Saturday, December 7, 2013

चुनाव लक्षित धनुषामा सुरक्षा व्यवस्था कडा



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मंसिर ४ गते आसन्न संविधानसभाको दोस्रो निर्वाचनलाई लक्षित गरेर धनुषामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित जिल्ला सुरक्षा समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, म्यादी प्रहरी र नेपाली सेना र राष्टिूय अनुसन्धान विभागका कर्मचारीलाई परिचालन गरेको छ ।  धनुषाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली भन्छन,“गृहमन्त्रालयबाट प्राप्त भएको केन्द्रिय सुरक्षा योजना अनुसार हामीले पनि जिल्ला सुरक्षा योजना तयार गरेका छौं । निर्वाचन अघि, मतदान दिन र मतदान पछि गरी तीन भागमा सुरक्षालाई विभाजन गरेका छौं । प्रत्येक निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीको वेस क्याम्प रहन्छ । नेपाल प्रहरीका अहिलेको युनिटका साथै थप प्रहरीलाई खटाएर सुरक्षा व्यवस्था मिलाइएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा नेपाल प्रहरीका बाहेक ८ वटा सशस्त्र प्रहरीको टोली, ३ वटा नेपाली सेनाको टोली परिचालन गरिएको छ ।”
जिल्लामा निर्वाचन सुरक्षाकै लागि प्रशासनले एउटा अलग्गै टेलिफोन नम्बर प्रदान गरेको छ । अरु सम्पर्क नम्बरहरु इन्गेज हुन सक्ने भएकाले निर्वाचनकै लागि भनेर जिल्ला प्रहरी कार्यालयमा छुट्टै ९८५४०२७१०३ भन्ने नम्बर व्यवस्था गरिएको हो । यो नम्बर वारे सबै उम्मेदवारलाई पनि जानकारी गराईएको छ ।
सुरक्षा घेराको कुरा गर्दा अहिले सेनाले ‘फ्ल्याग मार्च’ प्रत्येक निर्वाचन क्षेत्रमा गर्दैछ । ३० देखि ४० जनाको सेनाको टुकडी प्रत्येक निर्वाचन क्षेत्रमा परिचालन भएको छ । मतदान स्थलमा तेस्रो घेरामा रहेर सेनाले सेक्युरिटी दिन्छ । प्रजिअ मैनाली भन्छन,“ सेना परिचालन भएको विषयमा आम मतदाताले केही चिन्ता गर्नु पर्ने अवस्था पनि छैन र आत्तिनु पनि पर्दैन । सुरक्षा भनेको नेपाल प्रहरीबाट नै हुन्छ, त्यो भन्दा वाहिर सशस्त्र प्रहरीबाट र त्यो भन्दा पनि आउटर घेरामा मात्र हो सेना । व्याक(अपको रुपमा मात्र रहन्छ सेना ।सेनाले पक्राउ गर्दैन । कानुन बमोजिम कारवाही गर्ने भनेको नेपाल प्रहरीले मात्रै हो । सेना व्याक फोर्सको रुपमा सपोर्टको लागि मात्र रहन्छ ।”
१ मंसिर साँझ सम्म प्रत्येक निर्वाचन क्षेत्रमा रहेको मतदान केन्द्रहरुमा निर्वाचन सामग्री निर्वाचन आयोगको समन्वयमा पुरयाईसकिएको भन्दै धनुषा प्रहरी प्रमुख उत्तम राज सुवेदी भन्छन,“ २ गते देखि ४ गते सम्म सिमावत्ती नेपाल भारतको बोर्डर सिल गरिएको छ । मादक पदार्थ विक्री वितरण मत गणना नहुनजेल सम्म दिनमा पनि पुर्णतः प्रतिवन्धित गरिएको छ ।” बन्दलाई लक्षित गरेर राजमार्गमा कुनै पनि किसिमको उत्छृङखल घटना हुन नदिन भरपर्दो सुरक्षा व्यवस्था मिलाउनुका साथै अन्य ठाउँहरुमा पनि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी उपरीक्षक सुवेदीले बताएका छन ।
निर्वाचनमा सुरक्षा व्यवस्थाको अनुगमन गर्नको लागि स्थानिय प्रशासन ऐन अनुसार प्रमुख जिल्ला अधिकारी द्धारा अख्तिियारी प्राप्त उपसचिवको नेतृत्वमा तीन जनाको सिभिल टोली खटाइएको छ ।
धनुषामा १ सय २६ मतदान स्थल अतिसंवेदनशिल
निर्वाचन वहिष्कार तथा विथोल्ने रणनीतिका साथ आन्दोलित मोहन वैद्य नेतृृत्वको नेकपा(माओवादी सम्मिलित विभिन्न राजनीतिक दलहरुको संयुक्त मोर्चा र मधेस केन्द्रित भुमिगत सशस्त्र संगठनहरुको गतिविधिलाई केन्द्रिकृत गरी नेपाल सरकारले देशभरीको १६ वटा जिल्लाहरुलाई अतिसंवेदनशिल क्षेत्रको रुपमा लिएको अवस्थामा धनुषा पनि सुरक्षाको दृष्टिकोणले अति नै संवेदनशिल जिल्लाको रुपमा पर्दछ । भारतको बोर्डरसँग सिमा जोडिएको तथा खुल्ला सिमा रहेको, विगतमा भुमिगत समुहहरुको गतिविधि वढी हुने स्थल, राजनीतिक हिसावले वढी चलखेल हुने तथा विगतको संविधानसभाको निर्वाचनको अवस्थाका आधारमा धनुषा जिल्लालाई अतिसंवेदनशिल क्षेत्रको रुपमा लिईएको धनुषाका प्रहरी नायव उपरीक्षक संतोष सिंह राठौडले बताएका छन । कुल ३ सय ८ मतदान स्थल रहेको धनुषा जिल्लामा १ सय २६ मतदान स्थल अतिसंवेदनशिल, १ सय १६ मतदान स्थल संवेदनशिल र ६६ मतदान स्थललाई सामान्य गरी तीन भागमा नेपाल प्रहरीले वर्गिकरण गरेको छ । भौगोलिक विकटता, छिमेकी जिल्लासँग जोडिने सिमाना, सदरमुकामबाट व्याकअप पुग्न टाढा भएको आधारमा धनुषाको क्षेत्र नंं.१ मा २३, क्षेत्र नं.२ मा १६, क्षेत्र नं.३ मा १५, क्षेत्र नं. ४ मा १, क्षेत्र नं.५ मा २३, क्षेत्र नं. ६ मा २३ र क्षेत्र नं. ७ मा २५ गरी कुल १ सय २६ मतदान स्थललाई जिल्ला प्रहरी कार्यालय धनुषाले अतिनै संवेदनशिल क्षेत्रको रुपमा लिएको हो । जनकपुर नगरपालिका भित्र व्याकअप फोर्स तत्काल उपलब्ध हुने हुनाले ४ नम्बर क्षेत्रमा एउटा मतदान स्थललाई मात्र अति संवेदनशिल क्षेत्रको रुपमा लिइएको डिएसपी रोठौडले बताएका छन । त्यसैगरी क्षेत्र नं. १ मा १९ संवेदनशिल र ६ सामान्य, क्षेत्र नं. २ मा २० संवेदनशिल र ६ सामान्य, क्षेत्र नं. ३ मा १० संवेदनशिल र १९ सामान्य, क्षेत्र नं. ४ मा २६ संवेदनशिल र १८ सामान्य, क्षेत्र नं. ५ मा १२ संवेदनशिल र ८ सामान्य, क्षेत्र नं. ६ मा १५ संवेदनशिल र ९ सामान्य र क्षेत्र नं.७ मा १४ संवेदनशिल तथा एउटा पनि सामान्य नरहेको गरी कुल १ सय १६ मतदान स्थल संवेदनशिल तथा ६६ मतदान स्थल सामान्य रहेको नेपाल प्रहरीको भनाई छ । क्षेत्र नं. १ मा २ सय ४२, क्षेत्र नं. २ मा २ सय ८, क्षेत्र नं.३ मा २ सय ७, क्षेत्र नं. ४ मा २ सय ३, क्षेत्र नं. ५ मा २ सय २१, क्षेत्र नं.६ मा २ सय ३४ र क्षेत्र नं. ७ मा २ सय १८ गरी कुल १ हजार ५ सय ३३ नेपाल प्रहरी मतदान स्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि खटिएका छन । जिल्ला प्रहरी कार्यालय सुरक्षाका लागि २ सय, रिजर्भमा निर्वाचन सेलका लागि ३० जना र अन्य भैपरिका लागि १ सय गरी कुल २ हजार प्रहरी धनुषामा परिचालित भएका छन । १ हजार प्रहरी कर्मचारीको दरबन्दी रहेकोमा कुल १ हजार प्रहरी अञ्चल प्रहरी कार्यालय जनकपुर, टूाफिक फिल्ड, गुल्म जनकपुर, सशस्त्र प्रहरी गण रातोमाटी हेटौडा, दङ्गा गण, प्रहरी प्रधान कार्यालय महराजगंजबाट थप मद्दत भएको डिएसपी राठौडले जानकारी दिएका छन । हाल १ जना थप डिएसपी प्रकास चन्द, १३ जना हालको र थप ११ गरी कुल २४ प्रहरी निरीक्षक, सई,असई, हवलदार समेतको कमान्डमा प्रहरी परिचालन गरिएको छ । अतिसंवेदनशिल र वढी मतदाता संख्या भएको मतदान स्थलमा प्रहरी निरीक्षक, तथा सामान्य र कम मतदाता संख्या रहेको ठाउँमा असई र हवलदार समेतको कमान्डमा प्रहरी परिचालन भएको डिएसपी राठौडले बताएका छन । नेपाल प्रहरीलाई सहयोग गर्न १ हजार ५ सय ३३ म्यादी प्रहरी पनि विना हतियार परिचालित भएका छन ।
धनुषामा ११ सय सशस्त्र प्रहरी परिचालन 
निर्वाचनलाई लक्षित गरेर नेपाल प्रहरीलाई थप मद्दतको लागि व्याकअप फोर्सको रुपमा हतियार, ढाल र लठ्ठी सहित कुल १ हजार १ सय सशस्त्र प्रहरी बल धनुषामा परिचालन भएका छन । धनुषाका सशस्त्र प्रहरी उपरीक्षक सुवर्ण थापा मगरको कमान्डमा कुल ८ जना डिएसपी, १ सय ३० जना सशस्त्र प्रहरी निरीक्षक लगायतका टोली परिचालन भएका छन । जिल्ला निर्वाचन सुरक्षा वेशको कमान्ड डिएसपी दिपक विष्ट, क्षेत्र नं. १ मा यदुकोहामा डिएसपी राजकुमार श्रेष्ठ, क्षेत्र नं. २ मा सोनीगामामा डिएसपी कृष्ण कर्माचार्य, क्षेत्र नं. ३ मा फुलगामामा डिएसपी दलबहादुर श्रेष्ठ, क्षेत्र नं. ४ मा जनकपुर चुरोट कारखानामा डिएसपी प्रेम प्रसाद सिग्देल, क्षेत्र नं. ५ मा सपहीमा डिएसपी संतोष बस्नेत, क्षेत्र नं. ६ मा रघुनाथपुरमा डिएसपी निर्मल थापा र क्षेत्र नं. ७ मा नक्टाझिझमा डिएसपी प्रेम प्रसाईको कमान्डमा सशस्त्र प्रहरी परिचालित भएका छन । प्रत्येक निर्वाचन क्षेत्रमा १ सय ३० जना सशस्त्र प्रहरी खटेका छन । यसका अतिरिक्त ३ वटा स्टूाइकिङ र दुई वटा मोवाइल टोली गरी पाँच वटा टोलीमा कुल १३(१३ जनाका दरले सशस्त्र प्रहरी परिचालन गरिएको छ । एउटा टोलीले २ देखि ३ वटा गाविस सम्म प्रहरी निरीक्षक र प्रहरी नायव निरीक्षकको कमान्डमा घनिभुत रुपमा पटूोलिङका लागि परिचालन भएको हो । विशेष गरी शान्ति सुरक्षालाई थप बलियो बनाउन र संविधानसभाको चुनावकै दिनमा नेपाल प्रहरी मतदान केन्द्र भित्र सिमित रहने हुँदा बाहिर कुनै पनि उच्छश्रृङखल क्रियाकलाप गर्नेलाई समेत नियन्त्रण गर्न स्टूाइकिङ टोली गठन गरिएको हो । सिमामा कडा सुरक्षा व्यवस्था मिलाउन तथा छिमेकी मुलुक भारतबाट भुमिगत समुह वा अपराधी नआवोस भन्नका लागि सशस्त्र प्रहरीले सिमावर्ति ति भारतका एसएसवी सँग समन्वय गर्नुका साथै बोर्डर एरियालाई सिल गर्ने भएका छन । बोर्डरमा सुरक्षाका निम्ति फुलगामा, जटही, धनौजी र खजुरी गरी ४ वटा बोर्डर आउटपोस्ट (विओपी) का साथै महिनाथपुर र बौहरवामा गरी थप दुई वटा स्टूाइकिङ टोली गठन गरिएको हो । धनुषा जिल्लामा ५ सय १५ जना नेपाली सेना खटाइएको हो ।



मिति ः २०७०÷८÷०२

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete