Sunday, June 12, 2016

कांग्रेस धनुषा सभापति राम सरोज यादवका भाई राम लक्षण यादवलाई जन्मकैद, जलेश्वर कारागार चलान

राम लक्षण यादव । नेपाली कांग्रेस धनुषाका सभापति
 तथा पुर्व सांसद राम सरोज यादवका उनी भाई हुन ।
अजय अनुरागी
जनकपुरधाम............
अपराधमा कसुरवार ठहरिएका ५७ बर्षिय व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरी अन्ततः उनलाई आफ्नो जिवनको उत्तरार्धमा जेल पठाएका छन् । जन्मकैद सजाय ठहर भएको १० बर्षपछि अदालतको फैसला कार्यान्वयन भएको छ । हुन त उनी प्रहरीको मोस्टवाण्टेड सूचिमा फरार अपराधि रहेको भएपनि राजनीतिक प्रभावकै कारण तिनलाई प्रहरीले पक्राउ गरिरहेको थिएन । यहाँसम्मकी अदालतबाट कसुरवार अपराधिको रुपमा ठहर भईसकेपनि उनी धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट दोस्रो संविधानसभाको चुनावमा सदभावना पार्टीबाट चुनावसम्म लडेका थिए । प्रहरीले उनलाई देखेपनि नदेखेजस्तो गथर््यो । तर, अन्ततः धनुषा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको छ ।
को हुन ती व्यक्ति ?
धनुषा बहेडाबेलाका ५७ बर्षिय रामलक्षण यादव नेपाली कांग्रेस धनुषाका सभापति तथा पुर्व सांसद राम सरोज यादवका साखै भाई हुन । राम लक्षण यादवलाई धनुषा जिल्ला अदालतले कर्तव्य ज्यान भएको मुद्दामा कसुरवार ठहर गर्दै २० बर्ष कैद सजायका लागि जलेश्वर कारागार चलान गरेको छ । २६ चैत्र २०६३ मै उनलाई जन्म कैदको  अदालतले सजाय तोकेको भएपनि २४ जेष्ठ २०७३ मा मात्र उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गर्न सफल भएको थियो । अदालतले २४ जेष्ठ २०७३ देखि २३ जेष्ठ २०९३ सम्मका लागि कैदमा राखि अन्य मुद्दा वा निकायबाट कैद वा थुनामा राख्नु नपर्ने भए २४ जेष्ठ २०९३ का दिन प्रस्तुत मुद्दाबाट कैद मुक्त गरिदिनु भन्दै धनुषा जिल्ला अदालतले कारागार कार्यालय महोत्तरी जलेश्वरलाई पत्राचार गरेको छ ।

२०३६ सालको आन्दोलन पछि ३७ सालमा गरिएको जनमत संग्रहको चुनावका दिन धनुषा बहेडाबेलाको लक्ष्मीपुर प्राथमिक विद्यालय स्थित मतदान केन्द्रमा पञ्चायती समर्थक प्रहरी प्रशासनले नेपाली कांग्रेसका तत्कालिन नेता महेन्द्र नारायण निधिका छोरा बिमलेन्द्र निधिलाई आक्रमण गर्न खोज्दा राम लक्षण यादवले आफ्नो ज्यानमा खेलेर विमलेन्द्र निधिलाई जोगाउन सफल त भए तर निधिको हात भाँचियो । ट्याक्टरमा लादेर निधिलाई जनकपुर अञ्चल अस्पतालमा ल्याई उपचार गराएका थिए उनले । अर्थात विमलेन्द्र निधिका लागि काम गर्ने राम लक्षण पछि गएर दोस्रो संविधान सभाको चुनावमा विमलेन्द्र निधि विरुद्ध सदभावनाको टिकट पाई संविधान सभाको चुनावमा धनुषा क्षेत्र नम्बर ३ बाट चुनाव पनि लडेका थिए । उनी पराजित भए । निधिसँग अलगिएका राम लक्षण अहिले जुन अपराधमा जेल गएका छन् त्यो पनि राजनीतिक कारण नै रहेको बताइन्छ । विमलेन्द्र निधिका लागि तत्कालिन पञ्च नेता भोला यादव विरुद्ध संघर्ष गर्ने क्रममा एक जना महिलाको हत्या गरेको कसुरमा उनलाई जन्मकैद सजाय अदालतले सुनाएको हो ।

राम लक्षणको अपराध
२७ बैशाख २०५६ सालमा दिउँसो १२ बजेको समयमा रामरतन यादव, रामनन्दन यादव, राम लक्षण यादव, बुद्धेश्वर यादव, रामप्रित यादव, रंजित यादव, जयनारायण महतो, राम बहादुर मण्डल, राकेश यादव, बेचन यादव, रामराजी यादव, निर बहादुर मण्डल, रविन्द्र प्रसाद यादव, देव नारायण यादव, छोटैया भन्ने छोटन प्रसाद यादव समेतका व्यक्तिहरु मेरो घरमा आई हुरहुज्जत गरी म लगायत मेरो छोरा राम नरेशलाई लाठी समेतले कुटपिट गरिरहेको अवस्थामा मेरो श्रीमति रामरति घरबाट बाहिर निस्की गुहारपुकार गरी छोरालाई माथीबाट आफुले बचाउन छोपेकोमा विपक्षी रामरतन र रामलक्षण यादवले यो आईमाई वरता बदमास छन्, यसलाई पहिले मार्नुपर्छ भनि निजहरुसमेत सबै विपक्षीहरुले कुटपिट गरी मेरो श्रीमतिलाई अमानविय ढंगबाट घटना स्थलमा नै प्रतिवादीले कुटपिट गरेपछि मरेजस्तो भईसकेपछि सबै प्रतिवादीहरु भागी गएको र छोरी गुहारीहरुले मेरो श्रीमतिलाई आँगनबाट उठाई भित्र औछ्यानमा लान लाग्दा लाग्दै मृत्यु भएकोले विपक्षीहरुको बचन एवम कुटाईबाट ज्यान मर्न गएको हुँदा कानुन बमोजिम कारवाही गरि पाउ बारे भन्ने समेत व्यहोराको मृतक रामरति यादवका श्रीमान ब्रम्हदेव यादवले जाहेरी दरखास्त दिएको थियो । घटनामा तत्कालै रामराजी यादव र रंजित यादवलाई प्रहरीले पक्राउ गरी उक्त मुद्दाको अभियोग पत्र धनुषा जिल्ला अदालतमा दर्ता गरेको थियो । बाँकी प्रतिवादीहरु फरार अवस्थामा थिए । एक जेष्ठ २०५८ मा धनुषा जिल्ला अदालतले अभियोग पत्र साथ हाजिर भएका रामराजी यादव र रंजित यादवको हकमा जन्म कैद र अन्य फरार रहेका प्रतिवादीहरुको हकमा मुल्तवीमा राखि दिने भन्दै धनुषा जिल्ला अदालतले फैसला गरेको थियो । उक्त मुद्दामा पुनरावेदन अदालत जनकपुरले  धनुषा जिल्ला अदालतबाट गरेको सुरुको इन्साफलाई सदर गरी प्रतिवादी रामराजी र रंजित यादवलाई जन्मकैद ठहराएको थियो । त्यसपछि उक्त घटनामा फरार रहेका प्रतिवादीहरु मध्ये झपसी भन्ने जयनारायण महतो सुडी ८ साउन २०५९ मा हाजिर गराई पाउ भनि धनुषा जिल्ला अदालतमा निवेदन साथ हाजिर भएको थियो । मैले जाहेरवालाको श्रीमतिलाई मारेको छैन, त्यस दिन मेरो क्षेत्रको सांसद महेन्द्र नारायण निधिको घरमा मिटिङ्ग भएकोले म त्यही थिए, जाहेरवालाको श्रीमति टिभी रोगी हुँदा सोही रोगबाट मरेकी हुन, राजनीति चालले हामीलाई फसाउन जाहेरी दिएको हो, हामीले कुटपिट गरेको छैन तसर्थ अभियोग दावीबाट सफाई पाउ भन्ने समेत व्यहोराको प्रतिवादी झपसी भन्ने जयनारायण महतोले धनुषा जिल्ला अदालतमा बयान गरेको थियो । ८ बैशाख २०६० मा धनुषा जिल्ला अदालतले प्रतिवादी झपसी भन्ने जयनारायण महतोलाई १ बर्ष ६ महिनाको कैद सजाय ठहर गरेको थियो । त्यसपछि १४ पुष २०६० मा पुनरावेदन अदालत जनकपुरले धनुषा जिल्ला अदालतकै फैसलालाई झपसीको हकमा सदर गरेको थियो । त्यसपछि ३ फागुन २०६१ मा प्रतिवादीहरु मध्येका इन्द्रदेव यादवलाई पक्राउ गरी धनुषा जिल्ला अदालतमा उपस्थित गराएपछि मुलतवीबाट उनको हकमा पनि मुद्दा दायर भएको थियो । २७ बैशाख २०५६ मा मेरो घरमा भगवानको पुजा भएकोले म आफ्नै घरमा थिएँ घटना भनिएको ठाउँमा म गएको छैन, राजनीतिक रिसइवीबाट मात्र मेरो नाम राखिएको हो, रामरति देवीलाई मैले कुटपिट गरी मारेको हैन, म निर्दोष व्यक्ति हुँदा झुठा अभियोग माग दावीबाट सफाई पाउनु पर्ने हो भन्ने समेत व्यहोराको प्रतिवादी इन्द्रदेव यादवले धनुषा जिल्ला अदालतमा बयान गरेको थियो । त्यसैगरी ८ अषाढ २०६२ मा जिल्ला सरकारी वकिल कार्यालयले छोटे भन्ने छोटेन्द्र प्रसाद यादवलाई धनुषा जिल्ला अदालतमा हाजिर गराएको थियो ।  फरार रहेका प्रतिवादीहरु रामरतन यादव र राम लक्षण यादव समेत १२ जनाको हकमा धनुषा जिल्लाको ३ चैत्र २०६१ को आदेशानुसार मुलतवीबाट जागी दायर भएको थियो ।

२७ बैशाख २०५६ विहान ८ बजेसम्म घरमै थिए । त्यसपछि खाना खाई घरबाट हिँडी आफ्नो अफिस जिल्ला विकास समितिको कार्यालय ग्रामिण सामुदियक पुर्वाधार कार्यक्रमको कार्यालय धनुषामा हाजिर भई ५ बजे काम गरेको छु, सो कार्यालयबाट साढे ५ बजे छुट्टी बेलुका ७ बजे आफ्नो घर पुगेको हुँ मैले कसुर नगरेको हुँदा अभियोग दावीबाट सफाई पाउ भनि भन्दै छोटेन्द्र प्रसाद यादवले धनुषा जिल्ला अदालतमा बयान गरेको थियो । धनुषा जिल्ला अदालतले प्रतिवादीद्वय इन्द्रदेव यादव र छोटेन्द्र प्रसादको हकमा ५ बर्षको मात्र सजाय गर्न मनासिभ देखि आफ्नो राय सम्म जाहेर गरेको छु भन्दै धनुषा जिल्ला अदालतले २६ चैत्र २०६३ मा फैसाला गरेको थियो । 

पुनरावेदन अदालतको ठहर
प्रतिवादीहरुले रामरति देवीलाई कुटपिट गरेको कारण घटनास्थलमै मरेको तथ्य निरविवाद पुष्टि हुन आएको हुँदा अभियोग पत्र दायर भएको देखियो । प्रतिवादीहरु उपर किटानी जाहेरी परेको, जाहेरवाला लगायत घटना देख्ने, प्रहरीमा कागज गर्ने र बस्तु स्थित मुचुल्काको मानिसहरु मनोज यादव समेतले जाहेरी व्यहोरा समर्थन हुने गरी सुरु अदालतमा बकपत्र गरेको देखियो । यसरी मृतक रामरति देवीको मृत्यु यी प्रतिवादीहरुको कुटाईबाट भएको तथ्यमा विवाद रहेन । प्रतिवादीहरुले मृतक रामरति देवीलाई निर्ममता पुर्वक कुटपिट गरेको कारणबाट निजको मृत्यु भएको तथ्य मिसिल संलग्न प्रमाणबाट शंकारहित तवरले पुष्टि भएको देखिन आएको हेर्दा सुरु धनुषा जिल्ला अदालतबाट प्रतिवादीहरुलाई जन्मकैद गर्ने गरि भन्ने फैसला अन्याथ गरेको भएन । यसर्थ यी प्रतिवादीहरु रामरतन यादव, रामलक्षण यादव संलग्न भई कुटपिट गरेको कारणबाट मृतक रामरतिको मृत्यु भएको हुँदा प्रतिवादी रामरतन यादव, राम लक्षण यादवलाई जन्म कैद गर्ने गरि भएको धनुषा जिल्ला अदालतको २६ चैत्र २०६३ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर छ भन्दै पुनरावेदन अदालत जनकपुरको न्यायाधिशद्वय पुरुषोत्म भण्डारी र रिता गौतम दिक्षितको संयूक्त इज्लासबाट २ अषाढ २०७२ मा फैसला भएको थियो । 

सर्बोच्च अदालतको ठहर
प्रतिवादी रामराजी यादव र रंजित यादवको हकमा पुनरावेदन अदालत जनकपुरद्वारा गरिएको फैसलाको विरुद्धमा सर्बोच्च अदालतमा गरिएको पुनरावलोकनको मुद्दामा सर्बोच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र प्रसाद कोइराला र रणबहादुर बमको संयूक्त इजलासले धनुषा जिल्ला अदालत र पुनरावेदन अदालत जनकपुरद्वारा गरिएको फैसलामा कुनै त्रुटि नदेखिँदा उक्त फैसला सदर हुने ठहर छ भन्दै फैसला गरेको थियो ।

२०७३ जेष्ठ ३० गते आईतबार

3 comments:

  1. क्लिन्टन लोन फर्ममा स्वागत छ हामी हाम्रो राम्रो कामको बारेमा इन्टरनेटको यात्रा गरिरहेको राम्रो टिप्पणीहरूको कदर गर्छौं। अब हामी के गर्न सक्दछौं हामी सबै भन्दा राम्रो काम गर्छौं। के तपाईलाई तुरुन्त ऋण चाहिन्छ? शायद विस्तार गर्न को लागी एक ऋण तपाईंको आफ्नै व्यवसाय सुरु गर्न सक्छ? ब्याज दरसँग कम ग्राहकको रूपमा 3% जसले ग्राहकलाई सूट गर्दछ र तपाइँलाई हाम्रा सेवाहरूको आनन्द उठाउनेछ। त्यसैले हामीलाई अबर्फत सम्पर्क गर्नुहोस्

    clinton.loanfinance@yahoo.com
    clintonimmanuel9@gmail.com
    हामी तपाईंलाई सकारात्मक प्रतिक्रिया प्राप्त गर्न अपेक्षा गर्दछौं।

    टीम सादर
    क्लिनिक लोन फर्म

    ReplyDelete
  2. तपाईंलाई ऋण चाहिन्छ? के तपाईं एक वित्तीय संकटमा हुनुहुन्छ वा आफ्नो आफ्नै व्यवसाय सुरु गर्न पैसा चाहिन्छ? के तपाईं आफ्नो ऋण वा वेतन बिल सुल्झाउन वा राम्रो व्यवसाय सुरु गर्न एक ऋण चाहिन्छ? कम क्रेडिट स्कोर छ र तपाईं स्थानीय बैंक र अन्य वित्तीय संस्थाहरूबाट राजधानीको ऋण लिन गाह्रो हुनुहुन्छ? यहाँ तपाईंको संगठनबाट ऋण प्राप्त गर्ने मौका हो। हामी निम्न उद्देश्यहरू र थपका लागि विशेष ऋण प्रदान गर्दछौं। व्यक्तिगत ऋण, व्यापार विस्तार, व्यापार सुरुवात, शिक्षा, ऋण समेकन, निश्चित पैसा ऋण। हामी कम 2% ब्याज दर मा ऋण प्रदान गर्दछौं। आज हामीलाई सम्पर्क गर्नुहोस् ई - मेल brynmena222@gmail.com द्वारा

    ReplyDelete
  3. * मैले मेरो REण प्राप्त गरें कसरी एउटा वास्तविक र साँचो ROणबाट
    कम्पनी जोस लुइस Oण भनिन्छ, म आज धेरै खुशी छु र भगवानले जोस लुइस Oण

    नमस्कार, मेरो नाम मार्गारीटा पलाजोभा हो म रीगाको हुँ
    म विवाहित छु, म एक वास्तविक loanण कम्पनीको लागि खोजी गर्दैछु
    पछिल्ला months महिना र मैले प्राप्त गरेका सबै घोटालाहरू थिए जसले मलाई उनीहरूमाथि भरोसा गर्न बाध्य तुल्यायो र दिनको अन्त्यमा तिनीहरूले मेरो पैसा लग्यो र बदलामा केहि पनि दिएनन्, मेरो सबै आशा हरायो, म अलमल्ल र निराश भएँ, मैले भेट्टाए यो मेरो परिवारलाई खुवाउन धेरै गाह्रो छ, म कहिले पनि इन्टरनेटमा companiesण कम्पनीहरुसँग केहि गर्न चाहन्न, त्यसैले म अफ्रिकाबाट केहि पैसा लिन गएँ, मैले उनलाई सबै कुरा बताएँ र उनले भनिन कि उनले मलाई मद्दत गर्न सक्छिन्, जुन उनलाई थाहा छ मलाई आवश्यक पर्ने loanणको कुनै पनि रकमको साथ मद्दत गर्न सक्ने एक companyण कम्पनी
    मलाई २% एकदम कम ब्याज दरको साथ, कि उनले भर्खरै उनीहरुबाट loanण लिएकी थिई, उनले मलाई कसरी loanणका लागि आवेदन दिने भनेर निर्देशन गरे, मैले उनलाई भनेको भनेको मैले उनीहरूलाई ईमेलमा गरें: (जोसेलुइसलोन्स @ जीमेल .com
    ), मैले कहिले विश्वास गरेन तर मैले प्रयास गरें र मेरो सबैभन्दा ठूलो आश्चर्यको लागि मैले २ 24 घण्टा भित्र theण प्राप्त गरें, म विश्वास गर्न सक्दिन, फेरि खुशी र धनी छु र म भगवानलाई धन्यवाद दिन्छु कि यस्तो loanण कम्पनीहरूले अझै पनि यस्तै यस घोटालामा सबै ठाउँमा अवस्थित छन्, कृपया म सबैलाई सल्लाह दिन्छु
    (joseluisloans@gmail.com मा जानको लागि त्यहाँ loanण चाहिन्छ
    ) तिनीहरू तपाईंलाई कहिल्यै विफल गर्दैनन्, र तपाईंको जीवन मेरो रूपमा परिवर्तन हुनेछ। चाँडै आज जोस लुइस loanणलाई सम्पर्क गर्नुहोस् र उनीहरूबाट तपाईंको getण लिनुहोस्, भगवानले जोस लुइस कम्पनीलाई उनीहरूको वास्तविक loanण प्रस्तावका लागि आशीर्वाद दिऊन्। निश्चित गर्नुहोस् कि तपाईंले आफ्नो lणको लागि जोस लुइस कम्पनीलाई सम्पर्क गर्नुभयो किनभने मैले मेरो gotण पाएको छु
    सफलतापूर्वक तनाव बिना यो कम्पनीबाट *

    ReplyDelete