Saturday, April 19, 2014

नेपाली राजनीति नेपाली जनता प्रति महानता हो कि अभिसाप ! - चन्द्रमोहन चौधरी


चन्द्रमोहन चौधरी
आधुनिक नेपालको निर्माण आधुनिकताले भएको यथार्थलाई दुनियाँले बुझेका छन्, राष्टूनिर्माताबाट निर्मित एकीकृत राष्टूका राजसंस्थाका तत्कालिन उत्तराधिकारीहरुको अदुरदर्शिता तथा पारिवारिक कलहका कारण राष्टूमा दिन प्रतिदिन निरंङ्कुशता हावि हुँदै गईरहेको बेला जंगबहादुर राणाको राजनीतिक पात्रमा जन्म भयो । अर्थात १०४ बर्ष सम्म जनताका प्रत्यक्ष सेवाबाट राजसंस्था बञ्चित भए ।
१०४ बर्ष पश्चात नेपाली जनताले निरंकुश राणा शासनबाट राजनीतिक परिवर्तन चाहे । उक्त परिवर्तनका लागि जनताले आफ्नो शाहादत दिन पनि पछि परेनन् । यहाँसम्म कि राजा त्रिभुवनबाट आफ्ना राजपाट आफ्ना नातिलाई राजसंस्थाका निमित बलि नै चढाएका थिए । तसर्थ तीन वर्षका बालक नातिलाई छाडि भारत प्रस्थान गरेका थिए , ति बालकलाई निरंकुश राणाहरुले राजगद्दीमा आसिन गरी राजा स्वीकारे । प्रकृतिका अनुरुप बाध्यतावस समय परिवर्तन अनुकुल नेपाली जनताले वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना गरी राजा त्रिभुवनलाई राष्टूपिता स्थापित गरी राजसंस्थाका राजगद्दीमा आसिन गराएको इतिहास हामी सामु जिवितै छ ।
२००७ सालको प्रजातन्त्र स्थापना पश्चात प्रजातन्त्र पद्धतिको प्रक्रिया थालनीको प्रारम्भ भए । अन्तरिम सरकारको गठन भए लगतै संविधानसभाको बहस पनि सुरु भयो । संविधानसभाका पक्ष विपक्षमा राजनीतिक दलहरु विभाजित भएका कारण नै अन्ततः संसदीय निर्वाचनमा सहमति भए दलहरु । अन्ततः आम निर्वाचन सफल भयो । नेपाली कांग्रेसले सरखारका नेतृत्व पाए, प्रथम जननिर्वाचित प्रधानमन्त्रि वि.पि. कोइराला भए । नेपाली जनतामा नेपाली राजनीतिले महानता पाए । नेपाली जनतामा आशा जाग्यो तर नेपाली कांग्रेसले पुर्ण अवधि (५ साल) सरखार नचलाई आफ्ना सरकार ढालि (बाध्यतावस ढाल्नु परे) पुनः संसदीय निर्वाचनमा जाने घोषणा भए । महान नेपाली जनताले पुनः नेपाली कांग्रेसलाई नै सरखार बनाउन जिम्मा दिए । तर फेरी ५ साल सरखार नचलाई सरखार ढाले । विदेशीहरुले नेपालमा आँखा गाडन थाले । असफल राजनीतिका कारण त्यसै क्रममा राजा त्रिभुवन स्वर्गवास भएका थिए । अहिलेको (२०७१ साल) वर्तमान परिस्थिति झैं त्यस बेला  पनि प्रजातन्त्रको परिस्थिति लगभग एकैनाशको थियो । बाध्यतावस राजा महेन्द्रबाट वि.सं. २०१७ साल पुष १ गते देशको शासन सत्ता पुर्ण रुपले आफ्नो हातमा लिए ।
२०१७ सालको निर्णयबाट देशमा विदेशी हस्तक्षेपमा विराम लाग्यो र, देशले हिम्मत बटोले, हिम्मत पाए, जसको इतिहास पनि साक्षी छ । तर, फेरी देशमा प्रजातन्त्रको नाउँमा पुनः निरंकुशता हावि हुन थाले । त्यस क्रममा राजा विरेन्द्रले प्रजातान्त्रिक राजा बन्ने लथार पथार गर्न थाले । त्यही मौका छोपी राजनीतिक दलहरुले सदुपयोग गर्न थाले, चिन र भारतका नीति विपरित अर्थात भन्नु पर्दा दक्षिण एशियन पोलिटिक्स विपरित, सिस्टम लागु गरे देशमा । डा.तुलसी गिरी ज्यूलाई बाध्यतावस देश नै छाड्नु प¥यो । अन्ततः देशमा मंडलेहरुको हावि÷ब्रहमलुट हुन थाले । राजसंस्थाका मुल्य÷मान्यता विपरित राजा विरेन्द्र होमिए । अन्ततः देशमा प्रजातन्त्रको नाउँमा उथल पुथल हुन थाल्यो । देशका इतिहास सामु प्रश्न छँदैछ, ‘राजासँग एक ग्लास पानी माग्न जाँदा राजाले पुरै गाग्री नै दिए ।’ त्यो नै दुर्भाग्य निर्णय थियो राजाको । २०४६ साल चैत्र २७ गते प्रजातन्त्रको स्थापना भयो ।
२०४६ साल प्रजातन्त्रको स्थापना पश्चात देशले भोग्नु परेको प्रजातन्त्रको नाउँमा त्यो गनना गराउन वर्तमानमा मैले आवश्यकता ठानेको छैन । २००७ सालको राजनीतिक क्रम झै नेपाली जनताले भोग्नु परेका थिए । केही आशा जनमिएका थिए कि नेपाली राजनीति हाम्रा प्रति महानता हुने छ । तर अभिसाप नै भए, आफ्ना सरकार आफै ढाले प्रजातन्त्रका नाउँमा ब्रहमलुट भए । कथित संस्थाहरु जन्मिए  । विदेशीहरुले पुनः खेल्ने मौका पाए (जो जुन विदेशीहरु आज पनि खेल्दैछन्) । देशमा डरलाग्दो जनयुद्ध भयो । १७÷१८ हजार नेपालीका रगत बगाए । देशका भौतिक संरचना अर्बाैं खर्बौंका सम्पतिलाई विनाश पारे । स्वयम प्रजातान्त्रिक राजा विरेन्द्र मारिए । ग्रेण्ड डिजाइन अन्तर्गत हत्या भए ।  पछि हिन्दु राष्टू जो विश्वका एक मात्र संस्था हुन् जसलाई पाण्डलुपिमा सिमित पारे तथा प्रजातन्त्रका हत्या (२०४७ संविधानलाई निष्कृय तुल्याए) गरि जनगणतन्त्र÷गणतन्त्रका नाउँमा राजनीतिक रुपलाई थाई दिन थाले (जुन मात्र भ्रम हो) । तर राजा ज्ञानेन्द्र (त्यो बालक २००७ सालमा देशका निमित्त बलिमा चढेका थिए) बाट देश र प्रजातन्त्र तथा सनातन धर्म लगायत छिमेकी राष्टूका सुरक्षाका निमित्त २०६० साल माघ १९ गते देशका शासन सत्तापुर्ण रुपले आफ्ना हातमा लिए । देशका शासन व्यवस्था कायम गर्नका निमित आफ्नै अध्यक्षतामा मन्त्रि मण्डल गठन गरी डा.तुलसी गिरी ज्यूलाई देशका सेवाका निमित बोलाई सरखारको उपाध्यक्षमा नियूक्त गरिए । उत्ता माओवादी र प्रजातान्त्रिक राजनीतिक दलहरु १२ बुँदे सम्झदारी अनुरुप देशमा तरंग फैलाउँदै थिए । तर मलाई यो १२ बुँदे निर्णय दलहरुको अदुरदर्शिता, अक्षमता प्रमानित हुने छ भन्ने त्यही बेला लाग्यो । भयो पनि त्यसै । 
संवैधानिक राजतन्त्रलाई पाण्डुलिपिमा सिमित राख्न खोजे, बहुदलिय प्रजातन्त्रलाई हत्या नै  गरे÷गराए । २०६२÷०६३ को नाटक प्रजातान्त्रिक दलहरुसँग मिलि खेल खेले र पहिलो संविधानसभाका निर्वाचन र विघटन यस नाटकका प्रमाण हुन । अक्षमतावस दोस्रो संविधान सभाका निर्वाचनका निर्णय भयो । यसमा राष्टिूय निर्माणमा प्रमुख भुमिका खेलेका सेनालाई निर्वाचन निष्पक्ष गराउनका निमित जिम्मेवारी दिए । दोस्रो संविधान सभामा महान नेपाली जनताले पुनः प्रजातान्त्रिक शक्तिलाई मौका दिए । देश प्रजातान्त्रिक पद्धति स्थापनका निर्मित जुन देश आज संघियताका नाउँमा टुक्रिन लागेको छ त्यसबाट जोगाउनका निमित तथा देश गृह यूद्धबाट नगुजरियोस् देश र प्रजातन्त्र जोगाउनका निमित दोस्रो संविधानसभामा संघियतालाई निष्कृय तुल्याई नाटकिय जनगणतन्त्र÷गणतन्त्रबाट जोगाउनका निमित प्रजातान्त्रिक शक्तिलाई मौका दिए, नेपाली जनताको यो दुरदृष्टि निर्णय सराहणिय छ ।
२०६२÷०६३ झै २०७१÷०७२ को आन्दोलन ननिम्तियोस, हाम्रो देशमा । २००७ साल देखि आन्दोलन(आन्दोलन नै भइराख्या छन् किन हो किन ? २००७ साल २०४६ सालका बीचमा सरखार पुर्ण रुपले चले विकास भएकै नै हो इतिहास साक्षी छ तसर्थ कुनै प्रजातान्त्रिक सरखारबाट पुर्ण अवधि सम्म सरखार चलाएको इतिहास छैन । २००७ सालका प्रजातन्त्रको स्थापना दक्षिण एसियाका सुरक्षाका निम्ति भएको कुरा मलाई महसुस हुन्छ, हाम्रा पुर्खाले रोजेका प्रजातन्त्रमा राजालाई राष्टूपिता रोज्नु तथा राजगद्दीमा आसिन गराउन यो प्रमाण हो । हामी समुह तालिबजाएर कसैले राज संस्था प्रति निर्णय गर्न पाउँदैन र त्यो अन्तराष्टिूय मान्यता विपरित हुन्छ । त्यसका निम्ति जनताले निर्णय गर्नु पर्छ जनताका आधारमा अर्थात वाइलेटबाट । तालि बजाएर हुँदैन । जो तालि बजाउँछ आफै भागि हाल्ने र उनको निर्णयहरुलाई जनताले पनि बोकीराख्नु कुनै बाध्यता होइन । हुनु पनि हुँदैन ।
दोस्रो संविधानसभाबाट संविधान जारी होस् । नेपाली जनताले राज संस्थाका बारेमा निर्णय गर्न पाओस् । हिन्दु राष्टूका बारेमा निर्णय गर्न पाओस, पाउनु पनि पर्दछ, अन्तराष्टिूय मान्यता अनुरुप ।
बर्तमानमा नेपाली राजनीति नेपाली जनता प्रति अभिसाप नै हो ! जुन नेपालीले आज देशमा आफ्नो मात्र भुमिलाई चुम्न सकेका छैनन् अर्थात नजन्मेका नेपाली शिशु प्रति पनि जनहि रु. १० हजार करिब कर्ज रहेका छन् वा ऊ भन्दा धेरै यसका जिम्मेदारपुर्ण रुपले देशका शासन व्यवस्था नै हुन । आज नेपाली जनताका सपना साकार गर्न सकेका छैनन् । वर्तमान सम्म कहिले प्रजातन्त्रका नाउँमा मर्छन वा मारिन्छन त कहिले संघियताका नाउँमा मारिन्छ । त कहिले जनगणतन्त्र÷गणतन्त्रका नाउँमा मारिए आखिर कहिले सम्म....? नेपाली राजनीति नेपाली जनता प्रति महानता प्रमाणित होस् भन्ने म चाहन्छु । आधुनिक राष्टू निर्माण संस्थालाई सबै पक्षबाट सम्मान होस्, हाम्रा पुर्खाले सम्मान गरेको स्मर्णिय होस् । देश रहे मात्र प्रजातन्त्र रहने छ ।   (यो लेखसँग पत्रिकाको कुनै सरोकार छैन । लेखकको आफ्नो बिचार हो ।)


         
२०७१ बैशाख ०७ गते आईतबार

सिनियर राष्ट्रिय क्रिकेट प्रतियोगितामा जनकपुरको लज्जास्पद पराजय

नेपालगन्जका विरुद्ध अविजित ८० रन बनाई 
जनकपुरलाई जिताउने राज मोहम्मद
‘प्लेयर अफ दि म्याच’ उपाधि ग्रहण गर्दै ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

काठमाण्डौमा जारी पेप्सी स्ट्यान्डर्ड सिनियर राष्टिूय क्रिकेट प्रतियोगितामा  जनकपुरको लज्जास्पद प्रदर्शनले जनकपुरको क्रिकेट ओरालो लाग्दै गएको पुष्टि हुन्छ । बि समुहमा परेको जनकपुरले प्रतियोगिताको ५ खेल मध्ये १ जित र ४ हार वेहोरेको थियो । कप्तान राहुल प्रताप सिंहको अगुवाईमा काठमाण्डौ पुगेका जनकपुर टोली नेपालगन्ज विरुद्ध मात्र १ जित हात पा¥यो भने भैरहवा, विराटनगर, धनगढी र काठमाण्डौसँग नराम्री पराजय बेहोर्नुपर्यो । समुह चरणको उक्त खेलमा विराटनगरले ५ को ५ वटै म्याच जितेर १० अंकका साथ समुह विजेता बनि सेमी फाइनलमा प्रवेश ग¥यो भने भैरहवा ४ म्याच जितेर ८ अंकका साथ समुह उपविजेता बनि सेमीफाइनलमा प्रवेश गरयो । काठमाण्डौ ३ म्याच जितेर ६ अंकका साथ तेस्रो, धनगढी २ म्याच जितेर ४ अंकका साथ चौथो, जनकपुर १ जितका साथ २ अंक ल्याई पाँचौं र नेपालगन्जले सबै म्याच हारेर शुन्य अंकका साथ अन्तिम स्थानमा रहयो ।
राष्टिूय प्रतियोगिताको उपाधि जित्ने सपना बोकेर काठमाण्डौ पुगेका जनकपुर टीम सेमीफाइनलसम्मको यात्रा गर्न नसकेपछि जनकपुरका क्रिकेट प्रशंसकहरु निराश भएका छन् । केही वर्ष अघि मात्र जनकपुरका महिला क्रिकेटरहरुले राष्टिूय उपाधि जितेर जनकपुरको क्रिकेटको स्तर माथि वढदै गएको सन्देश दिएको भएपनि पुरुष तर्फ सिनियर क्रिकेटरहरुको प्रदर्शनले जनकपुरको क्रिकेट खस्किदै गएको सन्देश दिएको छ । उमेर समुहमा केही वर्ष अघि राष्टिूय प्रतियोगितामा सेमीफाइनल सम्मको यात्रा गरेको थियो जनकपुरले । तर, पछिल्ला केही वर्षहरुमा निरन्तर जनकपुरको हारले जनकपुर क्रिकेटको साखलाई घटाएको छ ।
 खेलमा हार र जित स्वभाविक कुरा हो तर, जुन तरिकाले जनकपुर टीम हारेको छ त्यसको जवाफ सम्बन्धित निकायले दिनै पर्ने हुन्छ । फाइट गर्दागर्दै हार्नु एउटा कुरा हुन्छ तर, अत्यन्तै न्यून स्कोरमा निरन्तर समेटिनुले पनि जनकपुरको व्याटिङ माथि प्रश्न चिन्ह खडा हुन्छ । प्रत्येक म्याचमा ओपनिङ व्याट्सम्यान फेरिएको थियो । प्रतियोगिता भरी नै राज मोहम्मद र हरिशंकर साहले मात्र एक एक अर्धशतक लगाउनुले पनि व्याटिङमाथि प्रश्न चिन्ह उठ्नु स्वभाविक हो । प्रायः जसो व्याट्सम्यानले दोहोरो अंक समेत छुन नसक्नु, पुरा ५० ओभर खेल्न नसक्नु, ५ वटा म्याच मध्ये काठमाण्डौ विरुद्ध मात्र दुई सय रनको स्कोर कटाउन सक्नु जस्ता तथ्यले जनकपुरको व्याटिङ अत्यन्तै कमजोर रहेको पुष्टि हुन्छ । प्रतियोगिताको ५ वटै म्याचमा हरिशंकर साहले एक अर्धशतक सहित कुल १ सय ४५ रन, राज मोहम्मदले एक अर्धशतक सहित कुल १२७ रन, चन्दन झाले ४ म्याचमा कुल १ सय ५ रन, सुनिल साहले पाँच म्याचमा कुल ९९ रन बनाएका थिए । कप्तान राहुल प्रताप सिंहले कुल ४ म्याचमा १७ रन मात्र बनाउनुले पनि उनी कप्तानको पदमा बसिरहन हुने हो वा होइन उनले नै जवाव दिनुपर्ने हुन्छ । साथै क्रिकेट छनौट समितिले पनि विचार गर्नुपर्ने हुन्छ । अलराउण्डरको भुमिकामा रहेका अभिषेक झा व्याटबाट केही पनि गर्न सकेनन् । ५ वटै म्याचमा उनले कुल ३ रन मात्र बनाएका थिए । यस्तोमा उनलाई कसरी अलराउण्डर भन्ने ? विपक्षी टिमहरुलाई कम स्कोरमा समेटन नसक्नु, विकेट लिन नसक्नु, खराब औसतका साथ बलिङ गर्नु जस्ता कुराले जनकपुरको बलिङ माथि पनि प्रश्न चिन्ह उठेको छ । जनकपुरका बलिङ बिरुद्ध विपक्षी टिमले ३ सयको आकडा पार गर्नुले पनि जनकपुरको बलिङ राम्रो नरहेको पुष्टि हुन्छ । बलिङ तर्फ अभिषेक झाले ५ म्याचमा सर्वाधिक ९ विकेट, कप्तान राहुल प्रताप सिंहले ४ म्याचमा ७ विकेट, राज मोहम्मदले ४ म्याच ४ विकेट लिएका थिए । मुकेश झाले ३ म्याचमा २ विकेट लिएका थिए भने दिव्यांशु मल्लिकले २ म्याचमा १ विकेट र चन्दन झाले १ म्याचमा १ विकेट लिएका थिए । 
खराब प्रदर्शनका कारण दिन प्रति दिन क्रिकेटमा हारको पर्याय बन्दै गएको जनकपुर टोलीको छनौट प्रक्रिया, कप्तानले मैदानमा गरेका निर्णयहरु, प्रशिक्षकले गरेको क्याम्प र क्रिकेट सँग सम्बन्धित क्षेत्रिय र जिल्ला कमिटीहरु समेत आलोचनाका पात्र बनेका छन् । कुनै बेला क्षेत्र छुट्टिँदा जनकपुरका खेलाडीहरुमा पर्याप्त प्रतिभा रहेको भएपनि बिरगन्जसँग मिलेर खेल्नु पर्दा छनौटमा हुने विभेद, राष्टिूय टोली छनौटमा जनकपुरका खेलाडीहरुलाई पुर्वाग्रह राखि चयन नगर्नु जस्ता विभेदको सामना गर्नुपरेको जनकपुरका खेलाडीहरुले गुनासो व्यक्त गर्थे । तर अहिलेको क्रिकेट हेरेर जनकपुरको क्रिकेटको स्तर अत्यन्तै खसेको तिनीहरुले गरेको प्रदर्शनबाट पनि पुष्टि हुन्छ । 
जिल्ला क्रिकेट संघ महोत्तरीका अध्यक्ष तथा क्षेत्र नं. ७ जनकपुरका क्षेत्रिय कमिटिका कार्यबाहक अध्यक्ष समेत रहेका र हालको प्रतियोगितामा टीम म्यानेजरको रुपमा गएका रोशन सिंह भन्छन,“ हामीले सबै म्याच सेकेन्ड इनिङमा खेल्नु पर्यो । दोस्रो पारीमा व्याटिङको लागि प्रतिकुल विकेट थियो । हाम्रो फिल्डिङ पनि अत्यन्तै खराब रह्यो । र, हाम्रो स्टूाइकर बलर गोपाल सिंह घाइते हुनु नै हारको प्रमुख कारण हो ।” तर, जनकपुरका क्रिकेट सँग जानकारहरु क्रिकेट टोलीको छनौट प्रक्रियामै प्रश्न उठाउँछन् । एक जना भोलन्टीयर प्रशिक्षकका अनुसार छनौट समितिले खेलाडीको नाम चयन गर्दा खेलाडीले गरेको हालको प्रदर्शन भन्दा पनि पुरानै नाउँ चलेका खेलाडीमा वढी विश्वास गरेर छनौट गर्नु मुख्य कमजोरी रहेको औंल्याए । छनौट समितिमा धनुषा, महोत्तरी, सिरहा र सर्लाही जिल्लाका क्रिकेट संघका अध्यक्ष र प्रशिक्षक नविन सिंह रहेका छन् । खेलाडी छनौट गर्नका लागि ४ वटै जिल्लाहरुमा जिल्ला प्रतियोगिता, क्षेत्रिय प्रतियोगिताहरु हुनुपर्दछ । तर,त्यसो कहिल्यै हुँदैन र राष्टिूय प्रतियोगिता हुनु ४ दिन अघि खेलाडीलाई क्याम्पमा बोलाइन्छ ।
यस्तो रह्यो जनकपुरको प्रदर्शन
काठमाण्डौद्वारा ९३ रनले जनकपुर पराजित
२८ चैत्रमा  लिग चरणको पहिलो म्याचमै क्षेत्र नं.३ काठमाण्डौले क्षेत्र नं. ७ जनकपुर टीमलाई ९३ रनले पराजित ग¥यो । काठमाण्डौका टियू ग्राउण्डमा  काठमाण्डौले पहिलो बल्लेवाजी गर्दै निर्धारित ५० ओभरको ५ बल बाँकी रहदै २ सय ९६ रनमा समेटियो । काठमाण्डौका तर्फबाट तीन जना व्याट्सम्यान संजय बस्नेत, प्रसन्न साक्य, र सोनु तामाङले क्रमशः ५१, ५० र ६८ रनको अर्धशतकिय पारी खेलेर सम्मानजनक स्कोर खडा गरेका थिए । हुन त जनकपुरका बलरहरुले नियमित अन्तरालमा विकेट लिएर  १ सय ३४ रनमा ७ विकेट लिई म्याच आफ्नो पकडमा ल्याउन सफल भएपनि आठौं विकेटका लागि काठमाण्डौका प्रसन्न साक्य र सोनु तामाङ बीच भएको १ सय ११ रनको सतकिय साझेदारीले जनकपुर ब्याकफुटमा आइसकेको थियो । त्यसपछि ४९.१ ओभरमा काठमाण्डौलाई अलआउट गर्दागर्दै धेरै ढिलो भइसकेको थियो र काठमाण्डौले सम्मान जनक विशाल स्कोर २ सय ९६ रन स्कोर बोर्डमा झुन्ड्याइसकेको थियो ।
 जनकपुरको तर्फबाट संजोग कर्णले १० ओेभरमा ८० रन दिएर सर्वाधिक ४ विकेट लिएका थिए । उनले ८ रन वाइड र एउटा नो वल दिएका थिए । त्यसपछि राहुल प्रताप सिंहले ९.१ ओभरमा ६३ रन खर्चेर ४ वाइड दिँदै ३ विकेट हात पारेका थिए । राज मोहम्मदले ९.४ ओभरको बलिङ गर्दै ३ मेडन ओभर, ४३ रन दिएर २ विकेट लिएका थिए जसमा उनले दुई रन वाइड मार्फत खर्चेका थिए । हरिशंकर साहले ७ ओभरमा १ मेडेन राख्दै ३८ रन दिएर कुनै पनि सफलता हात पार्न सकेनन् । स्पीनर अभिषेक झाले ९ ओभरमा ४२ रन खर्चेर १ विकेट मात्र लिएका थिए । अभिनन्दन ठाकुरले २ ओभरमा १४ रन दिई कुनै पनि सफलता प्राप्त गर्न सकेनन् । गोपाल सिंहले राम्रो वलिङको सुरुवात गरेपनि उनी चोटिल भएका थिए । उनले २.२ ओभरमा ७ रन खर्चेको भएपनि सफलता हात पार्न सकेनन् । जनकपुरले ३३ रन अतिरिक्त दिएका थिए ।
२ सय ९७ रनको लक्ष्य पन्छियाउन मैदानमा ओर्लेको जनकपुरको पहिलो विकेट २२ रनमै अन्सारुल राइनको रुपमा झरेको थियो । राइनले १६ बलको सामना गर्दै १ चौकाको मदतले ६ रन बनाई पेवेलियन फर्केका थिए । तेस्रो विकेटका लागि चन्दन झा र हरिशंकर साह बीच ५९ रनको साझेदारी भएको थियो । १४.६ ओभरमा चन्दन झा ४४ बलको सामना गर्दै ६ चौकाको सहयोगले ४२ रन बनाई आउट भएका थिए । म्याच जित्नका लागि क्रिजमा जमिसकेका हरिशंकरलाई साथ दिन आएका राज मोहम्मद खाता नै नखोली पेवेलियन जानुपर्दा जनकपुरको व्याटिङ लड्खडएको थियो । उनले ८ बलको सामना गरेका थिए । उनी आउट भएपछि कप्तान राहुल प्रताप सिंह पनि २१ बलमा ७ रन बनाई आउट भएका थिए । उनले कप्तानी पारी खेली टीमलाई सम्हालन सकेनन । यसरी मध्यक्रमका व्याटसम्यानहरु एक पछि अर्को आउट हुन थालेपछि अर्धशतक बनाई पारीलाई सम्हालीरहेका हरिशंकर साह पनि ६४ रन बनाई आउट भएका थिए । उनले ९० बलको सामना गर्दै ६ वटा चौका प्रहार गरेका थिए । त्यसपछि विकेट किपर व्यटसम्यान सुनिल साहले एक छोरबाट पारीलाई सम्हालने कोशिश गरेपनि अर्को छोरका व्याटसम्यानहरु टिक्न सकेनन् । साहलाई साथ दिन आएका अभिषेक झा ४ बलमा २ रन बनाई, अभिनन्दन झा १ बलमा १ रन बनाई आउट भएका थिए । त्यसपछि जनकपुरको स्कोर १ सय ९९ रन भएकै बेला साह पनि ४४ रन बनाई आउट भए । उनले ६१ बलमा ४ वटा चौका लगाएका थिए । संजोग कर्ण ४ रन बनाई आउट भएका थिए भने गोपाल सिंह शुन्य रनमै रिटायर्ड हर्ट भएका थिए । भरत कार्की १० रनमा नटआउट रहेपनि जनकपुर ४५.३ ओभरमा २ सय ३ रन मात्र बनाउन सकेको थियो ।
नेपालगन्ज विरुद्ध जनकपुर ३ विकेटले विजयी
समुह चरणको दोस्रो खेलमा जनकपुरले क्षेत्र नं. ५ नेपालगन्जलाई ३ विकेटले हराउँदै प्रतियोगिताको पहिलो जित हात पार्न सफल भएको थियो । पहिले व्याटिङ गरेको नेपालगन्जलाई ३२.४ ओभरमा  १ सय ५६ रनमै समेटन सफल भएका थिए । त्यसका लागि जनकपुरका राहुल प्रताप सिंहले सर्वोत्कृष्ठ बलिङको प्रदर्शन गर्दै ३.४ ओभरमा २२ रन दिएर ३ विकेट, मुकेश झाले ५ ओभरमा २५ रन दिएर २ विकेट र हरिशंकर साहले ६ ओभरमा १४ रन खर्चेर २ विकेट हात पारेका थिए । त्यसैगरी कप्तान राजमोहम्मदले ७ ओभरमा ३० रन दिएर १ विकेट र अभिषेक झाले ७ ओभरमा ३६ रन दिएर १ विकेट लिएका थिए । संजोग कर्णले ४ ओभरमा २८ रन खर्चे पनि कुनै सफलता हात पार्न सकेनन् ।
१ सय ५७ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएको जनकपुर टीमको पनि सुरुवात राम्रो हुन सकेन । प्रारम्भमै अनसारुल राइन ६ रन, हरिशंकर साह ४ रन र चन्दन झा ८ रन बनाई कुल ५१ रनको स्कोरमा ३ खेलाडी पेवेलियन फर्किसकेका थिए । तर कप्तान राज मोहम्मदले पारीलाई सम्हालेन मात्रै, अविजित ८० रनको पारी खेलेर टीमलाई जित समेत दिलाएका थिए । प्लेयर अफ द म्याच समेत बनेका कप्तान राजले ९३ बलमा १२ चौका प्रहार गरेका थिए । उनले ६७ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । उनलाई अर्का व्याट्सम्यान मुकेश झाले राम्रै सहयोग गरेका थिए । झा २८ बलमा ४ चौकाको मदतले ३२ रन बनाई आउट भएका थिए । त्यसपछि सुनिल साह, सौरभ नागवंशीले दोहोरो अंक पनि छुन सकेनन् । राहुल प्रताप सिंह खाता नै नखोली आउट भएका थिए । ३० ओभरको खेलमा ७ विकेटको क्षतिमा  जनकपुरले १ सय ५७ रन बनाई जित हात पारेका थिए ।
भैरहवा द्वारा १ सय ९० रनको फराकिलो अन्तरले जनकपुर पराजित
प्रतियोगिताको तेस्रो म्याच खेलिरहेको जनकपुरले भैरहवालाई कम स्कोरमा रोक्न नसकेका कारण भैरहवा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९६ रनको विशाल योगफल तयार गर्न सफल रहयो । भैरहवाका अन्तिम थापाले शानदार शतक प्रहार गरेका थिए । ९४ बलको सामना गर्दै सात चौका र ३ छक्काका मदतले अविजित शतक बनाएका थापा प्लेयर अफ दि म्याच भएका थिए । उक्त टीमका प्रकाश केसीले ३५ बलमा १० चौकाका साथ ५० रनको पारी खेलेर अर्धशतक लगाएका थिए । जनकपुरका तर्फबाट अभिषेक झाले ३, संजोग कर्ण, राहुल प्रताप सिंह र राज मोहम्मदले क्रमशः १(१ विकेट लिएका थिए । हरिशंकर साह, मुकेश झा र विकल विष्टले कुनै सफलता प्राप्त गर्न सकेनन् ।
२ सय ९७ रनको लक्ष्य पन्छियाएका जनकपुर टीम ३०.२ ओभरमा १ सय ६ रन बनाउँदै अलआउट भएका थिए । चन्दन झा ३९ रन, हरिशंकर साह ३४ रन बाहेक जनकपुरका कुनै पनि व्याट्सम्यानले दोहोरो अंक समेत छुन सकेनन् । अन्सारुल राइन, सुनिल साह, अभिषेक झा, विकल विष्ट र संजोग कर्णले खाता पनि खोल्न नसकि डक आउट भएका थिए ।
धनगढी ६ विकेटले विजयी
प्रतियोगिताको चौथो म्याचमा जनकपुरका विरुद्ध क्षेत्र नं.९ धनगढी ६ विकेटले विजयी भएको थियो । पहिलो व्याटिङ गरेको जनकपुरले पुनः खराब प्रदर्शनलाई निरन्तरता दिँदै ३० ओभरमा १ सय १२ रनमै समेटिएको थियो । क्रमशः एक पछि अर्को विकेट खसेपछि जनकपुरले निर्धारित ५० ओभर सम्मको खेल पनि खेल्न सकेनन् । उक्त खेलमा हरिशंकर साह ३४ रन, मुकेश झा २० रन, राज मोहम्मद १७ रन र सुनिल साहले १५ रन जोडेका थिए । अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । प्रल्हाद साह ३ रन, अन्सारुल राइन ४ रन, सौरभ नागवंशी ६ रन, अभिषेक झा १ रन, विकल विष्ट शुन्य रन र दिव्यांशु मल्लिक शुन्य रन बनाई आउट भएका थिए । १ सय १३ रनको सहज लक्ष्य पाएको धनगढीले जवावी व्याटिङमा २३ ओभरमै ४ विकेटको क्षतिमा १ सय १३ रन बनाई ६ विकेटले जित हात पारेको थियो । जनकपुरका अभिषेक झाले ३ विकेट र दिव्यांशु मल्लिकले १ विकेट लिएका थिए ।
विराटनगरद्वारा जनकपुर १ सय ६६ रनले पराजित
प्रतियोगिताको समुह चरणको अन्तिम म्याचमा क्षेत्र नं.१ बिराटनगरले जनकपुरलाई १ सय ६६ रनको विशाल रन अन्तरले हरायो । टस जितेर पहिलो व्याटिङ गरेको विराटनगरले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ४ रन बनाउन सफल भएको थियो । विराटनगरको उक्त पारीमा सन्नी पुनले १ सय ४ रन बनाई आउट भएका थिए । त्यसैगरी मेहबुब आलमले ७७ रन बनाई टीमलाई सम्मान जनक स्कोर सम्म पुरयाएका थिए । जनकपुरका हरिशंकर साहले २, अभिषेक झा र चन्दन झाले क्रमशः १(१ विकेट लिएका थिए । जवावमा जनकपुर टीम फेरी एक पटक निर्धारित ओभरको पुरा खेल खेल्न सकेन । जनकपुर ४४.३ ओभरमा १ सय ३८ रनमै समेटिए । जनकपुरका सुनिल साहले सर्वाधिक ३७ रनको अविजित पारी खेले । सौरभ नागवंशी १८, चन्दन झा १६ र राज मोहम्मदले २३ रन बाहेक कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । प्रल्हाद साह ३ रन, हरिशंकर साह ९ रन, कप्तान राहुल प्रताप सिंह ५ रन, मुकेश झा ७ रन बनाएका थिए । अभिषेक झा र दिव्यांशु मल्लिक शुन्य रन मै आउट भएका थिए । संजोग कर्णले ६ रन बनाएका थिए ।

       
२०७१ बैशाख ०७ गते आईतबार 

मुकेश चौधरीले गरे अझै थुप्रै खुलासा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

धनुषा प्रहरीको गिरफ्तमा रहेका सशस्त्र समुहका नाइके अर्जुन सिंह, प्रकाश विद्यार्थी उपनाम रहेका मुकेश कुमार चौधरीले आफ्नो संगठनका बारेमा खुलासा गरेका छन् । ३० चैत्र २०७० मा प्रहरी निरीक्षक हरिनन्दन चौधरी र सरकारी वकिल पुन्य प्रसाद पाठक समक्ष गरेको बयान कागजमा उनले सशस्त्र समुहको गिरोह र त्यसमा लागेका कार्यकर्ताहरुको बारेमा उनले खुलासा गरेका छन् । 
तराई जनतान्त्रिक पार्टी मधेसका केन्द्रिय संयोजक रहेका चौधरीले प्रहरी सामु गरेको बयानमा २०६३ सालको अन्तिम तिर जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह भनिने नागेन्द्र पासवानसँग सम्पर्क गरी भुमिगत यात्रा शुरु गरेको बताएका छन् । मधेस आन्दोलन पश्चात उक्त पार्टीको प्रवक्ता समेत भई काम गरेको चौधरी २०६४ सालमा आफै केन्द्रिय अध्यक्ष भएको तराई जनतान्त्रिक पार्टी मधेस नामको समुह खोलेका थिए । 
१४ माघ २०६८ मा भारतको दयाल कलोनीमा रहेको उनको कोठामा बसी मधेस मुक्ति टाइगर्सका राजन प्रताप भनिने प्रफुल्ल, जनतान्त्रिक तराई मुक्ति मोर्चाका राजन मुक्ति भनिने रंजित झा, तराई कोबराका संयोजक नागराज भनिने उमेश तिवारी र चौधरीको पार्टी मिलि मोर्चा बन्दी गरी स्वतन्त्र मधेसी मोर्चा गठन गरेका थिए । उक्त मोर्चाका प्रवक्ता समेत रहेका चौधरीले संविधान सभाको चुनाव विथोल्नका लागि ४ पार्टीका बीच कार्यगत एकता भई गतिविधि संचालन गर्ने निर्णय गरेको समेत बताएका छन् ।
सशस्त्र समुहमा संलग्न नेता तथा कार्यकर्ताहरुको बारेमा खुलासा
उनले आफै नेतृत्वमा संगठन स्थापना गर्दा स्थापना कालमा सेकेन्ड म्यानको रुपमा कान्ति भनिने विरेन्द्र साह, र तेस्रो दर्जामा  प्रसान्त सिंह रहेको बताएका छन् । अन्य केन्द्रिय सदस्यहरुमा नेपालगन्जमा निरा साही, रौतहटमा शक्ति सिंह, सुन्सरीमा गजराज सिंह, र कार्यकर्ताहरुमा नेपालगन्जका अनुप रहेको चौधरीले खुलासा गरेका छन् । 
सुटरको रुपमा नेपालगन्जका सिकिन्दर खान र तुलबहादुर थापा, भारत नवावगन्जका बल्लु सिंह र विशाल सिंह रहेको चौधरीले बताएका छन् । विद्यार्थी फ्रन्टको धनुषामा सुरेन्द्र कर्ण, महोत्तरीमा जितेन्द्र कर्ण, सप्तरीमा जयप्रकाश चौधरी संयोजक रहेको र कार्यकर्ताको रुपमा मुकेश कर्ण र बाबुल भनिने आदित्य देव रहेको उनले बताएका छन् । जितेन्द्र जितु, जयप्रकाश चौधरी, शिवु भन्ने शिवम शर्माले समेत सुटरको रुपमा काम गर्ने गरेको उनले बताएका छन् । 
राजन प्रताप र नागराजको संगठन बारे हाल आफुलाई केही पनि थाहा नभएको र राजन मुक्ति पक्राउ परेपछि उनका दाई मनोज मुक्तिले मोर्चाको समुह सम्हालेको भएपनि उनीसँग सम्पर्क नभएको चौधरीले बताएका छन् ।
कार्यकर्ताहरुको वर्तमान अवस्था बारे खुलासा
सप्तरीका विरेन्द्र साह (क्रान्ति) नेपाल सरकारसँगको बार्ता पश्चात हाल खुल्ला रुपमा काम गर्दै आएको, सप्तरीका प्रशान्त सिंह पार्टी छोडी खुल्ला रुपमा काम गर्दै आएको, बाँकेका मिराज साही हाल पक्राउ परी कारागारमा रहेको चौधरीले बताएका छन् । त्यसैगरी सुन्सरी डुमरा ६ बस्ने जनतान्त्रिक तराई पार्टी मधेसका केन्द्रिय सदस्य गजराज भन्ने साविर मन्सुरी र नेपालगन्ज घर भएका अनुप, बाँकेका सिकिन्दर खान पक्राउ परी अहिले कारागारमा रहेको चौधरीले बताएका छन् ।भारत नवावगन्ज बइराज बस्ने बर्ष २६ को बब्लु सिंह र विसाल सिंह पक्राउ परी भारतको कारागारमा  रहेको मुकेश चौधरीले बताएका छन् । 
सुटर र हतियारको विषयमा खुलासा
बाँकेका सुटर तुलबहादुर थापाको प्रहरी कारवाहीमा मृत्यु भइससकेको उनले बताएका छन् । त्यसैगरी उनको पार्टीमा रहेका महोत्तरी ५ जितेन्द्र कर्ण पक्राउ परी जलेश्वर कारागारमा  छन् । सप्तरीका बाबु भन्ने आदित्यदेव, राजन प्रताप प्रफुल्ल, नागराज भन्ने उमेश तिवारी र मनोज मुक्ति ‘विवेक’ फरार रहेको चौधरीले बताएका छन् । चौधरीलाई हतियार सप्लाई गर्ने भारत लखनउ बइराज बस्ने वर्ष ३४ को मयुव अहमद समेत फरार रहेको चौधरीले प्रहरीलाई बयान दिएका छन् ।
चौधरीले कार्यकर्ताहरुलाई चन्दा लिन पठाउने गरेको, कतिपय कार्यकर्ताहरुलाई प्रयोग गरी पार्टीबाट हटाइदिने गरेको उनले बताएका छन् । चौधरी पक्राउ पर्दा उनीसँग बरामद भएको हतियार र गोली भारतीय हतियार सप्लायर्स मयुव अहमदले नै दिएको उनले खुलासा गरेका छन् । उनको समुहमा आपराधिक घटना घटाउनका लागि १०÷१५ थान ०.३१५ एमएमका कटुवा पेस्तोल, ५ थान पेस्तोल रहेको र उक्त हतियारहरु मध्ये केही सुटरको साथमै रहेका कारण ती सुटरहरुलाई प्रहरीले कारवाही गर्दा मृत्यु भएको र उक्त हतियार प्रहरीले नै जफत गरेको मुकेश चौधरीले प्रहरीलाई बयान दिएका छन् । सुटर सुरेश र जितेन्द्र कर्णसँग रिभलवर र गोली समेत रहेको र उक्त हतियार उनीहरुसँगै रहेको चौधरीले बताएका छन् ।
चन्दाका बारेमा खुलासा
मुकेश चौधरीले हतियार किन्न र पार्टीका गतिविधि संचालनका लागि विभिन्न व्यक्तिहरुसँग धाक धम्की देखाई चन्दा माग्ने गरेको उनले खुलासा गरेका छन् ।
  चौधरीले प्रहरीलाई दिएको बयान अनुसार एभरेष्ट पेपर मिलका ललित बजाजबाट रु. ५० हजार, पिरारी चौक स्थित टूयाक्टर सोरुमका संचालक राजेश अग्रवालबाट रु. ४० हजार, मदर टेरेसा इगलिस बोडिङ स्कुलका प्रिसिपल चन्द्राबाट रु. ४० हजार, राजर्षी जनक क्याम्पसका प्रिन्सिपल एस एन झाबाट रु. १५ हजार, जिल्ला बिकास समिति धनुषाका इन्जिनियर शम्भु मिश्राबाट रु.२५ हजार, राजन मुक्ति मार्फत जानकी मेडिकलका संचालक अशोक सिन्हाबाट रु.१ लाख, ढल्केबरका प्लाइउड फयाक्टूीका म्यानेजर श्रेष्ठ मार्फत रु.२० हजार चन्दा लिएको मुकेश चौधरीले खुलासा गरेका छन् । त्यसैगरी जालान बस्त्रालयका गौतम जालानसँग, जानकी बोडिङ स्कुलका मनोज रुङगटासँग चन्दा लिएको तर कति लिएको एकिन थाहा नभएको, जनकपुर अञ्चल अस्पतालका एक जना डा.सँग जितु भन्ने जितेन्द्र मार्फत रु. ५ हजार चन्दा लिएको बताएका छन् । 
जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष श्याम साहसँग चन्दा माग गरेपनि रकम प्राप्त नभएको बताएका छन् । त्यसैगरी सुनचाँदी व्यवसायी गर्ने एक जना अग्रवालसँग चन्दा मागेको तर एकिन रकम थाहा नभएको उनले बताएका छन् । जनकपुर नगरपालिकाका इन्जिनियर विरेन्द्र यादवसँग चन्दा मागेको तर रकम कति पाएँ एकिन थाहा नभएको उनले बताएका छन् । नेपालगन्जमा श्याम शर्मासँग रु. १ लाख १५ हजार चन्दा लिएको उनले स्वीकारेका छन् ।
पारिवारिक अवस्था
महोत्तरीको जलेश्वर ११ खैरा टोलका चित्रनन्दन चौधरीको नाति तथा दिनेश चौधरीको छोरा रहेको मुकेश चौधरी को जन्म ११ माघ २०३७ मा भएको हो । सेन्ट जेवियर्स स्कुल पटनाबाट प्राथमिक शिक्षा, गोहेश्वरी स्कुल काठमाण्डौबाट एसएलसी, नेपाल साइन्स क्याम्पस पदमोदय स्कुलबाट आइएससी उत्तिर्ण गरेका चौधरीले भारतको दिल्लीबाट एक वर्षे कम्पयुटरको हार्डवेयर डिप्लोमा कोर्ष समेत गरेका छन् ।
  परिवारमा उनका बुबा नेपाल सरकारको अवकाश प्राप्त इन्जिनियर हुन । आमा मन्जु देवी चौधरी, भाई राकेश चौधरी इन्जिनियर हुन । बहिनी निशी प्रभा चौधरी थापाथली इन्जिनियरिङ कलेजमा इन्जिनियरको अध्ययन गर्दैछिन । भक्तपुर गोठठाटार(१ मा चार पक्की घर भएको एक तल्ले कोठा निर्माण गरी परिवार वस्दै आएको चौधरीले प्रहरीलाई बताएका छन् । 
भारतमा हुँदा आफ्नो व्यक्तिगत बैंक खाता नभई भारतीय साथी सुरेन्द्र चौधरीको नाउँमा रहेको पन्जाव नेशनल बैकको खाता संचालन गर्दै आएको र एटीएमबाट रकम निकाल्ने गरेको उनले बताएका छन् ।
विभिन्न अपराधको स्वीकारोक्ती
१८ बैशाख २०६९ मा भएको जनकपुर बम काण्ड र १७ फागुन २०६६ मा होली खेलिरहेको अवस्थामा संचार उद्यमी अरुण सिंघानिया हत्याको जिम्मेवारी लिएका मुकेश चौधरीले अन्य जिल्लाहरुमा गराएका आपराधिक घटनामा समेत संलग्नता रहेको चौधरीले स्वीकारेका छन् ।
  महेन्द्र बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख रंजित राय पाठकलाई अपहरण गरी बन्धक बनाई मानसिक यातना दिई तनावमा पारी हत्या गर्ने धम्की दिई रु. ७ लाख फिरौती लिई छाडेको चौधरीले प्रहरीलाई बताएका छन् । १२ माघ २०६६ मा चन्दा नदिएको विषयमा उनको सुटर तुलबहादुर थापाको कमान्डमा पठाई आफ्नै निर्देशन , योजना र संलग्नतामा गाविस सचिव इन्द्र बहादुर श्रेष्ठको हत्या गराएको उनले स्वीकारेका छन् ।
 १७ चैत्र २०६८ मा रातिको समयमा नेपाल प्रहरीलाई हत्या गर्ने आफ्नो योजना अनुसार  उपलब्ध गराएको जिलेटिङ समेत प्रयोग गरेको आफ्नो पार्टीका महोत्तरी संयोजक जितु भन्ने जितेन्द्र कर्णलाई परिचालन गरी जिल्ला टूाफिक प्रहरी कार्यालय जलेश्वरमा विस्फोट गराएको उनले बताएका छन् । ११ माघ २०६९ मा नेपालगन्ज नगरपालिका स्थित भेरी अञ्चल अस्पताल अगाडी अन्दाजी २८÷२९ वर्षका चिकित्सक गौरव मल्ललाई हत्या गर्ने उद्देश्यले गोली प्रहार गराएपनि निज मल्ल बाँच्न सफल भएको उनले बताएका छन् । 
त्यसैगरी ७ फागुन २०६९ मा उद्योग बाणिज्य संघ निर्वाचनको अवसर पारी मधेसी मुलका बाहेक पहाडी मुलका व्यापारीलाई हत्या गरी चुनावलाई प्रभावित पार्ने उद्देश्यले आफुले उपलब्ध गराएको हतियारको प्रयोग गरी बाँके खजुरा बस्ने अन्दाजी वर्ष ३१÷३२ का दलबहादुर थापा मगरलाई  हत्या गराउने प्रयास गरेको उनले बताएका छन् ।
 त्यसैगरी बाराको क्षेत्र नं.४ का संविधानसभा उम्मेदवारको हत्या प्रकरणमा राजन प्रतापको ससल्लाको घटनाको जिम्मा मात्र लिएको उनले बताएका छन् । त्यसैगरी जनकपुरको एमाले पार्टी कार्यालयमा समेत बम विस्फोट आफैले गराएको मुकेश चौधरीले प्रहरी समक्ष स्वीकार गरेका छन् ।

संजय साह र मुकेश चौधरी बीचको स्वर परीक्षण 
संजय साह
मुकेश चौधरी 
धनुषा प्रहरीले टिटिभीमा जनकपुर बम काण्ड विषयमा भएको सम्वादको स्वर परिक्षण गराउँदा कुराकानी भएको व्यक्ति धनुषाका सभाषद संजय कुमार साह र भुमिगत समुह संचालन गरेका मुकेश चौधरी नै रहेको प्रमाणित भएको छ । 
जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुर बम काण्डका प्रतिवादी भनिएका संजय कुमार साह र मुकेश चौधरी बीच भएको कुराकानीको स्वर परीक्षणका लागि केन्द्रिय अनुसन्धान व्यूरो, प्रहरी प्रधान कार्यालयमा ६ चैत्र २०७० मा विभिन्न ३ वटा स्वर पठाएको थियो । 
दिनेश चौधरीको छोरा वर्ष ३४ को अर्जुन सिंह भनिने मुकेश कुमार चौधरीको साथबाट बरामद भएको माइक्रो मेमोरी कार्डको साउण्ड फोल्डर भित्र रहेको भ्वाइस रेकर्ड भएको ४ जिविको माइक्रो मेमोरी कार्ड एक थान, मुकेश कुमार चौधरीको अनुसन्धानको क्रममा प्रहरी अनुसन्धान अधिकृतले लिएको भ्वाइस रेकर्ड भएको दुई जिबिको मेमोरी कार्ड थान १ र संजय कुमार साहले सार्वजनिक कार्यक्रममा बोलेको भ्वाइस रेकर्ड रहेको सिडि थान १ स्वर परिक्षणका लागि केन्द्रिय अनुसन्धान व्यूरोमा पठाएको थियो ।      व्यूरोका भिसिए विशेषज्ञ प्रहरी निरीक्षक दधिराम न्यौपाने र प्रहरी नायव निरीक्षक आनन्द निरौलाले गरेको स्वर जाँचबाट वार्तालाप गरिएका व्यक्तिहरुको स्वर संजय साह र मुकेश चौधरी बीच ९९ प्रतिशत भन्दा वढी मिलेको प्रतिवेदन जिल्ला प्रहरी कार्यालय धनुषालाई १८ चैत्र २०७० मा पठाएको थियो ।
         
२०७१ बैशाख ०७ गते आईतबार 

राज्यबाट उपेक्षित ‘धनुषाधाम’ मन्दिर

धनुषाधाम मन्दिरका पुजारी भरत दास ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
विष्णु पुरानका अनुसार दधिचि मुनिको हड्डीबाट बनेको धनुष त्रिपुरा सुर संग्राम भएपछि त्यही पिनाक धनुष शंकर भगवानले परशुरामलाई दिनु भयो । परशुरामले उक्त धनुष जनक महाराजलाई दिनुभयो । जव सिताको विवाहका लागि जनकपुरमा स्वयमबर रचियो, भगवान रामले उक्त धनुषमा बाण चढाउँदा उक्त धनुषा  तीन टुक्रामा परिणत भयो । एउटा टुक्रा आकाशमा गई भारतको दक्षिणी प्रान्त रामेश्वरमा खस्यो । दोस्रो टुक्रा पतालमा गयो । जुन जनकपुरको धनुष क्षेत्रमा छन् । जसलाई जनकपुरमा धनुषसागर पोखरीको रुपमा चिनिन्छ । मध्य भाग आएर खसेको ठाउँ हो धनुषाधाम । धनुषाधाममा खसेको धनुषको उक्त कालो रंगको सिलामाथि अहिले पिपलको रुख छ । स्थानिय पुजारीका अनुसार उक्त रुखको ५ सय वर्ष भइसक्यो । उक्त रुख अहिले पनि हराभरा छ । चराचुरुङ्गीले फोहर गर्ने हुनाले पिपलको शाखाहरुबाट बचाउन चदराको छाना झुन्डयाइएको छ । धनुषको शिला रहेको लम्बाई वृद्धि भइरहेको छ । उक्त सिलाको रुख हेर्दा रुद्राक्ष जस्तो देखिन्छ ।
बैज्ञानिकहरु पनि के बताउँछन भने यस्तो वस्तु पृथ्वीमा पाइदैन । फलाम भन्ने हो भने चुम्बुक टाँसिदैन । कुनै समयमा पहाड विस्फोट भई लाभा निस्केको हो भने पनि त्यो देखिँदैन । विष्णु पुरानमा उल्लेख भए अनुसार दधिचि मुनिको हड्डी बाट उक्त धनुष बनेको हो । पुजारी भरत दासका अनुसार युनेस्कोले पनि अनुसन्धान गरेको थियो । पुरातत्व विभागबाट पनि अनुसन्धान गर्दा उक्त बस्तु के हो र किन फैलिरहेको छ भन्ने कारण पत्ता लगाउन सकेको छैन ।
पाताल गंगा खाली भयो भने ‘अनिष्ठ’
धनुषाधाम मन्दिर
 त्यहाँ एउटा कुण्ड पनि छ । जसलाई पाताल गंगा भनिन्छ । उक्त कुण्डमा पानी माथिसम्म भरेको छ भने सबै कुरा ठीकठाक रहने र पानी माथिको सतह भन्दा तल गयो भने अनिष्ठ हुने जनविश्वास रहेको छ । परम्परागत समय देखि नै उक्त कुण्डको पानी भरिभराउ रहेको अवस्थामा धेरै शुभ मानिँदै आइएको छ । जुन वर्ष पानी भरेको हुन्छ त्यसवर्ष अन्नको वढी उब्जाऊ हुने जन विश्वास रहँदै आएको पाइन्छ । कुण्डको पानी भरेको छ भने वर्षात पनि हुने र कृषि उत्पादन पनि वढ्ने जनविश्वास रहदै आएको छ । 
धनुषाधाम मन्दिरका पुजारी भरत दासका अनुसार उक्त पाताल कुण्डको पानी अषाढ देखि भदौं महिना सम्ममा तल जाने गर्दछ । तर, यदि कुण्डको पानी तल गयो भने यहाँ चौगामा वरिपरीका सबैगाउँहरुमा वैठक वसी धनुषजीको कुण्ड सुक्न थाल्यो, संकट आउँदै छ । वर्षातको कमीको संकेत आइरहेको भन्दै सबैले गाउँलेहरुले मिलेर कुण्डमा दुध खन्याउने रिती रिवाज नै रहेको पुजारी बताउँछन् । सबै गाउँमा रहेका गाई भैसीको दुधहरु संकलन गरी फलानो तिथीमा कुण्डमा खन्याउने निर्णय गरिन्छ । भगवान शिवलाई आह्वान गरी रुद्री पाठ गरेर उक्त कुण्डमा दुध खन्याइन्छ । समय ठीक रह्यो भने कमै दुधमा पनि उक्त खाली कुण्ड भर्छ तर, यदि समय ठीक छैन भने जति सुकै दुध खन्याउँदा पनि उक्त कुण्ड भर्दैन । पुजारी दासका अनुसार गत वर्ष ६ क्विन्टल दुध खन्याउँदा पनि कुण्ड भरेन । त्यसपछि मान्छेलाई लाग्यो कि यस पटक वर्षात हुने छैन र उत्पादनमा कमी आउने छ । पुजारीका अनुसार भयो पनि त्यसै र उत्पादनमा कमी भयो । जस्तै २०५८ साल बैशाख १५ गते कुण्ड पुरापुरी सुक्यो र करिब १० क्विन्टल दुध खन्याइयो र पनि भरेन । दरबार हत्या काण्ड भइहाल्यो । २०५३ सालमा सुके पछि खडेरी प¥यो । २०४५ मा सुक्यो र कुण्ड भरेन, भुकम्प आयो । यसरी एक त कुण्ड सुक्दैन सुक्यो भने दुध खन्याएपछि कुण्ड भर्यो भने धेरै अनिष्ठ हुँदैन र यदि भरेन भने ठुलै अनिष्ठ हुने जनविश्वास रहेको पुजारी भरत दास बताउँछन् ।
‘मणि नाग’को बास
उक्त पिपलको बोटमा ‘मणि नाग’को बास रहेको बताइन्छ । आमावस्या तिथीका दिन मध्यान्ह रातिमा मणि नाग देखिने र पुरै मन्दिर हरियो रंगले रंगिन हुने गरेको छ । पुजारीका अनुसार १५ वर्ष पहिले यहाँ वस्ती हुँदैन्थ्यो । १ सय गज दुरी स्वक्ष हुनुपर्छ । शान्तिपुर्ण वातावरणमा मात्र मणि देखिने गर्दछ ।
आन्तरिक तथा बाह्य पर्यटकको ओइरो
धनुष मन्दिरमा यसरी नै धनुषको शिला बढ्दै गएको छ ।
यहाँ विषेश गरी भारतीय पर्यटक आउने गर्छन । यद्यपि अमेरिका थाइलेन्ड सिंगापुर लगायत अन्य देशहरुबाट पनि पर्यटक आउने गर्छन । तर, तिनीहरुको संख्या अत्यन्त कम हुन्छ । पुजारी दासका अनुसार युरोपेली मुलुकका पर्यटकहरु धार्मिक स्थानको अवलोकन गर्नुभन्दा प्राकृतिक र मनोरम दृष्यहरु पहाड, हिमाल, ताल, सरोवर आदिको अवलोकन गर्न वढी रुचाउँछन् ।
यहाँ ५ महिना मेला लाग्ने गर्छ । जस्तै मंसिरमा रामजानकी विवाह पञ्चमी महोत्सव, माघमा तिलासंक्रान्ती देखि ५ वटा आइतबारसम्म मकर मेला, फागुन महिनामा हुने मध्यमा परिक्रमाको बेला नवमीका दिन, चैत्र महिनामा रामनवमीका दिन गरी कुल ५ पटक मेला लाग्ने गर्छ । विवाह पञ्चमी, मकर र परिक्रमा मेलामा लाखौंको संख्यामा तिर्थालुहरु दर्शन गर्ने गर्छन् । मिथिला महात्मयका अनुसार ५ मकर स्नान गरेर धनुष भगवानको दर्शन गरेपछि १ सय रामेश्वरमको दर्शन बराबर हुन्छ । परम्परा गत हिसावले पनि वर्ष भरी गरिएको आकलभाकल माघ महिनाभरी चढाउने गरिन्छ । 
आफ्नो सम्पत्ति विहिन मन्दिर
धनुष मन्दिरको नाउँमा आफ्नो कुनै सम्पति छैन । अहिले यो मन्दिर जनकपुरको जानकी मन्दिरको स्वामित्वमा छ । यो मन्दिरको आफ्नै सम्पति भएको भए मारामार हुने थियो, विकासका लागि टूष्ट खडा गरिने थियो । पुजारी भरत दास भन्छन,“नेपालमा म नै यस्तो पुजारी हुला जो कि विगत ६० वर्ष देखि दुई पुस्ता देखि विना तलब लिई भगवानको सेवा गर्दै आएको छु । म आफैले यो मन्दिरको घन्टी समातेको २८ वर्ष भइसक्यो । २०४२ साल देखि मैले पुजा गरिरहेको छु । मेरो बुवा रामदेव दासले पनि ३०÷३२ वर्ष जति पुजा गर्नु भयो ।”
  जिन्सी सहयोग कहि कत्तैबाट भएको छैन । मलाई यहाँ बस्न मन्दिरको तर्फबाट आवास सुविधा पनि उपलब्ध गराइएको छैन । मैले आफ्नै निजी पैसाले माटोको घर बनाई बस्ने गरेको छु । चढौना पनि धेरै चढ्दैन । कुनै दिन दुई सय कुनै दिन ५ सय वा कुनै दिन एक रुपैया पनि चढौना चढदैन् । यहाँ जति पनि भौतिक विकास भएको छ त्यो कुनै मन्त्रि वा राज्यले लगानी गरेर भएको छैन । 
म आफैले विभिन्न ठाउँबाट मागेर गरेको पुजारी दासले बताए । उनका अनुसार यस अघि पनि पुजारीहरु पुजा गर्न आउँथे तर, कोही पनि टिक्दैनथे । ३ महिना ६ महिनामा पुजारीको मृत्यु भइहाल्थ्यो । कतिपय पुजारीहरु दुई तीन महिनामै भागी हाल्थ्यो ।
मन्दिरमा लोडसेडिङका कारण राति अंध्यारो नै रहन्छ । एउटा लेम्प मात्र जलाइएको हुन्छ । जब पर्यटकको भीड खास गरी पुष महिना देखि वढ्न थाल्छ तब ग्यासलाइट जलाइन्छ । 
सुविधा विहिन मन्दिर
पुजारीका अनुसार पहिले उनको मात्र आश्रम  थियो । राम मन्दिर थियो । पुलिसहरु दिनमा ड्यूटी गर्थे र राति गइहाल्थे । यातायातको असुविधा, रातिमा बस्नको लागि सुविधा सम्पन्न होटेलको अभाव आदि कारणले गर्दा पनि पर्यटकहरु आएर पनि टिक्ने नगरेको पुजारीले बताए । यहाँ वस्नको लागि पटनाको ताराचनले बनाएको ३४ कोठाको धर्मशाला त छ तर, उक्त धर्मशाला पनि अव्यवस्थित रहेका कारण पर्यटकहरु धर्मशालामा बास वस्दैनन् । 
बस गाडी लिएर आउने पर्यटकहरुलाई टूाफिक प्रहरी, गाइड इत्यादीले विभिन्न वहानामा रकम असुल्ने काम गर्नाले पनि बाहिरका पर्यटकहरु यहाँ आउन हिचकिचाउने गर्छन । पर्यटकहरुलाई विभिन्न घाकधम्की दिई ठग्ने काम गरिन्छ । त्यसकारण पर्यटकका गाइडहरुले जनकपुरसम्ममा मात्र सिमित गरिदिन्छन् ।
आम्दानीमा विद्यालयको कब्जा
पुजारी दासका अनुसार मन्दिरको सबै जग्गा यहाँको विद्यालय धनुष जनता उच्च माविले कब्जा गरेको छ । मेला लाग्दा पनि आउने आम्दानी विद्यालयले नै लिने गरेको छ । मन्दिरमा शौचालयको सुविधा पनि छैन । अहिले पुजारीले वृहत्तर जनकपुर क्षेत्र विकास परिषदबाट रकम सहयोग मागि शौचालय निर्माण गराइरहेका छन् । एउटा पोखरी छ । 
त्यो पनि अति नै फोहर । हात धुन पनि नमिल्ने उक्त पोखरीमा तिर्थालुहरु नुहाउने कुरै आएन । उक्त पोखरीमा माछा खेती गरिन्छ । जसको आम्दानी पनि विद्यालयले नै लिने गरेको छ । माघ मेला, विवाह पञ्चमी मेला लगायत सबै मेला ठेक्का लाग्ने गरेको छ । उक्त मेलाबाट ठेक्दारले पैसा उठाउने गरेका छन् । तर, मन्दिरको भौतिक विकासका लागि एक पैसा पनि विद्यालय व्यवस्थापन समितिले खर्चेको छैन । जता ततै  फोहर छ । सरसफाइको कुनै व्यवस्था गरिएको छैन ।

         
२०७१ बैशाख ०७ गते आईतबार 

जनकपुरकाण्ड र मनोविज्ञान - अनुज मिश्र

अनुज मिश्र 

तस्कर  र  बमकाण्डका  दोषी मलेशियन बिमान झैँ रहस्यमयी हुँदा राम्रो सोचलाई के, नराम्रो बिचारलाई नै सकारात्मक बल  पुग्ने छ । बानी परेको पहिलेको जस्तै सोच्ने प्रक्रियालाई विस्तारै परिवर्तन गर्न पनि एक सहज वातावरणको निर्माण सम्भव जरूरी छ जून गलतलाई नकारात्मक र सहिलाई सकारात्मक सोचबाट सिंचित गर्न सकिन्छ । होइन भने जनकपुरका दोष र दोषीहरु मलेशियन बिमानझैँ रहस्य बनेर रहनेछन ।  

सुन्दै जाँदा एक(एक घटनाले कमजोर भैरहेका उनका मनोविज्ञान र त्यसले प्रभाव परेका बिकासको दृष्टान्तलाई सजिलै आंकलन लगाउन  सकिन्छ । एउटा खानै नपुग्ने मानिसलाई आधुनिक ब्यायाम ( जिम) गरायो भने ऊ अझ बढी कुपोषणको शिकार हुन्छ, मर्न पनि सक्लान । राम्ररी पढ्न लेख्नन  जान्नसक्नेले पनि सही  बातावरण पाएन भने ऊ आवश्यक श्रोत्रसाधनको कमीमा अपूरो ज्ञान  भएर  कन्फुजनको शिकार भए झैँ । सोच शरिर र शरीर सोच संग सम्बन्धित भए झैँ । राम्रो सोचले शरीरमा अडिूनल हर्मोनको ब्यबस्थापन गर्न सजिलो पारेर शरीरलाई स्वस्थ र स्वस्थ शरीरले स्वस्थ विचार पलाए झैँ  । घटना (मनोविज्ञान(घटना हुने गर्छ । 
पुरा नेपालमा मुख्यतः राजा र राणा कालीन समयमा गलत मानिस भनेको आजको सहि मानिस  हुने गर्थे । अर्थात  त्यतिबेला उनका क्रूर शासन बिरुद्ध जसले आवाज उठाए त्यो तात्कालिन राणा वा  राजाका निम्ति मात्र होइन तत्किन जीवन पधतिमा ढलिसकेकाहरुकालागि पनि ऊ र तिनका सोचविचारमा  गलत मानिस नै हुने गर्थे । तर आज त्यतिबेला आवाज उठाएका  मानिस लाई राम्रा भन्ने धेरै भै सकेका छन । त्यतिबेला धेरै  मानिसका मनोविज्ञानले स्वतन्त्र रहनु भनेको तात्कालिन राजा रजौटेहरुले कायम गरिदिएको सिमारेखा भित्रसम्मको फराकिलोपन मात्र  पर्थ्यो, डरले संकुचित तिनी मध्येकतिका सोच प्र्फुस्टन हुनु त परै  जाओस जान आटेको सोचलाई पनि परै रोक्थे जसले मानसिक असन्तुलन पैदा गर्थ्यो र शरीर प्रभावित भई विस्तार(विस्तारै संसार छोड्थे । अतः सोचरविचार लाई बयस्क हुन बन्धनको धरातलबाट मुक्ति चाहिन्छ । जून त्यतिबेला सम्भव गर्न प्रयत्न गर्नु  भनेको शुक्रराज जोशी, दशरथ चन्द्र आदिले जस्तै भोग्न तैयार  रहनु हो । 
त्यतिबेलाका नेपालर नेपाली  केहि क्रूर शक्तिको पन्जामा भएको कारणले  मुक्तिकामी सोचलाई स्वतन्त्र धरातल प्रदान गर्न असमर्थ हुन्थे । त्यसैले गर्दा  इतिहासकारले पनि बातावरणले निर्माण  गरेको अस्वतंत्र सोचले पक्षपातलाइ  नभ्याएर  मधेसका सपूतहरुलाई इतिहासमा उल्लेख गर्न सकेनन् ।
तत्कालिन समयमा एक परिवर्तनकामि सोचबाट टाढा राखिएका  बर्गहरु (पिछिडीएका, महिला, मधेसी, मुस्लिम, अपांग, दलित, पिडित, आदिबासीरजनजाति) ले पनि आफ्नो उन्नतिको बारेमा निस्पक्ष  सोच्न सक्ने ठाउँ कहिँ छ भने त्यो हो लोकतन्त्र १ लोकतन्त्र भनेको भय बिनाको स्वतन्त्र सोचको अभिव्यक्ति र त्यसलाई साकार पार्न लागिपर्ने प्रयत्न र उपलब्धि  हो ।
लोकतन्त्र, गणतन्त्रात्मक धर्मनिरपेक्ष राष्टू लेखिनु पछाडीपनि यहि सोचलाई प्रयोगामा ल्याउनु र बिकासको मार्गलाई सुनिस्चित गर्नु हो । तर नेपालि जनमानसमा संबिधानध समयमा नब्न्नसक्नुले जनतामा जून मनोबैज्ञानिक प्रभाव परेको छ त्यो त राष्टिूय स्तरको छलफलको बिषय  हो । र पटक(पटक त्यसैकारण पनि समय र संबिधान सभाको निर्वाचन मिति थपिएको हो । 
यसपाली पनि बन्ला भने आशावादी रह्नुमै मनोविज्ञानलाई ठिक रहेनछ । 
राजा रंक हुनुले आमजनताको सोचलाई बल त् पुग्यो तर त्यसपछाडीको तस्बिरहरुले नयाँ मानसिक तनावको जन्म नेपाली जनतामा भएको छ । न्यायको कठघेराबाट आपसी दुस्मनीका दोषी उम्कन सफल हुनु एक व्यक्तिगत मानसिक तनाव होला तर सिंगै रास्टू र समाजका दोषीहरु खुलेआम इज्जतका साथ घुम्नु, समाजमा प्रतिष्ठा आर्जन गर्नु भनेको पुरा राष्टू र समाजको स्वस्थ  सोचलाई बिरामी पारेर विकास जस्तो स्वस्थकर समाजको परिकल्पनालाई प्यारालाइज्ड  गर्नु हो ।
जनकपुरका बासिन्दाले यिनै स्थानीय सार्वजनिक महत्वका बिषयलाई लिएर  तनावहरु खेपेर जेनतेन विकासतिर एकदूइ गरेर  लम्किन खोज्दै छन् तर जब सम्म असल मानिसलाई असल र खराबलाई सुधारगृह वा दण्ड दिइदैन तबसम्म कसैले  मानसिकतवरले  भयमुक्त र मनोबैज्ञानिक रूपले स्वस्थ भएर काम गर्ने सोचलाई अग्रसरता दिनसक्दैनन । 
दिनहु घर(बाहिर जाँदा(आउँदा बिगतमा भएको सार्वजनिक स्थलको बमकाण्डले समस्त नगरवासीको मष्तिस्कमा एक भयको प्रतिबिम्ब खडा गरेको छ क्ष् जस्तै प्लेन चढेर नेपालमा कहिँ कतै जानु भनेको जति छिटो पुगे पनि त्यसको हजारौं गुन्ना बढी प्रायः हुनेगरेको दुर्घटनाले निम्ताउने डर(प्रतिबिम्बको कारण हुने  मानसिक तनावले सोच  र शरीरलाई  हानि गर्नु हो ।  यस्तो अवस्थामा केहि बिकासका कुरा सोच्नु भनेको कति उपयुक्त होला कल्पना गर्न सकिन्छ ।  हुनतः बिकसित राष्टूका मानिस पनि मानसिक तनावमा रह्नेगर्छन तर हाम्रा र तिनका तनावमा फरक के हो भन्ने उनि काम पुरा  गर्न तनाव खेप्छन तर हामि टूेफ्फिकमा फसे मात्र समयको बारेमा सोचेर तनावमा रहन्छौ जबकी हामीले कुनै ‘एक्शन’ गर्नु पर्ने जरूरी रहन्छ । अहिले बिश्व जनसंख्या मलेशियन एम.एच. ३७० को रहस्यलाई लिएर पनि तनावमा रहने गर्छन । 
सानै देखि राम्रो मानिस भनेको, समाजमा मान र प्रतिस्ठा पाएका मानिस  माफिया वा तस्करलाई बुझ्न थालेपछि कुनै दिन तिनका रहस्य उद्घटित हुदा हुने मनोविज्ञान माथिको अत्याचार सिंगै समाजको विश्वास संग सरोकार  राखने  बिषय हो ।
हुनः त यसका व्यवस्थापनका उपायहरु पनि छन जस्तै सकारात्मक सोचलाई बल प्रदान गर्ने, आफूलाई खुशी राख्ने काम गर्न प्रयत्न गर्ने आदि तर यी कुराहरु हाम्रो ठाउँमा गार्हो देखिन्छ कारण साकारात्मक सोचलाई लामो समय सम्म टिकाई राख्नु बहुत मात्रमा आत्मबिस्वास चाहिन्छ र त्यो आत्मविश्वास पनि खलबलिन्छ जब गलतलाई असल र असललाई गलत संज्ञा दिइन्छ । शक्ति पृथकीकारणको महत्व बारे पढाईन्छ तर खिलराज रेग्मी एक्लै प्रधानमन्त्री  र प्रधानन्यायाधिस भएर काम गर्दा पनि केहि बिग्रिदैन । 
सुन तस्करीको आरोप लाग्दा म संग बिल छ भन्नेले सुनको नेपाली बजारमा बिहेबारि (अर्थात जाडो)को समयमा एक दिनमा ३२ देखि ३५ किलो खपत हुनु  र बिराटनगरको पुरा बजारमा   अहिलेको समयमा दिनहु ३ देखि ६ किलो खपत हुनु   र समातिएको निजलेले एकैदिनमा ६ किलो सुन र ३.९ क्विन्टल चाँदी र नगद रु. ७.३३ मिलियनको एकदिने व्यपार गर्नु कतिको बिश्वसिलो छ बुझ्नु पर्छ  । फरक ( फरक मितिमा बेचे पनि गृहस्थानलिने बेंक बनाउनु क जरूरी पर्याे होला ? भारतीय बजारमा कस्टम छली गरेर बेच्दा १ किलो सुनमा ६,००० अमेरिकन डलर नाफा हुनेगरेको तथ्य छ ? 
अब यतिका तलमाथि भए एक जिम्मेवार नागरिक कसरि स्वस्थ खाने, लाउने र सोच्ने गर्लान ? त्यसमाथि त्यस्ता सकारात्मक सोचलाई बल भेट्न त नराम्रा कामगर्नेहरुले सजाय पनि पाउनु पर्याे हैन र रुतस्करको  सुनले समाउनेलाई गुण लगायो र सव मुद्दा हरायो भने त सायद फेरी यहाँ अर्काे मनोबैज्ञानिक   अन्याय हुने छ । 
तस्कर  र  बमकाण्डका  दोषी मलेशियन बिमान झैँ रहस्यमयी हुँदा राम्रो सोचलाई के, नराम्रो बिचारलाई नै सकारात्मक बल  पुग्ने छ । बानी परेको पहिलेको जस्तै सोच्ने प्रक्रियालाई विस्तारै परिवर्तन गर्न पनि एक सहज वातावरणको निर्माण सम्भव जरूरी छ जून गलतलाई नकारात्मक र सहिलाई सकारात्मक सोचबाट सिंचित गर्न सकिन्छ । होइन भने जनकपुरका दोष र दोषीहरु मलेशियन बिमानझैँ रहस्य बनेर रहनेछन ।   
         
२०७१ बैशाख ०७ गते आईतबार