Tuesday, November 25, 2014

मोदीको जनकपुर भ्रमण कन्फर्म

भारतीय न्युज च्यानल जी न्यूजमा मोदीको
जनकपुर भ्रमण सन्दर्भमा गरिएको समाचारको तस्वीर ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मंसिर ९ मा जनकपुरमा  हुने भनिएको भ्रमण धरापमा परे पनि अन्ततः भ्रमण सुनिश्चित गरिएको छ । परराष्टू मन्त्री महेन्द्र बहादुर पाण्डेले भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमण बारह विघा मैदानमै कायम रहेको  बताएपछि मोदी भ्रमण सुनिश्चित रहेको दावी गरिएको छ । यस अघि मोदीलाई जनकपुरमा नेपाल सरकारको तर्फबाट औपचारिक रुपमा स्वागत गर्ने जिम्मा पाएका भौतिक तथा पुर्वाधार यातायात मन्त्री विमलेन्द्र निधिले औपचारिक रुपमा ४ मंसिरमा प्रेस विज्ञप्ति जारी गरी विवादका कारण मोदीको भ्रमण रद्द भएको जानकारी गराएका थिए । उक्त विज्ञप्ति जारी भएपछि जनकपुरमा स्थानीयवासीहरु आक्रोसित हुँदै मन्त्री निधि, गृहमन्त्री वामदेव गौतम र प्रधानमन्त्री सुशिल कोइरालाको पुतला दहन गरी विरोध जनाएका थिए । मोदीको भ्रमण हुनुपर्छ भन्दै सरकारको विरोधमा एकिकृत नेकपा माओवादीको नेतृत्वमा विपक्षमा रहेका २२ दलिय संघीय गणतान्त्रिक मोर्चाले ५ मंसिरमा जनकपुर बन्दको आह्वान ग¥यो । बन्द पुर्णतः सफल पनि भयो ।रोचक कुरा के हो भने जुन दिन मन्त्री निधिले मोदीको भ्रमण रद्द भयो भनेर विज्ञप्ति जारी गरेका थिए सोही दिन भ्रमणका लागि सुरक्षा व्यवस्थाको जिम्मा लिएका गृहमन्त्रालयका सचिव सुर्य सिलवाल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक कोषराज वन्त, राष्टिूय अनुसन्धानका प्रमुख, नेपाल प्रहरीका डिआजी प्रकाश अर्याल, सशस्त्रका डिआइजी शैलेन्द्र खनाल लगायतका उच्च सुरक्षा निकायहरुको टोली जनकपुर पुगेर सुरक्षा अवस्थाको अनुगमन गर्दै थिए । सोही दिन भिठ्ठामोड पुगि सुरक्षा अवस्था बुझेर जनकपुर फर्किएका उक्त टोलीले ५ मंसिरमा जनकपुरका पत्रकारहरुसँगको कुराकानीमा मोदीको भ्रमण रद्द भएको आधिकारिक जानकारी औपचारिक निकायबाट नआएको हुनाले भ्रमण हुने र सोही अनुसार आफुहरु सुरक्षा योजना तर्जुमा गरिरहेको बताएका थिए । गृहमन्त्रालयका सचिव सिलवालले पत्रकारहरुसँगको कुराकानीमा आधिकारिक निकाय भनेको परराष्टू मन्त्रालय हो, कुटनितिक विषय पनि भएकाले कुटनितिक नियोग मार्फत भारत सरकारले परराष्टू मन्त्रालयमा जानकारी गराउनु पर्ने हो, जब की त्यस्तो कुनै पनि सूचना भारत सरकार वा काठमाण्डौ स्थित भारतीय राजदुतावासबाट नआएकाले मोदीको सुरक्षा व्यवस्था अन्तिम समयसम्म अर्थात ९ मंसिरसम्म जनकपुरमा तैयारी अवस्थामा राखिने छ । 
मोदीको स्वागतका लागि जानकी मन्दिरको
उत्तर तर्फको गेटमा बनाइएको स्वागतद्वार ।
भारतको सुरसन्ड हुँदै महोत्तरीको परकौली स्थित नेपाली सेनाको व्यारेकसम्म मोटरबाटो हुँदै आएर, त्यहाँबाट नेपाली सेनाको ४ वटा हेलिकप्टर मार्फत मोदी जनकपुरको १२ विघा मैदानमा ल्याण्ड गर्ने, त्यहाँबाट मोटरबाट जानकी मन्दिर पुगी जानकी माताको पूजा आजा तथा दर्शन गरी सिधा १२ विघाको मैदानमै फर्किएर नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको गृहसचिव सिलवालले पत्रकार सम्मेलनमा जानकारी गराए । यस अघिसम्म मोदीको नागरिक अभिनन्दन कार्यक्रम जानकी मन्दिरमै नेपाल सरकारले तय गरेका थिए । सिलवालका अनुसार मोदीको नागरिक अभिनन्दनको कार्यक्रम सुरुमा १२ विघा मैदानमै तय गरिएको भएपनि विवाह पञ्चमी मेलाको अवसरमा खुल्ला ठाउँमा मोदीसँगै मोदीको सुरक्षा व्यवस्थामा उपयूक्त हुन नसक्ने ठहर गरी जानकी मन्दिरमै दोस्रो विकल्प रोजिएको थियो । तर, अहिले आएर सुरक्षाकर्मीहरुले १२ विघा मैदानमै कार्यक्रम तय गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि नेपाल सरकारको सुरक्षा निकायका सबै अंगहरु परिचालित भएका छन् । नेपाल सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको छ । स्थान हेरी हेरी विभिन्न निकायले नेतृत्व लिने छ । गृह सचिव सिलवालका अनुसार १२ विघा मैदानमा हेलिकप्टरको सुरक्षाका लागि नेपाली सेना, भिभिआइपीको अगुवा सुरक्षाका लागि सेना, त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी रहनेछन् । बाटो, पुल, कलभर्ट, मैदान लगायत सबै ठाउँमा सुरक्षा व्यवस्था मिलाइने उनले बताए ।
हुन त नेपालका लागि भारतीय राजदूत रणजीत रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौं बाहिरको धार्मिक भ्रमण रद्द भएको बारे दूतावासलाई कुनै जानकारी नरहेको दाबी गरेका छन् ।
रिपोर्टस क्लब नेपालको साक्षात्कारमा शुक्रबार बिहान उपस्थित भएका राजदूत रेले पत्रकारको पटक(पटकको जिज्ञासापछि यसबारे दूतावासलाई जानकारी नभएको बताएको क्लबका अध्यक्ष ऋषि धमलालले बताए । ‘यसबारेमा नेपाल सरकारको कुरा जे आएको छ, मलाई आधिकारिक जानकारी छैन’ रेले भने, ‘हामी छलफलमै छौं, कसरी यस्तो कुरा बाहिर आयो हामी बुझ्दैछौं ।’
भारतीय राजदूतले मोदी भ्रमण स्थगनको सूचना नेपाल सरकारले जसरी बाहिर ल्यायो, त्यसप्रति असन्तुष्टि जनाएको धमलाले बताए । राजदूत रेलाई प्रधानमन्त्री कार्यालयमा यसबारे जानकारी दिन बोलाइएको स्रोतले जनाएको छ । अब मोदीको सार्क सम्मेलनको सम्पूर्ण कार्यक्रम नै अदल(बदल हुने संकेत राजदूतले गरेका छन् ।
मोदी आउँदा हुने फाइदा
भारतको सिमावर्ती क्षेत्रबाट मोटरबाटो हुँदै मोदी महोत्तरीको परकौलीसम्म आउँदा नेपाल र भारत बीचको खुल्ला सिमाको अवस्था र एक अर्का बीचको सम्बन्धलाई मोदीले आफ्नो आँखाले हेर्न पाउने छन् । नेपाल र भारतको इतिहासमा यो अवसर पहिलो पटक हुनेछ । किनभने यस अघिका भारतीय प्रधानमन्त्रीहरुको नेपाल भ्रमण सिधा दिल्लीबाट हवाई मार्ग हुँदै काठमाण्डौसम्म सिमित हुने गरेको थियो । यति मात्र होइन, नेपाल सम्बन्धि भारतले नीति बनाउँदा भारतका कर्मचारीतन्त्र हाबी रहेको साउथ ब्लक र नर्थ ब्लकको आँखाले मात्र भारतले मधेसलाई हेर्ने गथर््यो । वा भनौं, सिंगो नेपाललाई नै । त्यसकारण पनि सिमावारि र पारीका जनताहरुको समान सभ्यता, संस्कृति, भाषा, भेषभुषा, रहनसहन आदि हेर्ने पहिलो प्रधानमन्त्री बन्नेछन् । 
नेपालको औपचारिक भ्रमणमा आएका बेला नेपालको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै राजर्षी जनकको चरणमा शिर निहुराउने आफ्नो इच्छा रहेको र सार्क भ्रमणका क्रममा आफु नेपाल आउँदा जानकी मातासँगै भगवान बुद्धको दर्शन गर्न लुम्बनी जाने मोदीले इच्छा जाहेर गरेका थिए । त्यसपछि औपचारिक रुपमै भारत सरकारले भारतीय दुतावास मार्फत नेपालको परराष्टू मन्त्रालयलाई जानकारी गराएर जनकपुर र लुम्बनी जाने सूचना प्रदान गरिएको थियो । जसलाई नेपाल सरकारको गृहमन्त्रालयका सचिव सिलवालले जनकपुरको पत्रकार सम्मेलनमा पुष्टि गरेको थियो । महत्वपुर्ण कुरा के हो भने भिठ्ठामोड देखि जनकपुरधामसम्म मोदी जनकपुर भ्रमणका लागि सडक मार्ग नै प्रयोग गर्ने उनको इच्छालाई साकार पार्न भौतिक योजना तथा निर्माण मन्त्रालयले उक्त सडक खण्डलाई कालो पत्रे गर्न बजेटको समेत चाँजोपाँजो मिलाईसकेको थियो । तर, नेपाल सरकारको सुरक्षा निकायले सडक बाटोमा पुरापुरी सुरक्षा दिन असहज हुने अभिव्यक्ति सार्वजनिक गरेपछि उक्त सडकलाई मर्मत तथा सम्भार गर्ने काम मात्र गरियो । मोदी भ्रमणले जहिले पनि धुलाम्य र हिलाम्य हुने उक्त सडक खण्ड अब कालो पत्रे हुने भनेर गरिएको जनकपुरवासीहरुको सपना चकनाचुर भयो । यद्यपि उक्त सडक खण्डलाई पक्की गर्नका लागि भारत सरकारले अनुदान लगानी गर्ने पहिले नै तय भईसकेको भएपनि भारतीय ठेक्केदार फरार भएपछि उक्त सडकको निर्माण कार्य सँगसँगै धनुषाको हुलाकी सडकको निर्माण कार्य समेत हालसम्म अलपत्र परेको छ ।
केही दिन अघि मात्र भारत सरकारका एक जना पुर्वाधार मन्त्री नितिन गडकरी नेपाल भ्रमणमा आउँदा नेपालका मन्त्री निधिले हुलाकी सडक निर्माण कार्यका लागि अबिलम्ब पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा मन्त्री गडकरीले पनि भारत फर्किए लगत्तै आफुले बुझेर त्यसको पहल कदमी लिने बताएका थिए ।
जनकपुरधाम राजर्षी जनक, जगत जननी माता सिता, ऋषिहरुको तपोभुमि, ज्ञानभुमि, दर्शनभुमि आदि नामले प्रख्यात भएपनि त्यसले अन्तर्राष्टिूय पहिचान बनाउन सकेको छैन । समस्त हिन्दुहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न जनकपुरवासीले नेपाल सरकारलाई बर्षौं देखि अनुरोध गरेपनि राज्यको संकुचित सोचका कारण त्यसो हुन सकेको छैन । मोदी आउँदा उनलाई कभरेज गर्न भारतका थुप्रै मिडियाहरु सँगै आउने भएकाले जनकपुरधामको अन्तर्राष्टिूय स्तरमा व्यापक प्रचार प्रसार हुने भएपछि जनकपुरधाम एक धार्मिक पर्यटक स्थल हो, भन्ने पहिचान स्थापित हुन सक्छ । परिणाम स्वरुप भारतको कुल जनसंख्याको एक प्रतिशत मात्र भएपनि पर्यटक एक वर्षमा जनकपुर आईदियो भने करिब १ करोड २५ लाख पर्यटक स्वतः जनकपुर भित्रिने भएपछि जनकपुरधाम समृद्धिको दिशामा अगाडी वढ्न सक्नेछ ।
मोदी भारतको बनारस अर्थात काशी क्षेत्रका सांसद हुन । गंगालाई सरसफाई गरी सौन्दर्यीकरण गरेर जापानको राजधानी क्योटो सहर जस्तै स्मार्ट सिटी बनाउन जापानका आर्थिक र प्राविधिक सहयोग जुटाई उनले अभियान चलाईसकेका छन् । जनकपुरमा पनि गंगासागर नामक पवित्र सरोवर छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको उक्त सरोवरलाई नेपाल पत्रकार महासंघ धनुषाका पुर्व अध्यक्ष राम अशिष यादवको अगुवाईमा स्थानियवासीहरुले सरसफाई अभियान संचालन गरेर अहिले त्यहाँ प्रत्येक दिन साँझ गंगा आरती हुने गरेको छ । संयोग के पनि हो भने गंगा आरती सुरु गर्न बनारसको गंगाकै पुजारीहरु आएका थिए । त्यसैले जसरी उनले भारतको गंगालाई सांस्कृतिक राजधानीको रुपमा विकसित गर्न लागेका छन्, जनकपुरधामलाई पनि सांस्कृतिक राजधानीको रुपमा विकास गर्न आवश्यक पर्ने पुर्वाधार निर्माणका लागि अनुदानको घोषणा समेत गर्न सकिने जनकपुरबासीले आशा राखेका छन् । 
के पनि भनाई छ भने राजर्षी जनक प्रत्येक दिन गंगामा गएर स्नान गरी शिव धनुषको पुजा गर्ने गर्थे । हातीमा चढेर उनी जनकपुरधामबाट प्रत्येक दिन गंगा जाने आउने गर्थे । जब सिताको विवाह भयो, सिताले जनक चढने गरेको हाती रामलाई दिनुस भनेर अनुरोध गरिन । अनि जनकले आफु गंगा स्नान गर्न कसरी जाने भनेपछि सिताले रामलाई गंगा यही ल्याई दिनुस भनेर भनेपछि रामले धनुष बाण चढाएर प्रहार गर्दा गंगा आयो र गंगा सागरको उत्पति भयो भनेर भन्ने गरिन्छ । त्यसकारण भारतको गंगा र जनकपुरको गंगा सागर सम्मको मार्ग निर्धारण गरिए राम्रो हुन्थ्यो । किनभने कुनै बेला नेपालकै प्राचिन सहरहरु मध्येको एक रहेको जनकपुरधामको विकासका लागि नेपाल सरकारले खुल्ला ह्दयले कहिल्यै पनि उदार भई बजेट विनियोजन गरेनन् । पछि स्थापना भएका सहरहरु विकासको नाउँमा धेरै अगाडी उक्लिनुले पनि राज्यको बजेट विनियोजनमा भएको भेदभावलाई पुष्टि गर्छ ।
अर्को महत्वपुर्ण कुरा के हो भने जनकपुरधाम राजनीतिक वृतमा समेत महत्वपुर्ण स्थान राख्दछ । नेपालमा भएका हरेक राजनीतिक परिवर्तनहरुमा जनकपुरले आफ्नो अहम योगदान मात्र पु¥याएको छैन, बलिदानी र सहादत दिनबाट समेत पछि परेको छैन । संघीयताको समेत केन्द्र विन्दु मानिएको जनकपुरधाममा मोदीको भ्रमण भयो भने नेपालको अब बन्ने संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित हुन सक्ने र एउटा प्रान्तको राजधानी जनकपुरधाम नै हुने भन्ने संकेत समेत मिल्ने छ ।
जानकी दर्शन गर्ने भारतीय भिआईपीहरुको इतिहास
मोदीले जनकपुरको जानकी मन्दिर दर्शन गर्ने कुराले व्यापक चर्चा लिएको भएपनि भारतका पुर्व राष्टूपतिद्वय निलम संजिवा रेड्डी र ज्ञानी जेल सिंह, भारतका पुर्व प्रधानमन्त्री अटल विहारी बाजपेयी, विश्व हिन्दु परिषदका अध्यक्ष अशोक सिंघल लगायतका व्यक्तिहरुले जानकी माताको दर्शन गरिसकेका छन् । यसका अतिरिक्त योग गुरु स्वामी रामदेव, चारवटै पिठहरु जगरनाथपुरी, कान्छीकोटी, काशीवद्रीका आश्रमका शंकराचार्यहरु, रामानन्दाचार्य, लगायतका साधुहरुले समेत जानकी मन्दिरको दर्शन गरिसकेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जनाए ।
२५ जुलाई १९७७ देखि २५ जुलाई १९८२ सम्म भारतको राष्टूपति रहेका निलम संजिवा रेड्डी राष्टूपति रहेकै बेला जनकपुरको जानकी मन्दिर दर्शन गरेका थिए । जनकपुर विमान स्थलमा ओर्लने वित्तिकै खुट्टाको जुत्ता खोली जनकपुरको माटो उठाई टाउकोमा टिका लगाएका थिए । उनलाई स्वागत गर्न जनकपुरबाट हजारौं मानिसहरु विमान स्थल पुगेका थिए । विमान स्थल देखि जानकी मन्दिरसम्म स्थानीयवासीहरुले लाईन लागेर उनलाई स्वागत अभिनन्दन गरेका थिए । स्वागतका लागि हजारौं व्यक्तिहरुको भिडलाई देखेपछि उनी केही दुरीसम्म पैदल नै हिंडेका थिए । जानकी मन्दिरको दर्शन गरेपछि उपस्थित हजारौं व्यक्तिहरुको सामु जानकी मन्दिरमा आउने तिर्थालुहरुको लागि एउटा धर्मशाला निर्माणका लागि भारत सरकारले अनुदान दिने घोषणा गरेका थिए । तर, भारत एउटा धर्म निरपेक्ष राष्टू रहेका कारण कुनै खास धर्मका लागि अनुदान दिन गाह्रो भएपछि तत्कालिन प्रधानमन्त्रि पिभी नरसिंहा रावलाई जसरी पनि व्यवस्थ ागर्न उनले आग्रह गरेका थिए । रेड्डी आन्ध्रप्रदेशको पहिलो मुख्य मन्त्रि समेत भएका कारण प्रधानमन्त्रि राउलाई आन्ध्रप्रदेशको तिरुमल तिरुपति देवस्थानम टूस्ट मार्फत रकम दिलाइएको राराब क्याम्पस जनकपुरका तत्कालिन क्याम्पस प्रमुख प्राध्यापक डा. महेन्द्र नारायण मिश्रले बताएका छन् । उक्त धर्मशाला अहिले बृहत्तर जनकपुर विकास क्षेत्र परिषदको मातहतमा यात्री निवासको नाउँले परिचित छ । त्यसैगरी रेड्डीको कार्यकाल समाप्त भएपछि २५ जुलाई १९८२ देखि २५ जुलाई १९८७ सम् मभारतको राष्टूपति रहेका ज्ञानी जेल सिंह पनि राष्टूपति रहेकै बेला जनकपुरको जानकी मन्दिरमा पुजा अर्चना गरेका थिए ।
विक्रम सम्बत २०४९ सालमा भारतको लोकसभामा विपक्षी दलका नेता रहेका अटल विहारी बाजपेयी जनकपुर आई जानकी मन्दिरको दर्शन गरेका थिए । बाजपेयी जनकपुरमा एक रात बसेका पनि थिए । जानकी मन्दिरको दर्शन गरी उपस्थित भीडलाई सम्बोधन गर्दा ठुलो आँधि बेहुरी र पानी पनि पर्न थालेपछि मान्छेहरु ओत लाग्न अन्यत्र जानै लाग्दा बाजपेयीले हिन्दीमा भनेका थिए कि यो शरीर कागजको होइन कि पानीले भिजेपछि गलिहाल्छ । उनको उक्त अभिव्यक्तिपछि सबै मान्छे पानीमा भिज्दै उनको कुरा सुनेका थिए । त्यतिबेला जानकी मन्दिरमै इन्जिनियर सत्य नारायण साहको अध्यक्षतामा गठन गरिएको मिथिला सांस्कृतिक केन्द्रमा गई मिथिला संस्कृति बारे उनलाई जानकारी गराइएको थियो । उक्त केन्द्रका तत्कालिन सचिव रहेका राम भरोस कापडीका अनुसार बाजपेयीलाई सिक्किको परालबाट बनेको सिल्प हाथी र केही उपहार सामग्रीहरु दिएर सम्मान गरिएको थियो । कापडीका अनुसार जनकपुरधाम धार्मिक नगरी भएका कारण सांस्कृतिक र अध्यात्मिक विकास हुनु पर्ने र त्यसका लागि भारत सरकारले समेत ध्यान दिने भनेर मिथिला सांस्कृतिक केन्द्रको माइनुटमा समेत बाजपेयीले आफ्नै हाथले लेखेका थिए । मिथिला लोकाचित्र र लोक सिल्प नेपालको मिथिलाञ्चलमा पनि बन्ने गरेको कुराबाट आफु धेरै हर्षित भएको र त्यसलाई व्यवसायिक रुप दिनुपर्ने बाजपेयीले बताएका थिए । बाजपेयी जनकपुर चुरोट कारखानाको गेस्ट हाउसमा एक रात बसेका थिए । त्यसैगरी भारतीय प्रधानमन्त्री समेत भईसकेका चन्द्रशेखर २०४९ सालमा आई जानकी मन्दिरको दर्शन गर्नुका साथै जनकपुरको बारह विघा मैदानमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधित गरेका थिए । त्यस अतिरिक्त चन्द्रशेखर पञ्चायतकालमा पनि धु्रव शर्माको घरमा आएको बताइन्छ ।
भारतीय स्वास्थ्य टोलीद्वारा अस्पतालको अनुगमन
भारतीय स्वास्थ्यकर्मीहरुको एक टोलीले जनकपुर अञ्चल अस्पतालमा पुगेर स्वास्थ्य सुविधाहरुको अवस्थाबारे जानकारी लिएको छ । भारतीय राजदुतावासमा काम गर्ने चिकित्सक जयकुमार ठाकुर र एक जना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खास चिकित्सकले अस्पतालको सेवा सुविधाबारे जानकारी लिएको हो । उक्त टोलीले अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा.कल्पना बछाड, पुर्व मेसु डा.गौराङ मिश्रलाई अस्पतालमा भेटेर अस्पतालमा रहेका चिकित्सकहरु, सेवा सुविधाहरुको बारेमा जानकारी लिएर फर्केको छ । जनकपुर भ्रमणका बेला भारतीय प्रधानमन्त्री मोदीलाई यदि कहिँ कतैबाट आक्रमण भयो भने उपचारको लागि व्यवस्था तन्दरुस्त राख्नका लागि पुर्व तैयारी स्वरुप उक्त टोलीले अस्पतालको अनुगमन गरेको थियो । उक्त टोलीले खास गरी आइसियू भवन, सर्जन, अपरेशन थिएटर र जाँचका लागि उपकरणहरु के के उपलब्ध रहेको तथा के के अभाव रहेको भन्ने जानकारी लिएर फर्किएका छन् ।
जनकपुरधाम सिङ्गारिदै
मोदीको आसन्न भ्रमणलाई लक्षित गरेर जनकपुरका प्रमुख मन्दिरहरुलाई सजाउनको लागि संस्कृति तथा पर्यटन मन्त्रालयले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद मार्फत रु. १ करोड निकासा गरेको छ । वृहत्तरले जनकपुरको जानकी मन्दिरको व्यवस्थापनका लागि रु. ५० लाख छुट्याएको छ । जसमध्ये जानकी मन्दिर परिसरमा जुत्ता राख्ने ¥याक राख्नका लागि रु.५ लाख, मन्दिरको पुर्व तिर नाला निर्माणका लागि रु. ५ लाख, मन्दिरको कम्पाउन्ड वालको रंगरोगनको लागि रु. १० लाख र मन्दिरमा सौर्य उर्जा जडान गर्नको लागि रु. १० लाख र जानकी मन्दिरको परिसरमा रु. २० लाखको टायल्स विछाउनको लागि रकम निकासा गरिएको वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक उमेश यादवले द एक्सक्लुसिभलाई जानकारी दिएको छ ।  त्यसैगरी राम मन्दिरको सौन्दर्यीकरण तथा रंगरोगनका लागि रु. १५ लाख, जानकी मन्दिरको विवाह मण्डपको रंगरोगनका लागि रु. ५ लाख, जनक मन्दिरमा सौर्य उर्जा जडान गर्नका लागि रु. १० लाख, जनक मन्दिरको मर्मत सम्हार तथा रंगरोगनका लागि रु. १० लाख र तिरहुतिया गाछीको सामुनेमा रहेको बाल उद्यान पार्कलाई मर्मत तथा सम्हार र रंगरोगनका लागि रु. १० लाख बजेट निकासा गरिएको छ । ती सबै कार्यहरु उपभोक्ता समिति मार्फत गर्न लागिएको छ । त्यसैगरी मोदीको भ्रमण तथा नागरिक अभिनन्दन कार्यक्रमको लागि जनकपुरको रंगभुमि मैदानमा मञ्च, पण्डाल तथा स्वागतद्वार बनाउने तयारी वृहत्तरले थालेको यादवले बताए ।


जानकी मन्दिर दर्शन गर्नेहरु बायाँबाट क्रमशः भारतका पुर्व राष्ट्रपतिद्वय निलम संजिवा रेड्डी र ज्ञानी जेल सिंह, विश्व हिन्दु परिषदका अध्यक्ष अशोक सिंघल र योग गुरु स्वामी रामदेव ।
२०७१ मंसिर ०७ गते आईतबार,

Monday, November 24, 2014

धनुषामा भारतको लगानी


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
ब्रोडगेज निर्माणमा लगानी
राणाकालमा महोत्तरीको विजलपुरा देखि जनकपुर हुंदै भारतको जयनगर सम्म सञ्चालनमा रहेको हालको न्यारोगेजको नेपाल रेल्वे सेवा जनकपुर (जयनगर सम्म सिमित भएको नकारात्मक खबरका बावजुद भारतीय सरकारको लगानीमा ब्रोडगेज निर्माणको कार्य अगाडी वढेको छ । जनकपुरवासी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्टूपति डा. रामवरण यादवको औपचारिक रुपमै पहिलो पटक भारत भ्रमण हुंदा जयनगर बाट महोत्तरीकचो बर्दीबास सम्म ब्रोडगेज सेवा विस्तार गर्ने नेपाल र भारत सरकारका प्रतिनिधी बिच सम्झौता भएको थियो । सन २००८ मा नेपाल सरकार तर्फबाट भ्रमणटोलीमा प्रतिनिधिमण्डलमा सहभागी भएका तत्कालीन मन्त्री शरदसिंह भण्डारीले उक्त सम्झौतामा हस्ताक्षर गरेको ६ वर्ष वितिसक्दा पनि नेरौगेज हालसम्म ब्रोडगेजमा परिणत हुन सकेको छैन । सम्झौता अनुसार जयनगर देखि बर्दीबाससम्म ६९ किलोमिटर जग्गा अधिग्रहण गरी भारतीय कन्टूयाक्टर इरकोन कम्पनीलाई हस्तान्तरण गर्नुपर्ने थियो । नेपाल सरकारले जग्गा अधिग्रहण कार्यसँगै ब्रोडगेज निर्माणको कार्य अगाडी वढेको छ । तत्काल प्रथम चरणमा महोत्तरीको सीतापुर भंगहा सम्मका ५२ किलोमिटर सम्म ब्रोडगेज सेवा निर्माण भइ दोस्रो चरणमा वर्दीवास सम्म ब्रोडगेज निर्माण भए जयनगरबाट बर्दीबास सम्मको दुरी तय गर्न नेपाल रेल्वेलाई १ घण्टा भन्दा पनि कम समय लाग्नेछ ।
 भारतको जयनगरमा भारतीय भन्सार र स्टेशन भवन निर्माण , इनरवामा नेपाली भन्सार र हल्ट , खजुरीमा साविककै स्थानमा स्टेशन , महिनाथपुरमा साविककै स्थानमा हल्ट , वैदेहीमा साविककै स्थानमा हल्ट , कुर्थामा स्टेशन , खुट्टा पिपराढीमा स्टेशन , लोहारपट्टीमा हल्ट , सिंग्याहीमा स्टेशन र भंगहामा स्टेशन भवन निर्माणको कार्य प्रथम चरणमा हुनेछ । नेपाल सरकारले मात्र जग्गा उपलब्ध गराउनु पर्ने छ र बांकी पुल निर्माण देखि स्टेशन भवन निर्माण , ब्रोडगेज निर्माण सहित भारत सरकारको जिम्मेवारी रहेको छ जसका लागि भारत सरकारले करिब ८ अर्ब नेपाली रुपैंया अनुदान दिएको रेल तथा मेटूो विकास आयोजना जयनगर देखि बर्दीबास खण्डका प्रारम्भिक अधिकृत टेकराज बोहराले जानकारी दिएका छन् । ब्रोडगेज निर्माण भए पछि ७० देखि ८० कि.मि. घण्टाका दरले नेपाल रेल्वे दगुडनेछ । पछि एक्सप्रेस र लोकल टूेन सञ्चालन गर्न सकिने छ । 
हुलाकी राजमार्गमा लगानी अलपत्र   
१५ जनवरी २०१० मा नेपालका तर्फबाट उप(प्रधान तथा परराष्टूमन्त्री सुजाता कोइराला र भारतका तर्फबाट विदेशमन्त्री एस.एम.कृष्णा बीच नेपालको तराई क्षेत्रमा सडक विस्तार गर्नुका साथै मजबुती प्रदान गर्न हुलाकी राजमार्ग अन्तरगत विभिन्न सडक खण्डहरु निर्माण गरिदिने भनेर भारत सरकारले सम्झौता गरेको थियो । नेपाल सरकारले जग्गा उपलब्ध गराउनुका साथै पुल निर्माण गरेर दिने र भारत सरकारले उक्त जग्गामा राजमार्ग , नाला तथा फूटपाथ समेत निर्माण गरिदिने गरिएको द्धिपक्षीय सम्झौता भएको दुई वर्ष भन्दा बढी समय बितिसक्दा पनि सडक निर्माण हुन सकेको छैन् । तर पछिल्लो समयमा नेपाल सरकारले धमाधम पूल निर्माण गर्नुका साथै जग्गा अधिग्रहणका लागि मुआब्जा वापतको रकम समेत जग्गा धनीलाई वितरण गर्न थालियो । हुलाकी राजमार्ग आयोजना योजना कार्यालय जनकपुर अन्तरगत भारत सरकारले धनुषा , महोत्तरी र सर्लाही जिल्लाका लागि दुइवटा प्याकेज अन्तरगत कुल २०१ किलोमिटरका आठ वटा सडक निर्माण गर्ने भएका छन । प्याकेज नम्बर ४ अन्तरगत सर्लाहीमा नयारोड (वरहथवा (मधुवनी सडक , नवलपुर देखि मलंगवा सम्म सडक , जलेश्वर गरी प्याकेज नम्बर ५ अन्तरगत धनुषामा विरेन्द्रबजार देखि यदुकोहा हुदैं महिनाथपुर सम्म , जनकपुरदेखि यदुकोहासम्म जनकपुर देखि जटही सम्म र जनकपुर देखि महोत्तरीको भिढठामोड सम्म सडक निर्माण हुने भएको छ । भारत सरकारले उक्त आठ वटै सडक निर्माणका लागि हायदरावादका विश्वा वि.भि.एस.आर.जे.भि नामक कम्पनीलाई कन्टूयाक्ट समेत दिइयो । सुरुमा उसले केही काम पनि ग¥यो । तर, पछि उक्त ठेक्केदार गायव भएपछि हुलाकी सडक निर्माणको कार्य हालसम्म अधुरो रहेको छ । 
नवलपुर देखि मलंगवा सम्म र जनकपुर देखि भिढठामोड सम्म दुई सडकका लाग नेपाल सरकारले मुआब्जा तिर्नु पर्ने छैन् । सडक निर्माणका लागि भारतीय कन्सल्टैन्टलाई २२ जुलाई २०११ ,७ अगस्त २०११ र २३ अगस्त २०११ मा हैण्ड ओभर गरिसकेको र ३० महिना भित्र सडक निर्माण गर्नु पर्ने हुन्छ । अब बांकी रहेको १७(१८ महिनामा जसरी पनि उक्त कम्पनीले सडक निर्माण सम्पन्न गरिसक्नु पर्ने छ ।  ७ मीटर भन्दा तलको पुलेसाहरु भारत सरकारले नै बनाउनु पर्ने हुन्छ ।सवै पुल निर्माण गर्न १ अर्ब रुपैंया र जग्गा अधिग्रहण वापत कुल ९५ करोड रुपैंया मांगिएको छ । सडक निर्माणमा भारत सरकारले पनि मोटामोटी २ अर्ब रुपैंया जति खर्च हुने अनुमान गरिएको छ । 
विद्यालय भवनमा लगानी
भारतीय सरकारले जनकपुरमा विद्यालय भवन निर्माणहरुमा समेत लगानी गरेको पाइन्छ । जनकपुर नर्सिङ क्याम्पसको भवन, छात्रावास भवन र प्रिन्सिपल क्वार्टरमा भारतीय सरकारले लगानी गरेको छ । त्यसैगरी अहिले धनुषाको क्षेत्र नं. ३ मा ६ वटा प्रावि भवन निर्माणका लागि रु. २ करोड ९१ लाख २९ हजार बजेट निकासा गरेका छन् । नगराईनको जटही, नगराईनको राघोपुर, घोडघासको गंगुली, घोडघासको गंगुली दक्षिणवारी टोल, फुलगामाको खडका, लगमाको पछवारीटोल स्थित प्राथमिक विद्यालय भवनको लागि २ भदौ २०६८ मै सम्झौता भएको थियो । जय ओम ÷यू.के.एन.जेभी माइती देवी ३३ काठमाण्डौले सम्झौता गरेको १५ महिनामा कार्य सम्पन्न गर्नु पर्ने थियो तर, हालसम्म ती विद्यालयहरुको २५ प्रतिशत निर्माण कार्य मात्र सम्पन्न भएको बताइन्छ ।
त्यसैगरी लक्ष्मीनिया जनता उच्च मावि कुम्हरौरा बगेवाको भवन निर्माणका लागि भारत सरकारले रु. २ करोड ६५ लाख २८ हजार अनुदान दिएको छ । दाप्चा सियास धर्मा एस÷सिद्धगडी काठमाण्डौले २३ अषाढ २०७० मा सम्झौता गरेको हो । १५ महिना भित्र उक्त कार्य सम्पन्न हुनुपर्नेमा म्याद सकिसके पनि ५५ प्रतिशत निर्माण कार्य मात्र सम्पन्न हुन सकेको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषाका इन्जिनियर कृष्ण देव झाको भनाई छ । त्यसैगरी सहरी विकासकै मार्फत विगतमा भारतीय सरकारको अनुदानमा जानकी मन्दिर परिसरमा सांस्कृतिक संग्रहालय, संकटमोचन देवशरण रामरत्ती मावि भवन निर्माणमा रु. ३÷३ करोड लगानी गरिएको छ ।
जिल्ला विकास समिति धनुषाद्वारा भारत सरकारले विपी मावि सपही, राप्रावि लक्ष्मीपुर, तपसी बाबा मावि टिल्ही सोनिगामा, के.एस.एच. मावि खजुरीको भवन निर्माणमा लगानी गरेको छ । त्यसैगरी राजेश्वर निधि मावि नगराइन, राधाकृष्ण पुस्तकालय मुजेलिया र खजुरी महुवा लगमाको ७ किलोमिटर पक्की सडक निर्माणका लागि लगानी गरेको छ ।
वृहत्तर मार्फत पनि लगानी
भारत सरकारले वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका मार्फत गंगा सागर र धनुषसागरको सौन्दर्यीकरणका लागि रु.३ करोड ५८ लाख १८ हजार लगानी गरेको छ । जस अन्तरगत गंगा सागर र धनुषसागरको घाट निर्माण, बोडिङ, शौचालय निर्माण, हाइमास्ट लाईट जलान लगायतको कार्य रहेको छ । त्यसैगरी स्थानीय रंगभुमि मैदान बारह विघाको सौन्दर्यीकरणको लागि समेत ३ करोड ६४ लाख ८९ हजार रुपैयाँ लगानी गरेको छ । जस अन्तरगत बारह विघा मैदानको बाउण्डूी वाल निर्माण, गेट निर्माण, यज्ञशाला निर्माण, शौचालय निर्माण, भेहिकल पार्क, वृक्षारोपन, सडक निर्माण, हाइमास्ट लाइट जडान गर्ने लगायतका कार्यहरु छन् । २९ डिसेम्बर २०१० मा सम्झौता भएपनि सम्झौता मिति १५ महिना वितिसक्दा समेत निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।
यसका अतिरिक्त भारत सरकारले जनकपुरमा विमान स्थल निर्माणमा समेत लगानी गरेको छ । तपसी बाबा मावि टिल्ही र मिट क्याम्पसलाई भारत सरकारले बस समेत उपलब्ध गराएको छ । सँगै केही क्लवलाई एम्बुलेन्स वितरण समेत गरेका छन् ।


२०७१ मंसिर ०७ गते आईतबार,

डाउरी इज अ ‘सोसल करप्सन’ -धर्मेन्द्र कुमार झा


धर्मेन्द्र कुमार झा
अंग्रेजी शव्द ‘डाउरी’ लाई ‘दहेज’ वा तिलक वा दाइजो भन्ने गरिन्छ । दाइजोको प्रचलन सत्तयूग, त्रेतायूग र द्वापरयूगमा पनि रहेको कुरा विभिन्न हिन्दु धर्म ग्रन्थहरुले प्रमाणित गरेको छन् । दहेजको परिभाषा सत्तयूग देखि कलयूग अर्थात वैज्ञानिक यूगसम्म उस्ता उस्तै रहेपनि ‘दहेजको’ तात्विक अर्थमा भिन्नता आएको छ । वर्तमान अवस्थामा दहेजको बुझाई व्यक्ति, परिवार, समुदाय, समाज, क्षेत्र, लिङ्ग, उमेर जात र धर्म अनुसार पनि फरक फरक देखिन्छन् । सारमा “विहेको उद्देश्यले विवाहको समयमा प्रायः केटी पक्षबाट केटा पक्षलाई दुल्ही सँगै जिन्सी वा नगद दिने प्रचलनलाई दहेज वा दाइजो वा तिलक वा डाउरी भनिन्छ । दहेज दिनुपर्ने कि नदिनु पर्ने । कम दिने कि वढी दिने । केटीको नाममा दिने कि केटाको परिवारलाई दिने । नगद दिने या जिन्सी दिने । दिएको सबै दहेजको रकम खर्च गराउने कि बचाउन लगाउने । यस्ता अनेकौं तर्क वितर्क बीच ‘दहेज’ समाजमा आफ्नो अस्तित्व कायम गरेको छ । आर्य समाजमा ‘दहेज’ एउटा बहसको ‘हट केक’ नै हुन । तर विड्म्बना जति बहस गरे पनि यो एउटा इन्डलेस बहसको रुप लिई सकेको छ । वास्तवमा यो हो के त ?
दहेजको सामाजिक विश्लेषण ः
प्राचिन समाजमा स्वेच्छाले दुल्हीलाई सुन, चाँदी, कपडा लत्ता, दासी, हाथी, घोडा, गाई आदि सहित विदा गरिने चलनलाई तत्काल समाजमा दहेज भनिन्थ्यो । जसलाई कौटिल्य अर्थशास्त्रले ‘स्त्रीधन’ भन्थ्यो । यस भनाईबाट पनि दहेजको अर्थ र दहेज माथिको अधिकारलाई पुष्टि गर्दछ । प्राचिन समाजको बुझाईका आधारमा ‘दहेज’ लाई विभिन्न विद्धानहरुले भिन्ना भिन्नै शव्द दिएका छन् । कसैले यसलाई ‘सिड मनी’ त कसैले ‘फैमिली इन्सेन्टिभ’ त कसैले ‘सब्सीक्वेन्ट मनी’ भनेका छन् । जसका साझा कुरा नयाँ विवाहित जोडीको लागि नयाँ किसिमले जीवन शुभारम्भ गर्न दिइएको अर्थात सहयोग हो भन्ने बुभिन्छ । शायद त्यसैले होला यूरोप अमेरिका जस्ता महादेशहरुमा पनि यसको प्रचलन रहेको पाइन्छ । यूरोपमा ५ औं शताव्दीमा होमरकै समय देखि डाउरीको चलन थियो । शेक्सपियरको नाटक ‘किंग लियर’ मा पनि डाउरीको सन्दर्भ देखाइएको छ । ती समाजहरुमा डाउरी कुनै समस्या बनेन, किनभने त्यो स्वेच्छामा रह्यो तर नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका जस्ता एसियन देशमा डाउरी एउटा सामाजिक भ्रष्टाचारको रुपमा सामाजिक विकृति बनेको छ । भारतको एक तथ्याङ्क अनुसार १००० पुरुषमा ९३३ महिलाको जनसंख्यिक अनुपात भइसकेको छ । यो पछि एउटा ठुलो अन्तराल बन्न पुग्छ । यस्तो हुनुमा ‘दहेज’ प्रमुख कारण रहेको बताइन्छ । त्यसैले होला, भारत सरकार सन् १९६१ मा दहेजमा प्रतिबन्ध ऐन पारित गर्यो र सेक्सन ३०४ ‘बी’ तथा ४९८ ‘ए’ मा दहेज विरुद्ध कानुनी व्यवस्था गर्यो । बैज्ञानिक युगको आरम्भ सँगै बैज्ञानिक स्रोत साधन र शिक्षाको पनि प्रवेश भयो । जसले मानवको सोंच विचार रहनसहन भेष भुषा, खानपिन समाजिक स्तर, धर्म आदिमा व्यापक परिवर्तन ल्यायो । तर जुन समाजमा सामानान्तर रुपमा साइन्स अफ टेक्नोलोजीसँग सौंच विचार र संस्कृतिमा परिवर्तन ल्याउन सकेन त्यो समाजमा ‘कल्यरल लेग’ हुन गयो । र त्यसले समाजमा अनेक समस्या उत्पन्न गरायो । पश्चिमी राष्टूहरु समय सापेक्ष परिवर्तन भए आज दुनियाँमा राज गरिरहेको छ बाँकी राष्टूहरु हामीलाई थाहै छ । भ्रष्टाचारले जसरी देशका अफिसियल कामहरुलाई प्रभावित गरी राष्टूलाई नै खोकला बनाई सक्यो । त्यसैगरी ‘दहेज’ ले सामाजिक संरचनालाई चुनौती दिइरहेको छ । दहेज आफैमा समस्या होइन यसलाई समस्या बनाएर सामाजिक क्रप्सनको रुप दिइएको छ । जसले गर्दा हजारौं परिवार बर्वाद भइरहेका छन् । जसका उदाहरण सम्बन्ध विच्छेदका घटना वा घरेलु हिंसा बढोत्तरी संख्यालाई लिन सकिन्छ ।
सर्बोच्च अदालतको तथ्याङ्कले वर्तमान नेपाली समाजको अनुहारलाई चित्रित गरेको छ । दिन प्रति दिन वढ्दै गएको छ । जवकी १० वटा घटनामा मुश्किलले एउटा घटना अदालत सम्म पुग्छ । यसले अनुमान गर्न सक्छौं हामी । यो सब दहेजकै कारण होइन । बेमेल विहेको कारण हो । बेमेल विहेको सबभन्दा प्रमुख कारण ‘दहेज’ चाहीं हो । दहेजको परम्परागत उद्देश्य नयाँ जोडीलाई स्वेच्छाले दिएको सहयोगी ‘सिड मनी’ हो । न की दहेजको लोभमा बेमेल विहे वा कर लगाएर लिने रकम ।
समाजमा भ्रष्टाचारको विरोध सबैले गर्छन तर भ्रष्टाचार नगरेको व्यक्ति विरलै भेट्छन् । मात्रै फरक हुन्छ भ्रष्टाचार गर्ने तरिका  र मात्रामा । कोही हसाएर लिन्छ र कोही झुक्याएर । कोही रुवाएर लिन्छ त कोही डराएर । कोही दिन आएकोबाट लिन्छ त कोही मागेर । तर नलिने शायदै भेट्छ । कोही सयमा लिन्छ त कोही हजारमा । कोही लाख लिन्छ त कोही करोडमा । तर इक्स्टूा मनि सबैलाई चाहिएको छ । अपवाद हरेक कुरामा हुन्छ । यसरी भ्रष्टाचार व्यक्ति वा कार्यालयमा होइन सामाजिक संरचनामा छिरिसकेको छ । जसलाई हटाउनु पर्दैन सबै जना आफु हट्नुपर्छ । सबैजना अरुलाई सुधार्न खोज्छन आफुलाई कसैले सुधार्न चाहँदैन । जबकी आवश्यक छ आफुलाई सुधार्ने । आर्थिक भ्रष्टाचार जस्तै दहेज पनि समाजको टाउको दुःखाई भएको छ । सबैले यसको विरोध गर्छ । तर दिन प्रति दिन यसको चर्चा वढ्दै गएको छ । घटेको छैन । किन ? यसको एक मात्र कारण हो । सबैले विरोध गरेका छन् तर दहेज लिन कसैले छोडेका छैनन । यदि सबैले विरोधनै गरेको छ भने कसले लिने गरेको छ त ? यो एउटा ठुलो प्रश्न उठ्छ । दहेज लाई समाजले प्रतिष्ठाको रुपमा लिएको छ । जसले गर्दा यो सामाजिक भ्रष्टाचारको रुपमा लिएको छ । दहेजलाई सुदुपयोगको साटो दुरुपयोग बढी भइरहेको पाइन्छ । दहेजलाई विकृतिबाट कसरी संस्कृति बनाउने यो एउटा समाजको अगाडीमा ठुलो चुनौति बनेर आएको छ ।
आफुले गरेको भ्रष्टाचार आफैलाई थाहा हुँदैन । कुनै भेकेन्सी भर्ने सोर्स कहाँबाट लाग्छ भनेर व्यागमा पैसा लिएर खोज्न थालिन्छ । कार्यालयमा आफु भन्दा अगाडी मान्छे लाइनमा हुन्छ तर हामी १००(५० दिएर चोर बाटो जान खोज्छौं । हरेक कुरामा हामीलाई हतार हुन्छ हामीमा धैर्यता र आत्मविश्वासको कमि भएको छ । जसले गर्दा हामी जहिले पनि सजिलो बाटो खोजिरहेका हुन्छौं । यदि कसैले घुस दिँदैन भने के सम्बन्धित कर्मचारी काम गर्दैन । पक्कै पनि गर्छ । हामी घुस दिएर विगारेका छौं । दश जना दिने भए पछि नब्बे जनाको काममा उसले आलटाल गर्छ नै । तर कोही दिएन भने उसले रित पुगेका कागज वा प्रस्तावमा काम गर्छ नै । त्यसैले कसैले घुस माग्दिैन बरु हामी दिन्छौं । नहुने काम पनि घुस दिएर गराउँछौं । त्यो व्यक्ति सबभन्दा ठुलो अपराधी हुन । किनभने उसले कुनै न कुनै निर्दोषलाई नोक्सान पुरयाएको हुन्छ । त्यही भएर कर्मचारी नेता लगायतका अधिकारिक व्यक्ति सहि काम भन्दा गलत काम गर्न रुचाउँछ ।
ठीक त्यसैगरी दहेज कोइ माग्न जाँदैन, व्यक्ति स्वयम दिन जान्छन । आफ्नो कुनै कमजोरीका कारण । बरावरीमा विहे गर्यो भने दवावमा दहेज दिनु पर्दैन । आफु खुशी छोरीलाई सहयोग हुने गरी उसले पाउनुपर्ने अशंको हाराहारीमा स्वेच्छाले दिँदा पनि वढी हुन्छ । राजा जनकले सीताको विहे दहेजको आधारमा होइन । सीताको सक्षमताको आधारमा रामले स्वयं रोजे पछि गरेका थिए । तर आफु खुशी दहेज संस्कृतिको रुपमा दिएका थिए । न की सामाजिक विकृतिको रुपमा समाजको प्रकृति कस्तो भएको छ भने छोरीको विहेको बेला दहेज बोझ हुने तर छोराको विहेको बेला दहेज नभई नहुने । केटीलाई पनि एउटा जीवन साथी भन्दा स्पोन्सर साथी प्रतिष्ठा साथी बाउन्सर साथी बरानिया साथी आदि के के साथीको रुपमा श्रीमान (हस्वैन्ड) चाहिन्छ । यसरी भौतिक आधारमा खोजिएको जीवन साथी कति दिन सम्म टिक्छ त ? त्यो टिकाउन दहेजले कुनै काम गर्दैन । सम्बन्ध पैसाले होइन सम्बन्धले नै बलियो हुन्छ । समग्रमा भन्दा ‘घुस’ र ‘दहेज’ संरचना भित्र नै समावेश भइसकेको छन् र समाजका व्यक्तिहरु नै सामाजिक भ्रष्टाचारी भएका छन् । यसको निराकरण सामाजिक तवरबाट नै गर्न सकिन्छ ।
निष्कर्ष
परम्परागत सोंचका आधारमा केटी भन्दा हरेक कुरामा सुप्रिम भएको केटा खोजेर उसलाई ऋण बोक्ने गरी दहेज दिनु भन्दा छोरीलाई शिक्षित र सक्षम बनाई उसँग अलि तल माथि भएर पनि वैचारिक रुपमा मिल्ने केटासँग विहे गराई स्वेच्छाले सक्ने जति आर्थिक सहयोग गरी दहेज लाई संस्कृतिमा मात्रै सिमित गरी दहेज माथि लागेको दाग विकृति वा कुरितीलाई हटाउनु पर्छ ।


२०७१ मंसिर ०७ गते आईतबार,

आध्यात्मिक मार्गको केन्द्र ‘जनकपुरधाम’

 एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सुष्टिको अस्तित्वमा रहेका जीवन र जगतको विकासको दर्शनका दुई मार्ग छन आध्यात्मिकमार्ग एवं भौतिकमार्ग । आाध्यात्मिकमार्गले सृष्टिकर्ताको शक्तिलाई प्रधानता दिन्छ र विकासको क्रमलाई अवतारको (योनि) शृङखलामा राख्दछ भने भौतिक मार्गले जीवमा निहित अन्तरशक्तिको क्रमिक विकासलाई प्रधानता दिई जीव र जगतको विकास भएको ठान्दछ । जनकपुरको जीवन र जगतको विकासको क्रम पनि यी मान्यताबाट अलग रहन सक्दैन । यी दुई मार्गको परिवर्तनका असर एकै पुस्ताले अनुभव गर्न सत्तैन । आध्यात्मिक आधार श्रुति, स्मृति, पुराण हुन्छन भने भौतिक आधार अवशेषहरुको क्रमिक अध्ययन हुन्छन । जनकपुरजस्ता दुवै दृष्टिले महत्व भएका प्राचिन सभ्यताका भण्डारको भौतिक विश्लेषण गर्न आजसम्म अन्वेषण, उत्खनन आदि कार्य हुन नसकेकोेले प्रौराणिक रुपमा पुस्ट्याई पु¥याउने स्थिति छैन भने आध्यात्मवादको पुस्टयाई गर्ने श्रुति, स्मृति, पुराण आदि शास्त्रीय ग्रन्थले पनि यथार्थताको क्रमिकता समेटन सकेको छैन । त्यो क्रमवद्धताका आभाव नै भावी पुस्ताको लागि सोचिएको अनुसन्धानात्मक पक्ष हुनेछ । 
ती शास्त्रीय ग्रन्थलाई आधार मानेर सार खिच्दा जनकपुर नगरी तथा मिथिला नगरी जगतजननी सीताको जन्मभूमि, याज्ञवल्क्य, मैत्रेयी जस्ता विद्धान(विदुषीहरुको ज्ञान भुमि, राजा निमिले घोर तपस्या गरेको तपोवन ठुलो जङ्गल भएकोले “वृहखारण्य” सुनखानी भएकाले “सुवर्ण का बन” अर्थात “काञ्चन बन” राजा निमिको देह मन्थन गरी बालक उत्पन्न गराएकोले “मिथिला” माता(पिता विना उत्पन्न बालक भएकोले “जनक” अचेतन (देह नभएको शरीर मथेर बालक उत्पन्न गराएको हुँदा “विदेह” आदि पर्यायी आवरणले युक्त भएको नगरी बुझिन्छ । परिदृश्यले जनकपुरको आदिम सभ्यता र विकासको स्पष्ट झलक दिन खोजिएको आभास हुन्छ । 
राम मन्दिर ।
त्रेता युगका राम, सीता, जनक याज्ञवल्वय,मैत्रेयीजस्ता पौराणिक व्यक्तित्वकोे राज्य राजधानी तथा नगरको युगान्तरमा खोजी गरिने क्रम शुरु भयो । पौराणिक कालको वर्णनको आधारमा कोशी, पश्चिम, गण्डकी पुर्व, गंगा उत्तर हिमालय दक्षिणको यो भागलाई मिथिला भुमि भनिएको छ । यसको राजधानीको हकमा कमला नदी पश्चिम, जलेश्वरनाथ महादेव पुर्व, गिरिजा भवानी मन्दिर उत्तर, धनुषाधाम दक्षिण, यति किल्ला उल्लेख भएको हुँदा यही परिधिभित्र प्राचिन जनकपुर रहेको विश्वास गरी  जनकपुरको खोजी गर्दै आएका चतुर्भुज गिरीले आफ्नो आध्यात्मिक साधनाद्धारा उत्खनन् गर्दा राम पञ्चायतनको मूर्ति भेटिएको र सो मुर्ति विश्वकर्माले स्वहस्तवाट निर्माण गर्दा राजा जनकलाई दिएको भन्ने जनश्रुति छ । सोही मुर्ति भेटिएको स्थानमा हालको राम मन्दिर अवस्थित छ । मुर्ति भेटिएका स्थानमा वरको रुख (कल्पवृक्ष) रहेको छ । त्यस्तै केही कालपछि सन्त सुरकिशोर दासले जानकीजीको जन्मभुमि पनि आध्यात्मिक शक्तिबाट पत्ता लगाउनु भएको र सोही स्थानमा जानकी मन्दिरको स्थापना भएपछि जनकपुरको पुनःउत्थान ९च्भबउउभबचबलअभ० शुरु भएको भन्ने मैथिल साहित्यहरुमा उल्लेख भएको छ । 
यसरी प्राप्त मुर्तिलाई सामान्य मन्दिर बनाई पुजा(आजा हुँदै जाँदा तत्कालीन मकवानी राजा माणिकसेन, इन्दुविधाता र हेमकर्ण सेनले राममन्दिर र जनक मन्दिरको नित्य नैमितिक पूजा(पर्व(जात्रा तथा सन्तहरुको भण्डारा (भोजन) का लागि जग्गा गुठीको रुपमा (कुश विरता) प्रदान गरेका र त्यसपछि तत्कालिन प्रधान सेनापति अमरसिंह थापा र राणा प्रधानमन्त्री जनकपुर आई राममन्दिर र जनक मन्दिर निर्माण गराएको भनी उल्लेख भएको अस्पष्ट शिला लेख राम मन्दिरमा सुरक्षित छ । त्यस्तै मकवानी सेनराजाको पालामा बनेको सानो जानकी मण्डपलाई गर्भगृहमा राखी हिन्दु(मुस्लिम स्थापनाकालको सम्मिश्रण गरेर वि.सं. १९६७ मा भारत, टीकमगढकी महरानी वृषभानु कुँवरले जानकी मन्दिर निर्माण गरी दिएकोले सो मन्दिरको भव्यताले जनकपुरको विशेष मूल्य बढाएको छ । मन्दिर बनाई दिने, पुजा(आजा तथा भण्डाराको लागि जग्गा दिने क्रम वढदै जाँदा राम जानकी, हनुमान, लक्ष्मण आदिका थुप्रै स(साना मन्दिर, सन्त महन्तको लागि कुटी तथा आश्रम र धेरै पोखरी निर्माण भएको तथा ती मन्दिर सञ्चालनार्थ दाताहरुले थुप्रै जग्गा प्रदान गरेका अभिलेखबाट देखिन्छ । पोखरीको हकमा भने कसले कहिले खनाएका हुन कुनै भरपर्दो अभिलेखबाट खुलेको छैन । धेरै पोखरीहरु गुठीसँग आवद्ध देखिन्छन र तिनीहरुको परिसरमा हुने कुटी, आश्रम तथा कुञ्जहरुले पोखरीको संरक्षण तथा सदुपयोग हुँदै आएको पाइएको छ । यी मन्दिरहरुका लागि प्राप्त जग्गाको अभिलेख अनुसार गुठी संस्थानको जनकपुर शाखा अन्तर्गत मात्र पनि २३ गुठी सञ्चालन भई झण्डै ६ हजार विगाहा जग्गा गुठीको रुपमा भएको साविक लगतमा देखिन आएको छ । मिथिला महात्म्य लगायतका साहित्य एवं कृतिहरुमा मिथिला क्षेत्रको महिमा वर्णन गर्दा ७२ तलाब, १५ कुप, १५ शिवालय, २४ देवीका प्रसिद्ध पीठ, ५ उपवन, २६ ऋषि आश्रम, ५ पर्वत र सुप्रसिद्ध १५ नदीहरु भएको क्षेत्रको रुपमा वर्णन गरिएको छ । यी प्राचिन सम्पदाहरु युगान्तकारी परिवर्तनमा केही लोप भएका, केही अद्यापि रहेका केही उत्खननबाट मात्र प्राप्त गर्न सकिने अवस्थामा रहेका छन । प्रमाणिक आधारमा राजा जनकको राजधानी किल्ला पनि यकीन हुन बाँकी नै देखिन्छ । 
धनुषाधाम मन्दिर ।
जगतजननी माता जानकीको जन्मभुमि, प्राचिन विदेह जनकको राजधानी, आधुनिक जनकपुर हिन्दु सभ्यताको उषाकालदेखि नै हिन्दु सामाजिक सिद्धान्त र दर्शनलाई समस्त आर्यावर्तमा व्यवस्थित र विकसित गर्न योगदान पु¥याउने राजर्षि जनक, याज्ञवल्क्य , गार्गी र मैत्रेयी आदिको कर्मभुमि र अध्यात्म चिन्तनको केन्द्र रहेको छ । प्राचिनकालदेखि नै ऋषि(मुनि र विशेष गरेर वैष्णव सन्तहरुको लागि आकर्षणका केन्द्र रहेको यस स्थानमा मठ(मन्दिर र कुटीहरुका एवम् सांस्कृतिक परम्पराले गर्दा नेपालका अन्य स्थानभन्दा वढी महत्वपुर्ण यो ठाउँ धार्मिक एवम सांस्कृतिक पर्यटकीय गन्तव्य स्थलको रुपमा प्रसिद्ध छ । उपनिषदको जटिल बौद्धिक सिद्धान्त, इस्लामी आक्रमण, स्वतन्त्र उपासना पद्धतिमा अवरोध बौद्ध र जैनका कठिन आत्मसंयमको पृष्ठभुमिमा भक्ति मार्ग विकसित भई वैष्णव शैव, शाक्त संप्रदायका अनुयायीहरुसँग सम्वन्धित अनेकौ उपसंप्रदायहरु उत्पन्न र विकसित भए । यी संप्रदायका अनुयायीहरुले आ(आफ्ना देवी देवतासँग सम्वन्धित साहित्यहरुको रचना गर्नुका साथै ती देवी देवताहरुसँग सम्वन्धित पवित्र स्थलहरुको महत्व बुझि भ्रमण अर्थात तीर्थाटन गर्ने व्यवस्था गरे ।  वैष्णव धर्ममा राम र कृष्ण सर्वाधिक लोकप्रिय भए । सर्वप्रथम वाल्मिकिले रामको महत्व र गरिमालाई केन्द्रबिन्दु बनाएर रामायणको रचना गरेका थिए । रामको देवत्व र परमपुरुषत्वको वर्णन गर्दै अध्यात्म रामायणको रचना भयो । स्वामी रामानन्दले राम र सीताको उपासना प्रारम्भ गरे । यो उपासना पद्धति एउटा क्रान्तिकारी धार्मिक परम्परा थियो । किनभने यस उपासना पद्धतिमा जात(पात र उच(नीचजस्ता कुनै व्यवस्था थिएनन । यसमा मात्र रामानन्दले राम सम्वन्धि समस्त स्थलहरुको भ्रमण गरे । उनलाई धर्म र समाज दुवैको चिन्ता थियो । स्वामी रामानन्द हतास, श्रीमान एवम् विखण्डित हिन्दु धर्मलाई मानवतावादी धार्मिक भावनाद्धारा एकीकृत गर्न थाहन्थे । उनी हिन्दुहरुमा बिरता, त्याग र कष्ट सहने प्रवृति विकास भएको देख्न चाहन्थ्ये । यसका लागि उनले भगवान रामलाई केन्द्रविन्दु बनाए । हाल तीनै रामानन्दको नाममा रामानन्दद्धार बनाई उनको शालिक माथिल्लो भागमा राखिएको छ । आदर्श चरित्र एवम सर्वंगुण सम्पन्न श्री रामको सम्पुर्ण व्यक्तित्वलाई उदघाटित गर्नमा जनभाषामा रामचरित मानसको रचना गरेर तुलसीदासले महत्वपुर्ण योगदान पु¥याएको प्रशंग पनि स्मरणयोग्य छ । 
माता जानकीको अभिभावभुमि मिथिला (जनकपुर) नगरीको चर्चा विभिन्न हिन्दु, जैन एवम बौद्ध वाङ्मयहरुमा विस्तृतरुपमा भएको पाइन्छ । पौराणिक कालका विदेह राजा सिरध्वज जनकको दरवार दार्शनिक चिन्तनको केन्द्रको रुपमा  प्रसिद्ध भएको र राम सीताको विवाहका उपलक्ष्यमा विभिन्न देवी, देवता, ऋषिमुनिहरुको आगमनद्धारा पवित्र भएको यो स्थल धार्मिक गृहस्थ तथा संतहरु समेतका लागि प्राचिनकालदेखि नै आकर्षक रहेको छ । सीता स्वयम्वरको समयमा रामद्धारा भाँचिएको शिव धनुषको एउटा टुक्रा धनुषाधाममा रहेको जनविश्वास छ । यस पौराणिक स्थल र यस वरिपरिका अन्य धार्मिक स्थलहरुलाई पुनः प्रकाशमा ल्याउने काम महात्मा चतुर्भुज गिरि र सुर किशोर दासले गरेका थिए । यी दुवै सन्तहरुलाई विर्ताको रुपमा जग्गा प्रदान गरेपछि यो स्थान महत्वपुर्ण वैष्णव हिन्दु तीर्थस्थलको रुपमा विकसित हुँदै गयो । तीर्थाटन गर्ने क्रममा वैष्णव सम्प्रदायका अनेकौ साधु सन्तहरुले यस पवित्र स्थलको भ्रमण  गरे । जसले गर्दा उनीहरुकै सत्प्रयासले यहाँ अनेकौ कुटी मठ(मन्दिर र पोखरीहरुको निर्माण भयो । माध्यमिकी र लघु परिक्रमा जस्तो महत्वपुर्ण धार्मिक परम्पराको विकास भयो । यस परिक्रमा पथभित्र राम र सीतासँग सम्वन्धित अनकौ मठमन्दिरहरुको स्थापना भयो । पछि यहाँ विभिन्न जातिहरुका कुटीहरु स्थापना भए जुन जातिय एकताको अनुपम उदाहरण हो । यी नै केही तथ्य, केही श्रुति र केही रहस्यलाई सके यथार्थ र परमार्जित रुपमा नसके यथास्थितिमा भावी पुस्तालाई हस्तान्तरण हुन सक्ने वातावरणको सृजना वर्तमानको कर्तव्य बनेर आएको छ । यथास्थितिमा राख्न मात्र पनि ठुलो चुनौति समाजले नै महसुस गरेको छ । सम्पदाको रुपमा रहेका पोखरी तथा पोखरीका डिलहरु अतिक्रमित एव लोप हुँदै गएका दाताले दिएका जग्गाहरु हिनामिना मात्र होइन अभिलेखको अभावमा यकिन सम्म पनि हुन नसकेका कुटी, आश्रम, कुप आदि लोप हुँदै गएका, मठ मन्दिरको सम्पति दुरुपयोग एवं पुजा(आजामा सनातनता हुन छाडेपछि यथास्थितिमा अरु गुम्ने खतराप्रति नागरिक समाजको चासो बढनु आबश्यक छ ।  



२०७१ मंसिर ०७ गते आईतबार,

वढ्दो सवारी दुर्घटना

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
पुर्व पश्चिम राजमार्ग अन्तरगत धनुषाको नक्टाझिज ८ स्थित एउटा वसले ट्याक्टरलाई ठक्कर दिँदा नक्टाझिज ८ निवासी २३ वर्षिय गोपाल महत्तोको मृत्यु हुनुका साथै ११ जना दुर्घटनामा परि घाइते भएका थिए । जसमध्ये ९ जना सख्त घाइते भएका थिए । पुर्वबाट काठमाण्डौ जाँदै गरेको ना ४ ख ३४४ नम्बरको बसले विपरित दिशा तर्फबाट आइरहेको ज १ त ४५८३ नम्बरको ट्याक्टरलाई गत शनिवार अवेर साँझ ठक्कर दिँदा दुर्घटना भएको थियो । तिव्र गतिका कारण बस र ट्याक्टर पुर्णतः क्षतिग्रस्त भएको थियो ।
सवारी ज्यानमा फरक फरक सजाय
सवारी दुर्घटनाले धनुषामा विकराल समस्याको रुप लिँदैछ । पछिल्लो ३ वर्षमा  र ४ महिनामा मात्रै सवारी दुर्घटनामा परेर धनुषामा १ सय ४५ जनाले ज्यान गुमाउनु परेको छ भने ३ सय १५ जना गम्भीर घाइते भई अंगभंग समेत हुनु परेको छ । ३ सय ७ वटा सवारी दुर्घटना हुनुले पनि अब यो समस्या झनै भयावह हुँदै गएको पुष्टि हुन्छ । आर्थिक वर्ष २०६८÷०६९ मा ५२ जना, २०६९÷०७० मा ४५ जना, २०७०÷०७१ मा ३० जना र चालु आ.ब. २०७१÷०७२ को कार्तिक मसान्तसम्म मात्र १८ जना गरी १ सय ४५ जनाले सवारी दुर्घटनामा परि अकालमै ज्यान गुमाउनु परेको छ । यस आर्थिक वर्षमा मात्रै ४ वटा यात्रुबाहक बस नै पल्टियो ।
सवारी साधनको बढ्दो उच्च चाप, सडक विभागले राजमार्गमा सडक रेखा विभाजन नगर्नु, राती अँध्यारोमा सवारी चालक निदाउनु मादक पदार्थ सेवन गरी चालकद्वारा सवारी साधन चलाइनु, क्षमता भन्दा अधिक यात्रु सवारी साधनमा चढाउनु, सडकको अवस्था जीर्ण हुनु आदि सवारी दुर्घटनाका प्रमुख कारण रहेको जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाका प्रमुख समेत रहेका प्रहरी निरीक्षक ज्ञान कुमार महत्तोको भनाई छ ।
२१ जेष्ठ २०७१ मा जनकपुर ७ स्थित माछा बजार सडक खण्डमा ना. २ ख. ११९५९ नं. को टूकले किच्दा भईमा लडेकी ३० वर्षिया रेणु देवी झाको मृत्यु भएको थियो । टूकको पछाडी चक्काले किची टाउको समेत कचाककुचुक भईसकेको अवस्थामा उनको मृत्यु भएको थियो । 
प्रहरीले टूकको चेकजाँच गर्दा चालक बसेको सीट मुनि औफिसर्स च्वाइस लेखिएको सिसाको बोतल १, रोयल स्टाग ७५० एम एल सिसाको बोतल १ बरामद भएको थियो । सर्लाही सिसौटका रामदयाल महरा चालक रहेको थियो । किरिया खर्च वापत रु. २५ हजार मृतकका पति डा.विवेकानन्द झालाई उपलब्ध गराए पनि क्षतिपुर्ति रकम उपलब्ध गराईएको छैन ।
१८ अषाढ २०७१ मा धनुषा जिल्ला अदालतले चालक महरालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो भने २४ कार्तिक २०७१ मा न्यायाधिश कृष्ण बहादुर थापाको इजलासले २ वर्षको कैद सजाय तथा मृतकका परिवारलाई क्षतिपुर्ति समेत उपलब्ध गराउन आदेश गरेको छ । अदालतले गरेको फैसलाबाट आफु संतुष्ट नरहेको पीडित डा.विवेकानन्द झाले द एक्सक्लुसिभ सामु गुनासो व्यक्त गरे । अभियोग दावी गरिए अनुसार दुई वर्ष देखि दश वर्ष सम्म कैद सजाय माग दावी गरिएको थियो । पहिलो चक्का हातमा र त्यसपछि दायाँ काटेर टाउकोमा टूकको चक्काले किचेको थियो । त्यसकारण अधिकत्तम सजाय नगरी न्यूनत्तम सजाय गर्नुले आफुलाई न्याय नमिलेको पीडित झाले बताए ।
२० असोज २०७१ मा कजरा रमौलका भोला यादव अन्दाजी १० बजेको समयमा आफ्नो घरबाट निस्की आफ्नो साइड भई किराना पसलमा सामान खरिद गर्न गइरहेको थियो सार्वजनिक सडकमा विपरित दिशा तर्फबाट धनुषाको हरिहर ७ बस्ने नरेन्द्र पासवानले ज १ त ६७०८ नम्बरको ट्याक्टरमा बालुवा र सिमेन्ट लोड गरी लापरवाही पुर्वक चलाउँदै गरेको अवस्थामा ट्याक्टरले भोलालाई किच्दा आन्द्रा समेत निस्किए पछि उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा लैजाँदै गर्दा यादवको मृत्यु भएको थियो ।
ट्याक्टर लिएर गईरहेको बेलामा पछाडी तर्फबाट अचानक गाई भैसी दौड्दै आउँदा भोला यादव अस्तिएर एक्कासी दौडेर बाटो काट्न खोज्दा ट्याक्टरको दायाँ पट्टीको चक्का लागेर मृत्यु भएको चालक पासवानले प्रहरी समक्ष बयान गरेका थिए । किचिए पछि गाउँलेले लखेटेर कुट्ने डरले आफु ट्याक्टर घटनास्थलमै छोडी   फरार भएको उनले बताए ।
धनुषा जिल्ला अदालतमा सवारी ज्यान मुद्दा चलाइए पछि सवारी धनीको तर्फबाट मृतक यादवका हकदार महन्थी यादवलाई किरिया खर्च र क्षतिपुर्ति वापत जिल्ला प्रशासन कार्यालय धनुषाको मार्फत रु. ५ लाख प्रदान गरियो । 
१६ कार्तिक २०७१ मा धनुषा जिल्ला अदालतका न्यायाधिश भरत लम्सालको इजलासले पासवानलाई १ महिना कैद र १ हजार रुपैयाँ जरिवाना तोकेको छ । उनी जरिवाना र कैद सजाय काटी अहिले रिहा भइसकेका छन् । 
१४ जेष्ठ २०७१ मा महोत्तरीको गौरीवाण २ बस्ने सोम बहादुर विकको सवारी दुर्घटनामा परि मृत्यु भयो । चियापसलबाट चिया खाई निजले काम गरिरहेको स्थान निर्मानाधिन स्लाइन पानी फैक्टूी तर्फ आफ्नो साइडमा गइरहेको अवस्थामा ज ५ प ३२२० नम्बरको मोटरसाइकलले अचानक ठक्कर दिँदा विकको घटनास्थलमै मृत्यु भएको थियो । सुनसरीबाट घर फर्कि आउने क्रममा विपरित दिशाबाट एकिन नम्बर नाम थाहा नखुलेको गाडीको लाइट आँखामा पर्दा आँखा अचानक बन्द भई देखिएन  र सोही समयमा अचानक विक आएपछि मोटरसाइकल अनियन्त्रित भई ठक्कर लागि विकको मृत्यु भएको र आफु पनि घाइते भई बेहोस भएको प्रहरी समक्ष महोत्तरी सिंगयाही १ का मोटरसाइकल चालकले बयान दिए ।
१५ जेष्ठ २०७१ मा मृतकका भाई रामबहादुर विकले किरिया खर्च वापत रु. २५ हजार, २६  जेष्ठमा क्षतिपुर्ति वापत मोटरसाइकल धनीको तर्फबाट रु. ४ लाख ७५ हजार जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत मृतककी श्रीमति चन्द्रकला कामीलाई दिइएको थियो । धनुषामा जिल्ला अदालतको न्यायाधिश भरत लम्सालको इजलासले ५ दिन कैद र ५ सय जरिवाना आदेश गरेको थियो । उक्त सजाय काटेर अहिले चौधरी रिहा भइसकेको छन् । यसरी हेर्दा कसैलाई वढी र कसैलाई कम सजाय किन भएको हो भन्ने सवालमा धनुषा जिल्ला अदालतका श्रेस्तेदार कृष्ण प्रसाद श्रेष्ठ भन्छन,“ सवारी तथा यातायात व्यवस्था ऐन अनुसार लापरवाही पुर्वक जानी जानी सवारी चालकले दुर्घटना गराएको छ र कसैको मृत्यु भएको छ भने जन्मकैद, मनसाय जानी जानी नभएपनि लापरवाही पुर्वक चलाइएको छ भने दुई देखि दश वर्षसम्म कैद र यदि लापरवाही पनि छैन र मनसाय पनि छैन र पनि कसैको मृत्यु भएको छ भने एक महिनासम्म कैद र २ हजार सम्मको जरिवाना गरिने प्रावधान छ ।” अदालतमा आउने मुद्दाहरुमा अभियोग दावी, अपराधको प्रकृति, चालकको उमेर, नियत लगायतका कुराहरुलाई आधार बनाई न्यायाधिशहरुले स्वविवेकको आधारमा दण्ड र सजाय दिने गरिएको श्रेष्तेदार श्रेष्ठले बताए ।
हुन त जिल्ला प्रहरी कार्यालय धनुषामा सवारी ज्यान मुद्दा अन्तरगत आर्थिक बर्ष २०६८ मा ५५, २०६९ मा ४७, २०७० मा ४८ र चालु आर्थिक वर्षको कार्तिक सम्म १६ थान मुद्दा दर्ता भएको छ । त्यसैगरी अंगभंगमा विगत ३ वर्षमा ७ वटा मुद्दा मात्र दर्ता भएको छ । सवारी ज्यान मुद्दाको अनुसन्धान प्रहरीले राम्रो ढंगले सम्पन्न गर्दै गर्दैनन्, सवारी अंगभंगको मुद्दा त प्रहरीले बाटोमै रफ्फा दफ्फा गरिदिने प्रवृति  रहेको वताउँछन, अधिवक्ता विमल कुमार मिश्र । अधिवक्ता मिश्र भन्छन,“ हुन त धनुषामा कुनै पनि मुद्दामा प्रहरीले विज्ञान सम्मत र बस्तु परक अनुसन्धान गरेको पाइदैन । सवारी ज्यान मुद्दामा सवारी धनीबाट प्रलोभनमा पर्ने गुन्जाइस हुनाले पनि सवारी ज्यान मुद्दाको दुर्घटना जाँच प्रतिवेदन तथा अनुसन्धान खुकुलो हुने गरेको छ । यसका अतिरिक्त सवारी अंगभंगको मुद्दा नै प्रायः दर्ता हुँदैन । किनभने ती मुद्दा बाटो मै प्रहरीले मिलापत्र गराई रफादफा गरिदिने गरेका छन् ।” हुन त सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले जे जस्तो प्रयास गरेपनि दुर्घटना न्यूनिकरण हुन सकेको छैन ।

२०७१ मंसिर ०७ गते आईतबार

धुमधामका साथ विवाह पञ्चमी मनाईदै

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आजभोलि कर्णप्रिय गितहरु सुन्न पाइन्छ । विवाह, स्वागत र मङ्गल गान सहितका गितहरु अहिले घर घरमा गुन्जयमान छन् । कारण के हो भने रामजानकी विवाह महोत्सवले यति बेला मिथिला क्षेत्रको जनकपुरधाम गुन्जयमान भएको छ ।
  मिथिला संस्कृतिको प्रमुख पर्व मानिने यो उत्सवमा सहभागी हुन प्रत्येक वर्ष नेपाल र भारतका हजारौ भक्तजन र तीर्थालुहरु जनकपुरधाम आउने गर्दछन् । राजा जनकद्वारा धनुष भाँच्ने प्रस्ताव राख्नु, धनुष भाँच्नेसंग सीताको विबाह गर्नु र अयोध्याका राजकुमार रामद्वारा सितासंग स्वमवयर गर्नु आदि स्मृतिमा सिताराम विबाह महोत्सब मनाईने चलन परापूर्वकाल देखि नै जनकपुरधाममा चलिआएको छ । सीतालाई छोरी र बहिनीका रुपमा मान्ने मिथिलाबासी उत्सवमा अनिवार्य सहभागी हुन्छन् । विवाहपञ्चमीमा देबीदेउताको उपस्थिति हुने विश्वासका साथ उत्सवमा  उपस्थित भएकाहरु जन्तीको आगमनदेखि बिहे नटुंगिएसम्म नै सामेल हुन्छन् । महोत्सवमा मिथिला संस्कृति अनुसार मटकोर, तिलकोत्सव, स्वयम्बर आदि गरिने चलन रहेको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले बताएका छन्  । 
विवाहपञ्चमी महोत्सव फुलबारी प्रसंगबाट सुरु भई, स्वयमवरसम्मको आयोजनापछि देवी बिवाह महोत्सवका रुपमा रुपान्तरण  हुंँदैआएको छ । विवाह महोत्सवका अवसरमा जानकी मन्दिर , राम मन्दिर ,अग्नीकुण्ड, बिहारकुण्ड लगायतका दर्जनौ मठ मन्दिरहरुबाट निस्कने डोला शोभायात्रामा देशका विभिन्न स्थानका साथै सीमावर्ती भारतीय गाउँबाट आएका श्रद्धालूहरु पनि सहभागी हुने गर्छन् । अयोध्या नरेश दशरथ पुत्र भगवान राम र मिथिलाका राजा जनक पुत्रि जानकीको स्वयमवरको अबसरमा जनकपुरको ऐतिहासिक रगंभुमि बाह्रबिघा मैदानमा प्रत्येक बर्ष लाखौं श्रद्धालुहरु सहभागि हुदै आएको छ । 
जनकपुरधाममा प्राचीन काल देखि नै रामजानकी बिवाह पञ्चमी, राम नवमी, जानकी नवमी, मध्यमा मिथिला परिक्रमा, झुलनोत्सब लगायतका उत्सबहरु भइरहेका छन् । यसमा स्वस्फूर्त धार्मिक पर्यटकहरुको लर्को पनि लाग्ने गरेको छ । सरकारले यस्ता धार्मिक पर्वलाई पर्यटन अवसरमा परिणत गर्न कुनै रुचि नदेखाउनु दुःखदायी रहेको राम मन्दिरका महन्थ राम गिरीको भनाई छ । पर्यटकको स्वागत, सत्कार र पर्यटन प्रवद्र्धनकै लागि भनेर खोलिएका संस्थाहरु पनि मौन बसेको पाइन्छ  । तिर्थाटनमा आउने श्रद्धालु भक्तजनहरुका लागि सरसफाई, विजुली, पानी, पण्डाल र बासस्थानको समस्या नै हुने गरेको छ ।   
यसवर्ष पनि भारतको अयोध्याबाट श्रीराम विवाह जयन्ती धेरै धुमधामका साथ जनकपुरधामको लागि प्रस्थान गरिसकेको छ । १ मंसिरबाट निस्केको जयन्ती मंसिर ९ गते जनकपुर आईपुग्ने छन् । मंगलबार तिलक उत्सव, बुधबार मटकोर, विहिबार विवाह महोत्सव, शुक्रबार राम कलेवा हुँदै शनिबार उक्त ज्यन्तीहरु भारत फर्किने छन् ।

२०७१ मंसिर ०७ गते आईतबार

जनकपुर दोस्रो पटक ‘च्याम्पियन’

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
क्षेत्र नं ७ जनकपुरले यो बर्षको वाइवाइ यू–१९ महिला क्रिकेटको उपाधि जितेर जनकपुरलाई पुनः गौरवान्वित गर्न सफल भएको छ । जनकपुरले डिफेन्डिङ च्याम्पियन क्षेत्र नं १ बिराटनगरलाई २७ रनले पराजित गर्दै तीन बर्षमा दोस्रो पटक उपाधि जित्न सफल भएको हो ।
शुक्रबार भएको फाइनल खेलमा त्रिबि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले ममता चौधरीको ५५ रनको मद्दतमा २० ओभरमा ३ विकेट गुमाउँदै १३१ रन बनायो । उनले ५० बलमा ८ चौका प्रहार गरिन । त्यस्तै अनुराधा चौधरीले ५५ बलमा ४ चौकाको मद्दतले ३३ तथा सरस्वती चौधरीले १३ बलमा ३ चौकाको मद्दतले आक्रामक पारी खेल्दै अबिजित २३ रन बनाइन् ।
जनकपुरको सुरुवातमै दुई बलमा सवनम राईको बलमा शान्ति चौधरी खाता पनि खोल्न नपाई एलबिडवलुको शिकार भएपछि जनकपुरका लागि दुर्भाग्यपुर्ण रह्यो । शुन्य रनको स्कोरमा जनकपुरले १ विकेट गुमाईसकेको थियो । तर, अनुराधा चौधरीले पारीलाई सम्हाल्दै ममता चौधरीसँग दोस्रो विकेटका लागि ९७ रनको साझेदारी गरेपछि जनकपुरको प्रदर्शन सम्हलेको थियो । त्यसपछि अनुराधा चौधरी पनि सन्झना बुढाथोकीको बलमा रोमा थापाले अनुराधालाई क्याच आउट गरिन । त्यसपछि कप्तान सरस्वती चौधरी र ममताका बीच पनि १९ रनको मात्र साझेदारी हुन सक्यो । सवनम राईकै बलमा ममता ५५ रनको निजी स्कोरमा सन्झनालाई क्याच थमाएर पवेलियन फर्केकी थिइन । अन्तिम ओभरमा खेल्न आएकी रितु भण्डारीले खेल्ने मौका पनि पाएनन् ।
बिराटनगरका लागि सबनम राईले २ विकेट लिइन् । १३२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बिराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै १०४ रन मात्र बनायो । बिराटनगरका लागि रोमा थापाले अबिजित २४ तथा संगिता राईले ३२ रन बनाए पनि हार टार्न सकेनन् । संगिता राइले ४० बलको सामना गर्दै २ चौकाका मद्दतले ३२ रन बनाएकी थिइन भने रोमाले ३० बलमा एक मात्र चौका प्रहार गरि २४ रन बनाई आउट भएकी थिइन । यसका अतिरिक्त विराटनगरकी काजल श्रेष्ठले ११ बलमा ४ रन, रोशना राईले ६ बलमा शुन्य रन, सन्झना बुढाथोकीले ८ बलमा ५ रन, गिता प्रसाईले ११ बलमा ५ रन बनाई आउट भएकी थिइन । त्यसैगरी सवनम राई ९ बलमा ७ रन र सोनुकला खेतीलाई ४ बलमा २ रनको स्कोरमा क्रमशः सृजना र रितुले रन आउट गरेकी थिइन । त्यसैगरी रोमा थापा २४ रन र सुजाता क्षेत्री ३ रन बनाई नट आउट रहेकी थिइन ।
जनकपुरकी आरति चौधरीले २ विकेट, सरस्वती चौधरी, अनुराधा चौधरी र ममता चौधरीले क्रमशः १÷१ विकेट हात पारिन् । सरस्वतीले ४ ओभरमा १ मेडेन सहित ८ रन दिई १ विकेट लिएकी थिइन् । अनुराधा चौधरीले ४ ओभरमा १७ रन खर्चिएर १ विकेट, ममता चौधरीले ४ ओभरमा २२ रन दिएर १ विकेट, आरती चौधरीले ४ ओभरमा १८ रन दिएर २ विकेट लिएकी थिइन् ।  त्यसैगरी शान्ति चौधरीले दुई ओभरमा १२ रन र गिता कार्कीले २ ओभरमा २७ रन खर्चिए पनि कुनै पनि सफलता हात पार्न सकिनन् ।
जनकपुरको आक्रामक बलिङका कारण विराटनगरको कुनै पनि प्लेयर क्रिजमा टिक्नै सकेनन् । विराटनगरको दुई रनको स्कोरमा पहिलो विकेट, १० रनको स्कोरमा दोस्रो विकेट, २० रनको स्कोरमा तेस्रो विकेट, ४२ रनको स्कोरमा चौथो विकेट, ६८ रनको स्कोरमा पाँचौ विकेट, ८८ रनको स्कोरमा छठौ विकेट, ९२ रनको स्कोरमा सातौ विकेटको पतन भएको थियो । यसरी जनकपुरले निरन्तर अन्तरालमा विकेट लिएका कारण विराटनगर लक्ष्य सामु पुग्नै सकेनन् ।
 उपाधिसँगै पुरस्कार वापत जनकपुरले २५ हजार र बिराटनगरले १५ हजार रुपैयाँ पाए ।
जकपुरकी ममता चौधरी प्लेअर अफ दि टुर्नामेन्ट भइन् । उनले १० हजार नगद पुरस्कार समेत पाइन् । त्यसैगरी जनकपुरकी ममता चौधरी प्लेयर अफ दि फाइनल घोषित भईन् । उनले नगद पाँच हजार पुरस्कार पाइन् । त्यसैगरी पाँच हजार नगद पुरस्कार सहित बैतडीकी विन्दु रावल व्याट्स ओमेन अफ दि टुर्नामेन्ट र नेपालगञ्जकी रेखा विसी रु. ५ हजार नगद पुरस्कार सहित बेस्ट बलर अफ दि टुर्नामेन्ट चुनिइन् ।

२०७१ मंसिर ०७ गते आईतबार

Sunday, November 16, 2014

अजब–गजब छ बा ! सुदर्शन सिंह


जनकपुरवासी सँग–सँगै हामीले पनि आफ्नो विकास गर्नुपर्छ साथी हो, मोदीको स्वागतमा ।

२०७१ कार्तिक ३० गते आईतबार

मातवर हत्या प्रकरण पण्डितलाई सर्वस्व सहित जन्म कैद, एकलाई जन्मकैद र चारलाई १० वर्षको कैद

बायाँ देखि क्रमशः श्रीचन मुखिया, धर्मनाथ खत्वे र
 मुकेश कुमार पण्डित । फाइल फोटो
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मातवर मुखियाको हत्या गर्ने कसुरमा सर्लाही मलंगवा नगरपालिका १० मा वस्ने कामेश्वर पण्डितको छोरा मुकेश पण्डित भन्ने मुकेश कुमार पण्डितलाई धनुषा जिल्ला अदालतले सर्वश्व सहित जन्मकैदको सजाय तोकेको छ । धनुषा जिल्ला अदालतका न्यायाधिश लोकजंग शाहको इजलासले २७ कार्तिक २०७१ मा सो आदेश गरेको हो । पण्डित मुखियालाई गोली प्रहार गर्ने व्यक्ति हुन् ।
त्यसैगरी उक्त हत्यामा संलग्न रहेका मातवरकै छिमेकी समेत रहेका जनकपुर नगरपालिका १२, कुवा रामपुर टोलमा बस्ने गुलावचन खत्वेको छोरा धर्मनाथ खत्वेलाई जन्मकैदको सजाय तोकिएको छ । खत्वेले सुराकी दिने, पण्डितलाई हतियार उपलब्ध गराई गोली हानी मार भनि बचन आदेश दिने व्यक्ति हुन् । त्यसैगरी उक्त हत्यामा संलग्न रहेका अन्य ४ जना व्यक्तिहरुलाई १० वर्ष कैदको सजाय तोकिएको छ । धनुषाको अन्दुपट्टी कटरैत ८ मा घर भई धनुषाको विन्धी २ मा बस्ने राजदेव मुखियाको छोरा श्रीचन मुखिया भन्ने श्रीचन्द मुखिया, धनुषाको लक्ष्मीपुर बगेवा ३ मा वस्ने सत्यनारायण यादवको छोरा पृथ्वी सिंह भनिने श्याम यादव, जनकपुर नगरपालिका ३ मा वस्ने हाल जनकपुर नगरपालिका २ मा वस्दै आएका अशोक साहका छोरा विनय कुमार शिवहरे भन्ने राजकपुर साह र जनकपुर नगरपालिका १२ वस्ने सुकदेव महत्तो कोइरीको छोरा रामबाबु महत्तो कोइरीलाई जनही १० वर्षको कैद सजाय गरिएको हो ।
२३ साउन २०६८ का दिन विहान अन्दाजी ११ बजेको समयमा कुवारामपुरबाट जनकपुर आउनको लागि घरबाट निस्की सडकमा रहेको मोटरसाइकल स्टार्ट गर्न पुगेको बेलामा मातवर मुखियालाई धर्मनाथ खत्वेको आदेशमा मुकेश पण्डितले ताकि गोली हानी हत्या गरेको थियो । पण्डितले प्रहार गरेको गोली मातवरको छातिमा लागी रक्तपिच्छ भई सडकमा लडेका थिए । घटना हुने वित्तिकै वरपरका मानिसहरुले पण्डितलाई लखेटदा पण्डितले अर्को गोली फायर समेत गरेको थियो ।
मुकेश कुमार पण्डितको रिसइवी
सर्लाही मलंगवा नगरपालिका १० वस्ने मुकेश कुमार पण्डितले २३ साउन २०६८ मा जनकपुर नगरपालिका १२ स्थित कुवा रामपुर गाउँमा माथवर मुखियालाई गोली प्रहार गरी हत्या गरेको थियो । पण्डितले गरेको गोली प्रहारबाट तत्कालै उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा उपचारका लागि पठाइए पनि उपचारकै क्रममा मुखियाको मृत्यु भएको थियो । उता गोली प्रहार गरेको खबर पाए लगतै जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षक हरि खतिवडाको कमाण्डमा गएको टोलीले पण्डितलाई धेरा हालि पक्राउ गरेको थियो । उता गोली प्रहारको आवाज सुन्ने वित्तिकै गाउँका स्थानीयवासीहरुले पण्डितलाई पक्राउ गर्न लखेटन थाले पछि पण्डितले गाउँलेहरुलाई तर्साउनका लागि एक राउण्ड फायर पनि गरेको थियो । त्यतिकैमा प्रहरीले पण्डितलाई पक्राउ गरेको थियो ।
प्रतिशोधको कारण
जतिबेला मुकेश कुमार पण्डितले मुखियाको गोली प्रहार गरी हत्या गरेको थियो, त्यतिबेला उनको उमेर २२ वर्ष मात्र थियो । सर्लाही क्याम्पस, मलंगवामा वि.वि.एस. दोस्रो वर्षमा अध्ययनरत पण्डितले मुखियाको हत्याको कारण व्यक्तिगत रिसइवि नै रहेको प्रहरी र अदालतमा पनि उनले वयान दिएका थिए । घटना हुनु २ वर्ष अगाडी मोडेल क्याम्पस, जनकपुरमा मुकेश अध्ययनरत रहेको बेला माथवर मुखियाले कुटपिट गरेका कारण रिसइवी भएको बताएका छन् । हुन त, मुकेश पहिले पनि आकाश त्यागी भनिने राम यादवको नेतृत्वमा रहेको तराई राष्टिूय मुक्ति सेनामा आवद्ध थिए । आकाश त्यागी प्रहरी इनकाउन्टरमा मारिए पछि उक्त समुह त्यागी आकाश त्यागीकै दाजु पृथ्वी सिंह भनिने श्याम यादव आवद्ध रहेको अखिल तराई मुक्ति मोर्चा, गोइत समुहमा पृथ्वीसिंह सँगै काम गर्न थाले ।
भारतको उभगाँवमा बनेको योजना अनुसार मातवरको हतियार गर्ने उद्देश्यले २३ साउन २०६८ का दिन विहान ९ बजे विन्धी स्थित श्रीचन मुखियाको घरमा पुगेर वारदातलाई अन्जाम दिने विषयमा कुराकानी गरी श्रीचनकै मोटरसाईकलमा चढेर धर्मनाथ खत्वेको कुवा रामपुर पुगे । यता मातवरलाई हत्या गर्ने र मुकेशलाई भगाउन तयार रहने अवस्थामा रा.रा.ब. क्याम्पस नजिक सडक खण्डमा मोटरसाईकल स्ट्याण्डबाट राख्न श्रीचन तयार भएर वस्ने कुरा भयो ।
उत्ता धर्मनाथको घरमा विहान ९÷१० बजे तिर आउने र धर्मनाथले आफ्नो घरमा रहेको हतियार कटुवा पेस्तोल र २ राउण्ड गोली ठीक पार्नुका साथै मातवरको सुराक पता लगाएर राख्ने कार्यको जिम्मा धर्मनाथलाई दिइएको थियो । २२ साउनमा राति मुकेश, लक्ष्मण अखाडा स्थित आफ्नो साथी सन्तोष घरमा बसेका थिए । यस हत्या भन्दा अघि मुकेश हातहतियार तथा खरखजाना मुद्दामा ३१ भदौ २०६५ मा पक्राउ परी ६ महिना कारागार शाखा जलेश्वरको थुनामा रही पछि रु. १ लाख जरिवाना तिरी रिहा भएका थिए ।
मुकेशले मातवरलाई हत्या गर्न प्रयोग गरिएको कटुवा पेस्तोल र गोली भारतको खजौली भन्ने ठाउँबाट किनेका थिए । पेस्तोल चलाउने तालिम उसले घटना हुनु २ वर्ष अघि मलंगवामै एक जना प्रहरीबाट लिएका थिए ।
धर्मनाथ खत्वेको कनेक्सन
जनकपुर नगरपालिका १२ कुवा रामपुरमा वस्ने २३ वर्षिय धर्मनाथ खत्वे कतारबाट वैदेशिक रोजगारी गरि १ महिना अघि मात्र घर फर्केको थियो । आर्थिक अवस्था न्यून भएका उनको घर र ८ कठ्ठा जग्गा छ । कक्षा १० सम्म पढेका उनको परिवारको घरमा बुवा, आमा, श्रीमति, हजुरआमा, १ भाई समेतको परिवार छ ।
तराईको भुमिगत समुहमा रहेको जनकपुर ३ मा घरमै वडा नं. २ मा बस्ने विनय कुमार साह शिवहरे भन्ने राज कपुर साहले हतियारहरु राख्न उनलाई दिएको थियो । उक्त हतियारहरु राख्न दिएकोमा धर्मनाथले एउटा पिस्टल (पेस्तोल) माथवर मुखियाले लिएको फिर्ता मागेपछि बाँकी सबै हतियार उनले फिर्ता गरे । एउटा हतियार माथवर मुखियासँग छ भनेर भन्दा मागेर ल्याउ राजकपुरले भनेपछि धर्मनाथ माथवरले धर्मनाथलाई हतियार फिर्ता गर्नुको साटो उल्टै उनलाई कुटपिट गरेपछि उक्त घटना पृथ्वी सिंह भन्ने श्याम यादव र राजकपुरलाई उनले सुनाए । माथवर मुखियाले धेरै अत्यामार गर्छ निजलाई मार्नु पर्छ भन्ने उनले प्रस्ताव  राख्दा मुकेश पण्डितले यो काम गर्छ भनेर श्याम यादवले धर्मनाथलाई आश्वस्त पार्यो । श्यामले मुकेशलाई धर्मनाथको मोवाइल नम्बर दिई दुवै बीच फोन मार्फत सम्पर्क हुन थाल्यो । घटना हुनुभन्दा १ दिन अगाडी श्याम यादवले धर्मनाथलाई फोन गरी भारतको मधुवनीको उमगाँव स्थित महादेव मन्दिरमा भेट्न बोलायो । श्रीचन मुखियालाई पनि उक्त ठाउँमा भेट गर्न भन्दा श्रीचन मानेनन् । त्यसपछि धर्मनाथ आफ्नो साथी जनकपुर १२ बस्ने रामबाबु महत्तो कोइरीको स्पलेन्डर प्रो मोटरसाइकलमा चढी उमगाँवको महादेव मन्दिर पुगे । त्यहाँ श्याम यादव (पृथ्वी सिंह) , विनय कुमार साह शिवहरे भन्ने राजकपुर साह र मुकेश कुमार पण्डित थियो । त्यहाँ सवै जनाले मिलेर माथवर मुखियाको हत्या गर्ने योजना बनायो । अनुकुल समय मिलाएर मुकेश कुमार पण्डितलाई श्रीचन मुखियाले धर्मनाथको घरमा पु¥याइने र मुकेशले माथवरलाई गोली हान्ने योजना बनाइयो । योजना अनुसार माथवर मुखियालाई गोली प्रहार गरिसकेपछि मुकेश कुमार पण्डितलाई खर्चको लागि धर्मनाथले रु. २० हजार दिने कुरा भएको थियो ।
श्रीचन मुखियाको कनेक्सन
श्रीचन मुखिया भन्ने श्रीचन्द मुखियाको वास्तविक घर अन्नुपट्टि कटरैत हो । धनुषाको विन्धी २ मा उनी घर बनाई बसेको थिए । आर्थिक अवस्था भन्ने हो उनको नाउमा घर र २ कठ्ठा जमिन छ । राराब क्याम्पसबाट एम.ए. उत्तिर्ण गरेका उनी भुमिगत कालदेखि नेकपा माओवादीमा आवद्ध थिए । ६ जेष्ठ २०६७ मा उनले नेकपा क्रान्तिकारी माओवादी गठन गरी उक्त पार्टीको महासचिव थिए । धनुषाको लक्ष्मीपुर बगेवा ३ बस्ने पृथ्वी सिंह भनिने श्याम कुमार यादवसँग उनको पहिले देखि नै चिनजान थियो । एमाओवादी पार्टी छोडे पछि पृथ्वी सिंहले श्रीचनलाई फोन गरी उनको समुहमा काम गर्न प्रस्ताव गरेको थियो । माथवरको हत्या हुनु २०÷२५ दिन अघि पृथ्वी सिंहले फोन गरी मुकेश पंडित जनकपुरमा कारवाही गर्न जाँदैछ, उसलाई सहयोग गर्नु भनि श्रीचनलाई भन्दा, उनले अस्वीकार गरे । त्यसपछि पनि पृथ्वीले श्रीचनलाई ३÷४ पटक फोन गरे । घटना हुनु २ दिन अघि मुकेश पण्डितले श्रीचनलाई फोन गरेर भेट्नु छ, कहाँ हुनु हुन्छ, पृथ्वी सिंहले भनेको कारवाही गर्नुछ भनेर भन्दा श्रीचनले आफुलाई फुर्सत नरहेको भनी इन्कार गरेका थिए ।

श्रीमति र बच्चाका साथ मातवर मुखिया ।
फाइल फोटो 
को हुन मातवर मुखिया ?

जनकपुर नगरपालिका वडा नं. १२ स्थित कुवा रामपुर टोलमा बस्ने मातवर मुखिया जनकपुरका चर्चित कथित डन मध्येका एक थिए । धनुषाको वभनगामा विद्यालयमा पढन गएपनि उनी साक्षर मात्र हुन सके । तर, कराँते खेल राम्रो खेल्ने खेलाडी समेत भएका उनी कराँतेमा व्लयाक बेल्ट हासिल गरेका थिए । 
जनकपुरको मिल्स एरियामा गएर सधै कराँते खेल्ने र खेलाउने गर्दा उनी यूवाहरुका माझ लोकप्रिय हुँदै गए । त्यसपछि उनलाई तत्कालिन नेता पुन्यप्रताप मल्ल र प्रकाश राणाहरुले प्रयोग गरे । अहिले सदभावनाबाट धनुषाको निर्वाचन क्षेत्र ४ बाट निर्वाचित सभाषद समेत रहेका र हाल सिरहा कारागारमा ज्यान मुद्दाका अभियुक्त भई थुनामा रहेका संजय साह समेत उनको चेला नै थिए । वास्तवमा संजय साहलाई ‘टकला’ भनेर नामाकरण गर्ने व्यक्ति पनि मातवर मुखिया नै थिए । मातवर जहिले पनि यूवाहरुका बीचमा वस्ने र यूवाहरुको लागि जहिले पनि उभिने उनको चरित्र थियो । यूवाहरु माझ यति लोकप्रिय र ताकतवर बन्दै गए कि जहाँ गएपनि मातवर भनेको व्यक्ति तपाई नै हो भनेर यूवाहरुले उत्साहका साथ सम्मान गर्थे । विस्तारै उनी कथित डन भनेर समेत चिनिन थाले । 

मातवरको हत्या भएका बेला शोकमा 
उनको श्रीमति तथा बच्चा ।
मातवरलाई चिन्ने व्यक्तिहरुका अनुसार नेपालकै डनहरु पनि मातवरलाई एक उच्च दर्जाको डनको रुपमा लिन्थे । तर, उनी वढी शिक्षित नभएका कारण र रुपैयाँ कमाउन नसकेका कारण उनी राजनीतिक दलहरु र तिनका नेताहरुको प्यादा वा गोटी बनेर सिमित बनाइएका थिए । तर, हत्या हुनु केही वर्ष अघि देखि उनी लागु औषधको कुलतमा फसी दुवर््यशनी बनेका थिए । हत्या हुनु अघि उनी नेकपा एमालेको यूवा संगठन यूथ फोर्सका नगर इन्चार्ज थिए ।  उनी एमाले नेता रघुविर महासेठका निकट थिए । 
अदालतले गरेको फैसलालाई सम्मान गर्दै मातवरका साथी समेत रहेका रामदुलार साह भन्छन,“सत्यको एक दिन जित अवश्य नै हुन्छ । अदालतले गरेको फैसलाले मातवरलाई न्याय मिलेको भएपनि तत्कालिन प्रहरीले मातवरको हत्यामा संलग्न हुन सक्ने ठुला माछालाई कानुनको दायरामा नल्याई साना माछालाई मात्र समात्नुले मातवरलाई पुर्णतः न्याय भने हुन सकेको छैन ।” समाजमा मातवरलाई हेर्ने आ आफ्नो दृष्टिकोण हुन सक्ला तर मातवरले कसैको घरमा गएर कुनै पनि किसिमको अपराध नगरेको साहको भनाई छ । कसैलाई पिटेको झोकमा मात्रै कसैले मातवर जस्ता व्यक्तिको हत्या गर्न सक्छ भन्ने कुरा पत्याउन सकिन्न ।




२०७१ कार्तिक ३० गते आईतबार

प्रहरीको ‘अपराध आचरण’

प्रहरीको हिरासतमा बायाँ देखि क्रमशः पुर्णचन्द चौधरी,
 मृत्युञ्जय सिंह, हैदर मंसुरी, प्रहरी हवलदार संजय झा र
 प्रहरी राजेश कुमार सिंह ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सर्लाही डुमरिया(४ का ३५ वर्षिय संजय झा पेशाले नेपाल प्रहरीका प्रहरी हवलदार हुन । २२ जेष्ठ २०६९ मा अञ्चल सशस्त्र प्रहरी गुल्म, जनकपुरमा उनको पोष्टीङ भएको थियो । अपराधिहरुलाई पक्राउ गरी शान्ति र व्यवस्थालाई कायम राख्नु, राख्न लगाउनु, कानुन बमोजिम पक्रन पर्ने व्यक्तिहरुलाई र पक्रनुपर्ने पर्याप्त कारण भएका व्यक्तिहरुलाई पक्रनु उनको कर्तव्य हो ।  उनले गरेको कार्य सम्पादनको मुल्याङ्कनकै परिणाम हुनुपर्दछ, १ कार्तिक २०७१ का दिन नेपाल प्रहरी संगठनले अञ्चल प्रहरी कार्यालय जनकपुरमा प्रहरी दिवसको अवसर पारेर उनलाई पुरस्कृत गरेको थियो । तर, कस्तो संजोग पनि पर्यो भने विहान आफ्ना प्रहरी अधिकारीहरुको समक्ष उनी न्यायाधिशको हातबाट पुरस्कार थापेका थिए भने सोही दिन बेलुका उनलाई धनुषा प्रहरीले गिरफ्तार ग¥यो । उनीसँगै सोही कार्यालयमा कार्यरत महोत्तरी पुल्टा पड्कौली(९ का २५ वर्षिय प्रहरी जवान राजेश कुमार सिंह पनि पक्राउ परे । पक्राउ परेका ती दुवै जना प्रहरी कर्मचारीलाई धनुषा प्रहरीले ठगी र डाँका मुद्दाको अभियोग लगाएर धनुषा जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ ।
२५ माघ २०५७ मा प्रहरी सेवामा प्रहरी जवान पदमा नियूक्त भई नोकरी गर्दै आएको संजय झा नोकरीको सिलसिलामा पहिलो पटक काभ्रेपलाञ्चोक, दोस्रो पटक धनुषा र तेस्रो पटक हेटौडामा दरबन्दी परेको अनुसार उनी सबै स्थानमा काम गरे । करिब १८ महिना पहिले हेटौडाबाट अञ्चल सशस्त्र प्रहरी गुल्म जनकपुरमा उनी सरुवा भएर आएका थिए । उनी आफ्नो गाउँकै ओम प्रकाश सिंह भनिने मृत्युन्जय कुमार सिंह समेतको गिरोहमा आवद्ध भई मान्छेलाई लुटने आरोपमा अहिले पक्राउ परेका छन् ।
ठगी गर्ने तरिका
कैलाली टिकापुर नगरपालिका(४ बाघमारा बस्ने २५ वर्षिय पुर्णचन्द्र चौधरी, सर्लाहीको डुमरिया ३ बस्ने ३० वर्षिय ओम प्रकाश भन्ने मृत्युञ्जय सिंह, सर्लाहीको मलंगवा नगरपालिका ४, विश्वकर्मा टोलका ६० वर्षिय हैदर मंसुरी लगायतको गिरोहले मान्छेलाई सक्कली नेपाली नोट लिएर आयो भने त्यसको तीन गुणा बढी नक्कली रुपैयाँ दिन्छु भनेर मान्छेलाई प्रलोभनमा पारी ठगी गरि लुट्ने काम गर्थे ।
रौतहटको चन्द्रपुर नगरपालिका ४ का मानबहादुर थिङ्गलाई शिकार बनाउन खोजेकै बेला उनीहरु पक्राउ परे । ओम प्रकाश भन्ने मृत्युञ्जय सिंह तीन वर्ष जति बैदेशिक रोजगारीका लागि मलेसियामा काम गरेर घर फर्किएपछि अरु मानिसहरुलाई वैदेशिक रोजगारीका लागि विदेश पठाउनु एजेन्टको रुपमा काम गर्थे । एजेन्टको काम गर्ने क्रममा कैलाली टिकापुरका पुर्णचन्द्र चौधरीसँग उनको चिनजान भयो । तर, एजेन्टको काम गर्ने क्रममा ओम प्रकाशलाई घाटा भएपछि मानसिक तनावमा आई सकेका थिए । ओम प्रकाशले पठाएका मानिसले विदेशमा  राम्रो काम नपाई फर्केको कारण उनले आफ्नो जग्गा विक्री गरेर ती व्यक्तिहरुलाई पैसा तिरेका थिए । सोही क्रममा पुर्णचन्द्रले ओम प्रकाशलाई मलंगवाका हैदर मंसुरीसँग चिनजान गराएको थियो । हैदर मंसुरीले पैसा कमाउने तरिका छ, सँगै मिलेर काम गर्यो भने राम्रो पैसा कमाई हुन्छ भनेपछि तीनै जना तयार भए । नक्कली पैसा जस्तो बनाई मानिसलाई भ्रममा पार्ने तरिका आफुसँग रहेका हुनाले वढी पैसा हुने मानिसको खोजी गर्न पुर्णचन्द्र चौधरीलाई लगाएका थिए । सोही क्रममा पुर्ण चन्द्रले नदरमान थिङ्ग वढी पैसा बाला व्यक्ति रहेको भनि खोजी गरेका थिए । उनीहरुले नदरमानलाई १२ लाख रुपैयाँको तीन गुणा वढी नक्कली रुपैयाँ दिने भन्ने प्रलोभनमा पारेका थिए । जनकपुरको सिता प्यालेसमा उनीहरुले वसेर योजना बनाएका थिए । जब नदरमान सिता प्यालेसमा आई रुपैयाँ देखाउ भनेर भन्दा उनीहरुले १ हजारको सक्कली नोटलाई नक्कली नोट बनाएर देखाई भ्रममा पार्न खोजेका थिए । वृक्षणी नामक पशु चिकित्सामा प्रयोग हुने ट्यावलेट सादा पानीमा घोली नयाँ नोट डुवाई सुकाएर राख्ने र त्यस पश्चात चुना मिसिएको पानीमा सो नोट भिजाएपछि नोटमा चुनाको प्रतिकृयाबाट गुलावी कलर जस्तो भई नोट नक्कली जस्तो देखिने तरिकालाई उनीहरुले अपनाएका थिए । हैदर मंसुरीले उक्त तरिका भारतको लुधियानामा सिकेका थिए । उक्त योजना साकार पार्नका लागि उनीहरुलाई पुलिसको आवश्यकता पथर््यो । पुलिस नै आइसकेपछि नक्कली नोटको कारोबार गरिरहेको भन्दै उनीहरुलाई पक्रेर लगेको नाटक जस्तो गर्ने र बाटोमा छोडिदिने कामको लागि उनीहरुले पुलिसलाई प्रयोग गर्थे । यो घटनामा पनि अनिल कुमार सिंह, हैदर मंसुरी समेतले नदरमान थिङ्गको रु. १२ लाख खोसी बाहिर निस्की संजय झा र राजेश सिंहको मोटरसाईकलमा चढी फरार हुन लाग्दा नदरमानले धनुषा प्रहरीलाई जानकारी गराई पिछा गरी पक्राउ गर्न सफल भएको थियो । उक्त घटनामा प्रहरीले पक्राउ परेका हवलदार संजय झाको प्यान्टको खल्तीबाट नगद रु. ३ लाख ९२ हजार र निजले चलाएको बा.२४प. ८७९४ नम्बरको मोटरसाईकल बरामद गरेको थियो । पक्राउ परेका प्रहरी हवलदार संजय झाको मोवाईल ९८४४०२०८५१ र अर्को अभियुक्त मृत्युञ्जय सिंहबाट बरामद भएको ९८१९८२८१५७ नम्बरको मोबाइलमा असोज २९ देखि ३१ सम्म विभिन्न समयमा २२ पटक फोन सम्पर्क भएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
यसरी अपराधमा प्रहरी नै संलग्न रहेको भन्ने घटना नौलो होइन । यसअघि नेपाल प्रहरीमा कार्यरत हरेशिव यादव अपराधमा संलग्न भएपछि प्रहरीकै इन्काउन्टरमा मारिएको थियो । इलाका प्रहरी कार्यालय धोविडाडा, रामेछाप दरबन्दी भई सशस्त्र प्रहरी गुल्म जनकपुरमै कार्यरत रहेका धनुषाको तारापट्टी सिरसिया घर भएका प्रहरी जवान हरेशिव यादव रहजनी चोरी मुद्दामा अभियुक्त देखिएपछि १९ मंसिर २०६३ मा निलम्बन भएका थिए । ६ अषाढ २०६८ मा उनले पुनरावेदन अदालत जनकपुरबाट सफाई पाएर पनि हाजिर नभएका कारण  १६ जेष्ठ २०६९ मा उनलाई जागिरबाट हटाइएको थियो । त्यसपछि आफ्नै गाउँका सुरेश यादवको हत्या गरी सशस्त्र समुह संचालन गरिरहेका हरेशिव यादवलाई ६ साउन २०६९ मा प्रहरी इन्काउन्टरमा उनी मारिएका थिए । यसरी हेर्ने हो भने धनुषामा कार्यरत कतिपय प्रहरी कर्मचारीहरु आपराधिक गतिविधिमा   संलग्न भएको पाइन्छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले २०६८ देखि २०७० सालसम्म तीन वर्षमा मात्र १ सय २० जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ भने ६३ जना प्रहरी कर्मचारीलाई विभागिय कारवाही समेत गरेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय धनुषाले उपलब्ध गराएको तथ्याङक अनुसार १ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी गरी ३ जनालाई नोकरीबाट नै हटाइएको छ । त्यसैगरी ९ जना प्रहरी जवानलाई तल्लो टाइम स्केलमा कारवाही, २ जना प्रहरी सहायक निरीक्षक, १ जना प्रहरी हवलदार र ३ जना प्रहरी जवान गरी ६ जनालाई निलम्बन नै गरेको छ । त्यसैगरी १ जना प्रहरी हवलदारको ग्रेड रोक्का, ३ जना प्रहरी जवानको वढुवा रोक्का, १ जना प्रहरी निरीक्षक, ९ जना प्रहरी हवलदार र ३१ जना प्रहरी जवान गरी कुल ४१ जना प्रहरी कर्मचारीलाई विभागिय कारवाही स्वरुप नसिहद दिइएको छ ।
त्यसैगरी अञ्चल प्रहरी कार्यालय जनकपुरले आर्थिक वर्ष २०७०÷०७१ मा मात्र २ सय ७४ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ भने १ सय ६५ जना प्रहरी कर्मचारीलाई विभागिय कारवाही समेत गरेको देखिन्छ । अञ्चल प्रहरी कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्याङक अनुसार १ जना प्रहरी सहायक निरीक्षक, १४ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी गरी १६ जनालाई नोकरीबाट नै हटाइएको छ । त्यसैगरी  १ जना प्रहरी नायव निरीक्षक, २ जना प्रहरी हवलदार र १६ जना प्रहरी जवान गरी १९ जनालाई तल्लो टाइम स्केलमा घटुवा गरेको छ । त्यसैगरी १ जना प्रहरी नायव निरीक्षक, १ जना प्रहरी नायव निरीक्षक, १ जना प्रहरी हवलदार र १२ जना प्रहरी जवान गरी कुल १५ जनालाई निलम्बन गरेको छ । त्यसैगरी १ जना प्रहरी निरीक्षक, २ जना प्रहरी सहायक निरीक्षक, १ जना प्रहरी हवलदार र २ जना प्रहरी जवान गरी कुल ६ जनाको ग्रेड रोक्का, १ जना प्रहरी सहायक निरीक्षक, १ जना प्रहरी हवलदार र ४ जना प्रहरी जवान गरी कुल ६ जनाको वढुवा रोक्का गरेको छ । त्यसैगरी  १ जना प्रहरी निरीक्षक, ७ जना प्रहरी नायव निरीक्षक, १५ प्रहरी सहायक निरीक्षक, २५ जना प्रहरी हवलदार र ५४ जना प्रहरी जवान गरी कुल १ सय २ जना प्रहरी कर्मचारीलाई विभागिय कारवाही स्वरुप नसिहद  दिइएको छ ।
त्यसैगरी १ जना प्रहरी हवलदारलाई तल्लो दर्जामा घटुवा समेत गरिएको छ । यसरी हेर्ने हो भने अञ्चल प्रहरी कार्यालय जनकपुरले २ जना प्रहरी निरीक्षक, १ जना प्रहरी नायव निरीक्षक, २० जना प्रहरी सहायक निरीक्षक, ३१ जना प्रहरी हवलदार, १ सय २ जना प्रहरी जवान र १ जना कार्यालय सहयोगी गरी कुल १ सय ६५ जना प्रहरी कर्मचारीहरुलाई १ वर्षमा मात्र विभागिय कारवाही गरिनुले पनि प्रहरीको आचरण कति हदसम्म गलत रहेको बुझ्न सकिन्छ ।
प्रहरी वरिष्ठ उपरीक्षक सुरेश कुमार केसीका अनुसार अपराध भनेको मनोवृति हुन्छ, प्रहरी संगठनमा काम गर्ने प्रहरी कर्मचारीहरुको सांगठनिक चरित्र र केही प्रहरी कर्मचारीहरुमा अपराधिक मानिसिकताको जन्मजात चरित्र देखिएको छ । मौकामा नपर्दासम्म प्रहरी हवलदार संजय झाको चरित्र ठीक थियो तर, व्यक्तिगत चरित्र सधै देखिँदैन । यस्ता प्रहरी कर्मचारीहरुकै कारणले गर्दा प्रहरीको छवि समाजमा धुमिलिन जान्छ । एसएसपी केसी भन्छन,“ कानुनको अगाडी कोही पनि ठुलो सानो छैन, प्रहरीले अपराध गरेको भएपनि सामान्य नागरिक सरह नै कारवाही गरेर प्रहरीले आफ्नो कर्तव्यको पालना नगरेको भए प्रहरी संगठन प्रतिको विश्वासमा कमि आउन सक्थ्यो । तर, हामीले ती दुवै जना प्रहरी कर्मचारीलाई कारवाही गरेका छौं ।”
प्रहरी आचरणको तालिम
नेपाल प्रहरी संगठनमा नियमित रुपमा प्रहरी आचरणका लागि तालिम दिने गरिएको हुन्छ । अञ्चल प्रहरी कार्यालय जनकपुरले बार्षिक क्यालेन्डर अनुसार मानव अधिकार, अपराध अनुसन्धान, सामुदायिक प्रहरी सेवा अनुशिक्षण, महिला तथा बालबालिका विरुद्धका अपराध अनुसन्धान प्रशिक्षण, मानव वेच विखन तथा ओसार पोसार र यौन शोषण विरुद्धका अनुसन्धान अनुशिक्षण लगायतका तालिमहरु नियमित रुपमा दिने गरेको छ । १ वर्षमा करिब २३ वटा तालिमहरु दिने गरिएको अञ्चल प्रहरी कार्यालय जनकपुरका तालिम शाखाका असई रामकुमार शर्माले जानकारी दिए ।
आचरण र व्यवहार तर्फ मातहतका जिल्ला भरिका सम्पुर्ण यूनिट इन्चार्जहरुलाई बोलाएर प्रत्येक महिनाको आइतवार अनुशासन, आचरण सुधार लगायतका विभागिय नीति निर्देशन अनुसार प्रहरी वरिष्ठ उपरीक्षकले तालिम दिने गरेका छन् । असई शर्माका अनुसार बेला बेलामा एसएसपी आफैले छडके जाँच समेत गर्छन् । प्रहरीको आचरण र व्यवहार सुधारका लागि प्रत्येक प्रहरी कार्यालयको मुलद्वारमा टोल फ्रि नम्बर समेत सार्वजनिक गरिएको हुन्छ । यति मात्र होइन, गुनासोको लागि उजुरी पेटिका साथै कार्यालय प्रमुखको नम्बर समेत राखेको हुन्छ । त्यसैगरी अहिले देशैभरीमा प्रहरीको आचरण कस्तो छ भन्ने अनुगमन गर्नका लागि केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी) ले सादा पोशाकमा प्रहरी कर्मचारी सूचना संकलनको लागि खटाएको हुन्छ ।
यस अघि कुबेर सिंह राणा प्रहरी महानिरीक्षक भएका बेला डिआईजी समेतलाई कारवाही गर्न सकिने अख्तियारी दिएर पाँच वटै मध्यमाञ्चल क्षेत्रका लागि एसएसपीको कमाण्डमा छुट्टा छुट्टै टोली खटाएको थियो । उक्त समयमा जनकपुरमा एसएसपी रमेश खरेलको कमाण्डमा आएको टोलीले जनकपुरका विभिन्न पक्षहरुसँग अन्तरक्रिया गरी प्रहरीको आचरणबारे अनुगमन गरेको थियो । 


२०७१ कार्तिक ३० गते आईतबार

गस्तीमा सेना


अञ्चल प्रहरी कार्यालय, जनकपुरको अगाडी रहेको सडक खण्डमा नेपाली सेनाको टोली गस्ती गर्दै । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने भएपछि सुरक्षा व्यवस्थाको लागि नेपाली सेना सडकमा गस्ती गर्न थालेका छन् ।

 २०७१ कार्तिक ३० गते आईतबार

“विकास माग्दा गोली पाईयो”

बुद्धनारायण साहनी केवट

मानव अधिकारको अनुगमन, अनुसन्धान र प्रवद्र्धन गर्ने सिलसिलामा यसपालीको मानव अधिकार संरक्षण कार्यमा फरक अनुभुति भयो । २०७१ असोज २६ गते कलैया, भरतचौक पुग्दा त्यहाँ रहेको मानिसहरुको भिडले विकासको नाममा गोली हान्न पाइदैन लगायतका नारावाजी गर्दै थिए । प्रहरी कडि कडाउ भई आए जाइलाग्ने अवस्थामा देखिन्थ्यो । के के भन्दै गोली हान्न पाइदैन भन्ने नारा त धेरै पटक सुनेको थिए तर विकासको नाममा गोली हान्न पाइदैन भन्ने नारा उक्त दिन सुन्दा के रहेछ भनि बुझने कौतुहलता मनमा जागेर आयो । 
अलि नजिकबाट बुझदा सिम्रौनगढका जनताले सडकको विकासको लागि आन्दोलन गर्दा प्रहरीले चलाएको गोली लागि एक जनाको मृत्यु, एक जना सख्त घाइते र एक जनाको होसै गुमेको रहेछ । यी सब कुरा सुनेपछि मन बडा दुखि भएर आयो । कस्तो शासन पद्धति( स्वतन्त्रताको लागि आवाज उठाउदा( पाउने गोली, सरकार विरुद्ध हतियार उठाउदा( पाउने गोली, मधेशी आफनो पहिचानको लागी आवाज उठाउदा( पाउने गोली, जनजाति आफनो पहिचानको लागि आवाज उठाउदा( पाउने गोली, अनि विकासको लागि पनि आवाज उठाउदा पाउने गोली नै । कस्तो विडम्बना । राज्य सन्यन्त्र जनतको अधिकारको सवालमा संयम भई दिए के विग्रे थियो । आखिर त्यहाँका मानिसले कसैको कुर्सि, कसैको सत्ता, कसैको भत्ता, कसैको लत्ता मागेका त थिएनन् होला । जे मागे त्यो त उनिहरुले राज्यलाई कर मार्फत दिएको अर्थ उपयोगिता नै मागेको हो । राज्यले त्यहाको नागरिकको घाटी दवाएर भएपनि कर असुल्ने, अनि नागरिकले कर दिए वापत पाउने अधिकराको कुरा गर्दा उल्टै गोली ठोक्ने । यस्तो अवस्थामा कसरी मानव अधिकारको सम्मान, संरक्षण र परिपुर्तिको कुरा गर्ने । 
द्वन्द्वकालदेखि मानव अधिकारको विविध सवालमा अनुगमन अनुसन्धान गरिरहँदा गोली खाएको विषय पनि धेरै पटक अध्ययन गरियो । ति धेरै अनुभव मानव अधिकारको दुई प्रमुख स्तम्भ नागरिक तथा राजनीतिक अधिकारसित सम्वन्धित छन तर यसपालिको अनुभव आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकारसित सम्वन्धित छ । मानव अधिकारका प्रमुख दुई स्तम्भ मध्ये नागरिक तथा राजनीतिक अधिकार प्रथम खम्वाको रुपमा मानिन्छ भने आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार  दोस्रो खम्वाको रुपमा मानिन्छ ।
मानव अधिकारको विकासक्रमलाई हेर्ने हो भने यी दुई स्तम्भ पनि दुई दर्शनमा आधारित छन् । एउटा धनि वर्गसित सम्वन्ध राख्दछ भने अर्को गरिब वर्गसित सम्वन्ध राख्दछ । नागरिक तथा राजनीतिक अधिकार धनि वर्गसित सम्वन्ध राख्दछ भने आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार गरीब बर्गसित सम्वन्ध राख्दछ । धनी र गरीबसित अधिकारको सम्वन्ध देखाइराख्दा एकले अर्कासित सम्वन्ध नै राख्दैन भन्ने होइन । धनिलाई चाहिने कुरा गरिवलाई नभई नहुने गरीवलाई चाहिने कुरा धनिलाई नभई नहुने भएको हुनाले सम्पुर्ण अधिकारहरु एक अर्कासित सम्वन्ध राख्दछ । त्यसैले भनिन्छ मानव अधिकार अन्यौन्याश्रित हुन्छन् । यति हुदाहँुदै धनि र गरिवको कुरा किन लेखेको होला भन्ने पनि लागिरहेको होला । भनाईको अर्थ मानिसको आवश्यकता समय परिस्थिति अनुसार फरक हुन्छ । आर्थिक रुपले सम्पन्न व्यक्तिले अधिकारको चयन गर्दा स्वतन्त्रामुखी अधिकारको चाहना व्यक्त गर्दछ तर त्यसको विपरित आर्थिक रुपले विपन्न व्यक्तिले अधिकारको चाहना व्यक्त गर्दा हातमुख जोर्ने जस्ता न्युनतम आवश्यकता परिपुर्तिको कुरा गर्दछ । स्वतन्त्रा र हातमुख जोर्ने न्यूनतम आवश्यकताको कुरा  मानव अधिकारका ति दुई दर्शनसित सम्वन्धित छ जुन माथि उल्लेख भइसकेको छ । 
अधिकारको विकासक्रमतिर दिमाग घुमाउदा स्वतन्त्रतामुखि आन्दोलनबाट सम्झौताको रुपमा बनेका वेलायतको म्याग्ना कार्टा, २०१२ अमेरिकन घोषणापत्र, फ्रान्सेली घोषणापत्र आदिलाई पनि उल्लेख गर्ने गरिन्छ । तर औपचारिक विकास भने संयुक्त राष्टूसंघको स्थापना १९४५ मा भए पश्चात नै भएको हो । प्रथम र दोस्रो विश्वयुद्धमा व्यहोर्नुपरेको भौतिक तथा मानवीय क्षतिको कारणले विश्वमा शान्ति कायम राख्न र उपर्युक्त किसिमका क्षति पुनः नदोहोरियोस भन्ने उद्देश्यका साथ १९४५ मा स्थापित संयुक्त राष्टू संघले आफ्नो वडापत्रमा मानव अधिकारको संरक्षण गर्ने जिम्मेवारी पनि प्राप्त ग¥यो । उक्त जिम्मेवारी वहन गर्ने दौरानमा संयुक्त राष्टू संघले आर्थिक तथा सामाजिक परिषद मार्फत मानव अधिकार सम्वन्धि दस्तावेज निर्माण गर्ने अभियानमा लाग्यो । उक्त दौरानमा विभिन्न पटक सभा सम्मेलन हुँदैजादा आर्थिक तथा सामाजिक परिषद भित्र रहेको मानव अधिकार आयोगले नागरिक तथा राजनीतिक सम्वन्धि महासन्धि र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्वन्धि महासन्धि पारित गर्नको लागि महासभामा पेश ग¥यो तर सदस्य राष्टूहरुको उक्त दुई महासन्धि उपर गम्भिर असन्तुष्टि व्यक्त भएको हुनाले तत्काल पारित भएन । 
महासन्धि पारित हुननसकेपछि आयोगलाई असफलताको अनुभुति भइरहनुका साथै उपायको खोजितिर पनि लाग्यो । महासन्धिलाई पारित गर्ने सम्वन्धमा दुई धार देखा प¥यो । एउटा पुजिवाद र अर्को साम्यवाद । पुजिवादलाई अंगिकार गर्ने अमेरिका, बेलायत जस्तादेशले नागरिक तथा राजनीतिक अधिकारको पक्षमा बल दिइरहेका थिए भने साम्यवादका पक्षधर सोभियत संघजस्ता देशले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सम्वन्धमा वल दिइरहेका थिए । दुवैविच समझदारी हुननसकेपछि प्रारम्भनै ति दुई महासन्धि निर्माण हुननसकि नरम कानुनको रुपमा सन् १९४८ डिसेम्वर १० का दिन महासभाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी ग¥यो । मानव अधिकारको विश्वव्यापी घोषणापत्रनै अधिकार विकास क्रमको दौरानमा भएको पहिलो र औपचारिक दस्तावेज हो । यो कानुन सदस्य राष्टूहरुको लागि नैतिक शिक्षाको रुपमा रहेको छ । यसमा वर्णित प्रावधान कार्यान्वयन गर्नैपर्ने वाध्यता कसैलाई पनि छैन तर सर्वसम्मतिले पारित दस्तावेज भएको हुनाले यसलाई मान्दिन भन्नसक्ने नैतिक आधारपनि कसैसित छैन । जसले गर्दा यहि नैतिक स्वतन्त्रता र विवशतालाई आधार वनाई संयुक्त राष्टू संघिय मानव अधिकार आयोगले मानव अधिकार कानुन निर्माण गर्ने प्रयास गरि नै राखेको हुनाले प्रारम्भमा कानुनी हैसियत प्राप्त गर्ननसकेका २ महासन्धिहरु सन् १९४६ मा एकैसाथ जन्मिए । जसलाई नेपालले पनि अनुमोदन गरि अंगीकार गरिसकेको छ । 
नेपालको परिप्रेक्ष्यमा हेर्दा हालसम्म भएका र भइरहेका विभिन्न आन्दोलन नागरिक तथा राजनीतिक अधिकारसित मात्र सम्वन्धित छन् । वि.सं. २०४७ सालसम्म आन्दोलनमात्र हैन तत्कालिन ने.क.पा. (माओवादी) र नेपाल सरकारविच जारि रहेको १० वर्षे सशस्त्र युद्ध र तत्पश्चातका मधेश आन्दोलन पनि नागरीक तथा राजनीतिक अधिकारमै आधारित छन् । सवै आन्दोलनमा जनताको स्वतन्त्रा, उन्नति, प्रगति, विकास, मुक्ति इत्यादि नामले सम्बोधन गरी राजनीतिक प्रगति जेनतेन भइरहेको छ तर जहाँ जुन ठाउँमा प्रगति पुग्नुपर्ने हो त्यहा पुग्न सकेको छैन । प्रगति पुग्नुपर्ने गरीब जनतामुखि महासन्धि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा हो तर काठमाडौँवाट वाहिरजान भनि हिडेको वस बाटोमा फसेजस्तै नागरिक तथा राजनीतिक अधिकार मार्फत आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा पुग्नुपर्ने प्रगति पनि बाटैमा फसिरहेको छ । टूाफिकले यताउति गरि वसलाई पास गराउन खोजे जस्तै नेताहरुले पनि वेलावेलाको चुनावमा उन्नति र प्रगतिको विभिन्न लोभलालच देखाई जनताको बुद्धि आफनो कोल्टामा पारिसकेपछि जनताको घरमा पुरयाउने प्रगति बैयक्तिक आगनमा पुरयाउन मस्त हुन्छन् । 
उक्त परिस्थितिको ज्वलन्त उदाहरण मिति २०७१ असोज २५ गते वारा जिल्ला हरिहरपुर गाविस वडा नं.४ महादेव स्थान चौकमा घटित घटनाले चरितार्थ गर्दछ । वारा जिल्लामा १२ कि.मि. पिच वाकि किचैकिच भनि पढिरहदा अपत्यारिलो लागिरहला तर यो प्रमाणित तथ्य हो । मकवानपुरवाट वीरगंजजादा र पूर्वजादा राजमार्गको अधिकांश हिस्सा वाराकै क्षेत्रमा पर्दछ तर वाराकै उन्नति प्रगतिकोलागि वनाइएको होइन । त्यसैले वाराको जनता ति राजमार्गलाई  वाराको प्रगतिको सुचकांकको रुपमा स्विकार्दैनन् । त्यहाको जनताको सुचकांकमा परेको वीरगंज कलैया जोड्ने १२ कि.मि.को पिच मात्रै हो । वाराको ऐतिहासिक धरोहर सिम्रौनगढ र कलैया जोड्ने २५ कि.मि.को गण्डक नहर (बम नहर) सडक विकासका लागि सिम्रौनगढवासिले धेरै पटक चक्काजाम, हडताल, आन्दोलन गर्दा स्थानीय प्रशासन र आन्दोलनकारीविच लिखित मौखिक सहमति भए तर कार्यान्वयन शुन्य । त्यहाको व्यापारिक र नागरिक प्रतिनिधिसित अन्तरक्रिया गरिरहदा वाराको प्रशासन र नेताले हामीलाई जनता हैन जन्तु वनाईसके भन्नेमा निष्कर्ष निकाल्छन् । 
सिम्रौनगढस्थित इलाका प्रशासन कार्यालय, कृषि विकास वैंक, सटहि काउन्टर लगायतका कार्यालय द्वन्द्वकालमा विस्थापित भएपछि शान्तिप्रकियामा देशका तमाम् भुभागबाट विस्थापित भएका कुरा पुनसर््थापित भए तर सिम्रौनगढमा भएनन् । एक मात्र भन्सार कार्यालय जसले पाँच हजार बराबरको मात्र कारोवार गर्ने छुट छ । त्यो पनि कार्यालय सहयोगीको भरमा चलिरहेको छ । यसरी राज्यले हामीलाई कुनै किसिमको सुविधा नदिने अनि तिमिहरु कालावाजारिया हो, अपराधि हो भनि हेय दृष्टिकोणले व्यवहार गरेपछि हामी जन्तु नभए के हुने । त्यसो भएको हुनाले जन्तुको कुनै मानव अधिकार नभएजस्तै हाम्रो पनि कुनै मानव अधिकार छैन भन्दै अधिकार विहिन   अनुभुति व्यक्त गर्दछन ।  
जनता हैन जन्तु स्वरुपको भावना राज्यले गराएको कारणले राज्यको उक्त रवैयालाई वदल्नकालागि पुनः आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमुखि आन्दोलन दशै विदामा रहेका विद्यार्थीहरुले त्यहाको जनताको सहयोग लिइ २०७१ असोज १९ देखि गण्डकनहर सडक मरम्मतको माग राखि शुरु गरे । आन्दोलन बढ्दै जादा आन्दोलनकारी र प्रहरी विच वढ्दै गएको असन्तुष्टिले असोज २४ गते इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी खजानीमा भौतिक तथा मानवीय क्षति पुगेपछि अवस्था भयावह भयो । असोज २५ गते आन्दोलनकारीहरुले आन्दोलनलाई अझै सशक्त वनाई प्रदर्शन गरिरहेको क्रममा महादेशस्थानमा सशस्त्र प्रहरीले चलाएको गोली लागि प्रदर्शनकारी जयनारायण पटेलको घटनास्थलमै मृत्यु भयो भने साह मोहम्मद हवारी गम्भीर घाइते भए ।  गोलीको आवाजले प्रचण्ड जायसवालले होस गुमाए । 
उक्त घटनामा जयनारायण पटेलले ज्यान गुमाइसक्दा साह मोहम्मद हवारी गम्भीर घाइते भइसक्दा र प्रचण्ड जायसवालले होस गुमाइसक्दा पनि गण्डक नहर सडकको विकास भइनै हाल्छ भन्ने कुराको कुनै ग्यारेण्टी छैन । असोज २६ गते आन्दोलनकारी र प्रशासनविच ११ बुंदे सहमति भई आन्दोलनले विराम पाउदा सहमति अनुसारको प्रगति नभएको आधार देखाई पुनः ०७१ कार्तिक १८ देखि आन्दोलन छेडेका छन् । सिम्रौनगढ आफैमा ऐतिहासिक स्थल हो । त्यहाका स्थानीय वासिन्दाले भन्छन् यहाको भुमिलाई थोरै गहिराइमा खन्दा कुन न कुनै प्राचिन मुर्ति फेला पर्दछन् । विभिन्न पोखरी र खेतभन्दा भेटिएका मुर्तिहरु आफ्नै ढंगले विभिन्न मन्दिरमा राखिएका छन् । तर तिनको कुनै आधिकारिक संरक्षण छैन । 
यस प्रकार सिम्रौनगढ क्षेत्रका जनतालाई मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, नेपालको अन्तरिम संविधान, ०६३ ले मानव अधिकार प्रदान गरेपनि उनीहरुको घर आँगनमा आर्थिक विकास, सामाजिक विकास र सांस्कृतिक संरक्षणका कार्यहरु नपुगेसम्म उनीहरु जन्तुवाट जनता भएको महसुस गर्न सक्दैनन् । अधिकार सम्पन्न हुन सक्दैनन् । 
(लेखक ः राष्ट्रिय मानव अधिकार आयोग, मध्यमाञ्चल क्षेत्रिय कार्यालय जनकपुरका प्रमुख हुन ।)

 २०७१ कार्तिक ३० गते आईतबार

तराईवासीहरु नै नेपाल राष्ट्रका संस्थापक-रामचन्द्र झा

रामचन्द्र झा

हालै डा.सिके राउतद्वारा ‘मधेसका इतिहास’ नामक पुस्तक लेखी वास्तविक इतिहास प्रति हस्तक्षेप गरिएको महसुस गरि आफ्नो केही भनाई राख्न आवश्यक ठानेको छु । अन्यथा इतिहास जस्तो गम्भीर विषय प्रति मौन धारणा गर्नु आफ्ना गौरवशाली इतिहास प्रति अन्याय गर्नु हो । 
डा.सिके राउतका तथ्यहरु, तथ्यसंगत भन्दा पनि भावनामा वगेर इतिहासमा हुँदै नभएका विषयहरु काल्पनिक रुपमा उल्लेख गरिएको छ । र, नेपाल राज्यको निर्माणमा मधेसीहरुको भुमिकालाई झन उहाँले संकुचित गरी तराई सम्म सिमित गरेको देखिन्छ ।
२०६२÷०६३ को दोश्रो जनआन्दोलन पश्चात अन्तरिम संविधानमा संघीयता, गणतन्त्र र समावेशिता लगायतका जनआन्दोलनका गणतव्यहरुलाई मुख्य दलहरुले वेवास्ता गर्दा ‘मधेश विद्रोह’ द्वारा आफु प्रति हुँदै आएको विभेद प्रति आक्रोश व्यक्त गर्दै तराईवासी जनताले आधाशतक भन्दा वढी होनहार आफ्ना सपुतहरुलाई शहादत दिएका थिए । आज पनि आफु प्रति हुँदै आएको अपमान उपेक्षा र वहिष्करण प्रति विद्रोही मानसिक्ता शान्त हुन सकेको छैन । दोश्रो संविधानसभा पछि उपरोक्त विभेदमा कमि आएको छैन वरु त्यो उन्मत भएर अझ कुतर्कहरुद्वारा अभिजात्य राष्टूवादी आकांक्षालाई व्यक्त गर्न थालेका छन् । यस परिपेक्षमा तराईवासी जनसमुदाय आक्रोशित हुनु स्वाभाविक छ । विगतमा आफुप्रति अपमानको मनसाय साथ प्रयोग गर्ने गरिएका ‘मदिसे’, ‘मधेशीया’, ‘मर्सिया’ शव्दावली प्रति समतल मैदानी इलाकाका वासिन्दाहरु ‘मधेशी’ नामावली गर्वसाथ स्वीकार गरी अपमानितहरु बीच वृहत्तर एकताको सन्दर्भमा उक्त ‘मधेशी’ शव्दावली एकखालको राजनीतिक अर्थ राख्द छ र सम्पुर्ण तराईवासी जनसमुदायका लागि ‘मधेशी’ सर्वनाम सुपाच्य भई सक्या छ ।
तर हालै डा.सिके राउतद्वारा मधेसका इतिहास नामक पुस्तक लेखी वास्तविक इतिहास प्रति हस्तक्षेप गरिएको महसुस गरि आफ्नो केही भनाई राख्न आवश्यक ठानेको छु । अन्यथा इतिहास जस्तो गम्भीर विषय प्रति मौन धारणा गर्नु आफ्ना गौरवशाली इतिहास प्रति अन्याय गर्नु हो । शासकवर्ग सदा जनताका वास्तविक इतिहासलाई ढाकछोप गरी इतिहासमा आफ्नो सानो भुमिकालाई वढाई चढाई आफ्ना स्तुतिकर्ताहरु मार्फत मिथ्या यशोगान गाउन लगाउन काम हुने गरेको सर्वविदित नै छ ।
नेपाली इतिहासका लेखकहरु पनि पृथ्वी नारायण साहको वि.सं. १८०१ देखिको राज्य विस्तार यात्रालाई विशेष जलप लगाई मानौं, नेपाल राज्यको जन्म नै यहीँबाट प्रारम्भ भएको हो कि भान पार्ने गरी तिनकै यशोगानमा सम्पुर्ण सामर्थ खर्चेका छन् । र, उक्त काल भन्दा पुर्वका ऐतिहासिक घटनाहरुलाई नेपथ्यामा पन्छयाउने प्रयास गरेका छन् जवकि उक्त काल भन्दा हजारौं वर्ष पुर्व नेपाल नामक राज्य अस्तित्वमा आई सकेको थियो । गोपालराज वंशावली नामक पुस्तकका अनुसार नेपालको पहिलो राजवंश गोपालबंशीहरु थिए । यद्यपि उक्तकाल भन्दा पुर्व पनि वस्तीहरु थियो, तर राज्यव्यवस्थाको प्रारम्भ ‘नेपाल’ नामाकरण पशपतिनाथको स्थापना र नयाँ वस्ती वसाल्ने काम गोपालवंशीहरुद्वारा नै भएको मानिन्छ । किम्वदन्ति जे जस्ता भए पनि पशुपालन युगको प्रारम्भ सँगै ‘नेपाल’ भन्ने राज्य तत्कालिन खाल्डोलाई उपयुक्त चरण क्षेत्रको खोजी गर्दै गण्डक र कोशी नदीहरु किनार किनारै तराई क्षेत्रबाट आफ्ना पशुहरु लिई ती पशुपालकहरु काठमाण्डौ छिरेका थिए । र, त्यही क्रममा ‘नेपाल’ अस्तित्वमा आएको हो ।
यद्यपि यस सम्बद्धमा कुनै ठोस अभिलेख न हुँदा समयको ठ्याकै किटानी गर्न गाह्रो छ तर विभिन्न पुस्तकहरुमा व्यक्त अनुमानहरुको आधारमा लगभग इ.पु. सोरह सय वर्ष पुर्व भुक्तमान भन्ने भुमि गोप नामक पहिलो व्यक्ति गोपालवंशका संस्थापक रहेका थिए । यो वंशले लगभग पाँच सय वर्ष शासन संचालन गरेका थिए । भुमिगोप पछि क्रमशः जय गोप, धर्म गोप, हर्ष गोप, भीम गोप, मणि गोप, विष्णु गोप, जीत गोप, (यक्षगोप) लगायतले नेपालमा शासन संचालन गरेका थिए । गोपालवंशी तराईको मिथिला क्षेत्रबाट गएका थिए र तिनीहरुको नेपालको इतिहासमा ठुलो महत्व रहेको छ । विभिन्न पुस्तकमा ‘गोप’ लाई भ्रमवंश गोप लेखिएको गुप्त वैश्यहरुको थर हुने गरेको यादवहरुको घर गोप नै थियो ।
महिषपालहरु गोपालवंशका अन्तिम राजा जीत गोपलाई पराजित गरी ‘वर सिंह’ नायक प्रथम महिषपालवंशको राजाले नेपालको शासन सत्ता आफ्नो हातमा लिएका थिए । महिषपालहरुको वारेमा विभिन्न खाले वंश सम्बन्धी अनुमान गरिए पनि पेशागत हिसावले गोपालक समुह एवं महिषपालक समुह अलग अलग रहे पनि जातिय हिसावले यादव समुदाय नै गोपालक महिषपालक एवं अहिरको नामले तराईको विभिन्न क्षेत्रमा रहने गरेको हामी पाउँछौं । वर सिंह, जय सिंह, भुवन सिंह लगायतले नेपालमा शासन गरेका थिए । महिषपालवंशीहरु लगभग १५ वर्ष सम्म शासन गरेको तथ्य हामी पाउँछौं । महिषपालवंशीहरु पछि अहिरहरुको शासन पनि ६०(७० वर्ष जति चलेको अनुमान गरिन्छ । भुवन सिंहको शासनकालमा पुर्वतिर किरातहरुको आक्रमण हुँदा तिनी किराँतद्वारा पराजित भई सत्ताच्युत भएका थिए ।
किराँतहरुको उदय
किराँतहरु शासनको प्रारम्भ इ.पु. लगभग हजार वर्षको सेरोफेरो रहेको हुनु पर्दछ । गोपालराज वंशावली, कर्कपेटिूक र राइटस इत्यादी इतिहासकारहरुले २९ देखी ३२ सम्म किराँती राजाहरुको नाम उल्लेख गरेका छन्, जो क्रमशः यसरी छ( यलम्वर पवि, स्कन्दर, बलम्ब, हुति, हुमाति, जितेदास्ती, गलि, पुस्कर, सुर्यमा, पर्व, बुङ्ग, स्वनन्द, थुको जिघ्र नाने, लुक, थोर थाको, वर्म, गुज, पुस्क, केशु,सुग, संस, गुणन, खिम्ब, पटुक र गस्ति ।
किराँतकालिन शासन व्यवस्था तुलनात्मकरुपमा प्रवन्धको हिसावमा राम्रो थियो । शासनको स्वरुप राजतन्त्रात्मक भएपनि अड्डा अदालतहरु, कुथर, सुल्ली, लिग्वत्न, माप चोक जस्ता कार्यालयहरु स्थापना गरी राज्य संचालनको सोपानहरुद्वारा शासनलाई विकेन्द्रित रुपमा व्यवस्था गरिएको थियो । परराष्टू सम्बन्धको शुरुवात पनि सर्वप्रथम गरियो । दक्षिणतिर मगध साम्राज्य सँग राम्रो सम्बन्ध कायम गरी विम्वसार र अजात शत्रु जस्ता भारतीय शासक सँग राम्रो सम्बन्ध किराँतहरुले स्थापना गरेका थिए । व्यापारको सवालमा पाटलीपुत्रसँग नेपालमा निर्मित कपडाको लोकप्रिय व्यापार संचालन गरेको विषय कौटिल्यको अर्धशास्त्रमा उल्लेख भएको थियो । मुर्तिकलाको विकास किराँतकालदेखि प्रारम्भ भएको विषय जो अद्यावधि यथावत छ । किराँतकालमा किलिच, लिच्छिवि, मल्ल, शाक्यहरुको शरणस्थल थियो भन्ने विषय उल्लेख भएको छ । सामाजिक आर्थिक प्रशासन सुदृढ रहेको विषय पनि इतिहासमा उल्लिखित छ ।
किराँतहरुले झण्डै आठ सय(नौ सय वर्षसम्म शासन संचालन गरेका थिए । कला साहित्य, संगीतका साथै राजनीतिक पद्धतिको सुरुवात पनि किराँत कालमा व्यवस्थित रुपमा भएको थियो । किराँतहरुको शासन अन्ततः आन्तरिक अव्यवस्थाका कारण पतन भएको थियो ।
लिच्छवीहरुको नेपालमा उदय
किराँतहरु भन्दा पछि नेपालमा लिच्छवीहरुले शासन संचालन गरेका थिए । “वज्जी महासंघ” भित्र लिच्छवी, विदेह, शाक्य, मल्ल, काशी, कौशल रामग्राम (कोलिय) संघहरु संघीय गणतन्त्रात्मक व्यवस्थामा आवद्ध भई सह अस्तित्वको आधारमा सबै शासन गरेका थिए । उता चन्द्र गुप्त मौर्यकै शासनकाल देखि मगधको शक्ति वढेर उदित भएको थियो । अजातशत्रु आक्रामक स्वभावको शासक थिए । र, उसले लिच्छवी माथि आक्रमण गरी तिनीहरुलाई पलायन हुन विवश तुल्यायो । र, उनीहरु ‘विदेह’ हरु सँगै नेपालमा शरण लिन आई पुगे । किराँतहरु त्यति बेला कमजोर भई सकेकोले लिच्छवीहरु किराँतहरुलाई पराजित गरी नेपाल माथि शासन गर्न थाले । उक्त समय इ.पु. २ सय वर्ष लगभगको समय हुने कुरा इतिहास विदहरुले अनुमान गरेको छन् ।
लिच्छिवीहरु पहिलेको मुजफ्फरपुर (विहार) को वैशालीका थिए । जसको त्यहाँको अवशेषले अद्यावधि गौरवशाली इतिहासलाई स्मरण गराउँछ । सम्राट अशोक काठमाण्डौ आउँदा आफ्नो साथमा छोरी ‘चारुमति’ लाई पनि ल्याएका थिए । जसको विवाह नेपालकै क्षेत्रिय युवक ‘देवपाल’सँग गरी दिएका थिए । सँग सँगै ‘देवपत्तनम’ नामक सुन्दर शहर पनि अशोकले नै वसाएका थिए । जो मगधको राजधानी पाटलीपुत्र भन्दा पनि सुन्दर थियो । उक्त काल भन्दा ६ सय वर्ष पछि चिनी यात्री एफाहियानले देवपतनमको सुन्दरताको चर्चा गरेका छन् । गंगा वारी पारी भएकोले लिच्छवीहरुसँग रहँदै आएको वैवाहिक सम्बन्ध नेपाल आउँदा पनि कायम रहेको बुझिन्छ ।
लिच्छवीहरु आठ सय वर्ष भन्दा बढी समय सम्म नेपाल माथि शासन गरेका थिए । यद्यपि मानदेव भन्दा पुर्व पनि जयदेव लाई पशुपतिमा लेखिएको एक अभिलेख अनुसार लिच्छवीका प्रथम शासक रुपमा लेखिए पनि मानदेवलाई नै प्रथम प्रमाणित शासकको रुपमा चाँगुनारायणको अभिलेख अनुसार मानिएको छ । वसन्तदेव अंशुवर्मा, नरेन्द्रदेव, वृषमदेव, शंकरदेव, धर्मदेव, गुणकामदेव आदिको शासकहरुले शासन गरेका थिए । 
लिच्छवी कालीन प्रशासन व्यवस्था 
केन्द्रिय प्रशासन प्रादेशिक प्रशासन, स्थानीय प्रशासन, न्यायिक प्रशासन, सैनिक प्रशासन लगायत शासन प्रवन्धहरु वैज्ञानिक र व्यवस्थित रहेको थियो । मुद्राको प्रचलन पनि सर्वप्रथम मानदेवकै शासनकालदेखि भएको हो । यति मात्र होइन उक्त कालखण्डमै ऐतिहासिक अभिलेखीकरण, भवन निर्माणहरु, मुर्तिकलाका साथै साहित्य, संस्कृति, संगीत एवं कला पनि उच्चस्तरमा विकास भएको पाइन्छ । विकास निर्माणका कामहरु पनि त्यहिबेला देखि थालनी भएको बुझिन्छ ।
चीन, तिब्बत र भारतसँग दौत्य सम्बध पनि स्थापित हुनुले कुटनीतिक सम्बन्धलाई पनि विकास गरेको पाइन्छ । त्यसैगरी आर्थिक रुपमा कृषि व्यवस्था, पशुपालन, विभिन्न खाले स्वदेशी उत्पादन लगायतको क्षेत्रमा समेत विकास गरियो । साथै नेपालमा पहिलो पटक भन्सार र करको पनि व्यवस्थाको सुत्रपात भयो । समग्रमा चाणक्यको कौटिल्यकालीन राजनीतिक अर्थशास्त्रको समग्र प्रवन्धको प्रछाया नेपाली राज्य व्यवस्था माथि परेको पाइन्छ । त्यसैलाई मोडेलको रुपमा मानिदै आएको हो ।
कनाटवंशीयहरुको तराईक्षेत्रमा उदय
भारतको उज्जैनका चालुक्य वंशीय शासक विक्रमादित्य छैठौंले आफ्नो शासनकालमा सुदुर दक्षिणसम्म आक्रमण गरी भारतको सुदुर दक्षिणी भु(भागलाई शासनको अधिनमा ल्याएका थिए । सँगसँगै उत्तरतिर तत्कालिन मगध सम्राज्यको अधिनमा रहेको गंगाभन्दा उत्तरका क्षेत्रहरु माथि आक्रमण गरेर मगध सम्राज्यबाट ती क्षेत्रलाई कनाटवंशीयहरुले आफ्नो अधिनमा ल्याएका थिए । र, उनीहरुले सम्वत ११५४ तदनुसार इस्वी १०९७ मा ‘तिरहुत’ राज्यको स्थापना गरेका थिए । जस अन्तरगत गंगा भन्दा उत्तरका तत्कालिन मुझफ्फरपुर, पुर्णिया, दरभंगा लगायतका पुराना जिल्लाहरु र नेपालको मोरंग देखि पर्सासम्मका भु भाग (जो तिन तिरले पश्चिम गण्डक नदी, पुर्व कोशी नदी र दक्षिणमा गंगा नदीले घेरिएका) कारण, नै ‘तिरहुत’ नामाकरण गरिएको थियो । ‘तिरहुत’ शासनको प्रथम शासकका रुपमा नाण्यदेव रहेका थिए । क्रमशः गंगादेव, अर्जुन देव, रामासिंह देव, र अन्तिम शासक हरिसिंह देव थिए ।
तिरहुत राज्यमा ७ कनाटवंशीय राजाहरुले राज्य गरेका थिए । उनीहरु सैन्य शक्तिको हिसावले सबल हुनुका साथै विरता र विद्धता दुवै क्षेत्रमा पनि निपुण थिए । उनीहरुका प्रकाण्ड विद्धानहरु जुदिरेश्वर, गुणेश्वर, चन्देश्वर ठाकुरहरु मन्त्री वनेका थिए । ती विद्धान मन्त्रीहरुले नै मैथिली वर्ण ‘रत्नावली’ लगायत थुप्रै पुस्तक रचना गरी मैथिली साहित्यको यात्रालाई प्रारम्भ गरेका थिए । भनिन्छ, ‘वर्णरत्नाकर’ भन्ने पुस्तक भारोपेली भाषा परिवारकै प्रथम गद्य ग्रन्थ हो । जसको रचना ज्योतिरेश्वर ठाकुरले गरेका हुन । ऐश्वर्य र वैभवको हिसावले पनि सिमरौनगढ जो राजधानी थियो, अत्यन्त सम्पन्न थियो । जस माथि गयासुद्धिन तुग्लकले १३८२ माघ तृतिया दिन आक्रमण गरी थुप्रै सम्पतीहरु लुटेर लगेका थिए । यिनीहरुको विरताको परिचय के बाट पनि झलिकन्छ भने ‘मगध’ साम्राज्य माथि आक्रमण गरी ‘मिथिला’को भुभाग आफ्नो हातमा लिएका थिए भने संगसंगै यतातिर काठमाण्डौ उपत्यकामा मल्लवंशीयहरुको आन्तरिक विग्रहमा सहयोग स्वरुप सम्बत १३०१, १३०२, १३५६, १३६७, १३७०, १३७१ गरी ६ पटक आक्रमण गरेका थिए । यस वंशको पतन गयासुद्धिन तुग्लकद्वारा गरिएको आक्रमणमा राजा हरिसिंहदेव घाइते भई दोलखाको तिन पाटनमा गएर उनको मृत्यु भएको थियो । र, मल्लवंशका पछिल्लो रुद्र मल्लकी छोरीसँग हरि सिंह देवका छोराको विहे भयो । तत्पश्चात कनाटवंशीयहरु मल्लको परिचयबाट पछिल्लोकालमा आफुलाई प्रस्तुत गर्न थालेको पाइन्छ ।
नेपालमा सेनवंशीयहरुको उदय
भारतीय प्रसिद्ध इतिहासकार राधा कुमुद मुखर्जीद्वारा लिखित प्राचिन भारत पुस्तकका अनुसार सेनवंशको संस्थापक सामन्त सेन भन्ने व्यक्ति जसको जन्म वंगालीको राढ नामक स्थानमा भएको थियो । र, उनी  ब्राह्मण क्षेत्रीय थिए । १२ औं शताव्दीमा विजय सेन नामक व्यक्तिले धेरै प्रदेशहरु जीतेर सत्ताको निर्माण गरेका थिए । र, विजय सेनले नेपाल र मिथिलाको भूभाग माथि आक्रमण गरी कब्जा गरेका थिए ।
विजय सेनका छोरा बल्लाल सेन ११६५ इस्वी देखि ११८५ सम्म शासन गरेका थिए । त्यसमा राढ, विरेन्द्र वागदी, वंग र मिथिला सँग सँगै नेपालमा पनि शासन गरेका थिए । लक्ष्मण सेनको शासनकालमा साहित्य, संगीतको निकै विकास भएको पाइन्छ । प्रसिद्ध संस्कृत गीत गोविन्दका रचयता जयदेव, कोषकार, छलायूद्ध, पवनदुत जस्ता साहित्यकारहरुले पनि योगदान दिएका थिए । 
अर्को ऐतिहासिक तथ्य अनुसार सेनवंशीहरु चितौडगढका सिसौदीया वंशीय राजपुत थिए । वंगाली सेन र सिसौटीया वंशज बीचमा कहाँनेर फ्युजन भएको हो इतिहासका पुस्तकहरुमा प्रष्ट हुन सकेको छैन ।
लोहाङसेन, राधव सेन, हारहर सेन, शुभसेन, मानिक सेन, हेमकर्ण सेन, दिगबन्धन लगायत सेनवंशीय शासकहरुले शासन गरेका थिए । र, यिनीहरुको राज्यको सीमा पुर्वमा मोरङ विजयसुर चौदम्वी, पश्चिममा अर्धाखाँची र गुल्मीसम्म, बीचको मकवानपुर लगायतका भु भाग रहेको थियो । यिनीहरुको शासन काल विक्रम सम्बत १३८१ देखि १८३१ सम्म रहेको थियो । यतातिर उपत्यकामा मल्लहरुको शासन विक्रम सम्बत १२७४ मा अरि मल्लको रुपमा सुरुवात भएको पाइन्छ । यता पृथ्वी नारायण साहको राज्य विस्तार अभियान विक्रम सम्बत १८०१ असोज १५ का दिन नुवाकोटमा आक्रमण गरी प्रारम्भ भई क्रमशः १८०३ मा कान्तिपुरमा विजय, किर्तिपुरमा विजय, १८२६ मंसिर १ मा भक्तपुरमा आक्रमण र पुर्वको एकिकरण अभियान १८२९ मा चौदण्डी विजयपुरको आक्रमण हुँदै १८३१ मा पृथ्वी नारायण शाहको मृत्यु भएको पाइन्छ ।
यसरी नेपालको समग्र ऐतिहासिक घटनाहरुको सिंहावलोकन गर्दा लगभग ३६ सय वर्षको इतिहास मध्ये शाह वंशको योगदान २ सय ६१ वर्षको २०६३ साल सम्ममा रहेको पाइन्छ । त्यस अलावा तराईवासी मधेसीहरु र आदिवासी जनजातिहरुको ३ हजार ३ सय ५० वर्षको नेपालको राष्टू निर्माणमा तराईवासी मधेसी आदिवासी जनजातिहरुको रगतले ढुङ्गा माटो रंगिएको छ । र, समग्रतामा नेपाल राष्टूको शिलान्यास देखि राज्य व्यवस्थाको प्रवन्ध तथा विस्तार सम्ममा मधेसी एवं आदिवासी जनजाति छँदैछ । तिनीहरुको नेपाल राष्टूको निर्माणमा प्रमुख भुमिका मात्र होइन स्वामित्व समेत रहेको पाइन्छ । र, यस अनुसार सम्पुर्ण राष्टू हाम्रो योगदानबाट नै बनेको हो । यसको कुनै खास भु भाग माथि मात्र हाम्रो दावी छैन । 
डा.सिके राउतले मधेसका इतिहास नामक पुस्तक लेख्दा मनुस्मृतिको अध्याय २ स्लोक ४१ अनुसार मधेसको सीमावारे उद्यरण प्रस्तुत गरेकैबाट प्रष्ट देखिन्छ । 
हिमवद्धिन्ध्ययो मध्ये यत्प्रगिवनशनदपि । 
प्रत्येक प्रयागाच्च मध्यदेश प्रकीर्तित ।
अर्थात हिमालय देखि विन्धय पर्वतको बीच तथा पुर्वमा प्रयाग, पश्चिममा विनाशन (सरस्वती नदीसम्म फैलिएको भुभाग नै ‘मधेस’ हो । जसअनुसार नेपालको वर्तमान भुमिमध्ये नयाँ मुलुकका केही भाग बाहेक कुनै ‘मधेस’ भित्र पर्दैन । जहाँ सम्म मम्झिम देशको विषय हो त्यो मल्ल गणराज्यको बारेमा उल्लेख भएको देखिन्छ । जो गोरखपुरको वरिपरि पर्छ ।
जहाँसम्म डा.सिके राउतले गण्डकभन्दा पुर्वको भुभाग वैवश्वत मनुका नाति इच्छाकुका छोरा ‘निमी’ नामक व्यक्तिलाई दिएको सन्दर्भ छ, त्यसको वास्तविकता अलग हो । निमिलाई अवध राज्यबाट निर्बासित गरी गण्डक पुर्वको भागमा जान विवश पारिएको थियो । जो भुमि खेति योग्य पनि थिएन । र, दलदल भुमि रहेको कारणले अत्यन्त कठिन प्रयास पश्चात त्यस भुमिलाई कृषि योग्य एवं वसोवास योग्य यत्रतत्र आगो बाली बनाइएको थियो । तत्पश्चात उनी एउटा विशाल यज्ञको आयोजना गरेका थिए, जसमा आफ्ना कुलगुरु बशिष्ठलाई यज्ञ सम्पादन गराईदिन अनुनय गरेका थिए । तर, उनी इन्द्रकहाँ जानु अनिवार्य भएको भनि वहाना बनाई यज्ञबाट पन्छिएका थिए । र, पछि गौतम ऋषिद्वारा त्यो यज्ञ सम्पादन गराइएको थियो । सो विषय बशिष्ठले थाहा पाउँदा उनले निमिलाई रिसाएर देह रहित हुने स्राप दिए । त्यो स्राप पाउनासाथ उनको शरीरबाट आत्मा निस्केको किम्वदन्ती छ । र, उक्त अवस्थामा गौतम ऋषिले राजा निमीको शरीर मन्थन गरी त्यसबाट एउटा बालक उत्पन्न भयो । मन्थनबाट नै उक्त बालकको उत्पति भएका कारण त्यो बालकको नाउँ ‘मिथि’ राखियो । जसबाट ‘मिथिला’ बनेको हो । विना माता पिताको बालक रहेकाले त्यो बालकको नाम ‘जनक’ राखियो । त्यहीँ देखि विदेह गणराज्य वा मिथिला र पछि तिरहुत आदि नामबाट यो भु भागलाई चिनिन थालियो । यसरी डा.सिके राउतका तथ्यहरु, तथ्यसंगत भन्दा पनि भावनामा वगेर इतिहासमा हुँदै नभएका विषयहरु काल्पनिक रुपमा उल्लेख गरिएको छ । र, नेपाल राज्यको निर्माणमा मधेसीहरुको भुमिकालाई झन उहाँले संकुचित गरी तराई सम्म सिमित गरेको देखिन्छ । (लेखक ः एकिकृत नेकपा माओवादीका पोलिटव्यूरो सदस्य हुन ।)

 २०७१ कार्तिक ३० गते आईतबार