Saturday, December 7, 2013

नेता , जनता र चुनाव –अनुज मिश्र


नेता , जनता र चुनाव –अनुज मिश्र

घरको बाटो एक्लै हिड्दै एक चुनावी कोण सभा सम्झिन्छु । मेरो अग्रज, समकालीन सहपाठीहरुको तर्क( बितर्कहरु याँद आउछ ।  त्यस प्रचार( प्रसारलाई अत्यन्त भावुक भएर सुन्ने ती लोकहरु याद आउँछन । कसरी तिनका भावनामाथि जोड दिएर बक्ताहरुले उनलाई आकर्षित गरेको सम्झिन्छु ,मधेस भन्दै  कति सरलताका साथ राजनीति गर्न सकिन्छ भन्ने लाग्छ ,निर्मल शब्द संग गरिएको खेलवाड सम्झिन्छु ,मानिस कसरि यसपालिको चुनाव एक  विभेदकारी नीति बिपरित रहेको सुन्दा तालि ठोकेको याद आउँछ  ,  मलाई लाग्छ हाम्रो भावनालाई मुल्यांकन गर्ने ब्यक्तिहरु हाम्रा अगाडी उभिदिएका छन । लाग्छ भन्ने र सुन्ने बीच अब केहि बाँकी रहेनन , साँचो हृदय र मनले कुनै अभियानमा भाग लिँदा जित अवश्य पनि हाम्रै हुन्छ तर त्यो त चुनावमा कहिल्यै लागु हुदैन , म कुनै नेता हैन ,  नेताले गरेको  भाषण भन्दा बरु हाम्रा एक दाईले गरेको निस्स्वार्थ उद्गगारहरु र ०६४को मधेस चित्रण मलाई मन परेको याद गर्छु । ती सार्थक सत्य जसलाई सबैले बिगत माने, म सबैमा त्यस प्रतिको झुकाव हेर्न चाहन्छु , सहिद र बिदेशिएका आन्दोलनकारीहरुको सम्झनामा  परिवर्तनकामी मधेस बनेको देख्न चाहन्छु, तर कोण सभाको एक कुनामा परिवर्तन सिमित छ लाग्छ ।
बिगतको संबिधान सभाको निर्वाचनले मौलाई गएका मधेसी मन अब फेरिपनि फक्रिन्छ्न भन्ने लाग्दैन , त्यसपाली सबैमा एकै होड थियो , संबिधान लेखन नै एक जोड थियो तर त्यसलाई बंग्याएर तिनै मधेसी नेताहरुले गर्दा आज मधेस कमजोर परेको छ ,आज फेरी त्यही मधेसी मुखौटामा खसवादी सोंच लुकेको छ, तर म संबिधान बनाएरै छाड्छु, म विकास गर्छु,म मधेसलाई संघीयतामा लानेछु, हक अधिकार सुनिश्चित गरेरै छाड्छु , अबका जनता प्रलोभनमा पर्ने छैनन उनले आफ्नो हकहित आफै सोच्ने छन र मलाई मात्र वोट दिने छन भन्छन र तालि बज्छ । आदरणीय उम्मेदवार ज्यू फेरी थप्छन मैले गर्दा यो भो ,मैले नै गर्दा त्यो भो तर संबिधान बनाउनमा बाधा भनेको अर्कै थिए क्ष्सबै राम्रा मैले गरे , सबै नराम्रा खस पहाडियाले गरे , म मूकदर्शक झैँ सुन्छु । नेता ज्यू एक ग्लास पानी पिउछन र फेरी गर्जरिहन्छन   , चिया र   बिस्कुट एकजना हामीतिर पनि पस्किन्छन । म कानमा तेल हालेर बसिरहन्छु , केहीबेरमा सभा समाप्त हुन्छ । सबै हिड्न थाल्छन , पंक्तिबद्ध भएर गाडीहरु उभिन्छन र लस्कर एक (एक गरेर गाडीहरुमा कोचिन थाल्छन , जिन्दाबाद १ जिन्दाबाद १ को नारा लगाउदै त्यो गाडीहरु बजार भएर निसक्नछन , मानिसहरु सभाबाट उठ्दा पो थाहा हुन्छ म मात्र एउटा बाहिरी दर्शक थिए बाँकी सबै त नेता ज्युकै  संगैरहेकाहरु बसेर सुन्दै थिए । आजभोली फ्रीमा को हुन, यी नेताहरुलाई सुन्ने ? समाजप्रेमी, शिक्षाप्रेमी , प्रेसले पनि सायदै मन   पराउलान । म बेवकूफ झैँ त्यो जुलूसमा थिए । तर पनि पछि गर्दै उनी  रुकेको ठाउँ घर(दैलो हेर्न जान्छु , कतीले ढोका खोल्दैनन, कोहि छतबाटै बोल्छन, नेता ज्यू तै पनि सुपर एक्टर झैँ हात जोडेर वोट माँग्दै अगाडी बढ्छन । केहि छिन पछाडी सबैं गाडीमा बसेर प्राचार(प्रसारको मूल कार्यालय तिर गाडी मोडछन , म पनि पछि लाग्छु र त्यहि पुग्छु । त्यहाँ   पुरुष , महिला,अपांग,दलित जनजाती,मुस्लिम आदि देख्छु मन पुलकित हुन्छ । समावेशी भनेको त यी नै हुन सोच्छु ।  
त्यहाँ सबैले पहिले खाना खान्छन र रक्सी पिउछन अनि चर्को बहस सुरु हुन्छ । हरेक जातका ठेकेदारहरुको जमघट हुन्छ, क्लवहरुका पदाधिकारीहरुको समेत उपस्थिति हुन्छ ,   तालमेलका कुरा उठ्छन सबैलाई समर्थन गर्न कसम खुवाइन्छ , अनि बोट जोडिन्छ र अन्ततः स्वजातीय समीकरणमाथि   बिशेष जोड दिइन्छ । डमी्ु उम्मेदवारलाई किनिन्छ , आफ्नो जातका उम्मेदवारलाई  आफूलाई समर्थन गर्न लगाईन्छ । नेता ज्यू पेग लगाउदै र दिन भर गरेका भाषणहरु सम्झेर साथीहरु बीच खुब हाँसेको देख्छु , अनि क(कसलाई कति रकम खर्चेको हिसाब जोडछन र भन्छन संबिधान भन्दा पहिला मैले भोट किन्न खर्चिनुपरेको पैसा कसरी आउँने भन्ने सोध्छन आफ्ना कार्यकर्ता संग र उनले जोडाइदिदाँ लामो सांस फेर्दै भन्छन अब यसपाली फरवार्ड र बेकवार्ड दुई वटैमा पैसा बाड्नु पर्छ । पैसाको गद्दीहरु एजेन्टलाई दिदै भन्छन जसरि पनि अब मलाई जित्नु छ , फोन हुन सुरु हुन्छ, ठुला देखि सानाहरु आउन सुरु हुन्छ । कसैले नेताज्यू संग मतभेदका कुरा गर्छन ,  त कसैले आफ्नो भवना प्रकट गर्छन , सबैको इच्छा पूर्ति गरिन्छ । फर्किने बेला सबैको निधार टल्केको देख्छु ।
रातारात चुनावको मुख फेरिन्छ ,मलाई नेता ज्यूको र  ठेकेदारहरुको त्यस्तो बिकराल रुप हेरेर एउटा हिन्दी दक्षिण सिनेमाको एक दृश्य याँद आउँछ । त्यो फिल्मको अभिनेता नेताले जनमानसमा रुपिया बांर्डे चुनाव जित्छन र जिते पछी मनपरी भ्रस्टाचारी गर्छन र जब त्यसको बिरोधमा जनताहरु त्यस नेता अभिनेता को घर अगाडी चर्को स्वरमा प्रदर्शन गर्छन तब नेता स्वयं घर बाहिर निस्केर तीनलाई हिर्काउदै भन्छन (आखिरमा मैले तिमीहरुमा खर्चेर किनेको हो यो पद र म यो पदमा बहाल हुदाँ त्यही पैसा कमाउन मैले गरेको भ्रस्टाचारको बिरोध गर्ने अधिकार पैसा खाएर, जात हेरेर , आफन्त हेरेर वोट दिने कसैलाई हैन १ असल मानिस र एक्लो मानिसलाई सुरुमै हराइदिने गरिन्छ । उनलाई प्रतिस्पर्धी नै मानिन्न । सोच्छु यो पाली पनि यदि जनताले होश नपुगाए, कसरी बन्ला संबिधानरु बनेपनि जो आफैले खर्चिनेलाई ठुलो नेता भन्छन उनलाई   किन चाहियो, संबिधान रु हामीले को सही र को गलत छुट्टयाउन तिनलाई राम्ररी बुझ्नुपर्छ, सुन्नु पर्छ, आफूलाई  संग्किर्नता भन्दा माथि उठेर , लोभमा नपरेर युक्तिसंगत सोचलाई अगाडी सार्नु पर्छ । यी कुरा सोच्दै आफ्ना छोरा(छोरीले पनि संबिधान पाऊन जिबनमा बराबरीको हक पाऊन भन्ने सोचीरहदाँ हजारौंको संख्यामा चुनावी रैली गएको देख्छु तर जुलूस भन्दापनि जागरण जरूरी बुझ्दै हिंडिरहन्छु । घर पुग्दा अर्को पार्टीका नेत्ताहरुले घरदैलो गरेको देख्छु ।




मिति ः २०७०÷८÷०२

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete