Tuesday, May 16, 2017

अजब–गजब छ बा ! सुदर्शन सिंह

मुर्ख जनकपुरवासी तैले बुझ्छस । हाम्रो प्राविधिक कार्य हो यो, भ्रष्टाचार होइन । रमण कन्स्ट्रक्शनको नयाँ अविष्कार पो हो त !

२०७४ बैशाख ३१ गते आईतबार

सन्दर्भ ः जनकपुरबाट पहाडे समुदायको पलायन पलायनको क्रम अझै जारी, चौतर्फी असर

मृतक निरौलाकी पत्नी सुभद्रा निरौला
मृतक पतीको तस्वीर साथ जनकपुर स्थित निवासमा ।
अजय अनुरागी
जनकपुरधाम............
घटना १
आन्तरिक राजश्व कार्यालय जनकपुरका कर्मचारी कुमार निरौलालाई जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका  कार्यकर्ताहरुले ३० मंसिर २०६५ मा गोली प्रहार गरी हत्या गरे । मृतक निरौलाका श्रीमति सुभद्रा निरौलाका अनुसार निरौला खाना खाईरहेकै बेला उनको मोवाईलमा फोन आयो । फोन उनले नै उठाएकी थिईन । को बोलेको भनेर सोध्दा म तपाईको मित्र अविनाश मुक्ति भनेर जवाफ आयो । कुमार दाईलाई फोन दिनुस भनेर मलाई भन्यो । मैले बुझें कि यो बदमाश मान्छे हो त्यसकारण मैले झुठो बोल्दै दाई त यहाँ हुनुहुन्न, काठमाण्डौ जानु भएको छ भन्दै जवाफ दिएँ । तँ झुठो बोल्छेस, अहिले भर्खरै जानकी मन्दिरबाट माला लगाई आएको होइन, म पनि पछि पछि आएको हो भनेर मलाई धम्की दिएपछि मैले फोन काटें ।
अनि मैले यो अविनाश मुक्ति को हो भनेर उहाँ (कुमार निरौला) लाई सोध्दा होईन केही पनि होईन, तेल मागिराखेका होलान्, चन्दा मागि रहन्छन्, आत्तिनुपर्दैन भनेर मलाई भन्नु भयो । मैले भनें, आज अफिस नजानुस् । घरमा एक महिनाकी सुत्केरी छोरी पनि थिईन । तर, उहाँले मान्नु भएन । जानै पर्छ अफिस त । हाकिमहरु त्यस्तालाई चन्दा दिँदैनन् । मैले नै सबै सम्हाल्नुपर्छ । फेरी अफिसमा काम पनि धेरै छ । जानै पर्छ भन्दै उहाँ घरबाट अफिसका लागि हिँड्नु भयो । घरबाट उहाँ निस्केको केही मिनेटमै सडकमै उहाँलाई गोली हानेर अपराधिहरु फरार भईसकेका थिए । गोली पड्केको आवाज सुन्ने वित्तिकै मलाई के लाग्यो भने उहाँलाई त मारिदिएन भन्दै चिच्याउँदै सडकमा गएपछि उहाँको कम्मरमा पेस्तोल गडेको देखें । म त्यही बेहोस भएँ । मलाई पनि जनकपुर अञ्चल अस्पताल लगिएको रहेछ । दवाई खुवाई राख्दै गरेका रहेछन्, मलाई त्यहाँ । उहाँ त घटना स्थलमै वितिसक्नु भएको थियो । २८ बैशाख २०७४ मा द एक्सक्लुसिभका सम्पादक अजय अनुरागी मृतक निरौलाकी पत्नी सुभद्रासँग त्यो घटनाको बारेमा जानकारी लिन खोज्दा गहभरी आँशु झार्दै त्यो दिन जसो तसो स्मरण गर्न सकेकी थिईन । अविनाश मुक्ति राजन मुक्ति समुहका धनुषाका कमाण्डर थिए । पछि उनी पनि बार्ता कालमा सार्वजनिक भएका बेला स्थानीयवासीहरुको कुटाईबाट मारिएका थिए ।
निरौलाको कोईकसैसँग दुश्मनी पनि थिएन । विगतमा माओवादीहरुले चन्दा माग्दा चन्दा उनले दिएकै थिए । २०६४ सालमा सात÷आठ जना माओवादीहरु हातहतियार सहितै जनकपुरको निवासमा आएका थिए । उनीहरुले ५० लाख रुपैयाँ चन्दा मागेका थिए । तर, हामीले १ लाख त देखेका छैनौं, ५० लाख कहाँबाट दिने भनेर भन्दा तेरो घरमा हामी राति बम हान्छौं भन्दै दुई जना माओवादी त राति पनि घरमै बसे । अन्ततः हामीहरुले २५ हजार रुपैयाँ चन्दा दिन बाध्य भयौं । अब तपाईहरु डराउनु पर्दैन, हामी भएपछि तपाईहरुलाई कसैले केही गर्न सक्दैनन्, भन्दै ती माओवादीहरु फर्किए । उक्त घटनाको १०÷१५ दिन पछि साँझको समयमा घरको अगाडी गेटमै २÷४ जनाको समुहमा आएका व्यक्तिहरुले दुई फायरिङ्ग गरे । त्यसपछि मेरो घरको छतमा आएर बम राखिदिएको रहेछ । मैले त त्यो केही सामान हो कि भनेर घरमा लगेर राखेको थिएँ, पछि एक जना भाईले त्यो बम हो भनेपछि बारीमा फालें । पुलिसलाई खबर गरेपछि बम डिस्पोज गरियो । बम त निकै ठुलो रहेछ । ठुलै आवाज आएको थियो । धन्न त्यो बम विस्फोट घरमा भएनछ, र हामी बाँच्यौं । सुभद्रा निरौला सम्झिन्छन्, उहाँको हत्या भएको दिन अघिसम्म विरामी हुनुहुन्थ्यो । किड्नीमा पथ्थरी रहेका कारण काठमाण्डौको ओम हस्पिटलमा ३ महिनासम्म भर्ना भई अप्रेशन गरिएको थियो । हामी अध्यात्मिक मान्छे भएका कारण पनि दुई तीन महिनामा एक पटक जानकी मन्दिरमा साधुहरुलाई भण्डारा खुवाउँथ्यौं । त्यो दिन पनि हामी दुई जना जानकी मन्दिर गएर पूजा गरी फर्केका थियौं । उहाँ त्यो दिन अफिसको लागि नहिँडेको भए सायद आज बाँचेकै हुनुहुन्थ्यो, रुँदै ५५ बर्षिय सुभद्राले गुनासो सुनाईन ।
आन्तरिक राजश्व कार्यालय जनकपुरका कर्मचारी कुमार निरौलाको भूमिगत समुहले हत्या गरेका थिए ।
जनकपुर स्थित निवासमा ।
निरौलाको हत्या भईसकेपछि तपाईको छोरालाई पनि मारिदिन्छ, तपाईलाई पनि मारिदिन्छ भन्दै केही मानिसहरु महिनौंसम्म घरमा आई घर बेचेर जान भनिरहे । तर, जे हुन्छ हुन्छ म जान्न भनेर अठोट गरें । बरु आफु मर्नै परे यही मिथिलाधाममा मर्छु भन्दै एक छोरा र चार छोरीहरुलाई पाल्दै बसें । पछि त कतिसम्म भयो भने निरौला दाईलाई मार्ने मान्छेलाई ल्याईदिन्छु, १० लाख, ५ लाख रुपैयाँ दिनुस् भन्नेहरु पनि घरमा आए । तर, मैले कसैको पनि सुनिन । राजन मुक्ति पक्राउ परेपछि मैले उसलाई हेर्न भने गएको थिएँ । जनकपुरमै रहिरहेकी सुभद्रा भन्छन,“जे हुनु थियो त्यो भईसक्यो, अहिले यहाँ मलाई सबै छिमेकीले सम्मान दिईरहेका छन् । यहाँबाट विस्थापित भई काठमाण्डौ गएकाहरु फोनमा मलाई भन्ने गर्छन्, तपाईलाई त्यत्रो वित्यो तर पनि तपाईले डटेर परिस्थितिको मुकाविला गर्नुभयो । तर, हामी आफ्नो घरवार बेचेर काठमाण्डौ विस्थापित भयौं, नहुनु पर्ने रहेछ ।”
घटना २
जचुकालिका कर्मचारी श्रवण श्रेष्ठको भूमिगत समुहले अपहरण पश्चात हत्या गरेपछि उनका परिवारले जनकपुरको
स्टेशन एरिया स्थित घर बेचेर काठमाण्डौ पलायन भएका छन् ।

जनकपुर १ मा घर भई जनकपुर चुरोट कारखाना लिमिटेडमा कार्यरत कर्मचारी श्रवण कुमार श्रेष्ठको २१ बैशाख २०६२ मा गोली हानी हत्या गरिएको थियो । साँझ रक्सी खाने उनको वानी थियो । २० बैशाखका साँझ साथी भाईहरुसँगै खानपिन गर्न सदरमुकाम जनकपुरबाट ५÷६ किलोमिटर पुर्व तारापट्टी सिरसियामा गएका थिए । त्यहीबाट जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका भुमिगत गिरोहहरुले उनको अपहरण गरेको थियो । फिरौती पनि मागियो । १ देखि डेढलाख रुपैयाँसम्म फिरौती बुझाउने मोटामोटी कुरा मिलिसकेको थियो । तर, प्रहरीले त्यस एरियामा छापामारी तिब्र बनाएपछि ती अपराधिहरुले श्रेष्ठलाई गोली हानी हत्या गरी नदिको किनारमा फालिदिएको थियो । श्रेष्ठको हत्या भएको केही बर्ष पछि उनका श्रीमति सरिता श्रेष्ठ जनकपुरको घर बेचेर काठमाण्डौ विस्थापित भए । जनकपुरको भानु चौकमा फर्निचरको पसल संचालन गरिरहेका मृतक श्रेष्ठका आफन्त समिर माथेमाका अनुसार जनकपुरमा उहाँहरुलाई बस्न गाह्रो भयो, केटा केटी पनि जनकपुरमा नबस्ने भएपछि घर बेचेर उनीहरु काठमाण्डौ पलायन हुन बाध्य भए ।
घटना ३
जेठो छोरा यूवराज खाँतीको घरमा एक्लै बसोवास गरिरहेका
मृतक खाँतीका ८३ बर्षिय बुवा टक बहादुर खाँती ।
५ फागुन २०६५ मा जनकपुर चुरोट कारखाना लिमिटेडका सुपरभाईजर पदमा कार्यरत ४८ बर्षिय नरेन्द्र खाँतीको गोली हानी हत्या गरिएको थियो । जनकपुर १ निवासी खाँतीलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समुहका धनुषा इन्चार्ज सुर्यदेव सिंहले जनकपुर २ स्थित किशोरी नगरमा हिंडिरहेको अवस्थामा घाँटी र पेटमा नजिकबाट गोली हानी हत्या गरेको थियो । खाँती खेलाडी भएका कारण जनकपुर चुरोट कारखानाले जागिर दिएको थियो । खाँतीको हत्या पछि उनका श्रीमति कमल खाँती, छोरा कृत खाँती र छोरी कृती खाँतीलाई लिएर काठमाण्डौ पलायन भए । जनकपुरमा रहेको घर बेचेर तिनीहरु काठमाण्डौ बसोवास गरिरहेका छन् । जेठो दाई यूवराज खाँतीको छोरा अमेरिकामा रहेकाले उनी पनि काठमाण्डौमा छन् । जेठो छोरा यूवराज खाँतीको जनकपुर स्थित घरमा एक्लै बसिरहेका मृतक नरेन्द्र खाँतीको बुवा टंक बहादुर खाँतीका अनुसार त्यो दिन भुमिगत समुहले कुनै न कुनै पहाडे मानिसलाई मार्नु थियो, मेरै छोरा परेको रहेछ । हुन त हामीले कसैको केही विगाड गरेका थिएनौं, तै पनि मेरो छोरालाई किन हत्या गरियो, अहिलेसम्म थाहा पाउन सकिएको छैन । छोराको हत्या भएपछि बुहारी आफ्ना भाईहरुसँग नजिक भए । भाईले नै भनेपछि बुहारीले जनकपुरको घर बेचेर काठमाण्डौ गईन ।
भूमिगत समुहले जचुकालिका कर्मचारी नरेन्द्र खाँतीको
हत्या गरेपछि खाँतीका परिवारले जनकपुरस्थित
घर बेचेर काठमाण्डौ पलायन भएका छन् ।
घटना ४
गौतम ढुङ्गेल (६०) जनकपुरको विद्यापति चौकमा पुस्तक पसल संचालन गरि जिविकोपार्जन गरिरहेका छन् । २०१२ सालमा जनकपुरमै जन्मिएका ढुङ्गेल विद्यार्थी  राजनीति देखि नै सक्रिय छन् । गिरिराज मणि पोखरेल अनेरास्ववियूको अध्यक्ष भएका बेला ढुङ्गेल महासचिव थिए । लिलामणि पोखरेल अध्यक्ष भएका बेला उनी सचिव थिए । एकातिर पोखरेलद्वय अहिले नेकपा माओवादी केन्द्रको शिर्ष नेताको रुपमा स्थापित छन् भने अर्को तर्फ ढुङ्गेल माओवादी केन्द्रको धनुषाको जिल्ला स्तरीय कार्यकर्तामै सिमित हुनुपरेको छ भने आफ्नो जिविकोपार्जनको लागि जनकपुरमा पुस्तक पसल संचालन गर्नु परेको छ ।
गौतम ढुङ्गेलका सहोदर ८ जना दाजुभाईहरु मध्ये ७ जना जनकपुरबाट विस्थापित भईसकेका छन् । मधेस मुक्तिको नाउँमा जनतान्त्रिक तराई मुक्ति मोर्चा नामक सशस्त्र समुहहरुको धम्की, मधेस आन्दोलनका दौरान पहाडे समुदायलाई लक्षित गरी गरिएको आक्रमणका कारण उनीहरु पलायन भए । गौतमका दाई केशव ढुङ्गेल जो नेपाली कांग्रेस धनुषाका उपसभापति तथा जनकपुर नगरपालिकाका वडा अध्यक्ष समेत भईसकेका व्यक्ति थिए, उनी पनि अन्ततः पलायन हुनु पर्यो । जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समुहका एक जना कमाण्डरले उनलाई ज्यान मार्ने धम्की दिएका थिए । उनको धम्कीलाई कांग्रेस धनुषाले पनि गम्भीरतापुर्वक लिन नसकेपछि अन्ततः उनी जनकपुरबाट पलायन भए । कांग्रेस भित्रको केही नेताहरु पनि ढुङ्गेल धपाइएपछि आफ्नो राजनीतिक करियर बन्ने ठानेर मौन नै बसे ।
आफ्नै सहोदर दाजुभाईहरु काठमाण्डौ पलायन भईसके पनि
जनकपुरको मुरली चौकमा पुस्तक पसल संचालन गर्दै गौतम ढुङ्गेल ।
गौतम ढुङ्गेल भन्छन,“ २०६२÷०६३ सालको प्रथम मधेस आन्दोलनका समय मेरो पुस्तक पसलमा आगजनी गर्न पनि आन्दोलनकारीहरु नआएको होइन । तर, घरबेटी प्रमोद झाले मेरो घर जलाउन दिन्न भनेपछि मात्र तिनीहरु फर्किए । अर्को दिन पसलमा ढुङ्गा मुढा गर्न आउँदा कृष्ण झाले  रोकेका थिए ।” ढुङ्गेल थप्छन,“ मधेस आन्दोलन दौरान २२ दिनसम्म कदम चौकको घरमा बाल बच्चा परिवार सहित थुनिएर बस्नुपर्यो । छरछिमेकले तरकारी किनेर ल्याईदिन्थ्यो ।” उनका सबै दाजु भाई काठमाण्डौ पलायन भए पनि आर्थिक अवस्था कमजोर रहेको र पसलबाट हुने आम्दानीले छोरा छोरी तथा परिवार पाल्न सकिने हुनाले गौतम पलायन हुन तयार भएनन् । जे हुन्छ, देखा जाला, मैले कसैको केही विगार गरेको छैन, मलाई मारे पनि, नमारे पनि जनकपुर छोडेर जान्न, आत्मविश्वासका साथ जनकपुरमै बसेका गौतम ढुङ्गेल अहिले मज्जाले बसेका छन् ।
ढुङ्गेल परिवार भंmंै जनकपुरमा बर्षौं देखि बसोबास गर्दै आएका पहाडे समुदायहरु जनतान्त्रिक तराई मुक्ति मोर्चा र त्यसमा पनि खासगरी राजन मुक्ति भनिने रंजित झा र आकाश त्यागी भनिने राम यादव गरी दुई छु््ट्टा छुट्टै भुमिगत समुहको आतङ्क र मधेस आन्दोलनको क्रममा उच्छृङ्खल व्यक्तिहरुद्वारा भएको आक्रमणका कारण पलायन हुनु पर्यो । जनकपुरमा करिब १७ सय घर परिवार पहाडे समुदायका थिए । थापा चौक, मुर्ली चौक, कदम चौक, भानु चौक, किशोरी नगर, ब्रम्हपुरी, आनन्दनगर, पिडारी चौक, शान्तिनगर, लगायतका चौकहरुमा पहाडे समुदायहरुको सघन बसोवास थियो । तिनीहरुको आतंकका कारण जनकपुरबाट मात्रै करिब पहाडे समुदायका १४ सय घर परिवार पलायन भएका छन् । पहाडे समुदायहरुको ३ सय घर जति पनि अब जनकपुरमा नरहेको बताइन्छ ।
जनकपुरका हाइप्रोफाइल व्यक्तिहरु वरिष्ठ अधिवक्ताद्वय लक्ष्मी बहादुर निराला, रामजी प्रसाद मैनाली, जनकपुर चुरोट कारखानाका इन्जिनियर सुन्दर राज वली, जचुकालीकै क्षेत्रिय निर्देशक सुशिल कोइराला विस्थापित हुनु पर्यो । जानकी माविका नेपाली विषयका शिक्षकद्वय केदार नेपाल, दुर्गा प्रसाद कोइराला, गणित विषयका शिक्षक दिलिप माथेमा जस्ता स्थापित शिक्षकहरु जनतान्त्रिकहरुको धम्की थेग्न नसकेपछि काठमाण्डौ सरुवा गराएर पलायन भए । त्यसैगरी ठेरा घर भई बेंगाडावर स्रोतकेन्द्रमा स्रोत व्यक्ति रहेका प्रयागराज काफ्ले पनि अन्ततः घर जग्गा बेचेर पलायन हुनु पर्यो । राराब क्याम्पसका प्राध्यापकहरु ईश्वर उपाध्याय, बद्री दाहाल, माधव ढुङ्गाना लगायतले सरुवा गराएर जानु पर्यो ।
त्यसैगरी यहाँ बसेर राजनीति गर्नेहरु एमाले नेता सनत सुवेदी, जनमोर्चा नेपालका धनुषा अध्यक्ष लक्ष्मण सिंह, कांग्रेस धनुषाका उपसभापति केशव ढुङ्गेल लगायत थुप्रै नेताहरु पनि घर जग्गा बेचेर पलायन हुन थाल्यो । कतिपय हुने खाने सम्पन्न व्यक्तिहरु राजधानी काठमाण्डौ गए, मध्यमवर्गीयहरु हेटौडा तिर गए भने नहुने व्यक्तिहरु बर्दीवास गौरीडाँडा, सिन्धुली लगायत आफन्तहरु बसोवास गरेको थातथलो र पायक पर्ने ठाउँतिर मुभ गरे ।
नेपाली कांग्रेसका नेता समेत रहेका जनकपुरका पुर्व मेयर कृष्ण गिरीले आफ्नो रामा होटेल बेचेर काठमाण्डौ जाने हल्ला पनि चल्यो । पछि उनी गएनन् । धनुषा निर्वाचन क्षेत्र नं.४ का पुर्व सांसद तथा राप्रपाका नेता कृष्ण प्रताप मल्ल पनि जनकपुरको घर बेचेर काठमाण्डौ गए । यसरी जनकपुरका पहाडे समुदायका नेतृत्वहरु, समाजका अगुवाहरु नै घर बेचेर पलायन हुन थालेपछि भू(माफियाहरु झन झन सलबलाउन थाले ।
जनकपुरमा बसोवास गरिरहेका समिर माथेमा भन्छन,“ त्यसपछि त के भयो भने जनकपुरमा पहाडे समुदायको मरन हरणमा समेत मलामी जाने मान्छे भेटिएन । जनकपुरको देवी चौकमा श्रेष्ठ थरको एक जना हवलदार मरिसकेपछि मलामी जाने जम्मा ३÷४ जना मात्र थिए । मरन हरण, विवाह शादीमा आफ्नो समुदायका मान्छे नरहने हो भने धेरै गाह्रो हुन्छ । त्यसैले धेरै मानिसहरु अहिले पनि पलायनको क्रममा छन् ।” जनकपुरमा अहिले पहाडे समुदायहरुलाई कहि कतैबाट कुनै किसिमको खतरा छैन । भुमिगत समुहहरु पनि अब सिद्धिए । तर पनि आफ्नो समुदायका मान्छेहरु नै नरहने भएपछि पहाडे समुदायहरु पलायन हुनुपर्ने बाध्यता रहेको माथेमा बताउँछन् । खास गरी के भयो भने पहाडे समुदायहरुसँग गुठी थियो । गुठीका अध्यक्षहरु पनि यहाँ बसेनन् । गुठीको काम के थियो भने पहाडे समुदायमा कसैको उत्सव होस वा मरन हरण, बाहुन, क्षेत्री, नेवार जुनसुकै समुदायका मानिसहरुलाई बोलाएर ल्याउँथे । र, सामाजिक कामहरु पनि एक आपसमा मिलेर गर्नेगर्थे । तर, गुठी गईसकेपछि सबै विस्तारै पलायन हुने क्रम जारी छ ।
नेपाली कांग्रेस धनुषाका नेता तथा महाधिवेशन प्रतिनिधि प्रफुल्ल राज घिमिरेका अनुसार जनकपुरमा धेरै पहिले देखि बसोवास गरिरहेका पहाडे आदिवासीहरु, राजनीतिमा स्थापित भई बसोवास गरिरहेका अगुवाहरु नै त्रसित भई पलायन हुने क्रम बढेपछि बाँकी रहेका जनकपुरका पहाडेहरुमा पर्व, पूजापाठ, आउभगत, संस्कृति आदिमा पनि ठुलै प्रभाव परेको छ । मिश्रित संस्कृतिको जुन प्रभाव थियो त्यो अब रहेन । जनकपुरका पहाडे समुदायहरु पनि मधेसी समुदायले मनाउने पर्व होली, तिहार, छठ, चौरचन, तिज लगायतका पर्वहरु मनाउँथे । तर, अब त्यो अवस्था देखिँदैन । जसले गर्दा सांस्कृतिक तथा धार्मिक परम्परामा समेत ह्रास आएको छ । पछिल्लो समयमा पनि पहाडेहरुको पलायन स्वाभाविक रुपले पनि निरन्तर रहेकोले त्यसलाई रोक्न यहाँका राजनीतिक दलहरुले एउटा माहौल बनाउनु जरुरी छ । जनकपुर एउटा धार्मिक तिर्थस्थल रहेका कारण पहाडे समुदायका बुढापाखाहरु मोक्ष प्राप्ति गर्नका लागि जनकपुरमै मृत्युवरण गर्ने उद्देश्यले बसिरहेका छन् । ती बुढापाखाहरुलाई संरक्षणका लागि तिनका छोराहरु हाल जनकपुरमा रहेपनि आउँदो पुस्ता पलायन हुने सम्भावनालाई नकार्न सकिन्न । नेपाली कांग्रेसका नेता घिमिरे भन्छन,“जनकपुर एउटा तिर्थ स्थल हो । भारतको बनारस र हरिद्वारमा मान्छे मोक्ष पाउने उद्देश्यले मृत्युवरण गर्न जसरी जान्छन् त्यसैगरी जनकपुरमा पनि पहाडे समुदायहरु आउने गर्छन् । कतिपय बसोवास गरेर बसिरहेकाहरुलाई रोक्नका लागि राजनीतिक दलहरुबाट समेत पहलकदमी लिनु जरुरी देखिन्छ ।”
मधेस आन्दोलन र जनतान्त्रिक समुहहरुको धम्की मुख्य कारण त थियो नै तर, तिनीहरु पलायन हुनु पछाडी जनकपुरका भू(माफियाहरुको षडयन्त्र प्रमुख कारण थियो । त्यस्ता भू(माफियामा मधेसी र पहाडे समुदायका व्यक्तिहरु पनि थिए । ती भू(माफियाहरुको भुमिगत सशस्त्र संगठनहरुसँग मिलेमतो थियो । उनीहरुले यहाँ बसोवास गर्ने पहाडे समुदायको फोन नम्बर दिएर भुमिगत समुहबाट धम्की दिलाउने, ज्यान जोगाउन भन्दै ती पहाडे समुदायहरु बर्षौ देखि बसोवास गर्दै आएको घर घडेरी कौडीको भाउमा बेचेर जानु र अर्को तिर महँगो जग्गा किनेर बसोवास गरेका पहाडे समुदायहरुको पीडा शव्दमा व्यक्त गर्न सकिन्न । पलायन भएका एक जना भन्छन,“सधंै जनकपुरमा बसियो, नयाँ ठाउँमा आएर बस्नु पर्दा घुलमिल गर्न धेरै गाह्रो परिरहेको छ । जसो तसो जीवन गुजार्नु परिरहेको छ । जनकपुरको सधैं याद आउँछ । माहौल शान्त भयो भनेर सुनेको छु । तर, त्यहाँ अब गएर बसोवास गर्न सकिने सामथर््य छैन । किनभने जनकपुरको जग्गा अब धेरै महँगो भईसक्यो ।”
तत्कालिन स्ववियूका सभापति ज्ञानेन्द्र यादव लगायत ३÷४ जना विद्यार्थी नेताहरुले असुरक्षित बनेका छात्राहरुलाई रेस्क्यु गर्नु परेको थियो । खास गरी मधेस आन्दोलनका क्रममा विभिन्न मानिसहरु विभिन्न स्वार्थले लागेका थिए । केही मानिसहरु मुद्दा प्रति समर्पित थिए, कोही आन्दोलनकै आवरणमा लुट खसोट गर्ने स्वार्थले लागेका थिए । आन्दोलनलाई बदनाम गर्ने प्रवृतिका मानिसहरु पनि लागेको स्वीकार्दै यादव भन्छन,“ आन्दोलनका दौरान कोठा भाडा लिएर वस्ने पहाडे छात्राहरुको अस्मिता नै लुटिने हो कि भन्ने डर त्रास पनि थियो । आम हडतालका कारण सवारी साधन बन्द थियो । छात्राहरुलाई उच्छृङ्खल यूवाहरुले जिस्काउने काम गर्न थाले । अनि हामीले जनकपुर अञ्चल अस्पतालको नसिंङ क्याम्पस, रमदैया स्थित जानकी मेडिकल कलेज र राराब क्याम्पसका पहाडे छात्राहरुलाई रेस्क्यू गरी वर्दीवास, सिन्धुली सहित सुरक्षित स्थान सम्म पु¥यायौं । पहाडे समुदायका पसलहरुमा आगजनी, लुटपाट, घरमा ढुङ्गा मुढाले आक्रमण  हुन थाले पछि पहाडे समुदायहरु पलायन भएका छन् । त्यति हुँदा पनि राष्टिूय पार्टी भनाउने राजनीतिक दलहरुले समेत सुरक्षाको ग्यारेन्टी गराउन नसक्नु, राज्य विफल भएको अवस्था हुनु सर्वदलिय संयन्त्रको वैठकबाट प्रेस विज्ञप्ती समेत जारी नभए पछि उनीहरु अन्ततः पलायन नै हुनु पर्यो ।
जनकपुर उपमहानगरपालिका कार्यालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०६४÷०६५ मा ३ सय ७५ घरधुरी जनकपुरमा आएका थिए भने ४ सय १६ घरधुरी जनकपुरबाट बाहिर गएको हो । त्यसैगरी आर्थिक बर्ष २०६५÷०६६ मा ४ सय ३६ घरधुरी जनकपुरमा आएका थिए भने ५ सय ५ घरधुरी जनकपुरबाट बाहिर गएको हो । त्यसैगरी आर्थिक बर्ष २०६६÷०६७ मा ५ सय ४५ घरधुरी जनकपुरमा आएका थिए भने ७ सय ४६ घरधुरी जनकपुरबाट बाहिर गएको हो । त्यसैगरी आर्थिक बर्ष २०६७÷०६८ मा ४ सय ५६ घरधुरी जनकपुरमा आएका थिए भने ६ सय ६५ घरधुरी जनकपुरबाट बाहिर गएको हो । त्यसैगरी आर्थिक बर्ष २०६८÷०६९ मा ४ सय २६ घरधुरी जनकपुरमा आएका थिए भने ३ सय ९३ घरधुरी जनकपुरबाट बाहिर गएको हो । त्यसैगरी आर्थिक बर्ष २०६९÷०७० मा ४ सय २६ घरधुरी जनकपुरमा आएका थिए भने ३ सय ९३ घरधुरी जनकपुरबाट बाहिर गएको हो । त्यसैगरी आर्थिक बर्ष २०७०÷०७१ मा ४ सय ५० घरधुरी जनकपुरमा आएका थिए भने ५ सय ४० घरधुरी जनकपुरबाट बाहिर गएको हो । त्यसैगरी आर्थिक बर्ष २०७१÷०७२ मा ३ सय ५६ घरधुरी जनकपुरमा आएका थिए भने ३ सय ६४ घरधुरी जनकपुरबाट बाहिर गएको हो । त्यसैगरी आर्थिक बर्ष २०७२÷०७३ मा १ सय ६४ घरधुरी जनकपुरमा आएका थिए भने २ सय ११ घरधुरी जनकपुरबाट बाहिर गएको हो ।
यसरी हेर्ने हो भने २०६२÷०६३ को मधेस आन्दोलन पछि जनकपुरमा बसाईसराई गर्न आउनेहरुको संख्या भन्दा जनकपुरबाट पलायन भई बाहिर जानेहरुको संख्या वढ्दो क्रममा छ । प्रायः जसो गाउँघरमा रहेका मधेसी समुदायका व्यक्तिहरु सदरमुकाममा बसोवास गर्न आईरहेका छन् भने पहाडे समुदायका व्यक्तिहरु प्रत्येक बर्ष पलायन हुने क्रम जारी नै रहेको छ ।
जनकपुर उपमहानगरपालिकाको कार्यालयमा कार्यरत एक जना स्थानीय पहाडे समुदायका कर्मचारीको भनाई अनुसार जनकपुरमा अहिले पनि भूमाफियाहरुले पहाडे समुदायहरुलाई आफ्नो घर जग्गा बेचेर जान दवाव दिईरहेका हुन्छन् ।  महिनै पिच्छे मेरै घरमा जग्गा दलालहरु आउने गर्छन र घर बेच्ने हो भनेर हैरान पारिसके, नाम उल्लेख नगर्ने शर्तमा ती कर्मचारीले बताए ।
जनकपुरधाम पवित्र र्तीर्थस्थल हो र यहाँ मरेपछि मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास र आस्थाका साथ भारतबाट केही पहाडे समुदाय आएका थिए । त्यसैगरी जनकपुरमा अवसरको खोजीमा सिन्धुली, रामेछाप, ओखलढुङ्गा, दोलखा, सर्लाही, सिरहा, उदयपुर, महोत्तरी, सप्तरी लगायतका ठाउँबाट पहाडे समुदाय जनकपुरमा आएर बसोवास गर्ने गरेका थिए । सरकारी कार्यालयमा काम गर्ने जागिरेहरु जनकपुर सरुवा गराएर आउँदा जनकपुरको राम्रो शैक्षिक अवस्था, शान्तिपुर्ण बातावरण हेरेर जनकपुरमै जग्गा किनी वसोवास गर्ने गरेका थिए ।
जनकपुरमा पहाडे समुदाय र मधेसी समुदायका मानिसहरु बीच एक आपसमा  सौहार्द्र सम्बन्ध थियो । होली जस्तो पर्वमा पहाडे समुदायहरु तराईमा हुने होली भन्दा एक दिन अगाडी मनाउँथे । सामुहिक रुपमा पहाडे समुदायहरु सडकमा निस्केर होली खेल्थे । एक आपसमा राम्रो सदभाव थियो । त्यसैगरी मधेसीहरुको पवित्र पर्व छठ, चौरचन लगायत पर्वहरु जनकपुरका पहाडे समुदायले पनि मनाउन थालेका थिए ।
तत्कालिन माहौलबाट पहाडे समुदाय जनकपुरबाट पलायन भएपछि सबै भन्दा वढी बेफाइदा जनकपुरलाई नै परेको छ । जनकपुर बजारमा आएको मन्दि अहिले सम्म सकिएको छैन । दशंैमा रहने गरेको बजारको रौनक हराएको छ । जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवशंकर साह भन्छन,“ पहाडे समुदायसँग क्रय क्षमता थियो । उनीहरु बस्तु किनमेल गर्न कुनै पनि कन्जुस्याई गर्दैनथे । उनीहरु पलायन भएपछि महिनामा मात्रै १ करोड भन्दा वढी रकमको व्यापारमा नोक्सानी भईरहेको छ ।” साह भन्छन,“ थापा चौक स्थित सनत सुवेदी, नारायण सुवेदीको घरमा जाँदा कहिले पनि उनीहरुले मेरो नाउँ लिएर बोलाएनन् । छोरा आयो, बस्न देऊ, खाजा देऊ भनेर सेल र अनर्सा खुवाउने गरेको बाल्यकालको स्मरण कहिल्यै विर्सन सकिन्न ।” मधेस आन्दोलनका दौरान केही उच्छृङ्खल व्यक्तिहरु धमिलो पानीमा माछा मार्ने उद्देश्यले परिचालित भएका थिए ।
पहिचान र अधिकारको लागि भएको मधेस आन्दोलनको उद्देश्य सहि भएपनि आन्दोलनलाई बदनाम गराउन घुसपैठ भएका व्यक्तिहरुको आपराधिक हरकत र भूमाफियाहरुको पैसा कमाउने स्वार्थका कारण जनकपुरको पहाडे समुदायहरु पलायन भईसकेपछि जनकपुरमा मिश्रित संस्कृतिको प्रष्ट अभाव झल्किन्छ । हुन त मधेस आन्दोलनमा जसरी घुसपैठ भयो त्यसैगरी पहाडे समुदायहरुको हकहितको लागि भनेर गठन गरिएको चुरे भावर राष्टिूय एकता पार्टीको पनि हिंसात्मक प्रतिकारले ढल्केवर, लालगढ, वर्दीवास, हरिवन जस्ता राजमार्गहरुमा मधेसी समुदाय निशानामा पर्यो । जसकारण मधेसी र पहाडी बीचको सदभाव झन खलबलिन आगोमा घ्यू थप्ने काम गर्यो ।
जनकपुरवासी अहिले आएर पहाडे समुदायहरुको बसोवासको महत्व राम्ररी बुझेका छन् । जनकपुरबाट पहाडेहरु पलायन के भए जनकपुरमा शैक्षिक माहौल पनि पलायन भयो । परिणाम स्वरुप अहिले जनकपुरबाट करिब १ हजारको हाराहारीमा विद्यार्थीहरु माध्यमिक शिक्षा लिनका लागि सिन्धुलीमा अध्ययनरत छन् । उच्च शिक्षा आर्जन गर्न अहिले विद्यार्थीहरु काठमाण्डौ वा अन्य ठाउँमा जान बाध्य छन् । जब कि पहिले विद्यार्थीहरु अन्य जिल्लाहरुबाट पढ्नकै लागि जनकपुरको राराब क्याम्पस आउँथे ।
त्यसैपनि ऋितिक रोशन काण्डले गर्दा देशैभरी मधेस र पहाड बीच साम्प्रदायिक दंगा भडकेको प्रसंग र नबलपरासी, कपिलबस्तुमा मधेसी समुदाय प्रति भएको हिंसाले मधेस आन्दोलनमा सदभाव विगार्न उत्प्रेरकको रुपमा काम गरेको थियो । काठमाण्डौको सिंहदरवारमा विगत सदियौं देखि सत्ता चलाउनेहरुले मधेस माथि गरेको भेदभाव र अन्यायका विरुद्ध भएको स्वस्फुर्त मधेस आन्दोलनको लक्ष्य पहाडी समुदायलाई भगाउने, विस्थापित गराउने वा पलायन गराउने विल्कुलै थिएन ।

 २०७४ बैशाख ३१ गते आईतबार

जनकपुरमा सशस्त्र समुहको आतंकको श्रृङ्खला

१२ मंसिर २०७० मा पक्राउ गरी ल्याइएका बायाँबाट क्रमशः हथकडीमा पारस मुक्ति भन्ने राम सोभित यादव, राजन मुक्ति भन्ने रंजित झा
 र अजय मुक्ति भन्ने दिपक कुमार सिंह लाई धनुषा जिल्ला अदालतबाट
बयान गराई जिल्ला प्रहरी कार्यालय लग्दै प्रहरी । फाईल तस्वीर ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मधेसको अधिकार प्राप्तिका लागि हतियार उठाई भूमिगत राजनीति गरेको भन्ने समुहहरुले राजनीतिक अधिकारको नाउँमा आपराधिक गतिविधिहरु बढाएपछि त्यसको मारमा जनकपुरका पहाडे समुदाय मात्र होइन, मधेसी समुदाय र व्यापारीहरु माथि पनि पर्यो । सुरुमा जनकपुरमा जयकृष्ण गोइत र ज्वाला सिंह समुहको गतिविधि थियो भने २०६२÷०६३ को मधेस आन्दोलन पश्चात राजन मुक्ति र आकाश त्यागीको आतंक कायम भयो । प्रत्येक महिना हत्या, अपहरण, फिरौती, चन्दा आतंक, बम विस्फोटन, जग्गा कब्जा जस्तो आपराधिक गतिविधिहरुलाई ती भूमिगत समुहरुले २०६४ देखि २०६८ साल सम्म जनकपुरमा तिब्र पारे । त्यसकै परिणाम स्वरुप जनकपुरबाट पहाडे समुदाय र मारवाडी समुदायहरु पलायन हुनुपर्यो ।
सशस्त्र समुहको आतंकको श्रृङ्खला
२० अषाढ २०६४ मा सिरहा मलहनिया २ का स्थानीय बासिन्दा ४६ बर्षिय राजकुमार जोशीको गोली हानी हत्या गरिएको थियो । जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समुहका दुई वटा मोटरसाईकलमा चढी आएका ३ जना व्यक्ति राष्टिूय धान बाली अनुसन्धान कार्यालय हर्दिया, धनुषामा प्राविधिकको रुपमा कार्यरत रहेका जोशीलाई भुमिगत समुहहरुले गोली प्रहार गरी हत्या गरेको थियो ।
५ साउन २०६४ मा तत्कालिन माओवादीका समर्थक धनुषा हरिने ५ सोनापाराका ३२ बर्षिय विरोध मल्लिकलाई गोली प्रहार गरी हत्या गरिएको थियो । जयकृष्ण गोईतले नेतृत्व गरेको भुमिगत संगठन अखिल तराई मुक्ति मोर्चाका ७÷८ जना कार्यकर्ताहरुको समुहले गोली हानी हत्या गरेको थियो । ८ साउन २०६४मा धनुषाको सखुवा महेन्द्रनगर २ का ६५ बर्षिय किसान बेचन महतोलाई गोली हानी हत्या गरिएको थियो । आफ्नै घरमा सुतिरहेको अवस्थामा विहान २ बजेको समयमा अपरिचित व्यक्तिहरुको समुहमा आएका अज्ञात समुहले महतोलाई गोली प्रहार गरी हत्या गरेको थियो ।
२५ भदौ २०६४ मा सर्लाही लालबन्दी ५ का केदार कटुवालको पनि हत्या गरिएको थियो । जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समुह र राजन मुक्ति समुहका  अन्दाजी ५÷६ जनाको हतियारधारी समुह आई चन्दा मागेकोमा चन्दा नदिएपछि धनुषाको बघचौडा ७ मा ती हतियारधारी समुहहरुले राति अन्दाजी २१ बजेर ३० मिनेटको समयमा कटुवाललाई कन्चटमा गोली हानी हत्या गरेका थिए ।
१९ असोज २०६४ मा भुमिगत गोईत समुहका कार्यकर्ताहरुले धनुषाको चोराकोयलपुर ८ का ४५ बर्षिय सत्यनारायण महतोको  हत्या गरेका थिए । गोईत समुहका कार्यकर्ताहरुले सत्यनारायण महतो र उसका २५ बर्षिय छोरा किशुन महतोलाई महतोको घरबाट अपहरण गरी लगेका थिए । अपहरण पश्चात महतोको घर देखि केही पर लगि ती भुमिगत समुहका कार्यकर्ताहरुले सत्यनारायण महतोलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । पेशाले खेतीपाती गर्ने किसान महतोको हत्या गरिएपनि उनको छोरालाई तिनीहरुले छोडेका थिए ।
१२फागुन २०६४ मा धनुषा भरतपुर ६ का २५ बर्षिय शिक्षक रमेश दाहालको हत्या गरिएको थियो । आफ्नो खेतको उखु लिएर चिनी मिलको कारखाना गईरहेको अवस्थामा अज्ञात समुहले दाहाललाई उखु खेतमा लगि घाँटी रेटी हत्या गरेको थियो । सोही दिन अन्दाजी ७ बजेको समयमा सुन्सरी घर भई हाल धनुषाको भरतपुर ५ स्थित ससुरालीमा बसेका ४० बर्षिय किसान लक्ष्मिकान्त राईको पनि धारिलो हतियारले घाँटी रेटी हत्या गरेको थियो । अज्ञात समुहका नामले गरेको ती दुई जनाको हत्या पछि गएर भुमिगत समुह मधेसी भाईरस साईलेन्ट किलर्सले गरेको खुलेको थियो ।
२५ बैशाख २०६५ मा जनकपुुर चुरोट कारखाना लिमिटेडका लेखापाल ५२ बर्षिय श्रवण कुमार श्रेष्ठको गोली हानी हत्या गरिएको थियो । जनकपुर १ निवासी श्रेष्ठलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहले २१ भदौ २०६५ मा अन्दाजी साढे ६ बजे अपहरण गरेको थियो । प्रहरीले श्रेष्ठको खोजतलासलाई तिब्रता दिएपछि धनुषाको दिगम्बरपुर ६ स्थित जलाद खोलामा आँखामा पट्टी बाँधी, छातीमा गोली लागेको मृत अवस्थामा फेला परेको थियो ।
२३ जेष्ठ २०६५ मा धनुषाका बटेश्वरका ६० बर्षिय जिवस महतोलाई गोली हानी हत्या गरिएको थियो । धनुषाको नक्टाझिजबाट साईकलमा घर तर्फ गईरहेको अवस्थामा हातहतियार सहित ४÷५ जनाको अज्ञात समुहले महतोलाई गोली हानी हत्या गरेको थियो ।
५ अषाढ २०६५ मा सप्तरी भारदह घर भएका ३२ बर्षिय लक्ष्मण दासलाई अज्ञात समुहले बम विस्फोटन गराई हत्या गरेको थियो । धनुषाको तल्लो गोदार ३ स्थित पुर्वपश्चिम महेन्द्र राजमार्गमा ४÷५ जना अपरिचित व्यक्तिले मोटरसाईकलमा चढी बम विस्फोटन गराउँदा दास घाईते भएका थिए । क्रसर मिलमा काम गर्ने दास विस्फोटनबाट घाईते भएपछि उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
१२ अषाढ २०६५ मा जनकपुर नगरपालिकाको कार्यालयका अभरसियर जितेन्द्र साहलाई गोली हानी हत्या गरिएको थियो । रौतहट इनरवारी घर भएका ओभरसियर साह जनकपुर स्थित डेरामा खाना खाईरहेको अवस्थामा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका महोत्तरी अनकार ९ बस्ने लव कुमार शर्मा र जयनन्दन शर्माले गोली हानी हत्या गरी फरार भएका थिए ।
८ अषाढ २०६५ मा धनुषाका महेन्द्रनगर १ घर भई राप्रावि हरिहरपुरका एक जना शिक्षक विनेश्वर महतोलाई अज्ञात व्यक्तिहरुको समुहले अपहरण गरी जलाद खोलाको पुलमा लगि हत्या गरेका थिए ।
३१ साउन २०६५ मा धनुषाको उमाप्रेमपुर ८ स्थित पर्वता खोला नजिक धनुषा उमाप्रेमपुरका जगदीश महतोलाई अज्ञात समुहले उखुबारीमा खुकुरी प्रहार गरी हत्या गरेको थियो ।
२ भदौ २०६५ मा जनकपुर ३ का सुनिल कुमार झा लाई गोली प्रहार गरी हत्याको प्रयास गरिएको थियो । जनकपुर १२ स्थित रसुल साफीको घरमा सुतिरहेका सोनु भनिने सुनिल कुमार झाको दाहिने कन्चटमा गोली हानी हत्याको प्रयास गरिएको थियो । भुमिगत समुहका आकाश त्यागी भनिने राम यादवले झालाई गोली हानी फरार भएका थिए ।
६ असोज २०६५ मा कुमार खड्कलाई गोली हानी हत्या गरिएको थियो । जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका धनुषा इन्चार्ज अविनाश मुक्तिको नेतृत्वमा गएको ७÷८ जनाको समुहले सखुवा महेन्द्रनगर स्थित हिमालयन प्लाई फ्याक्टूीमा तोडफोड गर्न गएका थिए । उक्त समुह पछाडीबाट फ्याक्टूीमा पसी कारखानामा काम गर्ने ३ जना पालेलाई डोरीले बाँधी म्यानेजरको कोठा देखाउ भन्दा उक्त पालेले होहल्ला गरेपछि पाले खड्कको छातीमा गोली हानी ती समुह फरार भएका थिए । घाइते खड्कलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो ।
२८ कार्तिक २०६५ मा धनुषाको देउरी परवाहा ४ का विद्यार्थी विश्वभर मिश्रको अज्ञात समुहले हत्या गरेका थिए । २७ कार्तिकका दिन विहान जनकपुरको मोडेल क्याम्पसमा पढ्न गएका मिश्र रातिसम्म घर फर्कि नआउँदा प्रहरीले खोज तलास गर्दा २८कार्तिकमा धनुषाको ठाढी झिझा ५ स्थित धान खेतमा मृतक अवस्थामा मिश्रको लाश फेला परेको थियो ।
३ साउन २०६५ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समुहले धनुषाको रघुनाथपुर २ का नागेन्द्र प्रसाद यादवको हत्या गरिएको थियो ।
३० मंसिर २०६२ मा आन्तरिक राजश्व कार्यालय जनकपुरको खरिदार पदमा कार्यरत ५५बर्षिय कर्मचारी कुमार निरौलालाई जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका कार्यकर्ताहरुले गोली हानी हत्या गरेको थिए । जनकपुर ४ निवासी निरौला आफ्नो घरबाट साईकल चलाई कार्यालय तर्फ आईरहेको अवस्थामा उनको घर भन्दा केही अगाडी भारतीय मोटरसाइकलमा चढी आएका दुई जना अपरिचित व्यक्तिले उनलाई गोली प्रहार गरेका थिए । गोली लागि गम्भीर घाईते भएका निरौलालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लग्दा बाटो मै मृत्यु भएको थियो । मोर्चाका धनुषा इन्चार्ज अविनाश मुक्तिको नेतृत्वमा गएको समुहले उनको हत्या गरेको थियो ।
१ पुष २०६५ मा धनुषाको धबौली ८ का चिया पसले रामा साहलाई गोली हानी हत्या गरिएको थियो । आफ्नो पसलमा राति आगो तापी बसेको अवस्थामा जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समुहका अपरिचित ३÷४ जना व्यक्तिहरुको समुहमा आएका हतियारधारी समुहले साहको छातीमा गोली प्रहार गरेका थिए । घाईते साहलाई उपचारको लागि जनकपुर ल्याउँदै गर्दा यदुकुहामा मृत्यु भएको थियो ।
३ पुष २०६५ मा सशस्त्र प्रहरी हवलदार मंगल हरिजनलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका कार्यकर्ताहरुले गोली हानी हत्या गरेको थिए । चितवन घर भई महोत्तरीको सशस्त्र प्रहरी गणमा कार्यरत बरिष्ठ प्रहरी हवलदार २५ बर्षिय हरिजनलाई गोली हानी हत्या गरिएको थियो । केही काम विशेषले जनकपुरबाट बर्दिवास फर्किने क्रममा मोटरसाईकलमा चढी आएका राजन मुक्तिका दुई जना अपरिचित व्यक्तिहरुले हरिजनलाई गोली प्रहार गरेको थियो । पिठ्यू र छातीमा गोली लागि घाईते भएका हरिजनलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको थियो । अस्पतालमा उपचारकै    क्रममा उनको मृत्यु भएको थियो ।
२७ पुष २०६५ मा जनकपुरको रेडियो टुडे एफएममा काम गरिरहेका पत्रकार महिला उमाकुमारी सिंहको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । भुमिगत समुहका स्वामिजी भनिने उमेश यादवको नेतृत्वमा गएका करिब १५ जनाको समुहले सिरहा महेशपुर ४ कि २५ बर्षिय पत्रकार उमाको हत्या गरेको थियो । जनकपुर १४ स्थित रजौलमा आफ्नो कोठामा डेरामा बसिरहेको अवस्थामा ती समुहले उमाको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो । घाईते उमाको उपचारको क्रममा लग्दा बाटोमा मृत्यु भएको थियो ।
५ फागुन २०६५ मा जनकपुर चुरोट कारखाना लिमिटेडका सुपरभाईजर पदमा कार्यरत ४८ बर्षिय नरेन्द्र खाँतीको गोली हानी हत्या गरिएको थियो । जनकपुर १ निवासी खाँतीलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समुहका धनुषा इन्चार्ज सुर्यदेव सिंहले जनकपुर २ स्थित किशोरी नगरमा हिंडिरहेको अवस्थामा घाँटी र पेटमा नजिकबाट गोली हानी हत्या गरेको थियो ।
४ बैशाख २०६६ मा धनुषाको सवैला ९ का सुरज महतोलाई अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । मनि चेन्जरमा काम गर्ने महतो जनकपुरबाट रु.१ लाख ३० हजार लिई सबैला तर्फ जाँदै गर्दा जनकपुर नगरपालिका १ र बेंगाशिवपुर ६ मा ज२प ७०७८ नम्बरको मोटरसाईकलमा जाँदै गर्दा गोली हानी हत्या गरिएको थियो ।
२४ जेष्ठ २०६६ मा धनुषाको हरिहरपुर ७ स्थितमा रहेको अस्थायी प्रहरी पोष्ट हरिहरपुरबाट चेक प्वाइन्ट राखि दोखरी भन्ने ठाउँमा चेक जाँच गर्दा प्रहरी जवान राम सिंह भाटको एसएलआर राईफलको नोजल तान्न खोज्दा प्रहरीले गोली चलाउँदा गोली लागि महोत्तरी भरतपुर ९ का सुरेन्द्र महतोको मृत्यु भएको थियो ।
९ अषाढ २०६६ मा धनुषा खरियानी ५ का ४० बर्षिय किसान रामसुगारथ कापडको अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । आफ्नै घरको बरन्डामा सुतिरहेको अवस्थामा अज्ञात समुहले गोली हानी उनको हत्या गरेको थियो । उक्त क्रममा उनका श्रीमति द्रोपती देवी कापरलाई  पनि उक्त समुहले गोली हानी घाईते बनाएको थियो । पछि उपचार गराई उनी निको भएकी थिईन ।
१४ अषाढ २०६६ मा प्रहरीले दोहोरो भिड्न्तमा नाम नखुलेको १९ बर्षिय अज्ञात व्यक्तिलाई मारेको थियो । धनुषाको भुतही पटेर्वामा प्रहरी गस्तीको टोली पुग्दा प्रहरी टोली माथि फायर गरेपछि जवाफी क्रममा फायर गर्दा दोहोरो भिडन्तमा परी उनको मृत्यु भएको थियो ।
७ साउन २०६६ मा जनतान्त्रिक तराई मुक्ति मोर्चाका जिल्ला संयोजक आकाश त्यागी भनिने राम यादवको प्रहरी भिडन्तमा मृत्यु भएको थियो । जनकपुर ७ बसविट्टी स्थित सडकमा प्रहरीद्वारा खटिएको गस्ती टोलीलाई देखनासाथ फायर गरेको हुँदा प्रतिकार स्वरुप जवाफी फायरमा दोहोरो भिडन्तमा परी धनुषाको लक्ष्मिपुर बगेवा ३ का २८ बर्षिय आकाश त्यागी प्रहरी कारवाहीमा मारिएका थिए । उनको साथबाट प्रहरीले सिक्सर १ थान, गोली ३ थान, सर्केट बम १ थान, सुत्ली बम १ थान समेतका हतियारहरु बरामद गरेको थियो ।
१६ असोज २०६६ मा धनुषाको भरतपुर गाविस १ स्थित इलाका प्रहरी कार्यालय भरतपुरको टोली पुग्दा अज्ञात समुहले ज१प ८२८७ नम्बरको मोटरसाईकलमा फायर गरेपछि प्रहरी तर्फबाट समेत फायर हुँदा १ जना अज्ञात व्यक्तिको मृत्यु भएको थियो । उनको साथबाट पनि पेस्तोल र गोली बरामद गरिएको थियो ।
२२ माघ २०६६ मा सयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा गोईत समुहका नबल किशोर यादवलाई धनुषा प्रहरीले सुरक्षा कारवाही गरी मारेका थिए । प्रहरी बेस क्याम्प यदुकुहाबाट खटिगएको गस्ती टोली धनुषा बालाबाखर ५ स्थित आँपको बगैचा छेउमा पुग्दा १ जना अपरिचित व्यक्ति फेला परेको र निजलाई रोक्न खोज्दा गस्ती टोली माथि एक्कासी फायर गर्दै भागेको र निजलाई चेतावनी दिँदा दिँदै पनि भागेकोले सशस्त्र प्रहरीले प्रतिकार स्वरुप जवाफी फायर गर्दा निजलाई गोली लागि घटना स्थलमै मृत्यु भएको थियो । उनको साथबाट कटुवा पेस्तोल १ थान र एसएलआरको गोली २ राउण्ड बरामद गरेको थियो ।
१७ फागुन २०६६ मा भुमिगत समुहका अर्जुन सिंह भनिने मुकेश चौधरी र जनतान्त्रिक तराई मुक्ति मोर्चाका राजन मुक्ति समुह लगायतले जनकपुरका संचार उद्यमी अरुण सिंघानियालाई गोली हानि हत्या गरेको थियो । गोली लागि घाईते भएका सिंघानियालाई तत्काल उपचारको लागि केयर मेडिकल नर्सिङग होम जनकपुरमा लग्दा उपचारको क्रममा मृत्यु भएको थियो ।
२५ जेष्ठ २०६७ मा धनुषाको मिथिलेश्वर निकास घर भई जनकपुर नगरपालिकामा बस्दै आएका परमेश्वर साहलाई गोली प्रहार गरि हत्या गरिएको थियो । अज्ञात समुहले     उनको हत्या गरेको थियो ।
२७ जेष्ठ २०६७ मा जिल्ला विकास समिति धनुषामा पियन पदमा कार्यरत कर्मचारी शिवनारायण भण्डारीको अज्ञात समुहले गोली हानी हत्या गरिएको थियो । जनकपुर १२ स्थित कुवारामपुर भन्ने स्थानमा धनुषाको प्रको महुवा २ बस्ने भण्डारीलाई अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । उक्त घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका कार्यबाहक अध्यक्ष मनोज मुक्तिले जिम्मा लिएका थिए ।
२८ जेष्ठ २०६७ मा जनकपुर ८ स्थित आफ्नै घरको अगाडी कठघेरामा बसिरहेका अवस्थामा एक जना अपरिचित व्यक्ति आई गाविस सचिव रामपुकार यादवलाई गोली हान्दा गोली उनलाई नलागि नजिकै रहेका ४ बर्षिय बालक अमिल कापरलाई लागेको थियो । घाईते कापरको उपचारको क्रममा धरान अस्पतालमा मृत्यु भएको थियो । उक्त घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका कार्यबाहक अध्यक्ष मनोज मुक्तिले जिम्मा लिएका थिए ।
२९ जेष्ठ २०६७ मा आफ्नै घरमा बसिरहेको अवस्थामा यातायात कार्यालयबाट आएको छु, केही काम छ भनि बोलाई दुई जनाको समुहमा आएका अज्ञात समुहले जनकपुर १ बस्ने ३५ बर्षिय यमुना पजियारलाई गोली हानी फरार भएका थिए । पछि  धरान अस्पतालबाट उपचार गराई उनी निको भएका थिए । पजियार जनकपुर अञ्चल यातायात कार्यालयका कार्यालय प्रमुख थिए । उक्त घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका कार्यबाहक अध्यक्ष मनोज मुक्तिले जिम्मा लिएका थिए ।
३० जेष्ठ २०६७ मा धनुषा प्रहरीले जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका डेपुटी कमाण्डर  अवधेश मण्डललाई सुरक्षा कारवाहीमा मारेको थियो । जनकपुरको दुरसंचार कार्यालय अगाडी चेक जाँच एवम सर्च कार्य गर्दै गएका प्रहरी गस्तीको टोली माथि हतियार तेर्साईरहेको बेला प्रहरीद्वारा जवाफी फायर गर्दा गोली लागि जनकपुर ६ बस्ने अवधेश मण्डल घाईते भई उपचारको लागि धरान लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । उसको साथबाट प्रहरीले ९ एमएम पेस्तोल म्यागजिन सहित ५ राउण्ड गोली बरामद गरेको थियो ।
२१ जेष्ठ २०६७ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समुहका महोत्तरी जिल्ला इन्चार्ज बादल भनिने नुरुल मोहम्मद सुरक्षा कारवाहीमा मारिएका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी नायव निरीक्षक समेतको टोली गस्ती गर्दै जाँदा नक्टाझिज गाविस ३ स्थित बसही खोलामा पुग्दा लुकिछिपी बसेका अन्दाजी ५÷६ जनाको अज्ञात समुहले प्रहरी टोलीलाई लक्षित गर्ने क्रममा प्रहरी तर्फबाट प्रतिकार हुँदा महोत्तरी विजलपुरा घर भएका अन्दाजी २५ बर्षिय बादल भनिने नुरुल मोहम्मद घाईते भई उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको थियो ।
१९ अषाढ २०६७ मा जयकृष्ण गोइतले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चाका केन्द्रिय सदस्य बम भोला यादव भनिने प्रदिप मरिक सुरक्षा कारवाहीमा मारिएका थिए । धनुषाको माची झिटकहिया८ स्थित रहेको हुलाकी सडक खण्डमा इलाका प्रहरी कार्यालय खजुरीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिगई चेक प्वाईन्ट थापी चेक जाँचको क्रममा ३÷४ जनाको समुहमा आएका हतियारधारी अज्ञात समुहले एक्कासी प्रहरी माथि फायर गर्दा प्रतिकार स्वरुप जवाफी फायरिङ्गमा धनुषाको हथमुन्डा गाविस ८ बस्ने प्रदिप मरेकको मृत्यु भएको थियो ।
२० अषाढ २०६७ मा अर्को भुमिगत समुहका मदन यादव भनिने व्यक्ति प्रहरी कारवाहीमा मारिएका थिए । इलाका प्रहरी कार्यालय सबैलाबाट प्रहरी निरीक्षक समेतको टोली धनुषाको मखनाहा ८ स्थित एउटा शंकास्पद घरमा खानतलासी गर्दा कटुवा पेस्तोल १ थान, गोली ३ थान फेला परेको थियो । मदन यादवलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा तर्फ लैजाने क्रममा बाटोमा गाडीको पछाडीको ढोका खोली भाग्न लाग्दा चेतावनी दिने क्रममा प्रहरीद्वारा १ राउण्ड गोली घुडा मुनि हानेपछि घाईते भएका थिए । जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा उसको मृत्यु भएको थियो ।
५ भदौ २०६७ मा अज्ञात समुहले धनुषाको मिथिलेश्वर निकास ८ बस्ने ५५ बर्षिय जयनारायण मण्डलको अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । साईकल पसल गरी बसेका मण्डल हंसपुर कठपुल्ला मलहनिया बजारबाट साईकलमा चढी घर तर्फ जाने क्रममा अज्ञात समुहले गोली हानी हत्या गरेको थियो ।
२१ भदौ २०६७ मा व्यवसाय गर्दै आएका धनुषाको पटेर्वा ६ का विशेश्वर पासवानलाई बजारमा गएको बेला अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । सबैला बजारबाट घर तर्फ फर्किने क्रममा मोटरसाईकलमा आएका अज्ञात समुहले पासवानको छातीमा गोली हानी हत्या गरेको थियो ।
२४ असोज २०६७ मा धनुषा भरतपुर १ बस्ने ४० बर्षिय विनोद गोहितमानलाई अज्ञात समुहले गोली हानी हत्या गरेका थिए । भरतपुर स्थित विरेन्द्र बजारबाट आफ्नो घर तर्फ आउने क्रममा पैदल आएका अन्दाजी ३०÷३५ बर्षका दुई जनाको अज्ञात समुहले दुई राउण्ड गोली हानी घाईते बनाएका थिए । पछि उनको उपचारको क्रममा मृत्यु भएको थियो । गोहितमान बजार व्यवस्थापन समितिका अध्यक्ष थिए ।
२९ असोज २०६७ मा धनुषा पतनुका २ का शिक्षक हिरालाल चौधरीको गोली हानी हत्या गरिएको थियो । धनुषाको पतनुका १ बनरझुला स्थित दुर्गा मन्दिरको नजिक १ जना अपरिचित व्यक्तिले एक राउण्ड गोली फायर भई फरार भएका थिए । घाईते भएपछि सिरहा अस्पतालमा उपचारको क्रममा ४५ बर्षिय चौधरीको मृत्यु भएको थियो । घटना स्थल दुर्गा मन्दिरको पछाडी प्रहरीले एक राउण्ड गोली लोड भएको पेस्तोल १ थान बरामद गरेको थियो ।
११ कार्तिक २०६७ मा जिल्ला शिक्षा कार्यालय महोत्तरीका शाखा अधिकृत लालकिशोर झालाई गोली हानी हत्या गरिएको थियो । जनकपुर ७ स्थित पगलाबाबा धर्मशाला स्थित सडकमा आएका अज्ञात व्यक्तिहरुले गोली प्रहार गर्दा जनकपुर ८निवासी झा को पिठ्यूमा गोली लागि पेट समेत छेदी घाईते भएका थिए । उनको काठमाण्डौ स्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
१७ कार्तिक २०६७ मा प्रहरीको कारवाहीमा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका शैन्य कमाण्डर रामसागर यादव मारिएका थिए । जनकपुर ७ स्थित जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिगएका गस्ती टोली गस्ती गर्दै जाने क्रममा रामसागर सहित ३÷४ जनाको समुहमा  रहेका टोलीले गस्ती टोलीलाई शंका लागि रोक्न खोज्दा निजहरुले गस्ती टोलीलाई लक्षित गरी फायर गर्दै भाग्ने क्रममा गस्ती टोलीले जवाफी फायर खोल्दा जनकपुर ४ बस्ने २५ बर्षिय यादवको घटना स्थलमै मृत्यु भएको थियो । अन्य व्यक्तिहरु फरार रहेपनि कटुवा पेस्तोल १ थान,फोरनेटको गोली ३ राउण्ड र एसएलआरको खोका ३ थान प्रहरीले बरामद गरेको थियो ।
२७ कार्तिक २०६७ मा जनकपुर १० स्थित अरगज्जा पोखरीको घाटमा छठ पर्व हेर्न आएको अवस्थामा अज्ञात व्यक्तिले जनकपुर ९ का ३२ बर्षिय मुकेश दत्तको घाँटीमा गोली प्रहार गरेका थिए । घाइते दत्तलाई जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदा उपचारकै क्रममा मृत्यु भएको थियो ।
२९ कार्तिक २०६७ धनुषाको भुतही पटेर्वा १ मा पटेर्वा १ बस्ने सुनिल मण्डल, दिनेश दाहा र झोपे भन्ने दिपक मण्डल बीच झगडा हुँदा झगडा छुटाउन गएकी प्रियंका कुमारीलाई दिपक मण्डलले कटुवा पेस्तोल निकाली गोली प्रहार गरेको थियो । १३ बर्षिय प्रियंकाको पेटमा गोली लागेपछि उपचार गराई   उनी निको भएकी थिईन ।
२५ पुष २०६७ मा धनुषाको धबौली ५ स्थित सोभित मुखियाको घरमा अज्ञात ५ जनाको समुह घरमा प्रवेश गरी सोभित मुखियालाई घाँटीको दाहिने पट्टी गोली हानी घाइते बनाएका थिए । जनकपुर अञ्चल अस्पतालमा उपचार गराई उनी निको भएका थिए ।
१३ माघ २०६७ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका महासचिव तथा विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष दिपेन्द्र कुमार झा प्रहरी कारवाहीमा मारिएका थिए । धनुषाको प्रको महुवा ८ स्थित भोइल जाने सडकमा प्रहरी गस्ती टोलीलाई लक्षित  गरी एम्बुस थापी बसिरहेको अवस्थामा महोत्तरी बनौली ५ बस्ने बर्ष ३५ को दिपेन्द्र कुमार झा आईरहेको देख्दा प्रहरीले रोक्न खोज्दा प्रहरी टोली माथि नै फायर गर्दै भाग्ने क्रममा प्रहरी टोलीबाट जवाफी फायर खोल्दा उनको घटना स्थलमा मृत्यु भएको थियो । उनको साथबाट एसएलआरको गोली लोडभएको कटुवा पेस्तोल एक थान    बरामद गरिएको थियो ।
२४ माघ २०६७ मा खेतीपाती गर्ने धनुषा यज्ञभुमि ४ का ४० बर्षिय किसान पल्टु महतो सुडी आफ्नै गोठमा सुतिरहेको अवस्थामा अज्ञात समुहले घाँटीमा गोली हानी हत्या गरेका थिए ।
२३ साउन २०६८ मा अखिल तराई मुक्ति मोर्चा पृथ्वी सिंह समुहले जनकपुर १२ का ४० बर्षिय मातवर मुखियाको गोली प्रहार गरी हत्या गरेको थियो । सर्लाही मलंगवा १० बस्ने २१ बर्षिय मुकेश पंडितले गोली प्रहार गरी मुखियालाई घाईते बनाई भाग्ने क्रममा पंडित लगायतका समुह पक्राउ परेका थिए । घाईते मुखियाको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मुखिया नेकपा एमालेको यूवा संघ जनकपुर नगरका इन्चार्ज थिए ।
१९ असोज २०६८ मा जनकपुर ४ का व्यापारी ४५ बर्षिय जयतुल खातुन घरमा बसिरहेको अवस्थामा मोटरसाईकलमा आएका दुई जनाको अज्ञात समुहले पिठ्यूमा गोली प्रहार गर्दा उपचारको क्रममा   खातुनको मृत्यु भएको थियो ।
२० असोज २०६८ मा प्रहरी चौकी मुखियापट्टीमा कार्यरत प्रहरी जवान उपेन्द्र यादव कार्यालय सुरक्षाको लागि ड्यूटीमा बसिरहेको बेला निजलाई एक्कासी छुरा प्रहार गरी घाईते बनाएपछि फुलधारी मुखियालाई नियन्त्रणमा लिई कार्यालय तर्फ ल्याउने क्रममा भाग्न खोज्दा प्रहरी सहायक निरीक्षक जयनारायण यादवले तिघ्रामा गोली हान्दा उपचारको क्रममा   मुखियाको मृत्यु भयो ।
१६ जेष्ठ २०६९ मा भुमिगत समुह समाजवादी जनमोर्चाका संयोजक हरेशिव यादव लगायतको समुहले नेपाल रेल्वे सेवाका महाप्रबन्धक सुरेश यादव र राजन भन्ने राजिन्द्र यादवको गोली हानी हत्या गरेको थियो । तारापट्टी सिरसिया १ मा सुरेश यादव आप्mनै दरबाजामा राजन प्रसाद यादव, श्याम प्रसाद यादव, सुरेश यादव, श्रीप्रसाद यादव समेत बसि पोखरीको जग्गा सम्बन्धमा भोली पञ्चायत गर्ने भनि कुराकानी गरिरहेको अवस्थामा सोही गाउँका हरेशिव यादव लगायत ८÷९ जनाको समुहमा आएका व्यक्तिहरु हातहतियार तथा खुकुरी प्रहार गरी सुरेश यादव र राजेन्द्र यादवको हत्या गरेका थिए भने अन्य घाईते भएका थिए ।
६ साउन २०६९ मा समाजवादी जनमोर्चाका कार्यकर्ता रहेका हरेशिव यादव प्रहरी कारवाहीमा मारिएका थिए । इलाका प्रहरी कार्यालय औरहीबाट प्रहरी नायव निरीक्षक अयोध्या शरण यादवको कमाण्डमा गस्ती टोली गस्ती गर्दै जाने क्रममा धनुषाको दुहवी ५स्थित सडकमा हतियारधारी डाकाहरुको समुहले गस्ती प्रहरीलाई देख्नासाथ फायर गर्दा आत्मरक्षाको लागि जवाफी फायर खोल्दा तारापट्टी सिरसिया १ बस्ने हरेशिव यादवको मृत्यु भएको थियो । प्रहरीले कटुवा पेस्तोल १ थान, गोली ३ थान र खोका १ थान  बरामद गरेको थियो ।


२०७४ बैशाख ३१ गते आईतबार

राज्यराष्ट्रको सिद्धान्तमा उभिन पुगेकै हुन त मधेशवादी दलहरु ? : जिबेश झा

हिजोका दिनमा “द्वि(राष्टिूयता” एवं “बहु(राष्टिूयता” भन्ने आयातित राजनैतिक दर्शनलाई अंगालेर राजनीतिमा होमिएका मधेशी दलहरुमध्ये केहिवीच एकिकरण हुनपुगेको छ । उनिहरु नेपाली राष्टिूयतालाई भन्दा मधेशी पहिचानलाई मलजल दिन र काठमाडौंको एकाधिकारलाई धक्का दिनका लागि राजनीतिमा होमिएका थिए ।
फलस्वरुप यिनले आफ्नो दलको अगाडी वा पछाडी मधेशी शव्द झुन्ड्याएर सोझा(साझा मधेसी जनतालाई विश्वासमा लिने प्रयत्न गरे । केहि हदसम्म सफल पनि भए । तर सो अनुसार भोट भने वटुल्न सकेनन् । 
आफूले अघि सारेको युरोपेली राजनीतिवाट प्रेरित “द्वि(राष्टिूयता” एवं “बहु(राष्टिूयता” दर्शन नेपालमा मेल नखाने आभाष पाएपछि र जनतालाई विश्वासमा लिईराख्न आगामी दिनमा गाह्रो हुने निकर््यौल निकालेपछि यिनिहरु अव राष्टूवादी वन्नपुगेका छन् । अर्थात यिनिहरु अव राष्टिूय जनता पार्टि नेपालका नेता हुन, यिनलाई मधेशी नेता नभने हुन्छ त ? संधै पहिचानको नारा वोकेका दलले यसरी आफ्नो पहिचान किन फेरेका हुन ? मधेशी दलवीच एकिकरण गर्ने तर नाममा ‘मधेशी शव्दको प्रयोग आफ्नो दलको नामको अगाडी वा पछाडी नगर्नेलाई कसरी लिने ?
मधेशी दलहरुको दशा र दिशावारे लेखकद्व्य प्राध्यापक डा. निर्मलमणि अधिकारी र डा. गोविन्दशरण उपाध्याय आफ्ना कृति “राज्यराष्टूः अवधारणा र सिद्धान्त” मा लेख्छन, “नेपालमा “द्वि(राष्टिूयता(वादी” दृष्टिकोणबाट मधेशको व्याख्या हुँदै जाँदा नेपालको मधेशसँग जोडिएको छिमेकी देश इण्डियाको भूभागमा पनि भाषा, संस्कृति, भौगोलिक विशिष्टता आदिका आधारमा उस्तै पृथकतावादी दृष्टिकोण बढ्नेछ र अन्ततोगत्वा इण्डियाले समेत पृथक् मधेशको विरुद्धमा कठोर कार्बाही गर्नेछ भनी विश्लेषण र आँकलन गर्ने पर्याप्त वस्तुनिष्ठ  आधार देखिन्छ  ।”
के यि दलहरु मधेशी दलवाट जनता दल वन्नुमा भारतको दवावले त काम गरेन ?
डा. उपाध्याय र अधिकारी लेख्छन, “नेपालमा मधेश(केन्द्रित राजनीति गर्न “द्वि(राष्टिूयता”  (पहाड र मधेश, पहाडी र मधेशी) को विघटनात्मक अर्थापनको चक्रले मधेशभित्र कोचिला, भोजपुरा, मिथिला, अवध, थरुहट, चुरे भावर, छोटा पाकिस्तान आदि आदिका निहुँमा नटुंगिने कित्ताकाटलाई निम्त्याएको प्रत्यक्ष उदाहरण छ  । समुद्रमा दुई पिल्लरमाथि निर्मित, एक व्यक्तिको स्वामित्वमा रहेको, सानो कृत्रिम संरचना (रफ्स् टावर) लाई त स्वतन्त्र “राष्टू” भनेर दाबी गरेको देखियो भने नेपालमा विघटनात्मक संघर्ष सुरु गरेपछि संघर्षको टुङ्गो “द्वि(राष्टिूयता” मै लाग्ला भन्ठान्ने कुनै आधार छैन ।”
के बिभिन्न कित्ताकाट (कोचिला, भोजपुरा, मिथिला, अवध, थरुहट, चुरे भावर, छोटा पाकिस्तान आदि) बाट वच्नका लागि वा समग्र मधेशी(नेपालीलाइ एक शुत्रमा गांभ्नका लागि यी दलहरु मधेशीवाट जनता दल वन्नपुगेका हुन ? पहिला मधेशी वनेर यिनले आन्दोलन गरे तर पछि मधेशी पहिचानलाई नै वर्गिकृत गरेर संकटमा पारिदिए ।
 यिनको “वहुराष्टिूय” दर्शनले एकल मधेशी पहिचानलाई कायम राख्नसकेन, जसको फलस्वरुप मधेशी पहिचान वोकेकै  थारु, र मुस्लिमहरु आफ्नो स्वतन्त्र पहिचानको खोजीमा अघि सरे । र, उनका लागि वनाईएको सराकारी आयोगहरुले उनलाई थप मजवुत वनाईदियो । 
तसर्थ “वहुराष्टिूय” दर्शनले समाजमा निम्तिने विभिन्न कित्ताकाटलाई रोक्न सक्दैन  । मधेशी दलहरु नेपालमा दुई राष्टिूयता, पहाड र मधेश हुन भने । तर कालान्तरमा यिनले अघि सारेको मधेशी पहिचान नै खन्डित भयो  । र, अब थारु र मुस्लिमहरु आफूलाई मधेशी नभन्नुले यसैलाई पुष्टि गर्छ ।    
राज्यराष्टू र द्वि(राष्टिूयतावीचको फरकलाई लेखकद्व्यले यसरी प्रस्ट्याएका छन, “युरोपेली मान्यतामा आधारित “राष्टूराज्य” मा देश (राज्य) को भू(राजनीतिक(वैधानिक अस्तित्व गौण रहि जहिले पनि “प्रतिस्पर्धी राष्टिूयताहरूको संघर्ष” को बीज विद्यमान रहन्छ  । “द्वि(राष्टिूय राज्य” एवं “बहु(राष्टिूय राज्य” मा त झन् “प्रतिस्पर्धी राष्टिूयताहरूको अन्त्यहीन संघर्ष” को सम्भावना प्रबल नै हुन्छ  । “राज्यराष्टू” सिद्धान्तले स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्तासम्पन्न देश (राज्य) को भू(राजनीतिक(वैधानिक अस्तित्वलाई “राष्टू” एवं “राष्टिूयता” को परिभाषाका लागि प्राथमिक तत्व मान्छ  । स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्तासम्पन्न देश (राज्य) मा विद्यमान जुन(कुनै पनि प्रजाति, जाति, जात, भाषा, धार्मिक सम्प्रदाय, सांस्कृतिक पहिचान, क्षेत्रीय पहिचान आदिलाई समष्टिकृत दृष्टिकोणबाट आफूभित्रै समाहित, समन्वित, सुसंयोजित गर्ने हुनाले “राज्यराष्टू” ले उक्त पृथक् पृथक् अवयवहरूलाई परस्पर विरोधी, प्रतिस्पर्धी ठान्दैन र तिनीहरू “राष्टू” का हैसियतमा विकास हुन सक्ने मानिँदैन ।”
तसर्थ हाम्रो नेपाली समाजसंग मेल नखाने “द्वि(राष्टिूय राज्य” एवं “बहु(राष्टिूय राज्य” को अवधारणालाई मधेशी दलले त्याग गर्ने कि ? पहाडी(मधेशीवीचको विभाजनलाई मलजल दिने के.पी. ओली जस्ता प्रवृतिहरु र केहि मधेशी दलहका नेताहरु राज्यराष्टूको सिद्धान्तलाई अंगाले र देशको समस्टिगत विकासको लागि कदम चाले नेपाली समाजमा पहाडी(मधेशीवीचको संघर्ष कम हुनेथ्यो  ।
अव प्रश्न उठ्छ ः नव गठित राष्टिूय जनता  पार्टी नेपाल “राज्यराष्टू” को सिद्धान्तलाई अंगालिरहेको छ कि अझै “द्वि(राष्टिूयता” वा “बहु(राष्टिूयता” लाई ? उनको नाममा मधेशी शव्द नझुन्डिनुले उनिहरु “राज्यराष्टू” भन्ने सिद्धान्तमा विश्वास राख्छन कि भन्ने निष्कर्ष निकाले अतिश्योक्ति नहोला  ।
     विगतको अभ्यास हेर्दा उनीहरुले व्यवहारमा दार्शनिक चिन्तन भन्दा पनि “ईमोसनल पोलिटिक्स” गरेको वुझिन्छ ।  हामी मधेशी हौं त्यसैले हामीलाई भोट दिनुपर्छ भन्ने संदेश जनमानसमा पस्कदै आएका यि दलले “भोट आ वेटी अपने जाति के देवाक चाही” (भोट र छोरी आफ्नै जातिलाई दिनुपर्छ) भन्ने संदेश दिन पनि धेरै हदसम्म सफल भएकै थिए  ।
“ईमोस्नल पोलिटिक्स” गर्नका लागि नै आफ्नो पसल थापेका यी दलहरुले वहुराष्टिूयताको दुषित वीजलाई तिलाञ्जली दिनका लागि यदि नाममा परिवर्तन ल्याएको हो भने यो कदम अवश्य पनि स्वागत योग्य छ र अव यिनले क्षेत्रियवाट राष्टिूय राजनीतिमा लागे वेस हुनेथ्यो  । यदि यिनले आफूलाई राष्टिूय दलको रुपमा स्थापित गरे भोलीका दिनमा यिनका प्रतिद्वन्दी कांग्रेस, एमाले वा माओवादी जस्ता दलहरु हुनेछन । र, अवश्य पनि नेपाली राजनीतिको जग राष्टिूय एकता र विकासमा केन्द्रित हुनेछ जो स्वागतयोग्य नै हो ।      
     पहिला एक मधेश एक प्रदेशको नारा वोकेर राजनीतिमा हाम फालेका यिनको नारा एक मधेश वहु प्रदेशमा परिणत भएको छ । अर्थात नाममा मात्रै परिवर्तन भएनछ यिनको नारा र गतिविधिमा पनि परिवर्तन आएको छ । अर्को परिवर्तन उपेन्द्र यादव ले पनि गरेकै हुन  । संविधान सभा(१ को चुनावमा भाग लिंदा यिनी नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालको घोषणापत्र हिन्दीमा थियो तर संविधानसभा(२ मा भने नेपालीमा घोषणापत्र उनले ल्याए । यादवको अर्को उपल्व्धी के हो भने उनि मधेशीवाट राष्टिूय वन्नका लागि विभिन्न जनजाती दलहरुसंग सहर्काय गरिरहेका छन् र संघिय समाजवादी फोरमको नेतृत्व गर्न पुगेका छन् ।  
यी सव गतिविधिहरु हेर्दा यिनले अघिसारको “वहुराष्टिूयतावादी” दर्शन वर्तमानमा कमजोर भएको देखिन्छ । यिनले आफ्नो सिद्धान्तमा वेला(नकुवेला संशोधन भित्र्याएको कारण यिनको वहुराष्टिूय दर्शन कमजोर पर्नगएको छ  । र, मधेशी पहिचान पनि खन्डित भएको छ  ।     महन्थ ठाकुरले कुनै कुनै वेला मधेशलाई अलग राष्टूको रुपमा पहिचान दिने दृढता प्रकट गरिरहेका हुन्छन  ।
महन्थ ठाकुरको दलले आखिर  “राज्यराष्टू” वा “वहुराष्टू” कुन सिद्धान्तलाई अंगालेको छ त ? यदि नेपालको सार्वभौमिक्ताप्रति प्रतिवद्ध हो भने देश टुक्र्याउने राजनैतिक भाषण उनले अघिसार्नु पक्कै पनि उचित होईन् । के श्रीमान् ठाकुर काठमाडौं थर्काउनका लागि मात्र यस्ता धम्की शैलीको प्रयोग गरिरहेका हुन्छन् त ?
“वहुराष्टिूयता” को वीजले समाजमा विभाजन निम्तिने खतरा कायम रहिरहन्छ । तसर्थ काठमाडौं विश्वविद्यालयका प्राध्यापक. डा. अधिकारीले अघिसारेको “नेपाली परिप्रेक्ष्यमा “राज्यराष्टू” सिद्धान्तको भुमिका” लाई सवैले थप उर्जा दिए नेपालको समष्टिगत विकासमा अवश्य पनि टेवा पुग्नेथ्यो  ।
   


२०७४ बैशाख ३१ गते आईतबार

अजब–गजब छ बा ! सुदर्शन सिंह

हामी विकाउ ‘स’ प्रेमी नेतागणलाई व्यर्थमा देश बेच्ला, स्वाभिमान बेच्ला भनेर शंका गर्नेलाई सजायको व्यवस्था मिलाउनुपर्छ हैन नेता ज्यू !

२०७४ बैशाख २४ गते आईतबार

निधिको राजनीतिक जीवनमा आएको उतार चढाव

राजीनामा फिर्ता लिएर २१ बैशाख २०७४ मा जनकपुर आउँदा
 जनकपुर विमान स्थलमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि ।
अजय अनुरागी
जनकपुरधाम............
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको बढ्दो दुरीका कारण ढलानमा पुगेको विमलेन्द्र निधिको राजनीतिक जीवनले फेरी स्थायित्व पाएको छ । उपप्रधान तथा गृहमन्त्रीबाट दिएको राजीनामा देउवासँगको सम्बन्ध सुधार वा मनमाझामाझ पछि राजीनामा फिर्ता लिएर निधिले तत्कालका लागि राजनीतिक उचाईलाई यथावत राख्न सफल भएपनि त्यसलाई निरन्तरता दिँदै अगाडी उठाउन भने निधिको लागि चुनौतिहरु यथावत रहेका छन् । सर्बोच्च अदालतका प्रधान न्यायाधीश सुशिला कार्की माथि नेपाल सरकारले महाअभियोग प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गराएकै दिन १७ बैशाख २०७४ मा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजिनामा गरेका थिए । आईजिपि नियूक्ति प्रकरण महाअभियोगसँग जोडिएको र आईजिपि गृहमन्त्रालयको मातहतको निकाय रहेकाले नैतिकताका आधारमा आफ्नो राजनीतिक जीवनका लागि पनि राजिनामा दिएको निधिले बताएका थिए । आफ्ना स्वकिय सचिव विश्वास विक्रम मार्फत प्रधानमन्त्री पुष्प कमल दाहाललाई पठाइएको राजिनामा पत्रमा राजिनामा दिएको र संविधानमा संशोधन गरी सबैको संविधान बनाउने पक्षमा र निर्वाचनको पक्षमा पुर्ववत सक्रिय रहने उल्लेख छ । खासमा भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उक्त महाअभियोग प्रस्तावका बारे सरकारमा नेतृत्व गरिरहेका निधिसँग सल्लाह नै नगरी नेकपा माओवादी केन्द्रसँगको सल्लाहमा संयूक्त रुपमा दर्ता गराइएपछि निधि असंतुष्ट भई राजिनामा गरेका थिए ।
निधिको राजीनामालाई स्वागत गर्दै जारी गरेको
 कांग्रेस महोत्तरीको विज्ञप्ती ।
निधिले राजीनामा दिएपछि मधेसका जिल्लाहरुमा एउटा नयाँ तरंग पैदा भयो । खास गरेर उनको पकड रहेको जिल्लाका सभापतिहरुले प्रेस विज्ञप्ती जारी गरेर पार्टी सभापति देउवाको आलोचना गर्दै निधिको कदमलाई स्वागत गर्दै निधिको साथ रहेको काठमाण्डौलाई जनाउ दियो ।
१९ बैशाख २०७४ मा महोत्तरी कांग्रेसका सभापति महेन्द्र कुमार रायले जारी गरेको प्रेस विज्ञप्तीमा निधिको राजीनामालाई लिएर आफुहरु स्तव्ध रहेको बताइयो । निधिको राजीनामाले पार्टीको आन्तरिक लोकतान्त्रिक पद्धतिलाई मजबुति प्रदान गर्ने भन्दै निधिको कदमलाई कांग्रेस महोत्तरीले स्वागत गरेको उल्लेख थियो । बर्तमान सरकारको प्रमुख रचनाकार उपप्रधान तथा गृहमन्त्रीको राजीनामाले स्तव्ध तुल्याएको र पार्टीका शिर्ष नेता, पदाधिकारी र सरकारमा नेतृत् वगर्ने बीच सम्वादहिनता रहेको पुष्टि भएको उक्त विज्ञप्तीमा उल्लेख छ । बर्तमान सरकार दिग्भ्रमित नभई सरकारको प्रमुख कार्य सूचि संयूक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमतिको आधारमा संविधान संशोधन र स्थानीय निर्वाचन रहेकोमा पार्टीका शिर्ष नेता, पदाधिकारी र सरकारको अगुवाहरु बीच व्यापक छलफल नभएको र पार्टी भित्रको लोकतान्त्रिक पद्धति कमजोर रहेको पुष्टि भएको छ । जसले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई चिन्तित तुल्याएको कांग्रेस महोत्तरी सभापति रायद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
त्यसपछि १८ बैशाख २०७४ मा नेपाली कांग्रेस धनुषाको कार्य समिति तथा नेता कार्यकर्ताहरुद्वारा जारी विज्ञप्तीमा समेत निधिको राजीनामाबाट आफुहरु स्तव्ध भएको, नेपाली कांग्रेसबाट नेतृत्व गर्दै माओवादी सरकारमा गएका उपप्रधानमन्त्री एवम गृहमन्त्रीसँग संगठन तथा संसदीय दलमा समेत छलफल नगरी प्रहरी महानिरीक्षकको मुद्दा सर्बोच्चमा चलिरहेकै अवस्थामा एक्कासी ल्याइएको प्रधान न्यायाधीश सुशिला कार्की माथिको महाअभियोग प्रस्ताव लोकतन्त्र माथिको प्रहार एवम स्वतन्त्र न्यायपालिका माथि हस्तक्षेप रहेको कांग्रेस धनुषा सभापति राम सरोज यादवद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । संविधान संशोधन गरी सर्वपक्षिय संविधान निर्माण गराई निर्वाचन गराउने दायित्व बोकेको बर्तमान सरकारका राजनीतिक दलबाट ल्याइएका प्रस्तावले गर्दा मुलुक अन्यौलमा जाने भएकाले गृहमन्त्रीले दिएको राजीनामा स्वतन्त्र न्यायपालिकाको पक्षमा विधिको शासन एवम लोकतन्त्रको पक्षमा रहेको हुँदा हामी सम्पुर्ण नेपाली कांग्रेसको कार्यकर्ता यहाँको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछौं, कांग्रेस धनुषा सभापति यादवद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
१७ बैशाखमा निधिले राजीनामा गरेपछि १८ बैशाखमा कांग्रेस धनुषा र १९ बैशाखमा कांग्रेस महोत्तरीले प्रेस विज्ञप्ती जारी गरी देउवाको कदम गलत रहेको तथा निधिको कदम स्वागत योग्य रहेको भन्दै देउवासँग ती कांग्रेसीजन विद्रोह गर्ने मानसिकतामा रहेको झल्को दिन्छ ।

दोस्रो संविधानसभाको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्दा
श्रीमति अनामिका निधिका साथ विमलेन्द्र निधि ।
त्यसपछि २१ बैशाखमा प्रदेश नम्बर २ का ८ वटै जिल्लाका सभापतिहरुलाई बोलाई आम सभा गर्ने कांग्रेस धनुषाको तयारी थियो । धनुषाको ४ नम्बर क्षेत्रिय कमिटीद्वारा मधेस मुद्दामा गोष्ठी गर्ने लक्ष्य बाहिर देखाउनको लागि रहेपनि बास्तवमा निधिले देउवालाई ती कार्यक्रम मार्फत आफ्नो शक्ति प्रदर्शन गर्ने मुल लक्ष्य रहेको थियो । स्थानीय तहको निर्वाचनमा ठुलै प्रभाव पर्न सक्ने स्थिति दर्शाउन खोजिएको थियो । निधि खेमाकै कांग्रेसका एक नेताका अनुसार जनकपुर विमान स्थलबाटै देउवाको विरोधमा नाराबाजी गर्दै शक्ति प्रदर्शन गर्ने तयारी थियो । तर, निधिले राजीनामा फिर्ता लिएपछि परिस्थिति फेरिएको थियो । नेपाली कांग्रेसका नेता प्रदिप गिरी, ज्ञानेन्द्र बहादुर कार्की, पुर्ण बहादुर खड्का र शेषनाथ अधिकारीले पहल गरेर क्लाईमेक्समा पुगिसकेको देउवा(निधि द्वन्द्वलाई समाधान गर्न २० बैशाखमा दुवै नेतालाई आमने सामने राखि मन मिलाउने काम गरियो । त्यसपछि प्रधानमन्त्री प्रचण्डले पनि राजिनामा स्वीकृत नगरी एकातर्फ विचाराधिन अवस्थामा राजिनामा पत्रलाई राखेका थिए भने अर्को तर्फ राजिनामा गरेका निधिले पनि मन्त्री निवास छाडेका थिएनन् । त्यसपछि २१ बैशाख २०७४ मा निधिले राजिनामा फिर्ता लिएका थिए । राजिनामा फिर्ता लिएकै दिन जनकपुरको जानकी नवमी कार्यक्रममा सहभागी हुन आएका उपप्रधान तथा गृहमन्त्री निधिले आफ्नो पार्टी सभापति देउवासँग २० बैशाखमा भएको एक घण्टा लामो छलफल र २१ बैशाखमा प्रधानमन्त्री प्रचण्डसँग भएको छलफल पछि प्रधानमन्त्री प्रचण्ड र पार्टी सभापति देउवाको आग्रहमा आफुले दिएको राजिनामा फिर्ता लिई पुनः उपप्रधान तथा गृहमन्त्रीको रुपमा जनकपुर आएको पत्रकार सम्मेलनमा बताएका थिए ।
भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग
भेटवार्ता गर्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि ।

महाअभियोगका कारण आफुले राजिनामा गरेको तर राजिनामा फिर्ता के का आधारमा लिएको हो, महाअभियोग फिर्ता भयो त ? लगायतका सवालहरुमा मौन रहेका मन्त्री निधिले प्रधानमन्त्री प्रचण्ड र पार्टी सभापति देउवाको आग्रहमा मात्र राजिनामा फिर्ता लिएको दुई टुक पत्रकार सम्मेलनमा जवाफ दिएका थिए । अन्य सवालहरुबाट उनी पन्छिएका थिए ।
किन गरे राजिनामा ?
सतहमा हेर्दा निधिले महाअभियोग प्रस्तावलाई कारण र आधार बनाएर राजिनामा दिएको भनिएपनि बास्तवमा उनले त्यतिकारणका लागि मात्रै राजिनामा गरेका होइनन् । भित्री कुरो के हो भने नेपाली कांग्रेसको तर्फबाट सरकारमा निधिले नेतृत्व गरिरहेको भएपनि निधिको नेतृत्व बास्तवमा थिएन । सरकार त के आफ्नै गृहमन्त्रालयमा पनि उनको नियन्त्रण थिएन । मन्त्रालयका सचिव देखि आईजिपी तथा अन्य मातहतका कर्मचारी प्रशासन माथि उनको नियन्त्रण गुमिसकेको थियो । एक हिसावले के पनि भन्न सकिन्छ भने कर्मचारी प्रशासनले उनलाई विल्कुलै टेरिरहेको थिएन । यो कुरा मन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले द एक्सक्लुसिभसामु स्वीकार पनि गरेका छन् । गृहमन्त्रालय पार्टी सभापति देउवाले चलाईरहेको थियो । निधि मात्र रब्बर स्टाम्पमा सिमित भएका थिए । देउवाले महाअभियोग प्रस्तावमा निधिसँग कुनै पनि परामर्श नगर्नुले पनि निधि र देउवा बीचको सम्बन्ध धेरै टाढिएको थियो ।
सरकार गठनमा निधिको भुमिका
भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जीका साथ विमलेन्द्र निधि ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहयात्री रहेका घटक दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालको सत्ता गठबन्धनलाई फुटाउन कांग्रेस सभापति शेरबहादुर देउवाले प्रयास गरेका थिए । सभापति भएपछि प्रधानमन्त्रीको आकांक्षी बनेका देउवा सरकार गिराउने खेलमा असफल भए । उनको लागि त्यो पहिलो गाँसमा नै ढुङ्गा सावित भयो । कांग्रेस भित्रै पनि अर्को गुटका नेताहरुले देउवाको नेतृत्व क्षमतालाई लिएर विभिन्न किसिमका प्रश्नहरु तेसर््याउँदै आलोचना समेत गरे । तर, उक्त गठबन्धनलाई भत्काउन र अहिलेको सत्ता साझेदार दलहरुको गठबन्धन निर्माण गर्न तिर भित्र भित्रै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरा लागि परे । अन्ततः उनीहरु सफल पनि भए । नेकपा माओवादी केन्द्र  ओली नेतृत्वको सरकारबाट बाहिरिए र नेपाली कांग्रेससँगको ७ बुँदे सम्झौता पछि कांग्रेस माओवादी गठबन्धनको नयाँ समिकरण सहित प्रचण्ड नेतृत्वको सरकार निर्माण भयो । त्यतिबेला निधिलाई सत्ता समिकरणका गेम चेन्जरको रुपमा महत्वपुर्ण खेलाडी रहेको बताइयो । त्यसैले पनि उनलाई प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्रालय दिएर कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गर्न लगाइयो । आन्दोलनमा रहेका मधेसी मोर्चा तथा संघीय गठबन्धनसँग कांग्रेस र माओवादीले संयूक्त रुपमा तीन बुँदे सम्झौता गरेपछि मोर्चाले पनि सरकारलाई समर्थन प्रदान गर्यो ।

कांग्रेस भित्र मधेसी समुदायका नेताले गृहमन्त्री पाउनु धेरै ठुलो कुरा हो ।  विगतमा पटक पटक मन्त्री भईसके पनि गृहमन्त्री हुन नसकेका निधि यस पटक अत्यन्तै उत्साहित थिए । गृहमन्त्री भएर पहिलो पटक ८ असोज २०७३ मा गृहनगर जनकपुर आउँदा कांग्रेस धनुषाले उनको भव्य स्वागत गरेको थियो । हजारौं कार्यकर्ताहरु उनलाई रिसिभ गर्न जनकपुर विमान स्थल नै पुगेका थिए । कार्यकर्ताहरुलाई सम्बोधन गर्दै संविधान संशोधन, तिनै तहका निर्वाचन प्रमुख कार्यभार बोकेर आफु सरकारमा गएको र सरकारमा रहँदा तपाईहरुको शिर निहुराउने गरी कुनै पनि काम आफुले नगर्ने निधिले बताएका थिए । निधि विगतको तुलनामा यस पटक अत्यन्त खुशी, उत्साहित र उर्जाले भरिएको चमक उनको अनुहारमा प्रष्ट अनुभुति गर्न सकिन्थ्यो ।
अपमान र तिरस्कारको श्रृङ्खला
गृहमन्त्री निधि र नेपाल प्रहरीको तत्कालिन संगठन प्रमुख उपेन्द्र कान्त अर्याल बीचको मनमुटाव असंतुष्टिको प्रारम्भ विन्दु हो । मोर्चासँग सरकारले गरेको सहमति अनुसार मधेस आन्दोलनका दौरान मोर्चाका कार्यकर्ताहरु माथि लगाइएका मुद्दाहरु फिर्ता लिने प्रयास निधिले अगाडी वढाए । खास गरेर टिकापुर घटना र महोत्तरीको जलेश्वर घटनामा लगाइएका मुद्दा फिर्ता लिने प्रयासमा नेपाल प्रहरीका आईजिपी अर्याल तगारो बनेर निधि सामु उभिए । उनले मुद्दा फिर्ता लिन सकेनन् । त्यहाँबाट निधि र अर्यालको सम्बन्ध विग्रन थालेको हो । गृहमन्त्री निधिले उनको संसदीय निर्वाचन क्षेत्र ३ नम्बर स्थित धनुषाको गंगुलीका एक जना कांग्रेसी कार्यकर्तालाई कुटपिट घटनामा पक्राउ गरी मुद्दा चलाएका धनुषाका तत्कालिन एसपी राम दत्त जोशीलाई कार्यकर्ता रिहा गर्न मन्त्री निधिका स्वकिय सचिव विश्वास विक्रमले दिएको निर्देशन पालना नगरेपछि २४ घण्टा भित्रै उनलाई प्रहरी प्रधान कार्यालय झिकाई कारवाही स्वरुप सरुवा गरियो । त्यो गाउँ गंगुली हेर्ने इलाका प्रहरी कार्यालय फुलगामाका इन्चार्ज प्रहरी नायव निरीक्षक धर्मेन्द्र ठाकुरलाई पनि रातारात त्यहाँबाट इलाका प्रहरी कार्यालय ढल्केवर सरुवा गरियो । मन्त्री निधिको उक्त कदमबाट आईजिपी अर्याल चिढिए । एसपी जोशी अर्यालको भरोसाका पात्र थिए । तर, मन्त्री निधिसामु उनको केही पनि चलेन । जोशी तानिए । त्यहाँबाट प्रहरी संगठन भित्रै मन्त्री निधि प्रति एक किसिमको आक्रोश देखियो ।
त्यसपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको ठाडो आदेशमा पर्सा र सिरहाका दुई जना एसपी प्रहरी प्रधान कार्यालय तानिए । आफ्नो आदेशअनुसार अभियुक्त नछाड्ने भन्दै गृहमन्त्री निधिको ठाडो आदेशमा प्रहरी प्रधान कार्यालय तानिएका पर्साका एसपी राजुबाबु श्रेष्ठ र सिरहाका श्याम ज्ञवालीलाई आईजीपी अर्यालले मन्त्री निधिको निर्देशन विपरित कार्यक्षेत्र फर्काइदिए  । आईजीपीको अधिकारलाई चुनौती दिँदै गृहमन्त्री निधिले पर्सामा पक्राउ परेका हुन्डी कारोबारी र सिरहामा अपहरणकारीलाई कारबाही नगर्न दिएको आदेश पालना नगर्दा आईजीपी विदेशमा रहेका बेला पर्साका श्रेष्ठ र सिरहाका ज्ञवालीलाई कारबाहीस्वरूप तानिएको थियो ।
‘गृहमन्त्रीको आदेशमा उनीहरूलाई प्रधान कार्यालय तानिएको थाहा पाएपछि आईजीपी अर्यालले अमेरिकाबाटै एसपीलाई फोन गर्दै कार्यक्षेत्र जान निर्देशन दिएका थिए । प्रहरी नियमावलीले एसपीसम्मको सरुवा अधिकार आईजीपीलाई दिएको छ । आफ्नो अधिकारप्रति राजनीतिक हस्तक्षेप भयो, यसले राम्रो सन्देश गएन भन्दै आईजीपी अर्यालले दुवै एसपीलाई तत्कालै कार्यक्षेत्रमा फिर्ता गरेको थियो । ब्रिफिङका लागि भन्दै ती दुई जना एसपीहरुलाई प्रधान कार्यालय बोलाइएको थियो । तर, उनीहरूलाई न त ब्रिफिङ लिइयो न त गृहमन्त्रीले नै भेट दिए । गृहमन्त्रीलाई भेट्न निमित्त आईजीपी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्मासँगै पुगेका दुवै एसपीले गृहसचिव लोकदर्शन रेग्मीलाई भेटेर फर्केका थिए । एसपी श्रेष्ठसहितको टोलीले १६ असोजको राति वीरगन्ज उपमहानगरपालिका(७ रेशमकोठीस्थित सन्तोष जैनको घरबाट ठूलो रकमसहित हुन्डी कारोबारी सन्तोष जैन, उनका छोरा अंकुर जैन, श्रीमती उषा जैनसहित पाँचजनालाई पक्राउ गरेको थियो ।
परिणाम स्वरुप मन्त्री निधि पनि आईजिपी अर्यालबाट चिढिए । अर्याल अमेरिकाबाट फर्किएपछि गृहमन्त्री निधिसँग भेट गर्न प्रयास गरे । तर, मन्त्री निधिले अर्याललाई भेट दिएनन् । अर्याल आफ्नो कार्यकाल लम्बयाउन प्रहरी नियमावलीमा संशोधन गर्न चाहेका थिए । तर, अर्यालको कदमबाट रुष्ट भएका निधिले नियमावलीमा संशोधन गर्न मानेनन् । अन्ततः अर्याल आफ्नो सेवा अवधि समाप्त भएपछि सेवाबाट बाहिरिनु पर्यो ।
नयाँ आईजिपी नियूक्ती प्रकरण
अर्यालको सेवा अवकाश भएपछि प्रहरी महानिरीक्षक नियूक्ति गर्ने विषयमा देउवा र निधि बीच मनमुटाव उत्पन्न भयो । गृहमन्त्रीको हैसियतमा निधि डिआईजी नवराज सिलवाललाई र देउवाले सुदुरपश्चिमेली एकता देखाउनका लागि पनि डिआईजी जयबहादुर चन्दलाई आईजिपी बनाउन खोज्दा दुवै नेता बीच दुरी बढ्यो । ती दुवै जना नेता बीच दुरी बढेको कारण मधेसी मोर्चासँग सम्वाद गर्नका लागि कांग्रेसका तर्फबाट पठाउने गरिएको कार्यदलमा निधिलाई हटाएर देउवाले कृष्ण प्रसाद सिटौलालाई पठाउन थाले । सप्तरीको मलेठ घटना पछि सरकारलाई समर्थन दिएको मधेसी मोर्चा फिर्ता भएपछि सरकारमा राप्रपा सामिल भयो । उपप्रधानमन्त्रीको रुपमा दोस्रो बरियतामा रहेका निधिलाई तेस्रो बरियतामा राखियो । निधिले आफु कार्यबाहक प्रधानमन्त्रीको हैसियतमा कार्यकाल चलाईसकेको तर्कमा कमल थापालाई दिइएको दोस्रो बरियता आफुले पाउनुपर्ने भन्दै असहमति जनाईरहे । यहाँसम्म कि दोस्रो बरियता नपाए बरु गृहमन्त्रीबाट राजीनामा दिने उनले संचार माध्यम मार्फत आफ्नो धारणा सार्वजनिक गरे । तर, देउवाले निधिको पक्षमा वकालत गरेनन् । त्यसपछि निधिले मन्त्री परिषदको बैठक बहिष्कार गरिरहे । निधिलाई के लागेको थियो भने देउवालाई पार्टी सभापति बनाउन आफुले ठुलै योगदान गरेको हो । तसर्थ आउँदो सरकारमा देउवाले नेतृत्व गरिरहँदा पार्टीमा आफुलाई उपसभापतिमा मनोनित गरी कार्यबाहक सभापति बनाउनु पर्ने हो । तर, त्यसो भईरहेको थिएन । देउवाले उनलाई बरियता क्रमको विषयमा साथ नदिएपछि अर्को खेमाका बरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन गरिरहेको थियो ।
त्यसपछि नेपाली कांग्रेसले जनकपुरमा आम सभा गर्ने कार्यक्रम बनाइएको थियो । चैत्र ३१ मा आमसभाको मिति तय गरिएको थियो । त्यसपछि ५ बैशाखमा सार्ने निर्णय गरिएको थियो । त्यसै मौकालाई छोपी निधिले २ बैशाख २०७४ मा प्रदेश नम्बर २ का ८ वटै जिल्लाका जिल्ला सभापतिहरु, सांसदहरु र केन्द्रिय सदस्यहरुलाई काठमाण्डौमा भेलामा डाके । सभापति देउवा, महामन्त्री सशांक कोइराला र बरिष्ठ नेता रामचन्द्र पौडेल समेत उपस्थित रहेको उक्त भेलाले निधिको पक्षमा आवाज उठायो । कांग्रेसको सर्लाहीका सभापति नागेन्द्र कुमार राय, महोत्तरीका सभापति महेन्द्र कुमार राय, पर्साको सभापति अजय द्विवेदी, रौतहटका सभापति कृष्ण यादव, धनुषाका सभापति राम सरोज यादव, सप्तरीको सभापति दिनेश यादव, बाराको सभापति जयचन्द्र चौरसिया र सिरहाको सभापति रामचन्द्र यादवले संयूक्त रुपमा विज्ञप्ती जारी गरे । नेपाल सरकारको तर्फबाट व्यवस्थापिका संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्तावमा अझ परिमार्जन गरी मधेसी जनताको माग सम्बोधन गरेर मात्र चुनावको वातावरण बन्न सक्ने अन्यथा चुनाव हुन नसक्ने ८वटै सभापतिहरुले निष्कर्ष निकाले । मधेसी जनताको माग सम्बोधन गर्न नेपालको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले अग्रणी भुमिका निर्वाह गर्नुपर्दछ,विज्ञप्तीमा उल्लेख छ । उक्त भेलाको मुख्य उद्देश्य के थियो भने चुनावमा जानका लागि मधेसको समस्या समाधान गर्नुपर्ने, विमलेन्द्र निधि मधेसको नेता भएका कारण कार्यदलमा सिटौलालाई नपठाई निधिलाई नै पठाउनुपर्ने र निधिको सरकारको बरियतामा दोस्रो स्थान दिलाउन सभापति देउवाले पहल गर्नुपर्ने भनेर म्यासेज दिनु नै थियो । तर पनि देउवाले उनलाई खासै महत्व दिएनन् ।
राणा र कांग्रेसको संयूक्त सरकारमा गृहमन्त्रीको रुपमा रहेका विपी कोइरालाले पनि बरियतालाई लिएर मन्त्री परिषदको बैठक बहिष्कार गरेको उदाहरण दिँदै आफु पनि क्याविनेट बहिष्कार गरेको निधिले संचार माध्यममा बताएपनि अन्ततः उनी क्याविनेट जानै पर्यो । यसरी हेर्ने हो भने निधिले राखेको अडानबाट पछि हट्नु पर्दा उनले अन्तिममा आएर राजीनामा गरेका थिए ।
निधिले राजीनामा गर्दा मधेसबाट प्रतिनिधित्व गर्ने कतिपय केन्द्रिय सदस्यहरु र सांसदहरुले निधिलाई साथ दिएनन् । पौडेल र सिटौला गुटका नेताहरुले त त्यसैपनि साथ नदिने भए । तर संस्थापन पक्षकै अर्थात उनकै टिमको कतिपय नेताहरुले उनलाई साथ दिएनन् । जस्तै जनकपुरबाटै नेतृत् वगर्ने सांसद तथा केन्द्रिय सदस्य महेन्द्र यादव निधिलाई साथ नदिई देउवालाई साथ दिन पुगे । नेता चित्रलेखा यादव पनि देउवालाई साथ दिए । त्यसकारण निधिलाई मधेसी मोर्चाको कार्ड सँगसँगै स्थानीय तहको निर्वाचन आदि विषयलाई लिएर केही जिल्लाका सभापतिहरुको साथ लिई देउवालाई अन्ततः झुकाउन बाध्य भए ।
मधेसी नेता किन छैनन् उनको पक्षमा ?
विमलेन्द्र निधिको बुवा महेन्द्र नारायण निधिसँगसँगै राजनीति गरेका धनुषाका नेता सिताराम साह सम्पुर्ण जीवन अवधि कांग्रेसमा सक्रिय रहे । जनकपुर अञ्चलको तर्फबाट उनी एक पटक राष्टिूय सभामा सदस्य मनोनित त भए तर जिल्लाबाट उनी कहिल्यै पनि सांसद बन्न पाएनन् । यद्यपि उनलाई सांसद बनाउने कुरा पटक पटक गरियो । सिताराम साहको ठाउँमा महोत्तरी लोहारपट्टीका महेन्द्र कुमार मिश्रलाई सांसद बनाइयो । राष्टिूय सभामा सचेतक पनि बनाइयो । तर, साह माइनस पारिए । समिर घिमिरे पञ्चायत काल देखि नै निधिका समर्थक थिए । पछिल्लो संविधान सभाको चुनावमा उनी कांग्रेस परित्याग गरी स्वतन्त्रबाट लड्नु पर्यो । दिलिप सहगल निधिका कट्टर समर्थक हुन । पञ्चायतकाल देखि नै उनी सक्रिय छन् । तर उनले राजनीतिमा केही पनि प्राप्ति गर्न सकेनन् । पुर्व सांसद तथा धनुषा कांग्रेसका पुर्व सभापति स्मृतिनारायण चौधरी जो निधिकै क्षेत्रका नेता पनि हुन, पछिल्लो संविधानसभाको चुनावमा निधि जिताउन उनी सक्रिय थिए । चौधरीलाई समानुपातिक कोटाबाट सांसद बनाउने भनेर निधिले चुनाव प्रचार प्रसारका क्रममा सार्वजनिक मञ्चमै भन्ने गर्थे । तर, चौधरीलाई उनले सांसद बनाएनन् । २०४६सालको आन्दोलनको जिउँदो सहिद ललन चौधरीलाई ओझेल पारिएको छ । २०३६ सालका हिरो भनेर चिनिएका यूवराज खाँती आज पलायन भएका छन् । उनलाई साथ दिने धिरेन्द्र मोहन झा अहिले अर्को खेमामा जानु परेको छ ।
खास गरेर कांग्रेस भित्र मधेसी मुलका नेताहरु महन्थ ठाकुर, जयप्रकाश गुप्ता, विजय गच्छदार आदिको पार्टीबाट विद्रोह र धनुषाका नेता डा.रामबरण यादव राष्टूपति बनेपछि पार्टी भित्र उनको कदले उचाई प्राप्त गरेको थियो । देउवाको दाहिने हातको रुपमा चिनिएका निधि उक्त खेमामा शिर्ष स्थानमा थिए । तर पनि उनकै कारण प्रकाशमान सिंहले गुट परिवर्तन गर्नु पर्यो । चित्रलेखा यादव, खुमबहादुर खड्का, बालकृष्ण खाँड, रमेश रिजाल लगायतका नेताहरु उनको कार्य प्रणालीबाट असंतुष्ट रहँदै आएका छन् ।
केही महिना अघि मात्र सिरहा र पर्सामा सम्पन्न भएको कांग्रेसको जिल्ला अधिवेशनमा पनि उनले हस्तक्षेप गरे । सिरहामा चित्रलेखा यादवको उम्मेदवारको रुपमा रामचन्द्र यादव थिए तर पनि उनका विरुद्ध निधिले चौधरीलाई सभापतिमा उठाए । जबकी त्यहाँ अर्को खेमाका नेतृ सितादेवी यादवको पनि उम्मेदवार थियो । अन्ततः निर्वाचनमा चित्रलेखा यादवकै उम्मेदवार निर्वाचित भयो । त्यसैगरी पर्सामा पार्टी प्रवक्ता रमेश रिजालको उम्मेदवारको रुपमा जनार्दन क्षेत्री उठेका थिए भने निधिले आफ्नो उम्मेदवारको  रुपमा अजय द्विवेदीलाई उठाए । द्विवेदी निर्वाचित भए । त्यसकारण उही गुटका नेता रिजाल निधिसँग असंतुष्ट रहँदै आएका छन् । शेरबहादुर देउवाले नेतृत्व गरेको नेविसंघमा महेश शंकर गिरी र विमलेन्द्र निधि केन्द्रिय सदस्य थिए । निधिले नेविसंघको नेतृत्व गरेको समयमा गिरी कोषाध्यक्ष थिए । निधि विद्यार्थी राजनीति हुँदै पार्टीको शिर्ष स्थानमा रहि पटक पटक मन्त्री समेत भईसके तर गिरीलाई बल्ल आएर निधिले धनुषा कांग्रेस सभापतिको उम्मेदवारको रुपमा उठाएका छन् । यसरी हेर्ने हो भने कतिपय नेताहरुले अवसर पाउन नसकेका कारण पनि निधि प्रति असंतुष्ट रहँदै आएका छन् ।
निधिको राजनीतिक यात्रा
विमलेन्द्र निधि जनकपुरको सरस्वती माविमा कक्षा ९ मा पढ्दै गर्दा विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए । ९ कक्षामा रहेका बेला उनले नेविसंघको नेतृत्वमा त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पस राराब जनकपुरमा स्ववियूको नेतृत्व कसले गर्ने भन्ने रणनीतिहरु बनाउथे । जब उनी १० कक्षामा पुगे आनन्द ढुङ्गानालाई स्ववियू सभापति बनाए र आफु निकट गणेश तिवारीलाई सचिवमा जिताए । विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै पञ्चायती व्यवस्था विरुद्ध कालो झण्डा देखाउने क्रममा रामप्रसाद गिरी, विमलेन्द्र निधि, महन्थ ठाकुर, रामकिशोर यादव पक्राउ परी जलेश्वर जेल गएका थिए । करिब ४÷५ महिनापछि उनी रिहा भएका थिए । फेरी २०२९ सालमा भएको विद्यार्थी आन्दोलनमा पक्राउ परी सिन्धुली जेल चलान गरिए । एक महिना पछि उनी रिहा भए । २०३१ सालमा बम काण्डमा उनी गिरफ्तार परे । जनकपुरको क्षेत्रिय प्रहरी कार्यालयमा बम विस्फोटन गराउने उद्देश्यले निधिले भारतको बनारसबाट बम ल्याएका थिए । तर, कुनै कारण वस त्यो रणनीति सफल हुन सकेन । र, बम फिर्ता गरियो । तर उनलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाइयो र १६ महिनापछि जेलबाट निधि मुक्त भए ।
२०३३ सालमा निर्वासित जीवन विताईरहेका विपी कोइराला राष्टिूय मेलमिलाप नीति लिएर जनकपुर आउनु थियो । विपीलाई विभिन्न ७ वटा मुद्दाहरुमा फाँसी सजाय तोकिएको थियो । विमलेन्द्र निधिले २५ सुत्रिय माग राखेर जनकपुरको राराब क्याम्पसमा हडताल सुरु गरे । विमलेन्द्र निधिलाई समातेर जलेश्वर जेल पठाइयो । तै पनि उनीसँगैका विद्यार्थी नेताहरुले हडताल जारी राखे । त्यसपछि विद्यार्थी नेताहरु रामसरोज यादव, गणेश तिवारी, संजिव थापा, ज्ञानेन्द्र राउत, सविना कोइराला, दिगम्बर राय, दामोदर खनाल पक्राउ परे । २० महिना पछि शान्ति सुरक्षा मुद्दामा पक्राउ परेका निधि जलेश्वर जेलबाट रिहा भए ।
राराब कलेजमा त्यति बेलाका क्याम्पस प्रमुख बैकुण्ठ मान बिजुक्छेले निधि र सविना कोइरालालाई कलेजबाट निस्काशन गरेका थिए । राम सरोज यादव, पुरुषोत्तम ढकाल, बरुण मिश्र लगायतलाई साढे ३ बर्षको लागि विश्व विद्यालयबाटै निष्काशन गरेका थिए । कलेजबाट निष्काशन भएपछि निधि काठमाण्डौ लागे । त्यहाँ पाटन क्याम्पसमा आइएमा अध्ययन गर्न थाले ।
नेविसंघको नेतृत्व
२०२७ सालमा विपिन कोइरालाको नेतृत्वमा नेपाल विद्यार्थी संघको गठन गरिएको थियो । २०२९ सालमा शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको नेविसंघका महामन्त्री डा.रामशरण महत, चिरञ्जीवी बाग्ले लगायतका विद्यार्थी नेताहरु पढ्न गएपछि उक्त समिति निष्किृय थियो । त्यसपछि २०३३ सालमा निर्वासित जीवनमा रहेका विपी कोइराला राष्टिूय मेलमिलापको नीति लिएर नेपाल आउन लाग्दा केन्द्र र जिल्लामा सक्रिय रहेका विद्यार्थी नेताहरुलाई लिएर देउवाको अध्यक्षतामा एउटा नयाँ कमिटि बनाइयो । महामन्त्रीमा हरि न्यौपाने, केन्द्रिय सदस्यहरुमा जनकपुरका महेश शंकर गिरी र विमलेन्द्र निधिलाई पनि राखियो । उक्त कमिटिले प्रतिबन्धित अवस्थामै काठमाण्डौ र देशैभरीमा संगठन गर्न थालियो । २०३६ सालको विद्यार्थी आन्दोलनमा बहुदलको प्रचार प्रसार गर्नका लागि देउवालाई पश्चिमको कमाण्ड दिइयो । बल बहादुर केसीलाई नेविसंघको कार्यबाहक सभापति र शिव भुर्तेललाई महामन्त्री बनाइयो । त्यसपछि नेविसंघको महाधिवेशन सप्तरीम ागर्ने तयारी भयो । तर, महेश शंकर गिरी लगायत तराईका कतिपय विद्यार्थी नेताहरुले महाधिवेशन जनकपुरमा गर्ने भनेपछि महाधिवेशन जनकपुरमा तय गरियो । २०३६ सालमा सम्पन्न नेविसंघको महाधिवेशनमा सलैजा आचार्यले निर्वासित जीवन बिताएका दिलबहादुर घर्तीलाई र बेनुक प्रसाईलाई बलबहादुर केसी र दमननाथ ढुङ्गाना लगायतले सभापति बनाउन चाहन्थे । तर, तराई मधेसका विद्यार्थीहरुले विमलेन्द्र निधिको नाउँ प्रस्ताव गरेपछि विपीले पनि अन्ततः निधिलाई नेविसंघको सभापतिमा मनोनित गरेका थिए । विपीको उक्त निर्णयबाट असंतुष्टि जाहेर गर्दै प्रकाशमान सिंह र नमेन्द्र राज जोशी लगायतका विद्यार्थी नेताहरु महाधिवेशन बहिष्कार गरी काठमाण्डौ फर्किए । पछि जोशीलाई केन्द्रिय सदस्यमा मनोनित गरियो । दिलबहादुर घर्तीलाई महामन्त्री र जनकपुरका महेश शंकर गिरीलाई कोषाध्यक्ष बनाइयो ।
निधिको त्यहाँबाट राष्टिूय पहिचान स्थापित भयो । २०३६ सालको जनमत संग्रहमा बहुदल हारेपछि काठमाण्डौको टुडिखेलमा गरिएको आमसभामा विद्यार्थी नेताको रुपमा विमलेन्द्र निधिले दरबारलाई चेतावनी दिएका थिए । त्यतिबेला राजाले सबै पञ्च नेपाली र सबै नेपाली पञ्च भनेर भनेपछि निधिले खुलामञ्चबाट राजा विरेन्द्रलाई ललकार्दै के भनेका थिए भने म नेपाली पञ्च होइन हामी नेपाली हौं । त्यसपछि टुडिखेलबाट उनी पक्राउ परेका थिए । करिब डेढ महिना पछि उनी रिहा भएका थिए ।
२६(२९ वैशाख , २०५३ मा नेपाली काँग्रेसको ९ औं महाधिवेशनमा सभापति पदका लागि तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको विरुद्धमा चिरञ्जीवि वाग्लेको उम्मेदवारी पर्यो । युवा पुस्तामा नेतृत्व हस्तान्तरणको माँग गर्दै तात्कालीन समान्य प्रशासन मन्त्री विमलेन्द्र निधिसहितका नेताहरुले वाग्लेको उम्मेदवारीका लागि कोइराला विरुद्ध काँग्रेसभित्र खुलेरै अभियान चलाए । वाग्ले पराजित भए । बाग्लेले ३५० मत ल्याएका थिए भने कोइरालाले ९०० भन्दा वढी मत ल्याएका थिए । उनी आफै पनि केन्द्रिय सदस्यमा जनकपुर अञ्चलको कोटामा भिम बहादुर तामाङबाट पराजित भए । गान्धीवादी छबीका महेन्द्र नारायण निधि, कृष्णप्रसाद भट्टराईले सभापतिमा कोइरालालाई समर्थन गर्दागर्दै देउवा, वाग्ले र विमलेन्द्र निधिले अलग्गै धारको नेतृत्व गर्दै पार्टीमा संघर्ष गरे । र, निधिले त्यत्तिबेलादेखिको देउवासँगको सहकार्यलाई अझै निरन्तरता दिएका छन् । पार्टीभित्र महामन्त्री हुँदाहुँदै सभापति वा प्रधानमन्त्री बन्न सक्ने अवसर नदेखेर मूलधारको राजनीतिबाट विश्राम लिँदै महेन्द्रनारायण निधि जनकपुर फर्किए । महेन्द्र नारायण निधि पार्टीभित्रकै अहम जिम्मेवारी सम्हालिरहँदा नेविसंघबाट राजनीति यात्राको सुरुवात गरेका विमलेन्द्र निधि पार्टीभित्रको युवा पंक्तिको नेतृत्व गर्ने हैसियतमा पुगेका थिए । नेपाली काँग्रेस धनुषाका सभापति रामसरोज यादबका अनुसार पारिवारिक पृष्ठभूमिले राजनीतिमा आएपनि निधि आफ्नो बाटो आफैं तय गरेर यहाँसम्म आइपुगेका छन्, राजनीति नगरेका उनका दाजु नवेन्द्र निधिले विरासत केही पाए त ? वास्तवमा पार्टीभित्र  गिरिजाप्रसाद कोइराला विरुद्ध वाग्लेको उम्मेदवारी महेन्द्र नारायण निधिलाई पनि पचेन । ९ औं महाधिवेशनमा नै निधिले जनमञ्च साप्ताहिक पत्रिकामा अन्तरवार्ता दिँदै अबको नेतृत्व दोस्रो पुस्तामा आउनुपर्छ भनेर भनेका थिए । उनले पार्टीको नेतृत्व गरिरहेका गिरिजा प्रसाद कोइरालालाई संकेत गर्दै शेरबहादुर देउवाको नेतृत्व आउनुपर्ने भनि लवि गरेका थिए । त्यसपछि देउवा निधि विरुद्ध फायर भए । किनभने पार्टीमा कोइराला, कृष्ण प्रसाद भट्टराई र गणेशमान सिंह विरुद्ध बोल्ने कसैको आँट हुँदैन्थ्यो । देउवाले मेरो घाँटी रेटिदियौ भनेर निधिलाई भन्दा आफ्नो मनमा जे लाग्यो त्यो बोलेको भनेर निधिले जवाफ फर्काए । बुवा महेन्द्र नारायण निधिको ईच्छा विपरित विमलेन्द्रले केन्द्रिय सदस्यमा शेष इद्रिश विरुद्ध आफ्नो उम्मेदवारी दिए । निधिले कात्तिक २०५१ मा भएको मध्यावधि चुनाबमा धनुषा क्षेत्र नं ४ जनकपुरबाट नेकपा एमालेकि शारदा झालाई पराजित गरी पहिलोपटक जनप्रतिनिधिका रुपमा निर्वाचित भए । बुवा महेन्द्र नारायण निधिले २०४८ सालको चुनाबमा २२ हजार मतले जितेको क्षेत्रमा एमालेकी चर्चित नेतृ शारदा झालाई ५ हजार मतले पराजित गर्दै निधि पहिलोपटक सांसद भएका थिए ।
९ औं महाधिवेशनअघि र पछि सरकारको नेतृत्व गरेका गिरिजाप्रसाद कोइरालाको मन्त्रीमण्डलमा समान्य प्रशासन मन्त्री भएर पहिलोपटक सिंहदरबार छिरेका निधिले त्यसयता हालसम्म तीनपटक मन्त्री भए । ६ असोज २०५९ मा काँग्रेसबाट काँग्रेस प्रजातान्त्रिक टुट्दा शेरबहादुर देउवासँगै प्रजातान्त्रिकमा गएका निधि ८ असोज २०६४ का दिन नेपाली काँग्रेसमा ‘मर्ज’ हुँदा काँग्रेसको महामन्त्रीको हैसियतमा पुगे । शेरबहादुर देउवाको मन्त्रीमण्डलमा शिक्षामन्त्री, संविधानसभाको दोस्रो निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारमा भौतिक योजना तथा यातायात मन्त्री र हाल पुष्पकमल दहाल नेतृत्वको सरकारमा काँग्रेसको नेतृत्व गर्दै उपप्रधान एवम् गृहमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । 
विमलेन्द्र निधिको जिवनी
जन्म दिन १० असोज, २०१३ ।
२०२७ मा उमगावँमा नेविसंघको सदस्यता ग्रहण ।
२०२८ मा सरस्वती मावि   जनकपुरमा नामाङ्कन ।
२०२८ मा आन्दोलनको क्रममा महन्थ ठाकुर, रामप्रसाद   गिरीसँगै जलेश्वर   कारागार चलान ।
२०२९ मा राराब स्ववियु निर्वाचनमा स्ववियु सचिबमा निर्वाचित ।
२०२९ मै मशाल जुलुसको क्रममा पक्रिदा सिन्धुली कारागार चलान
२०३३ मा स्नातह तहमा पढ्दै गर्दा आन्दोलनको क्रममा पक्राउ परेर १८ महिनाका लागि रामेछाप जेल चलान ।
२०३६ मा विपि कोइरालाले उद्घाटन गरेको नेविसंघको महाधिवेशनमा २३ वर्षको उमेरमा   सभापतिमा निर्वाचित ।
२०४६ को जनआन्दोलनमा जनकपुरमा काँग्रेसको नेतृत्व गर्दा शुट वारन्ट जारी ।
२०४७ सालमा कृष्ण प्रसाद भट्टराई नेतृत्वको सरकारमा महेन्द्र नारायण निधि जलस्रोत तथा स्थानीय विकास मन्त्री नियुक्त भएपछि काठमाण्डौंमा बसाई ।
२०४८ अषाढ ६ गते अनामिका निधिसित विवाह  ।
२०५१ को मध्यावधि चुनाबमा धनुषा ४ बाट पहिलोपटक जनप्रतिनिधि निर्वाचित ।
२०५२ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा समान्य प्रशासन मन्त्री ।
२०५६ मा धनुषा ४ जनकपुरबाट चुनाब लड्दा राप्रपाका कृष्ण प्रताप मल्लबाट पराजित ।
२०५९ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा शिक्षा मन्त्री नियुक्त ।
२०६३ मा संविधानसभाको निर्वाचनमा क्षेत्र परिवर्तन गर्दै पुख्र्यौली घर धनुषा ३ बाट निर्वाचित
२०६४ मा नेपाली काँग्रेस र प्रजातान्त्रिकबीच एकीकरण हुँदा महामन्त्री चयन  ।
२०७० मंसिरमा संविधानसभाको दोस्रो निर्वाचनमा धनुषा ३ बाट निर्वाचित ।
२०७० मा सुशील कोइराला नेतृत्वको सरकारमा भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री नियुक्त ।
२०७३ श्रावणमा पुष्पकमल दहाल नेतृत्वको सरकारमा काँग्रेसको नेतृत्व गर्दै उपप्रधान तथा गृहमन्त्री नियुक्त  ।



२०७४ बैशाख २४ गते आईतबार

विचार : विमलेन्द्र निधि ‘न घरको न घाटको’ : अरबिन्द कुमार यादव


केही दिन पहिले मैले विमलेन्द्र निधिकै बारेमा एउटा लेख तहलका नेपाल दैनिकमा प्रकाािशत गरेको थिएँ । उहाँको राजीनामा र राजीनामा फिर्ता विषय लिएर पुनः मलाई एउटा लेख लेख्न म लाग्यो । लेख शुरु गरिहाल्नु भन्दा पहिला एउटा छोटो कथा उल्लेख गर्न चाहन्छु । एउटा पत्रकार साँझ ८ बजे जवाहर लाल नेहरु, महात्मा गान्धी र अम्बेडकरलाई एउटै स्थलमा भेटघाट गर्ने सुनौलो मौका पाएको थिए । तर दुर्भाग्यवस उहाँ सो स्थलमा नौ बजे पुग्नुभएको थियो, पुरा एक घण्टा ढिलो थियो । त्यो पनि कुनै आशाको किरण बाँकी नराखेर । कार्यक्रम स्थलमा पुग्दा अम्बेडकर मात्र वसिरहनु भएको थियो । पत्रकारले क्षमा माग्दै भन्नुभयो,“ मलाई ढिलो भयो । तपाईलाई मैले धेरै बेर प्रतिक्षा  गर्न लगाएँ । के नेहरु र गान्धीजी पनि आउनु भएको थियो त ? “हो उहाँहरु पनि आउनु भएको थियो  र गईहाल्नु भो पनि । अम्बेडकरले भने । पत्रकारले भने,“ तपाई मात्र किन एक घण्टा समय मेरा लागि वर्वाद गर्नुभो, तपाई पनि गएकै राम्रो, म आएपछि फर्किहाल्थे नि, फेरी भेटघाटको कार्यक्रम अर्को दिनमा पनि राख्न सकिन्थ्यो । पत्रकारको प्रश्नको जवाफमा अम्वेडकरले यसो सारगथित भनाई राख्दै भन्नुभयो,“ हेर्नुस पत्रकार ज्यू, नेहरुजी उपल्लो जातको मान्छे हुनुहुन्छ, पढेलेखेको वर्गको पनि दुनियाँलाई हरेक दृष्टिकोणले विश्लेषण गर्न सक्ने क्षमतावान व्यक्तित्व पनि । उहाँले पन्ध्र मिनेट मात्रै प्रतिक्षा गर्नुभयो र त्यो उहाँको निम्ति जायज नै थियो । महात्मा गान्धीजी आधी घण्टा प्रतिक्षा गरेर जानुभो । त्यो पनि उहाँको निम्ति मलाई ठिकै लाग्छ । कारण गान्धीजी पनि गरिबीको रेखामुनिबाट माथि उठेको मान्छे हुनुहुन्छ । साथै उहाँ वैश्य भएका कारण उहाँको वर्ग शिक्षित र सभ्य पनि हुन । तर म त परे दलित वर्गको मान्छे । मेरो जातमा शिक्षाको अभाव छ, धनको अभाव छ, दुरदर्शिताको कमि छ । दलित वर्गलाई उत्थान गर्नका निम्ति मलाई अहोरात्र खरन छ । अनि मात्रै हामी दलित वर्गको कल्याण हुन्छ । यदि हामी नेहरु र गान्धीको जस्तो जीवनशैली अपनायौं भन्ने हाम्रो दलित वर्गको उत्थान र कल्याण असंभव छ । त्यसैले म तपाईको प्रतिक्षा गरिरहेछु । म तपाईको कल्याण निम्ति हैन कि पत्रकार ज्यू म आफ्नै कामको निम्ति यहाँ बसिरहेछु । पत्रकार अम्वेडकरको कुरो सुनेर दंग परें ।
अम्वेडकरको यही भनाई गृहमन्त्री विमलेन्द्र निधिमा लागु हुनु थियो । तर दुर्भाग्यवस निधि आफुलाई उपल्लो जातको मान्छे गनाएर ठुलो गल्ती गरेका छन् । आफुलाई धेरै पढेलेखेको जातको पनि घमण्ड छ जस्तो देखिन्छ । अर्थात उनले आफुलाई तुलना गरें कोइराला परिवारसँग, गणेशमान सिंहको परिवारसँग । म पनि त निधि परिवारको मान्छे छु । नेपालको प्रजातान्त्रिक आन्दोलनमा जति योगदान कोइराला परिवार र सिंह परिवारको छ । त्यति नै योगदान निधि परिवारको पनि छ । तर निधिले विर्सिहाले, नेपाली कांग्रेसको महाधिवेशनहरुमा गणेशमानका पुत्र प्रकाशमान सिंह र वीपी कोइराला पत्र सशांक कोइराला ठुलो मतका अन्तरले निर्वाचित भए महामन्त्री पदमा । तर विमलेन्द्र निधि सधै पराजित भए महामन्त्री पदमा । जसबाट निधिको परिवारको योगदान नेपाली कांग्रेसले विर्सिसकेको प्रमाणित हुन्छ । निधिले अबको दिनमा आफुलाई ठुला कांग्रेसी मान्नु घातक सिवाय अरु के हुन सक्छ र ? नेपाली कांग्रेस भित्र प्रकाशमान सिंह र सशांक कोइराला कांग्रेसी हो र विमलेन्द्र निधि मधेशी हुन भने भावना हावी भएको छ । जसलाई आम मधेसी कार्यकर्ताहरुले पनि बुझ्नु जरुरी छ ।
सबभन्दा ठुला दलका हैसियतले पनि निधिलाई मर्यादा क्रममा अटाउन सकिएन । निधि तेस्रो नम्बरमा झरेपछि उनले बरिष्ठ नेता रामचन्द्र पौडेलको शरणमा गएर पनि निराश नै भए । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र सभापति शेरबहादुर देउवाले संविधान संशोधनको आवश्यक मत प्राप्त गर्न मालेका महासचिव सिपी मैनालीलाई उपप्रधान मन्त्री दिन सहमत भए । तर मैनालीले आफु निधिको तल नबस्ने अडान लिएपछि मर्यादा क्रममा उहाँलाई निधिभन्दा माथि राख्ने सहमति देउवा प्रचण्डले गरेको सुईको पाएपछि निधि राजीनामा आफ्नो पदबाट दिएका थिए । जुन राजीनामाको कुनै औचित्य थिएन । नेपाली कांग्रेस भित्र मधेसी मुलका मंत्रीलाई यतिसम्म बेइज्जत गरिन्छ भन्ने कुरा अब त प्रमाणित नैभईसकेको छ । मंत्रीले नै मंत्रीपरिषद बहिष्कार गर्नुसरकारी कार्यक्रममा पनि कुर्सी नपाएर बहिष्कार गरेर कुलेलम ठोक्नु निधिका निम्ति एउटा नयाँ इतिहास नै कायम भएका छन् ।
निधिले आफुलाई कांग्रेसी ठाने वरिष्ठ मन्त्री बुझे र ठुला नेता सोचें, तर आफुलाई कहिल्यै पनि मधेशी बुझेनन् । नेपालको इतिहास साक्षी छ जस जसले आफुलाई मधेशी नबुझेर गल्ती गरे, त्यसको परिणाम खसवादी पार्टीमा यस्तै रह्यो । निधि सधै आफुलाई नेहरु र गान्धीको परिवारसँग तुलना गरें । तर अम्वेडकरलाई भुसुक्कै विर्सिहाले । राजीनामामा फिर्ता लिएर निधि पद, पैसा, प्रतिष्ठा र मान सम्मानका भोका भएको प्रमाणित गरेका छन् । सुनिन्छ उनलाई अब पार्टी उपसभापति बनाउने खेल पनि शुरु भएको छ । पार्टी उपसभापति बनेर उनले के गर्न सक्छन् त ? आफ्नै बुवा महेन्द्र नारायण निधि महामन्त्री पदमा आसिन हुँदा बहुमतको सरकारमा पनि प्रधानमन्त्री बन्न नदिएर उहाँको योगदानको कति अबमुल्यन गरियो त ? त्यो घटनाको सम्बन्धमा पंक्तिकार भन्दा निधि बढी नै जानकारभएको हुनुपर्छ । स्व.गिरिजा प्रसाद कोइरालाले मध्यावदी निर्वाचन गराएर देशलाई ठुलो आर्थिक नोक्सानी पुर्याए । पार्टीलाई ध्वस्त पारें तर मधेशी मुलका आफ्नै पार्टीका महामन्त्री महेन्द्र नारायण निधिलाई प्रधानमन्त्री बन्न दिएन ।
अब पनि विमलेन्द्र निधि अम्वेडकरकै बाटोमा हिँड्नु उचित छ । उहाँले आफुलाई मधेशी मुलका मान्छेको कल्याणका खातिर समर्पित गर्नु जरुरी छ । सत्ता र भताले अब केही हुने बाला छैनन् । कांग्रेसी एजेण्डाको झोला फ्याकेर मधेशीको  एजेण्डा बोक्नु नितान्त जरुरी भईसकेको छ । यसै पनि बुवा छोराले चारतारे झण्डा बोकेर बेइमानी योगदानको अबमुल्यन र षड्यन्त्र बाहेक के पायो त ? समय छँदै निधि सच्चिनुपर्छ । नत्र उनको लागि भौतिक दिनमा उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, डा.सि.के राउत, जय कृष्ण गोइतको नाम मात्र स्मरण रहनेछ ।
आफ्नो स्वाभिमान जगाएर उहाँले अम्वेडकरको बाटोमा हिँड्नुपर्छ, मधेसीको बाटोमा हिँड्नुपर्छ या आफ्नै नयाँ गोरेटोको निर्माण गर्नुछ । कांग्रेसी मार्ग अब त सदा सदाको निम्ति त्याग गरिहाल्नु पर्छ । आफ्नो कल्याण आफ्नो समुदायको कल्याण नहुने बाटो किन अबलम्बन गर्ने ? यी सम्पुर्ण घटना क्रमलाई केलाएर उहाँ अब पनि सचेत भएन भने उहाँ न घरको न घाटको हुनुहुनेछ । इतिहासले कसलाई माफ गरेको छ र । इतिहासका पानाहरुमा आफ्नो नाम सुनौलो अक्षरले लेखाउने सुनौलो समय निधिका निम्ति भोली कहाँ हुनेछ । संत कविरको एउटा अमृतवाणी यहाँ उल्लेख गर्न चाहन्छु ।
कल करे सो आज कर । आज करे सो अब ।। क्षण मै प्रलय हो त है बहुरी करेगा कब ।।

२०७४ बैशाख २४ गते आईतबार

सन्दर्भ ः जनकपुर बम काण्ड पाँच बर्ष वितिसके पनि अदालतद्वारा मुद्दाको फैसला हुन सकेन

बम काण्डमा शहिद भएकाहरु बायाँबाट क्रमशः दिलिप दास,
झगरु मण्डल, रंजु झा, विमल शरण र सुरेश उपाध्याय ।
अजय अनुरागी
जनकपुरधाम............
प्राचिन मिथिलाको राजधानी भनेर चिनिने जनकपुरधाम धार्मिक, अध्यात्मिक, पुरातात्विक महत्व बोकेको ऐतिहासिक सहर हो । राजर्षी जनककी छोरी तथा जगत जननी भनेर चिनिने माता जानकीको जन्म दिनको अवसरमा जनकपुरधाममा ‘जानकी नवमी’ धुमधामका साथ मनाउने गरिन्छ । आज भन्दा पाँच बर्ष पहिले १८ बैशाख २०६९ मा जानकी नवमीको एकातर्फ हर्षोउल्लास थियो भने अर्को तर्फ अबको प्रादेशिक संरचनामा मिथिला राज्य हुनुपर्छ भनेर यस क्षेत्रका साहित्यकार, कलाकार, बुद्धिजिवी, विभिन्न संघ संस्था, यूवा क्लवहरु संम्मिलित मिथिला राज्य संघर्ष समिति आन्दोलित थिए । शान्तिपुर्ण तरिकाले आफ्नो माग राज्य समक्ष पुर्याउन प्राध्यापक परमेश्वर कापडीको संयोजकत्वमा गठित उक्त संघर्ष समितिले एक एक घण्टा चक्का जाम गरी सांस्कृतिक कार्यक्रम लगायत विभिन्न कार्यक्रमहरु गर्ने भनेर पहिले देखि नै तय गरेको थियो ।

पाँच बर्ष अघि जानकी नवमीको दिन अर्थात १८ बैशाख २०६९ मा संघर्ष समितिले पुर्व निर्धारित कार्यक्रम अनुसार जनकपुरको रामानन्द चौकमा सडकमा धर्ना दिई विरोध प्रदर्शन गरिरहेका थिए । मधेस केन्द्रित दलहरु सम्मिलित संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा समग्र मधेस एक स्वायत्त प्रदेशको अडान राखिरहेका बेला आफ्नो ऐतिहासिक पहिचान गुम्ने भन्दै मिथिला राज्य संघर्ष समितिले मिथिला राज्य माग गरिरहेका थिए । शान्तिपुर्वक धर्नामा बसेका बेला अचानक शक्तिशाली बम विष्फोटन गराइयो । विष्फोटनमा परि जनकपुर नगरपालिका १० बस्ने झगरुलाल दास कथबनिया(४०), जनकपुर ८ बस्ने विमल शरण(४०), महोत्तरी बथनाहा ९ तथा हाल जनकपुर बस्ने रंजु देवी झा(४०), जनकपुर ८ बस्ने सुरेश उपाध्याय(४५) र दिपेन्द्र दास(३५) गरी कुल पाँच जनाको ज्यान गएको थियो । विष्फोटनमा परेर ३२ जना घाइते भएका थिए ।
जनकपुरको इतिहासमा पहिलो पटक यसरी शान्तिपुर्ण आन्दोलनमा कुनै आपराधिक समुहले बम विष्फोटन गराएको थियो । जानकी नवमीको उल्लास त्यो बर्ष चित्कारमा परिणत भयो । पुरै जनकपुर शोकाकुल भयो । घटनाको पाँच बर्ष भईसकेपनि पीडितहरुले न्याय पाएका छैनन् ।
बम काण्डको सिआईबिद्वारा अनुसन्धान

उक्त घटना पछि प्रहरी प्रधान कार्यालयले तत्कालै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईवी) लाई घटनाको अनुसन्धान गर्न जिम्मेवारी दिएको थियो । तत्कालिन केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइवी) प्रमुख डिआईजी उपेन्द्र कान्त अर्याल आफै पनि जनकपुर आएर घटना सम्बन्धि विशेष चासो लिएका थिए । जनकपुरको घटना मानवता विरोधी गम्भिर प्रकृतिका जघन्य अपराध भएको ठहर गर्दै सिआइवीले उक्त घटनालाई अनुसन्धान गर्न चलाएको अप्रेशनलाई ‘अप्रेशन रामा’ को संज्ञा दिएको थियो ।
बम विष्फोटनको मुख्य योजनाकार तराई जनतान्त्रिक पार्टी मधेशका केन्द्रिय अध्यक्ष अर्जनु सिंह भनिने मुकेश चौधरी रहेको सिआईबिले दावी गर्यो । ब्यूरोका तत्कालिन डिएसपी भुपेन्द्र बहादुर खत्रीको संयोजकत्वमा खटेको अनुसन्धान टोलीले ५ जेष्ठ २०६९ मा अञ्चल प्रहरी कार्यालय जनकपुरमा पत्रकार सम्मेलन मार्फत घटनामा संलग्नता रहेको आशंकामा पक्राउ परेका ४ जनालाई सार्वजनिक समेत गर्यो । सप्तरी बिसहरिया ( ८ का २१ वर्षिय जय प्रकाश चौधरी उर्फ शिवम शर्मा, धनुषा सपही १ का प्रकाश भनिने सुरेश कुमार कर्ण, महोत्तरी मडई(६ का छोटु भनिने रिपेन्द्र झा र धनुषा भुतही पटेरवा(७ का मुकेश कुमार कर्णलाई प्रहरीले    सार्वजनिक गरेको थियो ।
जय प्रकाशले मुकेश चौधरीको निर्देशनमा रामानन्द चौकमा बम विष्फोटन गराउने कार्यमा संलग्न रहेको, रिपेन्द्र झा विष्फोटक पदार्थ ओसार पोसार , व्यवस्थापन गर्ने कार्यको भुमिका निर्वाह गर्नुका साथै जनकपुर स्थित एमालेको पार्टी कार्यालयमा बम विष्फोट गराएको प्रहरीको दावी थियो । केही समय पहिला मुकेश चौधरी सँग छलफल गरी एउटै मोर्चामा काम गर्ने उनीहरुले सहमति गरेका थिए । त्यसैगरी सुरेश कर्णले रामानन्द चौकको बम विष्फोटनमा विष्फोटक पदार्थ उपलब्ध गराएको र एमाले पार्टी कार्यालयमा समेत बम विष्फोटन गराउने कार्यमा संलग्न रहेको प्रहरीले आरोप लगाएको थियो । त्यसै गरी मुकेश कर्ण बम ओसारपोसार गर्ने, बम बनाउने र बैशाख १७, २०७१ मा जनकपुर स्थित एमाले पार्टी कार्यालयमा बम विष्फोट गराएको प्रहरीले दावी गर्यो ।
सिआइवी प्रमुख प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्याल, मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रहरी नायब महानिरीक्षक विरेन्द्र बाबु श्रेष्ठ, धनुषाका प्रमुख जिल्ला अधिकारी बसन्त राज गौतम, प्रहरी उपरीक्षक पुरुषोत्तम कँडेल सहितको उपस्थितिमा पत्रकार सम्मेलन गरी घटनाको प्रारम्भिक अनुसन्धानबारे औपचारिक रुपमा पहिलो पटक प्रेसलाई जानकारी दिईएको थियो ।
अन्दाजी ६ महिना पहिले गठन भएको तराई विद्यार्थी लिबरेशन फ्रन्ट कमाण्ड सम्हाल्ने जिम्मा मुकेश चौधरी उर्फ अर्जुन सिंहले पाएको थियो । उक्त फ्रन्टमा संलग्न हुन भारतको मुजफ्फरपुर र सितामढीमा सुरेश कर्ण, जितेन्द्र लाल कर्ण, रिपेन्द्र झा र मुकेश कर्ण बीच वार्तालाप भएको थियो । उनीहरुको बीचमा छलफलको क्रममा विष्फोटन गराउने सहमति अनुसार मुकेशले उपलब्ध गराएको विष्फोटक पदार्थहरु जितेन्द्रलाल कर्णको महोत्तरीको जलेश्वर स्थित आप्mनै घर तथा सुरेश कर्णको जनकपुर(४ स्थित आफन्तको घरमा भण्डारण गरिएको थियो । त्यसपछि जितेन्द्र लाल कर्णको अगुवाईमा सोही विष्फोटक पदार्थहरु मध्ये केही टूाफिक प्रहरी कार्यालयमा जलेश्वरमा विष्फोटन गराएको प्रहरीको दाबी थियो ।
मुकेश कै निर्देशनमा वैशाख १७ गते जनकपुर(४ स्थित एमाले पार्टी कार्यालयमा सुरेशा कर्ण, जितेन्द्र लाल कर्ण, रिपेन्द्र झा र मुकेश कर्ण मिलेर विष्फोटन गराएको प्रहरीले दावी गर्यो । हुन त उक्त घटनाको जिम्मेवारी अर्को भुमिगत समुह जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका केन्द्रिय अध्यक्ष रंजित झा उर्फ राजन मुक्तिले लिएको थियो । भारतीय मोबाईल नम्बरबाट विभिन्न संचारकर्मीलाई घटनाको जिम्मेवारी लिएको भन्दै राजन मुक्तिले एसएमएस पठाएको थियो ।
घटनाको योजना
बम काण्ड पछि प्रहरीले चलाएको अप्रेशन रामा र पहिलो पटक पक्राउ परेका अभियूक्तहरु
बायाँबाट क्रमशः जयप्रकाश चौधरी, मुकेश कुमार कर्ण,
 रिपेन्द्र झा र सुरेश कुमार कर्ण ।
प्रहरीका अनुसार मुकेश चौधरीले सुरेश कर्ण, जितेन्द्र कर्ण, लगायतका साथीहरुलाई जनकपुरका विभिन्न सरकारी कार्यालय तथा अन्य व्यस्त स्थानहरुको अवलोकन गरी उपयुक्त स्थानको छनौट गर्न लगाएका थिए । यसै बीचमा मुकेश चौधरीले जयप्रकाश चौधरीलाई फोन गरी संगठन विस्तार गर्न तथा निजी प्रयोजनका लागि रु. ५ लाख उपलब्ध गराउने बचनबद्धता व्यक्त गरेको थियो । सोही बचनबद्धता बमोजिम जनकपुरमा काम गर्नु छ भनी जयप्रकाशलाई सप्तरीबाट जनकपुर बोलाइएको थियो । जनकपुरमा आए पश्चात मुकेश चौधरीले छद्म नाम प्रयोग गर्न लगाई रु. १० हजार आईएमई कान्तिपथ काठमाण्डौबाट जनकपुरको सहयोगी विकास बैंकमा जयप्रकाश चौधरीलाई पठाएको थियो । मुकेशकै निर्देशन बमोजिम जयप्रकाशलाई सुरेश कर्ण सँग भेट गरी विष्फोटक पदार्थ लिन लगाएको थियो ।
जीवनाथ चौधरीलाई लक्षित गरी बम विष्फोटन गर्न लगाएको भए पनि जयप्रकाशले जीवनाथ लाई चिन्न सकेको थिएन् । ९ बजेर १९ मिनेटमा मुकेश चौधरीले मोवाईल मार्फत ‘सामान कुर्सी पर रख कर निक्लु’ सामान कुर्सीमा राखेर हिँड भन्ने जयप्रकाशलाई निर्देशन दिएको थियो । घटना भएको दिन १८ गते जयप्रकाश र मुकेश चौधरी बीच ३० पटक भन्दा बढी टेलिफोन सम्वाद भएको प्रहरीले खुलासा गर्यो ।
पक्राउ परेका ४ जना सँगै बरामद गरिएका आईडिएल इन्युल्डायन एक्सप्लोसिभ क्लास(३८ लोला, घटनाहरुमा प्रयोग भएका मोटर साइकल थान(२, रिमोट कन्टूोल स्विच थाल ३, डेटोनेटर थान १, विष्फोट प्रयोग गराउन प्रयोग हुने तारहरु, गन पाउडर, बममा प्रयोग हुने ब्याटूी थान ६, डेटोनेटर थान १, विष्फोट प्रयोग गराउन प्रयोग हुने तारहरु, गन पाउडर, बममा प्रयोग हुने ब्याटूी थान छ, फलामको किल्लाहरु, नाइन एमएमको गोली राउण्ड १, विभिन्न कम्पनीको नेपाली तथा भारतीय सिमकार्ड, मोबाईलहरु, जितेन्द्रको नाममा रहेको प्रभु फाईनानसको चेक थान १ सहितका सामग्रीहरु सार्वजनिक गरिएको थियो । अनुसन्धानमा संलग्न सिआईबीका डिएसपी खत्रिले उक्त अपराध अल्टूामोडेल अर्गेनाईज्ड क्राईमको क्याटेगरी भित्र परेको बताएका थिए । विभिन्न व्यक्तिको छद्म नाउँ राखि योजनाकारले घटनाको अन्जाम दिने गर्दछ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव निरीक्षक रवि घिमिरेको प्रतिवेदन, मृतक झगरु दास कथबनियाका छोरा विक्की दास कथबनिया समेतको जाहेरीले जिल्ला सरकारी वकिल कार्यालय धनुषा मार्फत सुरुमा ८ जनालाई बम काण्डको अभियूक्त बनाई धनुषा जिल्ला अदालतमा मुद्दा दर्ता गरियो । जयप्रकाश चौधरी, मुकेश कुमार कर्ण, सुरेश कुमार कर्ण, रिपेन्द्र झा, जितेन्द्र कुमार कर्ण, राजन मुक्ति भन्ने रंजित झा, अर्जुन सिंह प्रकाश भन्ने मुकेश कुमार चौधरी र बाबुल भन्ने आदित्य देव विरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गरियो ।
बम काण्डका अभियूक्तको रुपमा
राजन मुक्ति भनिने रंजित झा
थुनामा राखिएको छ ।
पक्राउ परेका सप्तरी बिसहरिया ( ८ का २१ वर्षिय जय प्रकाश चौधरी उर्फ शिवम शर्मा धनुषा सपही १ का प्रकाश भनिने सुरेश कुमार कर्ण, महोत्तरी मडई(६ का छोटु भनिने रिपेन्द्र झा र धनुषा भुतही पटेरवा(७ का मुकेश कुमार कर्णलाई  १ अषाढ २०६९ मा धनुषा जिल्ला अदालतका न्यायाधीश बलभद्र बाँस्तोलाको इजलासले चारैजनालाई महोत्तरीको जलेश्वर कारागारमा थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश गर्यो । त्यसपछि २१ मंसिर २०६९ मा पुनरावेदन अदालत जनकपुरका न्यायाधीशद्वय डम्बर बहादुर शाही र द्वारिकामान जोशीको संयूक्त इजलासले पनि सुरुकै आदेशलाई सदर गरेको थियो । पछि १७ पुष २०७० मा सर्बोच्च अदालतका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र तर्कराज भट्टको संयूक्त इजलासले पनि सोही आदेशलाई सदर गरेका कारण पक्राउ परेका चारै जना हालसम्म पनि कारागारमै थुनामा छन् ।
मुकेश चौधरी पक्राउ परेपछि घटनाको रहस्य भयो पर्दाफास
 प्रारम्भिक अनुसन्धानबाट जनकपुर बम काण्डको मुख्य योजनाकार भनिएका अर्जुन सिंह भनिने मुकेश चौधरी पक्राउ परेपछि बम काण्ड बारे थुप्रै रहस्यहरु बाहिर आएको थियो । प्रहरी समक्ष मुकेश चौधरीले गरेको बयानबाट उक्त घटना काण्डमा तत्कालिन सभाषद तथा पुर्व भौतिक योजना तथा निर्माण राज्य मन्त्री संजय कुमार साहको नाम जोडियो ।
जीवनाथ चौधरीलाई हत्या गर्ने उद्देश्यले गराइएको बम विष्फोटन कार्यमा संलग्न भएका जयप्रकाश चौधरी र जितेन्द्र कर्णलाई रकमको आवश्यकता भएकाले संजय साहलाई रकम पठाउन भनेकोमा संजय साहले काठमाण्डौबाट छद्म नाम प्रयोग गरी चौधरी र कर्णलाई क्रमशः रु १० हजार र २५ हजार पठाएको मुकेश चौधरीले बयान दिएका  थिए । संजय साह र आफु बीच नियमित रुपमा फोन सम्पर्क भइरहन्थ्यो, जीवनाथ चौधरीलाई हत्या गर्न तयार गरिएको बम जयप्रकाश चौधरीलाई जिम्मा लगाउन सुरेश कर्ण र जितेन्द्र कर्ण समेतका व्यक्तिहरुलाई फोन गरी आफैले निर्देशन दिएको मुकेश चौधरीले प्रहरी समक्ष बयान गरे । सुरेश कर्ण समेतले रिपेन्द्र झाले लुकाई छिपाई राखेको अवस्थामा राखेको विस्फोटक पदार्थ पाइप बम शिवम शर्माले जयप्रकाश चौधरीलाई जिम्मा लगाएका थिए । जय प्रकाश चौधरी र जितेन्द्र कर्णलाई पाइप बमको कनेक्शन कसरी गर्ने र व्याटूी कसरी जोड्ने भन्ने सबालमा राजन प्रताप, म र राजन मुक्तिले बनाएको बम कनेक्शन चार्टलाई फेसबुक मार्फत सेयर गरी जोड्न सिकाएको मुकेश चौधरीले बयान गरे । जयप्रकाश चौधरी र सुरेश कर्णलाई पटक पटक फोन गरेर समेत बमको तार कनेक्शन गर्न सिकाएको मुकेश चौधरीले खुलाएका थिए ।
जिवनाथ चौधरीलाई हत्या गर्ने उद्देश्यले बम विस्फोटन गराइएको दिन विहान जयप्रकाश चौधरीलाई मुकेश चौधरीले फोन गरेका थिए । मुकेश चौधरीको निर्देशन अनुसार जयप्रकाशले सुरक्षित स्थानमा राखेको पाइप बम लिएर विश्वकर्मा चौकमा रहेका सुरेश कर्ण, मुकेश कर्ण र रिपेन्द्र झा समेतलाई भेटी जनकपुरको भित्री बाटो हुँदै रामानन्द चौक पुगेका थिए । मुकेश चौधरीले अर्को तर्फ जयप्रकाश चौधरी माथि पनि निगरानी राख्न अर्को मान्छे खटाएका थिए । शिवम शर्मालाई जयप्रकाश चौधरीले के गर्छ, कहाँ जान्छन् भन्ने निगरानी राख्न निजको साथमा सप्तरीबाट आएका बाबुल भन्ने आदित्य देव लगायत अन्य व्यक्तिहरुलाई खटाइएको थियो । धर्ना स्थलमा के कति मानिस जम्मा रहेको, जिवनाथ आए÷नआएको, बसे÷नबसेको घटनाको पलपल सुचना मुकेश चौधरीले भारतमा बसेर फोन मार्फत संकलन गरि रहेका थिए । अर्को तर्फ मुकेश चौधरीले प्राप्त गरेको सूचना टेलिफोन मार्फत काठमाण्डौमा रहेका सभाषद संजय साहसँग पनि साझा गरिरहेका थिए ।
धर्ना स्थलमा जिवनाथ चौधरी आईसकेपछि उनी भिडको बीचमा बसेको छ, कसरी विस्फोटन गराउने भनेर मुकेश चौधरीले संजय साह सँग निर्देशन माग्दा भिडको बीचमा विस्फोट नगरी साइडमा आएको अवस्थामा मात्रै जिवनाथ चौधरीलाई लक्षित गरी विस्फोट गराउन संजय साहले निर्देशन दिएका थिए । सोही अवस्थामा संजय साहसँग पटक पटक मुकेश चौधरीको फोन सम्पर्क भैरहेको थियो । जनकपुर घटनाबारे जानकारी पाउनका लागि मुकेश चौधरीले संजय साहलाई टिभी हेरिरहन समेत भनेको थियो । जिवनाथ चौधरीको हत्या भएको समाचार टिभीमा देखाउने नै छ भनेर संजयलाई भनेपछि संजयले पनि टिभी हेरीरहेको कुरा बताएको थियो । त्यसपछि मुकेश चौधरीले जयप्रकाश चौधरीलाई विस्फोटक पदार्थ ‘समान कुर्सीपर रखकर निक्लु’ भनी तीन पटक सम्म एसएमएस पठाई निर्देशन दिएका थिए । निर्देशन पाए लगत्तै  विस्फोटक सामग्री उसले धर्ना स्थलमा रहेका खाली कुर्सी माथि राखिसकेको थियो ।
अप्रेशन रामाबारे सार्वजनिक गर्दै बायाँबाट क्रमशः तत्कालिन सिआईबी प्रमुख तथा डिआईजी उपेन्द्रकान्त अर्याल,
 धनुषाका सिडियो बसन्तराज गौतम र
 डिआईजि विरेन्द्र बाबु श्रेष्ठ पत्रकार सम्मेलनमा ।
रोचक कुरा के हो भने जुन मान्छेलाई मार्नका लागि मुकेश चौधरीले मान्छेहरु खटाएका थिए, फोन गरी उसलाई ज्यान पनि बचाएको आँकलन गरिन्छ । किनभने जिवनाथ चौधरीलाई मार्न योजना बनाउने मुकेश चौधरीले घटना हुनु भन्दा केही मिनेट अघि मात्रै मुकेश चौधरीले जिवनाथ चौधरीलाई टेलिफोन गरी भिडबाट बाहिर निस्कन भनेका थिए । जिवनाथ चौधरी भीडबाट बाहिर निस्कन लागेको भन्दै जयप्रकाश चौधरीले मुकेश चौधरीलाई जानकारी दिए । त्यसपछि मुकेशले अर्कोतर्फ  जिवनाथ चौधरीसँग पनि टेलिफोन गरी आन्दोलन कस्तो भइरहेको छ भन्ने कुरा फोन गरी सुचना लिइरहेका थिए । उक्त दिन विस्फोट गर्नु भन्दा पहिला मुकेशले नै जिवनाथ चौधरीलाई भीडबाट निस्कन भनि फोन गरेको थियो । घटना गराउनका लागि रु.५० लाख दिने भनेर संजय साहले सहमति गरेको थियो । संजय साहले ओम प्रकाश यादव मार्फत रु. ५ लाख पेश्की समेत पठाएका थिए । तर घटनामा जिवनाथ चौधरीको हत्या नभएका कारण बाँकी रकम पनि संजय साहले दिएनन्, मुकेश चौधरीले प्रहरीमा बयान गरेका थिए ।
अदालतमा मुकेश चौधरीले गरेको बयान कागज
मुकेश चौधरीले आफुहरुको भुमिगत समुहहरुको चारवटा संगठनहरुको निर्णय अनुसार जनकपुरमा उक्त बम विस्फोटन गराइएको भनि धनुषा जिल्ला अदालतमा समेत बयान गरेका थिए । “जनकपुर बम काण्डको योजना पार्टीको केन्द्रिय समितिको वैठकमा पार्टीको वरिष्ठ सल्लाहकार संजय साहको प्रस्तावमा पार्टीको निर्णय (केन्द्रिय समिति) बमोजिम भएको थियो । उक्त बम काण्ड गराउने हाम्रो पार्टीको प्रस्तावमा अन्य ४ संगठन मधेस मुक्ति टाइगर्स तराईको अध्यक्ष राजन प्रताप ‘प्रफुल्ल’, तराई जनतान्त्रिक पार्टी मधेसको अध्यक्ष म, जनतान्त्रिक तराई मुक्ति मोर्चाको अध्यक्ष राजन मुक्ति र तराई कोबराको अध्यक्ष उमेश तिवारीको सम्मिलित स्वतन्त्र तराई मधेसी मोर्चाको निर्णयले जनकपुर बम काण्ड घटना घटाइएको हो ।” मुकेश चौधरीले अदालतमा गरेको बयानमा के पनि भनिएको छ भने,“ बम विस्फोटको हरेक सामग्री मधेस मुक्ति टाइगर्स तराईका अध्यक्ष राजन प्रताप प्रफुल्ल भन्ने फुलकुमार बटखेर यादवले उपलब्ध गराएको थियो । सो समयमा जय प्रकाश चौधरीले मलाई सोध्दा मैले राजन प्रतापसँग सम्पर्क गरी निजले पठाएको ग्राफ मैले जयप्रकाश चौधरीलाई पठाइदिएको थिएँ । र सोही बमोजिम काम भयो ।”
उक्त बम काण्डमा कुनै व्यक्ति विशेषलाई ज्यान मार्ने हाम्रो पार्टीको निर्णय थिएन । हाम्रो चार पार्टीको बैठक भारतको सितामढीमा भएको थियो । बम काण्ड भएको दिन म लखनऊ पार्टीको कामले गएको थिएँ । संजय साहले जयप्रकाश चौधरीलाई काठमाण्डौबाट रु.१० हजार पठाएको थियो । नेपालमा वसी पार्टीको सबै म्यानेज संजय साहले नै गरेको थियो । बम विस्फोटका दिन बम विष्फोट हुनु भन्दा अघि र बम विस्फोट भइसकेपछि संजय साह सँग बम विस्फोटको म्यानेजमेन्टको सम्बन्धमा फोनमा तीन चार पटक कुराकानी भएको थियो । जिवनाथ चौधरीलाई ज्यान मार्ने उद्देश्यले मात्र बम विस्फोट गराइएको थिएन । हाम्रो चार पार्टीको निर्णय बमोजिम उक्त घटना घटाइएको थियो । जनकपुरका केही अपराधीले मधेसको विरोधमा विदेशीको इसारामा भाषाको नाममा मधेसलाई विखण्डन गर्ने प्रयास गरेको विरोधमा पार्टीले उक्त घटना घटाएको थियो । यो बम काण्ड कसैको व्यक्तिगत निर्णयबाट नभई पार्टीको सांगठनिक निर्णयबाट गराइएको थियो । संजय साहले पार्टी सहयोगको लागि रकम दिएको थियो । ओम प्रकाश यादव मेरो पार्टीको मानिस होइन । ओम प्रकाश यादवले रकम दिएको छैन । संजय स्वयम आई पार्टी सहयोगका निम्ति ५ लाख रुपैयाँ दिनु भएको थियो । संजय साहसँग बराबर भेटघाट भारतको सितामढीमा हुने गरेको थियो । जाहेरबालाहरु मध्ये जिवनाथ चौधरी र परमेश्वर कापडीलाई चिन्छु । जीवनाथ चौधरीसँग पनि बराबर कुराकानी भइरहन्थ्यो । जिवनाथ चौधरीले पनि मेरो पार्टी सहयोगको लागि धेरै पटक चन्दा सहयोग गरेको थियो । त्यसैले निजलाई मार्ने कुनै योजना थिएन, यसरी अदालतमा मुकेश चौधरीले बयान गरेका थिए ।
पक्राउ परेको अभियुक्तहरु सँग बरामद भएका विष्फोटक पदार्थहरु ।
मुकेश चौधरीको उक्त बयान पछि धनुषा प्रहरीले अर्को प्रतिवादी ओम प्रकाश यादवलाई समेत पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो । त्यसपछि २७ चैत्र २०७० मा धनुषा जिल्ला अदालतका न्यायाधीश कैलाश केसीको इजलासले प्रतिवादीहरु मुकेश चौधरी र ओम प्रकाश यादवलाई समेत थुनामा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश गरे । दुवै जना हाल पनि कारागारमै थुनामा छन् ।
फरार सभाषद साहलाई पक्राउ गर्न अदालतद्वारा पक्राउ पुर्जि जारी
जनकपुर बम काण्ड सभाषद संजय साहको योजना र निर्देशन बमोजिम भएको भनेर मुकेश चौधरीले बयान गरेपछि धनुषा जिल्ला अदालतले फरार रहेका धनुषा क्षेत्र नम्बर ४ का सभासद तथा पुर्व राज्य मन्त्रि संजय कुमार साहलाई  २८ चैत्रमा २०७० मा पक्राउ पुर्जि जारि गर्यो ।  जनकपुर बम विष्फोटन घटना सम्बनधमा जिल्ला सरकारी वकिलले अदालतमा दर्ता गराएको पुरक अभियोगपत्र माथि भएको बहस पछि धनुषा लोहना ७ तथा हाल जनकपुर नगरपालिका २ बस्ने ३६ वर्षिय सभासद साह लगायत ४ जना माथि ७ दिने पक्राउ पुर्जि र ७० दिने हाजिर हुने म्यादी पुर्जि जारी गरिएको थियो । न्यायाधिश कैलास केसीको ईजलासले सबुत प्रमाण र बहस पैरबीको आधारमा २७ चैत्रमा अर्जनु सिंह भनिने मुकेश चौधरी र ओमप्रकास यादबलाई पुर्पक्षका लागि थुनामा राख्ने र सभासद साह लगायत सप्तरी भारदह(७ का ४० वर्षिय राजन प्रताप प्रफुल्ल भनिने फुल कुमार बटखेर यादब, रौतहट भुमखेल ६ का ४५ वर्षिय नांगराज भनिने उमेश तिवारी र महोत्तरी पिपरा ५ का ३० वर्षिय सुजित कुमार पाण्डे माथि पक्राउ पुर्जि जारि गर्ने आदेश दिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय धनुषाका न्यायाधीवक्ता पुण्य प्रसाद पाठकले  दर्ता गरेको उक्त अभियोग पत्रमा सुरुमा ८ जना प्रतिवादीहरु थिए जसमध्ये ४ जना पक्राउ परेका थिए भने ४ जना फरार रहेका थिए । फरार रहेका मुकेश चौधरी पक्राउ परेपछि फेरी सानो पार्ट छुट्यो भनेर पहिलेको मुद्दामा असर नपरिकन अरु मान्छेको संलग्नता देखियो । मुकेश चौधरीसँगको बयान र थप अनुसन्धान गर्दै जाँदा अरु ५ जना मान्छेलाई प्रतिवादी देखिएपछि अर्को पुरक अभियोग पत्र दायर गरियो । उक्त पुरक अभियोग पत्रमा संजय साह बम काण्डका प्रमुख योजनाकार रहेको अभियोग लगाइयो । सभाषद साहकै निर्देशनमा विभिन्न प्रतिवादीहरुले संगठित भई बम विस्फोट गराएको अभियोग लगाइयो ।
सभाषद साह पक्राउ परि थुनामा
फरार रहेका सभाषद संजय साहलाई २० बैशाख २०७१ मा धनुषा प्रहरीले पक्राउ गरी बयानका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गरायो । जनकपुर बम काण्डका अन्य सह अभियुक्तहरु अर्जुन सिंह भनिने मुकेश चौधरी र ओम प्रकाश यादवलाई मुख्य अभियुक्तको रुपमा अदालतमा उपस्थित गराइएका संजय साहले नचिनेको बताए । जिल्ला न्यायाधिश कैशाल केसीको इजलासमा प्रतिवादी संजय टक्ला भन्ने संजय कुमार साहले गरेको बयान अनुसार प्रतिवादी मध्येका ओम प्रकाश यादवलाई निजको अनुहार हेरे भने मात्र चिन्न सक्ने बताए । निज यादव विगतमा आफ्नो पार्टीमा रहेपनि दोस्रो संविधान सभाको निर्वाचन का लागि भएको नोमिनेशन भन्दा ठीक दुई दिन अगाडी निज ओम प्रकाश यादवले मेरो पार्टी छाडी नेपाली कांग्रेस पार्टीमा गएको साहले बयान दिएका छन् । जनकपुर बम काण्ड भएका दिन आफु काठमाण्डौमा रहेको र उक्त घटनाको राजन मुक्तिले जिम्मा लिएको भन्ने कुरा समाचार माध्यमबाट थाहा पाएको साहले बयान दिएका छन् ।
बम विष्फोट भएका दिन ८ बजे तिर आफ्नो घरबाट पार्टी कार्यालयमा गई बैठक बसेको र त्यहाँबाट साँढे एगारह बजे निस्केपछि आफ्नो गार्डले बम काण्डबारे जानकारी गराएको थियो । उक्त घटनाबारे यथार्थ पता लगाई काठमाण्डौ एयरपोर्टमा पुग्दा अन्य नेताहरु पनि रहेको र त्यहाँ प्लेन र हेलिकप्टरबाट आएका घाइतेहरुलाई अस्पताल पुरयाउने काम गरी बेलुका आफ्नो घर फर्केको साहले बयान दिएका छन् । आफु जन प्रतिनिधि भएको कारण एक दिनमा सेकडौं फोन आउने गरेका कारण उक्त दिन आफुले क(कसलाई फोन गरेको याद नरहेको साहले बताएका छन् । उक्त दिन ९८५४०२०२०७ नम्बरको मोबाइल प्रयोग गरेको, र घटना अघि र आजसम्म पनि सोही नम्बर प्रयोग गरेको बताएका छन् ।
२०६९ साल अषाढ महिनासम्म आफ्नो र जिवनाथ चौधरीसँग चिनजान नरहेको, एक जनप्रतिनिधिको हैसियतले तत्कालिन एलडिओ केदार बहादुर बोगटीसँग भेट गरी भ्रष्टार गर्ने कर्मचारी उपर कारवाही गर्नुपर्छ भनी आग्रह गर्दा १८÷१९ जना माथि कारवाही भयो । निलम्बनमा पनि परे । सोही समयमा कर्मचारीहरुको डेलिगेशन आफु कहाँ आउँदा त्यसमा जिवनाथ चौधरी पनि थिए । त्यतिबेला मैले तपाईहरु लोकल मान्छे हो, जिल्लामा विकास गर्नुपर्छ भनेको थिएँ, साहले बयानमा उल्लेख गरेका छन् । जिवनाथसँग मेरो कुनै रिसइवी थिएन र छैन । म मुकेश चौधरीलाई चिन्दैन । निज २०६३ साल देखि नै भुमिगत भएको भनी आफैले बयानमा लेखाएको छ । जुन मानिसलाई म चिन्दिन त्यस्ता व्यक्तिसँग मैले कुनै किसिमको योजना कसरी बनाउन सक्छु ? आफु सभाषद भएको एक जन प्रतिनिधि भएको व्यक्तिले कसैको हत्या गराउन योजना बनाउन पैसा दिने कार्य गर्न सक्दैन । म फेरी मानव अधिकार प्रति पुरै जिम्मेवार व्यक्ति हुँ । मुकेश चौधरीले प्रहरीमा गरेको म विरुद्धको बयान झुठा हो । निजले बयानमा उल्लेख गरेको मोवाईलको सिम मेरो होइन । कसको हो त्यो पनि थाहा छैन । मुकेश चौधरीलाई रु. ५ लाख दिएको छैन । ओम प्रकाश को हो म चिनेको छैन । निज ओम प्रकाशले मुकेशलाई रकम दिए नदिएको सम्बन्धमा पनि मलाई थाहा छैन । मैले कसैलाई पनि रु ५ लाख, १० हजार र ५ हजार रकम दिएको छैन, साहले अदालत समक्ष गरेको बयानमा उल्लेख छ ।
त्यसपछि २५ बैशाख २०७१ मा धनुषा जिल्ला अदालतका न्यायाधीश कैलाश केसीको इजलासले साहलाई जलेश्वर कारागारमा थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश गरेको थियो । जिल्ला अदालतमा पोल गर्ने सह अभियुक्तहरुले दिएको बयानमा पुर्नविचार गर्नुपर्ने अवस्था नदेखिएको तथा अहिलेलाई यी प्रतिवादी संजय साह कसुरवार होइनन् भन्ने विश्वास गर्ने मनासिव आधार नदेखिएकोले थप प्रमाण बुझदै जाँदा ठहरे बमोजिम हुने नै गरी प्रतिवादी संजय साहलाई मुद्दाको पुर्पक्षको लागि थुनाको पुर्जी दिई थुनामा राख्न जलेश्वर कारागारमा पठाइदिनु भन्ने आदेश अदालतले गरेको हो । त्यसपछि साहलाई थुनामा रहुञ्जेल सम्मका लागि संसद र संसद सुबिधाबाट तत्कालिन सभामुख सुभाष नेम्वाङले निलम्बन गरेका थिए । १८ मंसिर २०७१ मा पुनरावेदन अदालत जनकपुरका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र सत्यराज गुरुङ्गको इजलासले धनुषा जिल्ला अदालतले थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने भनेर गरेको आदेशलाई नै सदर गरेको थियो । साह हालपनि कारागारमै थुनामा छन् ।
साह पहिलो संबिधान सभामा मधेशी जनअधिकार फोरम नेपालबाट धनुषा निर्वाचन क्षेत्र नं. ४ मा सभाषदमा निर्वाचित भएका थिए । तर पटक पटक उनी दल परिवर्तन गर्दै पछिल्लो पटक सदभावना पार्टीमा प्रवेश गरेका थिए । दोस्रो पटक भएको संविधान सभाको चुनावमा सोही क्षेत्रबाट सदभावना पार्टीको टिकटमा उनी दोस्रो पटक सभाषदमा निर्वाचित भएका थिए ।
त्यसैगरी उक्त घटनाका अर्को अभियूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका केन्द्रिय अध्यक्ष राजन मुक्ति भनिने रंजित झा २२ पुष २०७१ मा पक्राउ परेका थिए । २३ पुष २०७१ मा धनुषा जिल्ला अदालतका न्यायाधीश कैलाश केसीले राजन मुक्तिलाई पनि थुनामा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश गरेका थिए । राजन मुक्ति हाल पनि कारागारमा थुनामा नै छन् ।
यता पाँच बर्ष वितिसकेपनि धनुषा जिल्ला अदालतले उक्त मुद्दाको फैसला गर्न सकेको छैन । धनुषा जिल्ला अदालतका श्रेष्तेदार नन्दकिशोर यादवका अनुसार उक्त मुद्दामा अंग पुगेको छैन, कतिपय कामहरु अहिले पनि बाँकी नै रहेकाले फैसला हुन सकेको छैन । प्रतिवादीहरुका मोवाईल नम्बर र यूजर डिटेल पठाईदिनका लागि जिल्ला सरकारी वकिल कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा मार्फत प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान व्यूरो काठमाण्डौलाई धनुषा जिल्ला अदालतले पटक पटक ताकेता गरेपनि हालसम्म मोवाईल नम्बर र यूजर डिटेल उपलब्ध नगराइएकोले फैसला हुन समय लागेको श्रेष्तेदार यादव बताउँछन् ।


२०७४ बैशाख २४ गते आईतबार