Saturday, December 7, 2013

निश्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन हुन्छ–कृष्ण बहादुर थापा, मुख्य निर्वाचन अधिकृत, धनुषा




तपाईको पत्रिका मार्फत सम्पुर्ण मतदाताहरुलाई म के आवहान गर्छु भने तपाईहरुको सुरक्षाको लागि रति भर पनि शंका नगर्नुस । कहि कतै शंका छ भने नजिकको सुरक्षा निकायलाई जानकारी गराउनुस । तपाईको एउटा मतले भोली राष्टू निर्माणमा ठुलो मद्दत पुग्नेछ । संविधान सधै बन्दैन । यो अवसरलाई सदुपयोग गर्नुस । आउनुस । धनुषाका मुख्य निर्वाचन अधिकृत तथा धनुषा जिल्ला अदालतका न्यायाधिश कृष्ण बहादुर थापासँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको वार्तालापको सम्पादित अंश प्रस्तुत छ ।

धनुषामा निर्वाचनको तयारी कस्तो छ ?
निर्वाचन तयारी वडा जोडतोडले अगाडी वढिरहेको छ । निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएर कर्मचारीहरुलाई नियूक्ती दिँदै ततपेटिका, मतपत्र दिने कम र कानुन बमोजिम पाउनु पर्ने आर्थिक सहयोग दिइसकेका छौं । यस अर्थमा मतदानको लागि हाम्रो पुर्ण रुपमा खटाइएको छ ।
कति जनशक्ति खटाइएको छ ?
मतदान अधिकृत देखि कार्यालय सहयोगी सम्मको कुरा गर्दा ४ हजार ६ सयको हाराहारीमा शिक्षक, निजामति कर्मचारी, संस्थान तर्फका कर्मचारीहरु खटाइएको छ ।
निर्वाचनमा मतदाता, उम्मेदवार र कर्मचारीहरु सुरक्षित रहने के तयारी गरिएको छ ?
आम धनुषावासी सँग के अनुरोध गर्न चाहन्छु भने यहाँहरु सुरक्षाको लागि पूर्णतः विश्वस्त रहनुस । मतदान गर्न नपाउने हो कि भन्ने असुरक्षाको कुनै पनि किसिमको भय नराखे हुन्छ । पहिलो फेजमा नेपाल प्रहरी,त्यसको पछाडी सशस्त्र प्रहरी र त्यसको पछाडी सेना गरी ३ लेयरको सुरक्षा छ । हरेक मतदान केन्द्रमा हाम्रो सुरक्षाको दृष्टि पुगेको छ । कहिँ कुनै पनि घटना भएको खण्डमा धनुषामा हाम्रो सुरक्षाकर्मी यहाँ सम्म की नेपाली सेना १५ मिनेट भित्र रस्क्यू गर्न सक्षम छन र घटनालाई काबुमा लिन सक्नेछ ।
विगतको चुनावहरुलाई हेर्दा मतदानका लागि खटेका कर्मचारीहरु पनि पुर्वाग्रही हुने गरेको पाइएको छ । यस पटक ४ मंसिरमा कर्मचारीहरु निश्पक्ष भएर कार्य सम्पन्न गर्लान भन्ने के आधार छ ?
मैले प्रशिक्षणको क्रममा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई प्रष्ट भनेको छु कि तपाईहरुको राजनीतिक आस्था कहिं हुन सक्छ तर अहिले राष्टूले हामीलाई तोकेको जिम्मेवारी हो स्वतन्त्र, निश्पक्ष र धाँधलीरहित चुनाव सम्पन्न गराउनु । यदि तपाई पुर्वाग्रही हुनु भयो भने सवभन्दा पहिला त्यही जनताले तपाईलाई सजाय गर्छ, त्यस पछि गएर अरु कानुन बमोजिम कारवाही गर्छ । उहाँहरुले मलाई पूर्णतः आश्वस्त पार्नुभएको छ कि पुर्वाग्रही काम कारवाही हुँदैन ।
धनुषामा पनि केही ठाउँमा वमहरु राखिएको पाइएको छ । फेरी मतदानलाई अहिले सम्म मतदाता परिचय पत्र वितरण गरिएको छैन । कसरी मतदान गर्ने मतदाताले ?
कुनै कुनै ठाउँमा एक दुईवटा शंकास्पद बस्तु राखेर भए त्रास गर्ने काम गरिएको छ । हाम्रो सुरक्षा निकाय अत्यन्त संवेदनशिल भएर तदारुकतामा साथमा लागिरहेको छ । मतदाता परिचय पत्र वितरण भयो भने त्यो लिएर मतदान गर्न पाइन्छ । कुनै कारण वस त्यो पाइएन भने अस्थायी परिचय पत्र नागरिकता, डूाइभिङ लाइसेन्स लिएर मतदान गर्न पाइन्छ ।
निर्वाचन आयोग यस माइनेमा अक्षम साविक भएकै हो, होइन ?
हेर्नुस पहिले निर्वाचन हुन्छ, हुँदैन भन्ने अन्यौल थियो । राजनीतिक रुपमा समयको व्यवस्थापन गर्न गाह्रो थियो । यति छिटो तयारी गर्नु पर्ने स्थिति थियो कि केही कमजोरी भयो ।
उम्मेदवारहरुले मत किन्नका लागि पैसा वितरण गरेको भनेर सुनिएको छ । निर्वाचन आचार संहिताको खुलेआम खिल्ली उडाइएको छ र पनि आयोग किन मौन बसेको हो ?
पैसा वितरण गरिएको भन्ने कुरा अमुर्त कुरा हो । हाम्रो नोटिसमा आएको छैन । रेड हेन्ड पक्रयो भने कानुन बमोजिम कारवाही हुन्छ । प्रष्ट प्रमाण आउनु पर्यो ।
चुनावमा विद्यालय, सार्वजनिक स्थल, वालवालिका प्रयोग गरिएको छ ।खसी काटेर भोज भतेर गरिएको छ । रंगीन पोष्टर , पर्चा, पमपलेट ठुल ठुलो साइजमा टाँसिएको छ । निर्वाचन आयोग त विल्कुलै निष्क्रिय जस्तो देखियो नि ?
होइन, तपाईले भन्नु भएको खसी काटेको भन्ने कुरा हाम्रो नोटिसमा आयो भने तुरुन्तै कारवाही गछौं । लिखित रुपमै उजुरी आएको आधारमा तीन वटा स्पष्टीकरण लिने काम हामीले गरेको छांै । पम्पलेछ टाँस्ने कुरामा, दृढ पर्वलाई म आफै उपस्थित भएर हटाउन लगाएको छु ।
नोमिनेशन भए देखि नै पोष्टरहरु टाँसिएको थियो र भर्खर तपाईले केही दिन अघि हटाउन लगाउनु भयो जनकपुरमा । तर गाउँहरुमा त यथावतै छ नि ?
हेर्नुस गाउँमा पनि हटाउन लगाइएको छ । एक दुई ठाउँमा होला तर हामीलाई पनि जानकारी आउनु पर्यो नि । विहान ६ बजे देखि राती ९ बजे सम्म कार्यालयमा काम गर्नु परेको छ । ४६ सय कर्मचारीलाई खटाउनु पर्ने देखिन्छ ।
वढी कार्यभार भएकै कारण आचार संहिता पालना गराउन नसकिएको हो ?
मैले त्यसो भन्न खोजेको होइन ।
एउटा उम्मेदवारले दर्जनौं गाडी कुदाइरहेको छन नि ?
एउटा सिस्टमले हेर्नु पर्छ । सबै कुरा मैले हेर्ने होइन । एउटा उम्मेदवालाई दुईवटा र जिल्लाको पार्टीलाई दुइवटा गाडीको अनुमति हामीले दिएका छौं । कुन उम्मेदवारले कति गाडी कुदायो भन्ने कुरा हेर्न मुख्य निर्वाचन अधिकृतले एउटा लठ्ठी लिएर हेर्दै जाने कुरा हुँदैन । गृह मन्त्रालयले चिठी दिएको छ , चेक जाँच कसले गर्ने त्यो त गरिदिनु पर्यो नि ।
सम्बन्धित निकायलाई तपाईले आदेश दिनु पर्छ नि ?
आदेश दिइएकै छ । कमुनले बोलिरहेको छ । म एउटा मुद्दा हेर्ने न्यायाधिश हो, कुनै मुद्दामा निर्णय गर्न मलाई आदेश लिइरहनु पर्छ र ? त्यो त मेरो जिम्मेवारी हो । त्यसै गरी त्यो त प्रहरी प्रशासनको काम हो । प्रहरी प्रशासनले पनि काम गरिरहेका छन तर साधन स्रोतको अभाव एका तर्फ छ भने सुरक्षा व्यवस्थालाई पनि ध्यान दिनु परेकाले केही अप्ठयाराहरु भएको हुन सक्छ । जानी बुझेर कसैले वाइपास त गर्दैन कमी कमजोरी छ । पुर्णरुपमा पालना हुनु पर्ने हो ।
आयोगलाई जानकारी दियो भने मात्रै जाग्ने हो कि आफैले पनि अनुगमन गरेर कारवाही गर्ने ?
अनुगमन त गरिरहेको छु नि । प्रत्येक गाडीको लाइसेन्स हेर्दै हिंडु त म ? टूाफिक प्रहरीले हेर्नु पर्ने हो ।
उम्मेदवारहरुले पनि जीवन मरणको सवाल बनाएको देखिन्छ । उनीहरुका तर्फबाट पनि हिंसा हुन सक्ने धाँधली हुन सक्ने अवस्था छ कि छैन ?
जीवन मरणको सवाल बनाउनु पर्दैन  । व्यक्तिगत रुपमा नै किन मर्नु पर्छ र ? निर्वाचनलाई नै मुख्य विषय बस्तु बनाएर गैर जिम्मेवार पुर्ण व्यवहार गर्नु भएन ।मलाई लाग्छ सबै पार्टी र उम्मेदवारहरु संवेदनशील छन । केही घटनालाई लिएर धेरै ठुलो शंक ागर्ने अवस्था छैन । अहिलेकै परिस्थितिलाई हेरेर भोली द्वन्दकै स्थिति आउँछ भनेर आँकलन गर्नु हुँदैन ।
मतदान गर्ने जाने कुनै पनि मतदाता असुरक्षित रहदैन ?
हो, कुनै पन िमतदाता असुरक्षित रहदैन । आफुले इच्छाएको उम्मेदवारलाई मत हाल्न सबै मतदाता आउनु पर्छ ।
ऐतिहासिक घडी हो , संविधान निर्माणका लागि मतदाताले दिएको मत अप्रत्यक्ष रुपमा धेरै ठुलो भुमिका खेल्छ । भोली देशलाई कस्तो दिशा निर्देश गराउने हो, त्यसको लागि मतदाताले चुनेको प्रतिनिधिको भुमिका रहने हुनाले मतदाताहरुको ठुलो जिम्मेवारी नैतिक दायित्व पनि हो । तपाईको पत्रिका मार्फत सम्पुर्ण मतदाताहरुलाई म के आवहान गर्छु भने तपाईहरुको सुरक्षाको लागि रति भर पनि शंका नगर्नुस । कहि कतै शंका छ भने नजिकको सुरक्षा निकायलाई जानकारी गराउनुस । तपाईको एउटा मतले भोली राष्टू निर्माणमा ठुलो मद्दत पुग्नेछ । संविधान सधै बन्दैन । यो अवसरलाई सदुपयोग गर्नुस । आउनुस ।
कसरी आउने बाटाहरु बन्द छन ?
 खुल्छन, सरकारले बाटोहरु खोलिरहेको छ ।
कसरी खुल्ने हो ? बाटोमा बमहरु राखिएको छ ?
छैन,त्यो त सुरक्षा निकायले काम गरिरहेको छ । बहाँहरुले मलाई विश्वस्त तुल्याउनु भएको छ ।
पछिल्लो संविधानसभाको चुनावमा धनुषामा सरदर ८ प्रतिशत मत वदर भएको थियो । यस पटक वदर मत घटाउन, मतदाता शिक्षा कार्यक्रम प्रभावकारी त भएको देखिएन नि ?
निर्वाचन आयोगले मतदाताहरुलाई मत दिनका लागि कसरी सदर हुन्छ र कसरी बदर हुन्छ भनेर स्वयं सेवक तथा कर्मचारीहरु खटाएको भनेर मलाई निर्वाचन कार्यालयले जानकारी गराएका छन । तपाइले धेरै नै महत्व पुर्ण प्रश्न उठाउनु भयो । हो, साच्चै मेरै निर्वाचन क्षेत्र ४ मा ६२ जना उम्मेदवारहरु छन ।
मतदाताहरु मत दिँदा झुक्किन सक्छन । आयोगले मात्रै नभएर राजनीतिक दलहरुले पनि अभियान चलाएर त्यसतर्फ लाग्नु पर्छ । सायद वहाँहरुपनि गम्भीरता पुर्वक लाग्नु भएकै होला । मतदाताहरु पनि पहिलेको तुलनामा अहिले वढी सचेत हुनुभएको छ । आफ्नो उम्मेदवारलाई आफ्नो मत राम्ररी खसाल्नु हुनेछ भन्नेमा हामी विश्वस्त छौ ।
धनुषामा कति प्रतिशत सम्म मतदान हुन सक्ने अनुमान गर्नुभएको छ ?
६० देखि ७० प्रतिशत सम्म धनुषामा मतदान हुने मैले अनुमान गरेको छु ।






मिति ः २०७०÷८÷०२

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete