Saturday, December 7, 2013

दाजुभाई र दिदीबहिनी बिच प्रेम प्रतिकको रुप ‘सामाचकेवा’



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

मिथिलाका विभिन्न सास्ंकृतिक एवं धार्मीक पर्व मध्येका एक दाजुभाई र दिदीबहिनी बिच प्रेम प्रतिकको रुपमा रहेका सामाचकेवा पर्ब मनाइदै छ । छठ पर्बको पुर्ब संध्यामा मनाईने खरनाको प्रसाद ग्रहण गरेपछि मिथिलानीहरु आ(आफनो घरबाट लोक गित गाउदै एक ठाउमा भेला भई सामाचकेवा पर्ब मनाईने गरेका छन । यस पर्बमा माटोकोे कलात्मक मुर्ति बनाएर दिदी बहिनीहरु दाजु भाईको दिर्घायुको कामना  गर्नुका साथै एक अर्का संग हाँसोठटा गर्दै मनोरञ्जन समेत गर्ने चलन रहेको छ । कार्तिक पुर्णीमाको दिन समापन्न हुने यस पर्वमा मिथिलाकि नारिले सामा, चकेवा, वृन्दावन, चुगला, सतभैया लगायतका माटोको कलात्मक मुर्ति बनाएर यो पर्व मनाउने गर्छन् । सामाचकेवा पर्ब मनाएपछि दाजुभाई दिर्घायु हुने सामाले बताएपछि यो पर्व पौराणीक काल देखिनै शुरु भएको जनविस्वासको आधारमा  मिथिलाका प्रत्येक जात जातिमा यो पर्व मानाउने परम्परा रहेको छ । द्वापर युगमा कृष्णका छोरी सामाले आफ्नो भाई सम्बाको दिर्घायुको कामना गर्दै सामा चकेबा पर्ब मनाएको बिभिन्न धर्म ग्रन्थमा उल्लेख रहेको छ ।
दिदी(बहिनीले दाजु(भाईको दीर्घायूको कामना गर्दै मनाइउने सामाचखेवा पर्व हर्षोउल्लासका साथ मनाईदै छ । साँझ पर्नेबित्तिक घर(घरबाट सुरिलो भाकामा गुञ्जिने सामाका गीतले अहिले जिल्लाबासीमा उल्लास छाएको छ ।
धान,धान, धान, भइया कोठी धान, चुगला कोठी भुस्सा
भइया मुख पान, चुगला मुख कोइला, चाउर(चाउर–चाउर,
(दाजुको भकारीमा धान छ भने चुगलाको भकारीा भुस भरिएको छ । दाजुको मुखमा पान छ भने चुगलाको मुखमा कोइला । दाजुको कोठीमा चामल भरेको छ तर चुगलाको कोठीमा खरानी छ ।)
सामा(चकेवा खेल्दा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरु मनोरञ्जन गर्छन् । सामाचाखेवालाई फेरी, अर्को वर्ष आउन निमन्त्रण पनि दिइन्छ ।
सामचको, सामचको अविहहे, अविह हे । कुड खेतमे बैसिह हे बैसिह हे ।
सामाचखेवाका यी गीतले अहिले घर–घरमा बेग्लै अलगै उत्साह थपेका छन । कात्तिक पञ्चमी देखि सामाचखेवा पुर्णिमासम्म मनाइन्छ । पुर्णिमाका दिन दिदी(बहिनीहरु आफ्ना दाजु(भाईलाई निमन्त्रण गर्छन । भाईले घँुडामा राखेर सबै मुर्ति तोड्छन र ती मुर्ति जोतेको खेतमा विसर्जन गरिन्छ । दिदी(बहिनीहरु दाजु(भाईलाई चिउरा, दही, मिष्ठान, सख्खरको भोजन गराउँछन भने दाजु(भाई दिदी(बहिनीलाई यथासक्य दक्षिणा दिन्छन । स्थानीय भाषामा यसलाई फाँरभरी भनिन्छ । सामाचखेवाका मुर्ति माटाका हुने भएकोले यसलाई मैथिल महिलाको मुर्तिकलाप्रतिको कौशल प्रदर्शन गर्ने माध्यम पनि भन्ने गरिन्छ । दशै तिहार र छठपछि तराईमा यो अन्तिम पर्वका रुपमा मनाइन्छ । साझपँख सामाचखेवाका लागि महिलाले निकै उत्साहका गीत गाउने गर्छन । सामाचखेवा पर्व सुरु भएपछि यहाँका दिदी(बहिनीले समुदायमा रहेका फटाहा र कुरौटे प्रवृत्तिका मानिसको प्रतिक चुगला र कुचोको मसाल बनाई टोल घुमाउँदै सार्वजनिकस्थलमा लान्छन । त्यहाँ पुगेका दिदी(बहिनी आफ्ना दाजु भाईको दीर्घायूको कामना गर्दै चुगलाको जुँगामा आगो लगाई रमाइलो गर्छन ।
पद्म पुराणका अनुसार श्यामा र बृन्दावनका एक कुमार चारुबक्य मायाको बन्धनमा बाँधिएका हुन्छन । राज्यका महासामन्त चुडक पनि श्यामालाई प्रेम गर्छन । तर, श्यामाले अस्वीकार गरिदिँदा चुडकले कृष्णलाई श्यामाको विरह व्यथाले महादेवको तपस्या गरेर चखेवा बन्न पुग्छ र दुवै प्रेमी चकेवा(चकेवीका रुपमा बृन्दावनमा बस्न थाल्छन । सामाचखेवा पर्वमा श्यामा र चारुबक्यको चरा रुपमै पूजा गर्ने गरिन्छ । भाईले सामा फुटाउनुको अर्थ चराको जुनीबाट मुक्ति दिलाउनु हो भनिन्छ । श्यामा र चारुबक्य शब्दको पछि अपभ्रंश भई सामा र चखेवा नाम प्रचलित हुन गएको हो । यो पर्व रमाइलो गरी मनाइने हुँदा यसलाई सामा खेल पनि भनिन्छ । कहीँकही साथीसङ्गी र नन्द भाउजुबीच कोसेलीका रुपमा पनि सामा पठाउने गरिन्छ । कात्तिक शुक्ल पुर्णिमाका दिन सामा पर्वको विधिवत् समापन गरिन्छ । सामा खेल ग्रामीण महिलाहरुको अभिनयजस्तै लागे पनि यसको सम्बन्ध पुराणसँग भएकाले यसलाई धार्मिक पर्व पनि मान्न सकिन्छ । पद्मपुराणमा सामान्य चर्चा र स्कन्धपुराणमा सामाचखेवाबारेमा विस्तारमा उल्लेख छ ।



मिति ः २०७०÷८÷०२

धत् , जनकपुर पनि काहीं बस्ने ठाउँ हो ? – दिपक न्यैेपाने



दिपक न्यैेपाने

यसरी राजधानीमा टाउको लुकाउने आशुतोषहरुले जनकपुर नछाड्दा यहाँका सम्पदाहरुको बखान गरेर थाक्दैनथे । आजकाल जनकपुर पुगेका बेला आप्mना साथीसंगीको विरोध गर्ने र जनकपुरमै बाँच्ने र यहीं रमाउनेहरुलाई घृणा गर्नेसम्मको भएका छन् । उनीहरुको प्रगति भनेकै यही हो । उनीहरुको विचारमा प्रगति गर्न जनकपुर छोड्नैपर्छ प्रगतिको पर्याय जनकपुरलाई घृणा गर्नु हो । भ्रमरपुरा चोक र गोदारका हाटबजारमा काम गर्ने आशुतोषका मित्रहरुले जनकपुरको घृणा गरेको सुन्दा ङिच्च हाँसेर जवाफ दिन्थे–‘खै हजुर आपूmले त केही गर्न सकिएन, हजुरको जस्तो प्रगति गर्न सकिएन ।’
आशुतोष कड्किन्थे– ‘जनकपुरमा बसेर पनि काहीं प्रगति हुन्छ ? प्रगतिको लागि त जनकपुर छोडेर हिंड्नुपर्छ ।’

जनकपुरधाममा रहँदा कुनै दिन आजकल यहाँ नाकमुख नदेखिनेहरु फलाकिन्थे–‘यो ऐतिहासिक जानकी मन्दिरको गरिमा अझ उँचो बनाउनुपर्छ । यसको प्रचार हामी जस्ता जनकपुरधामबासीले देश–विदेशमा अभैm गर्नु छ, जनकपुरको गौरव, यहाँका मठमन्दिर, तालतलैया, राममन्दिर, विवाहमण्डप, अङ्गराज सर तलाउ, धनुषसागर, धनुषाधाम आदि यहाँका लोकप्रिय सम्पदा हुन्, यिनको महिमा देश÷देशान्तरसम्म विस्तार गरेर यो ऐतिहासिक नगरीलाई हामीले विश्वरङ्गमञ्चमा परिचित गर्नु छ । हाम्रो धन्य यसैमा छ ।
ऐतिहासिक जानकी मन्दिरको प्राङ्गणमा माथिका जस्ता ठूल्ठूला भाषण गर्ने र चियाभट्टीहरुमा जनकपुरका ऐतिहासिक धरोहरहरुको चर्चा गरेर आधा दिन र आधा रात गएको पत्तो नपाउनेहरु स्वयं जनकपुरधामबाट बेखबर भएको देख्दा जानकी मन्दिर र विवाहमण्डपमा पलेंटी कसेर बसेका देवताहरु खिन्न देखिन्छन् । पूजा–पाठ र आप्mनो प्रचार–प्रसार उनीहरुले गरिदिएनन् भनेर हैन कि ठूल्ठूला कुरा छाँटेर नथाक्ने मनुवाहरु अन्तै भास्सिएको देख्दा दयाको सागरले धामका देवीदेवताहरु भक्कानिन्छन् ।
कुनै दिन ‘घुम्ने मेचमाथि अन्धो मान्छे’मा कवि भूपि शेरचनले लेखेका थिए–
‘जहाँ मृगमरीचिकापछि लाग्नेहरुको यादमा
रुन्छन् धूपी र सल्लाहरु...।’
‘घुम्ने मेचमाथि अन्धो मान्छे’मा देशप्रेमको अगाध माया गाएका कवि भूपिले यो बाह्रै महिना वा बाह्रै मास हराभरा हुने नेपालजस्तो मुुलुक त्यागेर ठूल्ठूला मनोकाङ्क्षा (मृगमरीचिका) बोकेर नेपाल छोडेर परदेशिनेहरुको दया देखेर, परदेशमा उनीहरु हली–गोठाला र खानीका ‘बहादुर’ बनेको देख्दा मेरो देशको वनपाखामा रहेका धूपी र सल्लाहरु सुसाइरहेका हैनन्, रोइरहेका छन् भनेर लेखेथे ।
ठीक उस्तै, प्रगतिका खातिर जनकपुधाम छाडेर वा भनूँ जनकपुर छोडेर ठूला बनेकाहरुलाई आप्mना दिव्यचक्षुले माता जानकीले हेरेर उनीहरुको हविगत देखेर आँशु झारेकी छिन् । पूजा–पाठ धूपदीप, नैवेद्यको खडेरी परेर माता रोएकी हैनन् । निर्धक्क जनकपुरबाट देशकै सेवा गर्ने ओठेभक्ति नगरी सच्चा मनले समर्पितहरुले यहाँका सम्पदाहरुको जगेर्ना गरेकै छन् नि ।
कठै बरा, कति ठूलो सपना साँचेर उनीहरुले जनकपुरधाम छोडेथे । जनकपुरमा बस्दा सानो भइने, बसे पनि ठूला कुरा गरेजस्तो काम गर्न पक्कै सजिलो छैन । त्यसैले पलायनवादी सोच बोकेर जनकपुर छोडेर परदेशिएकाहरुको त के चर्चा गर्ने ? भेडागोठाला लागेर पेट पालेकै छन् । भिसाको अवधि सकिएपछि फर्किहाल्छन् । देशको राजधानी काठमाडौंमा बसेकाहरुलाई माताका दिव्यचक्षुले हेर्दा उनीहरुको दैनिकी विकराल देखिन्छ ।
जनकपुरमा के छैन ? भूमि आपैंmमा उर्वर–
कविवर माधव घिमिरेले जनकपुरको प्रकृति हेरेर भावुक हुँदै लेखेथे–
‘यही हो मेरो मिथिला
धरती शस्यश्यामला...।’
आहा, मिथिलानगरीको भूमि नै पुण्य, भू–स्वर्ग, उर्वर (शस्यश्यामला), कालो–कालो पवित्र माटो । शायद राम–सीताले टेकेर हो कि ?
सोच न विचारसँग जनकपुरधामको प्राचीन गरिमालाई देश÷देशान्तरसम्म पैmलाउनुपर्छ भनेर यहाँ बस्दा धेरै खोक्ने आशुतोष यादव, नारायण झा र पीताम्बर महतोहरु उज्ज्वल भविष्यको खोजीमा राजधानी पसेकोमा कसैले प्रश्न गर्ने ठाउँ नै भएन । तर, उनीहरुले जनकपुरधाममै बसेर देश र समाजका लागि दिएको योगदानलाई अवमूल्यन वा सीधै घृणा गर्दा भने मुटु भक्कानिएर आउँछ । जनकपुरबासीहरुलाई जनकपुर छाडेकाहरुले गरेको घृणा देख्दा वा उनीहरुले आपूmलाई शहरिया भनेर जनकपुरबासीहरुलाई संगत नपाएको जस्तो व्यवहार उनीको अन्तर्मनमा गढेर रहेको देख्दा माता जानकी कवि भूपिका धूपी र सल्लाहरुले जस्तै आँशु खसालेर रोइरहेकी छिन् ।
हामीले नदेखे पनि उनीहरुको ताल माता जानकीले त आप्mना दिव्यचक्षुले देखिरहेकी नै छिन्– आशुतोषको राजधानीको घट्टेकुलोमा डेरा, डेरा पाउन नसकेर राजविराजतिर घर भएको बताउने एक मित्रलाई कमिशन दिएर बल्ल–बल्ल पाएको डेरा, पेशा के हो पत्तो छैन ? छिँडीको अँधेरो कोठा, घरभेटीले बत्ती बढी बाले माथिबाटै चिच्याउने, ट्वाइलेट फोहोर भयो भनेर हरेक दिन जस्तै कोकोहोलो मच्चाउने, ट्वाइलेटको सानो ढोकाबाट अग्ला आशुतोष बानी नपरुन्जेल ठोक्किएर कतिपटक उनको टाउकोमा टुटिल्को उठेथ्यो । आजकाल बानी परेछ । भित्ताको चिसोले असर नगरोस् भनेर कोठाभरि पुराना पत्रिका टाँसेका, पानीको अभावले ननुहाएको त कति दिन भयो कति । तर, बाहिर देखिँदा, सुकिला–मुकिला र सधैंजसो टाईमा । तराईबाट जितेर आएका नेताहरुलाई देश निर्माणको सुझाव दिन्छु भनी टोल पिटेका थिए ।
अपरिचितसँग परिचय गर्दा हात मिलाएर भन्थे–‘म राजधानीको मुटु घट्टेकुलोमा बस्छु ।’
घर पनि बनाउनुभयो कि ?
‘छैन’– अहिले आरामदायी बसाइ छ, जनताको सेवा गर्दागर्दै भाग्य दाहिना भए बेर लाग्दैन ।
हा..हा..हा..–दुवै हाँस्छन् ।
यसरी राजधानीमा टाउको लुकाउने आशुतोषहरुले जनकपुर नछाड्दा यहाँका सम्पदाहरुको बखान गरेर थाक्दैनथे । आजकाल जनकपुर पुगेका बेला आप्mना साथीसंगीको विरोध गर्ने र जनकपुरमै बाँच्ने र यहीं रमाउनेहरुलाई घृणा गर्नेसम्मको भएका छन् । उनीहरुको प्रगति भनेकै यही हो । उनीहरुको विचारमा प्रगति गर्न जनकपुर छोड्नैपर्छ प्रगतिको पर्याय जनकपुरलाई घृणा गर्नु हो । भ्रमरपुरा चोक र गोदारका हाटबजारमा काम गर्ने आशुतोषका मित्रहरुले जनकपुरको घृणा गरेको सुन्दा ङिच्च हाँसेर जवाफ दिन्थे–‘खै हजुर आपूmले त केही गर्न सकिएन, हजुरको जस्तो प्रगति गर्न सकिएन ।’
आशुतोष कड्किन्थे– ‘जनकपुरमा बसेर पनि काहीं प्रगति हुन्छ ? प्रगतिको लागि त जनकपुर छोडेर हिंड्नुपर्छ ।’
जनकपुर छोडेर प्रगतिको रट लगाउनेहरुले सहपाठी, सहधर्मी मित्रहरुलाई ढाँटे पनि जानकी मातालाई किन ढाँट्न सक्थे र ?
आशुतोष र पीताम्बरहरुका डरलाग्दा जीवन देखेर माताका आँखामा बलिन्द्र आँशुका धारा बगिरहेका छन् । राजधानीका अँध्यारा कोठासहितको घर बनाउने घरभेटीहरुले पत्याउन छाडे पनि तिनीहरु कहाँ जाने ? जनकपुर जाउँ आपूmसरहका साथीहरु कोही पत्रकार, कोही सफल व्यापारी, कोही आधुनिक किसान, कोही के कोही के सबै आ–आप्mनै किसिमले कर्मशील । तर आशुतोषहरु घर न घाटका ।
देश सिस्टममा नचलुन्जेल मान्छेलाई उल्लु बनाएर खान पल्केकाहरु, छिँडीको अँध्यारो कोठालाई सर्वस्व ठान्ने तोरीलाहुरेहरु, धिक्कार छ तिमीहरुलाई जसले आप्mनो जन्मभूमिलाई लात मात्र हानेन, विरोध मात्र गरेन । आप्mनो गाउँ–ठाउँको उन्नति र जागरणमा लागेका साहित्यकार र पत्रकारहरुलाई समेत घृणा गर्छौं ?
जनकपुरधामलाई घृणा गर्ने वा जनकपुरबासीहरुलाई घृणा गरेर राजधानीमा परिचय खुलाउँदा पुख्र्यौली घर जनकपुर भन्नेहरु तिमीहरुको डुंगा समुद्रको बीचमा छ, मक्केर डुब्ने अवस्थामा पुगेको तिम्रो जहाज डुबेपछि तिमी कहाँ पुग्छौ ? नयाँ संविधान बनेर देश सिस्टममा हिंड्ने प्रयास गर्दै छ । नेताहरु अन्तिम सहमतिनजिक आइपुगेका छन् । राजधानीका घरभेटी हो तिमीहरुलाई हामी जनकपुरमा बसेर तोरीलाहुरेहरुकै शब्दमा घृणित पात्रहरुको बिन्ती छ–यी तोरीलाहुरेहरुलाई पत्याइदेओ । हामी जनकपुरमा बसेको भनेर घृणा गर्ने यिनीहरुप्रति हाम्रो सद्भाव यस मानेमा मात्र छ कि यिनीहरुले सृष्टिको प्रथम पाइलो यहीं टेकेथे । जानकी मन्दिर र राममन्दिरको संरक्षण हामी आपैंm गर्न सक्षम छौं । तर, उनीहरुको संकीर्ण संसार वा भनूँ छिँडीको अँधेरो कोठाबाट तिनीहरुलाई नगलहत्याऊ । हात जोडेर पुनः विन्ती छ–त्यहाँबाट डेराडन्डा उठ्यो भने उनीहरुको जाने ठाउँ काहीं हुँदैन । घाँटीको ‘टाई’ बेचेर खानेहरुलाई राजधानीका घरभेटी हो, घरबाट ननिकालिदेओ किनभने त्यहाँबाट थातथलो गुम्यो भने जनसाधारणले त्यो ‘टाई’लाई लाज ढाक्ने प्रथम वस्त्र लगौंंटी बराबर पनि गन्दैन ।



मिति ः २०७०÷८÷०२

बनौलीको विद्यापति डिहको उत्खनन आवश्यक– अवधेश चौधरी



अवधेश चौधरी
बाल चन्द विज्जावाइ भाषा दुहु नहि लागै दुज्जन हासा ।
ओ परमेसर हर सिर सोहई ई निच्चई नाअर मन मोहई ।।
शुक्रबार मिथिला साहित्यका महाकवि विद्यापतिको स्मृति पर्व समग्र मिथिलामा मनाईएको छ । सोही अवसरमा यस पटक पनि जनकपुरमा विद्यापति चौकमा विद्यापति स्मारकमा स्मृति पर्व विद्यापतिको शालिकमा फुलमाला लगाई मनाइएको छ । पुर्व राज्य मन्त्री संजयकुमार साह उक्त कार्यक्रमका प्रमुख अतिथि थिए ।
मैथिली साहित्यको आदि कवि विद्यापति जनसमाजमा मैथिली पद्यावलिको कारण अमर भई सक्नु भएको छ । तर वहाँ कवि मात्रै हुनु हुन थिएन् । वहाँ एकै संग कवि, शिक्षक, कहानिकार ऐतिहासिक भूवृतान्त लेखक, स्भार्तकार , धर्म कर्मको व्यवस्था दाता एवं कानुन को प्रमाणिक ग्रन्थहरुको लेखक हुनु हुन्थ्यो । महाकविले शिक्षा दिनको लागि पुरुष परीक्षा को रचना गर्नुभयो  कानुन को कितावको रुपमा वहाँले लिखनावलिको रचना गर्नु भयो । कीर्ति सिंह कसरी मुसलमानको हातबाट तितृ राज्य मिथिलाको उद्धार गर्नुभयो त्यसमाथि कीर्तिकलता नाउँको एउटा चमत्कारी ऐतिहासिक कथा लेखनु भयो । मिथिला देखि नेभिषारण्य सम्मको भुखण्डमा जति तिर्थहरु छन त्यसको पुर्ण विवरण दिदै भुपरिक्रमा नाउको एउटा भौगोलिक ग्रन्थ लेख्नुभयो । शिव शिंहको रणनैपुण्य र प्रेम नै पुण्य चित्रित गर्दै अवहठ्ठ भाषामा कीर्तिपताकाको रचना गर्नुभयो । स्मृतिको प्रमाण्य ग्रन्थको रुपमा शैव–श्र्वस्थ सार, दान वाक्यावली, र विशेष गरेर दुर्गाभक्ति तरंगिनीको अपुर्व रचना गर्नु भयो । कवि कोकिल सोनिपुण व्यवहार शास्त्रविदको रुपमा विभाग सार ग्रन्थको रचना गर्नुभयो । जसमा उत्तराधिकारी निरुपण आदिको व्यवस्था दिनुभएको छ ।
त्यस्तै युद्ध विग्रहको जीवन्त वर्णन पढेपछि के बुझनमा आउछ भने वहाँ युद्धमा समेत सक्रिय भाग लिनु हुन्थयो । महाकवि संगीत विधामा कति पारदर्शी हुनुहुन्थ्यो । त्यसको प्रमाण वहाँको रचित असव्य मैथिली पदहरुबाट थाहा हुन आउछ । भारतीय कवि कुलमा रविन्द्र नाथ को शिवाय अन्य कुनै कविमा यस्तो प्रतिभाको कुरा सुन्नमा समेत आएको छैन् । विद्यापति संस्कृत को गध्य, पध्यमा र अवहुठठ भाषामा एवं मैथिलीमा काव्यादि लेख्नु भएको छ ।
विद्यापति कुन सालमा , कति वर्ष को अवस्थामा कविता र निवन्धको रचना आरम्भ गर्नु भो कुन वर्षमा के लेख्नु भो र कति वर्ष सम्म जीवित रहनुभो यी कुराहरु लाई निश्चय पुर्वक जान्नु को कुनै उपाय छैन् । उहालेँ रचनु भएको पदहरु र ग्रन्थहरुमा उहाँको पृष्ठपोषक राजा, रानी, मन्त्री र सुलतानहरु नाम को उल्लेख्य देखिन्छ । उहाँहरुको काल निर्णय को आधारमा विद्यापतिको रचना र जीवनको धेरै जसो प्रधान घटनाहरुको समय निरुपण निर्भर गर्दछ र कति ठाउँमा तारीखयुक्त किताबहरु र शिलालेख बाट पनि कालनिर्णयमा सहयोग प्राप्त हुन्छ । जसमा लक्ष्मन सम्वत् मा काल–निर्दिष्ट भएको छ । निकै सम्भव छ राज वनौलीको राजा पुरादित्य को गढको उत्खन्नबाट यस दिशा मा धेरै प्रमाणिक आधारहरु भेटिने सम्भावना छ । अतः आवश्यक छ कि छिटो भन्दा छिटो यस गढको उत्खनन को लागि समस्त विद्यापति प्रेमी वाट प्रयास हुन प¥यो । यसैमा देशवासीहरु को कल्याण निहित छ ।
शिव सिंह को मृत्युको  पश्चात विध्यापति अखिमा देवी र वहाँ को अन्याय परिवारवर्ग हरुलाई लिएर २९९ ल.स. (१४१८ ई.सं.) को आस पास मा राजबनौलीमा राजा पुरादित्य को शरणमा आउनुभयो । यो राज बनौली हाल आधुनिक नेपालको महोत्तरी जिल्लामा पर्दछ । यो पुण्य स्थल जनकपुरधाम बाट ६ कि.मी. दक्षिणमा अवस्थित छ । त्यति बेला यो गाउ घना जंगलले सुशोभित थियो र यहाँ जलाशय को अभाव थियो । गाउलेहरुको आग्रहमा विद्यापतिले त्यहाँ ठूलो पुष्करिणी खुदावाउनु भयो र त्यसको यज्ञ गराउनु भयो । त्यतिबेला अर्जुन नामको एउटा बुद्ध मत का राजा जो सप्तरीका राजा थियो उसले आफ्नो मान्छे सहित मिलेर त्यो यज्ञमा विघ्न गर्न थाल्यो । पहिले त शास्त्रार्थ भयो अन्त मा युद्ध पनि भयो । त्यो युद्ध मा राज्या पुरादित्यको सहायता बाट बुद्धहरुलाई मारेर भगाइयो र उनको राजा पनि युद्धमा मारिए । यसरी सप्तरी परगना पुरादित्यका राज्यमा मिलाइए । त्यो ठुलो जलाशय अहिले पनि भरघरको अवस्था छदैछ । राजा पुरादित्य को दरवार को अगाडि त्यहि जलाश्यको डिलमा बसेर विद्यापतिले मैथिली भाषामा श्री भदभागवत लेखनु भयो । त्यही राजवनौलीमा अर्को पुस्तक लिखनावली पनि लेख्नु भो । यस्तो जन उपयोगी पुस्तकको प्रभाव नेपालको ऐन–श्रेस्तामा पनि भेटिन्छ । यसरी विध्यापति १४१८ ई. देखी १४३० ई. सम्म वनौलीमा रहनु भयो ।
धेरै दिन पछाडि यस जलाशयको जीर्नोधार मटिहानी को मान महन्थले गर्नु भएको थियो । त्यसै क्रममा त्यो जलाशयबाट एउटा लक्ष्मीनारायणको प्रतिमा प्राप्त भएको थियो । त्यो प्रतिमा मटिहानी लगियो र त्यहाँबाट पनि त्यो चरौत स्थानमा पुग्यो जो अहिले पनि त्यहाँ छदैछ । जो वनौली को लागि एउटा अपुर्णिय क्षति भएर गयो ।
यसरी यो गढको बारेमा धेरै जनश्रृतीहरु पनि सुनिन्छ । जस्तै यो गढ बाट साँझ विहान भजन किर्तनका स्वर निस्कनु, भोजन को समयमा सुगन्धीत भोजनको सुगन्ध निस्कनु र कहिले काहिँ त्यो क्षेत्रमा राती तिर पुण्य आत्मा हरुको दिव्य दर्शन हुनु इत्यादी छन् । त्यस क्षेत्रबाट अरु धेरै सामानहरु भेटिएका छन् । जस्तै एउटा शिवलिंङ, माटोको वर्तनहरुको अवशेषहरु, सुन, चाँदी को सिक्काहरु, वृहत आकारका ईटाहरुका पर्खालहरु, दरवारको भग्नावशेषहरु पोखरी इनारका अवशेष हरु इत्यादी छन् । त्यसैले उक्त डिहको राज्य पक्ष द्वारा उत्खनन गर्नु नित्तान्त आवश्यक छ । (लेखकः या.ल.ना. विद्यापीठ मटिहानीका सह–प्राध्यापक हुन् ।)


मिति ः २०७०÷८÷०२

निश्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन हुन्छ–कृष्ण बहादुर थापा, मुख्य निर्वाचन अधिकृत, धनुषा




तपाईको पत्रिका मार्फत सम्पुर्ण मतदाताहरुलाई म के आवहान गर्छु भने तपाईहरुको सुरक्षाको लागि रति भर पनि शंका नगर्नुस । कहि कतै शंका छ भने नजिकको सुरक्षा निकायलाई जानकारी गराउनुस । तपाईको एउटा मतले भोली राष्टू निर्माणमा ठुलो मद्दत पुग्नेछ । संविधान सधै बन्दैन । यो अवसरलाई सदुपयोग गर्नुस । आउनुस । धनुषाका मुख्य निर्वाचन अधिकृत तथा धनुषा जिल्ला अदालतका न्यायाधिश कृष्ण बहादुर थापासँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको वार्तालापको सम्पादित अंश प्रस्तुत छ ।

धनुषामा निर्वाचनको तयारी कस्तो छ ?
निर्वाचन तयारी वडा जोडतोडले अगाडी वढिरहेको छ । निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएर कर्मचारीहरुलाई नियूक्ती दिँदै ततपेटिका, मतपत्र दिने कम र कानुन बमोजिम पाउनु पर्ने आर्थिक सहयोग दिइसकेका छौं । यस अर्थमा मतदानको लागि हाम्रो पुर्ण रुपमा खटाइएको छ ।
कति जनशक्ति खटाइएको छ ?
मतदान अधिकृत देखि कार्यालय सहयोगी सम्मको कुरा गर्दा ४ हजार ६ सयको हाराहारीमा शिक्षक, निजामति कर्मचारी, संस्थान तर्फका कर्मचारीहरु खटाइएको छ ।
निर्वाचनमा मतदाता, उम्मेदवार र कर्मचारीहरु सुरक्षित रहने के तयारी गरिएको छ ?
आम धनुषावासी सँग के अनुरोध गर्न चाहन्छु भने यहाँहरु सुरक्षाको लागि पूर्णतः विश्वस्त रहनुस । मतदान गर्न नपाउने हो कि भन्ने असुरक्षाको कुनै पनि किसिमको भय नराखे हुन्छ । पहिलो फेजमा नेपाल प्रहरी,त्यसको पछाडी सशस्त्र प्रहरी र त्यसको पछाडी सेना गरी ३ लेयरको सुरक्षा छ । हरेक मतदान केन्द्रमा हाम्रो सुरक्षाको दृष्टि पुगेको छ । कहिँ कुनै पनि घटना भएको खण्डमा धनुषामा हाम्रो सुरक्षाकर्मी यहाँ सम्म की नेपाली सेना १५ मिनेट भित्र रस्क्यू गर्न सक्षम छन र घटनालाई काबुमा लिन सक्नेछ ।
विगतको चुनावहरुलाई हेर्दा मतदानका लागि खटेका कर्मचारीहरु पनि पुर्वाग्रही हुने गरेको पाइएको छ । यस पटक ४ मंसिरमा कर्मचारीहरु निश्पक्ष भएर कार्य सम्पन्न गर्लान भन्ने के आधार छ ?
मैले प्रशिक्षणको क्रममा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई प्रष्ट भनेको छु कि तपाईहरुको राजनीतिक आस्था कहिं हुन सक्छ तर अहिले राष्टूले हामीलाई तोकेको जिम्मेवारी हो स्वतन्त्र, निश्पक्ष र धाँधलीरहित चुनाव सम्पन्न गराउनु । यदि तपाई पुर्वाग्रही हुनु भयो भने सवभन्दा पहिला त्यही जनताले तपाईलाई सजाय गर्छ, त्यस पछि गएर अरु कानुन बमोजिम कारवाही गर्छ । उहाँहरुले मलाई पूर्णतः आश्वस्त पार्नुभएको छ कि पुर्वाग्रही काम कारवाही हुँदैन ।
धनुषामा पनि केही ठाउँमा वमहरु राखिएको पाइएको छ । फेरी मतदानलाई अहिले सम्म मतदाता परिचय पत्र वितरण गरिएको छैन । कसरी मतदान गर्ने मतदाताले ?
कुनै कुनै ठाउँमा एक दुईवटा शंकास्पद बस्तु राखेर भए त्रास गर्ने काम गरिएको छ । हाम्रो सुरक्षा निकाय अत्यन्त संवेदनशिल भएर तदारुकतामा साथमा लागिरहेको छ । मतदाता परिचय पत्र वितरण भयो भने त्यो लिएर मतदान गर्न पाइन्छ । कुनै कारण वस त्यो पाइएन भने अस्थायी परिचय पत्र नागरिकता, डूाइभिङ लाइसेन्स लिएर मतदान गर्न पाइन्छ ।
निर्वाचन आयोग यस माइनेमा अक्षम साविक भएकै हो, होइन ?
हेर्नुस पहिले निर्वाचन हुन्छ, हुँदैन भन्ने अन्यौल थियो । राजनीतिक रुपमा समयको व्यवस्थापन गर्न गाह्रो थियो । यति छिटो तयारी गर्नु पर्ने स्थिति थियो कि केही कमजोरी भयो ।
उम्मेदवारहरुले मत किन्नका लागि पैसा वितरण गरेको भनेर सुनिएको छ । निर्वाचन आचार संहिताको खुलेआम खिल्ली उडाइएको छ र पनि आयोग किन मौन बसेको हो ?
पैसा वितरण गरिएको भन्ने कुरा अमुर्त कुरा हो । हाम्रो नोटिसमा आएको छैन । रेड हेन्ड पक्रयो भने कानुन बमोजिम कारवाही हुन्छ । प्रष्ट प्रमाण आउनु पर्यो ।
चुनावमा विद्यालय, सार्वजनिक स्थल, वालवालिका प्रयोग गरिएको छ ।खसी काटेर भोज भतेर गरिएको छ । रंगीन पोष्टर , पर्चा, पमपलेट ठुल ठुलो साइजमा टाँसिएको छ । निर्वाचन आयोग त विल्कुलै निष्क्रिय जस्तो देखियो नि ?
होइन, तपाईले भन्नु भएको खसी काटेको भन्ने कुरा हाम्रो नोटिसमा आयो भने तुरुन्तै कारवाही गछौं । लिखित रुपमै उजुरी आएको आधारमा तीन वटा स्पष्टीकरण लिने काम हामीले गरेको छांै । पम्पलेछ टाँस्ने कुरामा, दृढ पर्वलाई म आफै उपस्थित भएर हटाउन लगाएको छु ।
नोमिनेशन भए देखि नै पोष्टरहरु टाँसिएको थियो र भर्खर तपाईले केही दिन अघि हटाउन लगाउनु भयो जनकपुरमा । तर गाउँहरुमा त यथावतै छ नि ?
हेर्नुस गाउँमा पनि हटाउन लगाइएको छ । एक दुई ठाउँमा होला तर हामीलाई पनि जानकारी आउनु पर्यो नि । विहान ६ बजे देखि राती ९ बजे सम्म कार्यालयमा काम गर्नु परेको छ । ४६ सय कर्मचारीलाई खटाउनु पर्ने देखिन्छ ।
वढी कार्यभार भएकै कारण आचार संहिता पालना गराउन नसकिएको हो ?
मैले त्यसो भन्न खोजेको होइन ।
एउटा उम्मेदवारले दर्जनौं गाडी कुदाइरहेको छन नि ?
एउटा सिस्टमले हेर्नु पर्छ । सबै कुरा मैले हेर्ने होइन । एउटा उम्मेदवालाई दुईवटा र जिल्लाको पार्टीलाई दुइवटा गाडीको अनुमति हामीले दिएका छौं । कुन उम्मेदवारले कति गाडी कुदायो भन्ने कुरा हेर्न मुख्य निर्वाचन अधिकृतले एउटा लठ्ठी लिएर हेर्दै जाने कुरा हुँदैन । गृह मन्त्रालयले चिठी दिएको छ , चेक जाँच कसले गर्ने त्यो त गरिदिनु पर्यो नि ।
सम्बन्धित निकायलाई तपाईले आदेश दिनु पर्छ नि ?
आदेश दिइएकै छ । कमुनले बोलिरहेको छ । म एउटा मुद्दा हेर्ने न्यायाधिश हो, कुनै मुद्दामा निर्णय गर्न मलाई आदेश लिइरहनु पर्छ र ? त्यो त मेरो जिम्मेवारी हो । त्यसै गरी त्यो त प्रहरी प्रशासनको काम हो । प्रहरी प्रशासनले पनि काम गरिरहेका छन तर साधन स्रोतको अभाव एका तर्फ छ भने सुरक्षा व्यवस्थालाई पनि ध्यान दिनु परेकाले केही अप्ठयाराहरु भएको हुन सक्छ । जानी बुझेर कसैले वाइपास त गर्दैन कमी कमजोरी छ । पुर्णरुपमा पालना हुनु पर्ने हो ।
आयोगलाई जानकारी दियो भने मात्रै जाग्ने हो कि आफैले पनि अनुगमन गरेर कारवाही गर्ने ?
अनुगमन त गरिरहेको छु नि । प्रत्येक गाडीको लाइसेन्स हेर्दै हिंडु त म ? टूाफिक प्रहरीले हेर्नु पर्ने हो ।
उम्मेदवारहरुले पनि जीवन मरणको सवाल बनाएको देखिन्छ । उनीहरुका तर्फबाट पनि हिंसा हुन सक्ने धाँधली हुन सक्ने अवस्था छ कि छैन ?
जीवन मरणको सवाल बनाउनु पर्दैन  । व्यक्तिगत रुपमा नै किन मर्नु पर्छ र ? निर्वाचनलाई नै मुख्य विषय बस्तु बनाएर गैर जिम्मेवार पुर्ण व्यवहार गर्नु भएन ।मलाई लाग्छ सबै पार्टी र उम्मेदवारहरु संवेदनशील छन । केही घटनालाई लिएर धेरै ठुलो शंक ागर्ने अवस्था छैन । अहिलेकै परिस्थितिलाई हेरेर भोली द्वन्दकै स्थिति आउँछ भनेर आँकलन गर्नु हुँदैन ।
मतदान गर्ने जाने कुनै पनि मतदाता असुरक्षित रहदैन ?
हो, कुनै पन िमतदाता असुरक्षित रहदैन । आफुले इच्छाएको उम्मेदवारलाई मत हाल्न सबै मतदाता आउनु पर्छ ।
ऐतिहासिक घडी हो , संविधान निर्माणका लागि मतदाताले दिएको मत अप्रत्यक्ष रुपमा धेरै ठुलो भुमिका खेल्छ । भोली देशलाई कस्तो दिशा निर्देश गराउने हो, त्यसको लागि मतदाताले चुनेको प्रतिनिधिको भुमिका रहने हुनाले मतदाताहरुको ठुलो जिम्मेवारी नैतिक दायित्व पनि हो । तपाईको पत्रिका मार्फत सम्पुर्ण मतदाताहरुलाई म के आवहान गर्छु भने तपाईहरुको सुरक्षाको लागि रति भर पनि शंका नगर्नुस । कहि कतै शंका छ भने नजिकको सुरक्षा निकायलाई जानकारी गराउनुस । तपाईको एउटा मतले भोली राष्टू निर्माणमा ठुलो मद्दत पुग्नेछ । संविधान सधै बन्दैन । यो अवसरलाई सदुपयोग गर्नुस । आउनुस ।
कसरी आउने बाटाहरु बन्द छन ?
 खुल्छन, सरकारले बाटोहरु खोलिरहेको छ ।
कसरी खुल्ने हो ? बाटोमा बमहरु राखिएको छ ?
छैन,त्यो त सुरक्षा निकायले काम गरिरहेको छ । बहाँहरुले मलाई विश्वस्त तुल्याउनु भएको छ ।
पछिल्लो संविधानसभाको चुनावमा धनुषामा सरदर ८ प्रतिशत मत वदर भएको थियो । यस पटक वदर मत घटाउन, मतदाता शिक्षा कार्यक्रम प्रभावकारी त भएको देखिएन नि ?
निर्वाचन आयोगले मतदाताहरुलाई मत दिनका लागि कसरी सदर हुन्छ र कसरी बदर हुन्छ भनेर स्वयं सेवक तथा कर्मचारीहरु खटाएको भनेर मलाई निर्वाचन कार्यालयले जानकारी गराएका छन । तपाइले धेरै नै महत्व पुर्ण प्रश्न उठाउनु भयो । हो, साच्चै मेरै निर्वाचन क्षेत्र ४ मा ६२ जना उम्मेदवारहरु छन ।
मतदाताहरु मत दिँदा झुक्किन सक्छन । आयोगले मात्रै नभएर राजनीतिक दलहरुले पनि अभियान चलाएर त्यसतर्फ लाग्नु पर्छ । सायद वहाँहरुपनि गम्भीरता पुर्वक लाग्नु भएकै होला । मतदाताहरु पनि पहिलेको तुलनामा अहिले वढी सचेत हुनुभएको छ । आफ्नो उम्मेदवारलाई आफ्नो मत राम्ररी खसाल्नु हुनेछ भन्नेमा हामी विश्वस्त छौ ।
धनुषामा कति प्रतिशत सम्म मतदान हुन सक्ने अनुमान गर्नुभएको छ ?
६० देखि ७० प्रतिशत सम्म धनुषामा मतदान हुने मैले अनुमान गरेको छु ।






मिति ः २०७०÷८÷०२

नेता , जनता र चुनाव –अनुज मिश्र


नेता , जनता र चुनाव –अनुज मिश्र

घरको बाटो एक्लै हिड्दै एक चुनावी कोण सभा सम्झिन्छु । मेरो अग्रज, समकालीन सहपाठीहरुको तर्क( बितर्कहरु याँद आउछ ।  त्यस प्रचार( प्रसारलाई अत्यन्त भावुक भएर सुन्ने ती लोकहरु याद आउँछन । कसरी तिनका भावनामाथि जोड दिएर बक्ताहरुले उनलाई आकर्षित गरेको सम्झिन्छु ,मधेस भन्दै  कति सरलताका साथ राजनीति गर्न सकिन्छ भन्ने लाग्छ ,निर्मल शब्द संग गरिएको खेलवाड सम्झिन्छु ,मानिस कसरि यसपालिको चुनाव एक  विभेदकारी नीति बिपरित रहेको सुन्दा तालि ठोकेको याद आउँछ  ,  मलाई लाग्छ हाम्रो भावनालाई मुल्यांकन गर्ने ब्यक्तिहरु हाम्रा अगाडी उभिदिएका छन । लाग्छ भन्ने र सुन्ने बीच अब केहि बाँकी रहेनन , साँचो हृदय र मनले कुनै अभियानमा भाग लिँदा जित अवश्य पनि हाम्रै हुन्छ तर त्यो त चुनावमा कहिल्यै लागु हुदैन , म कुनै नेता हैन ,  नेताले गरेको  भाषण भन्दा बरु हाम्रा एक दाईले गरेको निस्स्वार्थ उद्गगारहरु र ०६४को मधेस चित्रण मलाई मन परेको याद गर्छु । ती सार्थक सत्य जसलाई सबैले बिगत माने, म सबैमा त्यस प्रतिको झुकाव हेर्न चाहन्छु , सहिद र बिदेशिएका आन्दोलनकारीहरुको सम्झनामा  परिवर्तनकामी मधेस बनेको देख्न चाहन्छु, तर कोण सभाको एक कुनामा परिवर्तन सिमित छ लाग्छ ।
बिगतको संबिधान सभाको निर्वाचनले मौलाई गएका मधेसी मन अब फेरिपनि फक्रिन्छ्न भन्ने लाग्दैन , त्यसपाली सबैमा एकै होड थियो , संबिधान लेखन नै एक जोड थियो तर त्यसलाई बंग्याएर तिनै मधेसी नेताहरुले गर्दा आज मधेस कमजोर परेको छ ,आज फेरी त्यही मधेसी मुखौटामा खसवादी सोंच लुकेको छ, तर म संबिधान बनाएरै छाड्छु, म विकास गर्छु,म मधेसलाई संघीयतामा लानेछु, हक अधिकार सुनिश्चित गरेरै छाड्छु , अबका जनता प्रलोभनमा पर्ने छैनन उनले आफ्नो हकहित आफै सोच्ने छन र मलाई मात्र वोट दिने छन भन्छन र तालि बज्छ । आदरणीय उम्मेदवार ज्यू फेरी थप्छन मैले गर्दा यो भो ,मैले नै गर्दा त्यो भो तर संबिधान बनाउनमा बाधा भनेको अर्कै थिए क्ष्सबै राम्रा मैले गरे , सबै नराम्रा खस पहाडियाले गरे , म मूकदर्शक झैँ सुन्छु । नेता ज्यू एक ग्लास पानी पिउछन र फेरी गर्जरिहन्छन   , चिया र   बिस्कुट एकजना हामीतिर पनि पस्किन्छन । म कानमा तेल हालेर बसिरहन्छु , केहीबेरमा सभा समाप्त हुन्छ । सबै हिड्न थाल्छन , पंक्तिबद्ध भएर गाडीहरु उभिन्छन र लस्कर एक (एक गरेर गाडीहरुमा कोचिन थाल्छन , जिन्दाबाद १ जिन्दाबाद १ को नारा लगाउदै त्यो गाडीहरु बजार भएर निसक्नछन , मानिसहरु सभाबाट उठ्दा पो थाहा हुन्छ म मात्र एउटा बाहिरी दर्शक थिए बाँकी सबै त नेता ज्युकै  संगैरहेकाहरु बसेर सुन्दै थिए । आजभोली फ्रीमा को हुन, यी नेताहरुलाई सुन्ने ? समाजप्रेमी, शिक्षाप्रेमी , प्रेसले पनि सायदै मन   पराउलान । म बेवकूफ झैँ त्यो जुलूसमा थिए । तर पनि पछि गर्दै उनी  रुकेको ठाउँ घर(दैलो हेर्न जान्छु , कतीले ढोका खोल्दैनन, कोहि छतबाटै बोल्छन, नेता ज्यू तै पनि सुपर एक्टर झैँ हात जोडेर वोट माँग्दै अगाडी बढ्छन । केहि छिन पछाडी सबैं गाडीमा बसेर प्राचार(प्रसारको मूल कार्यालय तिर गाडी मोडछन , म पनि पछि लाग्छु र त्यहि पुग्छु । त्यहाँ   पुरुष , महिला,अपांग,दलित जनजाती,मुस्लिम आदि देख्छु मन पुलकित हुन्छ । समावेशी भनेको त यी नै हुन सोच्छु ।  
त्यहाँ सबैले पहिले खाना खान्छन र रक्सी पिउछन अनि चर्को बहस सुरु हुन्छ । हरेक जातका ठेकेदारहरुको जमघट हुन्छ, क्लवहरुका पदाधिकारीहरुको समेत उपस्थिति हुन्छ ,   तालमेलका कुरा उठ्छन सबैलाई समर्थन गर्न कसम खुवाइन्छ , अनि बोट जोडिन्छ र अन्ततः स्वजातीय समीकरणमाथि   बिशेष जोड दिइन्छ । डमी्ु उम्मेदवारलाई किनिन्छ , आफ्नो जातका उम्मेदवारलाई  आफूलाई समर्थन गर्न लगाईन्छ । नेता ज्यू पेग लगाउदै र दिन भर गरेका भाषणहरु सम्झेर साथीहरु बीच खुब हाँसेको देख्छु , अनि क(कसलाई कति रकम खर्चेको हिसाब जोडछन र भन्छन संबिधान भन्दा पहिला मैले भोट किन्न खर्चिनुपरेको पैसा कसरी आउँने भन्ने सोध्छन आफ्ना कार्यकर्ता संग र उनले जोडाइदिदाँ लामो सांस फेर्दै भन्छन अब यसपाली फरवार्ड र बेकवार्ड दुई वटैमा पैसा बाड्नु पर्छ । पैसाको गद्दीहरु एजेन्टलाई दिदै भन्छन जसरि पनि अब मलाई जित्नु छ , फोन हुन सुरु हुन्छ, ठुला देखि सानाहरु आउन सुरु हुन्छ । कसैले नेताज्यू संग मतभेदका कुरा गर्छन ,  त कसैले आफ्नो भवना प्रकट गर्छन , सबैको इच्छा पूर्ति गरिन्छ । फर्किने बेला सबैको निधार टल्केको देख्छु ।
रातारात चुनावको मुख फेरिन्छ ,मलाई नेता ज्यूको र  ठेकेदारहरुको त्यस्तो बिकराल रुप हेरेर एउटा हिन्दी दक्षिण सिनेमाको एक दृश्य याँद आउँछ । त्यो फिल्मको अभिनेता नेताले जनमानसमा रुपिया बांर्डे चुनाव जित्छन र जिते पछी मनपरी भ्रस्टाचारी गर्छन र जब त्यसको बिरोधमा जनताहरु त्यस नेता अभिनेता को घर अगाडी चर्को स्वरमा प्रदर्शन गर्छन तब नेता स्वयं घर बाहिर निस्केर तीनलाई हिर्काउदै भन्छन (आखिरमा मैले तिमीहरुमा खर्चेर किनेको हो यो पद र म यो पदमा बहाल हुदाँ त्यही पैसा कमाउन मैले गरेको भ्रस्टाचारको बिरोध गर्ने अधिकार पैसा खाएर, जात हेरेर , आफन्त हेरेर वोट दिने कसैलाई हैन १ असल मानिस र एक्लो मानिसलाई सुरुमै हराइदिने गरिन्छ । उनलाई प्रतिस्पर्धी नै मानिन्न । सोच्छु यो पाली पनि यदि जनताले होश नपुगाए, कसरी बन्ला संबिधानरु बनेपनि जो आफैले खर्चिनेलाई ठुलो नेता भन्छन उनलाई   किन चाहियो, संबिधान रु हामीले को सही र को गलत छुट्टयाउन तिनलाई राम्ररी बुझ्नुपर्छ, सुन्नु पर्छ, आफूलाई  संग्किर्नता भन्दा माथि उठेर , लोभमा नपरेर युक्तिसंगत सोचलाई अगाडी सार्नु पर्छ । यी कुरा सोच्दै आफ्ना छोरा(छोरीले पनि संबिधान पाऊन जिबनमा बराबरीको हक पाऊन भन्ने सोचीरहदाँ हजारौंको संख्यामा चुनावी रैली गएको देख्छु तर जुलूस भन्दापनि जागरण जरूरी बुझ्दै हिंडिरहन्छु । घर पुग्दा अर्को पार्टीका नेत्ताहरुले घरदैलो गरेको देख्छु ।




मिति ः २०७०÷८÷०२

चुनाव लक्षित धनुषामा सुरक्षा व्यवस्था कडा



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मंसिर ४ गते आसन्न संविधानसभाको दोस्रो निर्वाचनलाई लक्षित गरेर धनुषामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित जिल्ला सुरक्षा समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, म्यादी प्रहरी र नेपाली सेना र राष्टिूय अनुसन्धान विभागका कर्मचारीलाई परिचालन गरेको छ ।  धनुषाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली भन्छन,“गृहमन्त्रालयबाट प्राप्त भएको केन्द्रिय सुरक्षा योजना अनुसार हामीले पनि जिल्ला सुरक्षा योजना तयार गरेका छौं । निर्वाचन अघि, मतदान दिन र मतदान पछि गरी तीन भागमा सुरक्षालाई विभाजन गरेका छौं । प्रत्येक निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीको वेस क्याम्प रहन्छ । नेपाल प्रहरीका अहिलेको युनिटका साथै थप प्रहरीलाई खटाएर सुरक्षा व्यवस्था मिलाइएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा नेपाल प्रहरीका बाहेक ८ वटा सशस्त्र प्रहरीको टोली, ३ वटा नेपाली सेनाको टोली परिचालन गरिएको छ ।”
जिल्लामा निर्वाचन सुरक्षाकै लागि प्रशासनले एउटा अलग्गै टेलिफोन नम्बर प्रदान गरेको छ । अरु सम्पर्क नम्बरहरु इन्गेज हुन सक्ने भएकाले निर्वाचनकै लागि भनेर जिल्ला प्रहरी कार्यालयमा छुट्टै ९८५४०२७१०३ भन्ने नम्बर व्यवस्था गरिएको हो । यो नम्बर वारे सबै उम्मेदवारलाई पनि जानकारी गराईएको छ ।
सुरक्षा घेराको कुरा गर्दा अहिले सेनाले ‘फ्ल्याग मार्च’ प्रत्येक निर्वाचन क्षेत्रमा गर्दैछ । ३० देखि ४० जनाको सेनाको टुकडी प्रत्येक निर्वाचन क्षेत्रमा परिचालन भएको छ । मतदान स्थलमा तेस्रो घेरामा रहेर सेनाले सेक्युरिटी दिन्छ । प्रजिअ मैनाली भन्छन,“ सेना परिचालन भएको विषयमा आम मतदाताले केही चिन्ता गर्नु पर्ने अवस्था पनि छैन र आत्तिनु पनि पर्दैन । सुरक्षा भनेको नेपाल प्रहरीबाट नै हुन्छ, त्यो भन्दा वाहिर सशस्त्र प्रहरीबाट र त्यो भन्दा पनि आउटर घेरामा मात्र हो सेना । व्याक(अपको रुपमा मात्र रहन्छ सेना ।सेनाले पक्राउ गर्दैन । कानुन बमोजिम कारवाही गर्ने भनेको नेपाल प्रहरीले मात्रै हो । सेना व्याक फोर्सको रुपमा सपोर्टको लागि मात्र रहन्छ ।”
१ मंसिर साँझ सम्म प्रत्येक निर्वाचन क्षेत्रमा रहेको मतदान केन्द्रहरुमा निर्वाचन सामग्री निर्वाचन आयोगको समन्वयमा पुरयाईसकिएको भन्दै धनुषा प्रहरी प्रमुख उत्तम राज सुवेदी भन्छन,“ २ गते देखि ४ गते सम्म सिमावत्ती नेपाल भारतको बोर्डर सिल गरिएको छ । मादक पदार्थ विक्री वितरण मत गणना नहुनजेल सम्म दिनमा पनि पुर्णतः प्रतिवन्धित गरिएको छ ।” बन्दलाई लक्षित गरेर राजमार्गमा कुनै पनि किसिमको उत्छृङखल घटना हुन नदिन भरपर्दो सुरक्षा व्यवस्था मिलाउनुका साथै अन्य ठाउँहरुमा पनि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी उपरीक्षक सुवेदीले बताएका छन ।
निर्वाचनमा सुरक्षा व्यवस्थाको अनुगमन गर्नको लागि स्थानिय प्रशासन ऐन अनुसार प्रमुख जिल्ला अधिकारी द्धारा अख्तिियारी प्राप्त उपसचिवको नेतृत्वमा तीन जनाको सिभिल टोली खटाइएको छ ।
धनुषामा १ सय २६ मतदान स्थल अतिसंवेदनशिल
निर्वाचन वहिष्कार तथा विथोल्ने रणनीतिका साथ आन्दोलित मोहन वैद्य नेतृृत्वको नेकपा(माओवादी सम्मिलित विभिन्न राजनीतिक दलहरुको संयुक्त मोर्चा र मधेस केन्द्रित भुमिगत सशस्त्र संगठनहरुको गतिविधिलाई केन्द्रिकृत गरी नेपाल सरकारले देशभरीको १६ वटा जिल्लाहरुलाई अतिसंवेदनशिल क्षेत्रको रुपमा लिएको अवस्थामा धनुषा पनि सुरक्षाको दृष्टिकोणले अति नै संवेदनशिल जिल्लाको रुपमा पर्दछ । भारतको बोर्डरसँग सिमा जोडिएको तथा खुल्ला सिमा रहेको, विगतमा भुमिगत समुहहरुको गतिविधि वढी हुने स्थल, राजनीतिक हिसावले वढी चलखेल हुने तथा विगतको संविधानसभाको निर्वाचनको अवस्थाका आधारमा धनुषा जिल्लालाई अतिसंवेदनशिल क्षेत्रको रुपमा लिईएको धनुषाका प्रहरी नायव उपरीक्षक संतोष सिंह राठौडले बताएका छन । कुल ३ सय ८ मतदान स्थल रहेको धनुषा जिल्लामा १ सय २६ मतदान स्थल अतिसंवेदनशिल, १ सय १६ मतदान स्थल संवेदनशिल र ६६ मतदान स्थललाई सामान्य गरी तीन भागमा नेपाल प्रहरीले वर्गिकरण गरेको छ । भौगोलिक विकटता, छिमेकी जिल्लासँग जोडिने सिमाना, सदरमुकामबाट व्याकअप पुग्न टाढा भएको आधारमा धनुषाको क्षेत्र नंं.१ मा २३, क्षेत्र नं.२ मा १६, क्षेत्र नं.३ मा १५, क्षेत्र नं. ४ मा १, क्षेत्र नं.५ मा २३, क्षेत्र नं. ६ मा २३ र क्षेत्र नं. ७ मा २५ गरी कुल १ सय २६ मतदान स्थललाई जिल्ला प्रहरी कार्यालय धनुषाले अतिनै संवेदनशिल क्षेत्रको रुपमा लिएको हो । जनकपुर नगरपालिका भित्र व्याकअप फोर्स तत्काल उपलब्ध हुने हुनाले ४ नम्बर क्षेत्रमा एउटा मतदान स्थललाई मात्र अति संवेदनशिल क्षेत्रको रुपमा लिइएको डिएसपी रोठौडले बताएका छन । त्यसैगरी क्षेत्र नं. १ मा १९ संवेदनशिल र ६ सामान्य, क्षेत्र नं. २ मा २० संवेदनशिल र ६ सामान्य, क्षेत्र नं. ३ मा १० संवेदनशिल र १९ सामान्य, क्षेत्र नं. ४ मा २६ संवेदनशिल र १८ सामान्य, क्षेत्र नं. ५ मा १२ संवेदनशिल र ८ सामान्य, क्षेत्र नं. ६ मा १५ संवेदनशिल र ९ सामान्य र क्षेत्र नं.७ मा १४ संवेदनशिल तथा एउटा पनि सामान्य नरहेको गरी कुल १ सय १६ मतदान स्थल संवेदनशिल तथा ६६ मतदान स्थल सामान्य रहेको नेपाल प्रहरीको भनाई छ । क्षेत्र नं. १ मा २ सय ४२, क्षेत्र नं. २ मा २ सय ८, क्षेत्र नं.३ मा २ सय ७, क्षेत्र नं. ४ मा २ सय ३, क्षेत्र नं. ५ मा २ सय २१, क्षेत्र नं.६ मा २ सय ३४ र क्षेत्र नं. ७ मा २ सय १८ गरी कुल १ हजार ५ सय ३३ नेपाल प्रहरी मतदान स्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि खटिएका छन । जिल्ला प्रहरी कार्यालय सुरक्षाका लागि २ सय, रिजर्भमा निर्वाचन सेलका लागि ३० जना र अन्य भैपरिका लागि १ सय गरी कुल २ हजार प्रहरी धनुषामा परिचालित भएका छन । १ हजार प्रहरी कर्मचारीको दरबन्दी रहेकोमा कुल १ हजार प्रहरी अञ्चल प्रहरी कार्यालय जनकपुर, टूाफिक फिल्ड, गुल्म जनकपुर, सशस्त्र प्रहरी गण रातोमाटी हेटौडा, दङ्गा गण, प्रहरी प्रधान कार्यालय महराजगंजबाट थप मद्दत भएको डिएसपी राठौडले जानकारी दिएका छन । हाल १ जना थप डिएसपी प्रकास चन्द, १३ जना हालको र थप ११ गरी कुल २४ प्रहरी निरीक्षक, सई,असई, हवलदार समेतको कमान्डमा प्रहरी परिचालन गरिएको छ । अतिसंवेदनशिल र वढी मतदाता संख्या भएको मतदान स्थलमा प्रहरी निरीक्षक, तथा सामान्य र कम मतदाता संख्या रहेको ठाउँमा असई र हवलदार समेतको कमान्डमा प्रहरी परिचालन भएको डिएसपी राठौडले बताएका छन । नेपाल प्रहरीलाई सहयोग गर्न १ हजार ५ सय ३३ म्यादी प्रहरी पनि विना हतियार परिचालित भएका छन ।
धनुषामा ११ सय सशस्त्र प्रहरी परिचालन 
निर्वाचनलाई लक्षित गरेर नेपाल प्रहरीलाई थप मद्दतको लागि व्याकअप फोर्सको रुपमा हतियार, ढाल र लठ्ठी सहित कुल १ हजार १ सय सशस्त्र प्रहरी बल धनुषामा परिचालन भएका छन । धनुषाका सशस्त्र प्रहरी उपरीक्षक सुवर्ण थापा मगरको कमान्डमा कुल ८ जना डिएसपी, १ सय ३० जना सशस्त्र प्रहरी निरीक्षक लगायतका टोली परिचालन भएका छन । जिल्ला निर्वाचन सुरक्षा वेशको कमान्ड डिएसपी दिपक विष्ट, क्षेत्र नं. १ मा यदुकोहामा डिएसपी राजकुमार श्रेष्ठ, क्षेत्र नं. २ मा सोनीगामामा डिएसपी कृष्ण कर्माचार्य, क्षेत्र नं. ३ मा फुलगामामा डिएसपी दलबहादुर श्रेष्ठ, क्षेत्र नं. ४ मा जनकपुर चुरोट कारखानामा डिएसपी प्रेम प्रसाद सिग्देल, क्षेत्र नं. ५ मा सपहीमा डिएसपी संतोष बस्नेत, क्षेत्र नं. ६ मा रघुनाथपुरमा डिएसपी निर्मल थापा र क्षेत्र नं. ७ मा नक्टाझिझमा डिएसपी प्रेम प्रसाईको कमान्डमा सशस्त्र प्रहरी परिचालित भएका छन । प्रत्येक निर्वाचन क्षेत्रमा १ सय ३० जना सशस्त्र प्रहरी खटेका छन । यसका अतिरिक्त ३ वटा स्टूाइकिङ र दुई वटा मोवाइल टोली गरी पाँच वटा टोलीमा कुल १३(१३ जनाका दरले सशस्त्र प्रहरी परिचालन गरिएको छ । एउटा टोलीले २ देखि ३ वटा गाविस सम्म प्रहरी निरीक्षक र प्रहरी नायव निरीक्षकको कमान्डमा घनिभुत रुपमा पटूोलिङका लागि परिचालन भएको हो । विशेष गरी शान्ति सुरक्षालाई थप बलियो बनाउन र संविधानसभाको चुनावकै दिनमा नेपाल प्रहरी मतदान केन्द्र भित्र सिमित रहने हुँदा बाहिर कुनै पनि उच्छश्रृङखल क्रियाकलाप गर्नेलाई समेत नियन्त्रण गर्न स्टूाइकिङ टोली गठन गरिएको हो । सिमामा कडा सुरक्षा व्यवस्था मिलाउन तथा छिमेकी मुलुक भारतबाट भुमिगत समुह वा अपराधी नआवोस भन्नका लागि सशस्त्र प्रहरीले सिमावर्ति ति भारतका एसएसवी सँग समन्वय गर्नुका साथै बोर्डर एरियालाई सिल गर्ने भएका छन । बोर्डरमा सुरक्षाका निम्ति फुलगामा, जटही, धनौजी र खजुरी गरी ४ वटा बोर्डर आउटपोस्ट (विओपी) का साथै महिनाथपुर र बौहरवामा गरी थप दुई वटा स्टूाइकिङ टोली गठन गरिएको हो । धनुषा जिल्लामा ५ सय १५ जना नेपाली सेना खटाइएको हो ।



मिति ः २०७०÷८÷०२

धनुषामा ७ सिटका लागि ३३४ मैदानमा



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
 संविधानसभाको निर्वाचनको लागि उम्मेदवारहरुको अन्तिम प्रचार(प्रसारका लागि निर्वाचन आयोगद्वारा तोकिएको मिति १ मंसिरसम्म विभिन्न उम्मेदवारहरुले धनुषामा अन्तिम चुनावी सभा गरेका छन । यसपटक ४ मंसिरमा संविधानसभाको दोस्रो निर्वाचनको मिति तोकिएको छ । आसन्न चुनावका लागि धनुषामा यस पटक क्षेत्र नं. १ देखि ७ सम्म क्रमशः ४०, ४१,५३,६२,५६,४२ र ४० गरी कुल ३ सय ३४ जना उम्मेदवारले पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) अन्तरगत उम्मेदवारी दर्ता गराएका छन । पछिल्लो पटक २८ चैत्र २०६४ मा समपन्न भएको पहिलो संविधानसभाको निर्वाचनमा  क्षेत्र नं. १ देखि ७ सम्म क्रमशः २०,२४,२९,३४,२३,२१ र २४ गरी कुल १ सय ७५ जनाले उम्मेदवारी दिएका थिए । तथ्याङकको आधारमा यस पटक धनुषामा करिब दुई गुणा वढी उम्मेदवारले उम्मेदवारी दिएका छन ।
२५ देखि ३० प्रतिशत मत ल्याए विजयी हुने सम्भावना
पछिल्लो संविधानसभाको चुनावमा मतदान भएको कुल मत मध्ये धनुषामा औषत २५ देखि ३० प्रतिशत सम्म मत ल्याउने हरु विजयी भएको थियो । ४ लाख ६३ हजार २ सय २५ कुल मतदाता रहेको धनुषामा २ लाख ८८ हजार ५ सय २८ मत कुल मतदान भएकोमा कुल २ लाख ६६ हजार २ सय ३८ मत सदर भएको थियो भने २२ हजार २ सय ९८ मत बदर भएको थियो । यस पटक धनुषाको कुल ७ निर्वाचन क्षेत्रमा ३ सय ८ मतदान स्थल र ५ सय ५४ मतदान केन्द्रमा कुल ३ लाख ३७ हजार ६ सय ९३ मतदाता रहेका छन । विगतको निर्वाचन भन्दा यस पटक मतदाता संख्या घटेको र उम्मेदवारहरुको संख्या वढेको कारण कडा प्रतिस्पर्धा वढ्ने भएपछि औषत २५ देखि ३० प्रतिशत सम्म मत ल्याएमा विजयी हुने अनुमान गरिएको छ ।
पछिल्लो संविधानसभाको चुनावमा क्षेत्र नं. १ बाट एमालेका उम्मेदवार रामचन्द्र झाले मतदान भएको कुल मत मध्ये ३१.९९ प्रतिशत मत ल्याई विजयी भएका थिए । माओवादीका जोग कुमार बरबरिया यादवले २५.२३ प्रतिशत, फोरम नेपालका गजाधर रोहिता यादवले १६.३ प्रतिशत र नेपाली कांग्रेसका स्मृति नारायण चौधरीले १४.०६ प्रतिशत मत ल्याएका थिए भने अन्य उम्मेदवारहरुको मत प्रतिशत २ भन्दा पनि कम रहेको थियो । त्यसैगरी क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका रामकृष्ण यादवले २७.२५ प्रतिशत मत ल्याई विजयी भएका थिए । माओवादीका रामचन्द्र मण्डलले २२.७९ प्रतिशत, एमालेका रत्नेश्वर गोइत यादवले १८.०८ प्रतिशत, तमलोपाका परमेश्वर साह सुडीले १२.४५ प्रतिशत, फोरमका पवन कुमार झाले ९.८२ प्रतिशत मत ल्याएका थिए भने बाँकी उम्मेदवारहरुको मत प्रतिशत २ भन्दा पनि कम थियो । क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका विमलेन्द्र निधिले ४०.१ प्रतिशत ल्याई विजयी भएका थिए । एमालेका हरिदेव मण्डलले २५.५७ र तमलोपाका अमरेश नारायण झाले १७.७८ प्रतिशत मत ल्याए पनि बाँकी अन्य उम्मेदवारहरुको मत प्रतिशत ५ भन्दा कम रहेको थियो । त्यसैगरी क्षेत्र नं. ४ मा फोरमका संजय कुमार साहले ३४.९३ प्रतिशत मत ल्याई विजयी भएका थिए । एमालेका रघुविर महासेठले २४.१६ प्रतिशत, तमलोपाका वृषेश चन्द्रलाल ले १२.९२ प्रतिशत र नेपाली कांग्रेसका लिला कोइरालाले ११.३६ प्रतिशत मत ल्याएपनि बाँकी उम्मेदवारहरुको मत प्रतिशत ५ भन्दा कम रहेको थियो । त्यसैगरी क्षेत्र नंं. ५ मा नेपाली कांग्रेसका रामबरण यादवले २८.३४ प्रतिशत मत ल्याई विजयी भएका थिए । तमलोपाका श्रीकृष्ण यादवले २७.०१ प्रतिशत, एमालेका रामरतन यादवले १४.९६ प्रतिशत र माओवादीका महादेव यादवले १२.४७ प्रतिशत मत हासिल गरेका थिए भने अन्य बाँकी उम्मेदवारहरुको मत प्रतिशत ६ भन्दा कम रहेको थियो । त्यसैगरी क्षेत्र नं. ६ मा माओवादी की रामकुमारी देवी यादवले २९.३ प्रतिशत मत ल्याई विजयी भएका थिए । कांग्रेसका प्रेम किशोर प्रसाद साहले २२.५७ प्रतिशत, एमालेका योगनारायण यादवले २२.५२ प्रतिशत ल्याएका थिए भने बाँकी अन्य उम्मेदवारहरुको मत प्रतिशत ९ भन्दा कम रहेको थियो । त्यसै गरी क्षेत्र नं. ७ मा एमालेका शत्रुधन महत्तोले ३०.०६ प्रतिशत मत ल्याई विजयी भएका थिए । कांग्रेसका आनन्द प्रसाद ढुङगानाले १९.३२ प्रतिशत, माओवादीका जागेश्वर महत्तो कोइरीले ११.३९ प्रतिशत मत ल्याएका थिए भने बाँकी उम्मेदवारहरुको मत प्रतिशत ९ भन्दा कम रहेको थियो ।
सवै क्षेत्रमा कडा प्रतिस्पर्धा
यस पटकको निर्वाचनको लागि क्षेत्र नं. १ बाट कुल ४० जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएपनि एमाओवादीका रामचन्द्र झा, नेपाली कांग्रेसका दिनेश परसैला यादव, फोरम लोकतान्त्रिकका उमाशंकर अरगरिया, एमालेका रत्नेश्वर लाल गोइत र स्वतन्त्र उम्मेदवार जोगकुमार बरबरिया यादव बीच प्रतिस्पर्धा देखिदै छ । त्यसैगरी क्षेत्र नंं.२ बाट कुल ४१ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएपनि नेपाली कांग्रेसका रामकृष्ण यादव, एमाओवादीका रामचन्द्र मण्डल, एमालेका भोला साह, तमलोपाका परमेश्वर साह र नेपाल सदभावना पार्टीका राजीव झा बीच कडा प्रतिस्पर्धा देखिएको छ । त्यसैगरी क्षेत्र नंं. ३ बाट कुल ५३ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएपनि नेपाली कांग्रेसका विमलेन्द्र निधि, राष्टिूय मधेस समाजवादी पार्टीका राजु चौधरी, एमालेका जुली महत्तो र एमाओवादीका हरिदेव मण्डल बीच कडा प्रतिस्पर्धा देखिदै छ । त्यसै गरी क्षेत्र नंं. ४ बाट कुल ६२ जना उम्मेदवारले उम्मेदवारी दिएपनि सदभावनाका संजय कुमार साह, नेपाली कांग्रेसका रामसरोज यादव, तमलोपाका वृषेशचन्द्र लाल, एमालेका श्रीप्रसाद साह, फोरमका रामस्वार्थ राय,राष्टिूय मधेस समाजवादी पार्टीका मनोज चौधरी र स्वतन्त्र उम्मेदवार राजदेव मिश्र बीच प्रतिस्पर्धा देखिदै छ । क्षेत्र नं. ५ बाट कुल ५६ जना उम्मेदवार रहे पनि तमलोपाका अनिता यादव, कांग्रेसका चन्द्रमोहन यादव, एमालेका रघुविर महासेठ, एमाओवादीका विजय यादव बीच कडा प्रतिस्पर्धा देखिदैछ । क्षेत्र नंं. ६ बाट कुल ४२ जना उम्मेदवारले उममेदवारी दिएपनि कांग्रेसका प्रेम किशोर प्रसाद साह, एमाओवादीका बोधमाया यादव, एमालेका योगनारायण यादव र राप्रपा नेपालका मनोज मल्ल ठकुरी बीच प्रतिस्पर्धा देखिदैछ । क्षेत्र नं. ७ बाट कुल ४० जनाले उम्मेदवारी दिएपनि एमालेका शत्रुधन महत्तो, एमाओवादीका रामकुमार महत्तो, कांग्रेसका बासलाल महत्तो र स्वतन्त्र उम्मेदवार समिर घिमिरे बीच प्रतिस्पर्धा देखिएको छ ।
कठिन छ चुनावको पूर्वानुमान
अविकसित देशहरुमा चुनाव अगाडि नै कसले जित्छ भनेर अनुमान लगाउन अमेरिकामा जस्तो सजिलो हुँदैन । चुनावमा कसले जित्छ भनेर अनुमान गर्न गाह्रो हुने केही कारणहरु छन ।
प्रथमतः अविकसित देशका मतदाताहरु अस्थिर हुन्छन् । उनीहरुको मन एकै रातमा समेत परिवर्तन हुने भएकाले दलगत आधारमा कसले जित्छ भनेर अनुमान गर्न कठिन हुन्छ । गाउँमा भन्दा शहरमा मतदाताहरु छरिएर आफ्नो घर र व्यापार व्यवसायमा केन्द्रीत हुने भएकाले उनीहरुको मनपेट थाहा पाउने कुनै संयन्त्र हुँदैन ।
दोस्रो, राजनीतिक दलका कार्यकर्तालाई बुझ्दा जसले पनि आफ्नै पार्टीले जित्ने दाबी गर्ने भएकाले कसको वास्तविक अवस्था कस्तो छ भनेर सही आँकलन गर्न सकिँदैन ।
तेस्रो, चुनावका बेला अविकसित देशका मिडिया, पत्रकार, लेखक र विश्लेषकहरु पनि सन्तुलित भूमिकामा भन्दा पनि एउटा न एउटा दल वा शक्तिको पछाडि लाग्ने भएकाले विश्लेषकहरुको विश्लेषणका आधारमा पनि सत्यको नजिक पुग्न गाह्रो हुन्छ ।
चौथो, विकसित देशहरुमा जस्तो सबैतिर विद्युतीय मतदान हुँदैन, चुनावमा धाँधली हुने र मतदानमा तलमाथि हुने भएकाले विश्लेषण गर्न कठीन हुन्छ । विदेशमा जस्तो सर्वेक्षणहरु हुँदैनन् । कसैले सर्वेक्षण गर्दा पनि आफ्नो पक्षलाई अगाडि देखाउने नियत घुसाउने गरिन्छ । यिनै विविध कारणले गर्दा  सिंगै मुलुकको चुनावी परिणाम कस्तो आउला भनेर पूर्वानुमान गर्नु निकै गाह्रो विषय हो । तर, रोचक पक्षचाँहि के छ भने पिछडिएको मुलुकमा चुनावको पूर्वानुमान गर्न निकै कठिन भए पनि मतदाता र जनतामा भने चुनाव नहुँदै कसले जित्छ र कसले हार्छ भन्ने चासो चाहिँ अत्यधीक हुने गर्दछ । नेपालमा कसले चुनाव जित्ला भनेर देखिने गरेको चासो पनि यसैको उदाहरण हो ।
पछिल्लो चुनावमा १ सय ५० जनाको जमानत जफ्त
उम्मेदवार हुन योग्यता पुगेको व्यक्तिले सोही निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम भएका प्रस्तावक र समर्थक एक एक जना बाट प्रस्ताव र समर्थन गराई उम्मेदवारले आफ्नो मनोनयन पत्र दर्ता गराउँछन । राजनीतिक दलले खडा गरेको उम्मेदवारले सम्बन्धित दलबाट उम्मेृदवार बनेको औपचारिक पत्र (टिकट) र स्वतन्त्र व्यक्तिले धरौटी वापत रु.३ हजार जम्मा गर्नु पर्छ । निर्वाचन आयोगका अनुसार मतदानमा खसेको कुल मतको १० प्रतिशत मत हासिल गर्ने उम्मेदवारको धरौटी फिर्ता हुन्छ र त्यो भन्दा कम मत हासिल गर्ने उम्मेदवारको जमानत स्वरुप दिईएको धरौटी रकम निर्वाचन आयोगले जप्mत गर्छन । धनुषामा पछिल्लो पटक क्षेत्र नं. १ बाट २० जना उम्मेदवार मध्ये १६ जना, क्षेत्र नं.२ बाट २४ जना उम्मेदवार मध्ये २० जना, क्षेत्र नं. ३ बाट २९ जना उम्मेदवार मध्ये २६ जना, क्षेत्र नं.४ बाट ३४ जना उम्मेदवार मध्ये ३० जना, क्षेत्र नं. ५ बाट २३ जना उम्मेदवार मध्ये १९ जना, क्षेत्र नं. ६ बाट २१ जना उम्मेदवार मध्ये १८ जना, र क्षेत्र नं. ७ बाट २४ जना उम्मेदवार मध्ये २१ जना गरी कुल १ सय ७५ उम्मेदवार मध्ये कुल १ सय ५० जना उम्मेदवारहरुको जमानत स्वरुप बुझाईएको रु. ३ हजारको धरौटी निर्वाचन आयोगले जफ्त गरेका थिए । यस पटक झन ३ सय ३४ जना उम्मेदवारले उम्मेदवारी दिएका कारण धेरै उम्मेदवारहरुको जमानत जफ्त हुने आँकलन गरिएको छ ।
धनुषामा ३ सय ३४ मध्ये २५ महिला उम्मेदवार
नेपालको अन्तरिम संविधान(२०६३ ले हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता गराउने उल्लेख भएको भएतापनि आउँदो मंसिर ४ मा हुने दोस्रो संविधानसभाको चुनावमा कुनै पनि दलले ३३ प्रतिशत महिला उम्मेदवार उठाएका छैनन ।  धनुषामा कुल ७ निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फ परेको ३ सय ३४ जना उम्मेदवारहरु मैदानमा प्रतिस्पर्धा गर्दैछन । जसमध्ये  ३ सय ९ जना पुरुष उम्मेदवारहरु रहेका छन भने महिला उम्मेदवारको संख्या २५ मात्र रहेको पाइन्छ ।
प्रतिशतको आधारमा हेर्ने हो भने पुरुष उम्मेदवारहरुको प्रतिशत ९२.५२ र महिला उम्मेदवारहरुको प्रतिशत ७.४८ मात्र रहेको छ । क्षेत्र नं. १मा कुल ४० उम्मेदवार मध्ये ३६ जना पुरुष र ४ जना महिला, क्षेत्र नं. २ मा कुल ४१ उम्मेदवार मध्ये ३८ जना पुरुष र ३ जना महिला, क्षेत्र नं. ३ मा ५३ उम्मेदवार मध्ये ४८ जना पुरुष र ५ जना महिला, क्षेत्र नं. ४ मा कुल ६२ उम्मेदवार मध्ये ५७ जना पुरुष र ५ जना महिला, क्षेत्र नं. ५ मा कुल ५६ उम्मेदवार मध्ये ५४ जना पुरुष र २ जना महिला, क्षेत्र नं. ६ मा कुल ४२ जना उम्मेदवार मध्ये ३६ जना पुरुष र ६ जना महिलाले उम्मेदवारी दिएका छन । क्षेत्र नं. ७ मा कुल ४० उम्मेदवार मध्ये एउटा पनि महिलाको उम्मेदवारी परेको छैन ।


मिति ः २०७०÷८÷०२

चुनावको अन्यौलता ः नेता संकटमा –धर्मेन्द्र कुमार झा


चुनावको अन्यौलता ः नेता संकटमा  –धर्मेन्द्र कुमार झा

दोस्रो संविधानसभाको चुनाव निर्धारित समय तालिकामा हुने अन्यौलता देखिएको कुरा कहिं(कहिंबाट आइरहेको छ । तर नेता र कार्यकर्ताहरु पूरै चुनावमै वातावरणमा रंगीसकेका छन । आ(आफ्ना गच्छे अनुसार शक्ति प्रदर्शन तथा पैसो खर्च गर्नमा लागि सकेका छन । यहाँ सवाल उठ्छ की तोकिएको मिति मंसिर ४ गते चुनाव हुन्छ की हुँदैन । इमान्दारी पूर्वक भन्ने हो भने यस प्रश्नको जवाफ कुनै नेपालीले दिन सक्दैन । किनभने नेपालमा अड्कल नगरेका कुराहरु वढी हुँदा रहेछन । जसका प्रमुख कारण हो वैदेशिक प्रभाव । विशेष सुत्र अनुसार अहिले केही दिन देखि दिल्ली देखि काठमान्डौ सम्म विभिन्न राष्टूका कुटनैतिक निकायहरु सम्मलित बैठकहरु चलिरहेका छन । केही राष्टिूय स्तरका नेता लगायत व्यापारीहरुलाई यो कुराको भान भएको छ । जसका कारण चुनावी रंग केही फिका भएको छ । लगभग एक सात मात्रै चुनावी यूद्धको हँदा हुँदै जुन मात्रामा चुनावी यूद्धको तयारी हुनुपर्ने त्यसमा अभाव देखिरहेको छ । यसरी चुनावको मुखमा आएर चुनावकै अन्यौलता भएपछि नेताहरु संकटमा परेका छन ।
यस अवस्थाको कारण नेताहरु मानसीक आर्थिक र नैतिक संकटमा पर्ने सम्भावना देखिन्छ । राजनीतिक दल तथा नेता स्वयमले आफ्नो पुरै शक्ति लगाएर चुनावको दौडमा हौम्मी सकेका छन । कुनै कारण वश चुनाव स्थगित भयो भने ती नेता तथा दलहरुलाई ठुलो छतीको सामना गर्नुपर्ने छ । र तिनीहरुले बनाएका स्थितिमा अवश्य नै फेरवदल हुनेछ । त्यस्ता फेरबदलमा राजनीतिक खेलाडीहरुले मौका हातमा पार्ने छन । हुन त यी कुराले देश पनि अनिर्णयको घेराबन्दीमा पर्नेछ र देशको वैकासिक गतिमा ब्रेक लाग्छ त्यति नै समय सम्म देश पनि अन्यौलतामा फस्दै जान्छ । चुनावको अन्यौलता विभिन्न कारणले गर्दा छरपष्ट भइरहेको छ । वैद्य समुहको विरोध तथा १० दिने आम हड्ताल र विभिन्न ठाउँमा आचार संहिताको उलंघनसँगै असुरक्षाको वातावरण । त्यसैगरी ७४ हजार चुुनावी पर्यवेक्षकले पाएको पर्यवेक्षणको जिम्मेवारीका लागि पाउनुपर्ने आवश्यक वैदेशिक सहयोगमा आनाकानीले सोच्न वाध्य तुल्याएको छ । दातृ राष्टूहरु तथा संघ संस्थाले पर्यवेक्षणका लागि दिने सहयोग अहिले सम्म रोकेर राखेको छ ।उनीहरु ठोस निर्णयको प्रतिक्षामा छन । त्यसैगरी राजनैतिक दलहरुलाई सहयोग गर्ने व्यापारीहरु पनि आफ्नो पूँजी लगाउन हिच्चकिचाई रहेका छन । कुनै राजनीतिक दल यो कुरा खुलेर भन्न सकिरहेका छैनन । उनीहरु पहिलो संविधानसभाले संविधान बनाउने ठोकुवा गरे झै दोस्रो संविधानसभा चुनाव हुने कुराको ठोकुवा गरिरहेका छन । पहिलो संविधानसभाको अवसान हुने बेलासम्म सबैले संविधान बन्छ भनेर भन्दा भन्दा अवसान भए र कसैले नैतिक जिम्मेवारी लिएन उल्टै ओझेलमा पारे । त्यसैगरी यिनीहरु फेरी चुनावको मुखमा आएर भन्ने त होइन होला ?
१ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाताको अधिकारलाई कुष्ठित गर्ने खिचडी पाकिरहेको छ । १७ हजार १ सय ३१ उम्मेदवारको भाग्य निर्धारण गर्न र सार्थक संविधान बनाउन राज्यले २ लाख १५ हजार कर्मचारी र २ लाख १५ हजार सुरक्षाकर्मी परिचालन गरेको छ । जसका निम्ति ७ अर्ब ७५ करोड कम्तीमा राज्यको कोष खर्च हुने छ । यसरी राज्यको ढुकुटी रित्याएर बारम्बार चुनाव गराउनु पनि देशको हितमा हुने छैन । अबको स्थितिमा चुनाव भए वा नभए पनि राष्टूको पैसा जोगिने वाला छैन । विभिन्न बाहानामा संविधता विरोधी शक्तिहरु चुनाव भाँड्नमा लागि परेका छन । वास्तवमा भन्ने हो भने यो चुनाव विशेषगरी मधेशी समुदाय, महिला, जनजाति तथा दलित लगायतका पिछडिएका वर्गकै लागि हो । अन्यले त पानीको आर सँगै विस्तारै पुग्दै अर्को किनारा लिन मात्रै खोजेको हो । अब संविधानसभा चुनावको सुरक्षित अवतरण गर्ने अभिभारा यिनै समुदाय तथा वर्गहरु माथि छ । जुन पूरा गर्नु नैतिक जिम्मेवारी हो । चुनावी माहोललाई नियाल्दा केही राजनैतिक कार्यकर्ता र दलाल बाहेक आम जनताले निर्णय लिएको पाइदैन कि कुन व्यक्ति वा दललाई भोट दिने । यसका एउटै कारण हो राजनीतिक दल तथा नेताहरुबाट आस्था उठनु । त्यसमा पनि नेताज्यूहरु फिल्डमा जनता समक्ष आफ्नो संवैधानिक एजेन्डा भन्दा एक अर्कालाई गाली गर्न तथा साना तिना विकासका एजेन्डामा अल्झाउनमा लागेका छन । कुनै पनि एगंलबाट यो संविधानसभाको चुनाव जस्तो लागि रहेको छैन । अहिले सबैका चुनावी प्रचा(पम्पलेटहरुमा मधेशकी गुणगाण देखिन्छ । तर चुनाव सिध्ने वित्तिकै नेपालमा मधेस नै छैन भन्ने जमातको विगविगी हुन्छ । अघिल्लो सभामा कसले तपाईको हकमा कुरा गर्यो कसले तपाईको विरोध त्यो कुरालाई सम्झिनै पर्छ । यो संसदीय चुनाव होइन कि यसमा विकासका एजेन्डाले प्राथमिकता पाउनुपर्छ यो धेरै वर्ष पछि आउने संविधानसभाको चुनाव हो यसमा अधिकारका एजेन्डाले प्राथमिकता पाउनुपर्छ । इमान्दार र भद्र व्यक्तिको काँधमा अधिकार सहितका एजेन्डा सभामा पठाइयो भने त्यो स्थापित हुन्छ नत्र भने ‘अ स्टोरी अफ मधेस’ को पात्रहरु झै सानो लोभका कारण तपाईका एजेन्डा बाटोमै छोडेर भुइयक्करमा फस्ला ।
समग्र रुपमा सबै पक्षलाई नियाल्दा अहिले जसरी भए पनि सार्थक संविधानसभाको चुनाव गराउनु आज जनताको दायित्व हुन आउँछ । आम जनताको खबरदारी विना त्यो सम्भव छैन । हुन त वर्तमान चुनावी सरकारले आफ्नो तर्फबाट कुनै कसर छोडेको छैन । किन भने चुनाव गराउनु उनीहरुको बाध्यता नै हो । चुनाव नगराए उनीहरु असफल हुने छ । तर तिनीहरुको यो आवश्यकता पक्कै पनि होइन । यो आवश्यकता हो मुलधारबाट बाहिर रहेका आम नेपालीको । अर्को वर्षको तुलनामा पक्कै पनि यस वर्ष आचार संहिताको पालना वढी भएको छ । तथापी चुनावको अन्यौलता छ । जहाँ सम्म वैद्य समुहको कुरा छ । उसलाई पनि सकारात्मक हिंसावले संविधानसभामा सम्मलित गराउनु पर्छ । र उनीहरु पनि आफै सहभागि हुनु पर्छ यो त सकारात्मक हिसावले विपक्षीमा बस्नु पर्छ । बन्द हडताल गरेर आम जनताको अधिकारलाई कुन्ठित गर्नु हुँदैन । नेताज्यूहरु पनि कमोई खाने भाँडो बनाउनु भन्दा सार्थक संविधान बनाउने अभिभारा पुरा गर्नुपर्छ । त्यसैगरी वैदेशिक दातृ तथा मित्र राष्टूहरु चुनाव भाँडनु भन्दा चुनाबमा आवश्यक सहयोग गरी चुनाव सम्पन्न गराउन शक्ति खर्चिनु पर्छ । र अन्ततः आम नेपालीले तत्काल व्यक्तिगत स्वार्थ त्यागी वैकासिक मुद्धा भन्दा संघियता सहितका संविधान बनाउने दललाई सहयोग गरी आफ्नो अधिकार सुनिश्चित गर्न लाग्नु पर्छ । साथै जातीय निराधार इमोशनल व्लैकमेलबाट अलग हुनुपर्छ र चुनावको अन्यौलतालाई चिर्नमा सहयोग गर्नुपर्छ ।




मिति ः २०७०÷७÷२४

आध्यात्मिक मार्गको केन्द्र ‘जनकपुरधाम’



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सुष्टिको अस्तित्वमा रहेका जीवन र जगतको विकासको दर्शनका दुई मार्ग छन आध्यात्मिकमार्ग एवं भौतिकमार्ग । आाध्यात्मिकमार्गले सृष्टिकर्ताको शक्तिलाई प्रधानता दिन्छ र विकासको क्रमलाई अवतारको (योनि) शृङखलामा राख्दछ भने भौतिक मार्गले जीवमा निहित अन्तरशक्तिको क्रमिक विकासलाई प्रधानता दिई जीव र जगतको विकास भएको ठान्दछ । जनकपुरको जीवन र जगतको विकासको क्रम पनि यी मान्यताबाट अलग रहन सक्दैन । यी दुई मार्गको परिवर्तनका असर एकै पुस्ताले अनुभव गर्न सत्तैन । आध्यात्मिक आधार श्रुति, स्मृति, पुराण हुन्छन भने भौतिक आधार अवशेषहरुको क्रमिक अध्ययन हुन्छन । जनकपुरजस्ता दुवै दृष्टिले महत्व भएका प्राचिन सभ्यताका भण्डारको भौतिक विश्लेषण गर्न आजसम्म अन्वेषण, उत्खनन आदि कार्य हुन नसकेकोेले प्रौराणिक रुपमा पुस्ट्याई पु¥याउने स्थिति छैन भने आध्यात्मवादको पुस्टयाई गर्ने श्रुति, स्मृति, पुराण आदि शास्त्रीय ग्रन्थले पनि यथार्थताको क्रमिकता समेटन सकेको छैन । त्यो क्रमवद्धताका आभाव नै भावी पुस्ताको लागि सोचिएको अनुसन्धानात्मक पक्ष हुनेछ ।
ती शास्त्रीय ग्रन्थलाई आधार मानेर सार खिच्दा जनकपुर नगरी तथा मिथिला नगरी जगतजननी सीताको जन्मभूमि, याज्ञवल्क्य, मैत्रेयी जस्ता विद्धान(विदुषीहरुको ज्ञान भुमि, राजा निमिले घोर तपस्या गरेको तपोवन ठुलो जङ्गल भएकोले “वृहखारण्य” सुनखानी भएकाले “सुवर्ण का बन” अर्थात “काञ्चन बन” राजा निमिको देह मन्थन गरी बालक उत्पन्न गराएकोले “मिथिला” माता(पिता विना उत्पन्न बालक भएकोले “जनक” अचेतन (देह नभएको शरीर मथेर बालक उत्पन्न गराएको हुँदा “विदेह” आदि पर्यायी आवरणले युक्त भएको नगरी बुझिन्छ । परिदृश्यले जनकपुरको आदिम सभ्यता र विकासको स्पष्ट झलक दिन खोजिएको आभास हुन्छ ।
त्रेता युगका राम, सीता, जनक याज्ञवल्वय,मैत्रेयीजस्ता पौराणिक व्यक्तित्वकोे राज्य राजधानी तथा नगरको युगान्तरमा खोजी गरिने क्रम शुरु भयो । पौराणिक कालको वर्णनको आधारमा कोशी, पश्चिम, गण्डकी पुर्व, गंगा उत्तर हिमालय दक्षिणको यो भागलाई मिथिला भुमि भनिएको छ । यसको राजधानीको हकमा कमला नदी पश्चिम, जलेश्वरनाथ महादेव पुर्व, गिरिजा भवानी मन्दिर उत्तर, धनुषाधाम दक्षिण, यति किल्ला उल्लेख भएको हुँदा यही परिधिभित्र प्राचिन जनकपुर रहेको विश्वास गरी  जनकपुरको खोजी गर्दै आएका चतुर्भुज गिरीले आफ्नो आध्यात्मिक साधनाद्धारा उत्खनन् गर्दा राम पञ्चायतनको मूर्ति भेटिएको र सो मुर्ति विश्वकर्माले स्वहस्तवाट निर्माण गर्दा राजा जनकलाई दिएको भन्ने जनश्रुति छ । सोही मुर्ति भेटिएको स्थानमा हालको राम मन्दिर अवस्थित छ । मुर्ति भेटिएका स्थानमा वरको रुख (कल्पवृक्ष) रहेको छ । त्यस्तै केही कालपछि सन्त सुरकिशोर दासले जानकीजीको जन्मभुमि पनि आध्यात्मिक शक्तिबाट पत्ता लगाउनु भएको र सोही स्थानमा जानकी मन्दिरको स्थापना भएपछि जनकपुरको पुनःउत्थान ९च्भबउउभबचबलअभ० शुरु भएको भन्ने मैथिल साहित्यहरुमा उल्लेख भएको छ ।
यसरी प्राप्त मुर्तिलाई सामान्य मन्दिर बनाई पुजा(आजा हुँदै जाँदा तत्कालीन मकवानी राजा माणिकसेन, इन्दुविधाता र हेमकर्ण सेनले राममन्दिर र जनक मन्दिरको नित्य नैमितिक पूजा(पर्व(जात्रा तथा सन्तहरुको भण्डारा (भोजन) का लागि जग्गा गुठीको रुपमा (कुश विरता) प्रदान गरेका र त्यसपछि तत्कालिन प्रधान सेनापति अमरसिंह थापा र राणा प्रधानमन्त्री जनकपुर आई राममन्दिर र जनक मन्दिर निर्माण गराएको भनी उल्लेख भएको अस्पष्ट शिला लेख राम मन्दिरमा सुरक्षित छ । त्यस्तै मकवानी सेनराजाको पालामा बनेको सानो जानकी मण्डपलाई गर्भगृहमा राखी हिन्दु(मुस्लिम स्थापनाकालको सम्मिश्रण गरेर वि.सं. १९६७ मा भारत, टीकमगढकी महरानी वृषभानु कुँवरले जानकी मन्दिर निर्माण गरी दिएकोले सो मन्दिरको भव्यताले जनकपुरको विशेष मूल्य बढाएको छ । मन्दिर बनाई दिने, पुजा(आजा तथा भण्डाराको लागि जग्गा दिने क्रम वढदै जाँदा राम जानकी, हनुमान, लक्ष्मण आदिका थुप्रै स(साना मन्दिर, सन्त महन्तको लागि कुटी तथा आश्रम र धेरै पोखरी निर्माण भएको तथा ती मन्दिर सञ्चालनार्थ दाताहरुले थुप्रै जग्गा प्रदान गरेका अभिलेखबाट देखिन्छ । पोखरीको हकमा भने कसले कहिले खनाएका हुन कुनै भरपर्दो अभिलेखबाट खुलेको छैन । धेरै पोखरीहरु गुठीसँग आवद्ध देखिन्छन र तिनीहरुको परिसरमा हुने कुटी, आश्रम तथा कुञ्जहरुले पोखरीको संरक्षण तथा सदुपयोग हुँदै आएको पाइएको छ । यी मन्दिरहरुका लागि प्राप्त जग्गाको अभिलेख अनुसार गुठी संस्थानको जनकपुर शाखा अन्तर्गत मात्र पनि २३ गुठी सञ्चालन भई झण्डै ६ हजार विगाहा जग्गा गुठीको रुपमा भएको साविक लगतमा देखिन आएको छ । मिथिला महात्म्य लगायतका साहित्य एवं कृतिहरुमा मिथिला क्षेत्रको महिमा वर्णन गर्दा ७२ तलाब, १५ कुप, १५ शिवालय, २४ देवीका प्रसिद्ध पीठ, ५ उपवन, २६ ऋषि आश्रम, ५ पर्वत र सुप्रसिद्ध १५ नदीहरु भएको क्षेत्रको रुपमा वर्णन गरिएको छ । यी प्राचिन सम्पदाहरु युगान्तकारी परिवर्तनमा केही लोप भएका, केही अद्यापि रहेका केही उत्खननबाट मात्र प्राप्त गर्न सकिने अवस्थामा रहेका छन । प्रमाणिक आधारमा राजा जनकको राजधानी किल्ला पनि यकीन हुन बाँकी नै देखिन्छ ।
जगतजननी माता जानकीको जन्मभुमि, प्राचिन विदेह जनकको राजधानी, आधुनिक जनकपुर हिन्दु सभ्यताको उषाकालदेखि नै हिन्दु सामाजिक सिद्धान्त र दर्शनलाई समस्त आर्यावर्तमा व्यवस्थित र विकसित गर्न योगदान पु¥याउने राजर्षि जनक, याज्ञवल्क्य , गार्गी र मैत्रेयी आदिको कर्मभुमि र अध्यात्म चिन्तनको केन्द्र रहेको छ । प्राचिनकालदेखि नै ऋषि(मुनि र विशेष गरेर वैष्णव सन्तहरुको लागि आकर्षणका केन्द्र रहेको यस स्थानमा मठ(मन्दिर र कुटीहरुका एवम् सांस्कृतिक परम्पराले गर्दा नेपालका अन्य स्थानभन्दा वढी महत्वपुर्ण यो ठाउँ धार्मिक एवम सांस्कृतिक पर्यटकीय गन्तव्य स्थलको रुपमा प्रसिद्ध छ । उपनिषदको जटिल बौद्धिक सिद्धान्त, इस्लामी आक्रमण, स्वतन्त्र उपासना पद्धतिमा अवरोध बौद्ध र जैनका कठिन आत्मसंयमको पृष्ठभुमिमा भक्ति मार्ग विकसित भई वैष्णव शैव, शाक्त संप्रदायका अनुयायीहरुसँग सम्वन्धित अनेकौ उपसंप्रदायहरु उत्पन्न र विकसित भए । यी संप्रदायका अनुयायीहरुले आ(आफ्ना देवी देवतासँग सम्वन्धित साहित्यहरुको रचना गर्नुका साथै ती देवी देवताहरुसँग सम्वन्धित पवित्र स्थलहरुको महत्व बुझि भ्रमण अर्थात तीर्थाटन गर्ने व्यवस्था गरे ।  वैष्णव धर्ममा राम र कृष्ण सर्वाधिक लोकप्रिय भए । सर्वप्रथम वाल्मिकिले रामको महत्व र गरिमालाई केन्द्रबिन्दु बनाएर रामायणको रचना गरेका थिए । रामको देवत्व र परमपुरुषत्वको वर्णन गर्दै अध्यात्म रामायणको रचना भयो । स्वामी रामानन्दले राम र सीताको उपासना प्रारम्भ गरे । यो उपासना पद्धति एउटा क्रान्तिकारी धार्मिक परम्परा थियो । किनभने यस उपासना पद्धतिमा जात(पात र उच(नीचजस्ता कुनै व्यवस्था थिएनन । यसमा मात्र रामानन्दले राम सम्वन्धि समस्त स्थलहरुको भ्रमण गरे । उनलाई धर्म र समाज दुवैको चिन्ता थियो । स्वामी रामानन्द हतास, श्रीमान एवम् विखण्डित हिन्दु धर्मलाई मानवतावादी धार्मिक भावनाद्धारा एकीकृत गर्न थाहन्थे । उनी हिन्दुहरुमा बिरता, त्याग र कष्ट सहने प्रवृति विकास भएको देख्न चाहन्थ्ये । यसका लागि उनले भगवान रामलाई केन्द्रविन्दु बनाए । हाल तीनै रामानन्दको नाममा रामानन्दद्धार बनाई उनको शालिक माथिल्लो भागमा राखिएको छ । आदर्श चरित्र एवम सर्वंगुण सम्पन्न श्री रामको सम्पुर्ण व्यक्तित्वलाई उदघाटित गर्नमा जनभाषामा रामचरित मानसको रचना गरेर तुलसीदासले महत्वपुर्ण योगदान पु¥याएको प्रशंग पनि स्मरणयोग्य छ ।
माता जानकीको अभिभावभुमि मिथिला (जनकपुर) नगरीको चर्चा विभिन्न हिन्दु, जैन एवम बौद्ध वाङ्मयहरुमा विस्तृतरुपमा भएको पाइन्छ । पौराणिक कालका विदेह राजा सिरध्वज जनकको दरवार दार्शनिक चिन्तनको केन्द्रको रुपमा  प्रसिद्ध भएको र राम सीताको विवाहका उपलक्ष्यमा विभिन्न देवी, देवता, ऋषिमुनिहरुको आगमनद्धारा पवित्र भएको यो स्थल धार्मिक गृहस्थ तथा संतहरु समेतका लागि प्राचिनकालदेखि नै आकर्षक रहेको छ । सीता स्वयम्वरको समयमा रामद्धारा भाँचिएको शिव धनुषको एउटा टुक्रा धनुषाधाममा रहेको जनविश्वास छ । यस पौराणिक स्थल र यस वरिपरिका अन्य धार्मिक स्थलहरुलाई पुनः प्रकाशमा ल्याउने काम महात्मा चतुर्भुज गिरि र सुर किशोर दासले गरेका थिए । यी दुवै सन्तहरुलाई विर्ताको रुपमा जग्गा प्रदान गरेपछि यो स्थान महत्वपुर्ण वैष्णव हिन्दु तीर्थस्थलको रुपमा विकसित हुँदै गयो । तीर्थाटन गर्ने क्रममा वैष्णव सम्प्रदायका अनेकौ साधु सन्तहरुले यस पवित्र स्थलको भ्रमण  गरे । जसले गर्दा उनीहरुकै सत्प्रयासले यहाँ अनेकौ कुटी मठ(मन्दिर र पोखरीहरुको निर्माण भयो । माध्यमिकी र लघु परिक्रमा जस्तो महत्वपुर्ण धार्मिक परम्पराको विकास भयो । यस परिक्रमा पथभित्र राम र सीतासँग सम्वन्धित अनकौ मठमन्दिरहरुको स्थापना भयो । पछि यहाँ विभिन्न जातिहरुका कुटीहरु स्थापना भए जुन जातिय एकताको अनुपम उदाहरण हो ।
यी नै केही तथ्य, केही श्रुति र केही रहस्यलाई सके यथार्थ र परमार्जित रुपमा नसके यथास्थितिमा भावी पुस्तालाई हस्तान्तरण हुन सक्ने वातावरणको सृजना वर्तमानको कर्तव्य बनेर आएको छ । यथास्थितिमा राख्न मात्र पनि ठुलो चुनौति समाजले नै महसुस गरेको छ । सम्पदाको रुपमा रहेका पोखरी तथा पोखरीका डिलहरु अतिक्रमित एव लोप हुँदै गएका दाताले दिएका जग्गाहरु हिनामिना मात्र होइन अभिलेखको अभावमा यकिन सम्म पनि हुन नसकेका कुटी, आश्रम, कुप आदि लोप हुँदै गएका, मठ मन्दिरको सम्पति दुरुपयोग एवं पुजा(आजामा सनातनता हुन छाडेपछि यथास्थितिमा अरु गुम्ने खतराप्रति नागरिक समाजको चासो बढनु आबश्यक छ ।


मिति ः २०७०÷७÷२४

छठ पूजा र वैश्विकरण



दिवालीको ठ्याक्कै छ दिन पछि मनाईने महापर्व छठको हिंदु धर्ममा विशेष महत्व छ । कात्र्तिक महिनाको शुक्ल पक्षको पञ्चमी तिथि (खरना) को दिन, दिन भरी व्रात रहि राती छठी माताको अराधना गरि शङ्कल्प लिईन्छ र भोली पल्ट षष्टीका दिन पुनः ब्रत वसी छठी मातालाई बेलुकीको अध्र्य दिईन्छ । अथर्ववेदमा पनि यो पर्वको उल्लेख गरिएको छ ।यो पर्व बैज्ञानिक दृष्टिकोणबाट पनि लाभकारी मानिएको छ । साँचो र सफा मनले मागिने तमाम मनोकामनाहरु छठी माताले पुर्ती गर्छन भन्ने विश्वास धर्माबल्मबीहरुमा हुन्छ । ब्रत बस्ने महिलाहरु धन(धान्य, पति(पुत्र तथा सुख(समृद्धिबाट परिपूर्णता पाँउछन भन्ने विश्वास गरिन्छ । छठ पूजाको इतिहासलाई केलाउने हो भने यसको प्रांरम्भ महाभारत कलामा कुँती द्धारा सुर्यको आराधना पुत्र कर्ण जन्मेको बेला गरिएको थियो । छठ देवी सुर्य देवको बहिनी हुन भन्ने मत हिन्दु दर्शनहरुमा भेटिन्छ । छठी देवीलाई प्रशन्न गर्न जलाशयको छेउमा गई सुर्यदेवलाई पुजा आजा गरिन्छ । प्राचिन कालमा यो पर्व नेपालको मधेश, विहार, र उत्तर प्रदेशमा मात्रै मनाईन्थ्यो । तर आजको दिनमा राजधानी काठमाण्डौमा मात्रै सीमित नभएर बेलायतमा बस्ने मधेशी समुदायलगायत उत्तर भारतियहरुले पनि छठ पर्व मनाउने गरेका छन ।
छठ पर्वले वैश्विक मान्यता प्राप्त गरि सकेको छ र यसमा वैश्वीकरणको पनि रामै्र प्रभाव परेको छ । अतिताका दिनमा छठको शुभकामना आदान(प्रदान चिी द्धारा गरिन्थ्यो भने आज मोवाईलबाट एम.एम.एस.गरेर शुभकामना व्यक्त गरिन्छ । छठको भुमन्डलिकरण यतिमा मात्रै सीमित छैन, फेशबुकलगायत विभिन्न समाजिक सञ्जालमार्फत पनि शुभकामना आदान(प्रदान गरिन्छ । छठका भिडियोहरु हामीले युट्युब नामक सामाजिक सञ्जालमा सजिलै हेर्न पाउँछौ । यस्ता प्रयासले छठलाई ‘इन्टरनेट फ्रेन्डली’ बनाई दिएको छ । आजको यस ‘डिजिटल एज’ मा छठ ‘डिजिटलाईज’ हुनु हिन्दुहरुको लागि गर्वकै विषय हो । यी पङतिकारले छठमा भुमन्डलिकरणको प्रभाव भन्ने शिर्षकमा एक वैयक्तिक अध्ययन नै गरेका थिए र उक्त शोधपत्र काठमाडौ विश्वविद्यालय, मिडिया अध्ययन भन्ने शंकायको ‘ग्लोवल मिडिया’ भन्ने विषयको लागि तयार पारिएको थियो,  जसमा प्राध्यापक हेमराज काफ्लेको निरन्तर सहयोग यीनले पाएको थिए । श्रद्धा र भक्तिले मनाईने छठको महत्वबारे तमाम हिन्दु समाज परिचित छ भन्ने अवस्था आई सके यो अवस्था अनायाशै आएको होईन, वैश्वीकरणको ज्वरो मुख्य कारक हुन । छठको व्रत बडो नियम(निष्ठाले बसिन्छ । यो पर्वमा तीन दिनको कठोर उपवास (ब्रत) को विधान छ । पञ्चमीका दिन नुन रहित भोजन एक छाक ग्रहण गरि ब्रत बसिन्छ, भने षष्ठीको दिन निर्जल (पानी पनि नखाई) उपवासमा बस्छन । षष्ठीका दिन अस्ताँउदो सुर्यलाई विधिपुर्वक पूजा गरि अध्र्य दिने चलन छ । सप्तमीका दिन प्रातः काल नदी वा जलाशयमा गई स्नान गरिन्छ  र उदाउँदो सुर्यलाई अध्र्य दिएर जल ग्रहण गरेर ब्रत तोडने चलन छ । अध्र्य छठी मातालाई चढाइने फल, र प्रसाद द्धारा नै दिईन्छ । भगवान सुर्यको यस पावन व्रतमा शक्ति र बह्म दुवैको उपासना गरिने भएकोले फल एकै साथ प्राप्त हुन्छ भन्ने बिश्वास गरिन्छ । त्यसैले यो पर्व ‘सुर्यषष्ठी’ को नामले विख्यात छ । ब्रतालुले भुईमै सुल्ने गर्छन । पर्वको पहिलो दिन ‘नहाय(खाय’ को दिन पुजामा चढाईने तमाम सामान तयार गरिन्छ । दोस्रो खरणा, जसमा दिन भरि उपवासमा बस्छन ब्रतालुले, र राती भगवानलाई भेली, दुध र चामलबाट तयार पारिएको खिर प्रसाद स्वरु ग्रहण गरिन्छ । तेस्रो दिन ठकुवा, भुसवा पकाइन्छ र बेलुकी अस्ताउँदो सुर्यलाई अध्र्य दिइन्छ जसलाई सौझका अध्र्य भनिन्छ र चौथो दिन उदाउँदो सुर्यलाई अध्र्य दिईन्छ र अध्र्य दिई सके पछि प्रसाद ग्रहण गरि खाना खाईन्छ जुन प्रक्रियालाई प्रेरणा भनिन्छ । भगवानलाई मौसमी फल, केराको घरी, उँखु, यो पर्वमा खास रुपमा पकाईने पकवान ठेकुआ, नारियल, मुला, सुथनी, अखरोट, बदाम, नरिवल, रातो(पहेलो कपडा, कलश जसको वरिपरि उखु उभ्याईएको हुन्छ । आदि गरि ६० जति प्रकारका बस्तुहरुको प्रयोग छठमा हुन्छ । बाँसको टोकरीमा तमाम पकवास जलाशयको किनारामा राखिन्छ । पुरुष, महिला, बच्चाहरुको टोलीले यस प्रकारको सोहर गाउँछन ः–
काँचही बांस के बहिंगीया, बहाँगी लचकत जाय बाटही पुछ ए बटोहिया, ई भार किनकर जाय अमरुख छ हि रे बटोहिया ई भार छठी माई के जाय
छठी मातालाई कोशी नदी बहुतै प्यारो छ, जसको वर्णन यो मुक्तकमा पाईन्छ ः
रात छठी मईया गवनै अईली, आज छठिया मईया कहवा बिलम्बली , बिलम्बली (बिलम्बली कवन राम के अंगना, जोडा कोशियवा भरत रहे जहवां जोडा नारियल धईत रहे जहंवा, उंखिया के खम्बवा गडल रहे तहवां
छठ माताको एक लोकप्रिय गीत ः
केरा जे फरे घौद से ओई पर सुगा मँडराय, मारबौ रे सुगवा धनुष से, सुगा खसे मुरझाय, उ जे खवरी जनइबो आदिक से सुगा देले जुठियाए, उ जे मरबो रे सुगवा धनुक से सुगा गिरे मुरझाय, उ जे सुगनी जे रोवे ले वियोग से आदित होइ ना सहाय
परनाको व्रतीले ब्रत तोडछन, आसेपासे तथा कुटुम्ब, परिवारमा प्रसाद बावडछन । बैज्ञानिक दृष्टिले पनि सुर्यको पूजा गरिनु वा उनलाई जल चढाउनु लाभदायक मानिन्छ । मिथिलामा हुन त प्रत्येक दिन सुर्यलाई जल चढाईन्छ तर यस दिन खास रुपले सुर्यको पूजा गरिन्छ । छठ कहिले आउँछ त्यो बुझ्न यो शुक्ति हेरौं जीतिया दसे दशमी, दशमी पाँचे कोजाग्रत, कोजाग्रत पन्ध्रहे शुकराती (दिवाली), शुकराती छवे छठ । यसै गरि अर्को शुक्तिबाट पनि शाक्षात्कार होऔ सुख शुकराती दियावाती तकरे छवे छैठ ।



मिति ः २०७०÷७÷२४

महोत्तरीमा दलहरुबीच तिव्र प्रतिष्पर्धा



नागेन्द्र कुमार कर्ण
जलेश्वर............

दोस्रो संविधानसभा निर्वाचनको मिति नजिकिएसंगै महोत्तरीमा चुनावी जोडघटाउ शुरु भएको छ ।
जिल्लाको ६ वटै निर्वाचनक्षेत्रबाट राजनीतिक पार्टी र स्वतन्त्रबाट गरि २ सय ५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा राजनीतिकदलहरुबाट १ सय ५९ र स्वतन्त्रबाट ९१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा १५ जना महिला समेत रहेका छन् ।
पहिलो संविधानसभा निर्वाचनमा महोत्तरीको ६ वटा निर्वाचनक्षेत्रहरु मध्ये ५ वटामा मधेशवादीदलहरुले विजय हासिल गरेका थिए भने एकवटा क्षेत्रमा जनमोर्चाले बाजी मारेका थिए । जिल्लामा पहिलो संविधानसभामा क्षेत्रनं. २, ५ र ६ मा मधेशी जनअधिकार फोरम नेपालबाट क्रमशः हरिनारायण यादव, कौशलकिशोर राय यादव र शरतसिंह भण्डारी विजयी हुनुभएको थियो भने क्षेत्रनं. ३ र ४ बाट तराइ मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बाट क्रमशः गणेश तिवारी नेपाली र रामकुमार शर्माले सभासद हुने मौका पाउनुभएको थियो । त्यसैगरी क्षेत्रनं. १ मा जनमोर्चा नेपालका गिरिराजमणी पोखरेल चुनावी तालमेल गर्दे विजयी हुनुभएको थियो । दोस्रो संविधानसभामा आइपुग्दा अहिले ति सबै पूर्व सभासदहरुलाई पुनः विजयी हुन हम्मे हम्मे परेको देखिन्छ । ६ वटा उम्मेदवारहरु मध्ये यसपालि प्रत्यक्षमा गणेश तिवारी नेपाली र रामकुमार शर्मा मध्ये कोही पनि प्रत्यक्ष तर्फका उम्मेदवार छैनन् भने बाँकी रहेका अरु उम्मेदवारहरुलाई भने जितको लागि मनग्ये पसिना वगाउनुपर्ने देखिन्छ । मंसीर ४ गते हुने दोस्रो संविधानसभाको निर्वाचनमा क्षेत्रनं. १ मा अहिले तीव्र प्रतिष्पर्धा देखिएको छ । क्षेत्रमा तीव्र प्रतिष्पर्धा देखिएपनि चारजना बिच भने भिडन्त हुने सो क्षेत्रका वासिन्दाहरुले जनाएका छन् । जसमा एकीकृत माओवादीका केन्द्रीय सदस्य तथा सोही क्षेत्रका पूर्व सभासद गिरीराजमणि पोखरेल, राष्टिूय मधेस समाजवादी पार्टीका राष्टिूय अध्यक्ष शरतसिंह भण्डारी, नेपाली काँग्रेसका चिरञ्जीवि हमाल तथा एमालेका दुर्गा दाहाल रहेका छन् । पहिलो संविधानसभामा जनमोर्चाबाट गिरीराजमणी पोखरेल विजयी हुनुभएको थियो । पोखरेलले १० हजार १९६ मत ल्याउनुभएको थियो भने प्रतिष्पर्धी एमालेका अरुणकुमार सिंहले ८ हजार ८ सय ४६ मत ल्याएका थिए । अहिले क्षेत्रनं. १ मा ३४ जना उम्मेदवार रहेका छन् । त्यसमध्ये २४ जना दलिय उम्मेदवार छन् भने १० जना स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।
त्यसैगरी क्षेत्रनं. २ मा पहिलो संविधानसभा निर्वाचन जस्तै दुईबीच कडा टक्कर देखिएपनि अहिले भने ५ जनाबीच प्रतिष्पर्धा रहेको छ । पहिलो संविधानसभा चुनावमा फोरम नेपालबाट हरिनारायण यादव विजयी हुनुभएको थियो । उहाँलाई स्वतन्त्रबाट उम्मेदवारी दिएका जैनुल राइनले कडा टक्कर दिनुभएको थियो । दोस्रो संविधानसभा निर्वाचनमा पनि यादव र राइनबीच कडा टक्कर रहेको देखिएको छ । राइन यसपालि राष्टिूय मधेश समाजवादी पार्टीबाट उम्मेदवारी दिनुभएको छ । त्यसैगरी प्रतिष्पर्धामा नेपाली काँग्रेसका किरण यादव, नेपाली काँग्रेसबाट बागी भई सदभावना पार्टीबाट उम्मेदवारी दिएका जानकीशरण साह र तराइ मधेश लोकतान्त्रिक पार्टीका रुपाकुमारी यादव रहेका छन् । राइनलाई सो क्षेत्रका मुस्लिम मतदाताहरुले बढी रुचाएको देखिएको छ भने किरण यादवले पनि सो क्षेत्रमा नेपाली काँग्रेसबाट प्रतिष्पर्धी देखिएका छन् ।
पहिलो संविधानसभामा फोरम नेपालका हरिनारायण यादवले ७ हजार ४ सय ५७ मत ल्याउनुभएको थियो भने उनका प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार जैनुल राइनले ५ हजार ६ सय ७४ मत ल्याएका थिए । अहिले सो क्षेत्रमा २७ दलिय र १५ स्वतन्त्र उम्मेदवार गरी ४२ जनाले उम्मेदवारी दिएका छन् ।
जिल्लाको क्षेत्रनं. ३ सबैभन्दा संवेदनशिल क्षेत्रको रुपमा रहँदै आएको छ । यही क्षेत्रमा सदरमुकाम समेत पर्ने हुँदा यो क्षेत्रमा हार र जीतले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यो क्षेत्रमा यसपालि ३० दल सहित १८ स्वतन्त्र उम्मेदवारहरु गरी ४८ जनाले उम्मेदवारी दिएका छन् । पहिलो संविधानसभा निर्वाचनमा १८ दल र ८ स्वतन्त्र गरि २६ जनाले मात्रै उम्मेदवारी दिएका थिए । यो क्षेत्रमा अहिले ५ जना उम्मेदवारबीच कडा प्रतिष्पर्धा देखिएको छ । क्षेत्रमा काँग्रेस, एमाले, तमलोपा, एमाओवादी र रामसपा पार्टीबीच प्रतिष्पर्धा देखिएको छ ।
काँग्रेसबाट केन्द्रीय सदस्य रामचन्द्र तिवारीले उम्मेदवारी दिनुभएको छ भने उहाँलाई उनकै पार्टीका जिल्ला सचिव भई वागी बनेका तमलोपाका उम्मेदवार रामशंकर मिश्र, राष्टिूय मधेश समाजवादी पार्टीबाट उम्मेदवारी दिनुभएका हरिप्रसाद मण्डल, फोरम लोकतान्त्रिकबाट बागी भइ एकिकृत माओवादीबाट उम्मेदवारी दिएका रामआधार कापड र एमालेका केन्द्रीय सदस्य रामदयाल मण्डलबीच कडा प्रतिष्पर्धा देखिएको छ । काँग्रेस पार्टीको अन्तरघातको फाइदा तथा मधेशवादी पार्टीको फाइदा तमलोपा उम्मेदवारले उठाउने देखिन्छ भने काँग्रेसले आफ्नो उम्मेदवारको छविको मतबाटै प्रतिष्पर्धामा देखिन्छ । काग्रेसले वुद्धिजीवहरुको मत समेत हात पार्ने देखिन्छ । त्यसैगरी क्षेत्रमा अधिकाँश वुद्धिजीवीहरुको मत रामसपाका उम्मेदबार हरिप्रसाद मण्डललाई जाने देखिएको छ । आफनो छुटै व्यक्तित्व तथा अलग पहिचान बनाएका मण्डललाई अन्यक्षेत्रकाले पनि मतदान गर्ने देखिएको छ ।
जनसंगठन र राजनीतिमा अलग छाप बनाएका एमालेका उम्मेदवार रामदयाल मण्डललाई भने दलित वर्ग तथा अन्य उपेक्षित वर्गको मत बढी पर्ने देखिन्छ । भने एनजीओकर्मीबाट उम्मेदवार बनेका एमाओवादीका रामआधार कापडलाई भने सो क्षेत्रका मतदाताहरुले मत दिने देखिएको छ । पहिलो संविधानसभामा यसक्षेत्रमा तमलोपाका गणेश तिवारी नेपालीले जित हासिल गर्नुभएको थियो । नेपालीले एमालेका रामदयाललाई ३७ मतले हराउदै विजयी भएका थिए । नेपालीले ११ हजार ३ सय ९० मत ल्याउनुभएको थियो भने एमालेका मण्डलले ११ हजार ३ सय ५३ मत ल्याएका थिए ।
त्यसैगरी जिल्लाको क्षेत्रनं. ४ मा भने चारदलबीचको तिव्र प्रतिष्पर्धा देखिएको छ । यस क्षेत्रमा सदभावना पार्टी, एमाओवादी, नेपाली काँग्रेस र तमलोपाबीच प्रतिष्पर्धा देखिएको वताइन्छ । पहिलो संविधानसभामा तमलोपाबाट विजयी भएका रामकुमार शर्माले यसपालि एकिकृत माओवादीबाट आफ्नी श्रीमती इन्दुकुमारी शर्मालाई उम्मेदवारी दिलाउनुभएको छ । त्यसैगरी सदभावना पार्टीबाट पूर्व संचार राज्यमन्त्री सुरिताकुमारी साह, काँग्रेसबाट ललनकुमार राय र तमलोपाबाट हरिनारायण मण्डलले उम्मेदवारी दिनुभएको छ ।
सो क्षेत्रमा मधेशवादीपार्टीहरु तर्फ बढी मतदाताको झुकाव रहेको देखिएको छ । यसले पनि सो क्षेत्रमा मधेशवादीदलहरुबीच तिव्र प्रतिष्पर्धा देखिएपनि एकिकृत माओवादी पार्टीमा इन्दुकुमारी शर्माको योगदान र उनका पति रामकुमार शर्माको जुझारुपन र विकास प्रेमले गर्दा उनलाई राम्रै मत आउने देखिन्छ । यद्यपी पार्टीमा आन्तरिक कलहले गर्दा मुस्किल भने देखिएको छ । त्यसैगरी काँग्रेसका ललनकुमार रायको जुझारुपन तथा उनको संगठनको राम्रो उपस्थिती देखिएपनि उनलाई पनि आफनै अन्तरकलहले पनि घाटा हुने देखिएको छ । त्यस्तै सदभावनाका सुरिता कुमारी साह तथा तमलोपाका हरिनारायण मण्डल पनि क्षेत्रमा प्रतिष्पर्धामा रहनुभएको वताइएको छ । क्षेत्रनं. ४ मा २८ दल तथा १८ स्वतन्त्र गरी ४६ जनाले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी जिल्लाको क्षेत्रनं. ५ मा काँग्रेस, एमाले, एमाओवादी र रामसपा पार्टीबीच प्रतिष्पर्धा देखिएको छ । पहिलो संविधानसभामा फोरम नेपालबाट विजयी कौशलकिशोर राय यादवले नेपाली काँग्रेसका महेन्द्रकुमार रायलाई कडा टक्कर दिनुभएको थियो । यसपालि पनि राष्टिूय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव कौशलले काँग्रेसका महेन्द्रलाई कडा चुनौती दिनुहुने देखिएको छ । प्रतिष्पर्धामा भने काँग्रेसबाट बागी भई एमाओवादीबाट उम्मेदवारी दिनुभएका रजि हैदर र एमालेका दिपनारायण साह तेली रहनुभएको छ । क्षेत्रनं. ५ मा पहिलो संविधानसभा निर्वाचनमा कौशलले ८ हजार ६ सय ९ मत ल्याउनुभएको थियो भने काँग्रेसका महेन्द्रले ६ हजार ९ सय ५४ मत ल्याउनुभएको थियो । यसपालि सो क्षेत्रमा २५ दल र १४ स्वतन्त्र गरी ३९ जनाले उम्मेदवारी दिएका छन् ।
क्षेत्रनं. ६ मा यसपालि पनि रोमाञ्चकता थपिने भएको छ । पहिलो संविधानसभामा फोरम नेपालबाट विजयी हुनुभएका शरतसिंह भण्डारीले मात्र २६ मतले काँग्रेसका सीताराम भण्डारीलाई हराउनुभएको थियो । यसपालि पनि रामसपाका राष्टिूय अध्यक्ष शरत सिंह भण्डारीले काँग्रेसलाई कडा टक्कर दिनेभएको छ । यसक्षेत्रमा यो पालि त्रिपक्षीय प्रतिष्पर्धा देखिएको छ । रामसपा, काँग्रेस र एमाओवादीबीच प्रतिष्पर्धा देखिएको वताइन्छ । एमाओवादीबाट केन्द्रीय सदस्य भरतप्रसाद साहले उम्मेदवारी दिनुभएको छ । पहिलो संविधानसभामा शरतसिंह भण्डारीले ६ हजार ८ सय ६२ मत ल्याउनुभएको थियो भने उनको निकटतम प्रतिद्धन्द्धी सिताराम भण्डारीले ६ हजार ८ सय ४१ मत ल्याउनुभएको थियो ।
यसपालि सो क्षेत्रमा २४ दल र १७ स्वतन्त्र गरी ४१ जनाले उम्मेदवारी दिएका छन् ।
पहिलो संविधानसभा चुनावमा मधेशवादीदलहरुले ६ वटा मध्ये ५ वटामा कब्जा गरेका थिए भने यसपालि पनि सोही अनुसार नै देखिने भएको छ तर यसको लागि भने कडा प्रतिष्पर्धा गर्नुपर्ने देखिन्छ । पहिलोमा मधेशवादको हावा चलेकोले पनि मधेशवादीदलका नेताहरुलाई त्यत्ति कसरत र मेहनत नगर्नुपरे पनि यसपालि भने मेहनत र कसरत नगर्ने हो भने जित कठिन हुने देखिन्छ ।


मिति ः २०७०÷७÷२४

धुमधामका साथ मनाइयो छठ



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

छठअन्तर्गत शनिबार चौथो दिन व्रतालुले बिहानीपख उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन् ।
मूलविधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पर्व समापन गरिने परम्परा छ । सप्तमीका दिन व्रतालुले बिहानीपख उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेपछि प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन् जसलाई ‘पारन’ भनिन्छ । व्रतालुले यहाँका इतिहास र पुराणवर्णित सरोवर गङगासागर, धनुषसागर, रामसागर, रत्नसागर, अरगजा, रुक्मिणी सर र अग्निकुण्डलगायत दर्जनौँ पोखरीमा पूजा सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ चढाएका थिए । परिवारमा सुखशान्ति, कल्याण, रोगबाट मुक्ति र मनले चिताएको इच्छा पूरा होस् भन्ने कामनासहित यो पर्व मनाइने परम्परा छ । सो अवसरमा जनकपुरका पोखरीमा १० देखि १५ हजार व्रतालु र ८० हजारदेखि एक लाखको हाराहारीमा श्रद्धालु सहभागी थिए ।
अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जिबप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने महत्वपुर्ण पर्ब छठ श्रद्धा , भक्ती र निष्ठा पुर्बक मनाईएकोछ । सरकारले छठ पर्बलाई राष्टिूय पर्बको रुपमा मान्यता दिनुका साथै पर्बको दिन सार्बजनीक बिदा समेत दिए पछि सर्बसाधारण उत्साहित भएका थिए ।
छठपर्बका  लोकगितले मिथिला नगरि  संगितमय बनेको थियो । बजारका बिभिन्न चोक चोरहा र पोखरी सरोबरहरुमा बज्ने गरेको लोकगितले छठपर्बको बाताबरणमा निकै उत्साह थपेको थियो । महाभारतका अनुसार द्रोपदि सहित पाण्डबहरु अज्ञातबासमा रहुदा गुप्तबास सफल पार्न उनिहरुले सूर्य देबलाई अराधना गरेका थिए । लोककथनबमोजिम सोही समयदेखि छठ पर्ब मनाउने परम्पराको सुरुवात भएको हो । सम्पुर्ण शक्तिको श्रोत सुर्यको उपासनाको यस महापर्बलाई मुख्यतः सन्तान प्राप्ती, रोगनिदान र पारिबारिक कल्याणका लागि मनाईन्छ ।
श्रद्धाभक्ति पुर्बक मनाईने तराईको प्रमुख पर्ब छठलाई साुझा सांस्कृतिक पर्बको रुपमा पनि हेर्ने गरिन्छ । हिन्दुधर्म मान्ने तराईको प्रत्येक जातजातीले पोखरी सरोवर लगायतका जलाशयहरुमा भेलाभई यो पर्ब मनाउदै आएको छ । छठ पर्बलाई भव्यता प्रदान गर्न ऐतिहासिक गंगासागर, धनुषसागर, अंगराजसर, महराज सागर अग्नीकुण्ड, रत्नसागर, बाल्मीकिसर लगायतका दर्जनौ पोखरी र सरोबरहरुलाई युवाकल्बहरुले सरसफाई गरि बिजुली, पण्डाल लगायतका व्यबस्था मिलाएका थिए । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको महनमोहन छठपर्ब हेर्न केहि बर्ष यता आन्तरिक एवम तेस्रो मुलकका पर्यटकहरु पनि उल्लेखनिय संख्यामा आउने गरेका छन् ।
तराईको मुख्य पर्व छठ बुधबार (चतुर्थी) सुरु भएको थियो । सत्य र अहिंसाप्रति मानिसको रुचि बढाउनु र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु यो पर्वको विशेषता हो । सुर्य उपासना परम्पराको मोहक मानिएको यो पर्वमा अस्ताउँदो र उदाउँदो नै यस पर्वमा चाहिने गर्छ । यो पर्व चार दिनसम्म मनाइन्छ । छठको पहिलो दिनलाई अरबा(अरबाइन अथवा नहाय खान भन्ने गरिएको छ । व्रतालुले भोजनमा माछा(मासु, लसुन, प्याज, कोदो, मसुरजस्ता खाद्यान्न नखाई ब्रत बस्छन ।
पञ्चमी तिथि (दोस्रो दिन) लाई खरना अर्थात पापको क्षय भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भुमि सुशोभित गरेर व्रतालु यो दिन दिनभर निर्जला व्रत बस्छन । राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खिर) दान गरी सोही प्रसाद ग्रहण गर्छन । यस दिनपछि व्रतालुले पुर्ण व्रत लिनुपर्छ । षष्ठी (तेस्रो दिन) मा गहुँ र चामलको पिठोका विभिन्न गुलिया खाद्य परिकार बनाइन्छ । अन्नबाहेक फलफुल, ठकुआ, भुसवा, खजुरी, पेरुकिया तथा मुला, गाजर, बेसारको गाँहो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरवा, ढाकन, माटोको हाथी ठुलो ढक्कीमा राखिन्छ । र, परिवारका सबै सदस्य विभिन्न भक्ति एवम् लोकगित गाउँदै निर्धारित जलाशयसम्म पुग्ने चलन छ । ती परिकार जलाशयको किनारामा राख्नुअघि व्रतालुले पूजा सामग्री पाँचपटक दण्डवत् गर्छन । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरुप अरिपन चित्र कोरेका हुन्छन । त्यसपछि व्रतालुले सन्ध्याकालिन अध्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेल आराधना गर्छन । यस क्रममा व्रतालुले दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फुल हाली अन्य अध्र्य सामग्री पालैपालो अस्ताचलगामी सुर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन ।
पर्वको चौथो (अन्तिम दिन) दिनलाई पारन (पार्वन) भनिन्छ । जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातः कालिन सूर्यलाई अध्र्य दिइन्छ । अध्र्य सम्पन्न भएपछि सूर्यपुराण श्रवण गर्ने चलन छ । व्रतालुले छठ व्रतको कथा सुन्छन र सुनाउँछन । कथामा एउटी सासु र बुहारीको सम्बन्धबारे चर्चा गरिएको छ । सासु दुष्ट र कन्जुस प्रवृत्तिकी थिईन । कन्जुस्याईले सासुले उखुको एक टुक्रा पनि बुहारीलाई खानका लागि दिइनन फलस्वरुप उनलाई कुष्ठरोग भयो । तर, बुहारीले सबैलाई उखु खान दिइन त्यसैले उसको घरभरि ‘सुनैसुन’ भयो । प्रातःकालिन अध्र्यमा दीपमालाले सजिएका जलाशयमा अपुर्वको अनुभुति हुन्छ । त्यसबेला असंख्य नारीकण्ठले ‘बेरिबेरी बरजु हे दीनानाथ तिरिया जन्म नही देव, तिरिया जन्म जँ देव हे दीनानाथ सौतिनकसँग नही देव’ ( म पटक(पटक बिन्ती गर्छु, हे सूर्य देउता अर्को जुनीमा मलाई स्वास्नी मानिस नबनाऊ, स्वास्नी मानिसको जुनी दिए पनि सौतासँग बस्नुपर्ने दुर्भाग्य नदेऊ) ले समाजमा विद्यमान महिला उत्पीडनको पनि झझल्को दिन्छ । महाभारतका अनुसार द्रोपदीसहित पाण्डवहरु अज्ञातवासमा रहँदा त्यो गुप्तवास सफल हो भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डव मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रीमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिईन, फलस्वरुप उनले अटल सौभाग्य र प्रेम प्राप्त गरिन र त्यही बेलादेखि छठ गर्ने परम्परा सुरु भएको तथ्य उल्लेख छ । सानै शताब्दीमा सरापबाट पीडित प्रसिद्ध कवि मधुर भट्टले सूर्यको उपासनाबाट सुन्दर र कञ्चन शरीर पुनः प्राप्त गरेकाले त्यही दिन सूर्यको आराधना सूरु भएको कथन छ ।
छठ पर्व मनाउनुका पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरु पनि त्यतिकै छन । वैज्ञानिक ज्योतिष तथा चिकित्सकहरुले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन । सूर्यको तिनको शक्तिबिना रुख, विरुवा, वनस्पती, प्राणी, जीवजन्य कसैको पनि अस्तित्व रहन सक्दैन । शुक्रबार साँझको अध्र्य र शनिबार ७ः३८ बजेपछि बिहानको अध्र्य दिइएको थियो ।
दोस्रो दिन ‘खरना’
जनकपुर(बुधबार नहायखाय (नुहाएर खाने) सँगै विधिवत सुरु छठको दोस्रो दिन  (विहीबार) व्रतालुले खरना गरेका थिए । खरनामा बिहानैदेखि उपवास बसेका व्रतालुले साँझ दुध, खख्खर र चामल मिसाएर बनाइएको खिर, केरार मिठाईको प्रसाद सूर्य र कुल देवतालाई चढाएर आफु पनि प्रसादसँगै अरबाअरबाइन(नुन नहालिएको) खानेकुरो खान्छन । यो छठको पुर्वसन्ध्यामा मनाइने एक विधि हो । तेस्रो दिन विहानैदेखि घरमा ठेकुवा(गहुँको पिठोमा सख्खर साँधेर तेलमा पकाइएको कलात्मक आकारको रोट), भुसवा (पिँधिएको चामलको लड्डु) लगायत दर्जनौ प्रकारका पकवान र सबैखाले फलफुल(केरा र नरिवल अनिवार्य) तथा काँचो तरकारीको छुट्टाछुट्टै टोकरी सजाएर नजिकको नदी तलाउमा  पु¥याइन्छ । त्यस दिन दुल्हीजस्तै सिंगारिएको नदी, तलाउको किनारमा अस्ताउँदो सूर्यलाई अध्र्य दिएपछि तेस्रो दिनको विधि पुरा हुन्छ । रातभर श्रद्धालुलगायत घरका सबै सदस्य तलाउकै किनारमा जाग्राम बस्छन । जाग्राम बस्ने महिलाले छठसँग सम्बन्धित लोक गीत गाउँछन भने तन्नेरीहरु नाच तथा अन्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेर जाग्राम बस्ने व्रतालुलाई सघाइरहेका हुन्छन ।
कलात्मक सामग्रीहरुको वढदो बिक्री
मध्यतराईका जिल्लामा माटोको कलात्मक सामग्रीहरुको बिक्री बढेको थियो ।
धनुषा, महोत्तरी, सर्लाही, सिरहा लगायतका जिल्लाहरुमा तिहार र छठ पर्बमा आबश्यक पर्ने माटोको कलात्मक सामग्रीहरुको बिक्री बितरण निकै बढेको हो । दियो, घैटो, हाती, कोसियाकुरवार लगायतका सामग्रीहरु किनमेल गर्न सर्बसाधारणको भिडभाड नै लागेको थियो । तिहार र छठ पर्बमा तराईका कुमहार जातीले माटोको सामग्री बनाएर तिस हजार देखि पचास हजार रुपैया सम्म आम्दानी गर्दै आएका छन् । रोजगारिको लागि युवाहरु बिदेशिने क्रम बढदै गएको र आफनो पुर्खयौली पेशा प्रति नयां पुस्ताको आकषणर््ा घटदै गएकाले यो पेशा पनि संकटमा परेको छ । मिथिलामा दाजुभाई र दिदी बहिनीहरु बिच प्रेम प्रतिकका रुपमा मनाईने समाचकेवा पर्बमा पनि आवश्यक पर्ने माटोको कलात्मक मुर्तिहरुको पनि बिक्री अहिले निकै बढेको छ ।  
हिन्दूधर्मावल्मबीहरुको प्रमुख चाड तिहारको अबसरमा जनकपुरमा फुलको माला र केलाको बोट ठुलो सख्ंयामा खरिद बिक्री भएको छ ।
जनकपुर बजारमा  सयपत्री फुलको माला प्रति गोटा ५० देखि सय रुपैया सम्ममा बिक्री बितरण भएको छ । कृषकहरुले गाुउ घरमा लगाएको फुल खेतीले मांग अनुसारको भार धान्न नसकेपछि भारतबाट आयात गर्नुपरेको व्यबसायीहरुले बताएका छन् । त्यसैगरि केलाको बोट प्रतिगोटा सुय देखि दुई सुय रुपैया सम्ममा बिक्री बितरण भएको छ । फुल र केलाको बोट बेचेर किसानहरु आज पाुच हजार देखि दश हजार रुपैया सम्म आम्दानी गरेका छन् । धनकी देबि लक्ष्मीको पुजा अराधना गर्न र पसल, कलकरखानाहरुलाई झकी झकाउ बनाउन उद्योगी व्यबसायीहरुले फुलको माला र केलाको बोट किन्ने गरेका छन् । जनकपुरमा केलाको बोट घर र पसल अगाडि गाडेर धनकी देबी लक्ष्मीलाई स्वागत गर्ने चलन रहेको छ । शान्ति सुरक्षाको अबस्थामा सुधार हुदैगएपछि यस बर्षको तिहारमा सर्बसाधारण निकै उत्साहित देखिएका कारण फुलको माला र केलाको बोट पाुच लाख रुपैयाको खरिद बिक्री भएको अनुमान गरिएको छ ।

मिति ः २०७०÷७÷२४

धनुषामा बदर मत घटाउनु आवश्यक



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
पछिल्लो संविधानसभाको चुनावमा धनुषा नेपालकै सवैभन्दा वढी वदर मत हुने दोस्रो जिल्ला बनेको थियो । ४ लाख ६३ हजार २ सय २५ कुल मतदाता रहेको यस जिल्लामा २ लाख ८८ हजार ५ सय २८ कुल मतदान भएकोमा २ लाख ६६ हजार २ सय ३८ कुल सदर मत र २२ हजार २ सय ९८ कुल बदर मत परेको थियो । प्रतिशतको आधारमा ६३ प्रतिशत कुल मतदान भएको थियो जसमा ९२ प्रतिशत सदर मत र ८ प्रतिशत बदर मत रहेको थियो ।
क्षेत्र नं. १ मा ६६ हजार ५ सय ४० कुल मतदाता संख्या रहेकोमा ४१ हजार २० मत खसेको थियो । जस मध्ये ३८ हजार ८८ कुल सदर मत र २ हजार ९ सय ३२ कुल बदर मत रहेको थियो । प्रतिशतको आधारमा ६१.६५ प्रतिशत मतदान भएको उक्त क्षेत्रमा सदर मतको प्रतिशत ९२.८५ रहेको थियो भने बदर मतको प्रतिशत ७.१५ रहेको थियो ।
त्यसै गरी ६१ हजार १ सय ६५ कुल मतदाता रहेको क्षेत्र नं. २ मा ३८ हजार ८ सय ५१ मतदान भएको थियो जस मध्ये ३६ हजार ५७ कुल सदर मत र २ हजार ७ सय ९४ बदर मतको संख्या रहेको थियो । ६३.५२ प्रतिशत मतदान भएको उक्त क्षेत्रमा ९२.८१ प्रतिशत सदर र ७.१९ प्रतिशत मत बदर भएको थियो । ६४ हजार १ सय २३ मतदाता रहेको क्षेत्र नं.३ मा ४१हजार ८ सय ६६ कुल मतदान भएकोमा ३८ हजार ८ सय ५९ कुल सदर मत र ३ हजार ७ कुल बदर मत रहेको थियो । ६५.२९ प्रतिशत मतदान भएको क्षेत्र नं. ३ मा सदर मतको प्रतिशत ९२.८२ रहेको थियो भने ७.१८ प्रतिशत बदर मत रहेको थियो ।
७५ हजार ६ सय १२ कुल मतदाता रहेको क्षेत्र नं. ४ मा ४१ हजार ३ सय ६१ कुल मतदान रहेको थियो भने ३८ हजार ४ सय २० कुल सदर मत र २ हजार ९ सय ४१ मत बदर भएको थियो । ५४.७० मतदान भएको क्षेत्र नं. ४ मा ९२.८९ प्रतिशत सदर मत रहेको थियो भने ७.११ प्रतिशत मत बदर भएको थियो । त्यसैगरी ६१ हजार १ सय ४० कुल मतदाता रहेको क्षेत्र नं. ५ मा ४० हजार २ सय ५९ मतदान भएकोमा ३६ हजार ६ सय ६८ कुल सदर मत र ३ हजार ५ सय ९१ मत बदर भएको थियो । ६५.८५ प्रतिशत मतदान भएकोमा ९१.०८ प्रतिशत सदर मत र ८.९२ प्रतिशत मत बदर रहेको थियो ।
७० हजार ५ सय २९ कुल मतदाता रहेको क्षेत्र नं. ६ मा ४३ हजार २ सय ५५ कुल मतदान भएकोमा ३९ हजार ४ सय ८८ कुल सदर मत र ३ हजार ७ सय ६७ मत बदर भएको थियो । ६१.३३ प्रतिशत कुल मतदान भएकोमा ९१.२९ कुल सदर मत प्रतिशत र ८.७१ प्रतिशत कुल बदर मत रहेको थियो । त्यसैगरी ६४ हजार १ सय १६ कुल मतदाता संख्या रहेको क्षेत्र नं. ७ मा ४१ हजार ९ सय १६ मतदान भएको थियो । जसमध्ये ३८ हजार ६ सय ५८ कुल सदर मत र ३ हजार २ सय ५८कुल बदर मत रहेको थियो । ६५.३८ प्रतिशत मतदान भएको उक्त क्षेत्रमा ९२.२३ प्रतिशत सदर मत र ७.७७ प्रतिशत मत बदर रहेको थियो ।
विगतको चुनावमा मतदाताहरुलाई प्रशिक्षणको अभाव भएकै कारण धनुषामा सबैभन्दा वढी बदर मत हुने दोस्रो जिल्लाको रुपमा देखिएको भन्दै निर्वाचन आयोग कार्यालय जनकपुरका प्रमुख जानकी कर्ण भन्छन,“उक्त चुनावमा वढी जसो एउटै मत पत्रमा दुई वटा चुनाव चिन्हमा छाप लगाईएको पाइएको थियो । राजनीतिक दलहरुले पनि मतदातालाई प्रशिक्षण नगरेको कारणले पनि बदर मतको संख्या वढेको थियो ।” हुन त मतदातालाई शिक्षित गराउने प्रमुख दायित्व निर्वाचन कार्यालयको रहे पनि राजनीतिक दलहरु पनि यस प्रति गम्भीर हुनु आवश्यक रहेको छ ।
यस पटक मतदातालाई मतदान सम्बन्धि शिक्षित गर्नका निम्ति गाउँ गाउँमा बाल शिक्षा कार्यक्रमका महिला शिक्षिका, जिल्ला विकास समिति, गाउँ विकास समिति र नगरपालिकाका गरी कुल ३ सय ८ जना समाजिक परिचालक र १ सय १७ जना मतदाता शिक्षा स्वमसेवक गरी ८ सय ५० जना कर्मचारीहरु खटाइएको छ । तर तिनीहरु पनि भत्ता पकाउनमै सिमित देखिएका छन । ३ लाख ३४ हजार ७ सय १७ कुल मतदाता रहेको धनुषाको ७ निर्वाचन क्षेत्र अन्तरगत कुल ५ सय ५६ बुथ केन्द्रमा यसपटक चुनाव हुन गईरहेको छ । यस पटक पनि बदर मत प्रतिशत नघटने हो भने निश्चय पनि चिन्ताको विषय बन्ने छ । निर्वाचनमा एउटा मतले पनि परिणाममा असर पु¥याउने हुनाले मतदान भएको मत बदर भएमा जितिरहेको उम्मेदवार पनि हार्न सक्ने हुनाले उम्मेदवारहरु घरदैलो कार्यक्रम सँगसँगै मतदाताहरुलाई कसरी मतदान गर्ने भन्ने बारे प्रशिक्षित गर्नु आवश्यक देखिन्छ । खास गरी ग्रामिण क्षेत्रका मतदाताहरुलाई मतदान सम्बन्धी ज्ञान दिन आवश्यक देखिन्छ । धनुषा क्षेत्र नं.४ अन्तरगत पर्ने जनकपुर नगरपालिकाका अधिकांश मतदाताहरु बौद्धिक रहेपनि केही गाविसहरुका मतदाताहरुलाई प्रशिक्षित गर्नुपर्ने आवश्यकता देखिन्छ ।
नेपालमा सबैभन्दा वढी बदर मत भएको जिल्ला सप्तरी रहेको थियो भने धनुषा दोस्रो स्थानमा परेको थियो । निर्वाचन आयोगले मतदाता प्रशिक्षणका लागि जोडतोडले अभियान चलाउनु नितान्त आवश्यक देखिन्छ भने प्रशिक्षणका लागि खटेका जनशक्तिहरु गाउँ गाउँमा गम्भीरताका साथ लाग्नु पर्ने देखिन्छ ।


मिति ः २०७०÷७÷२४

पसलमा भीषण बिष्फोट,एकको मृत्यु,दुई घाइते



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनतेरस मनाइरहेका बेला जनकपुर नगरपालिका वडा नं.४ (कटैयाचौरी)मा शुक्रबार राती खाना पकाउने ग्यास सिलिण्डर बिष्फोट भएपछि एक जनाको मृत्यु भएकोछ । दुई जना घाइते छन । पसल सहित घरहरुमा व्यापक क्षति भएकोछ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी निरीक्षक गोबिन्द पुरीले जनाए अनुसार पसल धनी श्याम साह(कलवार)की १५ वर्षिया छोरी रानी साहको घटनास्थलमा नै मृत्यु भएकोछ । उनी कक्षा १० मा अध्ययनरत रहेको थिए । सिलिण्डर बिष्फोफट हुन रोकिएपछि घटनास्थलमा पुगेका प्रहरीले मृतक साहको शवलाई क्षतविक्षत अवस्थामा भत्केको घरबाट निकालेका थिए । पसल धनी साहकी पत्नी उर्मिला देवी साह र छिमेकी अरबिन्द साह घाइते भएको प्रनि पुरीले जनाए । अस्पतालले उपचारपछि अरबिन्द साह घर फर्केको जनाएकोछ । तर उर्मिला देवी साह अचेत रहेकी छन । शवलाई पोष्टमार्टमका लागि अस्पताल पु¥याइएकोछ । घाइते उमिर्लालाई छोरीको गहिरो शोक परेकोले अवस्था चिन्ताजनक बनेको बताइएकोछ । उनकै अगाडी छोरी घरमा जलेकी थिइन । बासुदेव झाको घर बहाल लिई उर्मिला जेनरल स्टोर्स सञ्चालनगर्दै आएका श्याम साह ग्यास सिलिण्डरपनि टोलमा बेच्दै आएका थिए । पसलमा राती करिब पौने आठ बजे आगो लागेको स्थानीय बासिन्दाहरुले जनाएकाछन । आगो लाग्ने बित्तिकै पसलमा एकपछि अर्कोगरि लगातार ९ पटक बिष्फोटको ठूलो आवाज भएको थियो । स्थानीय बासिन्दाहरुले जनाए अनुसार आगलागि हुने बितिकै बाहिर तर्फ रहेकी पसल धनी उर्मिला साह भाग्न सफल भएपनि भित्र रहेकी उनकी छोरी रानी पसलको छाना र पर्खालले किचिएकी थिइन । स्थानीयहरुका अनुसार १५ मिनेट भन्दा बढी समय सम्म ग्यास सिलिण्डर पड्किरहेको थियो । धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले पसलमा रहेका भरिएका ९ वटा ग्यास सिलिण्डर पड्किएको जनाए ।उनले घटना भएलगतै प्रहरी, स्थानीयबासी ,बारुणयन्त्र लगायत उद्धारकर्मीहरु पुगेपनि सिलिण्डरको संख्या यकिन नभएकोले आगो नियन्त्रण गर्न निकै बेर कुर्नु परेको थियो । धनतेरसको अवसरमा बजारमा ठूलो संख्यामा मानिसहरु किनमेल गरिरहेको बेला सुनिएको बिष्फोटको ठूलो आवाजले भागाभाग भएको थियो ।पसल वरिपरिका मानिसहरुले घर छाडेर टाढा भागेका थिए । प्रहरी निरीक्षक पुरीका अनुसार घरपूर्ण रुपमा ध्वस्त भएकोछ । वरिपरिका घरहरुमापनि आवाजले क्षति पुगेको उनले जनाए । उनका अनुसार राती नौ बजे आगो नियन्त्रण भएको थियो । बिजुली सर्ट भएर आगो लागेको अथवा मैनवती र दियोबाट आगो लागेको यकिन हुन नसकेको उनले जनाए ।




मिति ः २०७०÷७÷१७

आचार संहिता उल्लंघन वढेपनि निर्वाचन आयोग मौन



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
संविधानसभा निर्वाचनको मिति नजिकँदै गएपछि धनुषामा चुनावी माहोल झन तात्दै गएको छ । आफ्ना अनुकुलका डमी उम्मेदवार खडा गरेर उनीहरुको नाममा ठूलादलका उम्मेदवारले गाडि लगायतका स्रोत साधनको खुलेआम दुरुपयोग गरिरहे पनि निर्वाचन आयोग मौन रहेको छ । खास गरी निर्वाचनमा प्रचार प्रसारका लागि सवारी साधनको उपयोगिता लिन सकिने ध्येयले पनि डम्मी उम्मेदवार खडा गरिन्छ । आयोगले निर्धारण गरे अनुसार एक जना उम्मेदवारले दुई वटा र एउटा दलले एक वटा सवारी साधन त्यो पनि जिल्ला टूाफिक प्रहरी कार्यालयबाट कागज र नम्बरहरु चेक जाँच गराई आयोगबाट पास लिएर मात्र सवारी साधनको उम्मेदवारले प्रयोग गर्न पाउने भएपनि त्यसको कार्यान्वयन भएको देखिदैन । त्यसैगरी संविधानसभा निर्वाचनका दिन मतदान केन्द्रमा वढी पोलिङ एजेन्टका सदस्य राख्न, मतगणनाका समयमा वढी सदस्य छिराउनकै लागि धनुषामा एउटा उम्मेदवारले ४ देखि ८ वटा सम्म डम्मी उम्मेदवार खडा गरेको देखिन्छ । पछिल्लो संविधानसभाको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेको व्यक्तिले आप्mनो गाडीमा नेपाली कांग्रेसका उम्मेदवार चन्द्रमोहन यादव र अर्का स्वतन्त्र उम्मेदवारले एमालेका उम्मेदवार रघुविर महासेठको झण्डा झुन्डियाएर प्रचार प्रसार गरिरहेको निर्वाचन आयोगका तत्कालिन आयूक्त अयोधि प्रसाद यादवले अनुगमनका क्रममा रंगेहात पक्राउ गरेका थिए । आयोगले दुवै जना स्वतन्त्र उम्मेदवारलाई रु ५(५ सयको जरिवाना गरी कारवाही गरेका थिए ।
संबिधानसभा सदस्यका लागि उम्मेदवारी दिएकाहरुले   आचार संहिताले निषेध गरेको जनकपुरको बिभिन्न स्थानमा पोस्टर पम्पलेट, तुल व्यानर, पार्टिको झण्डा लगायतका प्रचार समाग्रीहरु झुण्डयाए पनि कारबाही गर्ने निकाय मौन रहेको छ ।
उम्मेदबारहरुले, रेल्बे स्टेशन, जानकी मन्दिर, जनक मन्दिर, राम मन्दिर, धनुष सागर लगायतका धार्मिक तथा पुरातात्वीक महत्बका स्थलहरुमा पोस्टर पम्पलेट टाँसेर कुरुप बनाईसके पनि सम्बनधीत निकायले अहिले सम्म कारबाहीको लागि कुनै पहल गरेको छैन ।  मापदण्ड विपरित पर्चा, तुल, व्यानर र गाडी प्रयोग मात्र होइन, कार्यकर्ता परिचालन खर्च, भोजभतेर, स्थानिय क्षेत्रमा निर्माण, विभिन्न सामग्री र नगद समेत वितरण गरी निर्वाचन आचार संहिताको धज्जी उडाउँदै हिडेका उम्मेदवारहरुलाई कारवाही गर्न मौन देखिन्छ, निर्वाचन आयोग ।
नेता तथा कार्याकर्ताहरुले सुरक्षाकर्मीको २४औ घण्टा निगरानी रहने जनकपुर भन्सार कार्यालयमा समेत पोस्टर पम्पलेट टाँसेका छन ।  निर्बाचन आयोगले जारी गरेको आचार संहिता २०७० को परिच्छेद २ को बुंदा नम्बर १०मा धार्मिक तथा पुरातात्वीक महत्बका ऐतिहासिक स्थल र सरकारी भबनको भिता वा पर्खालमा कुनै पनि किसिमको पर्चा पम्पलेट टाँस्न नपाईने उल्लेख छ ।  
संबिधानसभा सदस्यका लागि उम्मेदवारहरु घरदैलो, भेटघाट, छलफल, पार्टि प्रबेश, सभा सम्मेलन जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् । आफनो पक्षमा मत हात पार्न अति नै व्यस्त रहेका उम्मेदवारले निर्बाचन आयोगले जारी गरेको आचारसंहिता बिपरित स्रोत साधनको खुलेआम दुरुपयोग गरेका छन् । धनुषाका सात वटा निर्वाचन क्षेत्रका लागि उम्मेदबारी दिएका तीन सय ३४ जना उम्मेदवार मध्ये एक सय जनाभन्दा बढी ठूला दलका उम्मेदवारले निर्वाचनमा साधानस्रोत आफूले प्रयोग गर्न खडा गरेका  डमी उम्मेदबार छन् ।  ती डमी उम्मेदवारले ठूला दलका उम्मेदवारलाई आफूले पाउने साधनस्रोत उपलब्ध गराएर आचारसंहिता उल्लंघन गरेका छन् ।
सवारी साधनको दुरुपयोग हुन नदिन आफुहरुले निगरानी बढाएको जिल्ला निर्बाचन कार्यालयले दाबी गरेपनि भन्सार कार्यालयले चाही यसको ठाडै प्रतिबाद गरेको छ ।  धनुषामा दैनिक ५ सँय भन्दाबढी भारतीय नम्बर प्लेटका गाडि चुनाबी प्रयोजनमा प्रयोग भईरहेपनि दैनिक ५० वटा गाडिले मात्र राजश्व बुझाउन आउने गरेको भन्सार कार्यालयले जनाएको छ ।
एउटा जिप कारले दैनिक करिब साढे चार सँय रुपैयाको  भन्सार कटाएर मात्र गुडाउन पाउने प्राबधान रहेपनि उम्मेदबारले सो नियमको बेबास्ता गरेका छन् । राजश्व नै नतिरी टूाफिक ऐन नियम बिपरित गाडि गुडाउने गरेका र आचार संहिताको धज्जी उडाउनेलाई कारबाही गर्न निर्वाचन आयोग अग्रसर हुन जरुरी छ ।
भयमुक्त वातावरणमा स्वतन्त्र, स्वक्ष, निश्पक्ष र विश्वसनिय ढंगबाट संविधानसभाको निर्वाचन सम्पन्न गर्नका लागि सरोकारवालाहरुले पालना गर्नुपर्ने आचरणलाई व्यवस्थित गर्न निर्वाचन आयोग ऐन,२०६३ को दफा २८ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले संविधानसभा सदस्य निर्वाचन आचार संहिता, २०७० स्वकृत गरी ७ साउन २०७० देखि लागु गरेको छ । राजनीतिक दल, एवं दलका भातृसंगठनहरु, उम्मेदवार तथा उम्मेदवारसँग सम्वन्धित व्यक्ति तथा संस्था, नेपाल सरकार र नेपाल सरकारका मन्त्री तथा नेपाल सरकारको स्वामित्वमा वा नियन्त्रणमा रहेका संस्था र स्थानिय निकाय, आम संचारका माध्यम, नेपाल सरकारका कर्मचारी र निर्वाचन कार्यमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, गैरसरकारी संघ तथा संस्था र निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगले खटाएको स्वमंसेवक लगायतका सरोकारबाला व्यक्तिहरुले आचार संहिता पालना गर्नु पर्ने हो ।
निर्वाचन आचार संहिता उल्लघंन गरेमा हुने सजाय
कसैबाट आचार संहिता पालना नभएको वा उल्लघंन गरेको देखिएमा निर्वाचन आयोगले त्यस्तो काम तुरुन्त रोक्न वा वदर गर्नको लागि आदेश दिने छ । त्यस्तो आदेश बमोजिम काम कारवाही नरोकिएमा वा वदर नगरेमा आयोगले आचार संहिता उल्लंघनकर्तालाई १ लाख रुपैया सम्म जरिवाना गर्न सक्ने छ । कुनै उम्मेदवारले आचार संहिताको उल्लंघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धांधली रहित तवरबाट हुन नसकिने कुरामा आयोग विश्वस्त भएमा आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द समेत गर्न सक्ने छ । निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन खर्चको हद भन्दा वढी खर्च गरेमा वा खर्च विवरण आयोग समक्ष पेश नगरेमा आयोगले जरिवाना गर्न सक्ने छ । खर्चको लेखा परीक्षण प्रतिवेदनको आधारमा अनुचित तवरले खर्च गरेको देखिएमा त्यस्तो व्यक्ति वढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने र त्यस्तो व्यक्ति निर्वाचित भएको रहेछ भने निजको निर्वाचन स्वतः वदर हुने छ ।



मिति ः २०७०÷७÷१७

शिवधारी यादवलाई त पार्टीबाट कान समातेर निकाली दिनु पर्छ – स्मृतिनारायण चौधरी




शिवधारी यादवलाई त पार्टीबाट कान समातेर निकाली दिनु पर्छ । पछिल्लो संविधानसभाको चुनावमा  शिवधारी यादव त खुलेरै मेरो विरोधमा लागेको थियो । मलाई बाहिरीयाको आरोप लगाएर विपक्षीमा मत दिलाएको थियो । गिरिजाबाबुले शिवधारीलाई बोलाएरै स्मृतिलाई सघाउ भनेर भन्दा पनि मेरो भोट काट्दै हिडयो । मैले त शिवधारीलाई कारवाही नै गरेको थिएँ । कारवाही लागु भएको भए अहिले शिवधारी र राजाराम अरगरिया जस्ता कांग्रेसमा हुने थिएनन । के गर्ने कांग्रेसमा अनुशासन नै छैन । नेपाली कांग्रेस धनुषाका पुर्व सभापति तथा पुर्व सांसद स्मृतिनारायण चौधरीसँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको वार्तालापको सम्पादीत अंश प्रस्तुत छ । 

विगत संविधानसभाको चुनावमा धनुषाको ७ सिट मध्ये ३ सिटमा जित हातपारेको कांग्रेसले ४ सिटमा पराजय वेहोरनुपरेको थियो, यद्यपि समानुपातिक मत तर्फ कुल ५८ हजार ५ सय ४१ मत ल्याई पहिलो स्थान ओगटन सफल भएको थियो । यस पटक दोस्रो चुनावमा कांग्रेसको अवस्था कस्तो रहने छ ?
कांग्रेसको धनुषामा यसपटक लहर नै चलेको छ । सबै क्षेत्रमा प्रतिस्पर्धामा छौं । धनुषाको निर्वाचन क्षेत्र नं.२,३,४ र ५ मा कांग्रेस जितिरहेको छ । ६ मा संगठन मजबुत छ र उम्मेदवार कमजोर भएपनि त्यहाँ हामी जित्दै छौं । ७ नम्बरमा कांग्रेस हारदैछ भनिएको थियो तर त्यहाँ पनि हाम्रो राम्रो पोजिसन भईसक्यो । 
१ मा संगठन बहुत राम्रो छ, अलिकति जातिको सवाल उठिरहेछ । माओवादीबाट त्यहाँ रामचन्द्र झा र अर्को वागी भएर स्वतन्त्रमा श्रवण वरवरिया लडेका छन । कांग्रेस त्यहाँ राम्रै थियो तर टिकट वितरणमा तल माथि भएपछि अलि विवाद देखिएको छ । राजा गोइतलाई टिकट दिनुपर्छ भनेर मैले भनेको थिएँ तर दिनेश परसैलालाई दिइयो । राजा गोइतलाई दिएको भए पक्कै जित्थ्यो । परसैला क्षेत्रिय अध्यक्ष हुन, पहिले पनि काम गरेका हुन । त्यहाँको मास कांग्रेसलाई नै जिताईरहेको छ तर टिकटमै तालमेल नमिलेपछि त्यहाँ कमजोर भएको मैले सुनेको छु । अहिले पनि तालमेल भयो भने धनुषामा ७ वटै क्षेत्र हामी जित्छौं ।
६ नम्बरमा समानुपातिकको बन्द सुचिमा १ जना पनि परेनन । ७ नम्बरमा समिर घिमिरे वागी भएर स्वतन्त्रमा उम्मेदवारी दिएर कांग्रेसकै मत काट्ने हो । ५ नम्बरमा महेन्द्र यादवलाई टिकट नदिई चन्द्रमोहन यादवलाई दिईएकोमा अन्तरघात हुने सम्भावना प्रवल देखिन्छ । १ नम्बरमा विवाद रहेको तपाई आफै स्वीकारनु भयो । टिकट वितरण र समानुपातिक उम्मेदवारको चयनमा रहेका संसदीय वोर्डका आनन्द प्रसाद ढुङगाना र विमलेन्द्र निधि माथि आक्रोशको सिकार निधि र ४ नम्बरका उम्मेदवार रामसरोज यादव हुने कति सम्भावना देख्नुहुन्छ ?
समानुपातिकमा जसरी मिलाउनुपर्ने हो त्यसरी मिलाउन नसकिएकै परिणाम स्वरुप ६ मा कोही पनि परेनन । वढी असंतुष्टि ६ मा होइन २ मा छ । किनभने समानुपातिकमा पर्नुपर्ने मान्छे परेन र एउटा दलित रामसुन्दर महरालाई दिईयो । त्यस कारण त्यहाँ धेरै कार्यकर्ताहरु असंतुष्ट रहेको मैले सुचना पाएको छु । ७ मा स्वतन्त्रबाट उठेका समीरजीले राम्रै मत पाउनु हुन्छ भनेर मैलेपनि सुनेको हो । उहाँ त मेरो मित्रै हुनु हुन्छ तर त्यहाँ पार्टीको संगठन छ नकि समीरजीको । समीरजीको माथि माथि अलिकति भोट छ तर उहाँ जित्नु हुन्न, त्यहाँ कांग्रेसको आधिकारीक उम्मेदवार नै जित्छ ।
क्षेत्र नं. १ मा विगत चुनावमा राजा गोइतले एमाओवादी उम्मेदवार श्रवण बरवरीयालाई सहयोग गरेको कारण तपाई पराजित हुनुभयो भनेर भन्ने गरिन्छ । त्यही आरोपका कारण उनलाई टिकट पनि नदिईएको हो र यसपटक पनि उनी अन्तरघात गर्ने भन्ने वाहिर हल्ला छ । के भन्नु हुन्छ ?
उनले मलाई चुनावमा सहयोग गरेनन भनेर निरर्थक आरोप लगाईरहेका छन मान्छेले । उनलाई हर्टमा पेन थियो र पटनामा गएर डा. एके ठाकुरसँग अपरेशन गराउन गएको थियो । राजा गोइतको इमान्दारी माथि मलाई कुनै शंका छैन ।
४ नम्बरमा कांग्रेस र सदभावना बीच झडपहरु पनि हुन थाल्यो । कसरी लिनु भएको छ ४ नम्बरलाई ?
कुर्थामा अलिकति नोक झोक भएको हो । संजय अलिकति उग्र मान्छे हो, आफुलाई बाहुवली पनि भनिरहेछ । कुर्थामा उनका कार्यकर्ताहरु बाटो छेकेको थियो, हाम्रो मान्छे पनि गयो । प्रहरीले राम्रो रोल ग¥यो र खासै केही भएन ।
४ नम्बरमा संजय र रामसरोज बीच नभएर संजय र जीवनाथ चौधरी बीचको प्रतिस्पर्धा हो भनेर पनि सुन्ने गरिएको छ नि ?
मान्छेको मुख त थुन्न सकिदैन । जीवनाथ पनि केही छैन र संजय पनि केही छैन । वास्तवमा कांग्रेसको उम्मेदवार रामसरोज यादव बलियो छ । त्याग र संघर्ष गरेको मान्छे हो र जित्छ पनि ।
क्षेत्र नंंंंं ३ मा जुली महत्तो, राजु चौधरी र हरिदेव मण्डलले कांग्रेसको उम्मेदवार विमलेन्द्र निधिलाई हम्मे हम्मे पारिदिएको छ भनेर क्षेत्रमा अहिले खुवै चर्चा छ । निधिजीलाई के गाह्रो परेकै हो ?
छैन, छैन । राजुले केही गर्नै सक्दैन । जुलीसँग सैद्धान्तिक मत एक प्रतिशत पनि छैन मात्र जातिको भोट कलेक्शन गरीरहेको छ तर त्यहाँको साह समुदायले पनि के भनिरहेको छ भने वाहिरको मान्छेलाई कुनै पनि हालतमा जिताउदैनांै । कर्मठ र विकास पुरुष विमलजी अति भारि मत अन्तरले जित्नु हुन्छ । 
२४ वर्ष देखि निधि परिवारले त्यस क्षेत्रमा शासन गरे तर विकासको नाउँमा त्यहाँ सडक, अस्पताल, कलेज, रोजगारी केही पनि छैन भनेर त्यस क्षेत्रका जनता निधिजीलाई हराएर निधिजीको विकल्पको रुपमा नयाँ अनुहार खोजिरहेका छन नि ?
हेर्नुस विकासको सवालमा यो सव कमि त छ । ३ नम्बरमा मात्र होइन देश भरीमा बाटो छैन, स्वास्थ्यको सुविधा छैन । विमलजी त्यस क्षेत्रमा किसानहरुको लागि ३ वटा फाटक जमुनी, मुगलैया र विमला नदीमा बनाएका छन । त्यहाँ काम भईरहेका छन, किसानहरु प्रभावित छन । जमुनीमा, थल्हीमा, कटैयामा ठुलो ठुलो पुल बनेको छ । विद्यालयहरु पनि भारतले बनाएको छ । 
भारत सरकारले गरेको लगानीको जस निधिजीले त लिनु भएन नि ?
किन नलिने ? निधिजीको पहलबाट भारत सरकारले लगानी गरेको जस त लिनै प¥यो नि ।
निधिजीको वर्षो देखिको एजेण्डा राजर्षि जनक विश्व विद्यालय हालसम्म बन्न सकेन । जनकपुर जटही सडक खण्ड लगायत गाउँ गाउँमा सडकको हाल बेहालै छ । जटहीमा सहिद दुर्गा नन्द झाको नाउँमा बन्ने अस्पताल उहाँले नै बन्न दिनु भएन भन्ने आरोप छ । एडीविको परियोजनाका लागि फुलगामामा डम्पीङग साइटको वाधक उहाँ नै बन्नु भयो भन्ने आरोप छ । यस्तोमा जनताले फेरी उहाँलाई नै किन जिताउनु प¥यो ?
धनुषामा कुनै हुलाकी सडक बनेको छैन भने जनकपुर जटही सडक नबन्दा धेरै आपत्ति हुनु भएन । त्यसमा विमलजीको दोष छैन । ठेक्का लागेकै हो र ठेकेदारले काम गरिराखेको छैन भने उहाँको के दोष । अबेर भएपनि त्यो काम हुन्छ नै । राजर्षि जनक विश्व विद्यालय पनि पक्कै हुन्छ । हाउसमा उहाँ उपस्थित नभएको कारण विश्व विद्यालयको विल पास हुन सकेन ।
त्यही त यस्तो महत्वपुर्ण कार्यको लागि हाउसमा उपस्थित नहुँदा उहाँ जिम्मेवार त देखिनुभएन । तपाईको भनाई मान्ने हो भने उहाँको गैरजिम्मेवारीपन त देखियो नि ?
कुन दिन विल आउँछ भन्ने कुरा सभासदले थाहा नपाउन पनि सक्छ । उहाँको त्यो भन्दा पनि जरुरी काम वा प्राथमिकता अर्कै परेको हुन सक्छ । रहयो एडीविको सवाल, एडीवि उहाँले नै ल्याउनु भयो । फुलगामामा बनाउने भनिएको डम्पीङग साइट उहाँलाई राम्रो लागेन । ढल्केवर भन्दा पुर्व मालटोल बजारमा डम्पीङग साइट बने राम्रो हुन्छ भन्ने निधिजीको धारणा हो ।
हिजो सभापतिको निर्वाचनमा तपाईलाई निधिजीले पराजित गर्न आफ्नो पुरा तागत लगाउनु भयो । आज तपाईलाई के स्वार्थ जाग्यो र संस्थापन पक्षको खेमा छोडेर निधिजीको क्याम्पमा जानु मात्र भएको छैन, रामसरोज र निधिजीको प्रचारका लागि अस्वस्थ हुँदा पनि हिड्नु भएको छ ?
चुनावमा पहिले पनि मैले रामसरोजलाई हराएको थिएँ । १३ वर्ष सभापति बसें । रामसरोजलाई पिडा भएपछि उनले असहयोग ग¥यो । मैले कुनै खेमा चेन्ज गरेको छैन । म नेपाली कांग्रेस हुँ र पार्टीलाई सहयोग गरिरहेको छु । रामसरोज र निधिजी दुवैजना पार्टीको उम्मेदवार हो र मैले सहयोग गरिरहेको छु ।
हिजो सम्म तपाई संस्थापन पक्ष कोइराला खेमाको उम्मेदवार हुनुहुन्थ्यो नि तर आज भन्नुहुन्छ म कुनै खेमामा छैन ।
तपाईसँग कुनै प्रमाण छ ? के मैले कागजमा लेखेर दिएको हो कि म कोइराला खेमाको उम्मेदवार हो ? म आफ्नो ठाउँमा छु । १ नम्बर क्षेत्रमा मलाई बाहिरीया आयो भनेर भन्दा मलाई अपमान बोध भयो र म ३ नम्बरको क्रियाशिल सदस्य छु र त्यही आफ्नो घरमा अहिले आएको छु । मैले खेमा चेन्ज गरें, यस्तो पनि कहिं आरोप हुन्छ ?
सभापतिमा तपाईलाई निधिजीले हराउनु भयो र तपाईले महामन्त्रीमा निधिजीलाई हराएर बदला लिनु भयो भनेर पनि यहाँ खुवै चर्चा चलेको थियो । आज विमलजीसँग के कति कारणले तपाई नजिकिनु भयो ?
हिजो महामन्त्रीमा ५सय भन्दा वढी मतले निधिजी हारनु भएको थियो । धनुषामा ८०(८५ जना भोट मात्रै छ । उहाँलाई देशैभरीका केही मान्छेले मन नपराएको कारण उहाँ हार्नु भयो । मैले हराएको होइन । चुनावमा त हार जीत हुन्छ नि । विमलजीसँग मेरो कहिले पनि सम्बन्ध विग्रेको छैन । उहाँ सँग संगै जेल पनि बसेको हो र निस्केको पनि हो । 
हाम्रो दुवैजनाको मित्रता राजनीति भन्दा पनि माथि छ । म विरामी थिएँ, उहाँ मलाई भेट्न आउनु भयो । मैले भने मलाई समानुपातिकमा राख्नु पर्छ । उहाँले भन्नु भयो ठीक छ म तपाईलाई समानुपातिकमा सहयोग गर्छु ।
तर तपाईको नाउँ त ३०७ नम्बरमा छ नि ?
हेर्नुस बन्द सुचिमा संख्याले कुनै अर्थ राख्दैन ।
४ नम्बरमा लिला कोइराला, १५ नम्बरमा आनन्द प्रसाद ढुङगाना, २० नम्बरमा महेन्द्र यादव र तपाई सबैभन्दा अन्तिमतिर पर्नुमा पनि तपाईलाई लाग्दैन कि संख्याले अर्थ राख्दैन ?
बन्द सुचिमा मेरो नाउँ आईसकेको छ  । समानुपातिकमा अरु परेपनि नपरेपनि म पक्कै पर्छु । मेरो सेक्रीफाइस छ । 
लिला कोइरालाको श्रीमान सरोज प्रसाद कोइरालाले त सहादतै दिएका छन । के उनको सेक्रीफाइस छैन र ?
तर राजनीतिमा म जति जेल बसेछु मैया भाउजु(लिला कोइराला) पनि बस्नु भएको छैन । महिला भएर जति संघर्ष उहाँ गर्नुभएकोछ त्यो कम होइन तर मैले उहाँ भन्दा वढी संघर्ष गरेको छु ।
आनन्द ढुङगाना भन्दा पनि पहिलो प्राथमिकता तपाईकै हुन्छ ?
यो भन्न सक्दिनँ ।पार्टीमा केन्द्रिय कमिटिले जे निर्णय गर्छ त्यो सबैले मान्नु पर्छ  ।
हिजो तपाई कोइरालाको नजिक त मानिनु हुन्थ्यो नि ?
हो, हो ।
तर तपाई अहिले निधिजीको नजिक मानिनु हुन्छ नि ?
हेर्नुस म गिरिजा प्रसाद कोइरालाको नजिक थिएँ । अहिले मलाई दुवै खेमाले माया गर्छ,आदर गर्छ, सम्मान गर्छ । त्यो त मेरो विशेषता न हो । म सुशिल कोइरालाको नजिक छैन । छ भने आनन्द ढुङगाना छ ।
तपाई अब आनन्द ढुङगानाको नजिक पनि हुनु हुन्न ?
पार्टीको साथी हो ।
पुर्व सांसद शिवधारी यादव समानुपातिकमा पर्न सकेनन । शिवधारी यादव र उनीजस्ता नेताहरु कांग्रेसको भरिया भएर नै वस्नु पर्छ ?
शिवधारी यादवलाई त पार्टीबाट कान समातेर निकाली दिनु पर्छ । पछिल्लो संविधानसभाको चुनावमा  शिवधारी यादव त खुलेरै मेरो विरोधमा लागेको थियो । मलाई बाहिरीयाको आरोप लगाएर विपक्षीमा मत दिलाएको थियो । गिरिजाबाबुले शिवधारीलाई बोलाएरै स्मृतिलाई सघाउ भनेर भन्दा पनि मेरो भोट काट्दै हिडयो । मैले त शिवधारीलाई कारवाही नै गरेको थिएँ । कारवाही लागु भएको भए अहिले शिवधारी र राजाराम अरगरिया जस्ता कांग्रेसमा हुने थिएनन । के गर्ने कांग्रेसमा अनुशासन नै छैन ।
२०४६ सालको आन्दोलनका हिरो तथा जिउँदो सहिद ललन चौधरी जस्ता योद्धाहरु समानुपातिकको बन्द सुचिमा किन पर्न सकेनन ?
हेर्नुस, अव उसले पनि प्रयास गर्नु पथर््यो ।
नेताको चाकडी गर्नु पथर््यो ?
होइन,होइन चाकडी होइन । मैले भनेको थिएँ, भतिजो फलानो फलानो नेतालाई गएर भेटन । तर उ भन्थ्यो म कांग्रेस मै संतुष्ट छु । 


मिति ः २०७०÷७÷१७