Saturday, December 7, 2013

शिवधारी यादवलाई त पार्टीबाट कान समातेर निकाली दिनु पर्छ – स्मृतिनारायण चौधरी




शिवधारी यादवलाई त पार्टीबाट कान समातेर निकाली दिनु पर्छ । पछिल्लो संविधानसभाको चुनावमा  शिवधारी यादव त खुलेरै मेरो विरोधमा लागेको थियो । मलाई बाहिरीयाको आरोप लगाएर विपक्षीमा मत दिलाएको थियो । गिरिजाबाबुले शिवधारीलाई बोलाएरै स्मृतिलाई सघाउ भनेर भन्दा पनि मेरो भोट काट्दै हिडयो । मैले त शिवधारीलाई कारवाही नै गरेको थिएँ । कारवाही लागु भएको भए अहिले शिवधारी र राजाराम अरगरिया जस्ता कांग्रेसमा हुने थिएनन । के गर्ने कांग्रेसमा अनुशासन नै छैन । नेपाली कांग्रेस धनुषाका पुर्व सभापति तथा पुर्व सांसद स्मृतिनारायण चौधरीसँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको वार्तालापको सम्पादीत अंश प्रस्तुत छ । 

विगत संविधानसभाको चुनावमा धनुषाको ७ सिट मध्ये ३ सिटमा जित हातपारेको कांग्रेसले ४ सिटमा पराजय वेहोरनुपरेको थियो, यद्यपि समानुपातिक मत तर्फ कुल ५८ हजार ५ सय ४१ मत ल्याई पहिलो स्थान ओगटन सफल भएको थियो । यस पटक दोस्रो चुनावमा कांग्रेसको अवस्था कस्तो रहने छ ?
कांग्रेसको धनुषामा यसपटक लहर नै चलेको छ । सबै क्षेत्रमा प्रतिस्पर्धामा छौं । धनुषाको निर्वाचन क्षेत्र नं.२,३,४ र ५ मा कांग्रेस जितिरहेको छ । ६ मा संगठन मजबुत छ र उम्मेदवार कमजोर भएपनि त्यहाँ हामी जित्दै छौं । ७ नम्बरमा कांग्रेस हारदैछ भनिएको थियो तर त्यहाँ पनि हाम्रो राम्रो पोजिसन भईसक्यो । 
१ मा संगठन बहुत राम्रो छ, अलिकति जातिको सवाल उठिरहेछ । माओवादीबाट त्यहाँ रामचन्द्र झा र अर्को वागी भएर स्वतन्त्रमा श्रवण वरवरिया लडेका छन । कांग्रेस त्यहाँ राम्रै थियो तर टिकट वितरणमा तल माथि भएपछि अलि विवाद देखिएको छ । राजा गोइतलाई टिकट दिनुपर्छ भनेर मैले भनेको थिएँ तर दिनेश परसैलालाई दिइयो । राजा गोइतलाई दिएको भए पक्कै जित्थ्यो । परसैला क्षेत्रिय अध्यक्ष हुन, पहिले पनि काम गरेका हुन । त्यहाँको मास कांग्रेसलाई नै जिताईरहेको छ तर टिकटमै तालमेल नमिलेपछि त्यहाँ कमजोर भएको मैले सुनेको छु । अहिले पनि तालमेल भयो भने धनुषामा ७ वटै क्षेत्र हामी जित्छौं ।
६ नम्बरमा समानुपातिकको बन्द सुचिमा १ जना पनि परेनन । ७ नम्बरमा समिर घिमिरे वागी भएर स्वतन्त्रमा उम्मेदवारी दिएर कांग्रेसकै मत काट्ने हो । ५ नम्बरमा महेन्द्र यादवलाई टिकट नदिई चन्द्रमोहन यादवलाई दिईएकोमा अन्तरघात हुने सम्भावना प्रवल देखिन्छ । १ नम्बरमा विवाद रहेको तपाई आफै स्वीकारनु भयो । टिकट वितरण र समानुपातिक उम्मेदवारको चयनमा रहेका संसदीय वोर्डका आनन्द प्रसाद ढुङगाना र विमलेन्द्र निधि माथि आक्रोशको सिकार निधि र ४ नम्बरका उम्मेदवार रामसरोज यादव हुने कति सम्भावना देख्नुहुन्छ ?
समानुपातिकमा जसरी मिलाउनुपर्ने हो त्यसरी मिलाउन नसकिएकै परिणाम स्वरुप ६ मा कोही पनि परेनन । वढी असंतुष्टि ६ मा होइन २ मा छ । किनभने समानुपातिकमा पर्नुपर्ने मान्छे परेन र एउटा दलित रामसुन्दर महरालाई दिईयो । त्यस कारण त्यहाँ धेरै कार्यकर्ताहरु असंतुष्ट रहेको मैले सुचना पाएको छु । ७ मा स्वतन्त्रबाट उठेका समीरजीले राम्रै मत पाउनु हुन्छ भनेर मैलेपनि सुनेको हो । उहाँ त मेरो मित्रै हुनु हुन्छ तर त्यहाँ पार्टीको संगठन छ नकि समीरजीको । समीरजीको माथि माथि अलिकति भोट छ तर उहाँ जित्नु हुन्न, त्यहाँ कांग्रेसको आधिकारीक उम्मेदवार नै जित्छ ।
क्षेत्र नं. १ मा विगत चुनावमा राजा गोइतले एमाओवादी उम्मेदवार श्रवण बरवरीयालाई सहयोग गरेको कारण तपाई पराजित हुनुभयो भनेर भन्ने गरिन्छ । त्यही आरोपका कारण उनलाई टिकट पनि नदिईएको हो र यसपटक पनि उनी अन्तरघात गर्ने भन्ने वाहिर हल्ला छ । के भन्नु हुन्छ ?
उनले मलाई चुनावमा सहयोग गरेनन भनेर निरर्थक आरोप लगाईरहेका छन मान्छेले । उनलाई हर्टमा पेन थियो र पटनामा गएर डा. एके ठाकुरसँग अपरेशन गराउन गएको थियो । राजा गोइतको इमान्दारी माथि मलाई कुनै शंका छैन ।
४ नम्बरमा कांग्रेस र सदभावना बीच झडपहरु पनि हुन थाल्यो । कसरी लिनु भएको छ ४ नम्बरलाई ?
कुर्थामा अलिकति नोक झोक भएको हो । संजय अलिकति उग्र मान्छे हो, आफुलाई बाहुवली पनि भनिरहेछ । कुर्थामा उनका कार्यकर्ताहरु बाटो छेकेको थियो, हाम्रो मान्छे पनि गयो । प्रहरीले राम्रो रोल ग¥यो र खासै केही भएन ।
४ नम्बरमा संजय र रामसरोज बीच नभएर संजय र जीवनाथ चौधरी बीचको प्रतिस्पर्धा हो भनेर पनि सुन्ने गरिएको छ नि ?
मान्छेको मुख त थुन्न सकिदैन । जीवनाथ पनि केही छैन र संजय पनि केही छैन । वास्तवमा कांग्रेसको उम्मेदवार रामसरोज यादव बलियो छ । त्याग र संघर्ष गरेको मान्छे हो र जित्छ पनि ।
क्षेत्र नंंंंं ३ मा जुली महत्तो, राजु चौधरी र हरिदेव मण्डलले कांग्रेसको उम्मेदवार विमलेन्द्र निधिलाई हम्मे हम्मे पारिदिएको छ भनेर क्षेत्रमा अहिले खुवै चर्चा छ । निधिजीलाई के गाह्रो परेकै हो ?
छैन, छैन । राजुले केही गर्नै सक्दैन । जुलीसँग सैद्धान्तिक मत एक प्रतिशत पनि छैन मात्र जातिको भोट कलेक्शन गरीरहेको छ तर त्यहाँको साह समुदायले पनि के भनिरहेको छ भने वाहिरको मान्छेलाई कुनै पनि हालतमा जिताउदैनांै । कर्मठ र विकास पुरुष विमलजी अति भारि मत अन्तरले जित्नु हुन्छ । 
२४ वर्ष देखि निधि परिवारले त्यस क्षेत्रमा शासन गरे तर विकासको नाउँमा त्यहाँ सडक, अस्पताल, कलेज, रोजगारी केही पनि छैन भनेर त्यस क्षेत्रका जनता निधिजीलाई हराएर निधिजीको विकल्पको रुपमा नयाँ अनुहार खोजिरहेका छन नि ?
हेर्नुस विकासको सवालमा यो सव कमि त छ । ३ नम्बरमा मात्र होइन देश भरीमा बाटो छैन, स्वास्थ्यको सुविधा छैन । विमलजी त्यस क्षेत्रमा किसानहरुको लागि ३ वटा फाटक जमुनी, मुगलैया र विमला नदीमा बनाएका छन । त्यहाँ काम भईरहेका छन, किसानहरु प्रभावित छन । जमुनीमा, थल्हीमा, कटैयामा ठुलो ठुलो पुल बनेको छ । विद्यालयहरु पनि भारतले बनाएको छ । 
भारत सरकारले गरेको लगानीको जस निधिजीले त लिनु भएन नि ?
किन नलिने ? निधिजीको पहलबाट भारत सरकारले लगानी गरेको जस त लिनै प¥यो नि ।
निधिजीको वर्षो देखिको एजेण्डा राजर्षि जनक विश्व विद्यालय हालसम्म बन्न सकेन । जनकपुर जटही सडक खण्ड लगायत गाउँ गाउँमा सडकको हाल बेहालै छ । जटहीमा सहिद दुर्गा नन्द झाको नाउँमा बन्ने अस्पताल उहाँले नै बन्न दिनु भएन भन्ने आरोप छ । एडीविको परियोजनाका लागि फुलगामामा डम्पीङग साइटको वाधक उहाँ नै बन्नु भयो भन्ने आरोप छ । यस्तोमा जनताले फेरी उहाँलाई नै किन जिताउनु प¥यो ?
धनुषामा कुनै हुलाकी सडक बनेको छैन भने जनकपुर जटही सडक नबन्दा धेरै आपत्ति हुनु भएन । त्यसमा विमलजीको दोष छैन । ठेक्का लागेकै हो र ठेकेदारले काम गरिराखेको छैन भने उहाँको के दोष । अबेर भएपनि त्यो काम हुन्छ नै । राजर्षि जनक विश्व विद्यालय पनि पक्कै हुन्छ । हाउसमा उहाँ उपस्थित नभएको कारण विश्व विद्यालयको विल पास हुन सकेन ।
त्यही त यस्तो महत्वपुर्ण कार्यको लागि हाउसमा उपस्थित नहुँदा उहाँ जिम्मेवार त देखिनुभएन । तपाईको भनाई मान्ने हो भने उहाँको गैरजिम्मेवारीपन त देखियो नि ?
कुन दिन विल आउँछ भन्ने कुरा सभासदले थाहा नपाउन पनि सक्छ । उहाँको त्यो भन्दा पनि जरुरी काम वा प्राथमिकता अर्कै परेको हुन सक्छ । रहयो एडीविको सवाल, एडीवि उहाँले नै ल्याउनु भयो । फुलगामामा बनाउने भनिएको डम्पीङग साइट उहाँलाई राम्रो लागेन । ढल्केवर भन्दा पुर्व मालटोल बजारमा डम्पीङग साइट बने राम्रो हुन्छ भन्ने निधिजीको धारणा हो ।
हिजो सभापतिको निर्वाचनमा तपाईलाई निधिजीले पराजित गर्न आफ्नो पुरा तागत लगाउनु भयो । आज तपाईलाई के स्वार्थ जाग्यो र संस्थापन पक्षको खेमा छोडेर निधिजीको क्याम्पमा जानु मात्र भएको छैन, रामसरोज र निधिजीको प्रचारका लागि अस्वस्थ हुँदा पनि हिड्नु भएको छ ?
चुनावमा पहिले पनि मैले रामसरोजलाई हराएको थिएँ । १३ वर्ष सभापति बसें । रामसरोजलाई पिडा भएपछि उनले असहयोग ग¥यो । मैले कुनै खेमा चेन्ज गरेको छैन । म नेपाली कांग्रेस हुँ र पार्टीलाई सहयोग गरिरहेको छु । रामसरोज र निधिजी दुवैजना पार्टीको उम्मेदवार हो र मैले सहयोग गरिरहेको छु ।
हिजो सम्म तपाई संस्थापन पक्ष कोइराला खेमाको उम्मेदवार हुनुहुन्थ्यो नि तर आज भन्नुहुन्छ म कुनै खेमामा छैन ।
तपाईसँग कुनै प्रमाण छ ? के मैले कागजमा लेखेर दिएको हो कि म कोइराला खेमाको उम्मेदवार हो ? म आफ्नो ठाउँमा छु । १ नम्बर क्षेत्रमा मलाई बाहिरीया आयो भनेर भन्दा मलाई अपमान बोध भयो र म ३ नम्बरको क्रियाशिल सदस्य छु र त्यही आफ्नो घरमा अहिले आएको छु । मैले खेमा चेन्ज गरें, यस्तो पनि कहिं आरोप हुन्छ ?
सभापतिमा तपाईलाई निधिजीले हराउनु भयो र तपाईले महामन्त्रीमा निधिजीलाई हराएर बदला लिनु भयो भनेर पनि यहाँ खुवै चर्चा चलेको थियो । आज विमलजीसँग के कति कारणले तपाई नजिकिनु भयो ?
हिजो महामन्त्रीमा ५सय भन्दा वढी मतले निधिजी हारनु भएको थियो । धनुषामा ८०(८५ जना भोट मात्रै छ । उहाँलाई देशैभरीका केही मान्छेले मन नपराएको कारण उहाँ हार्नु भयो । मैले हराएको होइन । चुनावमा त हार जीत हुन्छ नि । विमलजीसँग मेरो कहिले पनि सम्बन्ध विग्रेको छैन । उहाँ सँग संगै जेल पनि बसेको हो र निस्केको पनि हो । 
हाम्रो दुवैजनाको मित्रता राजनीति भन्दा पनि माथि छ । म विरामी थिएँ, उहाँ मलाई भेट्न आउनु भयो । मैले भने मलाई समानुपातिकमा राख्नु पर्छ । उहाँले भन्नु भयो ठीक छ म तपाईलाई समानुपातिकमा सहयोग गर्छु ।
तर तपाईको नाउँ त ३०७ नम्बरमा छ नि ?
हेर्नुस बन्द सुचिमा संख्याले कुनै अर्थ राख्दैन ।
४ नम्बरमा लिला कोइराला, १५ नम्बरमा आनन्द प्रसाद ढुङगाना, २० नम्बरमा महेन्द्र यादव र तपाई सबैभन्दा अन्तिमतिर पर्नुमा पनि तपाईलाई लाग्दैन कि संख्याले अर्थ राख्दैन ?
बन्द सुचिमा मेरो नाउँ आईसकेको छ  । समानुपातिकमा अरु परेपनि नपरेपनि म पक्कै पर्छु । मेरो सेक्रीफाइस छ । 
लिला कोइरालाको श्रीमान सरोज प्रसाद कोइरालाले त सहादतै दिएका छन । के उनको सेक्रीफाइस छैन र ?
तर राजनीतिमा म जति जेल बसेछु मैया भाउजु(लिला कोइराला) पनि बस्नु भएको छैन । महिला भएर जति संघर्ष उहाँ गर्नुभएकोछ त्यो कम होइन तर मैले उहाँ भन्दा वढी संघर्ष गरेको छु ।
आनन्द ढुङगाना भन्दा पनि पहिलो प्राथमिकता तपाईकै हुन्छ ?
यो भन्न सक्दिनँ ।पार्टीमा केन्द्रिय कमिटिले जे निर्णय गर्छ त्यो सबैले मान्नु पर्छ  ।
हिजो तपाई कोइरालाको नजिक त मानिनु हुन्थ्यो नि ?
हो, हो ।
तर तपाई अहिले निधिजीको नजिक मानिनु हुन्छ नि ?
हेर्नुस म गिरिजा प्रसाद कोइरालाको नजिक थिएँ । अहिले मलाई दुवै खेमाले माया गर्छ,आदर गर्छ, सम्मान गर्छ । त्यो त मेरो विशेषता न हो । म सुशिल कोइरालाको नजिक छैन । छ भने आनन्द ढुङगाना छ ।
तपाई अब आनन्द ढुङगानाको नजिक पनि हुनु हुन्न ?
पार्टीको साथी हो ।
पुर्व सांसद शिवधारी यादव समानुपातिकमा पर्न सकेनन । शिवधारी यादव र उनीजस्ता नेताहरु कांग्रेसको भरिया भएर नै वस्नु पर्छ ?
शिवधारी यादवलाई त पार्टीबाट कान समातेर निकाली दिनु पर्छ । पछिल्लो संविधानसभाको चुनावमा  शिवधारी यादव त खुलेरै मेरो विरोधमा लागेको थियो । मलाई बाहिरीयाको आरोप लगाएर विपक्षीमा मत दिलाएको थियो । गिरिजाबाबुले शिवधारीलाई बोलाएरै स्मृतिलाई सघाउ भनेर भन्दा पनि मेरो भोट काट्दै हिडयो । मैले त शिवधारीलाई कारवाही नै गरेको थिएँ । कारवाही लागु भएको भए अहिले शिवधारी र राजाराम अरगरिया जस्ता कांग्रेसमा हुने थिएनन । के गर्ने कांग्रेसमा अनुशासन नै छैन ।
२०४६ सालको आन्दोलनका हिरो तथा जिउँदो सहिद ललन चौधरी जस्ता योद्धाहरु समानुपातिकको बन्द सुचिमा किन पर्न सकेनन ?
हेर्नुस, अव उसले पनि प्रयास गर्नु पथर््यो ।
नेताको चाकडी गर्नु पथर््यो ?
होइन,होइन चाकडी होइन । मैले भनेको थिएँ, भतिजो फलानो फलानो नेतालाई गएर भेटन । तर उ भन्थ्यो म कांग्रेस मै संतुष्ट छु । 


मिति ः २०७०÷७÷१७

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete