दछ । अझ नैतिकताको पराकाष्टता पार गरेर वर्तमान भारतका राष्टूपति प्रणम मुखर्जी तत्कालिन अर्थमन्त्री हुँदा खेरी गाउँमा २६ रुपैयाँ र शहरमा ३२ रुपैयाँ प्रतिदिन कमाउने व्यक्तिलाई धनि भन्नेर मापन गरेको थियो । यो कस्तो विडम्बना र निरलजताको स्थिति रहेछन् । पुँजीवादीहरुले गरिबलाई यसरी खिल्ली उडाउदै रहेछन् । अतः यस अर्थमा महात्मा गान्धी, जवाहरलाल नेहरु, राम मनोहर लोहियाको समाजवादी प्रणालीलाई अंगाली यिनीहरुलाई भगवान मान्नु भन्दा हजारौं गुणा ठुला मानव किर्ती गरेका माओलाई यो संसारकै भगवान भन्नु उचित हुन्छ ।
यस्तै नेपाल र भारतको पश्चिम बंगाल तथा केरलमा लामै समय सम्म समाजवादीहरुको नाउमा कार्यकारणी प्रमुख भएर सत्ता संचालन गरेका रहेछन् । जसको जनसंख्या करिवन १७ करोड सम्म रहेछ । यसरी माथिको तथ्याङ्क हेर्दा खेरी संसारको आधी भु भाग र लगभग आधी जनसंख्याको बीचमा समाजवादीहरुले विभिन्न समयमा आफ्नो झण्डा लहराई रहेका इतिहास हाम्रो सामुने प्रष्ट छन् । तर एकाइसौं सताव्दीको शुरुवातमा युद्ध तथा द्वन्द्वको तिन अवस्था (१) रक्षात्मक (२)संतुलन (३) आक्रमण मध्ये अहिले समाजवादी योद्धाहरु विश्वभनी नै रक्षात्मक अवस्थाबाट गुज्रिरहेको छन् । पुँजीवादीहरुले चारैतर्फबाट यस्तो सिकंजा कसेको छन् । जो प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नव तथा अर्ध उपनिवेश लाधेर विश्वमै राज्य गर्न खोजी रहेछन् ।
समाजवादीहरु रक्षात्मक अवस्थामा पुग्नुको प्रधान कारणहरु ः
माओको युद्ध तथा समाज रुपान्तरण सम्बन्धी तीन जादुगरी हतियार (क) विचार (ख) संगठन (ग) निति प्रष्ट हुँदा हुँदै पनि नेतृत्व कर्ताको नियतमा खोट भए पछि सफलता पाउन सक्दैन । क्रान्ति प्रति पुर्ण समर्पित नभए पछि कमजोर भइन्छ । अहिले नेताहरु वर्नस्टिन र काटूस्कि प्रवृतिको संसोधनवादी तथा दक्षिण पन्थी धारमा परिणत भई संदनलाई छनौट गरेका रहेछन् । भ्रष्टाचार गरेर राष्टूको ढुकुटी रित्याउनमा पल्केकोले यिनीहरु व्यवस्था परिवर्तन गर्न नै चाहँदैन । त्यसैले इमान्दार नेतृत्व अगाडी नआएसम्म क्रान्ति दिशा विहिन हुनजान्छ ।
उपाय (१) ः वास्तविक क्रान्ति गर्नका लागि साझा उत्पादन तथा साझा वितरण प्रणाली अनिवार्य रुपमा अपनाउनु पर्छ । संगठन निर्माणकै क्रम देखि जीवनशैलीलाई साझा गर्नु पर्छ । अनि मात्रै ती गरिब निमुखा निरही जनताले पत्याउने छन् ।
(२) देशको राजश्वलाई साझा वितरण तथा सामुहिक विकासको अवधारणा अन्तरगत त्याउनुपर्छ । सत्तामा आउने वित्तिकै सवभन्दा पहिलो निर्णयले देशको राजश्वलाई साझा गर्नुपर्छ ।
आफ्नो इमानदारी नैतिक बल र अस्तित्वको मर्म सम्झेर लेनिन, माओ, हो चो मिन्ह, फिडेल क्याटूो किमइल सुङ्ग, चेगोभाराले आफ्नो अथक संघर्ष पछि आ आप्mनो कर्मक्षेत्रमा समाजवादी व्यवस्था लागु गर्नमा सफल भएका छन् । तर संसोधनवादी कितामा गएका नेतृत्वले सत्ताको सुख त पायो तर आफ्नो अस्तित्वलाई जोगाउन सकेन । न त जनतालाई नै सुख दिन सक्यो । सताव्दीका महापुरुष कार्ल माक्र्सको भविष्यवाणी अनुसार आउने दुई सय वर्ष पछि सम्पुर्ण संसार नै कम्युनिष्टमय हुने छन् । यस भनाईलाई आधार भन्दा अब आउने सन् २०५० को दशक धेरै दिन छैन । संसारभरी नै पुँजीवादीहरुको राक्षस प्रवृतिले गर्दा जनता तंग भै सकेछन् । तसर्थ आउने समय समाजवादीहरुको लागि आशाको किरण झै हामीले देखि रहेछौं । यसको सुरुवात आउने ५ देखि १० वर्षमा नेपालबाटै शुरु हुने छन् । जसको नेतृत्व हामीहरुले गर्ने सुनौलो मौका पाएका छौं । अखिल तराई मुक्ति मोर्चाको नेतृत्वमा मधेस मात्रै हैन नेपाल नै कम्युनिष्टमय हुनेछन् । अतः हामी सबैले साझा जीवन शैली साझा उत्पादन र साझा वितरणलाई मुलमन्त्र ठानेर आ आफ्नो ठाउँबाट सार्थक भुमिका खेल्ने बेला आएको छ । धन्यवाद ।

२०७१ फाल्गुन ०३ गते आईतबार