Tuesday, June 16, 2015

अजब–गजब छ बा ! : सुदर्शन सिंह


राम राम के मरी हत्या गर्या, यसरी भोक भोकै बसेर हुन्छ, हामी चुहावट गर्ने अधिकारीलाई एक चोटी सेवाको मौका दिनु पर्यो अध्यक्षजी !


२०७२ जेष्ठ ३१ गते आईतबार

स्टिङ्ग एट आनन्दनगर जनकपुरमा अवैध कोठीहरु संचालन भईरहेको खुलासा आधा घण्टाको रेट भारु ३ हजार, दुई घण्टाको दोब्बर

अवैध कोठी संचालन गरी देह व्यापारको धन्दा चलाउँदै आएकी
 नाइके खातुन महिला र यौन व्यवसायमा संलग्न महिलालाई 
धनुषा प्रहरीले छापामारी गरेर पक्राउ गरी लग्दै ।
अजय अनुरागी
जनकपुरधाम............

जनकपुरमा कोठा वहालमा लिएर बर्षांै देखि वेश्यालय नै संचालन गर्दै आएको अवैध कोठीहरुको  रहस्य पर्दाफास भएको छ । द एक्सक्लुसिभ पत्रिकाका सम्पादक अजय अनुरागी र जनकपुरका पत्रकार घनश्याम मिश्रको संयुक्त प्रयासमा गरिएको स्टिङ्ग अप्रेशनबाट अवैध कोठी संचालन गर्ने गिरोहहरु जनकपुर शहरमा सक्रिय रहेको खुलासा मात्र भएको छैन, यौन धन्दामा लाग्ने केही महिलाहरु रंगेहात पक्राउ पनि परेका छन् ।
हुन त जनकपुरका जनक चौक, शिव चौक, भानु चौक र राम चौकमा दिउँसै ग्राहक खोज्दै यौन व्यवसायीहरु लजमा गएर देह व्यापार गर्दै आएको खुलासा समेत द एक्सक्लुसिभले १ बर्ष अघि गरेको स्टिङ्ग अप्रेशनबाट नै खुलासा भएको थियो । तर, जनकपुर सहर भित्र बीच बस्तीमा यसरी कोठी नै संचालन गरी देह व्यापारको खुल्ला खेल हुँदै आएको रहस्य भने खुल्न सकेको थिएन ।
 

धनुषाका प्रहरी प्रमुख गणेश बहादुर थापा आफ्नै 
कमाण्डमा छापामारी गरेका थिए । साथमा 
द एक्सक्लुसिभका सम्पादक अजय अनुरागी ।
स्टिङ्ग अप्रेशनको पुरा कथा
गत बुधबार विहानको करिब ८ बजे तिर पत्रकार घनश्याम मिश्रले द एक्सक्लुसिभका सम्वाददाता अजय अनुरागीलाई फोन गरी भेट्नु जरुरी छ, भेटेर केही कुरा सेयर गर्नुछ भनेर भन्छन् । अनि पत्रकार मिश्रलाई पत्रकार अजय अनुरागी आफ्नो कोठामै बोलाउँछन् । त्यस दिन विहान ८ः३० बजे सुजित झा द्वारा सम्पादित तथा प्रकाशित दूधमति साप्ताहिकको विमोचनमा पनि जानु पर्ने हुनाले कोठाबाट सँगै जाने कुराको दुवै जना बीच फोनमा सहमति भयो ।
    
कुराकानी भएको दश मिनेट पछि घनश्याम, अनुरागीको कोठामा आइपुगे । घनश्यामले बडो चासो, उत्साह र गम्भीरताका साथ जनकपुरमा कोठी संचालन भईरहेको भन्ने कुरा विश्वसनिय स्रोतबाट थाहा पाएको, र त्यो कुरा पक्का पक्की सही भएको आफुले पनि बुझेको दावी गरे । यो समाचार त जसरी पनि गर्नै पर्छ भनेर घनश्यामले जिद्दी गरेपछि अनुरागी पनि समाचार गर्ने विषयमा गम्भिर भए । त्यसपछि स्टिङ्ग अप्रेशन नै गर्नुपर्छ भन्ने निधो भयो । अनि उक्त कोठी संचालन बारे समाचार सम्प्रेषण गर्दा आई पर्न सक्ने सम्भावित जोखिमलाई आंकलन गर्दै सुरक्षा बारे गम्भिर प्रश्न खडा भयो । जिल्लाका केही प्रहरीहरुकै संरक्षणमा उक्त धन्दा चलिरहेको हुन सक्ने हाम्रो आशंका थियो ।
    
त्यसैले प्रहरीलाई पहिले नै भनि दिए अप्रेशन असफल हुने खतरा पनि थियो । त्यतिकैमा घनश्यामले भने,“ अहिले एसएसपी नयाँ आएका छन् । उनीसँग एक पटक मेरो भेटघाट भईसकेको छ । जिल्ला प्रहरीलाई जानकारी नदिई एसएसपीलाई भनेर हामी अप्रेशन गर्नुपर्छ ।” प्रहरी संगठन प्रति विश्वास नगर्नुको अर्को पनि के कारण थियो भने यस अघिका एसएसपी सुरेश कुमार केसीको नै एउटा महिलासँगको अवैध सम्बन्ध बारे केही महिना अघि मत्र टेप लिक भएको थियो । उक्त टेप बारे स्थानीय पत्र पत्रिकामा समाचार प्रकाशित भए पछि प्रहरी मुख्यालयले कारवाही स्वरुप एसएसपी केसीलाई सरुवा गरेको थियो । तर, घनश्यामले नयाँ एसएसपीले हामीलाई साथ दिने विश्वास दिलाएपछि घनश्यामले नयाँ एसएसपी सुरेश विक्रम शाहलाई फोन गरेर अप्रेशन गर्न गईरहेको र सुरक्षा व्यवस्थाका लागि तयार रहन अनुरोध गरे । उताबाट एसएसपी शाहले आफु अहिले सर्लाहीमा डिआईजीसाहव सँगै रहेको हुनाले जिल्लालाई भन्न अनुरोध गरे । फेरी घनश्यामले यो धन्दामा जिल्लाका तल्लो दर्जाका प्रहरी कर्मचारीको पनि संलग्नता हुन सक्ने र सूचना लिक हुन सक्ने भने पछि अञ्चल प्रहरी कार्यालयका डिएसपीलाई उनले फोन गरेर तयारी अवस्थामा वसी रहन निर्देशन दिए । उत्ताबाट डिएसपीले पनि फोन गरी हाम्रो सहयोग आवश्यक परे जिल्ला प्रहरीको टोली तयार रहने बताए । पत्रिका विमोचन कार्यक्रमका लागि प्रस्थान गर्दा बाटोमै उक्त धन्दा चलाउने गरेको घर यकिन गर्यौं । दुधमति विमोचन सकेर घर आई दुवै जना खाना खायौं । अनि अप्रेशनका लागि आवश्यक समाचार उपकरण तथा केही नगद बोकेर हिंड्यौं । हामी पुगिसके पछि सबै भन्दा पहिले धन्दा संचालनमा रहेको घरको वरपरको छिमेकीहरुलाई भेट्ने प्रयास गर्यौं । अनि छिमेकीहरुको कुरा सुनेपछि हामी झसङ्गै भयौं । विगत १ बर्ष भन्दा वढी समय देखि भरत श्रेष्ठ घरवेटी रहेको आनन्द नगर स्थित कोठा वहालमा लिएकी एक जना खातुन थरकी महिलाले धन्दा चलाउँदै आएको छिमेकीहरुले बताए । प्रत्येक दिन ५० देखि १ सय वटा वाइकमा ग्राहकहरु आउने, कतिपय यौन धन्दामा संलग्न केटीहरु, महिलाहरु सधै आउने गरेको छिमेकीहरुले बताए । आनन्दनगर अब आनन्दनगर रहेन, नर्क भईसक्यो । यो नर्कबाट जसरीपनि तपाईहरुले हामीलाई मुक्ति दिलाई दिनुभयो भने ठुलो अभारी हुनेथियौं, बस्तीका प्रायः जसो मानिसहरुले हामीलाई भने । हुन त बस्तीवासीले त्यसबारे बेला बखत स्थानीय प्रहरीलाई नभनेको पनि होइन । तर, रक्षक नै भक्षक भईदिएपछि बस्तीवासीहरुको पुरै आश मात्र मरेन, त्यो नर्कमा बाँच्नु नियती नै रहेको भनेर स्वीकार गरिसकेका थिए ।
     
जनकपुरका नाम चलेका कलेज पढ्ने केटी देखि विवाहित महिलाहरु उक्त धन्दामा लागेको उनीहले बताए । छिमेकीले तिनीहरुलाई त्यहाँबाट धपाउन प्रयास पनि नगरेको होइन । घरवेटीकी श्रीमति (जो आनन्दनगरमै अर्को घरमा वसेर किराना पसल चलाउँछिन) लाई त्यो महिलाले यौन धन्दा चलाईरहेकोले त्यसलाई खाली गराउन भन्न जाँदा, यहाँ कसको क्यारेक्टर सही छ ? भनेर प्रश्न गर्ने गरेको छिमेकीहरुले वताए । उसले मलाई भाडा दिरहेको छ, मैले किन हटाउने भनेर सधै आलटाल गर्ने गर्थिन । त्यसपछि धन्दा चल्ने गरेको घरको ठीक दायाँपट्टी (दक्षिण तर्फ) घरवेटीको दाई मदन श्रेष्ठकोमा हामी पुग्यौं । दुवै दाई भाई बीच बोलचाल बन्द भएको बर्षौं भईसकेको रहेछ । उनीहरुले भरतलाई पटक पटक अवैध यौन धन्दा भईरहेको कुरा बारे जानकारी गराउँदा समेत नसुनेझैं गर्थे ।
 
एकातिर ती महिलाहरु विहान ११ बजे देखि मध्यान्हको ३ बजे सम्म धन्दा चलाउन थालेका थिए भने राति सम्म पनि धन्दा चल्न थालेपछि टोल सुधार समितिको वैठक गरी त्यहाँबाट उसलाई भगाउने जिम्मा टोल सुधार समिति अध्यक्ष प्रभात चौधरीलाई दिईयो ।
 
प्रभात त्यो घरमा गए पछि निस्कदै निस्केन । दिनभरी त्यही घरमा रहिरहयो भन्ने टोलबासीहरुको गुनासो छ । त्यति जानकारी पाईसकेपछि हामी प्रभातको घर पुग्यौं । उनीसँग कुरा गर्दा आफुलाई छिमेकीले घरमा पठायो तर, सबै पछि भागे । अर्को तर्फ घरमा जाँदा ती महिलाहरुले मलाई कसैले केही गर्न नसक्ने, सबै प्रहरी प्रशासन आफ्नो हातमा रहेको, तिनीहरुलाई महिनावारी सँगै केटी पनि उपलब्ध गराउने गरेको ती महिलाले प्रभातलाई सुनाए पछि प्रभात जिल्ल परे ।
    
वढी वदमासी गर्यो भने तिमीलाई बलात्कारको आरोपमा फसाई दिने यौन व्यवसायीहरुले धम्की दिएको प्रभातको भनाई छ । प्रहरी पनि उनीहरुसँग मिलेको हुनाले आफु तिनीहरुलाई त्यहाँबाट धपाउने अभियानबाट पछि हटेको बताए ।
 
सबै छिमेकीहरु भय, त्रासको वातावरणमा दिन गुजार्न बाध्य थिए । त्यहाँ छिमेकमा बस्ने उदित झा (जो पत्रपत्रिका विक्री गर्छन) ले उनीहरुलाई हटाउन प्रयास गरेपछि तेरो हत्या गराईदिने, तेरो श्रीमतिको सिउँदो गंगासागरमा लगेर पुछाइदिने धम्की दिएपछि पछि हट्न बाध्य भएको उनले बताए ।
    
अनि हामीले प्रभातलाई हाम्रो अप्रेशनमा सहयोग गर्न अनुरोध गर्यौं । हामीलाई आफ्नो इन्डियाको साथी बनाई ग्राहक बनेर घर सम्म पु¥याईदिन अनुरोध गर्यौं । प्रभात त्यसका लागि तत्कालै तयार भए । त्यो बस्तीलाई नर्कबाट मुक्ति दिलाउन तपाईहरुलाई जस्तो सुकै सहयोग गर्न पनि तयार छु भन्दै हामी हिड्र्यौं । जब हामी उसको घर पुग्यौं, एक जना ग्राहक यौन धन्दामा संलग्न रहेको पायौं । हामी पुग्ने वित्तिकै त्यो मानिस भाग्यो । अनि हामी पनि ग्राहकै रहेको बताएपछि प्रभात गए मत्र कुरा गर्ने ती खातुन महिलाले बतायो । त्यति बेला सम्म एउटा चिसो र सिगरेटको प्याकेट मगाइयो । चिसो खायौं । मैले सिगरेट कहिल्यै नखाएको भए पनि त्यो दिन खाएँ । अनि हामीले कुराकानी सुरु गर्यौं । प्रारम्भमा हामी अहिले भानु चौक जान लागेको, त्यतै लग्नुस केटीलाई  भनेर खातुनले प्रस्ताव गरिन । हामी भारतको उभगाँवबाट आएको हुनाले वाहिर जान डर भएको बतायौं । अनि रेट सोध्यौं । आधा घण्टाका लागि ३ हजार भारु लाग्ने, २ घण्टा बसे त्यसको दोब्बर लाग्ने खातुनले बताइन् ।
    
कस्तो कस्तो केटी पाइन्छ भनेर सोध्दा जस्तो पैसा, त्यस्तो केटी पाइन्छ खातुनले बताइन् । १२ बर्ष देखि २५ बर्ष सम्मको केटीहरु पाइने भन्दै त्यो केटी को हो (जो एक जना मानिससँग शारीरिक सम्बन्ध स्थापित गरेको हामीले अनुभुति गरेका थियौं, त्यसको हाउभाउ, मुस्कान, कपडाको पहिरन आदिले जो कोहीलाई पनि आकर्षित गर्न सक्थ्यो) भनेर प्रश्न गर्दा उनी आफ्नो छोरी रहेको खातुन महिलाले बताइन । कुराकानी हुँदै गर्दा अहिले धेरै गर्मी छ , आज राति यहि बस्नुस, खसीको मासु ल्याउनुस, अनि पुरा आनन्द लिनुस भनेर खातुन महिलाले हामीलाई प्रस्ताव गरिन् ।
 
 तर, हामी इन्डियाबाट आएकाले राती नबस्ने भन्यौं । अनि खातुन महिलाले आफ्नो अपाङ्ग छोराबाट २÷३ वटा केटीहरुको मोवाइल नम्बर लिएर फोन गर्न थालिन् । सीमा, मोटकी भन्ने दुईवटा केटीलाई फोन गर्दा आफु अहिले रजौलमा एउटा ग्राहकसँगै रहेको बताइन् । त्यसो भए ३ बजे आउ । दुई जना इन्डियाबाट आएका छन् । राम्रै पैसा दिन्छ भनेपछि कसरी आउने ती केटीहरुले खातुनलाई प्रश्न गरिन । अनि कसरी आउने भनेपछि इ–रिक्सा गरि जनकपुर पब्लिक स्कुल सम्म आउ, त्यहाँबाट पैदल हिंडेर आउनु, रिक्सा भाडा मै दिन्छु खातुनले भनेपछि उनीहरु आउन तयार भए । त्यसपछि हामीले अहिले दिनमा खतरा हुँदैन भनेर सोध्यौं ।
   
 पुलिसले समात्ला, मोहल्लावालाले समात्यो भने के गर्ने भनेर प्रश्न सोध्दा ती खातुन महिलाले जवाफ  दिइन,“ कति डराएको हो तपाई ? पहिलो पटक आउनु भएको जस्तो छ । समाजले केही पनि गर्दैन । तपाईलाई थाहा छैन, प्रभात यहाँको डन हो । त्यसैले बस्तीबाट खतरा हुने कुरै छैन । रह्यो पुलिसको कुरा, पुलिसलाई हामी महिनावारी दिन्छौं । त्यति मात्र होइन् । पुलिस पनि मेरो आँगनमा आएर सबै काम गर्छन नै ।” तै पनि यदि पुलिसले वा बस्तीबालाले समात्यो भने त्यसको के ग्यारेन्टी भन्ने प्रश्नको जवाफमा चिन्तै लिनु पर्दैन् । पहिले मलाई समात्नुपर्छ र त्यसपछि मात्र तपाईलाई । मलाई समात्ने यहाँको पुलिसको आँट छैन । मेरो पुलिसको ठुलो ठुलो मान्छेहरुसँग सम्पर्क छ । यति भईसकेपछि हामीले होइन, हामी अहिले जान्छौं राति फेरी आउँछौं भनेर भन्दा उनी मान्न तयार थिइनन् । तर, हामी हैन राति नै आउँछौं अहिले जान दिनुस भन्दा रातिको लागि एडभान्स रकम दिएर जानुपर्ने बताईन् । हामीले केटी नै नहेरी एडभान्स कसरी दिने भनेर उम्किन सफल भयौं । तर, बोलाएर आउन लागेकी ती दुई केटीको रिक्सा भाडा दिन कर गरेपछि मैले खल्तीबाट १ सय रुपैयाँको नोट झिकेर दिएँ । अनि त्यहाँबाट निस्कियौं ।
   
 यति भईसकेपछि अर्को ठेगानाहरु कहाँ कहाँ छन् भन्ने पत्ता लगाउन थाल्यौं । आनन्द नगरमै अर्को ठेगाना बारे यकिन भईसकेपछि त्यहाँको वरपर रहेका छिमेकीहरुसँग कुरा गर्दा तिनीहरु भयभित रहेको मात्र पाएनौं, यौन धन्दाका कारण चेलीबेटी, छोरी बुहारी असुरक्षित रहेको समेत उनीहरुले बताए । अनि कसैले विरोध गर्यो भने गुण्डा लगाएर तेरो छोरी बुहारीलाई बलात्कार गराईदिने कोठी संचालन गर्दै आएकी प्रिति यादव भन्ने महिलाले धम्की दिने गरेको छिमेकीहरुले बताए । धनुषाको देवडिहाका कालीकान्त झाको घर लिजमा लिएर देह व्यापारको धन्दा चलाउँदै आएको स्थानीय वासीहरुले आरोप मात्र लगाएनन,् दावी नै गरे ।
    
अनि त्यसपछि हामी त्यो कोठामा पुगेर एक जना विद्यार्थीसँग कुरा गर्दा अहिले पनि दुईवटा केटीहरु दुईटा कोठामा केटाहरुसँग रहेको उनले बताए । एउटा स्कुलकी छात्रा स्कुल ड्रेसमै गएको हामीले पनि देख्यौं । जब उक्त विद्यार्थीले पनि विगत लामो समय देखि त्यहाँ अवैध यौन धन्दा हुने गरेको, थुप्रै केटीहरु, महिलाहरु देह व्यापारका लागि त्यहाँबाट आउने गरेको बताएपछि हाम्रो शंका झन् यकिनमा परिवर्तन भयो । यति भईसकेपछि हामीले अञ्चल प्रहरी कार्यालयका डिएसपीलाई खबर गरी अब रेड हान्नुस रंगेहात बरामद हुन्छ भन्यौं । लगतै धनुषाका  प्रहरी उपरीक्षक गणेश बहादुर थापा क्षेत्रीले सादा पोशाकमा सई गगन शाही र असई जयलाल यादव गईरहेछन् र म पनि टोली लिएर पछि पछि आउँदैछु भनेर फोनमा भने । त्यतिकैमा त्यहाँ रहेकी स्कुलकी छात्रालाई भगाउन थालेपछि पुलिसले लखेट्ने प्रयास गरेपनि त्यो केटा फरार भयो । केटीलाई तत्कालै जिम्मा लगाएर छाडियो ।
    
त्यति हुँदै गर्दा एसपी थापा सहितको प्रहरीबल आएर चौतर्फी घेराबन्दी गरेर खोज तलास गर्दा ढोका खोल्न लगाउँदा एउटा कोठामा अर्धनग्न अवस्थामा केटा र बसीरहेको अवस्थामा केटी रहेको पाइयो । केही समय पछि प्रिति यादव (जसले पुरै कोठा घरबेटी कालीकान्त झासँग लिजमा लिएकी थिईन) पनि आइन् । आउने वित्तिकै उनले मनोज भन्ने व्यक्तिलाई मोवाइलमा फोन गर्न थालिन । त्यसपछि उनले एसपी थापालाई बुवा भनेर नमस्ते गरिन । कोठामा रहेका मानिसहरुलाई गाली गलौज गर्न थालिन ।
   
 त्यहाँबाट प्रिति यादवसँगै तीन जना महिला र १ जना पुरुषलाई पक्राउ गरी प्रहरीले लग्यो । त्यसपछि हामीले सुरुमै अप्रेशन गरेको ठाउँमा पुग्यौं । असई जयलाल यादव र म त्यो कोठामा पुग्ने वित्तिकै ती खातुन महिलाले नराम्रो प्रतिक्रिया व्यक्त गरिन । को हो किन आएको प्रश्न गर्दै आँगनमा रहेको झाडु र काठको चिरपटले हामी माथि आक्रमण गर्न थालिन् । संजोगबस हामीलाई कुनै चोटपटक लागेन् । त्यतिकैमा गोली हान्यो, गोली हान्यो चिच्याउँदै ती खातुन महिला भागेर अर्को मानिसको कोठामा पुगेर ढोका थुनिन् ।
    
अर्को तर्फ त्यो कोठामा रहेको ती केटी पनि भाग्न थाल्दा प्रहरीले समात्यो । पछि ती खातुन महिलालाई पनि प्रहरीले समातेर लग्यो । त्यसैगरी त्यसकै छेउमा प्यारालाइसिस रोगले ग्रस्त एक जना रिक्सा चालककी श्रीमति पनि देह व्यापारमा लागेको भन्दै प्रहरीले पक्राउ गर्यो । अर्को तर्फ ती खातुन महिलाको कोठाबाट कण्डमका प्याकेटहरु असई जयलाल यादवले बरामद गरी लगेका थिए । त्यति भईरहँदा स्थानीयवासीहरु आश्चर्य चकित थिए । हुनै नसक्ने काम कसरी सफल भयो भन्दै स्थानीयवासीहरु जिल्ल पर्नुका साथ साथै खुशी पनि भईरहेका थिए । यो नर्कबाट बल्ल मुक्ति पाइयो भन्दै स्थानीयवासीहरु हामी दुईजना पत्रकारहरुलाई धन्यवाद दिईरहेका थिए ।
 
प्रहरीले पक्रेर लगेको भोली पल्ट अरु सबै व्यक्तिहरुलाई प्रमाण अभावको आधारमा रिहा गरेपनि ४ जना विरुद्ध सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएको सई गगन शाहीले बताए । सई शाहीका अनुसार अहिले तत्कालका लागि सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएपनि पछि अनुसन्धानको क्रममा खुल्दै गएपछि अन्य थप मुद्दाहरु समेत दर्ता हुन सक्ने ठाउँ छ ।
 
जनकपुर एउटा धार्मिक स्थलको रुपमा विश्व सामु परिचित रहेको अवस्थामा यसरी कोठी संचालन गरी देह व्यापारको घटना उजागर हुनुले जनकपुरको ऐतिहासिक तथा धार्मिक महत्वलाई समेत ओझेलमा पार्ने काम गरिएको छ । स्थानीयवासीहरुका अनुसार यसरी अवैध यौन व्यवसाय संचालन गर्ने गिरोहहरुको लामो सन्जाल छ । जनकपुर देखि बर्दीवाससम्म र भारतको विहारका कतिपय ठाउँहरुसम्म यौन धन्दामा लागेका यी महिलाहरु कल गर्लको रुपमा समेत जाने गरेका छन् ।
  
  प्रतिष्ठित घर परिवारका छोरीहरु समेत यस्ता धन्दामा लागेका छन् । स्रोतका अनुसार खास गरेर कलेज पढ्ने छात्राहरु आफ्नो विशेष किसिमको महत्वाकांक्षालाई पुरा गर्नको लागि खुशी खुशी यस धन्दामा लागेर इजी मनि कमाउने गरेका छन् । महँगा मोवाइल, स्कुटी, फेशन, कपडा लता, लगायत विलाशिताका उपभोग्य वस्तुहरु उपभोग गर्नका लागि यस धन्दामा आउने गरेका छन् । यस्तो धन्दामा ग्राहक बन्ने पुरुष वर्ग पनि समाजमा कहलिएका व्यक्तिहरु रहेका छन् । कतिपय व्यापारीहरु, शिक्षा माफियाहरु, ठुल्ठुला ठेकेदारहरु, सरकारी कार्यालयका कर्मचारीहरु समेत आफ्नो डिल पक्का गराउन त्यस्ता धन्दामा ग्राहक बनेर उपभोग गर्ने गरेको बताइन्छ ।
 
   केही बर्ष अघि यस्ता अवैध यौन धन्दाहरु जनकपुरका क्याविन रेष्टुरेन्टहरुमा हुने गथर््यो । खास गरेर पहाडबाट झिकाइएकी महिला कामदारहरुलाई त्यस्ता रेष्टुरेन्टमा यौन धन्दामा लगाइन्थ्यो । तर, स्थानीयवासीहरुले विरोध गरेपछि तत्कालिन एसपी सर्बेन्द्र खनालले क्याविन रेष्टुरेन्टलाई भत्काएर संचालन गर्न प्रतिबन्ध लगाए । खनालको सरुवा भएपछि जनकपुरमा फेरी सल्बलाउन थालेको क्याविन रेष्टुरेन्टलाई जनकपुरबाट पुर्णतः धपाउन एसपी दिनेश अमात्य र हरिबहादुर पालको अह्म भुमिका रह्यो । जनकपुरबाट धपाइएपछि तिनीहरु महेन्द्रनगर, ढल्केवर, हुँदै वर्दीवास सम्म धन्दा संचालन गर्न थाले । यता जनकपुरमा केही यौन व्यवसायीहरु सडकमा डुलेर ग्राहक खोज्दै लजहरुमा यौन धन्दा संचालन गर्न थाले । उक्त कार्य अहिले पनि जारी छ । द एक्सक्लुसिभले यसरी नै स्टिङ्ग अप्रेशन गर्दा तत्कालिन एसपी बसन्त पन्तले केही यौन व्यवसायीहरुलाई पक्राउ गरेपनि कारवाही गर्न सकेनन् ।
   
 जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमै ती व्यवसायीहरु आफ्नो लुगा आफै खोली नाङ्गिएपछि बाध्य भएर तत्कालिन एसपी पन्तले तिनीहरुलाई रिहा गर्नु पर्यो । उक्त घटना पछि झनै मनोबल बढेको ती यौन व्यवसायीहरु अहिले पनि जनक चौक, राम चौक, शिव चौक र भानु चौकमा बीच सडकमा ग्राहक खोजी रहेको पाइन्छ । ग्राहक भेटेपछि जनकपुरका ती स्थानहरुमा संचालित लजहरु यौन व्यवसायीहरुको अड्डा बनेको हो ।
   
 तर, कुनै बीच बस्तीमा यसरी कोठी नै संचालन हुँदै गरेको तथ्यबाट सबै जना बेखबर थिए । द एक्सक्लुसिभको अप्रेशनबाट खुलासा भएपछि सहरमा यस्ता थुप्रै अड्डाहरु हुन सक्ने सम्भावनालाई थप बल प्रदान गर्छ । अब धनुषाका एसपी गणेश बहादुर थापाले ती अबैध अड्डाहरु खोजी गरी त्यस्ता अड्डालाई प्रतिवन्ध गरी अवैध यौन धन्दामा संलग्नहरुलाई पक्राउ गरी कानुनको दायरा भित्र ल्याउन सक्नु पर्दछ । खोज्दै गयो भने हरेक चौक र बस्तीमा त्यस्ता व्यवसायहरु पन्पिदै गरेको हुन सक्छ । कतिपयले जडा नै ठुलो गहिराई सम्म गाडी सकेको हुन सक्छ । ती सबै जडाहरुलाई उखेलेर फाल्ने दायित्व भनेको धनुषाको प्रहरी प्रशासनको हो । र, त्यस कार्यका लागि प्रहरीले विशेष अभियान नै चलाउनु पर्ने आवश्यकता देखिन्छ । ढिलो गर्यो भने पछुताउनु बाहेक अन्य विकल्प रहने छैन । हेक्का रहोस् !


२०७२ जेष्ठ ३१ गते आईतबार