Tuesday, March 31, 2015

अजब–गजब छ बा ! - सुदर्शन सिंह


कामरेडहरु आफैमा कुरा नमिलेर विरोधमा कालो चश्मा लगाछन्, केही देखिँदैन रे । म बुढो झन् यी कालो चश्मामा पिटिक्कै देखिँदैन । Sorry la !



२०७१ चैत्र १५ गते आईतबार

शान्तिपुर वस्तीको आक्रान्त कथा साहुमहाजन ऋणि महिलालाई भन्छन–‘इज्जत बेचेर भएपनि ऋण चुक्ता गर’

साहुमहाजनको ऋणबाट बस्तीबाटै विस्थापित हुने 
अवस्थामा पुगेका शान्तिपुरका महिलाहरु ।
शैलेन्द्र महत्तो क्रान्ति
जनकपुरधाम............
ऋण तिर्न नसक्दा विस्थापित हुँदै घरपरिवार शान्तिपुरको वस्तीमा शान्ति त कता हो कता ऋणको भारीले वस्तीका धेरै जसो घरपरिवार अक्रान्त बनेका छन् । धनुषाको शान्तिपुर गाविस १ बजार नजिकको करिब ७० घरधुरी रहेको सो वस्तीमा अति दयनीय अवस्थाका घरपरिवारहरु छन् ।
गरीबीको चपेटामा परेका प्रायः धरै जसो घरपरिवार आफ्ना क्षमता भन्दा कयौं गुना बढी ऋणको चपेटामा परेका छन् । दैनिक जिवनयापनको क्रममा ऋण लिएका उनीहरुलाई ऋण कसरी तिर्ने भनेर दिनरातको चिन्ताले सताएको छ । आवश्यक्ता परिपूर्ति गर्न विभिन्न वितीय संस्था ,बैंक एवं साहुमहाजनबाट लिएको ऋण  तिर्न नसक्दा कतिपय परिवार घरबार विहीन नै भएका छन् भने अझै विस्थापत  हुने क्रम जारी छ । थारु, दनुवार र मुसलिम र खत्वेहरुको वोसोबास रहेको सो वस्तीमा ऋण चुक्ता गर्न नसक्दा वितीय बैंक एवं साहु महाजनको साँझ विहानको यात्ना भोग्न बाध्यछन् स्थानीयहरु । केहि घरपरिवारको भएको दुई चार धुर घडेरी पनि ऋण असुलीको नाउँमा साहुमहाजनले कब्जा गरिसकेका छन् । यात्ना दिन्छन् भन्ने डरले उनीहरु साहुमहाजनको नाम समेत उच्चारण गर्न सकिरहेका छैनन् । 
यस्तो छ ऋणमा डुबेका घरपरिवाहरुको व्यथा  
प्रितम सिंहको दुर्दशा
हिँडडुल गर्न नसकेपछि खाटमा थला परेका प्रितम सिंह
र उनकी श्रीमति भदिया देवी सिंह ।
शान्तिपुर १ बस्ने ६५ वर्षीय प्रितम सिंह र उनकी श्रीमती ६० वर्षीया भदिया देवी सिंहको अवस्था घर न घाटको छ । घरमा मात्र दुई जना बुढाबुढी छन् । घरको आर्थिक अवस्थाले प्रितम सिंह खान नपाएर विरामी भई केहि महिनादेखि थला परेर खाटमै दिनरात आँसु बगाउनु बाहेकको अन्य कुनै विकल्प छैन । उपचार गराउने पैसा छैन । त्यसैले उनी हिडडुल र उठ बस गर्न नसकेर खाटमै थला परेका छन् । उनकी श्रीमती भदिया देवी त्यती हिँड्डुल गर्न सक्दिनन् । तर, गाउँकै छरछिमेकबाट भिक्षा मागेर ल्याई जसोतसो दुईछाक गुजारा चलाउँदै आएका छन् । उनीहरुको सन्तान नभएको पनि होइन । चार छोरी र एक छोरा छन् । छोरीहरु विहेवारी भई आ आफ्ना घर गईन् । एक छोरा ३० वर्षीय रामेश्वर सिंह ऋणकै कारण साहुमहाजनको यात्ना खेप्न नसकेर पाँच महिनादेखि श्रीमती छोराछोरी लिएर वृद्धवृद्धा आमाबुवालाई घरमै छाडेर फरार छन् ।
प्रितमको सम्पतिको नाममा मात्र दुई कठ्ठा घडेरी छ । खाटबाटै प्रितमले रुदै भने, “बाबु हामीलाई हेर्ने कोही पनि छैन । एक छोरो छ त्यो पनि काम लागेन । म जस्ता अभागीलाई त कालले पनि लग्दो रहेनछ । कालले कहिले लैजाला अव त्यही प्रतिक्षामा छु । अव यो संसारबाट आश मरिसक्यो । गरीबको त कोहि पनि हुँदैन ।”
त्यस्तै उनकी श्रीमती भदियादेवीले भनिन, “मागीचुडी बुढाबुढी जेनतेन जिवन काट्दै छु, हामी जस्ता असहायलाई कसैले सहयोग गर्दैनन् । सरकारले भन्छन् गरीबहरुलाई सहयोग गर्छन् तर खै हाम्रा लागि केही गरेको ?” । आफुहरुलाई सहयोग गर्न उनी सरकारसँग गुहार लगाइरहेकी छिन् ।”
छोरीलाई एक्लै छोडेर नजाम परिवारसहित विस्थापित 
शान्तिपुर १ बस्ने ४० वर्षका  मो. नजाम नटको घरपरिबार विभिन्न वितीय संस्था र साहुमहाजनबाट लिएको ऋण तिर्न नसकी एक छोरीलाई एकलै  छोडेर परिवारसहित फरार भएका छन् ।  नजाम नट साहुमहाजनको उकुसमुकस एवम यात्ना खेप्न नसकी बाध्यभएर १२ वर्षीया छोरी रनिया खातुनलाई घरमै छाडेर परिवारका अन्य दूई छोरी , तीन छोरा , श्रीमती र एक बहिनीसहित  वस्ती छोडेको छिमेकी चन्द्र मण्डलले बताए । मण्डलका अनुसार नजामले घरमा छोडेर गएकी छोरी रनिया विचल्लीमा परेकी छिन् । रनिया अर्काको घरमा कामकाज र मजदुरी गरी गुजारा गर्दै छिन् । स्थानीयका अनुसार केहि महिना अघि नजामको घरको छानोमा बालुवा सिमेन्टीले बनाएको टाली थियो तर साहु महाजनले त्यो टाली र घरको सरसमान समेत लगेपछि अहिले उनको छानोमा पराल छ ।
सहजादी खातुनको पिडा
शान्तिपुर १ बस्ने ४५ वर्षीया सहजादी खातुनको परिवारमा श्रीमान अख्तर शेख , तीन छोरा र तीन छोरी गरी आठ जना जम्मा परिवारका सदस्यहरु छन् ।  सम्पतिको नाममा १४ धुर घडेरी मात्र छन् । सहजादीका अनुसार उनका श्रीमान अख्तर चाँही बरफ बेचेर घरपरिवारको जोहो गरिरहेका छन् । आठ जनाको परिवार पाल्न धौधौ छ । कहिलेकाँही जनमजदुरी गर्ने गरेका छन् । तर सहजादीले विभिन्न आठ वटा वितीय संस्थाहरुबाट चारलाख भन्दा बढी ऋण लिएका छन् । जसको ऋण र व्याज तिर्न नसकेर साँझ विहान वितिय संस्थाका हाकिमहरुको भनाई र गाली खानु परेको छ । घरव्यवहारको लागि थोरै पैसा ऋण लिएका तर छिमेकहरुले विश्वास दिदै आफुलाई ऋण निकालिदिनुस् हामी समयमै तिरी दिन्छौ भनेर निकाल्न लगाए अहिले कसैले नतिरेपछि आफु अपठेरोमा परेको सहजादीको गुनासो छ । सहजादी भन्छिन, “ हामी यति ऋण कहाँबाट तिर्नु , श्रीमानले जेनतेन बरफ बेचेर घरपरिवार चालाउनु हुन्छ , हाम्रो त क्षमता भन्दापनि कयांै गुणा बढी ऋणको भारी छ । घरघडेरी बेचेर पनि तिर्न सक्दैनौ । साँझ विहान बैंकका कर्मचारीहरु आएर गाली बेज्जती गर्छन् अव हामीले के गरुँ ? भन्छन् ईज्जत बेचेर भएपनि पैसा देऊ । हामी त जिउँदै मरेजस्तो भएका छौ । केहि दिनमा वस्ती नै छोडेर जानु पर्ने बाध्यत आउँछ ।  कुनै उपाय छैन । सरकारले हामीलाई सहयोग गर्नु प¥यो ।” 
विस्थापित घरपरिवार र परिवारको सदस्य
१. रामेश्वर सिंह ः श्रीमती छोरा छोरी सहित परिवारका ५ जना सदस्य ,
२.सरस्वती देवी सिंह ः परिवारका ५ जना सदस्य
३.मो.नजाम नट ः परिवारका ८ जना
४.सुरेन्द्र सिंह ः परिवारका ४ जना र
५.पलब सिंह ः परिवारका ५ जना 
अनुठा खातुनको ऋणको बोझ
पच्चीस वर्षकी अनुठा खातुन पनि ऋणकै भारीले चेपिएकी छन् । एक छोरा र एक छोरीकी आमा अनुठाले पनि विभिन्न सात वटा वितीय संस्था र साहुमहाजनबाट ऋण लिएर स्थानीय छरछिमेकलाई सहयोग गरे । श्रीमान वैदेशिक रोजगारको शिलशीलामा कतारमा छन् । श्रीमानलाई नसोधीकन उनले छरछिमेकले मागे  अनुसार विभिन्न वितिय संस्थाबाट दुई लाख भन्दा बढी ऋण काढेर सहयोग गरिन ।
    तर अहिले कसैले नतिरे पछि आफु समस्यामा परेको उनको भनाई छ । सम्पतिको नाममा आफु बसेको दुईधुर घडेरी मात्र छ । उनी भन्छिन, “ऋण लिने बेला श्रीमानलाई नसोधिन । अव श्रीमाले भन्नु हुन्छ मैले कसैको ऋणसिन जान्दिन तीमी आफै पुर । म कहाँबाट ल्याउँनु । म त बर्बाद भएछु । साहु महाजनले गाली गर्छन् । बाख्रा फुकाल्न आउँछन् । सरसमाज उठाउन आउँछन् । म के गरुँ ? । यसरी नै उनीहरु जस्तै ऋणको बोझमा धेरै घरपरिवाहरु थिचिएका छन् । दिनरात उनीहरुलाई ऋणको चिन्ताले पिरोलेको छ । 
रोजहा ऋणले निम्त्याएको छ यस्तो दयनीय
एक दिनको लागि लिएको ऋणलाई यहाँ रोजहा ऋण भनिन्छ । यो ऋणको व्याज अति नै महँगो हुन्छ । स्थानीय गीता सिंहका अनुसार यो वस्तीमा  रोजहा ऋणको कारोबार हुन्छ । धेरै जसो परिवार केहि वर्ष अघि निकै रोजहा ऋणको साहुमहाजनसंग कारोबार हुन्थ्यो । रोजहा ऋणमा रु. पाँच हजारको दिनको एक सय रुपैया व्याज हुन्छ । महिना भरी राख्यो भने पाँच हजारको तीन  हजार रुपैया व्याज नै हुन्छ । त्यसपछि फेरी व्याजको स्याज जोडिन्छ । यस्तो रोजहा ऋणको एक लाख रुपैयाको एक महिनामा व्याज मात्र ६० हजार हुन्छ । पहिला थोरै पैसा ऋण उठाएका उनीहरुले त्यही ऋणको भारी वितीय संस्थाहरुबाट लिएर तिरेपछि यस्तो दुरावस्था आएको हो ।  नागरिकताले नै ऋण पाउन थालेपछि यताबाट उठाएको ऋण उत्ता र उत्ताबाट यता गर्दागर्दै सबैको यस्तो कठिन समस्या उत्पन्न भएको स्थानीयहरु बताउँछन् । रोजहा ऋण लगानीले स्थानीय केहि साहुमहाजन त मोटाएका छन् तर ऋण तिर्न नसकेर स्थानीयहरु यात्ना खेप्न बाध्य छन् । दिनरात वस्ती नै ऋण कसरी चुक्ता गर्ने सोँचमा रहने गरेको स्थानीय गीताको भनाई छ ।
राष्ट्रपति र राष्ट्रपति पुत्रलाई जिताएर पठाएदेखि हाम्रो अवस्था हेर्न कहिल्यै आएन
शान्तिपुर गाविस धनुषाको क्षेत्र नं. ५ मा पर्छ । जहाँबाट पहिलो संविधानसभाको चुनावमा बर्तमान राष्टूपति डा.रामबरण यादव निर्वाचित हुनु भएको थियो । भने दोश्रो संविधान सभामा उहाँको छोरा डा.चन्द्रमोहन यादव । जितेर गएदेखि बाउ छोरा हालसम्म आफुहरुको हालत हेर्न नआएकोमा उनीहरु आक्रोषित छन् ।
उनीहरु भन्छन् ‘पहिलो संविधानसभामा डा.रामबरण यादवलाई भोट दिएर जिताएँ । उनी जितेर गएपछि हाम्रै आशिर्वादले गणतन्त्र नेपालको प्रथम राष्टूपति बन्न सफल भए । देशको गरिमामय पदमा आशिन हुनु हाम्रो लागि गर्वको कुरा हो । तर डा.यादव राष्टूपति बन्दासमेत हामी कस्तो अवस्थामा छौं भनेर हेर्न आएका छैनन् । उनले भोट लिने बेला थुप्रै आश्वासन बाँडेका थिए । तर हेर्न समेत आएका छैनन् । ’     आक्रोष पोख्दै उनीहरुले भने ‘बाऊ राष्टपति भए आउन सकेन् । धेरै जिम्मेवारी छ । छोरा डा.चन्द्रमोहानले  पक्कै हाम्रो लागि केही गर्छन् भनेर दोश्रो संविधानसभाको जिताएर सिंह दरबार पठायौं । तर उ पनि बाउ जस्तै भयो । चुनावको बेला नेताहरु आएपछि विभिन्न प्रलोभन दिन्छन्, भोट लिन्छन्, जीते पछि सबै विर्सिन्छन् । अव को माथि विश्वास गरुँ । हामीहरुको घाउमा मलम लाउने कोही छैनन् । कसलाई के भनौं । 
हाल सम्म दुई वर्षको अवधिमा शान्तिपुर १ चन्द्रपुर वस्तीका पाँच ऋण चुक्ता गर्न नसक्दा पाँच घरपरिवार विस्थापित भएका छन् । पाँच घरपरिवारका २७ जना वस्ती छोडेर फरार छन् ।



२०७१ चैत्र १५ गते आईतबार

झड्पमा परी सबैलामा २ को मृत्यु

मृतक रामप्रगास यादव । ५ गोली प्रहार गरी 
गरिएको उनको हत्या रहस्यमय छ ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवादमा धनुषाको सबैला नगरपालिका(१ मा आइतबार राति दुई पक्षबीच भिडन्त हुँदा दुई जनाको मृत्यु भएको छ । १२ भन्दा बढी घाइते छन् । आक्रमणमा गम्भीर घाइते ५२ वर्षीय रामसेवक राउत गडेरीको उपचारका लागि काठमाडौं लगिँदै गर्दा बाटोमै मृत्यु भएको हो । रामप्रकाश यादव गोली लागेर मृत्यु भएको अवस्थामा फेला परेका थिए ।
सबैलाका पूर्वगाविस अध्यक्ष रामवली साहका अनुसार मदन आश्रति निम्न माध्यमिक विद्यालय व्यवस्थापन समिति गठनबारे सामाजिक मोर्चा (एमालेबाहेक) का प्रतिनिधिबीच छलफल भइरहेका बेला विवाद भएको थियो ।
हत्या गरिएका रामप्रगास यादवकी बुहारी आशा देवी ।
विद्यालय व्यवस्थापन समिति छनौट सम्बन्धमा छलफल गर्न आइतबार विद्यालयले बैठक बोलाएको थियो । तर, त्यहाँ सर्वसम्मतिले समिति चयन गर्ने अवस्था नबनेपछि अगामी २५ गते चुनाव गर्ने सहमति गर्दै बैठक सम्पन्न भएको थियो । त्यहाँबाट निस्केका कांग्रेस, एमाओवादी, माओवादी र एमालेकै एक पक्ष समेतका कार्यकर्ताको समूहले चुनावमा कसलाई अध्यक्ष उठाउने भन्नेबारे छलफल गर्न स्थानीय रामदेव ठाकुरको घरमा बसेका थिए ।
सोही क्रममा एमालेका वैकल्पिक पोलिट व्यूरो सदस्यसमेत रहेका स्थानीय योगनारायण यादव नेतृत्वको समूहले आएर आक्रमण गरेको एमालेकै गाउँ इकाइ कमिटी अध्यक्ष एवं पूर्व गाविस अध्यक्ष रामवली साहले बताए । मसमेत बैठकमा बसिरहेको बेला योगनारायण आफैँले नेतृत्व गरिरहेको एक समूह आएर अन्धाधुन्ध लाठी र भाटाले हान्न थालेपछि भागाभाग भयो, साहले भने, सोही क्रममा अंगभंग भएका रामसेवक राउतको मृत्यु भयो र मसहित ११ जना घाइते भएका छौं ।

धनुषाको सबैला पुगी मृतक रामसेवक राउतको 
छोरा समक्ष घटना प्रति दुःख व्यक्त गर्दै 
पुर्व प्रधानमन्त्री तथा एकिकृत नेकपा माओवादीका
 वरिष्ठ नेता डा.बाबुराम भट्टराई । उनले हत्याको 
दोषीलाई कानुनी कारवाही गराउन आफुले पहल गर्ने बताएका थिए ।
साहका अनुसार घाइते हुनेहरुमा कारीराम यादव (मातृकाको भाइ), प्रदीप यादव, रामवली साह, श्यामकिशोर साह, परशुराम साह, लखिचन्द साह, रामसागर साह, वीरेन्द्रकुमार साह, रामचन्द्र साह, दिनेश साह र रामदेव ठाकुर छन् । उनीहरुमध्ये रामसागर, कारीराम र परशुरामलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने बाँकीलाई स्थानीय अस्तापलमै उपचार भइरहेको साहले बताए ।
घाइते रामसागर साहको अवस्था चिन्ताजनक छ । उनको उपचार काठमाडौंको एक निजी अस्पतालमा भइरहेको छ । आक्रमणमा परी घाइते भएका राप्रपा नेपालका क्षेत्रिय अध्यक्ष समेत रहेका स्थानीयवासी प्रदिप कुमार यादव भन्छन,“ भोली हुने चुनावमा सबैैको तर्फबाट कसलाई उठाउने र विद्यालयमा मनोनयन दर्ताका लागि लाग्ने २५ हजार रकमबारे रामदेव ठाकुरको घरमा छलफल गरिरहेकै बेला  योगनारायण यादवको नेतृत्वमा  महेन्द्र यादव, जगदीश यादव, महेश यादव, विहारी यादव, हरिकिशोर यादव, राजु गुप्ता, दुर्गा साह, खुनिया भनिने रामबाबु, प्रदिप यादव, जिवछ यादव लगायत करिब ३०÷३५ जनाको समुहले हामीहरु माथि अचानक लाठी तथा घरेलु धारिलो हतियारहरुले आक्रमण गर्न थाल्यो ।  यिनीहरुलाई मा¥यो भने त्यो जग्गा पनि कब्जा हुने र विद्यालय पनि जितिने कुरा गर्दै हामी माथि उनीहरु जाई लागे । हामी सम्लन पनि पाएनौं र घर घरमा लुकेर ज्यान जोगाउन पुग्यौं ।” यता एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले आफ्ना कार्यकर्ताले आक्रमण नगरेको दाबी गरे । समिति गठन विवादमा दुई पक्षबीच भिडन्त हुँदा दुई जनाको मृत्यु भएको उनले बताए ।
धनुषाको सबैलामा अहिले सबै शोकाकुल छन् ।
राजकिशोर यादवका अनुसार सामाजिक मोर्चा सम्बद्ध कार्यकर्ताहरूले रामप्रकाशलाई राति घरबाट बोलाएर लगेर गोली हानी हत्या गरेको दाबी गरे । एमाले सम्बद्ध राजविहारी यादव पनि घाइते भएको उनले बताए ।
सामाजिक मोर्चा सम्बद्ध नेताहरूले एमाले नेता योगनारायण यादव पक्षीय कार्यकर्ताले रामप्रकाश यादवलाई घरबाट बोलाएर बाहिर लगी आफैंले गोली हानी हत्या गरेको आरोप लगाएका छन् । नेकपा माओवादीका अध्यक्ष मातृका यादवले भने, ‘रामसेवक राउतको मृत्यु भएको सूचना पाएपछि मोर्चाका नेताहरूलाई फसाउन उनीहरूले आफैं हत्या गरेका हुन ।
पक्षघातका कारण राम्ररी हिँडडुलसमेत गर्न नसक्ने रामप्रकाश यादवकी बुहारी आशादेवी यादवले राति २ बजे पिसाब फेर्न बारी (घरपछाडि) गएका आफ्ना ससुरा फिर्ता नआएको बताइन । बाउ (ससुरा) लाई गोली ठोकेर हत्या गरेको सूचना बिहान पाएँ, आशादेवीले भनिन् ।
घाइते प्रदिप कुमार यादव ।
मृतक रामप्रकाश यादवका तीन छोरा दिलीप, राजेश र राकेश वैदेशिक रोजगारीमा छन् । राति घरमा उनीसहित श्रीमती र बुहारीहरूमात्र थिए । प्रहरी उपरीक्षक गणेशबहादुर थापाले विद्यालय व्यवस्थापन समिति गठन विवादमा दुई पक्षबीच भिडन्त भएको उल्लेख गर्दै थप अनुसन्धान भइरहेको बताए । अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिइएको उनले जनाए ।
आइतबार साँझ झडपको क्रममा घाइते भएकाहरु उपचार गराउन सबैतिर निस्केपछि तत्काल माहोल शान्त देखिएपनि राति करिब एक बजेको समयमा फेरि रामप्रकाश यादवलाई गोली हानी हत्या गरिएको स्थानीयले जनाए । गोली हानेर हत्या गरी यादवलाई साँझ झडप भएकै स्थान नजिक बालुवामा छोपेर राखिएको अवस्थामा सोमबार बिहान शव फेला परेको उनीहरुको भनाइ छ । यसैबीच घटनाको छानबीन गर्न त्यहाँ पुगेका जिल्ला प्रहरी प्रमुख एसपी गणेशबहादुर थापाले प्रारम्भिक अनुसन्धानले दुईतर्फी झडपको स्थिति देखिएको बताएका छन् । उनले थप अनुसन्धान जारी रहेको प्रतिक्रिया दिए । स्थानीयका अनुसार प्रहरीले रातिको घटनामा घाइते भएका एमाले पक्षीय राजविहारी यादव, महेन्द्र यादव तथा विहारी यादवलाई नियन्त्रणमा लिएको छ । स्रोतका अनुसार घटनाको तात्कालिक कारण विद्यालय व्यवस्थापन समितिको विवाद बताइए पनि सबैलाको मुख्य विवाद भूमिसम्बन्धी हो । नेकपा माओवादी अध्यक्ष मातृकाका अनुसार सबैलाका तत्कालीन जमिन्दार रुद्रेश स्वरानन्द प्रधानांगले बलजफ्ती कब्जा गरी आफ्नो नाममा दर्ता गराएका अढाई बिघा जग्गासम्बन्धी विवादका कारण यो घटना घटाइएको हो ।
२०४६ सालमा गाउँ छाडी गएका प्रधानांगको नाममा दर्ता रहेको उक्त जग्गा वषौंर्देखि खेल मैदान, हाट बजार तथा दुर्गा मन्दिरको भोगचलनमा छ । पछिल्लोपटक उक्त जग्गा योगनारायण यादवले अधिकृत वारेसनामामार्फत बिक्री गर्न लागेको सूचना पाएपछि त्यसविरुद्ध गाउँले एकजुट भएका थिए । सार्वजनिक जग्गा सार्वजनिक भोगचलनमा रहनुपर्ने भन्दै उनीहरूको सर्वपक्षीय बैठकले सामाजिक मोर्चा गठन गरेको स्थानीय तेजु यादवले बताए । मोर्चामा एमाले सम्बद्ध रामवली साहसँगै नेपाली कांग्रेस, एमाओवादी, राप्रपा नेपालसहितका अधिकांश पार्टीका नेता तथा कार्यकर्ताहरू सहभागी छन् ।
धनुषामा यसअघि पनि यस्तै विवादमा दुई जनाको हत्या भइसकेको छ । २०६६ फागुन २५ मा जनता माध्यमिक विद्यालय शिवपुर(२ मा विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवादमा भिडन्त हुँदा सोही गाउँका मोहम्मद अहमद रेजा भनिने काले राइनको मृत्यु भएको थियो । २०६८ साउन ६ मा मध्य धनुषाको झटियाहीस्थित माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठन विवादमा रामएकवाल मण्डलको मृत्यु भएको थियो ।
यसैबीच एमाओवादी नेता बाबुराम भट्टराईले सबैलाको स्थलगत निरीक्षण गरी पीडित परिवारसँग भेटेका छन् । उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको मागसमेत गरेका छन् । सहिद अजवलाल यादवको १३औं स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्न आएका भट्टराईले सदरमुकाम जनकपुरबाट झन्डै २५ किलोमिटर पूर्वस्थित सबैला पुगी पीडित परिवारलाई भेटेका हुन् ।
नेता भट्टराई मृतक रामप्रकाश यादव तथा रामसेवक यादवको घर पुगी घटनाको जानकारी लिएका थिए । पछि जनकपुरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले एमाले पोलिटब्युरो सदस्यको नेतृत्वमा दुई जनाको हत्या गरिएको आरोप लगाए ।


२०७१ चैत्र १५ गते आईतबार

राज्य पुनः संरचना र भाषा

N.K.Jha
संघिय समाबेशि राज्यको मांग अन्तरिम संबिधान निर्माण पछि मधेसले उठाएको हो । जसको लागी मधेस जन आन्दोलन भयो र धेरै मधेसिले सहादत प्राप्त गरे तसर्थ सार्बभौम अखण्ड नेपाललाई दुई सघिय सदस्य राज्यमा राज्य बिभाजन गर्दा उपयुक्त हुन सक्छ । तराई मधेस (२० जिल्ला ११९ सासंद क्षेत्र) र हिमाल पहाड (५५ जिल्ला १२१ सासंद क्षेत्र) मा बिभाजन गरि दुईटा संघिय सदस्य राज्य निर्माण गर्दा,कम ब्यबहार हुन्छ । मिथिला मधेस राज्यलाई प्रादेशिक भाषा, जात वर्गको साझा संस्कृतिको समाबेसि भाबना समाहित गराई एउटा मात्रै राज्य निर्माण गर्दा उपयुक्त हुन्छ । त्यसतै हिमाली पहाडी राज्यलाई प्रादेशिक भाषा साझा संसकृतिको समाबेशि राज्य निर्माण गर्दा उपयुक्त हुन सक्छ । प्रत्येक राज्यमा एउटा भाषा संस्कृति आयोग वा परिषद वा प्रतिष्ठान स्थापना गरिनु पर्छ । मुस्लीमहरुका लागि छुट्टै मुस्लीम भाषा आयोग गठन गरिनु पर्छ । प्रायः तराई मधेश राज्यको ५वटै भाषि(क्षेत्र)प्रदेशहरुमा बसोबास गर्ने मुस्लिम समुदायको आफ्नै मातृभाषा उर्दु भएपनि ब्यबहारमा पा्रदेशिक भाषा नै प्रयोग गरेको देखिन्छ । 
    मुस्लीम बसोबास क्षेत्रमा आवश्यकता र मांग अनुसार मदर्सा शिक्षालाई सामुदायीक विद्यालय सरह नै मा.शी. तह सम्म मुस्लीम भाषमा पठन पाठन हुनु पर्छ ।  सबै राज्य भाषा आयोगले आ(अफ्नो प्रदेशको स्थानिय भाषा (मातृ भाष) मा आधारभुत तह सम्म्को पाठ्यक्रम निमार्ण गरी राज्यको भाषिक प्रदेशमा पठन पाठ्न गर्न पाउने विधि निमार्ण हुनु पर्छ ।

मधेशमा प्रमुख ५ भाषा भएको कारण ५ मध्ये कुनै १, तराई मधेश राज्यको राज्य भाषा मान्य हुन सक्दैन । मैथिली भाषा नेपाल भित्रको प्राचिन मिथिला( विदेह) राज्य र भारतको बिहार राज्यको बैशाली ,विदेह राज्य तथा अंग जनपदको संयुक्त भाषा हो । कवि कोकिल विद्यापती को रचना तथा तराई मधेशमा बोलिने अन्य भाषा भन्दा मैथिली भाषाको बाहुल्यता र पौराणिक्ता प्रमाणित हुन्छ नेपाल भित्रको प्राचिन मिथिला राज्य क्षेत्र(हाल सप्तरी देखि रौतहत सम्म)र भारतको बिहार राज्यको ९ कमिश्नरी मध्ये ६कमिश्नरी १ तिरहुत(मुजफ्फरपुर)२ दरभंगा ३ कोशि(सहरसा)४ पुर्णिया५ भागलपुर ६ मुँगेरको जिल्लाहरुमा सर्वाधिक जनपदको बोली(भाषा)मैथिलि नै हो ।  राजा भोजको बंशद्वारा बिहार राज्यका मल्ल जनपद कालिन स्थापित नयाँ राज्यको राजधानी भोजपुर श्रेत्रको भाषा भोजपुरी हुन गयो।खास गरी बिहार राज्यको आरा,चम्पारण,छपरा, उत्तर प्रदेशको,गोरखपुरा, देवरिया,वलया,गाँजीपुर,मिर्जापुर,बनारस,तथा जैनपुरमा भोजपुरी भाषा बोलिन्छ ।
           अंगिका जनपद वोलीलाई भागलपुरी नाम,बाट पनि चिनिन्छ ।जर्ज ग्रियर्सनले यसलाई ‘छिंकाछिंकी’ नाम पनि दिएको थियो । अंगिका र बज्जिका जनपद बोलिलाई डा.ग्रियर्सनले “मैथिली भोजपुरी” को नाम दिएको थियो । साथै उहाँले पुर्वी र पश्चिमी चम्पारणमा बोलिने भाषालाई मैथिली भाषा कै अंग हो भनि उल्लेख गरेका छन । विश्वमा १० करोड भन्दा बढ् िमैथिली  भाषा भाषीका अनुमान गरिएको छ,जसबाट प्राचिन,संस्कृतिक, एतिहासिक, त्रेताकालिन बिशाल  स्वतन्त्र मिथिला  राज्यको  जिवन्तताको  आवश्यकता प्रमाणित हुन्छ ।
मिथिला मधेशराज्यको प्रमुख ५ भाषा (कोचिला,मैथिली,भोजपुरी,थारु तथा मुस्लीमहरुको उर्दु भाषा समेत छ) को आधारमा भाषिक राज्य मात्र गरेका छन । मित्र राष्ट भारतमा पनि २९ राज्यमध्ये १४ भाषिक राज्य नै हो । आ आफ्नो मातृ भाषाको उत्तथान,संरक्षण र विकास गर्ने जन चाहना ईच्छा भावना छ । पुर्व मेची देखि पश्चिम महाकाली सम्मको महाभारत पर्वत देखि दक्षिणको भु भागलाई ५(पाँच) भाषिक प्रदेशमा समाबेश गरी मिथिला मधेश राज्य निर्माण गर्दा भौगोलिक,मान्विय र भाषीक समाबेशी भै संघिय शासन ब्यबस्था कम ‘दुई राजपाल, दुई मुख्य मन्त्रि र दुई सरकार’ खर्चिलो हुन सक्छ ।
            हिमाली पहाडी राज्य र मिथिला मधेश राज्य गरी जम्मा २(दुई) मात्र संघिय सदस्य राज्य भित्र १३(वटा) भाषिक प्रदेश निर्माण गरी केन्द्र(संघिय) शासनमा प्रदेशको समानुपातिक, समाबेशी पहँुचको बैधानिक्ता सुनिश्चित गरिनु पर्छ । जसबाट मिथिला मधेश राज्यमा पहाडी मुलको प्रतिनीधित्व हुन्छ । तर हिमाली,पहाडी राज्यमा मधेशी मुलको प्रतिनीधित्व हुन सक्दैन । जबीक संघ(केन्द्र)मा दुबै राज्यको हरेक भाषिक प्रदेशको समाबेशी  समानुपातिक पहुँच प्रतिनीधित्व हुन जान्छ।भारतको संविधानको अष्टम अनुसुचीमा नेपालको राष्ट भाषा नेपाली र मैथिली(जुन दोस्रो नेपालको प्रमुख भाषा हो) भाषा समावेश गरिएको छ ,भन्ने मित्र राष्टू भारतको संघिय भाषा हिन्दीलाई समानार्थ भए पनि हाम्रो संघिय भाषा अनुसुचीमा राखि दुबै देश बिच आन्तरिक भाषा सम्बन्ध सौहाद्रता किन स्थापित नगर्ने?हिन्दी फिल्म बिकास निर्माण का कारण हिन्दी भाषा पढ्न,लेख्न,बोल्न नजान्ने कमै नेपाली होला । ५ भाषिक भाषा प्रदेश (क्षेत्र) मिलेर बनेको मिथिर्ला मधेश राज्यको राज्य भाषा कोचिला,मैथिली,भोजपुरी,र बज्जीका,अवधि वा यस मध्ये कुनै १ लाई राख्दा जन मान्य हुन सक्दैन। मिथिर्ला मधेशको एकता को भाषा हिन्दी नै हुन सक्छ । संघिय सरकारी काम काजको भाषा नेपाली र हिन्दी लाई मिथिला मधेशको राज्य भाषा राख्दा उपयुक्त हुने जर्न चर्चित छ । मिथिला मधेशको हरेक भाषिक राज्य (प्रदेश)भन्दा निकै ठूलो भाषा क्षेत्र, मित्र भारतको विहार र उत्तर प्रदेश राज्यमा छ,जस्ले हाम्रो भाषिक प्रदेश संग सम्बन्ध विकाश विस्तार हुनेछ,,जुन हाम्रो राष्टूको गौरवको विषय बसतु बन्न सक्छ । नेपाल भारत विच प्राचिन धार्मिक सांस्कृतिक, समाजिक, वैवाहिक, समान सम्बन्ध , एकता र हिन्दुहरुको आस्थाको केन्द्र परमपवित्र भुमि जनकपुरलाई मिथिला मधेशको राजधानी बनाउदा उचित हुने जन चर्चितछ ।
संघिय सदस्य राज्यको भाषिक प्रदेश बन्न चाहिने आवश्यक आधार १)कम्तीमा क्षेत्रफल(४ हजार वर्ग कि.मि २)हिमालमा १० लाख पहाडमा १५ लाख र तराईमा २० लाख जनसंख्या भएको तोक्न सकिन्छ । ३)त्यस प्रदेश क्षेत्र भित्रको  सर्वाधिक नागरिकले बोलिने भाषालाई प्रादेशिक भाषा जस्तोः( भाषा, भुगोल र जनसख्याको आधार पुरा गरि सदस्य राज्य भित्र भाषिक प्रदेशको संरचना पछि स्वायक्त शासित  १ सदनात्मक विधि नियन्त्रित २ सदस्य राज्यको सरकार,सरकारको अगंहरु र संबैधानिक अंगको संरचना÷निमार्ण पछि त्यस राज्यको शासन पदती, जुन संविधानको आत्मा हो , विधि निर्धारण गर्नु पर्छ । १ भाषा १ एकराज होईन, १ राज्य एक भाष हुनु पर्छ ।  भाषागत राज्य निर्माण गर्दा आर्थिक रुपमा समर्थवान हुनु पर्छ । प्रत्येम संघिय क्षेत्रको भाषाको विकास उत्थान गर्ने चाहना आम नागरीकलाई छ ।  प्रत्येक भाषिक प्रदेश भित्र जिल्ला, नपा, गाविसको, क्षेत्र र संसद निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्छ ।
    जातिय भाषिक राज्यको कारण संघिय राष्ट्र्रको एकतालाई कमजोर बनाउन सक्छ तसर्थ समग्र प्रादेशिक राज्यलाई एकतामा बाध्नका निम्ती नेपाली भाषा (संघिय भाषा) बिधि अधिन संघिय शासकिय काम काजको भाषाको रुपमा अपनाउन राजनैति सहमती हुनुपर्छ । संघिय क्षेत्र भित्र बोलिने अधिकतम नागरिको मातृ भाषा लाई राज्य भाषा तोक्नु पर्छ । ७ लाख भन्दा बढी बोलिने नागरिको मातृ भाषा लाई संघिय भाषा सुचिमा समाबेस गरिनु पर्छ । राज्य क्षेत्र भित्र बोलिने प्रत्येक जात बर्गको मातृ भाषालाई राज्य भाषा सुचिमा राख्नु पर्छ । प्रत्येक संघिय सदस्य प्रादेशिक राज्यले आ(आफ्नो राज्य भित्र बोलिने सर्बाधिक लोक जनको मातृ भाषा लाई राज्य भाषा घोसना गरि माध्यमिक तहसम्मको भाषा शिक्षा अनिबार्य रुपमा थप ऐच्छिक बिषयको रुपमा अध्ययन अध्यापन्न गर्न पाउन पुर्न स्वतन्त्रता हुनु पर्छ ।
    बागमत्ति राज्य (नेवारी) वा सगरमाथा राज्य (शेर्पा) क्षेत्रका मातृ भाषिले मिथिला राज्य (मैथिली) क्षेत्र भित्रमा माबि तह सम्म अध्यन गर्दा आफनो मातृ भाषा (नेपाल भाषा÷शेर्पा भाषा) थप ऐच्छिक बिषयको रुपमा पढन पाउने ब्यबसथा अपनाउनु पर्छ । प्रत्येक राज्यको मातृ भाषाको अध्यन सामगृह कक्षागत पाठ्य पुस्तक संघिय भाषा प्रतिस्ठानले तयार गरि उपलब्ध गराउने ब्यबसथा अपनाउनु पर्छ । राज्य क्षेत्र भित्र बोलिने राज्य भाषा बाहेक अन्य नागरिकको मातृ भाषा पहिचान गरि उत्थान र बिकासको लागी राज्य भाषा प्रतिष्ठान वा परिषद स्थापना गरिनु पछ, जसले अन्य मातृ भाषा पठन पाठन सामगृह पाठ्य पुसतक उपलब्ध गराउने बिधि ब्यबसथा अपनाउनु पर्छ ।
    केन्द्र शासित क्षेत्र ः( संघिय  सासन ब्यबसथालाई बलियो बनाउन संघिय शासित क्षेत्र तोक्नु पर्छ । संघिय शासित क्षेत्र त्यसतो क्षेत्रलाई तोक्नु पर्छ जहाँ हिमाल पहाड तराई तिनै प्रदेशको जात बर्गको सबै भाषा संसकृतीको नागरिक बसोबास गरेको हुन्छ । जस्तै काठमाडौं, ईटहरी, बर्दीबास, चितवन, कोहलपुर र टिकापुर । संघिय शासित क्षेत्र र सघिय सडक संजालले करी डोरको रुपमा संघिय व्यवस्था टिकाई राख्न मद्दत गर्दछ । संघिय सडक र संघिय क्षेत्रमा सबैको साझा अधिकार र संघिय शासन सहायक केन्द्रको रुपमा बिकास गरिनु पर्छ । त्यसतै सार्बजनिक महत्वका बस्तु , राष्टूनिकुन्ज, पार्क, बिश्व प्राकृतिक सुचि सम्पदामा परेका स्थान र नदि, ताल पोखरि हिमाली क्षेत्र, संघिय बन । केन्द शासित क्षेत्र भित्र समाबेश गरिनु पर्छ। संघिय राज्य क्षेत्रहरुमा आपतकालिन शान्ति सुरक्षा,सेबा ,सहयोग तथा विकास निर्माणका लागि राष्टिूय निकुन्ज,संरक्षण एरिया पार्क, रिजर्भहरुमा राज्यको समावेशी सेनाको शैनिक अया, बाहिनी ब्रिगेड, गुल्म, दल, ब्यबस्थापन र केन्द शासित क्षेत्रहरुमा अध्ययन, प्रशिक्षण, अनुसन्धान केन्दहरु तथा राज्यको समावेशी सशस्त्र प्रहरी बलको निकाय ब्यबस्थापन गरिनु पर्छ, जुन संघिय ब्यबस्थाको अधिन हुन्छ ।



२०७१ चैत्र १५ गते आईतबार