Monday, December 12, 2016

यस कारण सिके राउतले राज्य विप्लव मुद्दामा पाए सफाई

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा.सिके राउत भनिने चन्द्रकान्त राउतलाई सर्बोच्च अदालतले ३ माघ २०७२ मा राज्य विरुद्धको अपराध (राज्य विप्लव) मुद्दामा सफाई दिएको थियो । २८ भदौ २०७१ मा मोरंगको सोराभाग गाविस वडा नं. ३ स्थित कर्सियामा मोरंग प्रहरीले सिके राउतलाई पक्राउ गरी राज्य विप्लवको मुद्दा लगाएको थियो । नेपाल राष्टूलाई टुक्रयाएर अलग मधेस राष्टू बनाउन लागेको भन्दै मोरंग प्रहरीले विशेष अदालत काठमाण्डौमा मुद्दा दर्ता गरेको थियो । १० बैशाख २०७२ मा विशेष अदालतका न्यायाधीशहरु मोहन रमन भट्टराई, पवन कुमार शर्मा र महेश प्रसाद पुडासैनीको इजलासबाट ५० हजार रुपैयाँ धरौटी राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश गरिएको थियो । तर, तत्काल राउतले उक्त धरौटी नबुझाएपनि ८ मंसिर २०७१ मा तारेखमा बसेका थिए ।


पछि ३ माघ २०७२ मा सर्बोच्च अदालतका न्यायाधीशद्वय बैद्यनाथ उपाध्याय र जगदीश शर्मा पौडेलको संयूक्त इजलासबाट राउतलाई सफाई दिइएको थियो । सर्बोच्च अदालतले राउतलाई सफाई दिँदा गरेको फैसलामा के भनिएको छ भने प्रतिवादीले जवर्जस्ती मानिसहरु भेलाजम्मा गराई डर त्रास देखाई आतंकित बनाएको तथा शान्ति सुरक्षामा खलल पार्न कार्य गरेको भन्ने देखिँैन । प्रतिवादीले यस ठाउँमा यस्तो बल प्रयोग गरी शान्ति अमनचयन भंग गरी अशान्ति मच्चाएको वा हुलदंगा गरी शान्ति र व्यवस्थामा खलल पु¥याई अव्यवथा उत्पन्न गरेको भन्ने मिसिल संलग्न कागजातबाट देखिँदैन । साथै प्रतिवादीबाट कुनै हातहतियार, आपत्तिजनक तथा संवेदनशिल विष्फोटक पदार्थ, प्रज्वलशील तथा मधेसलाई नेपालबाट विखण्ड गर्ने खालका कुनै बस्तु बरामद भएको नदेखिँदा प्रतिवादीलाई अभियोग दावी बमोजिम कसुरदार ठहर गर्न मिल्ने देखिएन ।
सर्बोच्च अदालतको फैसलाको पुर्ण पाठ ः
विशेष अदालत ऐन २०५९ को दफा १७ अनुसार यस अदालत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम ठहर यस प्रकारको छ ः

जिल्ला मोरंग सोराभाग गाविस वडा नं. ३ स्थित पुर्व रंगेली तर्फ जाने सडक, पश्चिम कर्सियातर्फ जाने सडक, उत्तर भलुवा राजाको मन्दिर र दक्षिण शिवगिरीको बाँस झ्याङ्ग यति चारकिला भित्र जिल्ला सप्तरी महादेवा ७ बस्ने चन्द्रकान्त राउतले सर्वसाधारण मानिसहरुलाईभेला जम्मा गरी गराई डरत्रास फैलाई आतंकित बनाई सामाजिक सदभाव भडकाउने, शान्ति सुरक्षामा खलल पुर्याउने जस्ता कार्य गरिरहेको अवस्थामा फेला पारी निजलाई नियन्त्रणमा लिइएको हो । निजले साथमा बोकेको टप पावर लेखिएको कालो झण्डा भित्र मधेस स्वराज डा.सिके राउत लेखिएको किताव थान १, स्वतन्त्र मधेस गठबन्धनको घोषणा पत्र लेखिएको गौतम बुद्ध, महात्मा गान्धी र नेलसन मण्डेलाको जस्तो तस्वीर भएको सानो किताव थान १, विर मधेसी डा.सिके राउत लेखिएको किताव थान १, अंग्रेजीमा मधेस तराई लेखिएको प्रोफाइल किताव थान १, कालो डायरीमा तन मन धन विद्या बचन समेत लेखिएको डायरी थान १, अंग्रेजीमा सोनी एचडी समेत लेखिएको भिडियो क्यामरा थान १, अंग्रेजीमा पानासोनिक लुमिक्स समेत लेखिएको क्यामरा थान १, कार्डरिडर थान १, ६४ एडी तथा १६ एमबी लेखिएको मेमोरिकार्ड थान २ समेतका सामानहरु फेला परेकोले बरामद भएको भन्ने घटना स्थल तथा खान तलासी बरामदी मुचुल्का ।

२८ भदौ २०७१, दिनको १७ः३० बजेको समयमा जिल्ला सप्तरी महादेवा गाविस वडा नं. ७ बस्ने स्वेताम्बर राउतको छोरा बर्ष ३६ को चन्द्रकान्त राउतले जिल्ला मोरंग सोराभाग गाविस वडा नं. ३ कर्सियामा सर्वसाधारण मानिसहरुलाई जवरजस्ती भेला जम्मा गरी आतंकित बनाई सामाजिक सदभाव भडकाउने कार्य गरिरहेको भन्ने जानकारी प्राप्त भयो । तत्पश्चात मेरो कमाण्डमा उक्त स्थानमा खटिईजाँदा निज चन्द्रकान्त राउतले सर्वसाधारण मानिसहरुलाई भेला जम्मा गरी डरत्रास देखाई आतंकित बनाई सामाजिक सदभाव भडकाउने, शान्ति सुरक्षामा खलल पार्ने जस्ता कार्य गरिरहेको अवस्थामा फेला पारी निजमा नियन्त्रणमा लिई निजको शरीर खानतलासी गर्दा माथि उल्लेख गरिएका सामग्रीहरु बरामद सहित निज चन्द्रकान्त राउतलाई पक्राउ गरी दाखिला गरेको छु । कानुन बमोजिम कारवाही गरी पाऊ भन्ने समेत बेहोराको प्रहरी नायव निरीक्षक राजेश दत्तको २८ भदौ २०७१ को प्रतिवेदन ।

२८ भदौमा पक्राउ गरी आएका चन्द्रकान्त राउतको साथबाट बरामद भई आएका किताव लगायतका सामग्रीहरु अध्ययन गर्दा निजले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्टिूय एकतामा खलल पारी नेपाल राष्टूलाई छुट्टै मधेस राष्टू बनाउने भनी प्रस्तावित झण्डा र राष्टिूय गान समेत तयार गरी नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्टिूय एकतामा खलल पार्ने नियतले अस्तव्यस्त बनाउने कार्य गरी राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६ अन्तरगत कसुर गरेको पाइएकोले निजबाट बरामद भई आएका किताव लगायतका सामग्रीहरुलाई प्रमाणमा लगाई सोही ऐन बमोजिम कारवाही गरी पाउ भन्ने समेत व्यहोराको प्रनानी राजेश दत्तको ३१ भदौ २०७१ को प्रतिवेदन ।

स्वतन्त्र मधेस गठबन्धनको घोषणा पत्रमा लेखिएको गौतमबुद्ध, महात्मा गान्धी र नेलसन मण्डेलाको जस्तो तस्वीर भएको सानो कितावको पेज नं. २ र ३ मा “स्वतन्त्र मधेस के प्रस्तावित झण्डा और राष्टू गान” शिर्षक दिई मधेस राष्टूको छुट्टै झण्डा तयार गरी नेपाल राष्टू र मधेस राष्टू छुट्टा छुट्टै देखिने् गरी सिमाङ्कन गरिएको र मधेस राष्टूको राष्टिूय गान निम्नानुसार तयार गरिएको पाइएको ।
कोशी, कमला, गण्डक काली, जनक सीता बुद्ध धारी । अनन्त उर्वर मधेस जय । सहस्र तलाव सरस मृणाली सुलभ समृद्ध सतत हरियाली । मनोरम महान मधेस जय । परित्राता परिपालक प्रभावशाली । अजित अधिप आभा भारी । मेधावी महारथी मधेस जय । जय जय जय मधेस जय । जय जय जय मधेस जय ।

सोही घोषणापत्रको अन्तिम पेजमा स्वतन्त्र मधेस गठबन्धन(एआईएम) की माँगे शीर्षकमा निम्नानुसार लेखिएको पाइएको ।
१.मधेसको सार्वभौम सम्पन्न देश घोषणा की जय । नेपाली उपनिवेशको अन्त हो ।
२. मधेसी राजनैतिक पार्टिया और नागरिक समाजको मिलाकर अबिलम्ब अन्तिरिम मधेस  और मधेस सरकारका गठन किया जाए, जो मेधसमे अगामी निर्वाचन कराने और संविधान बनानेका काम करेगी ।
३. मधेससे नेपाली राजके शासन संयन्त्र और प्रशासकको वापस लिया जाए । उसपर मधेस सरकार अपना शासन संयन्त्र और प्रशासक रखेगी ।
४. मधेस से नेपाल सरकार सम्पुर्ण कर और राजश्व वसुली अबिलम्ब बन्द करे । वह काम मधेस सरकार करेगी ।
५. मधेसके साधन, स्रोत, जल, जमिन और जंगल परसे नेपाल सरकारका आधिपत्य हटायाजाय ।
६. मधेस से नेपाल प्रहरी और सशस्त्र प्रहरी हटाकर मधेसीओको चुनकर मधेस प्रहरीका अबिलम्ब गठन किया जाए ।
७. मधेस से सम्पुर्ण नेपाली सेना हटाकर मधेसी सेनाका अबिलम्ब गठन किया जाए ।
८. मधेसीयो से हरण कि गई जमिनको वापस किया जाए और मधेस सरकारके मातहतमे रखा जाए ।
९. मधेस मे संयूक्त राष्टू संघ लगायत विश्वके राष्टूोके प्रतिनिधि रखनेके लिए आवश्यक प्रक्रियाको आगे बढाया जाए ।

प्रतिवादी चन्द्रकान्त राउतले लेखेको बरामद भई आएको मधेस स्वराज नामक कितावको पेज नम्बर ४० मा ‘नेपाल र मधेसलाई छु्ट्याएर अलग राष्टू देखिने गरी सिमाङ्कन गरिएको पाइएको’ । सोही कितावको तत्काल योजना शिर्षकको पेज नं. १८० मा ‘आप याद रखिए हमारे पाँच चरण “पाँच स” १.संजीवन, यानी प्रचार प्रसार करके लोगोमे जागृति पैदा करना, २. संगठन, यानी अपनी जगहोपर संगठन बनाना ।३. सम्बद्र्धन, यानी बिचार प्रचार विस्तार, विकास, विप्लव, तयारी और विशेष सम्बन्ध (५वि) । ४. संघर्ष, यानी महा आन्दोलन । ५. संरक्षण, यानी संयूक्त राष्टू संघमे दर्ता । कुटनैतिक नियोग खोलने÷खोलवाने लगायतके काम’ भनी राष्टू विप्लबको तयारी समेत लेखिएको पाइएको ।

बरामदी मुचुल्कामा उल्लेखित सामान मेरा हुन । बरामदी मुचुल्कामा भएको सहि छाप मेरो हो । मैले नेपालको दशगज्जा देखिा उत्तर, पुर्व मेची देखि पश्चिम महाकाली र उत्तरमा चुरे पर्वत सम्मको भुभागलाई नेपाल राष्टूबाट अलग्याएर छुट्टै मधेस राष्टूको स्थापना गर्न स्वतन्त्र मधेस गठबन्धनको पुस्तक तयार गरेको हुँ । मैले उठाएको स्वराज मधेसको समस्याको समाधानको उपाय भनेको मधेसलाई नेपाल राष्टूबाट नेपालको तराई भुभागलाई टुक्रयाएर छुट्टै मधेस राष्टूको स्थापना गर्नु हो । मधेस राष्टूको लागि माग गरेको भुभाग भारतको दशगज्जा देखि उत्तर चुरे पर्वत सम्मको पुर्व मेची देखि पश्चिम महाकाली सम्मको भुभाग हो । त्यसको लागि मैले तराईको विभिन्न १३ वटा जिल्लामा कार्यक्रम गरिसकेको छु । नेपाललाई टुक्रयाएर मधेस राष्टू बनाउने गठबन्धनको नेतृत्व मैले गरेको छु  भन्ने समेत वेहोराको प्रतिवादी डा. चन्द्रकान्त राउतले मौकामा गरेको बयान ।

प्रतिवादी चन्द्रकान्त राउतलाई मैले चिनेको थिएन । करिब डेढ बर्ष पहिला निज चन्द्रकान्त राउत भन्ने मानिस मैले संचालन गरेको विराटनगर १२ स्थित निलकण्ठ प्रिन्टिङ प्रेसमा आई आफुले साथमा ल्याएका ५÷७ वटा कितावहरु देखाई यी कितावहरु धेरै प्रति छपाउनु पर्ने छ । मेरो प्रेसमा मल्टिकलर मेसिन नभएकाले छपाउन सकिँदैन भनेपछि निजले किताव छपाईदिनु भनि कर गर्दा केही बेर डिस्कस पनि भएको थियो । निज त्यहाँबाट गएका हुन । निजले उक्त किताव के कहाँ छपाए मलाई थाहा भएन । निजलाई सोध्दा आफु मधेसवादी राजनीति गर्ने व्यक्ति हुँ भन्थे । पछि आएर डा.सिके राउतले लेखेका कितावहरु हेर्दा निजले नेपाललाई टुक्रयाएर छुट्टै मधेस राष्टू बनाउने, नेपाल राष्टूको सार्वभौमसत्ता र अखण्डतामा खलल पार्ने जस्ता कार्य गरी राज्य विरुद्धको अपराध कसुर गरेको थाहा भएको हुँदा निज उपर कानुन बमोजिम कारवाही होस भन्ने समेत वेहोराको देवेन्द्र बहादुर बस्नेतको कागज ।

प्रतिवादी डा.चन्द्रकान्त राउतको वेवसाइट सिके राउत डटकममा चिन र मधेसको बीचमा नेपाल तथा नेपाल र भारतको बीचमा मधेस राष्टू देखिने गरी सिमाङ्कन गरी मधेसको राष्टिूय झण्डा र राष्टिूय गान तयार गरी राखेको र मधेस राष्टूको भाषा, क्षेत्रफल तथा जनसंख्या समेत उल्लेख गरेको पाइएको ।

२८ भदौ २०७१ मा मोरंग सोराभाग ३ स्थित कर्सियामा चन्द्रकान्त राउत आएर कार्यक्रम गर्ने र निज अमेरिकामा बैज्ञानिकको काम गरेका मानिस हुन भन्ने हल्ला भएपछि हामीहरु उक्त स्थानमा गई कार्यक्रम हेरेर बसेका थियौं । निजले मधेसको बारेमा बोल्दा मधेस अंग्रेजले नेपाललाई उपहार दिएको हो । मधेस नेपालको नभई मधेसीहरुको हो । अब मधेसलाई नेपालबाट छुट्याएर छुट्टै राष्टू बनाउने कार्यमा म लागेको छु । मैले नेपालबाट तराई भागलाई छुट्याएर मधेस राष्टू बनाउनको लागि नेतृत्व गर्दै आएको छु । त्यसको लागि मैले किताव तथा घोषणा पत्र लेखि छपाएको छु । त्यसमा नेपाल र मधेस राष्टू छुट्टा छुट्टै बनाई सिमाङ्कन गरेको छु । मधेस राष्टिूय गान समेत तयार पारेको छु । अब नेपाली सेना, प्रहरी र कर्मचारीहरुलाई मधेसबाट हटाएर मधेसको लागि छुट्टै सेना, प्रहरी तथा प्रशासकिय कर्मचारीहरु नियूक्त हुन्छन् । मधेसका जनताहरुबाट नयाँ सरकार गठन गरी त्यस सरकारले मधेस राष्टूको संविधान बनाउँछ । मधेस राष्टूले संयूक्त राष्टू संघमा आफ्नो अस्तित्व र मधेस राष्टूको पहिचान सहित नेतृत् वगर्ने छ भनी अभिव्यक्ति दिएको थिए । निजका लेख रचना पर्चा र अभिव्यक्ति समेतबाट प्रतिवादी डा.चन्द्रकान्त राउतले नेपालको सार्वभौमसत्ता, राष्टिूय अखण्डतामा खलल पार्ने कार्य गरी राष्टू विप्लबको अपराध कसुर गरेका हुन भन्ने एकै मिलान बेहोराको बुझिएका डिल्लीराम डांगी र नेत्रबहादुर भट्टराईको कागज ।

माथि विवेचित तथ्य र प्रमाणहरुबाट प्रतिवादी डा.सिके राउत भन्ने चन्द्रकान्त राउतले मधेसलाई नेपाल राष्टूबाट टुक्रयाएर छुट्टै मधेस राष्टू बनाउने उद्देश्य साथ मधेस राष्टूको छुट्टै झण्डा, राष्टिूय गान, नेपाल तथा मधेसलाई छुट्टा छुट्टै देश बनाउने नक्सा समेत तयार गरेको र मधेसलाई नेपालबाट छुट्याउनु पर्छ भन्ने अभिव्यक्ति दिई सो अनुरुप लेख, रचना तथा किताव छपाएका छन् । यसबाट नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्टिूय एकतामा खलल पारी अव्यवस्था उत्पन्न गरेको सप्रमाण पुष्टि हुन आएको हुँदा प्रतिवादी डा.सिके राउत भन्ने चन्द्रकान्त राउतको उक्त कार्य राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६को दफा ३ को ३(१) नम्बरको कसुर गरेको हुँदा प्रतिवादी राउतलाई सोही ऐन बमोजिम साजय गरी पाउ भन्ने प्रतिवादी उपरको अभियोग दावी ।

म सन् २००९ देखि २०११ सम्म अमेरिकाको म्याजाचुसेट्स राज्यको क्यामकिज सहर स्थित विविएन टेक्नोलोजीज नामक रिसर्च अर्गेनाईजेशनमा बैज्ञानिकको रुपमा कार्य गरेको थिएँ । त्यसका साथै लगभग २००९ देखि नै ‘इजोत’ अभियान मार्फत नेपालमा सामाजिक कार्य गर्दै आएको छु । इजोत अभियान मुलुक भरमा कम्प्यूटर र इन्टरनेट साक्षरता, महिला साक्षरता, स्वास्थ्य सम्बन्धि चेतना मुलक कार्यहरु नेपालको पिछडिएको भाग तथा तराई क्षेत्रमा संचालन गर्दै आएको छु । मधेसको सिमाङ्कन नेपाल भित्र वा बाहिर भएपनि गर्न सकिन्छ । त्यसैले छुट्टै राष्टूको अर्थ दिनुपर्छ भन्ने छैन । स्वतन्त्र मधेस गठबन्धन एउटा अनौपचारिक समुह हो । जसले मधेसको हक र अधिकारको विषयमा कुरा उठाउने सोच लिएको छ । राष्टिूय गान र झण्डा कुनै पनि प्रदेश वा क्षेत्रको पनि हुन सक्छ । सोही अनुसार यो मधेस क्षेत्रको लागि हो, राष्टू टुक्रयाउने कुरा होइन । राष्टिूय एकता र समृद्धिको कुरो हो । म मिति २८ भदौ २०७१ मा मोरंग जिल्लाको सोराभाग भन्ने ठाउँमा संथाल जातीले आयोजना गरेको छाता मेलाको कार्यक्रममा प्रमुख अतिथिको रुपमा गएको थिएँ । त्यस ठाउँमा मैले आफ्नो बिचार कुनै कसैको सदभाव विथोलिने गरी राखेको होइन भन्ने समेत बेहोराको प्रतिवादी चन्द्रकिशोर राउतले विशेष अदालत काठमाण्डौमा गरेको बयान ।

प्रतिवादीले मौकामा अधिकार प्राप्त अधिकारी समक्ष साविती बयान गरेतापनि अदालतमा इन्कारी बयान गरेका छन् । अदालतमा बयान गर्दा मैले दावी अनुरुपका मानिसहरु जम्मा गराएको होइन । संथाल जातीको इतिहास र संस्कृतिको बारेमा मात्र बोलेको हो । कसैलाई डर त्रास देखाउने वा शान्ति भंग गर्ने कार्य गरेको छैन । मिसिल संलग्न कागजातहरुबाट प्रतिवादीले दावी अनुरुपको राज्य विरुद्धको अपराध र सजाय ऐन २०४६ को भावना र नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२ को उपधारा (३) (क)ले प्रत्याभुत गरेको अभिव्यक्तिको स्वतन्त्रताको महत्वलाई समेत मध्य नजर राखि राष्टू विप्लवको यर्थाथ स्थिति समेतलाई दृष्टिगत गर्दा यी प्रतिवादीलाई आरोपित कसुरमा थुनामा राख्नुपर्ने सम्मको अवस्था विद्यमान नदेखिएको हुँदा पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरी हाल यी प्रतिवादीबाट विशेष अदालत ऐन, २०५९ को दफा ७ (घ) बमोजिम रु. ५० हजार धरौटी माग गरिएको छ । सो बरावरको नगद धरौट वा जेथा जमानत दिए लिई तारेखमा राख्नु र सो दिन नसके अ.बं. १२१ नम्बर बमोजिम थुनुवा पुर्जी दिई थुनामा राखि मुद्दाको पुर्पक्ष गर्नुभनी विशेष अदालतबाट २८ असोज २०७१ मा भएको आदेश ।

प्रतिवादी डा.सिके राउत भन्ने चन्द्रकान्त राउतसँग विशेष अदालतले रु. ५० हजार धरौट माग भएकोमा सो धरौट निजले ८ मंसिर २०७१ मा बुझाई तारेखमा बसेको ।

अनुसन्धानको क्रममा गरिएको कागजको बेहोरा मैले भने बमोजिम लेखिएको ठीक साँचो हो भन्ने समेत बेहोराको वादीका साक्षी एकराज बस्नेत, मोहमद गुडु डिल्लीराम घिमिरे राकेश देव ढुण्डीराज न्यौपाने, शान्ताराम कार्की र प्रतिवेदक राकेश दत्त समेतको वकपत्र मिसिल सामेल रहेको ।

सन्थाल जातीको छाता मेलामा यी प्रतिवादी प्रमुख अतिथिको रुपमा गएको र सन्थाल जातिको बारेमा भाषण गरेका थिए । नेपाल टुक्राउने, भाषण गरेका थिएनन् भन्नेसमेत बेहोराको प्रतिवादीका साक्षीहरु देवेन्द्र प्रसाद वैश्य, चन्दनकुमार सिंह, सत्यनारायण खंग डा.परमेश्वर मुरभु समेतको बकपत्र मिसिल सामेल रहेको ।
प्रतिवादीबाट बरामद भएको भनिएका सामानहरुमा घोषणा पत्र केही पुस्तक, क्यामेरा, मेमोरी कार्ड र कार्ड रिडर जस्ता विधुतीय सामग्रीहरु रहेको देखिन्छ । उक्त पुस्तक र घोषणा पत्रमा उल्लिखत कुराका सम्बन्धमा प्रतिवादीले अदालतमा बयान गर्दा स्वतन्त्र मधेस गठबन्धन एआईएम एउटा अनौपचारिक समुह हो । जसले मधेसको हक अधिकारको विषयमा कुरा उठाउँछ । राष्टिूय गान र झण्डा कुनै प्रदेश क्षेत्रको पनि हुन सक्छ । राष्टू टुक्राउने कुरा होइन राष्टिूय सम्वृद्धिको कुरा हो । छुट्टै राज्य स्थापनाको कुरा होइन । जनताको शासनको कुरा हो भनी आरोपित कसुरमा इन्कारी बयान गरेको देखिन्छ । प्रतिवादीले यस ठाउँमा यस प्रकारको अशान्त, अव्यवस्था उत्पन्न गराएको तथ्य मिसिल संलग्न रहेको नदेखिँदा सिके राउत भन्ने चन्द्रकान्त राउतले आरोपित कसुर गरेको तथ्य पुष्टि भएको देखिएन । प्रतिवादी सिके राउत भन्ने चन्द्रकान्त राउतले आरोपित कसुरबाट सफाई पाउने ठहर्छ भन्ने विशेष अदालत काठमाण्डौको १० बैशाख २०७२ मा फैसला ।
विशेष अदालत काठमाण्डौको उक्त फैसलामा चित्त बुझेन प्रतिवादीले मोरंको कर्सियामा २८ भादौ २०७१ मा सर्वसाधारण नागरिक भेलाजम्मा गराई नेपालको सार्वभौमसत्ता, अखण्डता र एकतामा प्रत्यक्ष प्रभाव पार्ने भाषण गरेको आरोपमा पक्राउ परेका हुन । निजबाट बरामद भएका सामग्रीहरुबाट नेपाल राज्यलाई विखण्डन गरी तराईको भुभागलाई टुक्रयाएर मधेस राष्टू बनाउने उद्देश्यले झण्डा राष्टिूय गान छुट्टै बनाउने उल्लेख गरेका छन् । प्रतिवादीबाट बरामद भएको कितावमा मधेस सार्वभौम सम्पन्न देश घोषणा हो । जाय जस्ता कुराहरु लेखिएका छन् । प्रतिवादीले अदालतमा आरोपित कसुर अपराधमा इन्कारी बयान गरेको आधारमा मात्र प्रतिवादीलाई अभियोग दावीबाट सफाई दिन मिल्दैन । प्रतिवादीले राज्य विरुद्धको अपराध गरेको मिसिल संलग्न प्रमाणहरुबाट पुष्टि भएको अवस्थामा प्रतिवादीलाई अभियोग दावीबाट सफाई दिने ठह¥याएको विषेश अदालतको त्रुटिपुर्ण फैसला उल्टी गरी प्रतिवादीलाई अभियोग दावी बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको  पुनरावेदनपत्र ।

नियमबमोजिम पेशी सूचिमा चढी निर्णयार्थ यस इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित महान्यायाधीवक्ताको कार्यालयका विद्वान सहन्यायाधीवक्ता श्री गीताप्रसाद तिम्सिनाले प्रतिवादी डा.सिके राउत भन्ने चन्द्रकान्त राउतले मेधसलाई नेपालबाट टुक्रयाउने उद्देश्य लिई मधेसको छुट्टै झण्डा छुट्टै राष्टिूय गान तयार गरी मधेसलाई संयूक्त राष्टूसंघको सदस्य बनाउन लागी परेका छन् । मधेसलाई नेपालबाट टुक्रयाउनु पर्छ भनी अभिव्यक्ति दिई सो अनुरुपको लेख रचना र किताव छपाई नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्टिूय एकतामा खलल पारी देशमा अव्यवस्था उत्पन्न गरेको मिसिल संलग्न प्रमाणहरुले पुष्टि गरिरहेको अवस्थामा प्रतिवादीलाई अभियोग दावीबाट सफाई दिने ठह¥याएको विशेष अदालत काठमाण्डौको त्रुटिपुर्ण फैसला उल्टी गर्न प्रत्यर्थी झिकाई पाऊँ भनी बहस गर्नु गयो ।
विद्वान सहन्यायाधीवक्ताको उपर्यूक्त बमोजिमको बहस सुनि विशेष अदालत काठमाण्डौको फैसला मिलेको छ छैन, पुनरावेदन जिकिर पुग्न सकेको हो, होइन सो सम्बन्धमा इन्साफ   गर्नुपर्ने देखियो ।

इन्साफतर्फ विचार गर्दा प्रतिवादीले मोरंगको कर्सियामा मानिस जवर्जस्ती जम्मा भेला गराई नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्टिूय एकतामा प्रत्यक्ष आघात पार्ने गरी भाषण गरेको र मधेसलाई नेपालबाट टुक्राउने लेख, रचना, किताव प्रकाशित गरी मधेसका छुट्टै झण्डा, राष्टिूय गान बनाउने अभिव्यक्ति दिएका छन् । प्रतिवादीबाट बरामद भएका सामग्रीहरुबाट मधेस सार्वभौम देश घोषणा हो जाय भन्ने जस्ता कुराहरु उल्लेख भएको भेटिएबाट प्रतिवादीले देश टुक्राउने कार्य गरी राज्य विरुद्धको अपराध गरेको पुष्टि भएकाले प्रतिवादीलाई अभियोग दावी बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर रहेको देखियो ।

प्रतिवादीले नेपाल टुक्रयाई छुट्टै मधेस राज्य बनाउने उद्देश्यले अभिव्यक्ति दिने लेख, रचना र किताव लेखेर छपाई नेपालको नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्टिूय एकतामा खलल पु¥याई राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३(१) को कसुर अपराध गरेको हुँदा ऐ. ऐनको दफा ३(१) बमोजिम सजाय गरिपाऊँ भन्ने प्रतिवादी उपरको अभियोग माग दावी रहेको देखिन्छ । प्रतिवादीले अनुसन्धान अधिकारी समक्ष नेपाल राष्टूबाट तराई भुभागलाई टुक्रयाएर छुट्टै मधेस राष्टूको स्थापना गर्ने गठबन्धनको नेतृत्व मैले गरेको छु भनी आरोपित कसुरमा सावित रहेतापनि अदालतमा बयान गर्दा “इजोत” नामक अभियानमार्फत कम्प्यूटर र इन्टरनेट साक्षरता, महिला साक्षरता, स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्य गर्दछु । एआईएम एउटा अनौपचारिक समुह हो । यसले मधेसको आर्थिक आर्थिक सामाजिक र राजनैतिक अधिकारको विषयमा कुरा उठाउँछ । राष्टिूय गान र झण्डा कुनै पनि प्रदेशको हुन सक्छ । मैले मधेस टुक्रयाउने कुरा गरेको भनी दावी लिइएको ठाउँमा सन्थाल जातिले आयोजना गरेको कार्यक्रममा निजहरुको इतिहास र संस्कृतिमा विषयमा आफ्नो विचार राखेको हुँ । कुनै कसैको सदभाव विथोलिने र सामाजिक सुरक्षामा खलल पु¥याउने कार्य गरेको छैन । अनुसन्धान अधिकारी समक्ष भएको बयानको स.ज.८,९,१३,१८,२९,३१, र ३२ समेतका जवाफहरु मेरो इच्छा विरुद्ध मुद्दा चलाउने उद्देश्यले  आत्मनिष्ठ भई लेखिएको हो भनी आरोपित अभियोग दावीमा इन्कारी बयान गरेको देखिन्छ ।

प्रतिवादीले कसुर गरेको भनी दावी लिइएको राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३ मा राष्टू विप्लव भन्ने उल्लेख भई दफा ३(१) मा “कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्टिूय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा निजलाई जन्म कैद हुनेछ” भन्ने कानुनी प्रावधान रहेको देखिन्छ । यस दफाको अध्ययनबाट कसैले नेपालको नेपालको सार्वभौमसत्ता, अखण्डता र राष्टिूय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो  गर्ने उद्योग गरेको प्रमाणित भएमा राष्टू विप्लवको कसुर अपराध गरेको ठहर हुने देखिन्छ ।

नेपाल अल्प संख्यक समुदायको बाहुल्यता भएको देश हो । सबै समुदायको आर्थिक शैक्षिक र सामाजिक लगायतका विविध विकासका कार्यक्रम लागु गरी प्रगति उन्मुख गराउनु राज्यको प्रमुख दायित्व भित्र नै पर्दछ । तथापी यस्ता समुदायका नागरिकमा आआफ्नो भाषा संस्कृतिको ज्ञान, सिप आदिको विकास गर्न सोच राख्न वा त्यस विषयमा वाक वा प्रकाशन गर्न पाउने अधिकार निहित रहन्छ । आफ्नो समुदायको विकास समाजलाई चेतनशिल बनाउन अभिव्यक्ति दिन पाउने हकलाई निसन्देह कसैले पनि इन्कार गर्न सक्दैन । अल्पसंख्यक समुदायले केही हदमा स्वायत्तता एटोनोमी प्राप्त गर्न पनि सक्छन् । तर देशको कुनै एक क्षेत्र वा समुदायले पुर्ण स्वायत्तता एवसोलुट एटोनोमी प्राप्त गर्न भने सक्दैन । यीनै विचारहरुबाट शक्ति पृथकीकरणको सिद्धान्तबाट स्वराजको दर्शन आएको हो । यसको प्रयोग क्षेत्रगत तवरबाट गाविसलाई राज्यको केही शक्ति प्रदान गरिएको पनि छ । भाषा संस्कृति आदिको समुहगत वा प्रादेशिक तवरबाट पनि केही स्वायत्तता प्रदान हुन सक्छ । जे जसरी राज्यशक्तिको विकेन्द्रीकरण गरे पनि सबै समुहगत नागरिकहरु देशको विकासको मुलधारबाट अलग भई देशको नीति र अखण्डतामा प्रहार गर्ने कार्य भने राष्टू विप्लवको अपराध हुन जान्छ । त्यसको कर्य गर्ने देश द्रोही हो देश राष्टू विप्लव जस्तो कर्या क्षम्य हुन सक्दैन । यो दण्डनीय नै हुन्छ ।
अब प्रतिवादी सिके राउतको काम कारवाहीबाट राष्टिूय विप्लवको कसुर हुन गएको छ, छैन भनी बिचार गर्नुपर्ने देखिन आयो । निवेदकको काम कारवाहीमा सशस्त्र सहितको गतिविधि रहेको देखिँदैन । कुनै हतियार तथा विष्फोटक पदार्थहरु बरामद भएको अवस्था पनि देखिँदैन । तसर्थ निवेदकबाट भएको कार्यबाट विद्रोह इन्सोरजेन्सी भएको भन्न मिल्ने अवस्था रहेन । हतियारको प्रयोग नभएपनि कुनै खास समुदायलाई अर्को समुदायप्रति घृणा उत्पन्न गराउनु, लडाई झगडा गर्न उक्साउनु आदि जस्ता कार्यले तत्काल हतियार नदेखाएपनि निकट भविष्यमा हुलदङ्गा गर्ने सम्भाव्यता रहने अवस्था भने हुन्छ । तर प्रतिवादीको काम कारवाहीबाट त्यस्तो कुनै खास गम्भीर तवरको हुलदङ्गाको संभाव्यता रहेको देखिन पनि आएन ।
२८ भदौ २०७१ को खानतलासी÷बरामदी मुचुल्कामा मधेस गठबन्धन एआईएम को घोषणापत्र लेखिएको बुद्ध,महात्मा गान्धी र नेलसन मण्डेला जस्तो तस्विर भएको किताव १ थान, बीर मधेस डा.सिके राउत लेखिएको किताव १ थान मधेसका इतिहास डा.सिके राउत लेखिएको किताव १ थान, अंग्रेजीमा मधेस तराई लेखिएको प्रोफाइल किताव १ थान, क्यामेरा, कार्ड रिडर, ६४ एमबी तथा १६ एकबी लेखिएको मेमोरी कार्ड १ थान, मोरंग जिल्लाको सोराभाग गाविसको कर्सियाबाट बरामद भएको देखिन्छ । उपयूक्त बरामदी सामग्रीहरु हेर्दा घोषणापत्र, किताव, क्यामरा, मेमोरी कार्ड, कार्ड रिडर जस्ता विद्युतिय बस्तुहरु रहेको देखियो । उक्त सामग्रीहरु जनसाधारणले प्रयोग गर्ने सामानहरु रहेको देखिन्छ । ती सामग्रीहरु देशको  सार्वभौमसत्ता, अखण्डता र राष्टिूय एकतामा खलल प¥याउने तथा विद्रोह गर्न प्रयोग हुने खालको देखिँदैन । प्रतिवादीलाई २८ भदौ २०७१ मा मोरंग जिल्ला सोराभाग गाविस वडा नं. ३ मा जवरजस्ती मानिसहरु भेलाजम्मा गरी जनतामा डर त्रास फैलाई आतंकित बनाई सामाजिक सदभाव भडकाउने र शान्ति सुरक्षामा खलल पु¥याउने कार्य गरेको अवस्थामा पक्राउ गरिएको भन्ने प्र.ना.नि. राजेश दत्तको प्रतिवेदनाट देखिन्छ । तर मोरंग जिल्ला सोराभाग गाविस वडा नं. ३ कर्सियाका बासिन्दाहरुले प्रतिवादी सिके राउतले जबर्जस्ती मानिस भेलाजममा  गराई डर त्रास देखाएको, आतंकित बनाएको सामाजिक सदभाव भडकाएको र शान्ति सुरक्षामा खलल पार्ने कर्य गरेका भनी कहि उजुर आपत्ती गरेको देखिँदैन । जिल्ला प्रहरी कार्यालय मोरंगमा कार्यरत प्र.ना.नि. राजेश दत्तको प्रतिवेदनमा प्रतिवादीले के कस्तो व्यवहार गरेको सर्वसाधारण जनतामा डर त्रास देखाई आतंकित बनाएको हो ? सामाजिक सदभाव के कसरी भड्काएका हुन ? तथा शान्ति सुरक्षामा कसरी खलल पु¥याएका थि भनी उल्लेख गर्न सकेको देखिँदैन । सर्वसाधारण जनतामा डर त्रास देखाई आतंकित बनाउने सामाजिक सदभाव भड्काउने तथा शान्ति सुरक्षामा खलल पु¥याउने खालका गोली बन्दुक, बारुद्ध, बम तथा अन्य विष्फोटक पदार्थ प्रतिवादीबाट बरामद भएको देखिँदैन । प्रतिवादीले विशेष अदालतमा बयान गर्दा स.ज.२६ मा मोरंग जिल्लाको रंगेली भन्दा केही पश्चिम आमतोला भन्ने ठाउँमा सन्थाल जातीको बार्षिक कार्यक्रममा सन्थाल जातीको इतिहास र संस्कृतिका बारेमा संक्षिप्त बोलेको आधारमा पक्राउ गरिएको भनी बयान गरेको देखिन्छ ।
स्वतन्त्र मधेस गठबन्धन एआईएम को घोषणा स्वतन्त्र मधेसको छुट्टै राष्टिूय गान र झण्डा हुने गरी मधेसको सिमाङ्कन गरिने कुरा उल्लेख भएको देखिन्छ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशास, विकास र समृद्धिको आकांक्षा पुरा गर्न नेपालको संविधान जारी भएको देखिन्छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२ मा स्वतन्त्रताको हकको व्यवस्था गरेको देखिन्छ । धारा १२(१) मा प्रत्येक व्यक्तिलाई सम्मानपुर्वक बाध्न पाउने हक हुने दण्डको सजाय हुने गरी कुनै कानुन बनाइने छैन भन्ने व्यवस्था गरिएको छ । त्यसैगरी धारा १२(२) मा कानुन बमोजिम बाहेक कुनै पनि व्यक्तिको बैयक्तिको स्वतन्त्रता अपहरण हुने छैन भन्ने उल्लेख भएको पाइन्छ ।

त्यसैगरी धारा १२(३) मा प्रत्येक नागरिकलाई देहाय बमोजिमको स्वतन्त्रतामा हुनेछ ।
(क) विचार र अभिव्यक्तिको स्वतन्त्रता
(ख) विना हातहतियार शान्तिपुर्वक भेला हुने स्वतन्त्रता
(ग) राजनैतिक दल खोल्ने स्वतन्त्रता
(घ) संघ र संस्था खोल्ने स्वतन्त्रता
(ङ) नेपालको कुनै पनि भागमा आवत जातव र बसोवास गर्ने स्वतन्त्रता
(च) कुनै पेशा, रोजगार, उद्योग र व्यापार गर्ने स्वतन्त्रता

उपयूक्त सवैधानिक प्रावधानका आधारमा प्रतिवादीलाई आफ्ना विचारहरु अभिव्यक्त गर्ने, विना हातहतियार भेला हुने राजनीतिक दल खोल्ने तथा संघ संगठन खोल्ने नेपालको कुनै पनि भागमा आवतजावत र बसोवास गर्ने समेतका स्वतन्त्रताको हक संविधानले नै प्रत्याभुत गेको देखिन्छ । उपरोक्त स्वतन्त्रताहरु निरप्रेक्ष नभई सापेक्षित स्वतन्त्रता हुन । उक्त स्व्तन्त्रताहरुलाई राज्यले उचित कानुन बनाई संकुचन र नियन्त्रण गर्न सक्दछ ।

नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायूक्त देश हो । यी विविधताहरुका बीचको विभिन्न प्रकारका विभेदहरुको अन्त्य गरी आर्थिक सम्बृद्धि वा समतामुलक समाजको निर्माण गर्न राज्यले संंकल्प लिएको देखिन्छ । यस्तो अवस्थामा प्रस्तुत मुद्दामा प्रतिवादी डा.सिके राउतलाई २८ भदौ २०७१ मा मोरंगको सोराभाग भन्ने ठाउँमा सन्थाल जातीको कार्यक्रममा आफ्ना बिचार राखेर फर्कने क्रममा प्रहरीले पक्राउ गरेको मिसिलबाट देखियो । यसरी कुनै जाती विशेषको कार्यक्रममा विचार राखेकै आधारमा नेपाल सार्वभौमसत्ता, अखण्डता र राष्टिूय एकतामा आघात पार्ने कार्य भएको देखिँदैन । यतिकै आधारमा राज्य विरुद्धको अपराधमा अभियोग लगाई प्रतिवादीलाई कसुरदार ठहर गर्दा नागरिकको संविधान प्रदत्त सम्मान पुर्वक बाँच्न पाउने हक तथा विचार र अभिव्यक्तिको स्वतन्त्रतामाथि प्रत्यक्ष रुपमा संकुचन र नियन्त्रण गरेको मान्नु पर्दछ ।

प्रस्तुत मुद्दामा अनुसन्धानको क्रममा बुझिएका राकेश देव, डिल्लीराम घिमिरे, शान्तराम कार्की र ढुण्डीराम न्यौपानेले अदालतमा गरेको बकपत्रबाट प्रतिवादीले जवर्जस्ती मानिसहरु भेलाजम्मा गराई डर त्रास देखाई आतंकित बनाएको तथा शान्ति सुरक्षामा खलल पार्न कार्य गरेको भन्ने देखिँैन । प्रतिवादीले यस ठाउँमा यस्तो बल प्रयोग गरी शान्ति अमनचयन भंग गरी अशान्ति मच्चाएको वा हुलदंगा गरी शान्ति र व्यवस्थामा खलल पु¥याई अव्यवथा उत्पन्न गरेको भन्ने मिसिल संलग्न कागजातबाट देखिँदैन । साथै प्रतिवादीबाट कुनै हातहतियार, आपत्तिजनक तथा संवेदनशिल विष्फोटक पदार्थ, प्रज्वलशील तथा मधेसलाई नेपालबाट विखण्ड गर्ने खालका कुनै बस्तु बरामद भएको नदेखिँदा प्रतिवादीलाई अभियोग दावी बमोजिम कसुरदार ठहर गर्न मिल्ने देखिएन ।

अतः माथि उल्लिखत आधार र कारण समेतबाट प्रतिवादी डा.सिके राउत भन्ने चन्द्रकान्त राउतलाई अभियोग दावीबाट सफाई दिने ठह¥याएको विशेष अदालत काठमाण्डौको १० बैशाख २०७२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीलाई अभियोग दावी बमोजिम सजाय गरिपाऊँ भन्ने पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीबाट लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु ।

२०७३ मंसिर २६ गते आईतबार