Saturday, December 7, 2013

धनुषामा ‘हाइभोल्टेज चुनाव’



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

पहिलो संविधानसभाको निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक नेपालको प्रथम राष्टूपति दिने भुमि धनुषा अहिले पुर्णतः चुनावमय भएको छ ।फेरी दोस्रो पटक नयाँ इतिहास वनाउने क्रममा आफुलाई तयार गरिरहेको छ । धार्मिक, पौराणिक र ऐतिहासिक पृष्ठभुमि वोकेको जनकपुरको प्राचिनकाल देखि नै राजनीतिक परिचय पनि भएकाले सारा माहौल नै अहिले चुनावमय भइसकेको छ । राष्टिूय राजनीतिमा आफ्नो उचाई र कद बनाएर स्थापित भइसकेका एकिकृत नेकपा माओवादीका मधेस व्यूरो प्रमुख रामचन्द्र झा, नेपाली कांग्रेसका पुर्व महामन्त्री विमलेन्द्र निधि तमलोपाका राष्टिूय उपाध्यक्ष वृषेशचन्द्र लाल, सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष संजय कुमार साह, एमालेका केन्द्रिय सदस्य रघुविर महासेठ र राष्टूपति रामवरण यादवका पुत्र चन्द्रमोहन यादव चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेको हुनाले पनि धनुषाको यस पटकको निर्वाचन अति नै उत्साहप्रद भइरहेको छ । राजनीतिमा आफ्नो सिक्का जमाइसकेका खेलाडीहरुको विरासतको प्रतिष्ठा नै दाउमा लागेको हुनाले जो कोही पनि यस पटकको चुनावलाई जीवन मरणको लडाईका रुपमा पनि लिएको देखिन्छ । घर(घरमा चुनावको चर्चा हुन थालेको छ । उम्मेदवारले त चुनावी प्रतिस्पर्धालाई अत्यन्त रोमाञ्चक मात्र बनाएको छैन, चुनावी अङ्क गणितका ‘इन्जिनियर उम्मेदवारहरुको’ साख पनि दाउमा लागेको विश्लेषकहरु अनुभुति गर्न लागेका छन । आउने चुनावको परिणामले कतिपयको राजनीतिक करियरमा अल्पविराम वा पुर्णविराम लाग्न सक्ने देखिन्छ भने कतिपयको करियर अगाडी वढ्ने दुवै अवस्था भएका कारण धनुषामा यसपटक ‘हाइभोल्टेज चुनाव’ हुने निश्चित प्रायः छ । संविधान सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुले प्रचार प्रसार अभियानलाई तिव्र बनाएका छन् । अहिले उम्मेदवारहरु घरदैलो र कोण सभाहरुमा व्यस्त देखिएका छन् । चुनावी प्रचारमा जुटेका उम्मेदवारहरु अहिले जोरतोडका साथ मतदाताहरुलाई रिझाउन दिनहुँ नयाँ नुस्का ल्याउने गरेकोे छ । अभियान तिब्र संगै चुनावी आचार संहिता उल्लंघनको क्रम पनि तिब्र बनेको छ । धनुषामा कुल ३ लाख ३७ हजार ७ सय १७ मतदाता रहेका छन् । पहिले धनुषामा ५ वटा निर्वाचन क्षेत्र मात्र रहेकोमा विगतमा भएको पहिलो संविधानसभा निर्वाचनदेखि क्षेत्रको संख्यालाई ७ बनाइएको छ । यस ७ वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस, नेकपा एमाले, एकिकृत नेकपा माओवादी, नेकपा संयुक्त, तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम, सदभावना पार्टी, नेपाल सदभावना पार्टी(आ.), जनमोर्चा नेपाल, दलित जनजाति पार्टी, राष्टिूय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, संघिय समाजवादी पार्टी, जन यनिटी को अपरेटिभ पार्टी, जनता दल लोकतान्त्रिक, नेपाल लेवर पार्टी, मजफो गणतान्त्रिक, दलित जनजाति पार्टी, मधेश समता पार्टी, सहकारी पार्टी नेपाल, अखण्ड नेपाल, संघीय सदभावना पार्टी, जनतान्त्रिक तराई मधेश मुक्ति टाइगसं, नेपाल मजदुर किसान पार्टी, राष्टिूय जनशक्ति पार्टी सहित दर्जनौं स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् ।
धनुषाको सदरमुकाम जनकपुरधाम सहित सात निर्वाचन क्षेत्रका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल ३ सय ३७ उम्मेदवारहरु चुनावको मैदानमा आफ्नो भाग्यको परीक्षा निर्धारण गर्ने अभियानमा होमिएको देखिएको छ ।
सबैभन्दा वढी चर्चामा ‘क्षेत्र नं. १’
धनुषा निर्वाचन क्षेत्र नं. १ बाट रामचन्द्र झा (एमाओवादी), दिनेश प्रसैला (नेकाँ), लाल गोईत (एमाले), महेन्द्र प्रसाद कापडी (राप्रपा नेपाल),सुष्मा झा (स्वतन्त्र), सोनमा मुसहर (स्वतन्त्र), कलम हुसैन शेष (राप्रपा), राम हलेसियार कापड (दलित जनजाति), कृष्ण कुमार (तमलोपा), दिपेश यादव (स्वतन्त्र), बलदेव मण्डल (नेकपा माले), श्रवण यादव जीवन (स्वतन्त्र), पप्पु पजियार (स्वतन्त्र), इन्दलराइन यादव (स्वतन्त्र), रामप्रसाद मण्डल (समाजवादी पार्टी), ऋमिल यादव (नेपाल परिवार दल), विहारी यादव (स्वतन्त्र),पाण्डव यादव (स्वतन्त्र), कपिलदेव प्रसाद मुखिया (स्वतन्त्र), नरेश यादव (जन युनिटी को अपरेटिभ), अंजु देवी साह (नेपाल लेवर पार्टी), सुमित्रा कुमारी मुखिया(मधेश समता पार्टी), बाले राउ (स्वतन्त्र), श्याम कुमार भिन्वार(नेकपा माले समाजवादी), भोला गोइत(स्वतन्त्र), अरुण कुमार सिंह मंडल (फोरम नेपाल), धनिकलाल भिन्वार (स्वतन्त्र), राम गुलाम साह (स्वतन्त्र) र भोला गोइत यादव (स्वतन्त्र)ले उम्मेदवारी दिएका छन् । कुल ४६ हजार १ सय ७७ मतदाता रहेको धनुषा क्षेत्र नम्बर १ मा १८ वटा गाविसहरु रहेको छ ।
भौगोलिक दृष्टिकोणले तराईको दुर्गम ठाउँको रुपमा धनुषाको पुर्वी तथा उत्तरी भेगको क्षेत्र नं. १ लाई वर्षातको मौसममा टापु बनेको हुन्छ । २१ औं शताव्दीमा पनि त्यहाँ सडकको राम्रो व्यवस्था नभएका कारण यातायातको समुचित व्यवस्था नभए पनि कच्चि सडकमा केही वस गुडेको देख्न सकिन्छ । पछिल्लो संविधानसभाको निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार रहेका रामचन्द्र झाले १७ हजार १ सय ८३ मत ल्याई एमाओवादी उम्मेदवार जोग कुमार वरबरिया यादवलाई २ हजार ५ सय ७५ मत अन्तरले पराजित गरेका थिए । तर यस पटक एमाओवादीको आधिकारीक उम्मेदवार वनेका झा र एमाओवादीको कारवाहीमा परी साधारण सदस्यबाट समेत निलम्वित भएका वरवरिया फेरी पनि मैदानमा प्रतिस्पर्धाका रुपमा छन । सदरमुकामबाट निकै टाढा रहेको भए पनि यस क्षेत्रका जनता राजनीतिक रुपले सचेत, हरेक आन्दोलन र क्रान्तिको अगुवाई गरी निर्णायक भुमिका निर्वाह गरेका, हेर्दा किसान जस्तो नपढेको देखिए पनि राजनीतिक रुपमा सामान्य कुरा प्रति पनि चासो राख्ने सचेत जनता संविधानसभाको दोस्रो चुनावका लागि चुनावका लागि अत्यन्तै उत्साहित रहेका क्षेत्र नं. १ का उम्मेदवार समेत रहेका एमाओवादीका मधेस व्यूरो प्रमुख रामचन्द्र झा वताउँछन । झाले एमाले परित्याग गरि एमाओवादीबाट उम्मेदवारी दिएको र उनको दलित, जनजातीमा राम्रो पकड भएको यता क्षेत्रमा यादवको बाहुल्यता रहेको यस क्षेत्रमा एमालेको राम्रो जनाधार रहेको बताइन्छ । र अधिकांश जनताहरु एमाले र कांग्रेससंग सम्बन्धित रहेको बताइए पनि दुबै पार्टीका उम्मेदवारहरु तुलनात्मक रुपले हेर्दा झा भन्दा नयाँ भएको हुँदा केही हदसम्म फाइदा हुने कुरा देखिएको छ । यद्यपी एमाओवादीको बागि उम्मेदवार श्रवण यादवले केहि भोट काट्ने स्थिती भएकोले ठ्याक्कै परिणाम भन्न चाहि गाह्रो स्थिती नै देखिन्छ ।
क्षेत्रको १८ मध्ये १४ गाविसमा घरदैलो कार्यक्रम सम्पन्न गरिसक्दा विकास निर्माणमा अत्यन्तै पिछाडिएको क्षेत्र भएका कारण जनताको गुनासो हुनु स्वभाविक रहेको  भन्दै झा भन्छन,“ क्षेत्रमा थुप्रै ठुल(ठुला काम पनि भए तर स(साना काम हुन वाँकी छ । जनता दिर्घकालिन राजनीति भन्दा पनि विकासका कुरा अहिले घरदैलोको क्रममा उठाउने गरेका छन ।” यसो हेर्दा आप्mनो कोहीसँग प्रतिस्पर्धा छ जस्तो नलागेको भएपनि प्रतिद्वन्दीका क्रममा कांग्रेस निकै टाढा रहेको, त्यसपछि फोरम लोकतान्त्रिक, एमाले र काँइयो रहेको दावी गर्दै झा भन्छन,“यस क्षेत्रमा एमाओवादीको संगठनात्मक आधार वलियो रहेको, आफु पाँचौपटक निर्वाचनमा सहभागि हुँदाको अनुभव, जे(जे विकास निर्माणका कामहरु भयो, मैरै नेतृत्वमा भयो र मुख्य कुरा जनताको सुख दुःखमा जहिले पनि साथ रहेको कारण आफु विशाल मत अन्तरले विजयी हुने छु ।”
क्षेत्र नं.२मा कांग्रेस र माओवादी बीच प्रतिस्पर्धा
निर्वाचन क्षेत्र नम्बर २ मा १८ वटा गाविसमा कुल ४४ हजार ७ सय २४ मतदाता रहेका छन् । मण्डल र यादवको बाहुल्यता रहेको यस क्षेत्रमा कांग्रेस र एमाओवादीको राम्रो जनाधार रहेको बताइएकोमा नेपाली कांग्रेसका रामकृष्ण यादव, एमाओवादीका रामचन्द्र मण्डल, एमालेका भोला साह, फोरम नेपालका शुभचन्द्र मण्डल मंजु देवी साह (नेपाल लेवर पार्टी),उपेन्द्र मिश्र (नेकपा माले समाजवादी), सुमित्रा देवी कापरी (शान्ति पाटी नेपाल), इन्द्रजीत यादव (नेपाल परिवार दल), सुनिता कुमार कर्ण (नेमकिपा), धिरेन्द्र प्रसाद यादव (राप्रपा), राजीव कुमार यादव (नेपाल सदभावना पार्टी), शुभचन्द्र यादव (फोरम नेपाल), सुन्देश्वर यादव (संघीय सदभावना पार्टी), रोशन कुमार महतो(जन युनिटी को अपरेटिभ) र स्वतन्त्रबाट क्रमशः धनेश्वर मंडल ,सोनावती देवी, रामहृदय साह, राममंजु मंडल, दिप कुमार महतो, ब्रहमदेव यादव, अमित कुमार झा, संजय कुमार सुडी, जीतेन्द्र प्रसाद साह, रामबाबु मंडल, संजीव कुमार शर्मा, नथुनी मंडल र रामकुमार मंडल ले उम्मेदवारी दिएका छन् । ९ हजार ८ सय २५ मत ल्याएर पछिल्लो संविधानसभाको चुनावमा नेपाली कांग्रेसका रामकृष्ण यादव विजयी भएका थिए भने एमाओवादीका रामचन्द्र मण्डल ८ हजार २ सय १९ मत ल्याएपनि १ हजार ६ सय ६ मत का कारण दोस्रो भएका थिए । उक्त क्षेत्रमा यादवले विगतको संसदीय विकास कोषको रकमको सदुपयोग समेत नगरेको स्थानिय वासीहरु आरोप लगाउने गरेका छन । खास गरी मलाह समुदायको निरगुन सहनीले उम्मेदवारी दिएपछि कांग्रेस र माओवादी दुवैको मत काट्ने हुनाले एमालेका उम्मेदवार भोला साह पनि विजयी हुन सक्ने आँकलन गरिएको छ ।
३ मा सबैको निशानामा निधि
निर्वाचन क्षेत्र नम्बर ३ मा १७ गाविस गरी कुल ४७ हजार ८ सय ८६ मतदाता रहेका छन् ।
यस क्षेत्रमा ब्राह्मन र मुसलमानको मत निर्णायक मानिन्छ । यस क्षेत्रबाट कांग्रेसका पुर्वमहामन्त्री विमलेन्द्र निधि, एमाओवादीबाट हरिदेव मण्डल, एमालेबाट जुली महासेठ, साधु यादव (फोरम नेपाल), राजिव चौधरी (राष्टिूय मधेस समाजवादी पार्टी), जस्ता उम्मेदवार मैदानमा उत्रेका छन् । यो क्षेत्र  निधिका लागि सुरक्षित मानिए पनि कांग्रेस परित्याग गरि हाल राष्टिूय मधेस समाजवादी पार्टीबाट उम्मेदवार दिएका राजु भनेर चिनिने राजेश चौधरीले निधिको भोट मात्र काटिरहेको छैन, निधिलाई कडा टक्कर दिइरहेको छ । एमाओवादीका उम्मेदवार मण्डलको स्वच्छ छवि तथा गणतन्त्रवादी धारका कारण उनको स्थिती पनि राम्रो नै रहेको विश्वास व्यक्त गरिन्छ भनेसाथै एमालेका जुली महासेठले पनि पैसाको चलखेल गर्ने कारण ठ्याक्कै परिणाम के हुने भन्ने स्थिती पक्कै पनि छैन । रामसपाका उम्मेदवार राजु चौधरी भन्छन,“२४ वर्ष देखि उक्त क्षेत्रमा निधिजीको बन्धक बनेकै कारण विकास निर्माणमा त पछाडि प¥यो प¥यो, संविधान निर्माणका लागि समेत मधेसी जनताले विकल्पको रुपमा मधेसवादी पार्टीलाई साझा उम्मेदवारको रुपमा आफुलाई देखेको कारण आफु चुनाव जित्ने छु ।” गत चुनावमा निधि र मण्डल बीच भएको कडा प्रतिस्पर्धामा निधि १५ हजार ५ सय ८२ मत ल्याएर निर्वाचित भएका थिए भने मण्डलले ९ हजार ९ सय ३६ मत ल्याएका थिए ।
जनकपुरमा साह र यादव बीच कडा प्रतिस्पर्धा
धनुषाको एक मात्र नगरपालिका जनकपुर नगरपालिकाको १६ वडा र ५ गाविस रहेको निर्वाचन क्षेत्र नम्बर ४ मा कुल ५३ हजार ९७ मतदाता रहेका छन् । व्यापारीहरु (साहुजी)को बाहुल्यता रहेको यस क्षेत्रमा पहाडी, मारबाडी र मुसलमानहरुको समीकरणले निर्वाचन परिणामलाई प्रभावित पार्ने गर्दछ । यसैको कारण २०५४ को संसदीय निर्वाचनमा राप्रपाका कृष्णप्रताप मल्लले कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिलाई हराउन सफल भएका थिए भने गत चुनावमा संजय साहले विजयी हासिल गर्न सफल भएका थिए । तसर्थ यस संविधान सभा सदस्य चुनावमापनि त्यही समिकरणलाई मध्यनजर गरी दलहरुले आ(आफ्ना उम्मेदवार छनौट गरेको देखिन्छ ।
अरविन्द साह (एनेकपा माओवादी),श्रीप्रसाद साह (नेकपा एमाले), संजय कुमार साह (सदभावना पार्टी), रामसरोज यादव (नेपाली काग्रेस), वृषेश चन्द्र लाल यादव (तमलोपा), रामनरेश यादव (राप्रपा नेपाल), शोभा देवी साह (स्वतन्त्र), लक्ष्मण महतो सुडी (स्वतन्त्र), मनोज कुमार मण्डल (नेकपा संयुक्त), राजदेव मिश्र (स्वतन्त्र), दरोगा प्रसाद सिंह (स्वतन्त्र), रघुनन्दन प्रसाद साह (नेपाली जनता दल), जय कालिया देवी यादव(नेपाल मजदुर किसान पार्टी), रविशंकर कुमार कण (स्वतन्त्र), शिव साह हलुवाइ (स्वतन्त्र), लाल बाबु साह (ने स पा लोहियावादी), अनरुद कुमार साह (स्वतन्त्र), देवनारायण प्रसाद साह (स्वतन्त्र), मो. जियाउदिन नदाफ (स्वतन्त्र), फूल कुमारी देवी (नेकपा माले समाजवादी), रामदयादयाल मण्डल (स्वतन्त्र), सुधाकर झा (मधेशी जनअधिकार फोरम गणतान्त्रिक), विनोद कुमार साह (राप्रपा), रामप्रवोध महतो (स्वतन्त्र), बचन देव पजियार (स्वतन्त्र), रामस्वार्थ राय(मधेशी जनअधिकार फोरम नेपाल), शुद्धोधन यादव (स्वतन्त्र), उमेश कुमार साह (स्वतन्त्र), सूर्य कुमार साह (स्वतन्त्र), सूर्य दास (दलित जनजाति पार्टी ) , रामबाबु मंडल केवट(जनयुनिटी को अपरेटिभ पार्टी), सत्यनारायण साह (स्वतन्त्र), राम पुकार राय (तराइ मधेश सदभावना पार्टी नेपाल), ज्ञानेन्द्र कुमार राउत(राष्टिूय मधेश एकता पार्टी), पवन कुमार साह (नेपाल परिवार दल), बिरेन्द्र कुमार महतो (स्वतन्त्र),मनोज कुमार चौधरी (राष्टिूय मधेश समाजवादी पार्टी), ललित कुमार बरही (स्वतन्त्र),महादेव मुखिया(मधेश समता पार्टी नेपाल), सुरेश कुमार साह (नेपाल लेवर पार्टी), राजकिशोर साह(संघीय समाजवादी पार्टी), प्रमेश्वर मण्डल खत्वे (स्वतन्त्र), फौदार धोवी (स्वतन्त्र), अरुण कुमार नायक (मधेशी जनअधिकार फोरम मधेश), कृष्ण चन्द्र प्रसाद साह (मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक), अन्जु देवी बुढाथोकी (स्वतन्त्र), दुःखी मण्डल (नेकपा माले), दिपेश कुमार साह(राष्टिूय जनता दल नेपाल), रंजीत कुमार मंडल (स्वतन्त्र), रामचन्द्र पजियार (स्वतन्त्र), अनिल पजियार (स्वतन्त्र), विनोद कुमार मण्डल (स्वतन्त्र), ललन ठाकुर मैथील (जनतान्त्रिक तराई मधेश मुक्ति टाइगसं), रामदयाल साह सुडी (स्वतन्त्र), विजय कुमार साह (स्वतन्त्र), रामपुकारी देवी ठाकुर (स्वतन्त्र), सुरेश पजियार (स्वतन्त्र) संतोष कुमार सरबरिया (स्वतन्त्र), सुजित कुमार मण्डल धानुक (स्वतन्त्र), बिरेन्द्र पासवान (स्वतन्त्र), रामनरेश प्रसाद साह(नेपाल सदभावना पार्टी), सुनिल कुमार यादव (स्वतन्त्र), दिपक कुमार झा(संघीय सदभावना पार्टी) र राज कुमार सिंह (अखण्ड नेपाल) ले उम्मेदवारी दिएका छन् ।
यस क्षेत्रमा व्यापारीहरुको मतले निर्णायक भुमिका खेल्ने भएको हुँदा प्राय सबै दलहरुले त्यही किसिमले उम्मेदवारलाई खडा गरेका छन् भने उम्मेदवारहरु पनि व्यापारीहरुको मतलाई क्यास गर्न जोरतोडकै साथ लागि परेको देखिन्छ । गत चुनावमा एमालेका रघुवीर महासेठ र तत्कालिन फोरम तथा अहिलेको सदभावनाका संजय साह बीच भएको कडा प्रतिस्पर्धामा साहले १३ हजार ४ सय २२ मत ल्याएर निर्वाचित भएका थिए भने महासेठले ९ हजार २ सय ८२ मत मात्र पाएका थिए । यस चुनावमा पनि साह सदभावनाको केन्द्रीय उपाध्यक्ष भएको र राज्य मन्त्री भइसकेको हुँदा उनको तुलनात्मक रुपमा अरु उम्मेदवार भन्दा मुल्यांकन उच्च रहेको देखिन्छ । तर कांग्रेसका उम्मेदवार रामसरोज यादव पनि उनीभन्दा कम नरहेको बताईन्छ । खास गरी विभिन्न पार्टीबाट साह समुदायबाट थुप्रै उम्मेदवार रहेको हुनाले संजयको मत काटिने एक थरिको आँकलन छ भने फोरमबाट राम स्वार्थ राय यादवले पनि जातिगत आधारमा कांग्रेसको भोट काट्न सक्ने हुनाले फोरवार्ड समुदायको मत लिएर तमलोपाका वृषेश चन्द्रलाल पनि जित्न सक्ने तमलोपा कार्यकर्ताहरुको विश्लेषण छ ।
५ मा महासेठको साख दाउमा 
निर्वाचन क्षेत्र नम्बर ५ मा १५ वटा गाविस गरी कुल ४७ हजार ४ सय १० मतदाता रहेको छ । यो क्षेत्रलाई पनि यादवहरुको बहुल क्षेत्र मानिन्छ र यस क्षेत्रमा पर्ने सखुवा महेन्द्रनगर गाविसको भोटलाई निर्णायक भोट मानिन्छ । धनुषा जिल्लाको सबै भन्दा बढी मतदाता रहेको गाविस सखुवा महेन्द्रनगरमा नै हो । यस क्षेत्रबाट राष्टूपति रामवरण यादव पुत्र डा. चन्द्रमोहन यादवको टक्कर तमलोपाकी अनिता यादव, एमालेका रघुवीर महासेठ र एमाओवादीका विजय यादव संग छ ।
पहिलो संविधान सभा निर्वाचनमा कांग्रेसबाट विजयी हासिल गरेका डा. रामवरण यादव राष्टूपति भएपछि उपनिर्वाचनमा रघुवीर महासेठ निर्वाचित भएका थिए । ज्ञानेन्द्र कुमार यादव (फोरम नेपाल), अनिता यादव (तमलोपा), शंकर प्रधान (सदभावना पार्टी) जस्ता अपेक्षित कमजोर उम्मेदवारहरुले उम्मेदवारी दिएको हुँँदा गत चुनावमा निर्वाचित महासेठको सिंहासन डग्मगाउन सक्ने आशंका व्यक्त गरिएको छ । साथै अबको क्षेत्र नम्बर ५ मा सुरुदेखि नै कम्युनिष्टहरुको गढ मानिएको तारापट्टी, सिरसिया, अन्दुपट्टी, कटरैत, मानसिंहपट्टी लगायतका गाउँहरु परेको हुँदा एमाले र माओवादीका उम्मेदवारहरुले पनि निर्वाचन परिणामलाई समेत प्रभावित पार्न सक्ने अनुमान व्यक्त गरिएको छ । साथै कांग्रेस र एमाले पार्टी भित्रको आन्तरिक द्वन्दको कारण एमाओवादीको विजय यादवलाई चिट्ठा पर्ने सम्भावना प्रबल छ । तर उक्त क्षेत्रमा अनिता यादवको पक्षमा सहानभुति मत पर्न सक्ने हुनाले उनी पनि जित्न सक्ने बताइन्छ ।
कांग्रेसको उम्मेदवार यादवलाई क्षेत्रले सिफारिस समेत नगरेको तर केन्द्रले जबरजस्ती यादवलाई टिकट दिएको कारण पार्टीभित्र स्थानीय नेता कार्यकर्ता बीच आन्तरिक कलह चलिरहेको अवस्था छ भने एमालेमा पनि आन्तरिक कलहले गर्दा एमालेका स्थानीय पुराना नेता कार्यकर्ताहरु महासेठ देखि रुस्ट भएको स्थिती देखिएकोले एमाओवादीका उम्मेदवार विजय यादव कांग्रेस परित्याग गरि आएको र महेन्द्रनगरको स्थानीय भएको नाताले महेन्द्रनगरको भोटले नै क्षेत्र नं. ५ मा निर्णायक भुमिका खेल्ने गरेको हुँदा युवा नेता यादव प्रति रुझानले गर्दा उनलाई चिट्ठा पर्न सक्ने सम्भावना प्रबल रहेको अनुमान गरिदैंछ । 
६ मा माओवादी र कांग्रेस बीच प्रतिस्पर्धा
निर्वाचन क्षेत्र नम्बर ६ मा पनि १५ गाविस गरी ४९ हजार ७१ मतदाता रहेका छन् । यो क्षेत्र पहिलेको क्षेत्र नम्बर १ र २ को कम्युनिष्ट इलाकाका रुपमा चिनिएको क्षेत्र हो ।
यस क्षेत्रमा नेकपा एमालेका योगनारायण यादव, एकिकृत नेकपा माओवादीकी बोधमाया यादव, नेपाली कांग्रेसका प्रेमकिसोर साह,फोरम नेपालका सुजिता यादव, श्रीलाल महासेठ (नेकपा संयुक्त), मनोज ठकुरी (राप्रपा नेपाल), बलराम प्रसाद सुवेदी (स्वतन्त्र), राजदेव राय (नेपाल जनता पार्टी), हरि प्रसाद यादव (स्वतन्त्र), अरविन्द यादव (लोकतान्त्रिक पार्टी), गान्धी नारायण साह (स्वतन्त्र), भवनाथ पहाडी जैसी(नेपाल परिवार दल), शत्रुधन महरा (दलित जनता पार्टी), गीता राना (राष्टिूय जनता दल नेपाल), चन्द्रदेव चौधरी (तमलोपा), मो. इजराइल अहमद (तमलोपा नेपाल), जाहिर मिया नेपाल(मधेशी जनता दल), विजय कुमार यादव(मधेश तराइ फोरम), लक्ष्मेश्वर सहनी (मधेश समता पार्टी), सुरेन्द्र कुमार मंडल(मजफो गणतान्त्रिक), सुरेन्द्र मंडल (रामसपा), हेमनारायण साह (स्वतन्त्र), विजय महतो (नेपाल लेवर पार्टी), कृष्ण कुमारी तामाङ (संघीय समाजवादी पार्टी), संजय चौधरी (स्वतन्त्र), ओम प्रकाश नायक (स्वतन्त्र), जिवछ यादव (स्वतन्त्र), अशोक कुमार महतो (स्वतन्त्र), जागेश्वर मंडल (स्वतन्त्र), लक्ष्मण राय (स्वतन्त्र), जानकी कुमारी दाहाल (राप्रपा), राजदेव सहनी मलाह (स्वतन्त्र), रानी वती देवी (ने स पा), रामएकवाल यादव (स्वतन्त्र), विष्णु देव यादव (स्वतन्त्र), हरिषचन्द्र साह तेली (स्वतन्त्र) ले उम्मेदवारी दिएका छन् ।
यस क्षेत्रबाट पनि यादवहरुको र व्यापारीहरुको मतलाई निर्णायक मत मानिन्छ । तसर्थ यस क्षेत्रमा मूल प्रतिस्पर्धा एमालेका योगनारायण यादव र माओवादीका बोधमाया यादव बिच हुने देखिएपनि जातिय समिकरणले गर्दा व्यापारीहरुको राम्रो पकड रहेको व्यापारीवर्गका कांग्रेसी उम्मेदवार प्रेमकिशोर साहको पनि स्थिती खासै नराम्रो हुने स्थिती छैन । उक्त क्षेत्रबाट गत चुनावमा एमाओवादीकी रामकुमारी यादव निर्वाचित भएकी थिइन । सभासद रहँदै उनको मृत्यु भएको थियो । बोधमाया यादव उनकै पुत्री हुन । र यादवको बाबु, आमा, दाजु(भाई सबै सहिद भएको कारण उनि प्रति सहानुभुती यस क्षेत्रको जनतामा त्यसै देखिएको स्थिती छ ।
७ मा एमाले र एमाओवादी बीच प्रतिस्पर्धा
निर्वाचन क्षेत्र नम्बर ७ मा १३ गाविस गरी कुल ४९ हजार ३ सय ५२ मतदाता रहेका छन् । धनुषाको उत्तरी भेगमा रहेको यस क्षेत्रमा कोइरी र पहाडी समुदायका जनताहरुको उल्लेख्य उपस्थिती रहेको छ । यस क्षेत्रबाट रामकुमार महतो (एनेकपा माओवादी), शत्रुधन महतो नेकपा (एमाले), बासुलाल महतो (नेपाली कांग्रेस), समीर घिमिरे (स्वतन्त्र), उमेश्वर महतो(जन यनिटी को अपरेटिभ पार्टी), रामदेव महतो (स्वतन्त्र), रामचन्द्रं सिंह (स्वतन्त्र), मिनबहादुर थिंग (राप्रपा नेपाल), बालकिशोर नायकसुडी (स्वतन्त्र), कृष्ण प्रताप मल्ल (राप्रपा), इन्द्रदेव महतो (स्वतन्त्र), सूर्य प्रसाद पुडासैनी (स्वतन्त्र), शिव कुमार खडका (स्वतन्त्र), रामसोभित कुर्मी (स्वतन्त्र), राजेन्द्र महतो (नेपाल सदभावना पार्टी), केदार चन्द्र शर्मा (नेकपा संयुक्त), रामदयाल राउत(जनता दल लोकतान्त्रिक), प्रकाश कुमार दाहाल (स्वतन्त्र), जुगती रान यादव (नेपाल लेवर पार्टी), रविकान्त कुमार सिंह (स्वतन्त्र), रामजुलुम ठाकुर बरही (स्वतन्त्र), रवी महतो (स्वतन्त्र), रामप्रमेश्वर यादव संघीय (समाजवादी), रामहृदय महता (स्वतन्त्र), चन्देश्वर प्रसाद सिंह (स्वतन्त्र), राजेन्द्र प्रसाद सिंह (स्वतन्त्र), चित्र बहादुर आले मगर (नेपाल परिवार दल), पवन कुमार मंडल (सदभावना पार्टी), अमिलाल दास (स्वतन्त्र), ललित नारायण यादव(राष्टिूय जनता दल नेपाल), नन्द किशोर महतो(फोरम लोकतान्त्रिक), शिवनाथ महतो (रामसपा), सुरेश महतो (स्वतन्त्र), रामकृष्ण यादव (मजफो), गणतान्त्रिक), दुखी महतो (संघीय सदभावना), चन्देश्वर महतो(मधेशी जनअधिकार फोरम नेपाल), राजेश्वर महासेठ (तमलोपा), सुधिर साह (नेकपा माले) र रिषि लामा (स्वतन्त्र) जस्ता उम्मेदवारहरु मैदानमा उत्रेका छन् । पहाडी समुदायका मतदाताहरु कांग्रेस र एमालेसंग सम्बद्ध रहेकोले र कोइरी समुदायले जातिय हिसाबले कांग्रेस, एमाले, एमाओवादी, नेसपा, फोरमको उम्मेदवार कोइरी महतो नै भएकोले मत सबैको मत काट्ने चान्स बढी देखिएको छ भने उत्ता पहाडी समुदायका कृष्ण प्रताप मल्ल र कांग्रेसका बागी उम्मेदवार समीर घिमिरे पनि आ(आफ्नै किसिमको पकड रहेको हुँदा यस क्षेत्रमा प्रमुख दलहरु बीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ । गत चुनावमा एमालेबाट शत्रुधन महतो यस क्षेत्रबाट निर्वाचित भएका थिए ।
तर यस चुनावमा समीर घिमिरे कांग्रेसको वागी उम्मेदवार भएकोले बेंगाडावर, तुलसी, पुष्पवलपुर, ढल्केवर र नक्टाझिजको केहि वडाहरुमा उनको पकड राम्रो भएको हुँदा कांग्रेसका उम्मेदवार बासलाल महतोको भोट काट्नुको साथै यी गाविसबाट शत्रुधन महतोलाई पर्ने पहाडी समुदायको भोट पनि घिमिरे काट्ने विश्लेषण गरिंदैछ । साथै यस क्षेत्रमा कांग्रेस र एमालेको ठूलो आन्तरिक द्वन्द भएको अवस्था छ । क्षेत्रबाट शत्रुधन महतो र बासुलाल महतोको सिफारिस समेत नभएको तर केन्द्रले टिकट दिएको हुँदा दुबै पार्टीका स्थानीय नेता कार्यकर्ताहरु रुष्ट भएका छन् । गत चुनावमा एमाओवादीका उम्मेदवार जागेश्वर महतो पनि अहिलेको उम्मेदवार रामकुमार महतोलाई सघाई रहेको अवस्था भएको हुँदा एमाओवादीको सम्भावना यस क्षेत्रमा पनि राम्रो नै देखिएको छ ।
गत चुनवा मधेस आन्दोलनको सेन्टिमेन्टले गर्दा सदभावाना पार्टी, मधेसी जनअधिकार फोरम र तराई मधेस लोकतान्त्रिक पार्टी जस्ता मधेसवादी पार्टीको स्थिती राम्रो भएपनि सत्ता लोलुपत्ताको कारण पार्टी टुक्रा टुक्रा पार्ने काम मात्र गरेको हुँदा मधेसवादी दलहरु प्रति जनताको मोह समाप्त भएको देखिएको छ ।मधेसका जनताले यी मधेसवादी दलहरुले मधेसको नाममा राजनीति गरेर आफ्नो स्वार्थ सिद्धि गर्ने काम मात्र गरेको कुरा बुझिसकेका छन् । तसर्थ यस अवस्थामा एक पटक फेरि मूल प्रवाहका राजनीतिक दलहरु एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले कै चान्स बढी रहेको दाबी राजनीतिक विश्लेषकहरुको छ ।

मिति ः २०७०÷७÷१७

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete