Saturday, December 7, 2013

धनुषामा बदर मत घटाउनु आवश्यक



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
पछिल्लो संविधानसभाको चुनावमा धनुषा नेपालकै सवैभन्दा वढी वदर मत हुने दोस्रो जिल्ला बनेको थियो । ४ लाख ६३ हजार २ सय २५ कुल मतदाता रहेको यस जिल्लामा २ लाख ८८ हजार ५ सय २८ कुल मतदान भएकोमा २ लाख ६६ हजार २ सय ३८ कुल सदर मत र २२ हजार २ सय ९८ कुल बदर मत परेको थियो । प्रतिशतको आधारमा ६३ प्रतिशत कुल मतदान भएको थियो जसमा ९२ प्रतिशत सदर मत र ८ प्रतिशत बदर मत रहेको थियो ।
क्षेत्र नं. १ मा ६६ हजार ५ सय ४० कुल मतदाता संख्या रहेकोमा ४१ हजार २० मत खसेको थियो । जस मध्ये ३८ हजार ८८ कुल सदर मत र २ हजार ९ सय ३२ कुल बदर मत रहेको थियो । प्रतिशतको आधारमा ६१.६५ प्रतिशत मतदान भएको उक्त क्षेत्रमा सदर मतको प्रतिशत ९२.८५ रहेको थियो भने बदर मतको प्रतिशत ७.१५ रहेको थियो ।
त्यसै गरी ६१ हजार १ सय ६५ कुल मतदाता रहेको क्षेत्र नं. २ मा ३८ हजार ८ सय ५१ मतदान भएको थियो जस मध्ये ३६ हजार ५७ कुल सदर मत र २ हजार ७ सय ९४ बदर मतको संख्या रहेको थियो । ६३.५२ प्रतिशत मतदान भएको उक्त क्षेत्रमा ९२.८१ प्रतिशत सदर र ७.१९ प्रतिशत मत बदर भएको थियो । ६४ हजार १ सय २३ मतदाता रहेको क्षेत्र नं.३ मा ४१हजार ८ सय ६६ कुल मतदान भएकोमा ३८ हजार ८ सय ५९ कुल सदर मत र ३ हजार ७ कुल बदर मत रहेको थियो । ६५.२९ प्रतिशत मतदान भएको क्षेत्र नं. ३ मा सदर मतको प्रतिशत ९२.८२ रहेको थियो भने ७.१८ प्रतिशत बदर मत रहेको थियो ।
७५ हजार ६ सय १२ कुल मतदाता रहेको क्षेत्र नं. ४ मा ४१ हजार ३ सय ६१ कुल मतदान रहेको थियो भने ३८ हजार ४ सय २० कुल सदर मत र २ हजार ९ सय ४१ मत बदर भएको थियो । ५४.७० मतदान भएको क्षेत्र नं. ४ मा ९२.८९ प्रतिशत सदर मत रहेको थियो भने ७.११ प्रतिशत मत बदर भएको थियो । त्यसैगरी ६१ हजार १ सय ४० कुल मतदाता रहेको क्षेत्र नं. ५ मा ४० हजार २ सय ५९ मतदान भएकोमा ३६ हजार ६ सय ६८ कुल सदर मत र ३ हजार ५ सय ९१ मत बदर भएको थियो । ६५.८५ प्रतिशत मतदान भएकोमा ९१.०८ प्रतिशत सदर मत र ८.९२ प्रतिशत मत बदर रहेको थियो ।
७० हजार ५ सय २९ कुल मतदाता रहेको क्षेत्र नं. ६ मा ४३ हजार २ सय ५५ कुल मतदान भएकोमा ३९ हजार ४ सय ८८ कुल सदर मत र ३ हजार ७ सय ६७ मत बदर भएको थियो । ६१.३३ प्रतिशत कुल मतदान भएकोमा ९१.२९ कुल सदर मत प्रतिशत र ८.७१ प्रतिशत कुल बदर मत रहेको थियो । त्यसैगरी ६४ हजार १ सय १६ कुल मतदाता संख्या रहेको क्षेत्र नं. ७ मा ४१ हजार ९ सय १६ मतदान भएको थियो । जसमध्ये ३८ हजार ६ सय ५८ कुल सदर मत र ३ हजार २ सय ५८कुल बदर मत रहेको थियो । ६५.३८ प्रतिशत मतदान भएको उक्त क्षेत्रमा ९२.२३ प्रतिशत सदर मत र ७.७७ प्रतिशत मत बदर रहेको थियो ।
विगतको चुनावमा मतदाताहरुलाई प्रशिक्षणको अभाव भएकै कारण धनुषामा सबैभन्दा वढी बदर मत हुने दोस्रो जिल्लाको रुपमा देखिएको भन्दै निर्वाचन आयोग कार्यालय जनकपुरका प्रमुख जानकी कर्ण भन्छन,“उक्त चुनावमा वढी जसो एउटै मत पत्रमा दुई वटा चुनाव चिन्हमा छाप लगाईएको पाइएको थियो । राजनीतिक दलहरुले पनि मतदातालाई प्रशिक्षण नगरेको कारणले पनि बदर मतको संख्या वढेको थियो ।” हुन त मतदातालाई शिक्षित गराउने प्रमुख दायित्व निर्वाचन कार्यालयको रहे पनि राजनीतिक दलहरु पनि यस प्रति गम्भीर हुनु आवश्यक रहेको छ ।
यस पटक मतदातालाई मतदान सम्बन्धि शिक्षित गर्नका निम्ति गाउँ गाउँमा बाल शिक्षा कार्यक्रमका महिला शिक्षिका, जिल्ला विकास समिति, गाउँ विकास समिति र नगरपालिकाका गरी कुल ३ सय ८ जना समाजिक परिचालक र १ सय १७ जना मतदाता शिक्षा स्वमसेवक गरी ८ सय ५० जना कर्मचारीहरु खटाइएको छ । तर तिनीहरु पनि भत्ता पकाउनमै सिमित देखिएका छन । ३ लाख ३४ हजार ७ सय १७ कुल मतदाता रहेको धनुषाको ७ निर्वाचन क्षेत्र अन्तरगत कुल ५ सय ५६ बुथ केन्द्रमा यसपटक चुनाव हुन गईरहेको छ । यस पटक पनि बदर मत प्रतिशत नघटने हो भने निश्चय पनि चिन्ताको विषय बन्ने छ । निर्वाचनमा एउटा मतले पनि परिणाममा असर पु¥याउने हुनाले मतदान भएको मत बदर भएमा जितिरहेको उम्मेदवार पनि हार्न सक्ने हुनाले उम्मेदवारहरु घरदैलो कार्यक्रम सँगसँगै मतदाताहरुलाई कसरी मतदान गर्ने भन्ने बारे प्रशिक्षित गर्नु आवश्यक देखिन्छ । खास गरी ग्रामिण क्षेत्रका मतदाताहरुलाई मतदान सम्बन्धी ज्ञान दिन आवश्यक देखिन्छ । धनुषा क्षेत्र नं.४ अन्तरगत पर्ने जनकपुर नगरपालिकाका अधिकांश मतदाताहरु बौद्धिक रहेपनि केही गाविसहरुका मतदाताहरुलाई प्रशिक्षित गर्नुपर्ने आवश्यकता देखिन्छ ।
नेपालमा सबैभन्दा वढी बदर मत भएको जिल्ला सप्तरी रहेको थियो भने धनुषा दोस्रो स्थानमा परेको थियो । निर्वाचन आयोगले मतदाता प्रशिक्षणका लागि जोडतोडले अभियान चलाउनु नितान्त आवश्यक देखिन्छ भने प्रशिक्षणका लागि खटेका जनशक्तिहरु गाउँ गाउँमा गम्भीरताका साथ लाग्नु पर्ने देखिन्छ ।


मिति ः २०७०÷७÷२४

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete