Monday, February 24, 2014

अजब–गजब छ बा ! - सुदर्शन सिंह


किन्नुस न किन्नुस । पैसाको खाँचो परेर मात्र बेच्न लाग्या हो, नत्र कौडीको दाममा थोरै बेच्थे यो प्राचिन धर्मशाला !

२०७० फागुन ११ गते 

जनकपुर अञ्चल अस्पतालमा भ्रष्टाचार नै भ्रष्टाचार

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

एकातिर जनकपुर अञ्चल अस्पतालमा विरामीहरुले सहज उपचार पाउन सकिरहेका छैनन् भने अर्को तर्फ अस्पतालको प्रशासनिक निकायका ओहदामा वसेर व्यवस्थापन गर्ने जिम्मेवारी पाएका पदाधिकारीहरु पद र अख्तियारीको दुरुपयोग गर्दै भ्रष्टाचारमा चुर्लुम्म डुवेका छन् ।

एकातिर जनकपुर अञ्चल अस्पतालमा विरामीहरुले सहज उपचार पाउन सकिरहेका छैनन् भने अर्को तर्फ अस्पतालको प्रशासनिक निकायका ओहदामा वसेर व्यवस्थापन गर्ने जिम्मेवारी पाएका पदाधिकारीहरु पद र अख्तियारीको दुरुपयोग गर्दै भ्रष्टाचारमा चुर्लुम्म डुवेका छन् । अञ्चल अस्पताल स्थापनाका लागि डा.जयबल्लभ दास, रुद्र प्रसाद गिरी, मकेश्वर प्रसाद सिंह, तुल्सी गिरी, महन्त नबल किशोर शरण, महेन्द्र नारायण निधि र रामनाथ अघोरी लगायतका व्यक्तित्वले गरेको योगदानलाई विर्सेर अहिलेका अस्पतालका प्रशासन भ्रष्टाचार गर्नमा केन्द्रित भएका छन् ।
जनकपुर अञ्चल अस्पतालका निमित्त मेसु डा.बलराम मिश्र
अस्पतालको काम कारवाहीमा आवश्यक रेखदेख गर्ने तथा निर्देशन दिने, अस्पतालको अल्पकालीन तथा दीर्घकालीन नीति, योजना तथा कार्यक्रमहरु तयार गर्ने, गराउने स्वीकृतिको लागि समितिमा पेश गर्ने,गराउने जिम्मेवारी पाएको हुन्छ विकास समितिका अध्यक्षले । त्यसैगरी अस्पतालको प्रशासकिय प्रमुखको हैसियतले अस्पतालबाट उपलब्ध गराइने सेवा लगायत अस्पतालको सबै काम कारवाहीमा आवश्यक रेखदेख तथा निरिक्षण गर्ने, अस्पतालको प्रशासन सुदृढ र सक्षम बनाउन आवश्यक नीति तथा कार्यक्रम तयार गरी विकास समितिमा पेश गर्ने र समिति तथा अध्यक्षले तोकेको, निर्देशन दिएको, प्रति आयोजन गरेको अन्य कार्यहरु गर्ने जिम्मेवारी मेडिकल सुप्रिटेन्डेन्टले जिम्मेवारी पाएको हुन्छ । 
जनकपुर अञ्चल अस्पतालका निमित्त  विकास समितिका अध्यक्ष कामेश्वर झा ।
जनकपुर अञ्चल अस्पतालमा विकास समितिको अध्यक्ष पदमा नियूक्त कामेश्वर झा र निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा.बलराम मिश्रले उक्त काम, कर्तव्य र अधिकारको पालना गर्नुको सट्टा जसरी पनि रकम कमाउने उद्देश्य नै बोकेको देखिन्छ । विकास समिति तर्फ आर्थिक वर्ष २०६९÷०७० मा समितिका अध्यक्ष झाले विभिन्न शिर्षकहरु अन्तरगत कुल रु. ८ करोड २४ लाख ६६ हजार ७ सय ६७ खर्च गरेको देखिन्छ । जसमध्ये तलब, भत्ता, कार्यालय संचालन खर्चका लागि रु.४ करोड ४० लाख ३० हजार १ सय ४६, निर्माण मरम्मत तथा सम्भार शिर्षकमा रु. ६३ लाख ९९ हजार ७ सय ५३, विभिन्न उपकरणहरु खरिद शिर्षकमा रु.२४ लाख ८० हजार २०, आङ्ग खस्ने महिलाको सर्जरी वापत रु. ५ लाख, बालबालिकाको लागि पोषण सम्बन्धि खर्च वापत रु.४ लाख ७८ हजार ८ सय ९४ र आमा सुरक्षा कार्यक्रम अन्तरगत प्रसुति तर्फ औषधि, सर्जिकल, यातायात खर्च तथा इन्सेन्टीभ अन्तरगत रु.२ करोड ८५ लाख ७७ हजार ९ सय ५४ खर्च गरेका छन् । भ्रमण खर्च अन्तरगत रु.२ लाख २२ हजार १ सय १५ र इन्धन खर्च अन्तरगत रु.३ लाख खर्च गरिएको छ ।  
विकास समितिका अध्यक्ष झा भन्छन, “यो भ्रमण खर्च सम्पुर्ण कर्मचारी लगायतको खर्च हो, मेरो भ्रमणको मात्र होइन । इन्धनमा मैले त ५ लाख रुपैयाँ मात्र खर्चेको छु । म आउनु अघि रु.३२ लाख सम्म इन्धनमा मात्र खर्च हुन्थ्यो ।” वढ्दो लोडसेडिङका कारण अस्पतालमा २ वटा जेनरेटर चलाइएको छ र एउटा जेनेरेटरमा प्रति घन्टा १२ लिटर इन्धन खपत हुने गरेको उनको दावी छ । 
आम्दानी तर्फ १ वर्षमा कुल रु. ७४ लाख १२ हजार १ सय ५७ विभिन्न शिर्षकबाट प्राप्त भएको देखाइएको छ । एक वर्षमा प्रयोगशालाबाट रु.२६ लाख ४२ हजार २ सय ३६, एक्सरेबाट रु.१२ लाख २० हजार ९०, पुलिस केशबाट रु. १ लाख ८८ हजार १ सय, इसिजीबाट रु.८६ हजार ४ सय ९५, अल्टूासाउन्डबाट रु.१५ लाख ९४ हजार, इएसबाट रु.४ हजार ८सय, अप्रेसनबाट रु.४९ हजार ८ सय २०, प्लाष्टरबाट रु.१ लाख ६५ हजार ८ सय १०, केविनबाट रु.३ लाख ३ हजार ९ सय २१, डेन्टलबाट रु.४५ हजार ३ सय ४०, इमरजेन्सीबाट रु.५ लाख १७ हजार १ सय, नयाँ ओपिडीबाट रु. २हजार ५ सय ८०, पुरानो ओपिडीबाट रु.८ हजार १ सय ६५, एन्टीरेभिजबाट रु.२ लाख ३२ हजार ९ सय ६०, फिजियोथेराफिबाट रु.३ हजार र विविधबाट रु.४ हजार ३ सय २५ आम्दानी भएको आय व्यय विवरणमा उल्लेख छ ।
करोडौं बेरुजु
अस्पतालद्वारा प्रस्तुत आय व्यय विवरणमा व्यापक रकम वेरुजु ठहरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाको आलेप बेरुजु प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदनमा तलबी प्रतिवेदन पारित वेगर रु.३ करोड ७२ लाख ७५ हजार ७ सय ४४ तलब खर्च गरेको पाइएको, अस्पतालको झ्याल ढोका मरम्मत आदेश तथा इष्टिमेट विना रु.१ लाख ४१ हजार ५ सय खर्च भएको उल्लेख गरिएको छ । त्यसैगरी औषधि खरिद पटक पटक दर भाउपत्रमा खरिद गरेको र खरिद ऐन तथा नियमावली अनुसार बोलपत्रको प्रकृया पु¥याई खर्च गर्नुपर्नेमा सो नभएको उक्त बेरुजु प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी रब्बानी कन्सटूक्शन जलेश्वर ११ लाई कार्य सम्झौता भएपछि मोविलाइजेशन पेश्की दिएकोमा आर्थिक वर्षको अन्तसम्म पटक पटक गरी रु. ३ करोड २५ लाख ८१ हजार ४ सय ८२ फर्छाैट नभएको उक्त प्रतिवेदनमा उल्लेख छ । अस्पतालले प्रस्तुत गरेको उक्त आय व्यय विवरणमा जानकी मेडिकल कलेजबाट रु.३६ लाख लिन बाँकी रहेको, वर्थडे सर्टिफिकेटबाट रु.२ लाख २४ हजार ९ सय, एम्बुलेन्सबाट रु.५७ हजार ४ सय, काउन्टरबाट रु.७४ लाख १२ हजार १ सय ५७, घर बहालबाट रु.२१ लाख ४१ हजार २८, ओपिडी टिकटबाट रु. ७ लाख ५१ हजार ५ सय ३० आम्दानी प्राप्त भएको उल्लेख छ । एउटा एम्बुलेन्सबाट महिनामा ५० हजार रुपैयाँ आम्दानी हुन्छ तर, अञ्चल अस्पतालको एम्बुलेन्सबाट बर्षमा ५७ हजार रुपैयाँ मात्र आम्दानी देखाउनुले पनि चालकको भ्रष्टाचार पुष्टि हुन्छ । 
यति मात्र होइन प्रसुति सेवा र परिवार नियोजन सेवा तर्फ नेपाल सरकारबाट प्रदान गरिएको औषधिलाई प्रशासनका निकायले स्टोरबाट लिएपनि बाहिर औषधि पसलबाट विल भरपाई बनाई दोहोरो रकम लिने गरेको अस्पताल स्रोतको दावी छ । मन्त्रालयको आपुर्ति शाखाबाट धेरै उपकरणहरु निकासा गरिएपनि उक्त उपकरणहरु अस्पतालमा दाखिला नगरेर निजी नर्सिङ होम र अस्पताललाई बिक्री गर्ने गरेको अस्पताल स्रोतको दावी छ । स्रोतका अनुसार आपुर्ति शाखाबाट यस अघि अञ्चल अस्पतालका लागि आएको एक उपकरण (मान्छे मृत हो वा जिवित) जाँच्नका लागि आपुर्ति गरिएपनि त्यो उपकरण अस्पतालमा छैन तर, जानकी मेडिकल शिक्षण अस्पतालमा देखिन्छ । 
जनकपुर अञ्चल अस्पतालमा स्वीकृत दरबन्दीका अनुसार विरजु मण्डल र बिनोद मण्डल चालकमा नियूक्त छन तर मेसु डा. बलराम मिश्रले शम्भु ठाकुरलाई निजी रुपमा चालक बनाएर अस्पतालबाट डोर हाजिरमा तलब भत्ता खुवाइरहेका छन् । त्यसैगरी कम्प्युटर सहायकमा विनय गोइतको दरबन्दी छ तर मेसु मिश्रले सन्तोष मिश्रालाई डोर हाजिरमा खटाएर कम्प्युटर सहायकको तलब भत्ता खुवाइरहेका छन् । त्यसैगरी विकास समितिका अध्यक्ष झाले अवैधानिक तरिकाले केही कर्मचारीहरु नियूक्त गरेको विषयमा यस अघि अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले जवाफ नै मागेको थियो । मेसु र विकास समितिका अध्यक्षले कामको खाँचो भन्दै आफ्ना आफन्त र कार्यकर्तालाई सुरुमा भोलन्टियरको रुपमा आफु खुशी भर्ना गर्छन र जाँदा जाँदै विना भ्याकेन्सी ठाडो तोक आदेशमा मोटो रकम लिएर ति नै भोलन्टियरहरुलाई ज्यालादारी, डोरहाजिर वा करारमा नियूक्ती गर्ने गर्छन् ।


२०७० फागुन ११ गते 

यसरी भयो अञ्चल अस्पतालको स्थापना

डा. जयबल्लभ दास 
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जनकवंशिय राजाहरुको राजधानी जनकपुरधाममा आदी शक्ति माता जगत जननी जानकीको अविस्मरणिय गौरवशाली गाथाहरु रहेका छन् । अनेकौ विद्धत ऋषी, महर्षि, मुनी सिद्ध पुरुषहरुको अतितहरु गाँसिएका छन् । यसै पूण्य भूमीमा जन्म लिएर जानकीले संसारमा यस भूमीलाई चिनाउँदै आर्दश नारीको रुपमा आदी शीक्तको रुपमा पुजित भएकी छिन् । कैयांै ऋषि मुनीहरुले यस धर्तिबाट संसारमाझ ज्ञानको ज्योती छरेका छन् । विभिन्न दर्शनहरु दिएका छन् । यसै पूण्य भूमिमा कयौं व्यक्तित्वहरुले जन्म लिएर आ(आफ्ना कृत्य तथा कर्मद्वारा जनकपुरधामको नाउँ रोषण गरेका छन् ।
विगतका केही कालखण्ड गर्भमा रहेको जनकपुरधामलाई अठारौं शताब्दिमा सिद्ध पुरुषद्वय चतुर्भज गिरी र सुर किसोर दासले विश्वका माझ पूनः प्रकाश मा ल्याए पछि क्रमशः विकास निर्माण हुँदै आजको जनकपुरधाम सम्म आई पुगेको हो । आजको जनकपुरधाम सम्म ल्याईपु¥याउन यहाँ अनेकौं साधु सन्त, व्यापारी, उद्योगपति, नेता, समाजसेवी, पत्रकार, साहित्यकार, डाक्टर, शिक्षक लगायत धेरैको ठूलो योगदान रहेको छ । योगदान गर्नेहरुले यस धर्तीलाई सिंगारन, सजाउन, सौन्दर्यीकरण गर्न, ज्ञानको ज्योति छर्न तथा मानव स्वास्थ्यको हेरचाह गर्न अविस्मरणिय कृतिहरु गरेर यस संसारबाट विदा भएर गएका छन् । यहाँका समाजबाट बिर्सिएका तर जनकपुरधामको विकास निर्माणका सजिएर रहेको शिक्षा स्वास्थ्य क्षेत्र लगायतक विभिन्न समाजिक संघ संस्थाहरुको स्थापनामा अग्रणि भूमिका निर्वाह गरेर जीवनलाई सफल तुल्याइएका पवित्र माटोबाट मोक्ष प्राप्त गर्ने एउटा व्यक्तित्व डा. जयबल्लभ दास पनि हुन् ।

जनकपुर अञ्चल अस्पतालको हालसम्मका मेडिकल सुप्रिटेन्डेन्टहरु
१. डा.जयबल्लभ दास
२. डा. रामबहादुर सिंह
३. डा. पिताम्बर झा
४. डा. हुक्मदेव साह
५ डा.रामनन्दन सिन्हा
६ डा.इश्वरी प्रधान
७. डा. पुण्यबहादुर थापा
८. डा. केशव बहादुर सिंह कार्की
९. डा. महेन्द्र केशरी क्षेत्री
१०.डा. लक्ष्मीराज पाठक
११.डा. तारानन्द झा
१२. डा. वृजनारायण चौधरी
१३. डा.विजय कुमार सिंह
१४.डा. लखनलाल साह
१५.डा. पवन कुमार ठाकुर
१६.डा. मुकेश कुमार चौरसिया
१७.डा.सतिश चन्द्र चौधरी
१८.डा. गौराङ मिश्र
१९.डा. रामशंकर ठाकुर
२०. डा.बलराम मिश्र

विक्रम सम्बत १९९० तिर जनकपुरमा कपडाका पसलहरु सागरमल, हर्समल, वैद्यनाथको थियो भने प्रख्यात किराना पसलहरु राम एकवाल, विश्वनाथ प्रसाद, द्वोरीक चौधरी, देव सरण साहका रहेका थिए । गाँउघर र यहाँका मान्छेहरु आईतबार र बुधबार लाग्ने रामजानकी हाट (पेठिया बजार) र यहाँ रहेका किराना, कपडाका पसलहरु बाट आफूलाई चाहिने आवश्यक सामग्री किन्ने गर्दथे । औषधि उपचार गर्नुपर्दा तत्कालिन समयमा रहेका आयुर्वेदिक बैद्यहरु जगतानन्द मिश्र, जगदेव उपाध्याय, महाविर कुर्मी, सरकारी वैद्य असर्फी झाबाट र ऐलोपैथिक तर्फ ज्ञानेन्द्र रंजन (खोका बाबु) बंगालीबाट गराउँदथे ।

जनकपुर अञ्चल अस्पतालको हालसम्मका विकास समितिका अध्यक्षहरुको नामावली ः
१. लिला कोइराला
२. भोजराज धिमिरे
३. दामोदर प्रसाद उपाध्याय
४. प्रमोद गोयन्का
५. पाण्डव राज घिमिरे
६. रत्नेश्वर लाल गोइत
७. प्रकाश साह
८. गंगाराम यादव
९. पल्टु यादव
१०. कुमार कान्त झा
११. चन्देश्वर पुर्वे
१२. कुमार कान्त झा
१३. कामेश्वर झा

 औषधीहरु लादुरामका पसल र  २००५ साल तिर खुलेका विश्वनाथ प्रसाद साह बटुक गौतम साझा पसलबाट खरिद गरी स्वास्थय उपचार गराउँदथे ।
बुवालाई तिर्थ गराउन डा.दासको जनकपुर प्रवेश
यस्तै अवस्थामा २००९ सालतिर डा. जयबल्लभ दास आफ्ना पिता (स्व.मुक्तिनाथ) लाई तिर्थ गराउने उद्देश्यका साथ पवित्र पुण्य भूमि हिन्दूहरुको धार्मिक तिर्थस्थल जनकपुरधाममा प्रवेश गरे । उनको जनकपुर आगमन भन्दा पूर्व उनका साथी डा. तुलसी गिरीले आफ्नो गाउँमा प्रयाक्टिस गर्न आग्रह गर्दा बाटो अप्ठयारो भएकाले अस्विकार गरेका थिए । डा. गिरीले पूनः जनकपुर चलो भनेर आग्रह गरे । तर उनको जनकपुर आउने उद्देश्य थिएन । तर जीवनमा आफ्ना आमा (निरन्जनी देवी) को सेवा गर्ने मौका नपाएका डा. दास आफनो बुवाको सेवा गर्न बाट बञ्चित हुन चाहँदैन्थे । आफ्ना बुवाका लगि केही गरौं भन्ने भावनाबाट पे्ररित भएका डा. दास जनकपुुरधाम ठूलो धार्मिक तिर्थस्थल भएको र डा. गिरीले समेत बोलाएकाले यहाँ आईपुगे । त्यसताका जनकपुरमा चिकित्सकहरुको निकै अभाव थियो । उनी यहाँ आउँदै डि. गौरी नारायण गिरी सँग पेशागत सम्बन्ध गाँसिन गयो । बुढा कम्पाउण्डर मुकुटधारी सँग मकेश्वर सिंहको पहिले देखि नै घनिष्टता रहेका कारण डा. दासको सम्बन्ध पनि उनी सँग स्थापित हुन पुग्यो । डा. दाससँग सम्बन्ध गाँसिन पुगेका डि.गिरी, तुलसी गिरी लगायतका अन्य व्यक्तिहरुद्वारा अस्पताल खोल्न सरस्वती हाई स्कुलमा भेलाको आयोजना गरियो । सो भेलाले धर्मशालाको पश्चिम र दक्षिण पट्टिको कुनामा जानकी अस्पताल संचालन गर्न निर्णय गर्यो । डा. दासले चिकित्सा सेवा निःशुल्क प्रदान गर्ने सो भेलामा घोषणा गरे । मिक्सर आदी सामग्री राखेर अस्पताल प्रारम्भ भयो । तर मानिसहरुले उपचारका लागि रुची नलिएका कारण अस्पताल चल्न सकेन । बन्द भयो ।
अस्पताल स्थापनाका लागि अनशन
सोही बेला तुल्सी मेहर, भद्रा घले, पदमा कार्की लगायतका व्यक्तिहरुको सम्बन्ध रहेका बसहियाका गाँधी आश्रमबाट चिकित्सा सेवा दिन डा. दासलाई आग्रह भयो । आग्रह अनुसार उनले सप्ताहमा एक दिन सो आश्रममा सेवा दिन थाले । यो सेवा तिन चार वर्ष सम्म उनले त्यहाँ प्रदान गरे । एक दिन अचानक जानकी मन्दिरका महन्थ नवल किसोर दासका गुरु भाई रामनाथ अघोरी दा. दास कहाँ पुगेर सिधै उनलाई भेटी ‘हम अस्पताल खडा करेंगे, ईसमे तुमको सहयोग करना होगा’ भनेर हिंडे । सहयोग करना होगा भनेर हिडेका अघोरी सिधै जानकी मन्दिरमा पुगी अनशन शुरु गरिदिए । अनशन गरेकै दिन अघोरीले दासलाई एउटा पत्र पठाए । सो पत्रमा उनले ‘मै अस्पताल स्थापना हेतु अनशन कर रहा हँु तुम इसको प्रचार करो’ भनेर लेखेका थिए । तर डा. दासले अनशनको दोस्रो दिन नै यहाँका नेता एवं भद्र भलादमीहरुको जानकी मन्दिरको प्राङ्णमा भेलाको आयोजना गरे । भेलाले जनकपुरधाममा अस्पताल खोल्ने निर्णय ग¥यो । डा.दासले अस्पताल खोल्न महन्थ नवल किसोर दासको आँपको बगैँचामा राखेको प्रस्तावलाई भेलाले सर्वस्वीकृति प्रदान ग¥यो । महन्थ नवल किसोरजीले एक विगहा आँपको बगैंचा अस्पताल स्थापनाका लागि प्रदान गरे । अनशनमा बसेका रामनाथ अघोरीले पनि अनशन तोडे ।
जानकी अस्पताल प्रारम्भ
अस्पताल भवन स्थापनाका लागि डा. दास, गंगाधार दत्त, देवनन्द झा लगायतका व्यक्तिहरु मिलेर यहाँका समाजबाट बाँस, लकडी, खर आदी संकलन गरेर सो आपको बगैंचामा फुसको घर निर्माण गराए । निर्माण गरिएको यहि फुसको घरमा वि.स. २०११ सालको विवाह पञ्चमी देखि जानकी अस्पतालको नाउँबाट चिकित्सा सेवा प्रदान हुन थाल्यो । इन्डोर(बहिरंग विभाग) प्रथमतः संचालन भयो । विहान ७ बजे देखि ९ बजे सम्म डा. दासले सेवा दिन थाले । सहयोगका लागि बसहिया गाँधी आश्रमबाट भद्रघले, पदमा कार्की लाई समेत अस्पतालमा डा. दासले ल्याए । कम्पाउण्डर टूना दासलाई पनि सहयोगको लागि बोलाए । आक्समिक सेवा (भ्mभचनभलअथ० पनि प्रारम्भ यो । यहाँ आला, ब्लड प्रेशरका एक्युमेन्ट डेूसिङ सम्बन्धिका औजारहरुबाट उपचार गरिन्थ्यो । साना तिना अप्रेशन पनि हुन्थ्यो । सामान्य विरामीहरुको उपचार गरिन्थ्यो । विशेष चिकित्सा सेवा प्रदान गर्नु पर्ने विरामीलाई विशेषज्ञ कहाँ उपचारका लागि रेफर गरिन्थ्यो । प्रायः जसो रेफर गरिएका विरामीहरु भारतको दरभंगा, सितामढी उपचार गराउन जान्थे ।
अस्पताल संचालनका लागि विभिन्न ठाउँबाट सहयोग
अस्पताल संचालनका लागि दूई देखि दूइ सय पचास रुपैयाँ सम्म मासिक खर्च लाग्दथ्यो । अस्पताल स्थापना भएको पहिलो महिनाको खर्च डा. दासले स्वयम् व्यहोरे । दोस्रो महिनाको खर्च जनकपुरका प्रख्यात व्यापारी विश्वनाथ प्रसाद साहले प्रदान गरे । तेस्रो महिना गएर अस्पतालको सहयोगको लागि व्यवस्थापन समिति गठन भयो । उक्त व्यवस्थापन समितिका अधयक्षमा डि. गौरी नारायण गिरी र सचिवमा सरोज कोईराला रहेको थिए । आर्थिक संकलनमा महेन्द्र नारायण नीधि, रुद्र प्रसाद गिरी, मकेश्वर सिंह लगायतका व्यक्तिहरुले सहयोग गरेका थिए । यही समितिको सहयोगबाट अस्पताल संचालन हुन थाल्यो । प्रत्येक साल राम नवमी र विवाह पंचमीको मेलामा जनकपुरमा थिएटर आउँथ्यो । थिएटर सँग एक शो च्यारेटी गराएर अस्पतालको लागि सहयोग संकलन गरिन्थ्यो । यहाँको समाजको सहयोगबाट संचालित यस जानकी अस्पतालले वि.सं. २०१७ सालमा गएर सरकारी अस्पताल सरह सहयोग (ग्रान्ट) पाउन थाल्यो । अस्पतालको सहयोगको लागि जनकपुर चुरोट कारखानाका प्रत्येक कामदारसँग भारतीय २ पैसा र वन विभागबाट प्रत्येक घर संघा पूर्जी माथि २५ पैसा असूल गरिन्थ्यो । यसरी अस्पताल संचालन हुन थाल्यो । वि.स. २०१७ साल पौष १ गतेका दिन राजा महेन्द्रले संसदीय व्यवस्थाको हत्या गरेपछि अस्पतालका अधिकांश सहयोगी राजनीतिकर्मीहरु निर्वासित भए । तर सहयोगी रामपदारथ मिश्र जनकपुरमै बसे । उनले अस्पताललाई त्यस समय धेरै सहयोग पु¥याएका थिए । रामचन्द्र साह र फुलगेन साहले दुईवटा पक्की भवन निर्माण गरिदिए । निर्माण भएको भवनको उदघाटन सूर्य बहादुुर थापा सँग गराईएको थियो । उदघाटन पश्चात सो भवनमा अन्तरंग विभाग (क्ष्लमययच) संचालन हुन थाल्यो ।
श्री ५ सरकारलाई अस्पताल हस्तान्तरण
२०१८ सालमा राजा महेन्द्रको जनकपुर सवारी भएको थियो । सोही समयमा रामनाथ अघोरीले अस्पतालका विषयलाई लिएर राजासँग भेट गरे । डा. दासले पनि अस्पतालको विकासका लागि राजा महेन्द्रसँग आएका उनका साथी तुलसी गिरी मार्फत विन्ति पत्र पेश गरे । केही दिन पछि अस्पतालका लागि रु. पचास हजार निकासा भएर आएको थियो । सो रकम बाट अंन्तरग भवनको विचमा अर्को भवन निर्माण गरियो । वि.सं. २०२१ सालमा गएर मात्र सरकारका तर्फबाट पहिलो सरकारी चिकित्सक डा. विमल कुमार घोस यस अस्पतालमा आए । वि.सं २०२३ सालमा गएर यस जानकी अस्पताललाई श्री पाँचको सरकारलाई हस्तान्तरण गरियो । हस्तान्तरण गर्दा अस्पतालको तर्फबाट डा. जयबल्लभ दासले र सरकारको तर्फबाट तत्कालिन डाईरेक्टर दिनेशानन्द बैद्यले हस्ताक्षर गरेका थिए । जनकपुरको आउँदो भविष्यलाई देखेका डा.दासको जलेश्वरमा रहेको अंचल अस्पताललाई जनकपुरमा ल्याउने चाहना थियो । सोही अनुसार उनले प्रयास पनि गरे । त्यस बेला जलेश्वर अस्पतालको लागि एक्स(रे प्लान ल्याइएको थियो । तर डा. दासले सम्बन्धित व्यक्तिहरुको चित्त बुझाएर यहींको अस्पतालमा एक्सरे जडान गर्न लगाएका थिए ।
जनकपुरमा अस्पताल स्थापनाका लागि महत्वपूर्ण योगदान निर्वाह गरेका डा. दासले श्री ५ को सरकार लाई अस्पताल हस्तान्तरण गरेपश्चात पनि अवैतनीक २०२६ साल सम्म सेवा प्रदान गर्दै रहे ।
अस्पतालमा चिकित्सा सेवाबाट डा.दासको अवकास
अस्पतालको स्थापनाकाल देखि चिकित्सा सेवा अवैतनिक निस्वार्थ रुपमा सेवा प्रदान गरेका डा. दासले २०२६ सालमा अस्पतालबाट अवकास लिए । उनी अस्पतालबाट अवकास हुने बेलाको एउटा रोचक प्रसँग छ । सो बेला श्री ५ को सरकारका डाईरेक्टर यज्ञनाथ अस्पतालका निरक्षण गर्न भनेर आएका थिए । डाईरेक्टर यज्ञनाथलाई होटलमा डा. दास भेट्न गए । भेट्न होटलमा डा. दास पुग्दा यज्ञनाथले उनलाई उभेर सम्मान प्रदान गरे । डा. दास बसेपछि मात्र उनी बसेका थिए । बसे पछि कुराकानीको शिलशिलामा डाईरेक्टर यज्ञनाथले अस्पतालमा नोकरीको लागि प्रस्ताव गर्दा उनले ठाढै अस्विकार गरिदिए । डाईरेक्टरले किन ? भनेर सोध्दा उनले भने (“म जब तपाईनिर आएँ तपाई उभिनु भयो । यसको कुनै आवश्यकता थिएन । तपाईलाई उभिनु कुनै बाध्यता पनि थिएन तर तपाई उभिनु भयो । जब तलब लिएर मैले नोकरी गरें भने म अस्पतालको नोकर बन्न जान्छु तब सबैले मलाई हेर्ने दृष्टिकोण बदलिने छ । यो संस्थालाई मैले नै जन्माएको छु । मेरैद्वारा पालनपोषण गरिएको छ । यस अवस्थामा नोकरी गर्न सक्दिनँ ।” भनेर जवाफ फर्काएका थिए ।  सोही कुरा उनले लेखेर पनि पठाए ।  र, अस्पतालको चिकित्सा सेवाबाट उनले अवकास लिए ।
यसरी स्वास्थ र शिक्षा क्षेत्रमा चिन्तित रहने डा. दास जीवनका अमुल्य समय यस धर्तिको पवित्र सेवामा लगाएर सन् ६ जनवरी २००१ मा आफ्ना शरिरलाई परित्याग गर्दै अविश्मरणिय योगदान यस समाजमा छाडेर सदाका लागि यस संसारबाट विदा लिए । वहाँले गरेका योगदानहरुबाट प्रेरणा लिएर जनकपुरबासीहरुले यस धर्तिको मुहारलाई उज्यालो पार्न केही गर्न सक्यौं भने हामी पनि यस माटोको भारबाट मुक्त हुने थियौं कि ?


२०७० फागुन ११ गते 

प्राथमिक उपचार केन्द्रमा सिमित ‘जनकपुर अञ्चल अस्पताल’


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

‘कुनैपनि अस्पतालको मुटु भनेको त्यसको इमरजेन्सी कक्ष हो । इमरजेन्सी कक्षमा भर्ना हुने गरेका रोगीहरु उपचारपछि कि त त्यस अस्पतालको वार्डमा सारिन्छन, निको भएर घर फर्किन्छन, अन्यत्र अस्पतालमा रेफर गरिन्छन वा मृत्यु भएपछि मसानघाटको यात्रा गर्छन ।’ जनकपुर अञ्चल अस्पतालको इमरजेन्सी कक्षका एक जना कर्मचारी भन्छन,“ तर, हामी कहाँ आउने प्रायः रोगीहरु वाहिर नै रेफर गरिन्छन् ।” उनको यो भनाईले पनि जनकपुर अञ्चल अस्पतालको शाख दिन प्रति दिन कतिसम्म खस्किदै गएको छ भन्ने पुष्टि हुन्छ । इमरजेन्सीमा भर्ना हुने प्यासेन्टहरुलाई प्राथमिक उपचार गर्ने भन्दा वढी कार्य गर्न एक किसिमले अञ्चल अस्पताल असमर्थ सावित भईसकेको छ । सामान्य अवस्थामा भर्ना हुने रोगीहरुको उपचार हुने गरेपनि गम्भीर अवस्थामा पुगेका रोगीहरु त्यहाँ गएर मृत्युलाई कुर्नु भन्दा आफै अन्य अस्पताललाई रोज्न बाध्य भएका छन् । एक त विशेषज्ञ चिकित्सकहरु नै छैनन्, भएका चिकित्सकहरु पनि अस्पतालमा देखिनुको साटो निजी क्लिनिक र नर्सिङग होममा व्यस्त रहन्छन् । अस्पतालमा भर्ना भएपछि घन्टौं स्लाइनको भरमा कुराइन्छ विरामीलाई । अनि अनकलमा मात्र आउँछन विशेषज्ञ डाक्टर । त्यो पनि प्यासेन्टले धेरै पावर पु¥यायो भने मात्र । यस्तो अवस्थामा विरामीको मृत्यु हुन गएमा आक्रोशित परिवारले चिकित्सकलाई समेत हात पात गर्न बेर लगाउँदैनन् । त्यसैको फाइदा उठाई भर्ना हुने वित्तिकै विरामी पनि आफ्नो ज्यान जोगाउन त्यहाँबाट रेफर चाहन्छन् । र, चिकित्सक पनि जोखिमबाट मुक्त हुन रेफर गरिदिएर ढुक्क हुन चाहन्छन् । यही हो अञ्चल अस्पतालको आकस्मिक कक्षको नियति । उक्त कर्मचारी भन्छन,“कतिपय अवस्थामा यहाँ निको हुने संभावना रहन्छ तर, विरामी पार्टीले नै रेफर मागी रहेका हुन्छन् भने कतिपय हामीबाट नसम्हलिने अवस्थाका पनि हुन्छन् । अनि हामी पनि जोखिम उठाउन चाहँदैनौं र रेफर गरिदिन्छौं ।” 
हुन त इमरजेन्सी भवन आफै इमरजेन्सी ग्रस्त छ । भवनको छतबाट पानी चुहिरहेको हुन्छ । कोठा भित्र पानी नै पानी हुन्छ । स्रोत साधनको कुरा गर्ने हो भने कर्मचारी र चिकित्सकलाई बस्नका लागि कुर्सी समेत उपलब्ध हुँदैन । भने विरामी र कुरुवाका लागि हुने सुविधा त परै जाओस । आवश्यक चिकित्सकको संख्यामा पनि कमि छ । त्यसैगरी चिकित्सकले विरामी जाँच्ने उपकरण स्टेथोस्कोप (आलां) र विपी जाँच्ने मेसिन बाहेक केही उपलब्ध छैन् । ती उपकरणहरु पनि कहिले कांही विग्रेकै हुन्छन् । नयाँ सामान किनेर दिँदा पनि गुणस्तर हिन भएका कारण लामो समय टिक्दैनन् । किनभने कमसल उपकरण र सामग्री खरीद गर्दा कम्पनीहरुबाट प्रशासनिक निकायका मान्छेले मोटो रकम कमिशन वापत पाउने गर्छन् ।
अर्को तितो सत्य के हो भने इमरजेन्सीमा पुगेका प्यासेन्टहरुलाई अस्पताल रोडका औषधि पसले, एम्बुलेन्स चालकहरुले समेत तपाईको उपचार यहाँ चिकित्सकले गर्न सक्दैन, बाहिर लग्नुस नत्र भने प्यासेन्ट मर्न पनि सक्छ भनेर डराईराखेका हुन्छन् । तिनीहरुको एम्बुलेन्स रहेका कारण एम्बुलेन्सबाट रुपैयाँ कमाउन र बाहिर पठाउने अस्पतालबाट कमिशन लिन प्यासेन्टलाई दिगभ्रमित गरिरहेका हुन्छन् । यसरी बाहिर पठाउने काममा अस्पतालमा भोलन्टियरका रुपमा काम गर्ने कर्मचारी देखि लिएर थुप्रै दलालहरु सक्रिय हुन्छन् । विकास समितिका अध्यक्ष कामेश्वर झा भन्छन,“अस्पतालका कर्मचारीले कमिशनको लागि विरामी पठाउन दलालीको काम गरिरहेको प्रमाण फेला परे तिनीहरुलाई जागिरबाटै बर्खास्त गरिने छ ।”
यसरी जनकपुर क्षेत्रका बिरामीहरुको उपचार गराउने थलो नेपाल सरकारको जनकपुर अञ्चल अस्पताल आफै बिरामी परि दिन प्रतिदिन थला पर्दै गइरहेको छ । यस भेगका रोगबाट मुक्ति पाउने एक मात्र सरकारी अञ्चल अस्पताल नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, अस्पताल प्रशासन एवं डाक्टरहरुको हेलचक्रयांईले गर्दा अस्तब्यस्त बन्न पुगेको छ । परिणाम स्वरुप अञ्चल अस्पतालबाट जनताको भरोसा उठ्दै गएको छ र निजी क्लिनिक तथा नर्सिङ्ग होमहरु मालामाल भइरहेका छन् । लगभग चालीस लाख भन्दा बढी जनसंख्या रहेका क्षेत्र धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, सिरहा, उदयपुर, रौतहटका केही क्षेत्र लगायत मित्र राष्टू भारतका बिहार राज्यसंग सिमा जोडिएका केही गाउँका समेत गरि बार्षिक डेढ दुई लाख रोगीहरु आर्थिक अभाव एवं समिप्ताका कारण चाँडो उपचार पाउने आशामा जनकपुर अञ्चल अस्पतालमा आउने गर्छन । तर यहाँ उपचार गर्न आएका रोगीहरु दक्ष डाक्टरहरु एवं रोगीले पाउनु पर्ने विभिन्न सेवाको अभावमा रोगीहरु छटपटाउन बाध्य छन् । 
एक सय नेपाल सरकार र एक सय विकास समितिको तर्फबाट गरी कुल बेड संख्या २०० रहेको यस अस्पतालमा नेपाल सरकारको बिभिन्न सेवाका लागि डाक्टरहरुको दरबन्दी रहे पनि विशेषज्ञ चिकित्सकहरुको दरबन्दी रिक्त नै रहेको छ । अस्पतालमा कार्यरत 
चिकित्सक को नाउँमा नेपाल सरकारको तर्फबाट नबौं÷दशौं तहका क्रमशः फिजिसियन, प्रमुख मेडिकल अफिसर, पिडियाटिूसियन, प्याथोलोजिस्ट १÷१ जना मात्र छन् । त्यसैगरी विकास समितिको तर्फबाट आठौं तहका मेडिकल अधिकृत ११ जना, डेन्टल सर्जन १ जना मात्र चिकित्सकका रुपमा कार्यरत छन् । यस्तै नेपाल सरकारको दरबन्दी अनुसार अस्पतालमा हुनुपर्ने विभिन्न सेवाका डाक्टरहरु मध्ये एघारौं तहका मेडिकल सुप्रिटेन्डेन्ट १ जना, एघारौं तहका फिजिसियन, सर्जन, गाइनोक्लोजिस्ट, पिडियाटिूसियन, नबौं÷दशौं तहका सर्जन, अर्थाे सर्जन, एनेस्थिसियोलोजिस्ट, रेडियोलोजिस्ट, डर्मालोजिस्ट, गाइनोक्लोजिस्ट, इएनटी सर्जन, डेन्टल सर्जन र आठौं तहका वरिष्ठ मेडिकल अधिकृत, डेन्टल सर्जन क्रमशः १÷१ जना पद वर्षौं देखि रिक्त रहेको छ । यसमा पनि अधिकांश डाक्टरहरु अक्सर बिदामा बस्छन र आ(आफ्ना क्लिनिक र नर्सिङ्ग होम चलाउँछन । बिहान ८ बजे देखि दिउँसो २ बजे सम्म अस्पतालमा सेवा गर्नुको सट्टा बिहानी पख अस्पताल अगाडी रहेका आ(आफ्ना क्लीनिकमा रोगीहरुको सेवा गरि ११ बजे सम्म चिकित्सकहरु अस्पताल पुग्ने गर्छन र १२ बजे सम्म अस्पतालका रोगीहरु संग सम्पर्क गरि खाना खाने निहुमा पूनः आफ्नै क्लीनिकमा छिर्ने गर्छन् । त्यस पश्चात अस्पतालमा रोगिहरुलाई फकाएर क्लीनिकमा लैजाने दलालहरु सकृय हुने गर्छन् । त्यस्तै अस्पतालमा कार्यरत पैथलोजीस्टहरुको अस्पताल बाहिर रहेका ल्याबहरुले बिरामीलाई धामाधम सेवा दिने गर्छन् । यसरि दैनिक दिनचर्याबाट अस्पताल अगाडी बढिरहेको छ ।  
  नेपाल सरकारको दरबन्दी अनुसार २४ वटा स्टाफ नर्स कार्यरत हुनु पर्नेमा जम्मा २१ जना कार्यरत छन । अञ्चल अस्पतालले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपाल सरकारको तर्फबाट कुल १ सय २१ जना कर्मचारीहरुको दरबन्दी रहेकोमा ९३ जना पदपुर्ति भएको र ३२ जना पद रिक्त रहेको छ । त्यसैगरी विकास समिति तर्फ कुल १ सय ४९ जना दरबन्दी रहेकोमा १ सय ३० जना पदपुर्ति रहेको र १९ जना पद रिक्त छ । दुवै मिलाएर अस्पतालको लागि कुल २ सय ७० जना कर्मचारीको दरबन्दी रहेको भएपनि ५१ जनाको पद हालसम्म रिक्त रहेको देखिन्छ । सबैभन्दा वढी संख्या कार्यालय सहायकको छ । नेपाल सरकारको तर्फबाट ३६ जना कार्यालय सहायकको दरबन्दी स्वीकृत गरिएकोमा २८ जना पदपुर्ति रहेको र विकास समिति तर्फ २८ मा २८ जनाको पदपुर्ति गरी कुल ५६ जना कार्यरत छन् । तर, तिनीहरुपनि अस्पतालमा कमै देखिन्छन्् । अस्पताल स्रोतका अनुसार कतिपय कार्यालय सहायकहरुले तलब अस्पतालबाट खाएपनि काम भने चिकित्सकहरुको घर र भान्सामा गर्ने गरेका छन् । वार्डहरुमा विरामीलाई स्टूेचरमा सार्नुपर्दा वा अन्य सहयोग पु¥याउने काम हुन्छ कार्यालय सहयोगीको । तर, तिनीहरु प्रायः जसो वार्डमा देखिदैनन् । यतिमात्र होइन वार्डमा खट्ने अन्य कर्मचारी नर्स, स्वीपर समेत प्रायः ढिलो आउने, विरामीलाई सेवा पुरयाउने भन्दा पनि हप्काउने जस्ता कामहरु गरेका देखिन्छन् । विकास समितिको तर्फबाट सर सफाइका लागि २२ जना स्वीपरको दरबन्दीमा २२ जनै कार्यरत रहेपनि अस्पतालमा सर सफाइ कहिल्यै देख्न सकिन्न । 
निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा.बलराम मिश्र भन्छन,“यतिको कम जनशक्तिमा यत्रो जनसंख्याको उपचार गर्नु सामान्य कुरा होइन । हामीलाई त तपाईले धन्यवाद पो दिनुपर्छ ।” हो प्रसुति सेवा वाहेक अन्य कुनैपनि सेवा पाउन नसक्ने विरामीहरुले मेसु मिश्रलाई धन्यवाद दिनै पर्छ । किनभने उनी पनि वाहिर क्लिनिकमा काम गर्छन । यस अघिका मेसु डा.रामशंकर ठाकुर २४ घन्टै अस्पतालमा उपलब्ध हुन्थे । सर सफाई पनि राम्रै व्यवस्थापन गरिएको थियो । साताको हरेक शुक्रबार डा.ठाकुर आफै झाडु लिएर सर सफाइ गर्थे । र, अरुलाई पनि गर्न लगाउथे । ड्यूटी आवरमा चिकित्सकलाई अस्पतालमै बस्न बाध्य पार्थे । चिकित्सक लगायत अन्य कर्मचारीहरुलाई पनि पोसाक र नेम प्लेटका साथ उपस्थित गराउथे । तर, उनी जाने वित्तिकै ती सबै व्यवस्था पनि उनी सँगै गए । उनी संगै काम गरेका विकास समितिका अध्यक्ष कामेश्वर झालाई पनि उक्त कुराको ध्यान नै रहेन । अस्पताल भ्रमणमा आउने मन्त्री देखि लिएर सचिव सम्मकाले निर्देशन दिएपनि मेसु मिश्र र अध्यक्ष झालाई त्यसको कुनै असर पर्दैन । चिकित्सक आउँनै चाहँदैनन्, जनकपुरको वातावरण नै राम्रो छैन मैले के गर्ने भनेर बहानावाजी गर्ने मेसु मिश्रको नियति नै बनेको छ ।
कार्यालय समय भित्र उपस्थित नहुने, नियम विपरित कार्य गर्ने मेडिकल सुप्रिटेन्डेन्ट देखि सम्पुर्ण चिकित्सक र कर्मचारीलाई नसिहत दिने, वढीमा तीन तलब वृद्धि वा वढुवा रोक्का गर्ने, भविष्यमा सेवाका निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने र भविष्यमा सेवाको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट वर्खास्तको सजाय समेत प्रस्ताव गर्न सक्ने  अख्तियारी जनकपुर अञ्चल अस्पताल नियमावली २०६३ ले विकास समितिलाई प्रदान गरेको छ । अस्पतालमा कार्यरत कुनै पनि कर्मचारीले अस्पतालको तर्फबाट कुनै काम कारोबार संचालन गर्दा अस्पताललाई अहित गरी गर्न नहुने, कर्मचारीले जानाजान, लापरवाही वा त्रुटिपुर्ण ढंगले काम कारोवार गरी अस्पताललाई कुनै प्रकारबाट हानी नोक्सानी पु¥याउन नहुने उक्त नियमावलीमा उल्लेख छ । त्यसैगरी अस्पतालमा दिइएको समय भित्र कुनैपनि कर्मचारीले कुनै प्रकारको स्वास्थ्य संस्था वा क्लिनिक संचालन गर्न वा त्यस्तो स्वास्थ्य संस्था वा क्लिनिकमा काम गर्न वा अन्यत्र कुनै प्रकारको नोकरी स्वीकार गर्न नमिल्ने गरे कारवाही हुने उक्त नियमावलीमा उल्लेख छ । तर, मेडिकल सुप्रिटेन्डेन्ट आफै वाहिर क्लिनिक र नर्सिङग होममा व्यस्त हुने भएपछि अरुलाई रोक्न मेसुलाई पनि नैतिकबल कहाँबाट आउँछ ? मेसुलाई नै कारवाही गरे अरु त्यसैपनि तर्सिन्थे होला तर, विकास समितिका अध्यक्ष कामेश्वर झा भन्छन,“ मेसु डा.मिश्र यस क्षेत्रकै वरिष्ठ वाल रोग विशेषज्ञ हुन । उपचारका लागि वाहिरबाट धेरै दवाव आउने कारण उहाँ वाहिर जानु हुन्छ तर अञ्चल अस्पतालमा कुनै विरामी आए उहाँलाई कल गर्ने वित्तिकै आउनु हुन्छ ।”
नेपाल सरकारको दरबन्दी अनुसारका दक्ष डाक्टर एवं जनशक्तीको अभावबाट पाउनु पर्ने सेवा पाउन नसकि रोगिहरु कराइरहेका छन् । रोईरहेका छन् । सुन्ने कोही छैन । सबैले मौन ब्रत लिएर बसेका छन् । गरिब, असहाय रोगीहरु जाउन त कहाँ ? हुनेखानेहरु नसिङ्ग होम, दरभंगा, पटना, दिल्ली, बेंग्लौर, धरान, काठमाण्डौं कहाँ(कहाँ पुग्छन कुनै निश्चित ठाउँ नै छैन । नहुनेहरुको एक मात्र आशा र भरोसाको केन्द्र बिन्दु छ जनकपुर अञ्चल अस्पताल । हुने खानेहरुको लागि प्राथमिक उपचारको थलो, नहुनेहरुको लागि मृत्युको अन्तिम थलो बन्न पुगेको छ यो अस्पताल । साँसद, सभासदहरु स्वास्थ्यका लागि आवश्यक सुविधाहरु पाइहाल्छन नै । अवाज उठाउनु नै किन ? जब(जब राजनीतिक परिबर्तन हुन्छ, ब्यवस्था बदलिन्छ यहाँको बोली ब्यबहार बदलिन्छ । सरकार बदलियो । विकास समिति बदलियोे । बदलिएपछि सर साधन युक्त हुन्छ, दक्ष डाक्टरहरु नेपाल सरकारको दरबन्दी अनुसार सेवा प्रदान गर्लान, औषधीको अभाव हुन्न, लाइफ सेभिंग डूग्स सहुलियत दरमा अस्पतालले बित्तरण गर्ला, प्याथलोजी ल्याब चौबिसै घण्टा सञ्चालन होलान, इसिजी, अल्टूासाउण्ड तथा एक्सरे लगायत अन्य सेवाहरु नियमित सञ्चालन होलान, प्रत्येक बेडमा बेड पैन, बेड सिट, बेड साइट लकर, कुरुवालाई बस्ने स्टुल, स्लाइन स्टैन्ड, प्रत्येक कोठामा अक्सीजन सिलिन्डर, बिद्युतको अभावमा चौबिसै घण्टा जेनरेटर सञ्चालनको ब्यवस्था, रोगिहरुको खानाको लागि क्यान्टीनको ब्यबस्था, सर सफाई, पार्किङ्ग, खानेपानी, कुरुवा घर लगायत यावत कुरामा विकास भई यस अस्पतालले यस क्षेत्रका गरिब असहाय जनतालाई सेवा प्रदान गर्ला भन्ने पलाएको आशा हालसम्म पुरा हुन सकेको छ्रैन । अस्पताल प्रशासनले भएको योग्य सक्षम जनशक्तिलाई किनारा लगाँउदै अयोग्य र जुनियरहरुलाई विभिन्न विभाग प्रमुख बनाई अस्पतालाई चुहावटको स्थल बनाउन सक्षम भएको छ ।
  संवेदनशिल रहेको अस्पताल भित्रको विगतकाल देखि राजनीतिको अखाड़ा बन्न पुगेको स्थललाई विकास समितिका अध्यक्षले त्याँहाको वातावरण सुधार गर्न पुर्णतः अक्षम सावित भएका छन् । नागरिक समाज, राजनितिक दल संघ संस्था लगायत यस क्षेत्रका सम्पूर्ण नागरिकको अस्पताल सुर्धान पट्टि आ(आफ्नौ दायित्व हुँदा हुदै पनि ब्यक्तिगत स्वार्थमा रुमल्लिनु बाहेक केहि गर्न सकेका छैनन् ।  नागरिक समाजका अगुवाहरु हुन या राजनितिक गर्नेहरु, पत्रकारिता गर्नेहरु हुन, या यहाँका आफुलाई बुद्घिजीवी भनाउनेहरु, गरिब हुन, वा धनी, सबैलाई रोगबाट मुक्ति पाउन उपचार चाहिन्छ । हुनेहरुलाई सुविधा साधन छ, नहुनेहरुलाई पिडै पिडा । अभावै अभावको भँवरीमा पिरोलिनु परेको छ । अस्पताल प्रशासन र विकास समितिको मात्र भरमा बस्दा बस्दै जनतासंग प्रत्यक्ष सरोकार भएको अस्पताल रसातलमा दिनप्रतिदिन धस्दै छ । यस सम्बन्धमा सोच्न फुर्सद नै छ कल्लाई ?

२०७० फागुन ११ गते 

जागिर अञ्चल अस्पतालमा काम भने निजी प्याथोलोजिमा






द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर अञ्चल अस्पतालका मेडिकल टेक्नोलोजिस्ट अरुण कुमार मल्लिकले सञ्चालन गरेको निजी मल्लिक प्याथोलोजी ।
जनकपुर अञ्चल अस्पतालका प्याथोलोजि विभागमा काम गर्ने कर्मचारीहरु जागिर अञ्चल अस्पतालमा खाने गरेपनि काम भने निजी प्याथोलोजिहरुमा गर्नेगरेका छन । अञ्चल अस्पतालमा कार्यरत चिकित्सकहरुको नै जागिर अस्पतालमा भएपनि काम निजी अस्पताल तथा क्लिनिकहरुमा गरे झंै प्याथोलोजि विभागमा कार्यरत कर्मचारीहरु अस्पतालमा काम गर्ने समय अवधिमा बाहिर निजी प्याथोलोजीहरुमा काम गर्छन् । अञ्चल अस्पतालको दशौं तहमा कार्यरत प्याथोलोजिस्ट राजकुमार महत्तोको ‘प्याथो क्लिनिक’, आठौं तहमा कार्यरत मेडिकल टेक्नोलोजिस्टका रुपमा कार्यरत अरुण कुमार मल्लिकको ‘मल्लिक प्याथोलोजि’, राम विनय साहको ‘विनय डायग्नोस्टिक सेन्टर’, ल्याव टेक्निशियन ओम यादवको ‘ओम प्याथोलोजि’, राम सुफल यादवको ‘पवन प्याथोलोजि’, सन्तोष ठाकुरको मेडिकल सुप्रिटेन्डेन्ट डा.बलराम मिश्रको क्लिनिक नजिक एउटा प्याथोलोजि, गुनानन्द साहको पेठिया रोडमा एउटा निजी प्याथोलोजी सञ्चालनमा छ । त्यसैगरी ल्याव असिस्टेन्ट वसन्त मेहताको डा. सुर्यनारायण यादवको क्लिनिक नजिक ‘मेहता ल्याव’ सञ्चालनमा छन । 
जनकपुर अञ्चल अस्पतालका मेडिकल प्याथोलोजिस्ट डा.राजकुमार महत्तोले सञ्चालन गरेको निजी प्याथो क्लिनिक ।
जनकपुर अञ्चल अस्पतालको नियम अनुसार प्याथोलोजि विभागमा काम गर्ने कर्मचारीहरुले विहानको ९ बजेदेखि दिउँसो २ बजे सम्म काम गर्नुपर्ने हो तर, त्यहाँ कार्यरत कर्मचारीहरु १० बजे आउने र हाजिरी गरेर ११ बजे बाहिरीने गरेका छन । ११ बजे देखि १ बजे सम्म ती कर्मचारीहरु आफ्नै लगानीमा सञ्चालन गरेका निजी प्याथोलोजिहरुमा काम गर्ने गर्छन । १ बजे अञ्चल अस्पतालमा आएर २ बजे फेरी बाहिरीन्छन । यसरी २ घण्टा पनि अञ्चल अस्पतालमा काम गर्दैनन्, प्याथोलोजिका कर्मचारीहरु । कर्मचारीहरुको गैरअनुसाशनात्मक कार्य रोक्नको लागि मेडिकल सुप्रिटेन्डेन्ट डा.बलराम मिश्रको कुनै चासो देखिदैन । किन भने मेसु मिश्रको पनि आफ्नो निजी क्लिनिक छन् र अन्य निजी नर्सिङ होमहरुमा पनि काम गर्छन । जनकपुर अञ्चल अस्पताल विकास समितिका पुर्व अध्यक्ष कुमर कान्त झा भन्छन,“ अस्पतालको ओपिडी नै पुरा समय चल्दैन, चिकित्सकहरु नै बस्दैनन भने प्याथोलोजिका कर्मचारी बस्ने कुरै आउँदैन । अस्पताल विकास समितिका अध्यक्ष र मेसु त्यसका लागि सबैभन्दा वढी जिम्मेवार व्यक्ति हुन ।” अञ्चल अस्पतालमा बाहिरको तुलनामा प्याथोलोजि टेस्ट सस्तो छ । प्याथोलोजिस्ट, मेडिकल टेक्नोलोजिस्ट, ल्याव निरीक्षक, ल्याव टेक्निसियन, ल्याव असिस्टेन्ट र कार्यालय सहयोगी गरी कुल १६ जना जनशक्ति कार्यरत छन । उपकरण पनि पर्याप्त छ । तर पनि त्यहाँ जाँच गराउन ओपिडीमा काम गर्ने चिकित्सकहरु डायग्नोसिस लेख्दैनन । अस्पताल स्रोतका अनुसार चिकित्सक र प्याथोलोजि दुवैको मिलेमतोमा डायग्नोसिस गर्न अञ्चल अस्पतालको ल्यावमा नपठाई कार्यरत कर्मचारीहरुका निजी प्याथोलोजिमा पठाउने गरिन्छ ।
जनकपुर अञ्चल अस्पतालका मेडिकल टेक्नोलोजिस्ट राम विनय साहले सञ्चालन गरेको निजी विनय डायग्नोस्टिक सेन्टर ।
त्यस वापत प्याथोलोजिका कर्मचारीहरुले चिकित्सकहरुलाई ५० प्रतिशत सम्म कमिशन दिने गर्छन । जनकपुर अञ्चल अस्पताल अहिले ५ सय बेडको लागि मन्त्रालयमा प्रस्तावित छ । जनकपुरको ल्यावलाइ क्षेत्रिय ल्याव बनाइने कुरा चलिरहेको छ । तर अस्पतालको प्याथोलोजिबाट एउटा गाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा पाइने सुविधा पनि भेटिदैन । अञ्चल अस्पताल विकास समितिका अध्यक्ष कामेश्वर झा भन्छन,“करिब ५ महिना अघि मेसु अनुपस्थित भएको बेलामा मैले ल्यावका तीन जना कर्मचारीको हाजिरी रजिष्टरमा रातो कलम लगाएर स्पष्टीकरण सोधेको छु । आइन्दा अनुपस्थित भए कडा चेतावनी पनि दिइसकेको छु ।” तर उनको कारवाहीको चेतावनीलाई वेवास्ता गर्दै प्याथोलोजिका कर्मचारीहरु अझै सम्म पनि त्यसलाई टेर पुच्छर लगाएको देखिदैन ।

२०७० फागुन ११ गते 

हो, परीक्षामा खुल्लम खुल्ला चोरी चलिरहेको छ–नबेन्द्र निधि, क्याम्पस प्रमुख


 जनकपुरको राराब क्याम्पसमा क्याम्पस प्रमुखको पदमा भर्खरै नियूक्त भएका नबेन्द्र निधिसँग क्याम्पसको पठन पाठन, परीक्षा लगायतका विषयमा द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको  वार्तालापको सम्पादीत अंश प्रस्तुत छ ः

हिजोसम्म भौतिक शास्त्र संकायको विभाग प्रमुख हुनुहुन्थ्यो । र, अहिले रा.रा.ब.क्याम्पसको क्याम्पस प्रमुख पदमा नियूक्त भएपछि कस्तो अनुभव गर्दै हुनु हुन्छ ? प्रशासनिक जिम्मेवारी पाउँदा कस्तो लागिराखेको छ ?
प्रशासनिक जिम्मेवारी साँच्चै गाह्रो छ । क्याम्पसमा धेरै लथालिङ् छ । अहिले सबै कुरा जान्ने, खोजी नीति गर्ने र केही कामहरु पनि गर्दैछु । अहिले सुरुवात नै हो । बुझ्ने प्रयास गर्दैछु ।
प्राध्यापक, कर्मचारी, स्ववियू लगायत सरोकारवाला पक्षहरुबाट कस्तो फिडव्याक र रिस्पोन्स पाइराख्नु भएको छ ?
अहिले राम्र्रै रिस्पोन्स आइराखेको छ । सबैले राम्रै रिस्पोन्स गरिराखेका छन् । मबाट सबैले धेरै अपेक्षा गरेका छन् । केही राम्रो काम गर्छु भन्ने नै सबैको अपेक्षा रहेको पाएँ ।
केही वर्ष अगाडी सम्म मात्र जनकपुरको राराब क्याम्पस त्रिभुवन विश्वविद्यालयको ‘क’वर्गको क्याम्पसको रुपमा गनिन्थ्यो तर, अहिले ‘ग’ वर्गको झरेको छ । यस्तो किन भएको हो ?
‘क’ बाट ‘ग’ वर्गमा झर्नुको कारण विद्यार्थी संख्या हो । पहिला यहाँ ५ देखि ६ हजारसम्म विद्यार्थीहरु पढ्थे । अहिले जाँचको बेलामा हाराहारी ३ हजार सम्म पुग्छ । एडमिशनको बेलामा त्यो संख्या भने हुँदैन । कक्षामा २ सय देखि ३ सय सम्म विद्यार्थी हुन्थे अहिले १० जना २० जना र कहिले काही त्यो पनि हुँदैन ।
‘ग’ वर्गबाट ‘क’ वर्गमा उकास्नका लागि तपाईको के कस्ता प्रयासहरु हुनेछन ?
विद्यार्थीहरु पढे भने, सबैपक्षले सहयोग ग¥यो भने ‘ग’ बाट फेरी ‘क’ मा लग्न सकिन्छ । धेरै गाह्रो छैन् ।
परीक्षा प्रणाली अत्यन्तै अमर्यादित हुनु पनि ‘ग’ वर्गमा झर्नुको कारणको रुपमा लिइएको छ । खुल्लाखुल्ला परीक्षामा चीट चोरी गर्नु पनि त प्रमुख कारण नै हो, जस्तो तपाईलाई लाग्दैन ? विद्यार्थी संख्या मात्रै त आधार होइन होला नि ?
विद्यार्थी संख्या नै प्रमुख कारण हो । वर्गिकरण विद्यार्थी संख्याकै आधारमा हुन्छ । परीक्षा तपाईले भने झै खस्केकै हो । त्यो त जनकपुरवासीले चाहेरै भएको हो । एक जनाले गरेर त मात्र भएको होइन । सबै परीक्षामा चोरीकै पक्षमा देखिए । र, परीक्षा खस्कियो । अनुशासन छैन, विद्यार्थीमा । जसरी पनि पास होऊँ भन्ने चाहना छ । त्यसैले गर्दा परीक्षा फितलो भएको हो ।
नपढेर जाँच दिन आउँछन् विद्यार्थी । सित्तैमा सर्टिफिकेट खोज्छन, विद्यार्थी । जब सित्तैमा डिग्री पाउने हो भने, साइन्सकै किन नलिने भन्ने मानसिकता विकसित भएको छ, विद्यार्थीमा । जनकपुरको समाज पनि त्यही मनोविज्ञानबाट अगाडी वढेको देखिन्छ । कमै विद्यार्थी मात्र पढेर जाँच दिन आउँछन् । देशको स्थितिले गर्दा पनि त्यस्तो भएको हो । कोही नियन्त्रण गर्ने वाला पनि छैन । नियन्त्रण गर्ने आँट पनि गर्दैनन् ।
नियन्त्रण गर्ने जिम्मेवारी त तपाईको काँधमा आएको छ नि । अहिले पनि स्नात्तकोत्तर तहको दोस्रो वर्षको परीक्षा जारी रहँदा व्यापक चिट चोरी भइनैराखेको छ नि ?
एकदम, चोरी हुन्छ । यो झुठो कुरो होइन । जाँच दिने विद्यार्थीहरु सबै जागिरे मान्छेहरु, कहिल्यै नपढ्ने विद्यार्थीहरु, कहिल्यै  क्लास नगर्ने मान्छेहरु छन् । थोरै मात्र विद्यार्थी छन, जो पढेर पनि आउँछन् । अलिकति नियन्त्रण गर्न मैले खोजेको पनि छु र गरेको पनि छु । तर पुरै नियन्त्रण हुन सकेको छैन् । यो वास्तविकता हो । एकै चोटी नियन्त्रण हुन पनि सक्दैन । खास गरी स्नात्तकोत्तर तहका परीक्षार्थीहरु सबै बुजुर्ग छन् । रेगुलर विद्यार्थी भएको भए २२ देखि २५ वर्ष सम्मको हुनु पथर््यो । तर ३० देखि ५० वर्ष सम्मका विद्यार्थीहरु जाँच दिराखेका छन् । ती मध्ये कतिपय ओहोदामा बसेका मान्छेहरु पनि छन् । कतिपय त प्रशासनिक निकायका मान्छेहरु पनि छन् । प्रशासनका हाकिमहरु छन् । सुरक्षा निकायका मान्छेहरु पनि नभएको होइन । चोरी नै गर्नु पर्छ, जसरी पनि पास गर्नु पर्छ, डिग्री चाहिन्छ भन्ने मनस्थितिका कारण नियन्त्रण गर्न गाह्रो भइराखेको छ ।
त्यसो हो भने परीक्षाको अमर्यादित क्रियाकलाप रोक्न धेरै गाह्रो छ ?
छैन,छैन । त्रिविको नियमले केही पनि गाह्रो छैन् । म शिक्षकको रुपमा यस क्याम्पसमा २०४० सालमा आएँ । २०४३ सालमा परीक्षा पुर्णतः नियन्त्रण भएकै हो । त्यतिखेर पनि चोरी चल्थ्यो । गर्न सकिन्छ । स्थानीय समाजको मानसिकता भयो र सुरक्षा निकाय, स्थानीय प्रशासनले सहयोग ग¥यो भने नहुने होइन । क्याम्पसका शिक्षकहरु त्यसो गर्न सक्षम छन् ।
यस अघिका क्याम्पस प्रमुख विष्णुदेव यादवसँग सोध्दा अन्य क्याम्पसका विद्यार्थीहरुको पनि परीक्षा केन्द्र राराब मै हुँदा विद्यार्थी संख्या वढेको र एउटै  बेन्चमा धेरै विद्यार्थी भए पछि चीट चोरी गर्न नसकिएको बताएका थिए । अनि तत्कालिन परीक्षाका उप(नियन्त्रक रमेश जोशीले निजी क्याम्पसका विद्यार्थीहरुको परीक्षा केन्द्र अलग गरे पनि राराबमा चीट चोरी जारी नै रह्यो । किन भने परीक्षामा चीट चोरी गराएर विद्यार्थी नेताहरु मोटो रकम कमाउने र केही हिस्सा क्याम्पस प्रशासनकोमा पनि जाने गरेको समेत कुराहरु उढ्यो । तपाईले कस्तो अनुभव गर्नु भएको छ ?
खै, त्यो कुरा त भन्दिनँ । तर, परीक्षा आज आएर विग्रेको होइन । यो कुरा त सत्य हो ।
तपाईलाई स्थानिय प्रशासनले सहयोग गरिरहेको छैन र ? त्यहाँ त सुरक्षाकर्मीको पनि परिचालन गरिएको हुन्छ ।
छैन, स्थानीय प्रशासनले त्यसरी सपोर्ट गरेको देखिएन । तर, म अब सपोर्ट लिन्छु । विद्यार्थी यूनियन हावी छ । विद्यार्थी यूनियन मात्र नभनौं, त्यसको पछि पछि अरु तत्वहरु पनि हावी छन् । भन्नु पर्दा समाज नै चोरी चाहेको देखिन्छ ।
पैसाको चलखेल हुने गथर््यो पहिला ?
विलकुल । तपाई पत्रकारले नै भनिराख्नु भएको छ भने त्योकुरा झुठो पक्कै नहोला ।
तपाई क्याम्पस प्रमुख हुनु भनेको तपाईको लागि कति अवसर र चुनौति छ ?
चुनौति नै चुनौती छ । म त्रिवि ऐन कै परिधिमा वसेर काम गर्छु । सम्भव छ । समाज र सुरक्षा निकायको सहमति र साथ लिएर म परीक्षा त टूयाकमा ल्याउँछु, ल्याउँछु । यस्तै छोड्यो भने क बाट ग मा गएको छ अब घ मा जान वेर लाग्दैन ।
पठन पाठन पनि नियमित हुँदैन । प्राध्यापकहरु भन्छन, विद्यार्थी नै कक्षामा आउँदैन, विद्यार्थी भन्छन, सरहरु नै आउनु हुन्न । दुवैले एक अर्कालाई दोषारोपण गरिराखेका हुन्छन् । सरहरु वाहिर निजी क्याम्पसमा पढाउनु हुन्छ जवकी त्यो समय भनेको राराब क्याम्पसको रुटिनमा हुन्छ ।
दुइटै कुरा सही हो । विद्यार्थी नै आउँदैन भन्ने सरको भनाई र सर पनि नपढाउने, नआउने विद्यार्थीको भनाई पनि सही छ । राराबको टाइममै कतिपय शिक्षकहरु निजी क्याम्पसमा पढाइराखेका हुन्छन । यो त्रिविको कमजोरी हो । विश्वविद्यालयले प्लस २ र ग्रेजुएशनका लागि वाहिर जति स्वीकृति दिएको छ, शिक्षकको सिफारिसमा दिएका छन् । किनभने शिक्षकलाई वाहिर पढाउन स्वीकृति त छ । त्यसैले गाह्रो भएको हो । हार्ड एन्ड फास्ट रुल छैन् ।
तपाईलाई कारवाही गर्न के ले रोक्छ र ?
युनिभरसिटी, रेक्टारको कार्यालय, राजिष्टारको कार्यालय इत्यादी निकायले हेर्ने हो ।
तपाईको पनि त इच्छा शक्ति हुनुप¥यो नि ?
शिक्षकले बाहिर पनि पढाउन सक्ने विश्वविद्यालयबाटै अनुमति पाएका छन् । त्यसैको आडमा शिक्षकहरु रा.रा.ब.को समयमा बाहिर पढाइरहेका हुन्छन् । यसलाई कडाई गर्न विश्वविद्यालय हार्ड एण्ड फास्ट छैन । 
काठमाण्डौमा केहीलाई त कारवाही गरियो नि ?
थोरै । यहाँबाट पनि रेकर्ड लगेको थियो । तर, यूनिभरसिटीले यहाँ कारवाही गरेन । यहाँको प्रशासनले मात्र के गर्न सक्छ ?
त्रिविका उच्च पदाधिकारीहरुले निजी क्याम्पस संचालन गर्न नपाउने, गरेको छ भने राजीनामा गर्न लगाउने विश्वविद्यालयले यस अघि नै परिपत्र जारी गरेको थियो । नैतिकताको आधारमा मैथिली विभागका विभाग प्रमुख पशुपतिनाथ झाले जागिरबाट राजीनामा नै दिए । तर, अन्य कतिपय शिक्षकहरुले बकायदा आफ्नो नाउँ सहितै निजी क्याम्पस संचालित रहेको विज्ञापन नै गरिएको देखिन्छ । तर, तिनीहरुलाई किन कारवाही गर्न सकिएको छैन् ?
पशुपतिनाथ झाले नैतिकताको आधारमा राजीनामा दिनु भयो, धेरै ठुलो कुरा हो । तर, नैतिकताको स्तर सबैमा एक नासको हुँदैन । नैतिकताको इन्जेक्सन बाहिरबाट किनेर ल्याएर यहाँका शिक्षकहरुमा इन्जेक्ट गर्ने कुरा पनि होइन । युनिभरसिटीले ५ किलोमिटर भित्र कुनैपनि निजी क्याम्पसलाई स्वीकृति नदिने नियमै छ,तर पनि दिइएकै छ । टासिएकै छ । निजी क्याम्पसहरु छिमेकी बनेका छन् । धेरै चलखेल भइरहेको छ । त्यसको लागि म जिम्मेवार त होइन । नैतिकताको पाठ त समाजले न सिकाउने हो ।
तर, तपाईले कारवाही गर्नुपर्छ नि ? तपाईको योजना के हो ?
म आफ्नो प्रयास जारी राख्ने छु । क्याम्पसको पठन पाठन देखि लिएर एकेडेमिक विकासको लागि आफ्नो प्रयास जारी राख्ने छु । कुनै बाटो छोड्दिन ।
विज्ञान विषयमा स्नातकोत्तर तहको स्वीकृति लिनु हुन्छ ?
अहिले ल्याउँदिन । किनभने मैले प्रयास गरेको थिएँ । त्यतिबेलाका विषयका विभाग प्रमुखहरु पनि सकारात्मक थिए । उहाँहरु आउनु पनि भएको थियो । तर, त्यसको पुर्वाधार जुन हुनुपर्ने हो त्यो यहाँ छैन् । त्यसको लेभेल पनि मेन्टेन गर्न सकिन्न । खाली चिट चोरीको भरमा पास गराई सर्टिफिकट मात्र दिनको लागि त अनुमति लिनु भएन नि । जब पढाईको व्यवस्था सुध्रिन्छ अनि मात्र म ल्याउँछु ।
सेन्टर कमिटीमा मेरो गुरु नै हुनुहुन्थ्यो डा.लोकनारायण झा । उहाँको इच्छा पनि खोल्ने नै थियो । यहाँका सरहरुले पनि खोल्न भन्नुभयो । तर, मेरै डिपार्टमेन्ट फिजिक्सका सरहरु ६ घन्टा सम्म बस्न सक्नुभएन भने क्याम्पस कसरी चल्छ ?
नैतिकवान शिक्षकको पुरै खडेरी परेको छ र ?
त्यस्तो त छैन, तर नैतिकवान शिक्षकको अभाव भने छ । यस क्याम्पसमा । साइन्सको कहिल्यै पढाई हुँदैन । विद्यार्थीको आरोप एकदम सत्य छ । म आफै देखिरहेको छु । भोगिरहेको छु । के गर्ने ?तर अब कक्षा हुन्छ । नपढाउने शिक्षकलाई कारवाही गर्छु ।
कारवाही गर्दा प्राध्यापक, कर्मचारीहरुको यूनियनले गाह्रो पार्ला नि ?
गाह्रो हुँदैन । नियम कानुनमा वसेपछि केही गाह्रो हुँदैन । म फिजिक्सको विद्यार्थी हुँ । हेर्नै नसकिने इलेक्टूोनको इनर्जी क्यालकुलेट गर्न सक्छु भने कारवाही गर्न कुनै गाह्रो छैन ।
क्याम्पस प्रमुखका रेसमा थुप्रै जना थिए तर, तपाई महेन्द्र नारायण निधिको छोरा र विमलेन्द्र निधिको दाजु भएका कारण तपाईले खान भ्याउनु भयो भनेर प्राध्यापक वृतमै ठुलो चर्चा छ । यसलाई खण्डन गर्न चाहनुहुन्छ ?
विल्कुल खण्डन गर्छु । मेरो बुवा अहिले हुनुहुन्न त्यसकारण उहाँको कुरै भएन र विमलेन्द्रको पनि कुनै पावर लागेको छैन । म पनि त यहाँ ३० वर्ष लगानी गरेको छु नि । म काठमाण्डौको अमृत साइन्स कलेजमा पढेको हो । पञ्चायतकालमा सबै भन्दा ठुलो निजी कलेज थियो । नियम कानुन धेरै टाइट थियो, त्यतिबेला । त्यहाँबाट म हुर्केको हो । म जनकपुरमा विएससी खोल्न काठमाण्डौबाट आएको थिएँ । क्याम्पस चिफ रामप्रसाद भट्टराई सहयोगीहरु मकेश्वर प्रसाद सिंह,सबैको विएससी खोल्ने चासो थियो । उहाँहरुले जनकपुरमा टिचर छैन, आउनुस भनेपछि म आएको हो । मेरो बाउले गरेको कारण म यहाँ त्यतिबेला पनि आएको होइन । र, ३० वर्षको अवधिमा मैले कुनै लाभको पद पनि लिइन ।
तर, अहिले भाइले कृपा गरेर तपाईलाई क्याम्पस प्रमुख बनाई रिटाइरमेन्ट उपहार दिईएको हो भन्ने आरोप पनि त लाग्ने गरेको छ नि ?
मान्छेले भन्दैमा हुन्छ । मान्छेहरुले जथाभावि भनिरहेका छन् । त्यो होइन । ३० वर्षसम्म कहाँ थियो त ? खोई रेकर्ड हेराउनुस न ।
तपाईको कार्यकाल बाँकी नै नरहने बेलामा तपाईलाई किन बनाइएको होला ?
म मा कुनै क्षमता होला । केही योग्यता होला । यो विमलेन्द्र निधिले गर्दा भएको होइन । विल्कुल होइन । मेरो पनि त लगानी छ नि । यस्तो कुरा कसैले गर्दा मेरो चित्त दुख्छ । मेरो पनि आफ्नो स्वाभिमान छ । कसैले भनिदियोस कि मैले आफ्नो भाईको पावर वा पदको दुरुपयोग गरेर लाभ लिएको छु ।
अब त लाभको पदमा हुनुहुन्छ नि । अब त तपाईलाई गाह्रो पर्ला । तपाईले गरेको निर्णयको पनि विरोध होला । राजनीति होला नि ?
हुँदैन,हुँदैन । मेरो बुवा जलस्रोत र स्थानिय विकास मन्त्री हुँदा म राजनीतिक सल्लाहकारको रुपमा पनि बसेको मान्छे हुँ । जलस्रोतमा करोडौको खरिद विक्री हुन्थ्यो । त्यहाँ पनि मलाई एक पैसाको दाग कसैले लगाउन सकेन । लोभमा नफस्ने मान्छे हो म । त्यसैले मलाई कुनै गाह्रो हुँदैन ।
पार्टटाइम टिचरहरुले तलब पाइराखेका छैनन । नीजि स्तरमा संचालित कार्यक्रमहरुको अडिट हुँदैन । आय व्यय सार्वजनिक हुँदैन । किन ?
शिक्षकहरुसँग मैले अन्तरक्रिया गरिसकेको छु । विद्यार्थीहरु पढदै नपढिकन जाँच दिन खोज्छन र टिचरहरुले नपढाईकन पैसा त माग्नु भएन नि । विना पढाईको पेमेन्ट कसरी गर्ने ? पेमेन्ट गर्दिन पनि । चाहे जस्तो सुकै दवाव नै किन नआओस । म झुक्नेबाला छैन ।
विद्यार्थी आएन , पढाई भएन । अनि पेमेन्ट पनि नपाउने ? शिक्षकको के दोष ?
खोज्नुपर्छ बाटो ।
शिक्षकहरुले बन्द हडताल गर्लान नि ?
क्लास नै नभइकन त पेमेन्ट हुँदैन । निकास निकाल्नु पर्छ, बसेर निकालांैला । यो अत्यन्त गंभीर मेटर हो । रा.रा.ब.लाई खाली फर्म भरेर परीक्षा केन्द्र मात्र बनाएर त हुँदैन नि ।
तपाईको कान्छो भाई विमलेन्द्र निधिको एउटा राजनीतिक अजेन्डाको रुपमा रहेको छ, राजर्षी जनक विश्वविद्यालय । रा.रा.ब.को सम्पति र कर्मचारी सबै गाभेर उक्त विश्वविद्यालय बनाईने कुरा उठेपछि रा.रा.ब. कै कतिपय मान्छेले विरोध पनि गरे । अब तपाई क्याम्पस प्रमुख भएपछि भाईलाई साथ दिने वा रा.रा.ब.को पोजिसन लिने भन्ने धर्मसंकट आयो भने के गर्नु हुन्छ ?
राजर्षी विश्वविद्यालयको अवधारणा जुन आएको छ,त्यो त्रिभुवन विश्वविद्यालय सरह नै एउटा प्रान्तिय विश्वविद्यालय हुने हो । पुर्वाञ्चल विश्वविद्यालय स्थापना भएपनि मोरंग क्याम्पस त्यसमा गाभिएन । पोखरा युनिभरसिटीमा पृथ्वीनारायण क्याम्पस गाभिएन । तर, त्रिभुवन विश्वविद्यालयको जग्गा ती यूनिभरसिटीहरुमा कसरी दिने भने कुरा चलेको छ । त्यो सबैको समाधानको लागि राजर्षी विश्वविद्यालयको ऐन समेत कानुन छाता ऐन अन्तरगत सरकारले बनाउँदैछ । राजर्षी विश्वविद्यालय पास भएपछि सारा समस्या समाधान हुन्छ । र, अब रा.रा.ब.मा त्यसको विरोध छैन । सबै जनाले समर्थन जनाईसकेका छन् ।

२०७० फागुन ११ गते 

सामुदायिक विद्यालयमा शिक्षाको भाषा र गुणस्तर -जनार्दन लाल


जनार्दन लाल
सबै सचेत नागरिकलाई यो थाहा छ कि शिक्षाको व्यवस्थापन प्रदेशको जिम्मामा जान्छ । प्रदेशको आवश्यकता र भाषा अनुसार शिक्षा प्रणाली लागु गरिन्छ । यदि नयाँ संविधानमा शिक्षा केन्द्रको जिम्मा नै राख्ने उल्लेख भयो भने संविधान निर्माण पछि बन्ने संसद र सरकारले संविधानसम्मत ऐन नियमावलीको निर्माण वा सुधार गरी शिक्षा प्रणाली लागु गर्न सक्नेछन् । यसर्थ निवर्तमान सरकारको सामुदायिक विद्यालयमा शिक्षाको माध्यम भाषा सम्बन्धी निर्णय अदूरदर्शी, गैरजिम्मेवार र वर्चस्ववादी निर्णय हो ।

सामुदायिक विद्यालय कक्षा ६ देखि अंग्रेजी माध्यमबाट पठन पाठन गराईने प्रसंगले शिक्षा जगतमा भुकूम्प ल्याइदिएको छ । हुन त कार्तिक ५ गतेको गोरखापत्रमा नै यस सम्बन्धी पहिलो समाचार छापिएको थियो । त्यसमा शिक्षामन्त्रीको वक्तब्य उद्धृत गर्दैै त्यसै महिनाभित्र यस सम्बन्धी निर्णय गरिने कुरा उल्लेख भएको थियो । त्यसले त्यति चर्चा पाएन । पुष २३ गतेको गोरखापत्रमा ‘अंग्रेजी माध्यममा पढाउन नसक्ने शिक्षकको जागिर चट्ट’ शीर्षक समाचार छापिएपछि देशभरि तरंग उत्पन्न भएको छ ।
सर्वप्रथम म के भन्न चाहन्छु भने दैनिक प्रशासन निर्वाचनको लागि गठित सरकारलाई शिक्षा सम्बन्धी गम्भीर निर्णय गर्ने अधिकार नै थिएन । निर्वाचन सरकारको समेत यस विषयमा दुरगामी निर्णय लिने हक छैन ।किनभने देश अहिले संक्रमणकालमा छ । संविधान निर्माण पछि देश संघीयतामा जाने प्रायः निश्चित छ । सबै सचेत नागरिकलाई यो थाहा छ कि शिक्षाको व्यवस्थापन प्रदेशको जिम्मामा जान्छ । प्रदेशको आवश्यकता र भाषा अनुसार शिक्षा प्रणाली लागु गरिन्छ । यदि नयाँ संविधानमा शिक्षा केन्द्रको जिम्मा नै राख्ने उल्लेख भयो भने संविधान निर्माण पछि बन्ने संसद र सरकारले संविधानसम्मत ऐन नियमावलीको निर्माण वा सुधार गरी शिक्षा प्रणाली लागु गर्न सक्नेछन् । यसर्थ निवर्तमान सरकारको सामुदायिक विद्यालयमा शिक्षाको माध्यम भाषा सम्बन्धी निर्णय अदूरदर्शी, गैरजिम्मेवार र वर्चस्ववादी निर्णय हो ।
 यो निर्णय अचानक पनि आएको होइन । यसको पृष्ठभुमि केही वर्षदेखि सरकारले तयार गर्दै आएको उपत्यका र केही शहरमा अंग्रेजी माध्यममा संचालित सामुदायिक विद्यालयहरुलाई प्रोत्साहन दिँदै आएको छ भने गत वर्षदेखि आधारभुत तहमा अंग्रेजी माध्यम शिक्षक तालिम पनि प्रारम्भ गरेको छ । अर्कोतिर ‘बहुभाषिक शिक्षा कार्यान्वयन निर्देशिका, २०६६’ निर्माण गरी आधारभुत तहमा मातृभाषामा आधारित शिक्षक तालिम समेत चार वर्षदेखि संचालन गर्दै आएको छ । अर्थात आफैले चलाएको नीति र कार्यक्रममाथि सरकार आफैले आक्रमण गरेको छ । यसबाट के देखिन्छ भने मन्त्री लगायत शिक्षा मन्त्रालय, शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्रका अधिकारीहरु बौल्हाइउसकेका छन् । कार्यक्रमहरु होसमा चलाईएको देखिदैनन् । वर्तमान पनि बेहोसीको उपज हो ।
यसैले निर्णय असंवैधानिक पनि प्रमाणित भएको छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १७ (१) मा ‘मातृभाषामा आधारभुत शिक्षा पाउन हक’ उल्लेख भएको तथा धारा ५(२) मा ‘नेपाली भाषा सरकारी कामकाजको भाषा’ उल्लेख भएको आधारमा सरकारी विद्यालयको आधारभुत शिक्षा (कक्षा १(८) मातृभाषामा र माध्यमिक शिक्षा (कक्षा ९(१२) नेपाली भाषामा हुनुपर्ने देखिन्छ ।
जहासम्म शिक्षा ऐनको प्रश्न छ, शिक्षा ऐन, २०२८ को (पाँचौ संशोधन २०४९) दफा ७ मा विद्यालयमा शिक्षाको माध्यम प्रष्ट रुपमा नेपाली भाषा तोकिएको थियो र प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा दिन सकिने समेत उल्लेख गरिएको थियो । तर शिक्षा ऐन, २०२८ को (२०६३ को संशोधन) दफा ७ (१) मा ‘विद्यालय शिक्षाको माध्यम नेपाली, अंग्रेजी वा दुवै भाषा हुने’ उल्लेख भएको छ जुन अन्तरिम संविधानको मर्म विपरित छ । उपदफाको भाषा अस्पष्ट र भ्रमित छ । सो उपदफा षड्यन्त्रपुर्वक समावेश गरी पारित गराइएको भान हुन्छ ।
सामुदायिक विद्यालयमा शिक्षाको माध्यम अंग्रेजी बनाइने निर्णय गराउनुमा अंग्रेजीको एकाधिकार कायम गर्न खोज्ने पश्चिमी दातृनिकायहरुको प्रमुख हात हुनसक्छ । सम्बन्धित मन्त्री र मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरु प्रलोभनमा फँसेका हुन सक्छन् । देशको अवस्थासँग अपरिचित कथित शिक्षाविद् तथा अंग्रेजी पढाउँदा(पढाउँदै मानसिक रुपले अंग्रेज बनेका केही अंग्रेजी विषयका कथित वरिष्ठ र शिक्षक र प्राध्यापकहरुले सहयोग पु¥याएका हुन सक्छन् ।
अंग्रेजी माध्यममा संचालित केही प्राइभेट विद्यालयहरुको सफलता र परीक्षाफलबाट प्रभावित भएर पनि यस्तो निर्णय गरिएको हुनसक्छ । तर यहाँ बुझ्नुपर्ने रहस्य के रहेछ भने तिनीहरुले अंग्रेजी भाषाको कारणले सफलता प्राप्त गरेका रहेनछन् । विद्यालयको कुशल व्यवस्थापन, विद्यार्थीहरुको नियमित उपस्थिति, कम्प्युटर शिक्षा, नवीनतम शिक्षण विधिको प्रयोग तथा शिक्षकहरुको नियमित परिश्रमको फलस्वरुप उपलब्धी हासील गरेका रहेछन् ।
जहाँसम्म केही शहर र उपत्यकाका सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यममा पठनपाठनको प्रश्न छ, त्यो संयोग मात्र हो । सबै ठाउँमा त्यस्तो जनशक्ति र वातावरणको मेल हुन सक्तैन । अर्को गंभीरपूर्वक सोच्नुपर्ने कुरो के छ भने माथि चर्चा गरिएका प्राइभेट विद्यालयका व्यवस्थापन पक्षहरुलाई बेवास्ता गरी पढाएमा तिनका विद्यार्थीहरु घरकान घाटका हुनेछन् ।
भाषा साधन हो, साध्य होइन । आफ्नै देशको भाषालाई शिक्षाको माध्यम बनाई चीन, रुस, जपान उन्नतीको शिखरमा पुगेका छन् । छिमेकी भारतमा पनि माध्यमिक तहसम्म राष्टूभाषा हिन्दी र अन्य भारतीय भाषामा पढाई हुन्छ । उच्च शिक्षा पनि भारतीय भाषाहरुमा नै हुनुपर्ने जोडदार माँग उठिरहेको छ ।
त्यसकारण नेपाल सरकार र मातहतका अधिकारीहरु बेलैमा सचेत हुनुपर्दछ, पत्रपत्रिकामा उठेको विद्वतजनको स्वरलाई सुन्नुपर्दछ । अंग्रेजी माध्यममा गरिने पठनपाठन सम्बन्धि अवैधानिक र अव्यवहारिक निर्णय फिर्ता लिनुपर्दछ । अन्यथा निम्नलिखित दुष्परिणामहरु देखा पर्नेछन् ।
१. अध्यापनरत हजारौं शिक्षक बेरोजगार हुनेछन् ।
२. नेपाली माध्यममा विभिन्न विषय पढाउने तालिम प्राप्त, सक्षम र अनुभवी शिक्षकहरु विस्थापित हुनेछन् ।
३. विषयवस्तु कमजोर भएका अंग्रेजी भटभटाउने शिक्षकहरुको नियूक्ति हुन सक्नेछ ।
४. दोस्रो र तेस्रो दर्जाका अधिकतम विद्यार्थी भाषा नबुझेर पढाई छोड्न बाध्य हुनेछन् ।
५. पहिलो दर्जाका विद्यार्थी हरु पनि सबै विषयको अपेक्षित ज्ञान प्राप्त गर्न सक्ने छैनन् ।
६. विद्यार्थीहरु घरमा आमाबाबुसँग मातृभाषामा कुरा गर्न रुचाउने छैनन् जसबाट पारिवारिक सम्बन्ध बिग्रिने प्रवल संभावना हुनेछ ।
७. विद्यार्थी र शिक्षकको बीचमा सुमधुर सम्बन्ध स्थापित हुन सक्ने छैन ।
८. अंग्रेजीमा दक्ष नभएका शिक्षा अधिकारी, विद्यालय निरीक्षक, स्रोतव्यक्ति र अनुगमनकर्ताले कठिनाईको सामना गर्नूपर्नेछ ।
९. नेपाली लगायत सम्पुर्ण राष्टूभाषाहरु (१२३ मातृभाषा) संकटमा पर्नेछन् ।
१०. नेपाली,मैथिली सहित सम्पुर्ण मातृभाषाका पुस्तक र पत्रपत्रिकाहरुको विक्री कम हुँदै जानेछ ।
११. भाषा र संस्कृतिबीच नड मासुको सम्बन्ध भएको हुनाले देशका सबै संस्कृति प्रभावित हुनेछन् । अंग्रेजी शिक्षा प्राप्त किशोर किशोरीहरु क्रमशः अंग्रेजी संस्कृति अंगिकार गर्दै जानेछन् ।
१२. रेडियो र टेलिभिजनबाट प्रसारण हुने नेपाली र अन्य मातृभाषाका गीत, संगीत, समाचार र कार्यक्रमहरु नयाँ पुस्ताले मन पराउने छैनन् ।
१३. नेपाली र मातृभाषामा सृजित साहित्यको अध्ययन र सो साहित्य सृजनतर्फ आउने पुस्ताको अभिरुचि कम हुँदै जानेछ ।
१४. देशको पहिचान खतरामा पर्नेछ ।
उपयुक्त दुष्परिणामहरुबाट बच्च बचाउन र शिक्षामा गुणस्तरको विकास गर्न गराउन निम्नलिखित उपायहरु अपनाउन सकिन्छन् । निम्नलिखित बँुदाहरुमध्ये केही बुँदा शिक्षा ऐन नियमावली, शैक्षिक प्रशासन, शिक्षा शास्त्रसँग सम्बद्ध भए पनि कार्यान्वयन पक्ष साह्रै कमजोर देखिएकोले ध्यानाकर्षणको निम्ति प्रस्तुत गरिएका छन् ।
१. कसैको प्रलोभन र करकापमा परी शिक्षामा कुनै प्रयोग नगरियोस् ।
२. आधारभुत तहमा मातृभाषा र माध्यमिक तहमा नेपाली भाषामा पढाइयोस् ।
३. पहिलो दर्जाको जनशक्ति शिक्षामा ल्याइयोस् । त्यसको निम्ति उच्च तलब र आकर्षक सुविधाहरुको व्यवस्था गरियोस् ।
४. हरेक  प्रकारको (राहत, पी.सी.एफ., निजी, अन्य) शिक्षकलाई तोकिएको तलब भत्ता प्रदान गरियोस् । 
५. प्रत्येक महिना शिक्षकलाई तलब ख्वाउने व्यवस्था गरियोस् ।
६. शिक्षक सरुवालाई सहज बनाइयोस । ४÷५ वर्षमा ठाउँ वा जिल्ला परिवर्तन गरियोस् । यसबाट शिक्षकले विभिन्न ठाउँको भ्रमण र अनुभवको मौका प्राप्त गर्नेछन् र विद्यार्थी शिक्षक दुवैलाई पठन पाठनमा नयापनको अनुभुति हुनेछ ।
७. विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गरियोस् ।
८. कुनै विद्यालयमा आवश्यकताभन्दा वढी शिक्षक र कुनैमा कम रहेकाले हरेक जिल्लामा दरबन्दी मिलान गरियोस् ।
९. शैक्षिक सत्र शुरु हुनु अगावै सबै कक्षाका पाठ्यपुस्तक उपलब्ध गराइयोस ।
१० कक्षा ४ देखि कम्प्युटर शिक्षा अनिवार्य गरी विद्यालयमा कम्प्युटर र शिक्षकको व्यवस्था गरियोस् ।
११. विद्यार्थीमा अंग्रेजी क्षमताको विकास गर्न कक्षा ६ देखि २०० पुर्णाङ्कको अंग्रेजी विषयको व्यवस्था गरियोस् जसमा १०० पुर्णाङ्कको साहित्य र १०० पुर्णाङ्कको व्याकरण तथा रचना सामेल गरियोस् । प्रत्येक दिन २ घण्टी शतप्रतिशत अंग्रेजी माध्यममा पढाइयोस् ।
१२.कुनै पनि कक्षामा कमजोर विद्यार्थी अर्थात चौथो दर्जाका विद्यार्थीहरुलाई उत्तीर्ण नगरियोस । सक्षम विद्यार्थीहरुलाई मात्र एस.एल.सी. परीक्षामा सामेल गराइयोस् ।
१३. विद्यालयमा नियमित उपस्थितिको लागि छात्रछात्रालाई दण्ड र पुरस्कारको व्यवस्था गरियोस् ।
१४. शिक्षक नियुक्ति, सरुवा र बढुवामा हुने भ्रष्टाचारी बन्द गरियोस् ।
१५ कुशल अध्यापन र शिक्षामा योगदान गर्ने शिक्षक र प्र.अ. लाई तिन तहमा(जिल्ला, क्षेत्रिय,राष्टिूय) सम्मान, पुरस्कार प्रदान गरियोस् तथा ऐन नियमावली र शिक्षक आचारसंहिता विपरित कार्य गर्ने शिक्षक र प्र.अ. लाई दण्डित गरियोस् ।
१६ शिक्षकलाई वार्षिक योजना, मासिक योजना र दैनिक पाठ योजना निर्माण गरी अध्यापन गर्न लगाइयोस् ।
१७ कक्षा व्यवस्थापन, विद्यालय प्रशासन र विद्यालय व्यवस्थापनमा शिक्षक, प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यहरुको सक्रियता देखियोस् ।
१८ प्रधानाध्यापकको नियूक्ति उमेर र वरिष्ठताको आधारमा होइन, शैक्षिक योग्यता र क्षमताको आधारमा गरियोस् । २÷३ महिनाको परीक्षणकाल राखि २÷३ वर्षको लागि नियूक्ति दिइयोस । परिणाम राम्रो देखिएमा त्यस्तो प्र.अ. लाई निरन्तरता दिइयोस् ।
१९ शिक्षकहरुको सहयोगमा प्र.अ. द्वारा वार्षिक योजना र वार्षिक कार्यतालिका निर्माण गरी वर्षभरी कार्यान्वयन गरियोस् ।
२० निर्णयात्मक मूल्याकनको साथै अनिवार्य रुपले निर्माणात्मक मुल्याकन प्रणाली लागु गरियोस अर्थात ऋक्क् लागु गरियोस ।
२१ प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षकहरुलाई टी.पी.डी. लगायत विभिन्न प्रकारका तालिकाहरु दिइन्छन् जसमा वर्सेनी करोडौं रुपैयाँ खर्च हुन्छन् तर विद्यालयमा परिणाम न्यून देखिन्छ । यसर्थ तालिम अनुसारको क्रियाकलाप भए नभएको सम्बन्धमा विद्यालयमा कडा निगरानी राखियोस् ।
सामुदायिक विद्यालयको शिक्षामा ह्रास आउनुको ५० प्रतिशत कारण अनुगमनको अभाव हो । मन्त्रालय, विभाग, निर्देशनालय, शिक्षा कार्यालय, स्रोत केन्द्र र विद्यालय सहितको श्रृङ्खलामा निरन्तर अनुगमन गरियोस् गराइयोस् ।

२०७० फागुन ११ गते 

कसरी हुन्छ एलबीडब्लु आउट ?


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

 क्रिकेटमा प्रायः जसो एल.बी.डब्लु (लेग विफोर विकेट) विवादास्पद देखिन्छ । व्याट्समैनले आफु आउट नरहेको दावी गरिराखेका हुन्छन भने बलरले एलबीडव्लु आउटका लागि अम्पायरसँग अपिल गरिराखेका हुन्छन् । कहिलेकाँही अम्पायरले पनि गलत निर्णय दिने गरेको टिभीमा समेत देखिन्छ । बाहिरबाट जे देखिएपनि मैदानका अम्पायरले क्षण भरमै उक्त निर्णय दिनुपर्ने हुन्छ । त्यसैकारण कसरी हुन्छ एलबीडब्लु आउट भन्ने विषयमा नियमका बारेमा एसिसीका अम्पायर राम कैलाश यादवसँगको कुराकानीका आधारमा जानकारी गराईएको छ ।
Mcc laws या Cricket अनुसार LBW नियम ३६ औं नियम हो ।
उक्त नियम बुझ्नलाई निम्न टर्मको जानकारी आवश्यक छ ।
१. ब्याट ः काठको लकडीले बनेको व्याट ब्याट समाएका हाथ÷हाथसम्म लगाईका ग्लव्व÷ग्लस्वसहरु सहितलाई  Bat  भनिन्छ ।
२.परसन (Person) ः माथि (१) मा वर्णन गरे अनुसार व्याट वाहेक व्याटसमेनको खुट्टा देखि टाउको सम्मको सम्पुर्ण भागलाई परसन भनिन्छ ।
३.इम्पैक्ट (Impect) बलले Person को कुनै भागलाई झुने स्थान विन्दुलाई Point या Impect भनिन्छ ।
४. स्टम्पस (Stumps) ः काठको बेलनाकार तीन छडी र दुई वेल्स सहितको ९ इन्च चौडाई (लेग स्टम्पको outer edge देखि Off stump  को बाहिरी किनारा सम्म सबै स्टम्पलाई समान दुरीमा राख्दा साढे २८ इन्च (जमिनको सतह भन्दा माथि) को आयताकार फर्निचरलाई stump भनिन्छ ।
(a) No-ball  नभएको बल (अर्थात Fair delivery उपर अन्य निम्न चार शर्तहरु पुरा भएमा ाfielding side को अपीलमा Bowler's end umpireले Lbw  आउट दिनुपर्छ । उक्त चार शर्तहरुलाई 'PIPS' शव्दबाट सम्झन सकिन्छ ।
(b)  पिचिङ्ग (Pitching)  याद रहोस,fair ball पिच नभएपनि  full pitch वा फुल टास भएपनि Lbw हुन सक्छ यदि शर्त, (C),d र  (e)    पुरा भएछ भने । यदि वल pitch भए,   pitching Wkt to wkt वा off side मा pitch  भएको हुनुपर्छ ।
(c) इम्पैक्ट(Impact) : point of impact चाहि  wkt to wkt    रहेछ भन्ने व्याटसमैनको attempt of playया उबिथ विचार गरिदैन । तर point of impact चाहि off stump  बाहिर रहेछ र batter ले  Genuine stroke  खेल्ने कोशिश गरेको छैन भने तलका शर्त d र e पुरा भएमा LBW  आउट हुने संभावना जीवित रहन्छ ।
(d) परसन(person) : a,b र c शर्तहरु पुरा भएपनि पहिलो impact person मै हुनुपर्छ अथवा मात्र person मा हुनुपर्छ अनि Lbw  संभावना जीवित हुन्छ ।
(e) Stumps (स्टम्पस) ः अन्तयमा शर्त a,b,c र d पुरा गरेको बल स्टम्पसमा गएकै हुनुपर्छ । अनिमात्र Appeal लाई  Bowler's end umpir ले स्वीकार गरी Strikers लाई आउट दिन्छ ।
द्रष्टव्य ःRight hander or Left handed strikers को लागि  Swith Hit or Reverse sweep shot खेल्दा पनि off side / Leg side गरी दुवै साइड त्यो बलको लागि यथावत रहन्छ ।
स्पष्टत ः बल एक चोटी खेलमा आउँदाको क्षणमा हुनेStrikerको अफ साइड र, लेग साइड गरी दुवै साइड LBW purpose का लागि वदल्दिैन ।


 २०७० फागुन ११ गते 

Friday, February 21, 2014

किन हा¥यो जनकपुर टीम ?


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जनकपुरमा सम्पन्न दीपक गुप्ता मेमोरियल टुर्नामेन्ट प्रतियोगितामा यस पटक जनकपुर टीमले नराम्रोसँग हार वेहोर्नुपरेको छ । गत वर्ष सेमीफाइनल सम्मको यात्रा गरेको जनकपुर टीम यस पटक लिग चरणबाटै बाहिरिएका छन् । नियमित अभ्यासको अभाव, टीम भावनाको कमी, अत्यन्तै कमजोर तथा इनकन्सिस्टेन्ट व्याटिङ, प्रारम्भमा राम्रो गेंदवाजी भएपनि साझेदारी तोड्न नसक्नु, मैदानमा कप्तानले विवेक पुर्ण निर्णय लिन नसक्नु, प्रत्येक म्याचमा फितलो क्षेत्ररक्षण गर्नु, सरल क्याचहरु छोड्नु, टीममा सहभागी हुन तछारमछार गरेपनि प्रदर्शन गर्न नसक्नु, बेन्च स्टूेन्थ कमजोर हुनु, कोच र टीममा सहभागी हुन चाहने अन्य केही खेलाडीहरु बीच राम्रो सामञ्जस्ता कायम हुन नसक्नु, स्थानिय खेलाडी पोखरा टीममा सहभागी भएपछि जनकपुर टीममा परेको प्रतिकुल मनोवैज्ञानिक दवाव देखिनु, दर्शकको अपेक्षामा खरो नउत्रेको टीमलाई म्याच प्रति म्याच स्थानिय दर्शकको सपोर्ट घटनु तथा दर्शकहरुद्वारा जनकपुरको विरुद्ध हुटिङ हुनु, जनकपुर र जलेश्वर टीमका खेलाडीहरु बीच सहभागिताका लागि तानातान हुनु र केही खेलाडी स्वयम आयोजक भई टुर्नामेन्टका अन्य कार्यहरुमा संलग्न हुनु र खेलमा कम समय दिइनु, जस्तो सुकै प्रदर्शन गरेपनि कारवाही नहुने परम्परा आदि नै जनकपुर क्रिकेट टीमको लज्जास्पद हारका प्रमुख कारणहरु रहेको जानकारहरुको आंकलन छ ।
राज मोहमदको कप्तानीमा प्रल्हाद साह, चन्दन झा, हरिशंकर साह, राहुल प्रताप सिंह, समिर नेपाल, सुनिल साह, अभिषेक झा, अन्सारुल राइन, गोपाल सिंह, दिव्यांशु मल्लिक, कैलाश मण्डल र संजोग कर्ण सहितको टीम मैदानमा असफल नै देखिए । लिग चरण अन्तरगत पहिलो खेलमै विराट नगरबाट पराजित भएका थिए । दोस्रो खेलमा पोखरा विरुद्ध समिर नेपालको आक्रामक व्याटिङ २८ बलमा चार चौका र चार छक्का सहित अविजित ४९ रन बनाएका कारण जनकपुरले जित हात पारेको थियो । तर, भारत विहारको रिकी ११ विरुद्ध गोपाल सिंहको ह्याटिूक विकेटका वावजुद जित हात पार्न असफल रहे । दिव्यांशु मल्लिकले राम्रो बलिङ गरेपनि तिनलाई विराटनगर विरुद्ध १ ओभर मात्र दिई कप्तान आफै चार ओभर गरेर रन लुटाउनु, कैलाश मण्डल जस्ता प्रतिभाबान बलरलाई पहिलो म्याचमा नखेलाइनु, स्पेस्लिस्ट स्पीनर टीममा नहुनु जस्ता कारणहरुले पनि म्याच हारेको हो । जनकपुर टीमका प्रशिक्षक नविन सिंह भन्छन,“ कप्तानले राम्रो कप्तानी नगर्नु, टीममा विभाजन हुनु र भएकै टीम पनि एकवद्ध भएर नखेल्नु र व्याट्सम्यानमा कन्सिटेन्सी र टेम्परामेन्टको अभाव नै जनकपुरको हारको प्रमुख कारण हो ।” तर कप्तान राज मोहम्मद ले भने कोचका आरोपहरुलाई खण्डन गर्दै हारको जिम्मेवारी कप्तान एक्लैले होइन कोचले लिनुपर्ने बताएका छन् । कप्तान मोहम्मद भन्छन,“ कागजमा निर्णय लिनु र मैदानमा निर्णय लिनुमा धेरै फरक हुन्छ । अभ्यास गराउने बेलामा प्रशिक्षक गायव रहन्छन् । उनी आफ्नै एकेडमीका खेलाडीहरुलाई प्रशिक्षण दिनमा व्यस्त रहन्छन् ।” क्षेत्र नं. ७ का अध्यक्ष उत्तम कुमार कर्माचार्य भन्छन,“सधै पुरानै खेलाडीलाई निरन्तरता दिनु, नयाँ प्रतिभाहरुलाई ठाउँ नदिनु हारको प्रमुख कारण हो । पुराना खेलाडीहरुले यसरी नै फ्लप हुँदै कहिले सम्म खेल्ने ?” तर नयाँ खेलाडीहरुमा पनि पुरानो खेलाडीहरुको स्थानलाई प्रतिस्थापन गर्न सक्ने क्षमतामा पनि कमि देखिएको कारण जनकपुरको क्रिकेटको भविष्य अझै पनि अन्धकारमय देखिन्छ । हुन त खेलाडीहरु मात्रको दोष होइन, दुई दुईवटा पद लिई दोहोरो जिम्मेवारी बहन गर्ने धनुषा जिल्ला क्रिकेट संघ र क्षेत्रिय क्रिकेट समितिका पदाधिकारीहरुपनि उति नै दोषी देखिन्छन् । जवसम्म ती सम्पुर्ण पदाधिकारी, खेलाडी, मैदान, खेल सामग्री,आर्थिक सुदृढिकरण आदि लगायतको क्रिकेटिङ वातावरण संस्थागत र समय सापेक्ष हँुदैन तवसम्म जनकपुरको क्रिकेटले गुमेको साखलाई जोगाउन अझ धौ धौ पर्ने निश्चित प्रायः छ ।

२०७० फागुन ०४ गते

Monday, February 17, 2014

जनकपुरको गौरव ः यी दुई अम्पायर


अजय अनुरागी
जनकपुरधाम............
नेपालको क्रिकेटमा जनकपुरका यूवा क्रिकेटर अनिल मण्डलले आक्रामक ओपनिङ व्याट्सम्यानको रुपमा जनकपुरको गौरव वढाइरहेकै बेला क्रिकेट मैदानमा क्रिकेटको निर्णायकको भुमिका समेत निर्वाह गरेर जनकपुर निवासी नेपालका दुई जना अम्पायरहरु राम कैलाश यादव र विनय कुमार झाले जनकपुरको गौरव वढाइरहेका छन् । एसोसिएट राष्टूहरुका बीच हुने अन्तराष्ट्रिय क्र्रिकेट प्रतियोगितामा सफल अम्पायरको रुपमा भुमिका निर्वाह गरेका यी दुवैजनाले जनकपुरको गरिमालाई देश विदेशमा वढाइरहेका छन् । तटस्थ, निश्पक्ष र सही निर्णय दिने अम्पायरको रुपमा रहेका यी दुई जना अम्पायर नेपालकै उत्कृष्ठ अम्पायरहरु मध्ये पर्छन् ।
नेपालले बंगलादेशमा हुने टी–ट्वेन्टी वल्र्डकप खेल्ने जमर्काे गर्दैछ भने एक दिवसीय विश्वकपमा पुग्न असफल मात्र भएनन, एक दिवसीय मान्यता समेत प्राप्त गर्न सकेनन् । टेस्ट मान्यता प्राप्त गर्नु नेपालको लागि अहिले दिवास्वप्न नै देखिन्छ । यद्यपि अन्तराष्टिूय क्रिकेटको मैदान भित्र खेलाडीहरुको खेलको निर्णय दिने निर्णायक(अम्पायर) को सम्भावना पनि संगसँगै वढेको देखिन्छ । नेपालका अम्पायरहरुलाई ए, बी र सी ग्रेड गरी तीन ग्रेडहरुमा विभाजन गरिएको पाइन्छ । बुद्धि बहादुर प्रधान, राम कैलाश यादव, विनय कुमार झा, दुर्गानाथ सुवेदी, हिमाल राज गिरी, सत्यजीत सरकार, मनोहर अधिकारी, शिरिष उपाध्याय, मोहम्मद सफिक गरी कुल दश जना नेपालका ए ग्रेडका अम्पायरहरु पर्दछन् । राम कैलाश यादव र विनय कुमार झा जनकपुरबाट क्रिकेटको अम्पायरिङ करियर सुरुवात गरेका थिए । यी दुवैजनाले मैदान भित्र निर्णायकको भुमिका निर्वाह गर्दा जनकपुरवासीको गौरव वढेको छ ।
अम्पायरहरु बायाँबाट क्रमशः राम कैलाश यादव र विनय कुमार झा ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) अन्तरगत टेस्ट म्याच खेल्ने कुल ९ वटा राष्ट्रहरु पुर्णकालिन सदस्यका रुपमा सहभागी छन् । भारत,पाकिस्तान, श्रीलंका, बांग्लादेश, बेलायत, अष्टे«लिया, न्यूजिलैन्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज लगायतका देशहरुले टेस्ट क्रिकेटको मान्यता पाएका छन भने जिम्वावेले टेस्टको मान्यता पाए पनि पछिल्लो समयमा मान्यता खोसिएको छ । त्यसैगरी नेपाल लगायत अन्य करिव पाँच दर्जन देशहरु आइसिसीका एसोसिएट राष्टूहरु र ४० वटा राष्ट्रहरु ऐफिलिएटेड सदस्यका रुपमा रहेका छन् । 
जिल्ला महोत्तरी अनकार गाविस –७ का राम कैलाश यादव प्रारम्भमा धनुषा र महोत्तरीका क्रिकेटमा विभिन्न टुर्नामेन्टका लागि टीम म्यानेजरको भुमिका वहन गरेका थिए । हरिनायराण यादवको जेठो छोरा रहेका यादव भौतिक शास्त्रमा स्नातकोत्तर गरेर उनी प्राध्यापन पेशामा पनि संलग्न छन् । स्थानिय र भारत विहारको केही टुर्नामेन्टहरुमा अम्पायरको भुमिका निर्वाह गर्न थालेपछि सन् १९९७ देखि उक्त अम्पायरिङको यात्रालाई काठमाण्डौको क्लव लेभेलसम्म पु¥याए । सन् २००० मा एसिसीको प्रशिक्षणमा पहिलो पटक अम्पायरिङ कोर्ष गरी सन् २००१ मा काठमाण्डौमा आयोजना भएको सिनियर राष्ट्रिय क्रिकेट प्रतियोगितामा अम्पायरिङका लागि छनौट भए । सन् २००५ मा काठमाण्डौमा भएको एसिसी म्याचका लागि उनी नियूक्त भएसँगै सन् २००७, २००८, २०१०,२०११ र २०१३ मा एसोशिएट राष्ट्रहरुका बीच सम्पन्न एसिसी इलाइटकप, टी–ट्वान्टी,एकदिवसीय लगायत प्रतियोगितामा अम्पायरिङ गरेका छन् ।
सन् २०१० मा एक्रिडिएटेड लेभेल टु अम्पायरको रुपमा एसियन क्रिकेट काउन्सिल (एसिसी) बाट प्रमाण पत्र प्राप्त गरेका अम्पायर यादव सन् २०११ मा मेलवर्न अष्टे«लियाबाट संचालित आइकस ग्लोबल कार्यक्रम अन्तरगत समेत एक्रिडिएटेड लेभेल २ अम्पायरको दर्जा पाउन उनी सफल भए ।  यसका साथै एसिसी डेभलप्मेन्ट प्रोग्राम अन्तरगत लेभेल २ एक्रिडिशन कोर्षको  सैद्धान्तिक परीक्षामा ९८.५ प्रतिशत अंक प्राप्त गरेका थिए ।  सन् २००१ देखि सन् २०१४ को हालसम्म निरन्तर सिनियर राष्टिूय एक दिवसिय प्रतियोगिता, ट्वेन्टी–ट्वेन्टी, अन्डर १९, अन्डर १६ आदि राष्ट्रिय प्रतियोगितामा निर्णायकको भुमिका निर्वाह गरिसकेका छन् । सन् २००५ देखि नेपालमा हुने एसीसी टुर्नामेन्टमा समेत निर्णायक बनिसकेका छन् । 
क्रिकेटको नियमको संस्थापक रहेको मेरी लिबोर्न क्रिकेट क्लव ( एमसिसी) का खेलाडीहरु सन् २००७ मा नेपालमा पाहुनाका रुपमा खेल्न आउँदा, पाकिस्तानी टोलीका पाँच जना सदस्य (जो अन्तराष्ट्रिय क्रिकेट टीमका सदस्य पनि रहिसकेका छन् ) सम्मिलित टोली र नेपाली क्रिकेट टोलीसँग भएको त्रिदिवसिय म्याचमा, वल्र्ड कलेजियन्स भन्ने अष्टे«लियन भ्रमणकारी टीम र नेपाली टीमका बीच भएको म्याचमा समेत यादवले अम्पायरिङको भुमिका निर्वाह गरेका छन् । भारतका क्रिकेटरहरु मुनाफ पटेल, सिद्धेश्वर राव, अम्बति तिरुपति रायडु, भिआरभी राव आदि सम्मिलित भारतीय टोली र नेपाल टोली बीच भएको खेलमा समेत यादवले अम्पायरिङ गरेका छन् । केही महिना अघि मात्र भारतको एयर इन्डिया, डेल्ही वान्डर्रस, सिंगापुर र नेपाली राष्ट्रिय टोली बीच भएको जर्नी टु वल्र्डकप प्रतियोगितामा समेत यादव सफल अम्पायरको रुपमा भुमिका निर्वाह गरेर अन्तराष्ट्रिय स्तरमा समेत स्थापित भईसकेका छन् ।
मैदान भित्र र मैदान वाहिर पनि अम्पायरले धेरै कुरा हेर्नुपर्छ । क्रिकेटमा ४२ वटा दफा सहितको कानुन छ । त्यसपछि प्लेयिङ्ग कन्डिसन, कोड अफ कन्डक्ट(आचार संहिता), खेलको परम्परागत मूल्य, कानुनको स्प्रिट, प्रिएम्बुल (प्राक्कथन) सहितको भावनाहरुलाई समेटेर कानुन अर्थात कानुनको दायरा भित्र बसेर व्यवहारिक रुप दिँदै ४३ औं कानुन अर्थात कमन सेन्स (स्वविवेक) को प्रयोग गरी क्रिकेट मैदानमा अम्पायरले सही निर्णयहरु दिनु पर्ने हुन्छ । अम्पायर राम कैलाश यादव भन्छन,“क्रिकेटको कानुनमा नसमेटिएका कुराहरु बाहेक कमन सेन्सको प्रयोग गर्दा दुवै टीम प्रति समानता, निश्पक्षता, म्याचको नियन्त्रण र न्यायको आधारशीलामा बसेर स्वविवेक प्रयोग गरी निर्णय दिने कानुन नै ४३ औं कानुन हो ।”
क्रिकेटमा कुनै व्याट्सम्यान आउट हुने दश तरिकाहरु मात्र  होइन, वाइड बल, नो बल, अपिललाई स्वीकारने वा नकार्ने, खेलाडीको व्यवहार, फिल्ड पोजिसनिङ्, ओभर थ्रो, एक्सटूा, मैदान भित्र रहेका सहकर्मी निर्णायक बीचको सञ्चार तथा समन्वय, ओफिसियल स्कोररहरुसँगको समन्वय, खेलाडी प्रतिको आदर, खेलाडीले अम्पायरको भुमिकालाई लिएर राख्ने धारणा सबैलाई सन्तुलित बनाउने भुमिका आदि जिम्मेवारी मैदानमा रहेको निर्णायकको काँधमा रहेको हुन्छ । यी सबै कुरालाई ध्यान दिंदै क्षण (फ्रयाक्सन अफ सेकेण्ड) मै एउटा सही निर्णय गर्नु पर्ने हुन्छ । त्यसको लागि पुर्ण परिपक्वता, नियमको दायरा भित्र रहेर क्षणमै निर्णय गर्न सदैव स्पोन्टेनियस रिजल्ट को लागि तयार रहनु निश्चय पनि कम चुनौतिपुर्ण कार्य होइन । यादव थप्छन,“अम्पायरिङ् त झन ‘थ्याङ्कलेस’ जव हो । धन्यवाद पनि नपाइने जव हो । जति सुकै सही निर्णय दिए पनि धन्यवाद पाउँदैनन् , अम्पायरले । प्रश्न चिन्ह नै खडा गर्छन ।” अम्पायरले निर्णय दिंदा कहिलेकाही गलत पनि हुने गर्छ । भुल पनि मानिसको स्वभावकै दायरा भित्र पर्दछन् । तर, एउटा राम्रो अम्पायरले थोरै गल्ती गर्छन र धेरै सही निर्णय गर्छन । नियमित अभ्यास, फिजकल फिटनेश, कानुनको राम्रो ज्ञान, अनुभव र इमान्दारी छ भने एउटा अम्पायरको रुपमा धेरै कम गल्ती हुने सम्भावना रहन्छ । यादव भन्छन,“आफ्नो कुरा गर्नु पर्दा म जहिले पनि आफुले गरेको निर्णयलाई रुटिन वर्क जस्तै मूल्याङ्कन गर्ने गर्छु । कहिलेकाहीं अपवाद स्वरुप कथं कदाचित भुल हुन गएको छ भने म कुनै टीम प्रति बायस्ड नभएर कुन देश र कुन खेलाडी खेलिरहेको छ, मेरो परिवारको हो कि, मेरो देशको हो भन्ने कुरा हेर्दिन । मैदानमा मात्र हामी खेल र खेलाडी बुझ्दछौं र, कानुन अनुसार स्वविवेकको प्रयोग गरी सक्दो राम्रो निर्णय दिने कोशिस गर्छौं ।”
यी सबै म्याचका अनुभव सँगै राष्ट्रिय र अन्तरािष्ट्रय क्रिकेट जगतमा अम्पायरको भुमिका निर्वाह गरिरहेका विनय कुमार झा, यादवसँगै क्यानका बरिष्ठ अम्पायर मध्ये पर्छन् ।
अम्पायरको प्रकार
आइसीसीको फोरमेट अनुसार एउटा म्याचको लागि ४ जना अम्पायर र एउटा रेफ्री नियुक्त हुन्छन् । म्याच रेफ्री सम्पुर्ण म्याचको गभर्न गर्ने व्यक्ति हो । मैदान वाहिर, टीम वैठकको दौरान, अनुशासानात्मक कारवाही लगायतका क्रियाकलाप माथि नियन्त्रण गर्ने जिम्मेवारी समेत म्याच रेफ्रीकै हुन्छ । तर मैदान भित्र लिइने सम्पुर्ण निर्णयका उत्तराधिकारी भने म्याचको मैदान भित्रका अम्पायर नै हुन्छन् । दुईवटा अन फिल्ड अम्पायर हुन्छन् । त्यसपछि जहाँ लाइभ टेलिकास्ट म्याच हुन्छ त्यहाँ एउटा टिभी अम्पायर हुन्छ । र, चौथो स्ट्याण्डबाई अम्पायर रिजर्भड अम्पायरको रुपमा नियूक्त हुन्छन् । जव डीआरएस (डाइरेक्ट रिभ्यु सिस्टेम) को व्यवस्था हुन्छ, खास गरी आइसीसीको म्याचहरुमा, एसोसिएट राष्टूहरुका म्याचमा पनि, तव अन फिल्ड अम्पायरले लिन चाहेका सहयोगको बेलामा टीभी अम्पायरले टिभीमा रिप्ले गरी सही निर्णय लिन मद्दत गर्छन् । कहिले काँही लाइन डिसिजन वा वाउन्डूी डिसिजन का विषयमा टिभी अम्पायरले वाकीटकीमा सूचना गर्छन र अनफिल्ड अम्पायरले म्याचका बेस्ट डिसिजन दिन्छन् ।
स्टेन्डवाई अम्पायर भनेको अन फिल्ड अम्पायर घाइते (इन्ज्र्यड) भएको केशमा, विरामी भएको अवस्थामा वा विशेष परिस्थितिमा अन फिल्ड अम्पायर वदलिनु प¥यो भने टिभी अम्पायरले अन फिल्ड अम्पायरको काम गर्छ र फोर्थ अम्पायरले टिभी अम्पायरको काम गर्छ ।
कारवाहीको स्तर
आइसिसीले निर्धारण गरे अनुसार खेलाडीलाई कारवाही गर्न ४ किसिमका ‘लेभेल अफ अफेन्स’ हुन्छ । लेभेल वन, लेभेल टु, लेभेल थ्री र लेभेल फोर । 
लेभेल वान ओफेन्स भनेको सानोतिनो गल्ती हो । जो कोड अफ कन्डक्ट, प्लेयिङ्ग कन्डिसनस, गेम स्पिरिट, गेमको परम्परागत मूल्य, गेमको प्राक्कथन जस्ता कारवाहीहरु जो क्षमायोग्य हुन्छन, त्यस्तो कारवाहीहरु लेभेल वान अन्तरगत पर्दछन् । जस्तो कि कुनै गेंदवाजलाई यो कुरा थाहा छ कि व्याट्सम्यान आउट छैन तर पनि जानी जानी अपिल गर्दछ , अम्पायर तिर अलि वढी अग्रेसनमा अपील गर्दैछ, व्याट्सम्यानको मनोबल गिराउन परसिस्टेन्ट क्ल्यापिङ्ग गरिरहेको छ, त्यति बेला लेभेल वान औफेन्स ठहरिन्छ । अम्पायर यादवका अनुसार यस्तो गल्तीमा अम्पायरले म्याच रेफ्रीलाई रिपोर्ट ग¥यो भने सम्वन्धित अम्पायरको रिक्वेस्टमा सम्बन्धित टीमका व्यवस्थापक वा सम्बन्धित खेलाडीलाई बोलाई नसिहत दिइन्छ । सचेत गराउने काम गरिन्छ जसलाई अंग्रेजीमा हामी ‘प्रिमेन्ड’ भन्छौं ।
दोस्रो लेभेलको औफेन्स अन्तरगत मानौं कुनै बौलरले बौलिङ्ग गरेर कुनै व्याट्सम्यानको विकेट लियो र, उसको पवेलियन तिर औंला खडा ग¥यो भने लेभेल टु औफेन्स ठहरिन्छ । त्यो गल्तिमा आइसीसीले उक्त खेलाडीको म्याच पनि प्रतिवन्धित गर्न सक्छ, म्याच फीको २५ देखि ५० प्रतिशत रकम जरिवाना स्वरुप काट्न पनि सक्छ । तेस्रो कुरा जस्तो कि ‘रेसियल एब्युज’ को कुरा आयो । रंगभेदी कुरा भयो, अम्पायर र खेलाडी, खेलाडी खेलाडी बीच गाली गलौज र झडप भैगयो, अम्पायरको डिसिजनमा सिभर रिएक्सन देख्यो आदि भने लेभेल थ्री औफेन्स अन्तरगतको कसुर ठहरिन्छ । त्यस्तोमा म्याच फी को ५० देखि १ सय प्रतिशत सम्म जरिवाना, सिरिजका केही खास खास दुई, चार, छ म्याच सम्म पनि प्रतिबन्धित गर्न सकिन्छ ।
अम्पायर यादवका अनुसार लेभेल फोर औफेन्स अन्तरगत एन्टी डोपिङ्ग, एन्टी कोरप्सन, जस्तै कसैको हत्या गर्नु, हतियार प्रयोग गरी कसैलाई सख्त घाइते बनाउनु, म्याच फिक्सिङ, स्पोट फिक्सिङ, अन्तरगत कानुनी दण्ड वाहेक आइसीसीले खास सुनवाई गरी प्रक्रिया पुरा गरेर दोष ठहर भयो भने म्याच रेफ्री, आइसिसी एक्ज्युकिटिभ र अनुसन्धान आयोगको समक्ष सफाई दिने मौका दिइन्छ । दोषी ठहर भएमा म्याच फि को दण्ड र जरिवानाको कुरै छोडौं खेलाडी खेलबाट आजीवन पनि प्रतिवन्धित हुन सक्छ । गैरकानुनी काम गरेको  रहेछ भने कानुनले दिने दण्ड आफ्नो ठाउँमा छँदैछ ।
आइसिसीमा अम्पायरिङ गर्ने सपना
यादवको सपना भने आइसीसीको अम्पायर बन्ने रहेको भएपनि उक्त सपना साकार हुन अहिले लामो समय लाग्न सक्ने उनी बताउँछन् । आइसिसी एसोसिएट प्यानलमा नेपालबाट सिनियर अम्पायर बुद्धि बहादुर प्रधान एक जना मात्र प्रतिनिधि रहेका छन् । उक्त कार्यका लागि नेपालमा करिब एक दर्जन अम्पायरहरु योग्य रहेपनि उक्त अवसरबाट वञ्चित रहेका छन् । आइसीसी तिर नेपाली अम्पायरको पहुँचको सवालमा अम्पायर यादव भन्छन,“जहाँ सम्म ननटेस्ट प्लेइङ राष्टूहरु मध्ये नेपाली अम्पायर र स्कोररहरुको सवाल छ, आइसिसीका एक्सपर्ट प्यानलहरुले मुक्त कण्ठले प्रशंसा पनि गरिरहेका छन् । तर, अहिले जवसम्म देशले आइसीसीको यात्रा गर्दैन तवसम्म उक्त अवसर पाउन समय लाग्ने छ ।” हुन त आइसिसीका एक्सपर्ट प्यानलका पिटर म्यानुवल, के टि फरान्सीस, इंगलेन्डका जन हेमसायर र १९९२ विश्वकपका अम्पायर मेहबुब साह लगायतका टीमहरुले नेपाल भ्रमणको क्रममा नेपाली अम्पायर र स्कोररहरुको योगदानलाई उच्च कदर गरेका देखिन्छन् । तिनीहरुले नेपालका अम्पायरहरुलाई इस्टूक्सन र कोर्षहरुपनि दिइसकेका छन् । तयारी गरेर बस्न पनि भनिरहेका छन् । तर, आइसिसीको अम्पायरिङ प्यानलका प्रमुख साइमन टफेलले आइसिसी म्याचमा अम्पायरिङका लागि नन टेस्ट राष्टूहरुबाट छनौट नगर्ने मनस्थिति बनाएको हुँदा नेपालका अम्पायरहरुको उक्त यात्रा कठिन बन्दै गएको छ । तर, अम्पायर यादव भन्छन,“ नेपाल क्रिकेट टीम जति बलियो हुँदै जानेछ र आइसिसीको यात्रा जति चाँडै पार गर्ने छ, नेपालका अम्पायरहरु पनि त्यति नै चाँडै पुग्न सक्नेछ ।” यसका लागि नेपाल सरकार, यूवा तथा खेलकुद मन्त्रालय, क्यान, राष्टिूय खेलकुद परिषद लगायतका सरोकारवाला निकायहरुले विहंगम दृष्टी राखि अवसरलाई सदुपयोग गर्ने तर्फ सचेत र अग्रसर हुनु आवश्यक छ ।

क्रिकेट खेलमा आउट हुने १० तरिका
बोल्ड आउट ः बलरले फालेको फेयर डेलिभरीले कुनै फिल्डरले छुनु अगावै उक्त बल व्याट्सम्यानको परसन वा व्याटमा छोई अथवा व्याटसम्यानलाई छकाई स्टूाइकर इन्डको विकेटलाई सहि तरिकाले उडायो भने व्याट्सम्यान बोल्ड आउट हुन्छ ।
क्याच आउट ः फेयर डेलिभरीमा व्याट्सम्यानले हिट गरेको बल भुईमा छुनु अगाडी फिल्डरले सहि तरिकाले क्याच गरेमा क्याच आउट हुन्छ । फेयर क्याच भनेको बलमाथि फिल्डरको नियन्त्रण मात्र होइन, फिल्डर स्वयमको सम्बेगमाथि पनि नियन्त्रण हो । क्याच लिने हात वा हातहरु भुईलाई छोएपनि बल भुई नछोएमा मात्र फेयर क्याच मानिन्छ ।
एलबिडब्लु आउट ः एमसीसी क्रिकेट कानुन अनुसार यो ३६ औं नियम हो । यो विवादास्पद भएपनि सरल र स्पष्ट नियम हो । यस सम्बन्धि विस्तृतमा अर्को अंकमा जानकारी गराइने छ ।
हिट विकेट आउट ः व्याट्सम्यानले बलरले फालेको फेयर डेलिभरी खेल्ने तुरुन्त पहिले वा तुरुन्त पछि वा पहिलो रनको लागि दौडदा व्याटसम्यानको व्याटले, र उसको शरीरसँग जोडिएको कुनैपनि सामग्रीले उसको विकेटमा छुँदा सहि तरिकाले विकेट वा बेल्स झर्छ भने हिट विकेट आउट हुन्छ ।
स्टम्पड आउट ः व्याट्सम्यानले फेयर डेलिभरीलाई खेल्दा उ यदि आफ्नो पपिङ्ग क्रिज वाहिर छ र विकेट किपरले फेयर तरिकाले उसको स्टम्पसलाई ढालेको छ भने उ स्टम्पड आउट हुन्छ ।
(माथिका पाँच वटै आउट बलरको खातामा जान्छ)
रन आउट ः रन लिनका लागि व्याट्सम्यानहरुले दौड्दा पपिङ्ग क्रिज भित्र पुग्न अगावै फिल्डरले सहि तरिकाबाट विकेट ढाल्छ भने व्याट्सम्यान रन आउट हुन्छ । यदि दुवै व्याट्सम्यान एकै इन्ड तिर दौडिरहेको छ भने तुलनात्मक रुपले विकेटको नजिक रहेको व्याट्सम्यान रन आउट हुन्छ ।
टाइम आउट ः वानडे प्लेयिङ कन्डिसन अनुसार एउटा व्याट्सम्यान आउट भएर तीन मिनेट भित्र र टी(ट्वेन्टी अनुसार ९० सेकेन्ड भित्र अर्को व्याट्सम्यान क्रिज भित्र नआएको खण्डमा फिल्डिङ साइडको अपिलमा टाइम आउट हुन्छ । उक्त समय नाघिसकेपछि, र म्याच खेल्न अस्विकार नगरेको खण्डमा कुनै व्याट्सम्यान मैदानमा आउदै नआएको अवस्थामा अनफिल्ड अम्पायरहरु व्याटिङ्ग साइडको पेवेलियनमा गई उक्त पक्षका कप्तानसँग कुराकानी गरी कप्तानलाई एक व्याट्सम्यानलाई टाइम आउटका लागि मनोनयन गर्न निर्देशन दिन्छन् । प्रायः कप्तानले पुछारका व्याट्सम्यान मध्ये एक जनालाई छान्छन र उक्त व्याट्सम्यान टाइम आउट हुन्छन् ।
हेन्डल द बल आउट ः फिल्डरको अनुमति वेगर फिल्डरले बललाई छुनु अगावै खेलमा रहेको बललाई ब्याट नभएको खाली हातले यदि कुनै व्याट्सम्यानले बललाई छोएको खण्डमा हेन्डल द बल आउट हुन्छ ।
हिट द बल ट्वाइस आउट ः आफ्नो विकेट सेफ गार्ड गर्ने वाहेक बलरले फालेको बलसँग यदि व्याट्सम्यान दुई पटक सम्पर्कमा आउँछन् ,अम्पायरहरुको आपसी सल्लाहमा उक्त घटना घटेको देखिँदा फिल्डरको अपिलमा व्याट्सम्यानलाई हिट द बल ट्वाइस आउट दिइन्छ ।
अवस्टूक्टिङ द फिल्ड आउट ः बलरले फालेको बललाई फिल्डरले छोईसकेपछि उसको फिल्डिङ् गर्ने प्रयासलाई बाधा पु¥याएको तथ्य अम्पायरहरुको नजरमा देखिन आएमा फिल्डरको अपिलमा बाधा पु¥याउने व्याट्सम्यानलाई अवस्टूक्टिङ द फिल्ड आउट दिइन्छ । ल ३७ को नयाँ संशोधन अनुसार अकारण दौड्ने दिशा परिवर्तन गरि फिल्डरको रन आउट गर्ने सफल वा असफल प्रयासलाई बाधा पु¥याउँदा अपिलमा उक्त बाधा पु¥याउने व्याट्सम्यान आउट हुन्छ । माथिका पाँच आउट बलरको खातामा जाँदैन ।


२०७० फागुन ०४ गते

दीपक मेमोरियल क्रिकेट टुर्नामेन्ट राष्ट्रिय पहिचान बनाउन सफल

उपाधि सहित टुर्नामेन्टका विजेता त्रिभुवन आर्मी क्लब  ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
दोस्रो वर्षमै जनकपुरमा सम्पन्न दीपक गुप्ता मेमोरियल क्रिकेट टुर्नामेन्टले राष्टिूय पहिचान बनाउन सफल भएको छ । 
नेपालका र भारत विहारको सर्वोत्कृष्ट टीमहरु सहभागी हुने गरेको उक्त प्रतियोगिताले जनकपुरको क्रिकेटका लागि मात्र नभएर सिंगै नेपाल र भारतको क्रिकेट विकासका निम्ति समेत ठुलो टेवा पु¥याएको सहभागी खेलाडीहरु पनि स्वीकार्छन । (२०(२८) माघ सम्म चलेको उक्त टी ट्वान्टी क्रिकेट टुर्नामेन्टमा नेपालका पाँच र भारत विहारको तिन वटा प्रमुख टीमहरु सहभागी भए पनि यस पटक त्रिभुवन आर्मी क्लबले रु. १ लाख १० हजार राशी सहितको उपाधि कब्जा गर्न भने सफल भएका छन् । सेमीफाइनलमा विराटनगरलाई पराजित गरी फाइनल सम्मको यात्रा तय गरेका कलैया क्रिकेट क्लव भने ७० हजार राशी सहित उप विजेता बन्न सफल भएका छन् । 
गत वर्ष उपाधि जितेका नेपाल एपीएफ टीम यस पटक चोटका कारण अधिकांश खेलाडीहरु घाइते भएपछि सहभागी नभए पनि उपाधिको उप विजेता बनेका भारत विहारको समस्तीपुर टीम सेमीफाइनल सम्मको पनि यात्रा गर्न सकेनन् । जे भए पनि अत्यन्तै रोमाञ्चक उक्त टुर्नामेन्टले नेपाल क्रिकेट संघ (क्यान)को ध्यानाकर्षण गराउन सफल भएको छ । टुर्नामेन्टको फाइनल म्याच हेर्न प्रमुख अतिथिको रुपमा निमत्याइएका क्यानका अध्यक्ष टङ्क आङ् बहाङ् लिम्बु उक्त टुर्नामेन्टबाट यति सम्म प्रभावित भए की अव उक्त टुर्नामेन्टलाई क्यानले क्रिकेटको वार्षिक क्यालेन्डरमा समेत राख्ने बताएका छन् । र, भौतिक पूर्वाधार तयारीलाई समेत उच्च प्राथमिकतामा राख्ने द एक्सक्लुसिभसँगको कुराकानीमा बताएका छन् । (हेर्नुस अन्तरवार्ता पृष्ठ ६ मा)
उपाधि सहित उपविजेता कलैया क्रिकेट टीम ।
नेपालमा घरेलु क्रिकेट लगभग मृत भइसकेको अवस्थामा जिल्ला क्रिकेट संघ धनुषाको आयोजनामा गत वर्ष देखि सुरु भएको उक्त टुर्नामेन्टले घरेलु क्रिकेटलाई ‘संजिवनी’ प्रदान त गरेकै छ, नेपालकै क्रिकेटको विकासमा एउटा इँटा थप्ने काम पनि गरेको छ । सेमीफाइनल खेलमा नेपालकै सर्वात्कृष्ट टीम मध्येका एक आर्मी टीम विरुद्ध विराटनगरका तर्फबाट ओपनिङ् गर्न आएका कुनै वेलाका स्टार खेलाडी मेहबुब आलम भन्छन,“यो टुर्नामेन्ट नेपालको यङ्ग प्लेयर र आउँदो प्लेयरका लागि अवसरै अवसर भएको ठुलो प्लेटफर्म हो । जिल्ला क्रिकेट संघकै आयोजनामा पनि टुर्नामेन्ट भएकै कारण यङ्ग क्रिकेटरहरुको पर्फमेन्स पनि भविष्यका लागि काउन्ट हुने ठुलो प्लेटफार्म हो ।” अन्तराष्टिूय क्रिकेटमा मोजाम्बिक विरुद्ध एकै इनिङ्मा १० विकेट लिन सफल आलम भन्छन,“यस्तो टुर्नामेन्टमा आफु खेल्न पाएर अत्यन्तै खुशी र गौरवान्वित महसुस गरेको छु । यस्ता टुर्नामेन्टहरु जनकपुरमा मात्र हैन अन्य सहरहरुमा पनि हुनुपर्छ ।”
जनकपुर क्रिकेट टीम ।
त्यसैगरी विराट नगर टीमका कप्तान सदाव अख्तर भन्छन,“पूर्वाञ्चल क्षेत्रमा यस्तो टुर्नामेन्ट आयोजन नहुँदा जनकपुरको उक्त टुर्नामेन्टले हामी जस्ता खेलाडीलाई निकै उत्प्रेरित गरेको छ । जनकपुरबासीलाई र यहाँका दर्शकलाई म हृदय देखि नै धन्यवाद दिन चाहन्छु ।” नेपाली राष्टिूय क्रिकेट टीमका पुर्व कप्तान समेत रहेका विनोद दास भन्छन,“केही सुधार गर्दै आयोजकले जनकपुरको यस टुर्नामेन्टलाई थप स्तरिय बनाउन जरुरी छ । जे भएपनि दीपक मेमोरियल टुर्नामेन्ट अब जनकपुरको पहिचान मात्र नभएर नेपालकै पहिचान बनेको छ ।” नेपाल क्रिकेट संघका केन्द्रिय सचिव तथा जनकपुर क्षेत्रका अध्यक्ष उत्तम कुमार कर्माचार्य भन्छन,“पछिल्लो १० वर्षमा नेपालमै टुर्नामेन्टहरु नभइरहेको अवस्थामा यस टुर्नामेन्टले राष्टिूय पहिचान बनाउन सफल हुनु जिल्ला क्रिकेट संघ धनुषाको ठुलो उपलब्धी हो ।”


२०७० फागुन ०४ गते